नेपाली शब्दसमूह ६३ सासि

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

सा— ना॰ गाईभैँसीले भाले (साँढे वा राँगो॰ खोज्दाको लक्षण; गाईबस्तुको भालेसित मिसिने चाहना ।

साँखिलो— वि॰हे॰ साखिलो ।

साँखुलो— ना॰ एक जातको डुन्डु साग ।

साँखु— ना॰ एकदमै सेतो नभएर घुर्मैलो सेतो वर्ण हुने (गाई॰ ।

साँखे— वि॰ सफा सेतो रब नभएर घुर्मैलो सेतो रब हुने (गोरु॰ ।

साँगु— ना॰हे॰ साँघु ।

साँगुथ्याइ— ना॰हे॰ साँघुथ्याइ । > साँगुथ्याइनु— क॰क्रि॰ साँघुथ्याइनु ।

साँगुथ्याउनु— स॰क्रि॰ साँघुथ्याउनु ।

साँगुरि–नु— अ॰क्रि॰ [साँगुरो+इ+नु] हे॰ साँघुरिनु ।

साँगुरो— वि॰हे॰ साँघुरो ।

साँगे— ना॰ [साँगु+ए] मारुनी नाच सम्पन्न गर्ने वेलामा गाइने गीत ।

साँघी— ना॰ [साँघु+ई] १. हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि) । २. छूत ।

साँघु— ना॰ [सं॰ शाक ?] सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल; फड्के; साँगु ।

साँघुरि–नु— अ॰ क्रि॰ [साँघुरो+इ+नु] साँघुरो हुनु; साङ्ग्रिनु; खुम्चिनु; चाउरिनु; साँगुरि–नु ।

साँघुरी— वि॰ [साँघुरो+ई] १. अलिअलि साँघुरिएको; थोरै साँघुरो

(जस्तो— साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याब आदि॰ । साँघुरो — वि॰ [सं॰ सङ्कुले १. लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; साङ्ग्रो; कोप्चो; साँगुरो । २. चाहिँदो मात्रामा नअटाउने; वस्तुअनुसार सानो (ठाउँ, भाँडो, लुगा आदि॰ । ना॰ ३. खाँचो; हर्जा । ४. कमी; न्यूनता ।

साँघुथ्याइ— ना॰ [रू साँघुरि (+आइ॰] १. साँघुरिने भाव, क्रिया वा प्रक्रिया; साँगुथ्याइ । [रू साँघुथ्याउ+आइ॰] २. साँघुथ्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] साँघुथ्याइनु— क॰ क्रि॰ साँघुरो पारिनु; साँगुथ्याइनु । साँघुथ्याउनु— स॰ क्रि॰ साँघुरो पार्नु; साँगुथ्याउनु ।

साँच्–नु— स॰ क्रि॰ [सं॰ सञ्चय+नु] १. खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु । २. एकत्रित गरेर राख्नु; जम्मा गर्नु; सङ्ग्रह गर्नु; सँगाल्नु । ३. कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु ।

साँचासाँची— वि॰ [साँचो+साँचो] झूटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको; सत्य; यथार्थ; वास्तविक; साँचो ।

साँचि–नु— क॰ क्रि॰ [साँच्+इ+नु] १. जम्मा गरिनु; सङ्ग्रह गरिनु । २. जोगाइनु; बचाइनु; उबारिनु । अ॰ क्रि॰ ३. कतैबाट पनि दुःख नपाउने स्थितिमा पुगिनु; सुरक्षित होइनु; बाँचिनु ।

साँचिलो— वि॰ [साँचो+इलो] आफूलाई निर्दोष वा साँचो भएको देखाउने; साखुल्ले; साखिलो । स्त्री॰ साँचिली ।

साँचो१— वि॰ [सं॰ सत्ये झूटो नभएको; बनावटी वा देखावटी नभएको; जस्तो छ त्यस्तै; सत्य; वास्तविक । (उदा॰— साँचो डग्दैन, झुटो तग्दैन — उखान॰ ।

साँचो२— ना॰ [प्रा॰ सञ्चअ] १. मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन; गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्ने तदाकार भाँडो । २. कुनै बुट्टा वा चित्र छाप्ने साधन । ३. ताल्चा खोल्ने साधन । ४. जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन । ~ झुटो— वि॰ साँचो र झूटो; सत्य र मिथ्या; सत्यासत्य । — मुचो— ना॰ १. साँचाहरूका समूह; साँचाको झुत्तो । २. सञ्चिता; बचत ।

साँच्चि— वि॰हे॰ साँच्ची ।

साँच्ची— वि॰ [साँचो+ई] १. जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि । ना॰ २. कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्झँदा भनिने शब्द (उदा॰— साँच्ची, आजकाल उनी कहाँ छन् हँ <॰ क्रि॰ वि॰ ३. साँच्चै; साँच्चीकै । — कै— क्रि॰ वि॰ साँच्चै । > साँच्चै— क्रि॰ वि॰ साँचो नै; साँच्चीकै; वस्तुतः ।

साँझ— ना॰ [सं॰ सन्ध्यो १. दिन र रातको सन्धिकाल; दिनको अन्त्य र रात्रिको सुरुको समय; घाम अस्ताएपछिको केही बेरको समय; सन्ध्याकाल; सायङ्काल; बेलुका । क्रि॰ वि॰ २. दिन र रातको बीचको समयमा । ~ बत्ती— ना॰ सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार साँझमा घरमा बालिने बत्ती ।

साँढ— ना॰ [सं॰ षण्डे १. साँढे । २. सिब मोटा हुने एक जातको लेकाली ठूलो भेडो; बरुवालको थुमा । ३. मोटो र बलियो व्यक्ति । ४. मर्यादा, अनुशासन नभएको व्यक्ति ।

साँढा— वि॰ [साँढे+ओ कसैका अधीनमा नबस्ने; कसैको अनुशासनमा नरहने; स्वच्छन्द; छाडा ।

साँढी— ना॰ [साँढे+इ] १. मानिस मरेका एघारौँ दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी । २. कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री ।

साँढे— ना॰ [सं॰ षण्डे १. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ । २. मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति । वि॰ ३. उच्छृङ्खल; उद्दण्ड (साँढेको जुधाइ, बाछाको मिचाइ— उखान॰ ।

साँदन— ना॰ [सं॰ सन्दानिको सालजस्तो, बाटुला पात र लाम्चा पात हुने दुई भेद भएको एक जातको रूख ।

साँध्–नु— स॰ क्रि॰ [सं॰ सन्धान+नु] १. कुनै वस्तुमा नुन, खोर्सानी, अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु । २. धेरै कुरा एक ठाउँमा मिलाएर मुछ्नु; रिँध्नु । ३. कुरा काट्नु ।

साँध१— ना॰ [सं॰ शाण ?] हतियार उध्याउने चक्का वा मणिलाई सफा गर्ने पत्थर; सान ।

साँध२— ना॰ [सं॰ सन्धि] जमिनका भिन्नभिन्न टुक्रालाई छुट्ट्याउने दुई जमिनका बीचको भाग वा छेउ; भिन्नभिन्न टुक्रा जमिनको सन्धिरेखा; सिमाना; सीमा । ~ सँधियार— ना॰ आफ्ना जग्गाजमिनसँग जोडिएको जग्गा र सो जग्गाका मालिक; छरछिमेक । ~ सिमाना— ना॰ चारैतिरको साँध ।

साँधसुँध— ना॰ [साँध+(बि॰)] सीप लगाएर अचार आदि साँध्ने काम ।

साँधी— ना॰ [साँध+ई] १. सिमाना; साँध । वि॰ २. साध्य; साद्धे ।

साँप— ना॰ [सं॰ सर्पे सर्प; लाम्कीरो । — को गोहो— ना॰ साँप हिँड्ने बाटो । > साँपे— वि॰ १. उमेर पुग्दा पनि साँपझैँ घस्रने (बालक) । २. गोडा लुलो र नटेकिने भएको (व्यक्ति॰ ।

साँप्रे— वि॰ [साँप्रो+ए] १. ठूला साँप्रा वा तिघ्रा भएकी (स्त्री॰ । ना॰ २. तरुनी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द ।

साँप्रो— ना॰ [प्रा॰ संपुडे १. खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो । २. मानिसको तिघ्रो (गाली वा निन्दाका अर्थमा॰ । ~ च्यात्नु— टु॰ रिसमा कसैको तिघ्रा फटाएर तान्नु । २. सम्भोग गर्नु ।

साँप्लो१— ना॰ [सं॰ शलाको सुन, चाँदीको मोटो, लामो टुक्रो ।

साँप्लो२— ना॰ सुप्लो ।

साँबी— ना॰ [सं॰ शम्बे धान कुट्न मुस्लीका टुप्पामा कपेर जडिएको फलामको चक्का ।

साँबे— वि॰ [साँबी+ए] साँबीसम्बन्धी; साँबीको । ~ पाथी— ना॰ साँबी बनाएबापत कामीले पाउने पाथी अन्न ।

साँभे— ना॰ [सं॰ शम्ब+ए] सेतो र ध्वाँसे रबको धर्के बुट्टा हुने, मानिसलाई लखेट्ने एक जातको बिखालु सर्प; पाटे ।

साँवल— ना॰ [सं॰ शम्बले सामल ।

साँवलो— वि॰ [सं॰ श्यामले केही कालो वर्णको; श्यामवर्णको; सामलो ।

साँवा— ना॰ [साउँ] मूलधन; साउँ । ~ ब्याज— ना॰ सापटी दिइएको धनमध्ये मूल धनसहितको ब्याज; साउँ र ब्याज ।

सांवत्सर— वि॰ [सं॰] संवत्सरसित सम्बन्ध भएको; सांवत्सरिक । श्र सांवत्सरिक— वि॰ संवत्सरसम्बन्धी; संवत्सरको; वार्षिक ।

सांवादिक— वि॰ [सं॰] १. संवादसित सम्बन्ध भएको; संवादसम्बन्धी; समाचारको । २. बोलचालमा चलेको वा चल्न सक्ने । ३. विवादास्पद; विवादग्रस्त । ना॰ ४. पत्रपत्रिका, रेडियो आदिमा समाचार दिने व्यक्ति; संवाददाता ।

सांसद— ना॰ [सं॰] संसद्का सदस्य ।

सांसर्गिक— वि॰ [सं॰] संसर्गबाट पैदा हुने; लसपसबाट उब्जने ।

सांसारिक— वि॰ [सं॰] संसारमा भएको; संसारका सम्पूर्ण गतिविधिसँग सम्बन्धित ।

सांस्कारिक— वि॰ [सं॰] संस्कारसम्बन्धी; संस्कारबाट उत्पन्न; संस्कारजन्य ।

सांस्कृतिक— वि॰ [सं॰] संस्कृतिसँग सम्बन्ध भएको; संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो— सांस्कृतिक प्रेरणा, सांस्कृतिक महत्त्व, सांस्कृतिक सद्भावना आदि॰ ।

साइँ— ना॰ [सं॰ स्वामी] १. स्वामी । २. सन्न्यासीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द (जस्तो— साइँबाबा॰ ।

साइँदुवा/साइँधुवा— ना॰ [सं॰ स्वामिद्रोही] १. नचाहिँदो उपद्रव गर्ने व्यक्ति; उद्दण्ड व्यक्ति । २. हत्यारो । ३. दोषी; बापती । ४. कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द । स्त्री॰ साइँदुवी/साइँधुवी ।

साइँली— वि॰ [साइँलो+इ] साहिँली ।

साइँलो— वि॰ साहिँलो ।

साइ— ना॰ [रू साइँ] १. घरको जग; घडेरी । २. आधार । ३. लोग्ने; पति । ४. जार ।

साइकल— ना॰ [अङ्॰ साइकिले दुई खुट्टाले चलाइने, दुई पाङ्ग्रे सवारी; बाइस्कल; साइकिल । ~ दौड— ना॰ साइकल दौडाएर खेलिने एक प्रकारको प्रतियोगितात्मक खेल । ~ बिसौनी— ना॰ साइकल अड्याउने वा राख्ने ठाउँ (साइकल स्ट्यान्ड॰ ।

साइकिल— ना॰ [अङ्॰] साइकल; बाइस्कल ।

साइज— ना॰ [अङ्॰] सानोठूलो वा लम्बाइचौडाइको परिमाण ।

साइटिन— ना॰ [अङ्॰] सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रबका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल ।

साइत— ना॰ [अ॰ साअते १. फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय; कामको शुभ मुहूर्त । २. कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय । ३. शुभ लक्षण; असल शकुन ।

साइतर— ना॰ [सास्तर > सं॰ शास्त्रे गाउँखाने कथा; जान्ने कथा ।

साइन— ना॰ [अङ्॰] १. दस्तखत; सही । २. चिह्न; चिनु । —

बोर्ड— ना॰ परिचयपाटी; चिह्नपाटी ।

साइनु१— क॰ क्रि॰ [सा+इ+नु] साउने काम गरिनु; बाउसे गरिनु ।

साइनु२— ना॰ [रू साहिनु] सम्बन्ध; नातागोता; साहिनु । ~ न

सपनु— ना॰ नाता पनि नपर्ने र चिनापर्ची पनि नभएको व्यक्ति । ~ पर्नु— टु॰ सम्बन्धभित्रको हुनु; नाता पर्नु । ~ मिच्नु— टु॰ १. बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु । २. साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु । ~ लाग्नु— टु॰ नाता पर्नु । ~ पैल्याइनु— टु॰ साइनु खुट्ट्याउनु; नाता खोज्नु । ~ सनहे— ना॰ सम्बन्धी जन वा नातागोतामा हुने स्वाभाविक अनुरक्ति; सम्बन्ध स्नेह ।

साइपाटो— ना॰ [अ॰ साअत+ सं॰ पट्टे विवाहमा दुलाहाका तर्फबाट दुलहीका घरमा विवाहको लग्नसमय आदि लेखिएको पत्र पठाइने काठेठेकी; लग्नपत्रिका र फलफूल आदि अन्य सगुनका सामग्री ।

साइमुन्द्री१— ना॰ [सं॰ सामुद्रिके सामुद्रिक विद्या ।

साइमुन्द्री२— ना॰ [साइमुन्द्रो+ई] लिम्बू जातिको रीतिरिबाजअनुसार ज्वाइँले ससुरालीलाई बुझाउनुपर्ने रकम । (यो रकम नबुझाएसम्म छोरी मरेमा काजक्रिया माइतीतर्फकाले गर्नुपर्ने र बाबुले नतिरेको भए पनि सन्तानले रकम तिरेर क्रिया सार्न सकिने हुन्छ॰ ।

साइमुन्द्रो— ना॰ [साइत+मुन्द्रो] दुलाहाका तर्फबाट दुलहीतर्फ लगिने साइपाटोका साथ पठाइने र स्वयंवरमा दुलहाले दुलहीलाई लगाइदिने औँठी ।

साईँ— ना॰ [सं॰ स्वामी] पति; स्वामी ।

साउँ— ना॰ [साहू] १. सकेका वा मागेका वेलामा चुक्ता गर्ने र निश्चित दरले ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन । २. उद्योग, व्यापार आदि कुनै कामधन्दामा लगाइएको मूलधन; पुँजी; सावाँ । ३. प्रधान; मूल; मुख्य । ~ अक्षर— ना॰ देवनागरी लिपिमा मात्रा नलागेका स्वर र व्यञ्जन; मात्रा नलागेका मूल वर्ण; बाह्रखरी; सावाँअक्षर । ~ अच्छेर— ना॰ साउँअक्षर । ~ ब्याज— ना॰ ब्याजसहितको मूल धन; सावाँ र ब्याज ।

साउती— ना॰ [सं॰ श्रौती] १. अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी । २. गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह; गुप्त परामर्श ।

साउन— ना॰ [सं॰ श्रावणे नेपाली वर्षको चौथो महिना; श्रावण ।

साउ–नु— स॰ क्रि॰ [साँध्+नु] १. रोपाइँ गर्नाका निम्ति हलोजस्तै तानेर दाँदेबारा माटो हिल्याउनु वा हिलो माटो मिलाउनु । २. बाउसे गर्नु ।

साउने— वि॰ [साउन+ए] १. साउनमा हुने वा पर्ने । २. साउनमा जन्मेको । ३. साउनको; साउनसम्बन्धी । ~ किरो— ना॰ साउन लागेपछि दिउँसो जङ्गलमा कराउने र हिउँद लागेको सङ्केत दिने झ्याउँकीरी । ~ झरी— ना॰ १. साउन महिनामा पर्ने झरी । २. साउन महिनामा परेजस्तै लामो समयसम्म लगातार पर्ने झरी । > साउनेती— ना॰ १. साउन महिनामा दमाईँ, कामी, सार्की आदिलाई चैतेतीसम्मका लागि गरिने थमौती । २. त्यस्तो थमौती गर्दा दिइने दस्तुर । ~ निउरो— ना॰ एक जातको निउरो । ~ पानी— ना॰ विवाह गरेको पहिलो वर्षमा सासू र नयाँ बुहारीले साउन महिनामा बारिने एउटै मूल वा धाराको पानी । ~ फागु— ना॰ १. सरकार, बिर्तावाल, बेखवाल आदिलाई पहिले रैतीले बुझाउने फागुको रकम । २. घरधुरीको हिसाबले सरकारमा बुझाइने दस्तुर ।

साकट— वि॰ अत्यन्त लोभी; मक्खीचूस ।

साकार— वि॰ [सं॰] १. आकार वा स्वरूप भएको; आकृतियुक्त; मूर्त । २. कार्यरूपमा परिणत भएको वा गरिएको; कार्यान्वित गरिएको (योजना, विचार आदि॰ । ना॰ ३. देवता वा ईश्वरको आकारयुक्त रूप; मूर्त रूप ।

साकिनी— वि॰ [साखिने] साखिने ।

साकेत— ना॰ [सं॰] अयोध्या ।

साक्खे/साक्खै— वि॰ [सं॰ साक्षात्] १. एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नै (नाता॰ । २. ज्यादै नजिकको; घनिष्ठ (नातागोता॰ ।

साक्षर— वि॰ [सं॰] १. अक्षर चिनेको वा जानेको; लिपि चिनेको । २. अलिअलि लेखपढ गर्न सक्ने; अल्पशिक्षित ।

साक्षरता— ना॰ [सं॰] साक्षर हुनाको भाव वा अवस्था । ~ अभियान— ना॰ अक्षर नचिनेका वा नजानेकाहरूलाई अक्षर चिनाउन र लेखपढ नगरेकाहरूलाई केही लेखपढ गर्न सिकाउन चलाइने अभियान । ~ कार्यक्रम— ना॰ निरक्षर तथा अशिक्षितहरूलाई साक्षर तथा शिक्षित बनाउन चलाइने कार्यक्रम ।

साक्षरी— वि॰ [साक्षर+ई] अलिअलि लेखपढ गर्न सक्ने; साक्षरसम्म भएको ।

साक्षात्— क्रि॰ वि॰ [सं॰] १. आँखाको सामुन्ने; प्रत्यक्ष; सम्मुख । वि॰ २. साक्खै; खास । ३. मूर्तिमान्; साकार । ४. मुलाकात; भेट । — कार— ना॰ प्रत्यक्ष रूपमा प्राप्त हुने आआफ्ना विषयको ज्ञान; इन्द्रियजन्य ज्ञान; प्रत्यक्षानुभूति । ३. अन्तर्वार्ता ।

साक्षी— ना॰ [सं॰] १. राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति; घटनास्थलमा स्थित भएको व्यक्ति; साछी । २. कुनै झगडा, विवाद वा अन्य घटना घट्दा घटनास्थलमा उपस्थित भएको र आफैँले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति; देखी जान्ने वा सुनी जान्ने; गवाह; साक्ष्य । ३. सरकारी अड्डामा कामकाज हेर्ने व्यक्ति । — करण— ना॰ कुनै लेख वा प्रमाणपत्र आदिको प्रतिलिपि ठीकसाँचो हो भनी जनाउन हस्ताक्षर गर्ने काम; कुनै कुराको साक्षीका रूपमा सही गर्ने क्रिया; सत्यापन । — कृत— वि॰ १. कुनै कामकुराको साक्षीका रूपमा राखिएको । २. साक्षीबारा प्रमाणित गरिएको ।

साक्ष्य— वि॰ [सं॰] १. आफैँले देख्ने; दर्शक । ना॰ २. साक्षी बस्ने काम; साछीबकाइ । ३. साक्षी । — विधि— ना॰ साक्षीका काम, कर्तव्य र साक्षीसम्बन्धी कुराको चर्चा भएको विधि वा कानुन ।

साख— वि॰ [खासे १. कुनै खास नाता पर्ने; नजिकको नातादार । २. स्नेही; हितैषी । ना॰ ३. लेनदेन तथा व्यापारव्यवहारका क्षेत्रमा हुने प्रामाणिक मान्यता तथा विश्वसनीयता । ४. प्रतिष्ठा; विश्वास । ~ पत्र— ना॰ भविष्यमा लेनदेनकारोबार फछ्यार्उनका लागि दिइने आश्वासनपत्र वा प्रतिज्ञापत्र ।

साखिनु— ना॰ सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस ।

साखिने— वि॰ [अ॰ साकिते सानु खाल वा जातको; सानु कदको (जन्तु आदि॰; साकिनी ।

साखिलो/साखिल्लो— वि॰ [साख+इलो/इल्लो] पछाडि काम बिगारेर वा कुनै काम नगरेर पनि अगाडि साँचिलो हुने; साखुल्ले; साँचिलो; साँखिलो । २. नजिकको नातादार नभईकन पनि भएजस्तै भाव देखाउने; साँखिलो ।

साखी— ना॰ [सं॰ साक्षित्] सज्जन महात्माहरूका मनमा तत्काल फुरेका, साक्षीका रूपमा उद्धृत हुने अन्य साधुमहात्माहरूका सूक्तिमय वाक्य; हितवचन ।

साखु— ना॰ [सं॰ शाले सखुवा–वृक्ष ।

साखुल्ले— वि॰ [साखिलो] साखिलो; साँखिलो ।

साख्य— ना॰ [सं॰] सखी वा साथी हुने भाव; सख्यता ।

साग— ना॰ [सं॰ शाके तरकारी पकाएर खाइने हरियो डाँठपातसहितको नरम सानो बोट । — पात— ना॰ तरकारीका रूपमा खाइने हरियोपरियो वा ताजा वस्तु (साग, पात, कन्द, फल आदि॰ ।

