सामग्रीमा जानुहोस्

नेपाली शब्दसमूह ५५ ला

Wiktionaryबाट

मुखपृष्ठ

ला— वि॰ बो॰ पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द । (उदा॰— ला, खसिहाल्यो नि ; ला, मैले त भन्नै पो बिर्सेछु) ।

ला–नु— स॰ क्रि॰ [सं॰ ला+नु] १. लैजानुग्, लिएर जानु; लग्नु; ओसार्नु । २. उडाउनु; चम्पट पार्नु ।

लाँकुरी— ना॰ खरीका छाँटको मसिना लाम्चा पात हुने हाँगाबिँगा हाल्ने रूखविशेष ।

लाँक्रो— ना॰ [सं॰ लाङ्गुले एक बोट उखुको सिङ्गो डाँठ; ढाँक ।

लाँडो— ना॰ [सं॰ लण्डे पुरुष वा नरजातिको मूत्रेन्द्रिय; शिश्न; लिङ्ग ।

लाँपु— ना॰ लमी ।

लाइट— ना॰ [अङ्॰] १. टर्च लाइट । २. बत्ती ।

लाइटर— ना॰ [अङ्॰] चुरोट आदि सल्काउन पेट्रोल, ग्याँस आदि हालिएको, थिचेर रगडी बालिने विभिन्न आकारप्रकारको हुने एक उपकरण ।

लाइन— ना॰ [अङ्॰] १. पङ्क्ति; जाम; ताँती; हार । २. धर्को; रेखा । ३. बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट । ४. जमिनमा बिछ्याइएको पानीको पाइप । ५. रेलको लिक । ६. पढाइ वा जागिरको विषय । ~ म्यान— ना॰ टेलिफोन, बिजुली आदिमा बाहिरको काम गर्ने कर्मचारी; फुटबल खेलमा झन्डा लिएर छेउछाउमा कुदी सङ्केत दिने व्यक्ति ।

लाइनु— क॰ क्रि॰ [लाउ+इ+नु] लगाइनु । लाइनो टाइप— ना॰ [अङ्॰] मुद्रणकलमा एकएक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप; हरफमुद्र ।

लाइब्रेरियन— ना॰ [अङ्॰] पुस्तकालयाध्यक्ष; ग्रन्थपाल ।

लाइब्रेरी— ना॰ [अङ्॰] पुस्तकालय; ग्रन्थागार ।

लाइसार— ना॰ [लाई+सार] लाउने कुरालाई महत्त्व दिने काम (खाइसार कि लाइसार मरेपछि लम्पसार –उखान॰ ।

लाइसेन्स— ना॰ [अङ्॰] १. तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र । २. निजी वा भाडावाल सबारीचालकलाई सबारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र । ३. रेडियो आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र ।

लाई१— ना॰ [रू लाहो सागपातमा लाग्ने अति मसिना खालका कालाकाला कीरा; रूखमा लाहा पैदा गर्ने एक प्रकारको कीरा । ~ किरा— ना॰ सागपातमा लाग्ने मसिना कीरा; लाई ।

लाई२— प्रत्य॰ व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र बितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो— भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु) ।

लाउ–नु— स॰ क्रि॰ [लगाउ+नु] १. लगाउनु । २. बन्द गर्नु; थुन्नु

(उदा॰— ढोका लाउन नबिर्स) । ३. कुनै शब्दका पछाडि प्रयुक्त भएर गर्नका निम्ति प्रेरणा दिने अर्थ बुझाउने क्रियापद (जस्तो— गोता लाउनु; भन्न लाउनु इ॰) ।

लाउके— वि॰ [सं॰ लावके १. अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने । २. बेसरोकारको काममा अघि सर्ने; लाफ्रे; लाभ्रे । लाउड स्पिकर— ना॰ [अङ्॰] स्वरलाई विस्तारित रूप दिने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र । लाउनी काठ/लाउने काठ— ना॰ [लाउ+नी/ने+काठ] ढिकी चलाउँदा ओखलमा धान आदि चलाउन प्रयोग गरिने टुप्पामा कपडा बेरिएको लामो काठ; काठ; लुँडी ।

लाक— ना॰ [सं॰ लक्ष्ये मनको भित्री अभिप्राय; मनपेट; आँत ।

लाकपाक— ना॰ [फा॰ लाफ–व–गिजाफे १. आपसी कुटपिट; कुटाकुट; हातहालाहाल; लाप्पा । २. परस्परको जुधाइ; कुस्ती ।

लाकेट— ना॰ [अङ्॰] शोभाका निम्ति माला वा हारमा झुन्ड्याइने जन्त्रजस्तो सानो वस्तु; लकेट ।

लाक्षणिक— वि॰ [सं॰] १. सङ्केतक । २. लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिबारा अर्थबोध गराउने (शब्द, वाक्य आदि) । ३. पारिभाषिक; लक्षण गर्नुपर्ने । ४. गौण ।

लाक्षा— ना॰ [सं॰] लाहा । ~ रस— ना॰ सधवा स्त्रीहरूले गोडामा लगाउने रातो रङ्ग; माहुर ।

लाख— ना॰ [प्रा॰ लाख्ख < सं॰ लक्षे १. सय हजारको सङ्ख्या; लक्ष । वि॰ २. शतसहस्र; सय हजार । ३. झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै । > लाखन्— वि॰ १. अनेक लाख; अनगन्ती । २. अनेकौँ । — बिसी— ना॰ प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बीस रुपियाँको रकम वा सो चलनअनुसार दिइने कुनै रकम । ~ रुपियाँको जिउ— पदा॰ बहुमूल्य शरीर । ~ रुपियाँको वचन— पदा॰ बहुमूल्य बोली । लाखाँ— वि॰ अनेक लाख; अनगन्ती ।

लाखा— ना॰ [नेवा॰] १. नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई । २. पागमा डुबाएर बनाइएको एक प्रकारको ठूलो रोटी; लाखामरी ।

लाखापाखा— वि॰ [फा॰ लाखा+पाखो] १. छिन्नभिन्न भएर यताउति लागेको; यत्रतत्र छरिएको । २. बिल्लीबाठ परेको; ठाउँठहर हराएको । लाखा फर्काइ— ना॰ [लाखा+फर्काइ] नेवारजातिमा विवाहको करार भङ्ग गर्न वा वैवाहिक सम्बन्धविच्छेद गर्न दुलहीका तर्फबाट गरिने कामकारबाही वा फर्काइने वस्तु ।

लाखु— ना॰ [सं॰ लाङ्गूली] एक जातको भद्दा बाँदर ।

लाखे— ना॰ [सं॰ राक्षसे १. राक्षस; राकस । २. मकुन्डो लगाएर साउनभदौतिर सांस्कृतिक रिवाजअनुसार नचाइने राक्षसरूपधारी व्यक्ति । ~ नाच— ना॰ मकुन्डो लगाएर नाचिने परम्परागत सांस्कृतिक नाच ।

लाखेस्— वि॰ बो॰ कसैलाई बदलाको भावनाले डरत्रास देखाउनका निम्ति प्रयोग हुने शब्द; पखेस् ।

लाखौँ— वि॰ [लाख+औँ] १. अनेक लाख; लाखन् । २. अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्त ।

लाग्–नु— अ॰ क्रि॰ [सं॰ लग्+नु] १. कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; कामकुरामा तल्लीन हुनु । २. कामकुरो गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु । ३. कुनै काम हुन खोज्नु; आँट्नु । ४. लेसाइलो पदार्थ टाँसिनु; जोडिनु । ५. हातलागी हुनु; मिल्नु; पाउनु (जस्तो— हात लाग्नु) । ६. ठोकिनु; बज्नु । ७. सार गर्नु । ८. बन्द हुनु; थुनिनु । (. पोतिनु; लिपिनु । १०. रङ्गरोगन वा पालिस बस्नु । ११. भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु । १२. नाता पर्नु; साइनो पर्नु । १३. अनुभव हुनु; मनमा हो भन्ने पर्नु । १४. लट्ठ पर्नु; लट्ठिनु । १५. अर्थबोध हुनु; माने वा मतलब खुल्नु । १६. दोष, बात आदि आइपर्नु; आरोप लाग्नु (जस्तो बात लाग्नु) । १७. गणितमा ठीकठीकसँग भाग जानु । १८. अडकल, जुक्ति, बुद्धि आदि मिल्नु । १९. लत, बानी आदि बस्नु । २०. पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु । २१. खर्च, भाडा आदि पर्नु । २२. पक्ष लिनु; ओड गर्नु । २३. खेल, जूवा आदिमा बारम्बार उही दाउ आउनु । २४. खेदो गर्नु; पछ्याउनु । २५. दृष्टिदोष हुनु; कुदृष्टि पर्नु । २६. उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु ।

लाग— ना॰ [सं॰ लग्ने १. टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया । २. हकदावी; दैया; सम्बन्ध । ३. प्रभाव; असर । ४. पहाड । ~ छाड— ना॰ १. घाम वा पानीले बोटबिरुवाको विकासको अनुक¨ल भएर ठिक्क बेलामा लाग्ने र ठिक्क बेलामा छाड्ने क्रियाप्रक्रिया; बिरुवामा घाम वा पानीको उपस्थिति वा अनुपस्थिति । २. रोग, भूत, प्रेत आदिको असर बढ्ने र घट्ने क्रम; लाग्दैछाड्दै गर्ने व्यथा । ~ छोड— ना॰ लागछाड । —

माल— ना॰ १. पहाड र मधेस । २. व्यवसायको लागि मधेसबाट पहाड वा पहाडबाट मधेस जाने कार्य (तुल॰ गाउँबेँसी॰ । >

लागत— ना॰ १. कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परल खर्च । वि॰ २. लाग्नेजति; चाहिनेजति । —

नास्ति— ना॰ कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति । (उदा॰— तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु) । — भाग— ना॰ भूत, प्रेत आदिको प्रभाव; लागोभागो; लागलगान । ~ लगान— ना॰ भूतप्रेत आदिको बाधा वा असर । ~ लगानी— ना॰ १. लेनदेनको रुपियाँ; ऐँचोपैँचो वा रिन लिएको तिर्नुपर्ने धन । २. थालेको काम । — लगेस्रो— ना॰ कम्ती वा थोरै लागलगानी । — वादी— ना॰ १. कुनै मुद्दामा कानुनबमोजिम वादी हुने अधिकार भएको व्यक्ति । २. प्रतिवादी वादी र वादी प्रतिवादी भएको अवस्था ।

लागि— ना॰ यो॰ [सं॰ लग्] निमित्त; निम्ति; खातिर; हेतु; प्रयोजन ।

लागिनु— अ॰ क्रि॰ [लाग्+इ+नु] काममा संलग्न होइनु; लागिपरिनु ।

लागिपर्–नु— अ॰ क्रि॰ [लागि+पर्+नु] काममा तन्मय भएर लाग्नु; तल्लीन हुनु; एकाग्र हुनु । > लागिपराइ— ना॰ लागिपर्ने भाव, क्रिया वा अवस्था । लागिपरिनु— अ॰ क्रि॰ लागिपर्ने काम गरिनु; तन्मयतासाथ लागिनु ।

लागिमेली— क्रि॰ वि॰ [लाग्+इ+मेल्+ई] लाग्ने र जुट्ने किसिमले; लाउड सघाउने रूपमा ।

लागु— ना॰ [लाग्+ऊ] १. मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाब, जाँड इ॰) । २. लागभाग; लागो । ३. ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम । ४. प्रमाणित हुने काम; ठीक ठहर । वि॰ ५. तल्लीन भई काममा लागेको; लग्गू; आसक्त । ६. पल्केको; अनुरक्त । — भागु— ना॰ १. लागभाग । २. मादक पदार्थ । ~ वस्तु— ना॰ मादक पदार्थ (गाँजा, भाब, चरेस, अफिम, रक्सी इ॰); लागू ।

लागू— ना॰ हे॰ लागु । — भागू— ना॰ हे॰ लागुभागु ।

लागो— ना॰ १. भूतप्रेतको छाया वा बाधा; लागभाग । २. डाइनी, बोक्सी, धामीहरूको खेल ।

लाग्दो— वि॰ [लाग्+दो] १. हुँदो; भेट्दो (जस्तो— लाग्दो साँझ, छोड्दो दिन) । २. लाग्नेजति; चाहिँदो; जरुरत परेजति । ३. अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द (जस्तो— मायालाग्दो, उराठलाग्दो, डरलाग्दो इ॰) ।

लाग्ने— वि॰ [लाग्+ने] १. तीखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि) । २. छुच्चो; मुखाले । (उदा॰— उसको मुख असाध्य लाग्ने भएर आएको छ॰ ।

लाघव— ना॰ [सं॰] १. लघु हुनाको भाव वा अवस्था; लघुता । २. अल्पता; न्यूनता; क्षुद्रता; कमी । लाब ल्होसार -लोसार_— ना॰ [भो॰ब॰] महायानबौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष ।

लाचार— वि॰ [अ॰] १. कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य । २. असमर्थ; अशक्त । ३. साबित; कायल; हैरान । >

लाचारी— ना॰ लाचार हुनाको भाव; विवशता ।

लाछ्–नु— स॰ क्रि॰ [लछार्+नु] बोक्रा लछार्नु; तोड्नु; चुँड्नु ।

लाछलुछ— ना॰ [लाछ्+सं॰ लुञ्छे १. लाछ्ने र लुछ्ने काम; लुछाचुँडी; लुछलाछ । २. खोसाखोस; लुटलाट ।

लाछा— ना॰ [रू लच्छो १. आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौँको लच्छा । २. एक सेरको सनपाटको मुठो । ~ डोरी— ना॰ चुल्ठो समात्न र लामो पार्न आइमाईले लाउने तीन लुर्का भएको धागाको गुच्छो ।

लाछिनु— क॰ क्रि॰ [लाछ्+इ+नु] बोक्रा लछारिनु; लोडिनु; चुँडिनु ।

लाछी— वि॰ [सं॰ लाक्षो १. साहस वा ह्याउ नभएको; निर्धो; काँथर; नामर्द । २. धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने । ३. ना॰ भेट्नुसमेत टिपिएको भोर्लाका पातको मुठो । ४. पहाडतिरका घरको सामुन्ने भागको बरन्डा । ५. घरका पाखामा गाँसेको छानु ।

लाज— ना॰ [सं॰ लज्जो मान्य जनका सम्मुख पर्दा वा अनुचित कामकुरा, व्यवहार आदि भएको अनुभव गर्दा हुने धक वा सङ्कोच; लज्जा; सङ्कोच । — गाल— ना॰ १. जसरीतसरी; जसोतसो । २. इज्जत; प्रतिष्ठा; लोकलज्जा । — भाँड— ना॰ सभा, समाज वा मान्य जनका सामुन्ने बोल्न नहुने कुरो; अश्लील वचन; लाज लाग्ने कुरो । — मर्दो— वि॰ ज्यादै लाजलाग्दो; लाजले भुतुक्क पार्ने ।

लाजा— ना॰ [सं॰] १. धान भुट्दा उठ्ने फूल; भुटेको धान; लावा ।

लाञ्छन— ना॰ [सं॰] १. दाग; धब्बा; टाटो । २. कलङ्क; दोष; बात; आरोप । ३. चिह्न; निसान; निसानी । > लाञ्छना— ना॰ १. कलङ्क; अभियोग; दोष; लाञ्छन । २. अपवाद; निन्दा ।

लाञ्छित— वि॰ [सं॰] लाञ्छना लगाइएको; दोषी तुल्याइएको; कलङ्कित ।

लाटलुट१— ना॰ [रू लटपटे जुठो चीज छरिएर बिटुलिने काम; लसपस; छातछूत ।

लाटलुट२— ना॰ [(बि॰) लुटे जबर्जस्ती खोस्ने र लुट्ने काम; खोसमोस; लुटपिट ।

लाटा— ना॰ [लाटो+ओ १. मकै पाक्ने बेलामा बोटमा बस्ने पहेँलो कीरो; मकैकीरो । २. बालकहरूको खेलमा प्रयोग हुने एक शब्द । वि॰ ३. लाटो; लट्ठक । ~ गाँडा— वि॰ लठेप्रो; लाटो; ग्वाँजे; लाटोगाँडो ।

लाटानुप्रास— ना॰ [सं॰] अनुप्रास शब्दालङ्कारको एक भेद; समानार्थक शब्दको आवृत्ति हुने तर अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार ।

लाटिनु— अ॰ क्रि॰ [लाटो+इ+नु] १. लाटो हुनु; लठ्याङ्ग्रिनु । २. रोगले मुख बिग्रेर जिभ्राले स्वाद थाहा नपाउने हुनु । ३. शरीरका अङ्गमा अचेतन वा जडता पैदा हुनु; बोधो हुनु ।

लाटी१— ना॰ [सं॰] काव्यशास्त्रअनुसार वैदर्भी र पाञ्चाली रीतिका बीचको एक रीति ।

लाटी२— वि॰ [लाटो+ई] १. बोल्न नसक्ने; मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री॰ । २. लठ्यौरी । ३. सोझो नियतकी; सुधी । ४. मूर्ख; बुद्धिहीन (स्त्री) । — काठ— ना॰ लाम्चो आकारको पात हुने एक जातको रूख । — को साल— ना॰ अलपत्रे चाला । ~ बुड्यानी— ना॰ १. धामीविद्याअनुसार बुड्यानीका तीन बहिनीमध्ये एउटी; पूतना । २. रोगको एक भेद; मधौरुलाई विचेत पार्ने व्यथा ।

लाटो— वि॰ [सं॰ लटे १. बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला । २. लठ्यौरो; ग्वाँगे; लठेप्रो । ३. मूर्ख; जड । ४. सुधो; साधु । ५. निमुखा । ६. नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि) । — कोसेरो— ना॰ राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; भुल्को; उल्लू; उल्लूक । ~ गाँडो— वि॰ १. नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो । २. अबुझ; बुद्धिहीन । ३. सहारा नभएको; निस्सहाय । ~ घाँस— ना॰ चिसो ठाउँमा हुने एक प्रकारको घाँसे रूख । ~ रिस— ना॰ हतपती नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोक । ~ सुधो— वि॰ १. लाटो र सुधो । २. सीधासाधा; साधारण खालको ।

लाठ१— ना॰ [अङ्॰ लर्डे राणाकालमा कमान्डरइनचीफभन्दा मुनिको प्रमुख सैनिक दर्जा; प्रधान सेनापति; जङ्गीलाठ ।

लाठ२— वि॰ [सं॰ लाटे १. घस्टिएर पुरानोजस्तो भएको; बिसम्भार भएर धुस्निएको; लास्ट (लुगाफाटो आदि) । २. बिग्रेको; बरबाद ।

लाठ३— ना॰ [रू लट्ठी] १. साइकलको पाउदान वा चक्का अड्याउने बीचको कीलो; धुरा; धुर । २. कलपुर्जाको एक अवयव ।

लाठी— ना॰ [लाठो+ई] लट्ठी । ~ चार्ज— ना॰ जुलुस आदि भीड हटाउन गरिने लाठीको प्रहार; लाठीमुङ्ग्री । ~ प्रहार— ना॰ लाठीचार्ज । ~ मुङ्ग्री— ना॰ जे पायो त्यसैले अरूलाई प्रहार गर्ने काम; परस्परमा लाठो र मुङ्ग्रोले कुट्ने काम; पिटापिट ।

लाठे— वि॰ [प्रा॰ लट्ठे १. जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान । ना॰ २. रोपाइँमा कोदालीको काम गर्ने पुरुष खेतालो ।

लाठो— ना॰ [सं॰ लगुडे लौरोभन्दा ठूलो र लामो कुट्ने साधन ।

लाड— ना॰ [सं॰ लड्] केटाकेटीलाई गरिने पुलपुल्याहट र माया । श्र लाडिनु— अ॰ क्रि॰ १. लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु । २. बालकजस्तो बन्नु; केटाकेटीको जस्तो बानी गर्नु । ~ लाडे— वि॰ १. लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित । २. केटाकेटीका स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने ।

