नेपाली शब्दसमूह ५० य

Wiktionaryबाट

मुखपृष्ठ

— १. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये छब्बीसौँ वर्ण; तालव्य, अन्तःस्थ, सघोष, अल्पप्राण अर्धस्वर (इकार र अकारको सन्धि) । २. लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बूढो य ।

यँका— ना॰ [नेवा॰] तारबाजामध्येको एक बाजा ।

यचाँ— ना॰ [नेवा॰] नरिवल, सुपारी आदि ताछ्ने हतियार ।

यकार— ना॰ [सं॰] अन्तःस्थ वर्णसमूहको पहिलो अक्षर; 'य' अक्षर ।

यकिन— ना॰ [अ॰ यकीने कथ्य॰ यक्किन पनि । १. कुनै कामकुराको पक्कापक्की; निधो; ठहर; अठोट । २. विश्वास; पत्यार । श्र यकिनन्— क्रि॰ वि॰ १. विश्वासपूर्वक; ठहथ्याएर । २. निस्सन्देह; अवश्य नै ।

यकृत्— ना॰ [सं॰] पेटभित्र फोक्सोमनि दायाँपट्टि रहने एक भित्री अङ्ग; कलेजो (जसले खाएका वस्तुहरू पाचन गर्दछ॰ ।

यक्ष— ना॰ [सं॰] देवयोनिका विविध भेदमध्ये एक । २. कुबेरका प्रजागण । ३. कुबेर । ४. राईजातिको एक भेद; याखा । — पति — ना॰ यक्षहरूको राजा; कुबेर । ~ प्रश्न — ना॰ ज्यादै कठिन प्रश्न; उत्तर दिन नसके ज्यान दिनुपर्ने सवाल । ~ मल्ल — ना॰ भक्तपुरमा वि॰सं॰ १४८४–देखि १५३४–सम्म पचास वर्ष उपत्यका र त्यसका अधीनस्थ इलाकाको शासन गर्ने मल्लकालीन एक राजा । — राज — ना॰ कुबेर । > यक्षिणी/यक्षी— ना॰ १. यक्षजातिकी स्त्री; यक्ष नारी । २. कुबेरकी स्त्री । ३. दुर्गाको एक अनुचर शक्ति ।

यगण— ना॰ [सं॰] छन्दशास्त्रअनुसार प्रत्येक तीन अक्षरमा पहिलो लघु र पछिल्ला दुई गुरु पर्ने एक गण; छन्दशास्त्रमा क्ष्क्क् चिह्नबारा सङ्केत गरिने एक गण ।

यजन— ना॰ [सं॰] १. यज्ञ, होम आदि गर्ने काम । २. यज्ञस्थान ।

यजमान— ना॰ [सं॰] १. वैदिक विधिबारा ब्राह्मणमार्फत यज्ञ आदि धार्मिक कार्य गर्ने व्यक्ति; यजमान । २. यज्ञ गर्नेगराउने व्यक्ति; यष्टा; कर्ता । ३. महादेवका अष्टमूर्तिमध्ये एक । श्र यजमानी — ना॰ १. यजनक्रिया; पुरोहित्याइँ; पुरेत्याइँ; जजमानी । २. यजमानकी पत्नी; जजमान्नी ।

यजु— ना॰ [सं॰] चार वेदमध्येको दोस्रो वेद; यजुर्वेद ।

यजुर्वेद— ना॰ [सं॰] प्रसिद्ध चार वेदमध्ये यज्ञयागादिका विधिको विस्तृत वर्णन भएको एक वेद वा शुक्लयजुर्वेद र कृष्ण–यजुर्वेद दुई भेदमा विभक्त दोस्रो वेद; चार वेदमध्येको एक वेद; यजुः । श्र यजुर्वेदी— वि॰ १. यजुर्वेदअनुसार कार्य गर्ने; यजुर्वेदका विधिहरूको पालन गर्ने; यजुर्वेद जान्ने । ना॰ २. ब्राह्मण, क्षत्रिय आदिको एक शाखा । यजुर्वेदीय— वि॰ १. यजुर्वेदसम्बन्धी; यजुर्वेदको । २. यजुर्वेद जान्ने; यजुर्वेदी । ३. यजुर्वेदअनुसार काम गर्ने ।

यज्ञ— ना॰ [सं॰] १. देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य । २. दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभ कार्य । ३. अग्निदेवता । ४. विष्णु । ~ कर्म— ना॰ हवन आदि गरिने कार्य; यज्ञ । ~ कुण्ड— ना॰ वैदिक विधिले अग्निसंस्कार गरी हवन गर्नका निम्ति आगो बाल्ने खाडल; होमको आगो बाल्ने कुण्ड । — पति— ना॰ १. विधि जान्ने ब्राह्मणलाई बोलाई वैदिक विधानले यज्ञ गराउने व्यक्ति; यजमान । २. विष्णु । — पशु— ना॰ यज्ञमा बलि चढाइने मृग, छाग आदि पशु । — पात्र— ना॰ यज्ञयागादिका काममा उपयोग गरिने, विभिन्न प्रकारका धातु, काठ आदिका भाँडाबर्तन (सुरो, घृतपात्र, चरुपात्र, चमर आदि) । — भूमि— ना॰ यज्ञ गर्नाका लागि तयार गरिएको ठाउँ; यज्ञस्थल । ~

मण्डप— ना॰ यज्ञ गर्नका निम्ति ध्वजा, पताका, तोरण, चौकाचँदुवा आदिबारा सुसज्जित गरिएको मण्डप । — शाला— ना॰ १. यज्ञ गरिने घर वा स्थान । २. यज्ञमण्डप । — शेष— ना॰ यज्ञ गरेर बाँकी रहेको वस्तु; यज्ञमा प्रयोग गरेर बचेको सामान । — सूत्र— ना॰ जनै; यज्ञोपवीत । > यज्ञागार— ना॰ यज्ञशाला । यज्ञाङ्ग— ना॰ १. यज्ञका सरसामान । २. डुम्री वृक्ष । यज्ञीय— वि॰ १. यज्ञसम्बन्धी । २. यज्ञका निम्ति उपयुक्त ।

यज्ञेश्वर— ना॰ यज्ञका स्वामी; विष्णु ।

यज्ञोपवीत— ना॰ [सं॰] १. बिजजातिले गलामा धारण गर्ने यज्ञसूत्र; जनै । २. यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध । ~ संस्कार— ना॰ उपनयनसम्बन्धी संस्कार; व्रतबन्ध ।

यता— क्रि॰ वि॰ [सं॰ अत्रे उताको विपरीत पर्नेतिर; यसतर्फ; आफूतिर; वर । ~ उता— क्रि॰ वि॰ १. यता र उता; वरिपरि; जतासुकै । २. यतै आसपासमा; नजिकै; छेउछाउमा । ना॰ ३. गोलमाल; हराई वा मासिई भएको हिनामिना । वि॰ ४. छरपुस्ट; छरिएको । ५. छारस्ट; नष्ट । ~ उति— क्रि॰ वि॰ १. यतै वरिपरि; अगलबगल; नजिकै; वरतिर–परतिर । २. जताततै; सर्वत्र । वि॰ ३. जतासुकै अस्तव्यस्त रूपमा छरिएको; लथालिङ्ग भएको । ना॰ ४. काम महत्त्वपूर्ण नभए पनि त्यसका लागि गरिने अलमल । ५. हानिनोक्सानी; हरहिसाबमा भएको हिनामिना । ~ न उता— क्रि॰ वि॰ अलपत्र; कतै पनि नहुने चालमा ।

यति१— ना॰ [सं॰] १. सन्न्यास धारण गरेको योगी; सन्न्यासी । २. ब्रह्मचर्यमा रहेको व्यक्ति; ब्रह्मचारी । ३. वार्णिक छन्दका कवितामा पद, वाक्य आदिमा विश्राम गर्ने ठाउँ; विराम । ४. य रोकिने काम; अडान ।

यति२— वि॰ [यो+ति] १. गनिएर, नापिएर वा तौलिएर कुनै वस्तु खास परिणाममा पुगेको; योजति; यो परिमाणबराबर; यत्ति । २. अत्यन्त धेरै वा थोरै । क्रि॰ वि॰ ३. थोरै; अलिकति । — को— वि॰ १. आवश्यकताभन्दा पनि बढ्ता; यति धेरै; प्रशस्त । २. योजतिको; यतिसम्मको । — खेर— क्रि॰ वि॰ यति बेला; यस समयसम्म; अहिलेको समयमा । > यतिन्जेल— क्रि॰ वि॰ १. यस समयसम्म; अहिलेसम्म । २. यति लामो समयसम्म; यतिबेरसम्म; यतिन्ज्याल । यतिन्ज्याल— क्रि॰ वि॰ यतिन्जेल । यति भङ्ग— ना॰ [सं॰] वार्णिक छन्दमा निश्चित ठाउँको अडानलाई पालन नगर्दा पर्न आउने छन्ददोष; आवश्यक ठाउँमा विश्रान्ति नपर्दा हुने दोष; यतिभङ्ग हुँदा हुने एक काव्यदोष ।

