नेपाली शब्दसमूह ५७ वि

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

विंश— ना॰ [सं॰] बीस । > विंशतितम— वि॰ बीसौँ ।

वि— उप॰ [सं॰] अनेकता, निषेध, विशेषता, प्रतिक¨लता आदि बुझाउन मूल शब्दका अगाडि जोडिने उपसर्ग (जस्तो— विपर्याय, विनियोजन, विरोध, विभाग इ॰) ।

विकट— वि॰ [सं॰] १. डरलाग्दो; भयङ्कर; भीषण । २. अप्ठेरो; कठिन; मुस्किल । ३. जान वा पुग्न नसकिने; दुर्गम । ४. बडेमाको; नसुहाउँदो; भद्दा । ५. ज्यादै नराम्रो; कुरूप । ६. घमन्डी; गर्विलो; अभिमानी । ७. रिसले आँखीभौँ तन्केको; रिसाहा ।

विकत्थन— ना॰ [सं॰] आफ्नो पौरख वा यस्तै साहसिक कामबारे स्वयं तारिफ गर्ने आदत; मिथ्या प्रशंसा ।

विकम्पन— ना॰ [सं॰] १. थुरथुर काँप्ने काम; कँपाइ; प्रकम्पन । २. हल्लने स्थिति; चलायमान रूप ।

विकर१— ना॰ [सं॰] १. श्राद्ध गर्दा अगति परेर मरेका र श्राद्धको पिण्ड खाने अधिकार नपाएका मृत बन्धुबान्धवका निमित्त दिइने पिण्ड वा अन्न । २. बिरामी अवस्था; बिमारी; रोग ।

विकर२— ना॰ [अङ्] १. रसायनविज्ञान आदिमा प्रयुक्त हुने शैक्षिक सामग्री । २. पानी थाप्ने काममा वा यस्तै प्रायोगिक परीक्षण गर्दा उपयोग गरिने साधन ।

विकराल— वि॰ [सं॰] १. डरलाग्दो; भयङ्कर; भीषण । २. ज्यादै ठूलो; विशाल । ३. उग्र; प्रचण्ड ।

विकर्तन— ना॰ [सं॰] १. बाबुको राज्य खोसेर राजा हुने छोरो । २. सूर्य । वि॰ ३. कत्रने । ४. काट्ने; टुक््रयाउने ।

विकर्म— ना॰ [सं॰] १. अनुचित वा निषद्ध काम । २. विभिन्न किसिमको काम; विविध कर्म । ३. अधर्म; पाप । वि॰ ४. निषिद्ध कर्म गर्ने; कुकर्मी । ~ क्रिया— ना॰ निषिद्ध कर्म । >

विकर्मा— वि॰ निषिद्ध कर्म गर्ने ।

विकर्ष— ना॰ [सं॰] १. तान्ने वा घिच्च्याउने काम । २. बाण । >

विकर्षण— ना॰ १. छुट्ट्याउने काम । २. उल्टो तनाइ । विप॰ आकर्षण । ३. कामदेवका पाँच बाणमध्ये एक । ४. परीक्षण; जाँच ।

विकल— वि॰ [सं॰] १. मनमा शान्ति नभएको; व्याकुल; विह्वल । २. सन्तोष नभएको; असन्तुष्ट; क्षुब्ध । ३. टुटे–फुटेको; भाँचिएको; भताभुङ्ग । ४. पूरा नभएको; अपूर्ण; अधुरो । ५. कम भएको; नपुगेको; घटेको ।

विकलन— ना॰ [सं॰] १. कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम । २. आय वा व्ययको थपघटसम्बन्धी विवरण जनाउने स्रेस्ताको अभिलेख ।

विकला— ना॰ [सं॰] १. चन्द्रमाको कलाको साठीयौँ भाग; चन्द्रमाको एक कला । २. कलाको साठी भागको एक भाग । ३. रजस्वला हुन छाडेकी स्त्री । ४. वाग्दत्ता तर अविवाहिता नारी; वाग्दान भएपछि केटो मरेर विधवातुल्य भएकी स्त्री; वैकल्या ।

विकलाङ्ग— वि॰ [सं॰] शरीरको कुनै अङ्ग साबुद नभएको; अङ्गभङ्ग भएको; अपाङ्ग ।

विकलीकृत— वि॰ [सं॰] १. हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको । २. अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको । ३. मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको ।

विकल्प— [सं॰] १. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार । २. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम; अथवा । ३. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम । ४. अन्यौल; भ्रान्ति; भ्रम । ५. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति । ६. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालङ्कार । > विकल्पन— १. दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प । २. अनिश्चय; सन्देह । ३. नचाहिँदो खालको तर्कवितर्क । विकल्पित— वि॰ १. निश्चय नभएको; अनिश्चित; सन्दिग्ध । २. नियमको अनुसरण नगर्ने; अनियमित ।

विकसन— ना॰ [सं॰] १. फूलको कोपिला अवस्थाबाट फक्रेको अवस्थामा पुग्ने काम; प्रफुल्लता । २. अगाडि बढ्ने काम; उन्नति ।

विकसित— वि॰ [सं॰] १. फक्रेको; फुलेको; प्रफुल्ल । २. खुसी भएको; प्रसन्न । ३. वृद्धि भएको; हल्केको ।

विकस्वर— वि॰ [सं॰] १. फुलेको; विकसित । २. चम्किलो; टलकदार; झलमलाउँदो । ना॰ ३. विशेष कुरालाई सामान्य कुराले पुष्टि गर्दा पर्ने एक काव्यालङ्कार ।

विकार— ना॰ [सं॰] १. कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण । २. बिग्रेको स्थिति; खराब भएको अवस्था । ३. अदलबदल; हेरफेर; परिवर्तन । ४. पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली । ५. अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम । ६. अरूलाई जानेर वा नजानेर बिगार गर्ने काम । > विकारी— वि॰ १. कुनै किसिमको विकार पैदा भएको; विकारयुक्त । २. बदलिने स्वभावको; परिवर्तनशील । ३. मनमा राग, बेष आदि विकार उत्पन्न भएको । ना॰ ४. साठी संवत्सरमध्येको एक संवत्सर ।

विकाश— ना॰ [सं॰] १. देखाउने काम; प्रकटीकरण; प्रदर्शन । २. उज्यालो; प्रकाश; चहक । ३. फैलावट; विस्तार । ४. बढ्ती; वृद्धि । ५. आकाश । ६. आकाङ्क्षा; उत्सुकता । > विकाशी— वि॰ १. प्रकट हुने; देखिने । २. फुल्ने; खुल्ने ।

विकास— ना॰ [सं॰] १. क्रमशः बढ्दै वा सुध्रिँदै गएको स्थिति; उन्नति । २. उत्तरोत्तर प्रगति; क्रमिक परिवर्तन । ३. हुर्केको वा सप्रेको अवस्था; वृद्धि । ४. फूल आदिको फुलाइ । ५. विस्तार; फैलावट । ~ ऋण— ना॰ सरकारका तर्फबाट अनुमतिप्राप्त ब्याङ्क वा संस्थाबाट विकासखर्चका लागि निर्धारित समयमा फिर्ता दिने प्रतिज्ञापनसहित तोकिएको ब्याज दिने गरी उठाइने ऋण । ~ कार्य— ना॰ देशको विकास वा उन्नति गर्ने काम; निर्माणकार्य । ~ खर्च— ना॰ विकासका कार्यमा गरिने सरकारी खर्च । ~ बजेट— ना॰ विकासका कार्यहरूसँग सम्बन्धित बजेट; विकास–योजनासम्बन्धी आयव्यय । ~ मूलक— वि॰ विकासलाई प्रमुख प्राथमिकता दिइएको; विकास नै प्रधान लक्ष्य भएको । ~ योजना— ना॰ देशको चौतर्फी विकासका लागि अल्पकालीन वा दीर्घकालीन अवधि तोकेर सरकार वा सम्बद्ध निकायबाट गरिने नीति–तर्जुमा वा पूर्वयोजना । — वाद— ना॰ एउटै मूल तत्त्वबाट वनस्पति, वृक्ष, जीवजन्तु आदि क्रमशः बढ्दै आएका हुन् भन्ने एक वैज्ञानिक सिद्धान्त; डार्बिनबारा प्रतिपादित प्राणीहरूको उत्पत्ति र विकाससम्बन्धी भौतिक सिद्धान्त । — वादी— वि॰ विकासवादको अनुयायी । — शील— वि॰ क्रमशः विकास हुँदै गएको । > विकासित— वि॰ १. फैलाइएको; विस्तारित । २. फुलेको; विकसित । ३. देखाइएको; प्रदर्शित । विकासी— वि॰ १. विकास हुने वा गर्ने; विकास भएको; विकसित । २. विकास गराउने । ३. विकासशील । विकासे— वि॰ वैज्ञानिक प्रविधिबाट विकास गरिएको; उन्नत ।

विकासोन्मुख— वि॰ १. विकासकार्यमा अघि सरेको; भर्खरभर्खर विकास हुन लागेको; विकासतिर लम्केको (देश) । २. अविकसित र विकसित अवस्थाको दोसाँधमा रहेको; अल्पविकसित ।

विकिरण— ना॰ [सं॰] १. छर्ने वा फिँजाउने काम । २. मार्ने काम; हिंसा । ३. बोध; ज्ञान । ४. छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम । ५. विभिन्न असाधारण किरण;

जस्तै— क्ष–किरण, अल्फाकिरण आदिको उत्पत्ति हुने क्रिया ~

उपचार— ना॰ विकिरणको प्रयोग गरेर रोगको उपचार गर्ने प्रक्रिया । ~ चित्र— ना॰ विकिरणको प्रयोगबारा लिइने चित्र । ~

प्रविधि— ना॰ विकिरणबारा कुनै वस्तुको चित्र उतार्ने प्रक्रिया । ~ विज्ञान— ना॰ विद्युत्कणीय विकिरणसम्बन्धी अध्ययन गरिने विज्ञान ।

विकीर्ण— वि॰ [सं॰] १. छरिएको; छरपुस्टिएको; फिँजिएको; २. फिँजाइएको । ३. प्रसिद्ध; विख्यात ।

विकुञ्चन— ना॰ [सं॰] खुम्च्याउने वा मोड्ने काम ।

विकुञ्चित— वि॰ [सं॰] खुम्चिएको; झोल्लिएको; चाउरी परेको ।

विकृत— वि॰ [सं॰] १. बिग्रेको; विकार पैदा भएको; विकारयुक्त । २. अदलबदल भएको; हेरफेर हुन पुगेको; परिवर्तित । ३. अस्वाभाविक; अप्राकृतिक । ४. अधुरो; अपुरो । ५. रूप बिग्रेको; अङ्गभङ्ग भएको; कुरूप; भद्दा । > विकृतावस्था— ना॰ १. बिग्रेको वा अङ्गभङ्ग भएको स्थिति । २. रोगग्रस्त अवस्था ।

विकृति— ना॰ [सं॰] १. स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप । २. विकार; बिगार; खराबी । ३. परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन । ४. व्याकरणमा मूल धातुबाट विकृत भई बनेको शब्दरूप; अपभ्रंश । ~ विज्ञान— ना॰ शारीरिक विकारबाट हुने रोगको विवेचना गरिएको शास्त्र; रोगविज्ञान ।

विकेन्द्रीकरण— ना॰ [सं॰] १. शासनको शक्ति वा सत्ता केन्द्रीय स्तरमा मात्र सीमित नगरी अञ्चल, जिल्ला र गाउँ तहसम्म प्रत्यायोजन गर्ने काम । २. स्थानीय समस्याहरू सुल्झाई समुचित रूपमा प्रशासन चलाउन सकियोस् भन्ने उद्देश्यले हुने सरकारविषयक कार्य तथा उत्तरदायित्वको स्थानीय सरकारमा विभाजन ।

विक्रम— ना॰ [सं॰] १. पराक्रम; बहादुरी; वीरता । २. तागत; सामर्थ्य; शक्ति । ३. हिँडाइको प्रत्येक अडान; कदम । ४. साठी संवत्सरमध्ये एक । ५. विष्णु; ईश्वर । ६. विक्रमसंवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य । ७. विक्रमादित्यले प्रचलनमा ल्याएको संवत्; विक्रमसंवत् । ~ संवत्— ना॰ विक्रमादित्यले चलाएको संवत्; नेपालमा चलेको संवत्; विक्रमाब्द । श्र विक्रमादित्य— ना॰ १. विक्रमसंवत्का प्रवर्तक एक शक्तिशाली राजा । २. भारतका गुप्तवंशीय सम्राट् चन्द्रगुप्तको उपाधि ।

विक्रमाब्द— ना॰ विक्रमसंवत् । विक्रमी— वि॰ १. पराक्रमी; वीर । २. विक्रमादित्यसम्बन्धी । ना॰ ३. विक्रमसंवत् ।

विक्रमीय— वि॰ १. पराक्रमसम्बन्धी । २. विक्रमादित्यसँग सम्बन्धित । ३. विक्रमसंवत्को ।

विक्रय— ना॰ [सं॰] मूल्य लिएर कुनै वस्तु दिने काम; बिक्री । ~

कर— ना॰ बिक्रीको मूल्यका आधारमा सरकार वा अनुमतिप्राप्त संस्थाले उठाउने शुल्क । ~ पञ्जी— ना॰ प्रतिदिनको बिक्री आदिको विवरण लेख्ने बही । ~ पत्र— ना॰ मालसामान बिक्री गर्दा त्यसको विवरण, दर, मोल आदि लेखिएको कागजात (क्यासमेमो) । ~ लेख— ना॰ घर वा जग्गाजमिन आदिको सुक्रीबिक्रीमा बेहोरा, सर्त आदि लेखिएको कागजात; राजीनामा । श्र विक्रयार्थ— वि॰ बिक्रीका निम्ति राखिएको वा पठाइएको; बिक्री गरिने; बेचिने । विक्रयी— वि॰ १. बिक्री गर्ने; बेच्ने । ना॰ २. व्यापार गर्ने व्यक्ति; व्यापारी; साहू ।

विक्रान्त— वि॰ [सं॰] १. आँट भएको; हिम्मती; साहसी; पराक्रमी; वीर । २. विजय गर्ने; विजेता; जित्ने । ना॰ ३. कदम; पाइलो । ४. युद्ध गर्ने व्यक्ति; योद्धा । ५. सिंह । ~ गति— ना॰ राम्रो चालले हिँड्ने व्यक्ति; सुन्दर हिँडाइ भएको प्राणी ।

विक्री— ना॰ [सं॰] १. मोल लिएर कुनै वस्तु उसकै भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री । २. एक वस्तु दिएर त्यसको बदलामा अर्को वस्तु लिने काम; विनिमय । ~ कर— ना॰ कुनै मालसामान बिक्री गर्दा मूल्यका आधारमा लाग्ने वा उठाइने शुल्क । > विक्रीत— वि॰ बिक्री भएको; बेचिएको । — नामा— ना॰ चलअचल सम्पत्ति बिक्री गर्दा लेखिएको कागत ।

विक्रेता— ना॰ [सं॰] १. बिक्री गर्नाका लागि किन्ने संस्था । २. बेच्ने मानिस । वि॰ ३. बिक्री गर्ने; बेच्ने ।

विक्रेय— वि॰ [सं॰] १. बिक्री गर्न लायक; बेच्न योग्य । २. बिक्री गर्न राखिएको; बिक्री हुने ।

विक्षत— वि॰ [सं॰] १. चोटपटक लागेको; घाइते; घायल । ना॰ २. घाउ; चोटपटक; चोट ।

विक्षरण— ना॰ [सं॰] लगातार चुहुने काम; प्रस्रवण ।

विक्षिप्त— वि॰ [सं॰] १. दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल । २. आत्तिएको; आकुल; व्यग्र । ३. यताउति छिरलिएको; छित्रिएको; छरिएको । ४. त्याग गरिएको; छोडिएको; त्यक्त । ५. फ्याँकिएको; मिल्काइएको ।

विक्षुब्ध— वि॰ [सं॰] मनमा स्थिरता वा शान्ति नभएको; अतालिएको; ज्यादै क्षुब्ध ।

विक्षेप— ना॰ [सं॰] १. यताउति छर्कने काम; छिरल्ने काम । २. हुत्त्याउने काम; फ्याँक्ने प्रक्रिया । ३. चित्त स्थिर नहुने स्थिति; विह्वलता; घबराहट । ४. विघ्न; बाधा । > विक्षेपण— ना॰ १. फ्याँक्ने काम; हुत्त्याउने काम । २. फिँजाउने काम; फैलावट । ३. अड्काउ; अवरोध । ४. घबराहट; अत्यास ।

विक्षोभ— ना॰ [सं॰] १. मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग । २. कुनै नराम्रो घटनाले वा सम्भावित त्रासले गर्दा मनमा पैदा हुने विकार; आतङ्क; घबडाहट ।

विखण्डन— ना॰ [सं॰] १. कुनै वस्तु खण्डखण्ड वा टुक्राटुक्रा हुने क्रिया वा स्थिति । २. चट्टानहरू टुक्रिने वा चर्किने प्रक्रिया ।

विखण्डित— वि॰ [सं॰] १. खण्डखण्ड पारिएको; टुक्राटुक्रा बनाइएको; खण्डित । २. अंशभाग लगाइएको; विभाजित । ३. घाइते पारिएको; अङ्गभङ्ग गरिएको । ४. खण्डन गरिएको (तर्क॰ ।

विख्यात— वि॰ [सं॰] नाम चलेको; प्रसिद्ध । > विख्याति— ना॰ विख्यात हुनाको भाव वा अवस्था; प्रसिद्धि ।

विगठन— ना॰ [सं॰] १. कुनै वस्तु पग्लँदै जाने काम; द्रवीभवन । २. सामूहिक अवस्थितिबाट टुक्राटुक्रा गरी छुट्टिँदै जाने काम; अलग्याइ ।

विगत— वि॰ [सं॰] १. बितेको; गएको; अतीत । २. बितेको समयभन्दा पहिलेको; गत समयभन्दा पनि पुरानो । ३. बिछोड भएको; अलग्गिएको; वियुक्त । ४. मरिसकेको; मृत । ५. नभएको; रहित; विहीन । ~ राग— वि॰ सांसारिक मायामोह नभएको; राग वा वासना छुटेको; विरक्त ।

विगति— ना॰ [सं॰] खराब गति; दुर्गति; दुर्दशा ।

विगलन— ना॰ [सं॰] १. पग्लने वा गल्ने काम; द्रवीभवन । २. चुहुने काम; क्षरण । ३. कमजोरी; शिथिलता । — शीलता— ना॰ पग्लने वा गल्ने स्वभाव ।

विगलित— वि॰ [सं॰] १. चुहिएको; तप्केको । २.पग्लेको; गलेको ।

विग्रह— ना॰ [सं॰] १. छुट्ट्याउने काम; अलग्ग्याउने काम । २. कलह; झगडा; विबेष । ३. टुक्रा; खण्ड; विभाग । ४. व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नाका निम्ति तिनलाई अलगअलग पार्ने वा छुट्ट्याउने काम । ७. राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक । ८. आकार; रूप; आकृति । > विग्रही— वि॰ १. झगडा गर्ने; झगडिया । २. प्राणी; शरीरी । ३. छुट्ट्याउने; अलग्याउने ।

विघटन— वि॰ [सं॰ विघट्टने १. कुनै सङ्घसंस्था, अधिवेशन आदिलाई भङ्ग वा अन्त गर्ने काम; खारेजी । २. नाश; खतम; समाप्ति । ३. अलगअलग पार्ने काम; छुट्ट्याउने काम । ४. तहसनहस पार्ने काम । ५. फोर्ने वा तोड्ने काम ।

विघटित— वि॰ [सं॰] १. विघटन गरिएको; भङ्ग गरिएको; खारेज गरिएको (सङ्गठन आदि॰ । २. अलग्याइएको; छुट्ट्याइएको । ३. तहसनहस पारिएको; छिन्नभिन्न गरिएको । ४. तोडफोड गरिएको; फोरिएको ।

विघट्टन— ना॰ [सं॰] १. घोट्ने वा रगड्ने काम; पिँधाइ । २. उघार्ने वा खोल्ने काम । ३. अलग्याउने वा छुट्ट्याउने काम । >

विघट्टनीय— वि॰ विघट्टन गर्न योग्य ।

विघत— ना॰ [सं॰ विघाते १. दुष्ट्याइँ; उपद्रो । २. नोक्सानी; हानि ।

विघात— ना॰ [सं॰] १. घाउखटिरा; आघात । २. हत्या; वध; मार । ३. टुक््रयाउने काम; छिन्नभिन्न गराउने कार्य । ४. रोक्ने प्रयास; बचावट । > विघाती— १. बाधा पुथ्याउने; काम पूरा हुन नदिने; प्रतिबन्धक । २. हत्यारा; घातक ।

विघ्न— ना॰ [सं॰] १. कुनै कामको थालनीमा वा बीचमा सो काम नै बिथोल्ने गरी आइपरेको घटना; अपशकुन । २. बाधाअड्चन; अड्काउ; रोकावट । ३. विरोध; शत्रुता । — कारी— वि॰ विघ्न पुथ्याउने; उपद्रव गर्ने; काम बिथोल्ने । ~ विघात— ना॰ विघ्नबाधालाई हटाउने काम; बाधाअड्काउको निराकरण ।

विचक्षण— वि॰ [सं॰] १. कुनै विषयको विशेषज्ञग्निपुण । २. बुद्धिमान्; चतुरो; चलाक । ३. ज्ञानगुन भएको; विबान्; पण्डित । ४. चम्किलो; चहकदार । — ता— ना॰ विचक्षण हुनाको भाव वा स्थिति; वैचक्षण्य ।

विचयन— ना॰ [सं॰] १. जम्मा गर्ने काम; एकत्र गर्ने क्रिया । २. गवेषणा; खोजी ।

विचरण— ना॰ [सं॰] १. घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल । २. निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन । वि॰ ३. चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि॰ ।

विचरित— वि॰ [सं॰] १. घुमफिर गरेको; यताउति घुमेको । ना॰ २. भ्रमण; विचरण; पर्यटन ।

विचलन— ना॰ १. काँप्ने काम; कम्पन । २. अस्थिरता; चञ्चलता । ३. अहङ्कार । ४. अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम । ५. आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया ।

विचलित— वि॰ [सं॰] १. आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत । २. चञ्चल; अस्थिर । ३. तर्सेको; आत्तिएको ।

