नेपाली शब्दसमूह ५८ वी

Wiktionaryबाट

मुखपृष्ठ

वीक्षण— ना॰ [सं॰] १. राम्ररी ठम्याएर हेर्ने काम । २. निरीक्षण । ३. आँखा । > वीक्षणीय— वि॰ नियालेर हेर्न योग्य; दर्शनीय ।

वीज— ना॰ [सं॰] १. हे॰ बीज; बीउ । २. नाटक, महाकाव्य आदिमा सङ्घर्षमय कथावस्तुको मुख्य फल वा उद्देश्यको प्रधान कारण; अर्थप्रकृतिका पाँच प्रकारमध्ये एक > वीजक— ना॰ हे॰ बीजक ।

वीटिका— ना॰ [सं॰] १. मुखशुद्धिका लागि खाइने पानको सानो बीडा । २. दाउरा, झिँजा, पराल आदिको अँगालाभरिको बिटो ।

वीणा— ना॰ [सं॰] प्रायः सातवटा तार र दुइटा तुम्बा हुने र हातले बजाइने प्राचीन किसिमको तारबाजा । — वादिनी— ना॰ सरस्वती ।

वीतराग— वि॰ [सं॰] १. सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त; सांसारिक विषयसुखमा आसक्ति नभएको; वासनारहित । २. निष्काम ।

वीथी— ना॰ [सं॰] १. पङ्क्ति; लहर; हरफ । २. पैदल हिँड्ने सानो बाटो; गोरेटो । ३. पसल; हाटबजार । ४. सूर्य हिँड्ने रेखा; बाटो । ५. शृङ्गाररस प्रधान हुने दस रूपकमध्ये एक ।

वीप्सा— ना॰ [सं॰] १. आदर, आश्चर्य आदि प्रकट गर्नका निम्ति एउटै शब्द बारबार भन्दा पर्ने एक शब्दालङ्कार । २. शब्दको बिरुक्ति । ३. सातत्य (जस्तो— खितितिति, सननन आदि॰ ।

वीर— ना॰ [सं॰] १. आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति; सुरो, आँटिलो वा बहादुर व्यक्ति । २. योद्धा । ३. भाले बँदेल । ४. वीर रस । ५. थारूजातिका स्त्रीहरूले कानमा लाउने चाँदीको गहना । वि॰ ६. बलवान्; साहसी; पराक्रमी; पुरुषार्थी । — गति— ना॰ १. युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति । २. योगसाधनामा संलग्न समाधिस्थ योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम । — गन्ज— ना॰ नेपालको नारायणी अञ्चलअन्तर्गत पर्सा जिल्लामा रहेको एक प्रसिद्ध सहर तथा व्यापारिक क्षेत्र; पर्सा जिल्लाको सदर मुकाम । — गाथा— ना॰ वीरका बहादुरीको वर्णन गरिएको काव्य; वीर वा वीरताको वर्णन; वीरस्तुति । — ता— ना॰ १. वीर हुनाको भाव, अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम । २. वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता । — त्व— ना॰ वीरता; सुथ्याइँ । — पट्ट— रणक्षेत्रमा वीरतासाथ लड्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक । — प्रसू— ना॰ वीरमाता । — भद्र— ना॰ दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण । — माता— ना॰ वीर छोरा जन्माउने स्त्री; वीर पुत्रकी आमा; वीरप्रसू । ~ रस— ना॰ साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र साहसबाट पैदा हुने एक रस; नवरसमध्ये एक । (यो रस चार प्रकारको मानिएको छ — दानवीर, धर्मवीर, युद्धवीर र दयावीर) । — लोक— ना॰ युद्धक्षेत्रमा हिम्मतका साथ शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने लोक; वीरगति । — व्रत— ना॰ वीर वा पराक्रमी व्यक्तिको निष्ठापूर्ण नियम वा काम; युद्ध । — शयया— ना॰ वीरहरूको अन्तिम अवस्थालाई सुहाउने शयया; युद्धभूमि; रणभूमि । > वीराभास— ना॰ अवध्यको वधप्रति अनुचित साहस देखाएमा वा अरू कुनै नसुहाउँदो तरिकाले वीररसको वर्णन गरेमा हुने एक रसाभास । वीरासन— ना॰ देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले टेकेर बसिने एक आसन ।

वीरेन्द्र— ना॰ [सं॰] १. वि॰ सं॰ २०२८ सालदेखि २०५८ जेठ १९ सम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौँ राजा । वि॰ २. वीरहरूमा श्रेष्ठ; ठूलो वीर । — प्रज्ञालङ्कार— ना॰ नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विबान्हरूलाई प्रज्ञाप्रतिष्ठानबारा प्रदान गर्ने गरिएको मानार्थ प्रज्ञालङ्कार । — वीरविक्रम शाहदेव— ना॰ वि॰सं॰ २०२८ देखि २०५८ जेठ १९ गतेसम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौँ राजा ।

वीरोस्— ना॰ भारोपेली भाषा बोल्ने प्रागैतिहासिक मानव ।

वीर्य— ना॰ [सं॰] १. खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु; शुक्र । २. पौरुष; पुंस्त्व । ३.वीरता; पराक्रम । ४. शरीरभित्रको सारतत्त्व । — कोष— ना॰ शुक्रकीटमा परिणत हुन सक्ने अन्य कोषको अन्तिम रूप । — थैली— ना॰ पुरुषका शरीरभित्र वीर्य रहने थैली; वीर्यग्रन्थि । — वान्— वि॰ वीर्य वा तेज भएको; बलियो; शक्तिशाली । — शाली— वि॰ शरीरमा शक्ति वा फुर्ती भएको; शक्तिशाली; पराक्रमी । ~ स्खलन— ना॰ पुरुषका शरीरबाट वीर्यपतन हुने क्रिया; वीर्यक्षरण; वीर्यपतन । — हीन— वि॰ १. शरीरमा वीर्य कम भएको । २. शक्ति वा स्फूर्ति नभएको; शक्तिहीन; नामर्द ।

वृक्ष— ना॰ [सं॰] १. रूख; बोट । २. कुनै विषय वा कुराको मूल रूप वा आदि रूपलाई फेद र अवान्तर कुरालाई हाँगाबिँगा मानेर वृक्षका रूपमा देखाइएको चित्र (जस्तै— वंशवृक्ष) । — रेखा— ना॰ पहाडको रूख उम्रन सक्ने उचाइसम्मको रेखा । ~ रोपण— ना॰ वृक्षारोपण । ~ बिडाल— ना॰ धेरै मोटो र लामो पुच्छर हुने जङ्गली बिरालो; वनबिरालो । > वृक्षाम्ल— ना॰ भकिअमिलो । वृक्षायुर्वेद— ना॰ वनस्पतिहरूमा हुने रोगहरूलाई हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र; वृक्षसम्बन्धी वैद्यक ग्रन्थ; वैदाङ्ग । वृक्षारोपण— ना॰ उजाडिँदै गएको पाखापखेरा र गाउँ, सहरनजिकका भागहरूलाई हरिलोभरिलो बनाउने र जलवायुका दृष्टिले स्वास्थ्यप्रद र अनुक¨ल बनाउन विभिन्न जातका वृक्ष लगाउने काम; भूक्षय रोक्न र दाउरा, घाँसपातको काम चलाउन विभिन्न किसिमका बोटबिरुवा लगाउने काम ।

वृज्जि— ना॰ [सं॰] नेपालको पश्चिमी तराई, तिरहुत र मिथिलातिर बसोबास गरेका, एक समय गणतान्त्रिक व्यवस्था चलाउने एक प्राचीन जाति ।

वृत्त— ना॰ [सं॰] १. केन्द्रबाट बराबर दूरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र । २. गोलाकार क्षेत्रको परिधि; बाटुलो घेरो; मण्डल । ३. वृत्तान्त । ४. अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द; वार्णिक र मात्रिक छन्द । वि॰ ५. परिधि भएको; गोलो; बाटुलो । ६. भएको, घटेको वा अस्तित्वमा आएको; घटित । — चित्र— ना॰ इतिहास, विज्ञान, धर्म, संस्कृति आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र । — पत्र— ना॰ प्रतिनिधिसभामा भएका दैनिक कामकुराको संक्षिप्त बेहोरा लेखिएको खाता वा बही । — मार्ग— ना॰ गोलाकार बाटो; चक्रपथ । — मुण्ड— वि॰ गोल मुण्ड भएको । > वृत्ताकार— ना॰ १. गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो । वि॰ २. गोल आकार भएको; बाटुलो; गोलो ।

वृत्तान्त— ना॰ [सं॰] १. कुनै वस्तु वा विषयको विस्तृत विवरण; बयान; बेलिविस्तार । २. हालखबर; समाचार । ३. वर्णनात्मक कथा वा कहानी । ४. इतिहास; पुर्ख्यौली ।

वृत्ति— ना॰ [सं॰] १. जीवननिर्वाह गर्नका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर । २. जीवनको भरणपोषणको साधन; जीविका । ३. जीवननिर्वाहका निम्ति कसैलाई दिइने धन; भत्ता । ४. जेहेन्दार, गरीब विद्यार्थीहरूलाई अध्ययनकालमा सहायतास्वरूप दिइने रकम । ५. कुनै काम गरेबापत पाइने धन; पारिश्रमिक; ज्याला; मजदुरी । ६. चालचलन; आचरण । ७. कुनै पद, वाक्य वा ग्रन्थको अर्थ स्पष्ट हुने गरी गरिएको व्याख्या; टीका । ८. व्याकरण, दर्शन आदि सूत्ररूपमा रहेका अर्थगर्भित छोटो वाक्यको अर्थ खुलस्त पार्ने वाक्य । (. सोझै र घुमाउरो किसिमले अर्थ बुझाउने शब्दको शक्ति (अभिधा, लक्षणा र व्यञ्जना) । १०. रससुहाउँदो रूपमा वर्णको योजना तथा अर्थको गुम्फन गरेर काव्यको रचना गरिने शैली (कैशिकी, भारती, सात्वती र आरभटी) । ११. परुषा, कोमला र उपनागरिका— यी तीन वर्णगत वृत्ति । — कर— ना॰ जीविकाका लागि अँगालिएको पेसामा लाग्ने कर । — दाता— वि॰ जीविकाका निम्ति सरसुविधा र साधनको प्रबन्ध मिलाइदिने (व्यक्ति॰ ।

