नेपाली शब्दसमूह ६२ सप
सपक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सपक्+क] १. गिलो खानेकुरो एकै खेपमा खाने किसिमले । २. लाउँदा वा ओढ्दा आबमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी । ३. कुनै वस्तु टम्म मिलेर टाँसिने चालले । ४. मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर ।
सपत्नी— ना॰ [सं॰] सौता; सौती । > सपत्नीक— वि॰ पत्नीसहित; श्रीमतीसमेत ।
सपना— ना॰ [सं॰ स्वप्ने १. निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न । २. रमाइलो भविष्यको आशा वा कल्पना । ३. उदेकलाग्दो कुरो वा मनको लहड । > सपनी— सपनाको लघु रूप; सपना (गीत, कविता र लोकगीतमा प्रचलित, जस्तै— आज राति सपनीमा तिमीलाई देखेँ ) ।
सपरिवार— वि॰ [सं॰] आफ्ना जहान, केटाकेटीसमेत भएको; परिवारसहितको । (उदा॰— तपाईँ यहाँ सपरिवार हुनुहुन्छ कि एक्लै <) ।
सपरिश्रम— वि॰ [सं॰] परिश्रम भएको वा गरिएको; परिश्रमले युक्त । ~ कारावास— ना॰ कैदीहरूलाई कडा परिश्रम गर्नुपर्ने कामसमेत गराइने जेलखाना ।
सपसप— क्रि॰ वि॰ [अ॰ मू॰ सप्+अ (बि॰)] गिलो पदार्थ लगालग खाने किसिमले; सपासप । > सपसपती/सपसपी— क्रि॰ वि॰ लगालग छिटछिटो खाने गरेर ।
सपाटो— ना॰ सानो नासपाती वा मयलका आकारको हुने, एक थरी तराईतिर पाइने स्वादिष्ठ फलविशेष ।
सपाद— वि॰ [सं॰] पूरा चरणमा अर्को एक पाउसमेत भएको; एक चौथाइ बढेको; सवा ।
सपार्–नु— स॰ क्रि॰ [सप्र+नु] १. टुटेफुटेका वस्तुलाई ठीक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु । २. बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु । ३. बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु । प्रे॰ क्रि॰ ४. सप्रने पार्नु । > सपाराइ— ना॰ सपार्ने काम वा किसिम । सपारिनु— क॰ क्रि॰ सपार्ने काम गरिनु ।
सपासप— क्रि॰ वि॰ [सपसपे १. गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी । २. लचिलो लट्ठी वा डोरी आदिले लगालग हिर्काउने चालसँग । > सपासपी— क्रि॰ वि॰ अझै छिटो सपासप खाने किसिमले ।
सपिउँ— वि॰ [सं॰ सव्ये सुल्टो । विप॰ बिपिउँ ।
सपिण्डी— वि॰ [सं॰ सपिण्डे १. एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको । ना॰ २. बाह्रौँ दिनमा गरिने मृतकको श्राद्ध । —
करण— ना॰ मरेको बाह्रौँ दिनमा मृतकलाई पिण्डदान दिँदा पिण्डलाई तीन पुस्ताका सपिण्डीसँग मिलाउने वा जोड्ने श्राद्धकर्म ।
सपुच्छ— ना॰ [सं॰] १. नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास वानरमा पुच्छर हुने बाँदर । वि॰ २. पुच्छर भएको ।
सपुत— ना॰ [सुपुत्रे १. राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र । २. वंश वा कुलको इज्जत चम्काउने सन्तान । (सपूत भए छोरो, कपूत भए मोरो— उखान॰ ।
सपुर्द— ना॰ सुपुर्द । > सपुर्दगी— ना॰ सुपुर्दगी ।
सपूत— ना॰ हे॰ सपुत ।
सपेटो— ना॰ [प्रा॰ सपिट्ठे पशुहरूको पातो वा तिघ्रोसहितको काटिएको खुट्टो; साँप्रो ।
सपेता— ना॰ [फा॰ सफेद > सफेदो १. घर, कोठा पोत्ने चूनजस्तो माटो । २. रङ्गको काममा लगाइने जस्ताको भस्म ।
सपेरो— ना॰ [साँप+एरो] १. सर्पलाई समात्ने र त्यसलाई सधाई नचाउने व्यक्ति । २. सर्पले टोकेको विष झार्ने व्यक्ति; विषवैद्य ।
सप्काइ— ना॰ [रू सप्काउ (+आइ॰] सप्काउने काम वा किसिम । [ > ] सप्काइनु— क॰ क्रि॰ सप्काउने काम गरिनु ।
सप्काउ–नु— स॰ क्रि॰ [सप्को+आउ+नु] १. गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्य्राक्क पार्नु । २. नरम लट्ठी वा डोरी आदिले हिर्काउनु । ३. पछ्यौरा; मजेत्रो आदिको सप्को हाल्नु ।
सप्को१— ना॰ [सपक्क+ओ] गिलो रसदार खानेकुराको गाँस; सप्य्राक्क खाइने गाँस ।
सप्को२— ना॰ [सं॰ सपक्षे १. दाहिनेपट्टिबाट छाती छोपी कुममा अड्याइने सारी, पछ्यौरा आदिको छेउ । २. धोती, सारी, पछ्यौरा आदि लुगाफाटाको छेउले अरूको जीउमा भएको स्पर्श; लुगाका टुप्पाबाट भएको छुवाइ । (उदा॰— धोतीको सप्को लाग्ला है, अलि पर बस॰ ।
सप्त— ना॰ [सं॰] सात । > सप्तक— ना॰ १. एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो— तारसप्तक) । २. सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र
निषाद— यी सात स्वरको समुदाय । — कोसी— ना॰ पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दूधकोसी, अरुण, वरुण (लिखु॰ र तमोर— यी सातवटा नदीको सामूहिक नाम । — गण्डकी— ना॰ मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बूढीगण्डकी र त्रिशूली— यी सात नदीको सामूहिक नाम । —
धान्य— ना॰ धान, गहुँ, जौ, मास, मुगी, कागुनु र सामा मिलाइएको अन्न । — नदी— ना॰ हिन्दूहरूका अति पवित्र मानिएका सातवटा नदी (गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी) । — पदी— ना॰ १. विवाहमा वर र वधू मिलेर गरिने सप्तकुलपर्वतको पूजा । २. सातवटा चरण हुने (छन्द) । — पर्ण— ना॰ छतिवन । — पाला— ना॰ सातवटा खोबिल्टा भएको थाली; सातखण्डे थाली ।
सप्तम— वि॰ [सं॰] सातौँ । ~ श्रेणी— ना॰ सातौँ कक्षा वा वर्ग ।
सप्त–मातृका— ना॰ [सं॰] कुनै माङ्गलिक कार्यमा अग्रपूजा गरिने सातवटी मातृका वा देवीको नाम (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही॰ ।
सप्तमी— ना॰ [सं॰] १. चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि । ना॰ २. व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति (मा, विषे आदि॰ ।
सप्तमृत्तिका— ना॰ [सं॰] कुनै माङ्गलिक कार्यमा प्रयोग गरिने तबेला, हात्तीसार, गोठ, तीर्थस्थल, राजबार, गुरुबार र नदी सात ठाउँको वा सात थरी माटो ।
सप्तरिखि— ना॰ [सं॰ सप्तर्षि] सात ऋषि; सप्तर्षि ।
सप्तरी— ना॰ [सं॰ सप्तारि] नेपाल अधिराज्यको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलको तराईभागमा स्थित एक जिल्ला ।
सप्तर्षि— ना॰ [सं॰] १. प्रसिद्ध सात ऋषिहरूको समूह (गौतम, भरबाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, ¬तु, पुलस्त्य र वसिष्ठ) । २. आकाशमा उत्तरतिर देखिने धु्रवतारालाई परिक्रमा गरिरहेका सातवटा ताराको समूह ।
सप्तशती— ना॰ [सं॰] १. सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी । २. सात सय पद्यबाट बनेको कृति (जस्तो— विहारी सतसई आदि) । ३. सात सय वस्तुको समूह ।
सप्तसिन्धु— ना॰ [सं॰] पन्जाब क्षेत्रमा बग्ने प्रसिद्ध सात नदी (झेलम, चिनाव, राबी, व्यास, सतलज, दृषबती र सरस्वती॰ ।
सप्ताह— ना॰ [सं॰] १. सात दिनको समूह; हप्ता; साता । २. सात दिनमा बाचेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान । — व्यापी— वि॰ एक साता वा हप्तासम्म चल्ने वा हुने (कार्यक्रम, गोष्ठी आदि॰ ।
सप्र–नु— अ॰ क्रि॰ [सं॰ सपरे १. बालीनाली खूब बढ्नु वा राम्रो हुनु; सप्लाउनु । २. असल वा उन्नतिको बाटामा लाग्नु; उँभो सपासप— लाग्नु; सुध्रनु । ३. कुनै व्यापारव्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु । ४. राम्रो हुनु; सग्लाउनु ।
सप्रक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सप्रक्+क] रसिलो खानेकुरो सासले तानेर मुखमा गाँस हाल्ने गरी; त्यसरी गाँस हाल्दा शब्द आउने चालले ।
सप्रमाण— वि॰ [सं॰] प्रमाणसहितको; प्रमाण भएको ।
सप्राइ— ना॰ [रू सप्र (+आइ॰] सप्रने काम वा किसिम । [ > ]
सप्रिनु— अ॰ क्रि॰ सप्रने काममा लागिनु ।
सप्य्राक— ना॰ [अ॰ मू॰ सप्य्राक्+अ] मुछेर खाइने चालले । — सुप्रुक— क्रि॰ वि॰ मुछेर खाइने र रसयुक्त गिलो खानेकुरो चाँडचाँडै खाएजस्तो गरेर । > सप्य्राक्क— क्रि॰ वि॰ एक्कासि रसिलो खानेकुरो स्वादसित गाँस हाली खाने चालसँग ।
सप्लाइ— ना॰ [रू सप्लाउ (+आइ॰] सप्लाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सप्लाइनु— अ॰ क्रि॰ सप्लाउने काम होइनु ।
सप्लाउनु— अ॰ क्रि॰ [सं॰ सपल्लवे १. बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु; कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु । २. शरीर मोटोघाटो र रातोपिरो हुनु । ३. गरेका कामकुराको उन्नति हुनु; बढिबढाउ हुनु ।
सप्लेँटो/सप्ल्याँटो— वि॰ सब्लेँटो/सब्ल्याँटो ।
सफर— ना॰ [अ॰] १. मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर । २. यात्रा; भ्रमण । ~ मैना— ना॰ सैनिक अभियानमा वा ठूलाबडाको सवारी चलाउँदा अघिअघि गएर बाटो, बास, रसदपानी आदिको बन्दोबस्त गर्ने सैनिक टोली; पेस्की फौज । श्र सफरी— वि॰ १. भ्रमणसित सम्बन्ध राख्ने; सफरसम्बन्धी । २. बोकेर हिँडाउनडुलाउन मिल्ने खाट; क्याम्पखाट । ३. सफर गर्दा लगाउन छरितो मानिएको अत्याधुनिक शैलीको, कोटसमेतको काम दिने कमिज ।
सफल— वि॰ [सं॰] १. गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको । २. फलसहितको; फलयुक्त । — ता— सफल हुने काम वा अवस्था । > सफलीभूत— वि॰ गरेको काम वा कुरो सफल भएको; कार्यसिद्धि भइसकेको ।
सफा— वि॰ [अ॰] १. धूलोमैलो वा कसरफोहोर आदि नभएको; स्वच्छ; चम्किलो; साफ; सुग्घर । २. बिटुलो नभएको; शुद्ध; चोखो । ३. दोष, दाग वा छलकपट नभएको; निर्दोष; बेदाग; निष्कपट । ४. बुट्टा, धर्सो आदि नभएको; सादा ।
सफाइ— ना॰ [सफा+आइ] १. सफा हुने छाँट; शुद्धता । २. सफासुग्घर गर्ने काम । ३. कुनै अपराधीलाई लागेको खतबात, मुद्दा आदिको निर्णय भई दोष वा अभियोग मेटिएर हुने छुटकारा; दोष वा अभियोगबाट हुने मुक्ति; पार पाउने वा निर्दोष साबित हुने काम । ४. हातको चतुथ्याइँ; हातसाफ । — पत्र— ना॰ लागेको दोष, अभियोग आदिबाट सफाइ पाएको कुरा लेखिएको कागत ।
सफाचट— ना॰ [अ॰ सफा+चट] १. भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख । २. बिलकुल साफ; एकदम सफा ।
सफाट्याम्पो— ना॰ ब्याट्री वा ग्याँसबाट चल्ने भएकाले धूवाँ नफाल्ने ट्याम्पो ।
सफारी— ना॰ [अङ्॰] १. जङ्गली जनावरको सिकार गर्ने वा अवलोकन गर्ने अभियान । २. हल्का खालको सुट । ~ पार्क— ना॰ सिंह, बाघ, हात्ती, गैँडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठूलो भाग; वन्यजन्तु आरक्षण केन्द्र ।
सफासफ— क्रि॰ वि॰ [सफा+सफो एकदम सफासँग; खुलस्तसाथ ।
(उदा॰— तिमी सफासफ भन न, कुरो के हो <॰ > सफासफी— क्रि॰ वि॰ सफासफ चालासित; खुल्लमखुल्ला; सफासफ ।
(उदा॰— भेट त भयो, सफासफी कुरो हुन पाएन॰ । सफा सुग्घर— वि॰ [सफा+सुग्घर] सफा र सुग्घर रहेको; फोहोरमैला हुन नपाएको; स्वच्छ; निर्मल ।
सफेद— वि॰ [अ॰] १. सफा र सेतो; श्वेत । २. बुट्टा वा रङ्गीचङ्गी नभएको; सादा । ३. चम्कने; उज्ज्वल; सुकिलो । > सफेदी— ना॰ सफेद हुने छाँट; सेतोपन ।
सब१— वि॰ [सं॰ सर्वे भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा । (सब कठिन अल्छीले, सब सहज उद्योगले— उखान॰ ।
सब२— वि॰ [अङ्॰] मुख्यभन्दा एक श्रेणी तल्लो; नायब; सहायक; छोटो (जस्तो— सब–एकाउन्टेन्ट (नायब लेखापाल॰, सब– इन्सपेक्टर (सहायक निरीक्षक॰, सब–पोस्टअफिस (छोटी हुलाक॰ इ॰) ।
सबन्ध— वि॰ [सं॰] सर्तअनुसारको; प्रतिबन्धसहितको । ~ मुक्ति— ना॰ कुनै कैदीलाई तोकिएको समयमा पुनः झ्यालखानामा उपस्थित हुने गरी केही समय छोड्ने काम; सप्रतिबन्ध तथा आवधिक मुक्ति ।
सबल— वि॰ [सं॰] १. बलले युक्त; शक्तिशाली; बलियो । २. फौज वा सेनाले सज्जित । > सबलीकरण— ना॰ कुनै ध्यानाकर्षित विषय वा वस्तुमा अझै चाख जगाउन गरिने क्रियाकलाप ।
सबाई— ना॰ कागत बनाउने काममा प्रयोग हुने एक प्रकारको घाँस ।
सबार— ना॰ [फा॰ सवारे सवारी (दिव्य॰) ।
सबासुदो— ना॰ [भो॰ ब॰] लिम्बूको अमालमा मुद्दा फैसला भएपछि जित्नेले भलादमीलाई दिने दस्तुर ।
सबासुद्धो— ना॰ [सबा+सुद्ध] साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; साँवासुद ।
सबिता— ना॰ [सोभितो हल्का रातो रब हुने एक प्रकारको सेतो चम्किलो धातु ।
सबुत/सबुद— ना॰ [अ॰ सबूते १. मुद्दामामिला, झैझगडा आदिमा दसीप्रमाण, साक्षीसरजमिन, लिखतकागत आदि सबै कुरा ऐनले निर्देशित गरेअनुसार बुझ्न सकिने अवस्था वा तिनको समष्टि
रूप (उदा॰— सबै सबुत बुझेर फैसला भएमा नै ठीक न्याय पाइन्छ॰
। २. कुनै कुराको यथार्थ प्रमाण वा निस्सा ।
सबेर— ना॰ [सं॰ सुबेलो १. उज्यालो हुनेहुने बेला; एकाबिहान; सखार । २. प्रातःकाल; बिहान । ३. कुनै तोकिएको समयभन्दा पहिलेको समय ।
सबै— वि॰ [सब+नै] भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल, कीर्ति अचल— उखान ।
सब्जा— ना॰ [फा॰] १. कालो भाव मिसिएको सफेद रबको घोडा । २. असल जातको बम्बई आँपको एक प्रकार ।
सब्जी— ना॰ [फा॰] तरकारी; सागपात; सागसब्जी ।
सब्लेँटो/सब्ल्याँटो— वि॰ [सं॰ सव्य+एँटो/याँटो] लुगा, कागत आदिको सुल्टो (भाग॰; उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो ।
(उदा॰— गन्जी बिब्ल्याँटो भयो, सब्ल्याँटो पारेर लाऊ॰ ।
सभा— ना॰ [सं॰] १. प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला । २. सभाभवन; बैठक । ३. कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था । ४. सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल । ५. परिधि; वृत्त । ~ कक्ष— ना॰ प्रतिनिधि सदस्यहरू वा आमन्त्रित व्यक्तिहरू भेला भई कुराकानी, सरसल्लाह आदि गर्ने, पत्रकारहरूसित भेटघाट गर्ने, कुनै समारोह सम्पन्न गर्ने जस्ता विभिन्न काम गरिने ठूलो दलान वा बैठककोठो । ~ गृह— ना॰ सभा गर्नका निम्ति निर्मित घर; सभा हुने ठाउँ वा घर; सभाभवन । > सभाग्रणी— ना॰ सभाका अगुवा वा मुख्य; सभामुख । ~ त्याग— ना॰ सभामा भएगरिएका कुनै प्रस्ताव वा स्थितिप्रतिको विरोध दर्साउँदा थोरै वा धेरै सदस्य सभा छाडेर बाहिर निस्कने काम । — पति— ना॰ १. कुनै सङ्घसंस्था वा समितिको प्रमुख अधिकारी; अध्यक्ष । २. कुनै सभाको सञ्चालनका निम्ति रोजिएको, नाम प्रस्तावित भएको वा वरण गरिएको विशिष्ट व्यक्ति । ~ मण्डप— ना॰ १. कुनै विशेष सभाको आयोजनाका निम्ति तयार गरिएको मञ्च । २. सभागृह । — मुख— ना॰ सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता । — सद्— ना॰ १. सम्बन्धित कुनै सभा वा गोष्ठीको अङ्गका रूपमा रहेको अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद् । २. सभामा भाग लिने भलादमी; सभ्य ।
सभ्य— वि॰ [सं॰] १. सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र । २. विश्वास गर्न सकिने; विश्वस्त । ना॰ ३. सभाको सदस्य; सभासद् । ४. कुलीन वा शिष्ट व्यक्ति; भलादमी । — ता— ना॰ १. सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति; शिष्टता; भद्रता । २. कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति–प्रगतिको सम्पूर्ण प्रतिबिम्ब ।
सम्— उप॰ [सं॰] शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थ बोध गराउने, पञ्चम वर्ण रहने वा शिरबिन्दु पनि हुने शब्द । (जस्तो— सम्पूर्ण, सम्मान, सम्मोहन, संयत, संरक्षण, संसार इ॰) ।
सम— वि॰ [सं॰] १. घटीबढी, लामोछोटो, ठूलोसानो आदि नभएको; बराबर; समान; सदृश; तुल्य । २. सम्म परेको; समथर । ३. कसैको ओड नलिने; निष्पक्ष; तटस्थ । ४. जोर सङ्ख्या वा गन्ती (जस्तो— २, ४, फ्, ८ आदि॰ । ना॰ ५. योग्य वस्तुको अनुरूप प्रशंसा गर्दा पर्ने एक अर्थालङ्कार । ६. सङ्गीतमा लय तथा तालको विश्राम हुने ठाउँ । — कक्ष— वि॰ समान कक्षा वा दर्जाको; बराबरीको । — कक्षी— वि॰ समान कक्षा वा तहमा रहेर काम गर्ने (व्यक्ति) । — कालीन— वि॰ एकै समयको वा एकै समयमा भएको; उही बखतको (घटना, कुरा, विषय आदि) । —
कोण— ना॰ रेखागणितमा नब्बे अंश भएको कोण । —कोणी— वि॰ चारै कोण बराबर भएको; समकोणको (क्षेत्र॰ ।
समक्ष— क्रि॰ वि॰ [सं॰] आँखाको सामुन्ने; अगाडि; मुखेन्जी ।
समग्र— वि॰ [सं॰] समस्त; सबै; पूर्ण; पूरा; अन्तिम । (उदा॰— हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो । तपाईँका समग्र कविता पढेको छु॰ ।
समङ्किता— वि॰ [सं॰] राम्ररी चित्रित वा निर्मित गरिएको (देवीको मूर्ति आदि॰ । (सालङ्कारा, समङ्किता । — ल॰ प्र॰ देवकोटा, सुलोचना॰ ।
समचाप— ना॰ [सं॰] हावा आदिको समान चाप वा थिचाइ । —
रेखा— ना॰ हावाको समान थिचावट भएका स्थानहरूलाई जोड्ने रेखा ।
समच्छे— वि॰ [सं॰ समक्षे १. सबै बराबर भएको; एकछत्त; छ्यासमिसे । (उदा॰— सबै थोक समच्छे भैसक्यो, के गरेको ;) ना॰ यो॰ २. समक्ष; सामुन्ने ।
समजातीय— वि॰ [सं॰] १. समान जातिको; एउटै जातको । २. एउटै विचारको ।
समझ— ना॰ [प्रा॰ समुज्झे १. जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान । २. विचार; विवेक । — दार— वि॰ समझ भएको; बुद्धिमान्; विचारवान् । — दारी— ना॰ समझदार हुने काम वा स्थिति; बुद्धिमानी; होसियारी ।
समतल— वि॰ [सं॰] सतह होचोअग्लो नभई बराबर भएको; सम्म परेको; समथर । २. समशीतोष्ण; मधुरो ।
समता— ना॰ [सं॰] १. सम हुनाको भाव वा अवस्था; समानता; एकनासेपन; बराबरी । २. पक्षपात नगर्ने ढाँचा; निष्पक्षता । ३. समान स्तरका शब्दविन्यासबारा आदिदेखि अन्त्यसम्म एक पद हुँदा हुने, साहित्यिक दस गुणमध्ये एक ।