यती— ना॰ [भो॰ब॰] १. हिमालमा रहने, मनुष्यको जस्तै आकारको मानिएको एक प्रसिद्ध प्राणी; हिममानव; सोक्पा । २. वनझाँक्री ।

यत्किञ्चित्— क्रि॰ वि॰ [सं॰] कुनै पनि वस्तुको थोरै मात्रामा; थोरबहुत; अलिकति ।

यत्ति— वि॰ [यति] १. यति । २. यति नै । — का— वि॰/क्रि॰ वि॰ यतिका । — को— वि॰ १. योजत्तिको; यसबराबरको; यतिले भेटेसम्मको । २. यति धेरै; प्रशस्त; यत्रो । ३. यति थोरै; कम्ती । — खेर— क्रि॰ वि॰ यति नै समयमा; यतिखेर ।

यत्न— ना॰ [सं॰] १. कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को । २. बिग्रिन, नासिन नपाओस् भनी गरिएको हिफाजत; जतन । ३. फारोतिनो गर्नका लागि गरिएको सञ्चय; बचोट; सङ्ग्रह । — तः— क्रि॰ वि॰ प्रयासका साथमा । — वान्— वि॰ यत्न गर्ने; यत्नशील । — शील— वि॰ मिहिनेत गर्ने स्वभावको; यत्नवान्; मिहिनेती ।

यत्निखेर— क्रि॰ वि॰ [यति+नै+खेरे १. ठीक यसै समयमा; यति नै बेला । २. अहिले ।

यत्र— क्रि॰ वि॰ [सं॰] यहाँ (समासको आरम्भमा 'तत्र'सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै— यत्रतत्र) । — तत्र— क्रि॰ वि॰ १. जहाँसुकै पनि; जताततै; सबैतिर । २. विभिन्न ठाउँमा । ३. जथाभावी; छरपुस्ट । — तत्र सर्वत्र— क्रि॰ वि॰ १. यहाँ र वहाँ मात्र नभई जतासुकै पनि; जताततै । २. सबैतिर ।

यत्रैसित/यत्रैसिति— वि॰बो॰ [यत्रो+इ+सित/(इ॰] केही पर्बाह छैन; केको मतलब; भुत्रैसित; कन्डैसित ।

यत्रो— वि॰ [यो+त्रो] १. यस परिमाणभरिको; योजत्रो । सर्व॰ २. यो (अश्लील अर्थमा, जस्तै— यत्रो खा ;) । वि॰ बो॰ ३. खेद, पछुतो, असफलता आदि जनाउँदा प्रायः वाक्यको अन्तमा प्रयोग गरिने शब्द । (उदा॰— कति चेष्टा गरे पनि सकिएन, यत्रो ;) ।

यथा— क्रि॰ वि॰ [सं॰] १. जस्तै; जुन प्रकारको । २. जसरी; जहाँसम्म; जतिसम्म । — कथित— वि॰ १. भनेजति; भनिएबमोजिम । क्रि॰ वि॰ २. भनिएबमोजिम गरी । — क्रम— क्रि॰ वि॰ क्रमबद्ध ढङ्गले; सिलसिला मिलाएर; क्रमानुसार । — तथा— क्रि॰ वि॰ १. जथाभावी; जथानाम । २. जसरीतसरी । — तथ्य— क्रि॰ वि॰ सही किसिमले; सत्यतापूर्वक । — पूर्व— वि॰ १. परम्परादेखि चलेअनुसारको । २. पहिलेजस्तै; जस्तो थियो त्यस्तै । क्रि॰ वि॰ ३. पहिले जस्तै गरेर । — भाग— क्रि॰ वि॰ १. भागअनुसार; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक । वि॰ २. भागअनुसारको । — योग्य— क्रि॰ वि॰ १. जसो उचित ठहर्छ उसै । वि॰ २. जसलाई जे ठीक सुहाउँछ उसलाई त्यस्तै; यथोचित ।

यथार्थ— वि॰ [सं॰] १. जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै । २. ठीक; उचित । ३. सही; साँचो; सत्य; खास । ना॰ ४. वास्तविकता; साँचोपन । — तः— क्रि॰ वि॰ साँच्चै भन्ने हो भने; वास्तवमा । — ता— ना॰ यथार्थ हुने गुण वा प्रक्रिया; वास्तविकता; सत्यता । — वाद— ना॰ १. वस्तुजगत्को अस्तित्वलाई नै सर्वेसर्वा स्वीकार गर्ने एक दार्शनिक मत; वस्तुसत्यमा विश्वास राख्ने एक अनीश्वरवादी सिद्धान्त । २. जीवन र जगत्को वस्तुपक्ष जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्ने एक साहित्यिक मान्यता; जीवन र जगत्का बीचका सम्बन्धले मान्छेका जीवनमा देखापर्ने र वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने साहित्यिक मूल्य । — वादी— वि॰ १. यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी । २. यथार्थवादसम्बन्धी ।

यथावत्— क्रि॰ वि॰ [सं॰] यसभन्दा पहिले जस्तो रूप र अवस्थाको थियो त्यस्तै; पहिलेको जस्तै; पूर्ववत् ।

यथावसर— वि॰ [सं॰] १. समयअनुसारको । क्रि॰ वि॰ २. समयसुहाउँदो किसिमले ।

यथाविधि— क्रि॰ वि॰ [सं॰] १. विधि–विधानअनुसार; नियमपूर्वक; रीत पुथ्याएर । वि॰ २. विधिअनुसारको; रीत पुगेको ।

यथाशक्ति— वि॰ [सं॰] १. क्षमताले भ्याएसम्मको; गच्छेअनुसारको; औकातले पुगेसम्मको । क्रि॰ वि॰ २. क्षमताले वा औकातले भ्याएसम्म ।

यथाशक्य— क्रि॰ वि॰/वि॰ [सं॰] यथाशक्ति ।

यथासङ्ख्य— ना॰ [सं॰] १. अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन गरिएमा पर्न आउने एक अर्थालङ्कार । वि॰ २. सङ्ख्याअनुसारको; क्रमैसँगको । क्रि॰ वि॰ ३. सङ्ख्याअनुसार; सङ्ख्यामाफिक ।

यथासमय— क्रि॰ वि॰ [सं॰] जुन काम जतिखेर भए ठीक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा ।

यथासम्भव— क्रि॰ वि॰ [सं॰] हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म ।

यथासाध्य— क्रि॰ वि॰ [सं॰] साध्य भएसम्म; जति साध्य हुन्छ त्यति; यथासम्भव ।

यथास्थान— क्रि॰ वि॰ [सं॰] जुन ठाउँमा ठीक पर्छ त्यसै ठाउँमा; उचित स्थानमा ।

यथास्थित— वि॰ [सं॰] पहिलेझैँ रहेको; यथावत् रहेको ।

यथास्थिति— ना॰ [सं॰] पहिलेको जस्तै स्थिति; यथावत् अवस्था । — वाद— ना॰ पूर्वधारणाअनुसार जुन मतमा विश्वास गर्दै आइएको छ त्यसबाट विचलित नभई स्थिर रहने एक सिद्धान्त; स्थिति जस्तो थियो वा छ त्यस्तै रहोस् भन्ने मत; कट्टरतावाद । —

वादी— वि॰ यथास्थितिवादको अनुसरण गर्ने; यथास्थितिवाद– सम्बन्धी ।

यथेच्छ— क्रि॰ वि॰ [सं॰] १. इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम । वि॰ २. पर्याप्त; पुग्दो; चिताएबमोजिमको । श्र यथेच्छाचार— ना॰ १. इच्छाअनुसारको आचरण; अनुशासन वा मर्यादालाई वास्ता नगरी जथाभावी गरिने चालचलन । २. मनोमानी गर्ने काम; उच्छृङ्खल व्यवहार । यथेच्छाचारी— वि॰ १. जे गर्न मन लाग्छ त्यही काम गर्ने; कुनै नियम र अनुशासनको पालन नगर्ने; स्वेच्छाचारी ।

यथेप्सित— वि॰ [सं॰] चाहेअनुसारको; यथेच्छ ।

यथेष्ट— वि॰ [सं॰] ना॰ १. चिताएजति; चाहेअनुसारको; पर्याप्त । क्रि॰ वि॰ २. इच्छाबमोजिम; मनमाफिक ।

यथोक्त— वि॰ [सं॰] पहिले जस्तो बताइएको छ त्यस्तो; नियमबमोजिमको; कथनानुसारको; भनेजस्तो ।

यथोचित— वि॰ [सं॰] १. जस्तो भए ठीक हुन्छ त्यस्तो; जस्ताको तस्तो । २. जति भए पुग्छ त्यति; यथायोग्य; समुचित । क्रि॰ वि॰ ३. उचित किसिमले ।

यदा— क्रि॰ वि॰ [सं॰] जहिले; जुन समयमा; जतिखेर । — कदा— क्रि॰ वि॰ कहिलेकाहीँ; कुनैकुनै समयमा; आकलझुकल ।