विचार— ना॰ [सं॰] १. कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन; मनन । २. मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर । ३. मनको सोचाइ; मनको अनुभूति । ४. तत्त्व–परीक्षा; तात्त्विक तर्कवितर्क । ५. वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला । ६. सत्य र असत्य कुरा छुट्ट्याउने बुद्धि; विवेक । ७. रेखदेख; हेरविचार । क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; घोत । (. शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम । — पति— ना॰ न्यायाधीश । श्र विचारक— वि॰ १. सोचविचार गर्ने; मनन गर्ने । २. दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक । ना॰ ३. न्यायाधीश । ४. नायक । ५. गुप्तचर । ~ गोष्ठी— ना॰ कुनै विषयबारे आपसी विचारको आदानप्रदान गर्ने बैठक; सेमिनार । — ज्ञ— वि॰ १. न्यायाधीश । वि॰ २. विचार पुथ्याउनमा कुशल । विचारणीय— वि॰ १. सोच्न लायक; विचार गर्नुपर्ने; चिन्तनीय । २. शङ्कास्पद; सन्दिग्ध । — धारा— ना॰ १. विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ । २. कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह । ३. आनुवंशिक वा परम्पराप्राप्त सोचाइ । — वान्— वि॰ विचार भएको; सोच्न सक्ने; बुद्धिमान् । ~ विमर्श— ना॰ १. परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; सरसल्लाह । २. पक्षविपक्षमा गएर सोच्ने शक्ति । — शील— वि॰ राम्ररी सोचविचार गर्ने क्षमता भएको; मननशील । ~ सरणी— ना॰ विचारको प्रवाहग्सोचाइको तहतह । — स्थल— ना॰ १. कुनै समस्या वा विषयबारे विचार गर्ने ठाउँ । २. अदालत; न्यायालय । ~ स्वातन्यभय— ना॰ परिआएको समस्या वा विषयका बारेमा आफ्नो अनुक¨ल सोचविचार गर्ने र आफ्नो मनको आशय प्रकट गर्ने स्वतन्त्रता । विचारात्मक— विचारले युक्त; विचार पुथ्याएर गरिएको । विचाराधीन— वि॰ कुनै कामकुराबारे विशेष सोचविचार पुथ्याउन बाँकी राखिएको; विचार पुथ्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय) । ~ विचारार्थ— वि॰ विचारविमर्शका लागि बाँकी राखिएका; सरसल्लाह गरेर टुङ्गोमा पुग्न बैठक आदिमा राखिएको । ~ विचारास्पद— वि॰ विचार पुथ्याउनुपर्ने; विचारणीय । ~ विचारित— वि॰ मनन गरिएको; सोचविचार पुथ्याइएको; सोचिएको । ~ विचारी— वि॰ १. विचारगर्ने; चिन्तक; विचारक । २. घुमफिर गर्ने । ना॰ ३. मुद्दामामिलाको निचोडखिचेर न्यायाधीशलाई अवगत गराउने वा मिसिलमा रहेका कुरा यथार्थ सुनाउने खरदारसरहको एक अदालती पद वा दर्जा । ~ विचारोद्दीपक— वि॰ विचार उत्तेजित गराउने; सोच्न लगाउने ।

विचालन— ना॰ [सं॰] १. हल्लाउने काम; कम्पन पैदा गराउने काम । २. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुथ्याउने काम; विस्थापन ।

विचित्र— वि॰ [सं॰] १. धेरै रङ्ग भएको; अनेक रङ्गको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी । २. कतैकहीँ नदेखिएको; अनौठो; अद्भुत; विलक्षण । ३. सामान्यभन्दा परको; असाधारण । ४. राम्रो; सुन्दर; मनोहर । ना॰ ५. उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार । > विचित्रक— वि॰ १. अनौठो; अद्भुत; विलक्षण । ना॰ २. आश्चर्य; ताजुब । ३. भोजपत्रको रूख; भोजपत्र । ४. अशोकवृक्ष । — शाला— ना॰ ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह रहेको भवन; सङ्ग्रहालय; म्युजियम; अजायबघर । विचित्रित— वि॰ धेरै रङ्ग भएको; रङ्गविरङ्गको; रङ्गीचङ्गी ।

विचिन्तन— ना॰ [सं॰] मनमा कुरा खेलाइरहने काम; चिन्ता; फिक्री । २. मानसिक तर्कवितर्क; सोचविचार । > विचिन्तनीय— वि॰ विचार गर्न लायक; मननयोग्य; विचारणीय ।

विचिन्त्य— वि॰ [सं॰] १. विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय । २. राम्रो किसिमले हेरविचार गरिएको; रेखदेख गरिएको । ३. सन्देहयुक्त; शङ्कास्पद ।

विचूर्ण— वि॰ [सं॰] राम्रोसँग पिँधी धूलो पारिएको; मसिनो तुल्याइएको ।

विचेत— वि॰ [सं॰] १. चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस । २. मरेको; मुर्दा; मृत । ३.विवेक नभएको; मूर्ख; मूढ । श्र विचेतन— वि॰ १. चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचेत । २. बिर्सने आदत भएको; विस्मरणशील । ३. विवेक हराएको; मूर्ख । ना॰ ४. चेतनारहित हुने भाव वा क्रिया; संज्ञाशून्य स्थिति; निश्चेतन ।

विचेष्ट— वि॰ [सं॰] १. चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट; बेहोस । २. चल्नचलबलाउन नसक्ने; अचल; स्थिर । — ता— ना॰ संज्ञाहीनता; गतिशून्यता । > विचेष्टित— वि॰ १.प्रयास गरिएको; मेहनत पुथ्याइएको । २. खोजतलास गरिएको; खोजी भएको । ३. विचार नपुथ्याई गरिएको ।

विच्छन्द— वि॰ [सं॰] १. छाँट नमिलेको; नसुहाउँदो । २. छन्द नमिलेको; छन्द न बन्दको । ३. धेरै किसिमका छन्द भएको; विविध छन्दको (महाकाव्य आदि॰ । ना॰ ४. धेरै लब, खण्ड वा कोठा भएको ठूलो भवन ।

विच्छित्ति— ना॰ [सं॰] १. अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ । २. कमी; न्यूनता; अधूरोपन । ३. स्त्रीको शृङ्गारप्रिय हाउभाउ; नारीको चेष्टाभेद । — विशेष— ना॰ १. अङ्गराग । ३. स्त्रीको आकर्षक चेष्टा; हाउभाउ ।

विच्छिन्न— वि॰ [सं॰] छिन्नभिन्न पारिएको; काटेर छुट्ट्याइएको; टुक्राटुक्रा बनाइएको । २. तहसनहस पारिएको; फाँडिएको ।

विच्छेद— ना॰ [सं॰] १. अलग्ग्याउने काम; सम्पर्कहीनता । २. काटेर टुक्राटुक्रा पार्ने काम; टुक््रयाइएको स्थिति । ३. सिलसिलाको अभाव; क्रमभङ्ग । ४. बिछोड; वियोग । ५. बरबादी; नाश; खतम । > विच्छेदक— वि॰ छिन्नभिन्न पार्ने; टुक््रयाउने; सम्पर्क टुटाउने । विच्छेदन— ना॰ १. प्वाल पार्ने वा छेड्ने काम; रोपण । २. काटेर टुक््रयाउने वा छुट्ट्याउने काम । ३. बिछोड; अलग्याइ; वियोग । ४. चट्टान फुस्रिने चाल ।

विच्छेदनीय/विच्छेद्य— वि॰ काटेर एकएक गरी टुक््रयाउन लायक; छुट्ट्याउन योग्य ।

विजन— वि॰ [सं॰] १. केही पनि नभएको; निर्जन । २. कोलाहल नभएको; मानिसको आवागमन नहुनाले हल्ला नभएको; एकान्त । ना॰ ३. निर्जन ठाउँ; एकान्त स्थल ।

विजय— ना॰ [सं॰] १. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित । २. वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी । ३. साठी संवत्सरमध्ये एक । ~ चिह्न— ना॰ युद्ध, प्रतियोगिता आदिमा जित भएको चिनो; विजयको चिन्नल । ~ डिण्डिम— हे॰ विजय दुन्दुभि । —

दुन्दुभि— ना॰ लडाइँका समयमा जित भएपछि बजाइने एक किसिमको प्राचीन बाजा । ~ पताका— ना॰ लडाइँमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा; विजयसूचक चिह्न । ~ मुहूर्त— ना॰ १. काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण । २. युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थानसमय । ~ यात्रा— ना॰ शत्रुपक्ष वा यस्तै विपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान; प्रतियोगिता, युद्ध आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव । ~ लक्ष्मी— ना॰ युद्ध आदिमा विजय दिलाउने देवी; विजयश्री । — शाल— ना॰ ज्यादै बलियो काठ हुने एक जातको रूख; विजयसार । ~ श्री— ना॰ विजयलक्ष्मी । — सार— ना॰ विजयशाल । — सिद्धि— ना॰ युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ; रणस्तम्भ; जयस्तम्भ ।

विजया— ना॰ [सं॰] १. दुर्गा भवानी; देवी । २. दुर्गा वा पार्वतीकी सखी । ३. युद्ध आदिमा विजय प्राप्त गरेपछि मनाइने उत्सव; विजयोत्सव । ४. विजयादशमी; दसैँ । ~ दशमी— ना॰ १. आश्विन शुक्ल दशमी । २. त्यस दिन नवदुर्गाको प्रसाद आदि लगाई हिन्दूहरूले मनाउने उत्सव; दसैँ; दसैँको टीकाको दिन । ~ होम— ना॰ सन्न्यास लिँदा गर्नुपर्ने धार्मिक कर्म ।

विजयार्थी— वि॰ [सं॰] विजय चाहने; जित्न इच्छुक ।

विजयास्त्र— ना॰ [सं॰] युद्धमा विजय दिलाउने हतियार वा अस्त्र ।

विजयी— वि॰ [सं॰] १. विजय प्राप्त गर्ने; जित्ने; विजेता । ना॰ २. युद्ध, खेलकुद, वादविवाद आदिमा विजय प्राप्त गर्ने व्यक्ति ।

विजयोत्सव— ना॰ [सं॰] १. विजय प्राप्त गरेपछि त्यस उपलक्ष्यमा मनाइने उत्सव; विजयको उल्लासमय वातावरण । २. विजयादशमीका दिन मनाइने उत्सव; दसैँ ।

विजयोपहार— ना॰ [सं॰] विजयको स्मृतिस्वरूप दिइने वा राखिने वस्तु, उपहार (सिल्ड, कप इ॰) ।

विजल— वि॰ [सं॰] १. पानी नभएको; जलरहित; निर्जल । ना॰ २. पानी नभएको अवस्था; वर्षाको अभाव; खडेरी; सुक्खा ।

विजल्प— ना॰ [सं॰] १. साँचोझूटो वा भएनभएको उटपटाब कुरा; बकवाद । २. दुष्टतापूर्ण कुराकानी; ईर्ष्यापूर्ण वार्तालाप । श्र विजल्पित— वि॰ १. भनिएको । २. बकबक गरिएको ।

विजात— वि॰ [सं॰] १. पैदा भएको; जन्मेको; उत्पन्न २. जात नमिल्दा बाबुआमाबाट पैदा भएको; वर्णसङ्कर; ठिमाहा । ३. अर्कै रूपमा बदलिएको; परिवर्तित ।

विजाति— वि॰ [सं॰] १. अर्कै जातको; भिन्न जातिको । २. भिन्न किसिमको; अर्कै खालको । ना॰ भिन्न जाति; अर्कै वर्ग । श्र विजातीय— वि॰ अर्कै जातको; फरक जात भएको; भिन्नजातीय ।

विजिगीषा— ना॰ [सं॰] जित्ने इच्छा; विजय प्राप्त गर्ने चाहना । श्र विजिगीषु— वि॰ १. विजिगीषाको चाहना गर्ने; जित्न इच्छुक । २. निर्वाचन, प्रतियोगिता आदिमा विशिष्ट किसिमले विजयी हुन चाहने (महत्त्वाकाङ्क्षी व्यक्ति॰ ।

विजित— वि॰ [सं॰] अरूबाट जितिएको; हारेको; पराजित ।

विजेतव्य— वि॰ [सं॰] जित्न लायक; जित्न सकिने ।

विज्ञ— वि॰ [सं॰] १. विशेष रूपले जान्ने; जानिफकारग्पोख्त । २. विबान्; पण्डित । ३. समझदार; विवेकी; बुद्धिमान् । ना॰ ४. विशेषज्ञता हासिल गरेको व्यक्ति । — ता/त्व— ना॰ १. विज्ञ हुनाको भाव वा स्थिति; विशेषज्ञता । २. बुद्धिमानी ।

विज्ञप्त— वि॰ [सं॰] १. भनिएको; बताइएको; सूचित । २. विज्ञापन गरिएको; प्रचारप्रसारमा ल्याइएको ।

विज्ञप्ति— ना॰ [सं॰] १. सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम । २. विज्ञापन; सूचना; जनाउ । ३. कुनै महत्त्वपूर्ण विषयवस्तुका बारेमा रेडियो, पत्रिका आदि प्रचारसाधनबाट जानकारी दिलाउने काम ।

विज्ञात— वि॰ [सं॰] १. जानपहिचान भएको; थाहा पाइएको; जानिएको । २. नाम चलेको; प्रसिद्ध; प्रख्यात । > विज्ञाता— वि॰ ठीकबेठीक छुट्ट्याउन सक्ने; राम्रो किसिमले जान्ने; विज्ञ ।

विज्ञान— ना॰ [सं॰] १. भौतिक विषयको तत्त्व, सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र । २. विशिष्ट ज्ञान; प्रज्ञा । ३. विवेक; बुद्धि । ४. ईश्वर; आत्मा । ५. बौद्ध मतका अनुसार आत्मस्वरूपको ज्ञान । — मय— वि॰ १. विज्ञानले युक्त । २. प्रज्ञामय; ज्ञानी । — मय कोश— ना॰ वेदान्तशास्त्रका अनुसार बुद्धि र ज्ञानेन्द्रियहरूको समुदाय । — वाद— ना॰ १. भौतिक ज्ञान वा विज्ञानलाई मात्र सर्वाधिक महत्त्व भएको मान्ने मत वा सिद्धान्त । २. वस्तुलाई सत्ता नमानी ज्ञानलाई मात्र मुख्य सत्ता मान्ने बौद्ध दर्शनको सिद्धान्त । — वादी— वि॰ विज्ञानवादको अनुयायी; विज्ञानवादमा विश्वास राख्ने । > विज्ञानी— वि॰ १. विज्ञानमा पोख्त; विज्ञानवेत्ता; वैज्ञानिक । २. कुनै विषयका बारेमा विशेष ज्ञान राख्ने । ३. आत्मा र परमात्मास्वरूपको तत्त्वज्ञान जान्ने ।

विज्ञापक— वि॰ [सं॰] १. जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक । २. बताउने; सूचना दिने; थाहा दिने । ३. प्रचारसाधनहरूमा विज्ञप्ति दिने ।

विज्ञापन— ना॰ [सं॰] १. सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति आवेदनपत्रको आह्वान आदि गर्न सर्वसाधारण जनतालाई जानकारी हुने गरी प्रचार गरिएको विशेष सूचना । २. बताउने काम; जनाउ दिने काम । ३. विक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो; अखबार आदिबाट दिइने जानकारी । — दाता— ना॰ पत्रिका, चित्र आदिमा विज्ञापन छपाउन दिने व्यक्ति; विज्ञापनको काममा खटिएको व्यक्ति । ~ सेवा— ना॰ रेडियोबाट फर्मायसी वा अन्य गीतहरूको गुञ्जनका साथै बीचबीचमा विज्ञापनको कामसमेत गर्ने सेवा । श्र विज्ञापनीय— वि॰ विज्ञापनयोग्य; प्रचार गर्न लायक ।

विज्ञापित— वि॰ [सं॰] विज्ञापन गरिएको; प्रचार गरिएको ।

विज्ञाप्य— वि॰ [सं॰] १. विज्ञापन गर्न योग्य; विज्ञापनीय । २. प्रार्थना; निवेदन ।

विज्ञेय— वि॰ [सं॰] राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य ।

विट— वि॰ [सं॰] भोगविलासमा ज्यादै संलग्न; कामुक; लम्पट । २. धूर्त; चलाक । ३. भएको धनसम्पत्ति रन्डीबाजीमा उडाइसकेको व्यक्ति । ४. नाटकको एक हास्यपात्र ।

विटप— ना॰ [सं॰] १. रूख; वृक्ष । २. हाँगो; शाखा । > विटपी— ना॰ रूख; बोट; वृक्ष ।

विडम्बन— ना॰ [सं॰] १. विडम्बना । २. छßवेश । ३. क्लेश । ४. जालसाजी । ५. उपहास । ६. नक्कल ।

विडम्बना— ना॰ [सं॰] १. देखासिकी; नक्कल; अनुकरण । २. गिज्याउने वा होच्याउने काम; खिसीटिउरी । ३. धोखा; छलकपट । ४. दुःख; कष्ट; पीडा । ५. उपहास; ठट्टा । ~ काव्य— ना॰ १. व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य; उपहासकाव्य । २. उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली । >

विडम्बनीय— वि॰ १. अनुकरण गर्न लायक । २. उपहासयोग्य; गिज्याउन सुहाउने ।

विडम्बी— वि॰ [सं॰] विडम्बना गर्न योग्य; विडम्बनीय ।

विडाल— ना॰ [सं॰] बिरालो ।

विड्वराह— ना॰ [सं॰] सुँगुर ।

वितण्डा— ना॰ [सं॰] १. अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न । २. निरर्थक तर्क वा कुरो; बकवाद । ३. विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ । — वाद— ना॰ आफूले जित्नका लागि प्रतिक्रियावादी रूपमै भए पनि निरर्थक र अमिल्दा तर्क पेस गर्ने सिद्धान्त; निरर्थक उक्ति, प्रत्युक्ति; कुप्रचार । २. व्यर्थको झगडा; नचाहिँदो कलह ।

वितत— वि॰ [सं॰] १. सपाट परेकोग्फैलिएको; फिँजिएको; विस्तृत । २. छोपिएको; ढाकिएको । ३. कार्य सम्पन्न भएको; कामकुरो सिद्ध भएको । ना॰ ४. गितार; वीणा ।

वितथ— वि॰ [सं॰] १. तथ्य नभएको; झूठो; मिथ्या रू२. नचाहिँदो; व्यर्थ; निरर्थक । — वादी— वि॰ झूटो बोल्ने; मिथ्यावादी । > वितथ्य— वि॰ तथ्यहीन; झूटो; मिथ्या ।

वितरक— वि॰ [सं॰] १. वितरण गर्ने; बाँडफाँड गर्ने । ना॰ २. व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति ।

वितरण— ना॰ [सं॰] १. कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड । २. प्रदान; अर्पण; समर्पण । ३. कुनै नदी आदि तर्ने काम; पार गर्ने काम ।

वितरित— वि॰ [सं॰] १. बाँडिएको; वितरण गरिएको; २. प्रदान गरिएको; दिइएको । ३. तारिएको; पार गरिएको ।

वितर्क— ना॰ [सं॰] १. कुनै तर्क वा भनाइको खण्डन वा विपक्षमा प्रस्तुत गरिने तर्क; तर्कमाथि उठाइएको तर्क । २. विचार; मनन; सोचाइ । ३. शङ्काग्सन्देह; दुबिधा । > वितर्कण— ना॰ १. तर्क वा वितर्क गर्ने काम; बहस; वादविवाद । २. सन्देह; शङ्का । वितर्कित— वि॰ १. वितर्क गरिएको । २. वादविवाद गरिएको । वितर्क्य— वि॰ तर्क वा विचार गर्न लायक ।

वितल१— ना॰हे॰ बितोल ।

वितल२— ना॰ [सं॰] १. पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पाताल॰–मध्ये एकग्पृथ्वीभन्दा मुनिको कल्पित लोक । २. कुनै ठाउँको ठीक उल्टो ठाउँ; प्रतिलोम ।

वितस्ति— ना॰ [सं॰] बाह्र अङ्गुलको नापो; वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ताबराबरको परिमाण; बित्ता ।

वितह— ना॰ [वि+तह] १. तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप । २. अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ ।

वितान— ना॰ [सं॰] १. पुगेजति फैलाउने काम; फैलावट; विस्तार । २. मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चँदुवा । ३. पाल । ४. मौका; अवसर । वि॰ ५. खाली; रित्तो; शून्य । ६. मूर्ख; बुद्धिहीन; शठ ।

विताल— वि॰ [सं॰] ताल नमिलेको; बेतालको ।

वितुष— वि॰ बोक्रा छोडाइएको; बोक्रा नभएको; भुस वा कसर फ्याँकिएको ।

वितृष्ण— वि॰ [सं॰] तृष्णा वा तिर्सना नभएको; कामनामुक्त; निस्पृह । > वितृष्णा— ना॰ १. तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष । २. नराम्रो खालको तृष्णा ।

वित्त— ना॰ [सं॰] १. धनमाल; जायजेथा; सम्पत्ति; अर्थ; ऐश्वर्य । २. सामर्थ्य; शक्ति । वि॰ ३. उपलब्ध; प्राप्त । ४. परीक्षा गरिएको; जाँचिएको । ~ आयोग— ना॰ खर्चबर्च र अर्थसम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको समिति । ~ प्रबन्धक— ना॰ राज्यको आयव्यय, राजस्व आदिको समुचित रेखदेख र व्यवस्था मिलाउने सरकारी कर्मचारी । ~ मन्त्री— ना॰ अर्थमन्त्री । ~ विधेयक— ना॰ प्रतिनिधिसभासमक्ष राखिने आयव्ययसम्बन्धी आर्थिक विधेयक । ~ सचिव— ना॰ अर्थसचिव । ~ साधन— ना॰ राज्य वा संस्था आदिले नगद धन प्राप्त गर्ने भौतिक वस्तु ।

वित्तीय— वि॰ [सं॰] वित्तसम्बन्धी; आर्थिक । ~ विवरण— ना॰ अर्थसम्बन्धी कारोबारको लेखाजोखा; वित्तसम्बन्धी विवरण ।

विद्— वि॰ [सं॰] १. ज्ञाता; जान्ने; जानिफकार । २. विबान्; पण्डित । ३. शब्दको पछाडि गाँसिएर 'जान्ने, विज्ञ' आदि अर्थ बुझाउने शब्द (जस्तो— नीतिविद्, शास्त्रविद्, शिक्षाविद् आदि॰ । ना॰ ४. ज्ञान; बुद्धि । ५. बुधग्रह ।

विदग्ध— वि॰ [सं॰] १. ज्यादै डढेको; पोलिएको । २. पकाइएको; पक्व । ३. खाएर पचाइसकिएको; हजम पारिएको । ४. उद्भट विबान्; पण्डित । ५. रसरङ्गमा भुल्ने; रसिक; रसज्ञ । ६. सिपालु; चतुर; निपुण । — ता— ना॰ विदग्ध हुनाको भाव वा स्थिति; पन्डित्याइँ; चातुर्य । > विदग्धा— ना॰ हावभावबारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री; भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका ।

विदर्भ— ना॰ [सं॰] भारतको दक्षिण–पश्चिम राज्यमा पर्ने एक प्राचीन राज्य (अहिलेको बरारक्षेत्र॰ ।

विदल— वि॰ [सं॰] १. चिराचिरा पारिएको; चिरिएको । २. पात नभएको; दलहीन । ३. फुलेको; प्रफुल्ल । ना॰ ४. बाँसको चोयाको टोकरी; बास्केट । ५. हाँगो । ६. टुक्रो । ७. माड्ने वा दल्ने काम । > विदलन— ना॰ १. बेसरी माड्ने वा दल्ने काम । २. चिर्ने वा फार्ने काम । विदलित— वि॰ १. फारिएको; चिरा पारिएको । २. फुलेको; फक्रेको । ३. बेसरी माडिएको वा दलिएको ।

विदारक— वि॰ [सं॰] १. काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक््रयाउने; चिरा पार्ने; चिर्ने । २. ढुङ्गा आदि फोर्ने । ३. कष्ट दिने; भित्रभित्रै सताउने (जस्तो— हृदयविदारक॰ ।