सागर— ना॰ [सं॰] १. पुराणअनुसार राजा सगरका छोराले बनाएको समुद्र; जलधि । २. मुर्दा पोल्ने घाट; मसान ।

सागसब्जी— ना॰ [साग+सब्जी] सागपात ।

सागसिस्नु— ना॰ [साग+सिस्नु] गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो ।

सागा— ना॰ [सं॰ शाके पानीमा हुने मसिनु एक किसिमको झ्याउको रोटी; सिँवालीको रोटी ।

सागिर्द— ना॰ [फा॰ शागिर्दे १. शिष्य; चेलो । २. अनुचर; पछुवा ।

सागौन— ना॰ [सागवान < सं॰ शाले शालवृक्ष ।

साग्रह— क्रि॰ वि॰ [सं॰] आग्रह वा अनुरोधका साथ; आग्रहपूर्वक; सानुरोध ।

साङ्कर्य— ना॰ [सं॰] १. सङ्कर हुनाको भाव वा अवस्था । २. छुट्ट्याउन नसकिने अनेक वस्तुको सम्मिश्रण; मिलावट ।

साङ्केतिक— वि॰ [सं॰] १. सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझून् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको; स्पष्ट नखोली इसाराका रूपमा बताइएको । २. सङ्केतसम्बन्धी; सङ्केतको । ~ भाषा— ना॰ १. खास गरी बहिराहरूले अङ्गसञ्चालनबारा प्रयोग गर्ने भाषा । २. साधारण चल्तीको भाषादेखि भिन्न पारी सम्बन्धित व्यक्ति वा संस्थाले कुराकानीका निम्ति वा समाचार आदानप्रदान गर्न बनाएको भाषा । २. हात, मुख, आँखा आदिको इसारा; अङ्गसञ्चालनका अन्य प्रक्रियाबारा भाव व्यक्त गरिने शैली वा पद्धति; सानभाषा । ~ वाद— ना॰ भाषाको उत्पत्ति पहिले सङ्केतका आधारमा भएको हो भनेर मान्ने एक सिद्धान्त ।

साङ्ख्य— ना॰ [सं॰] १. जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिबारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक । वि॰ सङ्ख्यासम्बन्धी; परिगणनीय । श्र साङ्ख्यिकी— ना॰ तथ्याङ्क वा आँकडा सङ्कलन, सारिणीकरण, विश्लेषण, व्याख्या आदि गर्ने विज्ञानको शाखा ।

साङ्ग— वि॰ [सं॰] १. अङ्गले सहित भएको; अङ्गयुक्त । २. सबै अङ्गउपाङ्गले पूर्ण; साङ्गोपाङ्ग । — ता— ना॰ साङ्ग हुनाको भाव वा स्थिति; अङ्गप्रत्यङ्गयुक्तता ।

साङ्गतिक— वि॰ [सं॰] सङ्गति मिलेको; सङ्गतिसम्बन्धी; सङ्गतिको ।

साङ्गरूपक— ना॰ [सं॰] उपमानका सबै अङ्गको उपमेयमा आरोप गर्दा हुने एक अर्थालङ्कार; रूपकालङ्कारको एक भेद ।

साङ्गीतिक— वि॰ [सं॰] १. सङ्गीत भएको; सङ्गीतले पूर्ण; सङ्गीतमय । २. सङ्गीतसम्बन्धी; सङ्गीतको ।

साङ्गे— ना॰ [सं॰ साङ्गे १. यज्ञ, व्रत, पुराणवाचन आदिका अन्तमा पूर्णताका निम्ति गरिने समापन कार्य; यज्ञ, व्रत, पुराणवाचन आदिको समाप्ति; साङ्गता । २. उद्यापन; प्रतिष्ठा ।

साङ्गोपाङ्ग— वि॰ [सं॰] १. सबै अङ्ग र उपाङ्गले सहित; अङ्गप्रत्यङ्गयुक्त । २. पूर्ण; पूरा ।

साङ्ग्रामिक— वि॰ [सं॰] १. सङ्ग्रामसम्बन्धी; सङ्ग्रामको । २. शस्त्रास्त्रले युक्त वा सज्जित ।

साङ्ग्रिनु— अ॰ क्रि॰ [साङ्ग्रो+इ+नु] हे॰ साँघुरिनु ।

साङ्ग्रिला— ना॰ [फ्रा॰ शाङ्ग्रि+लो १. जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल । २. त्यस्तो सुवासयुक्त धूपीको बगैँचा वा वन ।

साङ्ग्रो— वि॰ [सं॰ सङ्कुले हे॰ साँघुरो ।

साङ्घातिक— वि॰ [सं॰] मर्मस्थलमा चोट पार्ने; मरणासन्न हुने गरी चोट पार्ने; असह्य आघात पुथ्याउने ।

साङ्घिक— वि॰ [सं॰] सङ्घसम्बन्धी; सङ्घको ।

साङ्ली— ना॰ [साङ्लो+ई] १. धागो, डोरो आदि गुटमुटिएर वा जेलिएर पर्ने गाँठो । २. सानो किसिमको साङ्लो ।

साङ्ले— वि॰ [साङ्लो+ए] साङ्लाझैँ पारी बटारेको वा बुनेको; साङ्लोजस्तो । ~ बुट्टा— ना॰ साङ्लाजस्तो बुट्टा; साङ्लाका आकारको बुट्टा । ~ बुनोट— ना॰ साङ्लाको आकार पर्ने किसिमले वा साङ्लो पारी गरिएको बुनाइ । ~ रायो— ना॰ सानासाना छिर्का परेको र खुम्चिएको पात हुने एक जातको रायो ।

साङ्लो— ना॰ [सं॰ शृङ्खलो १. घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री । २. सिक्री; बन्धन; जन्जिर । ३. रातोरातो वा कालो खालको विभिन्न भेद (घरसाङ्लो, मलसाङ्लो, वनसाङ्लो आदि॰ हुने, दुई जोडी पखेटा र तीन खुट्टा भएको एक जातको कीरो ।

साची— ना॰ [सं॰ सत्तसो लाम्चा पात भएको एक जातको पान; सतसा ।

साछी— ना॰ [सं॰ सक्षी] हे॰ साक्षी ।

साज१— ना॰ [सं॰ सर्जे सालका जस्ता पात र खैरा गोल फल फल्ने, गाईबस्तुलाई डाले घाँसका रूपमा खुवाइने एक जातको वृक्ष ।

साज२— ना॰ [फा॰ साजे १. कुनै विशेष काममा उपयोग गरिने सरसामान; सामग्री । २. कुनै व्यक्ति वा वस्तुलाई सजाउने गहना, कपडा आदि साधन; शृङ्गारको सामग्री । ३. सवारीका निम्ति घोडा आदि सजाउने सामान (काठी, लगाम आदि) । ४. सङ्गीतका क्षेत्रमा उपयोग गरिने वाद्यसामग्री । प॰ स॰ ५. कुनै वस्तुवाचक नामका पछाडि जोडिएर 'त्यो वस्तु बनाउने वा मर्मत गर्ने' भन्ने अर्थ बुझाउने शब्द (जस्तो— घडीसाज, जिल्दसाज आदि) । — बाज— ना॰ सरसामान; आवश्यक सामग्री । ~ सज्जा— ना॰ १. कुनै वस्तु वा व्यक्तिलाई सजाउने काम । २. सजाउने उपकरण; सरसामग्री ।

साजा१— वि॰ [रू साझो धेरै जनाको हक वा हिस्सा भएको; गोस्वारा; सजियाँ; साझा ।

साजा२— ना॰ [सं॰ सार्द्रे आलो; साजी; ताजा ।

साजिस— ना॰ [फा॰ साजिशे अपराधयुक्त वा कपटपूर्ण कार्य; त्यस्तो कार्यमा हुने गुप्त सहयोग; षड्यन्त्र ।

साजी— वि॰ [साजा+ई] १. भर्खरै तयार भएको; बासी नभएको (खानेकुरा) । २. भर्खरै टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि॰ ।

साजेदार— वि॰ [साजा+दार] हे॰ साझेदार । > साजेदारी— ना॰ साझेदारी ।

साझा— वि॰ [प्रा॰ साज्झओ] १. धेरै जनाका हकको; धेरै जनाको हिस्सा भएको; सजिया; साजा । २. सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूल धनअनुसार समान अनुपातमा बाँडिने; हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने; सजियाँ; गोस्वारा । ~ कार्यक्रम— ना॰ कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य सामानहरूको बेचबिखनको व्यवस्था गर्नु र ग्रामीण क्षेत्रमा किसानहरूबाट निक्षेप प्राप्त गरी पुँजीको परिचालन गर्नुजस्ता मुख्य उद्देश्य भएको कार्यक्रम । ~ पसल

सेवा— ना॰ पहिले साझा भण्डारको एकएक शाखाका रूपमा साझा पसल कार्यक्रम नामले रहेको र २०३१ सालदेखि सहकारी संस्थाका रूपमा रहेको, ग्रामीण क्षेत्रमा कृषिसामग्री तथा दैनिक उपभोग्यवस्तुहरू सुपथ र सुलभ मूल्यमा पुथ्याउने उद्देश्यले स्थापित एक संस्था । ~ पुरस्कार— ना॰ साझा प्रकाशनले वर्षभरिमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा सर्वश्रेष्ठ ठहरिएको पुस्तकलाई वि॰ सं॰ २०२६–देखि प्रदान गर्ने गरेको एक पुरस्कार । ~ प्रकाशन— ना॰ नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्रीवितरण गर्ने उद्देश्यले वि॰ सं॰ २०२२ मा नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा गठित संस्था । ~ भन्डार— ना॰ सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बीचमा सीधा सम्बन्ध कायम गराउने उद्देश्यले साझा केन्द्रीय सङ्गठनको तेस्रो संस्थाका रूपमा २०२१ सालमा स्थापित संस्था । ~ यातायात— ना॰ यात्रुपरिवहनसेवाको अभावपूर्ति गर्ने उद्देश्यले स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गत वि॰ सं॰ २०२१ सालमा स्थापित एक संस्था । ~ व्यवस्थापक— ना॰ साझा संस्थामा रहेर काम गर्ने प्रमुख कर्मचारी । ~ संस्था— ना॰ गाउँगाउँमा कृषिसामग्री लगायत दैनिक उपभोगका मालसामानहरूको बिक्रीवितरण गर्ने अड्डा वा शाखा । ~ स्वास्थ्य सेवा— ना॰ जनतालाई आवश्यक औषधीउपचार सुपथ मूल्यमा, सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गतको एक संस्था ।

साझीदार/साझेदार— ना॰ [साझा+दार] हिस्सेदार; अंसियार; सेयरहोल्डर । > साझेदारी— ना॰ केही व्यक्ति मिलेर लगानीको अनुपातमा समान रूपले नाफानोक्सान बेहोर्ने गरी चलाइएको वा सुरु गरिएको कारोबार ।

साट्–नु— स॰ क्रि॰ [साटो+नु] १. आफूसँग भएको कुनै वस्तु वा मालसामान दिएर त्यसको सट्टामा अर्को वस्तु वा मालसामान दिनु; सट्टापट्टा गर्नु । २. रुपियाँपैसा आदिको विनिमय गर्नु; भजाउनु ।

साटन— ना॰ [अङ्॰ स्याटिने एक प्रकारको चिप्लो र टलकदार रङ्गिन कपडा ।

साटफेर— ना॰ [साट+फेरे १. कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा । २. फेरफार ।

साटसुट— ना॰ [(बि॰) सुट्+अ] १. सम्बन्धित व्यक्तिले बाहेक अरूले थाहा नपाऊन् भनी गुप्त किसिमले झटपट गरिने काम । २. अरूलाई थाहा नदिई सुटुक्क लिनेदिने काम । ३. गुप्त किसिमको कुराकानी । क्रि॰ वि॰ ४. गुप्त तवरले; चालै नपाई; सुटुक्क; लुकीछिपी । ५. छिटछिटो काम टुङ्ग्याउने चालमा; झटपट । > साटसुटे— वि॰ साटसुट गर्ने स्वभावको; छिटोछरितोसँग काम गर्ने; चटपटे । साटसुट्ट— क्रि॰ वि॰ १. छिटोछिटो वा झटपट हुने गरी । २. कसैलाई थाहै नदिएर; सुटुक्क; साटसुट ।

साटासाट— ना॰ [साट्+आ+साट्] आफुसआफुसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर ।

साटिनु— क॰ क्रि॰ [साट्+इ+नु] अदलीबदली पारिनु; सट्टापट्टा गरिनु ।

साटो१— ना॰ बार बार्दा तेर्सो पारी बाँधिने लामो बाँस, नर्कट, काठ आदि वस्तु ।

साटो२— ना॰ १. विनिमय; सट्टा; बदला । २. आफ्ना छोरालाई छोरी दिने व्यक्तिकै कुटुम्बका छोरालाई आफ्नी छोरी पनि दिएर बिहे गर्ने चलन वा त्यसैअनुसार छोरीको साटासाट । — पाटो— ना॰ साटफेर; सट्टापट्टा । — पोल्टो— ना॰ आफ्नी छोरी दिँदा कुटुम्बबाट आफ्नो छोरालाई छोरी नपाएमा त्यसको साटो कुटुम्बबाट लिइने धन । ~ फेराइ— ना॰ कसैले गरेको नजाती कामका बदलामा अर्काले पनि त्यस्तै गर्ने चाल; बदला लिने काम ।

साठगाँठ— ना॰ [साथी+गाँठो] १. अरूले थाहा नपाउने गरेर गुप्त किसिमले कसैसँग गरिने मिलोमतो; भित्री मतो; गुप्त मेलमिलाप । २. षड्यन्त्र; साजिस ।

साठिऔँ/साठियौँ— वि॰ [साठी+औँ/यौँ] गणनाका क्रमले साठी सङ्ख्यामा परेको; साठी सङ्ख्याको ।

साठी— ना॰ [प्रा॰ सट्ठि] १. पचास र दसको योगबाट बन्ने सङ्ख्या; ६०–को अङ्क । वि॰ २. पचास र दसको योगबाट बन्ने सङ्ख्याको । > साठीऔँ/साठीयौँ— वि॰ हे॰ साठऔँ ।

साठो— ना॰ फिनी, पन्जाबी आदि रोटी उक्साउनका लागि घिउ मिलाई मलेको पीठो; दाउन ।

साडी— ना॰ [सं॰ शाटी] सारी ।

साडो— ना॰ काँडैकाँडा भएको एक जङ्गली जन्तु; दुम्सी ।

साढु— ना॰ [श्यालीबोढू] साली वा जेठीसासूको लोग्ने । ~ दाइ/दाजुृ— ना॰ जेठीसासूको लोग्ने । ~ भाइ— ना॰ सालीको लोग्ने ।

साढे— वि॰ [सं॰ सार्धे भएको सङ्ख्यामा अर्को आधासमेत जोडिएको; आधासहितको । ~ दुई— ना॰ दुई र आधा; अढाई । ~ सात— ना॰ १. फलितज्योतिषका अनुसार आफ्ना राशिबाट बादश, प्रथम र बितीय राशिमा शनिग्रह साढेसात वर्षसम्म रहँदा रहने शनैश्चरको अनिष्टकारक दशा; साढेसाती । २. सात र आधा । ~ साती— ना॰ साढेसातको दशा ।

सात— ना॰ [सं॰ सप्ते १. छ र एकको योगबाट बन्ने सङ्ख्या; फ्–पछिको सङ्ख्या; ७–को अङ्क । वि॰ २. फ् र १ का योगले बन्ने सङ्ख्याको । ~ कान्ले— ना॰ खेतमा हुने र धेरै लामो भएर फैलिने (सात कान्लासम्म फैलिन सक्ने भनी कहलिएको॰ दूबोजस्तो एक झार ।

सातत्य— ना॰ [सं॰] सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता । सात दिने— वि॰ [सात+दिन+ए] १. सात दिनसम्म चल्ने (पुराण आदि) । २. सात दिनको (दाजुभाइ॰ । सात पगरी— ना॰ [सं॰ सप्त+पट्टक] १. अन्दाजी सय सिपाहीको मुख्य नाइके सुबेदारको मातहतमा रहने, सोह्र जना मानिस आफ्नो दलमा भर्ना गर्न पाउने, लडाइँमा अनुभव पाएका सात जना सैनिक (दिव्य॰) । सात पत्रे— ना॰ [सात+पत्र+ए] मानिस र पशुको भुँडीभित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव; पाकस्थली । सात पोके— ना॰ [सात+पोका+ए] गाईभैँसी बिहाएपछि पहिलो छाकको बिगौती सात पोका पारी कप्टेरामा घुसारेर देउतालाई चढाइने भाग ।

साता— ना॰ [सं॰ सप्ताहे १. सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता । २. दुनोटमा कुनै अङ्कको सात गुनाभन्दा भनिने शब्द (पाँच साता पैँतीस, छ साता बयालीस आदि॰; साताब ।

साताब— ना॰ [सात+अÍ] दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताब चौध, तीन साताब एक्काइस इ॰) ।

सातु— ना॰ [प्रा॰ सत्तु < सं॰ सक्तुकम्] भुटेको मकै, चना, जौ, गहुँ आदिको पीठो; सत्तु; सतुवा ।

सातो— ना॰ [सं॰ सत्त्वे १. चेतनतत्त्व; चैतन्य; होस । २. अस्तित्वको मूल वस्तु; शक्ति; सत्त्व । ३. केटाकेटीलाई कुनै ठूलो डर लाग्दा होसहवास हराउने स्थिति वा रोग । — पुत्लो— ना॰ चेतनतत्त्व र शरीर; होसहवास ।

सात्त्वती— ना॰ [सं॰] वीर, रौद्र, अद्भुत र शान्त रसमा व्यवहार गरिने दान, दया, शौर्य आदि वीरोचित कार्यमा वर्णन गरिने, नाटकका मुख्य चार वृत्तिमध्ये एक ।

सात्त्विक— वि॰ [सं॰] १. सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त; सत्त्वगुणले भरिएको । २. सत्त्वगुणबाट उत्पन्न वा निर्मित । ३. सत्त्वगुणको आधिक्य भएको; सत्त्वगुणप्रधान । ना॰ ४. साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार । ~ भाव— ना॰ नाट्य वा नृत्य आदिमा सत्त्वगुणबाट उत्पन्न हुने अङ्गविकार (स्तम्भ, स्वेद, रोमाञ्च, स्वरभङ्ग, कम्प, वैवर्ण्य, अश्रुपात र प्रलय॰ ।

साथ— ना॰ यो॰ [सं॰ सार्द्धे १. सँग; सित । २. समेत; सहित । ना॰ ३. सामीप्य; निकटता । — साथै— क्रि॰ वि॰ एकै साथमा; सँगै रहेर; सँगसँगै ।

साथी— ना॰ [साथ+ई] १. एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी । २. कुनै कामकुरामा साथ दिने व्यक्ति; परिआएका बेलामा मद्दत गर्ने व्यक्ति; सहायक; सहयोगी; मदतगार ।

सादगी— ना॰ [फा॰] १. सादा हुनाको भाव, गुण वा अवस्था; सादापन; सरलता । २. निष्कपटता ।

सादर— क्रि॰ वि॰ [सं॰] आदर वा मानमर्यादाका साथ; सम्मानका साथ; आदरपूर्वक; ससम्मान ।

सादा— वि॰ [फा॰] १. कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको; सामान्य किसिमको; साधारण । २. अनेक रब, बुट्टा आदि नभएको । ३. छलकपट नभएको; मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने; सोझो; सरल ।

सादृश्य— ना॰ [सं॰] १. रूप,गुण आदिका दृष्टिले देखिने एकरूपता; समानता; तुल्यता । २. तुलना; दाँजो; बराबरी । ना॰ ३. कुनै प्रयोगलाई देखेर त्यसको सादृश्यमा अन्यत्र पनि त्यस्तै प्रयोग गर्ने भाषावैज्ञानिक प्रक्रिया (जस्तो— बस्छे > बस्+छ] का सादृश्यले छ > छ्+अ जस्ता प्रयोग पनि छे बन्नु अर्थात् बहिनी छे बनाउनु आदि) । — गत— वि॰ सादृश्य भएको; सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि॰ ।

साद्धे— वि॰ [सं॰ साध्ये साध्य; सम्भव ।

साध्–नु१— स॰ क्रि॰ [सं॰ साध्+नु] १. लामो समयसम्मको साधनाबारा मन्त्र, विद्या आदिको सिद्धि प्राप्त गर्नु । २. लामो प्रयास र साधनाबारा दुस्साध्य वस्तुलाई वशमा पार्नु; अधीनमा ल्याउनु । ३. नियमपूर्वकको प्रयास र अभ्यासबारा सफलता प्राप्त गर्नु; कुनै काम फत्ते पार्नु; सिद्ध गर्नु । ४. व्याकरणअनुसार कुनै शब्दको प्रकृतिप्रत्यय देखाई सूत्रहरूका नियमबारा प्रचलित रूप बनाउनु । ५. कुनै विषयसँग सम्बन्धित सिद्धान्तलाई नियमानुसार प्रमाणित गर्नु ।

साध्–नु२— स॰ क्रि॰ [सोध्+नु] तल्लो तहका संस्था वा व्यक्तिले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कामकुरा गर्नुपर्दा माथिल्लो तहका व्यक्ति वा संस्थाको आदेश लिन जाहेर गर्नु ।

साधक१— वि॰ [सं॰] १. तप, मन्त्र, साधना आदिबारा कुनै कुरा सिद्ध गर्ने । २. कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने । ३. भूतप्रेत आदिलाई मन्त्रबारा आफ्नो वशमा पार्ने । ना॰ ४. इन्द्रजाली । ५. झाँक्री; धामी । ६. तपस्वी; योगी ।

साधक२— ना॰ [साध्+अक] १. तल्लो तहका अड्डाअदालतमा परेका, आफूले छिन्न नसकिने वा छिन्न नमिल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णयका निम्ति माथिल्ला अधिकारी वा अड्डामा पठाइने जाहेरी । २. आफ्नो अधिकारभन्दा माथिको वा आफूले आँट्न नसकिने विषयमा निकासाका निम्ति तालुकवाला अधिकारी वा अड्डालाई लेखी पठाइने रिपोर्ट । ~ फैसला— ना॰ आफूले गरेको निर्णय ठीक छ–छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला; जाहेरी फैसला ।

साधन— ना॰ [सं॰] १. कुनै वस्तु तयार पार्ने वा कुनै काममा प्रयोग गरिने सामान; उपकरण; औजार । २. साजबाज । ३. कुनै वस्तु वा कुराको कारण; हेतु । ४. तपश्चर्या । ५. मन्त्र आदि सिद्ध गर्ने काम ।

