नेपाली शब्दसमूह ५९ श

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

— देवनागरी वर्णमालाको तीसौँ व्यञ्जनवर्ण; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; संस्कृत व्याकरणअनुसार तालव्य तर स्तरीय नेपाली उच्चारणअनुसार तालु–दन्तमूलीय, अघोष, अल्पप्राण, ऊष्म वर्ण; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तालव्य श; मोटो श ।

शक— ना॰ [सं॰] १. आदिम थलो कृष्णसागर छेउछाउमा भएको तथा ग्रिक सिथियनसँग मिल्दोजुल्दो मानिने एक प्राचीन आर्यजाति । २. एक प्राचीन राजाको नाम; शालिवाहन । ३. शक संवत् ।

शकट— ना॰ [सं॰] १. गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान । २. दुई हजार पल वा तीन मनबराबर हुने, प्राचीन समयका जोखाइको परिमाण अथवा मान । > शकटिका— ना॰ सानो शकट वा गाडा ।

शकर— ना॰ [फा॰] सखर । — कन्द— ना॰ सखरखण्ड । — पाला— ना॰ सखरपाला ।

शकल— ना॰ [सं॰] बोक्रो; वल्कल । २. टुक्रो; खण्ड ।

शक–संवत्— ना॰ [सं॰] इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैँतीस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत् ।

शकाब्द— ना॰ [सं॰] शक संवत्को वर्ष ।

शकार— ना॰ [सं॰] उष्म वर्णको प्रथम अक्षर ।

शकुन— ना॰ [सं॰] १. कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण । २. कुनै माङ्गलिक कार्यका निम्तिको साइत; मुहूर्त । ३. सगुन । ~ शास्त्र— ना॰ शकुन र त्यसको शुभ वा अशुभ फल बताउने शास्त्र; शकुनौती ।

शकुनि— ना॰ [सं॰] चरो; पक्षी -खास गरी कुखुरो, चील, गिद्ध, बाज आदि) । २. धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र । वि॰ ३. अनुचित सल्लाह दिने वा क¨टनीतिक चाल चल्ने; कपटी; जुवाडे ।

शकुनी— वि॰ [सं॰] शकुन वा साइत हेर्ने; शकुनको ज्ञाता ।

शकुनौती— ना॰ [शकुन+औती] शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या; शकुनशास्त्र ।

शकुन्त— ना॰ [सं॰] १. पक्षी; चरो । २. नीलकण्ठ पक्षी; ठेउवा । श्र शकुन्तक— ना॰ पक्षी; चरो । शकुन्तला— ना॰ १. विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रबारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री । (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी॰ हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ) । २. कण्व ऋषिकी धर्मपुत्री, दुष्यन्तकी रानी र भरतकी आमा ।

शक्त— वि॰ [सं॰] १. शक्ति वा सामर्थ्य भएको; समर्थ; सक्षम; योग्य । २. तागतदार; बलियो; दह्रो ।

शक्ति— ना॰ [सं॰] १. तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम । २. राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि) । ३. सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता (इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही) । ४. ईश्वरीय प्रकृति वा माया । ५. शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना) । ६. वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य; क्षमता । ७. भग; योनि (तन्त्रमा) । ८. प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि॰ । (. वास्तु वा मूर्तिमा नौ अमलबराबरको नाप; नौ अङ्गुल; मात्राको नौगुनाबराबरको नाप; प्रादेश, सूत्र, ग्रह वा बारबराबरको नाप । — ग्रह— ना॰ शब्दका विभिन्न प्रकारका अर्थ बुझाउने वृत्ति वा शक्तिको ज्ञान । ~ घर— ना॰ बिजुली आदि शक्ति पैदा हुने ठाउँ वा घर; शक्तिभण्डार (पावर हाउस) । — त्रय— ना॰ १. राज्यका प्रमुख तीन शक्ति (प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति) । २. शब्दका तीन किसिमका अर्थ बुझाउने शक्ति (अभिधा, लक्षणा र व्यञ्जना) । — मत्ता— ना॰ शक्तिमान् हुनाको चाल वा स्थिति । — मान्— वि॰ शक्ति भएको; सामर्थ्यवान्; बलवान् । — शाली— वि॰ शक्ति वा सामर्थ्यले युक्त; शक्तिमान् । ~ सम्पन्न— वि॰ शक्तिले भरपूर; बलियो र आँटी ।

शङ्कर— ना॰ [सं॰] १. शिव; महादेव । वि॰ २. आनन्द वा समृद्धि दिने; कल्याण गर्ने; मङ्गलमय । (उदा॰— शङ्कर सहाय छन् ता भयङ्करको के डर < — उखान॰ । > शङ्कराचार्य— ना॰ इस्वीको आठौँ शताब्दीका प्रसिद्ध आचार्य तथा अबैतवादका प्रवर्तक दार्शनिक सन्न्यासी ।

शङ्का— ना॰ [सं॰] १. केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह । (उदा॰— शङ्काले लङ्का पिर्छ — उखान) । २. सङ्कल्पविकल्प; बिविधा; धरमर; दोधार । — जनक— वि॰ शङ्का पैदा गर्ने; संशयमा पार्ने । > शङ्कालु— वि॰ शङ्का गर्ने स्वभावको; मनमा शङ्का लिइरहने । शङ्कास्पद— वि॰ शङ्का गर्ने स्वभावको; मनमा शङ्का गर्न सकिने स्थितिको; सन्देहास्पद ।

शङ्कित— वि॰ शङ्का गरिएको; शङ्कास्पद । शङ्की— वि॰ शङ्का गर्ने स्वभावको; डराउने (प्रायः उपसर्ग लाग्दा वा समासको अन्तमा प्रयुक्त हुने, जस्तै— आशङ्की, विशङ्की, अनिष्टशङ्की, पापशङ्की इ॰) ।

शङ्कु— ना॰ [सं॰] १. तीखो घोच्ने हतियार (बाण, भाला आदि) । २. भित्तातिर गाडिने कीलो, खुटी, मेख आदि वस्तु । ३. घडीको श केन्द्रमा रहने सुइरो । ४. पातको डाँठ वा भेटनु । ५.प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप । ६. झीना सिब हुने एक जातको मृग ।

शङ्ख— ना॰ [सं॰] १. समुद्रमा पाइने घुँगी जातका कीराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजाआजामा दोहोरो र बाहुनक्षेत्रीका मलाममा एकोहोरो बजाइने बाजा । २. औँलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनु । ३. सय पßको सङ्ख्या वा गणना । ४. कुबेरका नौ निधिमध्ये एक । ५. विष्णुबारा मारिएको एक राक्षस; शंखासुर । ~ चक्र— ना॰ १. आँैलाका टुप्पामा हुने शङ्ख वा पाङ्ग्राजस्तो रेखात्मक चिह्न । २. पुराणअनुसार विष्णुको बाजा । ~ पुष्पिका— ना॰ सेतो अपराजिता; सिन्काउली । २. जुही । — वाद— विशेष उपलक्ष्यका अवसरमा राजदरबारमा शङ्ख फुक्ने अधिकारी । — विष— ना॰ शङ्खिया; सङ्खिया । >

शङ्खाकृति— ना॰ शङ्खको जस्तो एकापट्टि समतल परेको र अर्कापट्टि साँघुरिँदै चुच्चिएको आकृति वा कुनै लामो गोलाकार वस्तु । शङ्खास्थि— ना॰ कन्चटको हाड ।

शङ्खिनी— ना॰ [सं॰] कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक; लाम्चा–लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी कामक्रीडामा रसिली तथा गुणशीलतायुक्त सुन्दर स्त्री ।

शची— ना॰ [सं॰] इन्द्रकी पत्नीको एक नाम; इन्द्राणी ।

शटा— ना॰ [सं॰] १. लामो, लट्टा परेको कपाल; जटा । २. सिंहको जगल्टा; केसर । ३. घोडाको याल । ४. वृक्षको जरा ।

शठ— वि॰ [सं॰] १. बुद्धि नभएको; मूर्ख; स्वाँठ । २. छल गर्ने; धूर्त; कपटी । ना॰ ३. मूर्ख व्यक्ति । — ता— ना॰ १. मूर्खता; स्वाँठ चाल । २. छलीपना; कपट्याइँ; धूर्तता ।

शण— ना॰ [सं॰] सन । ~ सूत्र— ना॰ सनपाटको धागो; सनपाट ।

शण्ठ— वि॰ [सं॰] १. हक्क न बक्कको; लट्ठक; मूर्ख । २. नपुंसक; हिजडा ।

शण्ड— ना॰ [सं॰] १. साँढे; बैल । २. नपुंसक ।

शण्ढ— ना॰ १. अन्तःपुरका स्त्रीहरूको रेखदेखका लागि रहेको नपुंसक व्यक्ति । २. नपुंसक । ३. साँढे; बैल ।

शत— ना॰ [सं॰] १. सयको सङ्ख्या वा गन्ती; सय । वि॰ २. सय सङ्ख्याको ३. सयौँ । > शतक— वि॰ १. सय सङ्ख्याको; सय । ना॰ २. सय वर्षको समय; शताब्दी; सदी । ३. एकै विषयका सय श्लोकको समूह (जस्तै— नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि॰ । शतीनी— ना॰ १. पत्थरमा फलामका कीला गाडेर बनाइएको एकै चोटि सयकडौँ व्यक्तिलाई मार्न प्रयोग गरिने एक प्राचीन अस्त्र । २. तोप, बन्दुक आदि अस्त्र । — चण्डी— ना॰ १. नवरात्रिमा सय आवृत्ति सप्तशती पाठ गर्ने वा गराउने क्रिया । २. चौपट्टै रिसाउने खालकी आइमाई; कर्कशा वा क्रोधी स्त्री । — दल— ना॰ १. सयवटा पत्र हुने कमलफूल; कमल; पß । वि॰ २. सयवटा पत्र हुने । — धा— क्रि॰ वि॰ १. सय किसिमले । वि॰ २. सय गुना । — पत्री— ना॰ १. सयपत्री । वि॰ २. फूलमा सय वा धेरै पत्र हुने ।

शतपथ— वि॰ [सं॰] १. धेरै मार्ग वा शाखा भएको । २. याज्ञवल्क्य कर्ता मानिने यजुर्वेदको एक ब्राह्मण । ~ ब्राह्मण— ना॰ सोही शतपथ नाम गरेको ब्राह्मण खण्ड । > शतपथिक— वि॰ १. शतपथ ब्राह्मणको अनुयायी वा ज्ञाता । २. धेरै मत मान्ने ।

शतभिषा— ना॰ [सं॰] सत्ताइस नक्षत्रमध्ये चौबीसौँ नक्षत्र ।

शतरन्जा— ना॰हे॰ सतरन्जा । > शतरन्जी— ना॰ सतरन्जी ।

शतरुद्री— ना॰ सय ब्राह्मणबारा एघार आवृत्तिका दरले एक दिनमा गरिने रुद्राभिषेक अनुष्ठान ।

शतवार्षिक— वि॰ [सं॰] सय वर्षमा हुने, गरिने वा सकिने; सय वर्षको अवधि पूरा भएको । > शतवार्षिकी— वि॰ १. शतवार्षिक । २. सय वर्षमा हुने वा मनाइने (उत्सव, जस्तो— मोतीराम शतवार्षिकी; पहलमानसिंह स्वाँर शतवार्षिकी आदि॰ ।

शतशः— क्रि॰ वि॰ [सं॰] १. सयकडौँ; सयौँ । २. सयौँ किसिमले ।

शतांश— ना॰ [सं॰] १. एक भागको सय खण्डको एक खण्ड; सयौँ भाग । २. परम्पराअनुसार अर्जित धनको सय भागको एक भाग दान गर्नुपर्ने परिमाण । > शतांशक— ना॰ पुनरावृत्तिको सम्पूर्ण योगलाई बराबरी सय भागमा खण्डित पार्ने मान ।

शताङ्क— ना॰ [सं॰] सयका आधारमा को कुन स्थानमा पर्छ भनी गरिने हिसाब ।

शताब्द— ना॰ [सं॰] शताब्दी । > शताब्दी— ना॰ सय वर्षको समय वा अवधि; शतक; सदी ।

शतायु— वि॰ [सं॰] सय वर्षसम्मको आयु भएको; धेरै वर्ष बाँच्ने ।

शतावधान— ना॰ [सं॰] १. सयौँ वा धेरै कामकुरा एकै पटक वा छिटोछिटो सोच्नसुन्न सक्ने शक्ति । वि॰ २. त्यस्तो शक्ति भएको (व्यक्ति॰ । > शतावधानी— वि॰ शतावधान ।

शतावरी— ना॰ [सं॰] सुपका जस्ता पात अनि सेता फूल र राता गोल फल हुने, ठूलो र सानो दुई प्रकारको भेद भएको, स्वास्थ्यका निम्ति हितकर मानिने तथा तरकारी खाइने एक जातको लता; कुरिलो ।

शती— ना॰ [सं॰] १. सयवटा वस्तु वा श्लोकको समूह (जस्तो— सप्तशती) । २. शतक; शताब्दी ।

शत्रु— ना॰ [सं॰] कथ्य॰— सत्तुर । चर्को वैमनस्य वा विरोध भएको व्यक्ति अथवा पक्ष; दुस्मन; वैरी; रिपु । — ता— ना॰ वैरभाव; दुस्मनी ।

शनि— ना॰ [सं॰] १. फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह; नवग्रहमध्ये सातौँ ग्रह; शनैश्चर । २. साताको आखिरी दिन; सन्सरबार । ~ दृष्टि— ना॰ शनिश्चरको जस्तो अमङ्गल गर्ने दृष्टि; कुदृष्टि । ~ प्रदोष— ना॰ शुक्लपक्षको त्रयोदशीका दिन शनिवार पर्दा व्रत बसेर गरिने शिवको सायङ्कालीन पूजा । — वार— ना॰ साताको अन्तिम दिन वा वार । — वासर— ना॰ शनिवार ।

शनिश्चर— ना॰ [सं॰] १. शनि ग्रह । २. शनिवार । > शनिश्चरे— वि॰ १. अमङ्गल गर्ने; बिच्छुकी । २. शनिश्चरको ।

शनैः— क्रि॰ वि॰ [सं॰] १. बिस्तारै; सुस्तरी ।

शनैश्चर— ना॰ [सं॰] १. शनिश्चर । वि॰ २. मन्द गतिले वा बिस्तारै हिँड्ने । — वार— ना॰ शनिवार; सन्सरबार ।

शन्तनु— ना॰ [सं॰] चन्द्रवंशी एक राजा तथा महाभारतप्रसिद्ध भीष्मका पिता ।

शपथ— ना॰ [सं॰] १. कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन; धर्मभकाइ; किरिया; प्रतिज्ञा । २. संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा । ~ ग्रहण— ना॰ संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमान्दार रही सेवा गर्न वचनबद्ध हुने तथा प्रतिज्ञा गर्ने काम । ~ पत्र— ना॰ सम्बन्धित स्थानमा आफ्नो कुरा साँचो हो भनी प्रस्तुत गर्नका निम्ति शपथ गरिएका कुरा लेखिएको पत्र; प्रतिज्ञापत्र । > शपथिका— ना॰ शपथपत्र ।

शप्त— वि॰ [सं॰] १. सराप दिइएको; सरापेको; शापित । ना॰ २. सराप दिइएको व्यक्ति ।

शफर/शफरी— ना॰ [सं॰] एक प्रकारको सानो टल्कने माछो; असला माछो ।

शबर— ना॰ [सं॰] एक प्राचीन जङ्गली जाति; भिल्ल । > शबरी— ना॰ १. रामकी अनन्य भक्त एक भिल्लिनीको नाम । २. भिल्लिनी ।

शबल— वि॰ [सं॰] मिश्रित रब भएको; रङ्गीबिरङ्गी; छिरबिरे ।

शब्द— ना॰ [सं॰] १. अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि; आवाज । २. वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि; सार्थक पद; लबज । —

कोश— ना॰ कुनै भाषाका शब्दहरूको वर्णक्रमअनुसार शब्द सङ्कलन गरी व्याकरणात्मक कोटि आदि खुलाएर उही वा अन्य भाषामा अर्थ, पर्याय, विशेषता आदि लेखिएको ग्रन्थ; अभिधान । — कोष— ना॰ शब्दकोश । — चित्र— ना॰ १. साहित्यमा कर्णमधुर वा चमत्कार उत्पन्न गर्ने शब्द प्रयोग हुने यमक, अनुप्रास आदि शब्दालङ्कार । २. अक्षरहरूको रखाइबारा कुनै जीव वा वस्तुको वर्णनचित्र तयार पारिने साहित्यिक रचना (खड्ग, मुख आदि बन्ध) । ३. प्रत्यक्ष देखेझैँ गरी कुनै व्यक्ति, वस्तु वा घटनाको वर्णन गरिने साहित्यिक लेखन वा शैली । —

जाल— ना॰ शब्दको थोपरथापर; शब्दाडम्बर । ~ प्रमाण— ना॰ कसैले भनेको वा लेखेको शब्दका आधारमा अडेको वा लिइएको प्रमाण । ~ ब्रह्म— ना॰ १. शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म; आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान । (शब्द नै ब्रह्म हो, सृष्टि हो र त्यही नै ब्रह्मका रूपमा नित्य रहिरहन्छ भन्ने ब्रह्मवादीहरूको सिद्धान्त छ) । — भेद— ना॰ ध्वन्यात्मक, व्यक्तवर्णात्मक र अनुकरणात्मक रूपबाट हुने शब्दका तीन भेद । — भेदी— वि॰ नदेखिने वा अँध्यारो ठाउँबाट आएको शब्दका भरमा नै निसाना लगाउने (बाण वा व्यक्ति) । ~ योजना— ना॰ १. कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम । २. त्यसरी राखिएका शब्दहरूको क्रम । ~ विद्या— ना॰ शब्दको उत्पत्ति, रूप, संरचना, भेद आदिको ज्ञान गराउने विद्या; शब्दशास्त्र । —

वेधी— वि॰ शब्दभेदी । ~ श्लेष— ना॰ दुई वा धेरै चमत्कारपूर्ण अर्थ दिने गरी कुनै ठाउँमा एउटै शब्द प्रयुक्त हुने काम । ~

शास्त्र— ना॰ शब्दविद्या; व्याकरण । ~ शुद्धि— ना॰ शब्दको शुद्धता । ~ साधन— ना॰ शब्दहरूको व्युत्पत्ति, भेद, रूपान्तर आदि देखाइने व्याकरणको अङ्ग वा भाग । > शब्दाक्षर— ना॰ प्रणव; ॐ । शब्दाडम्बर— ना॰ सामान्य कुरा प्रकट गर्दा पनि अप्रचलित तथा कठिन शब्द र लामालामा वाक्यहरू प्रयोग गरिने काम वा ढाँचा; शब्दजाल; एक प्रकारको उदात्तविरोधी तत्त्व । शब्दातीत— वि॰ शब्दबारा भेट्न वा भन्न नसकिने; वर्णनातीत । शब्दानुशासन— ना॰ शब्दको शुद्धि, अर्थ, भेद आदिको ज्ञान गराउने शास्त्र; व्याकरण । शब्दान्वय— ना॰ वाक्यमा प्रयुक्त शब्दका वचन, लिङ्ग, काल आदिको भेद छुट्ट्याउने र अन्य शब्दका साथ रहेको सम्बन्ध देखाउने काम ।