यदि— क्रि॰ वि॰ [सं॰] सम्भावनाले गर्दा; संयोगले गर्दा; भने

(जस्तै— यदि राम विबान् हो त श्याम पनि विबान् हो॰ ।

यदु— ना॰ [सं॰] महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा; यदुवंशका प्रवर्तक राजकुमार । — वंश— ना॰ महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट प्रवर्तन भएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल; यादववंश ।

यदृच्छया— क्रि॰ वि॰ [सं॰] १. जस्तो चिताइएको छ त्यसैअनुसार; कुनै नियम वा कारण नभईकन; मनलाग्दो किसिमले; स्वेच्छया । २. संयोगवश; अकस्मात्; अपर्झट ।

यदृच्छा— ना॰ [सं॰] १. इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन । २. आकस्मिक संयोग । > यदृच्छित— क्रि॰ वि॰ चिताएजस्तै; स्वेच्छापूर्वक; मनलाग्दो ।

यद्यपि— संयो॰ [सं॰] यसो भए तापनि; हुन ता । (उदा॰— यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु॰ ।

यबा— संयो॰ [सं॰] अथवा; वा; या । — तबा— क्रि॰ वि॰ जथाभाबीसँग ।

यन्त्र— ना॰ [सं॰] १. कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन । २. तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर । ३. वाद्य; वाद्ययन्त्र । ४. सन्दुस, ढोका आदिमा लगाइने ताल्चा । ५. जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन । ६. प्रणाली; पद्धति । ~ कला— ना॰ यन्त्रलाई उपयुक्त ढङ्गले सञ्चालन गर्ने विद्या; यन्त्र चलाउने ज्ञान, प्रविधि वा सीप । ~ गृह— ना॰ यन्त्र राख्ने घर वा कोठा । ~ चातुर्य— ना॰ यन्त्रलाई जडान गर्ने, सञ्चालन गर्ने आदि ज्ञान; यन्त्रसञ्चालनको योग्यता; कालिगडी । ~ चालित— वि॰ यन्त्रबारा चलाइएको; यन्त्रले चलाइएको (कारखाना, भट्टा, मिल आदि) । — ज्ञ— वि॰ १. यन्त्रनिर्माण गर्न, मर्मत गर्न वा सञ्चालन गर्न जान्ने; यन्त्रसम्बन्धी ज्ञान भएको । २. नियन्त्रण वा बन्देजमा राख्ने; बन्धनमा पार्ने । ३. यन्त्रविद्याको ज्ञाता । ना॰ ४. मिस्त्री; कालिगड । > यन्त्रणा— ना॰ १. कसैलाई दिइने यातना; सास्ती । २. वेदना; पीडा; कष्ट । ~ मन्त्र— ना॰ १. टुनामुना; तन्त्रमन्त्रबारा गरिने मोहनी; वशीकरण । २. झारफुक । ३. यन्त्र र विधिविधानबारा जन्तर बाँध्ने काम । — विद्— ना॰ यन्त्रसम्बन्धी वा यन्त्रविज्ञानको ज्ञान भएको व्यक्ति; यन्त्रज्ञ । ~ विद्या— ना॰ यन्त्रनिर्माण गर्ने वा चलाउने विद्या; यन्त्रसम्बन्धी शास्त्र । —

शाला— ना॰ १. यन्त्रबारा काम गर्न मिसिन जडान गरिएको ठाउँ; कलघर; इन्जिनघर; यन्त्रगृह । २. ग्रहनक्षत्रको गति– स्थिति अध्ययन गर्ने यन्त्र जडान गरिएको ठाउँ; वेधशाला । ~

शास्त्र— ना॰ यन्त्रसञ्चालन गर्ने विधिको निर्देशन गर्ने शास्त्र; यन्त्रनिर्माण गर्ने विज्ञान; यन्त्रविद्या । ~ सज्जित— वि॰ सामरिक महत्त्वका सम्पूर्ण हातहतियारयुक्त; आधुनिक सामरिक उपकरणयुक्त (सेना॰ । > यन्त्रालय— ना॰ यन्त्रगृह; यन्त्रशाला ।

यन्त्रित— वि॰ यन्त्र जडिएको । यपलाब कोगे— ना॰ [भो॰ ब॰] मुगु जिल्लाका तामाब युवायुवतीले प्रतिवर्ष हिउँदमा एकपल्ट र वर्षामा एकपल्ट जाँडरक्सी खाई रातभर नाचगान गरी मनाउने चाड ।

यम— ना॰ [सं॰] १. मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने भनिएका देवता; यमराज; धर्मराज । २. सूर्यकी विवाहिता पत्नी संज्ञाका पुत्र; दक्षिणदिशाका स्वामी । ३. जुम्ल्याहा; यमज । ४. अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह–यति पाँचवटा तत्त्व पालन गर्नाले पूर्ण हुने अनुशासन । ५. अष्टाङ्ग योगमध्येको पहिलो योग । ६. गति । ७. सद्गति; मृत्यु । ८. आयतनको हिसाबबाट आठौँ ग्रह ।

यमक— ना॰ [सं॰] समान पद वा ध्वनि लगातार एकै वाक्य वा पद्यमा दोहोरिँदा पर्ने एक शब्दालङ्कार (जस्तै— मकल–कल, शिशिर–शिर इ॰) ।

यमज— वि॰ [सं॰] १. एकै गर्भबाट एकै समयमा जन्मेका; युगल; जुम्ल्याहा । ना॰ २. एकै पल्ट एउटै गर्भबाट जन्मेका जोडी बच्चा; जुम्ल्याहा । ३. अश्विनीकुमार; स्वर्वैद्य ।

यमदण्ड— ना॰ [सं॰] १. यमराजले लिने दण्ड; कालदण्ड । २. असह्य प्रहार । ३. मानिसका निधारमा रहने दुई प्रकारका रेखामध्ये एक ।

यमदूत— ना॰ [सं॰] १. धर्मराजका आज्ञाले पापात्माहरूलाई यातना दिने काममा खटिएका दूत; धर्मराजका प्यादा । २. काग ।

यमबार— ना॰ [सं॰] १. यमराजको दरबारको ढोका । २. मृत्युको मुख । यम बितीया— ना॰ [सं॰] कार्तिक शुक्लपक्षको बितीया; यमपञ्चकको अन्तिम दिन; भाइटीका । यम पञ्चक— ना॰ [सं॰] कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल बितीयासम्मका पाँच दिन; कागतिहारदेखि भाइतिहारसम्मका पाँच दिन ।

यमपाश— ना॰ [सं॰] १. पापीहरूलाई बाँधेर नरकतिर घिस्याउने पासो; यमराजको पासो । २. ठूलो सास्ती; कठोर यातना । ३. मृत्यु; काल ।

यमपुरी— ना॰ [सं॰] १. धर्मराज यमको लोक; यमराजको नगरी । २. नरक; रौरव आदि अनेक नरकलोक ।

यमयातना— ना॰ [सं॰] नारकीय यातना; नरकको कठोर सास्ती ।

यमराज— ना॰ [सं॰] मान्छे मरेपछि उसका शुभाशुभ कर्मको छानबिन गरी उपयुक्त फल प्रदान गर्ने देवता; पितृलोकका अधिदेवता; धर्मराज; यम ।

यमल— वि॰ [सं॰] एउटै गर्भबाट एकै बेतमा जन्मिएका; जुम्ल्याहा । २. युगल; जोडा; जोर ।

यमलोक— ना॰ [सं॰] १. मरिसकेपछि जीवले जानुपर्ने भनिएका लोकहरूमध्ये एक लोक; यमपुरी; धर्मनगर । २. नरक ।

यमुना— ना॰ [सं॰] १. यमराजकी बहिनी; सूर्यकी छोरी । २. पश्चिमोत्तर भारतबाट बहेर प्रयागमा आई गङ्गाजीमा मिल्ने एक प्रसिद्ध नदी; जमुना । > यमुनोत्तरी— ना॰ बदरिकाश्रमको उत्तरतिर पर्ने हिमाल; यमुना नदीको उद्गमस्थल ।

ययाति— ना॰ [सं॰] नहुष राजाका छ भाइ छोरामध्ये माहिला छोरा; यदु, पुरु, अनु आदिका पिता; चन्द्रवंशका एक प्रसिद्ध राजा; शर्मिष्ठा र देवयानीका पति; शुक्राचार्य र वृषपर्वाका जुवाइँ ।

यर्सी— ना॰ [भो॰ ब॰] उखु पेल्ने लामो काठको खम्बा ।

यव— ना॰ [सं॰] १. देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ । २. वास्तु तथा मूर्तिकलामा प्रयुक्त, एक जौबराबरको नापो वा तौल । ३. हस्तरेखा–विज्ञानअनुसार हत्केला वा पैतालाका जौ आकारका रेखा । — क्षार— ना॰ औषधीका लागि प्रयोग हुने, जौको बोट पोलेको खरानी; जवाखार । — बीप— ना॰ जाभाबीपको पुरानो नाम ।