साधना— ना॰ [सं॰] १. लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि गरिने योग, काम वा प्रयत्न । २. अभीष्ट फलप्राप्तिका लागि नियमपूर्वक गरिने देवादिको उपासना वा आराधना; अनुष्ठान । ३. सफलता, दक्षता वा पूर्णताको प्राप्तिका लागि कुनै काम बारबार गर्ने क्रिया; अभ्यास; रफत । ४. भूतप्रेत आदिलाई मन्त्रादिबारा वशमा पार्ने काम । ~ भूमि/स्थल— ना॰ कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि साधना गरिने भूमि वा स्थल ।

साधर्म्य— ना॰ [सं॰] भिन्नभिन्न वस्तुमा एउटै धर्म रहनाको भाव, गुण वा अवस्था, धर्म आदिका दृष्टिले हुने एकरूपता; एकधर्मिता ।

साधसोध— ना॰ [साध्+सोध्] १. आफूले निश्चय गर्न अडबड परेका कुरामा मातहत अड्डा वा कर्मचारीले तालुक अड्डा वा माथिल्ला अधिकारीमा पेस गरी लिने निकासा, निर्देशन वा सल्लाह । २. कुनै कामकुराबारे साध्ने वा सोध्ने काम ।

साधा— वि॰ [सादो १. छलछाम नगर्ने; सरल स्वभावको; सोझो; सादा । २. सामान्य; मामुली ।

साधार— वि॰ [सं॰] १. निराधार वा कपोलकल्पित नभएर तर्कसम्मत आधार भएको; आधारयुक्त । २. कुनै प्रमाणमा आधारित; सप्रमाण ।

साधारण— वि॰ [सं॰] १. कुनै किसिमको विशेषता वा उल्लेखनीय कुरा नभएको; सामान्य; मामुली । २. सरल; सजिलो । ३. जतासुकै पाइने; सबै ठाउँमा हुने । ४. धेरैसँग मिल्दोजुल्दो; अरूसरहको । ५. सहज; प्रकृत । — तः/तया— क्रि॰ वि॰ १. साधारण किसिमसँग; सामान्य रूपले । २. प्रायः; धेरैजसो । ~ शिक्षा— ना॰ सर्वमान्य अनुभवसँग सम्बन्धित र भविष्यमा जुनसुकै विषयमा विशिष्टीकरण गर्ने शिक्षार्थीले पनि सामान्यतः लिनु आवश्यक ठानिएको शिक्षा । ~ सेयर— ना॰ कुनै कम्पनी वा औद्योगिकव्यापारिक संस्थाबारा बिक्रीवितरणमा ल्याइएको साधारण किसिमको हिस्सा वा सेयर । ~ सभा— ना॰ १. कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा; साधारण सदस्यहरूको सभा । २. विशेष कार्यका निम्ति नभई साधारण कामका निम्ति गरिएको सभा । ३. नियमित रूपले चल्ने सामान्य सभा । > साधारणीकरण— ना॰ १. समान गुण, धर्म वा विशेषताका आधारमा अनेक वस्तुलाई एक श्रेणीमा राख्ने काम । २. विभिन्न तत्त्व, गुण वा विशेषताका आधारमा कुनै साधारण नियम वा सिद्धान्त स्थिर गर्ने काम । ३. साहित्यमा नायक र नायिकाका साथ भावक (श्रोता, पाठक, दर्शक॰–को तादात्म्य हुने मानसिक व्यापारविशेष । ४. कुनै विषयलाई सामान्यतः सबैमा उही भावको आलम्बन हुने गरी रसानुभूति हुने रूपमा ल्याउने काम; सामान्यीकरण ।

साधिका— वि॰ [सं॰] साधनाबारा कुनै कामकुरा सिद्ध गर्ने स्त्री; साधना गर्ने स्त्री ।

साधिकार— वि॰ [सं॰] १. अधिकार पाएको वा भएको; अधिकारयुक्त । क्रि॰ वि॰ २. अधिकारपूर्वक ।

साधित— वि॰ [सं॰] १. साधना गरिएको ; सिद्ध पारिएको । २. अभ्यास वा प्रयासबारा वशमा ल्याइएको ।

साधिनु— क॰ क्रि॰ [साध्+इ+नु] १. शिक्षा लिइनु; तालिम हासिल गरिनु । २. माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु ।

साधु— ना॰ [सं॰] १. सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थचिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा । २. सरल प्रकृतिको मानिस; सोझो मानिस । ३. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का॰ अ॰) । वि॰ ४. शिष्ट । — ता/त्व— ना॰ साधु हुनाको भाव वा अवस्था; सोझोपन; सौजन्य । — मती— ना॰ बौद्ध धर्मानुसार दशभूमि र त्रयोदशभूमिको नवौँ भूमि । — वाद— ना॰ कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा 'साधु–साधु' भनेर स्याबासी दिन भनिने शब्द; स्याबास; धन्यवाद । ~ सन्त— ना॰ सांसारिक झैझमेलामा नअल्झेको सज्जन; महात्मा ।

साध्य— वि॰ [सं॰] १. सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने । २. घट्न सक्ने; हुन सक्ने; सम्भव । ३. निको पार्न सकिने; निवारण गर्न सकिने । ना॰ ४. देवयोनिविशेष । ५. समाधानका निम्ति प्रस्तुत समस्या; सिद्ध हुन सक्ने तर्कयुक्त कुरो । > साध्यवसाय/साध्यवसाना/साध्यवसानिका— ना॰ साहित्यमा पूर्वोक्त विषयको अन्य विषयका साथ अभेदसम्बन्ध देखाएमा हुने लक्षणा ।

साध्या— ना॰ [भो॰ ब॰] लामाको सेवा गर्ने चेली ।

साध्वी— ना॰ [सं॰] पवित्र आचरण भएकी स्त्री; पतिव्रता स्त्री ।

सान१— ना॰ [सं॰ सङ्गे मत्ताका पछिपछि लागेर हिँड्ने हात्तीको बथान ।

सान२— ना॰ [प्रा॰ सण्णा > सं॰ संज्ञाने १. ओठ, जिब्रो, टाउको, हात, आँखा आदि चलाएर अरूलाई मनको भाव प्रकट गर्ने काम; इसारा; सङ्केत । २. जनाउ; सूचना ।

सान३— ना॰ [अ॰ शाने १. गौरव, इज्जत वा प्रतिष्ठाको अवस्था; चकचकी । २. तडकभडक; ढाँचा । ३. बडप्पन; मैमत्याइँ ।

सान४— ना॰ [सं॰ शाणे १. हतियार उध्याउने वा धार लगाउने काम । २. रत्नहरूमा रहने पानी । ~ ढुङ्गो— ना॰ हँसिया आदि हतियार उध्याउने कालो कडा ढुङ्गो; सान लगाउने ढुङ्गो ।

सानदार— वि॰ [अ॰ शान+दार] १. सान भएको; गौरवशाली; भव्य । २. प्रभाव पार्ने; सुन्दर । ३. ढाँचावाल; भड्किलो ।

सानन्द— वि॰ [सं॰] १. आनन्दले युक्त; प्रसन्न । क्रि॰ वि॰ २. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ ।

सानबान— ना॰ हे॰ साहनवाहन । सान सौकत— ना॰ [अ॰ शान–शौकते १. सजिनेसिँगारिने स्थिति; सजावट । २. ठाँटबाँट; तडकभडक ।

साना— वि॰ [सानोको ति॰ ।)] सानो । ~ उद्योग— ना॰ थोरै मानिस, थोरै श्रम र सानै पुँजीले चलाइने उद्योग । — बा/बाबु— ना॰ आमाकी बहिनीको लोग्ने ।

सानिमा— ना॰ [सानी+आमो सानीआमा । ~ सासू— ना॰ १. पति वा पत्नीकी सानीमा । २. आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता ।

सानी— वि॰ [सानो+ई] १. धेरै वर्ष नखाएकी; कम उमेरकी । २. नसप्रेकी; नबढेकी; सानो कदकी । — आमा— ना॰ १. आमाकी बहिनी; सानीमा । २. आमाकी सौतेनी बैनी; सौतेनी आमा ।

सानीमा— ना॰ हे॰ सानिमा ।

सानु१— वि॰ सानो । ~ करौँदा— ना॰ ससाना पात, ल्वाबका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रबका फल हुने एक जातको बोट; त्यसैको अमिलो रस हुने फल; करमर्द्दी । — तिनु— वि॰ १. थोरै महत्त्व वा मोलको; कम मूल्यको । २. सानो । ~ केराउ— ना॰ हरिया र साना गेडा हुने एक जातको केराउ । ~ जटामसी— ना॰ गुलाबका जस्ता पात र हरिया रबका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुइटा मूलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी; एक जातको जटामसी । ~ तिते पिँडालु— ना॰ लामालामा पात, सेतो ठूलो फूल र छ्यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्द्धक मानिएको, जङ्गलमा पाइने, एक बुटी; ऋषभ ।

सानु२— ना॰ [सानो] १. बालबालिकालाई प्रेमले बोलाउँदा प्रयोग गरिने शब्द । २. साना ।

सानुनय— क्रि॰ वि॰ [सं॰] १. अनुनय वा विनयपूर्वक; नम्रतासाथ । वि॰ २. विनययुक्त; विनयशील । सान ुपवै— ना॰ [सानो+पवै] सानो जातको पवै । सानु पिप्ला— ना॰ पानपाते आकारका हरिया पात हुने, पानकै जस्ता फूल फुल्ने, किम्बुका जस्ता र पिरो स्वादका फल फल्ने एक जातको वनस्पति । सानु पिपल— ना॰ [सानु+पीपल] लाम्चा पात, पहेँला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट; अश्वत्थिका ।

सानुबन्ध— वि॰ [सं॰] १. कुनै सर्त वा बन्धन भएको; प्रतिज्ञा गरिएको । २. सम्बन्ध वा क्रम नटुटेको ।

साने— ना॰ [सानो+ए] सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द ।

सानो— वि॰ [प्रा॰ सिण्णो < सं॰ शीर्णे आकार, परिमाण, कद, दर्जा आदि कम भएको; उचाइ, मोटाइ आदि कम भएको; झीनो; सानु । ~ जुनटिकी— ना॰ सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा पेटसम्बन्धी रोगमा हितकर बताइएको एक जातको वृक्ष । — तिनो— वि॰ १. ससानो; सानुतिनु । २. साधारण; मामुली । ~ नगदी कोष— ना॰ हाताहात भुक्तानी दिनका लागि बराबर सोधभर्ना हुने पेस्कीका रूपमा दिई स्थापना गरिएको सानो रकमको नगदी कोष । ~ सूतक— ना॰ सुत्केरी हुनुभन्दा पहिले निस्कने पानीफोको ।

सान्ती— ना॰/ना॰ यो॰ [सं॰ सम्+तृ] राम्रोसँग वा बराबरी वितरण गर्ने काम; केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै— पालोसान्ती, भागसान्ती, हिसाबसान्ती आदि॰ ।

सान्त्वना— ना॰ [सं॰] १. प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिनोक्सानीले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम; सम्झाउनेबुझाउने काम । २. ढाढस; आश्वासन । ३. सन्तुष्ट हुने वा पार्ने वचन; चित्त बुझाउने कुरो; मानसिक शान्ति । ~ पुरस्कार— ना॰ प्रतियोगितामा भाग लिनेमध्ये प्रथम, बितीय वा तृतीय नभएका तर योग्यता वा विशेषताका आधारमा तृतीयभन्दा केही मात्र पछि देखिने व्यक्तिलाई प्रोत्साहनस्वरूप दिइने पुरस्कार ।

सान्थुङ्गे— ना॰ [सानो+थुङ्गो+ए] सानो एक जातको सयपत्री ।

सान्ध्य— वि॰ [सं॰] १. सन्ध्यासम्बन्धी; बेलुकीपखको; साँझको । २. सन्ध्याका समयमा हुने । ~ कुसुमा— ना॰ सन्ध्याका समयमा फुल्ने फूल । ~ गोष्ठी— ना॰ सन्ध्याका समयमा हुने, आमन्त्रित मित्रहरूको रमाइलो गोष्ठी । ~ लालिमा— ना॰ साँझपख क्षितिजमा देखिने रातोपना ।

सान्निध्य— ना॰ [सं॰] सन्निधि वा समीप हुनाको भाव वा स्थिति; सामीप्य ।

साप्–नु— स॰ क्रि॰ [सं॰ सर्प+नु] नाप्नुको पूरक ।

सापट— ना॰ १. पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि । २. काम सिद्धिएपछि फिर्ता गर्ने गरी धन, मालसामान आदि लिने वा दिने काम; उधारो; ऋण; कर्जा । > सापटी— वि॰ १. पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको (धनमाल आदि॰रू ना॰ २. सापट; ऋण ।

सापत्न्य— ना॰ [सं॰] सौतेनी हुनाको भाव वा अवस्था; सौतेनी व्यवहार ।

सापिलो— वि॰ [साप्+इलो] नापिने; नपना हुने ।

सापेक्ष— वि॰ [सं॰] १. स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध । २. अन्य तत्त्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अपेक्षा राख्ने । — ता — ना॰ सापेक्ष हुनाको भाव, गुण वा अवस्था । — वाद— ना॰ विश्वको कुनै पनि कुरा आफैँमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त । ~ विराम— ना॰ १. कुनै विषयको आधारमा गरिने विराम वा रोक; सापेक्ष रूपमा गरिने विराम । २. सापेक्ष विरामचिह्न । ~ विराम चिह्न— ना॰ परस्परको सापेक्षता देखाउन वाक्यांश वा वाक्यार्धमा दिइने विरामचिह्न; (ः॰ चिह्न ।

सापेक्षिक— वि॰ [सं॰] सापेक्ष भएको; सापेक्षसम्बन्धी; सापेक्ष । ~ आर्द्रता— ना॰ १. कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको मात्राको बीचको अनुपात (सामान्यतः प्रतिशतमा बताइन्छ) । २. हाइग्रो मिटरबारा निर्धारित गरिने वातावरणीय चिसोपन ।

सापो— ना॰ [साप+ओ] १. नाप्ने काम । २. नापोको अग्रक । —

नापो— क्रि॰ वि॰ १. मिल्नेमिल्ने गरी; सरदर; सालाखाला । २. रोखपोख ।

साप्ताहिक— वि॰ [सं॰] १. प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको । २. सप्ताहसम्बन्धी; सात दिनको; साताको । ना॰ ३. एकएक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र ।

साफ— वि॰ [अ॰] १. धूलोमैलो आदि नभएको; स्वच्छ; सफा । २. मिलावट वा खोट नभएको; शुद्ध । ३. खुलस्त; स्पष्ट । ४. उज्ज्वल; चम्किलो । ५. खाली; शून्य । ६. चुक्ता भइसकेको; तिर्न बाँकी नरहेको (हिसाब आदि॰ । क्रि॰ वि॰ ७. बेसरी; बेसमारी ।

साफल्य— ना॰ [सं॰] सफल हुनाको भाव, गुण वा अवस्था; सफलता ।

साफा१— ना॰ [साउने+फागु] साउने फागुको सङ्क्षिप्त रूप; साउने फागु ।

साफा२— ना॰ [अ॰] फेटा; पगरी ।

साफी१— ना॰ [साफ+ई] १. एकपल्ट लेखेको कुरा दोहोथ्याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम । २. दोहोथ्याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति । वि॰ ३. दोहोथ्याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको ।

साफी२— ना॰ [अ॰] १. गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धूवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो । २. रुमाल ।

साबर— ना॰ [सं॰ संवरे साँभर नामको मृगको नरम छाला । २. एक प्रकारसित तयार पारिएको कमलो छाला । ३. झील । श्र साबरी— वि॰ १. साबर झीलको खारा पानीबाट बनेको (नुन॰ २. साबरबाट निर्मित (जस्ता, ब्याग आदि॰ ।

साबिक— वि॰ [अ॰ साबिके १. अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको । (उदा॰— हाल नापीले साबिक रोपनीमा घटाएको छ) । २. पहिलेदेखि चल्दै आएको; सनातन । (उदा॰— साबिक रीतिरिवाजलाई पनि कायमै राख्नु सांस्कृतिक उपादेयता हो॰ । ~ ऐन— ना॰ १. कायम भइरहेको ऐन; चालू ऐन । २. अहिलेको भन्दा पुरानो ऐन; पुरानो कानुन । — वाला— वि॰ हालभन्दा पहिले काम गर्ने; पुरानियाँ (कामदार॰ ।

साबित— वि॰ [अ॰] १. निस्साप्रमाणबाट सिद्ध भएको; सबुत पुगेको; प्रामाणिक । २. अपराध वा दोष स्वीकार गरेको; कायल भएको । > साबिती— ना॰ १. भूल वा अपराध स्वीकार गर्ने काम; साबित हुने काम । वि॰ २. अपराध वा दोष स्वीकार गर्ने खालको (बयान॰ ।

साबुत/साबुद— वि॰ [अ॰ साबिते १. टुटफुट नभएको; सग्लो; सिङ्गो । २. पूरा; सबै; सम्पूर्ण ।

साबुदाना— ना॰ [अङ्॰ सैगो+दानो ताडका जातको रूखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना ।

साबुन— ना॰ [अ॰ साबूने कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको पानीमा घोल्दा वा शरीर र वस्त्रमा दल्दा फीँज आउने पदार्थ ।

साबेल— ना॰ [अङ्॰ शोवेले कथ्य॰ साभेल । माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोझो बीँड भएको औजार वा हाते ज्याबल ।

साभार— क्रि॰ वि॰ [सं॰] १. लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै; कृतज्ञतापूर्वक । वि॰ २. कुनै पुस्तकपत्रिका वा लेख आदिबाट लिइएको; उद्धृत ।

साभिलाष— क्रि॰ वि॰ [सं॰] अभिलाषासहित; इच्छापूर्वक; चाहनाअनुसार ।

साम— ना॰ [सं॰] १. ऋक्, यजुः, साम र अथर्व — चार वेदमध्ये एक । २. वेदमा गाइने मन्त्र; सामवेदका कण्डिका । ३. क¨टनैतिक चार उपाय— साम, दान, दण्ड, भेदमध्ये एक । ४. प्रिय वचन; मीठो बोली ।

सामकालिक— वि॰ [सं॰] समान कालको; एकै समयको (ध्वनि॰ ।

सामग्री— ना॰ [सं॰] १. कुनै विशेष कामका लागि चाहिने साधन; सरसामान; सामाग्री । २. उपकरण; साधन ।

सामञ्जस्य— ना॰ [सं॰] १. रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था; मेलमिलाप । २. उपयुक्तता; औचित्य । ३. अनुक¨ल हुनाको भाव; मिल्दोपना । ४. बराबरी; समानता; तुल्यता ।

सामदान— ना॰ [अ॰ शमञ्+ फा॰ दाने मैनबत्ती आदि बाल्दा अड्याइने ठाडो पानस । सामदुलिब गुम्बा— ना॰ [भो॰ ब॰] नेपालको मुस्ताब जिल्लामा अवस्थित कादजपापन्थी बौद्धहरूको प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको गुम्बा ।

सामना— ना॰ [सामुन्ने] १. सामुन्ने पारेर एकअर्को पक्ष वा व्यक्तिका बीच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड । २. आमनेसामने हुने काम; मुखामुख ।

सामन्त— ना॰ [सं॰] १. शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो । २. राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति । ३. लिच्छविकालीन उच्च ओहदाको एक दर्जा । ~ तन्त्र— ना॰ राज्यको भूभाग ठूलठूला भारदार, सामन्त, सरदार, जमिनदार वा धनीहरूको अधिकारक्षेत्रमा रही त्यसको बदलामा राजालाई आर्थिक सहायता दिइने शासनव्यवस्था । — वाद— ना॰ १. कुनै राज्यअन्तर्गतका सामन्त, जमिनदार बिर्तावाल आदिलाई खेती, मोही आदिमाथि पूरापूर अधिकार दिइने सिद्धान्त वा शासनपद्धति । २. सामन्तहरूको सत्ता मान्ने शासनव्यवस्था; सामन्ततन्त्र । — वादी— वि॰ सामन्तवादको अनुयायी; सामन्ततन्त्रमा विश्वास भएको । ~ साही— ना॰ सामन्तवाद । > सामन्ती— वि॰ १. सामन्तको; सामन्तसम्बन्धी । ना॰ २. सामन्तको काम वा पद ।

सामयिक— वि॰ [सं॰] १. समय सुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुक¨ल । २. नियत समयमा गरिने; ठीक समयमा हुने । ३. समयको; बेलाबखतको । ~ कर— ना॰ समयका आधारमा उठाइने कर; तोकिएको समयमा मात्र कुनै वस्तुमाथि लगाइने कर । ~ चर्चा— ना॰ रेडियो, पत्रपत्रिका आदिबाट बेलाबखत प्रचार–प्रसारमा ल्याइने समसामयिक जल्दाबल्दा घटना, विषय वा समाधानका उपाय । — ता— ना॰ समयानुक¨ल हुनाको भाव वा स्थिति । ~ पत्र— ना॰ वेला–बखत लेखिने कागजात; सावधिक पत्र । ~ परीक्षा— ना॰ कुनै शैक्षिक तह पूरा गर्ने अन्तिम परीक्षामा नपुग्दै बीचबीचमा लिइने परीक्षा । ~ प्रकाशन— ना॰ कुनै विशेष चाडपर्व आदिको समय मिलाई वा वेला–बखत प्रकाशनमा ल्याइने पत्रपत्रिका । ~ वार्ता— ना॰ रेडियो वा पत्र– पत्रिकाबाट प्रसारित गरिने समसामयिक घटना, प्रश्न वा विषयको चर्चा; सामयिक चर्चा । > सामयिकी— वि॰ समयसम्बन्धी; सामयिक ।

सामरिक— वि॰ [सं॰] समर वा युद्धसँग सम्बन्धित; लडाइँसम्बन्धी; युद्धको । ~ व्यवस्था— ना॰ युद्धको सञ्चालन तथा शस्त्र– अस्त्रसम्बन्धी चाँजोपाँजो ।

सामरी— वि॰ [सं॰ श्यामल+ई] हे॰ साँवली (जस्तो— सामरी भन्ज्याब॰ ।

सामर्थी— वि॰ [सं॰ सामर्थ्ये सामर्थ्य भएको; खुपी भएको; समर्थ; बलवान् ।

सामर्थ्य— ना॰ [सं॰] १. समर्थ हुनाको भाव, गुण वा अवस्था; समर्थता । २. क्षमता; योग्यता । ३. शक्ति; बल । ४. शब्दको व्यञ्जनाशक्ति ।

