विक्सनरी:स्वशिक्षा/सम्पादन

Wiktionaryबाट

विक्सनरी:स्वशिक्षा/सम्पादन/ट्याबशीर्ष

केही सुरक्षित पृष्ठहरूमा बाहेक प्रत्येक पृष्ठमा एक "सम्पादन" ट्याब हुन्छ जसमा क्लिक गरेर तपाईं त्यस पृष्ठमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ । यो सम्पादन गर्ने क्षमता नै विक्सनरीको सबैभन्दा असल गुण हो । तपाईंलाई हरेक पृष्ठमा सुधार गर्ने र त्यसमा तथ्य थप्ने अनुमति दिइन्छ । यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया त्यसको सन्दर्भ राख्न नभुल्नु होला, किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्।

सम्पादन गर्ने अभ्यासको लागि प्रयोगस्थलमा गएर "सम्पादन" ट्याबमा क्लिक गर्नुहोस । जब तपाईं "सम्पादन" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा सम्पादन झ्याल खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुन्छ । त्यसमा केहि रमाईलो र ज्ञानबर्द्धक कुराहरू लेख्नुहोस्, या शब्दहरूलाई हटाएर आफ्नो पाठ लेख्नुहोस् । फेरि "संग्रह गर्ने"मा क्लिक गरेर हेर्नुहोस्! अवलोकन गर्नुहोस् के हुन्छ!

सम्पादनको सारांश[सम्पादन गर्नुहोस्]

तपाईंको यो पहिलो सम्पादनका अभ्यासबाट दुई कुराहरूलाई छोडिएको छ वास्तवमा गरिएको लेख-सम्पादनमा गरिनु पर्थ्यो । आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "सम्पादन" ट्याबमा थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीजहरूलाई पनि गर्नुहोस्।

प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादन गर्नुहुन्छ भने "सारांश"का कोठामा तपाईंले गरेको परिवर्तनको बारेमा केहि लेख्नुहोस् विकि-शिष्टताका नियमहरूका अनुसार यो राम्रो कुरा मानिएकोछ । यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईंले के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई पछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) ।

पूर्वावलोकन[सम्पादन गर्नुहोस्]

अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलाव गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्।

लेख संग्रह गर्ने[सम्पादन गर्नुहोस्]

पूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो त ? सम्पादनको सारांश लेख्नुभयो त ? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस् । "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्!


यी शिक्षाहरूलाई प्रयोगस्थलमा प्रयोग गरेर हेर्नुहोस्