विदारण— ना॰ [सं॰] १. काठका दाउरा, मुढा आदि टुक््रयाउने काम; चिरा पार्ने वा चिर्ने काम । २. ढुङ्गा आदि कडा वस्तु टुक््रयाउने काम; फोराइ । ३. दुःख वा कष्ट पुथ्याउने व्यवहार; सताउने काम । ४. हत्या; मारण; वध । ५. लडाइँ; युद्ध ।

विदारित— वि॰ [सं॰] १. बन्चरो, करौँती आदिले टुक््रयाइएको; फोरिएको (दाउरा, मुढा आदि) । २. घन आदिले फोरिएको (ढुङ्गा आदि) । ३. दुःख वा कष्ट पुथ्याइएको; सताइएको ।

विदारी— ना॰ [सं॰] १. भुईँमा लत्रिएर फल्ने कुभिन्डो; भुईँकुभिन्डो । २. शालपर्णी नाम गरेका रूख । ३.लहराको जोर्नीजोर्नीमा फल्ने एक प्रकारको फल; गिठो । ४. वाराहीकन्द । ~ कन्द— ना॰ कर्कलाका जस्ता पात हुने लहराका फेदमा फल्ने, रछायो रङ्गको, झुस हुने एक प्रकारको फल; भुईँकुभिन्डो ।

विदिक्— ना॰ [सं॰] दुई दिशाको बीचको कुनो; विदिशा; उपदिशा ।

विदित— वि॰ [सं॰] १. थाहा पाइएको; जानिएको; ज्ञात; अवगत । २. नाम चलेको; प्रसिद्ध; प्रख्यात । ३. जनाइएको; सूचना दिइएको; सूचित । ना॰ ज्ञान; विवेक । ५. विबान् व्यक्ति ।

विदिशा— ना॰ [सं॰] १. दुई दिशाको बीचको कुनो; आग्नेय, नैऋर्त्य, वायव्य र ईशान नामका चार उपदिशा; विदिक् । २. मध्य भारतको अहिले भेलसा भनिने एक प्राचीन सहर ।

विदीर्ण— वि॰ [सं॰] १. चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि) । २. टुक््रयाइएको; फोरेको (ढुङ्गा आदि) । ३. कष्ट दिइएको; सताइएको ।

विदुर— वि॰ [सं॰] १. आफ्नो काम पट्याउन सिपालु; चलाक; चतुर । २. जान्नेबुझ्ने; जानिफकार; विज्ञ; निपुण । ना॰ ३. विबान् व्यक्ति । ४. धृतराष्ट्रका विमातृतर्फका कान्छा भाइ पर्ने एक ज्ञानी पुरुष ।

विदुषी— ना॰ [सं॰] १. राम्रो पढेलेखेकी स्त्री; विबान् स्त्री । वि॰ २. राम्रो पढेलेखेकी (स्त्री॰ ।

विदूषक— ना॰ [सं॰] १. नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरूलाई हँसाउने एक ठट्यौलो पात्र; नाटकको हास्यकलाकार; नायकको ठट्टा गर्ने एक साथी । वि॰ २. काम बिगारिदिने; भ्रष्ट पार्ने । ३. गाली गर्ने; सताउने । ४. मुख्य रूपमा हानि पुथ्याउने; दोष पुथ्याउने ।

विदूषण— ना॰ [सं॰] १. अरूलाई दोष दिने काम; दोषारोपण । २. वातावरणमा परेको नराम्रो प्रभाव ।

विदूषित— वि॰ [सं॰] १. बिग्रेको; सडेगलेको; कुहिएको । २. दोष लगाइएको; बात लगाइएको; अभियुक्त । ३. हेला गरिएको; अपमानित; तिरस्कृत ।

विदेश— ना॰ [सं॰] आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश; अर्काको देश; पराई मुलुक ।

विदेशी— वि॰ [सं॰] १. अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि) । २. विदेशी सरकार, एजेन्ट वा दलालबारा स्थापना गरिएको वा चलाइएको (संस्था, सङ्गठन, हल्ला आदि) । ~ मुद्रा— ना॰ अर्को देशको मुद्रा; अर्काको देशमा चलेको रुपियाँपैसा । ~ लगानी— ना॰ कुनै देशको उद्योग, व्यवसाय आदिमा विदेशबाट गरिएको लगानी । ~ शत्रु— ना॰ शत्रुका देश वा राज्यको नागरिक ।

विदेह— वि॰ [सं॰] १. शरीर नभएको । २. बेहोस; अचेत । ३. मरेको; मृत । ना॰ ४. मिथिलादेशका प्रसिद्ध पौराणिक राजा; जनक । ५. मिथिला र मगधदेशलाई जनाउने प्राचीन नाम ।

विद्ध— वि॰ [सं॰] १. प्वाल पारिएको; छेद गराइएको; छेडिएको । २. घाइते; अङ्गभङ्ग भएको; आहत । ३. टाँसिएको; जडिएको ।

विद्यमान— वि॰ [सं॰] १. रहेको; अवस्थित; मौजुद; वर्तमान । २. उपस्थित; हाजिर । ३. जो भएको; यथार्थ; प्रत्यक्ष । — ता— ना॰ विद्यमान हुनाको भाव वा अवस्था; रहने काम; उपस्थिति ।

विद्या— ना॰ [सं॰] १. शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइबारा आर्जन गरिने बुद्धि । २. कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र; विज्ञान । ३. तन्त्रमन्त्र; तन्त्रशास्त्र । ४. इन्द्रजालसम्बन्धी कर्म; जादु; टुना । ५. दुर्गा; भवानी । > विद्यागम— ना॰ ज्ञानको उपलब्धि; विद्याप्राप्ति । —

गृह— ना॰ पाठशाला; विद्यालय । — दान— ना॰ पढाउने काम; अध्यापन; शिक्षण । — देवी— ना॰ सरस्वती; विद्याकी अधिष्ठात्री देवी । — धर— ना॰ एक देवयोनिजाति (गन्धर्व, किन्नर आदि॰ ।

विद्याधिदेवता— ना॰ सरस्वती । विद्यानुसेवन— ना॰ विद्या पढ्ने वा पढाउने काम; विद्याध्ययन । ~ परिषद्— विश्वविद्यालयको प्राज्ञिक नीतिबारे निर्णय गर्ने अधिकारप्राप्त समिति (फ्याकल्टी बोर्ड) । — पीठ— ना॰ १. शिक्षाप्रदान गर्ने ठूलो प्रमुख केन्द्र । २. उच्च स्तरको शिक्षा दिने विद्यालय; महाविद्यालय; क्याम्पस ।

विद्याभ्यास— ना॰ विद्याको अध्ययनमनन गर्ने काम । ~ मन्दिर— ना॰ पाठशाला; विद्यालय; विद्यागृह । विद्यारम्भ— ना॰ पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार; षोडश संस्कारमध्ये एक संस्कार । विद्यार्जन— ना॰ शिक्षा हासिल गर्ने काम; विद्या पढ्ने काम; विद्याप्राप्ति ।

विद्यार्थी— ना॰ [सं॰] १. नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति; शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति; छात्र; शिष्य । २. कुनै विषयबारे खोजअध्ययन गर्ने व्यक्ति; विबान् । वि॰ ३. विद्या पढ्न चाहने । ~ सङ्गठन— ना॰ विद्यार्थीहरूको हक र हितका लागि विद्यार्थीहरूबाट बनाइएको सङ्घ वा सङ्गठन; विद्यार्थीहरूको समिति ।

विद्यालय— ना॰ [सं॰] पढ्ने र पढाउने ठाउँ; पाठशाला; स्कुल ।

विद्यावान्— वि॰ [सं॰] १. धेरै विद्या प्राप्त गरेको; विबान् ।

विद्यावारिधि— ना॰ [सं॰] तोकिएको योग्यता प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयबाट अनुमति लिई अनुसन्धानपूर्ण शोधग्रन्थ तयार गरेर स्वीकृत भएमा दिइने विशेष उपाधि; पीएच्॰डी॰ ।

विद्याश्रम— ना॰ [सं॰] बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय; गुरुकुल (बोर्डिब॰ ।

विद्यास्नातक— ना॰ [सं॰] १. विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति । २. उच्च शिक्षा हासिल गरेको व्यक्ति । वि॰ ३. उच्च शिक्षा प्राप्त गरेको ।

विद्याहीन— वि॰ [सं॰] विद्या नभएको वा नपढेको; अपठित; अनपढ ।

विद्युत्— ना॰ [सं॰] १. बर्खाकालमा बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने क्षणिक प्रकाश; बिजुली । २. प्रकाश, ताप, आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराइने शक्ति; बिजुली । ३. चट्याब; वज्र; चट्को; चिर्को । ~ आघात— ना॰ १. ऋणात्मक विद्युत्तरङ्गबाट धनात्मक विद्युत्तरङ्गतिर विद्युत्तरङ्ग प्रवाहित हुने प्रक्रिया । २. विद्युत्तरङ्गले चोट पुथ्याउने काम । > विद्युताणु— ना॰ कुनै रासायनिक यौगिकलाई पानीमा घोल्दा धनात्मक तथा ऋणात्मक परमाणु विघटन भई छुट्टिएर बनेको परमाणुयुक्त विद्युत् । विद्युतीकरण— ना॰ सबैतिर बिजुली–सेवा उपलब्ध गराउने काम । ~ ऊर्जा— ना॰ विद्युत्बाट प्राप्त हुने शक्ति । ~ एकाइ— ना॰ विद्युत्शक्तिको न्यूनतम परिमाण; युनिट । ~ कर्पोरेसन— ना॰ विद्युत्शक्तिको उत्पादन र वितरण गर्ने निगम; बिजुलीअड्डा । ~ घात— ना॰ बिजुलीको करेन्टबाट दिइने प्राणदण्ड; करेन्टको स्पर्शबाट हुने मृत्यु । ~ चिकित्सा— ना॰ बिजुलीको करेन्टबारा गरिने उपचार । ~ तरङ्ग— ना॰ दूरसञ्चारको प्रणाली सञ्चालन गरिने विद्युत्चुम्बकयुक्त तरङ्ग (माइक्रोवेभ) । ~ दर्शक— ना॰ विद्युत्तरङ्गको गति देखाउने यन्त्र; बिजुलीको खपत देखाउने मिटर । — पात— ना॰ आकाशबाट चट्याब खस्ने काम; वज्रपात । — प्राधिकरण— ना॰ बिजुली अड्डा । ~ वितरक— ना॰ १. बिजुली उपलब्ध गराउने उपकरण । ~ शक्ति— ना॰ पानी, कोइला, तेल आदिको वैज्ञानिक प्रयोगबाट प्राप्त हुने ऊर्जा । ~ स्तम्भ— ना॰ बिजुलीको तार जाने खम्बा; पोल ।

विद्युन्मापक— ना॰ [सं॰] बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र; बिजुलीको खपत नाप्ने मिटर; विद्युद्दर्शक ।

विद्युन्माला— ना॰ [सं॰] १.लहरै जडिएको बिजुलीको प्रकाश । २. हरेक पाउमा दुई मगण र दुई गुरु हुने एक वार्णिक छन्द ।

विद्युल्लता— ना॰ [सं॰] आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा ।

विद्योपार्जन— ना॰ [सं॰] विद्याको आर्जन; विद्या हासिल गर्ने काम; शिक्षाप्राप्ति ।

विद्रधि— ना॰ [सं॰] शरीरका मासुका गाँठा; पीप भरिएको घाउ; अर्बुद रोग ।

विद्रुम— ना॰ [सं॰] रूखका कलिला पात; पालुवा । २. कोपिलो । ३. मुगा; प्रबाल ।

विद्रोह— ना॰ [सं॰] १. सरकारको कार्यसञ्चालनमा बाधा पुथ्याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठूलो उपद्रव; विप्लव; क्रान्ति । २. शासनसत्ता वा सरकारलाई पल्टाउने काम । ३. ठूलो विरोध; कडा शत्रुता । ४. भनाबैरी; झैझगडा । ५. रिस; आवेश; बेष; तीव्र ईर्ष्या । > विद्रोहात्मक— वि॰ विद्रोह वा आतङ्क फैलाउने; विरोध गर्ने; शान्तिमा खलल पार्ने । विद्रोही— वि॰ १. विद्रोह गर्ने; बागी; विप्लवी; क्रान्तिकारी । २. बेष गर्ने; ईर्ष्यालु; रिस देखाउने ।

विबच्छिरोमणि— ना॰ [सं॰] विबान्हरूमा श्रेष्ठ व्यक्ति; अत्यन्त विबान् व्यक्ति । २. नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विबान् (स्व॰ हेमराज पाण्डे र स्व॰ कुलचन्द्र गौतम॰ लाई प्रदान गरिएको एक सम्मान ।

विबज्जन— ना॰ [सं॰] बुद्धिविवेक भएको व्यक्ति; विबान्; पण्डित ।

विबत्तम— वि॰ [सं॰] १. सबभन्दा बढी विद्या कमाएको; प्रकाण्ड विबान् । ना॰ २. शिव; महादेव ।

विबत्ता— ना॰ [सं॰] १. विबान् हुनाको भाव, गुण वा स्थिति; पाण्डित्य । २. विवेक; बुद्धि; अक्कल । ३. ज्ञान ।

विबत्परिषद्/विबत्सभा— ना॰ [सं॰] विबान्हरूको सभा वा समिति ।

विबद्वर्ग— ना॰ [सं॰] विबान्हरूको वर्ग वा समूह ।

विबद्वृत्ति— ना॰ [सं॰] १. विबान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान । २. शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप॰ ।

विबान्— वि॰ [सं॰] १. धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित । २. शास्त्रको मर्म बुझ्ने; तत्त्ववेत्ता; तत्त्वज्ञ । ना॰ ३. धेरै लेखपढ गरेको व्यक्ति; पण्डित ।

विबेष— ना॰ [सं॰] १. आपसी मनमुटाव; वैरभाव; शत्रुता । २. विरोध; झगडा । ३. बेष; ईर्ष्या; डाह । > विबेषक/विबेषी— वि॰ रिस गर्ने; डाह गर्ने; ईर्ष्यालु; इखालु ।

विधर्म— ना॰ [सं॰] १. आफूले मानिआएको धर्मदेखि भिन्न धर्म; अर्काको धर्म; परधर्म । वि॰ २. खराब; घृणित; कुत्सित । ३.गुण नभएको; निर्गुण । > विधर्मी— वि॰ १. आफ्नो धर्मको विरुद्ध आचरण गर्ने; धर्मच्युत; धर्मभ्रष्ट । २. विधर्मको अनुसरण गर्ने; परधर्मी । ३. कुकर्मी; अधर्मी ।

विधवा— ना॰ [सं॰] पति मरेकी स्त्री; राँडी । ~ विवाह— ना॰ विधवाले पुनर्विवाह गर्ने काम; विधवाको विवाह । > विधवाश्रम— ना॰ आश्रयहीन विधवाहरूको भरणपोषण गर्ने ठाउँ; विधवाहरू बस्ने आश्रम ।

विधा— ना॰ [सं॰] १. अंश; हिस्सा; भाग । २. काइदा; तरिका; शैली । ३. काव्य वा साहित्यमा प्रचलित खासखास विषय, प्रकार वा किसिम (जस्तो— नाट्यविधा, कविताविधा, कथाविधा इ॰) । ४. कामकाज; व्यवहार । ५. उच्चारणविधि; उच्चारण । ६. काम गरेबापत पाइने निर्धारित रकम; तलब; वेतन । ७. सृष्टिकर्ता ईश्वर; ब्रह्मा । ८. क्रम; सिलसिला; रोल । (. विचारको केन्द्रीय रूप; मुख्य विचार । १०. लक्ष्य; उद्देश्य ।

विधाता— वि॰ [सं॰] १. कामकुराको चाँजोपाँजो गर्ने; व्यवस्था मिलाउने; प्रबन्धक । २. सृष्टि गर्ने; निर्माता । ना॰ ३. व्यवस्था मिलाउने व्यक्ति । ४. सृष्टि गर्ने व्यक्ति । ५. ब्रह्मा । फ्ं ईश्वर । ७. प्रारब्ध; भाग्य । ८. विश्वकर्मा । (. कामदेव ।

विधान— ना॰ [सं॰] १. प्रारम्भ गरिने कामको पूर्वयोजना; कुनै कामकुराको आयोजन । २. कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध । ३. बनाउने काम; निर्माण; संरचना । ४. पद्धति; विधि; प्रणाली । ५. राज्य वा सरकारले समयसमयमा देशको आवश्यकताअनुक¨ल बनाएका नियमहरूको सङ्ग्रह; ऐन; कानुन । ६. राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान । ७. कुनै सङ्घ, संस्था, सङ्गठन आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली । ८. कामकाज; व्यवहार । (. धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य । —

अनुसार— क्रि॰ वि॰ विधानले दर्साएअनुसार; विधानका परिधिभित्र रहेर । — ज्ञ— वि॰ विधानको मर्म जान्ने; ऐनकानुनको ज्ञाता । ~

परिषद्— ना॰ कुनै पनि देशको पुराना कानुनहरूको संशोधन गर्ने र नयाँ कानुनको तर्जुमा गर्ने निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सभा; विधान बनाउने परिषद्; तल्लो सदन; भारतको प्रान्तीय सरकारमा गठित प्रतिनिधिसभा । ~ मण्डल— ना॰ विधान बनाउने सभा; विधायिका सभा । — वाद— ना॰ विधानको सीमा र परिधिभित्र रहने सिद्धान्त वा मत । — वादी— वि॰ विधानवादको अनुसरण गर्ने । ~ सभा— ना॰ विधानपरिषद्; विधानमण्डल; विधायिका सभा; व्यवस्थापिका ।

विधायक— वि॰ [सं॰] १. कानुनको निर्माण गर्ने; विधान बनाउने (व्यवस्थापिकाको सदस्य॰रू २. व्यवस्था मिलाउने; प्रबन्धक । ना॰ ३. विधानपरिषद् वा विधायिका सभाको प्रतिनिधि सदस्य; व्यवस्थापिकाको निर्वाचित वा मनोनीत सदस्य; तल्लो सदनको जनप्रतिनिधि ।

विधायन— ना॰ [सं॰] व्यवस्थापिकाबारा ऐनकानुनको निर्माण गर्ने काम ।

विधायिका— वि॰ [सं॰] ना॰ १. राज्यको शासनसञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधिसभा; सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र विधायिका॰ मध्ये एक अङ्ग; व्यवस्थापिका सभा; तल्लो सदन । २. विधायकको स्त्रीलिङ्गी रूप । ~ सभा— ना॰ विधायिका; प्रतिनिधिसभा; व्यवस्थापिका ।

विधायी— वि॰ [सं॰] १. विधान बनाउने; ऐनकानुनको निर्माण गर्ने; विधायक । २. व्यवस्था मिलाउने; प्रबन्धक । ~ कार्य— ना॰ विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम; ऐनकानुन बनाउने काम ।

विधि— ना॰ [सं॰] १. कामकुरो गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली । २. आदेश; आज्ञा; निषेधको उल्टो रूप । ३. चाँजोपाँचो; व्यवस्था; प्रबन्ध । ४. धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम । ५. आचरण; व्यवहार ।

 ६. कर्म; प्रारब्ध; भाग्य । ७. ऐनकानुन; विधान । ८.

रचना; निर्माण । (. सृष्टिका देवता; ब्रह्मा । > विधिक— वि॰ विधि वा कानुनसँग सम्बन्धित; कानुनअनुक¨ल । — गत— वि॰ विधिअनुक¨ल; ऐनकानुनसँग मिल्ने । — ग्राह्य— वि॰ विधानले कुनै बाधा नपर्ने; वैध । — ग्राह्य मुद्रा— ना॰ ऋण भुक्तानी गर्नाका लागि विधानले मान्यता दिएको मुद्रा । — ज्ञ— वि॰ विधान जान्ने; ऐनकानुनको मर्मसँग परिचित; कानुनवेत्ता । ~

नियम— ना॰ यो गर्नुहुन्छ योचाहिँ हुँदैन भन्ने नियम; ऐनकानुन वा शास्त्रको नियम । ~ निषेध— ना॰ १. विधि र निषेध; गर्न हुने र नहुने कुराको निर्देश । २. कानुनबारा गरिएको निषेध; विधिको निषेध । ~ परामर्शी— ना॰ सरकारलाई विधि वा कानुनसम्बन्धी सल्लाह दिने पदाधिकारी । ~ पालक— वि॰ विधि वा कानुनको परिपालन गर्ने; कानुनको परिधिभित्र रहने । ~ पूर्वक— वि॰ विधि–विधानअनुसार । ~ भङ्ग— ना॰ विधि वा कानुनको उल्लङ्घन; कानुनको उपेक्षा वा अवहेलना; कानुनविपरीत व्यवहार । ~ मान्य— वि॰ कानुनसम्मत; विधिले दिएको; विधिसम्मत; प्रचलित ऐनकानुनमा बाधा नपर्ने । —

वत्— क्रि॰ वि॰ विधि वा कानुनको परिधिभित्र रहने गरी; विधिपूर्वक; कानुनअनुसार । — वशात्— क्रि॰ वि॰ अकस्मात; संयोगवश; अचानक; भाग्यवश । ~ विधान— ना॰ १. कर्मको फल; भाग्यको लेखा । २. कानुनी व्यवस्था; ऐनकानुन । ३. सबै अङ्ग पुगेको काम–कुरो । ~ विपर्यय— ना॰ १. कर्म वा प्रारब्धले ठगिने काम; दुर्भाग्य; अभाग । २. ऐन–कानुनको विपरीत चालचलन । ~ विहित— वि॰ १. विधि वा नियमअनुकूल गरिएको; नियमले दिएको । २. ऐन–कानुनअनुसार गरिएको । — वेत्ता— वि॰ विधि वा कानुन जान्ने (व्यक्ति) । ~ सचिव— ना॰ विधि वा कानुनका सम्बन्धमा सरकारलाई सल्लाह दिने सरकारी उच्च पदाधिकारी; कानुन–सचिव । ~ स्नातक— वि॰ विधि वा कानुन विषयको स्नातकपरीक्षामा उत्तीर्ण; कानुनवेत्ता । ना॰ २. कानुन जान्ने व्यक्ति ।

विधु— ना॰ [सं॰] १. चन्द्रमा; जून । २. ब्रह्मा । ३. विष्णु । ४. कपूर । ५. वायु ।

विधुर— वि॰ [सं॰] १. स्वास्नी मरेको पुरुष; राँडो । २. दुःख पाएको; कष्टभोगी । ३. आत्तिएको; व्याकुल; विह्वल । ४. विपक्षमा लाग्ने; विरोधी । ~ दर्शन— ना॰ १. डरलाग्दो वा आपत्तिजनक कुरो देखिने काम; भयावह दृश्य । २. अशान्ति । ~ विवाह— ना॰ पत्नी मरेपछि पतिबाट गरिने पुनर्विवाह ।

विधेय— वि॰ [सं॰] १. गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य । २. नियमबारा जानिने; विधिबारा थाहा पाइने । ३. आज्ञा पालन गर्ने; आज्ञापालक । ना॰ ४. गर्नुपर्ने काम; कर्तव्य; कर्म । ५. व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो; वाक्य पूर्ण गराउने पद ।