वृत्त्यनुप्रास— ना॰ [सं॰] साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एकपल्ट र उही क्रमले एक वा अनेकपल्ट स्वरूपसाम्य हुने शब्दालङ्कार; अनुप्रासको एक भेद ।

वृत्रासुर— ना॰ [सं॰] इन्द्रलाई मार्न भनी जन्माइएको तर मन्त्रोच्चरण गर्दा स्वराघातको गडबडीले विपरीतार्थ हुन गई इन्द्रबारा मारिएको पुराणप्रसिद्ध एक असुर ।

वृथा— अव्य॰ [सं॰] व्यर्थ; सित्तैँ । > वृथाभिमान— ना॰ आफ्नो बर्कत, बुताभन्दा बाहिरको कुरा गर्न सक्छु भन्ने धाक; नचाहिँदो फाइँफुट्टी; व्यर्थको घमन्ड । वृथाभिमानी— वि॰ व्यर्थको अभिमान गर्ने; वृथाभिमान गर्ने ।

वृद्ध— वि॰ [सं॰] १. धेरै उमेर भएको; बूढो । २. विद्या, अनुभव आदिले परिपक्व । ३. धेरै पहिलेको; पुरानो । ४.वृद्धि भएको; बढेको । ५. जम्मा भएको; थुप्रिएको । ना॰ ६. उमेरले बूढो भएको मानिस । ७. विद्या, अनुभव आदिले परिपक्व भएको मानिस; बूढोपाको व्यक्ति । ८. छरछिमेकको प्रतिष्ठित पाको पुरुष; मान्यजन । ~ काल— ना॰ बुढेसकाल; बुढ्यौली अवस्था । — ता/त्व— ना॰ वृद्ध हुनाको भाव वा अवस्था; बुढ्याइँ । ~ भाव— ना॰ वृद्धता; बुढ्यौली ।

वृद्धि— ना॰ [सं॰] १. बढ्ने काम; बढ्ती । २. बढोत्तरी; उन्नति । ३. कुनै वस्तुको दरभाउ आदि बढ्ने काम । ४. कुनै व्यक्तिको दर्जा, तलब आदि बढ्ने काम । ५. ब्याज । ६. लाभ; नाफा । ७. सन्तान जन्मने वा सन्तति बढ्ने काम । ८. सन्तान जन्मँदा लाग्ने आशोच; सुत्केरो । ~ सन्धि— व्याकरणमा अवर्ण अर्थात् अ, आदेखि पछि एच् अर्थात् ए, ओ, ऐ र औमा कुनै एकका स्थानमा ऐ वा औ हुने एक सन्धि । — कर— वि॰ १. वृद्धि गर्ने; बढाउने; उन्नति गर्ने । ना॰ २. आम्दानीमा लगाइने वा बढाइने कर । ~ काल— ना॰ कुनै कुरा वृद्धि भएको समय । ~ दर— ना॰ कुनै वस्तुको मूल्य वा कसैको तलब आदिको वृद्धिको क्रम । ~ श्राद्ध— ना॰ विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्य र अन्य धार्मिक अनुष्ठान गर्दा पूर्वाङ्गमा गरिने श्राद्ध; नान्दीमुखी श्राद्ध; आभ्युदयिक श्राद्ध ।

वृन्त— ना॰ [सं॰] फलफूल, पात आदिको डाँठ; सागपात आदिको पातका फेदपट्टिको मोटो भाग; भेट्नु ।

वृन्द— ना॰ [सं॰] १. समूह; जमात (जस्तै— सज्जनवृन्द, महिलावृन्द आदि) । २. झुप्पो; गुच्छो ।

वृन्दा— ना॰ [सं॰] १. विष्णुबारा सतीत्व नष्ट गरिएकी एक पौराणिक स्त्री; जालन्धरकी पत्नी । २. तुलसी । > वृन्दाकर— ना॰ १. देवता वा श्रेष्ठ व्यक्ति । २. समूह । वृन्दारण्य— ना॰ वृन्दावन । वृन्दावन— ना॰ १. मथुराको उत्तरतिर रहेको एक वन; कृष्णको क्रीडास्थल मानिएको हिन्दूहरूको प्रसिद्ध एक तीर्थस्थल । २. घनघोर जङ्गल; बिन्द्रावन ।

वृश्चिक— ना॰ [सं॰] १. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये आठौँ राशि । २. बिच्छी । ३. सूर्योदय हुँदा प्रायः वृश्चिक राशिको उदय हुने मङ्सिर महिना ।

वृष— ना॰ [सं॰] १. साँढे । २. ज्योतिषमा बाह्र राशिमध्ये दोस्रो राशि । ३. कुनै वर्ग वा समूहको श्रेष्ठ व्यक्ति । ४. शिवको वाहन; नन्दी । ५. धर्म । — कर्मा— वि॰ गोरुझैँ जोतिएर काम गर्ने । — पर्वा— ना॰ पुराणप्रसिद्ध एक दानव; शर्मिष्ठाका बाबु ।

वृषभ— ना॰ [सं॰] १. साँढे; गोरु । २. कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक; शङ्खिनी स्त्रीका निम्ति उपयुक्त पुरुष । ३. वृष । — ध्वज— ना॰ महादेव; शिव ।

वृषल— ना॰ [सं॰] १. कुकर्मी वा पापी व्यक्ति । २. पतित व्यक्ति । ३. शूद्र । ४. घोडा । > वृषली— ना॰ १. शूद्र जातिकी स्त्री । २. सन्तान नभएकी स्त्री; बाँझी स्त्री । ३. बाह्र वर्षकी अविवाहित कन्या । ४. रजस्वला भए पनि विवाह नहुनाले पिताका घरमा रहने कन्या । ५. रजस्वला ।

वृषोत्सर्ग— ना॰ [सं॰] मानिस मरेको एघारौँ दिन मृतकका उद्देश्यले क्रियापुत्रीले र आफ्नो क्रिया आफैँले गर्दा जिउँदो मानिस आफैँले साँढे डाम्न लगाएर छोड्ने धार्मिक कृत्य ।

वृष्टि— ना॰ [सं॰] १. बादलबाट जल वा पानीको धारो लाग्ने काम; झरी; वर्षा । २. पानी परेझैँ कुनै वस्तु थोरै वा धेरै मात्रामा ओइरिने वा झर्ने काम; ओइराइ; झराइ । ~ काल— ना॰ वर्षाकाल; बर्सात । — छाया— ना॰ वाष्पयुक्त वायुलाई रोक्ने पर्वतश्रेणीको पछिल्तिर परेको क्षेत्र; वायुविमुख जमिन । — मान— ना॰ झरीवर्षाको नापो गर्ने यन्त्र; वर्षामापक यन्त्र ।

वृहत्— वि॰ [सं॰] ज्यादै ठूलो; बडेमाको; बृहत्; विशाल । >

वृहती— ना॰ बृहती ।

वेग— ना॰ [सं॰] १. कुनै वस्तुको ज्यादै छिटो चाल; शीघ्र गति । २. नदी आदिको बग्ने क्रिया; प्रवाह । ३. जोर; झोक्का । ४. आवेग । — वान्— वि॰ ठूलो वेग भएको; शीघ्र गति भएको; ज्यादै छिटो उड्ने वा हिँड्ने । > वेगिनी— ना॰ नदी । वेगी— वि॰ १. वेग भएको; वेगवान् । २. काममा लागिरहने । ना॰ ३. हुलाकी; हल्कारो; बाज चरो ।

वेडा— ना॰ [सं॰] काठ, बाँस आदि मिलाई तार, डोरी आदिले जोल्ठ्याई नदी पार गर्नका लागि बनाएको साधन; डुङ्गा; नाउ ।

वेणि— ना॰ [सं॰] वेणी । — बन्ध— ना॰ बाटेको कपाल; चुल्ठो ।

वेणी— ना॰ [सं॰] १. बाटेको कपाल; चुल्ठो । २. नदीहरूको सङ्गम; दोभान (जस्तो— पञ्चवेणी, त्रिवेणी आदि॰ ।

वेणु— ना॰ [सं॰] बाँस । २. बाँसुरी; मुरली । — कार— ना॰ बाँसुरी बजाउने व्यक्ति । — नाद— ना॰ बाँसुरीको ध्वनि ।

वेत— ना॰ [सं॰ वेतस्] लट्ठी, चोया आदिको काम लिइने,मेच, कुर्सी आदि बुनिने चाम्रो र बलियो एक जातको जङ्गली लहरो ।

वेतन— ना॰ [सं॰] १. तलबग् तनखा; महिनावारी । २. जीवन– निर्वाहको साधन; वृत्ति । — क्रम— ना॰ कर्मचारीले काम गरेबापत पाउने तलबको क्रम । — जीवी— वि॰ सरकारी वा गैरसरकारी कार्यालयको कर्मचारीका रूपमा काम गरेबापत पाइने तलबले जीविका चलाउने; कृषि व्यापार, उद्योग आदि स्वतन्त्र पेसा नलिई नोकरीबाट पाइने तलबका भरमा जीवनयापन गर्ने; जागिरदार; जागिरे । — भोगी— ना॰ वेतन वा तलब लिएर काम गर्ने व्यक्ति; तलब लिने वा खाने मानिस । — मान— ना॰ कर्मचारीलाई दिइने वेतनको परिमाण; तलबक्रम ।

वेताल— ना॰ [सं॰] १. शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि । २. शिवको एक गण । ३. बारपाल । ४. रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ ।

वेत्ता— वि॰ [सं॰] १. राम्ररी जान्ने; ज्ञाता; जानिफकार । ना॰ २. कुनै नामवाचक शब्दको पछिल्तिर रहेर ज्ञाता वा जान्ने अर्थ बुझाई विशेषण बनाउने शब्द (जस्तै— तत्त्ववेत्ता, शास्त्रवेत्ता इ॰) ।