समताप— ना॰ [सं॰] एकनासको ताप; बराबरी तातो । ~ मण्डल— ना॰ पृथ्वीमण्डलभन्दा माथिल्लो तहको वायुमण्डल ।
समतुल्य— वि॰ [सं॰] सबै दृष्टिले बराबरीको; समान दँजाइमा आउने ।
समथर— वि॰ [सं॰ समस्थले १. होचोअग्लो नभएको; सम्म परेको; समतल । ना॰ २. सम्म ठाउँ वा जमिन । > समथरिलो— वि॰ १. समथर भएको; सतह मिलेको । २. एकतर्फ मात्र थोरै अग्लिँदै गएको । समथथ्याइलो— वि॰ समथर होलाजस्तो; समथर पार्न सकिने ।
समदर्शी— वि॰ [सं॰] सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्त र पराई भन्ने साँघुरो विचार नलिने; पक्षपातरहित ।
समदृष्टि— ना॰ [सं॰] सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम ।
समबिभुज— ना॰ [सं॰] रेखागणित वा ज्यामितिमा उस्तै किसिमका, बराबरका नाप भएका दुई भुजा ।
समन— ना॰ [अ॰] फौजदारी मुद्दाका प्रतिवादीलाई आफ्नो भन्नुपर्ने प्रमाणसहितको उत्तर दिन आऊ भनी बोलाइने वा अदालतमा हाजिर हुनका निम्ति पक्राउ गर्न पठाइने पुर्जी ।
समन्त— वि॰ [सं॰] १. सम्पूर्ण; समस्त । ना॰ २. सीमा; हद । —
प्रभा— ना॰ बौद्धधर्ममा त्रयोदश भूमिको एघारौँ भूमि; वज्रयानको एकादश भूमि । — भद्र— ना॰ १. पञ्चबोधिसत्त्वमध्ये एक; बुद्धदेव । २. वैरोचन वा वज्रधात्त्वीश्वरीका छोराको नाम ।
समन्वय— ना॰ [सं॰] १. दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग । २. कार्य र कारणको सङ्गति । > समन्वयात्मक— वि॰ समन्वय वा मेल ल्याउने; मिलाउने किसिमको ।
समन्वित— वि॰ [सं॰] १. आफैँ राम्ररी मिलेको; समन्वय भएको । २. परस्परमा गाँसिएको; गाभिएको । ~ चेतना— ना॰ साहित्यिक रचनामा विचार र भाव परस्पर एकात्म रूपमा रहेको अवस्था ।
समन्वेषण— ना॰ [सं॰] कुनै प्रदेश वा क्षेत्रभित्र गएर त्यहाँको चारैतिरको स्थिति, वातावरण आदि पत्ता लाउने काम ।
समपहरण— ना॰ [सं॰] सरकारबारा दण्डका रूपमा कसैको धन– सम्पत्ति जफत गर्ने काम; दण्डस्वरूप हुने धनसम्पत्तिमाथिको कब्जा ।
सममूल्यदर— ना॰ [सम+मूल्य+दर] सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ ।
समय— ना॰ [सं॰] १. घडी, पला, दिनरात, बिहानबेलुकी, गते, तिथि, वार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शताब्दी आदि नामले बुझिने वा तिनको परिणति जनाउने गतिमय अवस्था । २. कुनै काम वा घटना भएको र विशेष परिस्थिति आइलागेको काल वा बेला । ३. कुनै कामकाजको बखत; बेला; मौका; अवसर । ४. बचेको वा खाली भएको क्षण, फुर्सद; अवकाश । ५. कुनै प्रवाहक्रममा चलेको नियम; प्रथा । ~ तालिका— ना॰ १. रेल, मोटर, बस, हवाईजहाज आदि यातायातका साधनको पुग्ने र छुट्ने, पढाइ, परीक्षा, खेल आदिको सुरु हुने र सकिने, कुनै समारोह, कार्यक्रम वा विषयको सञ्चालन हुने आदि समयको निर्धारित सूची; समयसूची । २. खास योजना वा कार्यक्रम सञ्चालन गर्न व्यवस्थित रूपमा बाँडफाँड गरिएको समयविवरण; समयसारिणी । ~ निष्ठ— वि॰ समयको सदुपयोग गर्ने वा समय सित्तैँ खेर नफाली नियमानुक¨ल प्रत्येक काम गर्ने; तोकिएको समय, स्थान र काममा संलग्न हुन विलम्ब नगर्ने बानी भएको । — बजी— ना॰ विशेषतः नेवारजातिमा प्रचलित कुनै कार्य वा भोजभतेरभन्दा पहिले गरिने हलुका चमेना । ~ बिन्दु— ना॰ समयको मध्य भाग वा टुङ्गो लाग्ने ठाउँ । ~ सारिणी— ना॰ निर्धारित समयको सूची; समयतालिका । ~ सूची— ना॰ समयको निर्धारित विवरण; समयतालिका । >
समयानुकूल— वि॰ समयअनुसारको; बखतसुहाउँदो । समयालेख— ना॰ समय जनाउने अभिलेख; टाइम; रिकर्ड । समयावधि— ना॰ कुनै निर्दिष्ट कामकुराको निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा । समयावसान— ना॰ १. कुनै समयको आखिरी वा समाप्तिको बेला । २. सत्रावसान ।
समर— ना॰ [सं॰] सङ्ग्राम; युद्ध; लडाइँ ।
समरजङ्ग— ना॰ [अ॰ सैफर–जङ्गे बाटोघाटो आदि बनाउने, सुधार्ने काम गर्ने, नेपालको चपरासी पल्टन ।
समरस— वि॰ [सं॰] कला वा काव्यमा भेदाभेदसंवेद्य दुवैबाट समान रूपले आनन्दबोध हुने; समान आस्वादन वा रस दिने । —
ता— ना॰ समरस हुनाको भाव, गुण वा अवस्था ।
समराङ्गण— ना॰ [सं॰] लडाइँको मैदान; युद्धभूमि ।
समरूप— ना॰ [सं॰] उस्तैउस्तै आकार भएका दुई वा दुईभन्दा बढी चित्र र वृत्ति । — ता— ना॰ समान रूप भएका वस्तुहरूको अवस्था; खास कुरा वा समूहमा हुने समान गुण वा विशेषता ।
समरो— वि॰ [सं॰ सम+रो] १. खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको । २. बराबरको; डोलो; सुडौल ।
समर्चन/समर्चना— ना॰ [सं॰] १. राम्ररी गरिएको पूजाआजा । २. आदरसत्कार; मानमर्यादा ।
समर्थ— वि॰ [सं॰] १. शक्ति वा क्षमता भएको; तागतदार; बलवान् । २. कुनै काम पार लाउन सक्ने; लायक; योग्य ।
समर्थक— वि॰ [सं॰] १. कुनै कामकुरा, प्रस्ताव, राय आदिको समर्थन, पुष्टि वा अनुमोदन गर्ने । २. अरू कसैले भनेका कुरामा सही थाप्ने । ना॰ ३. उमेदवार हुँदा, कुनै नियम प्रस्तुत गर्दा आदि कार्यमा प्रस्तावकका कुरामा विधिवत् समर्थन जनाउने व्यक्ति ।
समर्थता— ना॰ [सं॰] समर्थ हुने चाल वा स्थिति; सशक्तता ।
समर्थन— ना॰ [सं॰] १. कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामकुरालाई अनुमोदन वा पुष्टि गर्ने काम । २. प्रस्तावकका कुरालाई सकार्ने वा सिद्ध गर्ने काम । — कर्ता— वि॰ समर्थन गर्ने; अनुमोदन जनाउने; समर्थक । ~ पुस्तिका— ना॰ पासबुक । >
समर्थनीय— वि॰ समर्थन गर्न योग्य; अनुमोदन गर्न उचित । समर्थ मानव— ना॰ [सं॰] नृतत्त्वका दक्षिणी नरवानर र लुप्तशृङ्खला ।
समर्थित— वि॰ [सं॰] समर्थन वा पुष्टि गरिएको; ठीक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित ।
समर्पक— वि॰ [सं॰] श्रद्धापूर्वक दिने वा चढाउने; समर्पण गर्ने ।
समर्पण— ना॰ [सं॰] १. श्रद्धासाथ कसैलाई कुनै चीज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण । २. आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम ।
समर्पित— वि॰ [सं॰] १. समर्पण गरिएको; चढाइएको । २. सुम्पिएको ।
समवकार— ना॰ [सं॰] पुराणइतिहास आदिसित सम्बन्धित कुनै देवता वा असुरको कथा भएको, विमर्श सन्धिबाहेक अन्य चारैवटा सन्धि हुने र वीररसप्रधान, तीनअङ्के रूपक; एक प्रकारको पूर्णाङ्की रूपक; एक प्रकारको पूर्णाङ्की नाटक ।
समवयस्क— वि॰ [सं॰] समान वा एउटै उमेरको; उमेरमिल्दो; दौँतरी ।
समवर्ती— वि॰ [सं॰] सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको ।
समवाय— ना॰ [सं॰] १. समुदाय; समूह; जमात; समष्टि । २. घनिष्ठ सम्बन्ध; अटुट साइनो । ३. गहिरो मेल वा मिलाप; अविच्छिन्न संयोग ।
समवितरण— ना॰ [सं॰] खाद्यान्न वा वस्त्रादिको कमी भएका नागरिकहरूलाई प्रतिदिन, प्रतिसप्ताह वा प्रतिमासका लागि निर्धारित वस्तुहरू समान मात्रामा वितरण गर्ने कार्य वा व्यवस्था ।
समवेत— वि॰ [सं॰] १. एकत्र भएको; जोरिएको; सम्मिलित । २. घनिष्ठता वा अभेद्य रूपले सम्बन्धित; अन्तर्भूत ।
समवेदना— ना॰ [सं॰] १. आफन्तहरू मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्युवियोग, दुःखविपद् आदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदना वा दुःखको अनुभव । २. त्यस्तो वेदना वा दुःखको अनुभव हुँदा प्रकट गरिने भाव; सहानुभूति । ~ सन्देश— ना॰ शोकाकुल व्यक्ति वा परिवारलाई पठाइने समवेदना वा दुःखयुक्त सन्देश ।
समशीतोष्ण— वि॰ [सं॰] शीत र उष्म सम भएको; ज्यादा गर्मी पनि नहुने र ज्यादा ठन्डा पनि नहुने । ~ कटिबन्ध— ना॰ भूमध्यरेखादेखि साढे तेइस र साढे छयसट्ठी अंशका बीचमा पर्ने, शीत र उष्म समान भएको, उत्तर र दक्षिणका दुई भाग ।
समष्टि— ना॰ [सं॰] उस्तै खालका वा भएभरका वस्तुहरूको मेल; व्यक्तिको समूह वा जमात । ~ मूलक— वि॰ मूल रूपमा समष्टि भएको; समष्टिको प्रमुखता हुने । — वाद— ना॰ व्यक्तिलाई प्रधानता नदिई सामाजिक र सामूहिक नियन्त्रण नै मानवीय विकासका निम्ति अनिवार्य मानिने तथा देशको शासनव्यवस्था वा सम्पूर्ण उत्पादन र उत्पादित वस्तुहरूको अधिकार समष्टि रूपमा जनताको हातमा हुनुपर्छ भन्ने राजनीतिक सिद्धान्त वा विचारधारा । —
वादी— वि॰ समष्टिवादसम्बन्धी; समष्टिवादलाई मान्ने ।
समसमागमी— ना॰ [सं॰] समलिङ्गीहरूका बीच यौनक्रीडा गर्नेहरूको वर्ग ।
समसाँझै— क्रि॰ वि॰ [सम+साँझ+ऐ] साँझ पर्न लाग्दा; मध्य साँझमा
समसामयिक— वि॰ [सं॰] एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो— समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ॰) ।
समसेर— ना॰ [फा॰ शम्शीरे १. तरबार । २. राणापरिवारका पुरुष व्यक्तिहरूले नामको पछाडि जोर्ने शब्द (जस्तो— देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर इ॰) ।
समस्त— वि॰ [सं॰] १. जे–जति छ सबै; सम्पूर्ण; तमाम; सारा । २. पूर्णतः गाँसिएको वा मिसिएको; संयुक्त ।
समस्तर— ना॰ [सं॰] वर्ग, स्थिति, गुण, आवश्यकता आदि दृष्टिले समान स्तर; बराबरी वा एकनासको तह । (उदा॰— बजारभाउ नियन्त्रण गर्न मालको मूल्यमा समस्तर–निर्धारणको आवश्यकता छ) । ~ निर्धारण— ना॰ भिन्नभिन्न शिक्षणसंस्थाबाट पढेर आएका शिक्षार्थीहरूको डिग्रीलाई तत्सम्बन्धी पाठ्यक्रम अध्ययन गरी खास तहअनुरूपको हो भनी तोकिदिने प्रक्रिया ।
समस्थल— वि॰ [सं॰] होचो अग्लो नभएको; सम्म परेको; समथर ।
समस्या— ना॰ [सं॰] १. समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली तामिल गर्नुपर्ने कुरो; जटिल अवस्था । २. गाँठो फुकाउनुपर्ने कुनै विषय वा कुरो; अड्को । ३. कल्पना तथा भाव भरी छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय । ~ पूर्ति— ना॰ समस्या दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यबारा स्पष्ट पारी विभिन्न पाद बनाएर पूरा गर्ने काम ।
समाइ— ना॰ [रू समाउ (+आइ॰] समाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] समाइनु— क॰ क्रि॰ समाउने काम गरिनु; समातिनु ।
समाउ–नु— स॰ क्रि॰ [सं॰ समानयने १. कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु । २. कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु । ३. प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु । ४. स्वीकार गर्नु; अँगाल्नु ।
समाकलन— ना॰ [सं॰] राम्रोसँग गणना गर्ने वा तथ्याङ्क मिलाउने काम ।
समाकुल— वि॰ [सं॰] १. साह्रै घबडाएको; ज्यादै आकुल । २. घुइँचो भएको; भरिभराउ । समाक्षर लोप— ना॰ [सं॰] नजिकै रहेका दुइटा समान ध्वनिहरूमध्ये उच्चारणसुविधाका लागि कुनै एक ध्वनि हराउने प्रक्रिया (जस्तै— खरिददार > खरिदार॰ ।
समाख्याता— वि॰ [सं॰] कुनै कुराको राम्ररी व्याख्या वा वर्णन गर्ने ।
समाख्यान— ना॰ [सं॰] राम्ररी गरिएको व्याख्या वा वर्णन; विवरण; बयान ।
समागत— वि॰ [सं॰] सुबिस्तासाथ आइपुगेको; फिर्किएको; आएको ।
समागम— ना॰ [सं॰] १. नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात । २. एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम । ३. स्त्रीप्रसङ्; सम्भोग ।
समाचार— ना॰ [सं॰] १. भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश । २. असल आचरण; राम्रो चालचलन । ~ चित्र— ना॰ दृश्यसाधनका रूपमा कुनै घटनाविशेषको वर्णन गर्ने चलचित्र । — दाता— ना॰ समाचार दिने व्यक्ति; संवाददाता । ~ पत्र— ना॰ विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र (दैनिक, साप्ताहिक आदि॰; अखबार । ~ पत्रिका— ना॰ समाचारपत्र । ~ समिति— ना॰ समाचारको सङ्कलन, वितरण आदि गर्ने अधिकृत संस्था वा निकाय (जस्तै— नेपालको रा॰ स॰ स॰, भारतको पी॰ टी॰ आई॰, चीनको सिन्ह्वा, जापानको क्योडो, फ्रान्सको ए॰ एफ॰ पी॰ इ॰) । ~ सूचना— ना॰ समाचारपत्रका निम्ति आवश्यक वा समाचारका रूपमा प्रकाशित सूचना । ~ स्रोत— ना॰ समाचार प्राप्त गराउने कुनै पनि साधन, सम्बन्धित व्यक्ति, प्रतिनिधि वा समिति ।
समाज— ना॰ [सं॰] १. एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह । २. सज्जनहरू भेला भई बस्ने ठाउँ । ३. कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ (जस्तो— आर्यसमाज, ब्रह्मसमाज, थारूसमाज आदि) । — परक समालोचना— ना॰ साहित्यलाई समाजसापेक्ष सम्झने र उयोगितावादी दृष्टिले साहित्यको मूल्याङ्कन गर्ने सिद्धान्त ।
समाजवाद— ना॰ [सं॰] समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त ।
समाजवादी— वि॰ [सं॰] १. समाजवादलाई रुचाउने; समाजवादको अनुयायी । २. समाजवादसम्बन्धी; समाजवादको । ~ जनवाद— ना॰ समाजवादी प्रजातन्त्र । ~ प्रजातन्त्र— ना॰ समाजवादी व्यवस्थाअन्तर्गत देशका बहुसङ्ख्यक श्रमिकवर्गका लागि जनवादी अधिकारहरूको व्यवस्था गरिने शासनपद्धति; समाजवादी जनवाद (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित शासनव्यवस्था) । ~ व्यवस्था— ना॰ श्रमिक वा मजदुरवर्गको नेतृत्व र अधिनायकत्वमा समाजवाद क्रियान्वित भएको शासनव्यवस्था ।
समाजशास्त्र— ना॰ [सं॰] समाज र यसका संरचनाको सैद्धान्तिक अध्ययन गर्ने विद्या; मानवसमाज तथा संस्कृतिको उत्पत्ति, विकास आदिको विवेचना गरिएको शास्त्र । > समाजशास्त्री— वि॰ समाजशास्त्रको ज्ञाता वा विबान् ।
समाजी— वि॰ [सं॰] १. समाजको; समाजसम्बन्धी । २. कुनै समाजमा सदस्यका रूपमा रहेको (जस्तो— आर्यसमाजी, ब्रह्मसमाजी आदि॰ ।
समात्–नु— स॰ क्रि॰ [सं॰ सम+आत्त] १. अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु । २. कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु । ३. प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु । ४. कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु । > समाताइ— ना॰ समात्ने काम वा किसिम । समातासमात— ना॰ परस्परमा एकले अर्कालाई समात्ने काम । समातिनु— क॰ क्रि॰ समाइनु; पक्रिनु ।
समादर— ना॰ [सं॰] विशेष आदर वा सम्मान; प्रतिष्ठा । >
समादरणीय— वि॰ समादर गर्नुपर्ने; समादर गर्न योग्य ।
समादान— ना॰ [फा॰ समायने मैनबत्ती राखेर बालिने भाँडोविशेष ।
समादृत— वि॰ [सं॰] राम्रो किसिमले आदरसत्कार गरिएको; सम्मानित ।
समादेश— ना॰ [सं॰] सरकारको विशेष आदेश; राजाज्ञा; हुकुम । श्र समादेशक— वि॰ समादेश वा हुकुम दिने; उर्दी गर्ने; कमान चलाउने ।
समाधान— ना॰ [सं॰] १. सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण । २. कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी । ३. राम्ररी मिलाउने वा स्थापना गर्ने काम । ४. मनको एकाग्र चिन्तन; समाधि ।
समाधि— ना॰ [सं॰] १. ब्रह्मचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था । २. सम्पूर्ण क्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योगसाधनाको फल । ३. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप; साधना । ४. योगी वा महात्माहरूको देहत्याग । ५. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान । ६.साहित्यमा अन्य कारणबारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार । ~ क्षेत्र— ना॰ योगीको लास गाडिने ठाउँ; मरणघाट; चिहानडाँडो । श्र समाधिस्थ— वि॰ १. समाधि लिएर बसेको; समाधि लगाएको । २. ध्यानस्थ । ~ स्थल— ना॰ समाधिक्षेत्र ।
समाधेय— वि॰ [सं॰] १. परस्परमा सम्झाई–बुझाई मेलमिलाप गरिने (विवाद, झगडा आदि॰ । २. समाधान गर्न सकिने ।
समान— वि॰ [सं॰] १. तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य । ना॰ २. शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक । — ता— ना॰ समान हुने चाल वा स्थिति; तुल्यता; सादृश्य; साम्य । ~ हक— ना॰ जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार ।
समानाधिकरण— वि॰ [सं॰] १. उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको । २. व्याकरणमा एकै कारकको विभक्तिले युक्त । ना॰ ३. उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द । ४. कारकको समान सम्बन्ध ।
समानान्तर— वि॰ [सं॰] १. दुवै कोण वा छेउ बराबरीको फरकमा रहेको; समान्तर । २. रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरीय । ३. केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी । ४. पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई वा फाटी मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था) । ५. कुनै व्यक्ति वा कुराको विकल्पका रूपमा पेस भएको वा उभिएको । ~ मतदान— ना॰ पक्षविपक्ष दुवैतिर वा दुई समूहमा समान अन्तर भएको मतदान । ~ रेखा— ना॰ १. बराबरको दूरीमा रहेका वा खिचिएको रेखा । २. एक अक्षांशका स्थानबाट खिचिएका रेखा । ~ सरकार— ना॰ कुनै देशको विद्यमान सरकारको प्रतिस्पर्धा वा विरोधमा स्थापित तथा केही भागमा शासन गर्ने अर्को सरकार; प्रतिसरकार रू
समानार्थक— वि॰ [सं॰] समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय । (जस्तै— आकाशका समानार्थक शब्द— नभ, व्योम, गगन, सगर, अकास आदि॰ ।
समानार्थी— वि॰ [सं॰] समान अर्थ दिने; समानार्थक ।