शब्दार्थ— ना॰ १. शब्द र त्यसको अर्थ । २. शब्दको प्रचलित तथा सामान्य अर्थ । ~ तत्त्व— ना॰ शब्दार्थको मूल अभिप्राय वा लक्षण । ~ तात्त्विक— वि॰ शब्दार्थतत्त्वसम्बन्धी ।

शब्दालङ्कार— ना॰ [सं॰] साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक; शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट माधुर्य उत्पन्न हुने अलङ्कार (यमका, अनुप्रास आदि॰ ।

शब्दावली— ना॰ [सं॰] १. कुनै भाषा वा बोलीमा प्रयुक्त हुने खासखास विषय वा कार्यसित सम्बन्धित शब्दहरूको सूची । २. कुनै वाक्यरचना आदिमा प्रयोग भएका शब्दहरूको प्रकार तथा क्रम ।

शब्दाश्रित— वि॰ [सं॰] शब्दमा आश्रित हुने वा अड्ने । ~ निपात— ना॰ कुनै शब्दमा आश्रित भएर मात्र प्रयुक्त र अर्थवान् हुने निपात (त, न, नि, नै, पो आदि॰ ।

शम— ना॰ [सं॰] १. मानसिक स्थिरता वा आनन्द; शान्ति । २. मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम । ३. शान्तरसको स्थायी भाव । ४. माफ दिने काम; क्षमा । — ता— ना॰ शम हुनाको भाव, गुण वा धर्म ।

शमन— ना॰ [सं॰] १. कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम; शान्ति । २. यमराज । ३. कुनै कुराको अन्त्य; समाप्ति । > शमनी— ना॰ रात; रात्रि । शमनीय— वि॰ शमन गर्न सकिने; शमन हुने ।

शमशेर— ना॰ हे॰ समसेर ।

शमित— वि॰ [सं॰] १. शमन गरिएको वा भएको; शान्त । २. दबाइएको; दमित ।

शमी— ना॰ [सं॰] टुप्पो तीखो नभएका चिल्ला हरिया पात हुने, विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिँगा अरणी बनाएर आगो निकाल्न प्रयोग गरिने एक जातको रूख वा त्यसैको काठ ।

शम्पा— ना॰ [सं॰] १. ओखलमा हिर्काउँदा आगो निकाल्ने भाँडो (यसो गर्दा राक्षसहरू भाग्छन् भन्ने किंवदन्ती छ॰रू २. बिजुली ।

शम्बल— ना॰ [सं॰] १. बाटोखर्च; सामल । २. समुद्री किनार; तट । ३. जल्ने काम; डाह; ईर्ष्या ।

शम्बूक— ना॰ [सं॰] १. घुँगी कीरो । २. शङ्ख । ३. आफ्ना जातिका निम्ति वर्जित साधना गरेको कारणमा रामबारा मारिएको, रामायणको एक शूद्र तपस्वी । ३. हात्तीको सुँडको अगिल्लो भाग ।

शम्भु— ना॰ [सं॰] १. शिवजी; महादेव । २. सिद्ध पुरुष ।

शयन— ना॰ [सं॰] १. सुत्ने काम; पल्टाइ; लेटाइ । २. सुत्ने साधन (खाट, पलब, ओछ्यान, गुन्टा आदि) । ~ कक्ष— ना॰ सुत्ने ठाउँ वा कोठा; शयनागार । ~ गृह— ना॰ सुत्ने घर; शयनागार । ~ थैलो— ना॰ भित्रपट्टि शरीर घुसाई सुत्ने खोलका आकारको बिछ्यौना (स्लिपिब ब्याग॰ । > शयनागार— ना॰ शयनगृह; शयनकक्ष ।

शयया— ना॰ [सं॰] सुत्ने तथा ओछ्याउने साधन (ओछ्यान, खाट, पलब आदि) । ~ दान— ना॰ मरेका एघारौँ दिनमा वा पुराण आदि मङ्गलकार्यको साङ्गे हुने दिनमा ब्राह्मण वा पुरोहितलाई दिइने वस्त्र, भाँडाकुँडा, बिछ्यौना र खाद्य वस्तुसहितको दान ।

शर— ना॰ [सं॰] १. बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालिङ्गो आदिको डाँठ । २. बाण, काँड, तीर आदि । ३. नेती बेरिने पोरा लाइएको मधानीको सोठो । ४. निगालाका टुप्पामा तीखो सुइरो वा लिसो हालेर चरा समाउने वा मार्ने अङ्कुसे ।

शरच्चन्द्र— ना॰ [सं॰] शरत्कालमा देखिने स्वच्छ चन्द्रमा । (उदा॰— शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ॰ । >

शरच्चन्द्रिका— ना॰ शरत्कालमा लाग्ने सफा जून; शरद्ऋतुमा देखिने चन्द्रमाको स्वच्छ किरण ।

शरण— ना॰ [सं॰] १. कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम; आड लिएर गरिने रक्षा; आश्रय (उदा॰— मेरो आज शरण् पथ्यो भनि दया आयो उ काग्मा पनि । — भानुभक्तीय रामायण । शरणको मरण गर्नुहुँदैन । — उखान) । २. कसैको पछाडि लाग्ने काम; पिछा; आत्मसमर्पण । > शरणागत— वि॰ शरणमा आएको; शरणमा परेको (उदा॰— शरणागतको रक्षा गर, प्रभु ;) । शरणागति— ना॰ शरण पर्ने काम ।

शरणार्थी— वि॰ [सं॰] १. शरण चाहने वा माग्ने; आश्रयको इच्छा गर्ने । ना॰ २. परिस्थितिवश आफ्नो जन्मभूमि वा देश छाडेर अर्को ठाउँ वा देशमा गई आश्रय लिने अथवा बसोबास गर्न चाहने व्यक्ति । ~ बस्ती— ना॰ शरणार्थीहरू आएर नयाँ आवादी वा घरजम गरी बसेको ठाउँ । ~ शिविर— ना॰ शरणार्थीहरूको अस्थायी बसोबास भएको स्थान ।

शरण्य— वि॰ [सं॰] १. आश्रय दिनुपर्ने; शरण दिन योग्य । २. शरणमा लिने; रक्षक ।

शरत्— ना॰ [सं॰] शरद् । ~ काल— ना॰ शरद् ऋतुको समय ।

शरद्— ना॰ [सं॰] छ ऋतुमध्ये चौथो ऋतु; वर्षापछिको ऋतु; असोज र कात्तिक महिनामा पर्ने ऋतु ।

शरपुङ्खा— ना॰ [सं॰] टुप्पातर्फ मसिना फराक पात हुने, प्याजी रबका फूल फुल्ने एक जातको बोट र त्यसैको लामोलामो कोसो वा फल ।

शरभ— ना॰ [सं॰] हिमालमा हुने सिंहभन्दा पनि बलियो मानिएको, धेरै माथि उफ्रन सक्ने, पुराणप्रसिद्ध आठखुट्टे पशु ।

शरम— ना॰ [फा॰ शर्मे हे॰ सरम ।

शराव— ना॰ [सं॰] प्रायः कुनै पदार्थ खान वा पिउन प्रयोग गरिने माटाको भाँडो; माटाको पाला ।

शरासन— ना॰ [सं॰] १. धनु; कमान । २. बाण राख्ने ठोक्रो ।

शरीर— ना॰ [सं॰] १. हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जीउ; काय । २. कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिव रूप । — धारी— वि॰ शरीर धारण गर्ने; देहधारी । ~ रक्षक— ना॰ हे॰ अङ्गरक्षक; बडीगार्ड । ~ विज्ञान— ना॰ शरीरका अङ्गहरूको बनोट तथा तिनका कार्यकलापको विवेचना गरिएको विज्ञान; शरीरशास्त्र । ~ शास्त्र— ना॰ शरीरविज्ञान । ~ संस्कार— ना॰ १. नाना प्रकारका शुद्धि संस्कारका अनुष्ठानबारा शरीरलाई शुद्ध र पवित्र पार्ने काम । २. सौन्दर्यका निम्ति गरिने शरीरको सफाइ, शृङ्गार आदि काम । > शरीरी— वि॰ शरीर भएको; शरीर धारण गर्ने (प्राणी, जीव आदि॰ ।

शर्करा— ना॰ [सं॰] १. सखर, खुदो; चिनी । २. बालुवाको कण; बलौटे जमिन । ३. कुनै पनि साह्रो टुक्रो वा कण (कङ्कट, गेगर, असिना इ॰) ।

शर्मा— ना॰ [सं॰] १. ब्राह्मणहरूका नामको पछाडि रहने एक उपाधि (जस्तो— विष्णु शर्मा, बालचन्द्र शर्मा इ॰) । २. प्रसन्नता; आनन्द; खुसी । ३. आशीर्वाद । ४. आधार; घर (प्रायः वैदिक अर्थमा॰ ।

शर्मिष्ठा— ना॰ [सं॰] महाभारतप्रसिद्ध दानवराज वृषपर्वाकी पुत्री तथा चन्द्रवंशी राजा ययातिकी कान्छी रानी ।

शर्वरी— ना॰ [सं॰] १. रात्रि; रात । २. साठी संवत्सरमध्ये एक । ३. हलेदो ।

शलभ— ना॰ [सं॰] १. गाइनेकीराजस्तो बथानिएर उड्ने एक जातको कीरो; सलह । २. फट्याङ्ग्रो ।

शलाका— ना॰ [सं॰] १. काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को । २. रब भर्ने वा आँखामा गाजल लाउने पेन्सिल । ३. नलीखुट्टाको हाड । ४. दुम्सी । ५. सलाई । ५. छाताको करब ।

शल्य— ना॰ [सं॰] १. चिरफार गर्ने हतियार (कैँची, छुरा, सुइरो, स्याँगी आदि) । २. कण्टक; काँडो । ३. बाण; तीर । ४. बिझ्ने दुःखदायी कुरो । ५. हाड; अस्थि । ६. मद्र देशका महाभारतकालीन राजाको नाम । — क्रिया— ना॰ चिरफारबारा शारीरिक उपचार गरी ठीक पार्ने काम; शल्यचिकित्सा । ~ चिकित्सक— ना॰ चिरफारका पद्धतिले काम गर्ने डाक्टर वा वैद्य । ~ चिकित्सा— ना॰ चिरफारका पद्धतिले गरिने रोगको उपचार वा चिकित्सा; शल्यकर्म । ~ विज्ञान— ना॰ शरीरमा भएका घाउखटिरा वा दूषित अङ्गको चिकित्साका निम्ति चिरफार गर्ने पद्धति बताउने विज्ञान; शल्यशास्त्र । ~ शास्त्र— ना॰ शल्यविज्ञान । > शल्योपचार— ना॰ चिरफारबारा गरिने उपचार वा चिकित्सा ।

शव— ना॰ [सं॰] मृत शरीर; लास; मुर्दा; सिनु (पशुको) । —

कर्पट— ना॰ कात्रो । ~ परीक्षा— ना॰ मृत्युको कारण थाहा पाउनका लागि लास जाँच्ने काम; पोस्टमार्टम । ~ यात्रा— ना॰ बन्धुबान्धवहरू मिलेर मृतकलाई जलाउने, गाड्ने आदि अन्तिम संस्कारका निम्ति घाट वा चिहानमा लैजाने काम । ~ यात्री— ना॰ शवयात्रामा सम्मिलित हुने व्यक्ति; मलामी । ~ यान— ना॰ मुर्दालाई संस्कार गर्न लैजाँदा राख्ने खट; घारो ।

शश— ना॰ [सं॰] १. खरायो; चौघडा । २. कामशास्त्रअनुसार चार किसिमका पुरुषमध्ये मधुरभाषी, सत्यवक्ता, सुशील र गुणग्राही व्यक्ति । > शशक— ना॰ खरायो; चौघडा; शश । —

धर— ना॰ चन्द्रमा । — शृङ्ग— ना॰ वास्तविक संसारमा नहुने, खरायोको सिबजस्तै असम्भव वा काल्पनिक कुरो; भरपत्यार गर्न नसकिने कुरा ।

शशाङ्क— ना॰ [सं॰] चन्द्रमा; शशी । — शेखर— ना॰ महादेव; शिव ।

शशि— ना॰ [सं॰] शशी । — कला— ना॰ १. चन्द्रमाको सोह्र कला । २. चरणैपिच्छे चार नगण र एक सगण हुने वर्णवृत्त । —

कान्त— ना॰ १. चन्द्रकान्तमणि । २. कमल; कुमुद । — धर— ना॰ १. चन्द्रमा २. शिव । — प्रभा— ना॰ चन्द्रको किरण; ज्योत्स्ना । ~ मण्डल— ना॰ चन्द्रमाको मण्डल वा घेरा; चन्द्रमण्डल । — मुख— ना॰ चन्द्रमाजस्तो सुन्दर अनुहार भएको वा साह्रै राम्रो व्यक्ति । — मुखी— ना॰ त्यस्तो अनुहार भएकी राम्री स्त्री । — वदना— वि॰ १. चन्द्रमाजस्तो उज्यालो मुख भएकी; शशिमुखी । ना॰ २. हरेक चरणमा नगण र यगण हुने एक वार्णिक छन्द । — शेखर— ना॰ शिव; महादेव ।

शशी— ना॰ [सं॰] चन्द्रमा; इन्दु ।

शष्प— ना॰ [सं॰] १. भर्खरै उम्रेको घाँस; कलिलो तृण । २. गुप्तेन्द्रियमा उम्रिएका रौँ ।

शस्त्र— ना॰ [सं॰] हातमा लिएर नै काट्ने मार्ने आदिकाम गरिने हतियार (खुकुरी, तरबार, खुँडा आदि) । ~ गृह— ना॰ शस्त्रागार; सिलखाना । ~ चिकित्सा— ना॰ शल्यचिकित्सा । — जीवी— ना॰ १. हातहतियार चलाउने काम गरेर जीविका गर्ने व्यक्ति; सैनिक । वि॰ २. शस्त्र चलाएर जीविका गर्ने । — धारी— वि॰ १. हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको । ना॰ २. सैनिक; योद्धा । — न्यास— ना॰ कुनै हतियार हातमा नलिने प्रतिज्ञा वा व्रत; शस्त्रको त्याग । ~ विद्या— ना॰ शस्त्र वा हातहतियार चलाउने विद्या; धनुर्विधा । > शस्त्रागार— ना॰ हातहतियार राख्ने ठाउँ वा घर; शस्त्रगृह; सिलखाना । शस्त्रास्त्र— ना॰ हातैमा लिएर हिकाईने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने बाण, भाला, बन्दुक आदि हतियार; शस्त्र र अस्त्र ।

शस्त्री— वि॰ [सं॰] शस्त्रले सुसज्जित; हतियार भिरेको; शस्त्रधारी । — करण— ना॰ कुनै राष्ट्र वा राष्ट्रका गुटहरूले सम्पूर्ण शक्ति शस्त्रास्त्रमा निर्भर गराउने काम ।

शस्य— ना॰ [सं॰] १. भर्खर उम्रेको वा कलिलो घाँस । २. खेतीपातीको उपज बाली; अन्न; धान्य । वि॰ ३. सह्राउनुपर्ने; प्रशंसनीय ।

शहीद— ना॰ [अ॰] हे॰ सहिद ।

शाक— ना॰ [सं॰] १. तरकारी खाइने हरियो पात, डाँठ आदि; साग । २. राम्रो काठ हुने एक जातको रूख । — बीप— ना॰ पुराणमा वर्णित प्रसिद्ध सात बीपमध्ये एक ।

शाकाहार— ना॰ [सं॰] सागपात, फलफूल, दूधदही, अन्न आदि मात्रको खवाइ; माछामासु आदि नभएको भोजन । > शाकाहारी— वि॰ सागपात, फलफूल, दूधदही आदि सात्त्विक भोजन मात्र गर्ने; माछामासु आदि नखाने ।

शाकिनी— ना॰ [सं॰] १. शाक वा सागपातको खेती वा सो खेती गर्ने जमिन । २. पिशाचिनी वा देवी ठानिने, दुर्गाकी एक सेविका । ३. डाइनी; बोक्सी ।

शाकुनिक— वि॰ [सं॰] १. चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति) । २. शकुन वा ग्रहगतिको शुभाशुभ फल बताउने (व्यक्ति॰ ।

शाकुन्तल— वि॰ [सं॰] १. शकुन्तलासम्बन्धी; शकुन्तलाको । ना॰ २. शकुन्तलाका गर्भबाट उत्पन्न भएका राजा भरत । ३. शकुन्तला र दुष्यन्तसम्बन्धी कथा भएको यसै नाउँको काव्यकृति (संस्कृतमा कालिदासबारा रचित 'अभिज्ञानशाकुन्तल' नाटक, नेपालीमा देवकोटाबारा रचित 'शाकुन्तल' महाकाव्य आदि॰ ।

शाके— वि॰ [सं॰] १. शकसम्बन्धी; शकको; शालिवाहनको । ना॰ २. शकसंवत् ।

शाक्त— वि॰ [सं॰] १. तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्) । २. शक्तिसम्बन्धी; दैवी शक्तिको । ना॰ ३. काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी । > शाक्तागम— ना॰ दैवी शक्तिसम्बन्धी कुरा लेखिएको शास्त्र; तन्त्रशास्त्र ।

शाक्य— ना॰ [सं॰] १. शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिँजारिएको एक प्राचीन क्षत्रिय जाति; गौतम बुद्धको कुल वा वंश । २. गौतम बुद्ध । ३. बौद्ध धर्मावलम्बी नेवारजातिको एक वर्ग; बाँडा । —

भिक्षु/भिक्षुक— ना॰ १. बौद्ध सन्न्यासी । २. बौद्ध धर्म मान्ने एक वर्ग; बाँडा ।

शाखा— ना॰ [सं॰] १. मूल फेदबाट माथि गएर फाटेको रूखको सानो अङ्ग; हाँगो । २. कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव; विभाग । ३. कुनै संस्था, कार्यालय आदिअन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग । ४. वेदका संहिताको पाठ तथा क्रमभेद । ५. कुनै दर्शनशास्त्र आदिको अर्को भेद; सम्प्रदाय । ६. कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै विचार वा मूलका मानिसहरूको वर्ग वा समूह । ७. छोरापट्टिको वंशावली तथा छोरापट्टिका सन्तानको लहरो । ~ अधिकृत— ना॰ राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारी; शाखाको प्रमुख । ~ प्रशाखा— ना॰ १. ठूलो शाखा र सानो शाखा; शाखाको पनि शाखा । २. पहिले निस्केका अङ्गको पनि सानोतिनो अङ्ग वा उपाङ्ग; हाँगाबिँगा । ~ मार्ग— ना॰ मूल मार्गबाट छुट्टिएर गएको वा मूल मार्ग आई जोडिने अर्को मार्ग; सानो वा छड्के बाटो । — मृग— ना॰ शाखावानर । — वानर— ना॰ रूखका हाँगामा झुन्डिएर निर्वाह गर्ने, पुच्छर नभएको वानर; शाखावानरानुगणभित्र पर्ने वानर । — वानरानुगण— ना॰ रूखका हाँगामा झुन्डिएर बस्ने एक प्रकारको वानरको सामूहिक नाम; शाखावानर र त्यससित मिल्ने जातको वानरको समूह । ~

व्यवसाय— ना॰ मूल व्यवसायबाहेकको अर्को सानो व्यवसाय वा काम । > शाखी— वि॰ १. शाखा भएको; हाँगा भएको । २. शाखासित सम्बन्ध राख्ने (वेदको॰ । ना॰ ३. रूख । शाखोच्चार/

शाखोच्चारण— ना॰ विवाहका समयमा सम्बन्धित पुरोहितहरूले वरवधूका वंशको नाम, गोत्र, प्रवर आदि भन्ने काम ।