सामल— ना॰ [सं॰ सम्बले १. यात्रा गर्दा चाहिने आर्थिक साधन; बाटाखर्च । २. खानेपकाउने दैनिक खाद्य पदार्थ । — तुमल— ना॰ घरमा बिहानबेलुकाको छाक टार्न वा बाटो लाग्दा खान चाहिने चामल, खाजा आदि खानेकुरा । > सामली— ना॰ सामल बोक्ने व्यक्ति; सामलतुमल लिने भरिया ।

सामलो— वि॰ [सं॰ श्यामले साँवलो ।

सामवेद— ना॰ [सं॰] चार वेदमध्ये तेस्रो वेद । > सामवेदी— ना॰ १. सामवेदको ज्ञाता; सामवेद पढ्ने वा पाठ गर्ने व्यक्ति । २. वि॰ सामवेदसम्बन्धी ।

सामसाम–सुमसुम— ना॰ [सुमसुम (बि॰)] १. नचाहिँदो कामकुरामा अलमल गर्ने काम; अल्याबमल्याब । २. लम्य्राबलुम्रुब; जुम्सोपन । ३. अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम; छामछामछुमछुम ।

सामसुन— वि॰ [सं॰ साम्य+शून्य] १. कुनै आवाज वा कोही व्यक्ति नभएको; सुनसान; चकमन्न । २. निस्तब्ध; निश्छल ।

सामसुम— क्रि॰ वि॰ [सं॰ साम्य+शून्य] १. होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी; हल्लीखल्ली नभएको चालमा; चुपचाप । २. आगोको बीउसमेत नरहने गरी निभेर । ३. झैझगडा, विद्रोह आदि सबै शान्त हुने चालले । > सामसुम्म— क्रि॰ वि॰ अझै जोडसित सामसुम हुने गरी ।

सामा१— ना॰ [सं॰ श्यामाके धानको खेतमा उम्रने र धानको जस्तै बोट हुने मसिना राता दाना फल्ने जङ्गली धान वा त्यसैको चामल; नाभो धान ।

सामा२— ना॰ जुत्ताको माथिल्लोपट्टि रहने भाग वा घर ।

सामा३— ना॰ [रू सामाने पूजा गर्ने सरसामग्री; पूजाको सामान

(जस्तो— पूजासामा॰ ।

सामाग्री— ना॰ हे॰ सामग्री ।

सामाजिक— वि॰ [सं॰] १. समाजसँग सम्बन्धित; समाजको । २. समाजमा पाइने, हुने वा रहेको ( कुरीति, चलन, व्यवस्था, नीति आदि॰ । ना॰ ३. काव्यनाटक आदिका श्रोता वा दर्शक । ~ अध्ययन— ना॰ सामाजिक शिक्षा । ~ करार— ना॰ राजनीतिक दर्शनअनुसार समाजको उत्पत्तिको एक सिद्धान्त; हब्स, लक र रुसोको सिद्धान्त । ~ तत्त्व— ना॰ समाजमा रहेर समाजकै हितका लागि काम गर्ने व्यक्ति वा साधन । — ता— ना॰ समाजअनुसार चल्ने काम; समाजमिल्दो व्यवहार वा चालचलन । ~ भूगोल— ना॰ समाजको अध्ययन गर्ने भूगोल । ~ विज्ञान— ना॰ समाजसँग सम्बन्धित क्रमबद्ध ज्ञान । ~ शास्त्र— ना॰ जनसाधारणको व्यवहारदर्शनको विषयमा लेखिएको शास्त्र; इतिहास, भूगोल, अर्थशास्त्र आदि । ~ शिक्षा— ना॰ सामाजिक शास्त्रका मुख्यतः इतिहास, भूगोल, नागरिक शास्त्र, अर्थशास्त्र र समाजशास्त्रका स्रोतबाट लिइएको, विद्यालयतहको शिक्षाका लागि उपयुक्त एकीकृत तथा सम्मिश्रित विषयवस्तु । ~ समायोजन— ना॰ व्यक्ति वा समूह बदलिँदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुक¨लित हुँदै जाने प्रक्रिया । ~ सुरक्षा— ना॰ समाजमा हुन सक्ने चोरी, डकैती, लुटपिट, कुटपिट, असुरक्षा आदिबाट बच्ने वा बचाउने संस्थागत व्यवस्था । ~ सेवा— ना॰ जनसाधारणको सेवा; समाजका रोगी, अपाङ्ग आदिको भलाइका लागि गरिने काम ।

सामान— ना॰ [फा॰] १. जीवनका लागि आवश्यक उपयोगी वस्तु; मालमत्ता; असबाब । २. सामग्री; साधन ।

सामान्य— वि॰ [सं॰] १. कुनै खास विशेषता नभएको; मामुली; साधारण । २. जनसाधारणसँग सम्बन्ध भएको; सार्वजनिक । ना॰ ३. रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता; बराबरी । ४. उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बीच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । ~ आबर्जे— ना॰ सबै कारोबारको हिसाब वर्गीकरण गरी त्यसको अभिलेख राख्ने आबर्जे । ~ कानुन— ना॰ आम जनताको साधारण व्यवहार तथा रीतिरिवाज आदिमा प्रयोग हुने कानुन । ~ कोष— ना॰ कुनै खास कामकुराका निम्ति स्थापित गरिएको नभई सार्वजनिक प्रयोजनका निम्ति खर्च हुने वा खर्च गर्न पाइने कोष । — तः/तया— क्रि॰ वि॰ साधारण किसिमले । ~ तत्त्व— ना॰ प्राणिमात्रमा रहने पृथ्वी, जल, तेज, वायु र आकाश नामक पाँच तत्त्व । ~ रूप— ना॰ व्याकरणशास्त्रका अनुसार विभक्ति, प्रत्यय आदि लाग्नुभन्दा पहिलेको रूप । > सामान्या— ना॰ साहित्यशास्त्रका अनुसार सबै पुरुषसँग समान रूपले प्रेम देखाउने नायिका; वेश्या ।

सामान्यीकरण— ना॰ विभिन्न वस्तुमा एकरूपता ल्याउने काम; धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता; साधारणीकरण ।

सामासिक— वि॰ [सं॰] १. समाससँग सम्बन्धित; समासको । २. समासका रूपमा हुने । ३. सङ्क्षिप्त; छोटकरी (विधि) । — ता— ना॰ सामासिक हुनाको भाव, क्रिया वा अवस्था ।

सामियाना— ना॰ [फा॰ शामियानो धेरै मानिस बस्न हुने, ठूलो र चारैतिर खुला हुने पाल; समेना; समियाना; पाल ।

सामी— ना॰ [सं॰ शम्बे मुसल, ढिकी आदिको कुट्ने काठमा हालिने, फलामको धारिलो मुन्द्राजस्तो साधन ।

सामीप्य— ना॰ [सं॰] समीप हुनाको भाव, गुण वा स्थिति; निकटता; सान्निध्य ।

सामु— क्रि॰ वि॰ [सं॰ सम्मुखे अघिल्तिर; मुखेन्जी; सामुन्ने । — सामु— क्रि॰ वि॰ मुखामुख भएर; आमुन्नेसामुन्ने ।

सामुदायिक— वि॰ [सं॰] समुदायसम्बन्धी; समूहको; सामूहिक । ~ मनोरञ्जन— ना॰ कुनै समुदाय वा समूहमा साथसाथै मनाइने रमाइलो क्षण । ~ योजना— ना॰ जनसमुदायको हितका दृष्टिले कृषिसुधार, शिक्षा, बाटोघाटो, स्वास्थ्य आदि योजना जनसमुदायबारा नै सञ्चालित हुने कार्यक्रम । ~ स्वास्थ्य सेवा— ना॰ जनसमुदायको हितका दृष्टिले सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि प्रतिकारात्मक विधिहरू सिकाउन चलाइने अभियान वा कार्यक्रम ।

सामुद्रिक— वि॰ [सं॰] १. समुद्रसम्बन्धी; समुद्रको । २. समुद्रमा पैदा हुने । ३. शरीरका चिह्न वा रेखासम्बन्धी । ना॰ ४. हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या; फलित ज्योतिषशास्त्रको एक अङ्ग । ५. त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता । ~ धार— ना॰ समयसमयमा समुद्रमा आउने पानीको चाप; समुद्री आँधी । ~ बिमा— ना॰ समुद्रपारबाट आयातनिर्यात गरिने वस्तुमा गरिने बिमा; पारवहन वस्तुबिमा । ~ सुरक्षा समिति— ना॰ सामुद्रिक यात्रा वा पारवहनको सुरक्षा गर्ने संस्था ।

सामुन्ने— क्रि॰ वि॰ [सं॰ सम्मुखे सामु; मुखेन्जी; अगाडि ।

सामूहिक— वि॰ [सं॰] समूहको; समूहसम्बन्धी; सामुदायिक । ~ जीवन— ना॰ धेरै जनसमुदायसँग सम्बन्ध राख्ने जीवन । ~ प्रयास— ना॰ कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भई गरिने प्रयास । ~ सुरक्षा— ना॰ दैवी वा भौतिक सम्भाव्य आपत्बाट जनसाधारणलाई संस्थागत रूपमा प्रदान गरिने सुरक्षा ।

सामेल— ना॰ [अ॰ शामिले १. विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी । २. भेला । वि॰ ३. एकत्रित; उपस्थित; हाजिर । > सामेली— ना॰ १. सामेल हुने काम; हाजिरी; उपस्थिति । वि॰ २. सामेल हुने ।

साम्पत्तिक— वि॰ [सं॰] सम्पत्तिसम्बन्धी; धनमालको ।

साम्प्रतिक— वि॰ [सं॰] १. वर्तमान समयको; यसै बेलाको; तत्कालको । २. उपयुक्त; ठिक्क ।

साम्प्रदायिक— वि॰ [सं॰] कुनै निश्चित जाति, धर्म, सम्प्रदाय वा गुटसँग सम्बन्ध भएको; सम्प्रदायसम्बन्धी । — ता— ना॰ आफ्नो जाति, धर्म, सम्प्रदाय वा गुटको मात्र हित गर्ने र अन्य सम्प्रदाय आदिको हितको उपेक्षा गर्ने काम; सङ्कुचित मनोवृत्ति ।

साम्ब— ना॰ [सं॰] १. अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव । २. कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र ।

साम्मे— ना॰ [सं॰] साम्य । (उदा॰— उनीहरूको झगडा अझै साम्मे भएको छैन॰ ।

साम्य— ना॰ [सं॰] १. सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता । २. दुई विरोधी पक्ष वा व्यक्तिका बीच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य । ३. पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्ति । — वाद— ना॰ मार्क्सबारा प्रतिष्ठित तथा लेनिनबारा क्रियान्वित, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन, प्रबन्ध र उपयोगका सिद्धान्तमा समाजव्यवस्था स्थिर गर्ने राजनीतिक सिद्धान्त; आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनीतिक विचारधारा । — वादी— वि॰ साम्यवादको सिद्धान्तमा विश्वास राख्ने; साम्यवादको अनुयायी । > साम्यावस्था— ना॰ १. सत्त्व, रज, तम— यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था; कुनै गुणको उत्कर्षहीन स्थिति । २. उतारचढाउ नभएको एकनासको अवस्था; शान्त स्थिति ।

साम्राज्य— ना॰ [सं॰] १. ससाना धेरैवटा राज्य सम्मिलित भएको ठूलो राज्य; सम्राट्ले शासन गरेको राज्य । २. राज्यको सर्वोच्च शक्ति; प्रभुसत्ता; सार्वभौमिकता । ३. कुनै काम वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार । — वाद— ना॰ १. ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिबारा वशमा पारेर राज्यको विस्तार गर्ने सिद्धान्त; साम्राज्य खडा गर्ने सिद्धान्त । २. एक देशले अर्को देशमा आर्थिक, राजनीतिक वा सैनिक शोषण गर्ने सिद्धान्त वा विचार । — वादी— वि॰ साम्राज्यवादको सिद्धान्त मान्ने; साम्राज्यवादको अनुयायी ।

सायक— ना॰ [सं॰] धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र; बाण; शर ।

सायङ्काल— ना॰ [सं॰] १. साँझको समय वा बखत; बेलुकीपख; सन्ध्याकाल; साँझ । २. मृतकका निम्ति प्रेतकर्मका उद्देश्यले मरेका दिनदेखि नौ दिनसम्म बेलुका किरियापुत्रीहरूले बत्ती बाल्ने काम । > सायङ्कालिक/सायङ्कालीन— वि॰ सायङ्काल– सम्बन्धी; सायङ्कालको ।

सायद— क्रि॰ वि॰ [अ॰ शायदे कथम्कदाचित्; केही गरी; सम्भवतः; सके ।

सायम्— ना॰ [सं॰] १. सन्ध्याको समय; साँझ; सायङ्काल । क्रि॰ वि॰ २. साँझको समयमा ।

सायर१— ना॰ [फा॰ शारे कपडाको बार; भीत ।

सायर२— ना॰ [अ॰ शायरे उर्दू, अरबी, फारसी आदि भाषामा कविता रच्ने व्यक्ति; कवि । > सायरी— ना॰ १. उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ । २. सायरको काम वा वृत्ति ।

साया— ना॰ [फा॰ साये १. स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा । २. थारूजातिका स्त्रीहरूले पहिरिने एक प्रकारको कपडा । ३. छाया ।

सायास— वि॰ [सं॰] १. आयास वा प्रयाससहित; ठूलो मेहनतका साथ । क्रि॰ वि॰ २. ठूलो परिश्रम गरेर; यत्नका साथ; सपरिश्रम ।

सायुज्य— ना॰ [सं॰] १. भेद थाहा नहुने गरी दुई वा सोभन्दा धेरै वस्तु एकसाथ मिल्ने काम; लीन हुने काम । २. जीवात्मा परमात्मामा लीन हुने मुक्तिको एक अवस्था; निर्वाण । ३. एकरूपता; सादृश्य ।

सायुध— वि॰ [सं॰] आयुध वा हतियारले सहित; हतियार लिएको; सस्त्र ।

सार्–नु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [सं॰ सारण+नु] १. एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थानपरिवर्तन गर्नु । २. ग्रन्थ, लेख, प्रबन्ध आदि जस्ताको तस्तै अर्को प्रतिमा लेख्नु; प्रतिलिपि निकाल्नु । ३. एक जीउबाट अर्को जीउमा कीटाणु, रोग आदि सल्काउनु; सरुवा रोग अरूछेउ पुथ्याउनु । ४. हटाउनु । ५. सानाठूला गेडा वा कसिङ्गर छुट्ट्याउन एक किसिमको चालले नाङ्लो चलाउनु; निफन्नु ।

सार— ना॰ [सं॰] १. कुनै वस्तु वा पदार्थको मुख्य भाग; मुख्य अंश; सत्त्व; तत्त्व । २. कुनै वस्तुको भित्री मुख्य भाग; गुदी । ३. सल्लो आदिको रूखबाट निस्कने चोप; खोटो; निर्यास । ४. दूध वा दहीको तर; नौनी । ५. कुरा, कृति, लेख आदिको मुख्य अंश वा मतलब; मजबुन । ६. भनाइको तात्पर्य; अभिप्राय । ७. कुनै लेख वा प्रबन्ध आदिको अन्तिम भनाइ; निष्कर्ष; उपसंहार । ८. निचोर; गाँठी कुरा । (. धन; दौलत; सम्पत्ति । १०. बल; शक्ति । ११. साहित्यमा, पहिले वर्णन गरिएका कुराको उत्तरोत्तर उत्कर्ष वा अपकर्षको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । १२. पानी; जल । १३. वेदको सस्वर पाठ गर्दा उदात्त, अनुदात्त र स्वरितअनुसार हात हल्लाएर स्वरगत आरोह, अवरोह र साम्य आदिको भाव व्यक्त गर्ने काम । १४. मासी; मज्जा । वि॰ १५. मुख्य; प्रधान । १६. वास्तविक; तथ्य । १७. सर्वोत्तम; सर्वश्रेष्ठ । — गर्भित— वि॰ भित्र सार वा गहन कुरा भएको; गहकिलो; विबत्तापूर्ण । — ग्राहिता— ना॰ सारग्राही हुनाको भाव वा अवस्था । — ग्राही— वि॰ कुनै वस्तु वा पदार्थको सारतत्त्व मात्र लिने; तत्त्वग्राही ।

सारङ्ग— ना॰ [सं॰] १. ठूला कान, छोटो पुच्छर र खैरो रब हुने एक जातको मृग; चित्रमृग । २. छिरबिरे वस्तु; एउटैमा विभिन्न रङ्ग हुने पदार्थ । ३. हात्ती घोडा, सिंह आदि जनावर तथा रजहाँस, सारौँ, कोइली, मुजुर, काकाकुल आदि पक्षी र भमरो, मौरी आदि कीटपतङ्गको नाम । ४. कृष्ण । ५. विष्णुको धनु । ६. कामदेव । ७. बादल । ८. फूल (खास गरी कमल॰ । (. तलाउ । १०. चन्द्रमा । ११. शङ्ख । १२. सारङ्गी । वि॰ १३. मनोहर; सुन्दर; राम्रो । १४. रँगाएको; रङ्गिन । — पाणि— ना॰ विष्णु । ~ लोचना— ना॰ मृगनयनी ।

सारङ्गी— ना॰ [सं॰] १. नहर वा तारमा रेटेर बजाइने गितारजस्तो सानो नेपाली बाजा; नेपालका गाइने जातिले बजाई हिँड्ने बाजा । २. सारङ्ग मृग । ३. पाँच मगण र आठ अक्षरमा यति भएको एक वार्णिक छन्द ।

सारणी— ना॰ [सं॰] १. पानी निकाल्ने ढल । २. खोल्सो; सानो नदी; कुलो ।

सारतत्त्व— ना॰ [सं॰] १. मूल कुरा; मुख्य आशय; निष्कर्ष । २. कुनै पदार्थको मूल तत्त्व; गुदी । ३. दूध वा दहीको तर; नौनी ।

सारथि— ना॰ [सं॰] १. घोडा आदिको लगाम समातेर रथ वा बग्गी हाँक्ने व्यक्ति; कोचवान; चालक । २. साथी; मित्र । ३. सहायक । ४. नेता; नायक । — त्व— ना॰ सारथिको काम वा पद ।

सारनतारन— ना॰ [सं॰ सारण+तारण] १. सारसुर गर्ने काम; सारफेर । २. आवतजावत । ३. लिने र दिने काम; लेनदेन ।

सारनी— ना॰ जमिन समथर छ वा छैन भनी हेर्ने डकर्मीको साधन; बटान ।

सारफेर— ना॰ [सार+फेरे १. अदलबदल गर्ने काम; अदलीबदली; साटफेर; सारनतारन । २. पग्लने पदार्थ आपसमा मिलाउने काम; घालघुल ।

सारवान्— वि॰ [सं॰] सार भएको; खँदिलो; सारगर्भित ।

सारस— ना॰ [सं॰] १. प्रायः जलाशयको नजिकमा रहने, ठुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठूलो चरा । २. हाँस; हंस । ३. चन्द्रमा । ४. कमल । वि॰ ५. तलाउसम्बन्धी; जलाशयको । सार सङ्क्षेप— ना॰ [सं॰] १. कुनै शोधप्रबन्धको सङ्क्षिप्त ढाँचाकाँचा । २. सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप ।

सारसुर— ना॰ [सार+सुर] १. मालसामान यताको उता र उताको यता राख्ने काम; सार्ने काम । २. सुरसार ।

सारसोर— ना॰ [सं॰ सारस्वरे स्पष्ट उच्चारणका साथ हातको सार लगाएर वेदको मन्त्र पाठ गर्ने काम ।

सारसौँदो— वि॰ [सं॰ सारसहिते १. बिरामी वा बिसन्चो नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ । २. मोटोघाटो; हृष्टपुष्ट ।

सारस्वत— वि॰ [सं॰] १. सरस्वतीको भक्त; सरस्वतीसम्बन्धी; वाणीसँग सम्बन्धित । ना॰ २. प्रसिद्ध व्याकरणग्रन्थ ।

सारस्वर— ना॰ [सं॰] स्वरको आरोहअवरोहअनुसार हात हल्लाएर वेद पाठ गर्ने काम; सारसोर ।

सारांश— ना॰ [सं॰] १. सारभाग; निचोर; निष्कर्ष । २. कुनै कुरो वा लेखको सङ्क्षिप्त रूप; तेरिज; मजबुन । ३. आशय; तात्पर्य; अभिप्राय । ४. नतिजा; परिणाम । ५. परिशिष्ट; उपसंहार ।

सारा— वि॰ [सं॰ सर्वे १. भएजति सबै; सम्पूर्ण; समस्त । २. भएजति; यावत् ।

सारिका— ना॰ [सं॰] १. चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरू सर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी; मैना । २. सारौँ चरा ।

सारिणी— ना॰ [सं॰] १. ग्रहगति, ग्रहफल, समयक्रम आदिको उल्लेख भएको ज्योतिषशास्त्रीय तालिका वा कोष्ठक । २. सहदेवी; महामना बुटी; पीतपुष्पी । २. कपास । ३. पहेँलो खालको सिसौ । ४. आँखाको ज्योति बढाउने एक जातको जङ्गली जडीबुटी; रातो पुनर्नवा । ५. जलधारा; प्रवाह । > सारिणीकरण— ना॰ कुनै खास तथ्य वा तथ्याङ्कलाई अन्तिम रूप दिएर क्रमबद्ध तरिकाले लेख्ने काम; रेखाबारा कोठाकोठा बनाई त्यसमा कुनै विषय वा अङ्कलाई क्रमिक रूपमा राख्ने प्रक्रिया ।

सारिनु— क॰ क्रि॰ [सार्+इ+नु] सार्ने काम गरिनु ।

सारी१— ना॰ [सं॰ शाटी] १. आइमाईहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने एक प्रकारको फरिया; जनाना धोती; साडी । २. रेसमी, जरी आदिको बुट्टा भएको, स्त्रीहरूले लगाउने बहुमूल्य धोती ।

सारी२— ना॰ [सं॰] १. सारौँ चरा । २. पच्चीस, पासा आदि खेलको गोटी । ३. धारिला मोटा खण्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रूख; सिउँडी । — कोटो— ना॰ सारौँ; सारौँटे ।