वेत्र— ना॰ [सं॰] १. वेतको लट्ठी । २. पुरानो समयमा बारपालले लिने लट्ठी ।

वेद— ना॰ [सं॰] १. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व— यी चार वेद प्रसिद्ध छन्) । २. ज्ञान । ३. ईश्वर । ४. अङ्गुलको चारगुनाबराबरको नाप; चार अमलबराबरको नाप; चार अङ्गुल । — ज्ञ— वि॰ वेद जान्ने; वेदको ज्ञाता । — त्रय/त्रयी— ना॰ ऋक्, यजु र साम— यी तीन वेदको समुच्चय ।

वेदना— ना॰ [सं॰] १. चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट । २. पीडा, दुःख आदिको तीव्र अनुभूति । ३. चेतना; ज्ञान । ४. विवाह । ५. बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक । > वेदनीय— वि॰ १. वेदना हुने; पीडा दिने; दुःखदायी । २. जान्नुपर्ने; ज्ञातव्य । वेद वाक्य— ना॰ [सं॰] १. वेदका ऋचा वा वाक्य । २. वेदले बताएको कुरो; वेदोक्त वचन । ३. प्रामाणिकताका निम्ति छानबिन गरिरहनु नपर्ने वचन; अकाट्य वाक्य । वेद विहित— वि॰ [सं॰] वेदले भनेको वा बताएको; वेदोक्त । वेद व्यास— ना॰ [सं॰] वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि; पराशरतर्फबाट जन्मेको सत्यवती पुत्र; व्यास ।

वेदाङ्ग— ना॰ [सं॰] शरीरका अङ्गजस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद—छन्दशास्त्र, हात—कल्प, आँखा—ज्यौतिष, कान— निरुक्त, नाक—शिक्षाशास्त्र र मुख—व्याकरण॰ ।

वेदाध्ययन— ना॰ [सं॰] १. वेद पढ्ने काम; वेदको अध्ययन । २. ब्राह्मणका षोडश संस्कारमध्ये एक ।

वेदाध्यायी— वि॰ [सं॰] वेदको अध्ययन गर्ने; वेदपाठी ।

वेदान्त— ना॰ [सं॰] १. वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त । २. आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड; ब्रह्मविद्या । ३. षड्दर्शनमध्ये अबैतवादको प्रतिपादन गरिएको एक दर्शन । > वेदान्ती— वि॰ १. वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने; वेदान्तदर्शनको अनुयायी; ब्रह्मवादी । ३. वेदान्त जान्ने । ना॰ ३. वेदान्तशास्त्रको विबान् ।

वेदि— ना॰ [सं॰] वेदी । > वेदिका— ना॰ सानो वेदी ।

वेदी— ना॰ [सं॰] १. धार्मिक कृत्यका निम्ति पवित्र माटोबारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी । २. चौतारो । वि॰ ३. जान्ने; ज्ञाता । ना॰ ४. विबान्; पण्डित । ५. आचार्य; शिक्षक ।

वेदोक्त— वि॰ [सं॰] वेदले बताएको; वेदमा लेखिएको; वेदमा प्रतिपादित; वेदविहित ।

वेद्य— वि॰ [सं॰] १. थाहा पाउनुपर्ने; जान्नुपर्ने; जान्न योग्य; ज्ञातव्य । २. प्राप्त गर्न योग्य ।

वेध— ना॰ [सं॰] १. कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया; छेडाइ । २. दूरवीक्षणयन्त्रबारा टाढाटाढाका ग्रह, नक्षत्र हेर्ने काम । ३. तारो आदिलाई निसाना बनाई हान्ने काम; तारोहनाइ । ४. ग्रहको स्थान निश्चित गर्ने काम । ५. कुनै ग्रह अर्को ग्रहको सामुन्ने हुन पुग्ने क्रिया । ६. छिद्र । > वेधक— वि॰ १. कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने । २. तारो आदिलाई निसाना बनाई हान्ने । ३. कुनै ग्रह अर्को ग्रहको सामु भएको वेला अर्को ग्रहको तेज हरण गर्ने । वेधन— ना॰ १. छेड्ने वा प्वाल पार्ने काम । २. तारो हान्ने काम । वेधनी— ना॰ रत्न आदिमा पछिल्तिर छिचोल्ने गरी प्वाल पार्ने साधन । वेधनीय— वि॰ वेध गर्न योग्य; छेड्न वा खोप्न लायक । — शाला— ना॰ ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँ; वेधसम्बन्धी उपकरण राखिएको ठाउँ; वेधालय ।

वेधा— ना॰ [सं॰] १. ब्रह्मा । २. प्रजापति ।

वेधालय— ना॰ [सं॰] वेधशाला ।

वेधी— वि॰ [सं॰] १. वेध गर्ने; छेड्ने; वेधक । ना॰ २. कुनै नामवाचक शब्दको पछिल्तिर रही भेद गर्ने वा प्वाल पार्ने भन्ने अर्थ बुझाउने शब्द (जस्तै— शब्दवेधी, लक्ष्यवेधी आदि॰ ।

वेधे— ना॰ एक मिटर अग्लो, तलतिर डल्ला भावका र दाँती परेका किनारा तर मास्तिर दाँती नपरेका किनारा भएका साधारण हरिया पात हुने, घोगाका रूपमा गुलाफी टीकाटीका परेका फूल फुल्ने एक जातको बुटी । (यसको तरकारी पकाएर पनि खाइन्छ र आयुर्वेदमा यसलाई कृमिनाशक भनिएको छ॰ ।

वेध्य— वि॰ [सं॰] प्वाल पार्न लायक; वेधन गर्न योग्य ।

वेला— ना॰ [सं॰] १. समय; काल; बखत । २. संयोग; सन्जोग; मौका; अवसर । ३. समयको मान; घडी, पला आदि ।

वेश— ना॰ [सं॰] १. कुनै देशका बासिन्दा, जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन; पोसाक; वेष । २. वेश्याहरू बस्ने ठाउँ । — धारी— वि॰ १. अरूबारा आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने; अर्काको भेष धारण गर्ने । २. कुनै धार्मिक सम्प्रदायको अनुयायी भई त्यसै अनुसारको वेश धारण गर्ने । — भूषा— १. शरीरमा पहिरिएको वस्तु, आभूषण आदि; लवाइ तथा शारीरिक शृङ्गार । २. लुगाफाटो आदि लगाउने तरिका; पहिरन । ३. लुगा, गहना आदि । — वनिता— ना॰ वेश्या ।

वेश्या— ना॰ [सं॰] पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिबारा परपुरुषलाई व्यभिचारको निमन्त्रण दिने र मैथुनसमेत गराउने स्त्री; रन्डी । — गमन— ना॰ वेश्या स्त्रीसँग यौन सम्बन्ध राख्ने काम; वेश्यास्त्रीसँगको सहवास । —

गामी— वि॰ वेश्या स्त्रीसँग सहवास गर्ने; रन्डीबाज । > वेश्यालय— ना॰ वेश्याहरू बस्ने ठाउँ; रन्डीकोठी । ~ वृत्ति— ना॰ पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा; परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति ।

वेष— ना॰ [सं॰] हे॰ वेश ।

वेष्टन— ना॰ [सं॰] १. धागो, डोरी, लुगा आदि बेर्ने काम; लपेट्ने प्रक्रिया । २. सर्प आदि कुनै वस्तुमा वा शरीरमा बेरिने क्रिया । ३. लपेट्ने वा बेर्ने कुरो (धागो, डोरी, पगरी, फेटा, पटुका, पेटी आदि॰ ।

वेष्टित— वि॰ [सं॰] लपेटिएको; बेरिएको ।

वेसन— ना॰ [सं॰] चना, भटमास आदिको पीठो; पहेँलो दाल हुने जातिका अन्नको पीठो ।

वेसवार— ना॰ [सं॰] धनियाँ, जीरा आदि मिलाएर पिँधिएको सुगन्धी मसला; मसलाको धूलो ।

वेस्टकोट— ना॰ [अङ्] इस्टकोट; इस्कोट ।

वैकल्पिक— वि॰ [सं॰] १. पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को (उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि॰; विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी । २. सन्दिग्धग् सन्देहयुक्त ।

वैकल्य— ना॰ [सं॰] १. पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता । २. सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी; अपूर्णता; न्यूनता । > वैकल्या— ना॰ १. विवाह गर्ने वाग्दान भइसकेपछि वर मर्नाले वा अन्य कुनै कारणले विवाह हुन नपाएकी स्त्री । वि॰ २. अङ्गभङ्ग भएकी; विकलाङ्ग (स्त्री॰ ।

वैकारिक— वि॰ [सं॰] १. विकृत वस्तुबाट बनेको; विकार पैदा भएको । २. विकारसम्बन्धी; विकारको ।

वैकालिक— वि॰ [सं॰] १. निश्चित वा निर्धारित समयमा नभएको; हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको; समय नमिलेको (ध्वनि) । २. असमयमा भएको; असमयको; बेमौसमको । ३. साँझपखको ।

वैकुण्ठ— ना॰ [सं॰] १. कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ; अकाल, अभाव र अपूर्णता नभएको ठाउँ । २. विष्णुलोक । ~ चतुर्दशी— ना॰ कार्तिक शुक्ल चतुर्दशी । ~ लोक— ना॰ वैकुण्ठ; विष्णुलोक । > वैकुन्ठे— ना॰ सेतो र कालो दुई सर्प लेखेको थर्कीमा चार कौडा वा एक पासाले हानेर खेलिने एक खेल ।

वैक्रम— वि॰ [सं॰] १. विक्रमादित्यबाट सुरु भएको; विक्रमादित्यको; विक्रमादित्यसम्बन्धी; विक्रमीय । २. पराक्रमसम्बन्धी । श्र वैक्रमीय— वि॰ विक्रमसम्बन्धी ।

वैखरी— ना॰ [सं॰] कुण्डलिनीचक्रमाथि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्शक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी; वाणीको व्यक्त रूप ।

वैखानस— ना॰ [सं॰] १. वानप्रस्थाश्रममा रहेको व्यक्ति; वानप्रस्थी । २. कर्मिष्ठ, वनवासी ब्राह्मण; तपस्वी । ३. कृष्णयजुर्वेदका चार शाखामध्ये, योगीहरूका धर्म, आचार आदि कुराको विवेचन गरिएको एक शाखा । वि॰ ४. वानप्रस्थाश्रमसम्बन्धी ।

