नेपाली शब्दसमूह ४६ भि

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

भिँगुवा— ना॰ एक जातको चरोविशेष ।

भिँडा— ना॰ [सं॰ भिण्डो भन्टा । > भिँडी— ना॰ १. रामतोरियाँ । २. सानो एक जातको भन्टा ।

भिँडे— वि॰ [भिँडा+ए] भिँडाजस्तो; भिँडाका छाँटको । ~ खोर्सानी— ना॰ तरकारीमा हालेर वा अचार बनाएर खाइने डल्लो र ठूलो एक जातको खुर्सानी; भ्यान्टे खुर्सानी ।

भिउँट— ना॰ [नेवा॰ भेगे बाटाका आकारको र ठूलो बिट हुने माटाको ठूलो भाँडो; भ्यूँट । > भिउँटे— वि॰ भिउँटजस्तो ठूलो; आकार नमिलेको र नसुहाउँदो (गाला, अनुहार, ओठ इ॰) ।

भिउँसिने— वि॰ [सं॰ भीमसेन+ए] भीमसेनलाई अर्पेको (बोको॰ । ~ बोको— ना॰ १. भीमसेनलाई अर्पण गरिएको छाडा बोको । २. यौनअनुशासन पालन नगर्ने व्यक्ति; कामुक पुरुष ।

भिउसिना— ना॰ १. मानसिक तिर्सना; मनको तर्कना; मानसिक संवेग । २. सम्झना ।

भिक— ना॰ [भीख < सं॰ भिक्षो भीख; भिक्षा । — मङ्गा— वि॰ भीक माग्ने; भीखमङ्गा ।

भिक्षण— ना॰ [सं॰] भिक्षा माग्ने काम; दैला–दैलामा पुगेर सिधा बटुल्ने काम ।

भिक्षा— ना॰ [सं॰] १. भिक्षुकहरूले माग्ने काम; याचना । २. माग्नेलाई दिइने अन्न, द्रव्य आदि; भीख । ~ चर्या— ना॰ भिक्षा मागेर जीविका चलाउने काम । — जीवी— वि॰ मागेको अन्न, द्रव्य आदिका भरमा जीवननिर्वाह गर्ने; मगन्ते; याचक; भीखमङ्गा । > भिक्षाटन— ना॰ भिक्षा माग्नका निम्ति घर–घर चहार्ने र भिक्षा बटुल्ने काम । ~ दान— ना॰ भिक्षा दिने काम; सिधादान । भिक्षान्न— ना॰ भीख मागेर प्राप्त गरेको अन्न; भिक्षाबाट सङ्कलित अन्न । ~ पात्र— ना॰ १. भीख माग्ने भाँडो; भिक्षाबाट प्राप्त अन्न राख्ने भाँडो । वि॰ २. भिक्षा दिन योग्य; भिक्षा दिनुपर्ने । ~ भाजन— ना॰ भिक्षा माग्ने भाँडो; भिक्षापात्र ।

भिक्षार्थी— वि॰ भिक्षुक; भिक्षु; भिखारी । ~ वृत्ति— ना॰ १. भिक्षा मागेर जीविका चलाउने पेसा । २. भिक्षाबारा गरिने भोजनव्यवस्था; मागिखाने चलन । भिक्षाशी— वि॰ भिक्षाबारा प्राप्त वस्तु मात्र खाने; भिक्षाबारा जीविका गर्ने ।

भिक्षु— ना॰ [सं॰] १. भिक्षा माग्ने व्यक्ति; भिक्षुक; भिखारी । २. बौद्ध सन्न्यासी । ३. सन्न्यासी । वि॰ ४. भिक्षा माग्ने ।

भिक्षुक— ना॰ [सं॰] १. सन्न्यासी; साधु; जोगी । वि॰ २. भिक्षा माग्ने; भिखारी । ३. गरिब; निर्धन ।

भिक्षुचर्या— ना॰ [सं॰] १. भिक्षुकको दैनिक जीवनवृत्ति; भिक्षावृत्ति । २. भिक्षुकले पालन गर्नुपर्ने आचरण ।

भिक्षुणी— ना॰ [सं॰] सन्न्यासधर्म ग्रहण गरेकी स्त्री; स्त्रीभिक्षु ।

भिक्षुसङ्घ— ना॰ [सं॰] १. भिक्षुकहरूको समूह । २. बौद्धभिक्षुकहरूको समुदाय ।

भिक्स— ना॰ [अङ्॰] टाउको, घाँटी दुख्दा र सर्दी लाग्दा घसेर मालिस गरिने एक प्रकारको मलम ।

भिख— ना॰ [सं॰ भिक्षो जोगी वा माग्नेलाई दिइने अन्न, द्रव्य, सिधा आदि वस्तु; भिक्षा; भीक । — मङ्गा— वि॰ १. भीख वा भिक्षा माग्ने; मागेर जीविका गर्ने; भिखारी; मगन्ते । २. केही नभएको; फुबिन; कङ्गाल; निर्धन; तन्नम ।

भिखारी— वि॰ [भीख+आहारी] भीख मागेर खाने; भिक्षाका भरमा बाँच्ने; भीखमङ्गा ।

भिच्छे— ना॰ [सं॰ भिक्षो १. भिक्षा, भीख । २. व्रतबन्धमा आमाबाबु र अन्य कुटुम्बीहरूले वटुलाई दिने अन्न आदि ।

भिज्–नु— अ॰ क्रि॰ [सं॰ अभिमज्ज > भिज्ज+नु] १. कुनै तरल पदार्थले आर्द्र हुनु; निथ्रुक्क हुनु; रुज्नु । २. पानीमा परेर अन्न आदि फुल्नु; ढाडिनु । ३. कुनै काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु । ४. कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु । >

भिजाइ— ना॰ भिज्ने भाव, क्रिया वा प्रक्रिया । भिजाइनु— क॰ क्रि॰ भिज्ने पारिनु; भिज्न लाइनु । भिजाउनु— प्रे॰ क्रि॰ १. अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु । २. पानी आदि तरल पदार्थले तर पार्नु; निथ्रुक्क तुल्याउनु । भिजिटिब कार्ड— ना॰ [अङ्॰] भेटघाटको सजिलाका निम्ति वा परिचयको सम्झना दिलाउन नाम, थर, ठेगाना आदि छापिएको कागतको सानो दरो टुक्रो; चिनारीपत्र ।

भिजिनु— क॰क्रि॰ [भिज्+इ+नु] तरल पदार्थले निथ्रुक्क होइनु; रुझिनु ।

भिटा— ना॰ [सं॰ भित्ते १. पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर–घडेरीका निम्ति उपयुक्त पाखोबारी । २. धानखेती नलाग्ने र मकै, भटमास, सन आदि पाखा बाली हुने समथर जग्गा ।

भिटामिन— ना॰ [अङ्॰] पोषणतत्त्व ।

भिटो१— ना॰ [अङ्॰] विशेषाधिकार ।

भिटो२— ना॰ [रू भित्तो] खेतबारी आदिमा लगाइने माटाको डिल वा चपरीको पर्खाल ।

भिटौरी— ना॰ [भिटा+औरी] सहरबजारका घरघडेरीमा लाग्ने धुरीकर ।

भिड्–नु— अ॰ क्रि॰ [प्रा॰ भिड+नु] १. परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु; टकराउनु । २. जोडिनु; मिल्नु; भेटिनु । ३. रुजू गरिनु । ४. दाँजिनु । ५. रोहबरमा राखिनु । ६. जबरजस्ती जिम्मा लाग्नु । स॰ क्रि॰ ७. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु ।

भिड— ना॰ [प्रा॰] १. धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च । २. ठूलो बथान; हूल; फौज । ३. कामको चापाचाप; कामको थिचोमिचो । — भाड— ना॰ १. हूलमूल; ठेलमठेल; हुल्ला । २. घचारो; घुइँचो ।

भिडन्त— ना॰ परस्परमा लड्ने र भिड्ने काम; परस्परको सङ्घर्ष ।

भिडाइ— ना॰ १. भिड्ने भाव, क्रिया वा प्रक्रिया । २. भिडाउने भाव, क्रिया वा प्रक्रिया । भिडाइनु— क॰ क्रि॰ जुधाइनु । भिडाउनु— स॰ क्रि॰ १. दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु । २. रोहबर गर्नु; रोहबरमा राख्नु । प्रे॰ क्रि॰ ३. भिडन्त गराउनु; जुधाउनु । ४. मुठभेड गराउनु । ५. जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु ।

भिडा— ना॰ १. घचारो; घुइँचो । २. झोझझमेला; झन्झट । ३. असजिलोपन; तकलिफ ।

भिडिओ— ना॰ [अङ्॰] सौखिनहरूले घरघरमा राखेर पनि हेर्न सक्ने, सानो खालको चलचित्र; कोठेसिनेमा ।

भिडिनु— क॰ क्रि॰ [भिड्+इ+नु] भिड्ने काम गरिनु ।

भिण्डी— ना॰ [सं॰] रामतोरियाँ ।

भित्ति/भित्तिका— ना॰ [सं॰] १. गारो; भित्तो । २. जग; आधारस्थल; पृष्ठभूमि । ३. चिरो; धाँजो । ४. खण्ड; टुक्रो । — चित्र— ना॰ भित्तामा लेखिएका वा कुँदिएका देवदेवी आदिका चित्र; भित्तामै बनाइएको तस्बिर ।

भित्ते— ना॰ [भित्तो+ए] १. जीउ छोटो हुने, सानो एक जातको माछा । वि॰ २. भित्ताको; भित्तामा झुन्ड्याइएको । ~ घडी— ना॰ भित्तामा झुन्ड्याइने घडी । ~ चरो— ना॰ हल्का पहेँलो रबका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रूखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रुपीजस्तो चरो । ~ तालिका— ना॰ रेखाङ्कन वा चित्राङ्कनबारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका । ~ दराज— ना॰ भित्तामा टाँसेर बनाइएको गर्भे दराज; भित्तैमा टाँसिएको दराज । ~ पात्रो— ना॰ भित्तामा झुन्ड्याइने पात्रो; क्यालेन्डर ।

भित्तो— ना॰ [सं॰ भित्ते १. पर्खाल, गारो आदिको पाखो । २. पहाडको फेदी; पर्वतको काख । ३. निश्चय; टुङ्गो; निधो । ४. हद; सीमा । — लगाइ— ना॰ टुङ्गो पुग्ने काम; अन्तिम सीमा; पल्लो फाल । ~ फोर्नु— अ॰ क्रि॰ चोर्नु ।

भित्र— क्रि॰वि॰ [सं॰ अभ्यन्तरे १. घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर । २. मर्यादा, परिमाण आदिको सीमानिर । ना॰ यो॰ ३. बीच; माझ; मध्य । ना॰ ४. मन; हृदय; दिल; अभ्यन्तर । ५. जनानाखाना; खोपी; अन्तःपुर । > भित्रनु— अ॰ क्रि॰ भित्र पस्नु; भित्र पुग्नु; छिर्नु; घुस्नु; प्रवेश गर्नु; भित्रिनु । भित्राइ— ना॰ भित्रने भाव, क्रिया वा प्रक्रिया; भियभयाइ ।