लात— ना॰ [प्रा॰ लत्तो १. खुट्टा; पाउ; पाद । २. खुट्टाको हनाइ; पाउको प्रहार; लात्ती ।

लात्तालात्ती— ना॰ [लात्ती+लात्ती] एकले अर्कालाई लात्तीको प्रहार गर्ने काम ।

लात्तिनु— अ॰ क्रि॰ [लात्ती+नु] लात्ती लाग्नु; लत्तिनु ।

लात्ती— ना॰ [प्रा॰ लत्तो पादप्रहार; लात । — कुत्ती— वि॰ प्रशस्त; धेरै; छेलोखेलो; मनग्य ।

लात्ते— वि॰ [लात्ती+ए] लात्तीको; लात्तीले गरिने । — कुत्ते— वि॰ लात्तीकुत्ती । ~ भकुन्डो— ना॰ फुटबल ।

लाथ्रो— ना॰ [सं॰ लतो कलिलो वा नछिपिएको रूख वा त्यसको हाँगो ।

लाद्–नु— स॰ क्रि॰ [प्रा॰ लद्दइ+नु] १. लदाउनु; भारी बोकाउनु । २. भारी बोक्नु । ३. भारी हाल्नु । > लादिनु— क॰ क्रि॰ १. लदाइनु; भारी बोकाइनु । २. भारी बोकिनु ।

लादी— ना॰ [प्रा॰ लद्दी] १. भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा । २. हात्ती, घोडा आदिको बिष्ठा; लिदी । ~ भुँडी— ना॰ मल र भुँडी दुवै ।

लादे— वि॰ [लाद+ए] १. ठूलो भुँडी भएको; भुँडे; भुँडीवाल । २. धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू (निन्दार्थमा॰ ।

लादो— ना॰हे॰ लाद्रो ।

लाद्रे— वि॰ [लाद्रो+ए] १. ठूलो भुँडी भएको; पेटुवा । २. धेरै खाने; घिच्चू (निन्दार्थमा॰ ।

लाद्रो— ना॰ [रू लादी] लादी रहने भुँडी; पेट; लादो ।

लापरलोपर— वि॰ मेलोमेसो नभएको; ढङ्ग नमिलेको ।

लापरवाह/लापर्बाह— वि॰ [अ॰ ला+फा॰ परवो १. कुनै कामकुराको पर्बाह वा वास्ता नगर्ने; असावधान । २. सामान्य विवेकको; होसियारी नभएको; बेहोस । > लापर्बाही— ना॰ पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिकको होसियारी वा विवेक नभएको अवस्था ।

लापलाप— क्रि॰ वि॰ [अ॰ मू॰ ल्याप् > लाप्+अ (बि॰)] जिभ्रो लपलपाएर; जिभ्रोले चाटेझैँ गरी; लपलप । ~ लिपलिप— क्रि॰ वि॰ १. धेरै खानेकुराहरू चाटेझैँ गरी; लापलिप । २. जति खाए पनि नअघाएजस्तो हुने गरी; बढी लोभी भएर ।

लापलिप— क्रि॰ वि॰ [रू लपलपे १. सपासप वा खपाखप चाँडो खाने चालसँग । २. थोरै वा नपुग खानेकुरो खाएर; चाटीचुटी । ३. लिपपोत । > लापलिपे— वि॰ १. लापलिप गर्ने । २. खानेकुरो चाख्ने बानी बसेको; चखुवा ।

लापा— ना॰ [रू लोप्पो उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल ।

लाप्चे— ना॰ १. नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिब, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा–जाति । २. उक्त लेप्चा जातिको भाषा; रोब भाषा । ~ काउलो— ना॰ एक जातको काउलो वा त्यसको फल; लाप्चेफल; करमर्द । ~ फल— ना॰ लाप्चेकाउलो ।

लाप्पा— ना॰ [सं॰ लपने दुई जनाले परस्पर अँगालो हालेझैँ गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; बन्बयुद्ध; जुधाजुध; कुस्ती ।

लाप्सो— ना॰ [सं॰ लम्बे १. सुन, चाँदी आदिको लामो टुक्रो; लुम्को; साँप्लो । २. फाली ।

लाफे— वि॰ [लाफो+ए] १. लाफो लगाएको वा गाँसेको । २. लाफोजस्तो ।

लाफो— ना॰ १. मुख्य घरसँग जोरेर बनाइएको एकतले सानो खण्ड; पालीखण्ड; लाहास; लाफ्रो । २. पात गाँसेर चित्रामा नहाली बनाएको ओडो । ३. गाँसेर बिट नउठाएको पातको थाल; पत्तल; लपेस ।

लाफ्रे— वि॰ [लाफ्रो+ए] लाफ्रो भएको; लाफे ।

लाफ्रो— ना॰हे॰ लाफो ।

लाब्रे/लाब्रो— वि॰ १. कुरा बनाएर आफ्नो गराउन चाहने; भए– नभएको कुरा गाँस्ने । ना॰ २. झुसिल्कीरो ।

लाभ— ना॰ [सं॰] १. कुनै वस्तु उपलब्ध हुने वा पाउने काम; प्राप्ति; उपलब्धि; फाइदा । २. वाणिज्यव्यवसाय वा उत्पादनबाट लागत खर्च कटाई बढी हुने आम्दानी; मुनाफा; नाफा । ३. उद्योगव्यवसायअन्तर्गत उद्योगपति वा उत्पादनका स्वामीहरूसँग एकत्रित हुने श्रमिकहरूको श्रमको मूल्य । ४. प्रत्यक्ष ज्ञान; जानकारी । ५. भलाइ; उपकार । — कर/कारी— वि॰ लाभ वा फायदा हुने; लाभप्रद । ~ दायक— वि॰ लाभ हुने; लाभकर । —

प्रद— वि॰ लाभ पुथ्याउने; लाभकर । — हानि— ना॰ लाभ र हानि; नाफा र नोक्सान । > लाभांश— ना॰ १. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश । २. सुविधाका लागि कम्पनीबारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम । ३. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहस्वरूप श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार । ४. कम्पनी वा यस्तै कुनै संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस ।

लाभान्वित— वि॰ [सं॰] लाभको सुविधा पाएको; सुविधाभोगी ।

लाभालाभ— ना॰ [सं॰] लाभ र हानि; नाफा र नोक्सान ।

लाभे— ना॰ [फा॰ लाफे बट्टाईका जातिको एक प्रकारको पक्षी ।

लाभ्रे१— वि॰ [रू लाफ्रे] बेसरोकारको कामकुरामा अघि सरी बोल्ने; मुखसारी; लाउके ।

लाभ्रे२— ना॰ [सं॰ लम्बे अन्नमा लाग्ने सेतो र लामो कीरो; चिलेसो । ~ किरो— ना॰ ठूलो झुसिल्कीरो ।

लाम्— वि॰ [रू लामो] लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै— लाम्कीरो, लाम्खुट्टे, लाम्पाते इ॰) ।

लाम— ना॰ [फा॰ लार्मे १. लहर; ताँती; हार; पङ्क्ति । २. पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड । ३. रणभूमि ।

लामकिरो— ना॰ [लामो+कीरो] सर्प; साँप ।

लामखुट्टे— ना॰ [लामो+खुट्टा+ए] १. गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको कीरो; मच्छर । वि॰ २. लामा खुट्टा हुने ।

लामगरो— ना॰ [लाम/लामो+गरो] १. रणभूमि; युद्धस्थल । २. लामो आकारको खेतको गरो ।

लामघारे— वि॰ [लामो+घार+ए] रणभूमि; लामा खुट्टा हुने अग्लो र नसुहाउँदो खालको; लाम्टाबे (मानिस॰ ।

लामटाब— ना॰ १. नेपाल अधिराज्यको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिब हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी । २. सोही नाउँठाउँको २३,७५० फिट अग्लो हिमशिखर ।

लामपुछ्रे— ना॰ [लामो+पुच्छर+ए] १. पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु । २. ढुकुरजस्तो, फुस्रो रब हुने र लामो पुच्छर हुने एक जातको चरो । ३. लामो पुच्छर हुने एक जातको भेडा । वि॰ ४. लामो पुच्छर भएको ।

लामबन्दी— ना॰ [लाम+बन्दी] सशस्त्र सेनाबारा लाम लागेर वा घेरा दिएर छेक्ने वा तम्तयार रहने काम ।

लामा१— ना॰ ऊँटजस्तै अग्लो तर जुरो नभएको, शरीरभरि लामा रौँ हुने दक्षिण अमेरिकामा पाइने एक स्तनधारी जनावर ।

लामा२— ना॰ [भो॰ ब॰] १. तिब्बतका बौद्ध धर्मका धर्मगुरु । २. सेर्पा, तामाब आदि जातिका मूल पुरोहित । ३. भोटेजातिको मानबोधक शब्द । ~ पाथी— ना॰ बालीनालीमा असिना, पानी आदिको प्रकोप नपरोस् भनी धजासहितको बाँसको लिङ्गो गाडेर तन्त्रमन्त्र गरेबापत लामालाई दिइने पाथी धान आदिको दस्तुर ।

लामि— ना॰ [लामो+इ] लामो (समास हुँदा पूर्वपदका रूपमा मात्र प्रयुक्त) । — छाने— वि॰ १. लामो छाना भएको (घर॰ । ना॰ २. नेपालीको एक थर । — डाँडा— ना॰ १. लामो परेर फैलिएको डाँडो; लाम्चो पहाड । २. धादिब जिल्लादेखि नुवाकोट जिल्लासम्म फिँजारिएको डाँडो । — डाँडे— वि॰ लामिडाँडामा हुने वा बस्ने ।

लामो— वि॰ [सं॰ लम्बे १. धेरै परसम्म पुगेको; लमाइ बढ्ता भएको; दीर्घ; लम्बे । २. पछिसम्म रहने । ~ हात— ना॰ चोर्ने काम वा आदत; चोरी ।

लाम्काने— वि॰ [लामो+कान+ए] लामा कान भएको; लम्कन्ना ।

लाम्कीरो— ना॰ हे॰ लामकिरो ।

लाम्खुट्टे— ना॰ हे॰ लामखुट्टे ।

लाम्चि–नु— अ॰ क्रि॰ [लाम्चो+इ+नु] लाम्चो हुनु; लम्बिनु ।

लाम्चिलो— वि॰ [लाम्चो+इलो] लाम्चोलाम्चो खालको; लम्स्याइलो ।

लाम्टाबे— वि॰ [लामो+टाब+ए] लामघारे ।

लाम्टो— ना॰ [सं॰ लम्बस्तने १. शरीरको दूध आउने अवयव; स्तन; थुन । २. झोलिएको थुन; शिथिल स्तन । ३. दूधको मुन्टो । ४. मासुको लुँदो ।

लाम्पाटो— ना॰ [लामो+पाटो] मूल पाटोभन्दा मुनिको बारीको लाम्चो पाटो ।

लाम्पाते— ना॰ [लामो+पात+ए] १. सुर्तीविशेष । २. लसुनको पात । ३. साह्रो काठ हुने एक जातको रूख । वि॰ ४. लामो पात भएको ।

लाम्पुछ्रे— ना॰ हे॰ लामपुच्छ्रे ।

लायक— वि॰ [अ॰] १. असल गुण भएको; योग्य । २. सुहाउँदो; उपयुक्त; मनासिब । ३. तन्दुरुस्त; स्वस्थ; समर्थ । ४. ठीक; उचित । ५. माफिक; मुताबिक । ६. मिल्दो; अनुक¨ल; दुरुस्त । ७. सत्य; यथार्थ । > लायकिलो— वि॰ लायक भएको । लायकी— ना॰ लायक हुनाको भाव वा अवस्था; योग्यता ।

लार— ना॰ [सं॰ नाले धानको बाला काटिसकेपछि खेतमा बाँकी रहेको छोटो भेट्नु ।

लारी— ना॰ [रू लौरी] डन्डीबियोको एक खेल ।

लार्के— ना॰ १. नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास– क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी । (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ) । २. भाले ढुकुर । ३. कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार । वि॰ ४. पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुथ्याएर फाटो पार्ने ।

लार्भा— ना॰ [अङ्॰] फुलबाट निस्कने, जीवजन्तुको प्रारम्भिक रूप ।

लाल१— ना॰ [सं॰ लालने १. बालक; बच्चो; लाला । २. छोरो; पुत्र ।

लाल२— वि॰ [अ॰ लअले रातो । ना॰ २. रातो गेडी; लालगेडी । ३. एक मासाको दसौँ भाग वा एक तोलाको सयौँ भाग; रत्ती ।

लालक— वि॰ [सं॰] दयामाया वा लालनपालन गर्ने; भरणपोषण गर्ने ।

लालच/लालचा— ना॰ [सं॰ लालसे १. कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना । २. अति लोभ; अनुचित इच्छा । >

लालची— वि॰ लालच गर्ने; लोभी ।

लालटिन/लालटिनी/लालटेन— ना॰ [अङ्॰ ल्यान्टर्ने मटीतेल हालेर बालिने, चिम र उझिन्डो भएको एक प्रकारको बत्ती । लाल ढड्डा— ना॰ [लाल+ढड्डो पल्टनिया जवानका खान्कीको दर्ताबही ।

लालन— ना॰ [सं॰] स्नेहको व्यवहार; लाडप्यार; पुलपुल्याहट । —

पालन— ना॰ स्नेहका साथ खानलाउन दिने काम; पालनपोषण । श्र लालना— ना॰ स्नेहका साथ बालकलाई पाल्ने काम; स्नेह; माया ।

लालपाते— ना॰ [लाल+पात+ए] टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दूधझैँ सेतो तरल पदार्थ निस्कने, नर्कटझैँ एउटै डाँठ हुने एक थरी बोट वा त्यसैको रातो पात; लालुपाते । लाल पुर्जा— ना॰ [लाल+पुर्जा] जग्गाधनीलाई प्रमाणका निम्ति दिइने मोठ, कित्ता जग्गाको परिमाण आदि लेखिएको रातो छापचिह्न लागेको कागत; जग्गाधनी दर्ताप्रमाणपुर्जा । लाल फित्ताशाही— वि॰ [लाल+फित्ता+शाही] नियमको बहुलता भएको प्रशासनिक प्रणाली; फित्ताशाही (रेडटेपिज्म॰ । लाल बुझक्कड— वि॰ [लाल+बुझक्कड] ठीक कुरो थाहा नपाईकन अन्दाजको भरमा निराधार बुद्धि लडाउने; डेढअक्कली । लाल बैजनी— ना॰ [लाल+बैजनी] रातो र बैजनी मिश्रित एक प्रकारको रब । राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा ।

लालमोहन— ना॰ [लाल+मोहन] खुवा, पीठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई ।

लालमोहर— ना॰ [लाल+मोहर] १. राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप । २. त्यस्तो छाप लागेको कागजात । > लालमोहरिया— वि॰ लालमोहर भएको वा पाएको; लालमोहरसम्बन्धी ।

लालस/लालसा— ना॰ [सं॰] १. लालच । २. गर्भवतीको रुचि ।

लालसागर— ना॰ [लाल+सागर] दक्षिणी अरब र उत्तरपूर्वी अफ्रिकाका बीचको समुद्रको नाम ।

लाला— ना॰ [सं॰ लालने बालक; बच्चो; बालो । — बाला— ना॰ बालबच्चा; केटाकेटी ।

लालायित— वि॰ [सं॰] १. ज्यादै लुब्ध; अति लोभी । २. राल चुहाउने; रालो ।

लालित— वि॰ [सं॰] १. लालना गरिएको; माया गरिएको । २. पुलपुल्याइएको ।

लालित्य— ना॰ [सं॰] १. ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य । २. प्रेमसूचक हाउभाउ ।

लालिमा— ना॰ [लाल+इमो रातोपना; लाली ।

लाली— ना॰ [लाल+ई] १. लालिमा; रातोपन । २. ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने राम्रो रङ्गको शृङ्गारसाधन । ~ गुराँस— ना॰ हरिया खस्रा पात हुने, गुलाफी रबको झुप्पा फूल फुल्ने (इरिकेसी समूहको॰ एक वृक्ष वा त्यसैको फूल; नेपालको राष्ट्रिय फूल ।

लालुपाते— ना॰ [लाल+पात+ए] हे॰ लालपाते ।

लाल्चा— ना॰ [रू लालचो लालच । (उदा॰— मथ्यो ताल्चा लाल्चाउपर परनिन्दा पर सथ्यो— लेखनाथ॰ । > लाल्ची— वि॰ लाल्चा गर्ने; लालची ।

लावण्य— ना॰ [सं॰] १. लवणको भाव वा गुण; नुनिलोपन । २. राम्रो हुनाको भाव वा अवस्था सौन्दर्य; माधुर्य । ३. असल शीलस्वभाव हुनाको गुण वा स्थिति; सुशीलता ।

लावा१— ना॰ [अङ्॰ लाभो ज्वालामुखी पहाडबाट निस्कने पत्थर, धातु आदिको द्रव पदार्थ ।

लावा२— ना॰ [सं॰ लाजो धान भुटेर तयार पारिने पूजा र मङ्गलकार्यमा समेत प्रयोग गरिने सेतो, हलुको खाद्य पदार्थ; लाजा । ~ धान— ना॰ बाहिर झुसले ढाकेको, भुट्दा लावा निस्कने लाम्चो खालको धान । ~ बाजा— ना॰ चारदेखि आठ फिटसम्म लामो हुने, विशेष गरेर सेर्पाजातिमा प्रचलित फुकेर बजाइने एक प्रकारको बाजा ।

लावालस्कर— ना॰ [फा॰ लावलश्करे १. हातहतियारसहितको फौज वा सेना । २. सेना र त्यसको सरसामान । ३. मानिसको ताँती ।

लास— ना॰ [फा॰ लाशे मृत शरीर; मुर्दा; शव । ~ जाँच— ना॰ कर्तव्य, आत्महत्या वा अरू कुनै कारणबाट मानिस मर्दा मरेको वास्तविक कारण पत्ता लगाउनका निम्ति गरिने लासको जाँच; शवपरीक्षण (पोस्टमार्टम) । ~ जाँच मुचुल्का— ना॰ लासजाँच गरी मृत्युको कारण र अन्य विवरणसमेत लेखिएको कागत । ~

परीक्षण— ना॰ लासजाँच ।

लास्ट— वि॰ [रू लाठे घस्टिएको; लाठ ।

लास्य— ना॰ [सं॰] १. नाच; नृत्य । २. प्रेमभावनालाई विभिन्न हाउभाउका साथै अङ्गविन्यासबारा प्रकट गरिने विशेष प्रकारको नृत्य । ३. गानबजानसहितको नाच ।

लाहाँचे— ना॰ कालो लामो चुच्चो, रातो टाउको, नीला खुट्टा र हरियो शरीर हुने, रूख कपेर गुँड लगाउने एक जातको चरो ।

लाहा— ना॰ [सं॰ लाक्षो पहेँलो कीराले रूखमा बनाउने, आगोमा पगाल्न हुने छाप लगाउने, टाल्ने आदि काममा प्रयोग गरिने एक पदार्थ; लाक्षा । — छाप— ना॰ पगालेको लाहामा लगाइने औँठी आदिको छाप; लाहामा लगाइने चिह्न । — मसी— ना॰ १. लाहापानीमा रब मिसाई बनाएको मसी । २. लाल र कालो रब वा ध्वाँसो मिसाई बनाइएको एक प्रकारको पाको, टिकाउ मसी ।

लाहास— ना॰ ठूलो मुख्य घरमा जोडेर बनाइएको सानो घर; लाफो ।

लाही— ना॰ [लाहा+ई] तोरी ।

लाहुर— ना॰ [लाहोर (स्थान॰] १. अचेल पाकिस्तानमा परेको पन्जाबको राजधानी; लाहौर । २. सुन्दर नगर ।

लाहुरी— वि॰ १. राम्रो; लोभलाग्दो; अङ्गढङ्ग चट्ट मिलेको । ना॰ २. असल जातको भैँसी । ~ भैँसी— ना॰ असल जातको भैँसी । ~ नेपाल— ना॰ मकवानी राज्यको चितलाब भेक ।