वैगुण्य— ना॰ [सं॰] १. गुण नहुनाको भाव; विगुणता । २. अवगुण ।

वैचारिक— वि॰ [सं॰] विचारसम्बन्धी; विचारको ।

वैचियभय— ना॰ [सं॰] विचित्र हुनाको भाव वा स्थिति; विचित्रता ।

वैजयन्त— ना॰ [सं॰] १. इन्द्रको दरबार; स्वर्गीय प्रासाद । २. इन्द्रको झन्डा ।

वैजयन्तिक— ना॰ [सं॰] झन्डा लिएर अगि लाग्ने व्यक्ति; झन्डा लिने मानिस । > वैजयन्तिका— ना॰ १. झन्डा; ध्वजा । २. जयन्तीको बोट । ३. वज्रदन्ती वृक्ष । ४. मोतीको हार; माला । ५. अरणी । वैजयन्ती— ना॰ १. झन्डा; ध्वजा; पताका । २. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल— यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला ।

वैजात्य— ना॰ [सं॰] १. विजात हुनाको भाव; भिन्न जातीयता; विजातीयता । २. बेमेलपन ।

वैज्ञानिक— वि॰ [सं॰] १. विज्ञानले आविष्कार गरेको; विज्ञानका सहायताले तयार भएको । २. विज्ञान जान्ने; विज्ञानवेत्ता । ना॰ ३. विज्ञानसम्बन्धी अध्ययन वा काम गर्ने व्यक्ति । — ता— ना॰ वैज्ञानिक हुनाको भाव वा अवस्था; विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति; विज्ञानसितको सम्बद्धता । > वैज्ञानिकी— वि॰ वैज्ञानिकसम्बन्धी । वैज्ञानिकीकरण— ना॰ आधुनिक रूपले, विज्ञानसुहाउँदो गरी कुनै विधिविधान, व्यवस्था आदिलाई उपयोगी बनाउने काम ।

वैतनिक— वि॰ [सं॰] १. सरकारी वा गैरसरकारी सङ्घसंस्था, कार्यालय आदिमा काम गरेबापत तलब पाउने । ना॰ २. ज्यालामा काम गर्ने मान्छे; ज्यामी । — ता— ना॰ वैतनिक हुनाको भाव वा स्थिति ।

वैतरणी— ना॰ [सं॰] १. मृत्युपछि यमलोक जाँदा बाटामा पर्ने, पीप, रगत, मासु आदिले निर्मित मानिएको पुराणप्रसिद्ध एक काल्पनिक नदी । २. मर्ने बेलामा वैतरणी नदी तर्न सुगम होस् भन्ने उद्देश्यले गाईदान गर्ने काम । ३. भारतको उडिसा प्रान्तमा बग्ने एक नदी ।

वैतालिक— ना॰ [सं॰] १. प्राचीन समयमा स्तुतिगीत आदि पाठ गरेर राजामहाराजाहरूलाई बिउँझाउने व्यक्ति; बन्दी । २. वेतालको साधना गर्ने व्यक्ति; वेतालको उपासक ।

वैदर्भी— ना॰ [सं॰] १. साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र हास्यरसको अभिव्यक्तिमा सहायक एउटा रीति । २. विदर्भराज भीमकी कन्या; दमयन्ती । ३. रुक्मिणी ।

वैदाङ्ग— ना॰ [सं॰] वैद्यशास्त्र । > वैदाङ्गी— वि॰ वैदाङ्गसम्बन्धी । वैद्यशास्त्रको अनुभवी ।

वैदिक— वि॰ [सं॰] १. वेदसम्बन्धी; वेदको; वेदमा भएको; वेदमा भनिएको या बताइएको । ना॰ २. वेद पढेको र त्यसैबाट आफ्नो निर्वाह गर्ने व्यक्ति । ~ धर्म— ना॰ वेदका युगमा आर्यहरूमा प्रचलित धर्म (प्रकृति— उपासना, पितृपूजन, यज्ञकर्म, तपस्या आदि) । ~ युग— ना॰ वेदको रचना भएको र वेदधर्म प्रचलित भएको समय । ~ संस्कृत— ना॰ वैदिक कालमा आर्यहरूको रचनामा पाइने तर अहिलेका संस्कृतमा नचलेका संस्कृत शब्द; वेदमा प्रयुक्त संस्कृत भाषा । > वैदिकी— वि॰ वैदिकको स्त्रीलिङ्गी विशेषण ।

वैदुष्य— ना॰ [सं॰] विबान्मा हुने गुण; विबता; पाण्डित्य ।

वैदूर्य— ना॰ [सं॰] भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि; लसुने ।

वैदेशिक— वि॰ [सं॰] १. अर्को देशको; विदेशको; विदेशसम्बन्धी; विदेशी । ना॰ २. विदेशमा बस्ने मानिस; परदेशी मानिस; विदेशी मानिस । ~ नीति— ना॰ विदेशसम्बन्धी नीति; परराष्ट्रनीति । ~ हुलाक— ना॰ विदेशमा मालसामान, चिठीपत्र आदि पठाइने हुलाक; विदेशसँग चिठीपत्र आदि आदानप्रदान गर्ने हुलाक ।

वैदेह— ना॰ [सं॰] १. विदेह देशका राजा । २. जनक ।

वैदेही— ना॰ [सं॰] १. विदेहकी कन्या; जनकनन्दिनी; सीता । वि॰ २. मिथिला प्रदेशकी (स्त्री॰ ।

वैद्य— ना॰ [सं॰] आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय चिकित्साविधिको ज्ञाता; कविराज । > वैद्यक— वि॰ १. आयुवे र्दीय चिकित्सासम्बन्धी । २. वैद्यसम्बन्धी । ना॰ ३. आयुर्वेद । वैद्यकी— ना॰ वैद्यको काम वा पेसा; वैद्यगिरी । — खाना— ना॰ आयुर्वेदीय विधिअनुसार औषधी बनाउने वा उपचार गर्ने ठाउँ; आयुर्वेदीय चिकित्सालय । — गिरी— ना॰ वैद्यले लिएको पेसा; वैद्यले गर्ने काम; वैदाङ्गी । वैद्यगी— ना॰ वैद्यगिरी । — नाथ— ना॰ १. विहारको सन्थाल इलाकामा रहेका, रावणका आराध्य र दस ज्योतिर्लिङ्गमध्ये एक मानिएका शिव । २. धन्वन्तरि । — राज— ना॰ १. आयुर्वेदीय पण्डित वा विबान्; आयुर्वेदीय पद्धतिअनुसार औषधीउपचार गर्न सिपालु वैद्य; वैद्यहरूका अग्रणी; श्रेष्ठ वैद्य । २. धन्वन्तरि । ~ विद्या/शास्त्र— ना॰ वैद्य बन्नका लागि पढ्नुपर्ने शास्त्र; वैद्यविद्यासम्बन्धी शास्त्र; आयुर्वेदीय शास्त्र; वैदाङ्ग ।

वैध— वि॰ [सं॰] नियमकानुनअनुसार बनेको वा भएको; विधिपूर्वकको; विधानअनुसारको; नियमकानुनसँग नबाझ्ने ।

वैधर्मिक— वि॰ [सं॰] १. आफ्नोभन्दा भिन्न धर्मको; पराई धर्मको; विधर्मको । २. धार्मिक दृष्टिले नमिल्दो; धर्मसङ्गत नभएको । ३. नास्तिक ।

वैधर्म्य— ना॰ [सं॰] १. विधर्म हुनाको भाव; भिन्नधर्मिता; विधर्मिता । २. असमानता । ३. नास्तिकता ।

वैधवेय— ना॰ [सं॰] विधवा स्त्रीले पुनर्विवाह गरी पाएको सन्तान; पुनर्भूपुत्र ।

वैधव्य— ना॰ [सं॰] विधवा हुनाको भाव वा अवस्था; विधवापन ।

वैधानिक— वि॰ [सं॰] नियमकानुनअनुसारको; विधानअनुसारको; नियमपूर्वकको; कानुनी । — ता— ना॰ वैधानिक हुनाको भाव, गुण वा अवस्था; विधानअनुरूपता; वैधता । ~ दाबी— ना॰ कुनै वस्तु, सम्पत्ति आदिका लागि कसैका तर्फबाट कानुनमुताबिक गरिएको दाबी । ~ राजतन्त्र— ना॰ संविधानअनुसार राजाको अधिकार निर्धारित र व्यवस्थित गरी तदनुसार चलाइने प्रजातान्त्रिक शासनपद्धति ।

वैधीकरण— ना॰ [सं॰] कुनै कुरालाई विधि वा नियमअनुक¨ल बनाउने काम; वैधानिक वा वैध बनाउने काम ।

वैधीकृत— वि॰ [सं॰] नियमअनुक¨ल हुने गरी कुनै कुराको सुधार गरिएकोग् नियमअनुकूल बनाइएको; विधिअनुसार पारिएको ।

वैधुर्य— ना॰ [सं॰] १. विधुर हुनाको भाव; स्वास्नी मरेको अवस्था; राँडोपन । २. पत्नी वा अन्य प्रियजनबाट वियुक्त भएको अवस्था ।

वैनतेय— ना॰ [सं॰] १. विनता नामकी आमाबाट जन्मेको एउटा ठूलो जातको पन्छी; विष्णुको वाहन; गरुड । २. अरुण ।

वैपरीत्य— ना॰ [सं॰] विपरीत हुनाको भाव वा क्रिया; एक थोक हुनुपर्नेमा अर्को थोक हुने काम ।

वैभव— ना॰ [सं॰] १. धनसम्पत्ति; भौतिक सुखसुविधाका साधन; ऐश्वर्य । २. शक्ति; सामर्थ्य । — शाली— वि॰ भौतिक सुखसुविधाका साधनले पूर्ण; सम्पत्तिशाली ।

वैभाषिक— वि॰ [सं॰] १. विभाषामा हुने वा आउने; विभाषासम्बन्धी । २. विकल्पसम्बन्धी; वैकल्पिक । ३. विभाषानामक बौद्ध सम्प्रदायसँग सम्बन्ध राख्ने वा त्यसको अनुयायी ।