शाङ्कर— वि॰ [सं॰] १. शङ्करसम्बन्धी; शङ्करको । २. शङ्कराचार्यले बनाएको; शङ्कराचार्यसम्बन्धी ।

शाट— ना॰ [सं॰] १. कपडाको टुक्रो २. कमरमा बाँधेर पहिरिने वस्त्र (धोती आदि॰ । > शाटी— ना॰ सारी; फरिया; गुनिउँ ।

शाठ्य— ना॰ [सं॰] शठ हुनाको भाव वा अवस्था; शठता; स्वाँठ चाल; छट्टेलपन ।

शाण— ना॰ [सं॰] हतियार उध्याउने ढुङ्गाको चक्का; सान । श्र शाणित— वि॰ साँध लगाइएको; धार निकालिएको ।

शाण्डिल्य— ना॰ [सं॰] भक्तिशास्त्रका निर्माता तथा गोत्रप्रवर्तक एक ऋषि । — गोत्र— ना॰ शाण्डिल्य ऋषिको नामले चलेको उनको कुल वा वंशवृक्ष; काफ्ले, महत आदि थर हुनेहरूको गोत्र ।

शान१— ना॰ [सं॰ शाणे हतियार उध्याउने ढुङ्गो; शाण; सान; साँध ।

शान२— ना॰ [अ॰] हे॰ सान ।

शान्त— वि॰ [सं॰] १. कुनै प्रकारको रिसराग, बेष, दुःख आदि मनोविकार नभएको; शिष्ट र सौम्य प्रकृतिको; शान्तियुक्त; सुशील र विनम्र । २. गति वा वेग नभएको; निश्चल । ३. कुनै उपध्रो, विघ्नबाधा, हल्ला आदि नभएको; निःशब्द; मौन । ४. मानिस आदि नभएको; सुनसान; निर्जन । ५. शमन भएको; निभेको । ६. प्राणपखेरु उडेको; मरेको; मृत । ७. प्रसन्न वा सन्तुष्ट पारिएको; धैर्य भएको । — मना— वि॰ शान्त मन भएको; नतात्ने वा नआत्तिने स्वभावको । ~ रस— ना॰ काव्यका नवरसमध्ये सांसारिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरूप आलम्बन र वैराग्य स्थायी भाव भएको एक रस । > शान्ता— ना॰ ऋष्यशृङ्ग मुनिसँग विवाह भएकी, राजा दशरथकी पुत्री तथा लोमपाद ऋषिकी धर्मपुत्री ।

शान्ति— ना॰ [सं॰] १. सुखदुःख, हर्षविस्मात्, रिसबेष आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति; शान्त वा स्थिर अवस्था । २. विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था । ३. भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन । ४. ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै माङ्गलिक कार्य । ५. मनमा कुनै दुःखपीर आदि नहुने बाधारहित अवस्था; आराम; चैन । ६. सांसारिक विषयभोगप्रतिको विरक्ति वा उदासीनता । ७. सहने काम; धैर्य; सान्त्वना । श्र शान्तिक— वि॰ १. शान्ति गर्ने वा शान्ति दिने; शान्तिकर । २. शान्तिसम्बन्धी । ना॰ ३. शान्तिकर्म; शान्तिस्वस्ति । — कर— वि॰ १. शान्ति गर्ने; शान्तिकारी । ना॰ २. मनमा हुने वा भएको चिन्ता, आकुलता, तनाव आदि घटाउन गरिने औषधी । ~ कर्म— ना॰ अनिष्ट, बाधा आदिको शान्ति वा निवारणका लागि गरिने पूजापाठ; शान्तिस्वस्ति । — कारी— वि॰ शान्तिकर । ~ क्षेत्र— ना॰ युद्ध वा कुनै प्रकारको विवादरहित कुनै क्षेत्र, देश तथा देशहरूको समूह वा निश्चित भूभाग (कुनै क्षेत्र वा भूभागलाई युद्ध, विवाद वा झैझगडाबाट अलग राखी शान्तिपूर्ण वातावरणमा विकासपथतिर लम्काउने उद्देश्यले शान्तिक्षेत्र घोषित गर्ने प्रस्ताव एवं भूमध्यसागरीय क्षेत्र, हिन्द महासागर, दक्षिणपूर्व एसियाली देशहरूको सङ्गठनको क्षेत्रलाई शान्तिक्षेत्र घोषित गर्न राखिएका प्रस्ताव) । — दाता— वि॰ शान्ति दिने (व्यक्ति) । ~ दायक— वि॰ शान्ति दिने; शान्तिप्रद । ~ दूत— ना॰ शान्तिवार्ता गर्नका निम्ति वा शान्तिको प्रस्ताव लिएर अर्को देश, प्रतिपक्षी समूह आदिमा जाने दूत । ~ पर्व— ना॰ युधिष्ठिरको चित्तशान्तिका निम्ति भनिएका धेरै कथा, उपदेश तथा ज्ञानको चर्चा भएको, महाभारतको बाह्रौँ पर्व । ~ पाठ— ना॰ कुनै माङ्गलिक कार्य थाल्दा विघ्नबाधा हटाउनका लागि आरम्भमा गरिने धार्मिक पाठ ।

शान्तिपूर्ण— वि॰ [सं॰] शान्ति छाएको; शान्ति भएको ; शान्तिमय । ~ सहअस्तित्व— ना॰ शान्तिपूर्ण वातावरणमा एकअर्कासँग मैत्री, सद्भावना र समझदारी राख्ने तथा पारस्परिक विवाद नल्याई स्वतन्त्र रूपमा बाँच्ने राजनीतिक सिद्धान्त ।

शान्तिप्रद— वि॰ [सं॰] शान्ति दिने; आनन्ददायी; शान्तिदायक ।

शान्तिप्रिय— वि॰ [सं॰] शान्ति मन पराउने; शान्तिप्रेमी ।

शान्तिप्रेमी— वि॰ [सं॰] शान्ति मन पराउने; शान्ति चाहने; शान्तिप्रिय ।

शान्तिमय— वि॰ [सं॰] सबैतिर शान्ति छाएको; शान्तिले भरिभराउ ।

शान्तिवाद— ना॰ [सं॰] आधुनिक राजनीतिका अनुसार सबै राष्ट्रले सैनिक शक्तिको प्रयोग तथा युद्धको विरोध गर्ने र सर्वत्र शान्ति स्थापित गरी शान्तिपूर्वक रहने तथा आफुसका झैझगडालाई पनि शान्तिपूर्वक समाधान गर्ने वाद वा सिद्धान्त । > शान्तिवादी— वि॰ १. शान्तिवादको समर्थक तथा अनुयायी । २. शान्तिवादसम्बन्धी; शान्तिवादको । शान्ति वार्ता— ना॰ [सं॰] शान्ति स्थापना गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने औपचारिक वा अनौपचारिक कुराकानी वा बैठक । शान्ति सन्धि— ना॰ [सं॰] १. परस्परमा झैझगडा नगरी शान्तिपूर्वक बस्नका निम्ति गरिने सन्धि । २. युद्धरत देशहरूले पारस्परिक शान्ति र मित्रता स्थापित गर्नका लागि गर्ने सम्झौता । शान्ति सम्मेलन— ना॰ [सं॰] विश्वमा वा कुनै भूभागमा शान्ति स्थापित गर्ने उद्देश्य लिई कुनै जनसमूह, संस्था वा देशहरूले गर्ने विशेष सम्मेलन । शान्ति सेना— ना॰ [सं॰] विश्वको कुनै क्षेत्रमा रहेको तनावपूर्ण स्थिति साम्य गरी शान्ति कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको तत्त्वावधानमा विभिन्न तटस्थ राष्ट्रहरूबाट उक्त क्षेत्रमा पठाइने सैन्य । शान्ति स्वस्ति— ना॰ [सं॰] कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि ।

शाप— ना॰ [सं॰] कसैको अनिष्ट चिताई बोलिने वचन; श्राप; सराप । > शापित— वि॰ १. शाप दिइएको; सरापिएको; २. शापले पीडित ।

शाब्दिक— वि॰ [सं॰] १. शब्दबारा व्यक्त गरिएको वा भनिएको; मौखिक । २. शब्दसम्बन्धी ।

शाब्दी— वि॰ [सं॰] शब्दसम्बन्धी; शाब्दिक । ~ व्यञ्जना— ना॰ वाक्यमा प्रयोग गरिएका शब्दार्थमा मात्र सीमित रहने व्यञ्जना ।

शामियाना— ना॰ [फा॰] हे॰ सामियाना; समियाना; समेना ।

शाम्ब— ना॰ [सं॰] जाम्बवतीका गर्भबाट पैदा भएका कृष्णका छोराको नाम ।

शाम्भव— वि॰ [सं॰] १. शम्भुसम्बन्धी; शिवको । २. शम्भुबाट उत्पन्न । ३. शम्भुको भक्त वा उपासक । > शाम्भवी— ना॰ १. महादेवकी शक्ति; पार्वती; दुर्गा । २. नीलो छाँटको दूबो; नीलदूर्वा ।

शायद— क्रि॰ वि॰ [फा॰] हे॰ सायद ।

शायर— ना॰ [अ॰ शाइरे हे॰ सायर । > शायरी— ना॰ सायरी ।

शायी— वि॰ [सं॰] शयन गर्ने; निदाउने; सुत्ने वा पल्टने । (जस्तो— धराशायी, शेषशायी आदि॰ ।

शारङ्ग— ना॰ [सं॰] हे॰ सारङ्ग । > शारङ्गी— ना॰ सारङ्गी बाजा ।

शारदा— ना॰ [सं॰] १. विद्याकी अधिष्ठात्री देवी; सरस्वती । २. एक किसिमको वीणा वा सारङ्गी । ३. देवीको एक नाम; दुर्गा । ~ लिपि— ना॰ दसौँ शताब्दीमा ब्राह्मीको रूपान्तर कुटिल लिपिबाट विकसित भई काश्मीर र पन्जाबतिर चलेको एक लिपि । > शारदी— वि॰ १. शरत्कालसम्बन्धी; शरद् ऋतुको । ना॰ कात्तिक शुक्ल पूर्णिमा; शरद् ऋतुको पूर्णिमा ।

शारदीय— वि॰ [सं॰] शरद् ऋतुमा पर्ने; शरत्कालको; शरद् ऋतुसम्बन्धी । ~ नवरात्र— ना॰ आश्विनको शुक्ल पक्षमा पर्ने नवरात्र । ~ महापूजा— ना॰ शरत्कालमा हुने दुर्गाको विशेष पूजा; नवरात्रिको दुर्गापूजा ।

शारिका— ना॰ [सं॰] १. मैना पक्षी । २. सारौँ चरो । ३. बेला, सारङ्गी आदि बजाइने धनुका आकारको साधन; गजो । ४. बुद्धिचाल, पासा आदि खेलमा थर्कीमा चालिने गोटी ।

शारीरिक— वि॰ [सं॰] १. शरीरसँग सम्बन्ध राख्ने; शरीरको; कायिक । २. शरीरबाट उत्पन्न; देहज ।

शार्क— ना॰ [अङ्॰] हे॰ सार्क ।

शाङ्र्ग— वि॰ [सं॰] १. शृङ्ग वा सिबसम्बन्धी; सिबबाट बनेको । २. धनुषले सुसज्जित । ना॰ ३. सिबको हतियार । ४. विष्णुको धनु । — धर— ना॰ १. विष्णु । २. वैद्यक ग्रन्थ रच्ने एक प्रसिद्ध वैद्य । — धारी— ना॰ विष्णु ।

शार्दूल— ना॰ [सं॰] १. बाघ, सिंह, चितुवा आदि हिंस्रक जन्तु । २. अग्रणी वा श्रेष्ठ पुरुष (जस्तो— नरशार्दूल) । — विक्रीडित— ना॰ प्रत्येक पाउमा उन्नाइस अक्षर हुने, मगण, सगण, जगण, सगण, दुई तगण र गुरु अक्षर मिलेर बन्ने र सात तथा बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द ।

शार्वरी— ना॰ [सं॰] १. साठी संवत्सरमध्ये एक संवत्सरको नाम । वि॰ २. रात्रिसम्बन्धी; रातको । ३. अन्धकार; अँध्यारो ।

शाल१— ना॰ [अ॰] हे॰ साल ।

शाल२— ना॰ [सं॰] साल (वृक्ष) । — धूप— ना॰ सालधूप ।

शाला— ना॰ [सं॰] बस्ने वा काम गर्ने ठाउँ— वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै— कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला , पाठशाला, नाट्यशाला इ॰) ।

शालाकी— ना॰ [सं॰] चिरफार गर्ने वैद्य; शल्यचिकित्सक ।

शालाक्य— ना॰ [सं॰] टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य–चिकित्साशास्त्रको एक विभाग । — तन्त्र— ना॰ शालक्यका रूपले उपचार गरिने विधिविधानको तन्त्र वा सिद्धान्त ।

शालिग्राम— ना॰ [सं॰] कालीगण्डकीमा पाइने कालो, चिल्लो, र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर ।

शालिधान्य— ना॰ [सं॰] सालीधान; मार्सीधान ।

शालिनी— ना॰ [सं॰] १. शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो— भाग्यशालिनी, शक्तिशालिनी आदि) । २. गृहस्वामिनी; गृहिणी । ३. एक मगण, दुई तगण र दुई गुरुबाट बन्ने, चार र सात अक्षरमा अडान हुने एक वार्णिक छन्द ।

शालिवाहन— ना॰ [सं॰] शक संवत् चलाउने प्रसिद्ध शक अथवा खस राजा ।

शालिहोत्र— ना॰ [सं॰] घोडा वा अन्य पशुहरूको चिकित्सासम्बन्धी विद्या; पशु–चिकित्साशास्त्र । > शालिहोत्री— ना॰ घोडा वा अन्य पशुहरूको चिकित्सक; पशुचिकित्सक ।

शाली— वि॰ [सं॰] सहित; युक्त; सम्पन्न (प्रायः समासको अन्तमा,

जस्तै— शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ॰) ।

शालीन— वि॰ [सं॰] १. शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको । २. लजाउने प्रकृतिको; लजालु । ३. काममा पोख्त; कुशल; सिपालु । — ता— ना॰ शालीन हुनाको भाव, गुण वा अवस्था; सौम्यता ।

शाल्मलि/शाल्मली— ना॰ [सं॰] १. सिमलको रूख । २. पुराणमा वर्णित पृथ्वीका सात बीपमध्ये एक । ३. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक ।

शाव— वि॰ [सं॰] १. शवसम्बन्धी (कुनै नाताकुटुम्बको॰; मृत्युबारा उत्पन्न; मृतकसित सम्बन्धित । ना॰ २. प्रायः पशुपन्छीको बच्चो; छाउरो । > शावक— ना॰ कुनै पनि वन्यजन्तुको बच्चो ।

शाश्वत— वि॰ [सं॰] १. कहिल्यै पनि नाश नहुने; सधैँभरि रहिरहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन । ना॰ २. वेदव्यास । ३. स्वर्ग । ४. शिव । ५. सूर्य । ६. अन्तरिक्ष ।

शासक— ना॰ [सं॰] १. राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासनकर्ता । २. अधीनस्थ व्यक्तिहरूलाई अनुशासित वा नियन्त्रित गर्ने व्यक्ति; मुख्य हाकिम । श्र शासकीय— वि॰ शासक वा शासनसम्बन्धी; शासकको कामसँग सम्बन्ध राख्ने ।

शासन— ना॰ [सं॰] १. सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम । २. अनुशासन वा मर्यादा पालन गराउने काम; आज्ञा; आदेश; हुकुम । ३. इन्द्रियहरूको संयम वा नियन्त्रण । ४. कुनै कसुरका निम्ति दिइने दण्ड वा सजाय । ५. कसैलाई दिइने लिखित अधिकार । ६. कुनै शब्दले आफ्नो नजिकमा रहेको शब्दको रूप परिवर्तन गर्न विवश गर्ने व्याकरणिक प्रक्रिया । — कर्ता— ना॰ शासन गर्ने; शासक । ~ तन्त्र— ना॰ शासनपद्धति; शासनप्रणाली । ~ पत्र— ना॰ राजाको आज्ञा लेखिएको ताम्रपत्र; शिलापत्र आदि । ~ पद्धति— ना॰ शासन गर्ने विधि वा तरिका; शासनप्रणाली । ~ प्रणाली— ना॰ राज्यसञ्चालन गर्ने पद्धति; शासनपद्धति । ~ व्यवस्था— ना॰ शासनसम्बन्धी प्रबन्ध; राज्य चलाउने बन्दोबस्त ।

शासना— ना॰ [सं॰ शासने कसैबाट हुने वा गरिने सास्ती; ठूलो कष्ट; साह्रो परिश्रम ।

शासनाधिकार— ना॰ [सं॰] शासन गर्ने अथवा राज्य चलाउने अधिकार । > शासनाधिकारी— वि॰ शासनाधिकार पाएको (व्यक्ति॰ ।

शासनारूढ— वि॰ [सं॰] शासनमा आएको; शासन लिएको ।

शासनिक— वि॰ [सं॰] शासनसम्बन्धी; शासनको; शासकीय । ~

विपर्यय— ना॰ शासनव्यवस्थामा एकाएक र बलपूर्वक गरिएको परिवर्तन; बलात् सत्तापहरण ।

शासनीय— वि॰ [सं॰] १. शासन वा नियन्त्रण गर्न उचित । २. सजाय दिनुपर्ने; दण्डनीय ।

शासित— वि॰ [सं॰] १. शासन गरिएको; राज्य चलाइएको । २. नियमकानुन–अन्तर्गत राखिएको । ३. सजाय दिइएको; दण्डित ।

शास्त्र— ना॰ [सं॰] १. सम्बन्धित गहन ज्ञानका साथै सर्वसाधारणको कल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टिअध्ययनको सञ्चित भण्डार भएको विशेष ग्रन्थ (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द, ऋग्वेद, यजुर्वेद, सामवेद, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, अथर्ववेद, मीमांसा, न्याय, धर्मशास्त्र, पुराण र अर्थशास्त्र गरी अठार प्रकारका) । २. कुनै विषयसम्बन्धी आवश्यक तथा गूढ र ज्ञातव्य कुरा क्रमपूर्वक लेखिएको ग्रन्थ; विज्ञान । ३. यथार्थ वा वास्तविक ज्ञान; विद्या; सिद्धान्तग्रन्थ । —

कार— वि॰ शास्त्र, विशेषतः धर्मशास्त्रको रचना गर्ने । — ज्ञ— वि॰ शास्त्रको ज्ञाता; शास्त्र जान्ने । — दर्शी— वि॰ शास्त्रज्ञ । —

विद्— वि॰ शास्त्रको ज्ञाता; शास्त्रज्ञ । ~ विहित— वि॰ शास्त्रमा बताइएअनुसारको; शास्त्रसम्मत । ~ सङ्गत— वि॰ शास्त्रमा मिल्ने; शास्त्रसम्मत । ~ सम्मत— वि॰ शास्त्रको कथन वा नियमविरुद्ध नभएको; शास्त्रविहित । — सिद्ध— वि॰ १. शास्त्रबारा सिद्ध वा प्रमाणित । २. शास्त्रविहित । > शास्त्रार्थ— ना॰ १. शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य । २. शास्त्रसम्बन्धी तथा शास्त्रीय विषयमा गरिने छलफल वा तर्कवितर्क ।