समानुपात— ना॰ [सं॰] कुनै वस्तुको बराबरीको परिमाण वा मात्रा; एकनासको अनुपात ।
समानुपातिक— वि॰ [सं॰] समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने । ~ प्रतिनिधित्व— ना॰ क्षेत्र, जनसङ्ख्या, वर्ग आदिका आधार वा अनुपातले हुने तथा गरिने प्रतिनिधित्व ।
समान्तर— वि॰ [सं॰] हे॰ समानान्तर ।
समानुपाती— वि॰ [सं॰] समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी ।
समापक— वि॰ [सं॰] थालेको काम पूरा गर्ने वा टुङ्ग्याउने; कार्य समाप्त गर्ने (उदा॰— यस अनुष्ठानको समापक तपाईँ नै हुनुहुन्छ॰ ।
समापन— ना॰ [सं॰] १. कुनै कार्य पूर्ण गर्ने काम; कार्यको सम्पन्नता; समाप्ति; टुङ्ग्याइ । २. उपलब्धि; प्राप्ति । ३. मार्ने काम; हिंसा; नाश । ~ प्रस्ताव— ना॰ पहिलेदेखि चलेको कुनै वादविवाद, छलफल आदिलाई टुङ्ग्याउन ल्याइएको प्रस्ताव; विवादान्त प्रस्ताव । ~ समारोह— ना॰ विभिन्न काम वा चरणमा विभाजित गरी पूर्ण भएको कुनै कार्यक्रम वा आयोजनालाई विसर्जन गरिने समारोह । > समापनीय— वि॰ समापन गर्न वा हुन योग्य; समाप्त हुन उचित; समाप्य ।
समापन्न— ना॰ [सं॰] १. संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना । वि॰ २. त्यस्तो घटना वा कार्यका रूपमा आएको; घटित । ३. पूरा भएको; समाप्त । ४. दुःखी; पीडित । ५. मारिएको ।
समापवर्तक— वि॰ [सं॰] १. समापवर्तन गर्ने । ना॰ २. गणितमा दुई वा धेरै राशिलाई अलगअलग भाग गर्दा शेष नरहने गरी भाग गर्न सकिने सङ्ख्या (जस्तो— २७, ३६, ४५ अङ्कलाई ( ले भाग दिँदा केही शेष रहँदैन । यसैले ( उक्त तीनवटै राशिको समापवर्तक हो॰ ।
समापवर्तन— ना॰ [सं॰] गणितमा समापवर्तक निकाल्ने क्रिया– प्रक्रिया ।
समापिका— वि॰ [सं॰] सम्पन्न गर्ने; समाप्त गर्ने; पूरा गर्ने; (स्त्री॰ । ~ क्रिया— ना॰ व्याकरणका दृष्टिले वाक्य पूरा गर्न आउने र पूर्ण अर्थ दिने क्रियापद (जस्तो— जान्छ, जान्छु आदि॰ ।
समापित— वि॰ [सं॰] समापन गरिएको; पूर्ण गरिएको; समाप्त ।
समाप्त— वि॰ [सं॰] सिद्धिएको; पूरा भएको; टुङ्गिएको; बाँकी नरहेको । ~ पुनरादान— ना॰ वाक्य पूरा भइसकेपछि त्यसभित्र पद जोड्दा हुने वाक्यदोष । > समाप्तम्— ना॰ १. तमसुक वा पुराना चिट्ठीपत्र आदिका पुछारमा लेखिने शब्द । २. समाप्ति ।
समाप्ति— ना॰ [सं॰] भइरहेको वा चलिरहेको कामकुराको अन्त वा टुङ्ग्याइ; टुङ्ग्याउनी । > समाप्तिक— ना॰ १. वेदको अध्ययन समाप्त गर्ने व्यक्ति । वि॰ २. समाप्त वा पूरा गर्ने; समापक ।
समाप्य— वि॰ [सं॰] समाप्त गर्न योग्य; पूरा गर्न लायक ।
समायोग— ना॰ [सं॰] १. सम्बन्ध; संयोग; भेट । २. तयारी । ३. राशि; सङ्ग्रह ।
समायोजक— ना॰ [सं॰] समायोजन गर्ने व्यक्ति ।
समायोजन— ना॰ [सं॰] १. कसैलाई वा कुनै कुरालाई वातावरण, परिस्थिति आदिको अनुक¨ल बनाउने काम; वातावरण, परिस्थिति आदिसँग मिल्दोपन । २. आवश्यक परेका वा खोजेका बेला पाइने गरी मालसामान जोरजाम गर्ने वा जगेडा राख्ने काम । ३. संयोजन; सन्तुलन ।
समारम्भ— ना॰ [सं॰] १. विशेष किसिमले वा राम्ररी गरिएको आरम्भ; कुनै शुभ कामको आरम्भ; शुभारम्भ । २. उद्यम । ३. अङ्गराग ।
समारोह— ना॰ [सं॰] १. कुनै चाडपर्व वा विशेष अवसरमा राम्रो तयारीका साथ गरिने आयोजना; सजधजका साथ मनाइने उत्सव । २. राम्ररी मास्तिर चढ्ने काम; उक्लने काम ।
समार्थक— वि॰ [सं॰] हे॰ समानार्थक ।
समार्थी— वि॰ [सं॰] हे॰ समानार्थी ।
समाल्–नु— स॰ क्रि॰ सँभाल्नु । > समालाइ— ना॰ समाल्ने भाव, क्रिया वा प्रक्रिया । समालिनु— अ॰ क्रि॰ धैर्य लिएर बस्नु; सँभालिनु ।
समालोचक— ना॰ [सं॰] १. कुनै साहित्यिक कृति, रचना वा अन्य प्रकारका विषयवस्तुको समालोचना गर्ने व्यक्ति; आलोचक; समीक्षक । वि॰ २. टीकाटिप्पणी गर्ने; गुणदोष देखाउने ।
समालोचन/समालोचना— ना॰ १. कुनै विषयवस्तु वा कुराका राम्रानराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम । २. कुनै साहित्यकारका विशेषता वा साहित्यिक कृतिका गुणदोषको वस्तुगत विवेचना । ३. कुनै ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध; आलोचना; समीक्षा ।
समालोचित— वि॰ [सं॰] समालोचना गरिएको; आलोचित ।
समालोच्य— वि॰ [सं॰] समालोचना गर्नुपर्ने; समालोचना गर्न योग्य ।
समापवर्तन— ना॰ [सं॰] १. प्राचीन हिन्दूपरम्पराअनुसार ब्रह्मच– र्याश्रममा रही वेदवेदाङ्गको अध्ययन पूरा गरी गुरुकुलको ब्रह्मचर्याश्रमबाट गृहस्थाश्रममा फर्कने क्रिया; बिजातिका षोडश संस्कारमध्ये एक । २. गएको ठाउँबाट फर्केर आउने क्रिया; पुनरागमन; प्रत्यागमन । ३. विश्वविद्यालयका स्नातक वा सोभन्दा माथिका परीक्षामा समुत्तीर्ण भएका स्नातकहरूलाई उपाधि वितरण गर्ने कार्य; उपाधिवितरणोत्सव; दीक्षान्त समारोह ।
समाविष्ट— वि॰ [सं॰] १. समावेश वा सामेल गरिएको; सम्यक् प्रविष्ट । २. अर्का]भित्र समावेश भएको; अन्तर्भाव भएको; राम्ररी अटाएको ।
समावृत्त— वि॰ [सं॰] १. राम्ररी घेरा हालिएको; घेरिएको । २. छोपिएको; ढाकिएको ।
समावेदन— ना॰ [सं॰] राम्ररी तयार गरिएको आवेदन; विशेष रूपको निवेदन; बिन्तीपत्र ।
समावेश— ना॰ [सं॰] १. सामेल गर्ने वा गराउने काम; सम्यक् प्रवेश । २. कुनै विषय वा वस्तु अर्को विषय वा वस्तुभित्र मिल्ने काम; अन्तर्भूत हुने क्रिया; अन्तर्भाव ।
समाश्रय— ना॰ [सं॰] १. राम्रो किसिमको आश्रय; सहारा । २. कसैको आडभरोसा लिने काम; कसैको आश्रयमा जाने स्थिति वा प्रक्रिया ।
समाश्रित— वि॰ [सं॰] कसैको सहारा वा आडमा बसेको; सम्यक् आश्रित ।
समास— ना॰ [सं॰] १. व्याकरणअनुसार शब्दरचनाका क्रममा दुई वा दुईभन्दा बढी शब्द नियमानुसार विभक्तिलोप, ध्वनिहरूको हेरफेर, संयोग आदि भई पूरै पदको एउटै अर्थ वा शब्दानुसारको अर्थ बुझाउने गरी मिल्ने, एउटै पद बन्ने वा समस्त हुने काम; परस्पर सम्बन्ध रहने मुक्त शब्दहरूको एकमेल हुने काम
(जस्तै— घरको काज = घरकाज, सानी आमा = सानीमा, दुई बाटाको समूह = दोबाटो, घर र बारी = घरबारी इ॰) । २. उपर्युक्त प्रकारले विभिन्न रूपबाट समास हुने तत्पुरष, कर्मधारय, बिगु, बन्ब, बहुव्रीहि, अव्ययीभाव आदि भेद वा प्रकार । ३. सङ्क्षेप । ४. सानोमा धेरै अटाउने काम । > समासित— वि॰ समास भएको; मिलेको; समस्त । समासीन— वि॰ १. राम्ररी बसेको । २. उच्च आसनमा बसेको वा विराजमान भएको ।
समासोक्ति— ना॰ साहित्यमा प्रकृत कुरामा कार्य, स्त्री–पुलिङ्ग, विशेषण आदिको समानताबाट अप्रकृतको व्यवहारको आरोप गरी देखाएमा हुने एक अर्थालङ्कार; लिङ्ग, क्रिया र विशेषणको समानताले अर्को अर्थ पनि झल्किने भएमा हुने एक अर्थालङ्कार ।
समाहरण— ना॰ [सं॰] १. एक स्थानमा एकत्रित गर्ने काम; जम्मा गर्ने काम; सङ्ग्रह; बटुलाइ । २. राशि; रास; थुप्रो ।
समाहर्ता— वि॰ [सं॰] १. कुनै वस्तु आदिलाई एक ठाउँमा जम्मा गर्ने; सङ्ग्रह गर्ने । ना॰ २. राजकर वा तिरो उठाउने अधिकारी ।
समाहा— ना॰ [सं॰ सम+आहो खेतमा बढ्ता भएको पानी निकाल्ने निकास ।
समाहार— ना॰ [सं॰] १. धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण । २. समूह; राशि । ३. मिलाउने वा जोर्ने काम; मेल; मिलाप रू ४. कर्मधारय समासको एक भेद ।
समाहित— वि॰ [सं॰] १. एक ठाउँमा जम्मा गरिएको; एकत्रित । २. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियका चाहनाहरूमाथि विजय पाएको; शान्त स्थितिमा भएको; शान्त । ३. समाधान गरिएको; टुङ्गो लगाइएको । ४. समाधिमा रहेको; समाधिस्थ ।
समाह्वान— ना॰ [सं॰] फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्त वा साक्षीलाई अदालतबाट पठाइने पुर्जी; समन ।
समिज— ना॰ महिलाहरूले लगाउने गन्जीविशेष ।
समिति— ना॰ [सं॰] १. कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल । २. परिषद्; सभा । ३. सभा; कचहरी ।
समिधा— ना॰ [सं॰ समिध्] विशेष गरी यज्ञकुण्डमा बालिने दाउरा; दाउरा; इन्धन ।
समियाना— ना॰ [फा॰ शामियानो सामियाना ।
समीकरण— ना॰ [सं॰] १. समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम । २. गणितमा ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया ।
समीक्षक— वि॰ [सं॰] समीक्षा गर्ने (व्यक्ति॰; समालोचक ।
समीक्षा— ना॰ [सं॰] १. कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना । २. कुनै विषयवस्तुबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण । ३. कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम । ४. राम्रोसित गरिएको जाँच; नियालेर गरिएको जाँच; सम्यक् परीक्षा । >
समीक्षालय— ना॰ अधिराज्यका विभिन्न गाउँ, नगर, जिल्ला, अञ्चल आदिमा भएका विभिन्न विषयको उन्नतिप्रगतिलाई तालिकाका रूपमा देखाइने घर वा कोठा; प्रगति वा मूल्याङ्कनको प्रदर्शनशाला । समीक्षित— वि॰ राम्ररी जाँचेर गुणदोषको विवेचना गरिएको; समीक्षा गरिएको । समीक्ष्य— वि॰ १. समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य । ना॰ २. मीमांसाशास्त्र ।
समीचीन— वि॰ [सं॰] १. हरेक दृष्टिले उचितः न्यायसङ्गत । २. उपयुक्त । ३. वास्तविक । — ता— ना॰ समीचीन हुनाको भाव वा अवस्था ।
समीप— ना॰ यो॰ [सं॰] १. निकट; वर; नजिक । ना॰ २. निकटता; सामीप्य । — ता— ना॰ समीप हुनाको भाव वा अवस्था; सामीप्य; निकटता । — वर्ती— वि॰ समीप वा छेउमा रहेको ।
समीभवन— ना॰ [सं॰] संयुक्त व्यञ्जनहरू एक अर्काको प्रभावमा आएर प्रभावित वा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया; व्यञ्जनसन्धि । (समीभवन प्रगत, परागत र पारस्परिक गरेर तीन प्रकारका छन्॰ ।
समीर— ना॰ [सं॰] १. वायु; पवन; हावा । २. प्राणवायु । >
समीरण— ना॰ १. समीर; हावा । २. यात्री; पथिक । वि॰ ३. चलिरहेको; चल्ने; गतिशील ।
समुचित— वि॰ [सं॰] १. नियमकानुन वा व्यवहारका दृष्टिले ठीक; उचित; न्यायसङ्गत । २. सुहाउँदो; उपयुक्त । ३. यथेष्ट; पर्याप्त; पुग्दो ।
समुच्चय— ना॰ [सं॰] १. जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ । २. राशि; थुप्रो । ३. साहित्यमा कुनै एउटा कार्यसाधक हुँदाहुँदै अर्को पनि त्यसको साधक हुने वा भएको वर्णन गर्दा पर्ने अलङ्कार ।
समुच्चा— वि॰ [सं॰ समुच्चये सम्पूर्ण; जम्मै ।
समुज्ज्वल— वि॰ [सं॰] खूब उज्यालो वा चम्किलो; अत्यन्त उज्ज्वल; चहकिलो ।
समुत्तीर्ण— वि॰ [सं॰] कुनै परीक्षा आदिमा राम्ररी उत्तीर्ण भएको; राम्रोसँग पास भएको; सम्यक् रूपमा उत्तीर्ण ।
समुत्थान— ना॰ [सं॰] १. राम्रोसित उठ्ने काम; सम्यक् उत्थान । २. उभ्याउने वा खडा गर्ने क्रिया । ३. उठान; थालनी; आरम्भ । ४. अभ्युत्थान ।
समुत्पत्ति— ना॰ [सं॰] १. राम्ररी उत्पन्न हुने काम; सम्यक् उत्पत्ति । २. जन्म ।
समुत्पन्न— वि॰ [सं॰] १. राम्ररी उत्पन्न भएको; सम्यक् रूपमा उत्पन्न । २. जन्मेको; पैदा भएको ।
समुत्सुक— वि॰ [सं॰] साह्रै उत्सुक; उत्कण्ठित । — ता— ना॰ समुत्सुक हुनाको भाव वा स्थिति; उत्कण्ठा ।
समुदाय— ना॰ [सं॰] १. धेरै मानिस वा वस्तुको समूह । २. दल; जमात । ३. कुनै उद्देश्यविशेषले स्थापित वा सञ्चालित संस्था वा समिति ।
समुद्यत— वि॰ [सं॰] १. राम्ररी तयार परेको वा पारिएकाग्] उद्यत । २. कुनै कामकुरामा राम्ररी जुटेको; लागेको; तत्पर ।
समुद्र— ना॰ [सं॰] १. पृथ्वीको स्थलभागलाई घेरेर रहेको नुनिलो पानीको अगाध राशि; सागर; उदधि; समुन्द्र । २. कुनै विषय, वस्तु वा गुणको ठूलो खानी । — पार— ना॰ समुद्रको पारिपट्टि भएका देश वा भूभाग (युरोप र अमेरिका) । ~ फल— ना॰ काउलाका जस्ता पात, राता फूल र टुप्पामा जुँगा हुने र प्याजी रबका फल हुने एक जातको वृक्ष; त्यसैको फल; तुवरक । — फिँज/फेन— ना॰ १. गाढा पहेँला रबका गेडा फल्ने एक जातको मसिनो धान वा त्यसैको चामल । २. कान आदि दुख्ता औषधीका रूपमा प्रयोग गरिने, समुद्रको फेनबाट बनेको पदार्थ; समुद्रको फीँज । ~ मथन/मन्थन— ना॰ १. देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी आदि चौध रत्न प्राप्त भएको एक पौराणिक प्रसङ्ग । २. समुद्रलाई मथन गर्ने काम ।
समुद्री— वि॰ [सं॰ समुद्रीये समुद्रमा हुने; समुद्रको; समुद्रसम्बन्धी । ~ उडान— ना॰ समुद्रमाथि गरिने उडान । ~ गाई— ना॰ अफ्रिकाको तटदेखि बङ्गालको खाडीसम्म पाइने, शाकाहारी, साढे तीन मिटरजति लम्बाइ हुने, माछाको जस्तो पुछारमा पखेटा र बहनाजस्तो अवयव भएको, अन्दाजी एक सय पचास के॰जी॰ वजन हुने स्तनधारी समूहको समुद्री जन्तु । ~
गैँडा— ना॰ छोटा, हात्तीका जस्ता खुट्टा हुने, गैँडाभन्दा अलि सानो तर जीउ उस्तै भद्दा र ठूलो टाउको भएको, पानी र जमिन दुवैमा बस्न सक्ने भए तापनि प्रायः पानीमै बसिरहने अफ्रिकी जन्तु । ~ घोडा— ना॰ पुच्छरले झारपात समात्न सक्ने, खबटे परेको शरीर, घोडाको जस्तो ठूलो टाउको तर लामो थुतुनो भएको, समुद्रमा पाइने एक प्रकारको माछा । (यो जातिको माछामा भाले माछाले नै ओथारा बस्ने काम गर्छ) । ~ डाँकु— ना॰ समुद्रमा हिँड्ने जहाज आदिमा डाँका गर्ने व्यक्ति; जलदस्यु । ~ धरातल— ना॰ समुद्रभित्रको जमिनको सतह । ~ मार्ग— ना॰ पानीजहाज आदिबारा आवागमन गरिने समुद्रको बाटो । ~ मौसम आयोग— ना॰ समुद्रको मौसमका बारेमा जानकारी हासिल गर्नका निम्ति बनेको आयोग । ~
वायु— ना॰ समुद्री सतहबाट बहने मन्द वायु । ~ विज्ञान— ना॰ समुद्रका बारेमा विस्तृत चर्चा भएको शास्त्र; समुद्रसम्बन्धी विज्ञान । ~ विमान आयोग— ना॰ सामुद्रिक विमानसम्बन्धी कुराको जानकारीका लागि गठित आयोग । ~ सिंह— ना॰ समुद्रमा पाइने, दस फिट लामो शरीर र दुई हजार पाउण्ड जति वजन भएको, पानीमा बस्दाबस्दा हातखुट्टा बहनाजस्तो भइसकेको, जुँगा भएको, जमिनमा पनि हिँड्न सक्ने, भालेको गर्धनमा अलिअलि जगर भएको जन्तु । ~ सुरक्षा समिति— ना॰ सामुद्रिक सुरक्षासम्बन्धी कुराका लागि गठन गरिएको समिति ।
समुन्द्र— ना॰ [सं॰ समुद्रे समुद्र; सागर । ~ फल— ना॰ लामो मुटुको आकारका, तीखो टुप्पा भएका हरिया पात हुने, गुलाफको जस्तो फूल फुल्ने, आयुर्वेदमा जरा शक्तिवर्द्धक, वातनाशक र स्नायुसम्बन्धी रोगमा तथा पात चर्मरोगमा हितकर मानिएको एक लहरे बोट ।
समुन्नत— वि॰ [सं॰] १. बेसरी माथि उठेको वा ज्यादै उचाइमा पुगेको । २. खुबै अग्लो; निकै उचो । ३. प्रशस्त उन्नति गरेको; विद्याकौशल, धनधान्य आदिका दृष्टिले सम्पन्न । > समुन्नति— ना॰ १. समुन्नत हुने काम; उच्चता । २. विद्या, वैभव आदिका दृष्टिले हुने सम्पन्नता; ठूलो उन्नति; अभ्युदय; समृद्धि ।
समुपस्थित— वि॰ [सं॰] राम्रो रूपमा उपस्थित भएको; सम्यक् उपस्थित । > समुपस्थिति— ना॰ त्यसरी उपस्थित हुने काम ।
समुल्लास— ना॰ [सं॰] १. धेरै आनन्द; साह्रै खुसियाली; ठूलो हर्कबढाइँ । २. ग्रन्थको परिच्छेद ।
समूल— वि॰ [सं॰] १. जरा भएको; मूलसहितको; मूलयुक्त । २. कारणसहितको; सकारण ।
समूह— ना॰ [सं॰] १. एकै ठाउँमा धेरै वस्तुहरूको थुप्रो; धेरै वस्तुहरूको समुदाय; राशि । २. धेरै मानिसहरूको जमात; हूल । ~ गान/गीत— ना॰ धेरै जना मिलेर एकसाथ एकै स्वरमा गाइने गीत; सामूहिक रूपमा गाइने गान; समूहगीत; मागल । — वाद— ना॰ १. उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड दिने सिद्धान्त । २. बेलायतका लास्कीबारा प्रतिपादित एक राजनीतिक सिद्धान्त । ~ विभाजन— ना॰ शिक्षार्थीहरूलाई खास पाठ्यवस्तुमा विस्तृत अभ्यास वा जानकारी दिन कक्षालाई ससाना समूहमा बाँड्ने क्रिया । — शील— वि॰ १. समूहमा रहने, मिल्ने वा पाइने । २. सामूहिक (गुण॰ । > समूहीकरण— ना॰ विभिन्न एकाइलाई समूहबद्ध गर्ने काम । समूहीकृत— वि॰ एकत्र पारिएको; थुप्य्राइएको; जम्मा गरिएको ।
समृद्ध— वि॰ [सं॰] १. धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको । २. उन्नतिशील; उन्नत । > समृद्धि— ना॰ १. समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता । २. उन्नति; अभ्युदय; बढिबढाउ ।
समेट्–नु— स॰ क्रि॰ [सं॰ सीमित+नु] १. यताउति छरिएर रहेका व्यक्ति, वस्तु वा विचारलाई एकत्र पार्नु; सँगेट्नु । २. गुटमुट्याउनु । > समेटसामेट— ना॰ समेट्नेमिलाउने काम ।
समेटाइ— ना॰ समेट्ने भाव, क्रिया वा प्रक्रिया । समेटाइनु— क॰ क्रि॰ समेट्न लाइनु । समेटाउनु— प्रे॰ क्रि॰ समेट्न लाउनु ।
समेटिनु— क॰ क्रि॰ समेट्ने काम गरिनु; सँगेटिनु ।
समेत— ना॰ यो॰ [सं॰] १. सहित; सुद्ध । वि॰ २. कसैका साथ लागेको वा मिलेको; युक्त ।
समेना— ना॰ [अ॰ शामियानो ठूलो चारैतिर खुला हुने एक किसिमको पाल; सामियाना ।
समेलो— ना॰ [समाल्+एलो] १. कुनै काम गर्दाको छरितोपन । २. समेटसामेट । समोच्च रेखा— ना॰ [सं॰] समान उचाइका स्थानहरूलाई जोड्ने रेखा ।
समोसा— ना॰ [हि॰] भित्रपट्टि पकाएको आलु, नुन मसला आदि हाली, तीनचुच्चे पारी तेल वा घिउमा पकाइएको गहुँको पीठाको खाद्य वस्तु; सिँगाडा ।
सम्चार— ना॰ [सं॰ समाचारे समाचार; खबर ।
सम्झ–नु— स॰ क्रि॰ [प्रा॰ सम्बुज्झ+नु] १. पहिले बितेका वा घटेका घटना वा कुराको सम्झना गर्नु; स्मरण गर्नु; याद गर्नु । २. कुनै विषयवस्तु वा कुरो बुझ्नु । ३. ठान्नु ।