वैमनस्य— ना॰ [सं॰] १. मनोमालिन्य; शत्रुता; दुस्मनी; वैर । २. अन्यमनस्कता । ३. खिन्नता; उदासी ।

वैयक्तिक— वि॰ [सं॰] व्यक्तिसँग मात्र सीमित वा सम्बन्धित; व्यक्तिगत । ~ बन्ध— ना॰ व्यक्तिबारा लेखिएका कुरा पूरा गर्न बाध्य हुने र पूरा नगरेका खण्डमा निर्धारित धन दण्डस्वरूप दिनलाई स्वतः जिम्मेवार हुने गरी लेखिएको प्रतिज्ञापत्र । ~ स्वतन्त्रता— ना॰ व्यक्तिलाई प्राप्त स्वतन्त्रता; व्यक्तिगत स्वतन्त्रता ।

वैयाकरण— वि॰ [सं॰] व्याकरणको राम्रो ज्ञान भएको; व्याकरणको आधिकारिक ज्ञाता; व्याकरणकार ।

वैर–नु— स॰ क्रि॰ ओइरनु ।

वैर— ना॰ [सं॰] शत्रुता; दुस्मनी । — भाव— ना॰ शत्रुतापूर्ण सम्बन्ध; शत्रुता ।

वैराइ— ना॰ [रू वैर(+आइ॰] वैरने क्रिया वा भाव । [ > ] वैराइनु— क॰ क्रि॰ ओइराइनु । वैराउनु— प्रे॰ क्रि॰ ओइराउनु ।

वैराग— ना॰ [सं॰] वैराग्य । > वैरागी— वि॰ मनमा विराग वा वैराग उत्पन्न भएको; सांसारिक मायामोह र विषयवासनादेखि दूर रहेको; विषयवासनाप्रति आसक्ति नभएको; विरक्त ।

वैराग्य— ना॰ [सं॰] १. मनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था । २. सांसारिक मायामोह र विषयवासनालाई तुच्छ ठान्ने र ती सबै कुरा छोडेर एकान्तमा बस्ने तथा ईश्वरको भजन गर्ने वृत्ति । ३. विरक्ति; दिग्दार ।

वैराज्य— ना॰ [सं॰] १. कुनै राष्ट्रको दुई थरी प्रभुसत्ताबारा सँभालिइरहेको शासनप्रणाली । २. त्यस प्रकारको शासनप्रणाली प्रचलित भएको देश ।

वैरान— ना॰ [वैरो+आन] १. ओइरान । २. आवादी नभई रहेको; पैह्रो लागेको वा भिरालो जग्गा; ओइरान ।

वैरि–नु— स॰ क्रि॰ हे॰ ओइरिनु ।

वैरी— ना॰ [सं॰] १. आफूसँग वैरभाव राख्ने व्यक्ति; आफ्नो कुभलो चिताउने व्यक्ति; शत्रु । वि॰ २. वैरभाव राख्ने; कुभलो चिताउने; विरोधी (व्यक्ति॰ ।

वैरो— ना॰ ओइरो ।

वैरोचन— ना॰ [सं॰] १. बौद्ध धर्ममा पञ्च ध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द; वज्रधात्वीश्वरीका पति; समन्तभद्रका पिता । २. चैत्यका बीचमा राखिएको देवता । ३. राजा बलि ।

वैरोपैरो— ना॰ ओइरोपहिरो ।

वैथ्याइ— ना॰ [वैरि+याइ] वैरिने भाव, क्रिया वा प्रक्रिया; ओइथ्याइ ।

वैलक्षण्य— ना॰ [सं॰] हे॰ विलक्षणता ।

वैल–नु— अ॰ क्रि॰ [सं॰ अवम्लान+नु] ओइलनु ।

वैला— ना॰ [अ॰ वेलरे एक जातको असल घोडा ।

वैलाइ— ना॰ [रू वैलाउ(+आइ॰] ओइलाउने क्रिया वा भाव । [ > ]

वैलाइनु— अ॰ क्रि॰ ओइलाइनु ।

वैलाउ–नु— अ॰ क्रि॰ [सं॰ अवम्लान+नु] हे॰ ओइलाउनु ।

वैवस्वत— ना॰ [सं॰] १. मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु । २. यमराज । ३. शनि ।

वैवाहिक— वि॰ [सं॰] विवाहसम्बन्धी; विवाहको । ~ अधिकार— ना॰ १. विवाहसम्बन्धी अधिकार । २. विवाहसम्बन्धबाट प्राप्त हुने अधिकार । ~ सम्बन्ध— ना॰ विवाहको सम्बन्धसँग जोरिएको नातो, साइनो वा तत्सम्बन्धी सूत्र; गाँठो ।

वैशाख— ना॰ [सं॰] सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बीचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना । > वैशाखी— ना॰ १. विशाखा नक्षत्रमा पर्ने पूर्णिमा; विशाखा नक्षत्रयुक्त पूर्णिमा; वैशाखको पूर्णिमा । २. एउटा खुट्टा नभएका व्यक्तिहरूले काखीमा अड्याई टेकिने कापे लट्ठी ।

वैशिष्ट्य— ना॰ [सं॰] विशिष्ट हुनाको भाव वा अवस्था; विशिष्टता ।

वैश्य— ना॰ [सं॰] प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति; प्राचीन आर्यहरूको वर्णव्यवस्थाअनुसार तेस्रो वर्ण । ~ कर्म— ना॰ वर्णव्यवस्थाअनुसार वैश्यजातिले गर्ने काम; खेती, व्यापार आदि पेसा; वैश्यवृत्ति । ~ देवता— ना॰ धर्मशास्त्रमा वसु, रुद्र, विश्वदेव तथा मरुत्का लागि प्रयुक्त हुने शब्द । ~ वृत्ति— ना॰ वैश्यहरूबारा पेसाका रूपमा गरिने काम; वैश्यहरूको वृत्ति; वैश्यकर्म ।

वैश्रवण— ना॰ [सं॰] १. कुवेर । २. रावण । ३. लिच्छविकालीन नेपालमा प्रचलित मुद्रा; लिच्छविकालीन नेपाली मुद्राको नाम ।

वैश्वदेव— ना॰ [सं॰] शास्त्रअनुसार गृहस्थीका घरमा भोजन गर्नुभन्दा पहिले नित्य गरिने पाँच प्रकारका महायज्ञमध्ये एक; पञ्च महायज्ञमध्ये भूतयज्ञ । > वैश्वदेवी— ना॰ दुई मगण, दुई यगण भएको र पाँचौँ अक्षरमा यति भएको छन्दविशेष ।

वैश्वानर— ना॰ [सं॰] १. अग्नि । २. जठराग्नि (पेटको आगो॰ ।

वैषम्य— ना॰ [सं॰] विषम हुनाको भाव वा अवस्था; विषमता ।

वैष्णव— ना॰ [सं॰] १. आफ्नो आराध्य देवताका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति; विष्णुका भक्त । २. विष्णु वा विष्णुका कुनै अवतारलाई प्रधानता दिई आराधना, उपासना गर्ने धार्मिक सम्प्रदाय । वि॰ ३. विष्णुसम्बन्धी ।

वैष्णवी— ना॰ [सं॰] १. लक्ष्मी । २. वैष्णव धर्ममा दीक्षित भएकी स्त्री । ~ टीका— ना॰ वैष्णव सम्प्रदायमा दीक्षित भएकाहरूले लगाउने टीका ।

वैषयिक— वि॰ [सं॰] १. कुनै विषयसँग सम्बन्धित; विषयसम्बन्धी । २. विषयवासनामा बढी आसक्त रहने; विषयासक्त; कामुक; विषयी ।

व्यक्त— वि॰ [सं॰] १. प्रकट गरिएको; इन्द्रियबारा प्रत्यक्ष गर्न सकिने । २. आँखाअगाडिको, आँखाले देख्न सकिने; खुलस्त; स्पष्ट । — ता— ना॰ व्यक्त हुनाको भाव वा अवस्था; स्पष्टता । ~ शब्द— ना॰ सुन्ने व्यक्तिहरूबारा उही रूपमा भनिने र लेखिने शब्द; वर्णनात्मक शब्द ।

व्यक्ति— ना॰ [सं॰] १. मानिस । २. अरूभन्दा छुट्टै अस्तित्व भएको प्राणी रू३. जाति वा समूहमध्ये एउटा । ४. स्वतन्त्र सत्ता । ५. व्यक्त हुने वा स्पष्ट हुने काम ।

व्यक्ति–नु— अ॰ क्रि॰ [व्यक्त+इ+नु] व्यक्त हुनु ।

व्यक्तिगत— वि॰ [सं॰] कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको; एक जनासित मात्र सम्बन्ध राख्ने; एक व्यक्तिको । ~ अधिकार— ना॰ संविधानबारा प्रदत्त र सुरक्षित, व्यक्तिको मौलिक अधिकार; देशको प्रत्येक नागरिकले संविधानबमोजिम कर्तव्यपालन गरेपछि प्राप्त हुने मौलिक अधिकार । ~ विवरण— ना॰ कुनै सेवा वा पेसामा संलग्न व्यक्तिका विषयमा नाम, थर, वतन, तीनपुस्ते, जन्मेको साल, मिति, शैक्षिक योग्यता आदि खुलाई लेखाई लिइने विवरण; व्यक्तिगत अभिलेख; वैयक्तिक वृत्तान्त ।

व्यक्तिचित्र— ना॰ [सं॰] १. कुनै एक व्यक्तिसित सम्बन्धित चित्र । २. कुनै एक व्यक्तिले तयार गरेको चित्र ।