शास्त्री— वि॰ [सं॰] १. शास्त्रको ज्ञाता; शास्त्र जान्ने वा शास्त्रज्ञ । ना॰ २. शास्त्रमा पारङ्गत वा कुशल भएको व्यक्ति; विबान् पुरुष । ३. संस्कृतमा मध्यमाभन्दा माथिल्लो र आचार्यभन्दा तल्लो कक्षा; स्नातक तह; सो परीक्षा उतीर्ण हुँदा दिइने एक उपाधि ।

शास्त्रीय— वि॰ [सं॰] शास्त्रमा लेखिएअनुसारको; शास्त्रमा निहित रहने; शास्त्रसम्बन्धी ।

शास्त्रीयता— ना॰ [सं॰] शास्त्रीय हुनाको भाव, अवस्था वा विशेषता । — वाद— ना॰ ग्रिस र रोमका प्राचीन शास्त्रीय नियमका अनुसरणमा साहित्यको सृजना हुनुपर्छ भनेर मान्ने पश्चिमी साहित्यसिद्धान्त । शास्त्रीय समालोचना— ना॰ [सं॰] शास्त्रीय नियमका आधारमा साहित्यिक कृतिको विवेचना गर्ने एक प्रकारको समीक्षापद्धति ।

शास्त्रोक्त— वि॰ [सं॰] शास्त्रमा कहिएको वा बताइएको; शास्त्रविहित ।

शाह— ना॰ [फा॰] १. ठकुरीको एक थर । २. राजा; बादशाह । ३. ठकुरी क्षेत्रीको एक उपाधि । — जादा— ना॰ राजाका छोरा वा भाइ । —

जादी— ना॰ राजाकी छोरी वा बहिनी ।

शाहन्शाह— ना॰ [फा॰] राजाहरूका पनि राजा; महाराजाधिराज; सम्राट् । > शाहन्शाही— ना॰ १. शाहन्शाहको कार्य, मर्यादा वा पदवी । वि॰ २. शाहन्शाहसम्बन्धी; शाहन्शाहको । ३. शाहन्शाहको जस्तो ।

शाहवंश— ना॰ [शाह+वंश] शाहको कुल ।

शाही— वि॰ [अ॰] १. शाह वा राजाको वंशसँग सम्बन्धित । ना॰ २. ठकुरीहरूको एक वर्गको पदवी । ~ अधिपत्र— ना॰ मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र । ~ आयोग— ना॰ राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग । ~ घोषणा— ना॰ १. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य । ~ परिवार— ना॰ राजपरिवार । ~ रक्षक— ना॰ अङ्गरक्षक । ~ सम्बोधन— ना॰ राजाबाट देशवासीका नाममा गरिने सम्बोधन भाषण । ~ सूचना— ना॰ राजाबाट जारी गरिने सूचना । ~ सेना— ना॰ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम । ~ स्वीकृति— ना॰ संसद्बाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम ।

शिंशपा— ना॰ [सं॰] कालो, सेतो र पहेँलो तीन प्रकारको हुने र काठबाट फर्निचरहरू बनाइने एक रूख; सिसौ ।

शिक्षक— ना॰ [सं॰] शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर । ~ शिक्षण— ना॰ विद्यार्थी वा जिज्ञासुलाई शिक्षा दिने नयाँ तरिकाको ज्ञान वा सिकाइ; शिक्षकतालिम । ~ शिक्षण केन्द्र— ना॰ शिक्षकहरूलाई शिक्षणविधि सिकाउने ठाउँ; शिक्षकहरूका निम्तिको शिक्षालय ।

शिक्षण— ना॰ [सं॰] १. शिक्षा दिने वा ज्ञानार्जन गराउने काम; अध्यापन । २. कुनै विषय सिक्नेसिकाउने काम; तालिम । ~ विज्ञान— ना॰ शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र । ~ विधि— ना॰ विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी । ~ शास्त्र— ना॰ शिक्षणपद्धतिसँग सम्बन्धित शास्त्र । ~ समिति— ना॰ कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो— नेपाली शिक्षण समिति; इतिहास शिक्षण समिति, संस्कृत शिक्षण समिति इ॰) । ~ संस्था— ना॰ छात्रछात्राहरूलाई व्यवस्थित रूपमा शिक्षा दिने वा पठनपाठन गराउने एक वा धेरै शिक्षालय । > शिक्षणीय— वि॰ शिक्षा दिन योग्य; सिकाउन उचित; सिकाउनुपर्ने ।

शिक्षा— ना॰ [सं॰] १. विद्यालय, महाविद्यालय आदिमा र घरैमा पनि नियमित रूपले अध्ययन गर्नेगराउने वा पढाइको चाँजोपाँचो मिलाउने काम; ज्ञान दिने वा लिने काम; विद्या । २. सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिबारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध । ३. कुनै कुराको उचित तालिम वा अर्तीउपदेश । ४. वेदका छ अङ्गमध्ये मन्त्रहरूको उच्चारणविधिको निरूपण गरिएको अंश वा खण्ड । ~ दिवस— ना॰ नेपालमा प्रतिवर्ष भाद्र २३ गते शैक्षिक क्षेत्रमा उत्सव मनाइने दिन । ~ दीक्षा— ना॰ व्यक्तिको मानसिक र चारित्रिक विकास तथा सद्गुणका निम्ति दिइने अर्तीउपदेश । श्र शिक्षाध्यक्ष— ना॰ त्रिभुवन विश्वविद्यालयको सङ्गठनअनुसार शैक्षिक मामलाको दायित्व वहन गर्ने तथा पाठ्यक्रम, अनुसन्धान, विद्यार्थी कल्याण र संयोजन आफ्ना मातहतमा रहेको एक उच्च पद; रेक्टर । ~ पद्धति— ना॰ शिक्षा दिने ढाँचा वा काइदा; शिक्षण– प्रणाली । ~ परिषद्— ना॰ १. शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था । २. कुनै शिक्षणसंस्थाको पाठ्यक्रम, शिक्षणव्यवस्था आदिको निर्णय वा तर्जुमा गर्न बनेको, शिक्षाविद्हरूको समिति । ~ प्रणाली— ना॰ शिक्षा दिने प्रणाली वा काइदा; शिक्षापद्धति । — प्रद— वि॰ शिक्षा दिने वा पाइने; ज्ञानबर्द्धक । ~ मन्त्रालय— ना॰ देशको शिक्षाक्षेत्र तथा शैक्षिक सङ्गठनका तहमा आवश्यक क्रियाकलापको संयोजन, नीतिनिर्धारण, व्यवस्थापन आदि मूलभूत कार्य गर्ने मन्त्रालय । ~ मन्त्री— ना॰ शिक्षामन्त्रालयको कार्यभार वहन गरेको वा त्यसको समुचितव्यवस्था मिलाउने मन्त्री । ~ योजना— ना॰ १. शिक्षाका आवश्यक साधन जुटाउने तथा समुचित उपाय, व्यवस्था आदि गर्ने पूर्वनिश्चित रूपरेखासहितको योजना । २. नेपालमा राष्ट्रिय शिक्षायोजनाअन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा जोड दिने उद्देश्यले चलाइएको शैक्षिक योजना ।

शिक्षार्थी— ना॰ [सं॰] शिक्षा लिने वा पढ्ने व्यक्ति; विद्यार्थी; छात्र । ~ समुदाय— ना॰ शिक्षार्थीहरूको समूह ।

शिक्षालय— ना॰ [सं॰] शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन; शिक्षा दिने वा पढाउने संस्था; विद्यालय ।

शिक्षाविद्— वि॰ [सं॰] शिक्षाको ज्ञाता; विबान् । शिक्षा विधान— ना॰ [सं॰] देशमा शिक्षाको समुचित विकास तथा शैक्षिक संस्थाहरूको संयोजित सङ्गठनका निम्ति आवश्यक उद्देश्य, नीति, कार्यक्रम, विधि, पद्धति आदि उल्लेख भएको नियमविनियम; शिक्षासवाल । शिक्षा विभाग— ना॰ [सं॰] शिक्षासम्बन्धी विषयमा आफ्ना मातहतको व्यवस्था मिलाउने वा रेखदेख गर्ने सरकारी विभाग ।

शिक्षिका— ना॰ [सं॰] स्त्रीशिक्षक; अध्यापिका; गुरुआमा ।

शिक्षित— वि॰ [सं॰] १. शिक्षा प्राप्त गरेको; पढेलेखेको वा बुझेको । शास्त्रीय

 २. विधिवत् व्यावहारिक कुरा वा शास्त्रीय कुराको ज्ञान

हासिल गरेको । ३. जान्नेसुन्ने; विबान्; पण्डित ।

शिखण्ड— ना॰ [सं॰] १. मुजुरको पुच्छर; मयूरपुच्छ । २. शिखा; टुपी । > शिखण्डी— ना॰ १. मुजुर वा त्यसको प्वाँख । २. कुखुरो । ३. बाण । ४. मूलरूपमा कन्या भए तापनि पुत्ररूपमा घोषित र भीष्म पितामहका मृत्युको कारण हुने, महाभारतप्रसिद्ध दु्रपद राजाको छोरो । ५. पौरुष वा बलको अभाव भएको व्यक्ति वा त्यस्तो व्यक्तिलाई उभ्याएर आफ्नो काम पट्याउने मानिस ।

शिखर— ना॰ [सं॰] १. पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो । २. घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग; गजुर । ~ नारायण— ना॰ उपत्यकाका चार नारायणमध्ये काठमाडौँदेखि दक्षिणमा पर्ने फर्पिब भन्ने ठाउँमा रहेका एक नारायण । ~

सम्मेलन— ना॰ कुनै निश्चित उद्देश्य लिई राष्ट्राध्यक्षहरूका बीचमा हुने सम्मेलन वा सद्भावनापूर्ण भेला । > शिखरिणी— ना॰ १. प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने, छ र बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द । २. छातीदेखि नाभिसम्म गएको रोमपङ्क्ति । ३. श्रेष्ठ वा उत्तम नारी; शालीन स्त्री । शिखरी— वि॰ १. शिखर भएको वा शिखर हुने; टाकुरे । ना॰ २. पहाडी किल्ला; पर्वत ।

शिखा— ना॰ [सं॰] १. चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी । २. मुजुर, डाँफे आदिको सिउर । ३. आगो, बत्ती आदिको ज्वाला । ४. तीखो टुप्पो । — धर— वि॰ शिखा धारण गर्ने; शिखावान् । — वान्— वि॰ १. शिखा भएको; शिखाधर; शिखी । ना॰ २. अग्नि । ३. बत्ती । ४. चिता । —

सूत्र— ना॰ बिजातिको मुख्य धार्मिक चिह्न भएको शिखा र जनै ।

शिखी— वि॰ [सं॰] १. शिखा भएको; शिखाधर । २. चुच्चो परेको; तिखाउरे । ना॰ ३. बिजाति । ४. मुजुर, डाँफे आदि सिउर हुने पक्षी । ५. अग्नि; बत्ती । ६. बाण । ~ बुद्ध— ना॰ काठमाडौँ उपत्यकाको फूलचोकी पहाडमा तपस्या गर्ने, पुराणप्रसिद्ध एक बुद्धको नाम ।

शिङ्घाण— ना॰ [सं॰] सिँघान ।

शिञ्जा— ना॰ [सं॰] १. गहनाहरू बजेको आवाज; झन्कार; सिञ्जा । २. धनुको डोरी; ताँदो ।

शिञ्जिनी— ना॰ [सं॰] १. ताँदो; परिन्जो । २. गोडामा पहिरिने गहना (पाउजेब, नूपुर आदि) । ३. बज्ने माला ।

शिति— वि॰ [सं॰] १. श्वेत; सेतो । २. कालो । — कण्ठ— ना॰ नीलकण्ठ; महादेव ।

शिथिल— वि॰ [सं॰] १. राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि) । २. कामले साह्रै थाकेको वा गलेको; लस्त । ३. आज्ञा वा नियमविधानको राम्रो पालना नभएको । ४. दह्रो नभएको; दुर्बल । ५. छरितोसँग काम गर्न नसक्ने; जुम्सो । — ता— ना॰ १. शिथिल हुने चाल वा स्थिति । २. वाक्यरचनामा शब्दयोजना नमिल्दा पर्ने, काव्यको एक दोष ।

शिम्बी— ना॰ [सं॰] १. सिमी, केराउ, बोडी आदिको कोसो । २. सिमी ।

शिर— ना॰ [सं॰] १. शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक । २. प्रायः खोलाको उद्गमस्थल । ३. कुनै वस्तु वा ठाउँविशेषको टुप्पो । — बार— ना॰ घोडाका टाउकामा कसिने छालाको उपकरण । — नामा— ना॰ १. चिठीपत्र, लिखत आदिको सुरमा लेखिने प्रशस्ति वा शिरमा लेखिने बेहोरा । २. कुनै लेखरचना आदिको शीर्षक । ~ पाउ— ना॰ १. मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा,गहना आदि । २. छाताजुत्ता । ३. शिर र पाउ; आदि र अन्त । ४. सबै; सम्पूर्ण । ~ पुच्छर— ना॰ शिर र पुच्छर; आदि र अन्त । — पेच— ना॰ राजाले लाउने कल्कीयुक्त मुकुट; राजमुकुट; श्री]पेच । — पोस— ना॰ टाउकामा लगाइने टोपी; पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण । — फुल— ना॰ नारीले शिरमा लाउने, फूलका आकारको सुनको गहना । — बन्दी— ना॰ सौभाग्यवती नारीले सिउँदोबाट लर्कने गरी शिरमा लगाउने, सुनको फित्ताजस्तो, तीन लहरा परेको र टुप्पोमा झुप्पो भएको गहना । — बिन्दु— ना॰ नाकेबोलीमा ङ्, `्, ण्, न्, म् — को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो; अनुस्वार ( ं ) । ~ बेहोरा— ना॰ चिठी, निवेदन, लिखत आदि आरम्भ गर्दा शिरमा लेखिने मानबोधक वाक्य वा परिचयात्मक विवरण; शिरनामा; शीर्षक । — विन्दु— ना॰ शिरबिन्दु ।

शिरस्त्र/शिरस्त्राण— ना॰ [सं॰] १. लडाइँमा योद्धाहरूले शिरको बचाउका निम्ति लाउने फलामे टोपी । २. पगरी; टोपी ।

शिरस्थान— ना॰ [सं॰] दैलेख बजारदेखि झन्डै डेढ कोस पश्चिमपट्टि नाभिखोला र छामगाड खोलाको दोभानमा रहेको, ज्वालादेवीको मन्दिर ।

शिरहात— ना॰ [शिर+हात] भलो होस् भनी अरूको शिरमा हात राख्ने काम; आशीर्वाद ।

शिरहान्ने— ना॰ [शिर+हान्ने] आगामा पोलेको सियाले टाउकामा घोचेर गरिने, एक प्रकारको ग्रामीण उपचारपद्धति ।

शिरा— ना॰ [सं॰] शरीरमा रक्तसञ्चार गराउने नाडी वा नसो; मांसपेशी । — स्फोट— ना॰ नाडीग्रन्थि । — हर्ष— ना॰ शरीरका नसा झमझमाउने एक रोग ।

शिरीष— ना॰ [सं॰] नरम मसिना पात हुने, सेता वा प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने, पड्को काठ हुने र लामालामा चेप्टा फल लाग्ने एक जातको रूख ।

शिरोधार्य— वि॰ [सं॰] १. शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने । २. आदरसाथ ग्रहण गर्न योग्य; स्वीकार्य । (उदा॰— यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ॰ ।

शिरोपर— वि॰ शिर चढाउन उचित; आदरसाथ लिनुपर्ने; शिरोधार्य ।

(उदा॰— यहाँले भन्नुभएका कुरा शिरोपर छन्॰ ।

शिरोबिन्दु— ना॰ [सं॰] १. शिरको ठीक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु । २. अनुस्वार जनाउने चिह्न; शिरबिन्दु

शिरोभरो/शिरोभारो— ना॰ [शिर+भार] सबै दायित्व वहन गर्नुपर्ने कुरो वा स्थिति । (उदा॰— केही दिनका निम्ति घरको शिरोभारो साथीलाई सुम्पेर उनी परदेश लागे॰ ।

शिरोभूषण— ना॰ [सं॰] १. शिरमा लगाइने गहना; मुकुट । २. श्रेष्ठ तथा आदरणीय व्यक्ति ।

शिरोमणि— ना॰ [सं॰] १. शिरमा धारण गरिने मणि वा रत्न । २. कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि । ३. कुनै विषयका विशिष्ट विबान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो— कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ॰) ।

शिरोवर्ती— वि॰ [सं॰] १. श्रद्धा र सम्मान गर्नुपर्ने; सर्वश्रेष्ठ; सर्वोत्तम । २. शिरमा रहेको वा रहन लायक । ना॰ ३. आदरणीय व्यक्ति; प्रधान पुरुष ।

शिरोवेष्टन— ना॰ [सं॰] शिरमा गुतिने फेटा; पगरी ।

शिला१— ना॰ [सं॰ शिले उञ्छ; सिला ।

शिला२— ना॰ [सं॰] १. पत्थर; ढुङ्गो । २. जाँतो; घट्ट । ३. सँघारठेलो । ~ खण्ड— ना॰ ढुङ्गाको टुक्रो । — जित— ना॰ सूर्यको रापले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने, कालो पग्लिएको पदार्थ । — न्यास— ना॰ घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्गो, इँट आदि राख्ने काम; गृहारम्भ । — पट— ना॰ ढुङ्गाको पट वा आसन; ढुङ्गाको पाटी । — पत्र— ना॰ शिलालेख । — लेख— ना॰ चिरस्थायित्वका निम्ति शिलामा कुँदिएको कुनै विशेष विषयको प्रचार, प्रमाण आदि हुने लेख वा स्मारिका ।

शिलावृत्ति— ना॰ [सं॰ शिलवृत्ति] सिला खोजेर गरिने जीवननिर्वाह; उञ्छवृत्ति ।

शिल्प— ना॰ १. नाना थरीका कलापूर्ण वस्तुहरू बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सीप; हस्तकला; कालिगडी । २. कुनै काम तह मिलाएर गर्ने ढाँचा । ~ उद्योग— ना॰ शिल्पसम्बन्धी कुरा वा हस्तकलाको उद्योग । > शिल्पक— ना॰ अठार उपरूपकमध्ये एक तथा शान्त र हास्यरसबाहेक अरू रस हुने, मसान आदिको वर्णन गरिने, नायक ब्राह्मण र उपनायक नीच पात्र भएको, चारअङ्के उपरूपक । ~ कला— ना॰ शिल्पसम्बन्धी कला; हस्तकला; कालिगडी । — कार— ना॰ शिल्पसम्बन्धी वा हस्तकलाको काम गर्ने कालिगड; शिल्पी । — कारी— ना॰ शिल्पकारको काम वा कौशल; कारिगरी । ~ कौशल— ना॰ शिल्पकला । ~ गृह— ना॰ शिल्पशाला । — जीवी— ना॰ कारिगरीको कामबाट जीवनवृत्ति चलाउने व्यक्ति; कारिगर । —

