विक्सनरी:स्वशिक्षा

Wiktionaryबाट

विक्सनरी:स्वशिक्षा/ट्याबशीर्ष

विक्सनरी लेख-सम्पादन स्वशिक्षा[सम्पादन गर्नुहोस्]

विक्सनरी धेरै सदस्यहरूका सहयोगले बनेको एक मुक्त शब्दकोष हो जसमा तपाईं आफ्नो योगदान सजिलैसित दिन सक्नुहुन्छ । यो पाठले तपाईंलाई विक्सनरी योगदानकर्ता बन्नमा सहायता गर्नेछ ।

यस पाठका पृष्ठहरूले तपाईंलाई विक्सनरीका लेख लेख्ने उचित तौर-तरिकाहरूको बारेमा अवगत गराउनेछन, अथवा लेख कसरी लेखिनु पर्छ र के सामाग्री उचित-अनुचित हो ? भन्नेकुराको ज्ञान प्राप्त हुनेछ । यो पाठले तपाईंलाई विक्सनरी सदस्य-समाज, नीतिहरू र व्यवहारका बारेमा पनि बताउनेछ ।

यो एक आधारिक पाठ हो, र यसमा सबै विषयहरूमा विस्तृत जानकारी छैन । तपाईंलाई यस्ता चीजहरूमा ज्ञान अन्य पृष्ठहरूमा मिल्नेछ जसको लागि स्थान-स्थानमा जोड (लिंक) दिइएको छ । तिनलाई पढ्नका लागि, तपाईं आफ्नो ब्राउजरमा अन्य ट्याबहरूमा ती लिंकहरू खोल्न सक्नुहुन्छ ।

सिक्दा-सिक्दै तपाईं प्रयोगस्थल ("स्यान्डबक्स") पृष्ठहरूमा आफ्नो हात पनि बसाउन सक्नुहुन्छ । यो पृष्ठमा तपाईंलाई आफ्नो चाहना अनुसार फेर-बदल गर्न र जस्तोसुकै प्रयोग गर्न! कुनै रोक-तोक छैन र प्रयोगस्थलमा तपाईं जतिनै उल्टा-सीधा खिचडी पकाउनुहोस, कसैलाई कुनै आपत्ति हुनेछैन र कुनै नराम्रो पनि मानिनेछैन ।

आउनुहोस, सम्पादनका बारेमा सिकौं !