नेपाली शब्दसमूह ४९ मु
मुँगी— ना॰हे॰ मुगी ।
मुअत्तल— वि॰ [अ॰] १. लागेका अभियोगको किनारा नलागुन्जेल पद वा कामबाट हटाइएको (कर्मचारी॰; निलम्बित । २. खाली । श्र मअुत्तली— ना॰ मुअत्तल हुने काम; निलम्बन ।
मुआब्जा— ना॰ [अ॰] कुनै वस्तुको बदलामा दिइने नगद वा वस्तु; क्षतिपूर्ति; हर्जाना; साटो ।
मुकदमा— ना॰ [अ॰ मुकद्दमो झगडा; मुद्दा; कलह; मामिला ।
मुकर— ना॰ [फा॰ मुकर्ररे निश्चय; निधो; टुङ्गो; ठेकान; मुक्कुर । श्र मुकर्रर— वि॰ १. निश्चय गरिएको; टुङ्गो लगाइएको । २. खटाइएको; नियुक्त ।
मुकाबला/मुकाबिला— ना॰ [अ॰ मुकाबिले १. डट्ने काम; सामना । २. मुठभेड; बन्बयुद्ध; लडाइँ; भिडन्त । ३. विरोध; प्रतिरोध । ४. कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बीचमा हुने बराबरीको भावना; दाँजो; तुलना ।
मुकाम— ना॰ [अ॰] १. भ्रमण गर्दा बाटामा पर्ने बास; अस्थायी बसाइ । २. विश्राम; बिसाइँ ।
मुकुट— ना॰ [अ॰] १. देवता वा राजाले पैह्रने श्रेष्ठतासूचक शिरोभूषण; श्रीपेच; शिरपेच; मुकुट; ताज । २. शिखा । ३. शिखर । ~ धमनी— ना॰ मुटुमा रगतको सञ्चालन गर्ने नाडीहरू
मुकुन्द— ना॰ [सं॰] १. विष्णु वा कृष्णको नाम । २. एक अमूल्य पत्थर । ३. एक प्रकारको ढोल । ४. कुबेरका नौ निधिमध्ये एक । ~ सेन— ना॰ विक्रमको अठारौँ शताब्दीको चौथो चरणतिर पाल्पाप्रदेशमा राज्य गर्ने एक प्रसिद्ध सेनवंशी राजा ।
मुकुर— ना॰ [सं॰] १. ऐना; दर्पण । २. फूलको कोपिला । ३. कुमालेको चक्र घुमाउने लट्ठी । ४. एक वृक्षविशेष ।
मुकुरि–नु— अ॰ क्रि॰ [प्रा॰ मुक्कुरुड+इ+नु] १. उकुसमुकुस हुनु; ठेसमठेस हुनु । २. सानो भाँडामा धेरै अन्न पकाउँदा खाँदिएर पाक्न नसक्नु । ३. अररिनु । ४. सङ्कीर्ण हुनु । ५. असह्य हुनु ।
मुकुरो— वि॰ हे॰ बुकुरो ।
मुकुथ्याइ— ना॰ [मुकुरि (+आइ॰] १. मुकुरिने क्रिया वा प्रक्रिया । [ मुकुथ्याउ+आइ] २. मुकुथ्याउने क्रिया वा प्रक्रिया । [ > ]
मुकुथ्याइनु— प्रे॰ क्रि॰ १. सकी–नसकी धेरै खानु । २. सानो ढ खाँदिने गरी धेरै अन्न पकाउनु । ३. उकुसमुकुस पार्नु ।
मुकुथ्याहट— ना॰ मुकुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
मुकुल— ना॰ [सं॰] १. फूलको कोपिला; मुना । २. कोपिलाजस्तै कुनै चीज । ३. शरीर । ४. आत्मा; जीव । > मुकुलित— वि॰ १. कोपिला लागेको; टुसाएको । २. केही फक्रेको वा फुलेको ।
मुक्का— ना॰ [सं॰ मुष्टिको कसैलाई हान्न बाँधिएको मुठी; मुड्की; मुक्की; घुस्सा; ढुस्सा । ~ बाजी— ना॰ मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट । ~ मुक्की— ना॰ एक– अर्कामा मुक्काले हान्ने काम; मुक्काबाजी । > मुक्किनु— अ॰ क्रि॰ मुक्का खानु; घुस्सा खानु । मुक्की— ना॰ मुक्का; मुड्की ।
मुक्केबाज— वि॰ [मुक्का+बाज] मुक्काको प्रयोग गरेर लड्ने; (बक्सर॰ । > मुक्केबाजी— ना॰ परस्परमा मुक्काले हान्ने प्रक्रिया वा त्यसरी खेलिने प्रतियोगितात्मक खेल ।
मुक्कोपिरा— ना॰ एउटै भेट्नुमा जोडिएका संयुक्त पात हुने, टुप्पामा क्याप्सुल आकारका थुप्रै ससाना फूल फुल्ने एक लहरो ।
मुक्क्याइ— ना॰ [रू मुक्क्याउ (+आइ॰] मुक्क्याउने क्रिया वा प्रक्रिया । [ > ] मुक्क्याइनु— क॰ क्रि॰ मुक्काले हिर्काइनु ।
मुक्क्याउनु— स॰ क्रि॰ [मुक्का+याउ+नु] मुक्काले हान्नु; घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु ।
मुक्त— वि॰ [सं॰] १. स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला । २. परित्यक्त; त्यागिएको । ३. मोक्ष प्राप्त गरेको । ~ इलाका— ना॰ स्वतन्त्र क्षेत्र ।
मुक्तक— ना॰ [सं॰] १. पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य । २. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता । ~ काव्य— ना॰ मुक्तक कविता; टुक्रे कविता । मुक्त कण्ठ— वि॰ [सं॰] खुला हृदयले बोल्ने वा प्रशंसा गर्ने; निःसङ्कोच । मुक्त क्षण— ना॰ [सं॰] स्वतन्त्रतापूर्वक निर्धक्क भएर बिताइएको क्षण । मुक्त छन्द— ना॰ [सं॰] १. मात्रा, अनुप्रास, चरण आदिको बन्धन नमानिने केवल गत्यात्मक लयलाई ध्यानमा राखेर लेखिने कविता (ब्ल्याङ्कभर्स) । २. रबड–छन्द । मुक्त परिवर्तन— ना॰ [सं॰] ध्वनि अर्थभेदक नभईकन स्वतन्त्र रूपमा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया । मुक्त वाणिज्य/मुक्त व्यापार— ना॰ [सं॰] विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाइने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति; मुक्त प्रकारको व्यापार–नीति (फ्री ट्रेड॰; खुल्ला बेपार । मुक्त हस्त— वि॰ [सं॰] ठूलो हात भएको; फुक्का मनको; उदार; दानी । मुक्त हृदय— वि॰ [सं॰] उदार मन भएको; सफा हृदय भएको ।
मुक्ता— ना॰ [सं॰] १. मोती । २. वेश्या ।
मुक्ताक्षर— ना॰ [सं॰] अन्त्यमा आउने वा आएको अक्षर ।
मुक्तात्मा— वि॰ [सं॰] मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्त ।
मुक्ताफल— ना॰ [सं॰] मोती ।
मुक्तावली— ना॰ [सं॰] मोतीको माला वा हार ।
मुक्ति— ना॰ [सं॰] १. छुटकारा, उन्मोचन; स्वतन्त्रता । २. मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन । ३. त्याग; परित्याग । ४. उद्धार । — क्षेत्र— ना॰ १. नेपाल अधिराज्यको धवलागिरि अञ्चलअन्तर्गत मुस्ताब जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थक्षेत्र । २. वाराणसी; काशी । — नाथ— ना॰ मुक्तिक्षेत्रमा रहेका देवता । ~ शुल्क— ना॰ कैदमुक्त भएबापत सरकारलाई बुझाउने रकम । ~ सङ्ग्राम— ना॰ मुक्तिका निमित्त गरिएको सङ्घर्ष; मुक्तिसङ्घर्ष । ~ सङ्घर्ष— ना॰ मुक्तिसङ्ग्राम ।
मुख— ना॰ [सं॰] १. प्राणीहरूको खाने तथा बोल्ने अवयव । २. चेहरा; अनुहार; आनन; मुहार । ३. थुतुनो; चुच्चो । ४. कुनै वस्तुको अग्रभाग; मोहडा । ५. मुहान; उद्गमस्थान; दिशा । ६. ढोका; बार । ७. आरम्भ; सुरु; थालनी । ८. प्रस्तावना । (. मुख्य; प्रधान; प्रमुख । १० नाटकमा पाँच सन्धिमध्ये एक । ११. वेद; श्रुति । — गुहा— ना॰ मुखभित्रको खोक्रो भाग । ~ जमान— ना॰ पक्का वचन; प्रतिज्ञा । ~ जमानी— ना॰ मुखजमान । —
तोड— वि॰ फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ॰; मुखभरिको । ~ देखाउनी— ना॰ मुख देखाउँदा वा विशेष भेटघाटका अवसरमा दिइने पुरस्कार । — बीप— ना॰ समुद्रछेउ नदी खस्ने ठाउँमा नदीले ल्याएको माटो जम्मा भएर बनेको समतल जमिन । — नली— ना॰ बोल्दा वा बजाउँदा मुखमा हालिने नली; पिपिरो । — पट— ना॰ घुम्टो; घुम्टी । — पतित— वि॰ आफैँले आफ्नो अपराध स्वीकार गर्ने । — पत्र— ना॰ धार्मिक, राजनीतिक, सामाजिक आदि संस्थाको निजी उद्देश्यको पूर्तिका लागि प्रकाशित गरिएको सामयिक पत्रिका; जर्नल । — पात्र— ना॰ लेखक वा स्रष्टाको वैचारिकता व्यक्त गर्ने पात्र । — पृष्ठ— ना॰ पुस्तक, पत्रिका आदिको आवरणको पहिलो पृष्ठ; आवरण । — बन्ध— ना॰ कुनै ग्रन्थादिको प्रस्तावना; भूमिका ।
मुखबिर— ना॰ [अ॰ मुख्बिरे १. अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रूपमा खबर दिने व्यक्ति; जासुस । २. सरकारी साक्षी । श्र मुखबिरी— ना॰ मुखबिरको काम वा पद । मुख मण्डल— ना॰ [सं॰] अनुहार; चेहरा; मुहार; आनन ।
मुखमूल्य— ना॰ [सं॰] १. वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य । २. मनलागी मोल; मुखको मोलतोल ।
मुखर— वि॰ [सं॰] १. मुख लाग्ने; मुखाले; चोथाले; थुतुने । २. वाचाल; कुरौटे; वाक्पटु । ३. आवाज दिने; बज्ने; ध्वननशील; अनुनादी । ४. अभिव्यञ्जक; सूचक । ५. अश्लील बोल्ने; छाडा । ६. उपहास गर्ने; हँसीमजाक गर्ने । > मुखरित— वि॰ १. राम्ररी बोल्ने, बज्ने वा ध्वनि निकाल्ने । २. शब्द वा ध्वनिले युक्त; अनुनादित । मुख विवर— ना॰ [सं॰] कलनासो र ओठका बीचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो । मुख शुद्धि— ना॰ [सं॰] १. मुख सफा गर्ने वा धुने काम; मुखारी । २. खानापछि पानसुपारी आदि खाएर मुखलाई सुगन्धित तुल्याउने काम ।
मुखश्री— ना॰ [सं॰] मुखको सौन्दर्य; प्रिय मुखमुद्रा; चेहराको प्रसन्नता ।
मुखसन्धि— ना॰ [सं॰] पञ्चसन्धिमध्ये बीज र आरम्भको योगबाट अनेक रस र अर्थलाई अभिव्यञ्जित गर्ने, बीज उत्पन्न भएको भाग; पञ्चसन्धिमध्ये पहिलो सन्धि ।
मुखसाबित— वि॰ [मुख+साबित] अपराध भएको भए पनि नभए पनि मुखले स्वीकार गर्ने; मुखपतित ।
मुखसार— वि॰ [मुख+सार] वारेसले झैँ अघि सरी बोल्ने काम । >
मुखसारी— वि॰ अर्काको मामलामा अघि सरी बोल्ने; वारेस भई अघि सर्ने वा बोल्ने; लाफ्रे ।
मुखाकृति— ना॰ [सं॰] १. मुखको आकृति वा आकार; मुख; चेहरा । २. कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्टि देखिने भाग ।
मुखाग्र— वि॰ [सं॰] कण्ठ आउने; कण्ठ भएको; कण्ठस्थ; कण्ठाग्र ।
मुखापेक्षी— वि॰ [सं॰] अर्काको मुख ताक्ने; अरूमा अवलम्बित; पराश्रित; अरूका भरमा पर्ने ।
मुखामुख— [मुख+आ+मुख] १. प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक–अर्कामा हुने मुखको हेराहेर । २. दुई थरीका बीच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो । क्रि॰ वि॰ ३. एक अर्काको सामुन्ने; आमुन्नेसामुन्ने । > मुखामुखी— क्रि॰ वि॰ मुखकै अगिल्तिर; मुखेन्जी; मुखामुख ।
मुखारी— ना॰ [मुख+आरी] १. मुख धुने काम (दरबारिया शिष्ट बोलीमा) । २. गाईबस्तुको थुतुनो खुकुलो पारेर बाँध्ने डोरी (साधारण बोलचालमा॰ ।
मुखाले— वि॰ [मुख+आले] मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा ।
मुखिनी— ना॰ [मुखिया+नी] १. मुखिया दर्जावालकी पत्नी; मुखेनी । २. क्षत्रिय आदि जातका स्त्रीलाई आदरपूर्वक गरिने सम्बोधन । ३. आफैँ मुख्य भएर काम–कुरा गर्ने स्त्री; नाइकिनी; नाइकेनी ।
मुखिन्जी/मुखिन्जेल— क्रि॰ वि॰ [मुख+इन्जी/इन्जेले अघिल्तिर; सामुमा; मुखेन्जी ।
मुखिया— ना॰ [सं॰ मुख्ये १. निजामती वा अन्य सेवातर्फको राजपत्रअनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद । २. गाउँको तालुकदार वा ठालु । ३. छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द । ४. माझी वा सुनुवार जातिको एक थर ।
मुखी— वि॰ [सं॰] १. मुख भएको वा गरेको । २. मुख फर्केको वा फर्काएको ।
मुखेनी— ना॰ [मुखिया+एनी] मुखिनी ।
मुखेन्जी— क्रि॰ वि॰ [मुख+एन्जी] मुखैनेर; मुखको नजिक; सामुन्ने; अघिल्तिर; अगाडि; सामुमा; दृष्टिमा; मुखिन्जेल; मुखिन्जी ।
मुखौटो— ना॰ [मुख+औटो] १. मुख ढाक्ने वस्त्र । २. मुखुन्डो ।
मुख्तियार— ना॰ [अ॰] १. राणाकालमा मुख्य मन्त्री वा प्रधानमन्त्रीको उत्तराधिकारी; चीफ साहेब । २. अधिकारप्राप्त प्रतिनिधि वा वारेस । — नामा— ना॰ मुख्तियार बनाइएको कागज वा लेख । >
मुख्तियारी— ना॰ मुख्तियारीको काम वा पद ।
मुख्य— वि॰ [सं॰] १. अरूभन्दा ठूलो वा महत्त्वपूर्ण; प्रधान; मूल । २. विशेष; खास । ३. वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति) । ४. अगुवा; नेता । ~ अधिकारी— ना॰ कार्यालय आदिको अधिकारप्राप्त प्रमुख पदाधिकारी; मूल हाकिम । ~ आयुक्त— ना॰ विशेष उद्देश्यका निमित्त गठित कुनै आयोगको प्रधान अधिकारी । ~ चौतरिया— ना॰ राणाशासनको सुरुमा राजाबारा राजपरिवारको नातेदारमध्ये उच्च चौतरिया पदमा नियुक्त गरिएको व्यक्ति; चौतरियाहरूमा प्रमुख । — तः — क्रि॰ वि॰ विशेष गरेर; खास गरी; प्रधानतः । ~ नियन्त्रण कक्ष— ना॰ रेडियोबाट सञ्चालित कार्यक्रमहरू नियन्त्रण गर्ने एकाइ । ~
न्यायाधीश— ना॰ अधिराज्यका अञ्चल वा क्षेत्रीय अदालतहरूमा रहने प्रमुख न्यायाधिपति । ~ मन्त्री— ना॰ सङ्घात्मक शासनपद्धति भएका मुलुकमा केन्द्रीय मन्त्रिमण्डलबाहेक राज्यका मन्त्रिमण्डलको प्रमुख मन्त्री । ~ वाक्य— ना॰ मिश्रित वाक्यमा आफैँमा अर्थपूर्ण भएको, अर्को वाक्यांशमा आश्रित नभएको वाक्यांश । ~ सचिव— ना॰ विभागीय सचिवहरूभन्दा माथिल्लो तहको सचिव; चीफ सेक्रटरी । > मुख्यालय— ना॰ अञ्चल वा जिल्लास्तरीय मुख्य कार्यालय ।
मुख्याइ— ना॰ [रू मुख्याउ (+आइ॰] मुख्याउने क्रिया वा प्रक्रिया । [ > ] मुख्याइनु— क॰ क्रि॰ खाइनु ।
मुख्याउनु— स॰ क्रि॰ [मुख+याउ+नु] मुखमा हाल्नु; भोजन गर्नु; खानु ।
मुख्येली— ना॰ [मुखिया+एली] मुखियाको दर्जा वा काम; तालुकदारी ।
मुगल— ना॰ [अ॰] विक्रमको सोथ्हौँ शताब्दीमा भारतमा शासन गर्ने तातार–देशनिवासी एक मुसलमान जाति ।
मुगलान— ना॰ [मुगल+आन] १. मुगलकालीन भारत; भारत; मोगलान । २. विदेश । > मुगलानियाँ— वि॰ मुगलानसम्बन्धी; मुगलानको; मोगलानियाँ । मुगलाने— वि॰ मुगलानियाँ ।
मुगा— ना॰ [प्रा॰ मुग्गा सं॰ मुक्तो १. न्यानो समुद्रमा रहने एक प्रकारको कीरा; मूगा । २. त्यसै कीराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न । ३. नेपालको कोसी अञ्चलअन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँ । ~ ढिस्को— ना॰ समुद्रमा मुगाको हाडखोर जम्मा भएर बनेको ढिस्को (कोरल रिफ) । ~ भस्म— ना॰ असल औषधी बनाइने मुगाको भस्म वा खरानी । > मुगाली— ना॰ १. मुगा लगाउने । २. मुगामा बस्ने; मुगाको बासिन्दा ।
मुगिया— ना॰ [मुगा+इयो छिपाइबारा तयार हुने एक प्रकारको कपडा । ~ छिट— ना॰ हरियो, भुईँमा रातो वा रातो भुईँमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा ।
मुगी— ना॰ [सं॰ मुद्गे मासका जस्ता पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न; मुब; मुँगी ।
मुगु— ना॰ [भो॰ ब॰] नेपाल अधिराज्यको कर्णाली अञ्चलअन्तर्गत पर्ने एक जिल्ला ।
मुगौतो— ना॰ [मुगा+औतो] मुगा र पत्थरको मालामा सानो कैँडो झुन्ड्याई घाँटीमा लगाइने एक प्रकारको गहना ।
मुग्दल— ना॰ [मुद्ग+दल] मुगीको पीठोबाट बनाइएको लड्डु; मोतीचुर ।
मुग्ध— वि॰ [सं॰] १. मोहमा परेको; मक्ख; मोहित । २. होसहवास गुम भएको; मूर्छित । ३. मूढ; मूर्ख; अज्ञानी; जड । ४. सरल; सीधासाधा; सोझो । ५. प्रणयोन्मत्त । ६. भूल गर्ने; भूलमा परेको । ~ बुद्धि— वि॰ १. मूर्ख; जड; मूढ; मुग्धमति । २. सीधासाधा; सोझो । > मुग्धा— ना॰ १. कलिलो यौवनकी लज्जालु किसिमकी नायिका । २. कुमारी युवती ।
मुग्री— ना॰ एक प्रकारको माछो ।
मुब्रे— वि॰हे॰ मुङ्ग्रे । ~ केरा— ना॰ मुङ्ग्रेकेरा । ~ कोदो— ना॰ मुङ्ग्रे कोदो ।