यवन— ना॰ [सं॰] १. युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी । २. युनानी जाति । ३. पछि गएर मुसलमान, क्रिस्तानजस्ता विधर्मी विदेशीहरूका लागि प्रयोगमा आउन थालेको शब्द । ४. शीघ्र गति; छिटो चाल । ५. घोडा । >

यवनिका— ना॰ नाटकप्रदर्शन गरिने मञ्चमा दृश्यपरिवर्तन वा नाटकसमापन गर्दा लगाइने पर्दा; जवनिका ।

यश— ना॰ [सं॰] १. राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति । २. प्रशंसा; तारिफ । > यशस्कर— वि॰ राम्रो कीर्ति वा प्रसिद्धि हुने; नाम चल्ने । यशस्वान्— वि॰ राम्रो यश भएको; यशशाली । यशस्वी— वि॰ ठूलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको । यशोगाथा— ना॰ कसैको सत्कार्यको गुणगान गर्ने काम; यशको महिमावर्णन ।

यशोधरा— ना॰ [सं॰] गौतम बुद्धकी धर्मपत्नी; राहुलकी आमा; गोपा ।

यष्टि/यष्टी— ना॰ [सं॰] १. लट्ठी । २. लाठो; लौरो । ३. रूखहरूको हाँगो; शाखा । ४. वास्तु तथा मूर्तिकलामा सत्तरी अमलबराबरको नापोलाई बुझाउने शब्द; सत्तरी इन्चको नापो । ५. जेठीमधु ।

यस— सर्व॰ [प्रा॰ एअस्स < सं॰ एतस्ये 'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो'–बाट 'जस', 'त्यो'–बाट 'त्यस' बनेझैँ 'यो'–बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि) । ~ उसले– क्रि॰ वि॰ यसकारण; यसो हुनाले; यसनिम्ति । > यसरी— क्रि॰ वि॰ यस प्रकारले; यसो गरेर; यस किसिमले । यसै— क्रि॰ वि॰ १. यसो नै; यस प्रकारले नै । २. यस किसिमले; यही तरिकाले । ३. खास कारण नभई; उसै । ४. मोल नलिईकनै; सित्तैँ ।

यसो— क्रि॰ वि॰ [यस+ओ] १. यस किसिमले; यसरी । (उदा॰— यसो नचल भनेको उसले मानेन) । २. यता । (उदा॰— त्यस खोलादेखि यसो मेरो हक छ ।) ३. खरखरी; कामचलाउ किसिमले ।

(उदा॰— मैले उसलाई चिनेको छैन, यसो बाटामा देखेको मात्रै हुँ ।) । वि॰ ४. यस्तो । (उदा॰— यसो नभन् रू) । ~ उसो— क्रि॰ वि॰ १. जस्तोसुकै प्रकारले; अल्याबमल्याब गरेर; जस्तोसुकै भए पनि । ना॰ २. अलमल; अल्याबमल्याब । ३. हाहो; हाटहुट । ४. आवश्यक साधारण वस्तुहरू; जेतेमेते । ५. सामान्य कामहरू; अगडमबगडम । ~ त्यसो— क्रि॰ वि॰/ना॰ यसोउसो । >

यसोरी— क्रि॰ वि॰ यसो गरेर; यसरी ।

यस्तरी— क्रि॰ वि॰ [यस्तो +गरी] १. यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी । २. यति धेरै; औधी; यति विधि ।

यस्तै— वि॰ [यस्तो+ऐ] १. यो जस्तो छ त्यस्तै; यसै किसिमको । क्रि॰ वि॰ २. यस्तै गरी; यही तरिकाले ।

यस्तो— वि॰ [यो+जस्तो] योजस्तो; यसै किसिमको; यहीजस्तो । ~ उस्तो— वि॰ १. योजस्तो र ऊजस्तो; यस्तो र उस्तो । २. साधारण किसिमको; मामुली खालको; चानचुने । ३. जथाभाबी; अव्यवस्थित ।

यहाँ— क्रि॰ वि॰ [सं॰ इहे १. नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा । २. यता; यहाँनिर; वरतिर । सर्व॰ ३. तपाईँ; हजुर; आफू । ४. यी महानुभाव; उहाँ; वहाँ । > यहीँ— क्रि॰ वि॰ १. यसै ठाउँमा; यहाँ नै । सर्व॰ २. यहाँ स्वयम्; तपाईँ नै ।

यही— वि॰/सर्व॰ [यो+ई] धेरैवटा वस्तु वा विषयमध्ये यो नै; यहीचाहिँ ।

याँ१— वि॰ बो॰ [अ॰ मू॰] १. बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण । ना॰ २. त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ ।

याँ२— क्रि॰ वि॰ [यहाँ] १. यति थोरै वा धेरै मात्रै; यस हदसम्म मात्रै । (उदा॰— त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ ।) । वि॰ २. थोरै; कम्ती त; अलिकति ।

(उदा॰— त्यसको धन भन्छौ, याँ त होइन त, जति खर्च गरे पनि नरित्तिने रहेछ) । ३. फुलेको; ठूलो (उदा॰— ऊ रिसाएर याँ भएको रहेछ) । — मानको— वि॰ १. यत्ति ठूलो; यँू । २. धेरै ठूलो ।

या— संयो॰ [फा॰] १. दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यबा; अथवा (तिमी या म, राम्रो या नराम्रो इ॰) । २. र (उदा॰— धर्म भनेको दान या पुण्य हो ॰ । क्रि॰ वि॰ ३. सम्भव छ (या त्यो गयो, या ऊ छैन इ॰) ।

याक— ना॰ [भो॰ ब॰] १. चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौँरी गोरु । २. आजका लिम्बू र तिनको भाषासँग मिल्ने भाषा (बान्ताबा, याखा इ॰) बोल्ने राईजातिका साझे पूर्वज । — थुम— ना॰ १. याकजातिको थलो । २. लिम्बूहरूको इलाका । —

थुम्बा— ना॰ १. लिम्बू । २. लिम्बूजातिको एक थर । — थुम्बी— ना॰ लिम्बूभाषा; लिम्ब्वानी ।

याकबभुचा— ना॰ [नेवा॰] सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर निकाली बनाइएको, ठोकेर बजाइने एकमात्रिक तालबाजा ।

याक्खा— ना॰ [सं॰ यक्षे अरूणपूर्व वसोवास गर्ने आदिवासी जनजाति । > याखाली— ना॰ याखाजातिहरूको भाषा; लिम्ब्वानी भाषासँग मिल्ने एक खम्ब्वानी भाषा ।

याक्सा/याक्सो— ना॰ [सं॰ हर्क्षके खेतीपाती रुङ्न बस्ने गरी बनाइएको खर वा स्याउलाको अस्थायी छाप्रो; खोरिया; ब्याँसीतिर बनाइने अस्थायी घर ।

याग— ना॰ [सं॰] यज्ञ ।

याचक— वि॰ [सं॰] १. अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी । २. दरिद्र; गरिब । — ता— ना॰ १. मगन्तेपन; भिखारीपन । २. दरिद्रता ।

याचन— ना॰ [सं॰] याचना । > याचना— ना॰ १. माग्ने काम; याचन । २. विनययुक्त भई प्रार्थना गर्ने काम; अनुरोध । याचनीय— वि॰ याचना गर्न लायक; याचना गर्ने खालको ।

याचिका— ना॰ [सं॰] १. कुनै उच्च तहमा प्रस्तुत गरिने आवेदनपत्र; प्रार्थनापत्र । २. न्यायालयमा प्रस्तुत गरिने अर्जीपत्र ।

याचित— वि॰ [सं॰] १. माग गरिएको; याचना भएको । २. प्रार्थना गरिएको ।

याजक— वि॰/ना॰ [सं॰] यज्ञ गर्ने वा गराउने (व्यक्ति॰; यष्टा ।

याज्ञवल्क्य— ना॰ [सं॰] महर्षि वैशम्पायनका शिष्यमध्ये शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ऋषि; एक स्मृतिकार ।

याज्ञिक— ना॰ [सं॰] १. यज्ञ गर्ने वा गराउने व्यक्ति; विधिपूर्वक यजमानी कार्य गर्न जान्ने व्यक्ति । वि॰ २. यज्ञ गर्ने; अग्निहोत्री ।

याज्य— वि॰ [सं॰] १. यज्ञको निम्ति उपयुक्त; यज्ञलायक । २. कुनै प्रकारले यज्ञसँग सम्बन्धित ।

यातना— ना॰ [सं॰] १. रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती । २. पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड । —

पूर्ण— वि॰ यातनामय । — मय— वि॰ कष्टले भरिपूर्ण ।

यातायात— ना॰ [सं॰] १. आवागमन; आउनेजाने काम; आवतजावत । २. आवागमनका जल, स्थल र वायुमार्गमध्ये कुनै पनि साधन; बाटोघाटो । ~ मन्त्रालय— ना॰ यातायातसम्बन्धी कार्यको जिम्मेदारी वहन गर्ने मन्त्रीका मातहतमा रहने मन्त्रालय । ~ विभाग— ना॰ उक्त मन्त्रालयअन्तर्गत यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने विभाग । ~ समिति— ना॰ यातायातलाई सुव्यवस्थित राख्न गठन हुने वा यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने समिति ।