सम्झना— ना॰ [सम्झ+नो कुनै व्यक्ति, वस्तु, घटना, कुरा आदिलाई सम्झने काम; स्मृति; याद; स्मरण । ~ राख्नु— टु॰ १. नबिर्सनु । २. चिनु राख्नु ।
सम्झाइ— ना॰ [रू सम्झ (+आइ॰] सम्झने भाव, क्रिया वा प्रक्रिया । [ > ] सम्झाइनु— क॰ क्रि॰ सम्झन लाइनु ।
सम्झाउनी— ना॰ [सम्झ+आउ+नी] १. सम्झनाका निम्ति दिइने कुनै चीज । २. सम्झनामा रहने गरी गरिएको कामकुरो । —
बिर्साउनी— ना॰ सम्झनामा रहने र बिर्सन सकिने दुवै हुने कुनै चीज वा कामकुरो ।
सम्झाउनु— स॰ क्रि॰ [सम्झ+आउ+नु] झल्को दिलाउनु; सम्झना गराउनु; स्मरण दिलाउनु ।
सम्झिनु— क॰ क्रि॰ [सम्झ+इ+नु] सम्झना गरिनु ।
सम्झौटो— ना॰ [सम्झ+औटो] १. बिर्सिएको कुनै वस्तुलाई सम्झना गराउने वस्तु वा चिठीपत्र । २. कुनै कामकुरा भएको वा गरेको विषय सम्झनका निम्ति लेखिएको टिपोट वा लेखोट; स्मृतिपत्र ।
सम्झौता— ना॰ [सम्झ+औतो १. विभिन्न व्यक्ति, समूह वा देशका बीचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि । २. विरोधी विचारधारा भएका व्यक्ति, समूह, देश आदिका बीचमा हुने मेलमिलाप; सन्धि; सुलह ।
सम्ठ–नु— अ॰ क्रि॰ [सं॰ समष्टि+नु] १. सित्तैँमा अर्काको वस्तु जति सक्यो उति जम्मा हुनु । स॰ क्रि॰ २. परस्त्रीसँग व्यभिचार गर्नु । > सम्ठ्याइ— ना॰ १. सम्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; गुटमुट्याइ । २. पिटाइ । सम्ठ्याइनु— क॰ क्रि॰ सम्ठ्याउने काम गरिनु । सम्ठ्याउनु— स॰ क्रि॰ १. सोठ्याउनु । २. गुटमुट्याउनु ।
सम्धिनी— ना॰ [सम्धी+इनी] १. सम्धीको स्त्रीरूप; सम्धीकी स्त्री । २. छोरा वा छोरीकी सासू । ~ टपरो— ना॰ छोरीलाई घर पठाउँदा माइतीका तर्फबाट छोरीकी सासूका निम्ति सेलरोटी हाली पठाइने टपरो । ~ बाबर— ना॰ सेल पकाउँदा हालिने ताईभरिको बाबर । (यो बाबर पहाडतिर खास गरी तामाब जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ) । ~ रोटी— ना॰ छोरी घर पठाउँदा सम्धिनीका निम्ति पठाइने सेलरोटी आदिको भाग ।
सम्धी— ना॰ [सं॰ सम्बन्धी] छोरी वा छोराको ससुरो । ~ गाँठो— ना॰ केटाकेटीको विवाहपछि सम्धीढोग फुकाउँदा पारिने गाँठो । ~ टीका— ना॰ दुलहीका बाबुले दुलाहाका बाबुलाई लगाइदिने टीका । ~ पाती— ना॰ विवाहका अवसरमा सम्धीसम्धी भेट गर्ने विधि । ~ फेटा— ना॰ दुलहीका माइतीका तर्फबाट सम्धीलाई लगाइदिने फेटा । ~ भेटी— ना॰ विवाहका अवसरमा दुलहीका बाबुआमाका तर्फबाट सम्धीलाई दिइने भेटी । > सम्ध्याइलो— ना॰ सम्धी र सम्धीका नाता पर्ने इष्टमित्र; सम्धी र सम्धीका नातेदार । सम्ध्यौल— ना॰ सम्धीको घर ।
सम्पत्/सम्पत्ति— ना॰ [सं॰] १. कसैको निजी अधिकारमा रहेको चल वा अचल धन; धनदौलत । २. ऐश्वर्य; वैभव । ~ कर— ना॰ कुनै व्यवसायमा संलग्न व्यक्तिको सम्पत्ति निश्चित परिमाणभन्दा बढी भएमा ऐनअनुसार लाग्ने कर । ~ मूल्याङ्कन— ना॰ अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्यनिर्धारण ।
सम्पदा— ना॰ [सं॰] १. प्राकृतिक सम्पत्ति वा साधन; प्राकृतिक देन । २. सम्पत्ति; वैभव; धन ।
सम्पन्न— वि॰ [सं॰] १. चाहिँदो मात्रामा धनधान्यादि भएको; समृद्ध । २. सहित; युक्त (जस्तो— धनसम्पन्न, विद्यासम्पन्न इ॰) ।
सम्परीक्षक— ना॰ [सं॰] सम्परीक्षण गर्ने व्यक्ति ।
सम्परीक्षण— ना॰ [सं॰] एकपल्ट परीक्षण भइसकेका परीक्षाका उत्तरपुस्तिका वा अन्य लेख आदिको कुनै त्रुटि रहन गएको छ कि भनी पुनः परीक्षण गर्ने काम ।
सम्पर्क— ना॰ [सं॰] १. भेटघाट, बसउठ, चिठीपत्र आदिका माध्यमबाट कसैसँग सम्बन्ध राख्ने काम । २. मिलावट; मिश्रण । ३. संयोग । ४. स्पर्श । ~ अधिकारी— ना॰ १. मैत्रीपूर्ण सम्बन्ध भएका अन्य अधिकारी, व्यक्ति वा नागरिकहरूसँग आवश्यक कामकुराका निम्ति सम्बन्ध राख्ने अधिकारी । २. त्यस्तो अधिकारीको पद वा दर्जा । ~ भाषा— ना॰ भिन्नभिन्न भाषाभाषीबारा विचारको आदानप्रदानका लागि परस्पर बोलिने भाषा; साझा भाषा । ~ विच्छेद ध्वनि— ना॰ टेलिफोनमा कल (बोलावट॰ गयो भनी जनाउने ध्वनि (रिब ब्याकटोन॰ । ~ सूचक— ना॰ एक ठाउँको सम्पर्क अर्को ठाउँसँग भएको कुराको जनाउ दिने यन्त्र वा ध्वनि; टेलिफोन गएको सूचना दिने आवाज ।
सम्पात— ना॰ [सं॰] दिन र रातको लमाइ समान हुने दिन ।
सम्पाति— ना॰ [सं॰] रामायणप्रसिद्ध जटायुका दाजु; गृध्रराज ।
सम्पादक— वि॰ [सं॰] १. कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने । २. प्रस्तुत वा तयार गर्ने । ना॰ ३. कुनै पुस्तक, पत्रपत्रिका आदिका लेखरचना राम्ररी मिलाई ठीक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति । > सम्पादकीय— वि॰ १. कुनै पुस्तकपुस्तिकाको विषय वा उद्देश्यलाई प्रस्ट्याउने गरी सम्पादकका तर्फबाट सङ्क्षेपमा लेखिएको विशेष प्रकारको लेख । २. समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख । वि॰ ३. सम्पादकको; सम्पादकसम्बन्धी ।
सम्पादन— ना॰ [सं॰] १. कुनै पत्रपत्रिका वा ग्रन्थका विषयहरूको विषयक्रम, पाठ आदि ठीकसित मिलाई आवश्यक परिवर्तन, परिवर्धन, थपघट, भाष्य, टीका आदि सबै ठीक रूपमा तयार गर्ने कामग् सम्पादकको काम । २. कुनै काम राम्ररी पूरा गर्ने वा सम्पन्न बनाउने काम । > सम्पादनीय— वि॰ सम्पादन गर्नुपर्ने; सम्पादन गर्न योग्य ।
सम्पादिका— ना॰ [सं॰] कुनै पुस्तकपुस्तिका वा पत्रपत्रिका आदिको सम्पादन गर्ने स्त्री ।
सम्पादित— वि॰ [सं॰] १. सम्पादन गरिएको । २. पूरा गरिएको ।
सम्पाद्य— वि॰ [सं॰] सम्पादन गर्न योग्य; सम्पादन गर्न लायक; सम्पादन गर्नुपर्ने ।
सम्पुट— ना॰ [सं॰] १. बिर्को भएको बट्टाका आकारको वस्तु; डिब्बा । २. पातले बनाइएको कचौराजस्तो पात्र; दुनो; बोहोता । ३. बन्द गरिएको अँजुली; अञ्जलीपुट । ४. रसादि औषधीहरू पुट गर्ने माटाको पाला आदि भाँडो । ५. एक वस्तुलाई अर्को वस्तुले छोप्ने काम । > सम्पुटक— ना॰ रत्नहरू राख्ने बट्टा ।
सम्पुटिका— ना॰ सानो सम्पुटक । सम्पुटित— वि॰ १. दुवैतिर ढाकिएको; सम्पुट गरिएको । २. सम्पुटमा राखिएको । ३. प्रत्येक श्लोकको अगाडि र पछाडि इष्टमन्त्र पढ्दै गरिने (चण्डीपाठ आदि॰ ।
सम्पुष्टि— ना॰ [सं॰] कसैको कथन, वक्तव्य वा विचार आदिको अर्को सूत्रबाट राम्ररी पुष्टि हुने काम ।
सम्पूर्ण— वि॰ [सं॰] १. एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण । २. भएजति जम्मै; पूरा; सबै; सारा । ३. समाप्त; खत्तम । ना॰ ४. सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद । — तः— क्रि॰ वि॰ सबैजसो; पूरैजस्तो; प्रायः; सम्पूर्णतः । — तया— ना॰ सम्पूर्णतः । — ता— ना॰ १. सम्पूर्ण हुनाको भाव वा स्थिति; पूर्णता । २. समाप्ति ।
सम्पृक्त— वि॰ [सं॰] १. अर्को वस्तुसँग मिसिएको वा मिसाइएको; मिश्रित । २. अर्को वस्तुसँग लागेको; संलग्न; सम्बद्ध ।
सम्पोषण— ना॰ [सं॰] १. राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम । २. पोसिलो बनाउने कुरो; भिटामिन; खाद्योज ।
सम्प्रति— क्रि॰ वि॰ [सं॰] १. यस बेला; अहिले; हाल । २. कसैका सामु; अगाडि ।
सम्प्रदान— ना॰ [सं॰] १. फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम । २. व्याकरणमा दिने अर्थ बुझाउने वा लागिको सङ्केत गर्ने कारक; चतुर्थी विभक्ति हुने कारक । (जस्तो— म रामलाई पुस्तक दिन्छु, तिमी गाईलाई घाँस देऊ इ॰) ।
सम्प्रदाय— ना॰ [सं॰] १. पुरानो समयदेखि गुरुशिष्यपरम्पराका रूपमा प्रचलित विशेष धर्म वा मत; गुरुपरम्पराबाट प्राप्त उपदेश वा धर्म । २. कुनै गुरुपरम्परामा दीक्षित भई विशेष किसिमको धर्म अँगाल्ने व्यक्तिहरूको समुदाय; एउटै धर्म वा मतका अनुयायी । ३. एउटै सिद्धान्त, मत, विचार वा विश्वास भएका मानिसहरूको वर्ग, कुनै मतावलम्बीहरूको समुदाय । ४. कुनै परम्परागत प्रथा; रीति । — वाद— ना॰ साम्प्रदायिकतालाई महत्त्व दिने मत वा सिद्धान्त । — वादी— वि॰ आफ्नो सम्प्रदायलाई ठूलो र अरूको सम्प्रदायलाई तुच्छ मान्ने; सम्प्रदायवादको अनुयायी ।
सम्प्राप्ति— ना॰ [सं॰] १. राम्ररी प्राप्त हुने क्रिया वा भाव; सम्यक् प्राप्ति; लाभ । २. निर्दिष्ट वा तोकिएको ज्ञान र सीपमा शिक्षार्थीले प्राप्त गरेको वास्तविक क्षमता ।
सम्प्रेषण— ना॰ [सं॰] १. एक ठाउँ वा एक व्यक्तिबाट अर्को ठाउँ वा व्यक्तिकहाँ कुनै समाचार, विचार, रोगाणु वा अन्य कुनै कुरा पठाउने काम; स्थानान्तरित गर्ने काम । २. व्यक्त गर्न खोजिएको विचार वा भाव बोधगम्य बनाउने प्रक्रिया । > सम्प्रेषणीय— वि॰ सम्प्रेषण हुने वा दिने । सम्प्रेषित— वि॰ सम्प्रेषण भएको वा गरिएको ।
सम्बद्ध— वि॰ [सं॰] १. राम्ररी सिलसिला मिलेको; सम्बन्धित भएको; जोडिएको; संयुक्त । २. राम्ररी बाँधिएको; गाँसिएको; नत्थी गरिएको । — ता— ना॰ सम्बद्ध हुनाको भाव वा अवस्था ।
सम्बन्ध— ना॰ [सं॰] १. कुनै एउटा वस्तु वा कुरा अर्को वस्तु वा कुरासँग जोरिने काम; संयुक्त हुने काम; योग । २. सम्पर्क । ३. एउटै कुलमा जन्मनाले वा विवाह आदिले जोडिएको नाता; साइनो । ४. मैत्री । ५. बारे । ~ कारक— ना॰ एक शब्दको सम्बन्ध अर्को शब्दसँग रहेको सूचित गर्ने कारक । > सम्बन्धन— ना॰ सम्बन्ध हुने वा रहने काम; मान्यताप्राप्ति (उदा॰— त्रिविका सम्बन्धनमा रहेका निजी क्याम्पस पनि निकै छन्) । ~ विच्छेद— ना॰ विवाह आदि वा लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम । — षष्ठी— ना॰ व्याकरणमा एक शब्दको अर्को शब्दका साथ सम्बन्ध देखाउँदा आउने षष्ठी विभक्ति; सम्बन्धबोधक षष्ठी (को–का– की, नो–ना–नी, रो–रा–री आदि विभक्तिबोधक प्रत्यययुक्त॰ ।
सम्बन्धातिशयोक्ति— ना॰ सम्बन्ध नभए तापनि अतिशयोक्तिका आधारमा सम्बन्ध देखाउँदा हुने एक अर्थालङ्कार । सम्बन्धित— वि॰ १. सम्बन्ध रहेको वा भएको; सम्बद्ध । २. नातेदार । ३. कुनै विषयको; बारेको । सम्बन्धी— वि॰ १. कुनै सम्बन्ध भएको वा सम्बन्ध पर्ने; सम्पर्क भएको । २. साइनो पर्ने; नातेदार । ३. कुनै विषय वा बारेको । ४. सम्धी ।
सम्बल— ना॰ [सं॰] आश्रय; आधार ।
सम्बुद्ध— वि॰ [सं॰] १. राम्रो बोध भएको; ज्ञान प्राप्त गरेको; राम्ररी बुझेको; प्रबुद्ध । २. राम्ररी जागेको; बिउँझेको; जाग्रत्; सचेत । ना॰ ३. बुद्ध ।
सम्बोधन— ना॰ [सं॰] १. कसैलाई बोलाउने वा पुकार्ने काम । २. व्याकरणमा कसैले कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने एक विभक्ति (हे, ए आदि) । ३. कुनै विशिष्ट व्यक्तिबारा कुनै सङ्घ, संस्थासँग सम्बन्धित वा सभा आदिमा उपस्थित जनसमुदायसमक्ष भाषण गर्ने काम । ४. बिउँझाउने काम; सम्झाउने काम । ~ भाषण— ना॰ कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित जनसमुदायलाई सम्बोधन गरेर गरिने भाषण । > सम्बोधनीय— वि॰ सम्बोधन गर्नुपर्ने; सम्बोधन गर्न योग्य । सम्बोधित— वि॰ १. बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको । २. राम्ररी बुझाइएको; बोध गराइएको । ३. बइँूझाइएको ।
सम्भरण— ना॰ [सं॰] राम्ररी भरणपोषण गर्ने काम; पालन; पोषण; भरण । ~ निधि— ना॰ सञ्चयकोष ।
सम्भव— वि॰ [सं॰] १. हुन सक्ने; सम्भावना भएको; सम्भावित । ना॰ २. उत्पत्ति; जन्म । — तः— अव्य॰ सम्भव भएको भाव बुझाउने शब्द; हुन सक्छ; सायद; कदाचित्; सके ।
सम्भार— ना॰ [सं॰] कुनै वस्तु, मालसामान आदिलाई बिग्रिनमासिन नदिई सँभालेर राख्ने काम; जोगाउने काम; हिफाजत ।
सम्भावना— ना॰ [सं॰] १. कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घटित हुने स्थिति । २. एक कुरा हुँदा त्यसको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार ।
सम्भावित— वि॰ [सं॰] १. सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा राखिएको । २. अनुमान गरिएको; कल्पित । > सम्भाविता— ना॰ कुनै घटनाको घट्न सक्ने सम्भावनालाई प्रस्तुत गर्ने अङ्क ।
सम्भाव्य— वि॰ [सं॰] हुन सक्ने; सम्भावना भएको; सम्भावित । —
ता— ना॰ सम्भाव्य हुनाको भाव वा स्थिति ।
सम्भाषण— ना॰ [सं॰] १. दोहरो कुराकानी । २. बातचित; कथोपकथन । ३. पेरोल ।
सम्भाष्य— वि॰ [सं॰] छलफल गर्न योग्य; कुराकानी गर्न लायक ।
सम्भोग— ना॰ [सं॰] १. स्त्रीपुरुषका बीचको यौनक्रिया; स्त्रीपुरुषको समागम; मैथुन । २. कुनै वस्तुको उपभोगबाट आनन्द प्राप्त गर्ने काम । ३. उपभोग । ४. शृङ्गार रसका दुई भेदमध्ये एक; संयोग । ~ शृङ्गार— ना॰ साहित्यमा अनुरक्त नायक–नायिकाको परस्परमा भेटघाट, दर्शन, स्पर्श आदि हुँदा हुने एक रस; शृङ्गाररसका दुई भेदमध्ये एक; संयोगशृङ्गार ।
सम्भ्रम— ना॰ [सं॰] १. चित्तको व्याकुलता; विह्वलता; हडबडी । २. मानसिक शङ्का; सन्देह । ३. एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भूल । ४. भय; डर । ५. चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण । ६. मान; प्रतिष्ठा ।
सम्भ्रान्त— वि॰ [सं॰] १. व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको । २. भ्रममा परेको; बाटो बिराएको । ३. चक्कर खाएको; घुमेको । ४. सम्मानित; प्रतिष्ठित; कुलीन ।
सम्म१— वि॰ [सं॰] १. एकनाससित सतह मिलेको; होचोअग्लो नभएको; समथर ।
सम्म२— ना॰यो॰ [सं॰ समो कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामकुराको समयावधिलाई बुझाउने शब्द; सम्मन्; तक; पर्यन्त (हिमालसम्म, कार्तिकसम्म इ॰) ।
सम्मठ— ना॰ [सं॰ समर्थे आँट (उदा॰— भन्ने सम्मठ कस्छु कालसँगको स्पर्धा बढाईकन॰ ।
सम्मत— वि॰ [सं॰] १. एउटै राय वा मत भएको; सहमत । २. स्वीकार गरिएको; मानिएको; स्वीकृत । ३. अधिकार वा सम्मति दिइएको; स्वीकृतिप्राप्त । ४. मन परेको; रुचाइएको । > सम्मति— ना॰ १. सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य । २. राय । ३. स्वीकृति ।
सम्मन्— ना॰यो॰ [सम्मे सम्म; पर्यन्त ।
सम्मन्त्रणा— ना॰ [सं॰] पछिसम्म राम्रो गर्ने राम्रो सल्लाह; राम्रो परिणाममा पुथ्याउने असल सल्लाह ।
सम्मान— ना॰ [सं॰] १. विशेष मान; ठूलो आदर वा सत्कार । २. प्रतिष्ठा; इज्जत । ~ गारद— ना॰ राजा, राष्ट्राध्यक्ष वा त्यस्तै विशिष्ट व्यक्ति कुनै अर्को देशको औपचारिक भ्रमणमा जाँदा वा फर्कँदा वा अन्य कुनै समय, अवसर वा पर्वमा विशेष सम्मान प्रदर्शन गर्न उपस्थित सैनिक दल वा त्यसले दिएको सलामी (गार्ड अफ् अनर॰ । > सम्माननीय— वि॰ सम्मान गर्नुपर्ने; सम्मान गर्न योग्य; आदरणीय (प्रधान मन्त्री, प्रधान न्यायाधीश, राजसभाका सदस्य आदिलाई प्रयुक्त हुने) । ~ पत्र– ना॰ अभिनन्दनपत्र ।
सम्मानित— वि॰ सम्मान गरिएको; आदरसत्कार गरिएको; सबैले मानेको; प्रतिष्ठित । सम्मान्य— वि॰ सम्मान गर्न योग्य; सम्माननीय । सम्मानार्थ— क्रि॰ वि॰ सम्मानका लागि (जस्तो— सम्मानार्थ सदस्य, सम्मानार्थ उपाधि आदि॰ ।
सम्मि–नु— अ॰ क्रि॰ [सम्म+इ+नु] एकनाससित सतह मिल्नु; अग्लोहोचो नहुनु; समतल हुनु; सम्म हुनु ।
सम्मिलन— ना॰ [सं॰] १. गाभिने, मिल्ने वा जोरिने काम; संयुक्तता । २. मिश्रित हुने क्रिया; मिसाइ । ३. भेटघाट; सम्मेलन । ४. सूर्य वा चन्द्र ग्रहणको खग्रास हुँदा पूरा ढाकिएको अवस्था । ~ विलेख— ना॰ कुनै देशका अञ्चल, जिल्ला आदिका भूखण्ड अर्को अञ्चल, जिल्ला आदिमा मिलाउँदा दुवै पक्षका अधिकारीहरूको सही भएको प्रामाणिक लिखतपत्र ।
सम्मिलित— वि॰ [सं॰] १. अर्को वस्तु वा कुरामा मिलेको; मिसिएको । २. सरिक भएको; सामिल भएको ।
सम्मिश्रण— ना॰ [सं॰] एक वस्तु अर्को वस्तु वा कुरामा मिसिने काम; मिश्रण; मिलावट ।
सम्मीलित— वि॰ [सं॰] १. दुवै परेला जोडिएको; परेलाले ढाकिएको; चिम्लिएको (आँखा॰ । २. चन्द्र वा सूर्यलाई कालिमाले ढाकेको; खग्रास भएको ।
सम्मुख— वि॰ [सं॰] १. अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको । ना॰ यो॰ २. मुखेन्जी; सामु ।
सम्मेलन— ना॰ [सं॰] १. कुनै सङ्घसंस्थाका सदस्य वा कुनै वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम । २. दुई वा दुईभन्दा बढी वस्तुलाई मिलाउने वा मिसाउने काम; मिश्रण ।
सम्मोह— ना॰ [सं॰] १. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी । २. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञानावस्था । ३. अज्ञान । ४. आत्तिने क्रिया; अत्यास । ५. वशीकरण । > सम्मोहक— वि॰ सम्मोहमा परेको; सम्मोहित गराउने । सम्मोहन— ना॰ १. रूप, गुण वा अन्य कुनै आकर्षक कुराका आधारमा कसैलाई मोहित पार्ने काम; लोभ्याउने काम । २. कामदेवका पाँच बाणमध्ये एक । ३. दुस्मनलाई लट्ठ्याउने पौराणिक समयको एक अस्त्र । ४. तन्त्रविद्या वा टुनामुना आदिबारा मोहित पार्ने काम; मोहनी लाउने काम । सम्मोहित— वि॰ १. निश्चेष्ट तुल्याइएको; लट्ठ्याइएको । २. मोहमा पारिएको; मोहनी लगाइएको; वशीकृत ।
सम्म्याइ— ना॰ [सम्मि (+आइ॰] १. सम्मिने भाव, क्रिया वा प्रक्रिया [ सम्म्याउ+आइ] २. सम्म्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सम्म्याइनु— क॰ क्रि॰ सम्म पारिनु ।
सम्म्याउ–नु— स॰ क्रि॰ [सम्म+याउ+नु] १. अग्लोहोचोलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु । २. खजमजिएका वस्तु तह लाउनु । ३. एकनास तुल्याउनु ।