मुङ्ग्री— ना॰ [मुङ्ग्रो+ई] सानो मुङ्ग्रो । ~ मारे— ना॰ मुङ्ग्रीको मार वा चुटाइ; साफी चुटाइ ।
मुङ्ग्रे— वि॰ [मुङ्ग्रो+ए] १. मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठूलो । ना॰ २. मुङ्ग्रो चलाउने मानिस । ~ केरा— ना॰ ठूलठूला र मोटा कोसा हुने एक जातको ठिक्कै खालको केरा । ~ कोदो— ना॰ बोट अलि सानो भई बाला ठाडो हुने एक जातको कोदो वा त्यसैको बोट ।
मुङ्ग्रेलो— ना॰ ज्वानुका छाँटका काला गेडा हुने एक प्रकारको जीरो; कालो जीरो; कलौँजी ।
मुङ्ग्रो— ना॰ [सं॰ मुद्गरे १. लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन । २. छाडा गाईभैँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी । ३. एक खालको पुरानो हतियार; मुद्गर ।
मुङ्लेरी— ना॰ [सं॰ मङ्गल+एरी] विवाह आदि कार्यमा मङ्गलगीत गाउने आइमाई ।
मुङ्सिर— ना॰ [रू मङ्सिरे मङ्सिर; मार्ग । > मुङ्सिरे— ना॰ मङ्सिरमा दाइँ गर्दा गाइने एक लोकगीत; मङ्सिरे; राशिगीत ।
मुचकुन्द/मुचुकुन्द— ना॰ [सं॰] १. मान्धाताका पुत्र प्राचीन एक तपस्वी राजा । २. ठूलठूला खस्रा पात हुने, झुस भएका पहेँला ठूलठूला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्षविशेष; सोही वृक्षको फूल ।
मुचुमुचु— ना॰ [अ॰ मू॰ मुच्+उ (बि॰)] १. चाम्रो वस्तु (चुइगम आदि॰ को चपाइको चाल वा ध्वनि । क्रि॰ वि॰ २. त्यस्तो वस्तु चपाइरहने गरी रू टुक्का_कविता मुचुल्का— ना॰ [तु॰ मुचुल्के सरजमिन हुँदा कसैले कुनै कामकारबाई भएबापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज; सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज ।
मुचो— ना॰ [सं॰ मुस्ते १. मुठो; झुप्पो । २. साँचोको पूरक,
जस्तै— साँचोमुचो ।
मुछ्–नु— स॰ क्रि॰ [सं॰ म्रक्षण > मुछ्+नु] १. रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दूधभात, दहीचिउरा आदि) । २. कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु । > मुछमाछ— ना॰ सबै मुछ्नेवर्ने काम । मुछाइ— ना॰ मुछ्ने क्रिया वा प्रक्रिया । मुछाइनु— क॰ क्रि॰ मुछ्न लाइनु; फतेलाइनु । मुछाउनु— प्रे॰ क्रि॰ मुछ्न लाउनु; फतेलाउनु । मुछामुछ— ना॰ परस्परमा मुछ्ने काम ।
मुछिनु— क॰ क्रि॰ १. सालेमाले गरिनु; सरोबर पारिनु । २. बोरिनु ।
मुज— ना॰ [सं॰ मुञ्जे कुशका छाँटका पात र काँसका जस्ता सेता फूल फुल्ने, पातको डोरी आदि बाटिने र व्रतबन्धमा डोरीको कन्धनीसमेत लगाइने एक जातको झार वा त्यसैको लट्ठी ।
मुजा— ना॰ [सं॰ मुस्ते १. मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी । २. मुजो । > मुजिनु— अ॰ क्रि॰ १. मुजा पर्नु; चाउरी पर्नु । २. बाध्य हुनु; विवश बन्नु ।
मुजी— ना॰ [मुजो+इ] १. स्त्रीका योनि ओरिपरि उम्रने रौँ । २. उपेक्षा; गालीबोधक अश्लील शब्द ।
मुजुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ मुजुक्+क (बि॰)] १. खुम्चिने वा चाउरी पर्ने किसिमले; खुम्चुब । २. मुजिने वा मुजा पर्ने चालसँग । ३. विवशता वा बाध्यताका साथमा ।
मुजुर— ना॰ [सं॰ मयूरे फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठूलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर; मजूर । ~ खुट्टे— ना॰ १. टुप्पो मुजुरको खुट्टाझैँ हुने र निहुरोझैँ तरकारी खाइने एक जातको औल्याहा वनस्पति । वि॰ २. मुजुरको जस्तो झीनो खुट्टा हुने । ~ प्वाँखे— वि॰ १. मुजुरका जस्तो प्वाँख हुने (पङ्खा आदि) । २. नक्कले; झिल्के ।
मुजुरा१— ना॰ [सं॰ मञ्जरी] मुना; कोपिला; मुन्टा; टुसा ।
मुजुरा२— ना॰ [सं॰ मुजे काँसको सानो झ्याली वा झाम्टा; मजुरा ।
मुजुरो— ना॰ [सं॰ मञ्जरी] कोपिलो; मुनु; मुना; मुजुरा ।
मुजो— ना॰ [सं॰ मुस्ते १. सारी, धोती आदि लुगामा मसिनु पारी मिलाइएको पाटो; चुना; भाँज । २. मुजा । > मुज्याइ— ना॰ मुजिने वा मुज्याउने क्रिया–प्रक्रिया । मुज्याइनु— क॰ क्रि॰ मुजो पारिनु; मुजा पार्ने काम गरिनु । मुज्याउनु— स॰ क्रि॰ १. मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु । २. धडपकड गर्नु; बाध्य गर्नु । ३. कष्ट दिनु; सास्ती दिनु ।
मुजूर— ना॰हे॰ मुजुर ।
मुटु— ना॰ [सं॰ मुष्टे १. शरीरमा छातीभित्र देब्रेपट्टि हुने, शरीरभरि दोहरो रक्तसञ्चार गर्ने र सो नहुँदा ठहरै पार्ने, प्राणीको ज्यादै महत्त्वपूर्ण अङ्ग; हृदय; हृद् । २. केन्द्र; प्रमुख । ~ कलेजो— ना॰ १. रक्तसञ्चार गर्ने मुटु र रक्तपरिष्कार तथा श्वासशोधन गर्ने कलेजो । २. मुख्य भियभयाँस । — को रोग— ना॰ मुटुसम्बन्धी रोग । — को व्यथा— ना॰ हृदयगति बन्द भएर मर्ने वा मर्ने सम्भावना हुने कडा बिमारी; मुटुको रोग ।
मुटुरि–नु— अ॰ क्रि॰ [मुटुरो+इ+नु] १. मुटुरो वा पोको पर्नु; कुटुरोझैँ भएर बाँधिनु । २. एउटै थलामा कुच्रिएर बस्नु ।
मुटुरी— ना॰ [मुटुरो+ई] सानो मुटुरो; कुटुरी ।
मुटुरो— ना॰ [प्रा॰ मट्ठो] सानो कुम्लो वा पोको; कुटुरो; पन्तरो; पोटलिका ।
मुटुथ्याइ— ना॰ [रू मुटुथ्याउ (+आइ॰] मुटुथ्याउने क्रियाप्रक्रिया । [ > ] मुटुथ्याइनु— क॰ क्रि॰ मुटुरो पारिनु ।
मुटुथ्याउनु— स॰ क्रि॰ [मुटुरो+याउ+नु] मुटुरो तुल्याउनु; पोको पार्नु ।
मुट्ठी— ना॰ हे॰ मुठी । ~ भर— क्रि॰ वि॰ मुठीभर ।
मुठ— ना॰ [सं॰ मुष्टि] १. हातले समाइने, हतियार वा औजारको बिँडको भाग; मुष्टि । २. बट्टाई मुठ्याउने काम । वि॰ ३. जो भएको सबै; भएभरको ।
मुठभेट/मुठभेड— ना॰ [मुठी+भेड्+ओ १. परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की । २. प्रायः मन नपर्दो मानिससँग अप्रत्याशित रूपले भएको भेट; जम्काभेट ।
मुठरी— ना॰ [रू मुटुरी] सानो पोको; मुटुरी ।
मुठल— ना॰ [नेवा॰ मुथले छानाको दाँतीछेउ रहने फल्याकजस्तो तेर्सो लामो काठ ।
मुठा— ना॰ [मुठोको ति॰ ।)] हे॰ मुठो । — का मुठा— ना॰ १. धेरै मुठा; थुप्रै मुठा । २. मुठामाथि थप मुठा । — मुठी— ना॰ सानाठूला धेरै मुठाको समूह ।
मुठार्–नु— स॰ क्रि॰ [सं॰ मुष्ट+आकार+नु] फेद वा टुप्पो मिलाएर काट्नु; सम्म पारेर ताछ्नु; मठार्नु । > मुठाराइ— ना॰ मुठार्ने क्रिया वा प्रक्रिया । मुठारिनु— क॰ क्रि॰ सम्म पारेर काटिनु वा ताछिनु ।
मुठि–नु— अ॰ क्रि॰ [मुठी+नु] १. मुठीमा आउनु; मुठीभित्र पर्नु । २. चङ्गुलमा पर्नु ।
मुठी— ना॰ [सं॰ मुष्टि] १. हातका औँलाहरू मोडेर हत्केलामा दबाउँदा बन्ने आकार र त्यसभित्रको रित्तो ठाउँ । २. एक मानाको दसौँ भागको परिमाण; मु¶ी/मूठी । ३. थोरै परिमाण । ४. मुड्की; मुक्का । — एक— वि॰ १. एक मुठीजति । २. अलिकति; थोरै । — भर— क्रि॰ वि॰ मुठीमा आए वा अटाएजति; एक मुठीबराबर । ~ लिवाइ— ना॰ नयाँ धान काट्ता परम्पराअनुसार साइत गर्ने काम । — हात— ना॰ मोडिएका हातको कुहुनादेखि मुठीसम्मको नाप; मुढीहात ।
मु¶ी— ना॰ हे॰ मु¶ी । — भर— क्रि॰वि॰ मुठीभर ।
मुठे— ना॰ [मुठो+ए] १. परालको सादा डालीजस्तो बनाई बीउका लागि त्यसमा पोको पारिएको धान । वि॰ २. मुठो बनाएको; मुठो पारेको । ~ पराल— ना॰ मुठा वा कल्ली पारी बाँधिएको पराल ।
मुठो— ना॰ [प्रा॰ मुट्ठो] घाँस, पराल, कागत आदिको बिटो वा कल्ली ।
मुठ्याइ— ना॰ [रू मुठ्याउ (+आइ॰] मुठिने क्रिया वा प्रक्रिया । [ > ] मुठ्याइनु— क॰ क्रि॰ मुठीले समाइनु वा लिइनु ।
मुठ्याउनु— स॰ क्रि॰ [मुठी+याउ+नु] १. कुनै चीज मुठीमा अटाएसम्म लिनु; हातले सकेसम्म झिक्नु । २. मुठीमा लिनु; मुठीले बेसरी समाउनु वा निकाल्नु ।
मुड्–नु१— स॰ क्रि॰ [सं॰ मुण्ड+नु] १. कपाल खौरनु; मुण्डन गर्नु । २. जोगी बनाउनु; सन्न्यासको दीक्षा दिनु । ३. आफ्ना मत, दल आदिमा ल्याउनु; आफ्नो पक्षको बनाउनु । ४. लटीपटी गर्नु; ठग्नु; धुतधात पार्नु; धुत्नु । ४. भूल वा अपराध गरेबापत जातबाट हटक गर्नु ।
मुड्–नु२— ना॰ [मोड्+नु] एक ठाउँबाट अर्का ठाउँतिर लाग्नु; विपरीत दिशातिर फर्कनु । २. दोब्रिनु ।
मुड१— ना॰ [अङ्॰] मानसिक तत्परता वा भाव; मनःस्थिति; चित्तवृत्ति ।
मुड२— ना॰ [सं॰ मुण्डे १. टाउको; शिर; खप्पर । २. सन्तान; छोराछोरी; घर–जहान । ~ गन्ती— ना॰ १. हरेक व्यक्तिको गणना; प्रत्येक व्यक्तिको गन्ती; जनगन्ती । क्रि॰ वि॰ २. व्यक्तिपिच्छे; जनही; प्रत्येक ।
मुडाइ— ना॰ [रू मुड (+आइ॰] १. मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ । २. मुड्ने वा फर्किने क्रियाप्रक्रिया; फर्काई; दोब्राइ । [ > ] मुडाइनु— क॰ क्रि॰ १. मुड्न वा कपाल खौरन लाइनु । २. फर्काइनु । मुडाउनु— प्रे॰ क्रि॰ १. मुड्न वा कपाल खौरन लाउनु; जोगी बनाउनु । २. मुड्ने वा फर्कने पार्नु; फर्काउनु । मुडिनु— क॰ क्रि॰ १. मुण्डन गरिनु; जोगी बनिनु । २. फर्किनु; दिशा बदलिनु ।
मुडिलो— ना॰ खण्डखण्ड परेका बाटुला र ठूला पात हुने, नीलो फूल फुल्ने र खैरो रबको फल फल्ने बुटी वा त्यसैको फल ।
मुडी— ना॰ [ना॰ सं॰ मुष्टि] कुहुनादेखि मुठीका टुप्पासम्मको भाग; मुठी । — हात— ना॰ सोही परिमाणको नापो ।
मुडुला— ना॰ [मुडुलेको ति॰ ।)] हे॰ मुडुलो । ~ मुडुली— ना॰ १. धेरै मुडुलाको समूह । २. मुडुला र मुडुली ।
मुडुली— ना॰ [मुडुलो+ई] १. मृगको पोथी; पोथी मृग । वि॰ २. कपाल खौरेकी, झरेकी वा खौराएकी (स्त्री॰) । ~ माउ— ना॰ कपाल झरेकी वा खौराएकी भिक्षुणी अथवा विधवा ।
मुडुले— वि॰ [मुडुलो+ए] १. मुडुलो; मुण्डित; मुण्डा । ना॰ २. (उपेक्षाको अर्थमा॰ जोगी; सन्न्यासी । ~ जौ— ना॰ टुँडो नुहुने एक जातको जौ ।
मुडुलै— क्रि॰ वि॰ [मुडुलो+ऐ] मुडुलो भएर; टोपी नै नलाईकन । ~ ठुँडुलै— क्रि॰ वि॰ कपाल पनि खौरी टोपी पनि नलाईकन ।
मुडुलो— वि॰ [मुड+उलो] १. कपाल खौरेको; शिरखुइले; मुडुले । २. टोपी नलगाई शिर खाली भएको; सिब नभएको । ~ गहुँ— ना॰ टुँडो नहुने एक प्रकारको गहुँ । ~ ठुँडुलो— वि॰ कपाल खौरेको र टोपी पनि नलगाएको; सिबपुच्छर केही नभएको ।
मुडुवा— वि॰ [मुड्+उवो मुडिएको; मुडिने ।
मुडेलो— ना॰ [मुड+एलो] टाउकामा घुम अड्याउनका निमित्त लगाइने डोरी ।
मुड्कि–नु— अ॰ क्रि॰ [मुड्की+नु] मुड्की खाइनु; मुड्कीले कुटिनु । २. मुड्कीजस्तो हुनु ।
मुड्किलो— ना॰ [मुड्को+इलो] चुलो लोटाउने गोबर, घर पोत्ने माटो, पोतारी आदि राखनधरन गर्ने ठाउँ ।
मुड्की— ना॰ [प्रा॰ मुट्ठी] घुस्सा हान्न वा कुट्न कस्सिएको मुठी । — को भर— ना॰ बाह्य शक्ति; गुण्डागिरी । ~ चिउरा/च्यूरा— ना॰ पिटाइ; मुक्क्याइ; मुड्कीसास्ती । ~ सास्ती— ना॰ मुड्की चिउरा; मुड्कीच्यूरा ।
मुड्के— वि॰ [मुड्को+ए] मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको ।
मुड्को— ना॰ [सं॰ मुण्डे काठआदिको छोटो र मोटो गिँड; मुढो ।
मुड्क्याइ— ना॰ [रू मुड्क्याउ (+आइ॰] १. मुड्क्याउने क्रिया वा प्रक्रिया । [ > ] मुड्क्याइनु— क॰ क्रि॰ १. मुड्कीले हिर्काइनु; मुक्क्याइनु । २. मुड्को पारिनु ।
मुड्क्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [मुड्की+याउ+नु] १. मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु । २. हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु ।
मुढ— ना॰ [सं॰ मुण्डे मुढो । — पेलाइ— ना॰ अबुझ ढिपी ।
मुढन— ना॰ उखुको पहिलो सालको बाली ।
मुढा— ना॰ [मुढोको ति॰ ।)] १. हे॰ मुढो । २. बाँसका मसिना डन्डीहरू मिलाई छाला वा डोरीले बुनी बस्ने ठाउँतिर ढाकी बनाइएको डमरुका आकारको बस्ने साधन ।
मुढि–नु— अ॰ क्रि॰ [मुढो+इ+नु] १. मुढोजस्तो हुनु । २. हतियारको धार दोब्रिनु; भुत्ते हुनु; नलाग्ने हुनु ।
मुढे— वि॰ [मुढो+ए] मुढो भएको; मुढोजस्तो । ना॰ १. बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ; जबर्जस्ती । २. मूर्खता; मुर्ख्याइँ ।
मुढो— ना॰ [सं॰ मूढे १. ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिँड; मुढ । वि॰ २. चेत हराएको; मधौरु । ३. धार मोडिएको; नलाग्ने; भुत्ते ।
मुढ्याइ— ना॰ [रू मुढि (+याइ॰] मुढिने क्रिया वा प्रक्रिया । [ मुढ्याउ+आइ ] ना॰ मुढ्याउने क्रिया वा प्रक्रिया । > मुढ्याइनु— क॰ क्रि॰ मुढिने पारिनु; भुत्ते तुल्याइनु ।
मुढ्याउनु— स॰ क्रि॰ [मुढो+याउ+नु] हतियारको धार मार्नु; नलाग्ने बनाउनु; भुत्त्याउनु ।
मुण्ड— ना॰ [सं॰] १. टाउको; शिर; खप्पर । २. कपाल खौरेको टाउको । ३. शरीरबाट काटिएर छुट्टिएको टाउको; काटिएको शिर । ४. लिङ्ग वा भगाङ्कुरको टुप्पाको भाग । > मुण्डन— ना॰ कपाल खौरने काम; हजामत; मुडाइ; क्षौर; खौराइ । —
माला— ना॰ शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला । > मुण्डित— वि॰ मुण्डन गरिएको; कपाल खौरेको; मुडुलो । मुण्डी— वि॰ १. मुण्डन गरेको । ना॰ २. सन्न्यासी; जोगी । ३. गोरखमुण्डी । ४. शिव ।
मुत्–नु— स॰ क्रि॰ [सं॰ मूत्र+नु] १. पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्क्याउनु; तुरी गर्नु । २. डराउनु; छुलछुल हुनु ।
मुत— ना॰ [सं॰ मूत्रे खाएको झोल वस्तु पेटमा पुगेर प्राणीको जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; पिसाप; मूत्र । >
मुताइ— ना॰ मुत्ने क्रिया वा प्रक्रिया । मुताइनु— क॰ क्रि॰ १. मुत्न लाइनु । २. छुलछुल पारिनु । मुताउनु— प्रे॰ क्रि॰ १. मुत्न लाउनु । २. छुलछुल पार्नु; कुस्तुर तुल्याउनु । मुतको न्यानो— ना॰ क्षणभर मात्रको सुख वा आनन्द ।
मुताबिक— ना॰यो॰ [अ॰] १. अनुसार; माफिक । वि॰ २. अनुरूप; सुहाउँदो ।
मुताहा— वि॰ [मुत्+आहो १. निद्रामा ओछ््यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने । २. धेरै मुत्ने; मुतुवा । ३. डरछेरुवा; काथर । ४. हार्ने; हरुवा ।
मुतिनु— क॰ क्रि॰ [मुत्+इ+नु] पिसाब फेरिनु ।
मुती१— ना॰ [नेवा॰] पहिलोपल्ट निकालिएको कडा र असल कोटिको रक्सी; एकपाने रक्सी ।
मुती२— ना॰ [मुत्+ई] पिसाब; मूत; सुसु (बालबोलीमा॰ ।
मुतुनु/मुतुनो— ना॰ [सं॰ मूत्र+नु/नो] मुत्ने अङ्ग; मूत्रेन्द्रिय; मुतौरो; मुत्ने ।
मुतुरो— ना॰ [मुत्+उरो] मूत्रेन्द्रिय; मुतुनु; मुतुनो; तुरी ।
मुतुवा— वि॰ [मुत्+उवो १. कुठाउँमा मुत्ने वा मुतिरहने । २. मुताहा ।
मुतौरो— ना॰ [मुत्+औरो] मुतुनु; मुतुनो; मुतुरो ।
मुत्ने— ना॰ [मुत्+ने] मुतुरो; मुतौरो ।
मुदगापर्नी— ना॰ मुबको झैँ पात हुने एक लहरो ।