यात्रा— ना॰ [सं॰] १. एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनबारा जाने काम; भ्रमण; पर्यटन । २. धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन । ३. देवदेवीको उत्सवमा गरिने मेला; जात्रा । ४. परदेश जाने साइत; प्रस्थान । ~ खर्च— ना॰ कार्यालयबाट अन्यत्र खटिएका कर्मचारीले पाउने यात्रा तथा सवारी–साधनसम्बन्धी खर्च; भ्रमणभत्ता । > यात्री— ना॰ १. यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा । २. परदेशी । ३. तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री । वि॰ ४. यात्रा गर्ने; भ्रमणशील । यात्रु— ना॰/वि॰ यात्री ।

याद— ना॰ [फा॰] १. मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौँराइ । २. कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध; बोध; ज्ञान; थाहा । >

यादगार/यादगारी— ना॰ बिदा हुने वा मरेर जाने आत्मीयलाई बारम्बार सम्झाउने कुनै साधन; सम्झौटो ।

यादव— ना॰ [सं॰] १. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सम्पूर्ण सन्तान; यदुवंश । २. श्रीकृष्ण । ३. बिहार, उत्तरप्रदेश, मध्यप्रदेश र नेपाल तराईमा पाइने एक जाति; जादब; ग्वार; अहिर; जाट । यान– ना॰ [सं॰] १. मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन; इन्जनबारा भारी बोक्ने साधन । २. पुराणकालमा प्रयुक्त विमान; रथ । ३. बौद्ध धर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्थ । > यानाधिदेव— यही—यान अयचचभअतष्यल थबपपजब� ज्ञण्द्धट ना॰ कुनै कर्मचारीलाई सवारी राख्दा दिनुपर्ने तेल आदिको खर्च; मोटर, मोटरसाइकल आदि राख्दा मर्मत, पेट्रोल आदिका निम्ति दिनुपर्ने भत्ता ।

यानि/याने— क्रि॰ वि॰ [अ॰ यअनी] १. वास्तवमा; यथार्थमा; अर्थात् । वि॰ बो॰ २. कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द (उदा॰ यानि/याने कुरा चाहिँ अलिक उल्टै छ॰ ।

यान्त्रिक— वि॰ [सं॰] १. यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने । २. कृत्रिम; स्वाबे; बनावटी । — ता— ना॰ १. यान्त्रिक हुने गुण, स्थिति वा प्रक्रिया । २. मान्छेका बौद्धिक र चेतनात्मक गुणलाई निष्क्रिय बनाई केवल मिसिनका भरमा काम चलाउने पद्धति; यन्त्रको दास हुने परम्परा वा परिपाटी । ~ भौतिकवाद— ना॰ भौतिकवादको वैज्ञानिक यन्त्रप्रति आवश्यकताभन्दा धेर आस्थावान् हुने परिपाटी । ~ विधि— ना॰ यन्त्रको सहायताले कुनै काम गर्ने प्रक्रिया । ~ सभ्यता— ना॰ यन्त्रमा आश्रित अचेलको आधुनिक सभ्यता । > यान्त्रिकीकरण— ना॰ कुनै पनि कार्य यान्त्रिक किसिमले गर्नको निम्ति यन्त्र जुटाउने व्यवस्था ।

यापन/यापना— ना॰ [सं॰] १. निर्वाहगराइ; निर्वाह; कामचलाइ; खेपाइ । २. जीविका; जीविकोपार्जन ।

यापित— वि॰ [सं॰] यापन वा यापना गरिएको ।

याबो— ना॰ [एको] डन्डीबियो खेलमा जित्नेले प्वाइन्ट गन्दा एकलाई बुझाउने शब्द; एको ।

याम— ना॰ [सं॰] १. प्रचलित घडीका हिसाबले तीन घण्टा र पानीघडीका हिसाबले साढे सात घडीको समय; प्रहर । २. समय; काल । ३. बेलाबखत; मौसम । ~ टाइम— ना॰ बेलाबखत; बेलामौका ।

यामल— ना॰ [सं॰] १. जम्ल्याहा शिशु । वि॰ २. यमलसम्बन्धी ।

यामान— वि॰ १. आफूले सोचेभन्दा बढ्ता ठूलो; स्वाभाविकता वा आवश्यकताभन्दा धेरै ठूलो । २. अत्यन्त वजनदार; गहकिलो । — को— वि॰ यामान ।

यामिक— ना॰ [सं॰] १. पालैपालो गरी बदलिने पहरेदार; समयसमयमा फेरिने पाले । वि॰ २. यामसम्बन्धी; समय– सम्बन्धी । ~ मार— ना॰ खास समयमा खास जातिको पोथीले भाले खोज्ने प्राकृतिक प्रक्रिया ।

यामिनी— ना॰ [सं॰] १. रात; रात्रि । २. हलेदो । ३. यमकुलकी नारी; यमी । वि॰ ४. यमसम्बन्धी; गतिसम्बन्धी; मृत्युसम्बन्धी । ५. यायावरीय ।

याम्य— ना॰ [सं॰] १. धर्मराजका प्रतिहार; यमदूत । २. दक्षिण दिशा; यमराज स्वामी भएको दिशा । ३. वरुणका छोरा मानिने एक ऋषि; अगस्त्य ऋषि । ४. मलयाचलमा हुने चन्दन । वि॰ ५. यमसम्बन्धी । ६. धर्मराजसँग सम्बन्धित दिशाको; दक्षिणतिरको ।

यायावर— वि॰ [सं॰] १. जीवनभर विभिन्न ठाउँमा घुमिरहने; फिरन्ते । ना॰ २. सन्न्यास आश्रमको योगी; महन्त । ३. अश्वमेध यज्ञमा छोडिएको घोडा । ४. घुमन्ते जाति ।

यार— ना॰ [फा॰] १. मन मिलेको साथी; हितले खाएको मित्र; दोस्त । २. अर्काकी स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने व्यक्ति; गुन्डो; जार ।

यारलम्फा— ना॰ [अङ्॰ एयर+ल्याम्प] हावाको छिराइ र निस्काइ सन्तुलित भई धेरै चहकिलो हिसाबले बल्ने, मट्टीतेलबाट चल्ने चिमदार एक प्रदीप; लम्फा ।

यारिब— ना॰ [अङ्॰ इयरिङ्] कानका लोतीमा तुर्लुङ्ब झुन्डिने हिसाबले लगाइने गहना; कानका लोतीमा लाइने झुम्के गहना; यार्लिब ।

यारैसिजै— ना॰ [सं॰ आदर्शिको १. प्राचीन कालमा आफ्नो अनुहार हेर्ने काममा प्रयोग गरिने साधन; ऐनाको काम लिइने साधन । २. घृतच्छाया ।

यार्चागुम्बा/यार्चागुम्बु— ना॰ [तिब्ब॰] शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग कीराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा व्यवहार गरिने त्यसैको सुकुटी ।

यार्लिब— ना॰ [अङ्॰ इयररिबे कानका लोतीमा लर्कने हिसाबले लगाइने झुम्के गहना; यारिब ।

यार्सागुम्बा— ना॰ [तिब्ब॰] हे॰ यार्चागुम्बा ।

याल— ना॰ [तुर्क॰] घोडा, सिंह आदिका गर्दनमा पलाउने लामालामा बाक्ला भुत्ला; जगर ।

यावत्— क्रि॰ वि॰ [सं॰] १. कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म । २. जबसम्म; जुन समयसम्म । ३. जति परिणामसम्म । वि॰ ४. जति; जुन परिमाणको । ५. सबै नै; तमाम; भएभरिको ।

यावन्त— वि॰ [सं॰] भएभरको सबै; सम्पूर्ण; यावत् ।

यासोक्यानी— ना॰ [भो॰ ब॰ यासोक+यानी] लिम्बू जातिकी एक प्रसिद्ध देवी; पाँचथरको यासोक भन्ने ठाउँमा अवतार लिएकी भनी प्रसिद्ध भएकी लिम्बू संस्कृतिकी एक देवी ।

यिन— सर्व॰ [यी] 'यिनी' सर्वनामको तिर्यक् रूप (जस्तै— यिनलाई, यिनले, यिनको आदि रू) । — ताक— क्रि॰ वि॰ अचेलभरि; आजकल ।

यिनी— सर्व॰ [ सं॰ एतानि] १. 'यो' सर्वनामको बहुवचनको रूप । २. सम्मान, आदर, श्रद्धा आदि बुझाउने तृतीयपुरुष सर्वनाम; यी महानुभाव ।

यी— सर्व॰ [सं॰ यः (यो॰+ई] 'यो' सर्वनामको बहुवचन वा आदरार्थमा प्रयोग हुने रूप; यिनी ।

युँ१— ना॰ [भो॰ ब॰] कुनै गहनाहरूका बीचमा जड्ने काममा प्रयोग गरिने प्रायः हरियोमिश्रित रबको नीलो हिमाली वा भोटेली पत्थर ।