भित्रिनी— ना॰ [भित्र+इनी] गुप्त रूपले राखिएकी स्वास्नी; रखौटी; ल्याइता; भित्रेनी । — पट्टिको— वि॰ भित्रिनीतिरबाट जन्मेको (सन्तान॰ ।

भित्रिनु— अ॰ क्रि॰ [भित्र+इ+नु] १. भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु; छिर्नु । २. सीमा, बाधा, व्यवधान, नियम आदिका घेरामा पर्नु ।

भित्रिया— वि॰ [भित्र+इयो १. मन मिलेको; भरपत्याएर भएको; विश्वस्त । २. भित्रको; भित्री । ना॰ ३. कुनै घरपरिवारको आत्मीय व्यक्ति ।

भित्री— वि॰ [भित्र+ई] १. भित्रपट्टिको; भित्रको; आन्तरिक । २. प्रकटमा नआएको; गुप्त । ना॰ ३. लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह । ~ खल्ती— ना॰ कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी; भित्री गोजी । ~ छाला— ना॰ जुत्ताको सामाको भित्रपट्टि कपडाको सट्टा राखिने पातलो किसिमको छाला । ~ तलुवा— ना॰ जुत्ताको भित्रपट्टिको तलुवा (इनसोल) । ~ बारा— ना॰ घरको बाहिरी चौघेरादेखि भित्रपट्टि लगाइएको घेरा । ~

बारी— ना॰ घरको करेसाबारी; कोठेबारी; हाताभित्रको बगैँचा । ~ मधेस— ना॰ महाभारत पर्वतमालाका फेदीदेखि तल र चुरे पहाडका फेदीदेखि माथि पर्ने समथर भूभाग । ~ सन्चो— वि॰ १. अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो । ना॰ २. सन्चो वा फाइदा हुने काम–कुरो । क्रि॰ वि॰ ३. अरूलाई थाहा नदिईकन; गुपचुप ढङ्गले ।

भित्रेनी— ना॰ [भित्र+एनी] रखौटी; ल्याइता; भित्रिनी ।

भियभयाँस— ना॰ [भित्री+अंश] शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव ।

भियभयाइ— ना॰ [रू भित्रि (+याइ॰] १. भित्रिने भाव, क्रिया वा प्रक्रिया । [भियभयाउ+आइ] २. भियभयाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] भियभयाइनु— क॰ क्रि॰ भित्र हुलिनु । भियभयाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु । २. भित्र राख्नु; थन्क्याउनु ।

भिना— ना॰ [प्रा॰ भैनीवई < सं॰ भगिनीपति] १. दिदीका श्रीमान्; दिदीको लोग्ने; भिनाज्यू । २. प्रेमी (लाक्षणिक अर्थमा॰ । श्र भिनाजु— ना॰ १. भिनाज्यू । २. भिनु ।

भिनाज्यू— ना॰ [भिना+ज्यू] दिदीका लोग्ने; भगिनीपति; भिना ।

भिनु— ना॰ [सं॰ अभ्यन्तरे नासपाती, ज्यामिर, निबुवा, दारिम, कटहर आदि फलको भेट्नुदेखि सुरु भई नाइटोसम्म गएको डाँक्ले गुभो; भिनाजु ।

भिन्दिपाल— ना॰ [सं॰] हातले ६याँकेर प्रहार गरिने छोटो डन्डीजस्तो एक हतियार ।

भिन्न— वि॰ [सं॰] १. छुट्टिएको; अलग; पृथक्; छुट्टा । २. आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री; पराई । ३. टुटेको; खण्डित । ना॰ ४. गणितमा पूर्णाङ्कभन्दा न्यून सङ्ख्या; अंश (रेखाभन्दा माथि रहने सङ्ख्या॰ वा हर (रेखामुनि रहने सङ्ख्या) । — ता— ना॰ भिन्न हुनाको भाव वा अवस्था; अन्तर; पार्थक्य । — दर्शी— वि॰ पनपक्ष गर्ने स्वभावको; पक्षपाती । ~ देशीय— वि॰ १. अर्कै देशको; विदेशी । २. अर्को क्षेत्रको; परदेशी । श्र भिन्नाभिन्नै— वि॰ छुट्टाछुट्टै; अलगअलग; बेग्लाबेग्लै । भिन्नार्थ— वि॰ १. भिन्न उद्देश्य वा नियत भएको । २. अलग–अलग अर्थ भएको; छुट्टै तात्पर्य भएको । ना॰ ३. अलग अर्थ; छुट्टै अर्थ ।

भिन्नु— ना॰ [सं॰ भिन्ने १. सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानु छुट्टिएर चुलोचौको, आम्दानीखर्च आ– आ६नो हुने व्यवहार वा स्थिति । वि॰ २. त्यसरी बसेको; बेग्लै; अलग; छुट; भिन्न ।

भिमल्–नु— अ॰ क्रि॰ [भिमल+नु] बेहोस हुनु; अचेत पर्नु ।

भिमल— वि॰ [सं॰ विह्वले १. कहालिएको; आकुल । २. अचेतन अवस्थाको; अचेत; बेहोस । ना॰ ३. कहालिने वा बिचेत हुने स्थिति; आकुलता । > भिमलाइ— ना॰ भिमल्ने भाव, क्रिया वा प्रक्रिया । भिमलाउनु— अ॰ क्रि॰ बिचेत हुन खोज्नु; कहालिनु ।

भिमलिनु— अ॰ क्रि॰ अचेत होइनु । भिमल्याइ— ना॰ भिमलिने भाव, क्रिया वा प्रक्रिया । भिमल्याइनु— क॰ क्रि॰ भिमलिने पारिनु । भिमल्याउनु— प्रे॰ क्रि॰ भिमलिने पार्नु ।

