विक्सनरी:स्वशिक्षा/रूपरंग

Wiktionaryबाट

विक्सनरी:स्वशिक्षा/रूपरंग/ट्याबशीर्ष

कुनै विक्सनरीका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरीका अधिकतर पाइने शब्द संसाधकहरु (वर्ड प्रोसैसरहरु)बाट अलग हो। विक्सनरीमा हेर अनि पाऊ (यानि विजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पन्नाहरुमा अक्षर गाढा-तेर्सो गर्नका लागि र शीर्षकहरुलाई दर्शाउनका लागि विशेष चिन्हहरु र शब्दहरुको प्रयोग हुन्छ। यी चिन्हहरु र शब्दहरुको भाषालाई "विकि मार्कअप" वा "विकीटेक्स्ट" भाषा भन्दछन्। सुन्नमा कठिन लागे तापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नैं सजिलो छ।

गाढा र तेर्सो लेखाई[सम्पादन गर्नुहोस्]

सबभन्दा अधिक प्रयोग हुने चिन्ह गाढा अक्षरहरू (यानि बोल्ड) र तेर्सो अक्षरहरू (यानि आईटैलिक्स)का चिन्ह हुन्छन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई गाढा वा तेर्सो त्यसको यता र उता वर्ण-लोपहरु (यानि अपस्ट्रफ़ीहरू)का चिन्ह (')का प्रयोगबाट हुन्छ:

यदि तपाईंले लेख्नु भएको पढ्दा देखिने
''तेर्सो'' तेर्सो

'''गाढा'''

गाढा

'''''गाढा र तेर्सो'''''

गाढा र तेर्सो

विक्सनरीको दस्तूर छ कि कुनै पनि लेखको नाम जब प्रथम पल्ट लेखमा आउँछ त त्यसलाई गाढा अक्षरहरुमा लेखिन्छ। उदाहरण लागि, आयो (उपग्रह)को लेख यस तरह आरम्भ हुन्छ:

आयो हाम्रो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर मण्डलको चौथो ...

तेर्सो अक्षरको प्रयोग प्रायः किताबहरू, फिल्महरू, कंप्यूटर खेलहरू, इत्यादिका शीर्षकहरूका लागि हुन्छ। यदि लेखको विषय नैं कुनै फिल्म वा पुस्तकको शीर्षक हो भनें गाढा र तेर्सो अक्षरको प्रयोग गर्न सकिन्छ।

बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस् किनभनें यस बाट साधारण पाठकहरूलाई लेख पढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाई एकपल्ट हेरेर पाठकहरू अन्य कुनै पृष्ठ तर्फ जान्छन्।

शीर्षक र उपशीर्षक[सम्पादन गर्नुहोस्]

कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरू र उपशीर्षकहरूबाट ठूलो फाइदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरूमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन् भनें प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढन लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:

तपाईंले लेख्नु भएको तपाईंले देख्न सक्नुहुन्छ

==शीर्षक==

प्रल्हाद चन्द्र घिमिरे
हाम्रो सल्लेधारा

===उपशीर्षक===

जानकारि

उपशीर्षक[सम्पादन गर्नुहोस्]

ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढ्न कठिन हुन्छ। यस्ता लेखहरू कुनै समाचारपत्रका शीर्षकहरू जस्तै लाग्छन् र त्यसका तलतिर कुनै खबर छैन।

यदि कुनै लेखमा चार वा त्यस भन्दा अधिक शीर्षक छन् भनें त्यसमा आफै एक बिषय सूची बन्छ। यस पन्नाको प्रयोगस्थलमा केही शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस्।

विक्सनरीका लेखहरुका रंगरूप निर्धारित गर्नका लागि एच.टी.एम.एल. जान्ने बिलकुल कुनै आवश्यकता छैन। केवल विकि मार्कअपको प्रयोग नैं पर्याप्त हुनेछ। र पनि यदि तपाईं पृष्ठहरु वा अनुच्छेदहरुका अकार, अक्षरहरुका रंगहरु, इत्यादिमा बारीक फेर-बदल गर्नु चाहन्छन् त यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।

यी शिक्षाहरुलाई प्रयोगस्थलमा प्रयोग गर्नुहोस्