युँ२— वि॰ [यहाँ+ऊ] १. याँमानको । क्रि॰ वि॰ २. याँ ।

युक्त— वि॰ [सं॰] १. दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त । २. युक्तिसङ्गत; समुचित; उचित । ३. साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ॰) । ना॰ ४. योगाभ्यास गरेको योगी । ~ रूप— ना॰ संयुक्त अवस्थाको रूप; मिश्रित रूप ।

युक्ति— ना॰ [सं॰] १. कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती । २. कौशल; चातुर्य । ३. कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क । ४. एकभन्दा बढ्ता तत्त्वहरूको संयुक्त रूप; योग; मिलन । ५. चालढाल; तौरतरिका । ६. अलङ्कारशास्त्रका अनुसार कुनै तरिकाले रहस्यमय चेष्टालाई लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार । ७. औचित्य । ~ पूर्णता— ना॰ युक्तियुक्त अवस्था; उपाय प्राप्त भएको अवस्था । ~ मूलक— वि॰ युक्ति वा तर्कले उचित ठहरिने; बुद्धिसङ्गत । ~ युक्त— वि॰ तर्कपूर्ण; युक्तिसङ्गत । ~ सङ्गत— वि॰ युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्त । ~ सम्मत— वि॰ उपायसहितको; तर्कसम्मत; तथ्यमा आधारित ।

युक्त्याभास— ना॰ [सं॰] बाहिरबाट हेर्दा बुद्धिमत्तापूर्ण लाग्ने तर वास्तवमा तथ्यहीन कुरो झुक्किएर सही देखिने गरी पर्ने भान; आभास मात्रमा आधारित उपयुक्तता ।

युक्लिप्टस— ना॰ [अङ्॰ यूकिलिप्टसे सेता र चिल्ला परेका फेद वा हाँगा हुने, मसिना लाम्चा र हल्का हरिया पात हुने एक वृक्षविशेष; मसलाको वृक्ष ।

युग— ना॰ [सं॰] १. जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म । २. लोक–संस्कारअनुसार बाह्र वर्षको समयावधि । ३. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा । ४. पौराणिक काल–विभाजनअनुसार सत्य, त्रेता, बापर र कलिमध्ये कुनै एक । ५. समय; बेला–बखत; जमाना । ६. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिबारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै— पौराणिक युग, पाषाणयुग, शाहयुग इ॰) । ७. वास्तु तथा मूर्तिकलामा चार इन्चबराबरको नापो । ~ चेतना— ना॰ युगअनुकूलको चेतना; युगसुहाउँदो वा युगअनुसारको ज्ञान; युगबोध । ~ धर्म— ना॰ कुनै पनि समयमा अनुकूल ठानिई चल्दै गरेको धर्म; युगअनुसारको धर्म । ~ नायक— ना॰ युगलाई उचित मार्गमा हाँक्ने प्रतिभा; कुनै निश्चित समयका लागि प्रमुख मानिने व्यक्तित्व । ~ पुरुष— ना॰ कुनै निश्चित समयका सीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल भएको व्यक्ति; युगनायक । ~ प्रवर्तक— वि॰ नयाँ मान्यता र मूल्य स्थापित गरी युगलाई नै नयाँ मोडमा हिँडाउने; युगलाई नयाँ दिशा दिने; नयाँ युगको प्रवर्तन गराउने । ~ भाग— ना॰ सारा युगहरूको कुनै एक चरण ।

युगल— वि॰ [सं॰] १. जोडिएको; जोल्टिएको; जोडा । २. जुम्ल्याहा; युग्म; यमल । ~ गीत— ना॰ प्रेमी–प्रेमिका मिलेर गाइने गीत; जुहारी ।

युगसापेक्ष— वि॰ [सं॰] युगसित सम्बन्धित; युगानुक¨ल । — ता— ना॰ युगानुक¨ल हुने गुण वा विशेषता ।

युगादि— ना॰ [सं॰] १. युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी । २. युगको पहिलो दिन; सृष्टि सुरु भएको दिन । ~

नवमी— ना॰ १. कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड– नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ॰ ।

युगानुकूल— वि॰ [सं॰] समयअनुसारको; जुन समयमा जस्तो कुरा राम्रो मानिन्छ त्यस्तो; युगसुहाउँदो ।

युगानुयुग— क्रि॰ वि॰ [सं॰] १. अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म । ना॰ २. एकपछि अर्को गर्दै बित्ने युगहरूको समुदाय ।

युगान्त— ना॰ [सं॰] १. कुनै निश्चित मानिने समयको समाप्ति; युगको अन्तिम समय । २. सृष्टिको प्रलय । > युगान्तक— वि॰ १. युगलाई नष्ट पार्ने । २. एक युग समाप्त गरी अर्को युग ल्याउने । — कारी— वि॰ युगान्तक । > युगान्तर— ना॰ १. दोस्रो युग; अर्को युग । २. युगपरिवर्तन । ३. समयपरिवर्तन ।

युगोचित— वि॰ [सं॰] समयअनुसारको; जुगजमाना सुहाउँदो; युगानुक¨ल ।

युगौँ— ना॰ [सं॰ युग+औँ] १. अनेक युग । क्रि॰ वि॰ २. जुगानजुग ।

युग्म— वि॰ [सं॰] १. जोडा; युगल; जुम्ल्याहा । २. अन्योन्याश्रित सम्बन्ध भएका; युगल; बन्ब । ना॰ ३. बाह्र राशिमध्ये तेस्रो राशिको नाम; मिथुन । > युग्मक— वि॰ १. जोडा; जुम्ल्याहा; युग्म । २. एकअर्कामा सम्मिलित हुने । ना॰ ३. स्त्रीपुरुषका रजबीजाणुको मेल भएको अवस्था । युग्मज— वि॰ जुम्ल्याहा ।

युत— वि॰ [सं॰] १. मिलेको; संयुक्त । २. सहित; युक्त ।

युद्ध— ना॰ [सं॰] परस्परविरोधी दुई दलका बीचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने आदि उद्देश्यले गरिने आक्रमण; लडाइँ; सङ्ग्राम; जुद्दे; कटक । ~ क्षेत्र— ना॰ परस्परका विपक्षीहरू भिड्ने ठाउँ; लडाइँ भएको वा हुने ठाउँ; युद्धभूमि । ~ परिषद्— ना॰ युद्ध थाल्ने, सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको विशेष समिति । — पोत— ना॰ जलक्षेत्रमा युद्ध गर्दा पानीमुनि भित्रभित्र पनि हिँड्ने लडाक¨ नाउ; लडाक¨ सानो पानीजहाज वा मोटर । ~

बन्दी— ना॰ युद्धका समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धा । ~ भूमि— ना॰ युद्धक्षेत्र; रणक्षेत्र । ~ विद्या— ना॰ युद्धसम्बन्धी शस्त्रास्त्र प्रयोगसँग सम्बन्धित विद्या; सामरिक विज्ञान । ~ विराम— ना॰ परस्परबाट चर्केको लडाइँलाई रोक्ने काम; विभिन्न उपायले युद्धलाई रोक्ने काम । — विराम रेखा— ना॰ युद्धविराम गर्दा तोकिएको हदबन्दी । ~ वीर— ना॰ १. युद्ध गर्ने काममा ठूलो पराक्रम देखाउने व्यक्ति । २. वीररस प्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर । ३. युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक । ~ शास्त्र— ना॰ युद्धविद्या । ~ स्थगन— ना॰ १. युद्ध चर्किरहेका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ बन्द गर्नुपर्ने अवस्था । २. अस्थायी युद्धविराम ।

युधिष्ठिर— ना॰ [सं॰] महाभारत, पुराण आदिका अनुसार पाण्डुराजाकी रानी कुन्तीका गर्भबाट जन्मेका तीन भाइ छोरामध्येका जेठा; पञ्चपाण्डवमध्येका पहिला भाइ; जेठा पाण्डव; धर्मराज ।

युनान— ना॰ [ग्रि॰ आयोनिया/यूनाने १. युरोपको एक देश; ग्रिस । २. मिस्र देशको एक प्रान्त; यायोनिया । > युनानी— वि॰ १. युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी । ना॰ २. युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति । ३. ग्रिसेली भाषा ।

युनिट— ना॰ [अङ्॰] कुनै पनि वस्तुको न्यूनतम एकाइ; एकएक भागमा छुट्ट्याउन सकिने वस्तुको एकाइ ।

युनिफर्म— ना॰ [अङ्॰] १. कुनै विशेष संस्था वा कार्यालयसँग सम्बन्धित औपचारिक पहिरन; सम्बन्धित सबैले लगाउनुपर्ने मिल्दोजुल्दो साझे पोसाक । २. तानाबाना; बर्दी ।

युनियन— ना॰ [अङ्॰] कुनै तहका जनता, विद्यार्थी, मजदुर आदिको सङ्गठन, समिति वा सङ्घ ।