लाहुरे— ना॰ [लाहुर+ए] १. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान । २. रिकुटे । ३. एक प्रकारको बर्खे फूल । ४. असल जातको भैँसी; लाहुरी । ~ फुल— ना॰ लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी रङ्ग हुने तर बास्ना नआउने एक जातको फूल । ~ फुली— ना॰ चोसाचोसा परेको झम्के फूली । ~ माया— ना॰ अस्थायी मायाप्रीति; क्षणिक प्रेमव्यापार ।

लिँड— ना॰ [सं॰ लेण्डे १. डोलो लामो आकारको विष्ठा । २. मुसाको विष्ठा । ३. रुपियाँपैसाको लक्कु; बिन्डी ।

लिँडिक— ना॰ [लिनु+डिक] आपसी लेनदेनको व्यवहार ।

लिँडुल्के— वि॰ [लिँडुल्को+ए] लिँडुल्को भएको; लिँडे ।

लिँडुल्को— ना॰ १. काठको सानो छोटो ठेउको; गिँड; लिडुको; ट्वाकल । २. जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिँड । ३. गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिँड । वि॰ ४. पुच्छर वा हातखुट्टा नभएको; लिँडो ।

लिँडे— वि॰ [लिँडो+ए] पुच्छर नभएको; ठुटे । २. एकोहोरे; हठी; जिद्दीवाल । ३. गाली गर्दा प्रयोग गरिने शब्द । ~ कुचो— ना॰ बढार्दाबढार्दा बुच्चो भएको पुरानो क¨चो । ~ ढिपी— ना॰ एकोहोरो ढिपी; हठ; जिद्दी ।

लिँडो— वि॰ [सं॰ लेण्डे १. पुच्छर काटिएको; ठुटे; लिँडे; लिन्डो । २. छोटो । ३. जिद्दीवाल; हठी; एकोहोरे ।

लिँड्को— ना॰ [लिँडो+को] १. काठको सानो बिर्को । २. पाखाबालीमा डल्ला फुटाउन लगाइने दाँदेका छाँटको एक कृषि– औजार ।

लिँड्याइ— ना॰ [रू लिँड (+याइ॰] लिँड्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] लिँड्याइनु— क॰ क्रि॰ १. लिँड त्याग गरिनु । २. टुक्रा पारिनु; बिन्डी पारिनु । लिँड्याउनु— स॰ क्रि॰ १. लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु । २. ठुटो पार्नु; छोट्ट्याउनु; टुक्रा पार्नु । ३. पैसाको लक्कु पार्नु; बिन्डी पार्नु । ४. सोहोर्नु ।

लि–नु— स॰ क्रि॰ [प्रा॰ लेहइ+इ+नु] १. अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु । २. धारण गर्नु । ३. समात्नु; समाउनु । ४. स्वीकार गर्नु; मान्नु । ५. आक्रमण गरेर विजय गर्नु; जित्नु । > लिइनु— क॰ क्रि॰ लिने काम गरिनु; ग्रहण गरिनु ।

लिउँचिउँ— क्रि॰ वि॰ [अ॰ मू॰ लिउँ (बि॰)] जसोतसो; जसरीतसरी; येनकेन ।

लिउ— ना॰ [भो॰ ब॰] १. एक प्रकारको ऊनी सतरन्जा वा दरी । २. चौँरी गाईको रौँबाट बनाइएको राडी ।

लिउन— ना॰ [सं॰ लिम्पने गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्थ ।

लिक— ना॰ १. रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो । २. बयलगाडी आदिका पाङ्ग्रा गुड्दा बनेको डुँडजस्तो डोब वा धर्सो; गोरेटो ।

लिक्कोमब— ना॰ [लि॰] बिफर, दादुरा आदिले गाउँमा प्रवेश नगरोस् भन्नाका निम्ति गरिने, राईलिम्बूमा प्रचलित एक किसिमको पूजा ।

लिक्ष— ना॰ [सं॰] वास्तु तथा मूर्तिकलामा प्रयुक्त हुने आठ रौँको टुप्पोबराबरको नापो ।

लिखत— ना॰ [सं॰ लिखिते १. कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि) । २. अक्षर, अङ्क, चिह्न आदिबारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र । ३. दुई पक्षका बीचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र । ~ पत्र— ना॰ लिखतको कागज । ~ पास— ना॰ जग्गाजमिन आदिको बेचबिखन, रुपियाँपैसाको लेनदेनसम्बन्धी कागजपत्र ऐनकानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम । ~ बदर— ना॰ सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको टुटाइ वा उल्टाइ ।

लिखा— ना॰ [सं॰ लिक्षो जुम्रा, उडुस आदिको फुल । ~ टिपाइ— ना॰ १. चानचुने फाइदा वा लाभ । २. धेरैतिरबाट बटुल्ने काम । ३. झर्कोलाग्दो काम । ~ टिपुवा— वि॰ १. लिखा टिपिरहने । २. रोगले खाएको वा सताएको; साह्रै दुब्लो । स्त्री॰ लिखाटिपुवी ।

लिखित— वि॰ [सं॰] १. लेखिएको; रचिएको । २. रब भरिएको । ३. कुनै उद्देश्यले कसैलाई लेखेर दिइएको वा आज्ञा, आग्रह गरिएको (लिखित अनुरोध, लिखित आदेश, लिखित बहस आदि॰ । ना॰ ४. लेखोट; लिखित । ~ परीक्षा— ना॰ प्रश्नको उत्तर लिखित रूपमा दिनुपर्ने प्रकारको परीक्षा । > लिखितम्— ना॰ १. लिखित; लेखोट । २. तमसुकका सुरुको बेहोरामा आफू लिखित रूपले सम्बद्ध रहेको देखाउन प्रयोग हुने शब्द ।

लिखु— ना॰ [भो॰ ब॰] १. नेपाल अधिराज्यको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो; लिखु खोलो । वि॰ २. सानो खालको वा डाँठ झीनो भएको उखु ।

लिखुटे— वि॰हे॰ लिखुरे ।

लिखुरी— ना॰ [लिखुरो+ई] १. लिखुरोको पोथी रूप । २. धान, गहुँ आदि बत्ताउँदा हावाको निम्ति हम्कने उपकरण । ३. धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द ।

लिखुरे— वि॰ [लिखुरो+ए] साथ्है दुब्लो; सिकुटे; लिखुरे; फुकीढल; लिखुरो; लिखुर्के; लिखुटे ।

लिखुरो— वि॰ साह्रै सानो र दुब्लोपातलो; मरन्च्याँसे; हल्लनटाट (प्रायः भेडा, बाख्रा आदिको पाठो॰ ।

लिखेटो— ना॰ [लिखो+एटो] कपाल कोर्ने काइँयाको माझमाझमा मसिना सिन्का हालेर फट्टाउँदा अरू दाँत अझ बाक्ला पारेको र कोर्दा लिखा ल्याउने साधन; लिखौटो ।

लिखो— ना॰ [सं॰ लिक्षो जुम्रा, उडुस आदिको फुल ।

लिखौटो— ना॰हे॰ लिखेटो ।

लिग— ना॰ [अङ्॰ लीगे १. सङ्घ; संस्था, जमात (जस्तो— गोर्खा लिग, मुस्लिम लिग आदि॰ । २. सम्झौता; सन्धि । ३. साँध; सीमा । — लगा— ना॰ साँध–सिमाना; हाता ।

लिगलिगे— ना॰ घाँटीभित्र कण्ठनिर झुन्डिएको पातलो सानो अवयव; किलकिले ।

लिगेसन— ना॰ [अङ्॰ लिगेशने १. राजदूत वा क¨टनैतिक प्रतिनिधिहरूको मण्डली । २. राजदूत बस्ने घर; राजदूतावास ।

लिङ्ग— ना॰ [सं॰] पुरुषको जननेन्द्रिय; शिश्न । २. स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न । ३. मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग । ४. कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण । ५. व्याकरणमा पुरुष, स्त्री र नपुंसक छुट्ट्याउने शब्दका रूप (पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसकलिङ्ग) । ६. साङ्ख्यशास्त्रका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति । ७. मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति) । — धारी— वि॰ खालि चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी । ~ पुराण— ना॰ अठार महापुराणमध्ये एक । ~ वृत्ति— ना॰ १. भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु । वि॰ २. आडम्बर गर्ने; ढोँगी । ~ शरीर— ना॰ हिन्दूशास्त्रअनुसार मृत्युपछि शुभअशुभ फल भोग्ने भनी मानिएको सूक्ष्म शरीर । > लिङ्गी— वि॰ १. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी । २. लिङ्गसम्बन्धी । ३. लिङ्ग भएको ।

लिङ्गे— वि॰ [लिङ्ग+ए] १. लिङ्गसम्बन्धी । २. लिङ्ग भएको; लिङ्गी । ना॰ ३. देवस्थलहरूका यात्रामा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा । ~ पिब— ना॰ चारवटा बाँसका लिङ्गा चारतिर गाडेर दुईदुईवटा बाँसका टुप्पा जोडी मास्तिर तेर्स्याइएको बलोमा लठारो टाँगेर बनाइएको मच्चाएर खेलिने (प्रायः दसैँतिहारमा॰ पिब ।

लिङ्गो— ना॰ [लिङ्ग+ओ] १. इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा । २. आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ । ३. ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु ।

लिङ्ग्वल— ना॰ [किराँ॰] कुलो, धारा, पानी र यातायातका साथै वाणिज्यसम्बन्धी काम गर्ने लिच्छविकालीन एक अड्डा ।

लिची— ना॰ [चि॰ लीची] लाम्चा पात र खस्रो बोक्रो हुने, मसिनामसिना फूल फुल्ने र रसदार गुलियो काँडादार फल हुने एक जातको रूख वा त्यसैको फल; लिच्ची ।

लिच्चड— वि॰ [हि॰ लीचडे १. जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्न्याहा । २. मक्खीचुस; चुइयाँ; लोभी; कन्जुस । ३. अल्छी; लोसो; बोधो । ४. लेसाइलो; लेसिलो ।

लिच्छवि— ना॰ [सं॰] प्राचीन नेपाल, मगध र कोशल देशको एक प्राचीन प्रसिद्ध शासकवंश ।

लिटर— ना॰ [अङ्॰] तरल पदार्थको एक किलोबराबरको परिमाण वा नापो ।

लिटो— ना॰ [सं॰ लिक्ते १. भात नखुवाएका दूधमुखे बालकलाई खुवाउन भुटेका चामलको पीठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने मनभोगका छाँटको खानेकुरो । २. पाकेर सिता जोडिएको र पस्कँदा पन्यूमा टाँसिने लचेप्रो भएको गिलो भात ।

लिडुको— ना॰हे॰ लिँडुल्को ।

लितिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ लित > लितिक्+क] गिलो पदार्थ थिचिँदा वा निचोरिँदा एक छेउबाट पिच्च निस्किएजस्तो गरी; लित्त; पितिक्क; लितिक्क ।

लितिलिति— [अ॰ मू॰ लित्+इ (बि॰)] गिलो पदार्थ निचोरिएर रोकिई–रोकिई निस्कने गरी; लित्तलित्त ।

लित्त— क्रि॰ वि॰ [अ॰ मू॰ लित्+त] हे॰ लितिक्क । ~ लित्त— क्रि॰ वि॰ लगातारको लित्त । सात॰ लितितिति ।

लित्ती— ना॰ [सं॰ लिक्त+ई] नछोडी लाग्ने काम; धर्ना; पछेटा । ~

कसाइ— ना॰ १. साह्रै कडा परिश्रम; पसिना काढिन्जेलको बलगराइ । २. छोड्दै नछोडी धर्ना कस्ने काम ।

लिथो— ना॰ [अङ्॰] लिथोग्राफ । — ग्राफ— ना॰ १. धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण । २. स्टेन्सिलमा सुक्खा अक्षर टाइप गरी लिथोमेसिनमा घुमाएर धेरै प्रति निकालिने प्रक्रिया । —

ग्राफी— ना॰ लिथोग्राफ छाप्ने कला वा सीप; शिलामुद्रणविद्या । ~ मुद्रण— ना॰ लिथोमेसिनबारा गरिएको वा हुने मुद्रण । ~

मेसिन— ना॰ बिजुलीबारा मुद्राक्षर ढाल्ने आधुनिक यन्त्र ।

लिदी— ना॰ [प्रा॰ लद्दी] हात्ती, घोडा आदिको विष्ठा; लादी । —

बिदी— ना॰ १. फोहर । क्रि॰ वि॰ २. पाकेर गल्ने गरी ।

लिनदिन— ना॰ [लिनु+दिनु] १. लिने र दिने काम; लिने वा दिने व्यवहार; लेनदेन । २. ऋण वा कुनै वस्तु लिने र दिने काम; सरसापट ।

लिन्डो— वि॰ १. लिँडो । ना॰ २. लिँड ।

लिप्–नु— स॰ क्रि॰ [सं॰ लिप्+नु] १. गोबर, माटो आदिको लेदो पदार्थ मुछेर घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु; घरका भित्ताहरूमा गोबरमाटो मिलाएर घस्नु वा टाल्नु; पोतर्नु; पोत्नु । २. हिलो, फोहर आदि जताततै घस्नु । ३. लेखाइ नराम्रो र बाक्लो पार्नु ।

लिप— ना॰ [लिप्+अ] लिपाइ (अन्य शब्दमा गाँसिएर मात्र प्रयुक्त) । — घस— ना॰ घर आदि लिप्ने र घस्ने काम; लिपपोत; लिपनपोतन; लिपलाप । — पोत— ना॰ घर आदि लिप्ने र पोत्ने काम; लिपघस ।

लिपाइ— ना॰ [रू लिप् (+आइ॰] लिप्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] लिपाइनु— क॰ क्रि॰ लिप्न लाइनु । ~ पोताइ— ना॰ लिप्ने र पोत्ने काम । लिपाउनु— प्रे॰ क्रि॰ लिप्न लाउनु; पोताउनु ।

लिपि— ना॰ [सं॰] १. अक्षर लेख्ने प्रणाली; अक्षरको रखाइ । २. लिखित अक्षर; वर्णमाला; वर्ण । ३. लेख्ने कला । ४. चित्रकला; रेखाङ्कन । ५. लेखोट ।

लिपिक— ना॰ [सं॰] लेख्ने व्यक्ति; कारिन्दा; लेखनदास; लिपिकर । ~ विभ्रम— ना॰ लिपिकबारा भएको भूल वा अशुद्ध पाठ । —

कर— ना॰ लिपिक ।

लिपिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ लिपिक्+क] टाँसिने गरी; ल्याप्प; लिपिस्स ।

लिपित्त— क्रि॰ वि॰ [अ॰ मू॰ लिपित्+त] हे॰ लितिक्क ।

लिपिनु— क॰ क्रि॰ [लिप्+इ+नु] पोतिनु; लिप्सिनु ।

लिपिबद्ध— वि॰ [सं॰] लिपिमा बाँधिएको; लेखिएको; लिखित ।

लिपिशास्त्र— ना॰ [सं॰] लिपिको ऐतिहासिक विवेचना र विश्लेषण गरिएको शास्त्र; लिपिविज्ञान ।

लिपिस्स— क्रि॰ वि॰ [सं॰ लिप्ते हे॰ लिपिक्क ।

लिप्टि–नु— अ॰ क्रि॰ [सं॰ लिप्त+इ+नु] १. खप्टिनु; जोडिनु; टाँसिनु; जेलिनु । २. लपेटिनु; बेथ्हिनु ।

लिप्टो— ना॰ [सं॰ लिप+टो] १. ओढ्ने वा फेर्ने काम लिइने, कपडाको सानो टुक्रो वा टालो । २. बिछ्याउने सानो चकटी वा सुकुल ।

लिप्ट्याइ— ना॰ [रू लिप्टि (+याइ॰] लिप्टिने भाव, क्रिया वा प्रक्रिया । [ > ] लिप्ट्याइनु— क॰ क्रि॰ लपेटिनु; बेरिनु ।

लिप्ट्याउनु— स॰ क्रि॰ १. बेर्नु; लपेट्नु । २. जोर्नु; टाँस्नु ।

लिप्त— वि॰ [सं॰] १. लिपपोत गरिएको; लिपेको; पोतेको । २. दूषित भएको; बिग्रेको । ३. मिलाइएको; टाँसिएको; जोरिएको । ४. तत्परताका साथ कुनै काममा लागेको; एकोहोरिएको ।

लिप्यन्तर— ना॰ [सं॰] १. अर्को लिपि । २. लिपिपरिवर्तन ।

लिप्स–नु— स॰ क्रि॰ [लिप्+नु] १. बाक्लो लेदो पदार्थ भित्ता आदिमा मसिनो गरी लेस्नु; लेसाइलो पदार्थ घस्नु । २. अरूसँग लहसिनु ।

लिप्सा— ना॰ [सं॰] कुनै वस्तु प्राप्त गर्ने तीव्र इच्छा; अभिलाषा ।

लिप्साइ— ना॰ [रू लिप्स (+आइ॰] लिप्सने भाव, क्रिया वा प्रक्रिया; लिपाइ । [ > ] लिप्साइनु— क॰ क्रि॰ लिप्सन लाइनु । लिप्साउनु— प्रे॰ क्रि॰ १. लिप्सन लाउनु; लिपाउनु । २. लहसिने पार्नु । लिप्सिनु— स॰ क्रि॰ १. लिप्नु । क॰ क्रि॰ २. लिपिनु । अ॰ क्रि॰ ३. कसैसँग ज्यादै लहसिनु; विषयभोगमा आसक्त हुनु ।

लिप्सी— ना॰ [अङ्॰ लिपस्टिके नारीजातिले सौन्दर्यका निम्ति ओठमा दल्ने रातो रङ्गको शृङ्गारसाधन; लिपिस्टिक ।

लिप्सु— वि॰ [सं॰] लिप्सा भएको; कुनै वस्तु प्राप्त गर्ने इच्छा भएको; इच्छुक ।

लिप्सो— वि॰ [सं॰ लेशे एकदम सानो; धेरै मसिनो; सूक्ष्म ।

लिफा— ना॰ [अ॰ लिफाफःे १. वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम । २. दायाँबायाँ औँठाछाप र सहीछाप गरी राखिएको वा कसैलाई दिइएको खाली कागज ।

लिफाफा— ना॰ [अ॰ लिफाफे चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम ।

लिफ्ट— ना॰ [अङ्॰] १. अग्ला भवनमा मानिस आदि तल वा माथि पुथ्याउन जडिएको विद्युत्बारा सञ्चालित भथ्याब; उत्तोलक यन्त्र । २. अर्काको सबारी साधन चढ्न दिने मौका ।

लिबलिब— क्रि॰ वि॰ [अ॰ मू॰ लिङ्+अ (बि॰)] १. जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप । २. खानामा ज्यादै लोभिने चालले । > लिबलिबती/लिबलिबी— क्रि॰ वि॰ अझै लिबलिब हुने गरी ।

लिब्री— ना॰ [लिभर+ई] १. किलकिले; लिगलिगे । २. सानो जिभ्री ।

लिमिटेड— ना॰ [अङ्॰] परिमित; सीमित । ~ कम्पनी— ना॰ सेयरवालाहरूको दायित्व उठाउन निजहरूले कबुलियत गरेको सेयरको अधिकतम परिमाणसम्म मात्र कारोबार सीमित हुने गरी कम्पनी कानुनबमोजिम दर्ता गरिएको व्यापारी संस्था ।

लिम्बु— ना॰ [भो॰ ब॰] लिम्बूवानक्षेत्रमा बस्ने एक किराँतजाति ।

लिम्बुवान— ना॰ [भो॰ ब॰] दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबासो भएको कोसी र मेची अञ्चलका पहाडी क्षेत्र ।

लिम्बू— ना॰ हे॰ लिम्बु ।

लिरबिर— क्रि॰ वि॰ [अ॰ मू॰ लिर् (बि॰)] १. लरबरिने गरी । २. बिस्तारै चलमलाएर ।

लिरा— ना॰ इटाली देशको राष्ट्रिय मुद्रा ।

लिरिबबिरिब— ना॰ [रू लिरबिरे १. बिस्तारै छुवाएर चलाउने काम; लुलो चालले हल्लाउने काम । क्रि॰ वि॰ २. त्यसरी चलाउने वा हल्लाउने गरी ।