ता/त्व— ना॰ शिल्पको भाव, गुण वा धर्म । — वाद— ना॰ साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौँ शताब्दीको तेस्रो दशकमा अमेरिकामा प्रयोग भएको साहित्यिक सिद्धान्त । ~ विद्या— ना॰ शिल्पसम्बन्धी विद्या वा ज्ञान । ~ विधान— ना॰ रचनात्मक अभिव्यक्तिका सन्दर्भमा आवश्यक कुरा कलात्मक एवं कुशलतापूर्वक प्रस्तुत गर्ने पद्धति वा ढाँचाकाँचा । — शाला— ना॰ १. शिल्पसम्बन्धी काम गर्ने घर वा शिल्पविद्या सिकाउने विद्यालय । २. शिल्पसम्बन्धी साधन वा वस्तुहरू राखिएको ठाउँ । ~ शास्त्र— ना॰ शिल्पसम्बन्धी निर्माणका विधि लेखिएको वा कालिगडीको विवेचना गरिएको शास्त्र; शिल्पविद्या । ~ शास्त्री— ना॰ शिल्पसम्बन्धी शास्त्र वा प्रयोगकुशलताको ज्ञाता । ~ सज्जा— ना॰ शिल्पले सजाउने काम; हस्तकलाको सजावट ।

शिल्पिक— वि॰ [सं॰] १. शिल्पकला वा कारिगरीसित सम्बन्धित । ना॰ २. शिल्पको काम गर्ने व्यक्ति; कालिगड । > शिल्पिका— ना॰ औषधीका रूपमा काम लिइने एक प्रकारको तृण ।

शिल्पी— ना॰ [सं॰] १. शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड । वि॰ २. शिल्पसम्बन्धी; शिल्पको । ३. शिल्पकलामा निपुण ।

शिव— ना॰ [सं॰] १. हिन्दूका तीन प्रधान देवता— ब्रह्मा, विष्णु र महादेवमध्ये संहारकार्यका प्रतीक मानिएका प्रसिद्ध देवता; रुद्र; महादेव; शम्भु; पशुपति । २.मङ्गल; कल्याण; आनन्द । ३. मुक्त हुने काम; मुक्ति; मोक्ष । ४. विष्कम्भादि सत्ताइस योगमध्ये एक योग । ५. कालो धतुरो । ६. पानी; जल । > शिवका— ना॰ लिच्छविकालीन मुद्रा वा सिक्का । — गामी— ना॰ मङ्गलकामना गरेर शिवको उपासना गर्ने व्यक्ति । — गिरि— ना॰ कैलाश (शिखर वा पर्वत) । ~ चतुर्दशी— ना॰ शिवरात्रि । — ता/त्व— ना॰ १. शिव वा कल्याणको भाव, गुण वा धर्म । २. अमरता; मोक्ष । — नामी— ना॰ 'शिव–शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को । ~ पुराण— ना॰ अठार महापुराणमध्ये शिवको महिमा वर्णन गरिएको एक पुराण; शैव पुराण । — पुरी— ना॰ १. शिवलोक; कैलाश । २. वाराणसी । ३. काठमाडौँ उपत्यकाको सोझो उत्तरमा रहेको एक पर्वत । —

बुटी— ना॰ भाब; गाँजा । (शिवले खाने वा शिवको नाम लिएर खाइने रूपमा) । — भक्त— ना॰ १. शिवजीको भक्त । २. वि॰ सं॰ १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरबारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा– कमारीहरूलाई दिइएको उपनाम । — रात्रि— ना॰ शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रतउपवास आदि बसिने, फागुन कृष्णचतुर्दशी तिथिको रात; शिवचतुर्दशी । — लिङ्ग— ना॰ शिवको लिङ्गाकार रूप; लिङ्गका रूपमा पुजिने शिवको मूर्ति वा प्रतीक । — लिङ्गी— ना॰ पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेँल्छ्या फूल फुल्ने, फर्सीको जस्तो एक जातको लहरो; त्यसै लहरामा फल्ने काँचोमा हरियोसेतो धर्से र पाकेपछि रातो हुने गोल फल वा गेडाभित्र शिवलिङ्गका आकारको नाइटो हुने बीउ । — लोक— ना॰ शिवजीको वास भएको लोक; कैलाश । — वाहन— ना॰ शिवजीको वाहन; नन्दी नाउँको साँढे ।

शिवा— ना॰ [सं॰] १. पार्वती; दुर्गा । २. मोक्ष; मुक्ति ।

शिवालय— ना॰ [सं॰] १. शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर; शिवमन्दिर; महादेवको देवल । २. शिवको वास हुने ठाउँ ।

शिवालिक— ना॰ महाभारत पर्वतशृङ्खलादेखि दक्षिणपट्टि त्यसैको हाराहारीमा पूर्वपश्चिम केही टाढासम्म फिँजारिएको होचो पर्वतमाला; चुरे पहाड ।

शिवि— ना॰ [सं॰] १. पुराणप्रसिद्ध एक दानशील राजाको नाम । २. सिकारी जन्तु । ३. भोजपत्र ।

शिविका— ना॰ [सं॰] पाल्की; म्याना ।

शिविर— ना॰ [सं॰] १. सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक । २. राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला; दुर्ग । ३. यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी बास कायम गरिने ठाउँ ।

शिशिर— ना॰ [सं॰] १. छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु । वि॰ २. सर्दी जमेको; चिसो । ~ ऋतु— ना॰ छ ऋतुमध्ये अन्तिम ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु ।

शिशु— ना॰ [सं॰] १. जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो । २. कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ॰) । ~ उद्यान— ना॰ केटाकेटीलाई खेल्न, बस्न र मनोरञ्जन गर्नका निम्ति बनाइएको साधनयुक्त बगैँचा । ~ कल्याण केन्द्र— ना॰ केटाकेटीको स्वास्थ्यको संरक्षण, निरीक्षण वा उपचार आदि गरिने स्थान । — ता— ना॰ बालकपन; बाल्यावस्था । — त्व— ना॰ शिशुता ।

शिशुपाल— ना॰ [सं॰] युधिष्ठिरबारा राजसूय यज्ञ भइरहेका बेला बेष र दुर्वचनको फलस्वरूप कृष्णका हातबाट मारिने, चेदिदेशका राजाको नाम । ~ वध— ना॰ कृष्णबारा शिशुपाललाई मारिएको कथाको विषय वर्णन भएको कविमाघनिर्मित संस्कृत भाषाको महाकाव्य ।

शिशुमार— ना॰ [सं॰] १. साँ]स नामको एक जलजन्तु । २. पुछारमा धु्रवतारा रहेको देखिने एक नक्षत्रमण्डल । ~ चक्र— ना॰ त्यस्ता नक्षत्रहरूको घेरो वा फन्को । शिशु रोग विशेषज्ञ— ना॰ [सं॰] केटाकेटीहरूको रोग तथा निदानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति; बालकहरूको कुशल डाक्टर वा चिकित्सक ।

शिश्न— ना॰ [सं॰] पुरुषको जननेन्द्रिय; लिङ्ग ।

शिष्ट— वि॰ [सं॰] १. आनीबानी राम्रो भएको; नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने । २. सधाइएसिकाइएको; समुचित शिक्षादीक्षा पाएको; सभ्य । ३. शान्त र नम्र स्वभावको । ४. बाँकी रहेको; शेष; रहल । ना॰ ५. मान्य वा प्रतिष्ठित व्यक्ति; बुद्धिमान् पुरुष । — ता— ना॰ शिष्ट हुनाको भाव, गुण वा स्थिति । ~ प्रयोग— ना॰ मर्यादित रूपको वा शिष्ट व्यक्तिलाई सुहाउने खालको प्रयोग (बोलाइ, लेखाइ आदिमा॰ । ~ मण्डल— ना॰ मैत्री, सद्भावना, सम्झौता, सुसम्बन्ध आदिका निम्ति कुनै विशिष्ट व्यक्तिको नेतृत्वमा अर्को देश वा सम्बन्धित तहमा जाने भद्र व्यक्तिहरूको समूह । —

समाज— ना॰ शिष्ट वा सभ्य मानिसहरू बसेको समाज; सभ्यहरूको समूह । ~ सम्मत— वि॰ शिष्ट जनबारा स्वीकृत वा अनुमोदित; भलादमीहरूले अँगालेको ।

शिष्टाचार— ना॰ [सं॰] १. आगन्तुकहरूप्रति अँगालिने मान– मर्यादासहितको राम्रो व्यवहार; आतिथ्य; सत्कार । २. शिष्ट वा सभ्य मानिसहरूको आचरण; सदाचार । ~ महापाल— ना॰ परराष्ट्रमन्त्रालयअन्तर्गत मित्रराष्ट्रका राजदूत वा अन्य प्रतिनिधिहरूको स्वागतका लागि खटिने विशिष्ट अधिकृत (चीफ अफ प्रोटोकल॰ । > शिष्टाचारी— वि॰ १. शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने; शिष्टाचारको पालन गर्ने । २. सदाचारी । ३. विनम्र; विनयशील ।

शिष्य— ना॰ [सं॰] १. शिक्षकबारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी । २. आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो । ३. आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो । वि॰ ४. सिकाउनसधाउन योग्य । —

ता/त्व— ना॰ शिष्य हुनाको भाव वा अवस्था । ~ परम्परा— ना॰ कुनै गुरुसम्प्रदायबाट चल्दै आएको शिष्यहरूको पुस्तैनी परम्परा; परम्परागत शिष्यमण्डली ।

शीकर— ना॰ [सं॰] १. पानीका मसिना थोपाको समूह; छिटाछिटी; जलकण । २. बतासमा उडेको पानीको थोप्लो; ओस; शीत ।

शीघ्र— क्रि॰ वि॰ [सं॰] तुरुन्त; चाँडो; झट्ट । — कारी— वि॰ १. शीघ्र काम गर्ने; काम गर्नमा तेजिलो । २. शीघ्र प्रभाव पार्ने (औषधी, भोजन आदि) । — गामी— वि॰ चाँडो हिँड्ने; द्रुतगामी । — ता/त्व— ना॰ शीघ्र वा चाँडो हुने चाल वा स्थिति; छिटोपना । श्र शीघ्रातिशीघ्र— क्रि॰ वि॰ अति चाँडो वा हुनेसम्मको छिटो; तुरुन्तातुरुन्ती; छिटोभन्दा पनि छिटो ।

शीत— ना॰ [सं॰] १. राती जमिन, रूख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस । २. ठन्डीको अवस्था वा अनुभव; जाडो; चिसो । ३. नचलमलाउने; अल्सी । — कटिबन्ध— ना॰ भूमध्यरेखादेखि ६६ज्ञ अंश उत्तर र ६६ज्ञ अंश दक्षिणदेखि धु्रवप्रदेशसम्म पर्ने; साह्रै चिसो रहने पृथ्वीका दुई भाग । — कण— ना॰ राती वा जाडामा आकाशबाट परेको, टल्कने पानीका थोप्ला; जलबिन्दु; शीत । — कर— वि॰ १. चिसो वा ठण्डा गर्ने । ना॰ २. चन्द्रमा । ३. कपूर । — करण— ना॰ चिसो वा ठन्डा बनाउने प्रक्रिया । ~ काल— ना॰ जाडोको समय; हिउँद याम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिर ऋतुसम्म) । ~ कालीन— वि॰ जाडाको समयको; जाडामा हुने; जाडोसम्बन्धी । ~ ज्वर— ना॰ साह्रै जाडो वा ठन्डी भएर चढ्ने एक किसिमको जरो; कामजरो । ~ प्रधान— वि॰ १. धेरै शीत लाग्ने वा जाडो हुने (देश, ठाउँ आदि) । २. सर्दी वा चिसो लाग्ने । ~ मण्डल— ना॰ सुमेरु र कुमेरु वृत्तदेखि धु्रवतर्फको जाडो क्षेत्र । ~ मरुभूमि— ना॰ हिउँले ढाकिएको क्षेत्र । ~ युद्ध— ना॰ सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बीच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कँदै जाने अवस्था वा कार्य ।

शीतल— वि॰ [सं॰] १. जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्च लाग्ने स्थितिको; ठिक्क खालको चिसो । २. नतात्ने वा नजङ्गिने; सौम्य; नरम (स्वभाव) । ३. नदुखाउने; सन्चो लाग्ने । ~ गेडी— ना॰ केराउका जत्रा राता, सेता, हरिया दाना हुने, प्रायः केटाकेटीले खाने गुलियो खानेकुरो । ~ चिनी— ना॰ हे॰ कबाफचिनी । — ता— ना॰ शीतल हुनाको भाव वा स्थिति; सन्च लाग्ने चिसोपन । ~ पाटी— ना॰ बेत आदिका मसिना चोयाले बुनेको एक किसिमको मान्द्रो । २. बोटका छेउछाउमा भएका गर्मीयाममा हावा लाग्ने, शीतल हुने पौवा वा पाटी । ३. विश्रामस्थल । शीत लहरी— ना॰ [सं॰] शीतप्रधान क्षेत्रमा चल्ने वा जाडो याममा बग्ने बर्फिलो चिसो हावा ।

शीतला— ना॰ [सं॰] १. गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर । २. बिफर रोगकी अधिष्ठात्री देवीको नाम ।

शीताङ्क— ना॰ [सं॰] अधिकतम जलवाष्प ग्रहण गरिसकेको वायुको अवस्था; द्रवीकरण हुने स्थिति ।

शीताङ्ग— ना॰ [सं॰] हातगोडा चिसो भएर आउने एक प्रकारको जरो; सन्निपातको जरो ।

शीताद्रि— ना॰ [सं॰] हिमालय पर्वत; हिमाल ।

शीतार्द्र— वि॰ [सं॰] शीत वा ओसले भिजेको ।

शीतोपचार— ना॰ [सं॰] अत्यधिक चिसाको प्रयोगबाट रोगको उपचार गर्ने प्रक्रिया ।

शीतोष्ण— वि॰ [सं॰] चिसो र न्यानो; ठन्डा र गर्मी । ~ प्रदेश— ना॰ चिसोतातो बराबरी रहेको वा समान जलवायु भएको भूभाग ।

शीत्कार— ना॰ [सं॰] अत्यधिक आनन्द वा आकस्मिक पीडाका क्षणमा मुखबाट निस्कने केवल 'सी–सी' को अव्यक्त ध्वनि । सम्भोगका समयमा मुखबाट निस्कने आवाज ।

शीर्ण— वि॰ [सं॰] १. खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको; थोत्रिएको; मकाएको । २. ओइलाएको; सुकेको । ३. रोगले खाएको; दुब्लाएको । — ता/त्व— ना॰ शीर्ण हुनाको भाव वा अवस्था ।

शीर्ष— ना॰ [सं॰] १. कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो; टाउको; शिर । २. मस्तक; ललाट; निधार । > शीर्षक— ना॰ १. लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम; टाउको । २. टाउको जोगाउने वा ढाकिने वस्तु (फेटा, टोपी, पगरी आदि) । — देशना–ना॰ जीवित व्यक्तिका टाउकाको नाप लिने प्रक्रिया । ~ बिन्दु— ना॰ हे॰ शिरोबिन्दु । ~ रेखा— अक्षरमाथि रहने सीधा रेखा; डिको ।

शीर्षस्थ— वि॰ [सं॰] सबभन्दा माथि रहेको; उपल्लोस्तरको । ~

सम्मेलन— ना॰ विभिन्न राष्ट्रका बीच हुने उच्चस्तरीय सम्मेलन ।

शीर्षस्थान— ना॰ [सं॰] १. सबभन्दा उच्च वा माथिल्लो ठाउँ । २. भेरी अञ्चलको दुल्लुमा ज्वालादेवीको पश्चिमपट्टि रहेको ज्वाला निस्कने ठाउँ ।

शील— ना॰ [सं॰] १. राम्रो बानीबेहोरा; असल चालचलन; चरित्र; स्वभाव; प्रकृति । २. जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थ दिई समासका अन्तमा प्रयोग हुने (जस्तो— भ्रमणशील, स्नेहशील, सौन्दर्यशील इ॰) ।

शुक— ना॰ [सं॰] १. सुगा । २. शुकदेव । — देव— ना॰ शुकी (सुगी॰का रूपमा पृथ्वीमा घुमेकी घृताची नामकी अप्सराबाट जन्मेका, व्यासका छोरा; प्रसिद्ध पुराणवाचक ज्ञानीका रूपमा प्रख्यात ऋषि ।

शुकबार— ना॰ हे॰ सुक्रबार ।

शुक्ति— ना॰ [सं॰] १. सिपी । २. घुँगीकीरो । ३. शङ्ख । ४. खप्पर । > शुक्तिका— ना॰ १. सिपी । २. शरीररचना–विज्ञानमा तख्ताकार वा कुनै वस्तु रहने, हाडको खोक्रो भागको नाम ।

शुक्र— ना॰ [सं॰] १. आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौँ ग्रह; भृगु । २. आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु; दैत्यगुरु; शुक्राचार्य । ३. पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व; वीर्य । ४. शुक्रवार । — कीट— ना॰ शुक्रकीटाणु । ~ कीटाणु— ना॰ पुरुषको परिपक्व तथा सन्तानउत्पादनको क्षमता भएको वीर्यकोष । —

मेह— ना॰ मूत्रेन्द्रियबाट शुक्र बगिरहने एक रोग । — वार— शुकबार । — वासर— ना॰ शुक्रवार; शुकबार । शुक्र वाहिनी— वि॰ [सं॰] शुक्र वा वीर्य बग्ने । ~ नली— ना॰ पुरुषको शरीरमा हुने शुक्र बग्ने नली ।

शुक्राचार्य— ना॰ [सं॰] भृगु ऋषिका छोरा र दानवहरूका गुरु; प्रसिद्ध ऋषि ।

शुक्राणु— ना॰ [सं॰] स्त्रीको गर्भमा प्रविष्ट भएर सन्तान उत्पादन गराउने पुरुषको वीर्यको अणु वा परिपक्व शुक्रकीट ।

शुक्ल— वि॰ [सं॰] १. सेतो; उज्यालो; विशुद्ध । ना॰ २. साठी संवत्सरमध्येको एक संवत्सर । ३. ब्राह्मण र क्षत्रियहरूको एक उपाधि वा थर । ~ पक्ष— ना॰ औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र बिम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमापक्ष; सुदी । ~ यजुर्वेद— ना॰ शुक्लयजुर्वेद र कृष्णयजुर्वेदमध्ये एक ।

शुचि— वि॰ [सं॰] चोखो; शुद्ध; पवित्र ।

शुण्ड— ना॰ [सं॰] १. मत्ताहात्तीको गण्डस्थलबाट चुहिने सुगन्धी रस । २. हात्तीको सुँड ।

शुदी— ना॰ [सं॰ शुक्ले शुक्लदिवसको सङ्क्षिप्त रूप; सुदी ।

शुद्ध— वि॰ [सं॰] १. धूलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र । २. छलकपट केही नभएको; निष्कपट । ३. दाग वा दोष नभएको; निष्कलङ्क; निर्दोष । ४. त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि॰; ठीक । ५. केही नजान्ने वा धनजन केही नभएको; सुदाम । — ता— ना॰ शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व; शुद्ध हुनाको भाव वा स्थिति; शुद्धपना । ~ बुद्ध— ना॰ साह्रै सोझो प्रकृतिको; केही नजान्ने । ~ शान्ति— ना॰ मृतकको आशौचबाट शुद्ध हुनलाई मरेका बाह्र वा तेह्र दिनमा गरिने होम, दान आदि कर्म; मृतकको जुठो चोख्याउने काम । > शुद्धात्मा— वि॰ हृदय शुद्ध भएको; मनमा छल, कपट, पाप आदि नभएको । शुद्धापह्नुति— ना॰ उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपह्नुति अलङ्कारको एक भेद ।