व्यक्तित्व— ना॰ [सं॰] १. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण । २. व्यक्तिविशेषको निजीपन । ३. व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता । ~ बोध— ना॰ कुनै व्यक्तिमा विशेष रूपमा निहित गुण वा क्षमतालाई थाहा पाउने काम; व्यक्तिका निजी विशेषताको बोध वा ज्ञान । ~ विकास— ना॰ व्यक्तिको व्यक्तिगत गुण वा विशेषतालाई विकसित पार्ने वा हुने काम । व्यक्ति पूजा— ना॰ [सं॰] कुनै देश वा समाजको जनसमुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्तिविशेषलाई मात्र विशेष महत्त्व प्रदान गर्ने तथा उसको गुणगान गर्ने काम । व्यक्ति प्रधान— वि॰ [सं॰] १. व्यक्तिलाई प्रधानता दिने; व्यक्तिको महत्त्व भएको । २. आवश्यकताअनुसार बाहिरी कुरालाई ग्रहण गरिएको भए तापनि कवि वा लेखकका निजी विशेषताले प्रधानता पाएको (अभिव्यक्ति, शैली आदि॰ । व्यक्ति राजनीति— ना॰ [सं॰] व्यक्तिव्यक्तिमा सीमित राजनीति । व्यक्ति भाषा— ना॰ [सं॰] भाषिकाक्षेत्रभित्रका कुनै व्यक्तिबारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा ।

व्यक्तिवाद— ना॰ [सं॰] १. अरूको वास्तै नगरी व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोज्ने विचार वा मत । २. सम्भव भएसम्म हरेक क्षेत्रमा व्यक्ति स्वतन्त्र हुनुपर्छ र उसमाथि राज्य वा समाजको कम नियन्त्रण हुनुपर्छ भनी मान्ने राजनीतिक सिद्धान्त; समूहवादको विपरीतवाद । > व्यक्तिवादी— वि॰ १. व्यक्तिवादमा विश्वास गर्ने; व्यक्तिवादको समर्थक वा अनुयायी । २. व्यक्तिवादसम्बन्धी; व्यक्तिवादको ।

व्यक्तिवृत्त— ना॰ [सं॰] व्यक्तिको वैयक्तिक जीवनको सम्पूर्ण र यथार्थ वृत्तान्त; व्यक्तिको निजी जीवनसँग सम्बन्धित तथ्य; बायोडाटा ।

व्यक्तीकरण— ना॰ व्यक्त वा प्रकट गर्ने क्रिया वा प्रक्रिया ।

व्यक्तीकृत— वि॰ [सं॰] स्पष्ट वा प्रकट गरिएको; स्पष्टीकृत ।

व्यक्त्याइ— ना॰ [रू व्यक्ति(+याइ॰] व्यक्तिने भाव, क्रिया वा प्रक्रिया । [ > ] व्यक्त्याइनु— क॰ क्रि॰ व्यक्त गरिनु वा गराइनु । व्यक्त्याउनु— स॰ क्रि॰ व्यक्त गर्नु; प्रकटमा ल्याउनु ।

व्यग्र— वि॰ [सं॰] व्याकुल; विह्वल । — ता— ना॰ व्यग्र हुनाको भाव वा अवस्था; व्याकुलता ।

व्यङ्ग— वि॰ [सं॰] १. शरीर वा अङ्ग नभएको; शरीरहीन । २. शरीरमा कुनै एक अङ्ग नभएको (कानो, खोरन्डो, लँगडो आदि॰ ।

व्यङ्ग्य— वि॰ [सं॰] १. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिबारा बोध हुने; बलाघातबारा अर्कै गहिरो अर्थ झल्कने पारिएको; एउटा कुरा भनेझैँ गरी अर्को कुरा भनिएको; छेड हानिएको । ना॰ २. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाबारा बुझिने गूढार्थ; साङ्केतिक अर्थ । ३. छनक । ~ चित्र— ना॰ कुनै व्यक्ति वा घटनालाई लक्ष्य गरी त्यसमा भएको नराम्रो पक्षको व्यङ्ग्यपूर्वक उपहास गरेर लेखिएको चित्र; कार्टुन । ~ विनोद— ना॰ व्यङ्ग्यवार्ता, प्रहसन, कुराकानी र अभिनयबारा मनोरञ्जन गर्ने, मन बहलाउने वा आनन्द लिने काम । >

व्यङ्ग्यात्मक— वि॰ कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको; छेडखानीले भरिएको; छेड हानिएको; व्यङ्ग्यपूर्ण । व्यङ्ग्यार्थ— ना॰ वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिबारा बोध हुने विशेष चमत्कारी अर्थ; ध्वन्यर्थ । व्यङ्ग्योक्ति— ना॰ १. सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति । २. छेडखान गरेर भनिएको कुरो; व्यङ्ग्यपूर्ण उक्ति; छेड ।

व्यञ्जक— वि॰ [सं॰] १. व्यञ्जनाबारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द॰रू २.व्यङ्ग्यार्थ प्रकट गर्ने, बुझाउने वा व्यङ्ग्य भाव जनाउने (शब्द॰ । ना॰ ३. नाटकमा आन्तरिक भाव व्यक्त गर्ने चेष्टा; हाउभाउ; अभिनय ।

व्यञ्जन— ना॰ [सं॰] १. सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर निस्कने सघोष तथा अघोष ध्वनि; स्वरको सहायताविना स्वतन्त्र रूपले उच्चरित हुने वर्ण; स्वरहीन वर्ण; कदेखि हसम्मका वर्ण । २. कुनै अर्थ वा कुनै कुरालाई व्यक्त गर्ने क्रिया; प्रकटगराइ । ३. मुख्य भोजनलाई स्वादिष्ट बनाउने दाल, तरकारी, अचार आदि सहायक भोज्यपदार्थ । ~ सन्धि— ना॰ दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया; हल्सन्धि (जस्तै— सत्+जन=सज्जन, तत्+मय=तन्मय आदि॰ ।

व्यञ्जना— ना॰ [सं॰] शब्दका अभिधा, लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ बुझाउने शब्दशक्ति । ~ वृत्ति— ना॰ १. व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली । २. व्यञ्जनाशक्ति ।

व्यञ्जित— वि॰ [सं॰] व्यञ्जनाशक्तिबारा बोध गराइएको; व्यक्त गरिएको; ध्वनित ।

व्यतिक्रम— ना॰ [सं॰] १. सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग । २. कुनै क्रममा हुने बाधा वा रोकावट । ३. विधि, नियम आदिको उल्लङ्घन । ४. विघ्न; बाधा; अड्काउ । >

व्यतिक्रमण— ना॰ क्रमको उलटफेर; क्रमभङ्ग; व्यतिक्रम ।

व्यतिरेक— ना॰ [सं॰] १. परस्पर नमिल्ने विरोधी गुण वा कुरा; अन्तर; भेद । २. अन्वयभन्दा भिन्न प्रक्रिया; अतिक्रमण । ३. केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा हुने एक अर्थालङ्कार ।

व्यतीत— वि॰ [सं॰] १. पहिले नै भइसकेको; बितेको; गुज्रेको; विगत । २. मरेको; मृत । ३. प्रस्थान गरेको; प्रस्थित ।

व्यथा— ना॰ [सं॰] मानसिक वा शारीरिक रूपमा हुने पीडा; कष्ट; पीर; चिन्ता । २. बिमारी; बिसन्चो । > व्यथित— वि॰ १. व्यथाग्रस्त; पीडित । २. आत्तिएको; डराएको; भयभीत । ३. पीर परेको; चिन्तित ।

व्यभिचार— ना॰ [सं॰] १. अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचार; दुश्चरित्रता । २. परस्त्री वा परपुरुषसँग हुने अनुचित यौन सम्बन्ध; (रन्डीबाजी, वेश्यावृत्ति आदि) । ३. मर्यादा आदिको अतिक्रमण । > व्यभिचारिणी— ना॰ चरित्र भ्रष्ट भएकी स्वास्नीमानिस; परपुरुषसँग अनुचित यौन सम्बन्ध राख्ने स्त्री; व्यभिचारमा प्रवृत्त स्त्री ।

व्यभिचारी— वि॰ [सं॰] १. परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र । २. खराब बाटोमा लागेको; कुलतमा प्रवृत्त । ~ भाव— ना॰ स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा व्यभिचरण वा सञ्चरण गरी रसनिष्पत्ति गराउन सहायक हुने, साहित्यमा प्रचलित एक भाव; सञ्चारी भाव वा सहचारी भाव ।

व्यय— ना॰ [सं॰] १. कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश । २. वस्तु आदि घट्दै जाने काम; ह्रास । ३. ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौँ स्थान । — कारक— वि॰ खर्च गराउने; खर्चिलो । ~ भार— ना॰ सरकारी वा गैरसरकारी रूपमा सुरु गरिने कुनै योजना वा कार्यमा लाग्ने खर्चको भार । > व्ययी— वि॰ बढी खर्च गर्ने स्वभावको; खर्चालु ।

व्यर्थ— वि॰ [सं॰] १. कुनै अर्थ नभएको; विनाअर्थको; निरर्थक । २. कुनै काममा नआउने; विनाप्रयोजनको; उपयोगिताविनाको; बिनसित्तिको । क्रि॰ वि॰ ३. नाहक; बिनसित्ति; बित्था ।

व्यवधान— ना॰ [सं॰] १. कुनै कुरालाई खण्डित गर्ने वस्तु वा क्रिया । २. बीचमा छेक्ने वस्तु; पर्दा; आवरण । ३. छेकबार; आड; ओट । ४. बिथोल्ने काम; बाधा; अड्काउ ।

व्यवधायक— वि॰ [सं॰] १. बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने । २. कुनै कामकुरामा छेकथुन गर्ने ।

व्यवसाय— ना॰ १. जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम । २. काम । ३. प्रयास; उद्यम । ४. व्यापार । ५. विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग । ~ प्रशिक्षण— ना॰ कुनै व्यवसाय वा पेसामा दक्षता हासिल गर्न दिइने तालिम; कुनै व्यवसायसँग सम्बद्ध प्रशिक्षण । ~ सङ्घ— ना॰ उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासित सम्बन्धित व्यक्ति वा कर्मचारीहरूको हक, हितको सुरक्षा गर्न बनेको सङ्घ वा संस्था । > व्यवसायी— वि॰ उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासँग सम्बन्धित; कुनै व्यवसायमा लागेको ।