सारूप्य— ना॰ [सं॰] १. समान रूप हुनाको भाव, गुण वा अवस्था; एकरूपता; उस्तै स्वरूप भएको स्थिति । २. जीवात्मा परमात्माका रूपमा मिल्ने स्थिति; मुक्तिको एक भेद ।

सारो— वि॰ [सं॰ सारे १. नरम नभएको; धेरै खँदिलो; कडा; साह्रो । ना॰ २. ज्यादै बिरामी भएको स्थिति; सिकिस्तको अवस्था ।

सारोपा— ना॰ [सं॰] लक्षणाशक्तिको एक भेद; उपमानमा उपमेयको आरोप गरिने एक प्रकारको लक्षणा ।

सारुँ— ना॰हे॰ सारौ ।

सारौँ— ना॰ [सं॰ सारिको कालो रबको शरीर, पहेँला खुट्टा र पहेँलै चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रूपी; सारौँटे ।

सारौँटी/सारौ”टे— ना॰ [सं॰ सारिको सारौँ; सारुँ ।

सार्क१— ना॰ [अं॰ शार्के एक जातको ठूलो समुद्री माछो ।

सार्क२— ना॰ [अं॰] साउथ एसियन एसोसियसन फर रिजनल कोपरेसनको सङ्क्षिप्त रूप; आपसी सहयोग, समझदारी र सद्भावनाका माध्यमबाट क्षेत्रीय सम्बन्धको विकास गर्ने उद्देश्यबाट दक्षिण एसियाका सात देश (भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भूटान र मालदिब्स॰ को सहभागितामा ऐतिहासिक प्रथम शिखर सम्मेलनबारा वि॰ सं॰ २०४२ मा संस्थापित काठमाडौँ सचिवलय रहेको अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गठन ।

सार्की— ना॰ [सं॰ क्षारके नुनिलो माटो वा क्षारको प्रयोग गरेर काँचो छालालाई बलियो र पाको बनाउने परम्परित काम भएको एक जाति; छालाको काम गर्ने व्यक्ति; चर्मकार । ~ खटिरो— ना॰ प्रायः हातका औँलाका जोर्नी भएका ठाउँमा निस्कने पानी भरिएर डहाउने एक घातक खटिरो ।

सार्जब— ना॰ [सं॰ शार्दूल+ फा॰ जङ्गे नेपालको एउटा पुरानो पल्टन ।

सार्थ— वि॰ [सं॰] १. अर्थ वा मतलब भएको; अभिप्राययुक्त; सार्थक । ना॰ २. व्यापारीहरूको दल; देशविदेश घुम्दै वाणिज्यव्यवसाय गर्ने जमात । ३. समूह; टोली ।

सार्थक— वि॰ [सं॰] १. अर्थअनुसारको; अर्थले बताएबमोजिमको; मतलब भएको । २. सफल; सिद्ध; अनुक¨ल । ३. काम लाग्ने; उपयोगी । — ता— ना॰ सार्थक हुनाको भाव, गुण वा स्थिति; सफलता ।

सार्थवाह— ना॰ [सं॰] १. वैदेशिक वा समुद्री व्यापारी; घुमन्ता व्यापारी । २. व्यापारी दलको नेता; प्रमुख व्यापारी ।

सार्ध— वि॰ [सं॰] १.आधाले सहित; साढे । ना॰ यो॰ २. साथ; सँग; सहित ।

सार्वकालिक— वि॰ [सं॰] सबै कालमा हुने; सबै समयमा पाइने ।

सार्वजनिक— वि॰ [सं॰] १. सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई समान रूपले काम लाग्ने; सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ॰) । २. सबैसित सम्बन्ध भएको; धेरैसँग सम्बन्धित । ~ गुठी— ना॰ सर्वसाधारण जनताले वेलामौकामा उपभोग गर्न पाउने साझा गुठी; सबैको हक–भोगको गुठी । ~ जग्गा— ना॰ सरकार वा स्थानीय प्रशासनको अधीनमा रहेको र सर्वसाधारण जनताले समेत समान रूपमा उत्सव–समारोह आदिमा उपभोग गर्न पाउने जग्गा । ~ जवाफदेही— वि॰ सार्वजनिक रूपमा जवाफ दिनुपर्ने वा त्यस्तो उत्तरदायित्व भएको (काम, पद आदि) । ~ बाटो— ना॰ सबैले हिँड्न वा चल्तीफिर्ती गर्न पाउने बाटो । ~ बिदा— ना॰ सबै तहका वैतनिक वा अवैतनिक कामदारहरूले समान रूपले उपभोग गर्न पाउने बिदा । ~ लेखा समिति— ना॰ विनियोजनलेख वा आधिकारिक सभामा प्रस्तुत अरू कुनै हिसाबको जाँचबुझ गरी प्रतिवेदन तयार गरी पेस गर्ने सार्वजनिक समिति । ~ संस्था— ना॰ सर्वसाधारण जनताको भलाइका लागि खोलिएको संस्था । ~ सभा— ना॰ सर्वसाधारण जनताको भेला हुने सभा । ~ सुरक्षा— ना॰ सर्वसाधारण जनतालाई उपद्रवी तत्त्वको सम्भावित आघातबाट बचाउन गरिने बन्दोबस्त । ~ स्थान— ना॰ सार्वजनिक जग्गा । ~ हित— ना॰ सबै जनालाई विनाभेदभाव प्रदान गरिने कल्याणकार्य ।

सार्वजनीन— वि॰ [सं॰] विश्वजनीन; सार्वभौम; सार्वजनिक ।

सार्वदेशिक— वि॰ [सं॰] १. सम्पूर्ण देशसँग सम्बन्ध भएको; सबै देशको । २. जहाँतहीँ पाइने ।

सार्वनामिक— वि॰ [सं॰] सर्वनामसम्बन्धी; सर्वनामको ।

सार्वभौम— वि॰ [सं॰] १. सम्पूर्ण भूमिसँग सम्बन्धित; सबै पृथ्वीको । २. कुनै एक राष्ट्रअन्तर्गतको यावत् भूमिसम्बन्धी; राष्ट्रको भूभागसँग सम्बन्धित । ना॰ ३. सम्पूर्ण पृथ्वीको मालिक; चक्रवर्ती; सम्राट् । ४. उत्तर दिशामा रहेको दिग्गज । ~ सत्ता— ना॰ राज्यका चार तत्त्व— जनसङ्ख्या, भूभाग, सार्वभौमसत्ता र सरकारमध्ये एक तत्त्व; नेपालको राजनीतिक व्यवस्थाअनुसार सर्वसाधारण जनतामा रहेको राज्यगत सर्वोच्च शक्ति; सार्वभौमिकता; प्रभुसत्ता । ~ सत्ता सम्पन्न— वि॰ सार्वभौम सत्ताले युक्त भएको; प्रभुसत्तासम्पन्न (राष्ट्र॰ ।

सार्वभौमिक— वि॰ [सं॰] सार्वभौम । — ता— ना॰ सार्वभौम सत्ता ।

साल१— ना॰ [अ॰] बाह्र महिनाको समय; वर्ष; संवत् ।

साल२— ना॰ [प्रा॰ सल्ले गर्भको बच्चालाई चारैतिरबाट बेरेर सुरक्षा प्रदान गर्ने र बालक जन्मँदा नाभिमा जोरिएर आउने आन्द्रो तथा मांसपेशी; औँरो; काँडो ।

साल३— ना॰ [नेवा॰] १. तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र; कोल । २. दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको कीला; काठको चुकुल ।

साल४— ना॰ [सं॰ शाले १. सालको रूख; शालवृक्ष । २. एक जातको माछो । ३. पर्खाल ।

साल५— ना॰ [अ॰ शाले दोसल्ला जस्तो उनी वा रेसमी ओढ्ने वस्त्र ।

सालक— ना॰ [सं॰ शल्लके जीउभरि माछाको जस्तै कत्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नब हुने, जलथल दुवैमा हिँड्ने चतुष्पद प्राणी ।

सालखुट्टे— ना॰ [साल+खुट्टा+ए] एक जातको जडीबुटी । साल घारी]— ना॰ [साल+घारी] सालका रूखहरू प्रशस्त भएको ठाउँ; सालका रूखहरूको समूह ।

सालतमाम— ना॰ [फा॰] सालको समाप्ति; वर्षको अन्त; बर्खान्त । श्र सालतमामी— ना॰ सालतमाम ।

सालधूप— ना॰ [सं॰ शालधूपे सालको रूखबाट निस्कने खोटो; सालको धूप ।

सालनाल— ना॰ [साल+नाल] बच्चा जन्मँदा साथसाथ निस्कने साल र नाल; गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लुँदो; जरायु ।

सालबसाल— क्रि॰ वि॰ [फा॰] हरेक साल; प्रत्येक वर्ष; बर्सेनि; सालिन्दा । > सालबसाली— वि॰ हरेक वर्षको; प्रतिवर्ष हुने ।

सालसुल— ना॰ [फा॰ साल+सुल] तिरतार; लेनदेनको फर्स्योट; फच्चे; चुक्ता ।

साला१— वि॰ [फा॰ साले साल वा वर्षसम्बन्धी; वार्षिक; सालको ।

साला२— ना॰ [सालो + ओ १. 'सालो'को तिर्यक् रूप । २. कसैलाई गाली गर्दा हेपेर बोलिने शब्द; साले ।

सालाखाला— क्रि॰ वि॰ [फा॰] १. दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी; छ्यासमिस । २. सानोठूलो, असलकमसलको रोखपोख मिलाएर; सरदर ।

सालाना— क्रि॰ वि॰ [फा॰ सालाने १. हरसाल; प्रतिवर्ष; सालियाना । वि॰ २. सालभरमा हुने; सालबसाली ।

सालिक— ना॰ [अ॰] १. धातु, ढुङ्गा, काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिमूर्ति; प्रतिमा; सालिग । २. स्मारकका रूपमा ठूलै आकारको बनाएर सार्वजनिक स्थल आदिमा राखिने धातु वा ढुङ्गाको मूर्ति ।

सालित्र— ना॰ [सं॰ शालिहोत्रे पशुचिकित्सक; पशुवैद्य ।

सालिन्दा— क्रि॰ वि॰ [फा॰ सालिन्दे हरेक साल; प्रतिवर्ष; बर्सेनि ।

सालिभे— ना॰ [सं॰ शलभे एक जातको फट्याङ्ग्रो । सालिम मिस्री— ना॰ [अ॰ सअलब+मिस्री] धेरै लामा र ठूला पात, कोसाका रूपमा फुल्ने सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामूली ।

सालिम्बो— ना॰ खरजस्तै एक किसिमको घाँस ।

सालियाना— वि॰ [फा॰ सालियाने १. सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने । ना॰ २. सालिन्दा बुझाइने रकम ।

साली— ना॰ [सं॰ श्यालिको पत्नीकी बहिनी ।

साले— ना॰ [सालो+ए] कुनै व्यक्तिलाई हेपेर गाली गरिने शब्द ।

सालेबम— ना॰ चारवटा घोडा जोतेर तानिने ठूलो बग्गी ।

सालेमाले— ना॰ [अ॰ मू॰ सलबमे मुछ्ने वा मथल्ने काम; सरोबर; मिसमास ।

सालैज्यू— ना॰ [साला+ज्यू] १. लोकगीतको बीचबीचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग । २. मगरजातिले मादल बजाउँदै गाउने रोदीगीतको एक भेद ।

सालो— ना॰ [सं॰ श्यालके पत्नीको भाइ ।

सालोक्य— ना॰ [सं॰] आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति; मुक्तिको एक प्रकार । साल्ट ट्रेडिब— ना॰ [अङ्॰] नुन, चिनी आदिको बिक्रीवितरण । ~ कर्पोरेसन— ना॰ नेपालमा कम्पनी ऐनअनुसार अर्धसरकारी संस्थाका रूपमा खुलेको, नुन, चिनी आदि बिक्रीवितरण गर्ने संस्थान ।

साल्बू— ना॰ [भो॰ ब॰] हिउँ पग्लेका समयमा नेपालबाट भोटतर्फ आवतजावत गर्ने, रसुवा जिल्लामा रहेको एक प्रसिद्ध घाटी ।

साल्मी— ना॰ [नेवा॰ सालमी] सालसम्बन्धी वा तेल पेल्ने काम गर्ने नेवारजातिको एक थर; मानन्धर ।

साल्मे— ना॰ भीरमा पाइने एक प्रकारको घाँस ।

सावकाश— वि॰ [सं॰] १. छुट्टी वा अवकाश पाएको; फुर्सद भएको । क्रि॰ वि॰ २. फुर्सदमा; मौकामा ।

सावगास— ना॰ [सं॰ सावकाशे १. आफ्नो आर्थिक अवस्था; सीमित जायजेथा । २. सामर्थ्य; शक्ति । ३. अवसर; मौका; अनुक¨लता ।

सावधान— वि॰ [सं॰] एकाग्र वा एकमना भएको; होसियार; सचेत; एकाग्र । — ता— ना॰ होसियारी; सतर्कता । > सावधानी— ना॰ सावधान हुनाको भाव वा स्थिति; सतर्कता ।

सावधि— वि॰ [सं॰] १. हद वा सीमा तोकिएको; अवधि किटिएको । २. सीमा बाँधिएको; मर्यादित ।

सावधिक— वि॰ [सं॰] समय तोकिएको; निश्चित समयमा निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका॰; तोकिएको समयमा पूरा गरिने (काम) । ~ जीवन बिमा— ना॰ केही वर्ष तोकेर त्यस अवधिमा पूरा गरिने जीवनबिमा । ~ निक्षेप— ना॰ विशेष अवधि वा समयसम्मका लागि जम्मा गरिने रुपियाँपैसा आदि; म्यादी खातामा जम्मा गरिएको रकम । ~ पत्र— ना॰ निश्चित अवधिमा प्रकाशित हुने पत्रपत्रिका । ~ पद— ना॰ समय वा म्याद तोकिएको वैतनिक वा अवैतनिक पद । ~ परीक्षा— ना॰ छात्रछात्राहरूको प्रमुख परीक्षाबाहेक खासखास अवधिमा लिइने परीक्षा (टर्मिनल॰ ।

सावयव— वि॰ [सं॰] अवयव वा अङ्गहरूले सहित । ~ रूपक— ना॰ उपमेयवर्गका नाना अवयवअवयवीहरूमा उपमानवर्गका नाना अवयवीहरूको आरोप भएमा हुने एक रूपक ।

सावरी१— ना॰ [सं॰ साम्भले १. भारतको राजपुताना प्रदेशमा भएको नुनिलो पानीको झीलबाट तयार गरिएको नुन; साबरी । वि॰ २. उक्त झीलबाट तयार गरिएको (नुन॰ ।

सावरी२— ना॰ चिल्लो बान्कीको, तीखो चुच्चो हुने र सेतो तथा रातोरातो रङ्गको एक थरी चरो ।

सावाँ— ना॰ [साउँ] मूलधन; साउँ । ~ ब्याज— ना॰ सावाँ र ब्याज ।

सावा— ना॰ [सं॰ सभो १. सभा; कचहरी; गोष्ठी । २. सूर्यमण्डल । ३. चन्द्रमण्डल । — सुत— ना॰ गाउँघरमा कचहरी वा सभा आदि गर्दा–गराउँदा तिर्नुपर्ने दस्तुर; सभाशुल्क ।

सावित्री— ना॰ [सं॰] १. सूर्यलाई स्तुति गरिएको वेदमन्त्र; गायत्री मन्त्र । २. सरस्वती । ३. पुराणप्रसिद्ध सत्यवानकी पतिव्रता पत्नी । ४. पतिव्रता नारी । ५. सौभाग्यवती नारी; सधवा स्त्री ।

साश्रु— वि॰ [सं॰] १. आँसुले भरिएको (आँखा॰; आँखामा टिलपिल– टिलपिल आँसु लिएको (व्यक्ति॰ । क्रि॰ वि॰ २. गहभरि आँसु लिएर ।

साष्टाङ्ग— वि॰ [सं॰] १. आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन॰ ले सहित; अष्टाङ्गयुक्त । २. मन, वचन र कर्मले गरिएको; श्रद्धायुक्त । ~ दण्डवत्/प्रणाम— ना॰ पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठीजस्तै पस्रेर आठै अङ्गले भुईँ छुने गरी हात जोडेर गरिने प्रणाम; त्यसरी नम्रता देखाउँदै गरिने ढोग, नमस्कार वा अभिवादन ।

सास— ना॰ [सं॰ श्वासे १. नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुथ्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास । २. त्यसरी भित्र–बाहिर गर्ने वायु । ३. ज्यान; प्राण; जीवन । — न वास— ना॰ सास पनि नफेर्ने, बोल्दा पनि नबोल्ने अवस्था ।

सासना— ना॰ [सं॰ शासने पीडा; कष्ट; सास्ती ।

सासू— ना॰ [सं॰ श्वश्रू] १. पतिकी आमा । २. पत्नीकी आमा । ~ ससुरा— ना॰ पति वा पत्नीका बाबुआमा । ~ बुहारी— ना॰ पतिकी आमा र पुत्रवधू ।

सासेर— ना॰ [सात+सेरे बिसौली, धार्नी आदिको तौलप्रणालीमा धार्नी पूरा हुन आधा बोडी कम भएको नापो; सात सेर ।

सास्ती— ना॰ [सं॰ शास्ति] १. सासना; यातना; कष्ट; पीडा । २. दण्ड; सजाय ।

साह१— ना॰ मधेसमा तेली, कानू, सुनार आदि व्यवसायी जातिको नामका पछि प्रयोग गरिने आदरसूचक शब्द वा थर ।

साह२— ना॰ [फा॰] १. ठकुरीको एक थर । २. राजा; बादशाह । ३. ठकुरी क्षेत्रीको एक उपाधि । — जादा— ना॰ राजाका छोरा वा भाइ । —

जादी— ना॰ राजाकी छोरी वा बहिनी ।

साहचर्य— ना॰ [सं॰] १. साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति । २. सहचर हुनाको भाव वा अवस्था; मेलमिलाप । — वाद— ना॰ समय र स्थानगत सामीप्यले गर्दा खासखास वस्तु वा प्रक्रियासँग सम्बद्धता गाँस्ने मानसिक प्रक्रिया; खास परिस्थिति वा तत्त्वसँग प्रत्यक्षीकृत तथा अर्थपूर्ण सम्बन्धबारा अनुक्रियाढाँचा प्राप्त गर्ने वा सिक्ने मनोवैज्ञानिक सिद्धान्त ।

साहनवाहन— ना॰ [सं॰ साधन+वाहन] १. सरसामान र भाइभतिजाहरू । २. आफ्ना साधन र अनुचर; मालमत्ता र भरिया । ३. चाहिने सामग्री र बोक्ने हात्तीघोडाहरू ।

साहब— ना॰ [अ॰ साहिबे हे॰ साहेब ।

साहस— ना॰ [सं॰] १. कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत । २. लूट; बलात्कार; अपहरण । > साहसिक— वि॰ १. साहस भएको; आँटी; साहसी । २. निर्भीक; निडर । ३. पराक्रमी; शक्तिशाली । ४. क्रूर; निष्ठुर; निर्दय । साहसिलो— वि॰ हिम्मत भएको; साहसयुक्त; आँटिलो । साहसी— वि॰ साहसिलो; साहसिक ।

साहा१— ना॰ [फा॰ शाहे सामन्त वा राजाहरूलाई प्राप्त एक प्राचीन उपाधि ।

साहा२— [सं॰ सहे १. समागमका लागि भैँसीले राँगो खोज्ने वा गाईले बहर खोज्ने काम । २. समागम भएका गाईभैँसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा; उल्टाइ ।

साहा३— ना॰ हिलो सम्म पार्ने दाँदेजस्तो कृषि–औजार ।

साहा–बेसाहा— ना॰ [(बि॰) बेसाहो १. खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि; बेसाहा । २. बेसाहाको दरभाउ ।

साहायय— ना॰ [सं॰] १. धेरैतिरबाट भएको मद्दत । २. मित्रता; मैत्री; हारगुहार ।

साहिँली— वि॰ [साहिँलो+ई] १. जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री॰; माहिलीपछि जन्मेकी । ~ औँलो— ना॰ माझी आँैलो र कान्छी औँलाका बीचको आँैलो; अनामिका ।

साहिँलो— वि॰ [प्रा॰ सज्झिलगे १. जन्मको क्रमले तेस्रो (भाइ॰; माहिलोपछि जन्मेको; साइँलो । ना॰ २. साहिँलीको लोग्ने ।

साहित्य— ना॰ [सं॰] १. सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति । २. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि; वाङ्मय । ३. जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि । ४. इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति; काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि) । ५. परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय । ६. गद्य वा पद्यकृतिहरूबाट हुने रसको आस्वाद । — कार— ना॰ साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति; गद्य वा पद्यकृतिको रचयिता; कवि वा गद्यकार; लेखक । श्र साहित्यानुरागी— वि॰ साहित्यमा अनुराग राख्ने; साहित्यप्रेमी ।

साहित्यिक— वि॰ [सं॰] १. साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी । ना॰ २. साहित्यकार । ~ उपनाम— ना॰ लेखक वा कविहरूले आफ्ना कृतिमा प्रकाशित गर्ने वास्तविकभन्दा अर्को नाम । ~ भाषा— ना॰ साहित्यका फाँटमा प्रयोग हुने आलङ्कारिक र भावपूर्ण भाषा; काव्यभाषा ।

साहिनु/साहिनो— ना॰ [सं॰ सम्बन्धिन्] जन्म गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; साइनु; नातो ।

साही१— वि॰ [अ॰] १. शाह वा राजाको वंशसँग सम्बन्धित । ना॰ २. ठकुरीहरूको एक वर्गको पदवी । ~ अधिपत्र— ना॰ मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र । ~ आयोग— ना॰ राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग । ~ घोषणा— ना॰ १. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य । ~ परिवार— ना॰ राजपरिवार । ~ रक्षक— ना॰ अङ्गरक्षक । ~ सम्बोधन— ना॰ राजाबाट देशवासीका नाममा गरिने सम्बोधन भाषण । ~ सूचना— ना॰ राजाबाट जारी गरिने सूचना । ~ सेना— ना॰ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम । ~ स्वीकृति— ना॰ संसद्बाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम ।

साही२— ना॰ जुर्रा (बाज॰–को पोथी ।

साहुती— ना॰ [रू साउती] कानेखुसी; गुप्त सल्लाह; साउती ।

साहुल— ना॰ [अ॰ शाक¨ले डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भएनभएको जाँच्ने ज्याबल; सबाल ।