युरिया— ना॰ [अङ्॰] कृषिक्षेत्रमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल; मूत्रज; मलमूत्रज; नाइट्रोजन मल ।

युरिलो— ना॰ अग्लो बोट हुने साधारण आकारका भुवादार पात हुने, पहेँलामा काला टीकाटीका परेका फूल फुल्ने क्याप्सुलका आकारका फल फल्ने हिमाली भेकमा हुने एक वनौषधी ।

युरेसिया— ना॰ [युरोप+एसियो १. युरोप र एसियाको साझे नाम । २. युरोप र एसियालाई एकै महादेश ठानी राखिएको एक नाम ।

युरोप— ना॰ [अङ्॰] संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश । >

युरोपियन— वि॰ युरोपीय ।

युरोपीय— वि॰ [अङ्॰ युरोप+सं॰ ईये युरोपसँग सम्बन्ध भएको; युरोपसम्बन्धी; युरोपमा हुने; युरोपको; युरोपेली । ~ साझा बजार— ना॰ पश्चिमी युरोपका केही देशहरूले भन्सार आदि मिनाहा गरी आपसमा खुला रूपले लेनदेन गर्न मिल्ने गरी स्थापना गरेको साझा बजार ।

युरोपेली— वि॰ [युरोप+एली] युरोपसँग सम्बन्धित; युरोपको; युरोपीय ।

युवक— ना॰ [सं॰] सामान्य रूपमा सोह्र वर्षमाथि र चालीस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी । — त्व— ना॰ तन्नेरीपना । ~ सङ्गठन— ना॰ १. युवकहरूको उन्नति, हित र कल्याण गर्ने एवं युवाशक्तिलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्ले बनाइएको सङ्गठन । २. युवकहरूको सङ्गठन ।

युवति/युवती— ना॰ [सं॰] १. जवान स्त्री; पट्ठी आइमाई; तरुनी । वि॰ २. पट्ठो उमेरकी; जवान (स्त्री॰ ।

युवराज— ना॰ [सं॰] गद्दीनसिन राजाका उत्तराधिकारी । >

युवराजाधिराज— ना॰ हे॰ युवराज ।

युवराज्ञी— ना॰ [सं॰] १. युवराजकी विवाहिता रानी; युवरानी । २. युवराजाधिराजकी पत्नी ।

युवा— ना॰ [सं॰] तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति । ~ पिँढी— ना॰ १. कुनै समयको सीमाभित्र बाल, युवा, वृद्ध मानिने पुस्तामध्ये सबैभन्दा तन्नेरी पुस्ता । २. तन्नेरीहरू मिली नेपाली साहित्यको उन्नतिका लागि चलाएको एक अभियान । ~ वर्ग— ना॰ तन्नेरीहरूको समुदाय ।

यूका— ना॰ [सं॰] १. वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्राबराबरको नापो । २. जुम्रो; जम्रो ।

यूथ— ना॰ [सं॰] १. एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल । २. सेना; शस्त्रास्त्रले सज्जित फौज । — चर— वि॰ बगालका बगाल भएर हिँड्ने (जीव॰; हूल बाँधेर हिँड्ने । ~

विवाह— ना॰ १. दुईभन्दा धेरै पुरुषले एउटी आइमाई साझे स्वास्नी बनाउने गरी गर्ने विवाह । २. पशुमा र केही पक्षीका बीचमा पाइने सामूहिक यौनाचार । > यूथिका— ना॰ जुही (फूल॰ ।

यूप— ना॰ [सं॰] १. बलिका निम्ति पशु ल्याएर यज्ञवेदीका वरिपरि बाँधिने खम्बा; मौलो । २. विजयको स्मारकका रूपमा उभ्याइएको चिह्न; विजयस्तम्भ । — ग्राम— ना॰ लिच्छविकालको एक प्रसिद्ध बस्ती (ललितपुरको पूर्वनाम॰ ।

येन— ना॰ [जापा॰] जापानको मुद्रा ।

येनकेन— क्रि॰ वि॰ [सं॰] जुनसुकै प्रकारले; कुनै न कुनै प्रकारले; येनकेन प्रकारेण । ~ प्रकारेण— क्रि॰ वि॰ कुनै न कुनै प्रकारले; जुनसुकै प्रकारले ।

यै— सर्व॰ [यही] यो नै; यही ।

यो— सर्व॰ [सं॰ एषःे १. प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल रूप । वि॰ २. नजिक रहेको वस्तुलाई देखाउने सार्वनामिक विशेषण; यहाँनेरको; यतातिरको (जस्तै— यो घर, यो रूख, यो मानिस इ॰) ।

योग— ना॰ [सं॰] १. कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ; संयोग । २. सम्बन्ध; सम्पर्क । ३. आपसी हेलमेल; मेलपिलाप । ४. गणितमा जोड्ने काम वा क्रिया; जोड; जम्मा । ५. कुनै पनि काम वा कुराको उपयुक्तता वा अनुकूलता । ६. त्यस्तो राम्रो समय वा साइत । ७. यम, नियम आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्गयोग । ८. चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय । (. चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम; वैराग्य । १०. फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग । ११. ज्योतिषशास्त्रका मतमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइसवटा योगको साझे नाम । १२. तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइसवटा योग । १३. ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग । १४. छवटा दर्शनमध्ये एक; योगदर्शन । १५. टुनामुना; वशीकरण । १६. तारतम्य; सबै थोकको भरमभेट; काकताली । १७. छलकपटको व्यवहार; धोका । १८. लाभ; फाइदा; आम्दानी । —

क्षेम— ना॰ १. प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम । २. राष्ट्रको शान्ति–सुरक्षा र सुव्यवस्था । ३. जीवननिर्वाहको काम । ४. कुशल–मङ्गलको समाचार; पीरपिराउ, आरामविराम आदिको जानकारी । ~ दर्शन— ना॰ चित्तलाई एकाग्र रूपले ईश्वरमा लीन गराउने शास्त्र; योगशास्त्र । — दान— ना॰ कुनै काममा महत्त्वपूर्ण सहायता दिने काम; सहभागिता । ~ धारणा— ना॰ योगमा एकाग्र भई ध्यानमग्न भएको अवस्था; योगधारण गरेको अवस्था । ~ निद्रा— ना॰ १. योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा । २. युगका अन्त्यमा हुने प्रलयअवस्थामा लाग्ने विष्णुको निद्रा । — फल— ना॰ गणितमा विभिन्न सङ्ख्या जोड्दा हुन आउने उत्तर; योगको परिणाम । — बल— ना॰ योगको साधनबाट प्राप्त हुने ईश्वरीय शक्ति । — माया— ना॰ १. समाधि अवस्थामा प्राप्त हुने अलौकिक शक्ति । २. भगवती; महामाया । ३. ईश्वरको सृजनशक्ति; प्रकृति । ~ मार्ग— ना॰ ईश्वरप्राप्तिका विभिन्न मार्गमध्ये एक मार्ग । — रूढ— वि॰ १. योग नै रूढ भएको । २. व्याकरणमा यौगिक देखिए पनि अर्थचाहिँ रूढ भएको । ~ शास्त्र— ना॰ योगविद्या । ~ सूत्र— ना॰ महर्षि पतञ्जलिको योगसम्बन्धी सूत्रसङ्ग्रह; योगदर्शन । > योगात्मा— ना॰ योगी । योगानुशासन— ना॰ योगशास्त्रले बताएको अनुशासन । योगाभ्यास— ना॰ योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन । योगाभ्यासी— वि॰ योगको साधनमा लीन । योगाश्रम— ना॰ १. योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम । २. योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल । योगासन— ना॰ योग गर्दा बस्ने पßासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि ।

योगिनी— ना॰ [सं॰] १. योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी । २. काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रह्मयोगिनी, नीलतारा योगिनी र विजयेश्वरी योगिनी॰ मध्ये कुनै एक । ३. भगवतीका नारायणी, गौरी, शाकम्भरीलगायत चौँसट्ठी सहचारीमध्ये कुनै एक । ४. आषाढ कृष्णपक्षको एकादशी । ५. रणपिशाचिनी; रणचण्डी । ६. अष्टदेवी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डी, कालरात्रि, कात्यायनी र महागौरी) । ७. ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी) । ८. तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नुपर्ने तथा सामुन्ने र दायाँ पर्दा अनिष्ट फल दिने॰ कालयोगिनी । (. जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठवटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा) । ~ चक्र— ना॰ ज्योतिषशास्त्रअनुसार योगिनीको स्थिति, निर्देशन र फल विचार गर्ने चक्र । ~ दशा— ना॰ योगिनीको दशा ।

योगिराज— ना॰ [सं॰] योगीहरूमा श्रेष्ठ योगी; धेरै ठूला योगी; योगीन्द्र ।

योगी— वि॰ [सं॰] १. संयुक्त; जोडिएको । ना॰ २. योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त । ३. युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष । ४. जोगी । > योगीन्द्र— ना॰ योगिराज; योगीश्वर । — राज— ना॰ योगीका निम्ति सम्मानजनक सम्बोधन; योगिराज ।