व्यवस्था— ना॰ [सं॰] १. जस्तो हुनुपर्ने हो ठीक त्यस्तै अवस्था; राम्रो हालत; इन्तजाम; प्रबन्ध । २. रीतिस्थिति; चालचलन । ३. शास्त्र वा ऐनकानुनबारा स्थिर गरिएको नियम वा विधान । ४. वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम । ५. कुनै कामका निम्तिको चल्दोमिल्दो उपाय; बाटो । > व्यवस्थाता— ना॰ प्रबन्धक; व्यवस्थापक । व्यवस्थापक— ना॰ १. कुनै कामकुराको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति; प्रबन्धक । वि॰ २. कुनै वस्तु वा मालसामान आदि ठीकसँग मिलाएर यथास्थान राख्ने । ३. कुनै कुरा वा समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने । ४. कुनै विषयवस्तुको शास्त्रीय विधान; दस्ताबेज ।

व्यवस्थापन— ना॰ [सं॰] १. कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तरतर्जुमा । २. कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम । ३. कुनै कुरो वा समस्याको टुङ्गो लगाउने काम; निर्धारण; निर्णय; निश्चय । ४. कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि । > व्यवस्थापनीय— वि॰ व्यवस्थापन गर्न उचित; व्यवस्था गर्नुपर्ने; व्यवस्थाप्य ।

व्यवस्थापिका— ना॰ [सं॰] कुनै सङ्घ, संस्था वा सरकारको नीतिनियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन; सरकारका तीन प्रमुख अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये एक; विधायिका । ~ सभा— ना॰ आवश्यकताअनुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण गर्ने; जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा; विधायिका सभा; संसद् ।

व्यवस्थापित— वि॰ [सं॰] व्यवस्था मिलाइएको; प्रबन्ध गरिएको; नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको ।

व्यवस्थाप्य— वि॰ [सं॰] व्यवस्था मिलाउनुपर्ने; व्यवस्था मिलाउन सकिने; व्यवस्था मिलाउन योग्य ।

व्यवस्थामुखी— वि॰ [सं॰] १. व्यवस्थातर्फ झुकेको । २. व्यवस्थालाई सहयोग पुथ्याउने ।

व्यवस्थावादी— वि॰ [सं॰] व्यवस्थाका पक्षमा बोल्ने; व्यवस्थालाई मन पराउने ।

व्यवस्थित— वि॰ [सं॰] व्यवस्था मिलेको; यथास्थान र यथाक्रममा रहेको; सुव्यवस्थित । — ता— ना॰ व्यवस्थित हुनाको भाव वा स्थिति; व्यवस्थिति । > व्यवस्थिति— ना॰ व्यवस्थितता ।

व्यवहार— ना॰ [सं॰] १. पारिवारिक वा सामाजिक जीवनमा एउटा व्यक्तिले अरूसित गर्ने आचरण । २. चालचलन । ३. लेनदेन । ४. रीतिस्थिति । ५. चलनचाँजो । ५. कामकाज । ७. मुद्दामामिला । > व्यवहारक— वि॰ १. व्यवहार गर्ने; व्यवहारी । २. लेनदेन आदि गर्ने; व्यापारी । — तः— क्रि॰ वि॰ व्यवहार मिल्ने गरी; व्यवहारसित फाटो नहुने पारेर । — वाद— ना॰ १. व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा । २. नागरिकहरूको व्यवहारसित सम्बन्धित मुद्दामामिला । ~ विधि— ना॰ १. विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला मिलाई गरिएको सङ्ग्रह । २. कामको वा काममा उपयोग गर्ने तरिका वा काइदा । ३. विभिन्न कामकुराको व्यवहार मिलाउन उल्लेख गरिएको शास्त्र; धर्मशास्त्र; विधिशास्त्र । > व्यवहारिक— वि॰ हे॰ व्यावहारिक । व्यवहारी— वि॰ १. व्यवहारमा लागेको; व्यवहारमा भिजेको । २. व्यवहार गर्न जान्ने; व्यवहारमा निपुण । ३. व्यवहारमा आउने; काम लाग्ने । ४. मुद्दामामिला आदि गर्न सिपालु; अड्डाअदालत बुझेको ।

व्यवहार्य— वि॰ व्यवहारमा ल्याउन सकिने; व्यवहार गर्न योग्य ।

व्यवब्त— वि॰ [सं॰] व्यवहारमा प्रयोग गरिएको; काममा ल्याइएको; प्रयोगमा आएको ।

व्यष्टि— ना॰ [सं॰] आफूमा पूर्ण समष्टिको एक अंश ~ मूलक— वि॰ व्यष्टिका उद्देश्यले तयार गरिएको; व्यष्टिका उद्देश्यले बनेको; व्यष्टिप्रधान ।

व्यसन— ना॰ [सं॰] १. धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको लत । २. कुनै विषयप्रतिको अत्यधिक आसक्ति । ३. नराम्रो किसिमसित अस्तव्यस्त हुने क्रिया । ४. विपत्ति । ५. वियोग । > व्यसनी— वि॰ १. धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली । २. कुनै कामकुराप्रति बढी आसक्त भएको । ३. कुनै काममा एकाग्रताका साथ लागेको; तल्लीन ।

व्यस्त— वि॰ [सं॰] कुनै काममा एकाग्रतासाथ संलग्न रहेको; कामकाजले गर्दा बेफुर्सद रहेको । — ता— ना॰ १. व्यस्त रहनाको भाव वा स्थिति; पूर्ण रूपको संलग्नता । २. कुनै कामले गर्दा हुने बेफुर्सदी ।

व्याकरण— ना॰ [सं॰] १. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्ट्याउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र; शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र । २. वेदका छ अङ्गमध्ये एक । ३. व्याख्या । — कार— ना॰ व्याकरण बनाउने; व्याकरणको रचयिता; वैयाकरण । ~ शास्त्र— ना॰ व्याकरण । > व्याकरणात्मक— वि॰ व्याकरणका नियमानुसार हुने; व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि॰ । व्याकरणी— वि॰ व्याकरणशास्त्रको ज्ञाता; वैयाकरणी ।

व्याकुल— वि॰ [सं॰] १. कुनै दुःख वा पीरले गर्दा मनमा शान्ति नभएको; विकल । २. आत्तिएको; हडबडाएको । — ता— ना॰ व्याकुल हुनाको भाव वा स्थिति; अत्यास; विकलता । श्र व्याकुलित— वि॰ १. व्याकुल भएको । २. आत्तिएको; हडबडाएको; मन अस्थिर भएको; व्यग्र ।

व्याख्या— ना॰ [सं॰] १. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका । २. कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान । — कार— वि॰ अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने; टीकाकार । ~ क्रम— ना॰ कुनै जटिल पद, वाक्य, कविता आदिको व्याख्या गर्ने क्रम । >

व्याख्याता— वि॰ व्याख्याकार । व्याख्यात्मक— वि॰ १. व्याख्याले युक्त; व्याख्यासहितको । २. व्याख्याको उद्देश्यले भएको वा तयार पारिएको ।

व्याख्यान— ना॰ [सं॰] १. व्याख्या वा वर्णन गर्ने काम; भाषण; वक्तृता । २. व्याख्या । ~ पीठ— ना॰ भाषण वा प्रवचन दिन बनाइएको अग्लो मञ्च; व्याख्यान दिन तयार पारिएको मञ्च । ~ माला— ना॰ लगातार एकपछि अर्को गरेर दिइने व्याख्यानको क्रम । ~ विधि— ना॰ प्रवचन वा व्याख्यान दिने पद्धति । ~ शिरोमणि— ना॰ व्याख्यान गर्नमा निपुण; श्रेष्ठ व्याख्याता ।

व्याख्येय— वि॰ [सं॰] १. व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक । २. भाषण गर्न हुने वा गर्न योग्य । — ता— ना॰ व्याख्येय हुनाको भाव वा अवस्था; व्याख्या गर्न लायक स्थिति ।

व्याघात— ना॰ [सं॰] १. ठूलो चोट; आघात । २. बाधा; विघ्न । ३. दुइटा कुरो वा भनाइमा रहेको पारस्परिक विरोध; कुरा बाझिएको स्थिति । ४. ज्योतिषका आयुष्मान् आदि योगमध्ये एक अशुभ योग । ५. कुनै उपायबारा सिद्ध गरिएको वस्तुलाई त्यसै उपायले विपरीत सिद्ध गर्दा हुने एक अर्थालङ्कार । ६. बिग्रने वा नासिने काम । ७. खण्डन । > व्यघातक— वि॰ बिगार्ने वा नास्ने; काम चौपट पार्ने; व्यघात गर्ने । व्याघाती— वि॰ १. व्याघात गर्ने; व्याघातक । २. बाधकी ।

व्याघ्र— ना॰ [सं॰] बाघ । ~ चर्म— ना॰ बाघको छाला; बघम्बर । ~ नख— ना॰ १. बाघको नब; नङ्ग्रा । २. बाघको नङ्ग्राको आकारको, हातमा लगाएर शत्रु वा रिस उठेको मानिसलाई चिथोर्ने एक हतियार । > व्याघ्री— ना॰ बघिनी ।

व्याज— ना॰ [सं॰] १. झुक्याउने काम; छल; कपट; धोका । २. वास्तविक नभएर देखावटी कारण; निहुँ; बहाना । — निन्दा— ना॰ सरसरती हेर्दा प्रशंसा गरेजस्तो देखिने तर वास्तवमा निन्दा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ स्तुति, व्यङ्ग्यार्थ निन्दा हुँदा हुने एक अर्थालङ्कार । — स्तुति— ना॰ सरसरती हेर्दा निन्दा गरिएको जस्तो देखिने तर वास्तवमा प्रशंसा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ निन्दा व्यङ्ग्यार्थ स्तुति हुँदा हुने एक अर्थालङ्कार । > व्याजोक्ति— ना॰ १. वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ । २. एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार ।

व्यादान— ना॰ [सं॰] मुख बाउने काम; मुख फट्टाउने काम ।

व्याधा— ना॰ [सं॰] १. मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति; सिकारी ।

व्याधि— ना॰ [सं॰] १. शारीरिक रोग; व्यथा । २. सङ्कट । ३. वेदना; पीडा । ४. साहित्यमा एक सञ्चारी भाव । ५. साहित्यमा पूर्वरागका दस दशामध्ये एक । > व्याधित— वि॰ रोगग्रस्त; व्याधिग्रस्त ।