लिलाम— ना॰ [पोर्त॰ लीलामे कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेवालालाई माल बिक्री गर्ने काम; डाँक । ~ घर— ना॰ लिलाम गर्ने निर्दिष्ट स्थान । ~ बिक्री— ना॰ लिलाम । > लिलामी— वि॰ १. लिलाममा खरिद वा बिक्री गरिएको । २. लिलामसम्बन्धी; लिलामको ।

लिवाइ— ना॰ [लि+वाइ] लिने भाव, क्रिया वा प्रक्रिया ।

लिसिबपिसिब— क्रि॰ वि॰ [अ॰ मू॰ लिस्+इब (बि॰)] १. जसोतसो; येनकेन । ना॰ २. सानोतिनो कामधन्दा; लिसीपिसी ।

लिसीपिसी— क्रि॰ वि॰ [अ॰ मू॰ लिस्+ई (बि॰)] १. मन नदिई सुस्तीका साथ । ना॰ २. सानोतिनो वा नगण्य कामधन्दा; लिसिबपिसिब ।

लिसे— वि॰ [लिसो+ए] लिसोजस्तो टाँसिने; पिछा लाग्ने । ~ टाँगो— ना॰ १. लिसो टाँसेको टाँगो । २. तुच्छ उद्योग । ३. दीर्घसूत्री चाल ।

लिसो— ना॰ [सं॰ श्लिषो १. खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्थ । २. रूखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो । ३. रूखमा मजबुतीसाथ टाँसिएर रहने एक लहरो । ४. मन नपरीकन पनि धेरै समयसम्म बसिरहने मानिस वा वस्तु ।

लिस्टे/लिस्टो— वि॰ १. कन्जुस; मक्खीचुस; लोभी; लिस्टे । ना॰ २. एक जातको चरो

लिस्ती— ना॰ [प्रा॰ लट्ठी] १. झ्यालढोका आदिमा काँच, फल्याक आदि जड्नका लागि चारैतिर जडिने काठ आदिको पातलो फ्रेम वा साधन । २. घरभित्र बिजुलीको तार सुरक्षितसँग जड्न भित्तामा ठोकिएको मोटाइचौडाइ कम भएको लामो काठ ।

लिस्नु— ना॰ १. एउटै खाँबो बीचबीचमा कपेर खुड्किलो पारिएको भथ्याब; एकखुट्टे भथ्याब; अखटो । २. भथ्याब । ३. खुड्किलो; सिँढी ।

लिस्याइलो— वि॰ [लिसो+याइ+लो] १. मसिनो र टाँसिएलाजस्तो । २. च्याटच्याट लाग्ने; टाँसिने ।

लिहल— वि॰ [लि॰] कानुनी रूपमा लिएको, प्राप्त गरेको (तमसुक आदिमा मात्र प्रयुक्त हुने शब्द) । — गत— कानुनी रूपमा तमसुक लेखेर सापट लिइएको (रुपियाँपैसा॰ ।

लिहिली— ना॰ कौकामीहरूले भाँडाबर्तनहरू बनाउँदा तल राख्ने फलामको अचानु; ली । ~ ठेलो— ना॰ लिही अड्याउन गाडिने काठ ।

लिही— ना॰ [प्रा॰ लिद्दी] कुखुराको विष्ठा; सुली ।

ली— ना॰ एकसय बीस गज बराबरको नापको परिमाण ।

लीग— ना॰ [अङ्॰] हे॰ लिग ।

लीन— वि॰ [सं॰] १. नछुट्टिने गरी जोडिएको; टाँसिएको । २. छिपाइएको; प्रच्छन्न; लुकाइएको । ३. काममा एकाग्र भई लागेको; तन्मय भएको । ४. पग्लिएको; विगलित । ५. कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन । — ता— ना॰ लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता ।

लीला— ना॰ [सं॰] १. चित्तको उमङ्गका साथ मनोरञ्जनका निम्ति गरिने खेल वा क्रीडा; विनोद । २. विलास; विहार; रतिक्रीडा; केलि । ३. देवताको चरित्र । ४. देवदेवीका अवतारका चरित्र आदिको अभिनय । ५. छद्मवेश; ढोँग । ६. प्रेमले उन्मत्त भएर रूप, वेश, आभूषण, वचन आदिले नायिकाबारा गरिने नायकको अनुकरण । > लीलावतार— ना॰ लीला वा लोक– अभिनयका लागि धारण गरिएको विष्णुको अवतार । — वान्— वि॰ १. लीला गर्ने; क्रीडाशील । २. सुन्दर; रमणीय । > लीलोद्यान— ना॰ क्रीडा गर्ने बगैँचा ।

लु१— ना॰ [सं॰ लुके ग्रीष्म ऋतुको वेला गरम प्रदेशहरूमा चल्ने तातो हावा वा त्यसको धार ।

लु२— निपा॰ ल; लौ ।

लुँग— ना॰ [रू लबे पोते, माला आदिको गुच्छाको हरेक लहर; लरियो ।

लुँगी— ना॰ [ब॰ लुन्जी] दुवै छेउ सिएर वा नसिईकन पुरुष वा स्त्रीजातिले लगाउने अधोवस्त्र ।

लुँडि–नु— अ॰ क्रि॰ [लुँडो+इ+नु] १. लुँडीजस्तो हुनु; लुँडो लागेर आउनु । २. बटुलिनु; गुजुल्टिनु; सोहोरिएर आउनु । ३. बटारिनु; बाटिनु; बेरिनु ४. बालीनाली राम्रो सप्रेर आउनु । ५. नदी वा समुद्रको पानी अचानक बढेर आउनु ।

लुँडी— ना॰ १. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो । २. सानो लुँडो । ~ धान— ना॰ एक जातको धान ।

लुँडे— ना॰ १. ससाना पात र रातो डाँठ हुने एक जातको साग । २. ढिँडो, खोले आदि पकाइने, मुख फराक भएको र बिँड नभएको भाँडो; भुजङ्गो । ~ धन्दा— नोकरको जस्तो धन्दा; कमाराको धन्दा ।

लुँडो— ना॰ १. भाँडाकुँडा माझ्ने वा भुईँभित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को । २. घाँस, पराल, लुगा आदिको केही लाम्चो गुजुल्टो । ३. हरिस आदिका फेदमा गुजुल्टिएको घाँस वा झार । ४. आब मल्दा निस्कने मयलको लिँड । ५. पराल आदि बटारेर बनेको पोयो । ६. धेरै मानिस आदिको धुइरो ।

लुँड्याइ— ना॰ [रू लुँडि (+याइ॰] लुँडिने क्रिया वा प्रक्रिया । [ > ]

लुँड्याइनु— क॰ क्रि॰ लुँड्याउने काम गरिनु; लुँडो पारिनु ।

लुँड्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. लुँडोजस्तो बनाउनु; लुँडी पार्नु । २. गुजुल्ट्याउनु । ३. बटार्नु; बाट्नु । ४. गाईबस्तुले सागपात आदि जथाभाबीसँग खानु । ५. मान्छेले सागपात आदि मनपरीसित टिप्नु । ६. जेजस्तो पायो सबै लैजानु । ७. पाएजति सबै खानु; हसुर्नु ।

लुँदरी— वि॰ मोटोघाटो शरीर देखिएर पनि दह्रो भएर काम गर्न नसक्ने; साह्रै असमर्थ ।

लुँदो— ना॰ [सं॰ लुण्ठो पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जीउमा लट्किएको छाला ।

लुइँचे— ना॰ वनजङ्गलमा हुने कुखुरो; जङ्गली कुखुरो ।

लुइँलुइँ— क्रि॰ वि॰ [अ॰ मू॰ लुइँ (बि॰)] एकोहोरिएर सरासर तीव्र वेगसाथ हिँड्दै; लमकलमक; लसलस; लसकलसक; फटाफट ।

लुक्–नु— अ॰ क्रि॰ [सं॰ लुक्+नु] १. नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु । २. अदृश्य हुनु; अलप हुनु; छेकिनु; अल्पिनु ।

लुक— ना॰ [भो॰ ब॰] उत्तरी भेगमा पाइने एक जातको भेडा ।

लुकाइ— ना॰ [रू लुक् (+आइ॰] लुक्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] लुकाइनु— क॰ क्रि॰ लुक्न लाइनु; छिपाइनु । लुकाउनु— स॰ क्रि॰ अरूले नदेख्ने गरी राख्नु; दबाउनु; छिपाउनु ।

लुकाट— ना॰ [सं॰ लकुचे खस्रा पात हुने, भुवादार रातो रङ्गका लाम्चाबाटुला र गुलिया फल फल्ने एक जातको बोट वा त्यसैको फल ।

लुकामारी— ना॰ [लुक्+मार्] १. परस्परमा लुक्ने र फेला पार्ने गरी खेलिने प्रसिद्ध बालखेल; कुक्कु । २. परस्परमा लुक्ने काम; लुकालुक ।

लुकाल— ना॰ जाकनामा लादिने वा बोकाइने छाला मोडेको दुईमुखे थैली ।

लुकालुक— ना॰ [लुक्+आ+लुक्] १. आपसमा लुक्ने काम । २. लुकामारी ।

लुकाहा— वि॰ [लुक्+आहो लुक्ने स्वभावको; लुकुवा ।

लुकिनु— अ॰ क्रि॰ [लुक्+इ+नु] नदेखिने हुनु; छिपिनु ।

लुकीचोरी— क्रि॰ वि॰ [लुक्+ई+चोर+ई] १. थाहै नदिईकन; गोप्य तवरले । २. लुकीछिपी ।

लुकीछिपी— क्रि॰ वि॰ [लुक्+ई+छिप्+ई] गोप्य तवरले; लुकीचोरी ।

लुकुनी— ना॰ [भो॰ ब॰] मिहीन राडीबाट सिएर तयार गरिएको जीउमा लगाउने एक प्रकारको न्यानो कपडा ।

लुकुवा— वि॰ [लुक्+उवो लुक्ने स्वभावको; लुकाहा । ~ बाटो— ना॰ चोरबाटो । ~ मासु— ना॰ लुगा लाएको बेला छरितो देखिने र फुकाल्दा मोटो देखिने जीउडाल ।

लुखुरलुखुर— क्रि॰ वि॰ [अ॰ मू॰ लुखुर्+अ (बि॰)] १. कसैलाई पछ्याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु । २. झल्लिएर भौँतारिने गरी । ३. विवश भएर हिँड्दै ।

लुखुरे— वि॰ लिखुरे ।

लुखुरो— वि॰ [सं॰ लिक्षो लिखुरे ।

लुगलुग— क्रि॰ वि॰ [अ॰ मू॰ लुग्+अ (बि॰)] चर्को जाडो, भय, त्रास वा रोग आदिका कारणले शरीरमा कम्प आउने गरी; लगलग; थरथर; थुरथुर । > लुगलुगती/लुगलुगी— क्रि॰ वि॰ अझै लुगलुग भएर । लुगलुगे— वि॰ लुगलुग कँपाउने; थुरथुर पार्ने (जाडो॰ ।

लुगा— ना॰ [सं॰ लक्तके १. जीउमा लगाउने कपडा; पोसाक । २. ओढ्नेओछ्याउने; सिरकडसना आदि । ३. कपडा; वस्त्र । — फाटो— ना॰ वस्त्रहरूको समूह; लत्ताकपडा । ~ भत्ता— ना॰ स्थायी सेवामा रहेका पदाधिकारी वा उच्च ओहदाका व्यक्तिलाई विदेशभ्रमण गर्दा नियमानुसार लुगा किन्न दिइने निश्चित रकम ।

लुग्दी— ना॰ कागत बनाउन रूखका बोक्राबाट बनाइएको लेदो; कागतको लेदो (पल्प॰ ।

लुच्चो— वि॰ [सं॰ लुञ्छे १. झूटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग । २. ढँटुवा; चेपारे । ३. धूर्त; फटाहा । > लुच्च्याइँ— ना॰ लुच्चो हुनाको भाव; फट्याइँ ।

लुछ्–नु— स॰ क्रि॰ [सं॰ लुञ्छ+नु] १. जबर्जस्ती तानेर छुट्ट्याउनु; चुँडाल्नु; चुँड्नु । २. दाँत, नङ्ग्रा आदिले चिथोर्नु; नङ्ग्य्राउनु । ३. जबर्जस्तीसित लिनु; खोस्नु । ४. चाम्रो वस्तु पक्रेर तान्नु; खिँच्नु । ५. लाछ्नु; लछार्नु । ६. भुत्ला अलग्याउनु; भुत्ल्याउनु । श्र लुछलाछ— ना॰ १. धमाधम लुछ्ने काम; लुछाचुँडी । २. खोस्ने, चुँड्ने, थुत्ने वा धुत्ने काम; खोसखास; थुतथात । लुछाइ— ना॰ लुछ्ने भाव, क्रिया वा प्रक्रिया । लुछाइनु— क॰ क्रि॰ लुछ्न लाइनु । लुछाउनु— प्रे॰ क्रि॰ लुछ्न लाउनु ।

लुछाचुँड— ना॰ [लुछ्+चुँड्] लुछ्ने र चुँड्ने काम; लुछाचुँडी । >

लुछाचुँडी— ना॰ १. एक–अर्कामा लुछ्ने र चुँड्ने काम; परस्परको लुछाइ र चुँडाइ । २. परस्परमा कुनै वस्तु बलजफत गरी खोस्ने वा लिन खोज्ने काम; खोसाखोस ।

लुछाफहरी— ना॰ [लुछ्+फहर्] १. लुछ्ने र फहराउने काम; लुछाइ र फहराइ । २. केश लुछेर, दाँतले टोकेर तथा चिथोरेर हुने झगडा ।

लुछालुछ— ना॰ [लुछ्+लुछ्] परस्परको लुछाइ ।

लुछिनु— क॰ क्रि॰ [लुछ्+इ+नु] १. लुछाचुँडी गरिनु । २. चिथोरिनु । ३. तानिनु । ४. नाङ्गिनु ।

लुट्–नु— स॰ क्रि॰ [सं॰ लुण्ठ+नु] १. जबर्जस्तीसित अर्काको धनमाल लिनु; डरत्रास देखाएर वा धम्काएर अरूको सम्पत्ति खोस्नु; हाक्काहाक्की चोर्नु । २. उचितभन्दा ज्यादा मोल लिनु; ठग्नु । ३. अन्याय गरेर अरूको सम्पत्ति हत्याउनु ।

लुट— ना॰ [सं॰ लुठने जथाभाबीसित लिने वा लाने काम; सित्तैँ पाउने प्रयास; लूट । लुटको धन फुपूको श्राद्ध (उखान) । — पाट— ना॰ समूह मिलेर गरिने लुट । — पिट— ना॰ लुट्ने र पिट्ने काम; लुटपाट; लुटमार ।

लुटपुट— ना॰ [अ॰ मू॰ लुट्+अ (बि॰)] १. खुसीले वा लाडे भएर नजिकै आई खेल्ने काम; लुटुपुटु । २. मायालाग्दो भएर झ्याम्मिने चाल । > लुटपुटाइ— ना॰ लुटपुटाउने भाव, क्रिया वा प्रक्रिया ।

लुटपुटाइनु— अ॰ क्रि॰ लुटपुटिने होइनु । लुटपुटाउनु— अ॰ क्रि॰ लुटपुटिनु । लुटपुटिनु— अ॰ क्रि॰ १. लुटपुट गर्नु; ढुनुमुनु खेल्नु । २. आसक्त हुनु; लहसिनु । ३. गुड्नु । लुटपुट्याइ— ना॰ लुटपुटिने भाव, क्रिया वा प्रक्रिया । लुटपुट्याइनु— क॰ क्रि॰ लुटपुट गराइनु । लुटपुट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. लोटपोट गराउनु; गुडाउनु । २. प्रेममा फँसाउनु; आसक्त पार्नु ।

लुटपुट्याहट— ना॰ लुटपुटिने काम, किसिम वा स्थिति; लुटपुट्याइ ।

लुटमार— ना॰ [लुट्+मार्] १. लुट्ने र मार्ने काम । २. लुटपिट ।

लुटलाट— ना॰ [लुट (बि॰)] लुटेर लिने काम; लुटपाट ।

लुटाइ— ना॰ [रू लुट् (+आइ॰] लुट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] लुटाइनु— क॰ क्रि॰ लुट्न लाइनु । लुटाउनु— प्रे॰ क्रि॰ १. लुट्न लाउनु । २. सित्तैँमा दिनु; जति भन्यो उति दिनु ।

लुटाकाने— वि॰ [लुप्त+कान+ए] कान खुम्चिने जातको (बाख्रो॰ ।

लुटान— ना॰ [लुट्+आन] १. लुट्ने वा लुटिने काम । २. सामूहिक रूपमा भएको लुट । ३. लुटेको वस्तु ।

लुटालुट— ना॰ [लुट्+आ+लुट] १. परस्परमा एकले अर्कालाई लुट्ने काम; एकैसाथ धमाधम भएको लुटाइ । २. लुटालुट ।

लुटाहा— वि॰ [लुट्+आहो लुटको काम गर्ने; लुट्ने स्वभावको; लुटेरो; लुटाहार ।

लुटाहार— वि॰ [लुट्+आहार] लुटाहा; लुटेरो ।

लुटि–नु१— अ॰ क्रि॰ [सं॰ लुट्+इ+नु] १. तिल वा मासका पातहरू खुम्रिने रोग लाग्नु । २. बोटबिरुवा आदि बटारिएर बढ्न नसक्नु । ३. कान छोटो हुनु ।

लुटिनु२— क॰ क्रि॰ [लुट्+इ+नु] १. लुटामार गरिनु; धनमाल खोसिनु । २. लुटमा पर्नु । ३. सर्वस्व हरिनु ।

लुटुपुटु— क्रि॰ वि॰ [रू लुटपुटे लुटपुट ।

लुटे— वि॰ [रू लुटि] १. निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि) । २. साह्रै सानो कान भएको (मानिस, पशु आदि॰ ।

लुटेरो— वि॰ [लुट्+एरो] लुट्ने; लुटाहा; लुटाहार ।

लुठी— ना॰ [लुठो+इ] व्यभिचारिणी स्त्री; वेश्या ।

लुठो— ना॰ [सं॰ लटके जार; नाठो; उपपति ।

लुडबुडि–नु— अ॰ क्रि॰ [लडिबुडी+नु] १. लडीबुडी गर्नु । २. गुड्नु; पल्टनबाजी खानु । > लुडबुड्याइ— ना॰ लुडबुडिने वा लुडबुड्याउने क्रियाप्रक्रिया । लुडबुड्याइनु— क॰ क्रि॰ लडीबुडी पारिनु । लुडबुड्याउनु— स॰ क्रि॰ १. लडीबडी पार्नु; लोटपोट पार्नु । २. गुडाउनु; पल्टनबाजी खुवाउनु ।

लुडो— ना॰ [अङ्॰] केटाकेटीहरूले खेल्ने एक प्रकारको खेल ।

लुण्ठन— ना॰ [सं॰] १. बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट; चोरी । २. लोट्ने वा पछारिने काम । ३. गुड्ने काम; लडीबुडी गर्ने काम ।

लुण्ठित— वि॰ [सं॰] १. लुटबाट ल्याइएको; चोरिएको । २. पछारिएको; लडेको । ३. गुडेको ।

लुतुक्क— क्रि॰ वि॰ [रू लतक्के १. ओइलाएर लत्रिने गरी । २. ज्यादा पाकेर गल्ने चालले ।

लुतुरे/लुतुरो— ना॰ [लुतुरो+ए] १. लुगाफाटोको ससानो धरो; लुन्द्रो । वि॰ २. निर्धो; दुब्लो; लुखुरो; लुतुरे ।

लुते— वि॰ [लुतो+ए] १. लुतो आएको वा लुतो भएको; लुताको रोगी । २. बल नभएको; दुब्लो; फितलो; लुरे ।

लुतेङ्ग्रो— वि॰ [लुतो+एङ्ग्रो] १. लुतुरो; लुत्याङ्ग्रो । २. रोगी; पिलन्धरे; रोगाहा ।

