पर्नु

Wiktionaryबाट
Jump to navigation Jump to search

पर्नु एउटा अकर्मक क्रिया हो। यो पर् धातुबाट बनेको र यसका अर्थ आइलाग्नु, खस्नु, झर्नु, झगडा गर्नु, कुनै चिजभित्र सम्मिलित हुनु हो।

यसका रुप यस प्रकार छन्

पर्नु क्रियाका रुपहरु
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष) पर्छ/पर्छे/पर्नुहुन्छ पर्‍यो/परे/परी
परिन्/पर्नुभयो
पर्नेछ/पर्नेछन्/पर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) पर्छन् परे पर्नेछन्/पर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) पर्छौ/पर्छ्यौ पर्‍यौ पर्छौ
बहुबचन (मध्यम पुरुष) पर्छौ पर्‍यौ पर्नेछौ
एक बचन(उत्तम पुरुष) पर्छु परें पर्नेछु
बहुबचन (उत्तम पुरुष) पर्छौं पर्‍यौं पर्नेछौं

उदाहरण: पानी पर्छ