विधेयक— ना॰ [सं॰] १. व्यवस्थापिका वा विधायिकासभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा; प्रतिनिधिसभामा पेस गरिने ऐनको प्रस्तावित रूप; मस्यौदाकानुन । २. राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप ।

विधेयाविमर्श— ना॰ [सं॰] भन्नुपर्ने कुरो वा मुख्य आशय दबिन जाँदा पर्ने एक साहित्यिक वाक्यदोष ।

विध्य— वि॰ [सं॰] छेड्न लायक; प्वाल पार्न योग्य ।

विध्यनुकूल— वि॰ [सं॰] विधि वा कानुनको दृष्टिबाट कुनै किसिमको त्रुटि नभएको; ऐनकानुनका सबै बुँदाहरू पालन गरिएको ।

विध्वंस— ना॰ [सं॰] १. भयङ्करको नाश; विनाश; छारस्ट; स्वाहा । वि॰ २. भयङ्करसँग नाश भएको; विनष्ट । > विध्वंसक— वि॰ विध्वंस गर्ने; विनाशक । — कारी— वि॰ विध्वंसक । विध्वंसन— नाश गर्ने काम; ठूलो आतङ्क मच्चाउने क्रिया; तहसनहस; विध्वंस । — वाद— ना॰ चारैतिर अशान्ति मच्चाएर राज्यको ऐनकानुनलाई नै खलल पार्ने मत वा सिद्धान्त; विध्वंसकारी क्रियाकलापमा लाग्ने मत । — वादी— वि॰ विध्वंसवादको अनुयायी । > विध्वंसी— वि॰ विध्वंसकारी; भताभुङ्ग पार्ने; विनाशक ।

विनत— वि॰ [सं॰] १. टुप्पाबाट भुईँसम्म लत्रेको; नुहेको; झुकेको । २. विनम्र; विनयी; विनीत ।

विनति— ना॰ [सं॰] १. आदर–भाउसहितको प्रार्थना; निवेदन; बिन्ती । २. आफूलाई परेको पीरमर्काबारेको उजुर । ३. आदरभाउ देखाउने काम; नम्रता । ~ पत्र— ना॰ बिन्तीपत्र; निवेदन ।

विनतोदर— वि॰ [सं॰] १. पेट सुकेको वा बसेको; कुप्रो परेको; कुप्रे । २. बीचमा खाल्डो परेको ।

विनम्र— वि॰ [सं॰] १. ज्यादै नुहेको; धेरै नम्र; विनीत । २. झुकेको; झोलिएको; लच्केको ।

विनय— ना॰ [सं॰] १. नुहेको वा झुकेको भाव; नम्रता । २. सज्जन हुनाको भाव; शिष्टता; भद्रता । ३. प्रार्थना; अनुरोध; बिन्ती । ४. इन्द्रियलाई वश गर्ने पुरुष; जितेन्द्रिय । ५. शासन; नियन्त्रण । — पिटक— ना॰ बौद्ध भिक्षुहरूको नियम र अनुशासनसम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ; त्रिपिटकमध्ये एक । — शील— वि॰ नम्र स्वभाव भएको; सुशील; विनयी । > विनयी— वि॰ विनय भएको; विनयशील; विनम्र ।

विनश्वर— वि॰ [सं॰] १. नाश हुने स्वभावको; नाशशील । २. सधैँ नरहने; अनित्य; क्षणिक । — ता— ना॰ नश्वरको अभाव; विनश्वर हुनाको भाव वा स्थिति; नाश हुने प्रकृति; नश्वरता ।

विनष्ट— वि॰ [सं॰] १. विनाश भएको; नष्ट; विध्वस्त । २. बिग्रेभत्केको; विकृत । ३. मरेको; मृत । ४. गिरेको; भ्रष्ट; पतित ।

विना— ना॰ यो॰ [सं॰] नाम शब्दको अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो— विनाकाम; उद्देश्यविना इ॰); नभईकन; रहित; अभावमा ।

विनायक— ना॰ [सं॰] १. विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश । २. नाइके; मालिक; नायक; नेता । ३. काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक॰ ।

विनाश— ना॰ [सं॰] १. ठूलो बरबादी; सत्यानाश; स्वाहा; विध्वंस । २. बिगार; भताभुङ्ग; तहसनहस । ३. नदेखिने काम; लोप । >

विनाशक— वि॰ १. नाश गर्ने; विध्वंसक । २. दुःख पुथ्याउने; बिगार्ने । — कारी— वि॰ विनाशक । > विनाशी— वि॰ नाश हुने; नश्वर । विनाश्य— वि॰ नाश हुन लागेको; नाश हुन योग्य ।

विनिसृत— वि॰ [सं॰] १. बाहिर गएको; निस्केको । २. भागेको; पलायित ।

विनिपात— ना॰ [सं॰] १. आकाशबाट पृथ्वीतर्फ झर्ने काम; गिराइ; पतन । २. बरबादी; विध्वंस; सत्यानाश । ३. आपत्ति; सङ्कट । ४. मृत्यु; अवसान । ५. कष्ट; पीडा; दुःख । ६. अपमान; हेला; घृणा । ७. नरक । > विनिपातक— वि॰ १. नाश गर्ने; विध्वंसकारी । २. अपमान गर्ने । विनिपातन— ना॰ १. गर्भ तुहाउने काम । २. खसाल्ने काम । विनिपाती— वि॰ विनाशकारी ।

विनिमय— ना॰ [सं॰] १. एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; अदलाबदली । २. कुनै एक देशको मुद्राबाट अर्को देशको मुद्रा साट्ने काम; सटही । ३. हेरफेर; परिवर्तन । ४. बन्धक राख्ने काम । ~ अधिकोष— ना॰ कुनै एक विदेशी मुद्राको बदलामा अर्को देशको मुद्रा साटेर दिने वा बाहिर पठाउने बैङ्क । ~ व्यवस्था— ना॰ मुद्रासटही गर्ने प्रबन्ध । ~ हुलाक— ना॰ एक अर्को देश भई हुलाकवस्तु लैजाने व्यवस्था गरिदिने हुलाकघर ।

विनिमेय— वि॰ [सं॰] १. विनिमय वा साटफेर गर्न सकिने । २. दरपीठ वा सुम्पुवा गरी हस्तान्तरण गर्नसकिने । ~ पत्र— ना॰ १. विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजात । २. दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र ।

विनियम— ना॰ [सं॰] मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम; कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको उद्देश्यअनुक¨ल तयार गरिएको नियम । श्र विनियमन— ना॰ ऐनको व्याख्याका रूपमा नियम बनाई कार्यप्रणालीलाई छिटोछरितो र सुविधायुक्त बनाउने काम । २. कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम; नियन्त्रण । ३. वाहनको गति आदिलाई आवश्यकताअनुसार बढाउने, घटाउने वा ठीक पार्ने काम ।

विनियुक्त— वि॰ [सं॰] काममा खटाइएको; विनियोजित ।

विनियोग— ना॰ [सं॰] १. कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग । २. कहीँ पठाउने काम; प्रेषण । ३. छाड्ने काम; परित्याग । ४. छुट्ट्याउने वा अलग्याउने काम; पृथक्करण । ५. यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि, देवता र उद्देश्य बताई गरिने सङ्कल्प । ~ विधेयक— ना॰ राजस्वको के–कति अंश कुनकुन शीर्षकमा खर्च गर्ने भन्ने विषय रहेको, विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक वा प्रारूप; विनियोजन विधेयक ।

विनियोजक— वि॰ [सं॰] १. काममा खटाउने; प्रयोग वा उपयोग गर्ने । २. कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने; लगानीकर्ता ।

विनियोजन— ना॰ [सं॰] १. काममा खटाउने काम; उपयोग; प्रयोग । २. कुनै काममा पुँजी लगाउने काम; राजस्वको परिचालन । ~ विधेयक— ना॰ विधायिकासभामा पारित गर्नाका लागि प्रस्तुत गरिने, कुन शीर्षकमा केकति राजस्व खर्च गर्ने भन्ने आर्थिक मस्यौदा; विधायिकामा प्रस्तुत गरिने आर्थिक विधेयक । ~ शीर्षक— ना॰ मन्त्रालय, विभाग आदिमा गरिने तलब, भत्ता, प्रकाशन, इन्धन, घरभाडा आदिको खर्चगत विभाजन ।

विनियोजित— वि॰ [सं॰] १. विनियोजन गरिएको; काममा खटाइएको; प्रयुक्त; नियुक्त । २. चढाइएको; अर्पण गरिएको; अर्पित ।

विनियोज्य— वि॰ [सं॰] काममा लगाउन लायक; उपयोग गर्न योग्य ।

विनिर्गत— वि॰ [सं॰] १. बाहिर गएको; निस्केको । २. बन्धनबाट छुटेको; मुक्त ।

विनिर्गम— ना॰ [सं॰] १. बाहिर जाने वा निस्कने काम; बाहिरिने क्रिया ।

विनिर्मुक्त— वि॰ [सं॰] १. बन्धनबाट छुटकारा पाएको; मुक्त । २. निस्केको; फुत्केको ।

विनिवारण— ना॰ [सं॰] कडाइका साथ रोक्ने काम; रोकावट; प्रतिबन्ध ।

विनीत— वि॰ [सं॰] १. ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी । २. सज्जन; सुशील; भद्र; शिष्ट । ३. लगिएको; पुथ्याइएको । ४. टुप्पोदेखि नुहेको; झुकेको । ५. इन्द्रिय जित्ने; जितेन्द्रिय; संयमी । ६. मिल्काइएको; हटाइएको ।

विनोद— ना॰ [सं॰] १. मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन । २. खेलकुद; क्रीडा । ३. खेलाँची; ख्यालठट्टा; परिहास । > विनोदी— वि॰ ख्यालठट्टा गर्ने स्वभावको; लहडबाज ।

विन्दु— ना॰ [सं॰] १. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु । वि॰ २. चलाक; बुद्धिमान् । ३. उदार; दयालु । — पथ— ना॰ एउटा चलायमान विन्दुले लम्बाइ वा चौडाइतर्फ लिने बाटो; बिन्दु तन्काउने मार्ग ।

विन्ध्य— ना॰ [सं॰] भारतको मध्यभागमा पर्ने, पूर्वपश्चिम भएर रहेको एक प्रसिद्ध पर्वत; विन्ध्याचल । — वासिनी— ना॰ १. विन्ध्याचल पर्वतकी अधिष्ठात्री देवी । २. पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत पोखरामा रहेकी एक प्रसिद्ध देवी; तिनै देवीको मन्दिर । (उहिले राजाबाट कास्कीकोटमा स्थापना गर्न विन्ध्याचलबाट ल्याइएकी यी देवीलाई पोखरामा बिसाइएको र त्यहाँबाट उचाल्न नसकी बिसाइएकै ठाउँमा स्थापित गरिएको हो भन्ने किंवदन्ती छ) । ~ विन्ध्याचल— ना॰ मध्य भारतमा रहेको एक प्रसिद्ध पर्वत; विन्ध्यपर्वत ।

विन्यस्त— वि॰ [सं॰] १. राखिएको; स्थापना गरिएको । २. सुरक्षाका लिाग पछि फिर्ता हुने गरी दिइएको (नासो, धरौटी आदि॰ ।

विन्यास— ना॰ [सं॰] १. राख्ने काम; स्थापना । २. जड्ने वा सजाउने काम; जडान । ३. लहरै मिलाएर राख्ने काम; सुगठित स्थापना । ४. समूह; सङ्कलन; सङ्ग्रह । ५. आधार; आश्रय । ६. नासो; धरौटी; धितो ।

विपक्ष— ना॰ [सं॰] १. कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता; विरोधी पक्षग् प्रतिक¨ल पक्ष । २. शत्रु; दुस्मन; वैरी । ३. वादी वा प्रतिवादी; झगडिया । ४. कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम; निष्पक्षता । वि॰ ५. उल्टो; प्रतिक¨ल; विपरीत । ६. पक्षपात नभएको; निष्पक्ष । ७. पखेटा नभएको । > विपक्षी— वि॰ १. विरुद्ध पक्षको; प्रतिक¨ल पक्षमा लाग्ने; विरोधी । ना॰ २. शत्रु; वैरी । ३. प्रतिबन्बी । ४. प्रतिवादी ।

विपज्जनक— ना॰ [सं॰] विपत्तिमा पार्ने; सङ्कट पैदा गर्ने ।

विपज्जाल— ना॰ [सं॰] विपत्तिको जालो; दुःख–कष्टको घर; आपत्तिको समूह ।

विपञ्चिका/विपञ्ची— ना॰ [सं॰] १. वीणा; सितार; गितार । २. खेल; क्रीडा ।

विपण— ना॰ [सं॰] खुद्रा वा चानचुने व्यापार । > विपणी— ना॰ १. विशेष अवसरमा अथवा साप्ताहिक, वार्षिक आदि रूपले लाग्ने सामयिक बजार; हाट; बजार । २. वाणिज्य; उद्योगव्यवसाय; व्यापार । ३. बेच्न राखिएको मालसामान ।

विपत्— ना॰ [सं॰] आपत्; आपत्ति; कष्ट । — कर— वि॰ आपत्ति पैदा गर्ने; कष्ट दिने; कष्टप्रद । ~ काल— ना॰ विपत् परेको स्थिति; सङ्कटकाल ।

विपत्ति— ना॰ [सं॰] १. विपत्; बिचल्ली; सङ्कट; आपत्ति रू२. यातना; पीडा; कष्ट; दुःख । ३. अप्ठेरो; कठिनाइ; मुस्किल । ४. ठूलो हानिनोक्सानी पुथ्याउने घटना; दुर्घटना । ५. बरबादी; सत्यानाश । ६. निधन; मृत्यु । — जनक— वि॰ विपत्ति पैदा गर्ने; विपत्कर ।

विपत्र— ना॰ [सं॰] १. बैङ्क वा महाजन आदिबाट तोकिएअनुसारको रकम फलानो मितिसम्म चुक्ता गरिदिउँला भन्ने भाका लेखिएको पत्र; हुन्डी । २. माग गरिएको मालको मूल्य चुक्ता गर्नेबारे दुवै पक्षबाट मान्य हुने गरी लेखिएको सर्तनामा; विनिमयपत्र ।

विपथ— ना॰ [सं॰] १. हिँड्न मुस्किल पर्ने बाटो; खराब बाटो; कुमार्ग । २. प्रतिक¨ल उद्देश्य; नसुहाउँदो काम । ३. भिन्न मार्ग; अलग बाटो । — गामी— वि॰ विपथमा लागेको; कुमार्गमा हिँड्ने ।

विपद्— ना॰ [सं॰] विपत् । > विपदा— ना॰ विपत्ति । ~ ग्रस्त— वि॰ आपद्विपद्मा फसेको; सङ्कटग्रस्त ।

विपन्न— वि॰ [सं॰] १. विपत्तिमा परेको; सङ्कटग्रस्त । २. नाश भएको; नष्ट ।

विपरिधान— ना॰ [सं॰] सेना, प्रहरी आदिले पहिरिने एकनासको पोसाक; वर्ग वा व्यवसायसुहाउँदो पहिरन (युनिफर्म॰ ।

विपरीत— वि॰ [सं॰] १. पूरै किसिमले नमिल्दो; उल्टो; बिब्ल्याँटो । २. आफ्नो अनुक¨ल नभएको; प्रतिक¨ल । ३. विरुद्ध; खिलाफ । ४. नियमसित नमिल्दो खालको; नियमविरुद्ध । ५. असत्य; मिथ्या; झूटो । — तः— क्रि॰ वि॰ विपरीत किसिमले; उल्टो चालसँग । — ता— ना॰ विपरीत हुनाको भाव वा अवस्था; उल्टोपन । > विपरीतार्थ— ना॰ १. उल्टो अर्थ; विरुद्ध अर्थ । वि॰ २. उल्टो वा विरुद्ध अर्थ लाग्ने । विपरीतार्थक— वि॰ उल्टो अर्थ बुझाउने ।

विपर्यय— ना॰ [सं॰] १. तलमाथि वा अगाडिपछाडि परेको अवस्था; क्रमको अभाव; व्यतिक्रम । २. सिलसिला टुटेको रूप; क्रम भत्केको अवस्था । ३. भ्रम; भ्रान्ति । ४. गल्ती; भूल । ५. उल्टोपन; प्रतिक¨लता । ६. साटफेर; विनिमय; अदलाबदली । ७. भेष वा पोसाकको परिवर्तन । ८. अभाव; शून्यता । (. हानि; नोक्सान । १०. विनाश; खतम । ११. विपत्ति । १२. बेष; रिस । १३. कुनै शब्दमा वर्ण अगाडिपछाडि पर्ने स्थिति (जस्तो पिशाच > पिचास आदि॰ ।

विपर्यस्त— वि॰ [सं॰] १. बदलिएको; हेरफेर भएको; परिवर्तित । २. उल्टो; विपरीत । ३. सिलसिला बिग्रेको; क्रमभङ्ग भएको । ४. भ्रान्ति गराउने; सन्देहास्पद ।

विपर्याय— ना॰ [सं॰] कुनै पनि शब्दको विरोधी वा उल्टो अर्थ बुझाउने शब्द; विपर्यायवाची शब्द । (जस्तो— तल=माथि, राम्रो=नराम्रो; बाहिर=भित्र आदि॰ ।

विपर्यास— ना॰ [सं॰] १. कुनै एक व्यक्ति वा वस्तुको बदलामा अर्को रहने काम; हेरफेर; अदलीबदली । २. प्रतिक¨लता; विरुद्धता; उल्टोपन । ३. भ्रम; भ्रान्ति; भूल ।

विपल/विपला— ना॰ [सं॰] एक पलको साठी भागको एक भाग; पलको साठीयौँ भाग; समयको ज्यादै सूक्ष्म एकाइ । विपश्वी बुद्ध— ना॰ [सं॰] पौराणिक जनश्रुतिअनुसार सत्ययुगमा नेपाल आउने एक बुद्ध ।

विपिन— ना॰ [सं॰] १. ठूलासाना रूखलहराहरू भएको ठाउँ; जङ्गल; वन । २. बगैँचा; उपवन ।

विपुल— वि॰ [सं॰] १. बडेमाको; ज्यादै ठूलो । २. धेरै; प्रचुर; प्रशस्त । ३. फैलिएको; विस्तृत; विशाल । ४. ज्यादै गहन; अगाध; गम्भीर । — ता/त्व— ना॰ विपुल हुनाको भाव वा स्थिति । श्र विपुला— ना॰ १. धर्ती; पृथ्वी । २. आर्या छन्दको एक भेद । वि॰ ३. 'विपुल' शब्दको स्त्रीलिङ्गी रूप ।

विप्र— ना॰ [सं॰] १. बिजाति; ब्राह्मण । २. मेधावी पुरुष; जेहनदार व्यक्ति । ३. शुभचिन्तक साथी; हितैषी मित्र । ४. पीपलको रूख । ५. शिरीषको रूख ।

विप्रकर्ष— ना॰ [सं॰] १. तान्ने वा घिच्च्याउने काम; अपकर्षण । २. विशेष खालको श्रेष्ठता; उम्दापन । ३. अन्तर; फरक । ४. स्वरपछिको संयुक्त व्यञ्जन छुट्टिई उत्तरवर्ती स्वरको आगम भएर अघिल्लो व्यञ्जनमा जोडिने काम । (जस्तो— अर्क > अरक, फर्क > फरक, पृथ्वी > पृथिवी आदि॰

विप्रतिपन्न— वि॰ [सं॰] १. परस्पर विरुद्ध; असहमत । २. व्याकुल; हैरान । ३. विवादग्रस्त ।

विप्रलब्ध— वि॰ [सं॰] १. धोका खाएको; ठगिएको; वञ्चित । २. वियोगले छटपटाएको; वियोगी; विरही । > विप्रलब्धा— वि॰ १. विप्रलब्ध शब्दको स्त्रीलिङ्गी रूप । २. ठगिएकी; वञ्चिता । ३. वियोगिनी; विरहिणी । ना॰ ४. सङ्केतित समय र स्थानमा प्रियजनको भेट नपाई छटपटाएकी नायिका; विरहिणी ।

विप्रलम्भ— ना॰ [सं॰] १. वियोग; विछोड (प्रायः प्रेमी र प्रेमिकाका बीच) । २. छलकपट; धोका । ३. कलह; झगडा; भनावैरी । ~ शृङ्गार— ना॰ नायकनायिकाको विरहको वर्णन रहेको शृङ्गार रसको एक भेद; वियोगशृङ्गार ।

विप्रलाप— ना॰ [सं॰] १. मतलब नभएको कुरो; बकवाद; नचाहिँदो गन्थन । २. बरबराउने काम; प्रलाप ।

विप्रक्षेपण— ना॰ [सं॰] चारैतिर रेखदेख गर्ने काम; चलाकीपूर्ण हेराइ ।

विप्रेषण— ना॰ [सं॰] १. कुनै व्यक्तिका नाउँमा सञ्चारसाधनबारा रुपियाँपैसा र यस्तै अरू मालसामान पठाउने काम । २. टाढा पठाइने वस्तु वा रुपियाँपैसा ।

विप्लव— ना॰ [सं॰] १. ठूलो आन्दोलन; विद्रोह; उग्र क्रान्ति; भयङ्कर विरोध; दङ्गा । २. अशान्ति; उत्पात; उपद्रव । ३. ठूलो परिवर्तन; उथल–पुथल । ४. सङ्कट; आपत्ति; विपत्ति । ५. महामारी; सर्वनाश; स्वाहा; विध्वंस । ६. पानीमाथि उत्रने काम; पौडाइ । ७. विनाशकारी वर्षा; बाढी । — कारी— वि॰ आन्दोलन मच्चाउने; उपद्रव गर्ने; क्रान्तिकारी । > विप्लवी— वि॰ विप्लवकारी ।

विफल— वि॰ [सं॰] १. फल नलागेको; फलहीन; निष्फल । २. काम नलाग्ने; व्यर्थ; निरर्थक; निष्प्रयोजन । ३. काम पूरा नभएको; असफल । ना॰ ४. फल नलाग्ने रूख; फल नभएको वा झरेको रूख । — ता— ना॰ १. विफल हुनाको भाव वा अवस्था; असफलता । २. सुखद परिणामको अभाव ।

विबद्ध— वि॰ [सं॰] १. डोरी आदिले बेसरी कसेर बाँधेको; मस्काएको । २.कब्जियत भएको; गोटा परेको ।

विबुध— ना॰ [सं॰] १. पण्डित; विबान् रू२. चतुर व्यक्ति; बुद्धिमान् । ३. देवता । ४.चन्द्रमा ।

विभक्त— वि॰ [सं॰] १. अंशबन्डा भएको; दाजुभाइ छुट्टिएको । २. बाँडिएको; भाग लगाइएको; विभाजित । ३. अलग पारिएको; छुट्टयाइएको । ४. पृथक् गरिएको वा भएको । ५.एक्लो पारिएको ।

विभक्ति— ना॰ [सं॰] १. अंशभाग; बाँडचुँड; विभाजन; विभाग । २. अलग्याउने काम; पृथक्करण । ३. अंश; भाग; हिस्सा । ४. व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय ।