भियाइ— ना॰ [रू भियाउ (+आइ॰] भियाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] भियाइनु— क॰ क्रि॰ पूरा गरिनु; सकिनु ।

भियाउनु— स॰ क्रि॰ हे॰ भ्याउनु ।

भिर्–नु— स॰ क्रि॰ १. खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु; अल्झाउनु; सिउरिनु । २. मन परेको लुगा, पोसाक आदि पहिरनु । ३. कुनै कामकुरो अनिच्छापूर्वक स्विकार्नु ।

भिर— ना॰ ठाडो र एकदमै करालो परेको ठाउँ; पहरो । ~ गौँडी— ना॰ मकैका जस्ता पात र बोट हुने, सेता दाना फल्ने एक जातको बोट; वनजुनेलो । ~ गौँथली— ना॰ भीरमा गुँड लगाएर बस्ने एक जातको गौँथली; घरगौँथलीभन्दा भिन्न गौँथली ।

भिरङ्गी— ना॰ हे॰ भिरिङ्गी । भिर माहुरी/मौरी— ना॰ रूखका टोड्कामा वा भीर–पहरामा बस्ने र केही कडा र नशालु मह लगाउने एक जातको माहुरी ।

भिराइ— ना॰ [रू भिर् (+आइ॰] भिर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] भिराइनु— क॰ क्रि॰ टाँसो लाइनु; भिर्न लाइनु । भिराउनु— प्रे॰ क्रि॰ १. मननपरेको काम–कुरो वा बेकम्मा वस्तु कसैका जिम्मा लाउनु; टाँसो लाउनु; भिडाउनु । २. भिर्न लाउनु; धारण गराउनु ।

भिरालो— ना॰ [भीर+आलो] १. भीर परेको ठाउँ; ओरालो; दम्स्याइलो पाखो । वि॰ २. भीर परेको; करालो ।

भिरिङ्गी— ना॰ रक्तविकारले जननेन्द्रियमा खटिरा आउने एक सङ्क्रामक रोग; गर्मीखटिरो; भिरङ्ग; भिरुङ्गी; भिरङ्गी । ~ झार— ना॰ साना, लाम्चा र टुप्पामा केराका जस्तो पात हुने, फुस्राफुस्रा रबका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको एक झार ।

भिरिनु— क॰ क्रि॰ [भिर्+इ+नु] १. अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु । २. खुकुरी, तरबार आदि धारण गरिनु ।

भिरुङ्गी— ना॰ [रू भिरिङ्गी] भिरिङ्गी; भिरङ्गी ।

भिर्कौँले/भिर्कौ”लो— ना॰ लाम्चा र किनारामा सेता भावका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको बोट वा त्यसैको फल ।

भिर्गौले— ना॰ गरहडुवाको रूख ।

भिर्नी— ना॰ [भिर्+नी] कलम भिर्नका लागि अङ्कुसे पारेको बिर्को; गोजीमा अल्झाउने, उझिन्डो भएको, बिर्कोसहितको कलम ।

भिल्ल— ना॰ [सं॰] भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति; कुसुन्डो ।

भिषक्— ना॰ [सं॰] औषधीउपचार गर्ने व्यक्ति; चिकित्सक; वैद्य ।

भिसा— ना॰ [अङ्॰] विदेशमा जानका निम्ति सम्बन्धित देशका अधिकारीबारा हुने, पासपोर्टको प्रमाणीकरण वा पृष्ठाङ्कन; प्रवेशाज्ञा ।

भीक— ना॰ हे॰ भिक ।

भीख— ना॰ हे॰ भिख ।

भीड— ना॰ हे॰ भिड । — भाड— ना॰ हे॰ भिडभाड । > भीडा— ना॰ हे॰ भिडा ।

भीत— वि॰ [सं॰] अतालिएको; डराएको; तर्सेको; त्रस्त ।

भीति— ना॰ १. डर; भय; अताल्याइ । २. कम्प; कम्पन ।

भीम— वि॰ [सं॰] १. डरलाग्दो; भयानक; भयङ्कर । ना॰ २. भीमसेन । ३. शिव । — कर्मा— वि॰ १. डरलाग्दो र साहसपूर्ण काम गर्ने; जोखिमी काम गर्ने । २. महापराक्रमी । — काय— वि॰ ठूलो जीउ भएको; विशालकाय । ~ मल्ल— ना॰ मल्लकालमा कान्तिपुरका राजा प्रताप मल्लका एक योद्धा मन्त्री तथा ल्हासामा नेपालको ठूलो व्यापार चलाउने, पछि शत्रुहरूको पेचले हत्या गरिएका एक प्रसिद्ध व्यक्ति । — वानर— ना॰ नृतत्त्वशास्त्रअनुसार मानवजस्तो देखिने डरलाग्दो जीव; डरलाग्दो वानर वा वानरगणमध्येको गुरिल्लासमूहको आदिमानव ।

भीमसेन— ना॰ [सं॰] महाभारतमा प्रसिद्ध युधिष्ठिरका माहिला भाइ तथा पञ्चपाण्डवमध्ये एक; पाण्डुका बितीय पुत्र । ~ थापा— ना॰ नेपालको इतिहासमा वि॰ सं॰ १८६१–देखि ३४ वर्ष प्रधानमन्त्री भएर कार्यभार सँभाल्ने एक प्रसिद्ध भारदार; सुनधारा, धरहरा आदिको निर्माण गराउने व्यक्ति । — पाती— ना॰ १. सिमालीका जस्तै लाम्चा र फुस्रा रबका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाख्राले घाँस खाने एक बोट वा बुटो । २. फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसैको पात । ~ भारत— ना॰ परस्परको ठूलो रडाको; चर्को झैझगडा । ~