लुतो— ना॰ [सं॰ लूतो ज्यादै चिलाउने र बाक्ला बिमिरा उठेर पाक्ने खटिराविशेष । ~ न कन्याइ— ना॰ काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा॰— हामीलाई पो व्यवहार चलाउन गाह्रो पथ्यो, तिम्रा त कोही

छैनन्— लुतो न कन्याइ॰ ।

लुत्त— क्रि॰ वि॰ [अ॰ मू॰ लुत्+त] १. लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्त । २. झट्ट पस्ने वा निस्कने चालले; ल्वात्त; सुत्त । सात॰ लुतुतुतु ।

लुत्ति–नु— अ॰ क्रि॰ [लुत्त+इ+नु] १. इज्जत, प्रतिष्ठा, पद वा ओहदा आदिबाट च्युत हुनु; खुत्तिनु; निकालिनु । २. नष्ट हुनु; बिग्रनु । ३. भत्कनु; पहिरो जानु । > लुत्त्याइ— ना॰ लुत्तिने भाव वा क्रिया प्रक्रिया । लुत्त्याइनु— क॰ क्रि॰ खुत्त्याइनु । लुत्त्याउनु— स॰ क्रि॰ १. इज्जत, प्रतिष्ठा, पद वा ओहदाबाट च्युत गर्नु; खुत्त्याउनु । २. नष्ट गर्नु; बिगार्नु; भत्काउनु ।

लुत्याबग्रो— वि॰हे॰ लुतेङ्ग्रो ।

लुत्याहा— वि॰ [लुतो+याहो १. लुतो लागेको; लुते । २. कमजोर; दुर्बल; हुतीहारा; नामर्द ।

लुत्रनु— अ॰ क्रि॰ [लुत्र+नु] १. जिद्दी नगरेर लुत्रुक्क पर्नु; लत्रनु; ठर्रो नहुनु; नुहुनु; दब्नु । २. लाचार हुनु; विवश हुनु; बाध्य हुनु । ३. विनयभाव देखाउनु; नम्र हुनु । > लुत्राइ— ना॰ लुत्रने भाव वा क्रियाप्रक्रिया । लुत्राइनु— क॰ क्रि॰ लुत्रुक्क पारिनु । लुत्राउनु— प्रे॰ क्रि॰ लुत्रुक्क पार्नु; लत्राउनु । लुत्रिनु— अ॰ क्रि॰ लुत्रुक्क परिनु ।

लुत्रुक्क— क्रि॰ वि॰ [रू लत्रक्के १. लुत्रने गरी । २. विवश हुने ढङ्गले; लुतुक्क; लत्रक्क ।

लुत्रे— वि॰ [लुत्र+ए] लुतुरे; लुतुरो । — लाम्रे— वि॰ चिथ्रा लुगा लाएको र दुब्लोपातलो; डुहुरे र ख्याउटे ।

लुत्रो— वि॰ [रू लुतुरो] लुत्रुक्क परेको; लुतुरो ।

लुथुर्के— ना॰ एक जातको पक्षी ।

लुन्डो— वि॰ [सं॰ रुण्डे पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे ।

लुन्तुरे/लुन्तुरो— ना॰ १. बालकहरूको मूत्रेन्द्रिय; तुन्तुरो; तुरी । २. धरो; धुर्को; लुन्द्रो ।

लुन्द्रे— वि॰ [लुन्द्रो+ए] लुतुरो; लुरे; ख्याउटे ।

लुन्द्रो— ना॰ [लत्ता+त्यान्द्रो] १. कपडाको सानो धर्सो । २. त्यान्द्रो ।

लुप— ना॰ [अङ्॰] स्त्रीहरूले योनिमा लगाउने गर्भनिरोधको साधन ।

लुपुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ लुपुक्+क] गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क ।

लुपुलुपु— क्रि॰ वि॰ [रू लपलपे धमाधम चाटेर; लपलप ।

लुप्त— वि॰ [सं॰] १. भाँचिएको; भग्न; क्षतिग्रस्त । २. लोप भएको; लुकेको, छिपेको; हराएको । ३. लुटिएको; ठगिएको । ४. अप्रयुक्त; अप्रचलित । ५. अदृश्य; नदेखिएको । ६. उपेक्षित; हेला गरिएको । श्र लुप्ताकार— ना॰ लोप भएको ठाउँमा लेखिने आधा अकार वा आकारको चिह्न (ञ्॰; खण्डाकार । > लुप्तोपमा— ना॰ उपमान, उपमेय, धर्म र वाचक चारमध्ये कुनै तीनवटा लोप हुँदा पर्ने उपमा अलङ्कारको एक भेद । ~ शृङ्खला— ना॰ नृतत्त्वशास्त्रअनुसार मानव र वानरका बीच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर ।

लुब्ध— वि॰ [सं॰] १. मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप । २. इच्छुक; लालायित । ३. लम्पट; आसक्त । श्र लुब्धक— ना॰ १. लोभी मान्छे । २. सिकारी । ३. लम्पट मानिस । ४. उत्तरी गोलार्धको एक तेजस्वी तारा । लुब्धिनु— अ॰ क्रि॰ ज्यादै लोभी हुनु । लुब्धो— ना॰ लोभी; लालची ।

लुम— ना॰ [अङ्॰] लुगा बुन्ने घरेलु साधन वा यन्त्र; तान ।

लुमडी— ना॰ [सं॰ लोमशे स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो ।

लुमुर— वि॰ पुच्छरजस्तो हल्लिरहने । ~ कुटेरो— ना॰ पुच्छरझैँ गरी थाङ्नाको फेर हल्लने पोको; थाङ्ने पोको ।

लुम्बिनी— ना॰ [सं॰] १. नेपाल अधिराज्यको पश्चिमाञ्चलक्षेत्रको रुपन्देही जिल्लामा पर्ने एक प्राचीन वन; गौतम बुद्धको जन्मस्थल । २. नेपाल अधिराज्यको यसै नामको अञ्चल ।

लुम्रुबलुम्रुब— क्रि॰ वि॰ [अ॰ मू॰ लुम्रुङ्+अ (बि॰)] तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राबल्याम्राब ।

लुम्रे/लुम्रो— ना॰ [लुम्रो+ए] १. कपडाको लाम्चो धरो; लुन्द्रो । वि॰ २. लोसे; जुम्सो । ३. लुरे ।

लुम्सो— वि॰ लोसे चालको; ढिलो वा सुस्त चालको; लुम्रो ।

लुर— ना॰ शक्ति; पाइन । (उदा॰— लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो॰ ।

लुरखुर— क्रि॰ वि॰ [अ॰ मू॰ लुर्+खुर] १. झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर । २. दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी । > लुरखुराइ— ना॰ लुरखुराउने भाव, क्रिया वा प्रक्रिया । लुरखुराइनु— अ॰ क्रि॰ लुरखुराउने होइनु । लुरखुराउनु— अ॰ क्रि॰ लुरखुरिनु । लुरखुरिनु— अ॰ क्रि॰ विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु । लुरखुरे— वि॰ विनाकाम यताउति लरखरिने; झल्ला । लुरखुथ्याइ— ना॰ लुरखुरिने भाव वा क्रियाप्रक्रिया । लुरखुथ्याहट— ना॰ लुरखुरिने काम; लुरखुथ्याइ ।

लुरीखुरी— क्रि॰ वि॰ [रू लरखरे निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन ।

लुरुलुरु— क्रि॰ वि॰ लाचारी वा हैरानीका साथ हिँडेर; लुइँलुइँ; लुखुरलुखुर; खुरुखुरु ।

लुरे/लुरो— वि॰ [लुरो+ए] १. निर्धो; अशक्त; कमजोर; लुलो । २. सानो जीउडालको; दुब्लो र पातलो । ३. काँथर; निफर; हिक्मतहारा; हिम्मत नभएको ।

लुर्कन— ना॰ [सं॰ लुलने १. लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना । २. झुन्डिएर रहेको वस्तु; लर्कन । >

लुर्कने— ना॰ बाख्राका कानमनिको थुनजस्तो लुर्को ।

लुर्का— ना॰ ['लुर्को'को ति॰रु॰] हे॰ लुर्को ।

लुर्के— वि॰ [लुर्को+ए] लुर्को भएको । ~ भन्टा— ना॰ पात र डाँठमा काँडा हुने, लामो झीनो र नीलो रङ्गको फल फल्ने एक प्रकारको भन्टा; लुर्के भिँडा । ~ भिँडा— ना॰ लुर्के भन्टा ।

लुर्को— ना॰ [लुर्को] १. स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का । २. बाख्राका कानमनि झुन्डिएर रहेको मासुको लुर्कन । ३. लरी; लर्को ।

लुलि–नु— अ॰ क्रि॰ [लुलो+इ+नु] लुलो वा फितलो हुनु ।

लुलीलुली— ना॰ [लुलो+इ (बि॰)] केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल । लुली हात— ना॰ [लुलो+हात] केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई उसका हातले उसैलाई लबट्याउने बालखेल ।

लुलु— ना॰ हिमाली भेगमा हुने साथ्है सानो डालको चौँरी गाई ।

लुले/लुलो— वि॰ [सं॰ लुल्] १. दर्बिलो वा दथ्हो नभएको; फितलो; दुर्बल; शिथिल । २. निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको । ~ लङ्गडो— वि॰ अङ्गभङ्ग भएको ।

लुल्याइ— ना॰ [रू लुलि (+याइ॰] १. लुलिने भाव वा क्रियाप्रक्रिया । [ लुल्याउ+आइ] २. लुल्याउने क्रियाप्रक्रिया । [ > ] लुल्याइनु— क॰ क्रि॰ लुलो पारिनु । लुल्याउनु— स॰ क्रि॰ लुलो पार्नु वा गराउनु ।

लुसाकुटी— ना॰ [नेवा॰ कुसाकथि] ढिकीले कुट्दा ओखलका धान, चिउरा आदि चलाउन मिल्ने, टुप्पामा प्रायः झुम्रो बेरेको लामो काठ; लाउने काठ; लुँडी ।

लुसि–नु— अ॰ क्रि॰ [लोसो+इ+नु] १. लुसो वा लोसे हुनु; फुर्तिलो वा जाँगरिलो नहुनु; जुम्सिनु; ढिलो हुनु । २. लुसो भएर पछि लाग्नु; कुनै कुराको आशा गरेर बस्नु । > लुस्याइ— ना॰ लुसिने भाव, क्रिया वा प्रक्रिया । लुस्याइनु— क॰ क्रि॰ लोसो पारिनु ।

लुस्याउनु— प्रे॰ क्रि॰ लोसो पार्नु ।

लुसी— ना॰ [नेवा॰ ल्हुसि] १. चिउरा कुट्ने साँबी नलागेको काठको मुसल । २. नबिनीले नब काट्ने हतियार ।

लुसुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ लुसुक्+क] कसैलाई थाहापत्तै नदिई आउनेजाने वा लुरुक्क परेर हिँड्ने गरी ।

लुसे— वि॰ [लुसो+ए] १. कुनै कामकुरामा चाहिने जति जाँगर वा फुर्ती नभएको; काम गरे तापनि लिसिबपिसिब गर्ने; जुम्सो; लोसे । २. जति गरे तापनि हट्न नचाहने; धिङ्न्याहा; अटेर ।

लुसेत्रो— वि॰ [लुसो+एत्रो] लुसे; लुसो; लुस्यात्रो ।

लुसो— वि॰ [रू लोसो] साह्रै ढिलो चालको; लोसो ।

लुस्याइ— ना॰ [रू लुसि (+याइ॰] १. लुसिने भाव, क्रिया वा प्रक्रिया । [ लुस्याउ+आइ] २. लुस्याउने भाव वा क्रियाप्रक्रिया । [ > ]

लुस्याइनु— लुसो पारिनु । लुस्याउनु— प्रे॰ क्रि॰ लुसो पार्नु ।

लुस्यात्रो— वि॰हे॰ लुसेत्रो ।

लुस्स— क्रि॰ वि॰ [अ॰ मू॰ लुस्+स] थाहै नपाई आउने वा जाने गरी; लुसुक्क ।

लुहार— ना॰हे॰ लोहार । > लुहार्नी— ना॰ लोहार्नी ।

लू— ना॰ हे॰ लु१ ।

लूट— ना॰हे॰ लुट ।

लूतो— ना॰हे॰ लुतो ।

ले— विभ॰ नाम वा सर्वनाममा जोरिएर कर्ता र करण कारकको अवस्था बुझाउने रूपायक प्रत्यय । (जस्तै— भाइले कलमले लेखे । मैले हातले इसारा गरेँ॰ ।

लेई/लेउ— ना॰ [प्रा॰ लेव > सं॰ लेपे भुईँ वा भित्तामा सर्दी, चिसो आदिबारा आउने झ्याउ वा कस ।

लेक— ना॰ हिमालनेरका पहाडको माथिल्लो भाग वा अग्लो सेपिलो पर्वत; शिखर । ~ पाङ्ग्रो— ना॰ ठूलो रूखमा फल्ने, लामा र ठूला कोसाभित्र हुने, पाङ्ग्रोजस्तो बाटुलो र कलेजी रबको एक जातको फल ।

लेकाली— वि॰ [लेक+आली] लेकमा हुने, बस्ने वा पाइने; लेकसम्बन्धी; लेकको । ~ कौवा— ना॰ लेकमा हुने सर्वाङ्ग शरीर कालो भएको कौवा ।

लेख्–नु— स॰ क्रि॰ [सं॰ लिख्+नु] १. कलम, मसी वा रब, क¨ची आदिले अक्षर, मूर्ति, चित्र आदि बनाउनु । २. लेख, ग्रन्थ आदिको प्रणयन गर्नु ।

लेख— ना॰ [सं॰] १. कुनै विषयमा लेखेर प्रकट गरिएको विचार वा कुरो; रचना । २. लेखिएको कागत; लिखतग् लेखोट । ३. लेखिएको अक्षर; लिपि ।

लेखक— ना॰ [सं॰] १. लेख, पुस्तक आदि लेख्ने व्यक्ति; रचनाकार; ग्रन्थकार । २. घरव्यवहारका तमसुक आदि लेख्ने व्यक्ति । ३. लिपिकार । — स्व— ना॰ लेखकले आफ्नो कृति प्रकाशित भएपछि सो कृतिको प्रकाशकबाट पाउने अधिकारपूर्वकको आंशिक रकम; रायल्टी ।

लेखत— ना॰ [रू लिखते लिखत ।

लेखन— ना॰ [सं॰] लेख्ने काम वा लेखाइसम्बन्धी कला । — दास— ना॰ साधारण व्यवहारी लेखापढीको काम गर्ने व्यक्ति; लिखत लेख्ने लेखक वा कारिन्दा ।

लेखनाथ— ना॰ [सं॰] कविशिरोमणि उपाधि पाएका नेपाली साहित्यका प्रख्यात कवि (वि॰ सं॰ १९४१ — २०२२० ।

लेखनी— ना॰ [सं॰] लेख्ने साधन; कलम ।

लेखनीय— वि॰ [सं॰] लेख्नुपर्ने; लेख्न योग्य; लेख्य ।

लेखन्ते— ना॰ [लेख्+अन्ते] लेख्ने व्यक्ति; लेखक ।

लेखपढ— ना॰ [लेख्+पढ्] १. लेख्ने र पढ्ने काम; लेखापढी । २. अध्ययन । लेख पाङ्ग्रो— ना॰ लेक पाङ्ग्रो ।

लेखा१— ना॰ [सं॰] १. कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, स्याहा, खाताबही आदि र उक्त कागतपत्र; आयव्ययको विवरण; हिसाब वा गणना । २. लेखेर राखिएको कुरो; घटनाको विवरण । ३. रेखा; धर्को; पङ्क्ति । ४. चित्र; चिह्न ।

लेखा२— ना॰ यो॰ [सं॰ लक्ष्ये १. विचार वा दृष्टिकोणमा; भन्दा लेखि । २. लागि; निम्ति ।

लेखाइ— ना॰ [लेख्/लेखाउ+आइ] लेख्ने तथा लेखाउने भाव, क्रिया वा प्रक्रिया ।

लेखाउनी/लेखौनी— ना॰ [लेख्+आउनी] लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च ।

लेखाउनु— प्रे॰ क्रि॰ [लेख्+आउ+नु] लेख्न लाउनु ।

लेखाकर्म— ना॰ [सं॰] लेखा वा हिसाबकिताब राख्ने काम; तहबिलदारी (एकाउन्टेन्सी॰ ।

लेखाचित्र— ना॰ [सं॰] कुनै व्यापार, कामकुरो वा घटनामा भइरहने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा भएको चारकुने अङ्कनपत्र; ग्राफ ।

लेखाजोखा— ना॰ [लेख्+जोख्] लेखोजोखो ।

लेखाधिकृत— ना॰ [सं॰] हिसाबकिताब जाँच्ने वा हेर्ने अधिकारी ।

लेखाध्यक्ष— ना॰ [सं॰] सरकारी कार्यालय वा सङ्घसंस्था आदिको आयव्ययको हिसाब राख्ने अधिकारी; लेखापाल ।

लेखान्त— ना॰ [लेखा+अन्त] प्रारब्ध; भाग्य (उदा॰— गाउँघरकी सोझी सुभद्रा लेखान्तमा विश्वास गर्थिन् — गु॰ प्र॰ मैनाली॰ ।

लेखान्तर— ना॰ [सं॰] १. लेखान्त; भाग्य; प्रारब्ध । २. एक प्रकारको लेखबाट अर्को प्रकारको लेखमा परिणत गर्ने काम ।

लेखापढी— ना॰ [लेख्+पढ्+ई] १. लेख्ने र पढ्ने काम; लेखपढ । २. चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार । ३. लेनदेनसम्बन्धी व्यवहारमा सबुतप्रमाणका लागि गरिने लिखत; लेखोट । लेखा परीक्षक— ना॰ [सं॰] सरकारी कार्यालय वा सङ्घसंस्था आदिको हरहिसाब जाँच गर्ने अधिकारप्राप्त व्यक्ति; अडिटर । लेखा परीक्षण— ना॰ [सं॰] आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेख नियमबद्ध रूपले जाँच, रुजू आदि गरी हरहिसाब हेर्ने र वास्तविक आर्थिक स्थितिका सम्बन्धमा प्रतिवेदन दिने काम; अधिकृत संस्था वा व्यक्तिबारा गरिने त्यस्तो हरहिसाबको नियमपूर्वकको जाँचबुझ; अडिट । लेखा परीक्षा— ना॰ [सं॰] लेखापरीक्षण ।

लेखापाल— ना॰ [सं॰] आम्दानी खर्चको हिसाब वा लेखा राख्ने, लेख्ने र जिम्मेवारी लिने कर्मचारी; एकाउन्टेन्ट ।

लेखालेख— ना॰ [लेख्+आ+लेख्] पालैसित लेख्ने काम; दोहरो पत्राचार ।

लेखि— क्रि॰ वि॰ [लेखो दृष्टिकोणमा; विचारमा; लेखा; निम्ति ।

(उदा॰— तिम्रा लेखि उनी मरेबराबरै भए त <॰ ।

लेखिका— ना॰ [सं॰] १. कुनै लेख, ग्रन्थ आदि लेख्ने स्त्री । २. लेखनदासको काम गर्ने स्वास्नीमानिस ।

लेखिनु— क॰ क्रि॰ [लेख्+इ+नु] लेख्ने काम गरिनु ।

लेखिम— ना॰ [सं॰ लेख+अङ्॰ इम्] लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम, पृथक् लिपिचिह्न; ग्राफिम ।

लेखुवा— वि॰ [लेख्+उवो लेखिएको (पुर्जी, बेहोरा आदि॰; लेख्ने वा लेखिटोपल्ने । (तिमीसँग लेखुवा बयान नै लियो कि मौखिक सोधनी मात्र गथ्यो < कामधाम नगरी लेखुवा भएर मात्रै कहाँ खान पाइन्छ र ;) ।