शुद्धि— ना॰ [सं॰] १. शुद्ध पार्ने काम; चोख्याउने काम । २. पवित्रता; शुद्धता । ३. सफाइ; स्वच्छता । ४. कुनै प्रायश्चित्तपरक कर्म वा संस्कार; पवित्रीकरण । ~ पत्र— ना॰ १. पुस्तकपुस्तिकाहरूमा अशुद्ध छापिएका अक्षर, पद आदिको सङ्केत गरी सच्याएर छापिएको पत्र । २. धर्म वा जातिबाट च्युत भएको व्यक्तिले प्रायश्चित्त गरी वा नगद तिरी धर्माधिकारीबारा पाएको प्रमाणपत्र; पतियापुर्जी । > शुद्धीकरण— ना॰ अशुद्धलाई शुद्ध गर्ने काम वा प्रक्रिया । शुद्धीकृत— वि॰ शुद्ध गरिएको; सच्याइएको ।

शुद्धोदन— ना॰ [सं॰] कपिलवस्तुका शाक्यवंशीय राजा तथा गौतम बुद्धका पिताको नाम ।

शुनःसेप— ना॰ [सं॰] अजीगर्तनामक वैदिक ऋषिका माहिला छोरा; एक वैदिक ऋषि; (यिनलाई हेला गरेर शुनःसेप अर्थात् 'कुकुरको पुच्छर' भन्ने नाम राखिएको थियो । राजा हरिश्चन्द्रले नरबलि दिन लागेर पनि शुनःसेपले ईश्वरको स्तुति गरी आफूलाई उम्काएपछि विश्वामित्रले यिनलाई धर्मपुत्र बनाएर 'देवरात' भन्ने नाम राखेका थिए॰ ।

शुभ— वि॰ [सं॰] १. कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल । २. मनोहर; सुन्दर । ना॰ ३. माङ्गलिकता; कल्याण । ४. राम्रो भाग्य; अनुक¨लता; फाप । ~ कर्म— ना॰ १. भलो वा असल हुने काम; पुण्यकार्य । २. विवाह, व्रतबन्ध आदि धार्मिक कार्य; सत्कर्म । ~ कामना— ना॰ १. भलाइको चाहना; शुभेच्छा । २. कुनै विशेष पर्व वा अवसरमा साथीसँगाती वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश । ~ चिन्तक— वि॰ कल्याणको कामना गर्ने; असल चिताउने; हितैषी । ~ दृष्टि— ना॰ १. कुनै कामकुराप्रति असल चिताइने हेराइ; सुदृष्टि । २. राम्रो ग्रहको दृष्टि पर्ने काम ।

शुभम्— ना॰ [सं॰] कुनै ग्रन्थ, चिठीपत्र, लिखत आदिको अन्तमा लेखिने मङ्गलसूचक शब्द । > शुभमस्तु— ना॰ १. कसैको कल्याण वा भलो चिताएर भनिने शब्द । २. आशीर्वाद दिँदा प्रयोग गरिने शब्द; कल्याण होस् ।

शुभाकाङ्क्षा— ना॰ [सं॰] अरूको शुभ वा असल होस् भन्ने चाहना; शुभेच्छा । > शुभाकाङ्क्षी— वि॰ शुभाकाङ्क्षा गर्ने; कल्याण चाहने ।

शुभागमन— ना॰ [सं॰] कल्याण वा मङ्गल हुने गरी भएको कसैको आगमन; भलो हुने आगमन । (उदा॰— तपाईँको शुभागमनले म अत्यन्त हर्षित छु॰ ।

शुभाञ्जन— ना॰ [सं॰] १. शोभाञ्जन वृक्ष; सैँजन । २. आँखालाई हित गर्ने गाजलविशेष ।

शुभारम्भ— ना॰ [सं॰] कुनै कार्यको विधिवत् आरम्भ; असल कामको थालनी ।

शुभाशिष्/शुभाशीर्वाद— ना॰ [सं॰] आफूभन्दा साना व्यक्तिलाई कल्याण चिताएर दिइने आशिष्; हितकारी आसिक; मङ्गलकारी आशीर्वाद ।

शुभाशुभ— वि॰ [सं॰] शुभ र अशुभ; असल र खराब; राम्रोनराम्रो ।

शुभेच्छा— ना॰ [सं॰] शुभ कुराको इच्छा वा चाहना; शुभकामना । श्र शुभेच्छु/शुभेच्छुक— वि॰ भलो चिताउने; शुभचिन्तक ।

शुभ्र— वि॰ [सं॰] १. सेतो; टकटका । २. चम्किलो; उज्यालो । —

ता— ना॰ शुभ्र हुनाको भाव, गुण वा स्थिति; सेतोपना; उज्यालोपना ।

शुल्क— ना॰ [सं॰] १. यातायातका साधन, खासगरी बाटो, घाट आदिमा लाग्ने कर वा महसुल । २. कुनै वस्तुको उत्पत्ति, उपभोग, आयातनिर्यात आदि हुँदा सरकार वा राज्य, स्थानीय निकाय वा गा॰ वि॰ स॰, न॰ पा॰ आदि विविध निकाय वा कुनै अधिकृत संस्थान आदिले उठाउने वा लगाउने निर्दिष्ट रकम(जग्गाको तिरो, मालसामानको भन्सार, पानीबिजुली आदिको महसुल इ॰) । ३. शैक्षिक, सामाजिक, धार्मिक आदि संस्थाहरूमा पठनपाठन वा अन्य कामका निम्ति प्रवेशका समयमा र मासिक,वार्षिक आदि रूपमा बुझाइने नियमानुसारको दस्तुर; फीस । ४. कुनै आंशिक काम गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी ५. घर, सामान आदि उपभोग गरेबापत दिइने वा लिइने कबुलअनुसारको रकम; भाडा; किराया । ६. वैवाहिक कार्यमा रीतिरिवाजअनुसार कन्या वा वरपक्षलाई दिइने दस्तुर; दाइजो । — ग्राही— वि॰ शुल्क लिने वा उठाउने ।

शुश्रूषा— ना॰ [सं॰] १. असक्त, रोगी र बालबच्चा आदिको स्याहार वा सुसार; टहल; सेवा । २. आज्ञापालन । ३. कुनै कुरा सुन्ने वा जान्ने चाहना । > शुश्रूषु— वि॰ १. सुसार वा टहल गर्न इच्छा गर्ने; सेवा गर्ने । २. आज्ञापालन गर्ने; आज्ञाकारी । ३. सुन्न वा जान्न चाहने ।

शुषिर— वि॰ [सं॰] १. प्वाल वा छिद्र भएको । ना॰ २. प्वाल; छिद्र; दुलो । ~ वाद्य— ना॰ मुखले फुकेर बजाइने बाजा (बाँसुरी, सनई, मुरली आदि॰ ।

शुष्क— वि॰ [सं॰] १. आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा । २. मनोविनोद वा हँस्सीठट्टामा अभिरुचि नलिने; बिरसिलो; नीरस । ३. अमिल्दो स्वभावको; खस्रो । ४. कुनै सार नभएको । ५. चाख नलाग्ने; झर्कोलाग्दो । ~ कलह— ना॰ कारण वा मतलबविनाको झगडा; व्यर्थको रडाको । — ता— ना॰ शुष्क हुनाको भाव वा स्थिति; सुक्खापन; बिरसिलोपन । ~ नरवानर— ना॰ शिवालिक

 पर्वतशृङ्खलामा अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको मानवजस्तो

देखिने वानर । > शुष्काङ्ग— वि॰ शरीर सुकेको; दुब्लोपातलो ।

शूक— ना॰ [सं॰] कुनै वस्तुको तिखिएको चुच्चो भाग (झुस; टुँडो आदि) । ~ धान्य— ना॰ लामो टुँडो हुने जातको कुनै अन्न (गहुँ, जौ, धान आदि॰; जुँगेधान, जौ, गहुँ आदि ।

शूकर— ना॰ [सं॰] १. सुँगुर । २. बँदेल; वराह ।

शूद्र— ना॰ [सं॰] आर्यहरूको वर्णव्यवस्थाअनुसार अन्तिम वा चौथो वर्ण; पहिले अछूत मानिएको परिगणित जाति; हरिजन । — ता— ना॰ शूद्र हुनाको भाव वा अवस्था । ~ देवता— ना॰ पूषा ।

शून्य— वि॰ [सं॰] १. गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो । २. मानिसको बस्ती, हलचल आदि नभएको; सुनसान; निर्जन; एकान्त । ३. भौतिक रूप वा आकार नभएको; निराकार । ४. वास्तविकता वा अस्तित्व नभएको । ५. नभएको; रहित (समस्त पदका अन्तमा, जस्तो— ज्ञानशून्य, भावशून्य इ॰) । ना॰ ६. खाली ठाउँ; आकाश अन्तरिक्ष । ७. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दस गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; बिन्दु (॰) । ८. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ । (. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र । १०. केही पनि नहुने कुरो वा स्थिति; अभाव; अवास्तविकता । ११. ब्रह्म । — ता— ना॰ शून्य हुनाको भाव वा स्थिति; रित्तोपन । — वाद— ना॰ १. ईश्वर, आत्मा आदिको नित्य सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त; बौद्धको माध्यमिक दर्शन । २. नास्तिक मत । — वादी— वि॰ १. शून्यवादको अनुयायी । २. बौद्ध । ३. नास्तिक । — सान्य— वि॰ सुनसान । ~ हृदय— वि॰ १. प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको । २. मनमा दयामाया वा चेतना नभएको ।

शूर— वि॰ [सं॰] १. डर नभएको; आँटिलो; साहसी; पराक्रमी । ना॰ २. वीर पुरुष; योद्धा । ३. कृष्णका बाजेको नाम । — ता— ना॰ शूर हुनाको गुण वा स्थिति; सूरोपन; शौर्य । ~ विद्या— ना॰ युद्ध गर्ने वा युद्धकला सिकाउने विद्या । — वीर— ना॰ १. साहसी योद्धा; ठूलो वीर । वि॰ २. साह्रै आँटिलो; सूरो । — सेन— ना॰ १. बापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे । २. व्रजभूमि वा त्यसका निवासी । (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेनाहरू अति शूरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ॰ ।

शूर्प— ना॰ [सं॰] अगाडि बिट नभएको र पछाडि बिट उचालिएको, मदेसमा प्रचलित, पुरानो चारकुने नाङ्लो । > शूर्पणखा— ना॰ नाङ्लाजस्ता नब भएकी, रावणकी बहिनीको नाम ।

शूल— ना॰ [सं॰] १. प्राचीन कालको भालाजस्तो तीखो र घोच्ने फलामे हतियार । २. पोल्ने मासुमा घुसारिने सुइरो । ३. वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा; सोला हान्ने रोग । ४. मानसिक वेदना; व्यथा; पीडा । ५. ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक । ६. वास्तु वा मूर्तिमा तीन अमलबराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, अग्नि, गुण वा विद्यामध्ये कुनै एकबराबरको नाप । — पाणि— ना॰ १. हातमा शूल लिने व्यक्ति २. महादेव; शिव । ~ विद्या— ना॰ वास्तु वा मूर्तिमा तीन अमलबराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, शूल, अग्नि, गुण वा विद्याबराबरको नाप ।

शूली— ना॰ [शूल+ई] १. ठूला अपराधीलाई गुदबारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तीखो टुप्पो भएको प्राचीन हतियार; बातो । वि॰ २. त्रिशूल लिने -महादेव) । ३. शूलको रोग भएको ।

शृगाल— ना॰ [सं॰] जम्वुक; स्याल ।

शृङ्खला— ना॰ [सं॰] १. कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लब । २. धातु, विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो; जन्जिर । — बद्ध— वि॰ १. शृङ्खला वा क्रम, लब आदि मिलेको; सिलसिलेवार । २. सिक्री वा जन्जिरले बाँधिएको । > शृङ्खलित— वि॰ १. शृङ्खलामा राखिएको; क्रमबद्ध । २. सिक्रीले उनिएको; जन्जिरमा बाँधिएको ।

शृङ्ग— ना॰ [सं॰] १. सिब । २. टाकुरो वा चुचुरो (जस्तो— पर्वतशृङ्ग) । ३. कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुँडे जुनको चोसो वा कुनु; स्तनको टुप्पो इ॰) । ४. फुकेर बजाइने नरसिङ्गा वा भैँसी आदिका सिबको बाजा । ५. पानीको सिर्को; फोहरा; पचका ।

पूट— ना॰ जुका परेका बालकहरूलाई खुवाइने जरायोको सिब पुट गरी बनाइएको प्रसिद्ध आयुर्वेदीय औषधी ।

शृङ्गार— ना॰ [सं॰] १. शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिँगार्ने काम; सजावट । २. शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिँदुर, गाजल, लिपिस्टिक आदि लाउने काम; सिँगारपटार । ३. शोभा बढाउने वस्तु; सिँगार गर्ने साधन । ४. काव्यमा वर्णित नौ प्रकारका रसमध्ये पहिलो र रति स्थायी भाव, नायकनायिका आलम्बनविभाव आदि हुने एक रस । (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुई किसिमको हुन्छ॰ । ५. सम्भोगको इच्छा; रसिकता; प्रेम । > शृङ्गारक— ना॰ १. प्रीति; प्रेम । २. सिँदुर । वि॰ ३. सिँगार्ने । ~ रस— ना॰ काव्यका नव रसमध्ये एक रस; शृङ्गार । शृङ्गाराभास— ना॰ नसुहाउँदो र अनुचित रूपमा शृङ्गारको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष । शृङ्गारिक— वि॰ शृङ्गारको भावना भएको; शृङ्गारसम्बन्धी । शृङ्गारित— वि॰ १. शृङ्गार गरिएको; सिँगारिएको । २. शृङ्गार वा प्रेममा आसक्त । शृङ्गारी— वि॰ १. शृङ्गारयुक्त; शृङ्गार गर्ने; सजिसजाउ । ना॰ २. ठाँटिलोरसिलो व्यक्ति । ३. कामुक वा ढाँचाढर्रा पार्ने मानिस ।

शृङ्गी— वि॰ [सं॰] १. सिब हुने वा सिब भएको; सिबालो (पशु) । २. सिबबाट बनेको वा सिबको (बाजा॰ । ना॰ ३. पहाडको टाकुरो । ४. सिङ्गेमाछो ।

शेख— ना॰ [अ॰] १. मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि । २. मुसलमानका प्रमुख चार वर्ग— शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग ।

शेखर— ना॰ [सं॰] १. शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि) । २. शिखर; चुचुरो । ३. टाउको; शिर ।

शेप— ना॰ [सं॰] १. पुरुषको जननेन्द्रिय; लिङ्ग । २. पशुको रज । ३. पुच्छर ।

शेफालिका/शेफाली— ना॰ [सं॰] भेट्नैपिच्छे रहरका जस्ता पाँचपाँचवटा पात हुने एक जातको बोट वा माथि नीलो र तल सेतो हुने त्यसको फूल ।

शेयर— ना॰ [अङ्॰] हे॰ सेयर ।

शेर१— ना॰ [फा॰] हे॰ सेर (सिंह॰ ।

शेर२— ना॰ [अ॰ शेअरे हे॰ सेर (कविता॰ ।

शेष— वि॰ [सं॰] १. बाँकी रहेको; बचेखुचेको; रहल । ना॰ २. छानेर बचेको वस्तु; छनौटो । ३. गणितमा भाग गर्दा वा ठूलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क । ४. कुनै वस्तुको उपभोग गरिसकेपछि पनि रहेको थोरै अंश; निथारपिथार । ५. टुङ्गिने काम वा अवस्था; समाप्ति; मरण; अन्त्य । ६. शेषनाग । — नाग— ना॰ भगवान् विष्णुको शययाका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज; अनन्त । — पछि— क्रि॰ वि॰ मृत्युउप्रान्त; मरेपछि; सेखपछि । ~ प्रश्न— ना॰ ईश्वर, सृष्टिकर्ता, मरणउप्रान्तको स्थिति, वीज र फलको पौर्वापर्य आदिका बारेमा आजसम्म टुङ्गो लाग्न नसकेकाले उत्तर पाउन बाँकी रहेको असम्भव प्रश्न । — शायी— ना॰ विष्णु । > शेषान्तर— वि॰ १. शेष रहेको कुरो; परिणाम । २. भूतप्रेत; प्रेतात्मा (धामीझाँक्रीका बोलीमा॰ ।

शैक्षणिक— वि॰ [सं॰] शिक्षणसम्बन्धी; शिक्षणको; शिक्षणका प्रयोजनमा आउने ।

शैक्षिक— वि॰ [सं॰] १. शिक्षासँग सम्बन्ध राख्ने; शिक्षासम्बन्धी । ना॰ २. शिक्षाशास्त्रको विशेषज्ञ । ~ भ्रमण— ना॰ पाठ्यक्रममा निर्देश गरेअनुसार शिक्षाका विभिन्न क्रियाकलापमध्ये ऐतिहासिक, भौगोलिक, सामाजिक आदि विषयको अध्ययनअवलोकनका निम्ति शिक्षणसंस्थाबाट विद्यार्थीहरू सम्बन्धित स्थानमा घुम्न जाने काम । ~ सत्र— ना॰ शिक्षायोजनाअनुसार विद्यालयमहाविद्यालयमा नयाँ कक्षाको आरम्भ भएदेखि वर्ष दिनभित्र चालु रहने समयावधि ।

शैथिल्य— ना॰ [सं॰] १. शिथिल हुने चाल वा स्थिति; शिथिलता; खुकुलोपन । २. निर्धोपन; कमजोरी । ३. नसर्ने वा लेसिने चाल; ढिलाइ; सुस्ती ।

शैल— ना॰ [सं॰] १. शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी । ना॰ २. पहाड; पर्वत । ~ कन्या/कुमारी— ना॰ हिमालयकी पुत्री; पार्वती । — कूट— ना॰ पहाडको चुचुरो; शिखर; टाकुरो ।

शैलज— वि॰ [सं॰] शैल वा पर्वतबाट उत्पन्न । > शैलजा— ना॰ १. पार्वती । २. दुर्गा ।

शैलपुत्री— ना॰ [सं॰] नवदुर्गामध्ये एक; पार्वती । शैल शिखर— ना॰ [सं॰] पहाडको टाकुरो; पर्वतको चुचुरो; शैलक¨ट ।

शैलाधिप/शैलाधिराज— ना॰ [सं॰] हिमालय ।

शैली— ना॰ [सं॰] १. विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द । २. असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो । ३. कुनै सिद्धान्तजस्तै भएर आएको रीति वा चलन । ४. साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुक¨ल भाव अभिव्यक्त हुने खास ढाँचा । (सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदि) । — कार— ना॰ साहित्यिक रचनामा कुनै विशिष्ट तथा आकर्षक शैलीको निर्माता; शैलीको चमत्कार प्रदर्शित गर्ने व्यक्ति । ~ तत्त्व— ना॰ लेखनका सन्दर्भमा कुनै पनि अनुभूत विषयवस्तुका अभिव्यक्तिलाई सुन्दर तथा प्रभावपूर्ण पार्नका निम्ति तरिकासाथ सजाइने विशिष्ट पदरचना ।

शैलेन्द्र— ना॰ [सं॰] हिमालय पर्वत ।

शैल्पिक— वि॰ [सं॰] शिल्पसम्बन्धी; शिल्पको ।

शैव— वि॰ [सं॰] १. शिवसम्बन्धी; शिवको । ना॰ २. हिन्दूका मुख्य तीन (शैव, शाक्त, वैष्णव॰ सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय; शिवको उपासक; शिवभक्त । ३. शिवपुराण । ४. पाशुपत अस्त्र । — पत्र— ना॰ बेलपत्र ।