विभव— ना॰ [सं॰] १. चल–अचल सम्पत्ति; ऐश्वर्य; धन । २. ठूलो बन्ने भाव; महिमा । ३. सामर्थ्य; शक्ति; पराक्रम । ४. ऐसआरामको साधन; भोगविलासको वस्तु । ५. साठी संवत्सरमध्ये एक संवत्सर । — शाली— वि॰ ऐश्वर्यवान्; सम्पन्न ।

विभा— ना॰ [सं॰] १. कान्ति; दीप्ति; प्रभा; चमक । २. किरण; प्रकाश; तेज । ३. सौन्दर्य । — कर— ना॰ १. सूर्य; घाम । २. आगो; अग्नि ।

विभाग— ना॰ [सं॰] १. एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन । २. अंश; भाग; हिस्सा । ३. पुस्तकको उपशीर्षक वा प्रकरण; अध्याय; परिच्छेद । ४. छुट्ट्याउने वा अलगअलग पार्ने काम; पृथक्करण । ५. शिक्षणसंस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र (जस्तो— नेपाली विभाग; अङ्ग्रेजी विभाग आदि॰; मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (जस्तो— शिक्षा विभाग; सूचना–विभाग इ॰) । > विभागाध्यक्ष— ना॰ कुनै विभागको प्रमुख अधिकारी; विभागीय प्रमुख ।

विभागीय— वि॰ [सं॰] विभागको; विभागसम्बन्धी । ~ अधिकृत— ना॰ कुनै विभागको प्रशासक वा हाकिम । ~ आदेश— ना॰ कुनै कामकारबाईका विषयमा विभागले दिएको आदेश । ~

कारबाई— ना॰ १. कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई । २. सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो । ~ प्रमुख— ना॰ कुनै विभागको अध्यक्ष वा प्रधान अधिकारी; विभागाध्यक्ष ।

विभाजक— वि॰ [सं॰] १. बाँडफाँड गर्ने; बाँड्ने वा विभाजन गर्ने । २. टुक्रा पार्ने; अलगअलग गराउने । ३. फुटाउने; बेमेल गराउने ।

विभाजन— वि॰ [सं॰] १. बाँड्ने काम; भाग लाग्ने काम; बाँडचुँड । २. विभागविभागको कार्य निर्धारण गर्ने काम । ~ घण्टी— ना॰ विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे विवाद सकिएपछि सभाको मत जान्न भिन्नभिन्न समूहमा विभक्त आआफ्नो स्थान ग्रहण गर्न सूचना दिने घण्टी ।

विभाजित— वि॰ [सं॰] १. विभाजन गरिएको; बाँडिएको; विभक्त । २. अलग्याइएको; छुट्ट्याइएको ।

विभाज्य— वि॰ [सं॰] १. बाँडफाँड गर्न सुहाउँदो; भाग लगाउन योग्य । २. अलग्याउनुपर्ने; छुट्ट्याउनुपर्ने ।

विभाव— ना॰ [सं॰] १. कारण; निदान । २. रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको उद्दीपक वा आधारका रूपमा रहेका संवेदनशील भाव; रसपरिपाकमा कारणकोटिका भाव (आलम्बनविभाव वा उद्दीपनविभाव॰ ।

विभावना— ना॰ [सं॰] १. अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला; कल्पना; सोचाइ । २. आशय; विवेक; विचार । ३. वादविवाद; पक्षविपक्षबारे उठेको तर्क । ४. मनन; चिन्तन । ५. कारणविना पनि कार्यको वर्णन गरिने एक अर्थालङ्कार ।

विभावरी— ना॰ [सं॰] १. रात्रि, रात । २. तारा चम्केको रात । ३. वेश्या; कुलटा । ४. मुखाले स्त्री; कुटिल नारी ।

विभावित— वि॰ [सं॰] १. देखाइएको; प्रकट गरिएको; व्यक्त । २. जानेबुझेको; थाहा पाएको; विज्ञात । ३. सोचिएको ।

विभाषा— ना॰ [सं॰] १. कुनै दुई पक्षमध्ये एक; विकल्प; अथवा । २. छान्ने वा रोज्ने काम; छनोट; चयन । ३. अतिरिक्त भाषा; एक प्रकारको प्राकृत भाषा । > विभाषी— वि॰ बेग्लै मातृभाषा भएको; अर्कै भाषा बोल्ने; विमातृभाषी ।

विभास— ना॰ [सं॰] १. चमक; प्रकाश; कान्ति । २. बिहानीपख गाइने एक प्रार्थनागीत; प्रभाती गीत । ३. मारुनीनाचको अन्तर्गत गाइने एकथरी राग ।

विभिन्न— वि॰ [सं॰] १. किसिमकिसिमको; धेरै प्रकारको; थरीथरी । २. अलग; भिन्न; पृथक् । ३. मिसिएको; मिसौटो; मिश्रित । — ता— ना॰ विभिन्न हुनाको भाव वा अवस्था; अलग–अलग हुनाको स्थिति ।

विभीषक— वि॰ [सं॰] भयानक; डरलाग्दो ।

विभीषण— ना॰ १. रामायणप्रसिद्ध रावणको कान्छो भाइ । वि॰ २. डर वा त्रास पैदा गर्ने; भयङ्कर ।

विभीषिका— ना॰ [सं॰] १. ठूलो डरत्रास उत्पन्न गर्ने वस्तु; डर वा भय पैदा गराउने कुरो । २. डर; त्रास; भय ।

विभु— वि॰ [सं॰] १. चारैतिर फैलिएको; व्यापक; सर्वव्यापी । २. ज्यादै ठूलो; महान् । ३. समर्थ; शक्तिशाली । ४. अविनाशी; नित्य । ५. अधिपति; मालिक । ना॰ ६. जीवात्मा । ७. ईश्वर; देवता । ८. आकाश । (. समय; काल । १०. महादेव; शिव । ११. विष्णु । > विभुता— ना॰ विभु हुनाको भाव, गुण वा अवस्था; प्रभुता; स्वामित्व ।

विभूत— ना॰ [सं॰] हवन वा यज्ञकुण्डको खरानी; विभूति ।

विभूति— ना॰ [सं॰] १. पुगीसरीको अवस्था; ऐश्वर्य; वैभव । २. धनदौलत; सम्पत्ति । ३. ईश्वरीय शक्ति; अलौकिक सामर्थ्य । ४. अभ्युदय; उन्नति; प्रगति । ५. देशका लागि उल्लेखनीय योगदान दिने व्यक्ति ६. यज्ञकुण्डको खरानी; बिगुत । — पथ— ना॰ महापुरुषहरू हिँडेको बाटो; देशका अमर विभूतिहरूले निर्देश गरेको मार्ग ।

विभूषण— ना॰ [सं॰] १. विशेष प्रकारको आभूषण; हीरा, सुन, चाँदी आदिका बहुमूल्य गहना । २. कुनै महत्त्वपूर्ण पौरख देखाएबापत दिइने पदक, तक्मा आदि । ३. सुन्दरता; सौन्दर्य । ४. सजाउने काम; शृङ्गार ।

विभूषित— वि॰ [सं॰] १. सजाइएको; सिँगारिएको; अलङ्कृत । २. सुशोभित; शोभायमान । ३. गुणले युक्त ।

विभेदक— वि॰ भिन्न तुल्याउने; छुट्ट्याउने । ~ अभिलक्षण— उत्पादक वर्ण–विज्ञानअनुसार मुख्यवर्गीय, विवर, स्रोत, उच्चारण–प्रक्रियागत आदि विशेषताका आधारमा भाषाको एउटा ध्वनि वा वर्णबाट अर्को ध्वनि वा वर्ण छुट्ट्याउने लक्षणहरू; डिस्टिङ्क्टिभ फिचर ।

विभेदना— ना॰ [सं॰] १. वस्तुहरूका बीच आपसमा देखिने नमिल्दा कुरा; फरक; अन्तर; भेद । २. अनेक किसिम; धेरै प्रकार; थरी– थरी । ३. छेड्ने वा रोप्ने काम; भेदन । ४. टुक्रा–टुक्रा पार्ने काम; विखण्डन । ५. मतभेद; फूट । > विभेदीकरण— ना॰ १. विभेद गर्ने काम । २. पक्षपात ।

विभोर— वि॰ [हि॰] १. मोहित; लोभिएको । २. एकचित्त भई लागेको; तल्लीन । ३. विह्वल ।

विभ्रंश— ना॰ [सं॰] १. आफ्नो जात, संस्कार अथवा समाजबाट खस्ने काम; पतन; अवनति । २. विनाश; क्षय । — घाटी— ना॰ पृथ्वीको हलचलले गर्दा भासिएको निम्न भूमि । > विभ्रंशित— वि॰ १. पतन भएको; खसेको । २. नष्ट ।

विभ्रम— ना॰ [सं॰] १. अन्योलको स्थिति; भ्रम; भ्रान्ति । २. सन्देह; धुकचुक; दुबिधा । ३. यताउति डुल्ने काम; घुमघाम; भ्रमण । ४. नारीहरूले हडबड वा हतारमा अव्यवस्थित तरिकाले सिँगार गर्दा हुने एक हाव । > विभ्रमात्मक— वि॰ विभ्रम उत्पन्न हुने; भ्रम पैदा गराउने ।

विभ्राट्— वि॰ [सं॰] चम्किलो; साह्रै तेजिलो; अति चहकदार ।

विभ्रान्त— वि॰ [सं॰] १. भ्रान्तिमा परेको; भ्रान्त । २. घुमेको । ३. व्याकुल; विह्वल । > विभ्रान्ति— ना॰ १. अलमलिएको स्थिति; भ्रम; भ्रान्ति । २. घुम्ने काम; चक्कर; भ्रमण । ३. खिन्नता; व्याकुलता; दिक्दारी ।

विमत— वि॰ [सं॰] १. भिन्न मतको; विरुद्ध मत वा विचारमा लाग्ने; उल्टो विचारको । २. कुनै एक मत वा विचारसँग नमिल्ने; सहमति नभएको; असहमत । ३. हेला गरिएको; उपेक्षित; तिरस्कृत । ना॰ ४. उल्टो विचार; विपरीत मत; विरोधी भावना । श्र विमति— वि॰ १. बुद्धि भ्रष्ट भएको; मूर्ख; अशिष्ट । २. उल्टो विचारको; विपरीत मतको । ना॰ ३. बेमन्जुरी; नामन्जुरी; असहमति । ४. मतभिन्नता; मतभेद । ५. अज्ञानता; कुबुद्धि ।

विमत्सर— वि॰ [सं॰] मत्सर वा बेष नभएको; ईर्ष्याहीन ।

विमद— वि॰ [सं॰] १. उत्ताउलो नभएको; मदहीन । २. बेखुस; अप्रसन्न ।

विमनस्क— वि॰ [सं॰] १. मनमा शान्ति नभएको; दिक्दार; खिन्न; उदास । २. आत्तिएको; व्याकुल; हडबडाएको । ३. अन्तै मन लगाउने; अन्यमनस्क ।

विमना— वि॰ [सं॰] १. मनमा बेचैनी भएको; दिक्दार; उदास; खिन्न । २. व्याकुल; विह्वल । ३. विरोधी मतको; उल्टो विचारको रू

विमर्द/विमर्दन— ना॰ [सं॰] १. रगड्ने वा घोट्ने काम; विदलन ।

 २. लडाईँ; सङ्घर्ष; युद्ध । ३. बरबादी; सत्यानाश ।

विमर्श— ना॰ [सं॰] १. कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी । २. कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार । ३. सरसल्लाह; परामर्श । ४. अवलोकन; समीक्षा; आलोचना । ५. बहस; तर्क; वादविवाद । ६. नाटकका पाँच सन्धि–मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहारमध्ये एक सन्धि । श्र विमर्शन— ना॰ १. खोज; अन्वेषण । २. तर्कवितर्क; वादविवाद । ३. समीक्षा । विमर्शित— वि॰ विमर्श गरिएको ।

विमर्ष— ना॰ [सं॰] १. विवेचना; विचार । २. अधैर्य; असहिष्णुता । ३. असन्तोष; अतृप्ति । ४. आलोचन; समीक्षा । ५. नाटकका पाँच सन्धिमध्ये एक । (यसमा खेद, अपवाद, सङ्केत, व्यवसाय, द्रव, द्युति, शक्ति, प्रसङ्ग, प्रतिषेध, विरोध, प्ररोचना, आदान र छादन हुन्छन्॰ ।

विमल— वि॰ [सं॰] १. फोहरमैला नभएको; निर्मल । २. स्वच्छ; सफा; कञ्चन । ३. विशुद्ध; पवित्र । ४. दाग नभएको; निष्कलङ्क; निर्दोष । ५. राम्रो; सुन्दर । ना॰ ६. चाँदीको मुलम्मा । ७. अभ्रख ।

विमला— ना॰ [सं॰] १. बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि; त्रयोदश भूमिको दोस्रो भूमि । २. सरस्वती । वि॰ ३. मल नभएकी ।

विम्ब— ना॰हे॰ बिम्ब । > विम्बित— वि॰ बिम्बित ।

विमाता— ना॰ [सं॰] सौतेनी आमा; अर्की आमा ।

विमातृ— ना॰ [सं॰] विमाता । — भाषी— वि॰ आफ्नो मातृभाषाबाहेक कुनै अर्को भाषाको व्यवहार गर्ने; अन्य भाषा बोल्ने; विभाषी ।

विमान— ना॰ [सं॰] १. आकाशमार्गबाट जाने सवारी; व्योमयान; हवाईजहाज; वायुयान । २. मुर्दा बोक्ने खट; अर्थी । ३. साततले दरबार; धेरै तला भएको महल । ४. अपमान; हेला; अनादर । ~ अपहरण— ना॰ कुनै प्रतिकारात्मक भावना वा ठूलो मागको पूर्तिका निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुक¨ल परेको विमानस्थलमा सो जहाज उतार्न लगाउने काम; विमानलाई अपहरण गर्ने काम । ~ घाट— ना॰ हवाईजहाज बस्न र उड्न मिल्ने गरी बनाइएको ठाउँ; विमानस्थल । ~ झ्याल— सानो झ्याल; सन्झ्याल । ~ परिचारिका— ना॰ हवाईजहाजका यात्रीहरूको रेखदेख गर्ने नारी । — भेदी— वि॰ उडिरहेको विमानलाई खसाल्न सक्ने (अस्त्र, तोप आदि) । — स्थल/स्थान— ना॰ हवाईजहाज उडाउने र बसाउने ठाउँ; विमानघाट; हवाईमैदान ।

विमानित— वि॰ [सं॰] मानहानि गरिएको; हेला गरिएको; अपमानित; उपेक्षित ।

विमार्ग— ना॰ [सं॰] १. खराब बाटो; कुमार्ग; अबाटो ।

विमार्जन— ना॰ [सं॰] १. धुने वा पखाल्ने काम; सफा गर्ने काम । २. पवित्र पार्ने काम; विशोधन । ३. बढार्ने काम ।

विमुक्त— वि॰ [सं॰] १. राम्रोसँग मुक्त भएको; निर्मुक्त । २. स्वेच्छाचारी; स्वतन्त्र; स्वच्छन्द । ३. छाडिएको; परित्यक्त । ४. फ्याँकिएको; मिल्किएको । > विमुक्ति— ना॰ १. छुटकारा; कैदबाट मुक्ति; रिहाइ । २. जीवात्माले सांसारिक बन्धनबाट छुटकारा पाउने काम; निर्वाण; मुक्ति; मोक्ष ।

विमुख— वि॰ [सं॰] १. विपरीत दिशातर्फ मुख भएको; पछिल्तिर मुख मोडेको; पराङ्मुख । २. निराश; हताश । ३. उदासीन; विरक्त । ४. उल्टो; प्रतिक¨ल । ५. बेखुस; अप्रसन्न । ६. मुख नभएको ।

विमुग्ध— वि॰ [सं॰] १. ज्यादै मोहित; लट्ठ । २. भ्रममा परेको; भ्रान्त । ३. आत्तिएको; अतालिएको । ४. केही नजान्ने; मूढ ।

विमुद्रीकरण— ना॰ [सं॰] मुद्राको वैधता खतम गर्ने काम; विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम ।

विमुद्रीकृत— वि॰ [सं॰] सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको; खोटो तुल्याइएको ।

विमूढ— वि॰ [सं॰] १. मोहमा फसेको; ज्यादै मोहित । २. मन्द बुद्धि भएको; अबुझ; मूर्ख ।

विमोक्ष— ना॰ [सं॰] सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम; मोक्ष; मुक्ति । > विमोक्षण— ना॰ १. मोक्ष; मुक्ति । २. अस्त्र आदि छाड्ने काम । ३. त्याग । ४. चरा आदिले फुल पार्ने काम ।

विमोचन— ना॰ [सं॰] १. बन्धनबाट छुटकारा पाउने काम; रिहाई । २. हटाउने काम; अपसारण । ३. बाहिर पठाउने काम; निकाल्ने काम । ४. पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण; लोकार्पण ।

विमोचित— वि॰ [सं॰] विमोचन गरिएको; लोकार्पित ।

विमोहक— वि॰ [सं॰] १. मोहित पार्ने; लट्ठ्याउने । २. भ्रममा पार्ने; छल्ने ।

विमोहन— ना॰ [सं॰] १. मोहित पार्ने काम; लट्ठ्याउने काम । २. मोहिनी; टुना; जादु । ३. सुद्धी वा होस गुम हुने काम । ४. भ्रम; भ्रान्ति; मतिभ्रम । ५. मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग ।

विमोहित— वि॰ [सं॰] १. लट्ठिएको; लहसिएको; मुग्ध । २. टुनामुनाले वश गरिएको ; मोहिनी लाइएको । ३. भ्रममा परेको; विभ्रान्त ।

विम्ब— ना॰ [सं॰] हे॰ बिम्ब ।

वियुक्त— वि॰ [सं॰] १. अलग भएको; छुट्ट्याइएको । २. इष्टजनबाट बिछोड भएको; वियोग भएको । ३. नभएको; रहित; हीन ।

वियोग— ना॰ [सं॰] १. अलगिने वा छुट्टिने काम; अलग्ग्याइ; बेग्ल्याइ । २. इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड; छुट्टिम । ३. बिछोडको वेदना; विरह । ४. एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम; घटाउ । ५. फरक; अन्तर । ~ शृङ्गार— ना॰ विप्रलम्भ–शृङ्गार । श्र वियोगात्मक— वि॰ १. बिछोड हुने वा गराउने । २. नजोडिने । ३. वियोगसम्बन्धी । वियोगान्त— वि॰ भय र त्रासको परिपाक हुँदै अन्तमा वियोग, शोक, मृत्यु आदि भएको (नाटक, उपन्यास, कथा आदि॰; दुखान्त ।

वियोगिनी— ना॰ [सं॰] १. प्रेमीको बिछोडले छटपटाएकी नायिका; विरहिणी । २. वियोगीको स्त्रीरूप । ३. विषम पाउमा क्रमशः दुई सगण, एक जगण र अन्तमा गुरु हुने, सम पाउमा क्रमशः सगण, भगण, रगण र लघु एवं गुरु हुने एक वार्णिक छन्द ।

वियोगी— ना॰ [सं॰] १. प्रेमिकासँग बिछोड भएको प्रेमी; विरही नायक । २. चखेवा । वि॰ ३. छुट्टिएको; पृथक् ।

वियोजक— वि॰ [सं॰] १. वियोग गराउने; छुट्ट्याउने; अलग पार्ने । २. गणितमा अन्तर निकाल्ने ।

वियोजन— ना॰ [सं॰] १. एकअर्कालाई अलग्याउने वा छुट्ट्याउने काम । २. दुई सङ्ख्याका बीच अन्तर निकाल्ने काम; घटाउने काम ।

वियोजित— वि॰ [सं॰] वियोजन गराइएको; छुट्ट्याइएको ।

विरक्त— वि॰ [सं॰] २. सांसारिक मायामोहदेखि अलग भएको; उदासीन; वैरागी । २. कुनै विषयवासनामा लागिनपर्ने; अनासक्त । ३. हैरान; दिक्दार; खिन्न । ४. ज्यादै रातो । ५. रब उडेको; धुस्रो । ६. असन्तुष्ट; सन्तोष नमान्ने । ७. रिसाहा; क्रुद्ध; उत्तेजित । श्र विरक्ति— ना॰ १. सांसारिक विषयदेखि टाढा रहने काम; विराग; वैराग्य । २. दिक्दारी; खिन्नता; उदासीनता । ३. असन्तुष्टि; अप्रसन्नता ।

विरङ्ग— वि॰ [सं॰] अनेक रङ्गको; रङ्गीचङ्गी । > विरङ्गी— वि॰ रङ्गीचङ्गी; धेरै रङ्गको ।

विरचना— ना॰ [सं॰] १. विशेष किसिमले सजाउने काम; राम्रो सजावट । २. निर्माण; बनोट; रचना ।

विरचित— वि॰ [सं॰] १. राम्रो किसिमले रचना गरिएको; बनाइएको । २. लेखिएको; लिखित; रचित (पुस्तक, लेख, कविता आदि॰ । खूब सजाइएको; सिँगारपटार गरिएको ।

विरञ्चि— ना॰ [सं॰] ब्रह्मा । — सुत— ना॰ नारद ।

विरत— वि॰ [सं॰] १. कामबाट हटेको वा हटाइएको; निवृत्त । २. मोहबन्धनमा नफसेको; विरक्त । > विरति— ना॰ विरत हुने भाव वा अवस्था; विरक्ति; उदासीनता ।

विरथ/विरथी— वि॰ [सं॰] १. रथमा वा अरू कुनै सवारीमा नचढेको; पैदल । २. रथबाट खसालिएको; रथहीन गराइएको ।

विरल— वि॰ [सं॰] १. अपेक्षाकृत कमग् थोरै । २. बीचबीचमा खाली रहेको; घना नभएको; पातलो । ३. ज्यादै कम मात्रामा पाइने; दुर्लभ; बिरलाकोटी । — ता— ना॰ १. विरल हुनाको भाव वा स्थिति; न्यूनता । २. ध्वनिको गतिमा क्रमबद्धता नभई फड्को मारेजस्तो अवस्था ।

विरस— वि॰ [सं॰] १. रस नभएको; बिरसिलो; नीरस । २. स्वाद नभएको; बेस्वादको । ३. मन नपर्ने; अप्रिय । ४. रूखो; कर्कश (स्वभाव॰ ।

विरह— ना॰ [सं॰] १. अलग्गिने वा छुट्टिने काम; बिछोड; वियोग । २. आफन्त वा प्रेमीप्रेमिकाका बीच भएको बिछोडबाट हुने वेदना; वियोगजन्य पीडा वा दुःख । ३. नभएको स्थिति; शून्यता; अभाव । ४. कष्ट; पीडा; वेदना । ५. त्याग । ~ ग्रन्थि— ना॰ विरहवेदनाले मुटुमा परेको भक्कानो; वियोगव्यथाको गाँठो । श्र विरहाग्नि— ना॰ विरहबाट भएको भुटो वा पीर; वियोगजन्य चिन्ता । विरहानल— ना॰ विरहाग्नि । विरहिणी— ना॰ वियोगिनी; प्रेमीबाट बिछोड भएकी नायिका । विरहित— वि॰ १. नभएको; रहित । २. छाडिएको; परित्यक्त । विरही— ना॰ १. प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष । वि॰ २. एक्लो; ठिङ्गो; नागो । ३. बिछोड भएको; वियोगी । विरहोत्कण्ठिता— ना॰ सङ्केतित समय र स्थानमा प्रेमी नआइदिनाले उत्कण्ठित भई छटपटिएकी नायिका ।