लेखो— ना॰ [रू लेखो १. सम्झनाका निम्ति गरिने आयव्ययको गणना; हिसाब; सङ्ख्या । २. विश्वास गरिने कुरो । — जोखो— ना॰ हिसाबकिताब वा नापतौलको गणना वा फाँटवारी ।

लेखोट— ना॰ [लेख्+ओट] सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; लिखत । (उदा॰— घरसारमै भए पनि एउटा लेखोट त गर्नैपर्छ) । ~ पत्र— ना॰ लेखिएको कागतपत्र; लिखत । ~

पुर्जी— ना॰ १. कुनै कामकुराको निकास, फर्स्योट, तामेली आदि गर्ने सिलसिलामा र अरूसँग सोधनी गरी जवाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन बुझ्दा समेत लेखिने कागत । २. कुनै कामको बेहोरा लेखिएको कागत । लेखो न जोखो— ना॰ [लेख्+न+जोख्] मात्रा वा सङ्ख्या बताउन नसकिने स्थिति ।

लेखौट— ना॰ [लेख्+औट] लेखोट ।

लेख्य— वि॰ [सं॰] लेख्न लायक; लेख्नुपर्ने; लेखनीय । ~ दान— ना॰ राजाले जग्गा दिँदा वा जग्गासम्बन्धी आयस्ताको नियम बनाउँदा तथा जनताले जग्गा किनबेच गर्दा भूस्वामित्वका लागि दिइने निस्सापत्र ।

लेग्रो१— ना॰ [प्रा॰ लग्गे १. अलिकति बाँकी रहेको काम; कामको शेष । २. बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी । ३. कपडा आदिमा टाँसिएको मैल; दाग ।

लेग्रो२— ना॰ [अ॰ मू॰ ल्याप्+रो] १. घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो । २. लामो र ठूलो स्वर; लेघ्रो । ३. जिह्वाग्र; जिब्राको अघिल्लो भाग ।

लेघ्रो— ना॰ हे॰ लेग्रो ।

लेचि–नु— अ॰ क्रि॰ [रू लच्किनु] १. हिँड्दा खुट्टा खोचिनु; लच्कनु । २. बोल्दा कुरो चपाउनु वा लरबरिनु । > लेच्याइ— ना॰ लेचिने वा लेच्याउने काम । लेच्याइनु— अ॰ क्रि॰ लेचिने होइनु ।

लेच्याउनु— अ॰ क्रि॰ १. लडखडाउनु; खोच्याउनु । प्रे॰ क्रि॰ २. लेचिने पार्नु; लच्काउनु ।

लेट्नु— अ॰ क्रि॰ [सं॰ लेटन+नु] आरामसाथ सुत्नु; पल्टनु वा ढल्कनु ।

लेट— वि॰ [अङ्॰] १. विलम्बको; ढिलो । क्रि॰ वि॰ २. बियाँलो; अबेर ।

लेटन— ना॰ [सं॰] छोड्दै नछोडी एकनासले धर्ना दिने काम; लम्पट । लेट म्याटर— ना॰ [अङ्॰] छापिसकेपछि पनि फेरि उपयोग हुने सम्भावनाले नबिगारी राखिएको टाइप–सामग्री ।

लेटर— ना॰ [अङ्॰] १. चिठी; पत्र । २. अक्षर । ~ प्याड— ना॰ पत्र लेख्नका निम्ति बनाइएको नाम, ठेगाना आदि भएको वा सादाखाले कागतका पत्रको समूह । ~ बक्स— ना॰ पत्रमञ्जूषा; चिठीबाकस ।

लेटाइ— ना॰ [रू लेट् (+आइ॰] लेट्ने क्रिया वा प्रक्रिया । [ > ]

लेटाइनु— क॰ क्रि॰ लेट्न लाइनु; पल्टाइनु । लेटाउनु— प्रे॰ क्रि॰ लेट्न वा पल्टन लाउनु; सुताउनु । लेटिनु— अ॰ क्रि॰ पल्टिनु; ढल्किनु ।

लेठन— ना॰ [रू लेटने अड्डी लिने काम; धर्ना; लेटन ।

लेठो— ना॰ [रू लेठने झमेला; झन्झट । — बेठो— ना॰ १. झैझमेला । २. नगरी नहुने काम ।

लेड— ना॰ [अङ्॰] १. कम्पोज गरिएका टाइपहरू सोझो पार्न लहरका बीचबीचमा हालिने सिसा वा काठको सिन्को । २. सिसा ।

लेथ्नु/लेथ्नो— वि॰ [सं॰ श्लथे १. थकाइ, पिटाइ आदिले चल्नचटपटाउन नसक्ने भएको; थिलथिलो । २. दुर्बल वा शिथिल भएको; जीर्ण । ३. बिग्रेको; ध्वस्त ।

लेथ्रो— ना॰ [रू लेग्रो] उभार; थिग्रेनी; थिग्रो ।

लेदो— ना॰ [प्रा॰ लद्दी] १. बाक्लो तरल पदार्थ; लदरो वस्तु । वि॰ २. बाक्लो पन्यालो; दबदबे ।

लेध्रो— ना॰ [रू लेग्रो] उभार; थिग्रो ।

लेनदेन— ना॰ [लिनु+दिनु] १. कुनै वस्तु लिने र दिने काम; आदानप्रदान । २. परस्परमा ऋण लिनेदिने काम; सरसापट; कारबार ।

लेना— ना॰ [लि+नो अरूलाई तिर्नुपर्ने धन वा नगदी वस्तु । —

देना— ना॰ लेनदेन ।

लेनिन— ना॰ विश्वप्रसिद्ध एक साम्यवादी नेता । — वाद— ना॰ लेनिनले चलाएको र स्वीकार गरेको किसान, मजदुर र सर्वहारा वर्गबारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा ल्याउने र राष्ट्रिय पुँजी तथा उत्पादनमा समान हक र उपभोग कायम गर्ने राजनीतिक सिद्धान्त । — वादी— वि॰ लेनिनको सिद्धान्तमा विश्वास राख्ने; लेनिनवादको अनुयायी ।

लेन्स— ना॰ [अङ्॰] १. एकै ठाउँमा किरण सोहोर्ने वा प्रकाश, दृश्य आदिलाई ठूलोसानो देखाउने, माझमा उठेको वा दबेको दूरबीन, क्यामरा आदिमा जडिने काँचको चक्का वा ऐना । २. बाहिरी पदार्थको छाया ग्रहण गर्ने आँखाभित्रको पारदर्शी सानो भाग; नानी ।

लेप्–नु— स॰ क्रि॰ [सं॰ लिप्+नु] लेपन गर्नु; लिप्नु ।

लेप— ना॰ [सं॰] १. लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन । २. सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम । > लेपन— ना॰ १. लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम । २. लिपपोत; लिपाइ । लेपनीय— वि॰ लेपन गर्न सुहाउँदो, लिप्न वा घस्न लायक । लेपित— वि॰ लेप लगाइएको; लेपन गरिएको ।

लेपाइ— ना॰ [रू लेप् (+आइ॰] लेप्ने क्रिया वा प्रक्रिया । [ > ]

लेपाइनु— क॰ क्रि॰ लेप्ने काम गराइनु । लेपाउनु— प्रे॰ क्रि॰ लेपन गराउनु; लेप्न लाउनु । लेपिनु— क॰ क्रि॰ लेप्ने काम गरिनु; लिपिनु ।

लेप्रो— ना॰ [लेप+रो] १. उपेक्षा, अश्लीलता आदि प्रकट गरिँदा आउने शब्द । २. टाँसिएको मैला; दाग । > लेप्य्राइ— ना॰ लेप्रो हुने वा लेप्य्राउने क्रियाप्रक्रिया । लेप्य्राइनु— क॰ क्रि॰ लेप्य्राउने काम गरिनु । लेप्य्राउनु— स॰ क्रि॰ कुनै कामकुरो मन नपर्दा वा उपेक्षा, निन्दा आदिको भाव प्रकट गर्दा तल्लो ओठ बाहिर फर्काउनु; लेब्य्राउनु ।

लेप्य्राक्क— क्रि॰ वि॰ [अ॰ मू॰ लेप्य्राक्+क] ओठ लेप्य्राउने चालले ।

लेप्य्राहट— ना॰ [लेप्य्राउ+आहट] ओठ लेप्य्राउने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।

लेबल/लेबुल— ना॰ [अङ्॰ लेबुले बट्टा, बाकस, बोतल आदिमा लेखो न टाँसिने, भित्र रहेका वस्तुको चिनारी वा विवरण लेखिएको पत्र ।

लेब्य्राइ— ना॰ [रू लेब्य्राउ (+आइ॰] लेब्य्राउने क्रिया वा प्रक्रिया । [ > ] लेब्य्राइनु— क॰ क्रि॰ लेब्य्राउने काम गरिनु ।

लेब्य्राउ–नु— स॰क्रि॰ लेप्य्राउनु ।

लेब्य्राक्क— क्रि॰वि॰हे॰ लेप्य्राक्क ।

लेब्य्राहट— ना॰ [लेब्य्राउ+आहट] हे॰ लेप्य्राहट ।

लेभेन्डर— ना॰ [अङ्॰] वनस्पतिविशेषबाट बनाइने एक किसिमको अत्तर ।

लेमनेड— ना॰ [अङ्॰ लेमोनेडे कागतीको रस मिसाएर बनाइएको सर्बतविशेष ।

लेश— ना॰ [सं॰] १. अति सानो कण वा अंश । २. साह्रै थोरै वस्तु । ३. शेष; तुष ।

लेस्–नु— स॰ क्रि॰ [सं॰ लेस+नु] लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु ।

लेस— ना॰ [सं॰ श्लेषे १. थोरै मात्र चिप्लो घस्ने वस्तु । २. त्यस्तो वस्तुको अल्प परिमाण । ३. बाबरलेटजस्तो प्वाल–प्वाल परेको मिही कपडामा पातला बुट्टा निकालिएको, विभिन्न आकारका चौडाइ हुने, प्रायः केटीहरूका जामा, फ्रक आदिका बाहुला, गला आदि भागमा र पेटीकोट, सारी आदिका किनारामा लगाइने पट्टाजस्तो साधा वा रङ्गिन कपडा । — लास— ना॰ परस्परमा लेस्ने काम; लिपाइ–घसाइ ।

लेसाइ— ना॰ [लेस् (+आइ॰] लेस्ने क्रिया वा प्रक्रिया । [ > ]

लेसाइनु— क॰ क्रि॰ लेस्ने काम गराइनु । लेसाउनु— प्रे॰ क्रि॰ लेस्ने काम गरिनु ।

लेसाइलो— वि॰ [लेस+आइलो] लेसिने खालको; लस्सा भएको; लेसिलो ।

लेसार्–नु— स॰ क्रि॰ [लेस+आर+नु] गिलो पदार्थ च्याटच्याट लाग्ने पारेर घस्नु; लेस्नु । > लेसाराइ— ना॰ लेसार्ने काम वा प्रक्रिया । लेसाराइनु— क॰ क्रि॰ लेसार्न लाइनु । लेसाराउनु— प्रे॰ क्रि॰ लेसार्न लाउनु । लेसारिनु— क॰ क्रि॰ लेसार्ने काम गरिनु; लेसिनु । लेसाथ्याइ— ना॰ लेसारिने काम वा किसिम ।

लेसिलो— वि॰ [लेस्+इलो] लेसाइलो; लस्सादार ।

लेस्नु/लेस्नो— ना॰ [लेस्+नु/नो] लेस्ने वा लेसार्ने क्रिया प्रक्रिया, लेस्ने काम; लेसाइ ।

लेस्याइ— ना॰ [लेस्+याइ] लेसिने काम वा किसिम ।

लेस्याइलो— वि॰ [लेस्+याइलो] लेसाइलो; लेसिलो ।

लेह— ना॰ [सं॰] १. चाट्ने काम । २. चाटेर खाइने वस्तु ।

लेहाज— ना॰ [रू लिहाजे व्यवहारमा हुनुपर्ने कुराको ध्यानविचार, शीलसङ्कोच, सम्मानमर्यादा आदिको स्थिति ।

लेह्इ— वि॰ [सं॰] १. चाट्नुपर्ने; चाट्न लायक । ना॰ २. चाटेर खाइने वस्तु; चटनी ।

लैङ्गिक— वि॰ [सं॰] कुनै चिह्न वा लक्षण भएको; लिङ्गसम्बन्धी । — ता— ना॰ भाले तथा पोथी लैङ्गिक सम्बन्धका आधारमा जीवनयथार्थ र समाजलाई हेर्ने दृष्टिकोण वा मान्यता ।

लैजा–नु— स॰ क्रि॰ [लि+जा+नु] १. कुनै वस्तु, मानिस, खबर आदि लिएर जानु; लानु; लग्नु । २. अरूको मालमत्ता, वस्तु आदि हरण गर्नु; हर्नु ।

लैनो— वि॰ १. भर्खर बियाएको (गाईबस्तु) । २. भर्खर जन्मेको; नवजात; दूधे (पाडो, बाछो, पाठो आदि॰ । पो॰ लैनी (व्यङ्ग्यार्थमा) । ~ नानी— ना॰ भर्खर जन्मेको बालक; दूधे शिशु ।

लैबरी— ना॰ [लहै+बरा+ई] १. नेपाली लोकगीतमा प्रचलित एक भाकाको नाम । २. त्यस्तो गीतमा आउने रहनी वा थेगो ।

लैलगाम— ना॰ [(बि॰) लगामे लगाम र त्यससित सम्बन्धित वस्तु; सामानसहितको लगाम ।

लैलै— ना॰ [रू लहैलहै] लहैलहैको छोटकरी रूप; बहकाउ; हाहा ।

लोँकिल— ना॰ [नेवा॰] कुनै दुई देशका बीचका सिमानामा गाडिने ढुङ्गो; लोहँकिल ।

लोक— ना॰ [सं॰] १. ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ । २. पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल सातसमेत चौध भुवन । ३. ग्रहमण्डल (जस्तो— सूर्यलोक, चन्द्रलोक, ध्रुवलोक आदि) । ४. मुख्य देवताको निवासस्थल

(जस्तो— शिवलोक, विष्णुलोक, ब्रह्मलोक आदि) । ५. पुराणअनुसार, प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक । ६. समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह । ७. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुनाबराबरको नाप; तूणी, वसु वा मूर्तिबराबरको नाप; आठ अमल । ~ कण्टक— ना॰ दुष्ट वा खराब व्यक्ति; दुर्जन । — कथा— ना॰ परम्परादेखि लोकजीवनमा मौखिक रूपले चलिआएको कथा; दन्त्यकथा । ~ कल्याणकारी— वि॰ लोकको भलो गर्ने । — कार्य— ना॰ लोक वा सर्वसाधारण जनतासँग सम्बन्ध रहने काम । — गाथा— ना॰ परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरचरित्र र महत्त्वपूर्ण घटनाको बखान गर्ने शृङ्खलाबद्ध विशेष गीत । — गीत— ना॰ जनसमाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत (रसिया, कर्खा, झ्याउरे, सिलोक आदि) । ~ घोषणा— ना॰ लोकका निम्ति गरिने नीतियुक्त घोषणा । — चक्षु— ना॰ सूर्य । — जित्— वि॰ १. संसारलाई जित्ने; लोकविजयी । २. बुद्ध ।

लोकडो— वि॰ [रू लडको] लगभग बाह्रचौध वर्षको; छोकडोभन्दा कम्ती उमेरको वा सानो (ठिटो॰ ।

लोकतन्त्र— ना॰ [सं॰] बहुसङ्ख्यक जनताबारा छानिएका प्रतिनिधिहरूको सम्मतिअनुसार कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली; प्रजातन्त्र । — वाद— ना॰ लोकतन्त्रको शासनपद्धति वा सिद्धान्त । — वादी— वि॰ लोकतन्त्रवादको अनुयायी वा त्यो सिद्धान्त मान्ने ।

लोकतन्त्री— वि॰ [सं॰] लोकतन्त्रको; लोकतान्त्रिक । — करण— ना॰ कुनै देशको शासनपद्धतिलाई लोकतन्त्रको रूप दिने वा त्यसअनुरूप बनाउने काम; प्रजातन्त्रीकरण ।

लोकतान्त्रिक— वि॰ [सं॰] लोकतन्त्रसम्बन्धी; लोकतन्त्रका सिद्धान्तअनुसारको ।

लोकतालोकती— ना॰ [लोकतो+लोकती] ना॰ सानाठूला धेरै लोकताको समूह ।

लोकती— ना॰ [लोकतो+ई] १. लोकतोको लघु रूप । २. लोकतोको स्त्रीरूप; स्त्रीलोकतो ।

लोकतो— ना॰ [सं॰ लक्तके १. जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट । २. पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातोजस्तै लामो धरो वा डोरी । ३. नेपाली कागत बनाउने एक प्रकारको घाँस । वि॰ ४. सुनेको नसुन्यै गरी वा भनेको नटेरी बसिरहने; चाम्रो ।

लोकत्रय— ना॰ [सं॰] स्वर्ग, मर्त्य र पाताल तीनवटा लोक । >

लोकत्रयी— ना॰ लोकत्रय ।

लोकदूषण— वि॰ [सं॰] दुनियाँलाई खराब हुने काम गर्ने; दुनियाँको हानिनोक्सानी गर्ने ।

लोकबय— ना॰ [सं॰] स्वर्ग र पृथ्वी दुई लोक ।

लोकनाच— ना॰ [लोक+नाच] हे॰ लोकनृत्य ।

लोकनाट्य— ना॰ [सं॰] १. कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा कुनै ऋतुकालीन सन्दर्भलाई अँगालेर रीतिरिवाजअनुसार जनसाधारणमा खेलिने वा देखाइने अभिनय । २. लोकनृत्य ।

लोकनिन्दा— ना॰ [सं॰] लोकको निन्दा; लोकापवाद ।

लोकनृत्य— ना॰ [सं॰] लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (जस्तै— घाटुनाच, धाननाच, मारुनीनाच इ॰) ।

लोकन्त— ना॰ [सं॰ लोकने विवाहपछि प्रायः दुलान नफर्काउन्जेल सँगै रहने वा सुसारका लागि बेहुलीका साथ जाने काम । >

लोकन्ती— ना॰ १. बेहुलीका साथ जाने स्त्री साथी; बेहुलीकी सुसारे । २. लिम्बूजातिका बिहामा दुलहातिरबाट जाने जन्ती आइमाई र दुलहीतिरबाट दुलहीका साथ लागेर आउने आइमाई । लोक परम्परा— ना॰ [सं॰] लोकमा पहिलेदेखि चलिआएको वा मानिएको रीतिरिवाज; लोकप्रथा ।

लोकपवाद— ना॰ [सं॰ लोकापवादे लोकनिन्दा; लोकापवाद; हल्ला ।

लोकपाल— ना॰ [सं॰] १. दिक्पाल । २. राजा; नृप ।

लोकपालक— ना॰ [सं॰] लोकको पालना गर्ने पुरुष; राजा । लोक प्रसिद्ध— वि॰ [सं॰] जनसमाजमा नाउँ कहलिएको; संसारप्रसिद्ध; विश्वविख्यात । ना॰ लोकप्रसिद्ध हुने स्थिति वा काम; विश्वभर फैलिएको ख्याति ।

लोकप्रिय— वि॰ [सं॰] लोक वा दुनियाँलाई मन परेको; सबको प्यारो; जनप्रिय । — ता— ना॰ लोकप्रिय हुने भाव, अवस्था वा गुण; जनप्रियता । लोक भावना— ना॰ [सं॰] १. लोक वा जनताको सेवा, कल्याण, उपकार आदि गर्ने भावना । २. जनताको भावना वा वृत्ति ।

लोकमत— ना॰ [सं॰] कुनै देशका जनताको सामूहिक विचार वा हितको सूचक हुने अधिकांश जनताको मत वा राय । लोक मर्यादा— ना॰ [सं॰] लोकमा गर्नुपर्ने वा लोकले मान्नुपर्ने सामाजिक रीतिस्थिति; लौकिक व्यवहार ।

लोकल— वि॰ [अङ्॰] स्थानविशेषको; हे॰ स्थानीय । ~ कल— ना॰ टेलिफोन गर्दा त्यही स्थान वा इलाकामा मात्र गरिने कुराकानी वा कुरागराइ ।