शैवल— ना॰ [सं॰] हे॰ शैवाल । > शैवलिनी— ना॰ नदी; खोलो ।

शैवाल— ना॰ [सं॰] पानीसिँवाली; झ्याउ ।

शैव्या— ना॰ [सं॰] पुराणप्रसिद्ध राजा हरिश्चन्द्रकी पत्नी ।

शैशव— ना॰ [सं॰] १. शिशुको अवस्था; बाल्यावस्था; बालकपन । (तिम्रै शीतल बक्षस्थलमा यो कविको शैशवकाल बित्यो । — सिद्धिचरण, 'ओखलढुङ्गा'॰ । वि॰ २. शिशुसम्बन्धी; बालकको ।

शैशिर— वि॰ [सं॰] शिशिर ऋतुमा हुने; शिशिर ऋतुसम्बन्धी ।

शोक— ना॰ [सं॰] १. स्वजन वा प्रिय व्यक्तिको मृत्यु वा वियोगमा हुने मानसिक कष्ट; मनको पीर; सुर्ता; चिन्ता । २. साहित्यमा करुणरस निसृत हुने स्थायी भाव । ~ काव्य— ना॰ कुनै प्रिय वा गुणी व्यक्तिका वियोगमा हृदयको व्याकुलता अभिव्यञ्जित गरी लेखिएको, करुणरसप्रधान काव्य । ~ गीत— ना॰ प्रिय व्यक्तिसँगको बिछोडमा शोक व्यक्त गर्दै गाइने गीत । ~ पुस्तिका— ना॰ कुनै विशिष्ट व्यक्तिको निधन हुँदा सम्बन्धित ठाउँमा गएर हार्दिक शोक व्यक्त गरी मन्तव्य लेख्ने वा हस्ताक्षर गर्ने पुस्तिका । ~ प्रस्ताव— ना॰ कुनै विशिष्ट व्यक्तिको निधन भएकोमा दुःख व्यक्त गर्दै सभा, समिति आदिले पारित गर्ने प्रस्ताव । ~ सन्तप्त— वि॰ आफन्त वा प्रिय व्यक्तिको वियोगमा व्याकुल भएको; शोकमा डुबेको । ~ सन्देश— ना॰ शोकाकुल अवस्थामा शोकसन्तप्त व्यक्ति वा परिवारलाई दिइने वा पठाइने समवेदनाको सन्देश । ~ सभा— ना॰ कुनै विशिष्ट व्यक्तिको निधनमा शोक व्यक्त गर्न गरिने सभा वा जमघट । ~ समाचार— ना॰ कसैका मृत्युको शोकसम्बन्धी खबर वा कुरो ।

शोका— ना॰ [सं॰ शके नेपालको सुदूर पश्चिममा दार्चुला जिल्लाको उत्तरी भागमा र त्यसको पश्चिमपट्टिको भारतीय इलाकामा पनि बसोबास गर्ने एक जाति ।

शोकाकुल— वि॰ [सं॰] शोकले छटपटाएको; दुःखले व्याकुल भएको; वेदनाग्रस्त ।

शोकातुर— वि॰ [सं॰] शोकले ग्रस्त भएको; शोकाकुल ।

शोकार्त— वि॰ [सं॰] शोकले पीडित; शोकाकुल ।

शोच— ना॰ [सं॰] १. सोच्ने काम; सोच । २. अफसोस; विलाप; चिन्ता । > शोचनीय— वि॰ १. चिन्ता गर्नुपर्ने; चिन्तनीय । २. विचार पुथ्याउनुपर्ने; विचारणीय । शोच्य— वि॰ शोचनीय ।

शोण— वि॰ [सं॰] १. गाढा रातो; लाल । ना॰ २. रातो रब; लाल । ३. भारतको बिहार प्रान्तमा बग्ने तथा पटनानजिकै गङ्गामा मिल्ने एक नदी ।

शोणित— वि॰ [सं॰] रातो वर्णको; लाल; लोहित । ~ चन्दन— ना॰ रातो चन्दन । — पुर— ना॰ १. बाणासुरको नगर । २. काठमाडौँदेखि दक्षिणपश्चिममा रहेको एक प्राचीन बस्ती (थानकोट॰ ।

शोथ— ना॰ [सं॰] पित्त, वायु आदिको प्रकोपबारा शरीरको कुनै अङ्ग सुनिने रोग; सूज ।

शोध— ना॰ [सं॰] १. शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धिसंस्कार । २. रिन तिर्ने काम । ३. कुनै विषयमा गहन अध्ययनका साथ गरिने खोज; अनुसन्धान । ४. साटो फेर्ने काम; बदला । > शोधक— वि॰ शुद्ध पार्ने वा चोख्याउने । २. रिन फर्स्योट गर्ने । ३. खोज वा अनुसन्धान गर्ने; शोधकर्ता । ४. शुद्धि वा संशोधन गर्ने —

कर्ता— वि॰ १. शोध गर्ने वा शुद्ध पार्ने (व्यक्ति) । २. भर्ताल दिने (मानिस) । — कार— वि॰ हे॰ शोधकर्ता । ~ कार्य— ना॰ कुनै विषयमा विशेषतः विश्वविद्यालय तहका स्नातकोत्तर वा विद्यावारिधिजस्ता उच्च र विशिष्ट उपाधिका निम्ति स्वीकृति लिएर शोधप्रबन्ध वा शोधग्रन्थ तयार पार्न गरिने प्रारम्भिक वा पूर्वकार्य । शोधन— ना॰ १. शुद्ध पार्ने काम; शुद्धगराइ । २. शोध गर्ने काम; अनुसन्धान । ३. धातु आदि चम्काउने वा उजिल्याउने काम । ~ निर्देशक— ना॰ १. शोधकार्य गर्ने शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति; अनुसन्धाननिर्देशक । २. कुनै विषयको ज्ञान सूचनात्मक रूपमा प्रदान गर्ने ग्रन्थ; प्रश्नोत्तरका रूपमा विषयवस्तुको ज्ञान गराउने पुस्तक । शोधनीय— वि॰ १. शोधन गर्न योग्य । २. शोधन वा शुद्ध गर्न सकिने । ~ पत्र— ना॰ शोध–निर्देशकका अन्तर्गत रहेर शोधार्थीले कुनै विषयमा आफ्नो शोधकार्य पूरा गरी तयार पार्ने गहन लेख वा पत्र । — परक— वि॰ शोधका रूपमा गरेको वा शोधलाई विशेष जोड दिइएको -लेख, ग्रन्थ आदि) । ~ प्रबन्ध— ना॰ शोधका आधारमा प्राप्त जानकारीलाई सङ्कलित गरेर लेखिएको प्रबन्ध; शोधपत्र । ~ भर्ना— ना॰ कुनै विषय वा शीर्षकअन्तर्गत खर्च हुने रकम अर्कातिर खर्च गर्नुपर्दा पछि सो रकमान्तर भएको हिसाब पूरा गर्ने काम; सट्टाभर्ना । > शोधार्थी— ना॰ कुनै विषयमा शोध वा अनुसन्धान गर्न चाहने वा गरिरहेको व्यक्ति वा छात्र । >

शोधित— वि॰ १. शोध गरिएको । २. शुद्ध पारिएको; सुधारिएको । ३. चुक्ता गरिएको; तिरिएको ।

शोध्य— वि॰ [सं॰] हे॰ शोधनीय । ~ पत्र— ना॰ छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठीक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना; प्रुफ ।

शोभन— ना॰ [सं॰] १. राम्रोपन; सुन्दरता; शोभा; कान्ति । २. ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग । वि॰ ३. राम्रो लाग्ने; मनोहर; सुन्दर; चमकदार ।

शोभा— ना॰ [सं॰] १. व्यक्ति, वस्तु वा सभा, कार्यक्रममा हुने सौन्दर्य; सुन्दरता । २. चमक; कान्ति वा प्रकाश । ३. भव्यता ।

शोभाञ्जन— ना॰ [सं॰] सजिवनको बोट वा त्यसमा फल्ने कोसो ।

शोभान्वित— वि॰ [सं॰] शोभाले युक्त ।

शोभायमान— वि॰ [सं॰] शोभा बढाइरहेको; धेरै सुहाएको; राम्ररी खुलेको । शोभा यात्रा— ना॰ [सं॰] १. कुनै सांस्कृतिक–सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस । २. जन्ती; बरियाँत ।

शोभित— वि॰ [सं॰] १. शोभाले पूर्ण; शोभायुक्त; सुहाएको; खुलेको । २. सजिएको वा सजाइएको; सजिसजाउ ।

शोषक— वि॰ [सं॰] १. पानी, रस, चिसो आदि सुकाउने; सोस्ने; सुक्खा पार्ने । २. जुक्ति, बल आदि लगाएर अरूको धनसम्पत्ति, श्रम, उत्पादन आदि तान्ने वा चुस्ने; धुताहा; चुसाहा ।

शोषण— ना॰ [सं॰] १. कुनै तातो वस्तुबारा पानी, रस, चिसो आदिको सोसाइ; सुक्ने वा सुकाउने काम । २. अरूको , खास गरी आफ्ना अधीनमा रहेका निर्धानिमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ; चुस्ने वा धुत्ने काम; चुसाइ । —

रहित— वि॰ कसैले कसैलाई थिचोमिचो गर्न नपाउने वा कुनै पनि प्रकारको शोषण नभएको (समाज॰ । > शोषणी— ना॰ लेख्ता वा रेखा खिच्दा बढी भएको मसी सोस्ने कागत; सोस्ता ।

शोषणीय— वि॰ १. शोषण हुने वा हुन सक्ने; चुसिने । २. चुस्न लायक; शोषण गर्न योग्य ।

शोषित— वि॰ [सं॰] १. सुक्खा पारिएको; सुकाइएको । २. अनुचित रूपमा सोस्ने काम गरिएको; चुसिएको; शोषणमा परेको ।

शौक— ना॰ [अ॰] हे॰ सोख ।

शौच— ना॰ [सं॰] १. शास्त्रले बताएअनुसार खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम; स्वच्छता; पवित्रता । २. सूतक, जुठो आदिबाट चोखिने काम । ३. दिसापिसाप आदि गर्ने काम । > शौचागार/शौचालय— ना॰ दिसापिसाप गर्ने ठाउँ; पाइखाना; चर्पी; हगनगौँडी ।

शौनक— ना॰ [सं॰] ऋग्वेदको प्रातिशाख्य तथा अन्य अनेक वैदिक रचनाका प्रणेता, पुराणप्रसिद्ध, नैमिषारण्यवासी एक महर्षि ।

शौरसेनी— ना॰ [सं॰] १. प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ॰ देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा । वि॰ २. शूरसेन देशको वा त्यहाँ चलेको; शूरसेनसम्बन्धी ।

शौर्य— ना॰ [सं॰] सूरोपन; वीरता; बहादुरी; पराक्रम ।

शौल्किक— ना॰ [सं॰] लिच्छविकालीन भन्सारचौकीको अधिकारी ।

श्मशान— ना॰ [सं॰] मसान; मरनघाट ।

श्याम— वि॰ [सं॰] १. कालो र नीलो मिसाउँदा हुने रबको; हल्का कालो; कल्साउँदो; साँवलो । २. गाढा हरियो । ना॰ ३. कृष्ण । ४. कालो रब । ५. बादल; मेघ । — कर्ण— ना॰ सबै शरीर सेतो र कानमात्र कालो भएको उत्तम जातको घोडा । (यस्तो घोडा फापिलो र अश्वमेध यज्ञका निम्ति उपयोगी मानिन्छ) । — कर्ने— ना॰ श्यामकर्ण । — कली— ना॰ १. कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रबको हुने, एक जातको फूल । २. गीतको एक राग वा लय । (उदा॰— रामकली गाए पनि श्यामकली गाए पनि बूढीलाई गोसाईँथान । — उखान॰ ।

श्यामल— वि॰ [सं॰] हल्का कालो वर्णको; अलिअलि कालो; साँवलो । — ता— ना॰ हल्का कालोपन । > श्यामलिमा— ना॰ कालिमा; श्यामलता । श्याम व्यङ्ग्य— वि॰ [सं॰] मानवीय जीवनका सङ्गत–असङ्गत आदि प्रतिनिधिमूलक घटना र पात्रका माध्यमबाट एकै पटक विरोधाभासपूर्ण प्रभाव पारी मर्माहत तुल्याउने तथा युगीन परिवेशमा व्याप्त विसङ्ति र विकृतिप्रति स्वैरकल्पनाको समेत प्रयोग गरेर कटु मनोविनोदात्मक पाराले व्यङ्ग्य प्रहार गर्ने बीसौँ शदीमा पश्चिमी मुलुकको आधुनिकोत्तर आख्यान साहित्यमा देखापरेको अरू व्यङ्ग्यभन्दा बढी भेदक र सशक्त व्यङ्ग्य; ब्ल्याक ह्युमर ।

श्यामसाही— ना॰ अम्खोरा ।

श्यामसुन्दर— ना॰ [सं॰] कृष्ण; वासुदेव ।

श्यामा— ना॰ [सं॰] १. सोह्रवर्षे बाला । २. राधा; राधिका । ३. काली; दुर्गा । ४. कालो वर्णकी स्त्री । ५. सन्तान पैदा नगरेकी स्त्री । ६. काली गाई । ७. कृष्णपक्षको रात । ८. मीठो बोली बोल्ने कालो रबको प्रसिद्ध चरो; पोथी कोइली । (. धानबारीमा हुने, धानकै जस्तो बोट भएको र झन्डै उस्तै गेडा फल्ने बुटे झार । > श्यामिका— ना॰ कालोपन; कालिमा; श्यामलता ।

श्रद्धा— ना॰ [सं॰] १. देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव । २. उत्कट वा प्रबल इच्छा; चाहना; सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको) । ३. वैवस्वत मनुकी पत्नी । ४. अत्रि ऋषिकी पत्नी । > श्रद्धाञ्जली— ना॰ १. देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अघ्र्य आदिसहितको अञ्जली । २. कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद । श्रद्धालु— वि॰ १. गर्नुपर्ने काम श्रद्धापूर्वक गर्ने; श्रद्धा भएको; भक्तालु । २. इच्छा वा चाहना गर्ने; अभिलाषी । ना॰ ३. गर्भिणी स्त्री । श्रद्धावान्— वि॰ श्रद्धा भएको; श्रद्धालु । श्रद्धास्पद— वि॰ श्रद्धा गर्न योग्य; श्रद्धेय ।

श्रद्धेय— वि॰ १. श्रद्धा गर्न योग्य; श्रद्धा गरिनुपर्ने; आदरणीय । २. विश्वास गर्न सकिने; विश्वसनीय ।

श्रम— ना॰ [सं॰] १. कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत; परिश्रम । २. कुनै कामका निम्तिको मानवीय चेष्टा; प्रयत्न; प्रयास । ३. काम गर्दा लाग्ने थकाइ; थकान; ग्लानि । ४. शरीरको कसरत; व्यायाम । ५. घामपानीमा तप्ने काम; असिनापसिना । — कण— ना॰ धेरै मिहिनेत गर्दा शरीरबाट निस्कने पसिनाका थोपा । ~ कार्यालय— ना॰ श्रमिकहरूको सङ्ख्या, स्थिति आदिको जानकारी प्राप्त गर्नेगराउने कार्यालय । — जीवी— वि॰ १. शारीरिक वा बौद्धिक श्रम गरेर अथवा कुनै किसिमको मजदुरीबारा जीवन निर्वाह गर्ने; श्रमबारा जीविका चलाउने । ना॰ २. श्रम गर्ने व्यक्ति; श्रमिक । ३. मजदुर; ज्यामी । — णक— ना॰ बौद्ध सन्न्यासी; बौद्ध भिक्षु । — दान— ना॰ सर्वसाधारण जनताले सहयोगात्मक भावना तथा स्वेच्छापूर्वक सार्वजनिक बाटोघाटो, बाँधपैनी, विद्यालयमहाविद्यालय आदिको निर्माणकार्यमा ज्याला नलिई वा कम ज्याला लिई गर्ने काम । — दानी— वि॰ श्रमदान गर्ने; श्रमका रूपमा दान दिने । ~ नीति— ना॰ कुनै पनि उत्पादनमा सामूहिक श्रम लगाउने नीति वा कार्यपद्धति । ~ विभाग— ना॰ श्रमिकहरूको हकहितको संरक्षण तथा व्यवस्थासम्बन्धी काम गर्ने विभाग । ~ विभाजन— ना॰ कुनै काम छिटोछरितो टुङ्ग्याउन वा श्रमलाई सामूहिक छरितो रूपमा ल्याई व्यवस्थित रूपमा छुट्ट्याई बाँड्ने तथा जिम्मा लाउने काम । ~ शक्ति— ना॰ श्रमबारा प्राप्त हुने शक्ति वा तागत । ~ साध्य— वि॰ श्रमले मात्र पार लाउन सकिने; चर्को मिहिनेत गर्नुपर्ने; कष्टसाध्य । ~

सङ्गठन— ना॰ श्रमको समुचित उपयोग तथा श्रमिकहरूको स्थिति र हकहितको सुधार एवं सुरक्षाका निम्ति बनेको सङ्गठन । ~ सङ्घ— ना॰ कुनै कारखाना आदिमा काम गर्ने श्रमिकहरूको संस्था; श्रमसङ्गठन ।

श्रमिक— ना॰ [सं॰] १. श्रम गर्ने व्यक्ति; मजदुर; ज्यामी । वि॰ २. मेहनत गर्ने; श्रमी । ~ कल्याण कार्य— ना॰ श्रमिकहरूको भलाइका निम्ति गरिने कार्य । ~ कल्याण केन्द्र— ना॰ श्रमिकहरूको कल्याण हुने, विभिन्न कार्य गरिने केन्द्र वा ठाउँ । ~ दिन— ना॰ एक दिनमा एक व्यक्तिले गरेका कामका अनुपातले हडताल आदिका समयमा भएको हानिको हिसाब लगाउँदा हुने दिनको सङ्ख्या । ~ सङ्घ— ना॰ श्रमसङ्घ ।

श्रवण— ना॰ [सं॰] १. कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण । २. सुन्ने ज्ञानको इन्द्रिय; कर्ण; कान । ३. सत्ताइस नक्षत्रमध्ये बाइसौँ नक्षत्र । ~ केन्द्र— ना॰ सबैले सुन्न पाउने गरी सार्वजनिक रूपमा रेडियो वा ध्वनियन्त्र राखिएको मुख्य ठाउँ । ~ विद्या— ना॰ सुनेर मात्र आर्जन गरिने वा सिकिने विद्या ।

श्रवणीय— वि॰ [सं॰] सुन्न लायक; सुन्नुपर्ने । — ता— ना॰ श्रवणीय हुनाको भाव वा स्थिति; सुन्न सकिने अवस्था ।

श्रवणेन्द्रिय— ना॰ [सं॰] पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला॰ मध्ये एक इन्द्रिय; सुन्ने इन्द्रिय; कान ।

श्रव्य— वि॰ [सं॰] १. सुन्न योग्य; सुन्न सकिने रू२. सुनेर मात्र थाहा पाइने । ~ काव्य— ना॰ अभिनय नभई सुनेर वा पढेर मात्र आनन्दानुभूति गरिने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका काव्य ।

श्राद्ध— ना॰ [सं॰] शास्त्र तथा कुलका आचारअनुसार पितृहरूले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म । ~ पक्ष— ना॰ आश्विन महिनाको कृष्णपक्ष; सोह्रश्राद्ध । > श्राद्धिक— वि॰ श्राद्धसम्बन्धी; श्राद्धको । श्राद्धीय— वि॰ श्राद्धसम्बन्धी; श्राद्धिक ।