मुदित— वि॰ [सं॰] १. प्रसन्न; हर्षित; आनन्दित । ना॰ २. खुसी; आनन्द; हर्ष । ३. सम्भोगका निम्ति उपयुक्त एक किसिमको आलिङ्गन ।
मुदिता— ना॰ [सं॰] १. बौद्ध धर्मअनुसार महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था । २. चैत्यको पहिलो भूमि । ~ वृत्ति— ना॰ अर्काले सुख पाएको देखेर आनन्दित हुने चित्तवृत्ति ।
मुद्ग— ना॰ [सं॰] मुगी; मुब । — पर्णी— ना॰ वनमुगी ।
मुद्गर— ना॰ [सं॰] १. मुग्रो; घन; हथौडी । २. पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन । ३. गदा । ४. एक प्रकारको चमेली फूल ।
मुद्दती— वि॰ [अ॰] १. धेरै दिनसम्म चल्ने वा चलेको; लामो समयसम्म अड्ने; सावधि । ना॰ २. कुनै दल, वर्ग, समूह वा सम्प्रदायको नेता; मुख्य व्यक्ति । ~ खाता— ना॰ बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ–ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता (फिक्स्ड एकाउन्ट) । ~
रसिद— ना॰ म्याद नाघेपछि स्वतः रद्द हुने एक प्रकारको रसिद ।
मुद्दा— ना॰ [अ॰ मुद्द+ओ झगडा; बाझो; तकरार; मुकद्दमा; कलह; विवाद; बझाइ । ~ दराइ— ना॰ झगडियाले मुद्दा चलाउन अदालतमा कागज दाखिल वा दर्ता गर्ने काम । ~ सकार— ना॰ अर्काको मुद्दा सकार्ने वा बोक्ने काम ।
मुद्रक— वि॰ [सं॰] मुद्रण गर्ने; छाप्ने ।
मुद्रण— ना॰ [सं॰] १. यन्त्रबारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ । २. बन्द गर्ने काम । ३. मुद्राङ्कित गर्ने काम । ~ यन्त्र— ना॰ मुद्रण गर्ने यन्त्र; छपाइमेसिन; प्रिन्टिब प्रेस । ~
स्वतन्त्रता— ना॰ प्रजातान्त्रिक पद्धतिमा जनताले निश्चित सीमामा रही आफ्ना विचार, भावना, प्रतिक्रिया आदि छाप्न पाउने एक मौलिक अधिकार । > मुद्रणालय— ना॰ छापाखाना; प्रेस ।
मुद्रा— ना॰ [सं॰] १. कुनै वस्तुलाई आधिकारिक रूपमा प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप । २. नाम वा कुनै व्यक्तिगत चिह्न भएको औँठी । ३. राणाकालीन नेपालमा मुग्लानबाट आवतजावत गर्नलाई दिइने, उक्त छाप लागेको सरकारी अधिकारपत्र; राहदानी; पारपत्र । ४. वैष्णव सम्प्रदायका भक्तहरूले आफ्नो छाती, पाखुरा आदिमा डाम्ने वा खोप्ने विष्णुका शङ्ख, चक्र आदि आयुध । ५. सरकारले प्रचलनमा ल्याउने विभिन्न आकार र मूल्य तोकिएका, कुनै पनि देशका जनताले क्रयविक्रयको माध्यम वा भुक्तानीसङ्कलनका साधनका रूपमा प्रयोग गर्ने वस्तु वा उपकरण (धातुका मुद्रा वा सिक्का, नोट) । ६. गोरखनाथसम्प्रदायमा साधुहरूले कानमा लगाउने फटिक आदिको कुण्डल वा मुद्रा । ७. उठ्ने, बस्ने शरीरका अङ्गको स्थिति वा मनको भाव प्रदर्शित गर्ने आँखा, नाक, कान, मुख, हात आदिको कुनै पनि क्रिया । ८. देवी–देवताका ध्यान, पूजा, आदिको समयमा प्रदर्शन गराइने आकार (जस्तै— धेनुमुद्रा, मत्स्यमुद्रा आदि॰ । (. आधुनिक मुद्रण–कार्यमा वा पत्रादिको छपाइमा प्रयोग गरिने सिसाका ढालिएका उल्टा अक्षरहरू; टाइप । १०. साहित्यमा शब्दालङ्कारअन्तर्गत पर्ने श्लेषअलङ्कारको एक भेद । ११. नाक, कान, आदिमा लगाइने मुन्द्री । १२. प्रतीकात्मक चिह्न । १३. पदक; विभूषण; तक्मा । > मुद्राक्षर— ना॰ १. सरकारी कार्यालयका छाप औँठी आदिमा खोपिएको वा कुँदिएको अक्षर । २. पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप । मुद्राङ्क— ना॰ १. अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम । २. सादा वा एकरङ्गी तस्बिर र अक्षर आदि छाप्ने धातु, रबर आदिको यन्त्र; छाप; मोहर । मुद्राङ्कन— ना॰ कुनै पनि मुद्राको सहायताबाट चिह्न आदि छाप्ने काम ।
मुद्राङ्कित— वि॰ १. कुनै तस्बिर आदिको छाप लागेको; छापिएको । २. मोहर लागेको । ३. डामेर चिह्न अङ्कित गरिएको । ४. छापेको । ~ तत्त्व— ना॰ प्राचीन कालका मुद्रा वा सिक्काहरूको सहायता वा अध्ययनबाट त्यस देशको इतिहास, संस्कृति आदिको ज्ञान गराउने विषय वा विज्ञान । ~ बाहुल्य— ना॰ आवश्यकताभन्दा बढी मुद्रा प्रचलनमा आएको अवस्था; मुद्रास्फीति । ~ प्रदाय— ना॰ मुद्रा–आपूर्ति । ~ माला— ना॰ केटाकेटीका रक्षाका लागि लगाइने विभिन्न मुद्रा (चाँदीका सिक्का, पैसा, बाघको दाह्रा, नङ्ग्रा आदि॰ उनिएको माला; रक्षामाला; रक्खेमाला । ~ यन्त्र— ना॰ १. बिजुलीबाट चल्ने छपाइयन्त्र । २. मुद्रा वा सिक्का ढाल्ने यन्त्र । ~ विज्ञान— ना॰ मुद्रातत्त्व; मुद्राशास्त्र । ~ शास्त्र— ना॰ पुराना मुद्रा वा सिक्काबारा ऐतिहासिक कालक्रमको निरूपण वा विवेचना गर्ने शास्त्र; मुद्रातत्त्व । ~ स्फीति— ना॰ क्रयशक्तिका दृष्टिले मुद्राको मूल्य कम र त्यसका अनुपातमा वस्तुको मूल्य धेरै हुने गरी असाधारण रूपले बढी मुद्रा प्रचलनमा आउने स्थिति; मुद्राबाहुल्य । > मुद्रिका— ना॰ १. नाम कुँदिएको, छाप लगाउने औँठी; छाप । २. तर्पण आदि गर्दा लगाइने कुशको औँठी । ३. सिक्का । मुद्रित— वि॰ १. मुद्रण भएको; छपाइएको वा छापिएको । २. औँठी वा रबर छाप लगाइएको (कागतपत्र॰ ।
मुनक्का— ना॰ [अ॰ मुनक्के ठूलो खालको किसमिस वा सुकाइएको अङ्गुर; दाख; मनक्का ।
मुना— ना॰ [सं॰ मुणे बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; मुनु; टुसो; पिपिरो ।
मुनाफा— ना॰ [अ॰ मुनाफो मालसामान खरिदबिक्री गर्दा आर्थिक दृष्टिबाट लागतभन्दा बढ्ता हुने लाभ; फाइदा; नाफा ।
मुनाल— ना॰ [सं॰ मृणपाले पहाडी भेगमा हुने, जीउभरि बुट्टा, घाँटीमा राम्रो कण्ठा र शिरमा कल्की हुने एक सुन्दर चरो; मोनाल ।
मुनासिब— वि॰ [अ॰] मनासिब; उचित; ठीक ।
मुनि१— ना॰ यो॰ [रू मनि] तल; उँधो ।
मुनि२— ना॰ [सं॰] १. वास्तु वा मूर्तिकलामा मात्रा वा अङ्गुलको सात गुनाबराबरको नाप; दृष्टि, पाताल, धातु वा अब्धिबराबरको नाप । २. कुनै विषयवस्तुको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ऋषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी । ३. गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति । ४. अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि । ५. बुद्ध । ६. व्यास । ७. सातको सङ्ख्या । —
त्रय— ना॰ पाणिनि, कात्यायन र पतञ्जलि । — पुङ्गव— ना॰ महान् वा प्रमुख ऋषि ।
मुनिम— ना॰ [अ॰ मुनीबे व्यक्तिगत संस्था, कोठी आदिको हिसाबखाताको काम गर्ने कर्मचारी । > मुनिमी— ना॰ १. मुनिमको काम वा पद । २. मुनिम हुनाको भाव वा स्थिति ।
मुनियाँ— ना॰ गाढा खैरो रबको शरीरमा थोप्लाथोप्ला हुने फिस्टोजत्रो एकजातको राम्रो चरो ।
मुनिव्रत— ना॰ [सं॰] मुनि वा ठूला योगी महात्माहरूको प्रतिज्ञा; तपस्या ।
मुनी— ना॰ [बा॰ बो॰] भेडाबाख्राको माउ वा पाठो ।
मुनीन्द्र/मुनीश्वर— ना॰ [सं॰] १. धेरै ठूला ऋषि; मुनिहरूमा श्रेष्ठ । २. गौतम बुद्ध । ३. शिव ।
मुनु— ना॰ [सं॰ मुणे टुसो; पिपिरो; मुना । मुन्टा मुन्टी— ना॰ [मुन्टो (बि॰)] धेरै मुन्टाको समूह ।
मुन्टि–नु— अ॰ क्रि॰ [मुन्टो+इ+नु] १. कसैले घचेट्दा वा रिँगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकाको भर पर्नु । २. ठ्याक खानु; घोक्रिनु; निकालिनु । ३. बाउँटिनु; टेढिनु; भाँडिनु ।
मुन्टे— वि॰ [मुन्टो+ए] मुन्टो निहुरेको; मुन्टिएको । ~ ठिँगुरो— ना॰ १. मुन्टो अडिने गर्दनको हाड । २. सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो ।
मुन्टो— ना॰ [सं॰ मुण्डे १. शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर । २. मुना; मुन्टा । ३. स्तन वा थुनको अग्रभाग वा टुप्पो; चुचुक ।
मुन्ट्याइ— ना॰ [रू मुन्टि (+याइ॰] मुन्टिने भाव, क्रिया वा प्रक्रिया । [ > ] मुन्ट्याइनु— क॰ क्रि॰ मुन्ट्याउने काम गरिनु; मुन्टाले टेक्ने पारिनु; मन्ट्याइनु; घोक्य्राइनु । मुन्ट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्य्राउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्तीं लाउनु । २. मुन्टाले टेकाउनु; मुन्टाको भर पार्नु ।
मुन्डा— वि॰ [सं॰ मुण्डे १. कपाल नभएको; खुइले; मुडुलो । २. छानो नभएको (घर॰ । ना॰ ३. जोगी; सन्न्यासी ।
मुन्तला— ना॰ [सादृश्य—सुन्तलो सुन्तलाको जातको अमलाजत्रो अमिलो हुने एक फलविशेष ।
मुन्तिर— क्रि॰ वि॰ [मुनि+तिर] तलतिर; मनितिर ।
मुन्दुम— ना॰हे॰ मुन्धुम ।
मुन्द्रा— ना॰ [सं॰ मुद्रो खास गरी रिसका झमटमा देखिने मानिसका मुखको विशेष अवस्था; झोक (जस्तो— रिसमा मुन्द्रा फेर्नु॰ । >
मुन्द्री— ना॰ स्त्रीहरूले कानमा लगाउने मुद्राकार सुनको गहना; सानो मुन्द्रा । मुन्द्रे— वि॰ १. मुन्द्रा लाएको; मुन्द्रा भएको । २. मुन्द्रा परेको मुन्द्राजस्तो; मुन्द्राको छाँटको ।
मुन्द्रो— ना॰ [सं॰ मुद्रिको बुलाकी, कुण्डल, यार्लिब, औँठी आदि कुण्डलाकार कुनै गहना ।
मुन्धुम— ना॰ [भो॰ ब॰] लिम्बूजातिको धर्मशास्त्र; मुन्धुम ।
मुन्सी— ना॰ [अ॰ मुन्शी] १. खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी । २. पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी । — खाना— ना॰ राणाशासनको समयमा परराष्ट्र– मन्त्रालयको काम गर्ने एक अड्डा ।
मुफत— वि॰ [फा॰ मुफ्ते १. मूल्यबिनाको; सित्तै । क्रि॰ वि॰ २. काम न काजसित; बिनसित्ति; मफत; व्यर्थ । > मुफती— त्यसै भेटिएको वा पाइएको; मुफतको ।
मुफ्त— वि॰ [फा॰] हे॰ मुफत । > मुफ्ती— हे॰ मुफती ।
मुबारक— वि॰ [अ॰] मङ्गलकारी; शुभ । ना॰ २. शुभ अवसरमा बधाई दिँदा प्रयोग हुने शब्द । — वाद— ना॰ बधाई; शुभकामना; फत्तेमुवारक । — वादी— वि॰ बधाई दिने; शुभकामना दिने ।
मुमा— ना॰ [सं॰ मातो आमा; माता ।
मुमुक्षु— वि॰ [सं॰] मोक्षका लागि प्रयत्नशील; मोक्षको चाहना गर्ने; सांसारिक जीवनबाट मुक्त हुन इच्छा राख्ने ।
मुमूर्षा— ना॰ [सं॰] १. मृत्युको चाहना; मर्ने इच्छा । > मुमूर्षू— वि॰ १. मरणासन्न; मर्नै आँटेको । २. मर्न चाहने; मरणेच्छुक; मृत्युकामी ।
मुरकुल— ना॰ विशेषतया तराईतिर हुने एक प्रकारको लता ।
मुरब्बा— ना॰ [अ॰ मुरब्बे बफाएर वा उसिनेर चास्नीमा डुबाइएको सुगन्धी फलको पाक ।
मुरमुरि–नु— अ॰ क्रि॰ [मुरमुर+इ+नु] १. भित्रभित्रै रिसाउनु; रिसले चूर हुनु । २. मुरमुराउने काम गरिनु । > मुरमुथ्याइ— ना॰ मुरमुरिने भाव, क्रिया वा प्रक्रिया । मुरमुथ्याइनु— अ॰ क्रि॰ जङ्गिने पारिनु । मुरमुथ्याउनु— प्रे॰ क्रि॰ भित्रभित्रै क्रुद्ध पार्नु; मुरमुर तुल्याउनु । मुरमुथ्याहट— ना॰ मुरमुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
मुरली— ना॰ [सं॰] निगालो, बाँस वा काठबारा बनेको, लामो– छोटो विभिन्न प्रकारको हुने, औँला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक बाजा । ~ निगालो— ना॰ औँलाजतिको मात्र डोलाइ र पातलो मोटाइ हुने, मुरली बनाउने काममा प्रयोग गरिने एक प्रकारको निगालो । ~ बाँस— ना॰ मदेसतिर पाइने, गोलाइ सानो र फेद–टुप्पो पनि झन्डै एकनासको मोटाइ हुने एक किसिमको बाँस । ~ मकै— ना॰ टुप्पामा चुच्चो हुने, भुट्दा खूबै फूल उठ्ने एक प्रकारको मकै ।
मुरा— ना॰ [सं॰] एक जातको गन्धयुक्त बुटी; गुदबुटी ।
मुराद— ना॰ [अ॰] १. मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा । २. भित्री आशय; अभिप्राय । > मुरादी— वि॰ मुराद राख्ने; अभिलाषी ।
मुरारि/मुरारी— ना॰ [सं॰ मुरारि] मुर नामको राक्षसलाई मार्ने; कृष्ण ।
मुरी— ना॰ [प्रा॰ मूडे १. नापतौलको भराइका पद्धतिमा बीस पाथी अन्न आदिको परिमाण । २. धेरै (मुरीमुरी धन्यवाद, मुरीमुरी प्रशंसा इ॰) । ३. एक रोपनीको चारौँ भाग; जवा । ~ पाथी— ना॰ अन्न सापटी लिँदा एक मुरी अनाजको पाथीका दरले लाग्ने ब्याज । ~ बाली— ना॰ नयाँ बाली भियभयाउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली । ~ भाउ— वि॰ साह्रै सस्तो । ~ भुस— ना॰ उमेर पुगेर पनि बुद्धि नपसेको मानिस । ~ माना— एक माना बीउ लाग्ने जग्गामा एक मुरीका हिसाबले फल्ने बाली ।
मुरुकमुरुक— क्रि॰ वि॰ [अ॰ मू॰ मुरुक्+अ (बि॰)] १. खरो खालको खानेकुरो (मकै, चिउरा आदि॰ चपाउँदा आवाज आउने गरी । २. सुकेका वस्तु बराबर कुल्चिँदा वा भाँचिदा आवाज निस्केर ।
मुरुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ मुरुक्+क] १. खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले । २. सुकेको ससानो वस्तु भाँच्ता वा भाँचिँदाको झैँ आवाज निस्केर ।
मुरुब— ना॰ [अ॰ मू॰ मुरुङ्+अ] मसिनो साह्रो खानेकुरो (मकै, खट्टे आदि॰ मुख नउघारीकनै चपाउने किसिम । — मुरुब— क्रि॰ वि॰ त्यसरी लगातार चपाउने गरी । > मुरुङ्ब— क्रि॰ वि॰ मुरुबका चालले एकै खेपमा चपाएर ।
मुरुमा— ना॰ काण्ड नहुने, चौडा ठूला बटारिएका पात हुने, ठूलठूला हरिया, सेता फूल फुल्ने, ठूला फल फल्ने (हिमोडोथ्यासी समूहको॰ एक वनस्पति ।
मुर्कट्टा— वि॰ [मुड+कट्टो १. टाउको काटिएको; मुडकटा । ना॰ २. टाउको नभएको एक थरी प्रेत वा पिशाच ।
मुर्कुचा— ना॰ जुत्तामा काँटी ठोक्ने र छाला तह लाउने काममा प्रयोग गरिने फलामे हतियार ।
मुर्ख्याइँ— ना॰ [मूर्ख+याइँ] मूर्ख हुनाको भाव वा अवस्था; मूर्खता; मूर्खपना ।
मुर्चल— ना॰ सिमानामा गाडिने किल्ला वा लट्ठा; लोँकिल ।
मुर्चुङ्गा— ना॰ [सं॰ मृदङ्गे मुखमा राखी दाँतले च्यापेर चोर औँलाले बीचको जिब्री चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा ।
मुर्छा— ना॰ [सं॰ मूर्च्छा] १. शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता । २. बेहोसी हुने रोग; छारे रोग ।
मुर्दा— ना॰ [फा॰ मुर्दे १. प्राण नभएको शरीर; लास; मृतक; शव । वि॰ २. मरेको; मृत; चेतनाहीन । ३. केही शक्ति नभएको । — वाद— ना॰ शासन आदिको अव्यवस्था वा अन्य कुनै जनहितविपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा 'नाश होस्' भन्ने अभिप्रायले प्रयोग गरिने सामूहिक स्वर वा नारा; जिन्दावादको विपरीतार्थक शब्द ।
मुर्दार— वि॰ [फा॰ मुरदारे १. स्वाभाविक रूपले मरेको । २. अपवित्र । ३. मरन्च्याँसे ।
मुर्दासङ्ख— ना॰ [फा॰ मुरदा+सङ्ख] बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रबको, घाउखटिरामा लगाइने एक औषधी ।
मुर्मी— ना॰ तराईमा बस्ने एक जाति ।
मुर्रा— ना॰ [सं॰ मुरजे १. औँलाले च्यापिने खराउको गट्टी । ३. झ्याल, ढोकाहरूमा जडिने गट्टाका आकारको हत्था । ३. ढ्याङ्ग्रोको बिँड; मुर्रो । ४. वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँठाउँमा जडिने गट्टा । ५. दुधालु भैँसीको एक जात ।