योगीश्वर— ना॰ १. श्रेष्ठ योगी; योगीहरूमा सर्वश्रेष्ठ महात्मा; योगेश्वर । २. महादेव; शिव । ३. कृष्ण भगवान् ।

योगेश्वर— ना॰ [सं॰] १. योगसाधन गरेको पुरुष; सिद्ध पुरुष । २. कृष्ण भगवान् । ३. महादेव; शिव ।

योग्य— वि॰ [सं॰] १. काम सफलतापूर्वक गर्ने शक्ति, सीप, गुण आदि भएको; लायक; जान्ने; सिपालु । २. कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठीक मानिने; उपयुक्त । ३. विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्चस्तरको । ४. न्यायसङ्गत; मुनासिब; उचित ।

योग्यता— ना॰ [सं॰] १. व्यवहार, कार्य वा शिल्पको लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता । २. कुनै विषयको आवश्यक ज्ञान; जानकारी । ३. व्यावहारिक अनुभव । ~ क्रम— ना॰ ज्ञान, गुण, शिक्षा आदिमा प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम । — सार— ना॰ योग्यताको सारभूत तत्त्व; योग्यताको निर्धारण गर्ने मूलभूत तत्त्व । ~ परीक्षा— ना॰ १. प्रवेशिका, परीक्षामा सामेल हुन योग्य भएनभएको छान्नका निम्ति माध्यमिक तहका विद्यालयहरूबाट लिइने परीक्षा; ल्याकतजाँच (टेस्ट परीक्षण) । २. योग्यता जाँच्ने कुनै पनि परीक्षा ।

योजक— वि॰ [सं॰] १. एकभन्दा बढ्ता चीज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने । २. योजना गर्ने; आयोजना मिलाउने । ३. व्यवस्थापन गर्ने; प्रबन्धक ।

योजन— ना॰ [सं॰] १. परस्परको मेलमिलाप । २. जोड्ने काम; एकीकरण । ३. वास्तुकलामा व्यापक अर्थमा प्रयोग हुने 'कोस'– को चार गुनाबराबरको नापो; चार कोस लमाइको नापो । – गन्धा– ना॰ १. महर्षि पराशरका वीर्यबाट व्यास जन्माउने नारी; सत्यवती; मत्स्यगन्धा । २. कस्तूरी ।

योजना— ना॰ [सं॰] १. कुनै पनि कार्य व्यवस्थित रूपमा सञ्चालित गर्नका निम्ति पहिले नै निर्धारित गरिने कार्यक्रम वा रूपरेखा; काम सिद्ध गर्न चाहिने साधन, उपाय, व्यवस्था आदिको पूर्वनिश्चित तयारी । २. जुनसुकै कार्यको व्यवस्था मिलाउने वा आयोजना गर्ने काम; समायोजना । ३. कार्यक्रम । ४. व्यवस्था; प्रबन्ध । ५. प्रयोग; व्यवहार । ६. जोड्ने काम; जोडाइ; मिलान । ~ आयोग— ना॰ सरकारले तयार पार्ने योजनासम्बन्धी कार्यका निम्ति गठित आयोग; राष्ट्रिय योजना आयोग । —

कार— ना॰ योजनाको विस्तृत रूपरेखा तयार गर्ने व्यक्ति । ~

प्रमुख— ना॰ योजना सञ्चालन गर्ने कर्मचारीसमूहको प्रमुख व्यक्ति; योजनाको मुख्य व्यक्ति । — बद्ध— वि॰ पूर्वनिर्धारित योजनामा आधारित; सुनियोजित । ~ मन्त्रालय— ना॰ देशका योजनासम्बन्धी सम्पूर्ण कार्यसञ्चालन गरिने हिसाबले गठित मन्त्रालय; योजना हेर्ने मन्त्रीको कार्यालय । — विद्— वि॰ १. योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजना तर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको । ना॰ २. योजना तर्जुमा गर्न जान्ने व्यक्ति । ३. योजना आयोगको सदस्य । ~ स्थल— ना॰ १. योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ । २. योजना चल्दै गरेको ठाउँ; योजनाक्षेत्र ।

योजनीय— वि॰ [सं॰] जोड्न लायक; जोड्नुपर्ने ।

योजित— वि॰ [सं॰] १. जोडिएको । २. योजना गरिएको; योजनाका रूपमा ल्याइएको ।

योज्य— वि॰ [सं॰] जोड्न लायक; योजनीय ।

योद्धा— ना॰ [सं॰] १. युद्ध गर्ने व्यक्ति । २. वीर; युद्धवीर । ३. सैनिक व्यक्ति । वि॰ ४. युद्ध गर्ने । ५. बलियो; बहादुर; जोधा ।

योधा— वि॰ [सं॰] हे॰ योद्धा ।

योनि— ना॰ [सं॰] १. कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थान; उत्पत्तिस्थल । २. स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबबार । ३. पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक । ४. जन्म; चोला; जुनी । ५. खानी; आकर । — गुटका— ना॰ भगनासा । — ज— वि॰ पाठेघरभित्रै सम्पूर्ण आकार ग्रहण गरेर मात्रै जन्मने । ~ परीक्षक— ना॰ १. योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान । वि॰ २. योनिका रोगसम्बन्धी ज्ञान भएको; योनिपरीक्षण गर्ने । ~ परीक्षण— ना॰ स्त्रीजातिको यौनाङ्ग परीक्षण गर्ने काम; योनिका रोग, स्थिति आदिको जाँच गर्ने काम । ~ मार्ग— ना॰ योनिबारको बाटो; योनिबारदेखि पाठेघरसम्मको बाटो । ~ मुद्रा— ना॰ औँलाहरूबाट योनिको आकार बनाइने एक तान्त्रिक मुद्रा । ~ यन्त्र— ना॰ १. मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापबार वा धर्मबार । २. योनि । ~ शोथ— ना॰ स्त्रीजातिको यौनाङ्ग सुन्निने वा दुख्ने रोग । ~ सङ्कुचन— ना॰ योनि खुम्चिने काम; योनिको खुम्च्याइ । ~ सम्भव— वि॰ योनिज ।

योनी— ना॰ [सं॰] हे॰ योनि ।

योमरी— ना॰ [नेवा॰] चामलको पीठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा चाकु, मासु, मस्यौरो, मास, खुवा वा पूजाका लागि दुईचार गेडा चामल राखी भाँडाको मुख बन्द गरेर वाष्पपाकबारा पकाइने खाद्य वस्तु ।

योषा/योषिता— ना॰ [सं॰] आइमाई; स्त्री ।

यौगिक— वि॰ [सं॰] १. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त । २. व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न । ३. दुई वा बढी शब्द मात्र मिलेर बनेको । ना॰ ४. दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व । ~ शब्द— ना॰ १. प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द । २. दुई वा यसभन्दा पनि धेरै शब्द मिली बनेको शब्द; संयुक्त शब्द ।

यौटा— वि॰ [रू एउटो एक मात्र सङ्ख्या भएको; एकवटा मात्र; एउटा ।

यौद्धिक— वि॰ [सं॰] युद्धसम्बन्धी । > यौद्धिकी— ना॰ युद्धशास्त्र (मिलिटरी साइन्स॰ ।

यौधेय— ना॰ [सं॰] १. योद्धा; रणवीर । २. उत्तर भारतको एक प्राचीन जाति वा गण ।

यौन— वि॰ [सं॰] १. योनिसम्बन्धीग् योनिको । ना॰ २. पुरुष र स्त्रीको सम्पर्क; मैथुन । ~ क्रिया— ना॰ सन्तानोत्पादनको काम; मैथुन गर्ने काम; सम्भोग गर्ने काम । ~ विकार— ना॰ १. सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग । २. मैथुनका कारणबाट जन्मिने मानसिक विकार । ~ व्यापार— ना॰ १. यौनकार्य चलाएर द्रव्य आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्याव्यवसाय गर्ने काम । २. यौनसम्बन्धी आचरण; यौनव्यवहार । > यौनिक— वि॰ मैथुनक्रियाबाट उत्पन्न भएको; सम्भोगबाट जन्मेको; योनिबाट पैदा भएको ।

यौवन— ना॰ [सं॰] जुनसुकै प्राणीको बाल्य अवस्थाभन्दा पछि र वृद्ध अवस्थाभन्दा अघिको उमेर; तरुण अवस्था; युवा अवस्था । — पुष्प— ना॰ आइमाई तरुनी छँदा योनिबाट झर्ने रज । — पुष्पित देहलता— ना॰ जवानीले पूर्ण भएको शरीर; जवानीले भरिएको जीउ ।

यौवराजिक— वि॰ [सं॰] युवराजसम्बन्धी ।

यौवराज्य— ना॰ [सं॰] युवराजको पद, अधिकार वा दायित्व । > यौवराज्याभिषेक— ना॰ राजगद्दीका उत्तराधिकारी राजकुमारलाई युवराजको स्थानमा औपचारिकतापूर्वक स्थापना गरिने विधिपूर्वकको अभिषेक ।