श्रान्त— वि॰ [सं॰] १. श्रमले थाकेको; थकित; क्लान्त । २. इन्द्रियहरूलाई वशमा राख्ने । ना॰ ३. सन्न्यासी; साधु । > श्रान्ति— ना॰ १. थकाइ मेट्नका लागि गरिने विश्राम; बिसाइ । २. परिश्रम; मेहनत । ३. थकाइ; थकान; ग्लानि ।

श्राप— ना॰ [सं॰ शापे शाप; सराप ।

श्रावक— ना॰ [सं॰] १. बौद्ध भिक्षु वा सन्त । २. जैन मतका अनुयायी सन्न्यासी । वि॰ ३. श्रवण गर्ने; सुन्ने; श्रोता ।

श्रावण— ना॰ [सं॰] १. नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बीचमा पर्ने महिना । २. श्रवणेन्द्रियसम्बन्धी ज्ञान । > श्रावणी— ना॰ १. श्रावण महिनाको पूर्णिमा । २. यज्ञोपवीत धारण गरिने वार्षिक पर्वदिन; जनैपूर्णिमा; रक्षाबन्धन ।

श्रावणेर— वि॰ [सं॰] भिक्षु हुनुभन्दा पूर्वको नयाँ बौद्ध सन्न्यासी ।

श्राव्य— वि॰ [सं॰] १. श्रवण गराउन उचित; सुन्न वा सुनाउन लायक । २. प्रस्ट सुनिने । ३. सूचनीय ।

श्री— ना॰ [सं॰] १. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताबारा झल्कने शोभा; कान्ति; दीप्ति । २. छेलोखेलो धनसम्पत्ति; ऐश्वर्य । ३. धनकी प्रतीक लक्ष्मी । ४. विद्या तथा गुणकी प्रतीक सरस्वती । ५. कुनै महिमा वा गौरवको चिह्न; यश । ६. सजावट; सिँगार । ७. औडव जातिअन्तर्गत पर्ने, शास्त्रानुसार सूर्यास्तपछि र विशेषतः हेमन्त ऋतुमा गाइने एक रागको नाम । ८. एउटा गुरुवर्णबाट एक पाउ बन्ने उक्ता जातका छन्दको एक भेद (जस्तो— आ । खा । जा॰ । (. पुरुषका नाम अगाडि लगाइने शुभ तथा आदरसूचक शब्द (जस्तो— श्री कोमलप्रसाद, श्री वसन्तविक्रम इ॰) । — कान्त— ना॰ विष्णु । — कृष्ण— ना॰ वासुदेव । — खण्ड— ना॰ बेलका जस्ता पात हुने, नीला गुच्छादार फूल फुल्ने र चुरो अति सुगन्धी हुने चन्दनको रूख वा काठ । (यसका सेतो, पहेँलो, रातो आदि भेद छन् । सेतो श्रीखण्ड औधी उत्तम मानिन्छ॰रू २. त्यसैको काठ घोटेको चन्दन । — गणेश— ना॰ १. कामको थालनी; आरम्भ । २. अम्बिकापुत्र विनायक; गणेश । — गदित— ना॰ अठार उपरूपकमध्ये एक तथा उदात्त नायकनायिकाको वर्णन गरिने, गर्भ र विमर्शसन्धि नभएको; दृश्यकाव्य (एकाङ्की) । — गाई— ना॰ घरपाला गाईसँग जङ्गली साँढे लागेर जन्मेको गाई । —

चन्दन— ना॰ श्रीखण्ड — ताड— ना॰ प्राचीन समयमा पुस्तक लेख्न पात उपयोग गरिने एक जातको ताड; त्यही नामको ताडपत्र । — तिलक— ना॰ रामफटाका । — धर— ना॰ विष्णु । — निवास— ना॰ विष्णु । — पति— ना॰ १. लक्ष्मीका पति । २. राजा; नृपति । — पद— ना॰ १. देवता वा पूज्य व्यक्तिको चरणचिह्न; पादुका । २. वन्दनीय पाउ । — पञ्चमी— ना॰ माघ शुक्ल पञ्चमी; वसन्तपञ्चमी ।

श्रीपाँच-५_— ना॰ [श्री+श्री+श्री+श्री+श्री] १. नेपालका राजा वा उनको परिवारका नामअगाडि जोड्ने गरिएको सम्मानसूचक उपाधि । २. राजा । ३. २०६३ सालभन्दा पहिले नेपालका । — को सरकार— ना॰ वि.सं. २०६३ भन्दा पहिले राजाका नामबाट चलेका कार्यकारी शक्तिको प्रयोग गर्ने; नेपालको शासन–व्यवस्था वा सरकार ।

श्रीपाद— ना॰ [सं॰] लिच्छविकालमा राजाको पर्यायका रूपमा 'सरकार' अर्थ बुझाउने शब्द ।

श्रीपेच— ना॰ [श्री+पेचे राजमुकुट; शिरपेच ।

श्रीफल— ना॰ [सं॰] १. बेल; बिल्व । २. नरिवल ।

श्रीबन्दी— ना॰ [शिर+बन्दी] शिरबन्दी ।

श्रीबिन्दु— ना॰ [शिर+बिन्दु] शिरबिन्दु ।

श्रीमती— ना॰ [सं॰] श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै— श्रीमती इन्दिरा, श्रीमती कल्पना, श्रीमती उषा शर्मा इ॰) ।

श्रीमद्भागवत— ना॰ [सं॰] मूल रूपमा श्रीकृष्णको चरित्र वर्णन गरिएको व्यासलिखित प्रसिद्ध पुराणग्रन्थ; अठार महापुराणमध्ये एक ।

श्रीमन्त— ना॰ [सं॰] श्रीमान्को बहुवचन; सर्वश्री ।

श्रीमहारक— ना॰ [सं॰] लिच्छविकालमा राजाको निश्चित उत्तराधिकारी ।

श्रीमान्— वि. [सं॰] १. शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली । ना॰ २. पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द । ३. न्यायाधीश वा अन्य ठूलाबडालाई सम्बोधन गर्ने शब्द । ४. पति; लोग्ने ।

श्रीमुख— ना॰ [सं॰] १. तेजिलो वा उज्यालो मुख; शोभायुक्त अनुहार । २. मान्यजनको मुख ।

श्रीयन्त्र— ना॰ [सं॰] १. तान्त्रिक विषयमा शिवतन्त्रसम्बन्धी एक यन्त्र । २. विन्दु र त्रिचालीसवटा त्रिकोण जोल्टिएर बन्ने, आठ र सोह्र कमलदल, तीन वृत्त र तीन भूपुर हुने लक्ष्मीको तान्त्रिक जन्तर ।

श्रीयुक्त/श्रीयुत— वि॰ [सं॰] १. शोभा वा सौन्दर्यले पूर्ण; गौरवशाली; धनवान् । ना॰ २. पुरुषजातिका नामको अगाडि लगाइने एक आदरसूचक शब्द ।

श्रीवत्स— ना॰ [सं॰] १. पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न । २. पुरुषका छातीमा कमै पाइने दाहिनेबाट घुमेको रौँको चक्राकार चिह्न । ३. पहिले काठमाडौँ उपत्यकाका राजाहरूमा चलेको र बाकुपौमा लाग्दा पछिसम्म कानुनी मान्यता पाएको देखिने छाप; हे॰ 'बाकुपौ' पनि ।

श्रीवल्ली— ना॰ [सं॰] १. पानका जस्ता ठूलठूला, हरिया पात हुने र क्रमशः फैलिँदै जाने प्रसिद्ध लहरो (मनीप्लान्ट॰ । (यसको फेदमा पानी हाल्दा सरेर टुप्पाबाट झर्ने गर्छ । अचेल यो सुन्दरताका निम्ति र पैसा फलाउँछ भन्ने विश्वास वा लच्छिनका रूपमा कौँचा र गमलाहरूमा लगाई घरका वरिपरि, बरन्डा तथा ढोका र कोठामा समेत सजाइएको देखिन्छ) । २. पनेरको बोट ।

श्रीवृक्ष— ना॰ [सं॰] १. पीपलको वृक्ष । २. बेलको रूख । ३. नरिवल ।

श्रीशैल— ना॰ [सं॰] दक्षिण भारतमा पर्ने कृष्णा नदीको तटमा अवस्थित तथा मल्लिकार्जुनको ज्योतिर्लिङ्ग भएको पर्वत–शिखर ।

श्रीसम्पत्ति— ना॰ [सं॰] कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति; जायजेथा; सर्वस्व; लट्टीपट्टी ।

श्रीहर्ष— ना॰ [सं॰] इ॰ बाह्रौँ शताब्दीका संस्कृत साहित्यका प्रसिद्ध कवि तथा 'नैषध' महाकाव्यका रचयिता ।

श्रुत— वि॰ [सं॰] १. ध्यान दिएर श्रवण गरिएको; सुनिएको । २. परापूर्वदेखि सुन्दै आएको; कहलिएको; विख्यात । ना॰ ३. सुन्ने विषय वा शास्त्र (वेद आदि॰ । > श्रुतानुश्रुत— वि॰ १. धेरै जनाबाट सुनिएको; बहुचर्चित । ना॰ २.धेरैबाट सुनिएको कुरा; किंवदन्ती ।

श्रुति— ना॰ [सं॰] १. सुन्ने इन्द्रिय; कान । २. सुन्ने काम वा कुरो; श्रवण । ३. वेद । ४. सङ्गीतमा स्वरभेद वा स्वरको अन्तराल । (सात मूल स्वरका प्राचीन आचार्यका मतानुसार बाइस र आधुनिक पद्धतिअनुसार अठार श्रुतिभेद मानिएका छन्) । —

कटु— वि॰ १. सुन्दा नमीठो लाग्ने वा खट्कने; कर्णकटु (वचन, ध्वनि, उच्चारण आदि॰ । ना॰ २. काव्य–रचनाको दोष मानिने यस्तै मधुरता नभएको ध्वनि वा नमीठो कुरो । — गम्य/गोचर— वि॰ १. कानले ग्रहण गर्न सकिने; सुन्न सकिने । २. सुनेको; श्रुत । — धर— वि॰ सुनेका कुरा सम्झिरहने; सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको । ~ परम्परा— ना॰ सुनेका भरमा अर्थात् एक कान, दुई कान हुँदै चल्दै आएको पुरानो कुरा; कर्णपरम्परा । ~ प्रमाण— ना॰ वेदविहित प्रमाण; वेदका विधिले स्वीकृति दिएको कुरो । ~ मण्डल— ना॰ कानको बाहिरपट्टिको अवयव । ~ मधुर— वि॰ सुनिरहूँ जस्तो वा कानलाई मीठो र प्यारो लाग्ने; कर्णमधुर । ~ लेख— ना॰ अरूले बोलेका कुरा सुन्दै जस्ताको तस्तै लेखिने लेख । ~ लेखन— ना॰ सुनेर लेख्ने काम वा विधि । ~ बिम्ब— ना॰ सुनेका ध्वनिबारे श्रोताको धारणा बन्नुभन्दा पहिलेको बिम्ब वा चित्र । > श्रुत्यनुप्रास— ना॰ एउटै स्थानबाट उच्चारण हुने वर्णको बारबार प्रयोग हुँदा पर्ने एक शब्दालङ्कार । (उदा॰— मथ्यो ताल्चा लाल्चा उपर पर निन्दा पर सथ्यो/निराशाले आशा उपर अति खासा घर गथ्यो रू— लेखनाथ पौडेल॰ ।

श्रुव— ना॰ [सं॰] १. यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन; सुरो । २. यज्ञ; होम ।

श्रेणि— ना॰ [सं॰] हे॰ श्रेणी ।

श्रेणी— ना॰ [सं॰] १. कुनै वस्तुको शृङ्खला वा क्रम; पङ्क्ति; लहर; ताँती (जस्तो— पर्वतश्रेणी, हिमश्रेणी आदि) । २. गुण, तह आदिका दृष्टिले गरिएको विभाजन; वर्ग; कक्षा (जस्तो— मध्यम श्रेणी, सातौँ श्रेणी आदि ।) — करण— ना॰ श्रेणी वा क्रम मिलाउने काम; वर्गीकरण । — कृत— वि॰ श्रेणी वा क्रम मिलाएर राखिएको; वर्गीकृत । — बद्ध— ना॰ श्रेणी वा पङ्क्ति मिलेको; ताँती लागेको । श्रेणी मूलक— वि॰ [सं॰] श्रेणी वा पेसा मूल रूपमा रहेको । ~ समाजवाद— ना॰ क्रान्तिमा विश्वास नगरी शान्तिपूर्ण उपाय अँगालेर उद्योगको प्रबन्ध र सञ्चालनमा बढी अधिकार गर्ने, सामूहिक ठेक्का लिने र मजदुरहरूबाट स्वयं उद्योगको स्थापना गर्दै पुँजी र उत्पादनका साधन साझा पार्न प्रयास गर्ने विचार वा सिद्धान्त ।

श्रेय— वि॰ [सं॰] १. अपेक्षाकृत असल; बढी बेस । २. मङ्गल गर्ने; हितकारक । ना॰ ३. कुनै पनि उपयुक्त वा अनुक¨ल स्थिति; कल्याण; मङ्गल; भलो । ४. कुनै कामको शुभ परिणाम; सुखद कीर्ति । > श्रेयस्कर— वि॰ श्रेय वा कल्याण गर्ने हितकारी; मङ्गलमय ।

श्रेष्ठ— वि॰ [सं॰] १. सबैभन्दा असल; उत्तम; बढिया; मुख्य । २. उमेरमा जेठो; वयोवृद्ध; गण्यमान्य । ना॰ ३. नेवारजातिको एउटा वर्ग वा थर । — तर— वि॰ अझ श्रेष्ठ; बढी उत्तम । — तम— वि॰ सबैभन्दा श्रेष्ठ; सबैभन्दा उत्तम ।

श्रेष्ठता— ना॰ [सं॰] श्रेष्ठ हुने गुण वा स्थिति; श्रेष्ठत्व; उम्दापन । श्र श्रेष्ठताभास— ना॰ आफैँलाई श्रेष्ठ वा उत्तम ठान्ने मनोभाव; अहम्मन्यता ।

श्रेष्ठी— ना॰ [सं॰] धनाढ्य व्यक्ति; महाजन; सेठ ।

श्रोत— ना॰ [सं॰] १. कर्ण; कान । २. शरीरबाट मल बाहिर जाने इन्द्रिय । ३. पानीको वेग; स्रोत । ४. हात्तीको सुँड । > श्रोतव्य— वि॰ सुन्न लायक; सुन्नुपर्ने ।

श्रोता— वि॰ [सं॰] १. कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने । ना॰ २. श्रवण गर्ने वा सुन्ने व्यक्ति । ~ गण— ना॰ कथा, पुराण, उपदेश, भाषण, व्याख्यान आदि सुन्नेहरूको समूह; श्रोतृगण । — मुखी— वि॰ श्रोतापट्टि वा श्रोताको रुचिमा ध्यान दिने ।

श्रोतृ— ना॰ [सं॰] श्रोता । ~ गण— ना॰ श्रोतागण ।

श्रोत्र— ना॰ [सं॰] १. सुन्ने इन्द्रिय; कान । २. वेद ।

श्रोत्रिय— वि॰ [सं॰] १. वेदको ज्ञाता; वेदमा प्रवीण । ना॰ २. वेद पढ्ने व्यक्ति; वेद जान्ने ब्राह्मण ।

श्रौत— वि॰ [सं॰] १. कानसम्बन्धी; कानको । २. श्रुतिसम्बन्धी; वेदअनुसारको । ३. वेदसम्मत; वेदोक्त । ~ कर्म— ना॰ वेदले बताएअनुसारको काम; वैदिक कार्य । ~ सूत्र— ना॰ आश्वलायन, साङ्ख्यायन, कात्यायन आदि नामले अभिहित तथा वेदमा आधारित सूत्रग्रन्थहरूको सङ्ग्रह ।

श्लाघनीय— वि॰ [सं॰] सह्राउन लायक; प्रशंसनीय ।

श्लाघा— ना॰ [सं॰] सह्राउने काम; गुणगान; प्रशंसा ।

श्लाघ्य— वि॰ [सं॰] सह्रनी गर्न लायक; प्रशंसनीय ।

श्लिष्ट— वि॰ [सं॰] १. टाँसिएको, जोडिएको वा मिलेको; आलिङ्गित । २. श्लेषयुक्त; दुई वा अनेक अर्थ लाग्ने (शब्द॰ । > श्लिष्टोक्ति— ना॰ दुई वा अनेक अर्थ लाग्ने भनाइ ।

श्लील— वि॰ [सं॰] १. लाजभाँड नभएको; शिष्ट । २. समाजको कल्याण गर्ने ।

श्लेष— ना॰ [सं॰] मिल्ने वा जोरिने काम; संयोग । > श्लेषोक्ति— ना॰ श्लेषयुक्त कथन; श्लिष्टोक्ति ।

श्लेष्मान्तक— ना॰ [सं॰] १. लप्सीको रूख । २. पशुपतिका वनको वरिपरिको जङ्गल ।

श्लोक— ना॰ [सं॰] १. पद्यमा रचित वा कथित वाक्य; सिलोक; पद्य । २. प्रशंसा; स्तुति । — बद्ध— वि॰ श्लोक वा पद्यमा लेखिएको; छन्दोबद्ध ।

श्ववृत्ति— ना॰ [सं॰] मालिकको इसारामा नाच्ने र उसको दयामा बाँच्ने कुकुरको जस्तो वृत्ति; आत्मगौरवलाई तिलाञ्जलि दिई अरूको निगाह वा अधीनमा रहने काम ।

श्वान— ना॰ [सं॰] कुकुर ।

श्वास— ना॰ [सं॰] १. नाक वा मुखबारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास । २. लामो वा छिटो रूपमा फेरिने सास; सुस्केरा । ३. दमको रोगी; धम्की । ४. ज्यान; प्राण । — काश— ना॰ दम र खोकीको रोग । ~ नली— ना॰ बाहिरबाट शुद्ध सास लिने र भित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर गर्ने नली । —

प्रश्वास— ना॰ नाकबाट भित्र तानिने तथा बाहिर छोडिने सास; श्वास र निश्वास ।

श्वेत— वि॰ [सं॰] १. सेतो । ना॰ २. सेतो रङ्ग । — कुष्ठ— ना॰ पाण्डुरोग । ~ नीति— ना॰ गोरा जातिको प्रधानता भएको कुनै देशको सरकारले अँगालेको अन्य देशका काला जातिका मानिसलाई नागरिक भएर रहन नदिने नीति वा सिद्धान्त । ~ पत्र— ना॰ १. आधुनिक राजनीतिका अनुसार कुनै महत्त्वपूर्ण चर्चा, वार्ता आदि प्रायः सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति । २. सरकारले जनतालाई राष्ट्रिय सरोकारका विषयमा अवगत गराउन जारी गरिने विज्ञप्ति । — प्रदर— ना॰ जननेन्द्रियबाट पानी बग्ने, स्त्रीहरूको एक प्रकारको रोग । ~ वाराह— ना॰ १. ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प । २. सेतो बनेल । > श्वेताङ्ग— ना॰ १. सेतो शरीर हुने प्राणी; गोरा जाति । २. हाँस । श्वेताम्बर— ना॰ १. जैन धर्ममा सेतो वस्त्र पहिरिने एक सम्प्रदाय । २. सेतो वस्त्र लाउने सन्न्यासी ।