मुर्रि–नु— अ॰ क्रि॰ [मुर्र+इ+नु] मुकुरिनु; खाँदिनु; रिसाउनु ।
मुर्रो— ना॰ १. ढ्याङ्ग्रो; बिँड; हातो; मुर्रा । २. मास, गहत आदिका झ्याब उखेल्दा फेदफेद गाँसी बटारेर बनाइएको पाँजो ।
मुर्थ्याइ— ना॰ [रू मुर्रि (+याइ॰] १. मुर्रिने भाव, क्रिया वा प्रक्रिया । ृमुर्थ्याउ+आइ] २. मुर्थ्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ]
मुर्थ्याइनु— क॰ क्रि॰ मुर्रिने पारिनु । मुर्थ्याउनु— स॰ क्रि॰ १. मुकुथ्याउनु; खाँद्नु । २. धेरै खुवाउनु । मुर्थ्याहट— ना॰ मुर्रिने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
मुलतबी— वि॰ [फा॰ मुल्तबी] सम्बन्धित अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि॰; मुल्तबी ।
मुलन्धरे— ना॰ [रू मुलाङ्खरे] गाली गर्दा प्रयोग गरिने शब्द; मुलाङ्खरे; मूला ।
मुलम्मा— ना॰ [अ॰ मुलम्मे रासायनिक प्रक्रियाबारा कुनै धातुमा चढाइने, सुन–चाँदी आदिको जलप; मुलम्बा; मोलम्बा ।
मुला— ना॰ [सं॰ मूलके १. साग र कन्द दुवै पकाएर वा काँचै खाइने शाकजातीय एक उद्भिद् वनस्पति । २. बेकम्मा वा रद्दी मान्छे (लाक्षणिक अर्थमा॰ ।
मुलाइजा— ना॰हे॰ मुलाहिजा ।
मुलाका— ना॰ दाँती नपरेका पात हुने, सेता वा पहेँला फूल फुल्ने, जराका रूपमा मोटो कन्द हुने (क्रुसिफेरी समूहको॰ मूला ।
मुलाकात— ना॰ [अ॰] भेट; मिलन; संयोग; समागम; भेटघाट ।
मुलाङ्खरे— ना॰ [प्रा॰ मुलनखन्न+ए] मुलन्धरे; मुल्याहा ।
मुलायम— वि॰ [अ॰] कमलो; नरम; कोमल ।
मुलाहिजा— ना॰ [अ॰ मुलाहजे न्याय वा नियम छाडी कसैको ओड लिने काम; मोलाहिजा; पक्षपात; पनपक्ष; पनपच्छे; मुलाइजा ।
मुली— वि॰ [मूल+ई] १. मुख्य; प्रधान; प्रमुख । ना॰ २. घरको मुख्य मानिस; माउ । ३. थकाली ।
मुलुक— ना॰ [अ॰ मुल्के १. देश; राज्य; राष्ट्र । २. प्रदेश; प्रान्त । ३. संसार; लोक । — मारा— वि॰ मुलुकलाई मार्ने; सबैलाई सोस्ने; लुटाहा । ~ हनाइ— ना॰ अर्काको देशमा गरिने चढाइ वा आक्रमण ।
मुलुकी— वि॰ [अ॰ मुल्की] मुलुकसम्बन्धी; मुलुकको । ~ अड्डा— ना॰ राणाकालमा गृह तथा साधारण प्रशासनसम्बन्धी कार्य गर्ने वा तत्सम्बन्धी बन्दोबस्त मिलाउने अड्डा । ~ ऐन— ना॰ लोकव्यवस्थाका निमित्त बनेको र मुलुकभरि लागू हुने देशको कानुन । ~ खाना— ना॰ राणाकालमा देशभरको आय जम्मा हुने अड्डा वा ढुकुटी ।
मुलुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ मुलुक्+क] एकै छिनका निम्ति मात्र देखा पर्ने गरी; मिलिक्क; झुलुक्क ।
मुलेठी— ना॰ [सं॰ मूलयष्टि] जेठीमधु; हे॰ मरहट्टी ।
मुल्कि–नु— अ॰ क्रि॰ [मुलुक्क+इ+नु] मुलुक्क देखा पर्नु; झट्ट देखिनु; झुल्किनु ।
मुल्को— ना॰ [सं॰ मूलके पानी, धूवाँ आदिको पहिलो भुल्को ।
मुल्क्याइ— ना॰ [रू मुल्कि (+याइ॰] १. मुल्किने भाव, क्रिया वा प्रक्रिया । [मुल्क्याउ+आइ] २. मुल्क्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] मुल्क्याइनु— क॰ क्रि॰ मुलुक्क देखाइनु रू मुक्ल्याउनु— अ॰ क्रि॰ १. मुलुक्क देखा पर्नु; मुल्किनु । स॰ क्रि॰/प्रे॰ क्रि॰ २. मुलुक्क हेर्नु वा देखाउनु; झुल्क्याउनु । मुल्क्यान— ना॰ क्षणभर मात्र देखा पर्ने काम; मुलुक्क देखापराइ । मुल्क्याहट— ना॰ मुल्किने भाव, स्थिति, क्रिया वा प्रक्रिया । मुल्क्याहा— वि॰ मुल्किने स्वभावको ।
मुल्तबी— ना॰ [फा॰] हे॰ मुलतबी ।
मुल्याहा— वि॰ [सं॰ मूल+याहो १. मूल नक्षत्रमा जन्मेको । २. अरूलाई पीडा दिने वा पिर्ने; पिराहा । ३. मुलन्धरे ।
मुल्ला— ना॰ [अ॰] १. अरबी–फारसी भाषाका ठूला ज्ञाता । २. बालबालिकालाई पढाउने मुसलमान शिक्षक ।
मुशली— ना॰ [सं॰] १. हलेदोको जस्तो जरा हुने एक बुटी; मुसली । २. शिवजी । ३. बलराम । — कन्द— ना॰ लामालामा पात हुने र सेता फूल हुने एक बुटी वा त्यसको कन्द ।
मुष्टि— ना॰ [सं॰] मुठी । ~ दान/भिक्षा— ना॰ भिक्षार्थीलाई दिइने मुठीभर अन्न ।
मुसमुन्द्रे— वि॰ [मुसमुन्द्रो+ए] १. कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने । २. बुझ पचाउने खालको; पेटाहा ।
मुसमुन्द्रो— वि॰ मुसमुन्द्रे । स्त्री॰ मुसमुन्द्री ।
मुसमुस— क्रि॰ वि॰ [सं॰ मुष् (बि॰)] १. मन्द गतिमा मीठो बास्ना आउने गरी; सुगन्ध फैलिने किसिमले; मगमग । ना॰ २. मानिसका शरीरको गन्ध । > मुसमुसाइ— ना॰ मुसमुसाउने भाव, क्रिया वा प्रक्रिया । मुसमुसाइनु— क॰ क्रि॰ मुसमुस बास्ना आउने होइनु । मुसमुसाउनु— अ॰ क्रि॰ मुसमुस बास्ना आउनु ।
मुसमुसे— वि॰ १. मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको । ना॰ २. टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मीठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित॰ ।
मुसल— ना॰ [सं॰] १. प्राचीन समयको एक शस्त्र; गदा । २. चिउरा आदि कुट्ने काठको साधन; लुसी । — धार/धारा— ना॰ मुसलजत्रै ठूलठूला पानीका धारा । — धारे— वि॰ मुसलजत्रै धारा भएर झर्ने वा दर्कने (पानी॰ ।
मुसलमान— ना॰ [अ॰] मुहम्मद साहबले चलाएका धर्म वा सम्प्रदायको अनुयायी वर्ग; मुहम्मदी; इस्लामी; मुस्लिम । >
मुसलमानी— वि॰ मुसलमानसम्बन्धी; मुसलमानको । ~ जुत्ता— ना॰ चुच्चो एकदम तीखो र लामो भएको एक किसिमको जुत्ता ।
मुसलिन्डी— ना॰ हे॰ मुशलीकन्द ।
मुसली— ना॰ हे॰ मुशली । — कन्द— ना॰ हे॰ मुशलीकन्द ।
मुसाउरो— ना॰ [मुसो+आउरो] मुसो पार्ने खोर; मुसो समात्ने वा अल्झाउने खोर । मुसा कानी/मुसा काने— ना॰ [मुसा+कान+ई/ऐ १. साना पात हुने एक प्रकारको उद्भिद् । वि॰ २. मुसाका जस्ता साना कान हुने ।
मुसाफिर— ना॰ [अ॰] भ्रमण गर्ने मानिस; यात्री; पर्यटक; परदेशी; बटुवा । — खाना— ना॰ १. मुसाफिरका निम्ति बनाइएको घर; धर्मशाला । २. नश्वर संसार ।
मुसाबर— ना॰ [अ॰ मुसब्बरे घिउकुमारीको रस सुकाएर विशेष विधिबारा तयार पारिएको एक औषधी ।
मुसार्–नु— स॰ क्रि॰ [सं॰ मसृण+नु] १. जुँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु । २. सुमसुम्याउनु; तह लगाउनु । > मुसाराइ— ना॰ मुसार्ने क्रिया वा प्रक्रिया । मुसारिनु— क॰ क्रि॰ जुँगा, दाह्री आदि तह लाइनु वा सम्याइनु; सुमसुम्याइनु ।
मुसी— ना॰ [नेवा॰] घरको छानो अड्याउने मोटो लामो दलिन ।
मुसुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ मुस् > मुसुक्+क] आवाज ननिकाली ओठ मात्र चलाएर हाँस्ने किसिमले; मीठो गरी मुस्कुराएर ।
मुसुमुसाइ— ना॰ [मुसमुसाउ+आइ] मुसमुसाउने भाव, क्रिया वा प्रक्रिया । > मुसुमुसाइनु— क॰ क्रि॰ मुसुमुसु हाँसिनु ।
मुसुमुसाउ–नु— अ॰ क्रि॰ [मुसुमुसु+आउ+नु] मुसमुस हाँस्नु; मुस्कुराउनु ।
मुसुमुसु— क्रि॰ वि॰ [अ॰ मू॰ मुस्+उ (बि॰)] आवाज ननिकाली हाँस्ने गरी; मुसुमुसाउने चालले ।
मुसुरी१— ना॰ झूल; मच्छरदानी (बङ्गाल र आसामका नेपालीमा प्रचलित॰ ।
मुसुरी२— ना॰ [मुसुरो+ई] मुसुरो (दालविशेष॰ ।
मुसुरी३— ना॰ १. गोडामा लगाउने एक प्रकारको पुरानो ढाँचाको गहना; पाउजेब । २. मुसो (बालबोलीमा, जस्तै— यति नाना फाट्यो मुसुरीले काट्यो) । ~ कटुस— ना॰ एक जातको सानो कटुस; मुसुरे कटुस ।
मुसुरे— वि॰ [मुसुरो (सं॰) मसूर+ए] कलिला पात भएको; मसिना– मसिना पात हुने । ~ अर्चले— ना॰ सानो पोथ्रो तथा मसिना पात हुने र काला दाना फल्ने, अचार खाइने एक जातको अर्चले; मुसेअर्चले । ~ कटुस— ना॰ मुसुरी कटुस । ~ च्याउ— ना॰ खान हुने एक प्रकारको च्याउ ।
मुसुरो१— ना॰ [सं॰ मसूरे मासका छाँटको तर रातो दाना खैरो बोक्रो हुने दालविशेष; मुसुरी; मुसुरो ।
मुसुरो२— ना॰ [मुजुरो < सं॰ मञ्जरी] १. कलिलो पात; मसिनो पात; मुजुरो । २. पशुजातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो ।
मुसुली— ना॰ मसिना र लाम्चा गेडा हुने एक प्रकारको धान वा चामल ।
मुसे— वि॰ [मुसो+ए] १. मुसो भएको या मुसो आएको । २. मुसोजस्तो । ३. साना गाँठीको । स्त्री॰ मुसी । ~ अर्चले— ना॰ हे॰ मुसुरे अर्चले । ~ खरी— ना॰ दूबोका जस्ता पात हुने र खैरो बाला हुने तथा घाँस र सोतर बनाइने एक जातको खरविशेष । ~ खरुकी— ना॰ डाँख्ला रातो हुने र बस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी । ~
घाँटी— ना॰ ज्यादै सानो घाँटी; झीनो घाँटी । ~ थापा— ना॰ गेहेन्द्रशमशेरका सहयोगी वैज्ञानिक । ~ दाँत— ना॰ बुढेसकालमा पहिलेका दाँत फुक्लेर फेरि आएका दाँत । ~ पाली— ना॰ सानो पछि गाँसिएको अर्को पाली ।
मुसो— ना॰ [सं॰ मूषके १. दुलोभित्र बस्ने, लुगाफाटो, कागजपत्र आदि काट्ने, अन्न आदि र मासु पनि खाने, ज्यादै चनाखो चारखुट्टे जन्तु; धानचरी; मूषक; मूसो । २. मानिसका हातखुट्टातिर निस्कने मासुको सानो र साह्रो डल्लो वा फोको ।
मुस्काउनु— अ॰ क्रि॰ प्रायः दाँत नदेखिने गरी मुसुक्क हाँस्नु ।
मुस्कान— ना॰ [मुस्काउ+आन] मन्द हँसाइ; मुस्कुराउने काम; मुस्कुराहट; मुस्क्यान ।
मुस्किल— वि॰ [अ॰] कठिन; दुःसाध्य; दुष्कर; दुर्बोध; अप्ठ्यारो; साह्रो; गाह्रो ।
मुस्कुराइ— ना॰ [रू मुस्कुराउ (+आइ॰] मुस्कुराउने भाव, क्रिया वा प्रक्रिया । [ > ] मुस्कुराइनु— अ॰ क्रि॰ मुसुक्क हाँसिनु ।
मुस्कुराउ–नु— अ॰ क्रि॰ [सं॰ स्मितकृ+आउ+नु] मुसुक्क हाँस्नु; मुस्कान छाड्नु । > मुस्कुराहट— ना॰ मुस्कुराउने भाव, स्थिति, क्रिया वा प्रक्रिया ।
मुस्क्यान— ना॰ हे॰ मुस्कान ।
मुस्ताब— ना॰ नेपाल अधिराज्यको धवलागिरि अञ्चलअन्तर्गत उत्तरी भेगमा रहेको एक जिल्ला । ~ हिमाल— ना॰ मुस्ताब जिल्लामा पर्ने २१,२४५ फिट अग्लो एक हिमाल ।
मुस्तेर— ना॰ [फ्रा॰] एक स्थान । ~ मानव— ना॰ नृतत्त्वशास्त्रअनुसार फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएको मानव; नियण्डस्थल मानव । ~ शैली— ना॰ प्रागैतिहासिक पुरातत्त्वअनुसार मुस्तेरमानवले प्रयोग गर्ने गरेको पाषाण उपकरणको प्रकार ।
मुस्तैद— वि॰ [अ॰ मुस्तअरे १. तयार; तत्पर; कटिबद्ध; तम्तयार । २. तन्दुरुस्त; सद्दे; कसिकसाउ; ठीकठाक; मुस्तेज । > मुस्तैदी— ना॰ तयारी; तत्परता; तन्दुरुस्ती ।
मुस्लि–नु— अ॰ क्रि॰ [मुस्लो+इ+नु] १. मुस्लोजस्तो हुनु । २. धूवाँको मुस्लो निस्कनु ।
मुस्लिम— ना॰ [अ॰] १. मुसलमान । वि॰ २. मुसलमानसम्बन्धी; मुसलमानको ।
मुस्ली— ना॰ [मुसल+ई] मुसलले जस्तै ओखलमा कुट्ने हतियार ।
मुस्लो— ना॰ [सं॰ मुसले १. आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट । २. बादल, कुहिरो, धूवाँ आदिको लहर । ३. दर्केका पानीको ठूलो धारो । ४. मूला, डुकु आदि काँचै खाँदा नाकबाट निस्कने राग । ५. सुन्निएर वा अन्य कुनै प्रकारले शरीरका कुनै भागमा उठेको मासुको पिण्ड वा लोला । ६. एकोहोरिँदै आएको बतासको मोहरी । ७. क्रोध वा रिसको वेग । मुहम्मद ना॰ [अ॰] इस्लाम धर्मका एक प्रसिद्ध महापुरुष; हजरत मुहम्मद (वि॰ सं॰ ६२७–६७९॰ ।
मुहान— ना॰ [सं॰ मुखस्थाने १. नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल । २. खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा । ३. आम्दानीको स्रोत । ४. मुख्य ठाउँ; उद्गमस्थल ।
मुहार— ना॰ [सं॰ मुखाकारे १. मुखको पूर्ण आकृति; अनुहार; मुख । २. विशिष्ट वा मान्यजनको मोहडा ।
मुहाली— ना॰ [प्रा॰ मुह+आली] सनहीजस्तो मुखले फुकेर बजाइने एक प्रकारको बाजा ।
मुहावरा— ना॰ [अ॰] घुमाउरो पाराले अर्थ बुझिने वाक्पद्धति; लक्षणा वा व्यञ्जनाबारा अर्थ बुझिने वाक्यांश; हे॰ वाग्धारा; टुक्का ।
मुहुटी— ना॰ [रू मुहुडो १. मुहुडा; मोहडा । २. अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि) । ३. आयस्रोत ।
मुहुडा— ना॰ [प्रा॰ मुह+डो १. अनुहार; मोहडा; चेहरा । २. कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप । ३. घोडाका टाउकामा कसिने छालाको साज; शिरबार ।
मुहुनी— ना॰ [रू मोहनी] १. वशीकरण गर्ने मन्त्र; मोहनी । २. झुकाउ; आसक्ति ।
मुहूर्त— ना॰ [सं॰] १. अठचालीस मिनेट वा दुई घडीको समय । ३. ज्योतिषशास्त्रका अनुसार यात्रा, विवाह, व्रतबन्ध आदि कार्यका निम्ति तोकिएको शुभ वा अशुभ काल; साइत; लगन । ३. नियत समय ।
मूक— वि॰ [सं॰] १. उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो । २. मौकामा बोल्न नसक्ने; निमुखा । —
दर्शक— वि॰ हेरी मात्र रहने; केही नबोल्ने; रमिते ।
मूगा— ना॰हे॰ मुगा ।
मूठी— ना॰हे॰ मुठी ।
मूढ— वि॰ [सं॰] १. मूर्ख; मन्दबुद्धि; जड । २. मोहित; मुग्ध । ३. भ्रमपूर्ण; भ्रान्त । ~ गर्भ— ना॰ मरेको वा बिग्रेको गर्भ । ~
बुद्धि/मति— वि॰ मूर्ख बुद्धि भएको; नासमझ; जड । > मूढाग्रह— ना॰ नचाहिँदो आग्रह; जिद्दी; ढिपी । मूढात्मा— वि॰ मूढ; मूर्ख ।
मूढे— वि॰ [मूढ+ए] हे॰ मुढे । ~ बल— ना॰ हे॰ मुढे बल ।
मूत्र— ना॰ [सं॰] पिसाब; मूत । — कृच्छ्र— ना॰ रोकिईरोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा ज्यादै दुख्ने एक रोग; मूत्रक्षरण । — ज— ना॰ युरिया; नाइट्रोजन मल । ~ नली— ना॰ मिर्गौलाबाट मूत्राशयसम्म जाने एक नली; मूत्रवाही । ~ परीक्षण— ना॰ रोगविज्ञानका अनुसार प्रयोगशालामा पिसाब जाँच्ने काम । — वाही— ना॰ मूत्रनली । — स्राब— ना॰ पिसाबफेराइ; मुत्ने काम । — स्रावी— ना॰ पिसाबको थैलीबाट पिसाब बाहिर फ्याँक्ने नली । > मूत्राशय— ना॰ पिसाबको थैली । मूत्रेन्द्रिय— ना॰ प्राणीको पिसाब फेर्ने अङ्ग (लिङ्ग वा योनि॰ ।
मूर्ख— ना॰ [सं॰] १. साह्रै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ । २. लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ । — ता/त्व— ना॰ मूर्ख हुनाको भाव वा अवस्था; मुर्ख्याइँ । ~ मण्डल/मन्डली— ना॰ मूर्खहरूको जमात । ~ अधिराज -मूर्खाधिराज_— ना॰ एक नम्बरको मूर्ख; सिल्पट ।
मूर्च्छना— ना॰ [सं॰] १. सङ्गीतका सातै स्वरको आरोह र अवरोह हुने क्रम; कुनै स्वरबाट उठान गरी क्रमशः स्वरहरूको उतार वा चढाव गर्ने प्रक्रिया । २. मूर्च्छा ।
मूर्च्छा— ना॰ [सं॰] १. शोक, भय, रोग आदिबाट प्राणीमा हुने निश्चेष्ट अवस्था; बेहोसी; अचेतनता । २. बेहोसी हुने रोग; छारेरोग । ~ रोग— ना॰ मूर्च्छा हुने रोग; छारेरोग । > मूर्च्छित— वि॰ मूर्च्छा परेको; बेहोस भएको; अचेत ।