भाग— ना॰ सबैभन्दा ठूलो भाग ।

भीमसेनी— वि॰ [भीमसेन+ई] १. भीमसेनसित सम्बन्धित; भीमसेनको जस्तो । २. असल; उम्दा । ~ कपूर— ना॰ कपूरका विभिन्न प्रकारमध्ये एक किसिमको असल कपूर ।

भीमेश्वर— ना॰ [सं॰] नेपाल अधिराज्यको दोलखा जिल्लाको दोलखा बजारदेखि पूर्वतिरको माथिल्लो भागमा रहेका प्रसिद्ध भीमसेन ।

भीर— ना॰ हे॰ भिर ।

भीरु— वि॰ [सं॰] १. डराउने स्वभावको; डरछेरुवा; डरपोक । ना॰ २. डँडाल्नुदेखि पुच्छरसम्म लामा पखेटा पलाएको एक जातको माछा; बाम माछाजस्तो ठूलो जातको माछा । — ता— ना॰ भीरु हुनाको भाव वा अवस्था; डरछेरुवापन ।

भीषण— वि॰ [सं॰] १. डरलाग्दो; भयङ्कर; भयावह । ना॰ २. काव्यको भयानक रस । ३. शिव । — ता— ना॰ भीषण हुनाको भाव वा अवस्था; भयङ्करता ।

भीष्म— वि॰ [सं॰] १. भयानक; भयङ्कर । ना॰ २. महाभारतप्रसिद्ध, बालब्रह्मचारी एक गङ्गापुत्र; भीष्मपितामह; देवव्रत । ~ पञ्चक— ना॰ कार्त्तिक शुक्लपक्षको एकादशीदेखि पूर्णिमासम्मका पाँच दिन । ~ पितामह— ना॰ गङ्गाका गर्भबाट उत्पन्न, राजा शन्तनुका एक छोरा; भीष्म; देवव्रत । ~ प्रतिज्ञा— ना॰ १. कान्छी आमा सत्यवतीका सन्तानलाई मात्र राज्यको उत्तराधिकारी गराउन आजीवन विवाह नगर्ने, भीष्मको कठोर प्रतिज्ञा । २. त्यस्तै कठिन काम गर्ने कबुल; कठोर प्रतिज्ञा ।

भुँ— ना॰ [अ॰ मू॰] १. भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज । २. शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज । — भुँ— क्रि॰ वि॰ भमरा, माहुरी आदि लगातार कराएको शब्द आउने गरी ।

भुँडी१— ना॰ पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बीचको कोठा ।

भुँडी२— ना॰ [सं॰ भ्रूणे १. छाती र कमरको बीचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर । २. खाएको अन्न रहने भित्री आन्द्रे थैली । ~ फोर— ना॰ लामा– लामा खुट्टा र लामो चुच्चो हुने, जलाशयका नजिक बस्ने चरासमूहको प्राणी; एक जातको सारस । — वाल— वि॰ ठूलो र नसुहाउँदो भुँडी भएको; भुँडे । ~ भर्नु— टु॰ पैसा कमाउनु ।

भुँडुल्के— वि॰ [भुँडुल्को+ए] १. भुँडुल्कोजस्तो आकारको; डल्लो; घैँटे । २. पुड्के; ग्याँचे ।

भुँडुल्को— ना॰ [रू भुँडी] १. सानो भुँड्को; सानो घैँटो; कुलिन ।

भुँडे— वि॰ [भुँडी+ए] १. ठूलो भुँडी भएको; भुँडीवाल; लाद्रे । २. प्रशस्त खान सक्ने; धेरै खाने ।

भुँड्को— ना॰ [रू भुँडल्को] माटाको सानो लोटाजस्तो भाँडो; सानो घैँटो ।

भुँयार— ना॰ [सं॰ भूमिपाले आ६नो इलाकाको रक्षकका रूपमा मानेर बलि आदिबारा पूजा गरिने देवता; भुइयाँ ।

भुँवरी— ना॰ [भुमरी] १. पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त । २. शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र ।

भुँवरो— ना॰ [सं॰ भ्रमरे भवँरो; भ्रमर ।

भुइँभुइँ— क्रि॰ वि॰ [अ॰ मू॰ भुइँ (बि॰)] १. भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर । २. बार–बार अपानवायु छोड्दा शब्द आउने गरी ।

भुइँययँ— क्रि॰ वि॰ [अ॰ मू॰ भुइँ+यँ] एकै खेपमा तीखो रूपले भुनभुनाएर; भुन्न ।

भुईँ— ना॰ [सं॰ भूमि] १. स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईँ; जमिन । २. बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन । ३. कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि । ~ अमला— ना॰ बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक झार; पानी–अमला । ~ आमै— ना॰ धर्तीमाता । ~ ऐँसेलु— ना॰ मसिना पात हुने भुईँझारमा ऐँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुईँकाफल । ~ कटहर— ना॰ केत्तुकेका जस्ता पात हुने, केराको बुङ्गाको आकारमा पसाएर काँडेदार फल लाग्ने र पाकेपछि ताछेर खाँदा गुलियो स्वाद हुने एक किसिमको बास्नादार रसिलो फल; अनारस । ~

काफल— ना॰ ऐँसेलुका जस्तै तर मसिना पात हुने भुईंझारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल । ~ कुभिन्डो— ना॰ कर्कलाको जस्तै पात हुने, लहराको फेदमा फुस्रो रबको फल लाग्ने एक जातको फल; भूमिकुष्माण्ड; बिदारीकन्द । ~