विराग— ना॰ [सं॰] राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति; विरक्ति; वैराग्य । > विरागी— वि॰ १. राग वा विषयभोगको लालसा नभएको; अनासक्त; वैरागी । २. विरक्त ।

विराजमान— वि॰ [सं॰] १. सुहाएको; शोभायमान; शोभित । २. आनन्दसँग बसेको वा रहेको; विराजित । ३. रहेको; विद्यमान; उपस्थित; मौजुद ।

विराजित— वि॰ [सं॰] १. सुखसुविधाका साथ बसेको; आनन्दसँग रहेको । २. सुशोभित । ३. उपस्थित; मौजुद ।

विराट्— ना॰ [सं॰] १. विश्वरूप परब्रह्म । २. विश्व; संसार । ३. क्षत्रिय । वि॰ ४. ठूलो आकारको; ज्यादै ठूलो । ५. विस्तृत ।

विराट— ना॰ [सं॰] महाभारतको समयको एक देश । २. त्यसै देशका राजा । — नगर— ना॰ पूर्वी नेपालको कोसी अञ्चल, मोरब जिल्लामा पर्ने एक प्रमुख औद्योगिक सहर ।

विराध— ना॰ [सं॰] १. रामायणकालमा रामले बध गरेको एक राक्षस । २. अपकार; बिगार । ३. अपमान; तिरस्कार । ४. विरोध; असहमति ।

विराम— ना॰ [सं॰] १. रोकिने वा थामिने काम । २. थकाइ मार्ने वा सुस्ताउने काम; विश्राम । ३. समाप्ति; अन्त । ४. वाक्य, वाक्यांश आदिको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न । ५. छन्दको बीचबीचमा केही क्षण रोकिने ठाउँ; यति । ~ चिह्न— ना॰ लेख आदिमा प्रयोग गरिने विरामसूचक चिह्न(पादविराम, अर्धविराम, पूर्णविराम आदि) । ~ सन्धि— ना॰ विशेष परिस्थितिमा दुवै पक्षको स्वीकृतिबाट केही अवधिका लागि लडाइँ बन्द गर्ने सम्झौता ।

विरुत— ना॰ [सं॰] १. चिच्च्याएको शब्द; चीत्कार । २. होहल्ला; कोलाहल । ३. चराहरूको क¨जन; कलरव । वि॰ ४. अस्पष्ट शब्द भएको; बोलेको नबुझिने खालको । ५. गुञ्जायमान ।

विरुद— ना॰ [सं॰] १. गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा । २. प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी । ३. कीर्ति; यश । > विरुदावली— ना॰ १. कविता वा गद्यबाट गरिने राजस्तुति । २. गुण, उदारता, पराक्रम आदिको विस्तृत वर्णन; सविस्तार प्रशंसा ।

विरुद्ध— वि॰ [सं॰] १. कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको; विपरीत । २. एकदमै नमिल्ने; उल्टो; प्रतिक¨ल । ३. नसुहाउँदो; अप्रासङ्गिक; असङ्गत । ४. विरोध गर्ने; असहमति; विरोधी । ५. शत्रु; विपक्ष; वैरी । ६. रोक लगाइएको; रोकिएको; अवरुद्ध । ना॰ ७. वैरभाव; शत्रुता । ८. विरोध; असहमति । ~ आचरण— ना॰ नियमको विपरीत चल्ने चालचलन वा आचरण । ~ पक्ष— ना॰ शत्रुको पक्ष; वादी वा प्रतिवादीका लागि अर्को पक्ष । > विरुद्धाचरण— ना॰ विरुद्ध आचरण; निषिद्ध व्यवहार ।

विरूप— वि॰ [सं॰] १. नराम्रो आकृतिको; कुरूप; भद्दा । २. विभिन्न रूपको; अनेक आकृतिको । ३. शोभा नभएको; कान्तिहीन; श्रीहीन । > विरूपाक्ष— वि॰ १. ज्यादै भद्दा वा नराम्रो आँखा भएको । ना॰ २. शिव; महादेव । ३. महादेवका गणहरूमध्ये एक गण । ४. एक राक्षस । ५. एक नाग । ६. एक यक्ष । ७. एक लोकपाल । ८. किरातकालमा बनेको अनुमान गरिएको, नेपालको पशुपति आर्यघाटमा अवस्थित एक पाषाणमूर्ति ।

विरूपी— वि॰ कुरूप; भद्दा; विरूप ।

विरेचक— वि॰ [सं॰] १. पेट सफा हुने गरी दिसा लगाउने; जुलाफ गराउने (औषधी) । २. कसर, मयल आदि निकाल्ने; सफा पार्ने ।

विरेचन— ना॰ [सं॰] १. पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ । २. दिसा लगाएर पेट सफा गराउने औषधी । ३. दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने नाट्यप्रभाव ।

विरोचन— ना॰ [सं॰] १. सूर्य; घाम । २. चन्द्रमा; जून । ३. पौराणिक कालका प्रसिद्ध दैत्यराज बलिको बाबु; प्रह्लादको छोरो ।

विरोध— ना॰ [सं॰] १. कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न । २. विभिन्न तर्क वा विचारको विपरीत भावना; प्रतितर्क; प्रतिविचार । ३. नमिल्दो वा उल्टो स्थिति; प्रतिक¨लता । ४. मतभेद; फूट । ५. वैरभाव; शत्रुता; दुस्मनी । ६. बाधा; अवरोध; अड्काउ; रोकावट । ७. जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोध वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । ८. चारैतिरको छेकवार; घेरो । (. नियन्त्रण; रोकतोक । १०. बेमेल; असङ्गति । विरोधक— वि॰ विरोध गर्ने; बाधा पुथ्याउने; विरोधी । — कर्ता— वि॰ विरोधक । ~ पत्र— ना॰ कसैले भनेगरेको कामकुराको खण्डन गरेर लेखिएको पत्र; विरोध दर्साउने लिखित पत्र । ~ प्रदर्शन— ना॰ कुनै घटना वा स्थितिबारे विरोध जनाउन गरिने प्रदर्शन वा जुलुस । > विरोधाचरण— ना॰ विरोध दर्साउन गरिने कामकुरो; शत्रुतापूर्ण व्यवहार । विरोधाभास— ना॰ १. दुई वा धेरै वस्तुका बीच पाइने विरोधको भान । २. क्रिया, गुण, जाति, द्रव्य आदिको वर्णन गर्दा सामान्यतः तिनका बीच विरोधजस्तो देखिने एक अर्थालङ्कार ।

विरोधी— ना॰ [सं॰] १. शत्रु; वैरी । २. विपक्षी । वि॰ ३. विरोध गर्ने । ४. विपरीत; उल्टो । ५. बाधा पार्ने; बाधक । ~ पक्ष— ना॰ विपक्ष ।

विल— ना॰ [सं॰] प्वाल; छिद्र ।

विलक्षण— वि॰ [सं॰] १. अनौठो; अद्भुत; अचम्मको । २. सामान्यभन्दा भिन्न खालको; असाधारण; अलौकिक । ३. कुनै किसिमको लक्षण नभएको ।

विलक्ष्य— वि॰ [सं॰] उद्देश्य नभएको; लक्ष्यहीन ।

विलग्न— वि॰ [सं॰] १. अर्को वस्तुमा टाँसिएको; गाँसिएको; संलग्न । २. झुन्डिएको; लट्किएको । ३. फ्याँकिएको; मिल्किएको । ४. गाडिएको; रोपिएको । ५. बाँधिएको; बद्ध ।

विलङ्घन— ना॰ [सं॰] १. कुनै खोला, बाटो आदि नाघ्ने वा फड्कने काम । २. आज्ञा नमान्ने व्यवहार; अनुशासनमा नरहने काम; उल्लङ्घन । ३. खाना छाड्ने काम; निराहार; उपवास । श्र विलङ्घनीय— वि॰ विलङ्घन गर्न योग्य ।

विलम्ब— ना॰ [सं॰] १. तोकिएको समयको अवधि नाघ्ने काम; ढिल्याइँ । २. सुस्ती; जुम्सोपन । ३. झुन्डिने वा लट्कने काम । ४.साठी संवत्सरमध्ये एक संवत्सर । वि॰ ५. बियाँलोग्ढिलो; अबेर । — कारी— वि॰ १. अबेर वा ढिलो गराउने । २. कुनै विषयको कारबाई यथाशक्य ढिलो होस् भन्ने उद्देश्यले प्रस्तुत गरिने (प्रस्ताव, कार्यक्रम आदि) । ~ शुल्क— ना॰ १. बुझाउनुपर्ने शुल्क, रकम वा दैदस्तुर तोकिएको समयमा नबुझाई बढी विलम्ब गरेमा लाग्ने शुल्क वा अतिरिक्त रकम; शिक्षणसंस्था आदिको शुल्क समयमा नबुझाएमा लिइने जरिमाना; ढिलाइ जरिमाना । २. वाहन, जहाज आदि तोकेको समयभन्दा बढी अड्याएमा लाग्ने दण्ड । > विलम्बित— वि॰ १. विलम्ब भएको; ढिलो गरिएको । ३. झुन्ड्याइएको; लट्काइएको । ३. लामो पारिएको; लम्ब्याइएको । ४. फिँजाइएको; फैलाइएको ।

विलम्बी— वि॰ १. ढिलो गर्ने; जुम्सो । २. लट्कने; झुन्डिने ।

विलय— ना॰ [सं॰] १. आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; लीन हुने काम; लय । २. खतम हुने वा हराउने काम; लोप । ३. पग्लने वा गल्ने काम । ४. अन्त; समाप्ति; नाश । ५. सारा विश्व खतम हुने क्रिया वा अवस्था; प्रलय । > विलयक— वि॰ लीन गराउने; प्रलय गराउने । विलयन— ना॰ १. लीन हुने काम; लय । २. पग्लने वा गल्ने काम । ३. समाप्ति; अन्त ।

विलसित— वि॰ [सं॰] १. सजिएको । २. चहकदार; तेजिलो । ३. विलास गर्ने; क्रीडाशील । ४. व्यक्त; प्रकट । ना॰ ५. चम्कने क्रिया; चमक; कान्ति । ६. प्रकट हुने काम । ७. प्रेम पैदा गर्ने हाउभाउ ।

विलाप— ना॰ [सं॰] वियोग, मृत्यु आदिमा हार्दिक दुःख प्रकट गर्दै रुने काम; बिलौना ।

विलास— ना॰ [सं॰] १. भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा । २. खेलकुद; क्रीडा; ३. मनोविनोद । ४. पुरुषका प्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको चेष्टाविशेष; नारीको हाउभाउ । ५. स्त्री र पुरुषका बीचको आकर्षण; कामुकता; लम्पटता । — कर— ना॰ मनोरञ्जन कर । ~ भवन— ना॰ सुखसयल गर्ने घर वा दरबार; विलास गर्ने ठाउँ; रतिगृह । ~ मन्दिर— ना॰ विलासभवन । > विलासिका— ना॰ शृङ्गाररस प्रधान हुने उपरूपकको एक भेद । ~ विलासिनी— वि॰ १. कामुक चरित्र भएकी; सुन्दरी -स्त्री) । ना॰ २. वेश्या; गणिका । विलासी— वि॰ १. बढी सुखसयल गर्ने । २. कामवासनामा लम्पट । ३. विनोदप्रिय । ४.उज्यालो । ना॰ ५. रसिक व्यक्ति । ६. कामदेव ।

विलिप्त— वि॰ [सं॰] लिपपोत गरिएको; पोतिएको ।

विलीन— वि॰ [सं॰] १. कुनै वस्तुमा घोलिएको; लय भएको । २. नदेखिने; अदृश्य; लुप्त । ३. पग्लेको; गलेको । ४. एकअर्कासँग जोरिएको; सम्बद्ध । ५. मरेको; मृत । > विलीनीकरण— ना॰ १. कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम; एकीकरण । २. गाभ्ने वा विलीन गर्ने काम; विलयन ।

विलुप्त— वि॰ [सं॰] १.लोप भएको; बेपत्ता भएको; अदृश्य । २. भाँचिएको; टुक्रिएको; भत्किएको । ३. लुटिएको; अपहरण गरिएको; अपब्त; अपहरित । ४. नाश गरिएको; विनष्ट ।

विलेख— ना॰ [सं॰] सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिबारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र; संलेख । > विलेखन— ना॰ १. भुईँका वनस्पति खुर्कने वा ताछ्ने काम । २. खनजोत । ३. बोटबिरुवा उखेल्ने काम ।

विलेप— ना॰ [सं॰] १. शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य; अङ्गराग; बुकुवा । २. भवन वा पर्खालका भित्तामा लिपिने वस्तु; लिउन । > विलेपन— ना॰ १. शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम । २. शरीरमा घस्ने सुगन्धी द्रव्य; अङ्गराग । ३. लिपिने वस्तु; लिउन ।

विलोकन— ना॰ [सं॰] १. राम्रो किसिमले हेर्ने काम; दृष्टि; हेराइ; देखाइ । २. सोच्ने वा विचार गर्ने काम । ३. जाँच्ने काम; परीक्षण । ४. आँखा; दृष्टि । > विलोकनीय— वि॰ १. हेर्न लायक; दर्शनीय । २. सुन्दर; राम्रो ।

विलोकित— वि॰ [सं॰] १. राम्ररी हेरिएको; अवलोकित । २. सोचविचार गरिएको । ३. जाँच गरिएको; परीक्षित ।

विलोचन— ना॰ [सं॰] आँखा; नेत्र ।

विलोडन— ना॰ [सं॰] १. हुँडल्ने वा मथ्ने काम; मन्थन । २. हल्लाउने वा चलाउने काम; आलोडन ।

विलोडित— वि॰ [सं॰] विलोडन गरिएको ।

विलोप— ना॰ [सं॰] १. कुनै वस्तु नभएको स्थिति; अभाव । २. बरबादी; नाश; खतम । ३. कुनै वस्तु लिएर भाग्ने काम; लुटपिट; डकैती > विलोपन— ना॰ १. नाश वा भताभुङ्ग पार्ने काम । २. कुनै वस्तु लिएर भाग्ने काम; पलायन । विलोपित— वि॰ १. चोरिएको; हराएको ।

विलोम— वि॰ [सं॰] १. प्रचलित मान्यता, विचार वा सोचाइभन्दा उल्टो; विपरीत । २. उल्टो क्रम वा विपरीत विधिबाट उत्पन्न । ना॰ ३. उल्टो क्रम; क्रमहीनता । > विलोमन— ना॰ उल्टो हुने वा गराउने काम ।

विलोल— वि॰ [सं॰] १. चञ्चल; अस्थिर । २. चारैतिर फिँजिएर हल्लिएको । > विलोलित— वि॰ हल्लाइएको ।

विल्व— ना॰ [सं॰] बेल । > विल्वानार— ना॰ शमीका जस्ता मसिना लामा पात र चमेलीका आकारका रङ्गीबिरङ्गी फूल हुने एक जातको काँडावाल वृक्ष ।

विवक्षा— ना॰ [सं॰] १. बोल्ने इच्छा; भन्ने वा बताउने अभिलाषा । २. भनाइ, अभिप्रायः इरादा । ३. मूल आशय; केन्द्रीय भाव; अर्थ ।

विवक्षित— वि॰ [सं॰] १. भन्न खोजिएको; कथित । २. चाहना गरिएको; इच्छित । ३. इरादा भएको । > विवक्षितान्यपरवाच्य— ना॰ वाच्य अर्थ विवक्षित भएर बुझिएपछि अर्को विशेष अर्थ व्यङ्ग्य भएर प्रधान रूपमा बुझिने हुँदा हुने ध्वनि ।

विवक्षु— वि॰ [सं॰] कुनै कुरो प्रकट गर्न इच्छा भएको; भन्न इच्छुक ।

विवत्सा— वि॰ [सं॰] १. सन्तान नभएकी; बाछो मरेकी (गाई॰ हतुवा । ना॰ २. बाछोबाछी मरेकी गाई ।

विवर— ना॰ [सं॰] १. दुलो; प्वाल । २. ओडार; गुफा । ३. खाडल; खाल्टो । ४. दोष; खोट; दाग । ५. सुनसान ठाउँ; निर्जन स्थान ।

विवरण— ना॰ [सं॰] १. कुनै वस्तु, विषय, घटना, कार्य आदिको विस्तृत वर्णन; बयान; वृत्तान्त; नालीबेली । २. व्याख्या; टीका । ३. सिलसिला; बेहोरा । ~ तालिका— ना॰ विवरण लेखिएको कोठे कागत; विवरणको सूची । ~ पत्र— ना॰ १. कुनै वस्तु, काम वा घटनाको विवरण लेखिएको पत्र । २. सभा, गोष्ठी आदिमा दिइने व्याख्यानमा परेका विषयवस्तुको बेहोरा लेखिएको कागत । ३. सूचित गरिने कुरा वा वस्तुको केही विवरण पनि लेखिएको सूचीपत्र । > विवरणिका— ना॰ कुनै वस्तु; काम वा घटना आदिको छोटो विवरण । विवरणी— ना॰ १. उच्च पदाधिकारीकहाँ पठाउन तयार पारिएको रिपोट । २. कुनै वस्तु, काम, घटना आदिको छोटो विवरण ।

विवर्जन— ना॰ [सं॰] १. त्याग्ने वा छोड्ने काम । २. उपेक्षा; बेवास्ता । ३. रोक; छेक । ४. निषेध; मनाही ।

विवर्जित— वि॰ [सं॰] १. अनावश्यक वा अनुपयोगी मानेर छोडिएको; त्याग गरिएको । २. वास्ता नगरिएको; नीच मारिएको । ३. रोक लगाइएको; निषेध गरिएको; निषिद्ध ।

विवर्ण— वि॰ [सं॰] १. नराम्रो रूप भएको; वर्ण बिग्रेको; कुरूप । २. फुङ्ग उडेको; फिक्का किसिमको (रब) । ३. अनुहारमा तेज नभएको; फुर्ती नभएको; कान्तिहीन । ना॰ ४. ब्राह्मण, क्षत्रिय आदि चार वर्णदेखि भिन्न जाति । ५. नीच स्वभावको व्यक्ति । — ता— ना॰ १. विवर्ण हुनाको भाव वा अवस्था । २. बाध्यता; लाचारी ।

विवर्त— ना॰ [सं॰] १. जल आदि घुम्ने वा चक्कर खाने क्रिया; फर्कने क्रिया । २. परिवर्तन । ३. भ्रम; भ्रान्ति । > विवर्तन— विवर्त हुने क्रिया वा भाव; चक्कर; घुमाइ । विवर्तित— वि॰ १. घुमेको; चक्कर खाएको । २. परिवर्तित ।

विवर्धन— ना॰ [सं॰] १. बढ्ने काम वा किसिम; वृद्धि । २. उन्नति ।

विवर्धित— वि॰ [सं॰] १. वृद्धि गरिएको; बढाइएको । २. उन्नत; विकसित । ३. समृद्ध । ४. सन्तुष्ट ।

विवश— वि॰ [सं॰] १. आफ्नो इच्छा नहुँदानहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार । २. आफूखुसी हिँडडुल गर्न वा अन्य कुनै कामकुरा गर्न नपाउने; आफ्नो वशमा नभएकोग् पराधीन; परतन्त्र । ३. बेहोस । — ता— ना॰ १. विवश हुनाको भाव वा अवस्था । २. बाध्यता; लाचारी ।

विवसन/विवस्त्र— वि॰ [सं॰] शरीरमा कुनै किसिमको वस्त्र नभएको; लुगा नलाएको; नाङ्गो; दिगम्बर ।

विवाद— ना॰ [सं॰] १. कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद । २. भनाभन; कलह; झगडा । ३. प्रतिवाद; खण्डन । — ग्रस्त— वि॰ विवाद वा झगडा भएको; विवाद वा छलफल गर्नुपर्ने; विवादास्पद । ~ तथ्य— ना॰ १. वादविवादसम्बन्धी तथ्य वा प्रश्न । २. पक्षविपक्षका आरोप– प्रत्यारोपबाट पैदा भएको सकारात्मक र नकारात्मक दुवै हुन सक्ने वास्तविक बुँदा । ~ विषय— ना॰ वादी वा प्रतिवादी कुनै पक्षबारा पेस गरिएको लिखित पत्रमा एक पक्षले सकारेको र अर्को पक्षले इन्कार गरेको निश्चित र मुख्य प्रमाण । ~ स्थगन— ना॰ चलिरहेको विवाद वा छलफल नटुङ्गिदै बीचैमा रोकिने क्रिया; विवादलाई स्थगित गर्ने क्रिया । > विवादान्त— वि॰ १. चलिरहेको विवादको अन्त हुने वा भएको; विवाद टुङ्गिने । २. सभा आदिमा उठेको विवाद समाप्त गर्नलाई प्रस्तुत भएको वा सभामा चलेको कुराका विषयमा भएको विवाद सकिएपछि निर्णयार्थ पेस गरिएको (प्रस्ताव॰ । विवादास्पद— वि॰ विवादग्रस्त ।

विवादी— ना॰ १. विवाद वा झगडा गर्ने; विवादप्रेमी । २. सङ्गीतमा रागलाई विकृत पार्ने स्वर । ३. दुई स्वरका बीचमा दुई श्रुति वा अर्ध स्वरको अन्तर हुने क्रिया ।

विवाह— ना॰ [सं॰] स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य; बिहे । ~ दर्ता— ना॰ १. कानुनअनुसार विवाहको उमेर पुगेका स्त्रीपुरुषले परम्परागत रूपमा धार्मिक वा सामाजिक विधिअनुसार विवाह नगरीकन पतिपत्नीका रूपमा रहन चाहेमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गई दर्ता गराउने कानुनी विवाहको विधि । २. विवाह भएका जोडीले गाउँ विकास समिति वा नगरपालिकामा गई विवाह प्रमाणित गर्ने काम; गाउँ विकास समिति वा नगर पालिकाले विवाहको अभिलेख राख्ने काम । ~ डालो— ना॰ पश्चिम नेपालमा चलेको चलनअनुसार विवाहको दिन किटान गर्न पठाइने कोसेली । ~ पञ्चमी— ना॰ मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी । (यस दिन जनकपुरधाममा उत्सव मनाइन्छ र ठूलो मेला पनि लाग्छ) । ~ विच्छेद— ना॰ दम्पतीमध्ये पति वा पत्नीले वा दुवैले परस्पर पतिपत्नीका रूपमा रहन नचाहेमा सामूहिक वा कानुनी विधिअनुसार गरिने सम्बन्धभङ्ग; पारपाचुके । श्र विवाहित— वि॰ धार्मिक, सामाजिक वा कानुनी विधिअनुसार विवाहबन्धनमा बाँधिएको; विवाह भएको । विवाहिता— वि॰ बिहे गरिएकी; विवाह भएकी (स्त्री॰ ।

विविध— वि॰ [सं॰] अनेक प्रकारको; भाँतिभाँतिको; विभिन्न किसिमको; थरीथरीको । ~ आय— ना॰ वर्गीकरण नगरिएको कलमबाट आम्दानी भएको रकम । ~ खर्च— ना॰ वर्गीकरण नगरिएको कलमबाट खर्च भएको रकम । — ता— ना॰ विविध हुनाको भाव वा अवस्था; विभिन्नता; अनेकता । > विविधीकरण— ना॰ १. विविध वा अनेक किसिमको बनाउने क्रिया । २. विविध वा अनेक रूपमा छुट्ट्याउने क्रिया ।