मूर्त— वि॰ [सं॰] १. भौतिक; पार्थिव । २. रूप धारण गरेको; शरीरधारी; साकार; मूर्तिमान् । ३. कडा; ठोस । ४. संज्ञाहीन; मुर्दा । — ता— ना॰ मूर्त हुनाको भाव, स्थिति वा अवस्था । ~
रूप— ना॰ साकार वा प्रत्यक्ष रूप ।
मूर्ति— ना॰ [सं॰] १. प्राणीको शरीर; जीउ । २. कल्पित वा परम्परामान्य आकारका अनुरूप स्थापना गरिएका देवदेवीका आकृति; प्रतिमा; प्रतिमूर्ति । ३. पुतला । ४. तस्बिर; चित्र; छाया । ५. अनुहार; चेहरा । ६. साधुसन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द । ७. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुनाबराबरको नाप; तूणी, वसु वा लोकबराबरको नापो । ~ कुण्ड— ना॰ काठमाडौँ उपत्यकाको उत्तर दिशामा रहेको शेषशायी नारायण (बूढानीलकण्ठ॰ सुतेको पोखरी । ~ पूजक— वि॰ मूर्ति वा प्रतिमाको पूजाआराधना गर्ने; हिन्दू धर्मको अनुयायी । ~ पूजा— ना॰ मूर्ति वा प्रतिमामा देव– देवीको भावना राखेर पूजाआराधना गर्ने काम; प्रतिमाको पूजा । ~ भञ्जक— वि॰ मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने–बिगार्ने; प्रतिमा टुटाउने–फुटाउने । — मान्— वि॰ १. शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको । २. साक्षात्; प्रत्यक्ष । ३. मूर्त ।
मूर्द्धन्य— वि॰हे॰ मूर्धन्य ।
मूर्द्धा— ना॰ [सं॰] हे॰ मूर्धा ।
मूर्धन्य— वि॰ [सं॰] १. मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ऋ, र, ष तथा टवर्गका वर्ण) । २. मूर्धासँग सम्बन्धित; मूर्धासम्बन्धी । ३. अतिश्रेष्ठ; सर्वोत्तम; प्रमुख; मूर्द्धन्य । ~ वर्ण— ना॰ मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ऋ, र ष तथा टवर्ग॰ । > मूर्धन्यीभवन— ना॰ छिमेकी मूर्धन्य ध्वनिको प्रभाव वा अन्य मूर्धन्यस्थानमा परिवर्तन हुने प्रक्रिया (जस्तो— दाहा > डाहा, पत्तन > पट्टन > पाटन आदि॰ ।
मूर्धस्थानी— वि॰ [सं॰] हे॰ मूर्धन्य ।
मूर्धा— ना॰ [सं॰] १. शिर; टाउको; मस्तक । २. मुखभित्रको कठोर तालु र कोमल तालुबीचको भाग । ३. चुचुरो; शिखर । ४. शिखा । ५. नेता । > मूर्धाभिषिक्त— वि॰ १. वैदिक मन्त्रको उच्चारणका साथ अभिषेक गरिएको; शिरमा अभिषिक्त । ना॰ २. राजा । ३. क्षत्रिय । मूर्धाभिषेक— ना॰ राज्यारोहण गर्दाको समयमा राजामहाराजाहरूलाई मन्त्रोच्चारणका साथ गरिने अभिषेक ।
मूल— ना॰ [सं॰] १. रूखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड । २. तरुल, भ्याकुर, पिँडालु, मूला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द । ३. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान । ४. बोटबिरुवाको ठीक जमिनमाथि रहेको भाग; फेद । ५. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र । वि॰ ६. सर्वोत्तम; सर्वश्रेष्ठ । ७. प्रधान; प्रमुख; मुख्य (मूल कार्य, मूल कर्तव्य इ॰) । ~ ओछ्यान— ना॰ अगेनानेरको ओछ्यान; मुख्य ओछ्यान । > मूलक— वि॰ १. कुनै नामवाचक शब्दका पछिल्तिर जोडिई उत्पत्तिको कारण जनाउने वा त्यसबाट उत्पन्न भएको भन्ने अर्थ दिने विशेषणबोधक शब्द (विज्ञानमूलक, जीवनमूलक इ॰) । २. मूला । ३. तरुल, भ्याकुर आदि खान हुने कन्द । ~
काजी— ना॰ चार काजीमध्ये मुख्य काजी । — कार— ना॰ मूलग्रन्थका रचयिता वा लेखक; मूल पाठका निर्माता । —
कारिका— ना॰ सूत्रात्मक ग्रन्थको क्रमबद्ध विवृत्ति । — खर्के— ना॰ वर्षायाममा उम्रने एक झार; चित्लाबे; खुर्साने । ~ ग्रन्थ— ना॰ ग्रन्थकार स्वयंबारा रचित मूल कृति वा रचना; मूल पाठ; सूत्रग्रन्थ । ~ घर— ना॰ कुलको बूढोपुरानो घर; वंशको जेठो मानिस बसेको घर । ~ चट्टान— ना॰ जमिनको सतहमनिको सबभन्दा तल्लो भागमा सुरक्षित रहेको कडा चट्टान; प्रारम्भिक चट्टान । ~ चोक— ना॰ १. मुख्य चोक । २. भक्तपुर दरबारको एक प्रसिद्ध चोक । — च्छेद/च्छेदन— ना॰ जरैसमेत उखेलेर मास्ने काम; समूल नाश; पूर्णविनाश । ~ जरो— ना॰ बीच वा कलमीबाट आउने रूखको सीधै तल्लोपट्टि जाने, पहिलो र मुख्य जरो । ~ ढोका— ना॰ घरभित्र आवतजावत गर्न राखिएको मुख्य दैलो; मूलबार । — तः— क्रि॰ वि॰ १. मूल रूपमा; खासमा; मुख्यतः । २. प्रथमतः; सुरुमा । ~ तत्त्व— ना॰ १. आधारभूत मुख्य सिद्धान्त; केन्द्रीय दृष्टिकोण । २. मूल वस्तु; मुख्य पदार्थ । ३. कुनै कुराको निर्माणमा मुख्य रूपले उपयोग हुने तत्त्व वा पदार्थ । ~ थाम— ना॰ घर बनाउँदा सुरुमा राखिएको मझेरीका माझको थाम; मुख्य थाम । ~ धन— ना॰ मुख्य पुँजी; साउँ; सावाँ । — धनी— वि॰ १. मूलधन लगाउने पुँजीपति । ~ धातु— ना॰ व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित हुनुभन्दा पूर्वको रूप; प्रारम्भिक धातुरूप (गर्, भन्, पढ्, हु आदि) । ~
पाठ— ना॰ ग्रन्थकार स्वयंबारा रचित मूल भाग । — पानी— ना॰ मूलबाट निस्केको पानी; आफैँ उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ । ~ पुरुष— ना॰ १. कुनै वंश वा कुलको आदिप्रवर्त्तक व्यक्ति; मुख्य पुरुष । २. ईश्वर । ~ पुरोहित— ना॰ पुरोहितहरूमध्येका मुख्य पुरोहित । ~ प्रकृति— ना॰ १. सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति । २. संसारको आद्यशक्ति वा बीजशक्ति । ~ बाटो— ना॰ १. चौडाइ धेरै भएको ठूलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ । २. कुनै अनुसरण गर्न योग्य वा अँगाल्नुपर्ने जीवनको निश्चित बाटो वा पद्धति । ३. मुख्य उद्देश्य; मूल लक्ष्य । — भूत— वि॰ प्रमुख आधार वा तत्त्वसँग सम्बन्धित; मूल आधाररूप; आधारभूत; वास्तविक । ~ मन्त्र— ना॰ १. मुख्यचाहिँ मन्त्र; प्रमुख मन्त्र । २. मुख्य रायसल्लाह । ३. मुख्य कुरो । ~ विषय— ना॰ १. शिक्षार्थीहरूका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशहरूका रूपमा पढाइने र ऐच्छिक क्षेत्रभित्र पर्ने रोजेको पाठ्य विषय । २. खास वा प्रमुख विषय । ~ समिति— ना॰ कुनै सङ्घ, संस्था आदिका खास कार्यसम्पादनका निम्ति परिमित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति । ~ स्थान— ना॰ १. मूल थलो; पुर्ख्यौली थलो । २. कुनै चीज सर्वप्रथम प्राप्त भएको ठाउँ ।
मूला— ना॰ हे॰ मुला ।
मूलाधार— ना॰ [सं॰] १. हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदबार र लिङ्गको बीच भागमा कल्पित एक चक्र । २. मूल आधार; मुख्य आधार ।
मूली— वि॰ हे॰ मुली ।
मूल्य— ना॰ [सं॰] १. कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्मत । २. परल; पर्ता; साउँ । ३. गुण वा व्यक्तिको महिमा । ४. उपयोगिताको मापक तत्त्व; मान । ~ अभिवृद्धि कर— ना॰ उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर; भ्याट । ~ तालिका— ना॰ सरकारबारा नियन्त्रण गरिएको बजारमा प्रत्येक मालसामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची । — देय— ना॰ हुलाक आदि कुनै साधनबारा पठाइएको मालसामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने वस्तु (भी॰ पी॰ पार्सल) । ~
निर्धारण— ना॰ कुनै वस्तुको विक्रय मूल्य निर्धारित गर्ने काम; दाम तोक्ने काम; भाउ कायम राख्ने काम । ~ निर्धारण समिति— ना॰ मूल्य तोक्ने आधिकारिक समिति । — वान्— वि॰ धेरै मोल पर्ने; बहुमूल्य; दामी; किम्मती । — हीन— वि॰ कुनै मूल्य नै नभएको; विनामूल्यको; महत्त्वहीन; तुच्छ; निकम्मा । — ह्रास— ना॰ कुनै चीजको दाम घट्ने काम; महत्त्व घट्ने काम ।
मूल्याङ्कन— ना॰ [सं॰] १. कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम । २. उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण । ३. परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कबारा स्तर तय गर्ने काम । ४. कर्मचारीहरूका कार्य, योग्यता, विशिष्टता आदिको तौलाइ । ~ शाखा— ना॰ कुनै कार्यालयअन्तर्गत सम्बन्धित विषयको मूल्याङ्कन गर्ने कामका निम्ति खडा गरिएको शाखा ।
मूल्याङ्कित— वि॰ [सं॰] मूल्याङ्कन गरिएको ।
मूल्यानुपाती— वि॰ [सं॰] १. मालसामानको लागत वा परल । २. कुनै मालको मोलअनुसार भन्सार निर्धारित गरिने (कर वा शुल्क॰ ।
मूषक— ना॰ [सं॰] १. मुसो । २. चोर (लाक्षणिक अर्थमा॰ । वि॰ ३. छुल्याहा; ठग । — कर्णी— ना॰ मुसाकाने (लता॰ ।
मूषिक— ना॰ [सं॰] मुसो । > मूषिका— ना॰ १. सानो मुसो; मुसो । ना॰ २. मुसाकाने ।
मूसो— ना॰हे॰ मुसो ।
मृग— ना॰ [सं॰] १. एक प्रसिद्ध चौपाया वन्य जन्तु; मिर्ग; हरिण । २. मृगशिरा नक्षत्र । ३. मकरराशि । ४. एक जातको हात्ती । ५. कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये चित्रिणी स्त्रीका निम्ति उपयुक्त मानिने दोस्रो पुरुष । ६. चन्द्रमाको दाग । —
चर्म— ना॰ आसनी हुने मिर्गको छाला । — तृष्णा— ना॰ गर्मीयाममा कडा घाम लाग्दा मरुभूमि वा बलौटे जमिनमा टाढा कतै देखिने पानीको मिथ्या प्रतीति; मृगमरीचिका; जलभ्रम । — नयना/नयनी— वि॰ मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री) । — नाभि— ना॰ मृगको नाइटो; कस्तूरी; बिना; मृगमद । — मद— ना॰ कस्तूरी; मृगनाभि । — मरीचिका— ना॰ मृगतृष्णा; भ्रान्ति । — मातृका— ना॰ १. भद्दा पेट हुने र सिब नहुने एक जातको मृगको पोथी । २. कस्तूरी मृगको पोथी ।
मृगया— ना॰ [सं॰] वन्यजन्तुलाई पछ्याउँदै मार्ने काम; सिकार; आखेट ।
मृगराज— ना॰ [सं॰] १. सिंह । २. बाघ । मृग लाञ्छन— ना॰ [सं॰] चन्द्रमा ।
मृगलोचना/मृगलोचनी— वि॰ [सं॰] मृगका समान सुन्दर आँखा भएकी; मृगनयनी ।
मृगशिरा— ना॰ [सं॰] तीन ताराको पुञ्ज भएको सत्ताइस नक्षत्रमध्ये पाँचौँचाहिँ नक्षत्र; मृगशीर्ष ।
मृगशीर्ष— ना॰ [सं॰] १. मृगशिरा नक्षत्र । २. मार्गशीर्ष मास ।
मृगाक्षी— वि॰ [सं॰] मृगनयनी; मृगलोचनी ।
मृगाङ्क— ना॰ [सं॰] १. चन्द्रमा । २. कपूर । ३. हावा ।
मृगासन— ना॰ [सं॰] मृगचर्मको आसनी; पूजाआजा गर्दा बस्नका लागि प्रयोग हुने मृगको छाला ।
मृगासिङ्गा— ना॰ लाम्चालाम्चा साना डाँठ भएको पात हुने एक वनस्पति ।
मृगी— ना॰ [सं॰] १. पोथी मृग; हरिणी । २. मूर्च्छा पर्ने रोग; छारेरोग; अपस्मार ।
मृगेन्द्र— ना॰ [सं॰] १. मृगराज; सिंह । २. बाघ । ३. सिंहराशि ।
मृडा— ना॰ [सं॰] पार्वती; गौरी । > मृडानी— ना॰ पार्वती; मृडा ।
मृणाल— ना॰ [सं॰] कमल फूलका बोटको डाँठ; कमलनील; कमलतन्तु; मृणालिका । > मृणालिका— ना॰ मृणाल । मृणालिनी— ना॰ १. कमलको बोट । २. कमलको समूह । ३. कमल धेरै पाइने ठाउँ । मृणाली— ना॰ कमलको डाँठ; कमलनाल ।
मृण्मय— वि॰ [सं॰] माटैमाटोले बनेको; माटाको । ~ कला— ना॰ मृत्तिकाकला (सेरामिक्स॰ ।
मृण्मूर्ति— ना॰ [सं॰] माटाले बनाइएको मूर्ति ।
मृत— वि॰ [सं॰] १. सास गएको; मृत्यु भएको; प्राणहीन । २. मारण वा भस्म गरिदिएको (धातु) । ३. गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको । ~ ऋण— ना॰ ऋण असुल गर्ने कानुनी म्याद नहुनाले असुल गर्न नसकिने ऋण । — क— ना॰ १. मुर्दा; लास । वि॰ २. मरेको; मृत । ~ कर्म— ना॰ मृतक व्यक्तिको सद्गतिका निम्ति गरिने पारलौकिक कार्य; अन्त्येष्टि । — प्रायः— वि॰ सास मात्र झुन्डिएको; मरेजस्तो; मृततुल्य । —
भर्तृका— वि॰ १. लोग्ने मरेकी; विधवा; राँडी । ना॰ २. विधवा स्त्री । ~ भाषा— ना॰ कुनै समयमा बोलिने भए तापनि वर्तमान समयमा नबोलिने र प्रायः लुप्त भइसकेको भाषा । ~ मातृक— वि॰ टुहुरो; मातृहीन । ~ रेखा— ना॰ त्यसभन्दा पछिको कार्यसम्पादन गर्न नसकिने वा नमिल्ने आवधिक सीमान्त विन्दु (डेडलाइन) । ~ वत्सा— वि॰ १. बालबच्चा मरेर निःसन्तान भएकी (स्त्री॰) । २. जन्मेका बाच्छाबाच्छी नबाँच्ने (गाई॰ । मृत सञ्जीवनी— वि॰ [सं॰] १. मरेकालाई वा मर्न लागेकालाई बचाउने (मन्त्र वा औषधी॰ । ना॰ २. मुर्दालाई पनि बिउँताउने भनी प्रसिद्ध विद्या वा बुटी । ३. धेरै पौष्टिकका रूपमा लिइने आसव वा सुरा । मृत सूचक— ना॰ [सं॰] मृतकका सगोत्री वा नातेदारलाई निश्चित अवधिसम्म लाग्ने आशौच; मरणाशौच ।
मृतस्नान— ना॰ [सं॰] आशौच लाग्ने नातेदार मर्दा शुद्धिका लागि गरिने स्नान; खल्को ।
मृतात्मा— ना॰ [सं॰] १. मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा । वि॰ २. हुती हराएको; उत्साह, जाँगर, हौसला आदि मरिसकेको (व्यक्ति॰ ।
मृताशौच— ना॰ [सं॰] मृतकको सूतक; मरणाशौच ।
मृतास्थि— ना॰ [सं॰] १. मुर्दाको हाड; अस्तु । २. शरीरको काम नलाग्ने हाड ।
मृति— ना॰ [सं॰] मृत्यु; मरण ।
मृत्तिका— ना॰ [सं॰] १. माटो; मट्टी । ~ कला— ना॰ माटाबाट भाँडाकुँडा आदि बनाउने कला वा सीप; मृण्मयकला । ~ तरङ्ग— ना॰ असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्गजस्तै बाजा । (यो बाजा सङ्गीतशिरोमणि यज्ञराज शर्माबारा निर्माण गरिएको हो, हाल यो बाजा ने॰ रा॰ प्र॰ प्र॰ मा चालू छ) । —
पुत्र— ना॰ खेतीकमाइ गर्ने व्यक्ति; खेतीवाल; माटीकोरे; किसान; कृषक ।
मृत्यु— ना॰ [सं॰] १. देहावसान; निधन; मरण । २. यमराज; काल । ३. ब्रह्मा । ४. विष्णु । ५. माया । ६. कलि । ७. कामदेव । —
कर— वि॰ १. मृत्यु गराउने; मारक । ना॰ २. कुनै व्यक्ति मर्दा त्यसका सम्पत्तिमा लाग्ने सरकारी शुल्क वा कर । ३. मुर्दा जलाउनका लागि लाग्ने दस्तुर । ~ काल— ना॰ प्राण निस्कने बेला; मरणको समय । > मृत्युञ्जय— वि॰ १. मृत्युलाई जित्ने । ना॰ २. शिव । ३. अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र । — दण्ड— ना॰ ज्यानसजाय; प्राणदण्ड । ~ दर— ना॰ जनसङ्ख्याको औसतमा हुने मृत्युको प्रतिशत; आनुपातिक मृत्युक्रम । — पाश— ना॰ मृत्युको पासो; कालको फन्दा । ~ लोक— ना॰ १. मर्त्यलोक; भूलोक । २. यमलोक । ~ शयया— ना॰ मर्ने अवस्थाको शयया; मरणासन्न अवस्था; पथरा । ~ शुल्क— ना॰ १. मुर्दा जलाउनका लागि लिइने शुल्क । २. कुनै व्यक्ति मर्दा त्यसको सम्पत्तिमा लाग्ने सरकारी दस्तुर ।
मृत्सिकताश्म— ना॰ [सं॰] भूगर्भशास्त्रअनुसार माटो र बालुवा जमेर बनेको ढुङ्गो ।
मृदङ्ग— ना॰ [सं॰] १. छाला मोडेर बनाइएको ढोलकजस्तो एक प्रकारको तालबाजा । २. बाँस । > मृदङ्गी— वि॰ मृदङ्ग बजाउने (व्यक्ति॰ ।
मृदु— वि॰ [सं॰] १. कोमल; मुलायम; नरम; कमलो; सुकुमार । २. मिठास भरिएको; मधुर (स्वर) । ३. निर्धो; कमजोर; दुर्बल । ४. सुस्त; मन्द (गति) । — ता— ना॰ मृदु हुनाको भाव वा अवस्था; कोमलता; मिठास । ~ भाषी— वि॰ मीठो बोल्ने; मिष्ठभाषी; मधुरभाषी ।