साहु— ना॰ [प्रा॰ साहु] १. व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार । २. सज्जन; भद्र व्यक्ति; भलादमी । ३. ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन । ४. पिराहा; सताउने व्यक्ति । — असामी— ना॰ ऋण दिने र लिने व्यक्ति; धनी र रिनी । — कार— ना॰ रुपियाँपैसा सरसापट दिने र सुन–चाँदीको खरिद–बिक्री गर्ने व्यापारी; महाजन । — कारी— ना॰ साहूकारको पेसा; महाजनी ।

साहू— ना॰ हे॰ साहु ।

साहेब— ना॰ [अ॰ साहिबे १. ठूलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द; श्रीमान्; महोदय; साहब । २. मालिक; स्वामी; अधिपति । — ज्यू— ना॰ राजपरिवारदेखि बाहेकका शाहवंशका कुनै व्यक्तिलाई श्री ५ बाट बक्सिने दर्जा । > साहेबी— वि॰ १. साहेबको; साहेब वा मालिकलाई सुनाइने; साहेबबारा गरिने । ना॰ २. साहेब हुनाको भाव वा अवस्था ।

साह्रै— वि॰/क्रि॰वि॰ सिकिस्त ।

साह्रो— वि॰ [सं॰ सारे १. गिलो नभएको; नरम नहुने; कडा; सारो । २. सिकिस्त; असाध्य (बिरामी) । ३. चर्को; उच्च (स्वर) । ४. बढ्ता; ज्यादा; अति । ५. खस्रो; दह्रो । ना॰ ६. ज्यादै बिरामी; मरणासन्न व्यक्ति । ~ गाह्रो— वि॰ गाह्रो; अप्ठेरो; खनखाँचो; खट्टापट्टा; सन्धिसर्पन ।

सिँक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सिँक्+क] सिँगान जोरसित बाहिर निकाल्ने वा मास्तिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर । ~ सिँक्क— क्रि॰ वि॰ लगातार सिँक्क गरेर ।

सिँगटो— ना॰ पराइनुका जस्तै बोट र पात हुने एक रूख ।

सिँगडा— ना॰ [सं॰ शृङ्गाटके १. तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरूख; सिबडा । २. त्यसैको फल; पानीफल । ३. सिँगडाको फलजस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु ।

सिँगाउरी— ना॰ [सीँग+आउरी] पशुले सिब जुधाई लड्ने वा सिबले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिबाउरी ।

सिँगाउरो— ना॰ [सीँग+आउरो] मालसामान वा लगाउने कपडा झुन्ड्याउनका लागि अङ्कुसे पारी भित्तामा ठोकिएको काठ; सिँगौरो; सिबौरो । २. मूलाको कोसो ।

सिँगान— ना॰ [सं॰ सिङ्घाणे नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिँघान; सिबान । > सिँगाने— वि॰ १. नाकबाट सिँगान चुहाइरहने; सिँघाने/सिबाने । २. लुरे; फोहोरी । ना॰ ३. सिँगान पुछ्ने रुमाल । ४. चिप्लो थ्यालजस्तो लेदो पदार्थ निस्कने एक झार । ५. टुसो पलाउँदा सिँगानजस्तै देखिने मालिङ्गो ।

सिँगार्–नु— स॰ क्रि॰ [सिँगार+नु] १. सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिबारर्नु । २. मरमसला हालेर तिहुनतरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु ।

सिँगार— ना॰ [सं॰ शृङ्गारे १. शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम; शृङ्गार; ठाँटबाँट । २. शोभा; सौन्दर्य; राम्रोपन । ३. सजावट । — पटार— ना॰ १. सिँगार्ने र सजिसजाउ पार्ने काम । २. लुगा, गहना टीका आदिले शरीरलाई आकर्षक बनाउने काम । > सिँगाराइ— ना॰ १. सिँगार्ने भाव, क्रिया वा प्रक्रिया; सिँगारपटार । २. लुगा, गहना आदिले सजिने वा सजाउने प्रक्रिया । सिँगारिनु— अ॰ क्रि॰/क॰ क्रि॰ सजिसजाउ होइनु वा गरिनु ।

सिँगारी— ना॰ [सिँगार+ई] सर्वाङ्ग कालो र निधारमा सेतो ठाडो धर्सा परेको बाख्रो; सिँगारे ।

सिँगारु— ना॰ [सं॰ शृङ्गारके १. छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक । २. पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य ।

सिँगारे— वि॰ [सिँगार+ए] १. सिँगारपटार गरेको; ठाँट परेको । २. सर्वाङ्ग कालो र निधारका दुई छेउमा ठाडो सेतो धर्सा भएको (बाख्रो, बोको आदि॰; सिबारे; सिबारी । ना॰ ३. त्यस्तो बाख्रो वा बोको ।

सिँगालो— वि॰ [सिबालो] सिब हुने; सिब भएको ।

सिँगौरी— ना॰ [सिँगाउरी] सिँगाउरी; सिबौरी ।

सिँगौरो— ना॰हे॰ १. सिँगाउरो । २. मूलाको कोसो ।

सिँघान— ना॰हे॰ सिँगान । > सिँघाने— वि॰ सिँगाने ।

सिँच्–नु— स॰ क्रि॰ [सं॰ सिञ्च+नु] १. पानी छर्कनु; सेचन वा अभिषेक गर्नु; छम्कनु; सिच्नु । २. बालीनालीमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी पुथ्याउने काम गर्नु; बोटबिरुवामा पानी छम्कनु । > सिँचाइ— ना॰ जग्गाजमिनमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने काम । > सिँचाइनु— क॰ क्रि॰ सिँच्न लाइनु । > सिँचाउनु— प्रे॰ क्रि॰ सिँच्न लाउनु । सिँचिनु— क॰ क्रि॰ सिँच्ने काम गरिनु ।

सिँढी— ना॰ [सं॰ श्रेणी] १. अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको भथ्याब; लिस्नु । २. खुड्किलो । ३. बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम । ४. पङ्क्ति; श्रेणी ।

सिँदुर— ना॰ [सं॰ सिन्दूरे सिन्दूर । ~ जात्रा— ना॰ सिन्दूरयात्रा ।

सिँदुरे१— ना॰ [सं॰ सिन्धुवारे ससाना गाढा, राता झुप्पा भएका फल फल्ने, खैरो मञ्जरीका रूपमा फूल फुल्ने एक वृक्ष, त्यसैको फूल ।

सिँदुरे२— वि॰ [सिँदुर+ए] १. सिँदुर भएको । ना॰ २. सम्पूर्ण शरीर कालो भई डँडाल्नोमा जुरोसम्मका केही रौँ वा सिबनेरका केही रौँ राता भएको गोरु । ३. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेशको प्रतिमाबाट दुलहीको सिउँदोसम्म सिन्दूरको अटूट रेखा हाल्दा भुईँमा नपरोस् भनी बिछ्याइने नयाँ कपडा । ४. विवाहमा दुलहाका तर्फबाट लगिने सिन्दूरको भाँडो वा थैली । ५. खरमा हुने र मान्छेका शरीरमा लाग्ने एक प्रकारको कीरो । ~ आँप— ना॰ भेट्नापट्टिको बोक्रामा सिँदुरको जस्तो रब हुने आँप । ~ बट्टा— ना॰ विवाहमा लगनको बेला सिँदुर हाल्ने बट्टा; पानबट्टा ।

सिँधिया— ना॰ सिजिया ।

सिँधुली— ना॰ १. जनकपुर अञ्चलको दक्षिणी पहाडी भागमा पर्ने एक जिल्ला; सिन्धुली । २. सिँधुली जिल्लामा रहेको एक प्रसिद्ध गढी ।

सिँधेनुन— ना॰ [सं॰ सिन्ध (देश॰ +ए+नुन] सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रबको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन ।

सिँधो— वि॰ [सं॰ स्निग्धे घिउतेल आदि चिल्लो हालेको; गोरस पुगेको । — पिठो— ना॰ चिल्लो हालेर पकाएको पुवा, बाबर आदि ।

सिँवाली१— ना॰ [सं॰ शेफालिको एउटै भेट्नुमा तीनतीनवटा लाम्चा पात हुने, डल्ला खालका धेरै रङ्गका फूल फुल्ने एक जातको बोट ।

सिँवाली२— ना॰ [सं॰ शैवाले १. पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली । २. त्यसैबाट बनाइएको पातलो रोटी; सागा ।

सिंह— ना॰ [सं॰] १. गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी । २. बाह्रवटा राशिमध्येको पाँचौ राशि; कर्कट र कन्याको बीचको राशि । ३. भाद्र महिनाको सङ्क्रान्ति । ४. महान् पराक्रमी; नामुद वीर । — चिल— ना॰ एक प्रकारको मांसाहारी पक्षी । ~ दरबार— ना॰ वि॰ सं॰ १९६४–मा तयार भई राणा प्रधान मन्त्रीहरू बस्ने गरेको र सात सालपछि नेपाल सरकारको सचिवालय रहेको एक प्रसिद्ध र ऐतिहासिक विशाल भवन । — बार— ना॰ दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक बार; दरबार आदिको मूल ढोका । — ध्वज— ना॰ नेपालको राष्ट्रिय झन्डा बोकेको, चारकुने पाटामा निर्मित सिंहको आकार वा चिह्न । —

नाद— ना॰ १. सिंह गर्जँदा आउने आवाज; सिँहको गर्जन । २. युद्धमा विपक्षीलाई दिइने हाँक; ललकार । ३. हाँक दिएर भनिने कुरा; जोडका साथ गरिने कामकुरो । ~ पुच्छे्र— वि॰ १. सिंहको पुच्छरजस्तो । ना॰ २. सिंहको जस्तो पुच्छर भएको एक जातको वानर । — राज— ना॰ १. वनको सम्राट्तुल्य शक्तिशाली सिंह । २. वीर पुरुष ।

सिंहल— ना॰ [सं॰] प्राचीन भारतको दक्षिणमा रहेको, केही मानिसका मतमा, वर्तमान श्रीलङ्का मानिने बीप; लङ्का बीप । > सिंहली— वि॰ १. सिंहलबीपमा हुने; सिंहलसम्बन्धी । २. सिंहलबीपको निवासी । ना॰ ३. सिंहलबीपको भाषा ।

सिंहावलोकन— ना॰ [सं॰] १. सिंहले झैँ पछिल्तिर फर्केर हेर्ने काम । २. पहिले गरिसकेका काममा बीचबीचमा लगाइने दृष्टि । ३. समीक्षा वा समालोचना ।

सिंहासन— ना॰ [सं॰] दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको, राजा, देवता आदिको विशिष्ट आसन ।

सिइनु— क॰ क्रि॰ [सिउ+इ+नु] सिउने काम गरिनु ।

सिउँडी— ना॰ [सं॰ सेहुण्डे मसिना पाटापाटा परेका फूल फुल्ने, तीन वा तीनभन्दा बढी पाटा परेका हरिया डाँठ हुने, डाँठका टुप्पामा मात्र बाक्लो पात हुने र दूध निस्कने काँडादार बोट; स्यूँडी; सिहुँडी ।

सिउँडे— ना॰ [सं॰ सुकेशिनी] तीन कुना परेका ठूला पात, धतुराका आकारका ससाना धेरै रबका फूल र राता गोला फल हुने एक जातको लहरो ।

सिउँदो— ना॰ [सं॰ सीमन्ते निधारमाथि शिरका रौँ दायाँबायाँ पन्छाउँदा बीचमा पर्ने रेखा; स्यूँदो; सीमन्त ।

सिउ— ना॰ [रू सिउनु] सिउने काम; तुन्ने काम (बालबोलीमा॰ ।

सिउ–नु— स॰ क्रि॰ [सं॰ सिव्+नु] नाथ्रीमा उनेका सिया–धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यू–नु ।

सिउनी— ना॰ [सं॰ सिवने १. सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्यूनी । २. सिएको ज्याला; सिलाइको मजुरी ।

सिउर— ना॰ [प्रा॰ सिहर < सं॰ शिखरे १. मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्यूर । २. कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो । ३. कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी ।

सिउर–नु— स॰ क्रि॰ [सिउर+नु] शिरमा, कोटकमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनहुँदो कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु; स्यूरनु । > सिउराइ— ना॰ सिउरने भाव, क्रिया वा प्रक्रिया । सिउराइनु— क॰ क्रि॰ सिउराउने काम गरिनु; सिउरन लाइनु । सिउराउनु— प्रे॰ क्रि॰ सिउरने पार्नु; सिउरन लाउनु । सिउरिनु— स॰ क्रि॰ सिउरने काम गरिनु ।

सिउरी— ना॰ [सिउर+ई] १. कपालका राँैँमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर; स्यूडी । २. भात, ढिँडो आदि पकाइएका भाँडाका बिट वा घेरामा लागेर सुकेको माड; माम्रो ।

सिउरे— वि॰ [सिउर+ए] सिउर भएको; कल्कीवाल ।

सिउसिउ— क्रि॰ वि॰ [अ॰ मू॰ सिउ (बि॰)] १. ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी । ना॰ २. भेडा, बाख्रा, कुखुरा आदिलाई धपाइने शब्द । सिउसिउ राजा— ना॰ [सं॰ शिवसिंह+राजो जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा । (उदा॰— अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए । — बालकृष्ण सम, चिसो चुल्हो॰ ।

सिऔटो— ना॰ [सिउ+औटो] सिएको वस्तु ।

सिक्–नु— स॰ क्रि॰ [प्रा॰ सिक्ख+नु] १. अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूबारा ज्ञान हासिल गर्नु । २. शिक्षा प्राप्त गर्नु; अध्ययन गर्नु; पढ्नु । ३. अभ्यास गर्नु; रट्नु; घोक्नु । ४. देखासिकी गर्नु; सिको गर्नु; नक्कल गर्नु ।

सिक१— ना॰ [प्रा॰ सिक्कगे कुनै मालसामान अघचिलो पारेर झुन्ड्याउन डोरी, तार आदिबाट बनाइएको जाली; मालताल झुन्ड्याइने उझिन्डो ।

सिक२— ना॰ [रू सिक्को] १. बाँस, काठ आदिको मसिनो, लामो छेस्को; सिन्का । २. अत्तर, तरल औषधी आदिले भिजाउन कपास, कपडा आदि बेरिएको सिन्को ।

सिकटे— वि॰ [रू सुकुटे] सुकुटे; सिकुटे ।

सिकता— ना॰ [सं॰] १. बालुवा । २. बलौटे जमिन । > सिकताश्म— ना॰ भूगर्भशास्त्रका अनुसार बालुवा जमेर बनेको ढुङ्गो; बलौटे ढुङ्गो ।

सिकन्जा— ना॰ [फा॰ शिकन्जो १. कस्ने, थिच्ने वा निचोर्ने यन्त्र । २. कुनै अङ्ग बेसरी थिचेर अपराधीलाई सास्ती दिइने एक प्रकारको यन्त्र ।

सिकर्नी— ना॰ [सं॰ शिखरिणी] पानी निथारेको दहीमा अलैँची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्य वस्तु; रसालो; सिखर्नी ।

सिकर्मी— ना॰ [नेवा॰ सिकःमि] काठको चौकोस, झ्यालढोका र दराज आदि बनाउने कर्मी; काठको काम गर्ने कारिगर ।

सिकसिक— क्रि॰ वि॰ [अ॰ मू॰ सिक्+अ (बि॰)] १. घिन मानेर; निकनिक । वि॰ २. पूरै भिजेको । ३. भिजेर घिनलाग्दो भएको । श्र सिकसिकाइ— ना॰ सिकसिकाउने भाव, क्रिया वा प्रक्रिया ।

सिकसिकाइनु— अ॰ क्रि॰ घिनाइनु । सिकसिकाउनु— अ॰ क्रि॰ फोहोरमैला देखेर निकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु ।

सिकसिको— वि॰ [सिकसिक+ओ] १. पूरै भिजेको । २. अलिअलि भिजेर घिनलाग्दो भएको; सिगसिगो । ना॰ ३. भिजेको ठाउँ ।

सिका— ना॰ [सं॰ शिक्ये माटाका भाँडा आदि अघचिलो पारेर राख्नका लागि बिँडामा तीनतिर डोरी लाएर झुन्ड्याइएको वस्तु; सिक ।

सिकाइ— ना॰ [रू सिक् (+आइ॰] सिक्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सिकाइनु— क॰ क्रि॰ सिकाउने काम गरिनु; सिक्न लाइनु ।

सिकाउनु— स॰ क्रि॰ १. कुनै नयाँ कामकुराको ज्ञान दिनु । २. शिक्षा दिनु; अर्ती वा उपदेश दिनु । ३. तालिम दिनु; सधाउनु । प्रे॰ क्रि॰ ४. सिक्न लाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु ।

सिकाकाई— ना॰ एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बीस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो त्यान्द्रे पात र पुष्पदलमा सेता नसा हुने, कोसाका रूपमा फल लाग्ने (लेगुनोसी समूहको॰ एक वनस्पति ।

सिकायत— ना॰ [अ॰ शिकायते १. कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली । २. शरीरमा हुने गडबडी; रोग; व्यथा ।

सिकार१— ना॰ एकमाथि अर्को खप्टिएको जस्तो सिब हुने एक मृग; जरायो ।

सिकार२— ना॰ [अ॰ शिकारे १. मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट; ऐरो; मृगया । २. त्यसरी समातिएको वा मारिएको पशुपन्छी । ३. खाने मासु । ४. अरूको जालमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस । > सिकारी— ना॰ १. सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति । २. ब्याधा । वि॰ ३. सिकारसम्बन्धी; सिकारको ।

सिकारु— वि॰ [सिक्+आरु सं॰ शिक्षार्थी] कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति॰ ।

सिकिस्त— वि॰ [फा॰ सिकस्ते १. ज्यादै बिरामी; मर्न आँटेको; मरणासन्न । २. ज्यादै अप्ठेरो परिस्थितिमा अल्झेको; नराम्रो अवस्थामा परेको । ३. खाँचो; खट्टा । > सिकिस्ती— ना॰ १. बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति । २. ज्यादै कठिन अवस्था । ३. ठूलो खाँचो; अत्यावश्यकता ।

सिकुटे— वि॰ [रू सुकुटे] ज्यादै पातलो शरीर भएको; सुसुपाल; चमेरे ।

सिकुवा१— १. [सिक्+उवो सिक्न लागेको; सिकारु ।

सिकुवा२— ना॰ १. घरको भुईँतलामा रहेको प्रायः ठूलो कोठा; बैठककोठा । २. मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी । ३. घरको गजतर्फको भाग वा छानो । ४. घुमजस्तो एक प्रकारको पातलो छाता ।

सिको— ना॰ [सिक्+ओ] अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी ।

सिक्का— ना॰ [अ॰] १. सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा । २. आफ्नो धाक जमाउने काम; रवाफ । ३. हैकम; प्रभाव ।

सिक्ख— ना॰ [सं॰ शिष्ये गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति; केश, काइँयो, कङ्कण, कृपाण र कछाड — यी पाँच चीजहरूलाई अँगाल्ने सिखसम्प्रदायका अनुयायी ।

सिक्टर— ना॰ [अङ्॰ सेक्रेटरी] कसैको कामको मदतगार; कार्य– सहायक; अनुयायी ।

सिक्त— वि॰ [सं॰] १. गउँत, पानी आदिले सेचन गरिएको; अभिषेक गरिएको; अभिषिक्त । २. पानीले लथपथ भएको; भिजेको ।

सिक्थ— ना॰ [सं॰] १. मइन; मोम । २. महका चाकाको सुक्खा खोस्टो ।

सिक्री— ना॰ [सं॰ शृङ्खलो १. धातुका मुन्द्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो; जन्जिर । २. सुन वा चाँदीका मसिना मुन्द्री जोडेर बनाइएको, शिरमा, निधारका दुईतिर वा गलामा लाउने मालाजस्तो गहना । ~ टाँका— ना॰ सिलाइमा सि¬ीजस्तो आकारको बनाएर दिइने टाँका ।

सिक्रे— वि॰ [सि¬ी+ए] सिक्रो मात्रै भएको ।

सिक्रेइलो— वि॰ [सिक्रो+एइलो] धेरै सिक्रा र थोरै पात भएको ।

सिक्रो— वि॰ १. पात, फूल आदि झरिसकेको (बोट वा लहरा) । २. ताप्के आदि माल झुन्ड्याउन रिबजस्तो चक्कालाई तीनतिरबाट तीनवटा डोरीले बाँधेर दलिनतिर राखिने एक किसिमको उझिन्डो; सिक ।

सिक्लाइ— वि॰ [रू सिकाई] सिक्ने भाव, क्रिया वा प्रक्रिया; सिकाइ ।

सिख— ना॰ [सं॰ शिष्ये १. गुरु नानका अनुयायी । २. हे॰ सिक्ख रू

सिखर्नी— ना॰ [सं॰ शिखरिणी] हे॰ सिकर्नी ।

सिखल— ना॰ धान चुट्ने खलाको वरिपरि लगाइने नलको वा परालको घेरो ।

सिगरेट— ना॰ [अङ्॰] चुरोट ।

सिगसिगाइ— ना॰ [रू सिगसिगाउ (+आइ॰] सिकसिकाइ । [ > ] सिगसिगाइनु— अ॰ क्रि॰ सिकसिकाइनु ।

सिगसिगाउ–नु— अ॰ क्रि॰ [सिगसिगो+आउ+नु] सिगसिगो मान्नु; सिकसिकाउनु ।

सिगसिगो— वि॰हे॰ सिकसिको ।

सिगार— ना॰ [अङ्॰] सुर्तीको पातमात्र पत्रैपत्र गरी बेरेर बनाइएको एक प्रकारको ठूलो चुरोट ।

सिब— ना॰ [प्रा॰ सिङ्गे प्रायः खुर भएका र मासु नखाने पशुहरूका टाउकामा उम्रेको, आत्मरक्षाका लागि हतियारको काम दिने हाडको सोठो; शृङ्ग; विषाण; सीँग । ~ जुरो— ना॰ १. पूर्ण यौवनको चिनु; उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति । २. जर्कटो हुने चाल । ~ जोरी— ना॰ टाउको जुधाएर खेलिने केटाकेटीको एक खेल । ~ न पुच्छर— ना॰ १. फेद न टुप्पो । २. केही काम नलाग्ने अर्थ दिने व्यञ्जना । — पासे— ना॰ दुहुँदा पुच्छर गाईबस्तुको सिबमा र खुट्टामा अल्झाउने डोरी । — पासो— ना॰ १. सिबजस्तै आँकुसे परेको पासो वा बन्धन । २. सिबको पासो । ~ पुच्छर— ना॰ सिब र पुच्छर; छेउ र टुप्पो; उठान र बैठान ।