खुट्टे— वि॰ १. भुईँमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँदै दौडने । २. गुडुलिने; गुडुल्केर दौडने । ~ चम्पा— ना॰ १. लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल । २. रातो रबको फूल फुल्ने एक कन्द । ३. पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका । ~ चरी— ना॰ भुईँ–भुईँमा हिँड्ने सानोखाले जुरेली; भुईँजुरेली । — चालो— ना॰ भैँचालो; भूकम्प । ~ जुरेली— ना॰ र्भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुईँचरी । ~ झार— ना॰ भुईँमा टाँस्सिएर फैलिई बढ्ने झार वा घाँस (दुबो, बन्सो, चित्रे, करौते इ॰) । ~

तलो— ना॰ घर, गोदाम, बङ्गला आदिको जमिनसतहको तलो । ~ पाइलट— ना॰ ड्राइभर । — फट्टा/फुट्टा— वि॰ १. भुइँ फोरेर निस्कने; जमिन फुटाएर बाहिर टुसाउने । २. कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, विरुवा इ॰) । ३. कुनै आफन्त वा नातादार नभएको (व्यक्ति) । ४. कुनै स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति) । ५. गुरुबाट मन्त्र नलिई स्वतःस्फूर्त मन्त्रले नाम कमाएको (धामी, झाँक्री इ॰) । — मा न भाँडामा— टु॰ मैमत्ता; यता न उताको स्थिति ।

भुओ— ना॰ १. पुसे औँसीका रातमा स्त्री–पुरुषबारा नाचगान गरेर मनाइने एक चाड । २. प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम ।

भुक्–नु— स॰ क्रि॰ [प्रा॰ भुक्क+नु] अपरिचित व्यक्तिलाई देखेर वा अन्य कुनै कारणले कुकुर कराउनु; भुकभुक शब्द गर्नु; घुक्नु ।

भुकभुक— क्रि॰ वि॰ [अ॰ मू॰ भुक्+अ (बि॰)] १. कुकुरका भुकाइको आवाज आउने गरी । २. मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग । ३. चिउरा कुट्ता शब्द निस्केझैँ गरी । > भुकभुकती— क्रि॰ वि॰ त्यस्ता शब्द वा आवाज धमाधम आउने गरी । भुकभुकिनु— अ॰ क्रि॰ १. भुकभुक हुनु । २. भुकभुक्याइमा पर्नु; अलिअलि कुटिनु । भुकभुकी— क्रि॰ वि॰ भुकभुकती ।

भुकभुके— वि॰ [भुकभुक+ए] १. बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि) । २. मिरमिरे; झिसमिसे । ३. रिमरिमे; तिरमिरे । ना॰ ४. भुकभुक हान्ने रोग; वायुगोला । ~ उज्यालो— ना॰ भुईँमा खस्नखस्न लागेको उज्यालो । ~ रोटी— ना॰ आगामा सेकाउँदा उचालिएर फुलेको बाक्लो फुस्रो रोटी । ~ साँझ— ना॰ बेलुकाको दियो बाल्ने वेला; सन्ध्याकाल ।

भुकभुक्याइ— ना॰ [रू भुकभुक्याउ (+आइ॰] भुकभुक्याउने क्रिया वा प्रक्रिया । [ > ] भुकभुक्याइनु— क॰ क्रि॰ भुकभुक पारिनु ।

भुकभुक्याउ–नु— स॰ क्रि॰ [भुकभुक+याउ+नु] भुकभुक पार्नु; भुकभुक पार्दै कुट्नु ।

भुकाइ— ना॰ [रू भुक् (+आइ॰] भुक्ने भाव, क्रिया वा प्रक्रिया । [ भुकाउ+आइ] २. भुकाउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

भुकाउनु— प्रे॰ क्रि॰ भुक्न लाउनु । भुकिनु— अ॰ क्रि॰ १. धेरै धाक लाएर बोलिनु । २. कुकुर कराइनु ।

भुकुल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ भुकुल+ल] प्रायः बालकको गाला, गहुँका पीठाको फुस्रो रोटी आदि उक्सने वा फुल्ने गरी; भुक्क । श्र भुकुल्ले— वि॰ भुकुल्ल परेको; थामरथुमर; भकुल्ले । भुकुल्लो— ना॰ थामरथुमर व्यक्ति वा उक्सिएको वस्तु ।

भुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुक्+क] १. कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क । २. मुड्की आदिले कमला वस्तुमा बिस्तारै हान्दा शब्द आउने चालसँग । ३. कुकुर भुक्ने वा भुकेको शब्द आउने किसिमले ।

भुक्त–नु— स॰ क्रि॰ [सं॰ भुक्त+नु] १. भुक्तिनु । २. सुखदुःख सहेर अनुभव गर्नु ।

भुक्त— वि॰ [सं॰] १. भोग गरिसकेको; भोगेको; उपभुक्त । २. खाएको । ३. दुःखसुख सबै सहेको । ~ भोग— वि॰ १. भोग गरिसकेको; अनुभव गरिसकेको । २. दुःखसुख सहेको; खली खाएको । ~ भोगी— वि॰ दुःखसुखका सबै झमेला भोगिसकेको; खली खाएको । — मान— ना॰ ज्यादै ठूलो कष्ट; सास्ती; हैरानी । — मानी— ना॰ १. भुक्तमानको भाव वा स्थिति । वि॰ २. भुक्तमानमा परेको । ~ वैरागी— ना॰ भोगीभोगीकन संसार सबै चिनेको मानिस ।

भुक्ताइ— ना॰ [रू भुक्ताउ (+आइ॰] भुक्ताउने क्रिया वा प्रक्रिया; भुक्त्याइ । [ > ] भुक्ताइनु— क॰ क्रि॰ भुक्त्याइनु ।