विवृत— वि॰ [सं॰] १. वर्णको उच्चारणमा जिब्रो तालुभन्दा तल झरी मुखविवर बढी खुला हुने (प्रयत्न॰; खुलेको । २. त्यसरी उच्चारण हुने अवस्था वा वर्ण (देवनागरी वर्णमालामा 'आ' स्वर॰ । > विवृति— ना॰ १. अस्पष्ट भएको कुनै सूत्र आदिलाई स्पष्ट गराउन लेखिएको टीका, भाष्य आदि । २. विवरण ।

विवृत्त— वि॰ [सं॰] १. चक्कर खाएको; घुमेको । २. फर्केको; फिरेको; प्रत्यागत । > विवृत्ति— ना॰ १. विवर्तन । २. नभएको, नपुगेको कुरा र बढी भएको कुराबारे छलफल हुने काम वा प्रक्रिया । ३. विस्तार ।

विवेक— ना॰ [सं॰] १. असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान । २. सत्यको ज्ञान; यथार्थको ज्ञान । ३. प्रकृति र पुरुषको भिन्नताको ज्ञान । ४. बुद्धि; समझ । — पूर्ण— वि॰ असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने शक्ति भएको; विवेकशील बुद्धिमान् । — वान्— वि॰ विवेकी; विवेक भएको (व्यक्ति) । ~ शास्त्र— ना॰ विवेकसम्बन्धी कुराको सैद्धान्तिक चर्चा भएको शास्त्र वा विद्या । — शील— वि॰ विवेक भएको; विवेकी स्वभावको । ~ शून्य— वि॰ सत्यअसत्य, न्यायअन्याय, असलखराब आदि छुट्ट्याउने शक्ति नभएको; विवेक नभएको; बुद्धिहीन । > विवेकाधीन— वि॰ विवेकका भरमा अडेको; विवेकमा आश्रित । विवेकी— वि॰ विवेकशील; विवेकवान् । — वान्— वि॰ विवेकी; विवेक भएको (व्यक्ति॰ ।

विवेचक— वि॰ [सं॰] १. कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको । २. गुणदोषको विचार गर्ने; विचारपूर्वक निर्णय गर्ने; मीमांसक; समीक्षक ।

विवेचन/विवेचना— ना॰ [सं॰] १. राम्रोनराम्रो, सत्यअसत्य आदि छुट्ट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा । २. सत् र असत्को विचार; छानबिन । > विवेचनात्मक— वि॰ विवेचनीय ।

विवेचनीय— वि॰ राम्रोनराम्रो, असलखराब आदि छुट्ट्याउनुपर्ने; गुणदोष आदि केलाउनुपर्ने; विवेचना गर्नुपर्ने; विवेचना गर्न योग्य ।

विवेच्य— वि॰ [सं॰] विवेचना गर्न योग्य; विवेचना गर्नुपर्ने; विवेचनीय ।

विशङ्कु— ना॰ [सं॰] ललितपुर नगरको दक्षिणपट्टिको गोदावरी जाने बाटोमा पर्ने एक गाउँ वा बस्ती । ~ नारायण— ना॰ सोही बस्तीको पूर्वपट्टिको डाँडामा गुफाभित्र रहेको त्यसै नामले प्रसिद्ध नारायणको मूर्ति ।

विशद— वि॰ [सं॰] १. स्वच्छ; निर्मल । २. विस्तृत; फराक ।

विशल्य— वि॰ [सं॰] १. कष्ट, चिन्ता वा वेदना नभएको । २. कष्टरहित; निष्कण्टक ।

विशाखा— ना॰ [सं॰] १. सत्ताइस नक्षत्रमध्ये सोह्रौँ नक्षत्र । वि॰ २. शाखा वा हाँगा नभएको (लहरा आदि॰ ।

विशारद— वि॰ [सं॰] १. कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो— शिक्षाविशारद, चिकित्साविशारद आदि) । २. पण्डित; विबान् । ३. उत्तम; श्रेष्ठ ।

विशाल— वि॰ [सं॰] १. आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठूलो; बडेमाको; विस्तृत । २. ज्यादै अग्लो; उन्नत । ३. भव्य; सानदार । — ता— ना॰ विशाल हुनाको भाव वा अवस्था; फैलावट । ~ बजार— ना॰ १. नागरिकहरूका सामान्यतया सबैजस्ता उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल आकारको बजार । २. काठमाडौको धर्मपथमा चलेको सोही नाउँको एक बजार । श्र विशालाक्ष— वि॰ लामा, ठूला आँखा भएको; विशाल आँखा भएको । विशालाक्षी— वि॰ १. लामा, ठूला आँखा हुने (स्त्री॰ । ना॰ २. पार्वती । ३. एक देवी वा योगिनी । ४. नागदन्ती ।

विशिख— ना॰ [सं॰] १. शर; बाण । २. भालाको छाँटको एक थरी हतियार । वि॰ ३. टुपी नभएको; शिखाहीन ।

विशिष्ट— वि॰ [सं॰] अरूभन्दा विशेष किसिमको विशेषता भएको; माथिल्लो तहको; असाधारण । — ता— वि॰ विशिष्ट हुनाको भाव वा स्थिति; वैशिष्ट्य । ~ प्राध्यापक— ना॰ प्राध्यापकहरूमध्ये विशिष्ट योग्यता वा प्रतिभा भएका प्राध्यापकहरूलाई दिइने दर्जा र सो अनुरूपको सुविधा । ~ लेखा परीक्षण— ना॰ विशेष कारणवश नियमित लेखापरीक्षणको अतिरिक्त गरिने लेखापरीक्षण । ~ श्रेणी— ना॰ निजामती सेवाअन्तर्गत श्री ५ को सरकारको सहसचिव वा सो सरहको पदभन्दा माथिल्लो पद वा श्रेणी । > विशिष्टाधिकार— ना॰ १. कुनै देशका राजा, राष्ट्रपति वा प्रधान शासकमा निहित विशेष किसिमको अधिकार; परमाधिकार । २. कसैको पद, स्थिति आदिबाट उत्पन्न हुने विशेष अधिकार ।

विशिष्टीकरण— ना॰ [सं॰] कुनै काम वा कुरालाई विशिष्ट रूप दिने भाव, गुण, अवस्था, क्रिया वा प्रक्रिया । ~ तालिका— ना॰ कुनै विषय वा कुरालाई विशिष्ट रूपमा देखाउन तयार गरिएको सूची वा फेहरिस्त ।

विशीर्ण— वि॰ [सं॰] १. पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे–फुटेको; जीर्णशीर्ण; थोत्रोमोत्रो । २. खसेको वा झरेको । ३. सुकेको; झुर्रिएको । ४. ओइलाएको ।

विशुद्ध— वि॰ [सं॰] १. विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो । २. अरू वस्तु वा कुरा नमिसिएको । ३. छलकपट नभएको; पाप नभएको; निष्पाप । ४. कुनै कलङ्क वा दाग नभएको; निष्कलङ्क । ना॰ ५. हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौँ । — ता— ना॰ विशुद्ध हुनाको भाव, गुण वा अवस्था; शुद्धता; पवित्रता ।

विशुद्धि— ना॰ [सं॰] १. विशुद्धता । २. दोष, शङ्का आदि हटाउने भाव वा क्रिया । — वाद— ना॰ दूषित प्रभावबाट जोगिएर विशुद्ध रहनुपर्छ भन्ने एक सिद्धान्त ।

विशृङ्खल— वि॰ [सं॰] १. शृङ्खलाबद्ध रूपमा नरहेको; सिलसिला नमिलेको; छरिएको; अस्तव्यस्त । २. कसैको अनुशासनमा नरहेको; मर्यादामा नरहेको; उच्छृङ्खल । — ता— ना॰ विशृङ्खल हुनाको भाव वा अवस्था; छरपुस्ट्याइँ ।

विशेष— वि॰ [सं॰] १. गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण । २. विलक्षण । ३. अधिक । ना॰ ४. विशिष्टता । ५. न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव आदि सात पदार्थमध्ये एक । ६. विशेष गुणबारा वस्तुको परिचय गराइँदा हुने एक अर्थालङ्कार । ७. कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्नेचलाइने (जस्तो— विशेष उत्पादन, विशेष काम, विशेष डाँक, विशेष छुट, विशेष प्रस्ताव इ॰) । ~

अख्तियार— ना॰ कुनै विशेष समय, परिस्थिति वा काममा प्रयोग गर्न सकिने गरी प्राप्त भएको अधिकार । ~ अदालत— ना॰ विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारबाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदालत । > विशेषक— ना॰ १. एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय । २. कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न । ३. तिलक । ४. विशेषण । ५. सामान्य भई नछुट्टिएको कुरा कारणवश छुट्टिएको हुँदा पर्ने एक अलङ्कार । ~ कानुन— ना॰ सामान्यतया प्रचलित ऐन, कानुन, नियममा व्यवस्था नगरिएको तर कुनै खास समय, परिस्थिति वा विषयमा लागू हुने कानुन । ~ कोष— ना॰ विशेष काम वा उद्देश्यका निम्ति छुट्ट्याइएको वा छुट्ट्याइने कोष । ~ ग्राह्यता— ना॰ कुनै कामकुरा वा सेवा आदिमा अरूलाई भन्दा योग्य, अनुभवी आदि कसैलाई पहिलो स्थान दिने काम वा क्रिया; प्राथमिकता ।

विशेषज्ञ— वि॰ [सं॰] कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको; कुनै काममा बढी जानकारी प्राप्त गरेको; कुनै काम–कुरामा विशेषज्ञता भएको । — ता— ना॰ विशेषज्ञ हुनाको भाव, गुण वा अवस्था ।

विशेषण— वि॰ [सं॰] १. सङ्ख्या, परिमाण, गुण, धर्म आदिबारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द॰ । ना॰ २. व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द; नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द ।

विशेषतः— क्रि॰ वि॰ [सं॰] विशेष गरेर; खासगरी ।

विशेषता— ना॰ [सं॰] विशेष हुनाको भाव वा अवस्था; असाधारणता; असामान्यता; विलक्षणता । विशेष प्रहरी— ना॰ [सं॰] १. कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुथ्याई वा नपुथ्याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा गरेको लागेमा आवश्यक कारबाई गर्ने विशेष अधिकार भएको प्रहरी वा सोसम्बन्धी अड्डा । २. कुनै स्थानमा भएको गडबडी, अशान्ति आदिलाई नियन्त्रण गर्न नियमित रूपमा रहेका स्थानीय प्रहरीहरूबाट नपुग्ने भएमा विशेष रूपमा थप्न राखिएको प्रहरी । विशेष पुलिस— ना॰ [सं॰ विशेष+ अङ्॰ पुलिसे विशेष प्रहरी । विशेष बिदा— ना॰ [सं॰ विशेष+ अ॰ बिदाअ] सरकारी वा अर्धसरकारी संस्था, कार्यालय आदिका कर्मचारीलाई विशेष परिस्थितिमा पूरा तलबी, आधा तलबी र बेतलबी रूपमा दिइने बिदा । विशेष मौद्रिक अधिकार— ना॰ [सं॰] १. राष्ट्रब्याङ्कमा वा कुनै शासनाधिकारीमा निहित मुद्रासम्बन्धी विशेष प्रकारको अधिकार । विशेष योग्यता— ना॰ [सं॰] १. कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता । २. कुनै परीक्षामा निर्धारित विषयमध्ये कुनै, केही वा सबै पत्रमा पचहत्तर प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्दा देखिने योग्यता; विशेष किसिमको दक्षता । विशेष सभा— ना॰ [सं॰] विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा; विशेष प्रकारको समिति । विशेष सापटी— ना॰ [सं॰ विशेष+सापटी] विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि लिइने वा दिइने सापटी ।

विशेषाङ्क— ना॰ [सं॰] कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क; नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क ।

विशेषाधिकार— ना॰ [सं॰] कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार; खास समय, परिस्थिति वा काममा प्रयोग गरिने विशेष किसिमको अधिकार ।

विशेषोक्ति— ना॰ [सं॰] साहित्यमा कारण हुँदाहुँदै पनि कार्यको उत्पत्ति नभएको देखाउँदा हुने एक अर्थालङ्कार ।

विशेष्य— ना॰ [सं॰] १. व्याकरणमा विशेषणबारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लागेको नामशब्द; विशेषणयुक्त शब्द । वि॰ २. गुण, क्रिया, परिमाण आदिबारा छुट्ट्याउन सकिने; भिन्न देखाउन योग्य । ३. मुख्य; प्रधान ।

विशोक— वि॰ [सं॰] चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको; शोक नभएको; शोकरहित; अशोक ।

विशोधन— ना॰ [सं॰] १. कुनै पदार्थमा भएको वा मिसिएको फोहोरमैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध गर्ने क्रिया; संशोधन । २.प्रायश्चित्त । > विशोधनीय— वि॰ विशोधन गर्न योग्य वा उचित; विशोधन हुन सक्ने ।

विशोधित— वि॰ [सं॰] कुनै वस्तुमा भएको फोहोर, मैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध पारिएको; विशेष किसिमबाट संशोधन गरिएको ।

विशोध्य— वि॰ [सं॰] विशुद्ध वा पवित्र पार्नयोग्य ।

विश्रान्त— वि॰ [सं॰] १. विश्राम गर्ने; बिसाइ मार्ने । २. विश्रान्तिमा पुगेको; अडेको । ३. थाकेको; क्लान्त ।

विश्रान्ति— ना॰ [सं॰] १. थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया । २. रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया । ३. नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम । ~ काल— ना॰ १. काम गर्दागर्दै बीचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश । २. नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय; अवकाशकाल । ~ धाम— ना॰ १. थकाइ, दुःख, पीर, आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ । २. सांसारिक दुःख, प्रपञ्चबाट विश्राम लिने ठाउँ; मृत्यु वा ईश्वर ।

विश्राम— ना॰ [सं॰] काम गर्दाको थकाइ मेट्न वा परिश्रमबाट थरक मार्न सुस्ताउने काम; विश्रान्ति; बिसाइ । ~ कक्ष/गृह— ना॰ कुनै यात्रामा जाँदा रेल, हवाईजहाज आदि सवारीसाधन वा यान नआउन्जेल यात्रीहरूको विश्रामका लागि बनाइएको कोठो; प्रतीक्षालय । ~ भवन— ना॰ सरकारी वा निजी कुनै कामकाजमा जाने वा घुम्न जाने सरकारी कर्मचारी वा अन्य व्यक्तिको भोजन, विश्राम आदिका निमित्त बनाइएको कच्ची वा पक्की भवन । ~ स्थान— ना॰ विश्राम गर्ने ठाउँ; बिसाइ–थलो । श्र विश्रामालय— ना॰ कुनै यात्रामा वा वनभोज आदिमा जाँदा खानेपिउने र विश्राम लिने ठाउँ ।

विश्रुत— वि॰ [सं॰] १. कुनै किसिमको गुण, योग्यता वा विशेषताले गर्दा जतासुकै प्रसिद्ध भएको; प्रख्यात; विख्यात । २. पढेलेखेको; जानेसुनेको । > विश्रुति— ना॰ विश्रुत हुनाको भाव वा अवस्था; ख्याति; प्रसिद्धि ।

विश्लिष्ट— वि॰ [सं॰] १. विश्लेषण भएको वा छुट्टिएको । २. फुलेको; विकसित ।

विश्लेषक— वि॰ [सं॰] विश्लेषण गर्ने; विश्लेषणका प्रक्रियाअनुसार कुनै विषय वा कुरालाई छुट्ट्याउने ।

विश्लेषण— ना॰ [सं॰] १. संश्लिष्ट भएको वा एउटैमा मिलेर रहेको कुरालाई अलगअलग छुट्ट्याउने काम वा प्रक्रिया । २. कुनै वाक्यरचना आदि केकस्तो छ र त्यसमा केकस्ता तत्त्व छन् आदि कुरालाई केलाउने प्रक्रिया । > विश्लेषणात्मक— वि॰ विश्लेषणको प्रमुखता भएको; विश्लेषणमा आधारित; विश्लेषण– प्रधान; विश्लेषणमूलक ।

विश्लेषित— वि॰ [सं॰] विश्लेषण भएको; विश्लेषण गरिएको ।

विश्लेष्य— वि॰ [सं॰] विश्लेषण हुनाका निम्ति योग्य वा आवश्यक ।

विश्व— ना॰ [सं॰] १. सम्पूर्ण सृष्टि; ब्रह्माण्ड । २. संसार; जगत् । ३. खास किसिमका दस देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष, काल, काम, भृति, कुरु, पुरुरवा र माद्रवा॰ । — कर्मा— ना॰ १. शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवशिल्पी । २. कारिगरी काम गर्ने व्यक्ति; कारिगर; कर्मी । ३. फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति; कामी । ~ कल्याण— ना॰ संसारको भलो हुने काम; लोकहित । — कोश— ना॰ विश्वमा घटेका वा भएका प्रमुख घटना, वस्तु वा व्यक्तिहरूको क्रमबद्ध रूपमा सविस्तार वर्णन गरिएको ग्रन्थ; विश्वका सम्पूर्ण प्रमुख तथा ज्ञातव्य कुराहरूलाई प्रकाश पार्ने परिचयात्मक विशेष कोश । ~ खाद्य कार्यक्रम— ना॰ विश्वका कुनै पनि देशमा भएको वा हुने खाद्यान्नको अभाव मेट्न वा हटाउन र खाद्यान्नसम्बन्धी अन्य आवश्यक व्यवस्था गर्न सञ्चालित कार्यक्रम । ~ खाद्य तथा कृषि सङ्गठन— ना॰ विश्वको खाद्य वस्तु तथा कृषिसम्बन्धी कुराको हेरविचार तथा अन्य आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत बनेको सङ्गठन । ~ खाद्य परिषद्— ना॰ विश्वको खाद्यव्यवस्थासम्बन्धी कुराको हेरविचार गर्न र खाद्यान्नको अभाव भएका देशका तत्सम्बन्धी आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत गठित समिति वा परिषद् । — जनीन— वि॰ विश्वभरि फैलिएको; सर्वत्र उत्पन्न हुने । ~ जलवायु विज्ञान— ना॰ विश्वको जल– वायुसम्बन्धी कुराको जानकारी दिने विज्ञान वा तत्सम्बन्धी यान्त्रिक प्रक्रिया । ~ डाक— ना॰ अन्तर्राष्ट्रिय हुलाक; विश्वहुलाक । ~ नागरिक— ना॰ विश्वको नै हित गर्ने वा कल्याण गर्ने विशेष गुण वा योग्यताका आधारमा विश्वका सबै देशले आफ्नो देशको नागरिक मानेको वा सम्मान गरेको व्यक्ति । ~ नागरिकवाद— ना॰ सारा संसारको एउटै नागरिकतामा विश्वास गर्ने सिद्धान्त; अन्तर्राष्ट्रिय नागरिकताको सिद्धान्त । — नाथ— ना॰ १. संसारका स्वामी । २. शिव; महादेव । ३. काशीमा रहेको एक प्रसिद्ध शिवलिङ्ग । — पाणि— ना॰ अमोघसिद्धि तथा ताराका पुत्र एक ध्यानी बोधिसत्त्व; पञ्चबोधिसत्त्वमध्ये एक । ~ बन्धुत्व— ना॰ सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था; विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन । ~ बालकोष— ना॰ विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुथ्याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित एक कोष; विश्वका बालकहरूको कल्याणका निम्ति स्थापित भएको कोष । ~ बैङ्क— ना॰ विश्वका गरिब देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्ने र विश्वको सन्तुलित आर्थिक विकास गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत स्थापित ब्याङ्क; विश्वको साझा ब्याङ्क । ~ भोक मुक्ति अभियान— ना॰ विश्वमा हुने खाद्यान्नको अभाव रोक्न वा विश्वका जनतालाई भोकबाट मुक्ति दिलाउने उद्देश्यले चलाइएको अभियान । ~ मञ्च— ना॰ विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका खेलहरू सञ्चालित हुने मञ्च; विश्वरङ्गमञ्च । ~ महासङ्घ— ना॰ संयुक्त राष्ट्रसङ्घ ।

विश्वम्भर— वि॰ [सं॰] १. विश्वको भरणपोषण गर्ने । ना॰ ईश्वर; विष्णु । ३. विश्वभर्ता । > विश्वम्भरा— ना॰ १. विश्वको भरणपोषण गर्ने देवी; भगवती । २.पृथ्वी ।

विश्वराजनीति— ना॰ [सं॰] विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बीचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति; विश्वको राजनीति ।

विश्वरूप— ना॰ [सं॰] १. विश्वका विभिन्न प्राणीहरूको शिर, धेरै हातगोडा भएको र सबै किसिमका प्राणीका रूपमा एकत्र देखा परेको, गीतामा वर्णित भगवान् कृष्णको विशाल रूप । २. विश्वका रूपमा देखा परेको ईश्वर । ३. विश्वको स्थिति वा रूप । > विश्वरूपी— वि॰ १. विश्वरूपसम्बन्धी । २. विभिन्न रूपमा प्रकट हुने । विश्व विजयी— वि॰ [सं॰] संसारभरिको विजेता । विश्व विख्यात— वि॰ [सं॰] विश्वभरि नाम फैलिएको; विश्वप्रसिद्ध; लोकविश्रुत ।

विश्वविद्यालय— ना॰ [सं॰] विश्वका विभिन्न विषय वा विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने, सम्बन्धित विषयमा विद्यार्थीहरूको परीक्षा लिने र उत्तीर्ण विद्यार्थीहरूलाई तदनुसार उपाधि प्रदान गर्ने शिक्षाको सर्वोच्च संस्थान । ~ सभा— ना॰ विश्वविद्यालयको आर्थिक, शैक्षिक आदि महत्त्वपूर्ण कुराको निर्णय गर्ने र विश्वविद्यालयसँग सम्बन्धित अन्य आवश्यक नीतिनिर्माण गर्ने, विश्वविद्यालयको सर्वोच्च सभा । ~ सेवा आयोग— ना॰ विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, बढुवा आदि गर्दा आवश्यक परीक्षा, अन्तर्वार्ता आदि लिने र सोअनुसार योग्य उमेदवारलाई नियुक्तिको सिफारिस गर्ने र विश्व विद्यालयसेवाको सुदृढीकरणमा उचित परामर्श दिने आयोग । > विश्वविद्यालयीय— वि॰ विश्वविद्यालयसम्बन्धी; विश्वविद्यालयको ।

विश्वविश्रुत— वि॰ [सं॰] विश्वविख्यात ।

विश्वव्यापक/विश्वव्यापी— वि॰ [सं॰] विश्वमा सर्वत्र ढाकेर रहेको; सबै ठाउँ ओगटेर बसेको; संसारभरिको; विश्वभरि व्याप्त भएको ।

विश्वशान्ति— ना॰ [सं॰] विश्वका देशहरूमा कुनै किसिमको युद्ध, शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था ।