व्यान— ना॰ [सं॰] पाँच वायुमध्ये शरीरभरि व्याप्त भएर रहने वायु ।

व्यापक— वि॰ [सं॰] १. आफ्नो चारैतिर फैलिएको; सर्वत्र फिँजिएको । २. चारैतिर ढाकेर रहेको; अत्यन्त ठूलो; विस्तृत । ३. चारैतिर प्रभाव पार्ने । — ता— ना॰ व्यापक हुनाको भाव; आफ्नो चारैतिर फैलने क्रिया; विस्तृति; फैलावट ।

व्यापार— ना॰ [सं॰] १. लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य; बेपार । २. व्यवसाय । ३. फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम । ~ कर— ना॰ १. व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर । २. व्यापारमा लाग्ने निर्धारित कर । ~ चिह्न— ना॰ व्यापारीले अरूका मालदेखि भिन्न देखाउन आफ्ना मालमा लगाउने विशेष चिह्न; व्यापारचिह्न । ~ प्रवर्धन समिति— ना॰ नेपाल अधिराज्यमा उत्पादित विभिन्न प्रकारका उपयोगी मालसामानहरूको विदेशीहरूसँग हुने व्यापारमा विविधीकरणका साथै उत्तरोत्तर वृद्धि गर्नगराउन गठन गरिएको समिति । ~ मण्डल/सङ्घ— ना॰ १. आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरिएको संस्था; व्यापारीहरूको प्रतिनिधि संस्था । २. व्यापार गर्नका निम्ति केही व्यक्तिहरू मिली संयुक्त रूपमा पुँजी लगाई बनाइएको सामूहिक रूप; व्यापारकम्पनी ।

व्यापारिक— वि॰ [सं॰] १. व्यापारसम्बन्धी । २. व्यापार विषयको । ~ ऋण— ना॰ व्यापार गर्ने उद्देश्यले लिइएको ऋण । ~

संस्था— ना॰ व्यापारसंस्था ।

व्यापारी— ना॰ [सं॰] व्यापार गर्ने व्यक्ति; बेपारी ।

व्यापी— वि॰ [सं॰] १. व्याप्त हुने; सबैतिर फैलिने । ना॰ २. स्थान र कालबोधक नामवाची शब्दका पछिल्तिर जोडिएर 'त्यो स्थान र काललाई व्याप्त गरेर रहेको' भन्ने अर्थ बुझाई पूरै पद विशेषण बन्ने शब्द (जस्तै— विश्वव्यापी, युगव्यापी, सर्वव्यापी आदि॰ ।

व्याप्त— वि॰ [सं॰] १. चारैतिर फैलिएको; जतासुकै फिँजिएको; ढाकिएको । २. राम्ररी भरिएको; परिपूर्ण । ३. चारैतिरबाट घेरिएको; बेरिएको । ४. विशेष किसिमबाट प्राप्त ।

व्याप्ति— ना॰ [सं॰] १. व्याप्त हुनाको भाव वा अवस्था; व्याप्त भएर रहने काम; व्यापकता । २. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम । ३. परिपूर्णता ।

व्याम— ना॰ [सं॰] दुवै हात काँधका सोझै दुवैतिर फैलाउँदा एक हातका औँलाका टुप्पादेखि अर्को हातका औँलाका टुप्पासम्मको लमाइको नाप ।

व्यामोह— ना॰ [सं॰] १. ज्ञानको अभाव; अज्ञान; अविद्या । २. गहिरो सम्मोह ।

व्यायाम— ना॰ [सं॰] १. शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत । २. परिश्रम । ३. फैलाउने काम; लम्म्याउने काम । ४. लमाइ । ~ भूमि— ना॰ व्यायामस्थल; व्यायामशाला । — शाला— ना॰ व्यायाम गरिने घर; कसरत गर्ने ठाउँ; व्यायामभूमि; अखाडा ।

व्यायामी— वि॰ [सं॰] नियमित रूपमा कसरत गर्ने; व्यायाम गर्ने ।

व्यायोग— ना॰ [सं॰] एउटै मात्र अङ्क; प्रसिद्ध कथानक; गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक; दस रूपकमध्ये एक ।

व्यावसायिक— वि॰ [सं॰] १. कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी । २. विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि) । ~ सङ्गठन— ना॰ विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था; व्यवसायसित सम्बद्ध व्यक्तिहरूको प्रतिनिधि–सङ्गठन ।

व्यावहारिक— वि॰ [सं॰] १. व्यवहारमा चल्ने वा चलेको । २. व्यवहार जानेको; व्यवहारमा सिपालु । ३. व्यवहारअनुक¨ल हुन जान्ने । — ता— ना॰ व्यावहारिक हुनाको भाव वा स्थिति ।

व्यास— ना॰ [सं॰] १. वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि; वेदव्यास; कृष्णबैपायन । २. पुराण भन्ने व्यक्ति; पुराणका वक्ता वा वाचक । ३. वृत्तपरिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा । ४. कुनै वस्तुको विस्तार; फैलावट । ५. हिउँ पग्लेको वेला नेपाल र तिब्बतका बीच आवागमन गर्न हुने सुदूर पश्चिमाञ्चलको एक क्षेत्र तथा घाटी; यसै नामको एक हिमाल । ~ मापक— वि॰ व्यासलाई नाप्ने (यन्त्र॰ । > व्यासार्ध— ना॰ १. कुनै वृत्तको आधा भाग । २. कुनै वृत्तको केन्द्रदेखि परिधिको कुनै विन्दुसम्मको सोझो रेखा ।

व्याब्ति— ना॰ [सं॰] १. उक्ति; कथन, अभिव्यक्ति । २. गायत्रीमन्त्रको प्रारम्भमा आउने सात लोकका प्रतीक तीन शब्द; भूः भुवः, स्वः आदि त्रिलोकात्मक मन्त्र ।

व्युत्क्रम— ना॰ [सं॰] १. कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम; क्रमभङ्ग; व्यतिक्रम । २. मर्यादाको उल्लङ्घन; मर्यादाको अतिक्रमण ।

व्युत्पत्ति— ना॰ [सं॰] १. प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया; कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको निरूपण गर्ने क्रिया । २. व्युत्पत्तिप्रक्रियाको ज्ञान । ३. छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक । ४. विशेष किसिमबाट भएको उत्पत्ति; उत्पत्तिको प्रक्रिया । ~ मूलक— वि॰ व्युत्पत्तिमा आधारित भएको; व्युत्पत्तिप्रधान । ~ शास्त्र— ना॰ कुनै भाषामा भएका शब्दहरू र तिनमा भएको ध्वनिपरिवर्तन तथा अर्थपरिवर्तनको निरूपण गर्ने शास्त्र; शब्दहरूको व्युत्पत्तिसम्बन्धी शास्त्र ।

व्युत्पन्न— वि॰ [सं॰] १. राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको; विचारशील । २. पढेलेखेको; देखेसुनेको; विबान् । ३. कुनै विषयको विशेषज्ञ । ४. कुनै मूलशब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको; विशेष व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द॰ ।

व्युत्पादक— वि॰ [सं॰] १. व्युत्पन्न गराउने; ज्ञान बढाउने । २. व्युत्पत्ति देखाउने । ३. विशेष किसिमको वस्तु तयार गर्ने ।

व्युत्पादन— ना॰ [सं॰] व्युत्पन्न गराउने क्रिया ।

व्यूढ— वि॰ [सं॰] १. क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको । २. सेनापतिहरूबारा संरक्षण गरिएको (सैन्य) । ३. कसिएको र फैलिएको; विशाल (छाती) । ४. विहित ।

व्यूह— ना॰ [सं॰] १. समुदाय; समूह । २. निर्माण; रचना । ३. लडाइँमा सैनिकहरूलाई विशेष किसिमले क्रम मिलाएर राख्ने तरिका; सैन्यविन्यास । ४. विशेष खालको तर्कवितर्क । ~ निर्माण— ना॰ व्यूहरचना । ~ भङ्ग— ना॰ १. युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम । २. सेनाको डफ्फालाई तितरबितर पार्ने काम । ~ रचना— ना॰ लडाइँको मैदानमा शत्रुसँग भिड्दा आफ्नो पक्षको सुरक्षाका निम्ति सेनालाई विशेष क्रममा मिलाएर राख्ने काम; फौजी नाकाबन्दी; व्यूहनिर्माण ।

व्योम— ना॰ [सं॰] आकाश; नभ; गगन रू — चारी— वि॰ १. आकाशमा विचरण गर्ने; आकाशमा उड्ने; आकाशचारी । ना॰ २. देवता; ३. पक्षी । ~ मण्डल— ना॰ १. झन्डा; पताका । २. आकाश । ~ यान— ना॰ आकाशमार्गमा उड्ने यान; विमान; हवाईजहाज; चीलगाडी ।

व्रज— ना॰ [सं॰] १. मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र; मथुराको उत्तरतिरको एक क्षेत्र । २. मार्ग । ३. समूह । ~

भाषा— ना॰ मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा; रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा । ~ वधू— ना॰ व्रजवासी स्त्रीहरू; गोपिनीहरू; गोपिका । > व्रजेश— ना॰ कृष्ण ।

व्रत— ना॰ [सं॰] १. शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि । २. देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम । ३. नियतकालका निम्ति वा सधैँ केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन । ~ चर्या— ना॰ धार्मिक अनुष्ठान; व्रत बस्ने काम । ~ पारायण— ना॰ १. व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन । २. व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य । ३. व्रतको समाप्ति; साङ्गे । — बन्ध— ना॰ ब्राह्मण, क्षत्रिय, वैश्यका षोडश संस्कारमध्ये एक; उपनयनसंस्कार । > व्रती— वि॰ व्रत बस्ने; बर्तालु ।

व्रात्य— ना॰ [सं॰] समय वा उमेरअनुसार गर्नुपर्ने यज्ञोपवीत आदि संस्कार नगरेको व्यक्ति; पतित व्यक्ति ।

व्रीडा— ना॰ [सं॰] १. लाज; लज्जा; सरम । २. असजिलोपन ।