सम्यक्— वि॰ [सं॰] १. सुहाउँदोबुझिँदो; मुनासिब; ठीक; उचित; उपयुक्त । २. सबै; सम्पूर्ण; सारा; समस्त । क्रि॰ वि॰ ३. मिलाएर; राम्ररी । ना॰ ३. महायानी बौद्धधर्मानुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव ।
सम्राज्ञी— ना॰ [सं॰] १. सम्राट्की पत्नी । २. साम्राज्यको शासन गर्ने स्त्री । ३. महारानी ।
सम्राट्— ना॰ [सं॰] ठूलो राजा; महाराजाधिराज; बादशाह ।
सम्ल्ह–नु— अ॰ क्रि॰ [सम्भर+नु] कुनै नराम्रो वा हानिकारक कुराबाट बच्नु; सावधान हुनु; सँभालिनु । > सम्ल्हाइ— ना॰ सँभलाइ । सम्ल्हाइनु— क॰ क्रि॰ सँभालाइनु । सम्ल्हिनु— सँभलिनु; सम्ल्हनु ।
सम्सम— ना॰ तिलस्मी ढोका उघार्ने अर्थमा आख्यान वा कथामा प्रयुक्त साङ्केतिक शब्द । (उदा॰— खोली सम्सम सानन्द । लक्ष्मीप्रसाद देवकोटा, सुलोचना॰ ।
सम्हाल्–नु— स॰ क्रि॰ [सं॰ सम्भार+नु] कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु । > सम्हाल— ना॰ सम्हाल्ने काम; बचावट; सम्भार । सम्हालाइ— ना॰ सम्हाल्ने भाव, क्रिया वा प्रक्रिया; सँभालाइ । सम्हालिनु— क॰ क्रि॰ सँभालिनु ।
सय— ना॰ [सं॰ शते १. नब्बे र दसको योगबाट बन्ने सङ्ख्या; तीन अङ्कबाट बन्ने सबभन्दा सानो सङ्ख्या । वि॰ २. नब्बे र दसका योगसङ्ख्याको; शय ।
सयकडा— ना॰ [प्रा॰ सयकण्डे १. प्रतिशतको हिसाब गर्दा सय कायम राखी त्यसमाथि थपिने अतिरिक्त सङ्ख्या । २. त्यसरी हिसाब गर्दा सयभित्रबाट काटिने संख्या । क्रि॰ वि॰ ३. एक सयका हिसाबमा; सयपिच्छे; प्रतिशत । > सयकडी— ना॰ सयकडाका हिसाबले लिइनेदिइने अङ्क, दस्तुर वा मेहनताना ।
सयकडौँ— वि॰ अनगिन्ती सङ्ख्याको; धेरै सय; सयौँ; अति धेरै ।
सयताल— ना॰ [सं॰] वास्तु तथा मूर्तिमा अङ्गुलको दस गुना बराबरको नापका लागि प्रयुक्त हुने शब्द; दस अमलबराबरको नाप ।
सयपत्री— ना॰ [सं॰ शत+पत्री] १. छेउमा करौँतीजस्ता धार परेका नरम लामा पात र धेरै पत्र हुने पहेँला वा सुनौला रबको फूल फुल्ने एक जातको बोट । २. त्यसैको फूल ।
सयल— ना॰ [अ॰ सैरे मन बहलाउनका निम्ति रमणीय वा मन लागेको ठाउँमा घुम्ने वा टहल्ने काम; सैर; विहार ।
सयौँ— वि॰ [सय+औँ] १. गणनाका क्रमले सयसय सङ्ख्यामा परेको; सय सङ्ख्याको । २. सयकडौँ ।
सर्–नु— अ॰ क्रि॰ [सं॰ सर+नु] १. कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; अर्को ठाउँमा जानु । २. घस्रनु; हिँड्नु । ३. बसेको ठाउँ, थलो आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु । ४. सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु ।
सर१— ना॰ [सं॰] १. ठूलो प्राकृतिक पोखरी; तलाउ; जलाशय । २. जलप्रपात; झरना । ३. दूध वा दहीको तर । ४.हार; माला ।
सर२— वि॰ [फा॰] १. जितिएको; विजित । ना॰ २. जितबाजी; विजय (उदा॰— नेपाली फौजले किल्ला सर गथ्यो) । ३. असर; प्रभाव । ४. सफलता । ५. उपयुक्तता; अनुक¨लता ।
सर३— सम्बो॰ [अङ्॰] १. सम्मानित व्यक्तिलाई सम्बोधन गर्ने शब्द; महोदय । २. ब्रिटिस राज्यबारा प्रदान गर्ने गरिएको एक उपाधि (जस्तो सर विलियम, सर अशोक ब्यानर्जी आदि॰ ।
सरकार— ना॰ [फा॰] १. देश वा राज्यको शासकमण्डल; राज्यसंस्था; शासनसत्ता; शासन व्यवस्था । २. प्रभु; स्वामी; राजा ।
सरकारवादी— वि॰ [सरकार+वादी] सरकार नै वादी भएर चलाइने; ऐनले सरकारबाट चलाए हुने गरी तोकेअनुसार सरकारले नै उजुर गरेको वा सरकार नै उजुरवाला हुने; सरकार वादी हुने (मुद्दा) । ~ मुद्दा— ना॰ उक्त किसिमले सरकारवादी भनेर तोकिएको वा सरकार नै वादी भई चलाइने मुद्दामामिला (राजकाजसम्बन्धी, कन्याचोरी, जूवा, अर्काको घरमा आगो लगाउने, गोवध आदि॰ ।
सरकारिया— वि॰ [सरकार+इयो सरकारसम्बन्धी; सरकारी; राजकीय ।
सरकारी— वि॰ [सरकार+ई] १. सरकारको; सरकारसम्बन्धी; सरकारिया । २. मालिकको । ३. सरकारका तर्फबाट वा सरकारवादी मुद्दाहरूमा वकालत वा बहस गर्ने (जस्तो— सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि) । ~ आदेश— ना॰ सरकारबारा निकालिने आदेश, अधिकारपत्र आदि; सरकारले जारी गरेको आदेश । ~ कर्मचारी— ना॰ सरकारी सेवामा रही नियमित रूपमा काम गर्ने कर्मचारी; निजामती, प्रहरी र सैनिक सेवाका कर्मचारी; जागिरे । ~ कारोबार— ना॰ सरकारका तर्फबाट गरिने कामकाज; सरकारसम्बन्धी कामकाज । ~ जग्गा— ना॰ कुनै व्यक्ति वा गैरसरकारी संस्थाको नाममा दर्ता नरही सरकारको अधीनमा रहेको जग्गा । ~ मुद्दा— ना॰ १. सरकारवादी मुद्दा । २. सरकारसम्बन्धी मुद्दा । ~ यन्त्र— ना॰ सरकारको कामकाज चलाउने अड्डाअदालत र तिनीहरूमा काम गर्ने कर्मचारी । ~
रकम— ना॰ सरकारी कोषमा रहेको र जनताले सरकारलाई तिर्नुपर्ने वा तिर्न बाँकी रहेको नगद । ~ वकिल— ना॰ सरकारी मुद्दामामिलामा सरकारका तर्फबाट बहस गर्ने वकिल (महान्यायाधिवक्ता, वरिष्ठ सरकारी अधिवक्ता, सरकारी अधिवक्ता, सरकारी अभिवक्ता आदि) । ~ वन— ना॰ सरकारको अधीनमा रहेको वन ।
सरक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सरक्+क] कुनै व्यक्ति वा वस्तु बिस्तारै सर्ने वा पन्छिने किसिमले; परतिर सर्ने गरी ।
सरगम— ना॰ [सा+रे+ग+म] सङ्गीतका सात स्वर (सा, रे, ग, म, प, ध, नि॰ ।
सरचार्ज— ना॰ [अङ्॰] एकपल्ट एक किसिमबाट कर तिरिसकेको वस्तुमा अर्कोपल्ट अर्को रूपबाट लगाइने कर; अतिरिक्त कर ।
सरजमिन— ना॰ [फा॰ सरजमीने १. सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ । २. छरछिमेकका मानिस; साँधसँधियार । ३. सम्बन्धित स्थान वा छरछिमेकका मानिस बुझ्नुपर्ने मुद्दामामिलामा सबुत–प्रमाणका निम्ति रीत पुथ्याई बुझ्ने कामकारबाई ।
सरजिमी— ना॰ [फा॰ सरजमीने वरिपरिको वा छरछिमेकको देश (दिव्य॰) ।
सरण— ना॰ [सं॰] सर्ने भाव, क्रिया वा प्रक्रिया ।
सरणि/सरणी— ना॰ [सं॰] १. मार्ग; बाटो । २. पद्धति; प्रणाली । ३. रेखा; डोरो । ४. चलेर आएको परिपाटी वा प्रथा; रीति ।
सरताप्रे— ना॰ [सं॰ शर+ताप्रे] बाण, भाला आदिका टुप्पाका आकारका पात हुने र खैरो फूल फुल्ने एक जातको बुटी; मुसाकाने; कानपाते ।
सरदर— वि॰ [फा॰ सर+दर] १. ठूलोसानो वा असलखराब नछुट्ट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने; ठूलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको आधारमा मोल राख्दा पर्न आउने (सङ्ख्या) । २. विभिन्न आय भएका विभिन्न तहका व्यक्तिहरूका सम्पूर्ण आयलाई व्यक्ति वा वस्तुका निम्ति हुने विभिन्न तहको सबै आम्दानीखर्च समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने ।
सरदार— ना॰ [फा॰] १. कुनै मण्डलीको नेता; अगुवा; नायक । २. पुरानो चलनअनुसार मीर सुब्बाभन्दा माथि र काजीभन्दा तलको एक निजामती दर्जा; भारदारमध्ये एक । ३. पन्जाबी पुरुषजातिलाई प्रयोग गरिने आदरार्थी शब्द । > सरदारी— ना॰ सरदारको पद, काम वा स्थिति; सरदारको पन ।
सरनाम— वि॰ [फा॰] १. नाम भएको; प्रसिद्ध; विख्यात । ना॰ २. राम्रो काम गरेर वा असल कुरामा चलेको नाम; सुनाम ।
सरपञ्च— ना॰ [फा॰ सर+ सं॰ पञ्चे पञ्चहरूमा मुख्य पञ्च; प्रधान पञ्च ।
सरपोस— ना॰ [फा॰] बिर्को; ढकनी (कसौँडीको काने॰ ।
सरम— ना॰ [फा॰ शर्मे १. लाज; लज्जा; शरम । २. इज्जत; आबरु । ३. अनकनाउने काम; सङ्कोच । ~ छाडा— वि॰ सरम नभएको; बेसर्मी; गतिछाडा ।
सरयू— ना॰ [सं॰] सुदूर पश्चिमाञ्चल नेपालको रापती अञ्चलबाट निक्ली भेरी अञ्चलसम्म 'बबई' नामले र भारतमा गई घाघरा र सरयू नामले प्रसिद्ध कर्णाली नदी ।
सरर्र— क्रि॰ वि॰ [अ॰ मू॰ सरर्+र] बीचमा नरोकिईकन कुनै कामकुरा हुने गरी; कत्ति बाधा वा बल नगरीकन; सजिलैसित वा छिटोछिटोसँग ।
सरल— वि॰ [सं॰] १. सीधा रूपमा रहेको; बाङ्गोटिङ्गो नभएको; सोझो । २. छलकपट नभएको; सीधा । ३. धेरै परिश्रम नगरीकन पूरा गर्न सकिने; सजिलो; सुगम । ना॰ ४. सल्लो । ५. विभिन्न राशिलाई चिह्नअनुसार भाग, गुणन, जोड र घटाउ गरेर सकभर सानो रूपमा परिणत गरिने वा उत्तर निकालिने गणितको एक प्रक्रिया । ~ कारक— ना॰ विभक्तिको चिह्न वा विभक्तिप्रत्यय नलागेको र शब्दको मूल रूप विकृत नभएको कारक । (जस्तो— गोपाल आँप खान्छन्, म वन जान्छु इ॰) । — ता— ना॰ १. सरल हुनाको भाव, गुण वा अवस्था; सजिलोपन । २. सोझो हुनाको भाव; सोझोपना; सीधापन; निष्कपटता । ३. सजिलैसँग बुझ्न वा काम गर्न सकिने स्थिति; सुगमता; सुबोधता । >
सरलीकरण— ना॰ कुनै अप्ठ्यारो कुरालाई सजिलो पार्ने काम वा क्रिया (जस्तो— भाषामा सरलीकरण, भावमा सरलीकरण आदि॰ । सरलीकृत— वि॰ सरल गरिएको, सरल बनाइएको ।
सरस— वि॰ [सं॰] १. रसले युक्त; रससहितको; रसिलो । २. स्वादिष्ठ; मीठो । ३. भिजेको; आर्द्र । ४. रस वा भावले युक्त; रसपूर्ण (साहित्यिक रचना) । ५. रसिक; सहृदय । — ता— ना॰ सरस हुनाको भाव वा स्थिति; रसिलोपन; मिठास ।
सरसफाइ— ना॰ [(बि॰) सफाइ] १. सफासुग्घर गरिने वा हुने काम; राम्रो सफाइ । २. चोखीनिती; शुद्धि । ~ अड्डा– ना॰ सहरको सरसफाइको काम हेर्ने, नगरपालिकाजस्तो एक अड्डा ।
सरसर— क्रि॰ वि॰ [अ॰ मू॰ सर्+अ (बि॰)] १. बिस्तारै हावा चल्ने वा पात हल्लने गरी । २. घस्रने वा सर्ने किसिमले । ३. नअलमलिईकन (लेख्ने वा पढ्ने किसिम॰ । > सरसरती— क्रि॰ वि॰ अझै सरसर हुने गरी; सरसरी । सरसराइ— ना॰ सरसराउने भाव, क्रिया वा प्रक्रिया । सरसराइनु— अ॰ क्रि॰ सरसर शब्द निस्किनु । सरसराउनु— अ॰ क्रि॰ सरसर शब्द आउनु; सरसराहट हुनु । सरसरी— क्रि॰ वि॰ सरसरती ।
सरसहयोग— ना॰ [(बि॰) सहयोगे परस्पर गरिने सहयोग; सघाउपघाउ; मरमद्दत ।
सरसल्लाह— ना॰ [(बि॰) सल्लाहे कुनै कामकुरा गर्नाका निम्ति गरिने पारस्परिक सल्लाह; विचारको अदानप्रदान; परामर्श ।
सरसाइनु— ना॰ [(बि॰) साइनु] दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता ।
सरसापट— ना॰ [(बि॰) सापटे परस्पर सापट लिने वा दिने काम; ऐँचोपैँचो । > सरसापटी— ना॰ सरसापट ।
सरसामान— ना॰ [(बि॰) सामाने सामानहरूको समूह; मालमत्ता ।
सरसिज— ना॰ [सं॰] कमल; सरोज; पß ।
सरसी— ना॰ [सं॰] सानो पोखरी; तलाउ । — रुह— ना॰ कमल; पß ।
सरस्वती— ना॰ [सं॰] १. विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा । २. विद्या । ३. भाषा; वाणी । ४. प्रयागमा आई गङ्गा र यमुनाको सङ्गममा मिल्ने पुराणप्रसिद्ध एक नदी; सप्तसिन्धुमध्ये एक । ~ पूजा— ना॰ १. श्रीपञ्चमी वा वसन्तपञ्चमीका दिन उत्साह तथा आराधनासाथ गरिने सरस्वतीको पूजा । २. सरस्वती वा विद्याकी देवीको पूजा ।
सरह— वि॰ [सं॰ सदृशे आकार, गुण, श्रेणी, मूल्य र महत्त्वका दृष्टिले बराबर भएको; समान; तुल्य; बराबर ।
सरहद— ना॰ [फा॰ सर+ अ॰ हदे १. कुनै जमिनका टुक्राको चार किल्ला छुट्ट्याउने चिनु; सीमा; साँध । २. सीमाभित्रको प्रदेश । ३. आफ्नो देश; स्वदेश । > सरहदिया— वि॰ १. आफू बसेको देश वा सरहदभित्र रहने; सीमाभित्रको प्रदेशमा बस्ने । २. सरहदसम्बन्धी; सरहदको । सरहदी— वि॰ सरहदिया ।
सरहपा— ना॰ [सं॰ सर्+पाद] इस्वीको आठौँ शताब्दीमा हुने वाममार्गी सिद्धसम्प्रदायका आदिपुरुष; लोकभाषामा 'दोहाकोश' नाउँको पुस्तक लेख्ने एक प्रसिद्ध व्यक्ति ।
सराइ— ना॰ [सर्+आइ] १. सर्ने भाव, क्रिया वा प्रक्रिया । [ सार+आइ] २. सार्ने भाव, क्रिया वा प्रक्रिया ।
सराइनी— ना॰ [सारङ्गी] सारङ्गी (जस्तो सराइनीका बोल॰ ।
सराइनु— क॰ क्रि॰ [सराउ+इ+नु] सर्न लाइनु; सर्ने पारिनु ।
सराउ— ना॰ १. कसैको मृत्यु भएमा जुठोभित्र सहयोगस्वरूप लगिने अन्न, द्रव्य आदि । २. विचार । ३. घोत ।
सराउनु— प्रे॰ क्रि॰ [सर्+आउ+नु] सर्न लाउनु; सर्ने पार्नु ।
सराघौँ— ना॰ [सर्+आघौँ] चालू वर्षसमेत गरेर आउने चौथो वर्ष; पराघौँको अर्को वर्ष; झन् पराघौँ ।
सराब— ना॰ दाउरा सुकाउनाका लागि चुलो, अगेनु आदिमाथि बनाइने टाँड ।
सराद्ध— ना॰ [सं॰ श्राद्धे श्राद्ध; सराद ।
सराप्–नु— स॰ क्रि॰ [सराप > श्राप+नु] १. कसैले गरेको अपमान, अपकार आदिका बदलामा त्यस्तो गर्ने व्यक्तिको अनिष्ट होस् भन्नु; सराप दिनु; शाप दिनु । २. गाली गर्नु; अपशब्द बोल्नु ।
सराप— ना॰ [श्रापे १. कसैले गरेको अपकार, अपमान आदिका बदलामा आवेशमा आएर त्यस्तो व्यक्तिको अनिष्ट होस् भनी व्यक्त गरिने बोली; शाप; श्राप । २. सराप्ने काम वा सराप्ता गरिने गाली । ~ बगाइ— ना॰ पैतृक श्रापबाट मुक्ति पाउनाका लागि नदीमा गरिने पूजा ।
सरापाइ— ना॰ [रू सराप् (+आइ॰] सराप्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सरापिनु— क॰ क्रि॰ सराप दिइनु ।
सराफ— ना॰ [अ॰ सर्राफे सराफी । — खाना— ना॰ १. एउटा देशको मुद्रासित अर्को देशको मुद्राको विनिमय वा साटफेर गर्ने अड्डा । २. विभिन्न किसिमका मुद्राको विनिमयसम्बन्धी काम गर्ने ठाउँ वा घर । > सराफी— ना॰ १. रुपियाँ, पैसा साट्ने वा सुनचाँदीको खरिदबिक्री गर्ने व्यापारी । २. सुन, चाँदी, सिक्का, नोट आदि जाँच्ने वा त्यससम्बन्धी काम गर्न अधिकारप्राप्त व्यक्ति ।
सराब— ना॰ [अ॰ शराबे रक्सी आदि मादक पेय पदार्थ; मद्य; मदिरा । — खाना— ना॰ सराब बनाउने वा बेच्ने ठाउँ; मधुशाला; भट्टी । > सराबी— वि॰ सराबको अम्मली; रक्सीबाज; जँड्याहा ।
सराबरी— ना॰ [सरोबरी] दुई वा धेरै थोक वस्तुको एकै ठाउँको मिसाइ; छ्यासमिस; सरोबरी ।
सराबी— वि॰ [सराब+ई] धेरै सराब सेवन गर्ने; रक्सीबाज; रक्स्याहा ।
सराय— ना॰ [अ॰] १. यात्रीहरू बस्न वा विश्राम गर्न बनाइएको घर; सत्तल । २. विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तलवार, खुँडा, खड्ग र लट्ठी आदि हतियार हातमा लिएर नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्ध जात्रा ।
सरासर— क्रि॰ वि॰ [फा॰] १. नअडिईकन; फटाफट । २. एकनाससित; धमाधम । ३. साक्षात्; प्रत्यक्षतः । ४. पूरापूर; बिलकुल । > सरासरी— क्रि॰ वि॰ १. नअडीकन; सरासर । २. एकनासले; लगातार; निरन्तर ।
सराहना— ना॰ [सं॰ श्लाघो प्रशंसा; सह्रनी । > सराहनीय— वि॰ प्रशंसनीय; सह्रनीलाग्दो ।
सरि— ना॰ यो॰ [सं॰ सदृशे बरोबर; समान; सदृश; तुल्य ।
सरिक— वि॰ [अ॰ शरीके १. अरूले गर्न थालेको कुनै पनि काममा जुट्ने वा साथ दिने; सहयोगका निम्ति अघि सर्ने । २. साथमा रहने; सम्मिलित । ना॰ ३. त्यस्तो सहयोग गर्ने वा साथमा रहने व्यक्ति ।
सरित्/सरिता— ना॰ [सं॰] नदी; खोलो ।
सरिनु— अ॰ क्रि॰ [सर्+इ+नु] एक ठाउँबाट अर्को ठाउँमा गइनु; हिँडिनु ।
सरिप/सरिफ— वि॰ [अ॰ शरीफे शिष्टता वा सज्जनता भएको; भलाद्मी; सज्जन ।
सरिफा— ना॰ [सं॰ श्रीफले सलिफा ।
सरिबा— ना॰ [सारिवो साना राता फूल फुल्ने लहरादार वनस्पतिविशेष ।
सरियान— वि॰ [अ॰ सरीहने साक्षात्; साक्खै; खास ।
सरी— क्रि॰ वि॰ एउटा वस्तु जति छ अर्को पनि उत्तिकै; बराबरी ।
(उदा॰— चामल र मकै सरी साट्न कहाँ पाइन्छ र) । — बरी— क्रि॰ वि॰ दुई वा धेरै वस्तु एकै ठाउँ मिसिएर; छ्यासमिसे चालमा ।
सरीसृप— ना॰ [सं॰] घस्रेर हिँड्ने जन्तु, कीरा आदि (सर्प, गँड्यौलो, चिप्लेकीरा आदि॰ । ~ युग— ना॰ सरीसृपजीवको सृष्टि भएको युग; आजभन्दा उन्नाइस करोड वर्ष पहिले प्रारम्भ भएको युग ।
सरुन— ना॰ [सं॰ श्रवणे ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये श्रवणदेखि रेवतीसम्मका, घर छाउने, काठ काट्ने आदि काम गर्न निषेध गरिएका छ नक्षत्र । > सरुने— वि॰ १. सरुनमा परेको; सरुनको । ना॰ २. खुकुरी, तरबार, धनुर्वाण आदि लिएर युद्धको नक्कल गरिने काम ।
सरुवा१— वि॰ [सरोबरे १. धान सरोबरी भएको (चामल॰; नफलेको (चामल) । २. ना॰ धेरै धान भएको चामल ।
सरुवा२— वि॰ [सर्+उवो १. सर्ने किसिमको; सरौटे; सङ्क्रामक । २. एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको । ३. सरकारी अड्डाखाना वा अन्य संस्थान आदिका कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम । ४. बिखालु तेल आउने कदम । ~ पुर्जी— ना॰ उक्त किसिमले सरुवा हुँदा कर्मचारीलाई दिइने पुर्जी । ~ रोग— ना॰ रोग लागेका व्यक्तिसँग छातछुत गर्दा सर्ने रोग; सङ्क्रामक रोग ।
सरुहम— ना॰ [भोज॰] तराईतिर हुने एक प्रकारको धान ।
सरूप— वि॰ [सं॰] १. समान रूप भएको; उस्तै रूप वा वर्णको । २. रूप भएको; साकार । ३. सुन्दर; राम्रो । — ता— ना॰ सरूप हुनाको भाव वा स्थिति; समरूपता; एकरूपता ।
सरेक— ना॰ पाहिक; पाइक ।
सरेस— ना॰ [फा॰ सरेशे राँगो, उँट आदि पशुको छाला, माछाको कत्ला आदि पकाएर बनाइने, पुस्तक, बही आदि सिएर जिल्द हाल्दा टाँसिने र छापाखानामा मसी लगाउने रुलर आदि बनाइने लस्सादार पदार्थ ।
सरो— ना॰ [सं॰ सर+ओ] १. कपडा, पात आदि कुराको तह वा पत्र । २. दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु । वि॰ ३. एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द
(जस्तो— एकसरो लुगा, दुईसरो खास्टो इ॰) ।
सरोकार— ना॰ [फा॰] १. प्रयोजन; वास्ता; चासो । (उदा॰— अरूको कामको तिमीलाई के सरोकार <॰ २. सम्बन्ध; सम्पर्क ।
(उदा॰— उहाँसँग तपाईँको केही सरोकार पनि होला) । — वाला— वि॰ सरोकार वा सम्बन्ध भएको; सम्बन्धित । श्र सरोकारी— वि॰ सरोकार भएको; सरोकार राख्ने; सरोकारवाला ।