भुक्ताउ–नु— स॰ क्रि॰ [भुक्तान+आउ+नु] लेनदेनको व्यवहार टुङ्ग्याउनुग् चुक्ती पार्नु; भुक्त्याउनु ।

भुक्तान— ना॰ [सं॰ भुक्त+आन] १. भोग गर्ने काम; भोग । २. लेनदेन चुक्ता गर्ने काम; चुक्ती; फछ्यौर्ट । ३. कष्टले समय बिताउने काम; अनुभव । वि॰ ४. तिरिसकेको; फर्छिएको । ४. भोगिएको । ~ सन्तुलन— ना॰ एक देशले अर्को देशबाट पाउनुपर्ने वा अर्को देशलाई दिनुपर्ने व्यापारसम्बन्धी हिसाबको रकम (वस्तु, पुँजी, बिमाशुल्क, जहाज–भाडा इ॰) ।

भुक्तानी— ना॰ [भुक्तान+ई] १. लेनदेन चुक्ता गर्ने काम; फछ्यौर्ट । वि॰ २. तिर्नुपर्ने वा दिनुपर्ने । ३. चुक्ता; भुक्तान । ~ पर्चा— ना॰ भुक्तानी दिइएका सम्बन्धमा अभिलेख राखिने पर्चा । ~

भाउचर— ना॰ भुक्तानी गर्ने आधारका निम्ति तयार पारिएको भाउचर ।

भुक्ति— ना॰ [सं॰] १. भोजन । २. उपभोग; भोग । ३. अधिकारमा लिइएको वस्तु; कब्जा; दखल । > भुक्तिनु— अ॰ क्रि॰ १. परिआएको दुःखसुख सहनु; खप्नु । २. जीवन, समय, दिन आदि बित्नु । ३. चुक्तिनु; फर्छिनु ।

भुक्तिवाद— ना॰ [सं॰] भरतको रससूत्रका व्याख्याताहरूमध्ये भट्टनायकले प्रतिपादन गरेको, सहृदयबाट रसको उपभोग हुन्छ भन्ने काव्यसिद्धान्त; रसनिष्पत्तिसम्बन्धी एक सिद्धान्त ।

भुक्त्याइ— ना॰ [रू भुक्ति (+याइ॰] १. भुक्तिने भाव क्रिया वा प्रक्रिया । [भुक्त्याउ+आइ] २. भुक्त्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] भुक्त्याइनु— क॰ क्रि॰ १. समाप्त पारिनु; बिताइनु । २. मारिनु । भुक्त्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. समाप्त पार्नु; बिताउनु । २. मार्नु ।

भुक्लुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुक् > भुक्लुक्+क] १. उक्सिने, सुन्निने वा फुल्ने गरी; भुक्क । २. एक्कासि लड्ने वा मर्ने चालले ।

भुङ्ग्रालो— ना॰ [भुङ्ग्रो+आलो] १. ठूलो उपद्रव; विप्लव; उत्पात । २. दैवी आपत्; दुर्घटना । ३. भतभती पोल्ने तातो; आगाको भुङ्ग्रो ।

भुङ्ग्रि–नु— अ॰ क्रि॰ [भुङ्ग्रो+इ+नु] १. भुङ्ग्रैभुङ्ग्रो हुनु; भुङ्ग्रो बन्नु । २. भुङ्ग्रालोमा पर्नु; दुःख वा सन्तापमा होमिनु । ३. रिनले खँगारिनु ।

भुङ्ग्रे— वि॰ [भुङ्ग्रो+ए] १. भुङ्ग्रोमा हालेर पकाएको; भुङ्ग्रोमा पाकेको (रोटी, तरुल आदि) । २. भुङ्ग्रोसम्बन्धी; भुङ्ग्रोको । ३. ज्यादै तातो; रापिलो । ~ ज्वरो— ना॰ सारा शरीर भुङ्ग्रोजस्तै तातेर आउने ज्वरो; कामज्वरो ।

भुङ्ग्रो— ना॰ [सं॰ अङ्गारे दाउरा बलिसकेपछिको आगाको ढकढकाउँदो अवस्था; झरिलो आगो; आगाको फिलिङ्गाको थुप्रो ।

भुङ्ग्य्राइ— ना॰ [रू भुङ्ग्रि + (याइ॰] भुङ्ग्रिने क्रिया वा प्रक्रिया । [ > ] भुङ्ग्य्राइनु— क॰ क्रि॰ भुङ्ग्रामा पारिनु । भुङ्ग्य्राउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ भुङ्ग्रामा पार्नु; सङ्कटमा झेल्नु ।

भुच्चुक— वि॰ [सं॰ भूत+चूक] १. साह्रै बेकुफ; हुस्सू । २. अर्धसिल्ली; अधबेस्रो । ३. अशिष्ट; बेसोमतिलो; असभ्य ।

भुज्–नु— स॰ क्रि॰ [सं॰ भुज्+नु] १. भोग गर्नु; अनुभव गर्नु; भुक्तिनु । २. सुख–दुःख बेहोर्नु । ३. सोचविचार गरेर काम गर्नु वा जान्नु । ४. कुनै वस्तु हाँडी, कराही आदिमा लावा उठ्ने गरी भुट्नु ।

भुज— ना॰ [सं॰] १. हस्त; हात; बाहुली । २. हाँगो; शाखा । ३. रेखागणितमा कोण बनाउनका लागि खिचिने सोझो रेखा । ४. हात्तीको सुँड ।

भुजङ्ग— ना॰ [सं॰] १. सर्प; साँप । २. नाठो; जार । — प्रयात— ना॰ छन्दशास्त्रअनुसार चारवटा 'य' – गणका प्रत्येक चरण हुने एक वार्णिक छन्द । > भुजङ्गी— ना॰ पोथी सर्प; सर्पिणी ।