सिबार— ना॰ [सं॰ शृङ्गारे सिँगार । — पटार— ना॰ सिँगारपटार । श्र सिबाराइ— ना॰ सिबार्ने भाव वा क्रिया ।

सिबारु— ना॰ सिँगारु । सिबारिनु— अ॰ क्रि॰ सिँगारिनु ।

सिबारे— वि॰ सिँगारे ।

सिङ्गमरमर/सिङ्गमर्मर— ना॰ [फा॰ सङ्गमरमरे सङ्गमरमर ।

सिङ्गी— ना॰ [सं॰ शृङ्गी] सासले तानेर शरीरको कुनै अङ्गमा भएको वात वा रक्तविकार हटाउने सिब वा त्यस्तै आकारको कुनै ढुङ्ग्रो ।

सिङ्गुलै— क्रि॰ वि॰ [सिङ्गो+मूल+ऐ] १. खास आफैँ; स्वयम् । २. सिङ्गो नै; सिङ्गै । सिङ्गे माछो— ना॰ [सं॰ शृङ्गी+मत्स्य] जीउमा कत्ला हुने रातोरातो माछो ।

सिङ्गो— वि॰ [सं॰ साङ्गे १. शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो । २. एक मात्र; केवल; एक । ३. नफोरेको; नखोटिएको; अखण्डित ।

सिङ्घसन— ना॰ [अ॰ सङ्गेयशवे प्रायः हरियो रबको एक प्रकारको बहुमूल्य पत्थर ।

सिङ्घा— ना॰ [था॰] बिहा, व्रतबन्ध आदि उत्सवहरूमा विशेषतः थारूसमाजमा प्रचलित, फुकेर बजाइने नरसिङ्गाका आकारको सानो बाजा ।

सिबडा— ना॰हे॰ सिँगडा ।

सिबान— ना॰हे॰ सिँगान । > सिबाने— वि॰ सिँगाने ।

सिबार्–नु— स॰क्रि॰हे॰ सिँगार्नु ।

सिबौरी— ना॰हे॰ सिँगौरी ।

सिबौरो— ना॰हे॰ सिँगौरो ।

सिजि–नु— अ॰ क्रि॰ [सिज्+इ+नु] हरिया अन्न वा सागपात थुप्रिएर गुम्सनु; काँचो वनस्पति वा झारपात सड्नु ।

सिजिया— ना॰ घिउतेल हाल्ने छालाको भाँडो; सिँधिया ।

सिच्–नु— स॰क्रि॰हे॰ सिँच्नु ।

सिञ्चन— ना॰ [सं॰] १. पानी छर्कने काम; सेचन । २. खेतबारीमा पानी लाउने काम; सिँचाइ ।

सिञ्चित— वि॰ [सं॰] १. गउँत, पानी आदि छर्किएको; सेचन गरिएको । २. बोटबिरुवामा कुलो आदिबाट पानी पटाइएको ।

सिञ्जा१— ना॰ [सं॰] हे॰ शिञ्जा ।

सिञ्जा२— ना॰ [सं॰] कर्णाली अञ्चलमा पर्ने प्रसिद्ध ऐतिहासिक स्थल । > सिञ्जाली— वि॰ १. सिञ्जा क्षेत्रमा पाइएको; सिञ्जाको । ना॰ २. सिञ्जाक्षेत्रको प्राचीन नेपाली भाषा वा भाषिका ।

सिट्–नु— स॰ क्रि॰ [सं॰ शिष्ट+नु] १. दपेटेर काममा जोत्नु; पछि लागेर काममा खट्न लाउनु । २. नराम्रो छेडपेच गरेर भन्नु; घोच्नु । २. कडा उपदेश दिनु । ४. आफ्नो नियन्त्रणमा राख्नु । ५. हुच्चेर वा हानेर पठाइएको बियोलाई लट्ठी वा सिटोले छेक्नु । ६. गाली गर्नु; खै गर्नु ।

सिट— ना॰ [अङ्॰ सीटे १. बस, रेल, सिनेमाहल, स्कुलका कक्षा आदिमा प्रतिव्यक्ति बस्ने साधन; एक व्यक्तिभर बस्न मिल्ने ठाउँ । २. कुनै पद वा ओहदा । — रोल— ना॰ कर्मचारीहरूको हुलिया लेखिएको कागजात; व्यक्तिगत विवरणपुस्तिका । — रोल फाराम— ना॰ सिटरोल लेखिएको वा व्यक्तिगत विवरण भरिएको कागजपत्र ।

सिटाइ— ना॰ [रू सिट् (+आइ॰] सिट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सिटाइनु— क॰ क्रि॰ सिट्ने पारिनु । सिटाउनु— प्रे॰ क्रि॰ सिट्ने पार्नु ।

सिटासिटी— ना॰ [सिटो+सिटो] सानातिना हाँगाबिँगा; खसे्रटा ।

सिटिनु— क॰ क्रि॰ [सिट्+इ+नु] दपेटेर काममा जोतिनु; नियन्त्रणमा राखिनु ।

सिटी— ना॰ [सं॰ सीत्कृति] १. ओठ खुम्च्याएर जोरसित मुखबाट हावा निकाल्दा वा भित्र तान्दा निस्कने तीखो आवाज । २. कुनै सङ्केत गर्नाका लागि फुकेर बजाइने बाजा वा अन्य साधन । ३. रेल, इन्जिन आदि आउँदा वा जाँदा सङ्केत दिने ध्वनियन्त्र । ४. त्यस्तो यन्त्र वा अरू कुनैको सूचना दिने आवाज ।

सिटे— वि॰ [सिटो+ए] सिटोजस्तो । ~ उखु— ना॰ सिटाजस्तै डाँठ हुने उखुको एक जात ।

सिटो— ना॰ [सं॰ शिष्ट ?] १. प्रायः सुकेको सानो हाँगो । २. डन्डीबियोका खेलमा सात सङ्ख्याका लागि प्रयोग गरिने शब्द ।

सिट्ठी— ना॰ [सं॰ शिष्टे १. बलेर वा डढेर गोल बनिसकेको अंश । २. डढिसकेको तमाखु; तमाखुको गोल; सिठुवा । ३. उखु, नास्पाती, पान आदिको रस चुसिसकिएको छोक्रा । ४. ज्यादै ठन्डी; ठिही । वि॰ ५. दुब्लो; सिट्ठो ।

सिट्ठो— वि॰ [सिट्ठी+ओ] दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साह्रै दुब्लो; लौरीपिञ्जर ।

सिठी१— ना॰ [सं॰ षष्टि] १. ज्येष्ठ शुक्ल षष्ठीको दिन । २. उक्त दिन नेवारसमाजमा मनाइने परम्परागत एक प्रसिद्ध चाड ।

सिठी२— ना॰ [सिठो+ई] १. सिठुवा; सिट्ठी । २. लौरो; सिटो । —

जुझ— ना॰ धनु, काँड, खुकुरी, ढुङ्गा, झटारो र घुयेँत्रोजस्ता हतियारले हानाहान गरी खेलिने पुरानो एक खेल । — दानी— ना॰ चुरोट, बिँडीका ठुटा, खरानी हाल्ने भाँडो; ठुटौरो; एस्टे्र ।

सिठुवा— ना॰ [रू सिठो+उवो १. गाईबस्तुले छानेर खाइसकेपछि बाँकी बचेको घाँस । २. तमाखु खाएपछि आगोले डढेर बचेको कालो अवशेष; तमाखुको गोल ।

सिठो— ना॰ [सं॰ शिष्टे तमाखु र चुरोट बिडीको डढेउलो; सिठुवा ।

सित१— ना॰ यो॰ [सं॰ सहिते सँग; साथ; सहित ।

सित२— वि॰ [सं॰] १. कुनै रब नपरेको; सेतो; सफेद । २. चमकदार; चहकिलो । ३. सफा; स्वच्छ; सुग्घर । ना॰ ४. शुक्लपक्ष; सुदी ।

सितन— ना॰ [रू सिते भात, रोटी, ढिँडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहुन, तरकारी, अचार, चटनी आदि खानेकुरो ।

सितमणि— ना॰ [सं॰] काँचजस्तो पारदर्शक बहुमूल्य पत्थर; बिल्लौर ।

सितार— ना॰ [फा॰ सेहतारे नखी लगाएको वा नलगाएको दाहिने हातका औँलाले तार तानेर देब्रे हातका औँलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वरसाधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा ।

सितारा— ना॰ [फा॰ सितारे १. सुन, चाँदी, अभ्रख आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृङ्गारका लागि निधारमा तथा आँखाका घेरामा लगाइने र दुपट्टा, सारी आदिमा पनि जडिने, पातलो, ससानो टल्कने चक्की । २. रातको समयमा आकाशमा चम्कने तारा ।

सितारिया— ना॰ [सितार+इयो सितार बजाउने व्यक्ति ।

सितिमिति— क्रि॰ वि॰ सानोतिनो प्रयासबारा; थोरै मेहनतले; हत्तपत्त ।

सितो— ना॰ [प्रा॰ शित्थ < सं॰ सिक्थे पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो ।

सित्तैँ— क्रि॰ वि॰ १. कुनै मूल्य नलिईकन; विनामोल । २. बिनसित्ति; व्यर्थ । ३. अकारण; नाहक ।

सिद्ध— वि॰ [सं॰] १. तयार भएको; बनेको; पूर्ण । २. भनेजस्तै परिणाम निस्केको; सफल । ३. उद्देश्य पूरा भएको । ४. आध्यात्मिक सिद्धि प्राप्त गरेको रू ५. तर्क वा प्रमाणबारा ठीक ठहथ्याइएको; प्रमाणित । ६. सिपालु; दक्ष; निपुण । ७. पाकेको; खान लायक । ८. निश्चित; पक्का । ना॰ (. अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी । १०. ऋषि; तपस्वी । ११. सत्ताइस योगमध्ये एक योग । १२. पहेँलो सस्य¸ूँ । १३. एक देवयोनि । ~ गुटिका— ना॰ अदृश्य हुनाका निम्ति मुखमा हालिने मन्त्रसिद्ध कल्पित गोली । — ता— ना॰ सिद्ध हुनाको भाव वा स्थिति । — पीठ— ना॰ योग वा तान्त्रिक साधना चाँडै सिद्ध हुने, पहिलेका सिद्धहरू बसेको ठाउँ । ~ पोखरी— ना॰ काठमाडौँ उपत्यकाभित्र भक्तपुर नगरको पश्चिम छेउमा रहेको, प्रतिवर्ष मेला लाग्ने एक पोखरी । — हस्त— वि॰ आफ्नो काममा राम्रोसँग हात बसेको; छिटो र सफा काम गर्न सक्ने; सिपालु ।

सिद्धा— ना॰ [सं॰] १. ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी । २. सिद्धि पाएकी नारी ।

सिद्धाञ्जन— ना॰ [सं॰] आँखामा लगाउँदा भुईँभित्र दबिएको वस्तु पनि देखिने भनी प्रसिद्ध भएको, मन्त्रसिद्ध अञ्जन वा गाजल ।

सिद्धान्त— ना॰ [सं॰] १. विचार, तर्क र अनुभवबारा स्थापित मत; प्रमाणित विचारशृङ्खला । २. साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विबान्बारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत । ३. ऋषिमुनिहरूको मान्य उपदेश । ४. निचोर कुरो; सारतत्त्व । ५. कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य मत । ६. निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्थ । ७. साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम । — वादी— वि॰ धर्म, दर्शन, राजनीति आदि क्षेत्रमा प्रतिपादित कुनै मतको कट्टर अनुयायी । > सिद्धान्ती— वि॰ १. शास्त्रीय सिद्धान्तहरूको धुरन्धर ज्ञाता । २. आफूबारा स्वीकृत धार्मिक, राजनीतिक आदि सिद्धान्तमा अडिग ।

सिद्धान्न— ना॰ [सं॰] १. खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न । २. एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम; सिधा ।

सिद्धार्थ— ना॰ [सं॰] १. शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी– प्रदेशमा जन्मेर देशबाहिरसमेत बुद्धदर्शनको प्रचार गर्ने ऐतिहासिक महापुरुष । वि॰ २. मतलब पूरा भएको; आँटेको काम सफल भएको । ~ गौतम— ना॰ गौतम बुद्ध । ~ राजमार्ग— ना॰ गण्डकी अञ्चलको पोखरालाई लुम्बिनी अञ्चलको नेपालभारत सिमाना सुनौलीसँग जोड्ने गरी भारतीय सहयोगबाट बनेको , एक सय असी किलोमिटर लामो सडक; सुनौली–पोखरा राजमार्ग ।

सिद्धासन— ना॰ १. योगसाधना गर्दा गरिने एक आसन; चौरासी आसनमध्ये एक । २. वीतराग सिद्धहरू बस्ने थलो; सिद्धपीठ ।

सिद्धि–नु— अ॰ क्रि॰ [सिद्ध+इ+नु] १. थालेको कामकुरो पूरा हुनु; सकिनु; समाप्त हुनु । २. केही पनि बाँकी नरहनु; खाली हुनु; रित्तिनु; सकिनु । ३. टुङ्गो लाग्नु; तय हुनु । ४. बिग्रनु; नाश हुनु । ५. प्राण जानु; मर्नु ।

सिद्धि— ना॰ [सं॰] १. योग वा तपस्याबारा प्राप्त हुने अलौकिक शक्ति । २. योगसाधनाबारा प्राप्त गरिने आठ प्रकारका सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) । ३. मुक्ति; निर्वाण । ४. आँटेको काम पूरा भएको स्थिति; सफलता । ५. थालेको यज्ञ, दान, अनुष्ठान आदिको निर्विघ्न समाप्ति; कार्यपूर्णता । ६. निपुणता; सिपालुपन । ७. गणेशका दुई पत्नी ऋद्धि र सिद्धिमध्ये कान्छीचाहिँ । — दाता— वि॰ १. सिद्धि दिने; काम पूरा गरिदिने । ना॰ २. गणेश । —

नरसिंह— ना॰ पाटनको प्रसिद्ध कृष्णमन्दिर र राजप्रासादहरूको निर्माण गर्ने, ललितपुरराज्यका मध्यकालीन मल्लवंशीय एक राजा । ~ विनायक— ना॰ गणेशको पुराणप्रसिद्ध नाम ।

सिद्ध्याइँ— ना॰ [सिद्ध+याइँ] सिद्ध वा महात्माको भाव वा गुण; सिद्धको कार्य ।

सिद्ध्याइ— ना॰ [रू सिद्ध्याउ (+आइ॰] सिद्ध्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सिद्ध्याइनु— क॰ क्रि॰ समाप्त गरिनु ।

सिद्ध्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [सिद्धि+याउ+नु] १. समाप्त गर्नु । २. टुङ्ग्याउनु । ३. पूरा गर्नु; सफल पार्नु । ४. नाश गर्नु; बिगार्नु । ५. मार्नु । ६. हराउनु । ७. खाली पार्नु; रित्त्याउनु ।

सिद्रो— सिन्कीझैँ खाँदेर बनाइएको सानो माछा; सिध्रो ।

सिधा१— ना॰ [सिद्धान्ने १. विशेष पर्वमा ब्राह्मणलाई दान दिइने दाल, चामल आदि काँचो अन्न । २. नपकाएको अन्न ।

सिधा२— वि॰ [सं॰ सिद्धे १. कपटको भाव वा कुटिलता नभएको; सरल प्रकृतिको । २. सरलशान्त स्वभावको; साधु । ३. सोझो ४. नबाङ्गिई सोझै माथितिर उभिएको; सोझो गरी ठडिएको । ना॰ यो॰ ५. अगाडि; सामुन्ने ।

सिधार्–नु— अ॰ क्रि॰ [सं॰ सृ +नु] १. काम सिद्ध गरेर जानु; हिँड्नु । २. प्राण जानु; मर्नु । > सिधाराइ— ना॰ सिधार्ने भाव, क्रिया वा प्रक्रिया । सिधारिनु— अ॰ क्रि॰ हिँडिनु ।

सिधासादा/साधा— वि॰ १. सरल मिजासको; शान्त प्रकृतिको । २. सीधा र सादा ।

सिधिया— ना॰ सानोतिनो धोक्रो; थैलो ।

सिध्रो— ना॰हे॰ सिद्रो ।

सिनाबिना— ना॰ [सं॰ सेना+ फा॰ बिनो सानातिना केटाकेटी; भुराभुरी; ठिनामिना ।

सिनाल— ना॰ गर्धनमा र पुट्ठामा लामालामा रौँ हुने एक जातको लेकाली बाख्रो ।

सिनिक्त— क्रि॰वि॰हे॰ सिनित्त ।

सिनित्त— क्रि॰ वि॰ [सं॰ सुनिक्ते १. जो भएको सरसामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त । २. हेर्दै लोभ लाग्ने गरी; बसूँबसँूजस्तो । ३. पखालपुखुल पारेर; सफा पारेर । वि॰ ४. खतम; समाप्त ।

सिनु— ना॰ [प्रा॰ सिन्ने पशुपन्छी आदिको मरेको शरीर; मुर्दा; लास । सिने कला— ना॰ [अङ्॰ सिने + सं॰ कलो चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सीप ।

सिनेट— ना॰ [अङ्॰] १. विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा । २. प्राचीन रोमको राष्ट्रपरिषद् वा व्यवस्थापिका । ३. अमेरिकाको प्रतिनिधिसभा वा उच्च सदन । ४. विश्वविद्यालयको प्रबन्धसमिति । > सिनेटर— ना॰ सिनेटको सदस्य; विधायक । सिने नाटक— ना॰ [अङ्॰ सिने+ सं॰ नाटके विद्युत्तरङ्गीय प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक ।

सिनेमा— ना॰ [अङ्॰] विद्युत्तरङ्गीय प्रकाशपुञ्ज सेतो पर्दामा परेर गतिशील देखिने छायाचित्र; चलचित्र; बाइस्कोप ।

सिन्काउली— ना॰ [सिन्को+आउली] लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रूख वा त्यसैको पात; तेजपात ।

सिन्की— ना॰ [नेवा॰] खाडल वा गोल्फु, घैँटो आदिमा खाँदेर अमिल्याइएको मूला; मूला खाल्डामा हाली गुम्साई अमिलो पसेपछि झिकेको, साँधेर अचार र झोलिलो तिहुन खाइने वस्तु ।

सिन्के१— ना॰ नेपाली कागज बनाउने काममा प्रयोग गरिने एक प्रकारको जङ्गली झार ।

सिन्के२— वि॰ [सिन्को+ए] १. सिन्का हुने; सिन्कैसिन्का भएको । २. सिन्काजस्तो मसिनो । ~ धूप— ना॰ पातलो छेस्को वा बाँसको सरोमा धूपचूर्ण बेरी बनाइएको धूप; अगरबत्ती । ~ मुला— ना॰ काठ पसेको सानो, झीनो मूला ।

सिन्को— ना [सं॰ तृणक, इषीका ?] १. पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को । २. सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा; छेस्को । ~ कटाइ— ना॰ विवाहविच्छेदका लागि जातिविशेषमा प्रचलित पुरानो प्रथा । ~ पाङ्ग्रो/पाङ्रो— ना॰ पतिपत्नीको परस्पर परित्याग; सम्बन्धविच्छेद । ~ लुकाइ— ना॰ माटाको थुप्रोमा सिन्को लुकाई खोजेर खेलिने एक थरी बालखेल; धूलीमाटी ।

सिन्कौली— ना॰ [सिन्को+औली] १. सिन्काउली; तेजपात । २. सिन्कोलुकाइ खेल ।

सिन्डिकेट— ना॰ [अङ्॰] १. कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन । २. कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी ।

सिन्दुरे— ना॰ [सिन्दूर+ऐ१. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै लगिने सेतो कपडाको थान । २. गहुँको बोटमा लाग्ने सिन्दूरको रबको कीरो । वि॰ ३. सिन्दूरसम्बन्धी; सिन्दूरको । ४. सिन्दूर राख्ने; सिन्दूर हाल्ने (भाँडो॰ ।

सिन्दूर— ना॰ [सं॰] १. सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा वा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारबको चूर्ण; सिँदुर । २. सौभाग्यशृङ्गार । ३. सरकारी कर्मचारीको शोभा वा मान (जस्तो— सरकारी सिन्दूर) । ४. नोकरी; सेवा । ~ जात्रा/यात्रा— ना॰ १. कुनै ठूलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा; सफलताको उत्सव । २. राजाको राज्याभिषेकपछि गरिने नगरप्रदक्षिणा । ३. ठूलो बाजी, प्रतियोगिता वा चुनाव आदिमा विजय हासिल गर्नेलाई रथ वा बग्गीमा राखी सिन्दूरलावा बर्साउँदै गरिने नगरपरिक्रमा ।

सिन्धु— ना॰ [सं॰] १. समुद्र; सागर । २. ठूलो नदी; पाकिस्तानमा बहने नदी । ३. सप्त सिन्धुमध्ये एक । ४. बाग्मती अञ्चलमा काठमाडौँदेखि पूर्वपट्टि रहेको सिन्धुपालचोक जिल्लाको एक क्षेत्र । — घाटी— ना॰ सिन्ध प्रदेशमा रहेको घाटी । — पालचोक— बाग्मती अञ्चलमा पर्ने एक जिल्ला ।

सिन्धुली— ना॰ जनकपुर अञ्चलको मध्य भेगमा पर्ने एक पहाडी जिल्ला । ~ गढी— ना॰ सिन्धुली जिल्लामा पर्ने एक प्राचीन ऐतिहासिक किल्ला ।

सिन्धुवार— ना॰ [सं॰] सिँदुरे वृक्ष वा त्यसैको फल ।

सिप— ना॰ [सं॰ शिल्पे १. स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औँला, खुट्टा र आँखाको सन्तुलनबारा गरिने कार्यशैली; निपुणता; कौशल । २. हातबारा काम गरेर मालसामान तयार गरिने धातु वा अन्यपदार्थसम्बन्धी कला; कारिगरी; शिल्प; हस्तकौशल ।

सिपालु— वि॰ [सीप+आलु] कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सीप भएको; पोख्त ।

सिपाही— ना॰ [फा॰] १. फौज वा प्रहरीसेवातर्फको निम्नवैतनिक कर्मचारी । २. सेवक; दूत ।

सिपी— ना॰ [सं॰ शुक्ति] १. पानी जमेको ठाउँमा समुद्रमा पाइने, शङ्खजस्तो कडा च्याप्टो खोलभित्र रहने एक जातको कीरो । २. टाँक, किलिप आदि बनाइने त्यसकै खोलको फग्ल्याँटो ।

