विचार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

विचार

उच्चारण[सम्पादन गर्नुहोस्]

[bicāra], [bicaara], /ʋɪ.t͡ʃɑːɾ/

पदवर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ १[सम्पादन गर्नुहोस्]

  1. कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम
  2. मनमनै गरिने चिन्तन; मनन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. म आज विद्यालय जाऊ कि नजाऊ भनेर विचार गर्दै छु।

अर्थ २[सम्पादन गर्नुहोस्]

  1. मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. विद्या आफ्नो जीवनमा के गर्ने भनेर विचार गरिसकेकी छिन्।

अर्थ ३[सम्पादन गर्नुहोस्]

  1. मनको सोचाइ; मनको अनुभूति

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. मेरो विचारमा राम ऐक असल मानिष हो।

अर्थ ४[सम्पादन गर्नुहोस्]

  1. तत्त्व–परीक्षा; ताइिभ्वक तर्कवितर्क

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. मैले मेरो आमाबुवासित विचारविमर्श गरेर स्नातक तहको शिक्षा हासिल गर्ने निधो गरे।

अर्थ ५[सम्पादन गर्नुहोस्]

  1. वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हिजो, औरैया गाउमा गौपलिकाले हरेक हफ्ता फोहोर संकलन गर्न गाडी पठाउने विचार पारित गरे।

अर्थ ६[सम्पादन गर्नुहोस्]

  1. सत्यअसत्य कुरा छुट्ट्याउने बुद्धि; विवेक

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. बालेनको सरसफाईलाई प्राथमिक्ता दिने विचार सारै प्रसंसनिय छ।

समानार्थी शब्द[सम्पादन गर्नुहोस्]

सङ्कल्प, ठहर, मनन, विवेक, फैसला, तर्कवितर्क

व्युत्पन्न सर्तहरू[सम्पादन गर्नुहोस्]

विचार गर्नु

अनुवाद[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी: thought, consideration, idea, opinion, plan, decision, resolve