मृदुल— वि॰ [सं॰] १. कोमल; मृदु । २. सुकुमार । ३. उदार; दयालु । — ता— ना॰ मृदुल हुनाको भाव वा अवस्था; सौकुमार्य; सरलता ।
मृबी— ना॰ [सं॰] १. अङ्गुरको झुप्पा; द्राक्षा । २. सुकुमार अङ्ग भएकी स्त्री । — पाक— ना॰ पहिले केही नीरस र पछि मधुर स्वाद भएको काव्यरचना ।
मृन्मय— वि॰ [सं॰] १. माटो भएको; माटाको । २. माटाले बनेको; मृण्मय ।
मृषा— वि॰ [सं॰] १. असत्य; झूटो; मिथ्या । क्रि॰ वि॰ २. बिनसित्ति; व्यर्थमा; विनाकारण ।
मे— ना॰ [सं॰] ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौँ महिना; अप्रिल र जुनका बीचको महिना; मई ।
मेकअप— ना॰ [अङ्॰] १. मुद्रणकलामा कम्पोज भएको म्याटरलाई निर्देशित आकारमा परिणत गरी मिलाउने काम । २. रङ्गमञ्च, प्रदर्शन र सौन्दर्यका लागि शरीरका अङ्गअङ्गमा गरिने प्रसाधन वा शृङ्गार ।
मेख१— ना॰ [सं॰ मक्षे घमन्ड; तुजुक; अभिमान ।
मेख२— ना॰ [फा॰] दुई निदालका बीचको जोर्नीमा ठोकिने कीलो; कीलो ।
मेखला— ना॰ [सं॰] १. कम्मरमा बाँध्ने कन्धनी; काञ्ची । २. पर्वतको मध्य भाग । ३. कुनै वस्तुको मध्य भागलाई चारैतिरबाट बेर्ने डोरी; धागो; शृङ्ला; साङ्ली । ४. नर्मदा नदी । ५. साधुसन्न्यासीहरूले लगाउने घाँटीदेखि घुँडामनिसम्म आउने लामो एकसरो वस्त्र; अलखा । > मेखली— ना॰ १. राई जातिका स्त्रीहरूले लगाउने घाँटीदेखि घुँडासम्म ढाक्ने लामो एक प्रकारको सेतो वस्त्र । वि॰ २. मेखला लाउने (व्यक्ति॰ ।
मेगजिन— ना॰ [अङ्॰] १. तोप, बन्दुक, गोलीगट्ठा आदि लडाइँका सामानहरू बनाउने वा राख्ने ठाउँ । २. जगेडाका रूपमा गोली भरी राख्न राइफलमा जडिएको बट्टाका आकारको अवयव । २. पत्रपत्रिका ।
मेघ— ना॰ [सं॰] १. आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो । २. कुहिरो । ३. एक बास्नादार घाँस; मोथे । ४. थुप्रो; समूह; रास । ५. सङ्गीतशास्त्रका अनुसार गान्धार र धैवत स्वर वर्जित भई निषाद स्वर कोमल हुने र प्रायः रात्रिको चौथो प्रहर र वर्षायाममा हरसमय गाउन हुने औडव जातिको एक राग । —
काल— ना॰ वर्षाऋतु । — नाद— ना॰ १. बादलको गडगडाहट; मेघको गर्जन । २. वरुण । ३. रावणको छोरा इन्द्रजित् । —
माला— ना॰ बादलको ताँती । — राज— ना॰ इन्द्र । > मेघागम— ना॰ १. वर्षायामको थालनी । २. वर्षा ऋतु । मेघाच्छन्न— वि॰ बादल डम्म लागेको; बादलले ढाकेको । मेघाडम्बर— ना॰ मेघको गर्जन । मेघालय— ना॰ पूर्वतिर रहेको भारतको एउटा राज्य ।
मेच— ना॰ [फा॰ मजे काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी ।
मेचक— वि॰ [सं॰] १. गाढा नीलो; कृष्णवर्णको; श्यामल । २. अन्धकार; अँध्यारो । ना॰ ३. कालो वर्ण; श्यामल वर्ण । ४. बादल । ४. धूवाँ । — ब्रीहि— ना॰ कालो बडहरी धान ।
मेची— ना॰ [सं॰ मेचक+ई] नेपाल अधिराज्यको पूर्वी सिमानामा बग्ने एक प्रसिद्ध नदी । ~ अञ्चल— ना॰ मेची नदीको नामबाट नामकरण भएको ताप्लेजुब, पाँचथर, इलाम र झापा जिल्ला भएको एक अञ्चल ।
मेचे— ना॰ [मेची+ए] मेची अञ्चलअन्तर्गत झापा जिल्लामा बस्ने एक जाति । ~ कोचे— ना॰ मेचे र त्यस्तै कोचे जातिको वर्ग ।
मेछे— ना॰ जङ्गी पोसाकको बेल्टमा किरिच घुसारिने ठाउँ ।
मेजमान— ना॰ [फा॰ मेजबाने १. पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति । २. अतिथिका रूपमा विशिष्ट व्यक्तिलाई बोलाएर भोजन गराउने व्यक्ति; मेजबान । > मेजमानी— ना॰ १. मेजमानको काम । २. कोसेली; सौगात । ३. अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना ।
मेजर— ना॰ [अङ्॰] १. मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेिफ्टनेन्ट कर्णेलभन्दा मुनिको बीचको सैनिक दर्जा; सेनानी । ~ कप्तान— ना॰ कप्तानमाथिको सैनिक दर्जा; मेजर; सेनानी । ~ जनरल— ना॰ ब्रिगेडियर जनरलभन्दा माथिको सैनिक अधिकारी; उपरथी । ~ सुबेदार— ना॰ सुबेदारभन्दा माथि र सेकेन्ड लेिफ्टनेन्टभन्दा तलको एक जङ्गी दर्जा; प्रमुख सुबेदार ।
मेजो— ना॰ आमदानीखर्चको बराबरी ।
मेट्–नु— स॰ क्रि॰ [प्रा॰ मेट+नु] १. दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु । २. अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु । ३. मिल्काउनु; फ्याँक्नु; फाल्नु । ४. भोक, प्यास आदि हटाउनु; तृप्त गर्नु । ५. अस्तित्वको लोप गर्नु; सखाप पार्नु । >
मेट— ना॰ मेट्ने काम वा प्रक्रिया । मेटमाट— ना॰ १. जे–जसरी भए पनि मेट्ने काम; पुछपाछ । २. छिनाफाना । मेटाइ— ना॰ मेट्ने भाव, क्रिया वा प्रक्रिया । मेटाइनु— क॰ क्रि॰ मेट्न वा पुछ्न लाइनु । मेटाउनु— प्रे॰क्रि॰ मेट्न लाउनु; मेट्ने पार्नु ।
मेटामेट— ना॰ परस्परमा एक–अर्काले मेट्ने काम । मेटिनु— क॰ क्रि॰ मेट्ने काम गरिनु; पुछिनु; केरिनु । मेटी— ना॰ समाप्ति; टुङ्ग्याइ (सीमित शब्दमा जोडिएर मात्र प्रयुक्त, जस्तो— मरिमेटी, मारीमेटी आदि॰ ।
मेटो— ना॰ [मेट्+ओ] बाँकी रहेको कामको भाग । ~ माराइ— ना॰ बचेका कामलाई पूरा गर्ने क्रिया; बाँकी कामको तुराइ ।
मेठ१— ना॰ [अङ्॰ मेटे कामदार, ज्यामीहरूलाई काम लगाउने नाइके; ज्यामीको नाइके ।
मेठ२— ना॰ [रू मेखे घरमा थाममाथि र निदालमनि रहने काठको ठेउको ।
मेठ३— ना॰ [सं॰] मदेसका नयाँ फँडनी वा झोरामा जमिनदारसरहको मान वा दर्जा । — बन्दी— ना॰ १. विभिन्न रकमका खर्चको फाँट । २. मेठ जग्गाको साँध, सिमाना वा त्यस्तो जग्गाको किल्लाकोहला गरी लेखिएको मुचुल्का कागत । > मेठाङ्गी— ना॰ मेठले गर्ने काम; मेठको काम वा पद ।
मेडिकल— वि॰ [अङ्॰] औषधीसम्बन्धी; चिकित्सासम्बन्धी । ~
काउन्सिल— ना॰ चिकित्सकहरूको सङ्गठन; चिकित्सकसङ्घ ।
मेडुसा— ना॰ समुद्री किनारको थलथलमा बस्ने माछो ।
मेढाशृङ्गी— ना॰ [सं॰] बाटुला, ठूलठूला पात हुने, राता फूल फुल्ने र लामालामा फल हुने एक वृक्ष वा त्यसैको फल; मेषशृङ्गी ।
मेढो— ना॰ [सं॰ मेढे बलि दिइने पशु; बलिका निम्ति छुट्ट्याइएको बोको आदि ।
मेथी— ना॰ [सं॰ मेथि] केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेँला दाना हुने तीतो एक किसिमको साग वा त्यसका दाना; मेथिका । ~ जाउलो— ना॰ मेथीले झानेको जाउलो; मेथी हालेर बनाइएको पथ्य भात ।
मेद— ना॰ [सं॰] १. बोसो । २. विशेष प्रकारको एक वर्णसङ्कर जाति । ३. एक नागराक्षस । — कोष— ना॰ रगत र पित्ते थैलीमा पाइने बोसोको तरल तत्त्व (केलेस्टेरल) । — सार— ना॰ आफ्नै विशेष प्रणाली भएको पारदर्शक शारीरिक द्रव । > मेदस्वी— वि॰ १. मोटो; थसुल्लो; स्थूलकाय । २. हृष्टपुष्ट; हट्टाकट्टा ।
मेदा— ना॰ [सं॰] अदुवाका जस्ता कन्द र पात हुने एक बुटी वा त्यसैको कन्द ।
मेदागिरि— ना॰ [सं॰] पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना नीला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी; ब्राह्मी; घोडताप्रे ।
मेदिनी— ना॰ [सं॰] १. पृथ्वी; धरती; धर्ती । २. संस्कृत भाषाको एक शब्दकोश ।
मेदी— ना॰ पुरानै जराबाट उम्रिएको चौथो सालको बाली ।
मेध— ना॰ [सं॰] १. हवन; होम; यज्ञ । २. यज्ञमा बलि चढाइने पशु; यज्ञीय पशु ।
मेधा— ना॰ [सं॰] १. कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति । २. तीव्र बुद्धि; प्रज्ञा । ३. यज्ञ । ४. सरस्वतीको एक रूप । — वान्— वि॰ मेधा भएको; बुद्धिमान्; मेधावी ।
मेधावी— वि॰ [सं॰] बुद्धि भएको; मेधावान् । ~ मानव— ना॰ नृतत्त्वशास्त्रअनुसार प्राचीन समयको पहिलो बुद्धिमान् मानिस; मुस्तेर मानव; नियन्डरथल मानव ।
मेध्य— वि॰ [सं॰] १. यज्ञका लागि उपयुक्त । २. यज्ञसम्बन्धी; यज्ञीय । ३. मेधावर्द्धक; विशुद्ध; चोखो । ना॰ ४. बोको । ५. जौ । ६. खयरको रूख । — वानर— ना॰ नृतत्त्वशास्त्रअनुसार चेतनायुक्त मानिसजस्तो बाँदर; नरवानरगणमध्ये एक; अपुच्छख्यातचतुष्कमध्ये एक ।
मेनका— ना॰ [सं॰] १. शकुन्तलालाई जन्म दिने एक अप्सरा । २. हिमालयकी पत्नी ।
मेनु— ना॰ [अङ्॰] रेस्टुराँ, होटल, क्याफे आदिमा खाद्य पदार्थका नाम र मूल्यको विवरण लेखिएको पत्र ।
मेनेजर— ना॰ [अङ्॰] व्यवस्थापक; प्रबन्धक । > मेनेजरी— ना॰ मेनेजरको काम वा पद ।
मेन्डोलिन— ना॰ [फ्रा॰] चार वा पाँच जोडी तार हुने, गहिरो गोलो तुम्बा हुने र जबाले बजाइने एक वाद्ययन्त्र ।
मेम— ना॰ [अङ्॰ म्याडमे पाश्चात्य देशका सभ्य स्त्री; अङ्ग्रेज नारी; मेमसाहेब ।
मेमो— ना॰ [अङ्॰ मेमोरेन्डमे कुनै कामकुराका बारेमा भएका कारबाई स्पष्ट गर्नका निम्ति लेखिने सम्झनापत्र; स्मरणपत्र; ताकिता ।
मेम्बर— ना॰ [अङ्॰] सङ्घ, संस्था आदिको सदस्य; सभासद् ।
मेयर— ना॰ [अङ्॰] नगरपालिका वा महानगरपालिकाको निर्वाचित अध्यक्ष; नगरपिता । मेरी बास्सै— वि॰ बो॰ मेरी आम्मै; आम्मै नि । (उदा॰— मैले त तिमीलाई पुल्टुबबाजी खाँदा मथ्यौ भन्ठानेको, मेरीबास्सै ; धन्य बाँच्यौ ;) ।
मेरु— ना॰ [सं॰] १. पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्वत । २. जपमालाको दुई छेउ जोडी त्यसमा उनिएको दाना; सुमेरु । ३. हारका बीचको मणि । ४. पिबको डोरी अड्याउने काठ । ५. मेरुदण्ड; ध्रुव । — दण्ड— ना॰ १. गर्धनदेखि गुदबारसम्म गएको पिठिउँका बीचको ठाडो हाड; पृष्ठवंश । २. भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा । — पृष्ठ— ना॰ आकाश ।
मेरो— वि॰ [म+एरो] १. 'म' शब्दको षष्ठी विभक्तिको एकवचन । २. आफ्नो ।
मेल१— ना॰ [सं॰] १. परस्पर भेट्ने काम; मिलाप; समागम । २. आपसको सद्भावना; मित्रता; मैत्री । ३. मिश्रण; मिलावट । ४. समाज; सभा । ५. ढङ्ग; छाँट । ६. प्रकार; तरिका । ७. प्रेम; प्रीति । ७. सङ्गीतशास्त्रमा एक प्रकारको थाट ।
मेल२— ना॰ [अङ्॰] १. हुलाकबारा वितरित गरिने चिठी, पार्सल आदि डाँक । २. हुलाकव्यवस्था; हुलाकी वस्तु ओसार्ने यातायातको साधन; डाँकगाडी । ~ गाडी— ना॰ डाँकगाडी; मेल ।
मेलजोल— ना॰ [सं॰ मेल (बि॰)] मेलमिलाप; मिलजुल ।
मेलन— ना॰ [सं॰] १. मिलाउने वा मिसाउने काम; मिलावट; मिश्रण । २. भेटघाट; मिलन ।
मेलब्याग— ना॰ [अङ्॰ मेल+ब्याग] डाँकको थैली; चिठीपत्र आदि हाल्ने थैलो ।
मेलम्ची— ना॰हे॰ मेलौँची ।
मेलमिलाप— ना॰ [मेल+मिलाप] परस्परमा राम्रो सम्बन्ध वा मैत्री हुने काम; मिलजुल; मेलजोल ।
मेलशाखा— ना॰ [अङ्॰ मेल+सं॰ शाखो मेल वा डाँकसम्बन्धी काम गर्ने शाखा ।
मेला— ना॰ [सं॰] १. आपसको समागम; भेट; मिलन । २. सभा; समाज । ३. यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट । ४. सुर्मा । ५. खेतीको काम; मेलो । ६. खास अवसरमा लाग्ने बजार; ठूलो हाट । ७. भीड; घुइँचो । ८. स्वरग्राम । (. एक बोटविशेष । १०. गौचरन । ११. धेरै जना मिलेर गरिने आआफ्नो काम ।
मेलापक— वि॰ [सं॰] मेल गराउने; मिलाउने ।
मेलापात— ना॰ [मेला+पात्र] खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज । मेला सन्जोग— ना॰ [मेला+सन्जोग] बेला–मौका; काकताली ।
मेलो— ना॰ [मेला+ओ] १. कामको सिलसिला; मेसो । २. खेतीपातीको काम । ३. एउटा कामदारले दिनभरमा गर्न सक्ने काम । —
मेसो— ना॰ कामको सुर वा सिलसिला ।
मेलौँची— ना॰ [भो॰ ब॰] सिन्धुपाल्चोक जिल्लामा पर्ने इन्द्रावतीको एक मुख्य सहायक नदी; मेलम्ची । ~ घ्याब— ना॰ सोही स्थानमा पर्ने बौद्धमार्गी लामाहरूको एक घ्याब वा देवस्थल । ~ खानेपानी
योजना— ना॰ काठमाडौँको पानीको माग पूर्ति गर्ने ठूलो योजना ।
मेवा— ना॰ [फा॰ मेवे १. मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल । २. प्रायः हाँगा नलाग्ने बोटमा अँडिरका जस्ता पात हुने, काला बियाँ भएका ठूला र लाम्चा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता । ~ मिष्टान्न— ना॰ फलफूल, मिठाई आदि परिकार ।
मेशिन— ना॰हे॰ मेसिन ।
मेष— ना॰ [सं॰] १. भेडो । २. बाह्र राशिमध्ये एक; मेष राशि । —
शृङ्ग— ना॰ १. मेढाशृङ्गी । २. भेडाको सिब । ~ सङ्क्रान्ति— ना॰ वैशाख महिनामा लाग्ने सङ्क्रान्ति; बैसाखे सग्राँती ।
मेसिन— ना॰ [अङ्॰] १. यन्त्र; कल; मिसिन । २. लुगा सिउने साधन; मेशिन । — गन— ना॰ यन्त्रजडित बन्दुक; छिटोछिटो गोली चल्ने बन्दुक । > मेसिनरी— ना॰ १. कुनै कलकारखानामा भएका यन्त्रहरूको समुदाय; कलपुर्जा । २. कार्यसञ्चालन गर्ने अङ्गप्रत्यङ्गको समूह रू
मेसु— ना॰ बाँसको टुसो खाँदेर अमिल्याइएको अचार वा खाद्य पदार्थ; तामा ।
मेसो— ना॰ १. कामको सिलसिला; कार्यक्रम । २. रहस्य; भेउ ।
मेह— ना॰ [सं॰] १. पिसाब; मूत । २. प्रमेह ।
मेहत्तर— ना॰ [फा॰] फोहोरमैला सफा गर्ने काम लिएको व्यक्ति; कुचिकार; पोडे; च्यामे; मेहतर ।
मेहदी— ना॰ [सं॰ मेन्धी] ससाना लाम्चा पात हुने, साना फूल फुल्ने र साना राता गेडा फल्ने, प्रायः स्त्रीजातिले हातखुट्टा रँगाउन प्रयोग गर्ने एक बोट वा त्यसका पातको झोल; तैरिणी; मेन्धी ।
मेहनत— ना॰ [अ॰ मिहनते १. परिश्रम; मिहिनेत; श्रम । २. प्रयास; कोसिस; उद्योग । > मेहनताना— ना॰ मिहिनेत गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी । मेहनती— वि॰ मेहनत गर्ने; परिश्रमी ।
मेहमान— ना॰ [फा॰] १. अतिथि; पाहुना; आगन्तुक; अभ्यागत । २. खानपानका लागि बोलाइएको व्यक्ति; भोजमा निम्त्याइएको व्यक्ति । > मेहमानी— ना॰ १. मेहमान हुने क्रिया वा अवस्था । २. भोज ।
मेहरबान— वि॰ [फा॰ मेहबाने दयालु; कृपालु । > मेहरबानी— ना॰ कृपा; दया; निगाह ।
मेहरो— ना॰ [सं॰ मेघे १. बादलको पङ्क्ति; मेघमाला । २. बर्सेको पानीको झोक्का ।
मेहले— ना॰ एक प्रकारको जङ्गली जनावर ।
मेहेरी— ना॰ [मेहेरो+ई] क्रमैमा आएको पालो । — छोपाइ— ना॰ मौकाअनुसार काम गर्ने क्रिया ।
मैगाँठो— ना॰ [म्वाइँ+गाँठो] धागो वा डोरीका दुई छेउ जोल्ट्याएर पारिएको गाँठो; सुर्काउनी नपारी बनाइएको गाँठो ।
मैझारो— ना॰ [सं॰ मार्जने कामको समाप्ति; टुङ्ग्याउनी । विप॰ खेवारा ।
मैतालु— वि॰ [माइत+आलु] १. माइत धेरै बस्ने (स्त्री) । २. विवाहउपरान्त पहिलोपल्ट दुलहीले माइतमा लैजाने (विभिन्न परिकार) । ३. पतिलाई छोडी माइतैमा बसोबास गर्ने (स्त्री) । ४. पतिको घरबाट माइतमा आएकी (स्त्री) । ~ मैयाँ— ना॰ धेरै दिन माइत बसेकी दुलही ।
मैत्र— वि॰ [सं॰] मित्रसँग सम्बन्धित; मित्रको ।