लोकलय— ना॰ [सं॰] लोकगीतमा प्रचलित साझा लय; जनताले गाउने गीतमा जनताकै कण्ठबाट सहज र स्वाभाविक रूपमा निस्केको स्वर वा भाका ।

लोकवाद— ना॰ [सं॰] लोकको हकहितका निम्ति लाग्ने वा लोकको पक्ष लिने सिद्धान्त ।

लोकवार्ता— ना॰ [सं॰] १. जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो; सर्वसाधारणको विचार; किंवदन्ती । २. लोकसाहित्य । लोक वाहन— ना॰ [सं॰] सर्वसाधारण जनताको सामान बोक्नाका निम्ति व्यवहार गरिने मोटर, ट्रक, रेल आदि गाडी ।

लोकविश्रुत— वि॰ [सं॰] जनसमूहमा नाउँ चलेको; लोकप्रसिद्ध । लोक व्यवहार— ना॰ [सं॰] लोकमा चलेको वा मानिएको व्यवहार; समाजमा प्रचलित प्रथा; लोकाचार । लोक रञ्जन— ना॰ [सं॰] सबैलाई सुखी तथा प्रसन्न राख्ने काम; लोकको मनोरञ्जन । लोक शान्ति— ना॰ [सं॰] कुनै विद्रोह, उत्पात, विध्वंस आदि नभएको समयमा जनतामा हुने शान्ति । लोक सत्ता— ना॰ [सं॰] लोकतान्त्रिक प्रणालीअनुसार कुनै देशको सत्ता जनताकै हात वा अधिकारमा हुने शासनपद्धति; लोकतन्त्र; प्रजातन्त्र । > लोक सत्तात्मक— वि॰ जनताबारा सञ्चालित वा व्यवस्थित (शासन–पद्धति॰ । लोक सदन/लोक सभा— ना॰ [सं॰] १. संसद्का दुई सदन वा सभामध्ये एक; लोकतन्त्रात्मक व्यवस्था भएका देशका जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा । २. भारतीय संसद्मा रहेको तल्लो सभा । लोक समाज— ना॰ [सं॰] जनसमूह; जनसमाज । लोक सम्मति— ना॰ [सं॰] मुलुकको शासनप्रणालीमा भाग लिने तथा प्रजातान्त्रिक पद्धतिको आधारस्तम्भ मानिने जनताको सामूहिक मत वा विचार; लोकमत । लोक साहित्य— ना॰ [सं॰] सर्वसाधारण जनताको कोमल मनोभावनालाई व्यक्त गर्ने सरस भाव र सरल भाषा भएको, विभिन्न चाडपर्व तथा मनोरञ्जनका समयमा प्रसङ्गानुक¨ल गाइने, सुनाइने वा देखाइने लोकव्यवहारमा प्रचलित विभिन्न लोकगीत, लोककथा, लोकनृत्य आदिले युक्त साहित्य; लोकवार्ता । ~ पुरस्कार— ना॰ वि॰ सं॰ २०३२ सालमा स्थापना भएको, प्रत्येक वर्ष लोकसाहित्यसम्बन्धी विभिन्न विधागत तथा अनुसन्धानात्मक ग्रन्थमा साझा प्रकाशनबारा प्रदान गरिने एक पुरस्कार ।

लोकसिद्ध— वि॰ [सं॰] १. जनसमाजमा क्रियान्वित वा प्रचलित । २. लोकजीवनबाट स्वीकृत । लोक सेवक— ना॰ [सं॰] १. सर्वसाधारण जनताको सेवा गर्ने वा सार्वजनिक हितको काम गर्ने व्यक्ति; जनसेवक । २. त्यस्तो काममा नियुक्त सरकारी कर्मचारी । लोक सेवा— ना॰ [सं॰] १. जनसाधारणको हितमा गरिने विशेष कार्य; सर्वसाधारण जनताको सेवा । २. सरकारी सेवा वा नोकरी । ~ आयोग— ना॰ निजामतीतर्फ निर्धारित सरकारी पदमा नयाँ नियुक्ति वा बढुवा आदि हुनका निम्ति आवेदन दिने उम्मेदवारहरूको योग्यता जाँची छान्ने, अनुमोदन गर्ने र नेपाल सरकारलाई तत्सम्बन्धी परामर्श दिने एक संवैधानिक अङ्ग (पब्लिक सर्भिस कमिसन॰ । लोक हत्या— ना॰ [सं॰] लोकलाई मार्ने वा निमोठ्ने काम; जातिहत्या ।

लोकहित— ना॰ [सं॰] सार्वजनिक हित; जनकल्याण; लोकको भलाइ । — कारी— वि॰ लोकको हित वा भलाइ गर्ने; लोकलाई लाभ हुने काम गर्ने । ~ कार्य— ना॰ सार्वजनिक हितको काम; जनसाधारणका निम्तिको कल्याणकारी कार्य ।

लोकाचार— ना॰ [सं॰] १. जनसाधारणका बीच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार । २. आडम्बरले भरिएको कामकुरो; देखौवा व्यवहार वा ढाँचा ।

लोकान्तर— ना॰ [सं॰] मरेपछि जीव लाने कल्पित लोक; परलोक । श्र लोकान्तरित— वि॰ परलोक भएको; मरेको; मृत ।

लोकापवाद— ना॰ [सं॰] दुनियाँमा भएको बदनामी; लोकनिन्दा ।

लोकाभार— ना॰ [सं॰] १. गाउँघरमा रैतीले तालुकदार, थरी, मुखिया आदि रोज्ने काम । २. जनप्रतिनिधिहरूको छनाइ वा रोजाइ ।

लोकायत— ना॰ [सं॰] १. यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास नगर्ने व्यक्ति । २. चार्वाकदर्शन ।

लोकायतन— ना॰ [सं॰] १. लोकविश्वास नमान्ने व्यक्ति; नास्तिक । २. चार्वाक ।

लोकालोक— ना॰ [सं॰] पुराणमा बताइएअनुसार सातै समुद्रलाई घेरेर रहेको एक पर्वतश्रेणी ।

लोकोक्ति— ना॰ [सं॰] लोकको अनुभवमा सँगालिएको, सङ्क्षेपमा व्यक्त भएको गहकिलो तथा चमत्कारपूर्ण वाक्य; आहान; उखान ।

लोकोत्तर— वि॰ [सं॰] संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण रू

लोकोपकार— ना॰ [सं॰] सर्वसाधारण जनताको उपकार वा सार्वजनिक भलाइ हुने काम । > लोकोपकारी— वि॰ लोकको उपकार वा भलाइ गर्ने ।

लोखर्के— ना॰ [सं॰ वृक्षचर > प्रा॰ रूक्खअर+के] झुप्पाकार रौँ तथा लामो पुच्छर भएको, टाउकोदेखि पुच्छरसम्म दुई काला रेखा हुने, प्रायः रूखमै गुँड बनाएर बस्ने, मुसाका जातको साह्रै चुलबुले प्राणी । लोगेकार गुम्बा— ना॰ [भो॰ ब॰] नेपालको मुस्ताब जिल्लामा रहेको, कलात्मकताले सुसज्जित एक गुम्बा ।

लोग्ने— ना॰ [सं॰ लग्ने स्वास्नीमानिसले वरण गरेको पुरुष; पति; पोइ । ~ छोरो— ना॰ लोग्नेमान्छेको महत्त्व जनाउँदा प्रयोग हुने शब्द; मर्द व्यक्ति । ~ मानिस/मान्छे— ना॰ भाले जातको मानिस; नर । — स्वास्नी— ना॰ लोग्ने र स्वास्नी; पतिपत्नी; दम्पती; जोईपोइ ।

लोचन— ना॰ [सं॰] १. आँखा; नेत्र; नयन । २. हेर्ने काम । ~ पथ/मार्ग— ना॰ दृष्टिमा पर्ने क्षेत्र; दृष्टिपथ ।

लोचना— ना॰ [सं॰] १. बौद्ध धर्मका अनुसार पञ्चतारामध्ये एक । २. अक्षोभ्यकी पत्नीको नाम; शक्ति । ३. वज्रपाणिकी माता; आमा ।

लोट्–नु— अ॰ क्रि॰ [सं॰ लोठ+नु] १. खुट्टा नथिरिएर, ढलमलाएर आदि कारणले जमिनमा लड्नु; पछारिनु; खस्नु; ढल्नु । >

लोटन— ना॰ १. लोट्ने वा पल्टने क्रियाप्रक्रिया । २. धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक । लोटपोट— ना॰ लुटुपुटु गर्ने वा लडीबडी खेल्ने काम; ढलीमली ।

लोट— ना॰ [अङ्॰ नोटे कागजी मुद्रा; नोट ।

लोटा— ना॰ हे॰ लोहोटा ।

लोटाइ— ना॰ [रू लोट्/लोटाउ (+आइ॰] १. लोट्ने भाव, क्रिया वा प्रक्रिया । २. लोटाउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

लोटाइनु— क॰ क्रि॰ १. लोटाउने काम गरिनु; लडाइनु । २. पोताइनु । — पोताइ— ना॰ लोटाउने र पोत्ने काम । — पोती— ना॰ लोटाइपोताइ ।

लोटाउनु— स॰ क्रि॰ [सं॰ लोटन+आउ+नु] १. गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नलिप्सीकन लुटपुट्याएर चोख्याउनु । प्रे॰ क्रि॰ २. लोट्ने पार्नु; लडाउनु; पछार्नु ।

लोटिनु— अ॰ क्रि॰ [लोट्+इ+नु] १. लोट्ने काम गरिनु; लडिनु । [ लोटाउ+इ+नु] १. लोटाउने काम गरिनु । २. लोटाइ हुनु वा पुग्नु ।

लोटी— ना॰ लोहोटी ।

लोड— ना॰ [भो॰ ब॰] पैसा हालेर कम्मरमा बाँध्ने छालाको पेटी ।

लोडन— ना॰ [सं॰] १. हुँडल्ने वा मथ्ने काम । २. हल्लने काम; झुलाइ ।

लोडसेडिब— ना॰ [अङ्॰] विशेष परिस्थितिमा विद्युत् आपूर्तिमा गरिने कटौती ।

लोडित— वि॰ [सं॰] १. हुँडलिएको वा मथिएको । २. हल्लाइएको; झुलाइएको ।

लोत१— ना॰हे॰ लोतो ।

लोत२— ना॰ [रू लोथे १. एक प्रकारको वनस्पतिविशेष । २. बोक्रो; छाला । (उदा॰— नराम्रो काम गर्नेको लोत काढिन्छ ।) ३. लोथ ।

लोता— ना॰ [लोतो+ओ जुत्ता, ब्याग, यन्त्र आदिका पुली– चक्काहरूमा लगाइने छाला वा कपडाको फित्ता; पटार ।

लोति–नु— अ॰ क्रि॰ [लोतो+इ+नु] १. काम गर्दिनँ पनि भन्न नसक्ने, गरिहाल्न पनि नसक्ने हुनु; लोते वा लोकतो बन्नु; अल्साउनु । २. कुनै कुराको आशाले ढुक्नु ।

लोती— ना॰ [सं॰ लत्] कानको पुछारमा झुन्डिएको नरम अवयव । — खरे— वि॰ १. केही पनि गर्न नसक्ने । २. कान खाने ।

लोते— वि॰ [लोतो+ए] १. लोतो स्वभावको; लोकतो । स्त्री॰ लोती । ना॰ २. जति तान्यो उति तन्कने रबड ।

लोतो— वि॰ १. आब मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको । २. कामकाजमा ढिला चालको । ३. जति हटाए पनि नहट्ने; धिङ्न्याहा । ना॰ ४. रुपियाँपैसा हालेर मुख बाँध्ने छालाको थैलो; लोत । > लोत्याइँ— ना॰ लोतो चाल; लोतेपन । (उदा॰— तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु ।) लोत्याइ— ना॰ लोतिने वा लोत्याउने क्रियाप्रक्रिया । लोत्याइनु— क॰ क्रि॰ लोतो तुल्याइनु ।

लोत्याउनु— प्रे॰ क्रि॰ लोतो वा जुम्सो तुल्याउनु ।

लोत्रि–नु— अ॰ क्रि॰ [रू लत्रिनु] १. लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धो हुनु । २. कुनै वस्तु लत्रक्क भएर झोलिनु वा झुन्डिनु । > लोत्रे— वि॰ लोत्रने स्वभावको; लोते; लुते । लोयभयाइ— ना॰ लोत्रिने क्रिया वा प्रक्रिया । लोयभयाइनु— क॰ क्रि॰ लोत्रिने पारिनु । लोयभयाउनु— प्रे॰ क्रि॰ लोत्रिने पार्नु । लोयभयाँस्स— क्रि॰ वि॰ लखतरान हुने किसिमले; लोत्रिने वा लत्रिने चालसँग ।

लोथ— ना॰ [सं॰ श्लथे १. शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ; चल्नचटपटाउन नसक्ने स्थिति । २. मृत शरीर; लास ।

लोथ्रे— वि॰ [लोथ्रो+ए] लोथ्रो चालको ।

लोथ्रो— ना॰ [रू लाथ्रो] काँचो काठको लाठो; लाथ्रो ।

लोदर— वि॰ १. बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने । २. लच्छिन नभएको; अलच्छिनी ।

लोदो— ना॰ शरीरका विभिन्न अङ्गको थलथले मासु; लुँदो ।

लोध— ना॰ [सं॰ लोध्रे भित्र धर्साधर्सा भएको र बाहिर पातला पिलपिले डिम्बाकार पात हुने, सेतापछि पहेँला बास्नादार फूल फुल्ने, अनि साना लाम्चा फल लाग्ने, एक जातको, ठन्डा ठाउँमा हुने रूख; लोध्र ।

लोप— ना॰ [सं॰] १. हराउने वा नदेखिने स्थिति; अलप; गायब; गुम । २. नासिने काम; कमी; क्षय । ३. व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप । ~ चिह्न— ना॰ लेखाइका सिलसिलामा शब्द वा वाक्य छुट्ता थप्न प्रयोग गरिने चिह्न (रू॰; कागखुट्टे । > लोपाञ्जन— ना॰ आफ्ना आँखामा लाएपछि अरूले आफूलाई नदेख्ने भनिने, एक प्रकारको कल्पित अञ्जन ।

लोपार्–नु— स॰ क्रि॰ [लोप्पा+आर्+नु] १. कसैलाई लोप्पा खुवाउनु; लोप्य्राउनु; हिस्स्याउनु । २. लिप्नु वा घस्नु; लिप्सनु । > लोपाराइ— ना॰ लोपार्ने क्रिया वा प्रक्रिया । लोपारिनु— क॰ क्रि॰ लोपार्ने काम गरिनु; लोप्पा खुवाइनु ।

लोपारे— ना॰ पहिलो पटक कुनै नयाँ ठाउँमा जाने व्यक्ति ।

लोप्पा— ना॰ [सं॰ लपने केही रिससमेत पोख्तै 'नापिस्' भन्ने भाव जनाउँदा र निन्दाको रूपमा कसैको मुख लोपार्ने, हातको अर्धचन्द्राकार मुद्रा; त्यसरी मुख लोपार्ने काम; लोठ । > लोप्पिनु— अ॰ क्रि॰ लोप्पा खाइने हुनु; लोपारिनु ।

लोप्रालोप्री— ना॰ [लोप्रो+लोप्रो] सानातिना धेरै लोप्रा वा पाप्राको समूह ।

लोप्रि–नु१— अ॰ क्रि॰ [लोप्रो+इ+नु] लोप्रो बन्नु; पाप्रो जम्नु ।

लोप्रि–नु२— अ॰ क्रि॰ [लोप्रे+इ+नु] १. लोप्रे अवस्थामा पुग्नु; लुत्रुक्क पर्नु; निमोठिनु; निखुत्तिनु । २. लोप्पा खानु; लोप्य्राइमाग्नु । ३. कुनै कुरोबाट निराश हुनु; हिस्सिनु ।

लोप्रे— वि॰ [लोप्रो+ए] १. निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे । २. लोप्रो बनेको; पाप्रो जमेको । ~ कान— ना॰ हिस्सिने वा लुत्रुक्क पर्ने अवस्था । ~ हात— ना॰ उल्टो हात (जस्तै— लोप्रे हात लाइदिनु अर्थात् मागेर पाइँदैन भनिदिनु ।)

लोप्रो— ना॰ [सं॰ लपने १. छाला आदिको पातलो तह वा पत्र; पाप्रो । २. पकाएका खुर्सानीको टुक्रो । ३. सल्केका गुइँठाको चोइटो ।

लोप्य्राइ— ना॰ [रू लोप्रि (+याइ॰] १. लोप्रिने क्रिया वा प्रक्रिया । [ लोप्य्राउ+आइ] २. लोप्य्राउने क्रिया वा प्रक्रिया । [ > ] लोप्य्राइनु— क॰ क्रि॰ १. लोप्रो पारिनु । २. निराश बनाइनु । लोप्य्राउनु— प्रे॰ क्रि॰ १. लोप्रो पार्नु । २. निराश तुल्याउनु; हिस्स्याउनु । स॰ क्रि॰ ३. तातो पानी लाउनु; नाप्नु । (उदा॰— कति न काम गर्छु भनेर अघि सरेको होइन < के लोप्य्राइस् त खै ;)

लोफर— वि॰ [अङ्॰] १. घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो । २. मनलाग्दी घुम्ने र बोल्नेग् छाडा; बदमास ।

लोभ— ना॰ [सं॰] १. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच । २. मक्खीचुस हुने ताल; कन्जुसी । ~ लालचा— ना॰ लोभ र लालचा; साह्रै लोभ । > लोभनीय— वि॰ लोभ्याउने खालको; लोभलाग्दो; चित्ताकर्षक ।

लोभानीपापानी— ना॰ [लोभ+आनी + पाप+आनी] अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैँमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप ।

लोभि–नु— अ॰ क्रि॰ [लोभ+इ+नु] १. लोभ वा लालचमा पर्नु । २. आसक्त हुनु; लहसिनु; थ्याल काढ्नु ।

लोभित— वि॰ [सं॰] लोभिएको; लोभमा परेको; लुब्ध ।

लोभी— वि॰ [सं॰] १. लोभ गर्ने; लालची । २. चुइयाँ तालको; कन्जुस ।

लोभ्याइ— ना॰ [रू लोभि (+याइ॰] लोभिने तथा लोभ्याउने क्रिया– प्रक्रिया । [ > ] लोभ्याइनु— क॰ क्रि॰ लोभमा पारिनु ।

लोभ्याउनु— प्रे॰ क्रि॰ १. कसैलाई लोभमा पार्नु वा लालच देखाउनु । २. आफूतिर लहस्याउनु; आसक्त पार्नु ।

लोम— ना॰ [सं॰] १. रोम; रौँ । २. पुच्छर । — कूप— ना॰ रौँको फेदमा हुने खाल्टो वा प्वाल; रोमक¨प ।

लोमश— वि॰ [सं॰] १. शरीरमा झ्यापझ्यापती रौँ भएको । ना॰ २. पुराणका अनुसार अमर मानिएका र महाभारतका अनुसार युधिष्ठिरका साथ तीर्थयात्रा गर्ने एक ऋषि । ३. भेडो । ४. स्याल ।

लोमहर्ष— ना॰ [सं॰] रोमाञ्च; रोमहर्ष । > लोमहर्षक— वि॰ रोमाञ्च गराउने; रोमाञ्चित पार्ने । लोमहर्षण— ना॰ १. रोमाञ्च; पुलक । २. व्यासका एक शिष्यको नाम ।

लोमुते— ना॰ [हि॰ लहु+मुते] पिसाबमा रगत मिसिएर आउने रोग; लोहोमुते ।

लोमे— वि॰ चटाकसित काममा अघि नसर्ने; लोसो; जुम्सो ।

लोराब— ना॰ लमी; लाँपु ।

लोरी— ना॰ [हि॰] नानीलाई सुताउन आमाले गाउने गीत वा त्यसको लय ।

लोर्के— ना॰ रिसाएको निहुँ पारी प्रायः प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले ।