सरोज— ना॰ [सं॰] कमल; पß । > सरोजिनी— १. ना॰ कमल फुल्ने वा फुलेको तलाउ; कमलपोखरी । २. कमलिनी ।
सरोद— ना॰ [फा॰ सुरुदे अठार वा बाइस तार लागेको, जवाले बजाइने, सारङ्गीजस्तो, छालाले मढेको एक किसिमको तार– बाजा ।
सरोबर— वि॰ [सरोबरी] दुई वा धेरै वस्तु समान रूपले मिलेको, छ्यासमिस भएको; सरोबरी भएको । > सरोबरी— ना॰ दुई वा धेरै वस्तु समान रूपले मिल्ने काम; सराबरी ।
सरोवर— ना॰ [सं॰] तलाउ; पोखरी; दह (जस्तो— मानसरोवर॰ ।
सरौटे— वि॰ [सरौटो+ए] १. छुवाछूत हुँदा एउटाबाट अर्कोमा सर्ने खालको; सरुवा । ना॰ २. सरुवा रोग; सरौटो ।
सरौटो— ना॰ [सर्+औटो] १. सारेर, निछोटेर काममा ल्याउन लायक बनाइएको अन्नपात । २. सरुवा रोग; सङ्क्रामक रोग ।
सरौतो— ना॰ [प्रा॰ सारवत्ते सुपारी आदि काट्ने कैँचीका ढबको फलामे हतियार ।
सरौलो— ना॰ [सर्+औलो] गाईबस्तुलाई खुवाइने पीठो, नुन आदि हाली मलेको भुस्सा ।
सर्क–नु— अ॰ क्रि॰ [अ॰ मू॰ सरक्क+नु] १. खाएपिएको वस्तु श्वासका वेगले नाकको भित्री प्वालबाट माथितिर लाग्नु । २. पदोन्नति आदि भएर छिटै माथितिर उक्लनु; उँभो लाग्नु । ३. उन्नति वा बढिबढाउ हुनु; अभ्युदय हुनु । ४. झस्को पस्नु; हूप पस्नु; सड्कनु । ५. देखासिकी गर्दै वा अभिमानले फुल्नु; मात्तिनु ।
सर्कस— ना॰ [अ॰] १. लामो समयसम्मको व्यायामसम्बन्धी अभ्यास र तालिमबारा अभ्यस्त र सिपालु मानिस तथा पशुहरूबारा समेत प्रदर्शन गरिने कौतूहलपूर्ण र आश्चर्यजनक खेल–तमासा । २. त्यस्तो काम गर्ने जमात ।
सर्काइ— ना॰ [रू सर्क (+आइ॰] १. सर्कने भाव, क्रिया वा प्रक्रिया । [ सर्काउ+आइ] २. सर्काउने भाव, क्रिया वा प्रक्रिया । [ > ]
सर्काइनु— क॰ क्रि॰ सर्कने पारिनु; उँभो लाइनु । सर्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. सर्किने पार्नु । २. उँभो लाउनु वा सपार्नु । ३. अघि सार्नु; अग्रसर बनाउनु ।
सर्कार— ना॰ [फा॰ सरकारे सरकार । — वादी— वि॰ सरकारवादी । श्र सर्कारिया— वि॰ सरकारिया । सर्कारी— वि॰ सरकारी ।
सर्किनी— ना॰ [सार्की+इनी] १. सार्की जातिकी स्त्री । २. सार्कीकी पत्नी ।
सर्केना— ना॰ [सार्की+एनो १. सर्किनीको मानबोधक शब्द । २. सर्किनी ।
सर्केनी— ना॰ [सार्की+एनी] सर्किनी ।
सर्को— ना॰ [सं॰ सरे १. चुरोट, तमाखु आदि धूवाँ आउने पदार्थको एकपल्टको तनाइ; एक पटकको धूमपान; धूवाँतनाइको एक खेप । २. एकपटक पिब खेल्ने वा मच्चाउने काम; पिबको एकपटकको मच्चाइ वा खेलाइ ।
सर्ग— ना॰ [सं॰] १. कुनै विषयसँग सम्बद्ध ग्रन्थको अध्याय; परिच्छेद । २. सृष्टि; सृजना । ३. रचना; निर्माण । ४. स्वभाव; प्रवृत्ति । ५. निश्चय; निधो; सङ्कल्प ।
सर्जन१— ना॰ [सं॰] १. रचना; निर्माण । २. सृष्टि; सृजन । ३. त्याग्ने काम; छोडाइ ।
सर्जन२— ना॰ [अङ्॰] चिरफार गर्ने डाक्टर; शल्यचिकित्सक ।
सर्जाम— ना॰ [फा॰ सर+अन्जाम] १. कुनै कामका निम्ति तयार गरिएको सामग्री; सरसमान; सर्दाम । २. हतियार वा सामान; उपकरण । सर्जिकल वार्ड— ना॰ [अङ्॰] शल्यक्रियाविभाग ।
सर्टह्यान्ड— ना॰ [अङ्॰ शर्टह्यान्डे सङ्केतलिपि ।
सर्त— ना॰ [अ॰ शर्ते १. कुनै काम, सम्झौता वा सन्धि गर्दा परस्परमा पालन गरिने निर्दिष्ट कुरा; प्रतिज्ञा; कबुल । २. हारजित हुने कुरामा बाजी थाप्ने काम; बाजी; होड । — नामा— ना॰ सर्तका कुरा लेखिएको कागत; प्रतिज्ञापत्र । — बन्दी— ना॰ कुनै काममा आवश्यक कबुल मन्जुर गर्ने वा गराउने काम । ~ बन्देज— ना॰ सर्तबन्दी ।
सर्दाम— ना॰हे॰ सर्जम ।
सर्दार— ना॰ [फा॰ सरदारे सरदार । > सर्दारी— ना॰ सरदारी ।
सर्दी— ना॰ [फा॰] १. चिसोपन । २. जाडो; ठन्डी । ३. रुघा ।
सर्दु— ना॰ घरेलु तानमा बुनेको एक प्रकारको मोटो खाँडी ।
सर्दो— वि॰ [सर्+दो] आफूलाई मिल्दो हुने खालको; सजिलो वा पाइक पर्ने; अनुक¨ल ।
सर्धाइँ— ना॰ [सं॰ श्रद्धा+आइँ] १. कुनै कामकुरो वा वस्तुप्रतिको चाख; कुनै कुराप्रतिको अभिरुचि; चाहना; चाह । २. कुनै कुरो खाने इच्छा; तृष्णा; तिर्सना ।
सर्प— ना॰ [सं॰] घस्रेर हिँड्ने लामो, विषालु कीरो; साँप; लाम्कीरो । — गन्धा— ना॰ चाँदमरुवा । — को मकै— ना॰ कर्कलाको जस्तो डाँठ हुने, घोगाका आकारको फल लाग्ने र सेतो, डल्लो कन्द हुने, आयुर्वेदका अनुसार कफनाशक र पित्त बढाउने गुण भएको एक जातको बुटी; वज्रकन्द; एक जातको ओल ।
सर्पट१— ना॰ [सं॰ सरटे अगाडिका दुवै खुट्टा एकसाथ फालेर वेगसित दुगुर्ने घोडाको एक चाल ।
सर्पट२— ना॰ जन्जिरबाट नापी गरिने जग्गा । ~ कटान— ना॰ साँधसिमाना छुट्ट्याउने वा कित्ताफोड गर्ने काम । ~ नापी— ना॰ जन्जिरबारा गरिने जग्गाको नापी ।
सर्पयज्ञ/सर्पयाग— ना॰ [सं॰] सर्पहरूको नाश गर्नाका निम्ति परीक्षित्का छोरा जनमेजयले गरेको महाभारतपुराणप्रसिद्ध एक यज्ञ; नागयज्ञ ।
सर्पविद्या— ना॰ [सं॰] १. सर्पलाई लट्ठ्याउने, समात्ने वा वशमा पार्ने विद्या । २. सर्पका विषयमा सबै कुरा लेखिएको शास्त्र; सर्पसम्बन्धी विद्या; गारुडी विद्या ।
सर्बत— ना॰ [अ॰ शरबते १. सक्खर वा चिनी र मरीच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी । २. फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेय पदार्थ ।
सर्भे— ना॰ [अङ्॰] १. जग्गाजमिनको नापी तथा भौगोलिक वा भौगर्भिक विशेषताको निरूपण गर्ने काम; कुनै जमिनको टुक्राको परिमाण आदि पत्ता लगाउन गरिने नापजाँच । २. कुनै स्थान वा विषयमाथि सामान्य दृष्टि दिने, विचारविमर्श गर्ने वा त्यसको व्याख्या गर्ने काम ।
सर्म— ना॰ [फा॰ शर्मे सरम; लाज ।
सर्माइ— ना॰ [रू सर्माउ (+आइ॰] सर्माउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सर्माइनु— अ॰ क्रि॰ सर्माउने काम हुनु; सरम मानिनु ।
सर्माउनु— अ॰ क्रि॰ सरममा पर्नु; लाज मान्नु; सङ्कोच मान्नु; लजाउनु । सर्माहट— ना॰ सर्माउने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
सर्मालु— वि॰ सरम मान्ने; लज्जाशील; लजालु ।
सथ्याइ— ना॰ [रू सथ्याउ (+आइ॰] सथ्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सथ्याइनु— क॰ क्रि॰ सथ्याउने काम गरिनु ।
सथ्याउनु— स॰ क्रि॰ [सर्+याउ+नु] १. तह, खात वा सर झिक्नु । २. मकैका घोगाको बाहिरी खोस्टो निकाल्नु ।
सर्र— क्रि॰ वि॰ [अ॰ मू॰ सर्+र] १. एकाएक शीतल तथा आनन्ददायक हावा चलेर । २. राम्ररी पिब मच्चिने किसिमले । ३. कुनै पनि काम विनारोकटोक सजिलैसित हुने गरी । ~ सर्र— क्रि॰ वि॰ लगातार सर्र हुने गरी ।
सर्लाही— ना॰ नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको तराई भागमा रहेको एक जिल्ला ।
सर्व— वि॰ [सं॰] सबै; सम्पूर्ण; समस्त; जम्मै । — जनीन— वि॰ सबैको; सबैसित; सार्वजनिक ।
सर्वजा— ना॰ [सं॰ सर्वजयो हलेदाका जस्ता लामा र ठूला पात हुने, रातापहेँला, छिरबिरे रबका फूल फुल्ने कोसाभित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसैको फूल ।
सर्वजात— ना॰ [सं॰] सबै जात; विभिन्न जाति ।
सर्वजित्— वि॰ [सं॰] सबैलाई जित्ने वा जित्न सक्ने; सबैमाथि विजय हासिल गर्ने ।
सर्वज्ञ— वि॰ [सं॰] १. सबै कुरा जान्ने । ना॰ २. ईश्वर । ३. बुद्ध । — ता— ना॰ सर्वज्ञ हुनाको भाव वा स्थिति ।
सर्वतः— क्रि॰ वि॰ [सं॰] १. सबैतिर; जताततै; वरिपरि । २. अनेक प्रकारले; धेरै किसिमले । ३. पूर्णत; पूर्ण रूपले ।
सर्वतन्त्र— ना॰ [सं॰] १. सबै किसिमका तन्त्र; सबै तन्त्रविद्या । २. सम्पूर्ण शास्त्र वा तन्त्रको अध्ययन गर्ने व्यक्ति । वि॰ ३. सबै जनता वा शास्त्रले मानेको ।
सर्वतोभद्र— वि॰ [सं॰] १. सबैको सबै प्रकारले कल्याण गर्ने । २. जुँगा, दाह्री, कपाल सबै खौरेको । ना॰ ३. देवतालाई राखिने वा पूजा गरिने ठाउँमा कपडामा वा जमिनमा विभिन्न रब भएका वस्तुबारा कोठाकोठा पारी लेखिने र पूजा गरिने एक यन्त्र ।
सर्वतोभावेन— क्रि॰ वि॰ [सं॰] १. हरप्रकारले; सबै तरहले । २. उचित तवरले; ठीकसित ।
सर्वतोमुख— वि॰ [सं॰] १. सबैतिर मुख भएको; चारैतिर मुख फर्केको । २. सबै किसिमका विषय वा समस्यामा विचार व्यक्त गर्न सक्ने; सबै विषयको ज्ञान वा प्रतिभा भएको । > सर्वतोमुखी— वि॰ सबैतिर गति भएको; कुनै कुरामा पनि पछि नपर्ने; सर्वतोमुख ।
सर्वत्र— क्रि॰ वि॰ [सं॰] सबै ठाउँमा; सबैतिर; जहाँतहीँ ।
सर्वथा— क्रि॰ वि॰ [सं॰] १. सबै प्रकारले; सबै किसिमबाट । २. जसरी भए पनि ।
सर्वदल— ना॰ [सं॰] १. राजनीति वा अन्य विषयसँग सम्बद्ध विभिन्न किसिमका विचारधारा राख्ने व्यक्तिहरूको जमात वा दल । २. कुनै विषयमा विचारविमर्श गर्न भेला भएका सबै दल वा जमात । > सर्वदलीय— वि॰ १. सबै दल वा संस्थाको; सबै दल वा संस्थासँग सम्बन्धित । २. सबै दल मिलेर बनेको वा गरेको (सरकार, शासन आदि॰ ।
सर्वदर्शिता— ना॰ [सं॰] सर्वदर्शी हुनाको भाव वा स्थिति ।
सर्वदर्शी— वि॰ [सं॰] १. सबै कुरा देख्ने वा देखेको; सर्वत्र दृष्टि पुथ्याउने । २. सबै विषय वा वस्तुको ज्ञान भएको । ३. ईश्वर; परमात्मा ।
सर्वदा— क्रि॰ वि॰ [सं॰] १. हरबखत; सधैँ । ना॰ २. अदुवाको जस्तो बोट हुने, रातो वा पहेँलो रबको फूल फुल्ने एक जातको रूख वा त्यसैको फूल ।
सर्वनाम— ना॰ [सं॰] १. व्याकरणका अनुसार नाम प्रयुक्त हुने पदका सट्टामा आउने शब्द (त्यो, तिनी, उहाँ आदि) । २. सबै नाम वा सबैको नाम ।
सर्वनाश— ना॰ [सं॰] भएभरका व्यक्ति वा वस्तुको नाश; सखाप हुने काम वा स्थिति; बरबादी; सत्यानाश । > सर्वनाशक— वि॰ सर्वनाश गर्ने; बरबाद गर्ने; सत्यानाशी ।
सर्वप्रथम— क्रि॰ वि॰ [सं॰] १. सबैभन्दा पहिले; सबभन्दा अगाडि । वि॰ २. सबैभन्दा पहिले भएको; सबैमा पहिलो ।
सर्वप्रिय— वि॰ [सं॰] सबैलाई प्यारो लागेको; सबैको प्यारो; लोकप्रिय । — ता— ना॰ सर्वप्रिय हुनाको भाव वा स्थिति; लोकप्रियता ।
सर्वभक्षी— वि॰ [सं॰] १. भोज्य र अभोज्य विचार नगरीकन सबै कुरा खाने; भोज्याभोज्यको विचार नभएको । ना॰ २. अग्नि; आगो ।
सर्वभोगी— वि॰ [सं॰] १. असल खराब सबै वस्तुको उपभोग गर्ने । २. खान हुने, खान नहुने सबै कुरा खाने; सर्वभक्षी ।
सर्वमङ्गला— वि॰ [सं॰] १. सबैको कल्याण गर्ने (स्त्री॰; मङ्गलकारिणी । ना॰ २. दुर्गा । ३. लक्ष्मी ।
सर्वमान्य— वि॰ [सं॰] १. सबैले मानेको; सबैबारा सम्मानित । २. सबैले मान्नुपर्ने; सबैलाई मान्य हुने; सबैले मान्न योग्य ।
सर्वरकम— ना॰ [सं॰ सर्व+ अ॰ रकमे सबै किसिमको धन– सम्पत्ति; सबै रकम ।
सर्वव्यापक/सर्वव्यापी— वि॰ [सं॰] १. सबै ठाउँमा फैलिएको; सबै ठाउँमा व्याप्त भएर रहेको । २. सबैलाई ढाकेर रहेको । ना॰ ३. ईश्वर; परमात्मा ।
सर्वशक्तिमान्— वि॰ [सं॰] १. सबै कामकुरा गर्ने शक्ति भएको; सबै किसिमका शक्तिले युक्त भएको । ना॰ २. ईश्वर; देवता ।
सर्वश्री— ना॰ [सं॰] धेरै मानिसका नामको उल्लेख गर्दा सबैका नामका अगाडि 'श्री' नलेखी सामूहिक रूपमा आदर जनाउन सबैभन्दा पहिले आएको नामको अगिल्तिर मात्र लगाइने आदरसूचक शब्द; श्रीमन्त ।
सर्वश्रेष्ठ— वि॰ [सं॰] सबैभन्दा श्रेष्ठ; उच्च; सर्वोत्तम; सबैभन्दा ठूलो; उम्दा । — ता— ना॰ सर्वश्रेष्ठ हुनाको भाव वा अवस्था ।
सर्वसंहार— ना॰ [सं॰] सर्वनाश; सत्यानाश; सबथोक स्वाहा । >
सर्वसंहारक— वि॰ सर्वसंहारी; सर्वनाशी । सर्वसंहारी— वि॰ सर्वसंहार गर्ने; सर्वनाशी ।
सर्वसत्ता— ना॰ [सं॰] कुनै काम वा विषयसँग सम्बन्धित सबै किसिमको अधिकार; सम्पूर्ण अधिकारयुक्त सत्ता । ~ सम्पन्न— वि॰ कुनै काम वा विषयसँग सम्बन्धित सबै अधिकारले युक्त; सम्पूर्ण अधिकार भएको ।
सर्वसम्मत— वि॰ [सं॰] उपस्थित वा सम्बन्धित सबै व्यक्तिहरूको सहमति वा स्वीकृति भएको; सबैको सम्मति पाएको; सबैले मानेको । > सर्वसम्मति— ना॰ उपस्थित वा सम्बन्धित सबैको सहमति वा रायसल्लाह ।
सर्वसाक्षी— ना॰ [सं॰] १. संसारमा हुने सबै कामकुरा देख्ने ईश्वर; सर्वद्रष्टा परमेश्वर । वि॰ २. सबै कुरा देख्नेसुन्ने; सबै कुराको साक्षी भएको ।
सर्वसाधारण— ना॰ [सं॰] १. सबै प्रकार वा स्तरका मानिसको जमात; अधिकांश सामान्य जनता । वि॰ २. सामान्य रूपको; साधारण खालको; मामुली ।
सर्वस्व— ना॰ [सं॰] १. भएभरको पूरै सम्पत्ति; सारा सम्पत्ति; जिलीगाँठी । २. कुनै ठूलो अभियोगमा कानुनअनुसार आफ्नो भएभरको सम्पत्ति अपहरण हुने वा गुम्ने अवस्था (जस्तो— सर्वस्व हुनु, सर्वस्व लिइनु आदि) । ~ हरण— ना॰ भएभरको पूरै सम्पत्ति हर्ने काम; सिरीखुरीहरण ।
सर्वहारा— ना॰ [सं॰ सर्वहार+ओ सबै कुरा हराएको वा गुमेको वर्ग; केही नभएको विपन्न वर्ग; निम्न तहको श्रमिक वर्ग । ~ अधिनायकत्व— ना॰ देश वा समाजका धनी वर्गको हातबाट शासनसत्ता खोसेर सर्वसाधारण श्रमिकहरूले शासनको सर्वाधिकार आफ्नो हातमा लिने काम वा प्रक्रिया । — वाद— ना॰ सर्वहारावर्गको अधिनायकत्वका निम्ति प्रयत्नशील रहने र त्यसकै उद्देश्यमा विश्वास राख्ने वाद; मार्क्सवाद । — वादी— वि॰ १. सर्वहारावादमा विश्वास राख्ने; सर्वहारावादको अनुयायी । २. सर्वहारावादसम्बन्धी; मार्क्सवादी ।
सर्वाङ्ग— ना॰ [सं॰] १. शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग; देहका सबै अङ्ग । २. सम्पूर्ण शरीर; सारा देह । वि॰ ३. सग्लो सिङ्गो । ~ पूर्ण— वि॰ १. सबै अङ्गप्रत्यङ्गले युक्त; अङ्गहरू भएको; अविकलाङ्ग । २. अङ्गविन्यासमा आवश्यक सबै कुराले परिपूर्ण; जीउडाल, रूप सबैमा राम्रो । ~ सुन्दर— वि॰ सबै अङ्गप्रत्यङ्ग सुन्दर भएको; सम्पूर्ण अवयव राम्ररी मिलेको । >
सर्वाङ्गीण— वि॰ १. सबै अङ्गको; सबै अङ्गमा व्याप्त वा पूर्ण; सबै अङ्गले युक्त । २. सम्पूर्ण पक्षसित सम्बन्धित; चौतर्फी (विकास, उन्नति आदि॰ ।
सर्वाधिकरणाधिकृत— ना॰ [सं॰] लिच्छविकालीन सबै अड्डाको मुख्य हाकिम ।
सर्वाधिकार— ना॰ [सं॰] सम्बन्धित क्षेत्रको सबै कामकुरो गर्ने अधिकार; सबै किसिमको अख्तियार; सम्पूर्ण अधिकार । ~ सम्पन्न— वि॰ सबै प्रकारका अधिकारले युक्त; सबै प्रकारको अधिकारप्राप्त । श्र सर्वाधिकारी— ना॰ सबै किसिमका अधिकारले युक्त व्यक्ति; सबै अधिकार पाएको व्यक्ति वा अधिकारी ।
सर्वास्तिवाद— ना॰ [सं॰] कुनै वस्तु पनि असत् नभई सम्पूर्ण वस्तुको स्वत्व र अस्तित्व छ भन्ने एक दार्शनिक सिद्धान्त; बौद्ध धर्मको एक भेद । > सर्वास्तिवादी— वि॰ सर्वास्तिवादमा विश्वास गर्ने; सर्वास्तिवादको अनुयायी ।
सर्वे— ना॰ [सं॰] हे॰ सर्भे । > सर्वेक्षक— ना॰ सर्वेक्षण गर्ने व्यक्ति वा अधिकारी । सर्वेक्षण— ना॰ १. कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो— भूसर्वेक्षण; वनसर्वेक्षण आदि) । २. कुनै विषयमा ध्यानपूर्वक गरिने विवेचना । ३. कुनै कुराका समसामयिक गतिविधि, प्रयोग र प्रवृत्तिसम्बन्धी अध्ययनका लागि सम्बन्धित क्षेत्रमा गई वा अध्ययनका विभिन्न साधनको उपयोग गरी तथ्य वा तथ्याङ्कहरूको सङ्कलन गरिने अनुसन्धानको विधि वा प्रक्रिया ।
सर्वेश/सर्वेश्वर— ना॰ [सं॰] सबैको भलो गर्ने ईश्वर; सबैका स्वामी ।
सर्वेसर्वा— वि॰ [सं॰] कुनै विषय वा कामकुरासित सम्बन्धित सबै किसिमको सर्वोच्च अधिकार पाएको; सर्वाधिकारसम्पन्न ।
सर्वोच्च— वि॰ [सं॰] १. सबैभन्दा उच्च वा अग्लो । २. सबैभन्दा माथिल्लो तहको; सर्वश्रेष्ठ । ~ अदालत— ना॰ देशभित्रका मुद्दामामिलाको इन्साफ गर्ने र तल्लो तहका अदालतले गरेका न्यायिक निर्णयहरूका सम्बन्धमा आवश्यकतानुसार पुनर्विचार गर्ने सर्वोच्च न्यायिक संस्था । ~ सत्ता— ना॰ कुनै पनि देशको शासनपद्धतिको वास्तविक अधिकार; वास्तविक प्रभुसत्ता । ~
समादेश— ना॰ राष्ट्रका सर्वोच्च व्यक्तिबाट दिइएको आदेश ।
सर्वोत्कृष्ट— वि॰ [सं॰] सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ ।
सर्वोत्तम— वि॰ [सं॰] सबैभन्दा उत्तम; सबैमा उम्दा; सर्वोत्कृष्ट ।
सर्वोपरि— क्रि॰ वि॰ [सं॰] सबैभन्दा माथिको; सबैभन्दा बढी । —
ता— ना॰ सर्वोपरि हुनाको भाव वा स्थिति; सर्वोत्कृष्टता ।
सर्वौषधि— ना॰ [सं॰] दस प्रकारका औषधीहरूको समूह (क¨ट, जटामसी, हलेदो, बोझो, शिलाजित, श्रीखण्डचन्दन, रक्तचन्दन, कपूर, मोथे र नरिवल॰ ।
सर्सराइ— ना॰ [रू सर्सराउ (+आइ॰] सर्सराउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सर्सराइनु— अ॰ क्रि॰ सर्सर आवाज आइनु ।
सर्सराउ–नु— अ॰ क्रि॰ [सरसर+आउ+नु] हावा आदि चल्दा सरसर शब्द गर्नु; सथ्याकसुरुक गर्नु; सरसराउनु ।
सर्सिउँ/सर्स्यँु— ना॰ [सं॰ सर्षपे तोरीका भन्दा केही ठूला पात, पहेँला फूल र तोरीका जस्ता कोसा हुने, दाना पेलेर तेल निकालिने एक जातको बोट; ठूलो किसिमको तोरी ।
सल— ना॰ [सं॰ सरे १. गारो, पर्खाल आदि लगाउँदा राखिने इँट वा ढुङ्गाको तह । २. दाउराको खलियोको चाब । ३. तह; खात ।
सलकी— वि॰ [सं॰ शलाको चारै पाटा मिलेको; राम्रो ।
सलक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सलक्+क] १. मुखमा हालेको कुरो नचपाईकन एकै चोटि सजिलैसित निलेझैँ गरी । २. पुष्ट शरीर भई राम्रो देखिने किसिमले । ३. लहलहाएर बढ्ने चालमा; सल्काइलो भएर ।
सलगम/सलेगम— ना॰ [फा॰ शलगमे गाजर वा मूलाजस्तै गरी जमिनभित्र फल्ने, तरकारी खाइने एक प्रकारको डल्लो कन्द; गान्टेमूला ।