मैत्री— ना॰ [सं॰] आपसमा हुने मित्रभाव; मित्रता; दोस्ती । — पूर्ण— वि॰ मित्रताको भावनाले भरिएको । ~ सङ्घ— ना॰ दुई देशका बीच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो— नेपालभारत मैत्रीसङ्घ, नेपाल– चीन मैत्रीसङ्घ आदि॰ ।
मैत्रेय— ना॰ [सं॰] १. एक भविष्यत् बुद्ध । २. सूर्य । ३. एक ऋषि । वि॰ ५. मित्र वा साथीसँग सम्बन्ध राख्ने ।
मैथिल— वि॰ [सं॰] १. मिथिला देशसम्बन्धी; मिथिला देशका निवासी । ना॰ २. मिथिलाका राजा जनक । > मैथिली— ना॰ १. मिथिला देशको भाषा । २. सीता ।
मैथुन— ना॰ [सं॰] १. स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग । २. विवाह । ३. मिलाप । ४. जोडी; युगल । >
मैथुनिक— वि॰ १. मैथुन गर्ने । २. मैथुनसम्बन्धी । मैथुनी— वि॰ मैथुन गर्ने ।
मैदल— ना॰ [सं॰ मदनफले लामा काँडा हुने एक जातको सानो रूख । > मैदले— ना॰ मैदल पाइने वा मैदलका रूख भएको ठाउँ ।
मैदा— ना॰ [फा॰ मैदे १. मसिनो पीठो; चूर्ण; पिष्ट; आँटा । वि॰ २. मिही; मसिनो; मिहिन ।
मैदान— ना॰ [फा॰] १. खुला र फराकिलो समथर भूभाग; चउर; फाँट । २. तराई । ३. खेल, परेड आदि खेल्न बनाइएको समतल; टुँडिखेल । ३. अखाडा । ४. दिसापिसाब गर्ने ठाउँ । ५. व्यापक
(उखान— एक कान, दुई कान मैदान॰ ।
मैदाल— ना॰ काँडैकाँडा भएको र नासपातीका जस्ता पात हुने एक वृक्ष; डम्फर ।
मैदीताल— ना॰ कास्की जिल्लामा पर्ने एक प्रसिद्ध ताल ।
मैन— ना॰ [सं॰ मदने १. मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन । २. मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु । ३. भिजेको कुरो कुटीपिँधी साह्रै मसिनु वा नरम पारिएको वस्तु । ~ कपडा— ना॰ वैज्ञानिक प्रक्रियाबाट छालाजस्तो बनाइएको, पानी नछिर्ने एक प्रकारको कपडा (रेक्सिन) । ~ कर— ना॰ उद्योगका रूपमा मौरी पाल्दा वा भीरमौरीको मह काढ्दा महको उत्पादन गरेबापत तिरिने तिरो । ~ फल— ना॰ फुस्रा रबका पात हुने, पहेँलो फूल फुल्ने, काँडादार एक बोट र त्यसैमा फल्ने, औषधीमा प्रयोग गरिने तथा तरकारी खाइने, ओखरजस्तो एक फल; मैदल; मैनगेडी; मदनफल । ~ बत्ती— ना॰ मैनबाट तयार पारिएको; बीचमा वारपार लामो धागो हाली डोलो पारिएको बालिने बत्ती; मइनबत्ती ।
मैनसिल— ना॰ [सं॰ मनःशिलो हल्का पहेँलो एक खनिज द्रव्य; नेपाली; दिव्यौषधी ।
मैना— ना॰ सारौँजस्तो कालो रब हुने, मानिसको झँै बोली निकाल्न सक्ने, घरमा पिँजडामा राखी पालिने एक प्रसिद्ध चरो; सारिका । — को बोली— ना॰ साह्रै प्यारो वा मीठो बोली ।
मैनाक— ना॰ [सं॰] पुराणअनुसार हिमालय र मेनकाको छोरो मानिएको एक पर्वत ।
मैन्हा— ना॰ हे॰ महिना । — मारी— वि॰ मैन्हा पूरा हुँदा पाइने वा भेटिने (तलब आदि॰ । — वारी— ना॰ महिनामारी ।
मैमत्त— वि॰ [सं॰ मदोन्मत्ते अभिमानले पूर्ण; मदमत्त; अहङ्कारी; मैमत्ता; मइमत्त । > मैमत्ता— वि॰ मैमत्त; अहङ्कारी ।
मैयाँ— ना॰ [सं॰ मातृ] १. राजकन्या; राजकुमारी; मैयाँसाहेब । २. छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द । ~
साहेब— ना॰ मैयाँलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; मैयाँ ।
मैरी— ना॰ सानो हाते घन; कीला आदि ठोक्ने मुङ्ग्रो; नँमुग; (ह्यामर॰ ।
मैरेय— ना॰ [सं॰] एक प्रकारको मादक पेय पदार्थ; धयेँराको फूल, चाकु, अमला र बर्रोबाट तयार पारिने एक प्रकारको रक्सी ।
मैरो— ना॰ १. मझेरी; छिँडी । २. चौको ।
मैल— ना॰हे॰ मयल ।
मैला— ना॰ [मैल+ओ १. फोहोर; कसिङ्गर । २. विष्ठा; गुहु । ३. दाग; धब्बा ।
मैलि–नु— अ॰ क्रि॰ [मैलो+इ+नु] १. मैलो हुनु; मलिन हुनु; कालो हुनु; फोहोर लाग्नु । २. घसरपसर हुनु; काती हुनु; घिस्टिनु; दाग लाग्नु ।
मैलो— वि॰ [सं॰ मलिने १. मैल भएको; मैल लागेको; मैलयुक्त । २. सफासुग्घर नभएको; फोहर । ३. अँध्यारो; मलिन ।
मैल्याइ— ना॰ [रू मैलि (+याइ॰] १. मैलिने भाव, क्रिया वा प्रक्रिया । [ मैल्याउ+आइ] २. मैल्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ]
मैल्याइनु— क॰ क्रि॰ मैलो पारिनु । मैल्याउनु— स॰ क्रि॰ मैलो पार्नु; फोहोर गर्नु ।
मोक्तो— ना॰ मोमोचा बनाउने भाँडाको एक खण्ड वा तह ।
मोक्ष— ना॰ [सं॰] १. जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण । २. बन्धनबाट छुट्ने काम; छुटकारा । ३. मरण; मृत्यु । ४. उद्धार । ५. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राबराबरको नाप । — दा— वि॰ १. मोक्ष दिने; मुक्त गर्ने । ना॰ २. मार्ग शुक्ल एकादशी ।
मोगलान— ना॰हे॰ मुगलान ।
मोघ— वि॰ [सं॰] १. व्यर्थ हुने; खेर जाने; निरर्थक । २. निरुद्देश्य; निष्प्रयोजन ।
मोच१— ना॰ [प्रा॰ मच्चु] १. झट्का वा धक्का लागेर शरीरका कुनै भागको जोर्नीको नसा यताउता हुने क्रिया । २. गर्भमा नै बालक मरेर जन्मने वा जन्मनासाथ मर्ने एक रोग । ३. बालक सुक्तै जाने एक रोग ।
मोच२— ना॰ [सं॰ मुञ्जे बाबियोजस्तो पाट निकालिने एक थरी बोट ।
मोचन— ना॰ [सं॰] १. कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम । २. हटाउने काम; अपसारण ।
मोचामोची— ना॰ [मोचो+मोचो] सानातिना केटाकेटी ।
मोचो— ना॰ [नेवा॰ मचो १. केटो; ठिटो । २. नोकर ।
मोच्याहा— वि॰ [मोच+याहो मोच रोग भएको र हुनेगरेको (मानिस वा ठाउँ॰ । स्त्री॰ मोच्याही ।
मोज— ना॰ [अ॰ मौजे १. सुख; आनन्द; सोख; मज्जाग् चैन; मौज । २. मनको लहड; हौसला; उमङ्ग । ~ मज्जा— ना॰ मनमोज; मोज र मज्जा; सुखचैन; आमोदप्रमोद ।
मोजरा— ना॰ [फा॰ मुजरो १. आंशिक छुट । २. धनीलाई गरिने अभिवादन । ३. रन्डीहरूले बसीबसी गाउने प्रक्रिया ।
मोजा— ना॰ [फा॰] पैतालादेखि पिँडौलामनिसम्म ढाक्ने गरी गोडामा लगाइने वस्त्र वा पहिरन ।
मोजी— वि॰ [मोज+ई] मोज गर्ने; आनन्दी; मस्त; मौजी ।
मोटक— ना॰ [सं॰] श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्य्राएर पवित्र बनाइएको कुश ।
मोटर— ना॰ [अङ्॰] १. पेट्रोल, डिजेल, विद्युत्शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा । २. त्यस्तो यन्त्रबाट सञ्चालित हुने सवारी साधन । ~ कार— ना॰ मोटरबाट सञ्चालित हुने सुविधायुक्त हल्का सवारी साधन; कार । — खाना— ना॰ मोटर राख्ने ठाउँ; ग्यारेज । ~ गार्ड— ना॰ मोटरगाडीहरूमा चक्काको ठीक माथि रहने फलामे ढकनी । ~
साइकल— ना॰ मोटर इन्जिनबाट चल्ने दुईपाङ्ग्रे सवारी; मोटरब्याक; भ्याटभ्याटे ।
मोटाइ— ना॰ [रू मोटाउ (+आइ॰] १. मोटाउने भाव, क्रिया वा प्रक्रिया । २. मोटोपन । [ > ] मोटाइनु— अ॰ क्रि॰ १. मोटो होइनु । २. धनी बनिनु ।
मोटाउनु— अ॰ क्रि॰ [मोटो+आउ+नु] १. मोटो हुनु; पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु । २. धनी हुनु; सम्पन्न हुनु ।
मोटामोटी— वि॰ १. राम्रोसँग नियाल्ने काम नभएको; गहिरिएर नहेरिएको (हिसाब आदि॰ । २. मामुली; साधारण; सामान्य । ३. पुग–नपुग; झन्डै ।
मोटित— व [सं॰] १. घुमुर्क्याइएको; गाँठो पारिएको । २. बाटेर पवित्र बनाइएको (कुश॰ ।
मोटिलो— वि॰ [मोटो+इलो] मोटो भएको; थसुल्ले; मोटो ।
मोटो— वि॰ [प्रा॰ मुट्टे १. जीउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो । २. फैलिएको घेरो वा ठूलो चाब भएको । ३. मिहिन नभएको; खस्रो । ४. धेरै सम्पत्ति भएको; सम्पन्न । ५. धेरै खाँदिएको; बाक्लो । ६. गढिलो नभएको; बोधो (बुद्धि, काम इ॰) । — घाटो— ना॰ देख्दैमा रहरलाग्दो जीउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्त ।
मोट्टायित— ना॰ [सं॰] काव्यशास्त्रका अनुसार प्रियतमको गुण आदिको प्रशंसा सुनेर मुग्ध भई अनुराग व्यक्त गर्ने एक प्रकारको भाव ।
मोट्याइलो— वि॰ [मोटो+याइलो] मोटो–मोटोजस्तो लागेको; लगभग मोटो ।
मोठ— ना॰ [सं॰ मुष्टि] १. जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब । २. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ । ३. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड । ४. सम्पत्तिको मूल हिसाब लेखिएको कागज । क्रि॰ वि॰ ५. एकमुस्ट; डक्क । ~ तहबिल— ना॰ मुख्य ढुकुटी; एकमुस्ट वा सम्पूर्ण रकम राखिने ढुकुटी । — बन्दी— ना॰ किल्लाबन्दी; साँधसिमाना लगाउने काम ।
मोड्–नु— स॰ क्रि॰ [सं॰ मुर्+नु] १. बङ्ग्याउनु; टेढ्याउनु । २. बाटो बदल्नु; दायाँ–बायाँ लाग्नु । ३. पट्याउनु; दोबार्नु । >
मोड— ना॰ १. सडक घुमेको वा मोडिएको ठाउँ; मोडिने ठाउँ; डेउढी; ड्यौढी; घुम्ती । २. मुहुडा ।
मोडदार— वि॰ [मोड+दार] मोड भएको; घुम्ती भएको । ~ पर्वत— ना॰ कुनै भाग माथि उठेको कुनै भाग तल धसिएको पहाड ।
मोडाइ— ना॰ [रू मोड् (+आइ॰] मोड्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] मोडाइनु— क॰ क्रि॰ मोड्न लाइनु । मोडाउनु— प्रे॰ क्रि॰ मोड्न लाउनु । मोडिनु— अ॰ क्रि॰ १. बाटो बदलेर वा घुमेर जानु । २. टेढिनु; बाङ्गिनु । ३. दोब्रिनु । क॰ क्रि॰ ४. बङ्ग्याइनु ।
मोतिया— ना॰ बाटुला किसिमका ससाना पात हुने र बास्नादार सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल । ~ बिन्दु— ना॰ मोतीबिन्दु ।
मोती— ना॰ [सं॰ मौक्तिके समुद्री सिपीबाट निस्कने वा बन्ने एक प्रकारको बहुमूल्य सेतो रत्न; मुक्ताफल । — चुर— ना॰ जिलेबीझँै घिउमा पकाई पागमा डुबाएर बनाइने दानादार मिठाई; मुगीको लड्डु । ~ दाने— वि॰ मोतीका दानाजस्ता राम्रा (अक्षर आदि॰; मोतीका दानाझैँ । ~ बिन्दु— ना॰ आँखाको नानीमा जालो पर्ने एक रोग; मोतियाबिन्दु । — राम— ना॰ नेपाली साहित्यको माध्यमिक कालमा शृङ्गारधाराका प्रवर्तक, सक्रिय कवि तथा प्रसिद्ध साहित्यसेवी । (पूरा नाम: मोतीराम भट्ट, जीवनकाल: वि॰ सं॰ १९२३ — १९५३० ।
मोथे— ना॰ [सं॰ मुस्तो कसुरका जस्ता पात हुने, ज्वाने फूलझैँ फुल्ने (साइपरेसी समूहको॰ एक भुईँझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता ।
मोद— ना॰ [सं॰] १. आनन्द; प्रसन्नता; हर्ष; खुसी । २. सुगन्ध; बास्ना । > मोदक— वि॰ १. मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद । ना॰ २. लड्डु ।
मोदी— ना॰ [सं॰ मोदिनी] अन्नपूर्णा हिमालको पूर्वी भाग र माच्छापुच्छ्रे हिमालको पश्चिमी भागबाट उत्पन्न भई पर्वत जिल्लाको कुस्मादेखि आधा कोस दक्षिणमा पुगी कालीगण्डकीमा मिसिने एक नदी । — बेनी— ना॰ कालीगण्डकीको तीरमा स्थित, नृसिंहको मन्दिर रहेको एक प्रसिद्ध तीर्थस्थान ।
मोनाल— ना॰ [रू मुनाले जीउमा खैरो भुईँमा छिर्केमिर्के रब हुने डाँफेजस्तो एक जातको सुन्दर पक्षी ।
मोनोग्राम— ना॰ [अङ्॰] एक वा एकभन्दा बढी अक्षरहरूको सङ्क्षिप्त साङ्केतिक चिह्न; गुम्फाक्षर ।
मोनोटाइप— ना॰ [अङ्॰] पगालिएको सिसा मेसिनमा ढलान भई आफैँ लहरमा कम्पोज हुँदै जाने, छाप्ने अक्षर । ~ मेसिन— ना॰ मोनोटाइप ढाल्ने यन्त्र ।
मोफसल— ना॰ [अ॰ मुफस्सले १. नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्त । वि॰ २. फैलिएको; सविस्तार । ३. राजधानीभन्दा बाहिरको ।
मोबिल— ना॰ [अङ्॰] कलपुर्जाहरूलाई गतिशील बनाउन तथा चिल्लो पारिराख्नका लागि हालिने गाढा तेलविशेष ।
मोम— ना॰ [फा॰] हे॰ मैन; मइन । ~ बत्ती— ना॰ मैनबत्ती ।
मोरब— ना॰ नेपाल अधिराज्यको कोसी अञ्चलअन्तर्गत पर्ने तराईखण्डको एक जिल्ला ।
मोरङ्गे— वि॰ [मोरब+ए] १. मोरबमा पाइने; मोरबको । ना॰ २. मोरबको रैथाने । ~ तिल— ना॰ लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजीराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल ।
मोरचा— ना॰हे॰ मोर्चा ।
मोरी— ना॰ [मोरो+ई] स्त्रीहरूलाई प्यारो गरेर, झर्को देखाएर वा गालीका रूपमा प्रयोग गरिने शब्द; 'मोरो'को स्त्री रूप ।
मोरो— ना॰ [मर्+ओ] १. मुर्दा; लास; शव । २. लोग्नेमानिसलाई गाली गर्दा वा भित्र माया भए तापनि बाहिर रिस देखाउँदा प्रयोग गरिने शब्द ।
मोर्चा— ना॰ [फा॰ मोरचे १. सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती । २. फौजलाई बलियो पार्ने किसिमले मिलाएर बनाइएको व्यूह; मोरचा । ३. विपक्षी सेनाका साथ गरिने प्रतिस्पर्धाका निम्तिको बलियो तयारी । ४. त्यस्तो तयारीका साथ शत्रुसँग गरिने सामना । ५. ताल्चा लगाउने एक साधन । — बन्दी— ना॰ विरोधी पक्षको सामना गर्न मोर्चा बनाउने काम ।
मोल्–नु— स॰ क्रि॰ [मोल+नु] कुनै चीजबीचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु ।
मोल— ना॰ [सं॰ मूल्ये कुनै वस्तुको मूल्य; भाउ; दर; दाम; किम्मत । — तोल— ना॰ सरसामान किनमेल गर्दा मोल घटाउने वा मिलाउने काम; भाउ गर्ने काम । ~ मोलाइ— ना॰ मोलतोल ।
मोलम्बा— ना॰हे॰ मुलम्मा ।
मोलाइनु— क॰ क्रि॰ [रू मोलाउ (+इ+नु॰] मोल्न लाइनु । [ > ]
मोलाउनु— प्रे॰ क्रि॰ मोल्न लाउनु; दर वा भाउ किटाउनु ।
मोलामोल— ना॰ [मोल+मोल] परस्परमा गरिने मोलतोल; भाउको कसाकसीग् भाउताउ ।
मोलाहिजा— ना॰ [अ॰ मुलाहिजो मुलाहिजा; मोलाइजा ।
मोलिनु— क॰ क्रि॰ [मोल्+इ+नु] मोलतोल गरिनु; भाउ तोकिनु ।
मोस्–नु— स॰ क्रि॰ [सं॰ मुष्+नु] १. एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु । २. पाउनुपर्ने अंश वा भाग नदिनु; हकभाग नलाउनु । ३. ठग्नु; वञ्चित गर्नु ।
मोसम/मोसमी/मोसम्बी— ना॰ [पुर्त॰] चाक्सीका छाँटको, पातलो बोक्रो र गुलिया केस्रा हुने एक प्रकारको तागतिलो फल ।
मोसाइ— ना॰ [रू मोस् (+आइ॰] मोस्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] मोसाइनु— क॰ क्रि॰ मोस्न लाइनु । मोसाउनु— प्रे॰ क्रि॰ मोस्न लाउनु; ठगाउनु । मोसिनु— क॰ क्रि॰ हकभाग नलाइनु; वञ्चित गरिनु; ठगिनु ।
मोसो— ना॰ धूवाँका कालाकाला कण जमेको धूलो; ध्वाँसो ।
मोह— ना॰ [सं॰] १. अविद्या; अज्ञान; निर्बुद्धि । २. आध्यात्मिक दर्शनका अनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति । ३. भ्रान्ति; भ्रम । ४. लट्ठिने खालको प्रेम; व्यामोह । ५. झुक्यान; भूल; त्रुटि । ६. भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा । — क— वि॰ मोह गर्ने; मोहित पार्ने । ~ जाल— ना॰ मायाको बन्धन; मोहको जाल ।
मोहडा— ना॰ [रू मुहुडो १. अनुहार; चेहरा । २. सामुन्नेको भाग; मुहुडा । ३. घोडाका टाउकामा लगाइने लगाम आदि साज ।