विश्वसनीय— वि॰ [सं॰] विश्वास गर्न योग्य; विश्वास गर्न हुने; भरपर्दो; पत्यारिलो । — ता— ना॰ विश्वसनीय हुनाको भाव वा अवस्था; विश्वास गरिने स्थिति; विश्वास; पत्यार ।

विश्वस्त— वि॰ [सं॰] विश्वास भएको; पत्यार गर्न सकिने; पत्यारिलो; विश्वासिलो; भरपर्दो । — ता— ना॰ विश्वस्त हुनाको भाव वा स्थिति । विश्व स्वास्थ्य सङ्गठन— ना॰ [सं॰] संसारभरका जनताको स्वास्थ्यको स्तर बढाउने र उनका निम्ति आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित अन्तर्राष्ट्रिय संस्था ।

विश्वहित— ना॰ [सं॰] विश्वकल्याण । विश्व हुलाक सङ्घ— ना॰ इ॰ १९३५ मा स्विट्जरल्यान्डको बर्नमा स्थापित, विश्वका हुलाकहरूको सङ्घ । विश्वात्म बोध— ना॰ [सं॰] विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान; विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान ।

विश्वात्मा— ना॰ [सं॰] १. ईश्वर (ब्रह्मा, विष्णु, शिव) । २. विश्वभरि व्याप्त चेतनास्वरूप आत्मा । ३. सूर्य ।

विश्वामित्र— ना॰ [सं॰] क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठूलो तपस्या गरी आखिरमा वशिष्ठबारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि; एक गोत्रप्रर्वतक ऋषि; सप्तर्षिमध्ये एक; कौशिक ।

विश्वास— ना॰ [सं॰] १. कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था; पत्यार । २. आस्था; श्रद्धा । ३. भरोसा; आड । — घात— ना॰ कसैले आफूप्रति गरेको विश्वासको हत्या; कसैको आफूप्रति भएको आस्थाको विपरीत आचरण । — घातक/घाती— वि॰ आफूप्रति गरिएको विश्वासभङ्ग गर्ने; बोलकबोल वा वचनबद्धताको विरुद्ध चल्ने; धोका दिने; धोकेबाज । ~ पात्र— ना॰ पहिलेदेखि नै पत्याइएको या पत्याउन हुने भरपर्दो व्यक्ति; विश्वासलाग्दो वा विश्वासिलो व्यक्ति । ~ प्रद— वि॰ विश्वास दिलाउने; विश्वास उब्जाउने; भरपर्दो । ~ प्रस्ताव— ना॰ प्रतिनिधिसभाका अध्यक्ष, मन्त्रिमण्डल वा अरू कुनै संस्थाका अध्यक्ष, पदाधिकारी आदिमा त्यस संस्थाका सदस्यहरूको विश्वास प्रकट गर्नलाई पेस गरिने प्रस्ताव । ~

भाजन— ना॰ विश्वासपात्र । > विश्वासिलो— वि॰ पत्यारिलो; भरपर्दो; विश्वासलाग्दो; विश्वासपात्र; विश्वासी । विश्वासी— वि॰ विश्वासिलो ।

विश्वेश्वर— ना॰ [सं॰] १. ईश्वर । २. विश्वनाथ ।

विष— ना॰ [सं॰] १. खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिन सक्ने वा लिने घातक वस्तु; बिख; जहर । २. पानी । ३. कमलनालको गुदी । ४. स्वास्थ्य वा सुखशान्तिलाई हानिनोक्सानी पुथ्याउने कुरा । ५. वत्सनाभ । ६. हिमालयमा पाइने एकदेखि पाँच मिटर अग्लो, चौडा, तीनखण्डे, हरिया भेट्नु भएका पात हुने, पाँचदेखि बाह्र सेन्टिमिटरसम्म चौडा र छदेखि सात सेन्टिमिटरसम्म लामा पात हुने, नील मञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो । — कन्या— ना॰ १. सम्भोग गर्ने पुरुषलाई मार्ने आशयले बाल्यावस्थादेखि नै शरीरमा अनेक किसिमले विष प्रवेश गराई विषाक्त बनाइएकी केटी । २. ज्योतिष–शास्त्रअनुसार विवाह गरेमा वा सम्भोग गरेमा पति वा अन्य कुनै पुरुष मर्ने योगमा जन्मेकी केटी । —

ज्वर— ना॰ एक प्रकारको कडा जरो; औलिया ज्वरो । — दन्त— ना॰ सर्पको माथिल्लो च्यापुमा हुने, अरूलाई टोक्ता विष निक्लने खोक्रो दाँत । — धर— ना॰ १. सर्प । वि॰ २. विष धारण गर्ने; विष भएको । — फे”ज— ना॰ गोठाले मूलाका छाँटका पात हुने एक जातको झार ।

विषम— वि॰ [सं॰] १. सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान । २. सम्म नपरेको; समतल नभएको (जमिन आदि) । ३. दुई अङ्कले भाग नलाग्ने; बिजोर (सङ्ख्या) । ४. सजिलैसित बुझ्न नसकिने; बुझ्न गाह्रो; दुर्बोध्य । ५. सम्पन्न गर्न अप्ठ्यारो; पार गर्न मुस्किल; विकट । ६. दुःख वा डर पैदा गर्ने किसिमको; कष्टकर; भयङ्कर । ७. एक दिन बिराएर आउने (ज्वरो) । ८. अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको ; ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने । ना॰ (. चारै चरणमा समान अक्षर नहुने छन्द । १०. दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार । ~ ज्वर— ना॰ कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो । — ता— ना॰ विषम हुनाको भाव वा अवस्था; वैषम्य । — त्व— ना॰ विषमता ।

विषमय— वि॰ [सं॰] विषले युक्त; विषैविषले भरिएको । विषम वृत्त— ना॰ [सं॰] पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द; असमान पद भएको छन्द ।

विषमित— वि॰ [सं॰] विषमय तुल्याइएको; विषालु पारिएको ।

विषमीभवन— ना॰ [सं॰] कुनै शब्द अथवा शब्दांशका समान वर्णहरूमध्ये एउटा असमान हुन पुग्ने भाषावैज्ञानिक प्रक्रिया ।

विषय— ना॰ [सं॰] १. ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द॰ । २. पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ; भौतिक पदार्थ । ३. जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार; सांसारिक व्यवहार । ४. इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द; इन्द्रियजन्य सुख । ५. कुनै पनि विचार गरिने कुरो वा वस्तु । ६. कुनै लेख, ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग । ७. सम्पत्ति । ८. सीमा । (. उद्देश्य । ना॰ यो॰ १०. बारे । > विषयक— वि॰ विषयसम्बन्धी; विषयको । — गत— वि॰ कुनै विषयसँग सम्बन्धित भएको; विषय मुख्य भएको; विषयप्रधान; विषयमूलक । — पति— ना॰ लिच्छविकालमा जिल्लाको ठूलो हाकिमको पद वा दर्जा; लिच्छविकालीन जिल्लाको ठूलो अधिकारी । ~ प्रवेश— ना॰ १. कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका । २. कुनै विषयमा भर्खरै प्रवेश गर्ने क्रिया; कुनै विषयको प्रारम्भ । ~ मूलक— वि॰ विषयको प्रमुखता भएको; मूल रूपमा विषयसँग सम्बन्धित । —

वस्तु— कुनै ग्रन्थ, लेख आदिमा प्रतिपादन वा विवेचना गरिने वा गरिएको विषय वा कुरो । — सुख— ना॰ १. सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख; सांसारिक पदार्थबाट पाइने सुख; इन्द्रियहरूबारा प्राप्त हुने सुख; सांसारिक सुख । २. स्त्रीसम्भोगबाट प्राप्त हुने सुख । ~ सूची— ना॰ कुनै ग्रन्थमा परेका विषयहरूको क्रमबद्ध सूची; विषयानुक्रमणिका; विषयतालिका; अनुक्रमणिका । > विषयात्मक— वि॰ कुनै विषयसित सम्बद्ध भएको; विषयको प्रतिपादन नै मुख्य उद्देश्य भएको; विषयप्रधान । विषयानुक्रमणिका— ना॰ विषयसूची । विषयान्तर— ना॰ चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय; क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय ।

विषयासक्त— वि॰ सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको; विषयवासनामा आसक्ति भएको; विषयी; लम्पट; विलासी ।

विषयासक्ति— ना॰ सांसारिक विषयसुखप्रतिको लिप्सा; विषयवासनामा अत्यधिक अनुरक्ति; भोगविलासमा तल्लीन; विषयमा लागू हुने प्रवृत्ति । विषयी— वि॰ विषयासक्त ।

विषयुक्त— वि॰ [सं॰] विष मिसिएको; बिख भएको । विष विज्ञान— ना॰ [सं॰] विषसम्बन्धी कुराको प्रतिपादन वा विवेचना भएको विज्ञान; विषसम्बन्धी विशेष जानकारी दिने शास्त्र । विष वृक्ष— ना॰ [सं॰] विषदार वृक्ष; बिखालु रूख । विष वैद्य— ना॰ [सं॰] सर्प, बिच्छी आदि बिखालु प्राणीले टोक्ता शरीरमा फैलिने विष झार्ने व्यक्ति; झारफुक गरेर विष झार्ने वैद्य ।

विषाक्त— वि॰ [सं॰] १. विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय । २. शरीरलाई हानिनोक्सानी गर्ने; स्वास्थ्य बिगार्ने; अस्वास्थ्यकर ।

विषाणु— ना॰ विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीवाणु ।

विषाद— ना॰ [सं॰] सोचेको, चाहेको वा आशा गरेको कुरो नहुँदा, नपुग्दा हुने दुःख, खिन्नता; नैराश्य; दिक्दारी; बिस्मात । >

विषादित— वि॰ विषादमा परेको; उदासिलो; दिक्कलाग्दो; खिन्न ।

विषादी— वि॰ १. उदासीन; खिन्न, २. विष खाने । ३. विषयुक्त ।

विषालु— वि॰ [सं॰] विष मिसिएको; विष भएको; विषयुक्त ।

विषुव— ना॰ [सं॰] १. सूर्य विषुवत्रेखामा बस्दाको समय; दिनरात बरोबर हुने समय । २. २२ मार्च र २२ सेप्टेम्बरका दिन पर्ने त्यस्तो योग ।

विषुवत्— वि॰ [सं॰] भूगोलको बीचमा रहेको; माझको; मध्यस्थित । ~ रेखा— ना॰ पृथ्वीका बाहिरीतहको माझमा उत्तरी र दक्षिणी धु्रवको समानान्तर पूर्वबाट पश्चिमपट्टि गएको भनी कल्पना गरिएको रेखा; विषुवत्रेखा । ~ सङ्क्रान्ति— वैशाख र कार्तिक महिनाको सङ्क्रान्ति ।

विषोपचार— ना॰ [सं॰] सर्प, बिच्छी आदि बिखालु प्राणीले टोकी वा अन्य कुनै किसिमले शरीरमा विष फैलिन गएमा विष नै प्रयोग गरेर गरिने उपचार; प्रतिविषोपचार रू

विषोत्पादक— वि॰ [सं॰] विष पैदा गर्ने; विष उत्पादन गर्ने; विष उब्जाउने ।

विष्कु— ना॰ [सं॰] वास्तु वा मूर्तिमा प्रयोग हुने एक अङ्गुलको बीस गुनाबराबरको नाप; बीस अमल; बीस अङ्गुल ।

विष्कम्भ/विष्कम्भक— ना॰ [सं॰] १. ज्योतिषका सत्ताइस योगमध्ये एक । २. अघिपछिका कथालाई मध्यम पात्रबारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क । ३. बाधा; रोकावट । ३. बिरेआग्लो; तगारो ।

विष्ट— वि॰ [सं॰] १. घुसेको; छिरेको ; पसेको । ना॰ २. दमाईँ– कामीलाई सालबसाली बाली दिएर लुगा सिउने, खेतीकिसानीको लजो बनाउने जाति । ३. नेपालीको एक थर ।

विष्ठा— ना॰ [सं॰] गुहु; दिसा । > विष्ठानुराग— ना॰ अघोरी मत वा विचारअनुसार दिसा वा विष्ठाप्रतिको अनुराग; दिसा खाने इच्छा । विष्ठाहारी— वि॰ दिसाको आहार गर्ने; विष्ठा खाएर बाँच्ने ।

विष्णु— ना॰ [सं॰] १. हिन्दू धर्मशास्त्रअनुसार सृष्टिको रचना गर्ने, पालना गर्ने र संहार गर्ने तीन देवतामध्ये पालन गर्ने देवता; नारायण । २. सर्वव्यापक चित् शक्ति । — गुप्त— ना॰ चाणक्य । ~ पुराण— अठार महापुराणमध्ये एक; विष्णुका महिमाको वर्णन भएको पुराण । — मती— ना॰ काठमाडौँ उपत्यकाभित्र बाग्मतीमा मिसिएर दक्षिणपश्चिमतर्फ बग्ने एक नदी । —

वल्लभा— ना॰ १. लक्ष्मी । २. तुलसी । ३. अग्निशिखा । ~ विष्णु— वि॰ बो॰ आफूले ढोग्नुपर्ने वा गोडा लाग्न नहुने व्यक्तिलाई गोडाले कुल्चिँदा वा लाग्दा पाप नलागोस् भन्ने विचारले भनिने शब्द ।

विसङ्गत— ना॰ [सं॰] १. नमिलेको; बेमेलको; असङ्गत । २. नसुहाउँदो; अयोग्य ।

विसङ्गति— ना॰ [सं॰] नमिल्दोपन; बेमेलपन; असङ्गति । —

वाद— ना॰ जीवनजगत्का कुनै पनि वस्तु, विचार वा क्रियाकलापमा सङ्गति नभएको देख्ने तथा जीवनलाई निःसार र निरर्थक ठान्ने एक साहित्यिक दृष्टिकोण वा धारणा; विसङ्गतिमा विश्वास गर्ने एक वाद । — वादी— वि॰ विसङ्गतिवादमा विश्वास गर्ने; विसङ्गतिवादको अनुयायी ।

विसंवाद— ना॰ [सं॰] १. असत्य कथन; झूटो कुरा । २. विरोध; खण्डन । ३. हप्काइदप्काइ । ४. प्रतिज्ञा भङ्ग गर्ने क्रिया; छल; धोका । ५. असहमति । > विसंवादी— वि॰ १. नचाहिँदो कुरो बोल्ने; बोलेको ठेगान नभएको । २. नमिल्दो वा नसुहाउँदो कुरा बोल्ने; असङ्गत कुरा गर्ने । ३. प्रतिज्ञा भङ्ग गर्ने; धोका दिने ।

विसर्ग— ना॰ [सं॰] १. स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह'–जस्तो ध्वनि (छिः; छ्याः; प्रायः आदि) । २. स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुका रूपमा लेखिने चिह्न; दबास बिन्दु (ः) । ३. कुनै वस्तु आदि छोड्ने काम; दिने काम; त्याग; दान ।

विसर्जन— ना॰ [सं॰] १. पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम । २. कुनै अनुष्ठान, कामकुरा, सभा–सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम । ३. दिसापिसाब गर्ने काम; मलमूत्रको त्याग । ४. कुनै कुरा छोड्ने काम; परित्याग । > विसर्जनीय— वि॰ १. विसर्जन गर्न योग्य वा उचित; छाड्नुपर्ने; परित्याज्य । २. पठाउन वा हटाउन लायक ।

विसर्जित— वि॰ [सं॰] १. विसर्जन भएको; धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको । २. पठाइएको वा हटाइएको ।

विसर्पण— ना॰ [सं॰] १. सर्पका छाँटले घस्रेर हिँड्ने क्रिया; घस्राइ । २. फैलने क्रिया; प्रसर्पण । ३. ठाउँ छाड्ने काम; स्थानत्याग ।

विसूचिका/विसूची— ना॰ [सं॰] पिसाब नहुने तर बारबार झाडा र बान्ता हुने बिमारी; एक प्रकारको हैजा ।

विसैन्यीकृत— वि॰ [सं॰] सैनिकविनाको बनाइएको; सैन्यहीन तुल्याइएको; सैन्यरहित बनाइएको (क्षेत्र॰ ।

विस्तर— ना॰ [सं॰] १. विस्तार । २. विस्तारसाथ गरिएको वर्णन; विस्तृत वर्णन । ३. बिछ्यौना; आसन । ४. आधार । ५. समूह । श्र विस्तरण— ना॰ कुनै वस्तुमा बल प्रयोग गर्दा त्यसको आकारप्रकारमा हुने वा आउने फरक; विस्तारण ।

विस्तार— ना॰ [सं॰] १. फैलाउने काम; फैलावट; फैलोट । २. विस्तृत रूपमा दिइएको विवरण । ३. विशालता । >

विस्तारण— ना॰ विस्तार गर्ने काम; फैलाउने क्रिया । विस्तारित— वि॰ फैलाइएको; विस्तृत गरिएको; फिँजाइएको ।

विस्ती— ना॰ [सं॰ विष्टी] लिच्छविकालीन शासनव्यवस्थामा प्रचलित एक प्रकारको कर ।

विस्तीर्ण— वि॰ [सं॰] १. खूब फैलिएको; धेरै फराकिलो । २. प्रशस्त लमाइ र चौडाइ भएको । — नास— ना॰ ठूलो नाक भएको वानर; नरवानरानुगणको एक भेद ।

विस्तृत— वि॰ [सं॰] १. टाढासम्म फिँजिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण । २. लामो विवरण भएको; व्याख्यासहितको । ३. साह्रै ठूलो; विशाल । > विस्तृति— ना॰ लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट; विस्तार; फैलाउ; फैलोट ।

विस्तृतीकरण— ना॰ १. कुनै वस्तु वा कुरालाई विस्तृत बनाउने क्रिया । २. कुनै लेख, रचना आदिलाई बढाएर विस्तृत बनाउने काम ।

विस्थापन— ना॰ [सं॰] एक ठाउँमा बसेको वा स्थापित भएको वस्तु आदिलाई अन्यत्र सार्ने काम ।

विस्थापित— वि॰ [सं॰] आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको; निष्कासित; उद्वासित; निकालाबास ।

विस्फारण— ना॰ [सं॰] १. बढाउने, तन्काउने, फैलाउने वा फिँजाउने काम; फैलाइ । २. खोलाइ; उघाराइ । ३. च्यात्ने क्रिया । ४. धनु चढाउने काम ।

विस्फारित— वि॰ [सं॰] राम्ररी खोलिएको; फराकिलो पारेर उघारिएको (जस्तो— विस्फारित नेत्र॰ ।

विस्फीति— वि॰ [सं॰] मुद्राको बाहुल्य वा विस्तार घटाएर सन्तुलित स्थितिमा ल्याउने क्रिया; मुद्रास्फीतिलाई पहिलेको स्थितिमा ल्याउने काम ।

विस्फोट— ना॰ [सं॰] १. कुनै वस्तु ठूलो आवाजका साथ फुट्ने वा चर्कन क्रिया । २. ठूलो आवाजका साथ पड्कने क्रिया । ३. खटिरो । ४. बिफर । > विस्फोटक— वि॰ १. आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको; विस्फोट हुने खालको (पदार्थ॰ । ना॰ २. विषालु खटिरो; ननिको खटिरो ।

विस्फोटन— ना॰ आवाजका साथ पड्कने वा फुट्ने क्रिया; विष्फोट हुने काम ।

विस्मय— ना॰ [सं॰] १. अचम्म; उदेक; आश्चर्य । २. कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार । ३. साहित्यमा प्रचलित नौ रसमध्ये अद्भुत रसको स्थायी भाव । —

कर— वि॰ आश्चर्यपूर्ण; उदेकलाग्दो; छक्क पार्ने; अनौठो; आश्चर्यजनक । > विस्मयाकुल— वि॰ विस्मयमा परेको; चकित भएको; छक्क परेको । विस्मयादिबोधक— वि॰ अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा चिह्न, जस्तो— अहो ; ऐया ; आहा ; आम्मै इ॰) ।

विस्मरण— ना॰ [सं॰] स्मरण नहुने वा बिर्सने क्रिया; विस्मृति; भुलाइ । > विस्मरणीय— वि॰ स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित; बिर्सन लायक; बिर्सन हुने; बिर्सन सकिने ।

विस्मित— वि॰ [सं॰] जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित ।

विस्मृत— वि॰ [सं॰] सम्झना नभएको; बिर्सिएको; भुलेको । —

प्रायः— वि॰ झन्डैझन्डै बिर्सेको; लगभग बिर्सेको; बिर्सन लागेको । श्र विस्मृति— ना॰ विस्मरण; बिर्साइ; भुलाइ ।

विस्वाद— वि॰ [सं॰] स्वाद नभएको; बेस्वादको ।

विहग/विहङ्ग— ना॰ [सं॰] १. चरो; पक्षी; विहग । २. आकाशमार्गमा उड्ने जीव वा वस्तु ।

विहङ्गम— ना॰ [सं॰] १. चरो; पक्षी; विहग । २. सूर्य । ३. चन्द्रमा ।

 ~ दृष्टि/विहङ्गावलोकन— ना॰ आकाशमा उडिरहेको चराले

माथिबाट सरसरती हेर्दा तल जमिनको दृश्य देखेझैँ कुनै कामकुराप्रति मोटामोटी र सङ्क्षिप्त रूपले हेरिने क्रिया; सूक्ष्म निरीक्षण, परीक्षण नभएर सरसरती र सामान्य दृष्टि ।

विहसन— ना॰ [सं॰] मुसुक्क हाँस्ने काम; मुस्कुराहट ।

विहसित— वि॰ [सं॰] मुसुक्क हाँसेको; मुस्कुराएको ।

विहार— ना॰ [सं॰] १. आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम । २. मनोविनोदका निमित्त गरिने खेलकुद आदि । ३. बौद्ध भिक्षुहरूको बस्ने मठ । ४. मन्दिर । > विहारी— वि॰ १. विहार गर्ने; सुखसयल गर्ने; भोगविलास गर्ने । २. विहारमा बस्ने; भारतको विहार राज्यमा बस्ने । ना॰ ३. कृष्णको एक नाम ।

विहित— वि॰ [सं॰] १. विधिअनुसार भएको; विधिपूर्वक गरिएको; कृत (जस्तो— शास्त्रविहित) । २. चित्तबुझ्दो; मनासिब; उचित ३. सम्पन्न गरिएको; पूरा भएको ।

विहीन— वि॰ [सं॰] १. नभएको; रहित । २. नामशब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी (शब्द, जस्तै— धनविहीन, दयाविहीन आदि॰ ।

विब्त— वि॰ [सं॰] १. निकालिएको वा बाहिर गरिएको; हटाइएको । ना॰ २. नायिकाले नायकसँग व्यक्त गर्नुपर्ने कुरा पनि लाजले गर्दा भन्न नसक्ने स्थिति । ३. स्त्रीहरूका दस हाउभाउमध्ये एक । > विब्ति— ना॰ १. बलैले निकाल्ने वा हटाउने क्रिया । २. आमोदप्रमोद; क्रीडा; विहार ।

विह्वल— वि॰ [सं॰] चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको; मन ठेगानमा नभएको; विकल; व्याकुल; क्षुब्ध । — ता— ना॰ विह्वल हुनाको भाव वा स्थिति; चित्तको अस्थिरता; व्याकुलता । > विह्वलित— वि॰ विह्वल भएको; व्याकुल तुल्याइएको ।