सलज्ज— वि॰ [सं॰] लाज भएको; लज्जायुक्त; लज्जालु ।
सलतनत— ना॰ [अ॰ सल्तनते १. कुनै राजा वा शासकबारा शासित देश; राज्य; मुलुक । २. कुनै राजा वा शासकको राज्यसञ्चालन गर्ने अधिकार । ३. शासनप्रबन्ध । ४. सम्झौता; सुलह ।
सलबल— क्रि॰ वि॰ [सं॰ सल+बल] १. सर्प, गँड्यौला, माछा, कीरा आदि चल्ने वा चलमलाउने गरी; सिलिबबिलिब भएर । २. चुलबुले तालमा यताउति गर्दै; चलबल; चलमल । वि॰ ३. सलबलाउँदो । > सलबलाइनु— अ॰ क्रि॰ सलबल गरिनु ।
सलबलाउँदो— वि॰ १. सलबल गर्ने; सलबले । २. सलबल परेको; लदबदो (अचार, तरकारी आदि॰ । सलबलाउनु— अ॰ क्रि॰ सर्प, गँड्यौला, माछा आदि बिस्तारै चल्नु; सिलिबबिलिब गर्नु; चलमलाउनु । सलबलिनु— अ॰ क्रि॰ सलबलाउनु । सलबले— वि॰ १. सलबल गर्ने बानी भएको; सलबलाउने रू२. सलबलाउँदो । सलबल्याहट— ना॰ सलबल गर्ने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
सलमा— ना॰ [अ॰ सलमे कपडा आदिमा किसिमकिसिमका बुट्टा आदि भर्ने काममा प्रयोग गरिने, सुनचाँदीबाट बनाइएको मसिनु बेरुवा तार ।
सलवार— ना॰ [फा॰ शलवारे मोहोतो र जाब ठूलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल ।
सलसल— क्रि॰ वि॰ [अ॰ मू॰ सल+अ (बि॰)] १. नचपाईकन धमाधम निल्ने गरी । २. सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर । ३. पानी वा लेदो वस्तु बगेजस्तै गरी; सुलसुल । श्र सलसलती— क्रि॰ वि॰ अझै सलसल हुने गरी । सलसलाइ— ना॰ सलसलाउने भाव, क्रिया वा प्रक्रिया । सलसलाइनु— अ॰ क्रि॰ सलसल होइनु; सलबलाइनु । सलसलाउँदो— वि॰ १. सप्रेर रहरलाग्दो भएको; सलक्क परेको । २. हलक्क बढेको वा लहलहाउँदो । ३. देख्दा राम्रो र नरम; सलसल गर्दो (खानेकुरा, वस्तु आदि॰ । स्त्री॰ सलसलाउँदी । सलसलाउनु— अ॰क्रि॰ सप्रेर हलक्क बढ्नु; लहलहाउनु; सलक्क परेको हुनु । सलसली— क्रि॰ वि॰ सलसल ।
सलह— ना॰ [सं॰ शलभे धान आदिको बाली विनाश गर्ने एक जातको पतङ्ग; बालीनाली, बोटबिरुवाको पातैसमेत खाएर नाङ्गो पार्ने फट्याङ्ग्रोजस्तो उडुवा कीरो । — को बथान— ना॰ १. सलहको बगाल । वि॰ २. अनगन्ती ।
सलाई— ना॰ [सं॰ शलाको १. बट्टाको बाहिर चौडाइका दुईतर्फ टाँसिएको कागतजस्तो पदार्थमा घोट्दा बल्ने, रासायनिक पदार्थ लागेको काठको मसिनु टुक्रो; घोटेर आगो पार्ने, टुप्पामा मसला लागेको काठको छेस्को; दियासलाई । २. औषधी, सुर्मा आदि लाउन बनाइएको एक किसिमको सुइरो; शलाका ।
सलाद— ना॰ [अङ्॰ स्यालाडे १. केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मीठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्थ । २. काँचै खाइने एक प्रकारको कन्दको पात ।
सलाम— ना॰ [अ॰] १. आदरका निम्ति खुला दाहिने हत्केलो बाहिरपट्टि पर्ने गरी शिरमा राखी, औँलाले माथिल्लो निधार छोई गरिने फौजी ढाँचाको अभिवादन; प्रणाम; कुर्नेस । २. राणाकालमा अन्यायमा परेकाले बिन्तीपत्र दिई वा ठाडै प्रधानमन्त्रीछेउ न्याय माग्न कराउने प्रथा ।
सलामी— ना॰ [अ॰] १. ठूला वा उच्च पदका व्यक्तिलाई तोप पड्काएर गरिने सम्मान । २. सैनिकहरूले प्रणाम गर्ने एक पद्धति । ३. बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया । ४. उच्च व्यक्तिहरूलाई सलाम गर्दा चढाइने भेटी । ५. मुख्य शासकले वर्षको एक पटक नजरानाका रूपमा जागिरदार, ठेकदार आदिसँग कट्टा गरी लिने रकम । ६. ओरालो परेको ठाउँ; तेर्पे परेको जमिन ।
सलिफा— ना॰ [सं॰ श्रीफले १. गिर्खागिर्खा परेको, हरियो बोक्रो हुने, भित्र काला, चिल्ला, लाम्चा बियाँ हुने एक प्रसिद्ध फल । २. आँट ।
सलिल— ना॰ [सं॰] जल; पानी ।
सलील— वि॰ [सं॰] १. लीला गर्ने; लीलारत; लीलायुक्त । २. क्रीडा गर्ने; क्रीडाशील; खेलबाडी ।
सलेदो— ना॰ [सुत्लो ?] बाल्नाका निम्ति टुकी, लालटेन आदि बत्तीका भाँडाभित्र हालिने सुत्लो; फित्ता ।
सल्क–नु— अ॰ क्रि॰ [अ॰ शोल ?] १. आगो, बत्ती आदि बल्न सुरु गर्नु । २. आगोको सानो बीउबाट बल्न सुरु गरेर एक ठाउँबाट अर्को ठाउँमा फैलनु । ३. एक ठाउँमा लागेको वा सुरु भएको रोग अर्को ठाउँमा पनि पुग्नु । ४. रिसले भित्रभित्रै चूर हुनु; मुरमुरिनु । > सल्काइ— ना॰ सल्कने तथा सल्काउने भाव, क्रिया वा प्रक्रिया । सल्काइनु— क॰ क्रि॰ १. आगो, बत्ती आदि बालिनु । २. रोग आदि सारिनु ।
सल्काइलो— वि॰ [सलक्क+आइलो] सलक्क परेको; सप्लाएको र मिलेको कदको ।
सल्काउ–नु— स॰ क्रि॰ [सल्क+आउ+नु] १. आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु । २. रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुथ्याउनु । ३. कसैलाई रिस उठ्ने बनाउनु ।
सल्कि–नु— अ॰ क्रि॰ [सल्क+इ+नु] १. सल्कनु । २. सरुवा रोग फैलिनु । ३. दन्किनु । > सल्क्याइ— ना॰ सल्किने भाव, क्रिया वा प्रक्रिया ।
सल्याकसुलुक— क्रि॰ वि॰ [सलक्क+सुलुक्क] १. मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी; सलक्क । २. सलबल ।
सल्याबबल्याब— क्रि॰ वि॰ [सलबले १. सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी; सल्याबसुलुब । २. उत्सुकता देखाउने वा तरखराउने गरेर । ३. धेरै कीरा एकैसाथ चल्ने–चल्मलाउने किसिमसित; स्याउँस्याउँ ।
सल्याबसुलुब— क्रि॰ वि॰ [सल्याबबल्याबे सलबल; सल्याकसुलुक ।
सल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ सल्+ल] १. पानी आदि तरल पदार्थ राम्ररी बग्ने गरी । २. सर्प आदि उरग प्राणी दगुर्ने किसिमले ।
सल्लाह— ना॰ [अ॰ सलाहे १. कुनै कामकुरामा अर्कालाई दिइने वा अर्काबाट लिइने सुझाउ; सम्मति; परामर्श । २. मत; राय । ३. कसैलाई दिइने वा कसैबाट लिइने हितका कुरा; उपदेश; अर्ती । ४. मेल; मतो ।
सल्लाहकार— वि॰ [अ॰ सलाह + सं॰ कारे आवश्यकतानुसार सल्लाह दिने; परामर्शदाता । ~ सभा— ना॰ १. संसद्को चुनाव हुनुभन्दा अगाडि, आफूलाई प्राप्त अधिकारबमोजिम संसद्ले झैँ काम गर्न खडा गरिएको जनप्रतिनिधिहरूको सभा । २. कुनै विषयमा सल्लाह दिनाका निम्ति आमन्त्रित व्यक्तिहरूको सभा ।
सल्ली— ना॰ [सल्लो+ई] १. जोत्दा गोरुको काँधमा राखिने जुवा । वि॰ २. सल्लाको सोझी; सल्लोबराबरको (जस्तो— तीन सल्ली घाम॰ ।
सल्लेझार— ना॰ [सल्लो+ए+झार] सेता फूल र मसिना लाम्चा पात हुने गाईबस्तुलाई खुवाइने वा खुवाउन हुने एक जातको झार ।
सल्लेनी— ना॰ [सल्लो+एनी] १. काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान । २. सल्लाघारी; सल्लेरी ।
सल्लेपिर/सल्लेबिर— ना॰ [सं॰ सल्लकी+पर्ण] सल्लाको सुकेर झरेको पात ।
सल्लेरी— ना॰ [सल्लो+एरी] १. सल्लाका रूखहरू धेरै भएको वनग् सल्लाघारी । २. सगरमाथा अञ्चलको पहाडी भागमा पर्ने एक बस्ती ।
सल्लो— ना॰ [सं॰ सल्लकी] झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठूलठूला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु ।
सल्ल्यान— ना॰ नेपालको मध्य पश्चिमाञ्चल विकास–क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा (दाब जिल्लाको उत्तरतिर॰ रहेको, पहिलेको एक सामन्त राज्य र अहिलेको एक जिल्ला । > सल्ल्यानी— वि॰ सल्ल्यानमा हुने; सल्ल्यानको; सल्ल्यानसम्बन्धी ।
सवर्गीय— वि॰ [सं॰] एउटै वर्गको; समान पेसाको ।
सवर्ण— वि॰ [सं॰] १. एउटै वा समान जातको; एउटै वा समान वर्णको । २. एउटै वा समान रबको । ३. हिन्दूहरूका चार जातिभित्रको । ना॰ ४. व्याकरणमा उच्चारणका दृष्टिले एउटै स्थान र प्रयत्नका दृष्टिले आभ्यन्तर प्रयत्न हुने वर्ण (जस्तो— सं॰ कौल, फा॰ कौल॰ ।
सवा— ना॰ [सं॰ सपादे १. कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण । वि॰ २. सिङ्गै र एक चतुर्थांश परिमाणको; चतुर्थांशसमेत गाभिएको सिङ्गो (सवा गज, सवा मिटर, सवा एक इ॰) ।
सवाइखर— ना॰ [सं॰ सपाद+ईक्षण] आखीझ्याल ।
सवाई— ना॰ १. [सं॰ सपादे १. कुनै सङ्ख्या वा वस्तुको चार खण्डको एक खण्ड; एक चतुर्थांश; चौथाइ । २. चरणमा प्रायः चौध अक्षर र बाह्रतेह्र अक्षरका पनि हुने एक नेपाली प्रसिद्ध लोकलय र त्यसै लयमा रचित गीत वा कविता ।
सवार— ना॰ [फा॰] १. सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी । २. बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि ।
सवारी— ना॰ [फा॰] १. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम । २. कहीँ जानाका लागि वाहनका रूपमा प्रयोग गरिने साधन; यान । ३. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन । ~ कर— ना॰ सवारीसाधनमाथि लगाइने कर; सवारीदस्तुर । ~ चालक— ना॰ सवारी चलाउने व्यक्ति (ड्र्राइभर, पाइलट आदि) । ~ दर्ता— ना॰ कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्ने सवारीसाधनलाई सम्बन्धित कार्यालयमा दर्ता गराउने काम । ~ दुर्घटना— ना॰ सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना (मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि) । ~ साधन— ना॰ सवारीका निम्ति प्रयोग गरिने साधन (घोडा, हात्ती, रेल, मोटर, हवाईजहाज, पानीजहाज आदि) । ~ सुविधा— ना॰ १. सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिबारा आवागमन गर्न पाइने सुविधा । २. त्यस्तो सुविधाका निम्ति प्राप्त हुने रकम वा साधन ।
सवाल— ना॰ [फा॰] १. कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम; सोधाइ; प्रश्न । २. सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय; समस्या । ३. अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नाका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम । ~ जबाफ— ना॰ १. सवाल र जवाफ; प्रश्नोत्तर । २. तर्कवितर्क; वादविवाद । ३. घर, कोठा आदिका झ्यालढोकाहरू एकसँग अर्को मिल्ने गरी जोडा मिलाएर राख्ने वा हाल्ने काम ।
सविकल्प— वि॰ [सं॰] १. एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष पनि भएको । २. यही हो भनेर अठोट गर्न नसकिने; सन्दिग्ध । ना॰ ३. कुनै आलम्बनको सहायताबाट हुने समाधि । ४. वेदान्तमा ज्ञाता र ज्ञेयका अन्तरको ज्ञान ।
सविता— ना॰ [सं॰] १. सूर्य; दिवाकर । २. पैदा गर्ने व्यक्ति; सृष्टिकर्ता; उत्पादक ।
सविनय— क्रि॰ वि॰ [सं॰] १. नम्र बनेर; विनयका साथ; विनयपूर्वक । वि॰ २. नम्रता भएको; शिष्टता भएको; विनम्र; शिष्ट ।
सविस्तार— क्रि॰ वि॰ [सं॰] कुनै कुरा नछोडीकन; विस्तारका साथ; खुलस्त हुने गरी ।
सव्य— वि॰ [सं॰] १. दाहिने; दायाँ । २. अनुक¨ल; सर्दो । ३. देब्रे; बायाँ । ४. प्रतिक¨ल; उल्टो । ना॰ ५. दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम । ६. यज्ञोपवीत; जनै । ७. अङ्गिराका पुत्र मन्त्रद्रष्टा एक ऋषि । — साची— ना॰ १. दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति । २. पाँच पाण्डवमध्ये तेस्रा; अर्जुन ।
सशक्त— वि॰ [सं॰] शक्तिले युक्त; शक्तिशाली । — ता— ना॰ सशक्त हुनाको भाव वा अवस्था; शक्तियुक्त स्थिति; शक्तिमत्ता ।
सशङ्क— वि॰ [सं॰] १. शङ्का भएको; सन्देहयुक्त; सन्देहास्पद । २. सतर्क; सावधान ।
सशस्त्र— वि॰ [सं॰] साथमा हातहतियार भएको; हतियारयुक्त । ~ प्रहरी— ना॰ शस्त्रयुक्त प्रहरी; हातहतियारले सुसज्जित प्रहरी । ~ प्रहरी चौकी— ना॰ शस्त्रयुक्त प्रहरी रहने चौकी ।
ससल्काइ— ना॰ [रू ससल्काउ (+आइ॰] ससल्काउने क्रिया वा प्रक्रिया । [ > ] ससल्काइनु— अ॰ क्रि॰ ससल्काउने होइनु ।
ससल्काउ–नु— अ॰ क्रि॰ [ससल्को+आउ+नु] कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु; तत्परिनु ।
ससल्को— ना॰ कुनै काम गर्न तरखराउने चासो; तत्परता ।
ससानु/ससानो— वि॰ [सानु+सानु/सानो+सानो] १. सानुसानु; सानोसानो; सानो खालको । २. केही वा थोरै सानो ।
ससीम— वि॰ [सं॰] १. सीमा भएको; सीमित । २. साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि॰ ।
ससुराल— ना॰ [सं॰ श्वसुरालये पत्नीको माइतघर; ससुराली । श्र ससुराली— ना॰ पत्नीका बाबुआमाको घर; पत्नीको माइती; ससुराको घर वा कुल; ससुराल ।
ससुरो— ना॰ [सं॰ श्वसुरे १. पत्नीका बाबु । २. पतिका बाबु । ३. श्वसुर; । आद॰ ससुरा ।
सस्तो— वि॰ [सं॰ शस्ते १. थोरै मोलमा पाइने; कम मूल्यको । २. चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको । ३. कम महत्त्वको; सामान्य; साधारण; मामुली । ४. मनग्यै पाइने; छेलोखेलो भएको । ~ बजार— ना॰ विशेष चाडबाड, पर्व आदिमा जनसाधारणलाई सस्तो मोलमा खाद्यान्न तथा उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले लागेको वा खुलेको बजार ।
सस्त्रीक— वि॰ [सं॰] पत्नी भएको; पत्नीसहितको; सपत्नीक ।
सस्मित— वि॰ [सं॰] १. मुसुक्क हाँसेको; मुस्कुराएको । क्रि॰ वि॰ २. मुसुक्क हाँसेर; मुस्कुराउँदै ।
सस्य— ना॰ [सं॰] १. धान । २. बालीनाली ।
सस्वर— वि॰ [सं॰] १. स्वर वा आवाज निकालिएको; भाका हालिएको । २. मुखले स्पष्ट उच्चारण गरिएको; बोलिएको । ~ आवृत्ति— ना॰ खास पद्यांश वा गद्यांशको भावानुक¨ल तथा हावभावपूर्ण आवृत्ति । ~ पाठ— ना॰ कुनै धार्मिक ग्रन्थ, गेयात्मक रचना आदिको अरूले सुन्ने किसिमले गरिने पाठ; सस्वर वाचन । ~ वाचन— ना॰ बोलेर पढ्ने प्रक्रिया; स्वर झिकेर पढ्ने काम ।
सह–नु— स॰ क्रि॰ [सह+नु] १. शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु; सहन गर्नु । २. धैर्यधारण गर्नु; खामोस खानु ।
सह१— ना॰ [फा॰ शहे बुद्धिचालको खेलमा बादशाहलाई दिइने किस्त ।
सह२— ना॰ यो॰ [सं॰] १. साथ; सित; सँग । २. सहित; समेत । ३. सँगसँगै; साथसाथै । ४. कुनै नामिक पदमा उपसर्गजस्तै भई लागेर कसैका साथमा रहने भन्ने अर्थ बुझाउने शब्द
(जस्तै— सहगामी, सहचरी, सहजात आदि) । ५. थोरै वस्तुले धेरै काम दिने स्थिति वा प्रक्रिया; फारु; फारो । ६. छेलोखेलो हुने काम; पउल अवस्था । — अभियुक्त— वि॰ एकै कसूरमा मुख्य अभियुक्तका साथ फौजदारी अभियोग लागेको; सहअपराधी । —
अस्तित्व— ना॰ व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौँ र बाँचौँ भन्ने विचार; पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक । —
उत्पादन— ना॰ १. कुनै एउटा उद्योगबाट पैदा हुने मुख्य उत्पादनका साथ पैदा हुने अन्य उत्पादन । २. एउटा वस्तु उत्पादन गरिने क्षेत्रबाट अन्य वस्तु पनि उब्जाउने काम । —
कर्मी— वि॰ साथमा रहेर काम गर्ने; सँगसँगै मिलेर काम गर्ने; समान व्यवसायमा काम गर्ने (व्यक्ति) । — योद्धा— वि॰ कुनै आन्दोलन वा युद्धमा सँगसँगै सङ्घर्ष वा युद्ध गर्ने ।
सहकार— ना॰ [सं॰] १. दुई वा दुईभन्दा बढी व्यक्तिसँगै बसेर काम गर्ने वृत्ति वा क्रिया; पारस्परिक सहयोग वा सहायता । २. आँपको वृक्ष । — पाक— ना॰ आदिमा साधारण र अन्तमा मधुर हुने वा भएको काव्यरचना । > सहकारिता— ना॰ १. धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति । २. उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितका निम्ति कुनै माल बनाउने वा बिक्री गर्ने काम ।
सहकारी— वि॰ [सं॰] १. एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने । ना॰ २. सहयोगी; साथी । ३. सहायक व्यक्ति; मदतगार । ~ गोदाम— ना॰ सहकारी संस्थाको गोदाम वा मालसमान रहने घर । ~ निरीक्षक— ना॰ सहकारी संस्थामा काम गर्ने कर्मचारी । ~ पसल— ना॰ सहकारी संस्थाबारा सञ्चालित साझा पसल । ~ ब्याङ्क— ना॰ सहकारी कामविशेषमा वा एकसाथ मिलीजुली काम गर्ने प्रवृत्तिलाई प्रोत्साहनस्वरूप सहायता दिन पुँजी उपलब्ध गराउने ब्याङ्क । ~ संस्था/समिति— ना॰ सामान्यतः किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको कल्याणका निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पुँजी तथा श्रमअनुसार मुनाफा बाँडिने एक संस्था ।
सहकाल— ना॰ [सं॰ सुकाले जमिनबाट प्रशस्त उब्जा भएको वा भाउबेसाहा सस्तो भएको समय; सुभिक्ष ।
सहकुलपति— ना॰ [सं॰] १. विश्वविद्यालय आदि संस्थामा कुलपतिभन्दा मनि र उपकुलपतिभन्दा माथि रहने एक पदाधिकारी । २. त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री वा शिक्षा राज्यमन्त्रीका हैसियतले पदेन रहने उक्त पद ।
सहगमन— ना॰ [सं॰] १. कसैका साथमा जाने क्रिया; सँगसँगै जाने काम । २. पत्नीले मृत पतिका साथ जल्ने पुरानो रीति; सती जाने काम ।
सहगान— ना॰ [सं॰] धेरै जना मिलेर सँगसँगै गाउने काम वा त्यसरी एकैसाथ गाइने गीत; समूहगान ।
सहगामिनी— ना॰ [सं॰] १. मृत पतिका साथ सँगै चितामा जल्ने स्त्री; सती जाने स्त्री । २. भार्या; पत्नी । ३. सहेली; सँगिनी ।
सहगामी— ना॰ [सं॰] १. सँगसँगै जाने; साथमा जाने; साथ लाग्ने । २. साथी; दौँतर ।
सहचर— वि॰ [सं॰] १. साथसाथै हिँड्ने; सहगामी । २. साथी; सँगी । ३. सेवक । > सहचरी— ना॰ १. सहचरको स्त्रीरूप । २. साथमा रहने स्त्री; सँगिनी; सखी । ३. भार्या; पत्नी । सहचारिणी— ना॰ सहचरी ।
सहचारिता/सहचारित्व— ना॰ [सं॰] सहचारी हुनाको भाव, गुण वा अवस्था ।
सहचारी— वि॰ [सं॰] १. सहचर । २. कुनै राजदूत वा विशिष्ट राजपुरुषका साथ रही काम गर्ने अधिकारी (जस्तो— सांस्कृतिक सहचारी, सैनिक सहचारी आदि॰ ।