मोहन— ना॰ [सं॰] १. कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम । २. बेहोस वा मूर्च्छित पार्ने तान्त्रिक विधि; मोहनी; मुहुनी । ३. कामदेवका पाँच बाणमध्ये एक । ४. कृष्ण । ~ आकाशवाणी— ना॰ नेपालमा सं॰ २०)फ्–मा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा स्थापना गरिएको पहिलो आकाशवाणी केन्द्र । ~ चोक— ना॰ काठमाडौँको हनुमान्ढोका दरबारभित्रको एक प्रसिद्ध चोक । — माला— ना॰ खास गरेर कुमालजातिले लाउने, तिलहरीजस्तो लाम्चो गहना । — शमशेर— ना॰ राणाकालका अन्तिम र वि.सं. २०)७ को परिवर्तनपछि गठित सरकारको प्रथम प्रधानमन्त्री । श्र मोहनास्त्र— ना॰ शत्रुपक्षलाई मोहका वशमा पार्ने र मूर्च्छित तुल्याउने प्राचीन कालको एक अस्त्र ।
मोहनिद्रा— ना॰ [सं॰] १. मोह वा अज्ञानको वशमा परेर आउने निद्रा वा बेहोसी । २. मोहमा परी निश्चेष्ट वा संज्ञाहीन हुने क्रिया वा स्थिति ।
मोहनी— ना॰ [सं॰] १. अरूलाई आफ्नो वशमा पार्ने वा लट्ठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी । २. विष्णुका चौबीस अवतारमध्ये एक । ३. मोहित पार्ने शक्ति; माया ।
मोहनीय— वि॰ [सं॰] मोहित पार्न लायक; मोहित पार्ने खालको ।
मोहपाश— ना॰ [सं॰] मोहजाल; मायाजाल ।
मोहर— ना॰ [फा॰ मुह्रे १. पचास पैसाको नेपाली सिक्का । २. चाँदीको मुद्रा । ३. अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा । ४. त्यस्तो साधनबारा छापिएको चिह्न । ~ रुपियाँ— ना॰ धातुका मुद्रा वा सिक्का; मो॰ रु॰ ।
मोहर–नु— स॰क्रि॰हे॰ मोहोर्नु ।
मोहरा— ना॰ [फा॰ मोहरे बुद्धिचाल वा चेस खेलका गोटी ।
मोहराइ— ना॰ [रू मोहर् (+आइ॰] मोहर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] मोहराइनु— क॰ क्रि॰ मोहर्न लाइनु । मोहराउनु— प्रे॰ क्रि॰ मोहर्न लाउनु । मोहरिनु— क॰ क्रि॰ मोहर्ने काम गरिनु ।
मोहरिया— वि॰हे॰ मोहोरिया ।
मोहशास्त्र— ना॰ [सं॰] मोह वा अज्ञानमा अल्झाउने विद्या; मोहनी विद्या ।
मोहित— वि॰ [सं॰] १. जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध । २. आस देखाइएको; लोभ्याइएको; लुब्ध । ३. कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको ।
मोहिनी— वि॰ [सं॰] १. मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री॰ । ना॰ २. एक अप्सराको नाम । ३. एक प्रकारको चमेलीको फूल । ४. मोहिनी विद्या; वशीकरण मन्त्र ।
मोहिया— ना॰ [मोही+इयो १. मोहीको काम; किसानी । २. मोहीको काम गर्ने मानिस ।
मोहियानी— वि॰ [मोही+यानी] १. मोहीसम्बन्धी; मोहीको २. मोहीले पाउने (अधिकार वा हक) । ~ हक— ना॰ जग्गा कमाएबापत कानुनअनुसार मोहीले पाउने आंशिक अधिकार ।
मोही१— ना॰ [सं॰] १. मोहित पार्ने । २. मोह भएको । ३. लुब्ध; लोभी ।
मोही२— ना॰ [सं॰ मही] कुत तिर्ने सर्त वा कबुलमा अर्काको जग्गा कमाउने व्यक्ति; मोहिया । ~ नाइके— ना॰ मोहीहरूसँग कुत वा तिरोभरो उपर गर्ने जग्गाधनीको सिपाही । ~ निष्कासन— ना॰ भूमिसम्बन्धी कानुनबमोजिम जग्गाधनीले मोहीलाई मोहियाबाट खोस्ने काम । ~ लहरो— ना॰ बाटुला बाक्ला पात हुने, सेतो रबको एक थरी लहरो ।
मोहेन्जोदाडो— ना॰ सिन्धुसभ्यताका भग्नावशेष पाइएको, कला, संस्कृति र सभ्यताले पूर्ण भएको एक प्राचीन नगर ।
मोहोजी— ना॰ [अ॰ मग्जे पोसाकका छेउछाउमा गाँसिने लुगाको पेटी वा धरो; सेप्टी; सन्जाप ।
मोहोटि–नु— अ॰ क्रि॰ [मोहोटो+इ+नु] धेरै खानाले अमन हुनु; खान मन मर्नु ।
मोहोटो— ना॰ अरुचि; अमन ।
मोहोट्याइ— ना॰ [रू मोहोटि (+याइ॰] मोहोटो हुने वा मोहोटिने क्रियाप्रक्रिया । [ > ] मोहोट्याइनु— क॰ क्रि॰ मोहोट्याउने पारिनु । मोहोट्याउनु— स॰ क्रि॰ मोहोटिने पार्नु । मोहोट्याहट— ना॰ मोहोटिने भाव वा अवस्था ।
मोहोतो— ना॰ [प्रा॰ मुहडे भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ ।
मोहोर्–नु— स॰ क्रि॰ [सं॰ मण्डन+नु] १. छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु, आवरण वा जिल्द हाल्नु; मोहर्नु । २. तह थपेर छोप्नु; मुख ढाकेर बन्द गर्नु ।
मोहोरङ्गे— ना॰ पातको उल्टापट्टि बिझ्ने झुस हुने एक जातको झार ।
मोहोराइ— ना॰ [रू मोहोर् (+आइ॰] मोहोर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] मोहोराइनु— क॰ क्रि॰ मोहोर्न लाइनु । मोहोराउनु— प्रे॰ क्रि॰ मोहोर्न लाउनु । मोहोरिनु— क॰ क्रि॰ छाला, कपडा आदिले छोपिनु; मोहोर्ने काम गरिनु ।
मोहोरिया— वि॰ [मोहोर+इयो मोहोर वा छाप लागेको; छापे; सनद भएको; मोहरिया ।
मोहोरी— ना॰ [रू मोहडा+ई] तोप, बन्दुक आदिको गोली निस्कने मुख; मोहरी ।
मोहोलो— ना॰ बालीनाली नखाओस् भनी बस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मोहलो ।
मौका— ना॰ [अ॰ मौके १. काम गर्न सुहाउँदो समय; बेलाबखत । २. अवसर; अनुक¨लता; सन्जोग । ~ तहकिकात— ना॰ मौका वा समयमै गरिने खोजतलास । ~ परीक्षा— ना॰ असफल भएको पत्रमा पुनः दिन पाइने परीक्षा; पुनःपरीक्षा ।
मौक्तिक— ना॰ [सं॰] मोती ।
मौखिक— ना॰ [सं॰] १. मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको । २. लिखित रूपमा नगरिएको । ३. मुखले भनेको । ४. वचन वा स्वीकृति दिइएको ।
मौज— ना॰ हे॰ मोज ।
मौजा— ना॰ [अ॰ मौजे १. गाउँ; ग्राम । २. जग्गा; जमिन । ३. जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे ।
मौजी— वि॰ हे॰ मोजी ।
मौजुद— वि॰ [अङ्॰] १. उपस्थित; ठीकठाक; खडा; हाजिर । २. सामुन्ने वा अगिल्तिर रहेको । ३. तयार; प्रस्तुत । > मौजुदा— क्रि॰ वि॰ यस वेला; वर्तमान समयमा; हाल ।
मौजे— ना॰ [मौजा+ए] मौजा ।
मौजेनी— ना॰ [मैजा+एनी] १. मौजाहरूको फिहरिस्त; मौजाहरूको विवरण । क्रि॰ वि॰ २. मौजापिच्छे; हरेक मौजामा ।
मौज्दात— ना॰ [फा॰] १. कुल पुँजी; जम्मा भएको मूल धन; मौजात । २. सञ्चित वा जम्माजम्मी धन ।
मौज्यानी— ना॰ १. मौजासँग सम्बन्धित । २. मौजाको समुदाय, मौजेनी ।
मौञ्जी— ना॰ [सं॰] ब्रह्मचर्य, तपस्या आदि साधना गर्नाका निम्ति लगाइने मुजका डोरीको कटिसूत्र; मेखला । ~ बन्धन— ना॰ उपनयन संस्कार; व्रतबन्ध ।
मौद्गल्य— ना॰ [सं॰] गोत्रप्रवर्तक एक ऋषि । ~ गोत्र— ना॰ मौद्गल्य ऋषिबाट चलेर आएको एक गोत्र; कोइराला, कुइँकेल, उप्रेती, तिमिल्सिना आदिको गोत्र ।
मौद्रिक— वि॰ [सं॰] मुद्रासँग सम्बन्धित; मुद्राको । ~ आचार संहिता— ना॰ सीमित क्षेत्रभित्र रहेर बैङ्कहरूले सञ्चालन गर्नुपर्ने कारोबार आदि । ~ नीति— ना॰ मुद्राको विनिमय, स्थिरता, प्रचलन आदिका सम्बन्धमा अँगालिने नीति वा नियम । ~ विनिमय— ना॰ विभिन्न देशका मुद्राको पारस्परिक विनिमय वा सटही । ~ तरलता— ना॰ मुद्रालाई तुरुन्तै वस्तुमा बदल्न सकिने अवस्था; नगदलाई वस्तुमा परिवर्तन गर्ने क्रिया
मौन— ना॰ [सं॰] १. मौनीहरूको व्रत वा नियम । २. नबोल्ने नियम वा क्रिया; चुप । ~ जुलुस— ना॰ कुनै कुराको विरोध प्रदर्शन गर्दा नाराबाजी नगरी शान्तिपूर्ण तरिकाले निकालिने जुलुस । ~ धारण— ना॰ चुप लागेर बस्ने काम । ~ पठन/पाठ— ना॰ लिखित सामग्रीलाई श्रवणीय उच्चारणविना ओठ, जिभ्रो नचलाई पढ्ने काम; मनमनैको पढाइ । ~ वाचन— ना॰ आवाज ननिकाली मनमनै पढ्ने काम; मौनपाठ । ~ व्रत— ना॰ नबोल्ने व्रत; चुप रहने व्रत । ~ व्रती— वि॰ मौनव्रत लिएको; नबोल्ने भएर बस्ने; मौनी ।
मौनी— वि॰ [मौन+ई] १. मौनव्रत धारण गर्ने; मौनव्रती; अबोला । ना॰ २. माघ महिनाको अमावास्या । ३. मुनि ।
मौरी१— ना॰ धापिलो जग्गामा उम्रने, झन्डै उन्यूका जस्ता पात हुने एक किसिमको झार ।
मौरी२— ना॰ [रू माहुरी] माहुरी; माउरी । — को गोलो— ना॰ १. मौरी बस्ने र मौरीले मह काढ्ने थलो । २. टुङ्गो नलागेको स्थिति । ~ पालन— ना॰ महका निम्ति वैज्ञानिक ढङ्गले मौरी पाल्ने उद्योग ।
मौरो— ना॰ धापिलो जमिनमा हुने एक जातको घाँस ।
मौर्य— ना॰ [सं॰] चन्द्रगुप्त मौर्यदेखि प्रारम्भ भएको, मगधको प्रसिद्ध एक प्राचीन राजवंश ।
मौर्वी— ना॰ [सं॰] १. धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा । २. मूर्वी घाँसको डोरीबाट बनाइएको कन्धनी ।
मौल–नु— अ॰ क्रि॰ [प्ा॰ मउल+नु] राम्ररी सप्रनु; सप्लाउनु; फस्टाउनु; खूब फैलिनु; मौलाउनु ।
मौलवी— ना॰ [अ॰] १. इस्लामी धर्मशास्त्रका पुरोहित । २. अरबी, फारसी, उर्दू आदि भाषा पढाउने मुसलमान शिक्षक ।
मौलश्री— ना॰ [सं॰] हे॰ मौलसिरी ।
मौलसिरी— ना॰ [सं॰ मौलश्री] ससाना सुगन्धी सेता फूल फुल्ने सदाबहार एक वृक्ष; सोही बोटको फूल; मौलश्री; बकुल ।
मौलाइ— ना॰ [रू मोलाउ (+आइ॰] मौलाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] मौलाइनु— क॰ क्रि॰ बोटबिरुवा आदि सप्रने पारिनु । मौलाउनु— अ॰ क्रि॰ १. बोटबिरुवा आदि लहलहाउनु; खूब सप्रनु; हरिलोभरिलो हुनु । २. उन्नति हुँदै जानु; बढिबढाउ हुनु ।
मौलिक— वि॰ [सं॰] १. मूल वा जडसित सम्बन्धित; मूलभूत । २. मुख्य; प्रधान । ३. कसैको आधार नलिएको; नवीन वा सृजनात्मक । ~ अधिकार— ना॰ कुनै पनि प्रजातान्त्रिक देशको संविधान वा कानुनी परम्पराले त्यस देशका नागरिकहरूलाई प्रदान गरेका मूलभूत अधिकार; मौलिक हक । ~ कर्तव्य— ना॰ मौलिक हक पाएबापत नागरिकले राष्ट्रका प्रति गर्नुपर्ने कर्तव्य । — ता— ना॰ मौलिक हुनाको भाव वा अवस्था । ~ रचना— ना॰ अरूको अनुवाद, नक्कल आदि नगरी आफ्नै सृजनात्मक प्रतिभाबारा तयार पारिएको कथा, कविता, निबन्ध आदि रचना । ~ हक— ना॰ मौलिक अधिकार ।
मौलिनु— अ॰ क्रि॰ [मौल+इ+नु] सप्रिनु; झाँगिनु; लहलहाइनु ।
मौलिमणि— ना॰ [सं॰] १. श्रीपेचमा जडिएको रत्न । २. मस्तकमा पहिरिने मणि ।
मौली— ना॰ [सं॰] १. धरती; पृथ्वी । वि॰ २. शिरमा मुकुट भएको ।
मौलो— ना॰ [सं॰ मौलि] १. परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने कीलो; पशुवध गरिने ठाउँ । २. हात्ती बाँध्ने कीलो; खमारी; खम्बा । ३. दाइँ गर्ने खलाका बीचमा गाडेको खाँबो; मियो ।
मौवा— ना॰ १. लाम्चालाम्चा पात हुने, भाले र पोथी अङ्ग भिन्नभिन्नै फूलमा हुने एक प्रकारको लेकाली वृक्ष । २. महुवा ।
मौसम— ना॰ [अ॰ मौसिमे १. उपयुक्त वा अनुक¨ल समय । २. सर्दी, गर्मी आदिका दृष्टिले विभाजित समय; ऋतु; याम । ३. बालीनाली लाउने वा पाक्ने खास समय ।
मौसमी— वि॰ [मौसम+ई, अ॰ मौसिमी] मौसमसम्बन्धी; मौसमको; ऋतु–ऋतुमा हुने । ~ रिपोट/विवरण— ना॰ जलवायु मापक यन्त्रबारा पहिल्याइने मौसमसम्बन्धी विवरण वा तथ्य । ~ हावा— ना॰ मनसुन ।
मौसुफ— वि॰ [अ॰ मौसूफे १. प्रशंसा गरिएको; तारिफ गरिएको । सर्व॰ २. राजा तथा राजपरिवारका अन्य सदस्यहरूलाई निज वा मजकुरका अर्थमा प्रयोग गरिने सम्मानवाची शब्द; मौसूफ ।
मौसूफ— वि॰/सर्व॰ [अ॰] हे॰ मौसुफ ।
मौहूर्तिक— ना॰ [सं॰] १. ज्योतिषी; गणक । वि॰ २. मुहूर्तसम्बन्धी ।
म्याँ— क्रि॰ वि॰ [अ॰ मू॰] १. भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी । ना॰ २. त्यसरी कराउँदाको आवाज वा ध्वनि ।
म्याउँ— ना॰ [अ॰ मू॰] १. बिरालो (बालबोलीमा॰ । क्रि॰ वि॰ २. बिरालो कराएको आवाज आउने गरी । > म्याउँचे— वि॰ म्याउँम्याउँ गर्ने खालको; म्याउँम्याउँ गरी बोल्ने (मानिस॰ । स्त्री॰ माउँची । — म्याउँ— ना॰ १. डराएर थुरथुर हुने चाल वा बिस्तारै बोल्ने काम । क्रि॰ वि॰ २. लगातार म्याउँको आवाज निकालेर ।
म्याक्सी— ना॰ [अङ्॰] गलादेखि गोडासम्म छोप्ने खालको एउटै जनाना पोसाक ।
म्याग्दी— ना॰ नेपालको धवलागिरि अञ्चलअन्तर्गत रहेको एक जिल्ला ।
म्याग्मा— ना॰ पृथ्वीभित्र रहेको वा जमिनमुनिको पग्लेको चट्टान ।
म्याङ्लुब— ना॰ [लि॰ म्याब (ढुङ्गो॰+लुब (बिरालो॰] १. नेपाल अधिराज्यको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी । २. सोही देवीको स्थान रहेको ठाउँ ।
म्याच— ना॰ [अङ्॰] १. फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल । २. सलाई । ~ फ्याक्टरी— ना॰ सलाई बनाउने कारखाना
(जस्तो— जुद्ध म्याच फ्याक्टरी॰ ।
म्याट्रिक— वि॰ [अङ्॰ मेट्रिक्से १. दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली॰ । ना॰ २. प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन । > म्याट्रिकुलेसन— ना॰ विश्वविद्यालयमा प्रवेश पाउर्नका निम्ति उत्तीर्ण गर्नुपर्ने परीक्षा; एस.एल.सी. ।
म्याद— ना॰ [अ॰ मीयादे १. कुनै कामकुराका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा । २. प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा ।
म्यादी— वि॰ [म्याद+ई] म्याद भएको; अस्थायी । ~ जरो— ना॰ आँठेजरो (टाइफाइड) । ~ मलाहा— ना॰ वर्षायामका लागि मात्र हुलाक वस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी ।
म्यान— ना॰ [फा॰ मियाने तरबार राख्ने दाप वा खोल ।
म्याना— ना॰ [फा॰ मियाने प्रायः चार जनाले बोक्ने, ठूलो सन्दुकका आकारको सवारी साधन; उलिन्काठ; तामदान; पालकी ।
म्यानेजर— ना॰ [अङ्॰] कुनै संस्थान, निगम, भोजनालय आदिका मुख्य व्यक्ति वा पदाधिकारी; प्रबन्धक; व्यवस्थापक ।
म्यानेजिब— वि॰ [अङ्॰] कामको प्रबन्ध गर्ने; कामको व्यवस्थासम्बन्धी । ~ एजेन्ट— ना॰ सम्बन्धित ठाउँहरूमा गई प्रबन्ध मिलाउने व्यक्ति; प्रबन्ध मिलाउने गुमस्ता । ~ डाइरेक्टर— ना॰ महाप्रबन्धक; प्रमुख व्यवस्थापक ।
म्यान्जो— ना॰ लामो बसिबियाँलो ।
म्यारिड–प्रिन्ट— ना॰ [अङ्॰] चलचित्रकलामा दृश्य र ध्वनिको सम्मिश्रण गरिएको रिल ।
म्युजियम— ना॰ [अङ्॰] १. ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका मूर्ति, कला आदिको सङ्ग्रहालय; अजायबघर । २. राष्ट्रिय सङ्ग्रहालय ।
म्युनिसिपल— वि॰ [अङ्॰] नगरपालिकासम्बन्धी । > म्युनिसिपलिटी— ना॰ नगरपालिका ।
म्रियमाण— वि॰ [सं॰] मर्न लागेको; मरणोन्मुख ।
म्लान— वि॰ [सं॰] १. ओइलाएको; सेलाएको; थाकेको । २. कमजोर; निर्धो; दुर्बल । ३. उदास; खिन्न । ४. फोहोर; मैलो । — ता— ना॰ म्लान हुनाको भाव, क्रिया वा अवस्था ।
म्लेच्छ— वि॰ [सं॰] १. संस्कृत भाषा नबोल्ने -जाति_; अनार्य जाति । २. आर्य धर्मको पालना नगर्ने । ३. नीच; अधम । ४. पापी । ५. फोहोरी ।
म्वाइँ— ना॰ प्यारो गरेर कसैको गाला आदि कुनै अङ्ग चुम्ने काम; चुम्बन । ~ खानु— टु॰ १. चुम्बन गर्नु । २. अतिशय प्यार देखाउनु
म्वाल्या— वि॰ धेरै; थुप्रै; मनग्य; प्रशस्त ।