सिप्किनु/सिप्किनो— ना॰ स्याउलो आदिको सानो सिटो; घाँससहितको सानो हाँगो ।

सिप्रिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सिप्रिक्+क] १. भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर; स्याप्प । २. टाँसिने वा गाँसिने चालले ।

सिप्रिब— ना॰ [भो॰ ब॰] माछा मार्न प्रयोग गरिने, चोयाबाट बुनेको, डोकोजस्तो आकारको टोकरी ।

सिप्लिकान— ना॰ लाम्चा नरम पात हुने, पहेँला फूल फुल्ने र गोल फल फल्ने तथा मुन्टाको अचार, तरकारी आदि खाइने एक जातको रूख ।

सिफर— ना॰ बिफर बिग्रेर शरीरको जोर्नीमा आउने एक जातको खटिरो वा लोला ।

सिफारिस— ना॰ [फा॰ सिफारिशे १. कसैको कुनै काम सफल पार्नका लागि उसका बारेमा गरिने मौखिक वा लिखित प्रशंसा; अनुमोदन । २. अरू कसैको कुनै कार्यसम्पादनका लागि कसैसँग गरिने अनुरोध; कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; भनसुन । ~ पत्र— ना॰ कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति वा संस्था आदिबाट गरिने प्रशंसाको लिखित पत्र । > सिफारिसी— वि॰ सिफारिस गरिएको; अनुमोदित ।

सिभिल— ना॰ [अङ्॰] १. निजामती । २. नागरिक; असैनिक । ~ इन्जिनियर— ना॰ सार्वजनिक इन्जिनियर । ~ सर्जन— ना॰ सर्वसाधारण रोगीको स्वास्थ्यका लागि चिरफार गर्ने चिकित्सक; अप्रेसन गर्ने डाक्टर ।

सिम१— ना॰ [अ॰ मू॰] पानी कहिल्यै नसुक्ने जमिन; चिसमिरो जग्गा; सिमसार ।

सिम२— वि॰ [फा॰ सिहे १. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार॰ मध्ये तेस्रो; राम्रो खेती नहुने (जग्गा) । २. तेस्रो दर्जाको । — काने— ना॰ डाँठ नभएको, हरिया पात हुने, नीलो फूल फुल्ने, भुईँमा घिस्रने एक जातको घाँस । ~ कुखुरो— ना॰ जलकुखुरो । ~ घाँस— ना॰ पहेँला धेरै फूल फुल्ने, पुष्पदल र फूल लामा हुने, सेता मसिना बियाँ वा बीउ भएको फल लाग्ने एक वनस्पति ।

सिमन्टी— ना॰ [अङ्॰ सिमेन्टे घर आदि बनाउने काममा बलियो जोडाइका लागि माटाको सट्टा प्रयोग गरिने, ढुङ्गा आदिको रासायनिक मिश्रणबाट तयार पारिने एक किसिमको धूलो ।

सिमरायो— ना॰ सिमसारमा हुने, परपथ्याउने खालको रायो ।

सिमरौनगढ— ना॰ [शाल्मलीवन+गढ] सिम्रौनगढ ।

सिमल— ना॰ [सं॰ शाल्मली] राता ठूलठूला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेट्नामा धेरै पात लाग्ने, भुवाबाट डसना, तकिया आदि बनाइने, काँडा हुने जातको ठूलो रूख । ~ कन्द— ना॰ १. पाँचपाँच कुना परेको पात, खुड्किलैखुड्किला परेको जस्तो डाँठ र प्युठाने मुलाका आकारको जरा हुने एक जातको बोट । २. त्यसैको कन्दमूल । ~ काँडे— वि॰ १. सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन) । २. त्यस्तो स्तन भएकी (युवती॰ । ~ चरी— ना॰ अन्नकी अधिष्ठात्री देवी; धान्यलक्ष्मी ।

सिमलट्टे— ना॰ [सिम+लट्टा+ए] पानीलट्टे । सिमल तरुल— ना॰ सिमलकन्द ।

सिमसार— ना॰ १. पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन; पनौटे जग्गा; सिम । २. हिलो र पानी भएको ठाउँ; धाप; दलदल ।

सिमसिम— क्रि॰ वि॰ [अ॰ मू॰ सिम+अ(बि॰)] १. मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम । ना॰ २. हल्का पानी परिरहने चाल । > सिमसिमे— वि॰ सिमसिम पानी परिरहेको (मौसम॰ ।

सिमाना— ना॰ [सं॰ सीमो १. अन्तिम रेखा; साँध; सीमा । २. किनारा; छेउ । ~ कर— ना॰ सीमाकर । ~ जाँच— ना॰ दुई देशका बीचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम ।

सिमाली— ना॰ सिँवाली ।

सिमी— ना॰ [सं॰ शिम्बी] बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रबका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो; त्यसैको कोसाभित्र हुने तरकारी, दाल आदिका लागि प्रसिद्ध गेडो ।

सिमे— वि॰ [सिम+ए] १. सिमसम्बन्धी; सिमको । २. सिममा उम्रने; सिमसारमा पाइने । ना॰ ३. सिमबाट उब्जने रोग । ४. सिममा बस्छ भन्ने ठानिएको एक कल्पित देवयोनि । — भूमे— सिमसार भूमिमा रहने देवयोनिविशेष; गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता । ~ माटो— ना॰ सिम जग्गामा पाइने लेसिलो माटो । — साग— ना॰ सिमरायो ।

सिमेन्ट— ना॰ [अङ्॰] हे॰ सिमन्टी ।

सिम्कनु/सिम्किनु— ना॰ [रू सिप्किनु] लामो, झीनो, सानो काठ; सिप्किनु ।

सिम्टा— ना॰ १. सल्लाको फल । २. हलेदाको सुकेको चाना । ३. गोलभेँडा । ४. तबला बजाउने एक तरिका; तबलाको एक प्रकारको ताल ।

सिम्रिक— ना॰ [फा॰ सन्जरफे गाढा रातो रबको, सिन्दूरजस्तो चूर्ण वा शृङ्गारपदार्थ; नेपालको राष्ट्रिय रब ।

सिम्रौनगढ— ना॰ [रू सिमरौनगढे कर्नाटवंशी राजाहरूले बनाएको, नेपालको बारा जिल्लामा पर्ने, मध्यकालीन एक ऐतिहासिक गढी ।

सियाँल— ना॰ [प्रा॰ सिमल < सं॰ शीतले १. घाम छेकिएको ठाउँ; ओझेल परेको ठाउँ । २. छाया; छहारी ।

सिया— ना॰ शरीरका कुनै भागमा वायु तर्केर हुने कष्ट ।

सियाइ— ना॰ [रू सिउ (+याइ॰] सिउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सियाइनु— क॰ क्रि॰ सिउन लाइनु । सियाउनु— प्रे॰ क्रि॰ सिउन लाउनु ।

सियामुसली— ना॰ जराबाट हुँदै निस्केका लामा, तीखा टुप्पा भएका पात हुने, सानानीला फूल फुल्ने, कन्द भएको (कोमिलिनेसी समूहको॰ शक्तिवर्द्धक र सर्पको विष मार्ने एक वनस्पति ।

सियावायु— ना॰ [प्रा॰ सियावाओ] अगति परेर मरेकाहरूको प्रेतात्मा; सताउने वायु ।

सियो— ना॰ [सं॰ सीवनी] १. कपडा आदि सिउने, धागो, अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो । २. फलामको सुइरो । ३. हलाले जोतेको डोब ।

सिर— ना॰ [प्रा॰] शरीरको माथिल्लो भाग; टाउको; शिर ।

सिरक— ना॰ [सं॰ शीतरक्षके भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेको दोलाईँजस्तो बाक्लो ओढ्ने कपडा ।

सिरप— ना॰ [अङ्॰] १. पिइने खालको झोल पदार्थ; सर्बत । २. रासायनिक मिश्रणबाट तयार गरिएको झोल औषधी ।

सिरपाइ— ना॰ गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा ।

सिरा— ना॰ [सं॰] १. शरीरमा रक्तप्रवाह गराउने नाडी; नसा । २. कँडाली ।

सिरान— ना॰ [सिर+आन] १. सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ । २. सुत्दा टाउकोमन्तिर पर्ने अग्लो नरम वस्तु; तकिया । ३. नदीनाला आदि निस्केको ठाउँ । ~ घरे— ना॰ गाउँको माथिल्लो भागमा घर बनाएर बस्ने व्यक्ति । > सिरानी— ना॰ तकिया; सिह्रानी ।

सिराहा— ना॰ पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत सगरमाथा अञ्चलको तराई भागमा पर्ने एक जिल्ला ।

सिरिङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ सिरिङ्+ब] १. ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी । २. दाँतमा ढुङ्गा वा चिसोतातो वस्तु लाग्दा पीडा हुने चालले । ~ सिरिङ्ब— क्रि॰ वि॰ लगातारको सिरिङ्ब ।

सिरिस— ना॰ [सं॰ शिरीषे शिरीष फूल । — घारी— ना॰ सिरिसेनी । श्र सिरिसे— वि॰ शिरीष भएको (ठाउँ॰ । सिरिसेनी— ना॰ शिरीषको घारी; सिरिसघारी ।

सिरी— ना॰ [सं॰ श्री] १. श्री; सम्पत्ति । २. सौन्दर्य; शोभा । —

खुरी— ना॰ १. भएभरको सबै सम्पत्ति; सबै जायजेथा । २. भएभरको सम्पत्तिको नाश; स्वाहा; सर्वस्व ।

सिरु— ना॰ [सं॰ रसाले कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस । — पाते— वि॰ १. सिरुको पातजस्तो धारिलो (खुकुरी आदि॰ । ना॰ २. एउटा गाँठो पारेको र अर्को नपारेको सिरुको पात मुठीमा राखी सबैलाई छुवाउँदा जसलाई गाँठो पर्छ ऊ डुम हुने गरी खेलिने एक बालखेल । — बारी— ना॰ सिरु भएको बारी वा जग्गा । — बारे— ना॰ लाम्चा पात, गुलाफी घोगाका आकारका फूल र घोगामा मसिना तिलजस्ता टल्कने गेडा हुने एक जातको झार; शितावर ।

सिरेटो— ना॰ [सिर्र+एटो] १. हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु । २. मुटु छेड्ने खालको चिसो बतास; स्याँठ; शीतलहरी ।

सिरोभरो— ना॰ [शिर+भर] सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; सर्वाधिकार ।

सिरौँला— ना॰ कथ्य॰ सिरम्ला । १. धान उसिनेर सुकाइसकेपछि भुटेर बनाइएको चामल ।

सिर्कनु— ना॰ [सं॰ शिटे मसिनु लट्ठी; सिप्किनु ।

सिर्का— ना॰ [फा॰ सिर्के घाममा राखेर अमिल्याएको उखु, अङ्गुर, अनार आदिको रस ।

सिर्कासिर्की— ना॰ [सिर्को+सिर्को] सानाठूला सिर्काको समूह ।

सिर्को— ना॰ [सं॰ सृ+को] १. थुनबाट निस्केको दूधको मसिनो र सानो धारो । २. सानो मुख भएको भाँडो वा दूधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो ।

सिर्जना— ना॰ [सं॰ सर्जने १. नयाँ निर्माण; सृष्टि; रचना । २. सृष्टि; उत्पत्ति; सृजना । ३. आरम्भ; सुरु ।

सिर्तो— ना. १. ससाना वा भुरे राजारजौटाहरूले ठूला राजा वा सम्राट्लाई बुझाउने कर । २. करबलबाट दिइने रकम ।

सिर्फ— क्रि॰ वि॰ [अ॰] खालि; केवल; मात्र ।

सिर्र— क्रि॰ वि॰ [अ॰ मू॰ सिर्+र] १. चिसो कडा हावा चल्ने गरी । २. सिर्को निस्कने चालले । सात॰ सिरिरि/सिरिरिरि ।

सिल१— ना॰ [सं॰ शिलो शिला; ढुङ्गो (जस्तो— सिलढुङ्गे॰ ।

सिल२— ना॰. १. उनेका माछाहरूको माला । २. कपालमा पर्ने जम्राहरूको ताँती ।

सिल३— ना॰ [अङ्॰ शील्डे १. कुनै वस्तुको गोप्यता र सुरक्षाका लागि सम्बन्धित व्यक्तिले मात्र खोल्ने गरी खाम, कपडाको थैलो आदिको बाहिर जोर्नीहरूमा लगाइने लाहाछाप । २. विद्यालय, सरकारी कार्यालय आदि सङ्घसंस्थाहरूको नाम आदि लेखिएको रबरछाप; मोहर; लालमोहर ।

सिल४— ना॰ सामान्यतः सात फिट लम्बाइ भएको, धेरैजसो समुद्रमा र कहिलेकाहीँ जमिनमा पनि बस्ने, हातखुट्टाले पानी खियाउन सक्ने, झन्डै एक टन भार भएको स्तनपायी जन्तु ।

सिलखान/सिलखाना— ना॰ [अ॰ सिलाह+ फा॰ खाने फौजी हातहतियार राख्ने सुरक्षित ठाउँ वा भवन; शस्त्रागार; जङ्गी असबाबखाना ।

सिलगढी— ना॰ [सं॰ शिला+गढी ?] नेपालको पश्चिम क्षेत्रमा सेती अञ्चलअन्तर्गत पर्ने डोटी जिल्लाको प्रमुख बस्ती ।

सिलटिमुर— ना॰ एक जातको टिमुर । ~ खानु— टु॰ मर्नु ।

सिलढुङ्गो— ना॰ [सं॰ शिला = सिल+ढुङ्गो] हतियारहरू उध्याउने ढुङ्गो; सानढुङ्गो; सिली ।

सिलबन्द— वि॰ [सिल+बन्द] १. लाहाछाप लागेको; सिल मारेको । ना॰ २. लाहाछाप लगाउने काम । > सिलबन्दी— वि॰ लाहाछाप लगाई सम्बन्धित व्यक्तिबाहेक अरूबाट खोल्न नपाइने बनाइएको ।

सिलमुन्द्री— ना॰. [सिल+मुन्द्री] कानको लोतीदेखि छेउछेउमा गरेर लहरै माथिसम्म लगाइने सुनका मुन्द्रीहरू ।

सिलसा— ना॰ चामलमा पर्ने मसिनो सेतो कीरो; चिलसा ।

सिलसिला— ना॰ [अ॰] १. एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य । २. लहर; श्रेणी; पङ्क्ति । ३. सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य । श्र सिलसिलेवार— वि॰ १. सिलसिला वा क्रम मिलेको । २. श्रेणीबद्ध; क्रमबद्ध ।

सिला— ना॰ [सं॰ शिले बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम । —

बिर्ती— ना॰ सिला खोजेर जीवनयापन गर्ने काम; सिला खोज्ने वृत्ति; उञ्छवृत्ति ।

सिलाइ— ना॰ [रू सिलाउ (+आइ॰] सिउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सिलाइनु— क॰ क्रि॰ सिउन लाइनु ।

सिलाउनु— प्रे॰ क्रि॰ [सिउ+लाउ+नु] सिउन लाउनु; सियाउनु ।

सिलाजित— ना॰ [सं॰ शिलाजित्] घामले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने प्रसिद्ध, कालो, पौष्टिक द्रवपदार्थ; शिलाजित् ।

सिलाबर— ना॰ [अङ्॰ सिल्भरे १. चाँदी । २. चाँदीजस्तै मिश्रित सेतो धातु; सिलेभर; सिल्बर ।

सिलाम— ना॰ १. केही ठूला, तुलसीका जस्ता बास्ना आउने पात, मञ्जरीका रूपमा फुल्ने सेता फूल र साबुदानाजस्ता सेता दाना हुने एक जातको बोट । २. त्यसैको अचार बनाएर खाइने फल वा दाना ।

सिलिक— ना॰ [अङ्॰ सिल्के १. रेसम नामको कीराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क । २. रेसमी कपडा वा ओढ्ने वस्त्र ।

सिलिका— ना॰ बोतल बनाउन प्रयोग गरिने अति मसिनो बालुवा ।

सिलिक्सन— ना॰ [अङ्॰ सिल+स्कीन] सिल नामक जलजन्तुको टोपी आदि बनाइने नरम भुवादार छाला ।

सिलिब१— वि॰ [अङ्॰] घरको दलिनमा ठोकिने काठ, टिन आदिको बुट्टे फल्याक वा पातो ।

सिलिब२— ना॰ [अङ्॰ शिलिङ्गे पाउन्डको बीसौँ भागबराबरको अङ्ग्रेजी सिक्का वा मुद्रा ।

सिलिबबिलिब/सिलिबमिलिब/सिलिबसिलिब— क्रि॰ वि॰ [अ॰ मू॰ सिलिब (बि॰)] सर्प, जुका, गड्यौँला, माछा आदि रगरगाउने गरी; सिलीबिली ।

सिलिन्डर— ना॰ [अङ्॰] १. छाप्ने कागज टाइपबेडसम्म पुथ्याई थिच्ने उपकरण । २. अक्सिजन, खाना बनाउने ग्याँस आदि राख्ने बेलना आकारको भाँडो ।

सिली— ना॰ [सं॰ शिलो छुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो । ~ ढुङ्गो— ना॰ सिली; सानढुङ्गो ।

सिलीबिली— क्रि॰ वि॰ [सिलिबबिलिबको ल॰ ।)] सिलिबबिलिब । सिलु गीत— ना॰ गोसाइँथान तीर्थ गर्न जाँदा भएका घटना वर्णन गरिएको प्रसिद्ध नेवारी लोकगीत ।

सिलेट— ना॰ [अङ्॰ स्लेटे अक्षर लेख्नका लागि बनाइएको कालो र पातलो, काठको फ्रेम भएको ढुङ्गाको पाटी; सिलोट ।

सिलेभर— ना॰ [अङ्॰ सिल्भरे सिलाबर; सिल्भर ।

सिलो— ना॰ [सं॰ शिलो ढुङ्गो; पत्थर ।

सिलोक— ना॰ [सं॰ श्लोके श्लोक । > सिलोके— वि॰ विवाह आदिमा सिलोक हाल्ने; सिलोक भन्ने ।

सिलोट— ना॰ [अङ्॰ स्लेटे स्लेट । सिलो बालो— ना॰ [सं॰ शिल+बाल] धान, गहुँ आदि काट्ता जमिनमा खसेको वा छुटेको बाला ।

सिलौटे— वि॰ [सिलौटो+ए] १. सिलौटोजस्तो । ना॰ २. पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम ।

सिलौटो— ना॰ [शिला+औटो] मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो ।

सिल्पट— वि॰ [सं॰ शिलापट्टे १. ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ॰ । २. बेकम्मा । ना॰ ३. काठको चारपाटे ठेउको वा सत्तरी ।

सिल्बर— ना॰हे॰ सिलाबर ।

सिल्लड— वि॰ [सिल्ली+अड] १. गतिछाडा; थेचरो; थेतरो; सिल्पट । २. केही बहुला छाँटको; अर्धङ्गी; अर्धसिल्ली ।

सिल्ली— ना॰ [अङ्॰ सिली] १. राम्रो बुद्धि नभएको; गोज्याङ्ग्रो । २. बौलाहा; पागल ।

सिवनरवानर— ना॰ १. नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइएजस्तै केन्यामा पाइएको, मानवजस्तै देखिने, अश्मीभूत अस्थिअवशेषका रूपमा फेला परेको वानर । २. शिवालिकमा पाइएको मानवजस्तो देखिने वानर ।

सिवा/सिवाय— ना॰ यो॰ [अ॰ सिवो बाहेक; विना; अतिरिक्त; सिवा ।

सिस— ना॰ [सं॰ शीर्षे टाउको; शीर्ष; तारो । > सिसक— ना॰ सिसा । ~ पराल— ना॰ मदेशतिर नल छोडी काटेको धानको पराल ।

सिसमहल— ना॰ [फा॰ शिशमहले झ्याल, ढोका, भित्तो आदिमा चारैतिर सिसैसिसा जडिएको महल वा विशेष घर ।

सिसा— ना॰ [सं॰ सीसके खरानीरबको गह्रौँ एक प्रसिद्ध धातु । — कलम— ना॰ भित्रपट्टि सिसा, सुर्मा, पत्थर वा रङ्गिन खरी आदिको सिन्काजस्तो लेख्ने अंश भएको, बाहिर काठले बेरिएको साधन; पेन्सिल ।

सिसार— ना॰ १. चाडबाडमा ल्याइएको कोसेली । २. लिम्बू जातिमा दसैँको कोसेलीका रूपमा लगिने खसीको वा सुँगुरको साँप्रो ।

सिसितिल— ना॰ बाटुला, झुसिला पात, पहेँला फूल र पाटा परेको डाँठ हुने तथा मकैका जस्ता दाना फल्ने एक जातको बोट वा त्यसैको फल ।

सिसिर— ना॰ [प्रा॰] शिशिर (जाडो॰ । सिसी फुल— ना॰ [< + फूले खण्डखण्ड परेका, साना, लाम्चा दूध आउने पात र हरिया डल्लामा ससाना फूल फुल्ने एक जातको बुटी वा त्यसैको फूल ।

सिसोबासो— ना॰ [सं॰ शिशु+वास] केही दिनका लागि आफूले जिम्मा लिएको बालबच्चो ।

सिसौ— ना॰ [सं॰ शिंशपो साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खूब बलियो काठ हुने एक जातको रूख वा त्यसैको काठ; उत्तम काठ हुने एक रूख । ~ घारी— ना॰ सिसौको जङ्गल । > सिसौडी— ना॰ बाख्रालाई स्याउला खुवाइने एक किसिमको बोट ।

सिस्नु— ना॰ सेतो वा कालो भावको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तीखा सेता नरम काँडा हुने, घाँस जातको, रुचिकारक र अग्निवर्धक बोट ।

सिस्ने— वि॰ [सिस्नु+ए] सिस्नुजस्तो; सिस्नुसँग सम्बन्धित । ~ जरो— ना॰ लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठूलठूला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो ।

सिस्नेरी— ना॰ [सिस्नु+एरी] १. धेरै सिस्नो भएको ठाउँ; सिस्नोघारी । २. काठमाडौँ उपत्यकाको दक्षिणपूर्वमा पर्ने एक गाउँको नाम ।

सिहिरेटो— ना॰ [रू सिरेटो] बतासको मुस्लो; सिरेटो ।

सिहुँडी— ना॰हे॰ सिउँडी ।