सहचालक— ना॰ [सं॰] हवाईजहाज आदि सवारी साधनमा मुख्य चालकको सहयोगी भई काम गर्ने व्यक्ति; मुख्य चालकको सहयोगी चालक ।
सहज— वि॰ [सं॰] १. एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा । २. आफैँ भएको; प्राकृतिक; स्वाभाविक । ३. साधारण; सामान्य; प्राकृत । ४. सुगम; सरल । ना॰ ५. सहोदर दाजुभाइ । ६. स्वभाव; प्रकृति । ~ ज्ञान— ना॰ प्राणी वा जीवजन्तुमा जन्मदेखि उत्पन्न भएको कुनै काम गर्नु हुन्छ वा हुँदैन भन्ने प्रकृतिप्रदत्त ज्ञान; स्वाभाविक ज्ञान; सहजबुद्धि । — ता— ना॰ सहज हुनाको भाव, गुण वा अवस्था । ~ ध्यान— ना॰ सहज ज्ञान वा समाधि । ~ बुद्धि— ना॰ जीव वा प्राणीमा रहने जन्मजात बुद्धि वा समझ; सहज ज्ञान । ~ समाधि— ना॰ १. गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकनै गर्न सकिने समाधि । २. बौद्ध तान्त्रिक तथा हठयोगीका अनुसार सम्पूर्ण बाह्य आडम्बरबाट रहित भएर सरलतापूर्वक जीवनयापन गर्ने प्रक्रिया ।
सहजाइ— ना॰ [रू सहजाउ (+आइ॰] सहजाउने भाव, क्रिया वा प्रक्रिया । > सहजाइनु— अ॰क्रि॰ बरालिनु ।
सहजाउ–नु— अ॰ क्रि॰ [सहजि+आउ+नु] १. राम्रो मान्नु; रुचाउनु । २. सहजिनु ।
सहजात— वि॰ [सं॰] सहज ।
सहजानुभूति— ना॰ [सं॰] सहज रूपमा उत्पन्न हुने अनुभूति; प्रातिभज्ञान ।
सहजि–नु— अ॰ क्रि॰ [सं॰ सहज+नु] १. जिम्मेवारीको कुनै काम नगरी अल्लारिएर यताउति हिँड्नु; बरालिनु । २. उच्छृङ्खल हुनु; उद्दण्ड बन्नु ।
सहटाइ— ना॰ [रू सहटाउ (+आइ॰] सहटाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सहटाइनु— क॰ क्रि॰ सहटिने होइनु ।
सहटाउनु— अ॰ क्रि॰ [सहटि+आउ+नु] सहटिनु; ससल्काउनु ।
सहटिनु— अ॰ क्रि॰ [सं॰ सल्] कसैले बोलाए पनि नबोलाए पनि वा भने पनि नभने पनि काम गर्न अगि सर्नु; ससल्किनु; सहटाउनु । > सहट्याइ— ना॰ सहटिने भाव, क्रिया वा प्रक्रिया ।
सहता/सहत्व— ना॰ [सं॰] सह वा साथ हुनाको भाव वा अवस्था ।
सहदेव— ना॰ [सं॰] १. पाँच पाण्डवमध्ये कान्छो भाइ; माद्रीको कान्छो छोरो । २. एक प्रकारको प्रसिद्ध बुटी । > सहदेवा— ना॰ बेथेकाजस्ता पात, पहेँला फूल हुने एक जातको बुटी । सहदेवी— ना॰ सहदेवा बुटीको एक भेद; पीतपुष्पी । (सहदेवा र सहदेवी बुटीका टुप्पा स्वतः आई जोडिएर बस्छन् भन्ने कथन छ॰ ।
सहधर्मिणी— ना॰ [सं॰] भार्या; पत्नी ।
सहधर्मी— वि॰ [सं॰] १. एउटै धर्ममा विश्वास गर्ने; एउटै धर्म मान्ने; एउटै धर्मको अनुयायी । २. समान गुण, धर्म वा स्वभावको । ना॰ ३. पति; लोग्ने ।
सहन— ना॰ [सं॰] १. सहने भाव वा क्रिया । २. क्षमा । वि॰ ३. सहेर बस्न सक्ने; सहिष्णु । — शील— वि॰ १. सहन सक्ने स्वभावको; सहिष्णु । २. क्षमाशील । ३. विपत्ति आदिमा धैर्य धारण गर्ने; धैर्यशाली । —शीलता— ना॰ सहनशील हुनाको भाव, गुण वा अवस्था; सहिष्णुता ।
सहनायक— ना॰ [सं॰] नाटक, चलचित्र, उपन्यास,काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र; नायकको प्रमुख सहयोगी । > सहनायिका— ना॰ काव्य, नाटक, चलचित्र, उपन्यास आदिमा नायिकाको जस्तै भूमिका भएकी स्त्री पात्र; नायिकाको प्रमुख सहयोगी स्त्रीपात्र ।
सहनीय— वि॰ [सं॰] सहन उचित वा योग्य; सहन सकिने; सह्य ।
सहपथिक— वि॰ [सं॰] १. बाटोमा सँगसँगै हिँड्ने । २. एउटै बाटामा हिँड्ने ।
सहप्रतिवादी— ना॰ [सं॰] कुनै मुद्दामामिलामा मुख्य प्रतिवादीसँगै प्रतिवादीका रूपमा देखिएको गौण प्रतिवादी ।
सहप्रशासक— ना॰ [सं॰] संस्थान आदि अर्धसरकारी वा स्वायत्त संस्थामा उपप्रशासकभन्दा माथिल्लो निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीसरहको प्रशासनिक कर्मचारी ।
सहप्राध्यापक— ना॰ [सं॰] उपप्राध्यापकभन्दा माथिल्लो र प्राध्यापकभन्दा तल्लो तहको राजपत्राङ्कित प्रथम श्रेणीसरहको, विश्वविद्यालयमा प्राध्यापन गर्ने शिक्षक; रिडर ।
सहपाठी— वि॰ [सं॰] एउटै कक्षामा साथसाथै पढ्ने; एउटै पाठ पढ्ने; सहाध्यायी; पाठेभाइ ।
सहभागिता— ना॰ [सं॰] सहभागी हुनाको भाव; कुनै कामकुरामा अरूका साथै भाग लिने वा सहभागी भएर काम गर्ने प्रक्रिया वा अवस्था । २. अरूका साथ मिलेर काम गर्ने अवसर वा अधिकार ।
सहभागी— वि॰ [सं॰] १. अरूसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने । २. कुनै कामको लाभहानिमा समान भागी हुने । ना॰ ३. त्यस्तै व्यक्ति ।
सहभाव— ना॰ [सं॰] एकसाथ हुने क्रिया वा अवस्था; मित्रता; बसउठ; सख्यभाव । > सहभावी— वि॰ १. साथमा रहने; साथसाथ हुने । २. सहचर; साथी । ३. मदतगार ।
सहभोज/सहभोजन— ना॰ [सं॰] कुनै पर्व, उत्सव वा आनन्दका अवसरमा एकभन्दा बढी व्यक्ति एक साथ बसेर गरिने भोजन; धेरै जना एकसाथ बसेर खाने काम ।
सहभोजी— वि॰ [सं॰] एकसाथ बसेर खाने; सँगसँगै भोजन गर्ने ।
सहमत— वि॰ [सं॰] १. अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको । २. मन्जुर भएको । > सहमति— ना॰ सहमत हुनाको भाव वा अवस्था; कुनै कामकुरामा एउटै राय हुने काम; ऐकमत्य ।
सहमरण— ना॰ [सं॰] १. साथसाथैको मरण । २. सती जाने काम; सहगमन ।
सहयोग— ना॰ [सं॰] १. परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता । २. परस्पर मद्दतका साथ गरिने काम । श्र सहयोगी— वि॰ १. सहयोग गर्ने; मद्दत दिने; मदतगार । २. परस्परमा सहयोगका साथ वा मिलेर गरिने (कार्यक्रम आदि॰ ।
सहर१— ना॰ [फा॰ शहरे ठूलठूला सडक, बजार, उद्योग, कारोबार आदि साधनसम्पन्न भएको ठूलो बाक्लो बस्ती; नगर; पुर ।
सहर२— ना॰ [सं॰ शफरे एक जातको टल्कने माछो; शफर ।
सहराउँदो— वि॰ [सह्यार+आउँदो] १. सबै शरीर चिल्लो हुने । २. चिल्लो वा भुटुन पुगेको ।
सहरिया— वि॰ [शहर+इयो १. सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको । ना॰ २. सहरका बासिन्दा ।
सहरी— वि॰ [शहर+ई] सहरमा भएको; सहरको; सहरिया । — करण— ना॰ सहर बसाउने वा निर्माण गराउने काम । ~ क्षेत्र— ना॰ नगर वा नगरपालिकाको निर्धारित सीमाभित्र पर्ने सहरको क्षेत्र । ~ मार्ग— ना॰ सहरको क्षेत्रमा पर्ने वा परेको मूल बाटो ।
सहलह— ना॰ [प्रा॰ साह+लय] सबै किसिमका मानिससँगको लसपस; भेदभावविनाको छातछूत ।
सहलिया— वि॰ [सं॰ सरल > सहल+इयो १. साधारण; सामान्य; मामुली । [सहलह+इया > सहलहियो २. सहलह गर्ने; लसपसे ।
सहवरण— ना॰ [सं॰] पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतबाहेक पञ्चायतका अन्य तहका निर्वाचित वा मनोनीत सदस्य कुनै कारणवश बीचमा सदस्यताबाट मुक्त भएमा सदस्यहरूबाटै सर्वसम्मतिका आधारमा गरिने छनोट वा मनोनयन ।
सहवास— ना॰ [सं॰] १. दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी । २. समागम; सम्भोग । > सहवासी— वि॰ १. सँगै बस्ने; एकसाथ रहने । ना॰ २. सँगी; साथी । ३. छिमेकी ।
सहशिक्षा— ना॰ [सं॰] विद्यालय, महाविद्यालय आदि शैक्षिक संस्थाहरूमा बालकबालिका र युवायुवतीहरूमा भेदभाव नराखी समान रूपले दिइने शिक्षा; केटाकेटीलाई एकसाथ राखेर दिइने शिक्षा । > सहशिक्षालय— ना॰ सहशिक्षाको व्यवस्था भएको विद्यालय; सहशिक्षा दिने शिक्षणसंस्था ।
सहसंवेद्य— वि॰ [सं॰] विभिन्न मानसिक आवेगका बीचमा सामञ्जस्यको स्थिति भएको; समन्वित मनोदशाको । — ता— ना॰ सहसंवेद्य हुनाको भाव वा स्थिति; समन्वित मनोदशा ।
सहसचिव— ना॰ [सं॰] निजामती सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी; सचिवभन्दा एक श्रेणीमुनिको सचिवको सहयोगी कर्मचारी ।
सहसम्बन्ध— ना॰ [सं॰] १. दुई श्रेणी वा दुई किसिमका विचारको एक–अर्कासँग रहेको सम्बन्ध । २. दुई व्यक्ति वा वस्तुमा परस्पर देखिने सम्बन्ध ।
सहसा— क्रि॰ वि॰ [सं॰] १. अपर्झटमा; एकाएक; अकस्मात्; अचानक । २. सोचविचार नगरीकन; हडबडाएर ।
सहसेनानी— ना॰ [सं॰] नेपाली सेनामा सेनानीभन्दा तल्लो एक दर्जा; क्याप्टेन; कप्तान ।
सहसोपचार— ना॰ [सं॰] १. कसैको मानसिक स्थितिमा प्रभाव पारेर रोग निको पार्न झटपट गरिने मनोवैज्ञानिक किसिमको उपचार । २. कुनै रोगको तत्काल गरिने उपचार ।
सहस्र— ना॰ [सं॰] १. हजारको सङ्ख्या वा अङ्क (१०)॰) । वि॰ २. दस सय; हजार । ३. धेरै; अनगन्ती; असङ्ख्य (लाक्षणिक अर्थमा) । — जरी— ना॰ सहस्रबुटी । — दण्ड— ना॰ १. दण्ड वा धनुषको हजार गुना बराबरको नाप । २. एक कोसबराबरको नाप । — दल— ना॰ १. हजार दल वा पत्र भएको कमल । २. ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल । ३. हठयोगमा प्रयुक्त हुने हजारौँ पत्र भएको कल्पित फूल । — धारा— ना॰ १. देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौँ छिद्र भएको पात्र । २. माघे जात्रामा हजारौँ धारा लगाउन एउटा प्वालमा पचासौँ गहुँका छ्वाली घुसारिने, सहस्रौँ प्वाल भएको, पानीले भरिएको गाग्रो । ३. हजारौँ मुख भएको पानीको मुहान । — नाम— ना॰ कुनै देवदेवीको हजारौँ नाम भएको पत्र (जस्तो— विष्णुसहस्रनाम, दुर्गासहस्रनाम, शिवसहस्रनाम आदि) । — पाद— ना॰ १. सूर्य । २. विष्णु । ३. अरिमुठे कीरो । — बाहु— ना॰ १. सहस्रार्जुन । २. अग्नि । ३. शिव । ४. विष्णु । — बुटी— ना॰ धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठूला र बाक्ला पात लाग्ने ठूलो हरियो थुँगोमा ससाना गुलाफी फूल फुल्ने एक जातको बुटी; सहस्रजडी; मयूरशिखा । — लोचन— ना॰ १. इन्द्र । २. सहस्राक्ष । > सहस्राक्ष— वि॰ १. हजार आँखा हुने । ना॰ २. इन्द्र । ३. विष्णु । ४. ब्रह्मा । सहस्राब्दी— ना॰ १. कुनै संवत्को एकदेखि हजार वर्षसम्मको अवधि । २. एक हजार वर्ष वा दस शताब्दीको समूह । सहस्रार्जुन— ना॰ कृतवीर्यका छोरा, पुराणप्रसिद्ध बलिष्ठ राजा; कार्तवीर्य; सहस्रबाहु । सहस्रौँ— वि॰ हजारौँ ।
सहतिर— ना॰ [फा॰] धरिन ।
सहाइ— ना॰ [रू सह (+आइ॰] सहने भाव, क्रिया वा प्रक्रिया । [ > ] सहाइनु— क॰ क्रि॰ सहन लाइनु वा सहने पारिनु ।
सहाउनु— प्रे॰ क्रि॰ सहन लाउनु वा सहने पार्नु ।
सहाध्यायी— वि॰ [सं॰] १. सँगै अध्ययन गर्ने; सहपाठी । ना॰ २. त्यस्तो व्यक्ति वा विद्यार्थी ।
सहानुभूति— ना॰ [सं॰] अरूको मनमा भएको दुःखको अनुभूतिबाट संवेदित भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति; अरूको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभव ।
सहापराधी— ना॰ [सं॰] सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति; अपराधीसँग सरिक हुने वा मिलेमतो गर्ने व्यक्ति; मतियार ।
सहाय— ना॰ [सं॰] १. सहायता; आड; मदत । २. सहायक; मदतगार । ३. मित्र; साथी; दौँतर ।
सहायक— ना॰ [सं॰] १. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति; सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा सघाउने व्यक्ति । २. आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति; सहकारी; सहयोगी । ३. मित्र; साथी । वि॰ ४. सहायता गर्ने; सघाउने । ~ अनुदान— ना॰ १. कुनै सङ्घ–संस्था तथा स्थानीय तहका अड्डाहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा । २. आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम । ~ आजीविका— ना॰ मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित, परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर केही अतिरिक्त आयका लागि गरिने कामधन्दा; गौण व्यवसाय । ~ क्याम्पस प्रमुख— ना॰ विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा क्याम्पसप्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी; क्याम्पस प्रमुखभन्दा मुनिको प्रशासनिक अधिकारी । ~ ग्रन्थ
सूची— ना॰ कुनै अनुसन्धानात्मक लेख, पुस्तक आदि लेख्दा सहायता लिइएका पुस्तक, पत्रपत्रिकाहरूको सूची । ~ डिन— ना॰ विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डीनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी; डीनभन्दा मुनिको प्रशासनिक अधिकारी । ~ नदी— ना॰ अर्को ठूलो नदीमा पुगी मिसिएर बग्ने नदी । ~ प्रशासक— ना॰ विश्वविद्यालयअन्तर्गत विभिन्न निकायहरूमा प्रशासनिक काम गर्ने तृतीय श्रेणीको अधिकृत कर्मचारी । ~ प्रशिक्षक— ना॰ विश्वविद्यालयका क्याम्पसहरूमा प्रशिक्षकभन्दा तल्लो दर्जाको शिक्षक । ~ प्राध्यापक— ना॰ विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्यापनकार्य गर्ने, प्रशिक्षकभन्दा माथिल्लो दर्जाको र उपप्राध्यापकभन्दा तल्लो दर्जाको शिक्षक । ~ मन्त्री— ना॰ कुनै मन्त्रालयमा मन्त्री वा राज्यमन्त्रीलाई मन्त्रालयसँग सम्बन्धित काममा सहायता पुथ्याउने मन्त्री । ~ मार्ग— ना॰ १. ठूलो राजमार्गमा जोडिने शाखामार्ग । २. मूल बाटोमा जोडिने गाउँले बाटो वा सानो बाटो । ~ रथी— ना॰ शाही सैनिकमा ब्रिगेड वा वाहिनीको एक दर्जा; सेनाको एक उच्च पद (ब्रिगेडियर जनरल॰ । ~ विषय— ना॰ १. पढाइ हुने विषयहरूमा मूल र अनिवार्य विषयबाहेकको अतिरिक्त विषय । २. शिक्षार्थीले छानेर आफ्नो अध्ययनको मूलविषय नबनाउने अथवा मूलविषयभन्दा कम पाठ्यांशहरू अध्ययन गरिने ऐच्छिक विषय ।
सहायता— ना॰ [सं॰] १. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक सम्पन्न गर्न दिइने आर्थिक, प्राविधिक, शारीरिक आदि मद्दत; सहयोग । २. आडभरोसा; आश्रय । ~ गृह— ना॰ आपत्ति वा सङ्कटमा परेका मानिसको सहायताका लागि स्थापना गरिएको घर ।
सहारा— ना॰ [सं॰ साधारे १. सहायता; मदत । २. आड; भरोसा । ३. आधार; आश्रय ।
सहिद— ना॰ [अ॰] आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति । ~ दिवस— ना॰ सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन । ~ सप्ताह— ना॰ १. सहिदहरूको अमर सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहव्यापी कार्यक्रम । २. नेपालमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने एक साता । ~ स्मारक— ना॰ सहिदहरूको अमर सम्झनामा स्थापित वा निर्मित चिह्न सालिक, कुञ्ज, बार आदि ।
सहिष्णु— वि॰ [सं॰] कष्ट वा पीडा सहन सक्ने; सहनशील । — ता— ना॰ सहिष्णु हुनाको भाव, गुण वा अवस्था; सहनशीलता ।
सही— ना॰ [अ॰ सहीहे १. कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम; कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम । २. हस्ताक्षर; दस्तखत । ३. मन्जुरी; स्वीकार । वि॰ ४. सत्य; साँचो । ५. यथार्थ; उचित; ठीक; मनासिब । ~ छाप— ना॰ १. कुनै लिखित कागतपत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औँठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप । २. सही । ~ थपाइ— ना॰ अर्काले गरेको कुरासँग जनाइने सहमति; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम; होमा हो । ~ सही बिसही बिसही— ना॰ अरूलाई आफ्नो कामको मूल्याङ्कन गर्न नदिई आफै आफ्नो समीक्षक हुने नीति; अधिनायकवाद ।
सहुलियत— ना॰ [अ॰ सहूलते कुनै विषय समय तथा परिस्थितिमा सबैलाई वा खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा; कुनै कामकुरामा गरिने सजिलोपन; सुगमता । — दार— वि॰ सहुलियत दिने ।
सब्दय— वि॰ [सं॰] १. अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मशील । २. कोमल ब्दय भएको; दयालु । ३. काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक; रसज्ञ; रसिक । ४. सज्जन; भलो । — ता— ना॰ सहृदय हुनाको भाव वा अवस्था; चित्तको कोमलता; दयार्द्रता; कारुणिकता ।
सहेतुक— वि॰ [सं॰] १. कुनै हेतु वा कारण भएको । २. उद्देश्य भएको; सकारण ।
सहेली— ना॰ [सं॰ सहेल+ई] १. साथमा रहने स्त्री; सँगिनी; सहचरी । २. सेविका; सुसारे; उपचारिका ।
सहोक्ति— ना॰ [सं॰] १. एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम; साथमा बोल्ने काम । २. सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जक वर्णन गर्दा हुने एक अर्थालङ्कार ।
सहोडा— ना॰ [सं॰ शाखोटे लाम्चा पात र सेता फूल हुने, सुन्तला रबका फल फल्ने एक जातको बोट वा त्यसैको फल; खाग्सी ।
सहोदर— वि॰ [सं॰] एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ॰ । सहोदरा (स्त्री॰) ।
सह्य— वि॰ [सं॰] सहन वा खप्न सकिने; सहन लायक; सहन योग्य ।
सह्यार्–नु— स॰ क्रि॰ [सह्यार+नु] १. स्याहार गर्नु; सँभाल्नु । २. सेवाटहल गर्नु; पालनपोषण गर्नु । ३. अङ्गीकार गर्नु । ४. सम्भार गर्नु; स्याहार्नु ।
सह्यार— ना॰ [सं॰ सम्भारे १. कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाजत । २. बालबच्चाहरूको हेरविचार गर्ने काम; सुसार । ३. पालनपोषण गर्ने काम; स्याहार । ~ सुसार— ना॰ स्याहारसुसार ।
सह्याराइ— ना॰ [रू सह्यार् (+आइ॰] सह्यार्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सह्यारिनु— क॰ क्रि॰ सह्यार्ने काम गरिनु; सह्यार गरिनु ।
सह्रनी/सह्राना/सह्रानी— ना॰ [सराहना+आ/ई] सराहना; प्रशंसा; तारिफ । ~ लाग्दो—वि॰ प्रशंसा गर्न योग्य; सह्राउन लायक ।
सह्राइ— ना॰ [रू सह्राउ (+आइ॰] सह्राउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सह्राइनु— क॰ क्रि॰ सह्रनी गरिनु ।
सह्राउ–नु— स॰ क्रि॰ [सह्रनी+आउ+नु] कसैको विद्या, बुद्धि, स्वभाव, गुण आदिको प्रशंसा गर्नु; सह्रनी गर्नु ।