लोल— वि॰ [सं॰] १. हल्लिएको; काँप्दो । २. स्थिर नभएको; चञ्चल । ३. चौचौ लाग्ने । ~ मति— ना॰ हो कि होइनको अवस्था; संशयात्मा ।

लोलरा— ना॰ पुरानो समयमा चलेको कानमा लाउने गहनाविशेष ।

लोला— ना॰ [सं॰ लोले १. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लुँदो वा डल्लो । २. फागु खेल्दा अबिर, रब घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना ।

लोलाइ— ना॰ [रू लोलाउ (+आइ॰] लोलाउने काम वा किसिम । [ > ] लोलाइनु— अ॰ क्रि॰ निद्रा वा अरू कुनै कारणले आँखा लट्ठिनु; लोलाइमा परिनु ।

लोलाउ–नु— अ॰ क्रि॰ [लोल+आउ+नु] १. तन्द्रा, मात, कामासक्ति आदिले आँखा निदाएझैँ भई लट्ठिनु; अलिअलि निदाउन लाग्नु; झकाउनु । २. लोल हुनु ।

लोलाक्षिका/लोलाक्षी— ना॰ [सं॰] चञ्चल आँखा भएकी स्त्री ।

लोलित— वि॰ [सं॰] लोल भएको; लोलाएको ।

लोलिनु— अ॰ क्रि॰ [लोल+इ+नु] तन्द्राग्रस्त हुनु; लोलाउनु ।

लोली— ना॰ [सं॰ लोले १. अरूका बोलीमा सही थाप्ने वा सुर मिलाउने काम । २. अरूसँग भाका वा लय मिलाएर गाउनेबोल्ने काम । — ला— ना॰ बाख्रालाई डाक्ता भन्ने शब्द ।

लोलुप— वि॰ [सं॰] लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो— अर्थलोलुप, कामलोलुप आदि॰ । — ता— ना॰ लोलुप हुनाको भाव वा अवस्था; लोभीपन ।

लोलो— वि॰ [रू लोलो १. आँसुले भरिएको वा एकोहोरो हेर्ने (आँखा॰; लल्याकलुलुक भएको । ना॰ २. शरीरमा उठेको मासुको डल्लो; लुँदो; लोला । ३. आगाको ज्वाला; दीपशिखा । ४. पोतोको पूरक शब्द । — पोतो— ना॰ बाहिरी व्यवहारमा मात्र आत्मीयता वा मित्रता देखाई कुराले ठिक्क पार्ने काम; फकाउने चाल वा कुरो; चिप्लोघसाइ; चोचोमोचो ।

लोसन— ना॰ [अङ्॰ लोसने १. घाउखटिरा सफा गर्न लगाइने मलमजस्तो औषधी । २. छाला सुक्खा हुँदा नरम पार्न लगाइने मलहमविशेष ।

लोसार— ना॰ [भो॰ब॰ ल्होसारे हे॰ ल्होसार ।

लोसि–नु— अ॰ क्रि॰ [लोसो+इ+नु] लोसे हुनु; जुम्सो बन्नु ।

लोसे— वि॰ [लोसो+ए] लोसो स्वभावको; लोसो ।

लोसो— वि॰ [फा॰ लोसे १. ढिलो चालको वा सुस्तीसित काम गर्ने; जुम्सो । २. जति पन्छाए पनि नपन्छेर बस्ने; धर्ना कसिरहने ।

लोस्टो— ना॰ [सं॰ लोष्टे ताता भाँडाकुँडा समाउने खोस्मेरो; कागत आदिको टुक्रो ।

लोस्याइ— ना॰ [रू लोसि (+याइ॰] लोसिने काम वा किसिम । [ > ] लोस्याइनु— क॰ क्रि॰ लोसिने पारिनु । लोस्याउनु— प्रे॰ क्रि॰ लोसिने पार्नु; लोसो तुल्याउनु ।

लोस्याङ्ग्रो— वि॰ असाध्यै लोसो; जुम्सो ।

लोह— ना॰ [सं॰] १. फलाम; लोहा । २. तामा आदि जुनसुकै धातु । ३. रातो रब; रगत । वि॰ ४. तामाका रबको; रातो रातो; लाल । — कर्मी— ना॰ ढुङ्गा काट्ने र कुँद्ने काम गर्ने कालिगड । — कार— ना॰ फलामको काम गर्ने कालिगड; लोहार; कामी; कौ । — किल— ना॰ दुई देशका बीचमा साँध–सिमाना छुट्ट्याउन गाडिने ढुङ्गो; निसानढुङ्गो; साँधेढुङ्गो; लोँकिल । —

पाश— ना॰ फलामको सिक्री वा साङ्लो; फलामे जन्जिर । —

सार— ना॰ उम्दा खालको फलाम; इस्पात ।

लोहसे— ना॰ १. वनजङ्गल फाँडेर खोरिया खन्न ठीक पारेको, तर ठुटाठाटी उखेल्न बाँकी रहेको बाँझो जग्गा । २. कपास, घैया आदि छर्न फाँडिने जङ्गल; खोरिया ।

लोहा— ना॰ [सं॰ लोहे १. फलाम; लोह; लौह । २. लोहभस्म ।

लोहाड— ना॰ [लोहा+अड] हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो ।

लोहार— ना॰ [सं॰ लोहकारे फलामको काम गर्ने व्यक्ति वा जाति; कामी; कौ । > लोहार्नी— ना॰ १. लोहारको काम गर्ने स्त्री; स्त्री लोहार । २. लोहारकी पत्नी

लोहित— वि॰ [सं॰] १. तामाबाट बनेको । २. रातो–रातो रबको; लाल । ना॰ ३. मङ्गलग्रह । ४. रक्तचन्दन । ५. रातो रब । >

लोहिताङ्ग— ना॰ मङ्गलग्रह । लोहिताश्व— ना॰ अग्नि; आगो ।

लोहिया— ना॰ ऊनबाट बुनिने एक प्रकारको ओढ्ने वस्त्र ।

लोहेसे— ना॰ तोरीको तीन पल्ट पेलिएको पिना ।

लोहो— ना॰ [सं॰ लोहो रगत । २. माछाको पित्त ।

लोहोटा— ना॰ [सं॰ लुण्ठे पानी सारिने वा हालिने, धातुबाट बनेको डल्लो आकारको प्रसिद्ध भाँडो; लोटा । > लोहोटी— ना॰ सानो लोहोटा; लोटी ।

लोहोमुते— ना॰ [रू लोहो+मूत+ए] हे॰ लोमुते ।

लोहोरी— ना॰ [लोहरो+ई] १. सानो लोहोरो । २. आगो फुक्ने बाँस आदिको ढुङ्ग्रो ।

लोहोरे— वि॰ [लोहोरो+ए] लोहोरोजस्तो; लोहोरोका आकारको । ~ आँप— ना॰ लोहोरोजस्तो देखिने एक जातको आँप ।

लोहोरो— ना॰ [सं॰ लोहे सिलौटामा मसला आदि पिँध्न प्रयोग गरिने, फलाम वा ढुङ्गाको लाम्चो गोलो उपकरण; सिलौटाको बत्ता ।

लोहोसे— ना॰ प्रायः बालनमा आफू नबोलीकन मडारिएर मात्रै अभिनय प्रदर्शित गरी दर्शकहरूलाई हँसाउने पात्र वा हास्यकार; विदूषक ।

लौ— निपा॰ स्वीकृति, विस्मय, आश्चर्य, उदेक आदि जनाउँदा प्रयोग गरिने शब्द । (उदा॰— लौ, यो काम मै गर्छु । हुन्छ लौ, तिमी जाऊ । हेर, त्यहाँ के भएछ लौ ;)

लौँठी— ना॰ घामपानीले समेत हतपत नभिज्ने खासगरी साँगु बनाउन प्रयोग गरिने एक प्रकारको काठ ।

लौँडै— ना॰ ढिँडो, पानीरोटी आदि पकाइने एक प्रकारको भुजुङ्गो; लुँडे ।

लौका— ना॰ [सं॰ लौकोको ति॰ ।)] तरकारी खाइने, तुम्बाका जातको लामो र डोलो लहरे फल ।

लौकाट— ना॰ [अ॰ मू॰] कुखुराका जातको, ध्वाँसे भुईँमा सेता टीकाटीका परेका प्वाँख हुने, कराउँदा 'लौकाट–लौकाट' भनेजस्तो सुनिने एक चरो; गिनीफोर ।

लौकाठ— ना॰ अगाडिपट्टि हरिया र चिल्ला तथा पछाडिपट्टि खैरा र खस्रा पात हुने, पहेँला फूल फुल्ने एक जातको रूख वा अमिल्च्याहा गुलियो स्वाद हुने, भित्र साह्रो बियाँ भएको, पहेँलो रबको त्यसैको फल ।

लौकिक— वि॰ [सं॰] १. लोकसित सम्बन्धित; यस लोकको; सांसारिक । २. लोकव्यवहारसुहाउँदो; व्यावहारिक । ~ विवाह— ना॰ वैदिक वा धार्मिक विधिअनुसार नभई वरवधू स्वयं संलग्न भएर वैधानिक रूपमा गरिने आधुनिक बिहे । ~ संस्कृत— ना॰ वैदिक संस्कृतमा रहेको विविध रूपलाई नियन्त्रित गरिएको संस्कृत भाषा; वैदिककालभन्दा पछि चलेको संस्कृत भाषा ।

लौकी— ना॰ [लौको+ई] १. सानो लौको । २. लौका; लौको ।

लौको— ना॰ [सं॰ लावुके लौका; लौकी ।

लौखा— वि॰ बो॰ [लौ+खो १. बिर्सेको कुरो सम्झेर पछुतो जनाइने शब्द; ज्या । (उदा॰— लौखा ; बारीका तरकारी त गाईले भुसुक्कै पारेछ । लौखा ; झोला त बसमै पो छुटेछ) । २. कसैलाई हप्काउँदा वा खुच्चिब मार्दा प्रयोग हुने शब्द (उदा॰— लौखा ; बारीको तरकारी त गाईले भुसुक्कै पारेछ । लौखा ; बल्ल तँलाई ठीक भो॰

लौत— निपा॰ [लौ+त] आँट, मन्जुरी, खप्की आदि जनाउँदा प्रयोग गरिने शब्द । (उदा॰— लौत, आजैदेखि पढ्न थाल । लौत मलाई छो मात्र, तेरा बङ्गारा झार्छु॰ ।

लौन— वि॰ बो॰ [लौ+न] कसैलाई कुनै काम गर्न/गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द । (उदा॰— लौन, बिन्ती भन्छु एक खेप सहरसम्म गइदिनोस् । लौन, त्यहाँ त सर्प आयो ;) । ~ नि— वि॰ बो॰ अझ आत्तिएर गुहारिने शब्द । (उदा॰— लौन नि ; त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ । लौन नि ; बाबु भथ्याबबाट लड्यो ;)

लौरी— ना॰ [लौरो+ई] सानो लौरो; लहुरी । ~ पञ्जर— वि॰ लौरीपिञ्जर । ~ पिञ्जर— वि॰ साह्रै दुब्लो; हल्लनटट्टी; अस्थिपञ्जर । — पट्टा— ना॰ आफुसमा लौरो जुधाउने र टाउको छलेर लौराले नै छेकी खेलिने बालखेल । ~ लङ्गन— वि॰ लौरी नटेकी हिँड्नै नसक्ने; असाध्यै दुब्लो; लौरीपिञ्जर ।

लौरो— ना॰ [रू लहुरो] हातले समाई टेकेर हिँडिने बुटेनको हाँगो वा लङ्गुरो र बाँस, बेत आदिको घोचो; लहुरो ।

लौलौ— निपा॰ [लौ+लौ] कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द । (उदा॰— लौलौ, यो काम गरिहाल्नोस् । के गर्नु लौलौ, महँगीले त माथ्यो॰

लौसी— ना॰ हे॰ लप्सी ।

लौह— ना॰ [सं॰] १. फलाम; लोहा । वि॰ २. फलाम, तामा आदि धातुले बनेको; फलामसम्बन्धी । ३. रातो; लाल । — कार— ना॰ लोहार । — भस्म— ना॰ लोहा भस्म गरेर बनाइएको आयुर्वेदीय औषधीविशेष । ~ युग— ना॰ मानिसले सर्वप्रथम फलामे हतियार बनाउन थालेको ऐतिहासिक समयावधि ।

ल्यवाइ— ना॰ [ल्याउ+वाइ] ल्याउने क्रिया वा प्रक्रिया ।

ल्याइ–नु— क॰ क्रि॰ [ल्याउ+इ+नु] लिएर आइनु ।

ल्याइता/ल्याइते— वि॰ [ल्याउ+ता/ते] विधिविधानपूर्वक विवाह नगरी त्यसै ल्याइएकी (स्त्री॰; रखौटी; भित्रेनी ।

ल्याउ–नु— स॰ क्रि॰ [लि+आउ+नु] १. कुनै धनमाल, कुरा, मानिस आदि लिएर आउनु । २. कमाइ, आमदानी आदि भित्र हुल्नु । ३. स्वास्नी भियभयाउनु ।

ल्याकत— ना॰ [अ॰ लियाकते हे॰ ल्यागत । ~ जाँच— ना॰ ल्यागतजाँच । — दार— वि॰ ल्यागतदार । > ल्याकती— वि॰ ल्यागती ।

ल्यागत— ना॰ [रू ल्याकते उपयुक्त वा योग्य हुने स्थिति; योग्यता; लायकपन । — जाँच— ना॰ ल्यागत जाँच्ने काम; योग्यतापरीक्षा (टेस्ट) । — दार— वि॰ ल्यागत भएको; ल्यागती; लायक; योग्य । श्र ल्यागती— वि॰ ल्यागत पुगेको; ल्यागतदार ।

ल्याबफ्याब— ना॰ १. बेढङ्गको लवाइ; छन्द न बन्दको पहिरन । २. व्यवस्था नमिलेको कामकारवाई ।

ल्याबल्याब— क्रि॰ वि॰ [अ॰ मू॰ ल्याङ्+अ (बि॰)] १. कुनै घर, कोठो आदि साह्रै ठूलो र लामो हुने गरी । २. हल्लने वा हल्लाउने चालले । > ल्याबल्याबती/ल्याबल्याबी— क्रि॰ वि॰ अझै बढी ल्याबल्याब भएर ।

ल्याटिन— ना॰ [अङ्॰] इटाली देशमा प्रचलित प्राचीन भाषा ।

ल्यात्त— क्रि॰ वि॰ [अ॰ मू॰ ल्यात्+त] गिलो वा लेसाइलो पदार्थ चुहिने वा लेसारिने चालसित ।

ल्यान्डरोभर— ना॰ [अङ्॰] ठूलो खालको र बलियो जिप गाडी ।

ल्यापल्याप— क्रि॰ वि॰ [बि॰ ल्याप्+अ (बि॰)] कुनै तरल खानेकुरो आदि जिभ्राले चाट्ने वा चाटेर खाने चालसँग । > ल्यापल्यापती/

ल्यापल्यापी— क्रि॰ वि॰ अझ क्रमिक रूपले ल्यापल्याप गरी ।

ल्याप्चे— ना॰ [अ॰ मू॰ ल्याप्+चे] औँठामा छापमसी दलेर शङ्खचक्रको रेखा प्रस्ट देखिने गरी गरिने सहीछाप; औँठाछाप ।

ल्याप्प— क्रि॰ वि॰ [अ॰ मू॰ ल्याप्+प] १. कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर । २. लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी ।

ल्याफल्याफ— क्रि॰ वि॰ [अ॰ मू॰ ल्याफ्+अ (बि॰)] १. पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी । श्र ल्याफल्याफती/ल्याफल्याफी— क्रि॰ वि॰ अझ ल्याफल्याफ भएर ।

ल्यासल्यास— क्रि॰ वि॰ [अ॰ मू॰ ल्यास्+अ (बि॰)] लेसाइलो पदार्थ बराबर टाँसिने वा लेसिने गरी । > ल्यासल्यासती/ल्यासल्यासी— क्रि॰ वि॰ अझ छिटो ल्यासल्यास भएर ।

ल्यासे— वि॰ [नेवा॰] तरुनी; ठिटी । ~ मैजू— ना॰ तरुनी नेवार्नी ।

ल्यू— ना॰ [रू लिउ] चौँरीको ऊनबाट बनाइएको राडी ।

ल्वाँग— ना॰ [सं॰ लवङ्गे हे॰ ल्वाब । > ल्वाँगे— वि॰ १. कामकुरा गर्ने सीप वा ढङ्ग नभएको । २. भद्दा जीउको र बेकम्मा (मानिस॰ ।

ल्वाक्क— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वाक्+क] धेरै वस्तु खास गरी रुपियाँपैसा एकै खेप दिने वा पाउने गरी । — फ्वाक्क— क्रि॰ वि॰ यताउति गरी वा टाक्कटुक्क मिलाएर; छ्वाय–फ्वाय ।

ल्वाब— ना॰ [रू ल्वाँगे मसिना पात हुने एक जातको बोट र त्यसैको मसलाका निम्ति प्रसिद्ध ससानो सुगन्धी फूल । ~ किलो— ना॰ ल्वाबको फूलजस्तो र छत्तादार सानो फलामे कीलो । ~

फुल— ना॰ १. कानमा लगाइने ल्वाबका आकारको फूली । २. एक जातको लहरामा फुल्ने ल्वाबका आकारको सानो रातो फूल । > ल्वाबे— ना॰ ल्वाँगे ।

ल्वातल्वात— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वात्+अ (बि॰)] नटुटाई र थोरथोरै पस्ने–निस्कने गरी । > ल्वातल्वाती— क्रि॰ वि॰ अझै ल्वातल्वात भएर; ल्वातल्वात ।

ल्वात्त— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वात्+त] कुनै कमलो वस्तुमा लामो कुरो एकै चोटि पस्ने वा निस्कने गरेर; ल्वाम्म ।

ल्वापल्वाप— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वाप्+अ (बि॰)] थोरथोरै तर क्रम नटुटाई लाग्ने वा चाट्ने गरी । > ल्वापल्वापती/ल्वापल्वापी— क्रि॰ वि॰ अझै बेसी ल्वापल्वाप भएर ।

ल्वामल्वाम— क्रि॰ वि॰ [ल्वाम्+अ (बि॰)] अलिअलि र क्रम नटुटाई पस्ने वा गाडिने गरी । > ल्वामल्वामती/ल्वामल्वामी— क्रि॰ वि॰ अझै ल्वामल्वाम हुने गरी ।

ल्वाम्म— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वाम्+म] कमलो वा नरम ठाउँमा कुनै लामो कुरो एकै चोटि पस्ने वा गाडिने गरी; स्वाम्म ।

ल्वासल्वास— क्रि॰ वि॰ [ल्वास्+अ (बि॰)] १. नरम गिलो पदार्थ क्रम नटुटाई र थोरथोरै टाँसिने गरी । २. ल्वामल्वाम । > ल्वासल्वासती/ल्वासल्वासी— क्रि॰ वि॰ अझै ल्वासल्वास भएर ।

ल्वास्स— क्रि॰ वि॰ [अ॰ मू॰ ल्वास्+स] नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने–लगाउने गरी ।

ल्हाफेवा— ना॰ [थ॰] थकाली जातिले तिब्बती पात्रोअनुसार प्रत्येक बाह्र वर्षमा आउने 'बाँदर वर्ष' पारेर कार्तिक महिनामा मनाउने कुलदेवताको पूजा, जुलुस र धार्मिक ग्रन्थको पाठसहितको बाह्रवर्षे जात्रा वा उत्सव ।

ल्हाम— ना॰ हिमाली भेगमा आइमाईले जाडोमा लगाउने लुगाविशेष ।

ल्होसार— ना॰ [भो॰ ब॰] १. महायानी बौद्ध धर्माबलम्बीहरूको नयाँवर्षको पहिलो दिन । २. सो दिनमा मनाउने पर्व । ३. मञ्जुश्री ज्योतिष परम्पराअनुसार अग्नि वृषभमा मानिने २८३३ वर्ष अघिदेखि मानिएको संवत् ।