भुजदण्ड— ना॰ [सं॰] राजाले औपचारिक रूपमा हातमा लिने दण्ड; राजदण्ड ।

भुजपाश— ना॰ [सं॰] अङ्कमाल; अँगालो ।

भुजबन्ध— ना॰ [सं॰] १. भुजाले अँगाल्ने काम; अङ्कमाल; अँगालो । २. बाहुमा पहिरिने एक गहना; बाजुबन्द; अङ्गद ।

भुजबल— ना॰ [सं॰] भुज वा शरीरमा हुने बल; शारीरिक शक्ति ।

भुजा१— ना॰ [सं॰] १. बाहुली; हात; हस्त । २. रेखागणितमा कोण बनाउन खिचिने सरल रेखा ।

भुजा२— ना॰ [प्रा॰ भुज्जिअ] १. अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे । २. खाजामा खाइने त्यस्तो खट्टे वा सिरौँला आदि खानेकुरो । ३. भात (प्रायः दरबारिया बोलीमा॰ ।

भुजान्तर— ना॰ [सं॰] १. दुई भुजाको बीचको स्थान । २. अँगालो; क्रोड ।

भुजापत्र/भुजापात— ना॰ [सं॰ भूर्जपत्रे भोजपत्र; भोजपात ।

भुजुङ्गो— ना॰ [सं॰ भुज्+उङ्गो] प्रायः तामो, पित्तल आदि धातुको बाटाका आकारमा बनेको केही ठाडो तर बिट नफर्केको पकाउने भाँडो ।

भुजुरी/भुजुरो— ना॰ [प्रा॰ भुग्गे १. कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मूला, कुभिन्डो आदिको चाना । २. त्यस्तै चानाको आकार वा त्यसैमा पीठो मुछेर तारिएको खानेकुरो । ३. मुछेको बेसन आदि झाँझरबाट चुहाएर मसिना टुक्रा पारी घिउतेलमा पकाइएको नुनिलो खुजुरे खानेकुरो ।

भुजेल— ना॰ घर्ती, मगरको थर विशेष ।

भुजेली/भुज्याली— ना॰ [भुजा+एली/याली] १. ठूलो आकारको खुँडा । २. खुकुरी ।

भुट्–नु— स॰ क्रि॰ [सं॰ भृष्ट+नु] १. सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु । २. खानेकुरा घिउ वा तेलमा तारेर खरो गरी पकाउनु; तार्नु । ३. तोप, बन्दुक, ट्याङ्क आदिबाट गोली हानेर धेरै मान्छेलाई मार्नु; सखाप पार्नु । >

भुट— ना॰ ओबानै भुट्ने वा भुटेर पकाउने काम ।

भुटन— ना॰ [भुट्+अन] हे॰ भुटुन; भुटुवा । > भुटनेस— ना॰ रस नहाली भुटेर बनाइएको तरकारी; भुटुवा; भुटन ।

भुटभाट— ना॰ [भुट् (बि॰)] भुट्ने काम; हाँडीमा मकै आदि वस्तु ठेट्नै वा सुक्खा र भाँडामा थोरै चिल्लो हालेर पुवा, तिहुनतरकारी आदि पानी नहाली पकाउने काम ।

भुटभुटि–नु— अ॰ क्रि॰ [भुट्+भुट्+इ+नु] मनमा परेका ताप वा चिन्ताले पिरोलिनु; त्यस्तो ताप वा चिन्ताले मन पोलेर व्याकुल हुनु वा छटपटिनु; पिरिनु; पिल्सिनु ।

भुटभुटी— ना॰ [रू भुटभुटि] मनमा परेका पीरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप ।

भुटभुट्याइ— ना॰ [भुटभुटि+याइ] भुटभुटिने भाव, क्रिया वा प्रक्रिया ।

भुटाइ— ना॰ [रू भुट् (+आइ॰] भुट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] भुटाइनु— क॰ क्रि॰ भुट्न लाइनु । भुटिनु— अ॰ क्रि॰ १. भुटभाट होइनु । क॰ क्रि॰ २. भुट्ने काम गरिनु; भुटाइमा परिनु ।

भुटिभाब— ना॰ केही पनि नहुने स्थिति; भुटीभाब ।

भुटिभाटी— टु॰ केही नभएको अवस्था; भस्माभुटी ।

भुटिमाम— ना॰ [बा॰ बो॰] भुटेको भात ।

भुटी— ना॰ [भुट्+ई] १. भुट्ने काम । २. भुटेको वस्तु वा खानेकुरो (बालबोलीमा) । — भाब— ना॰ अन्न, खानेकुरो आदि केही नहुने स्थिति; फुट्टीकौडी । (उदा॰— घरमा भुटीभाब नभएपछि के खाएर बाँच्ने <) । — भाटी— ना॰ भुटभाट गर्ने काम; राम्ररी भुटने काम । — भुटी— ना॰ (बालबोलीमा॰ भुट्ने काम वा भुटेका वस्तु (खास गरी मकै आदि॰ ।

भुटुन— ना॰ [रू भुटने १. तरकारी, भटुवा आदि पकाउनाका निम्ति कराहीमा वा यस्तै भाँडामा हालिने घिउतेल । २. आन्द्रा, भुँडी, कलेजो, फोक्सो आदि मिलाई घिउ वा तेलमा तारेको परिकार ।

भुटुवा— वि॰ [भुट्+उवो १. घिउ–तेलमा भुटेको; तारेको । ना॰ २. घिउतेलमा भुटेको वा तारेको सुखा तरकारी । ३. आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन ।

भुटेको— वि॰ [भुट्+एको] भुटेर पकाइएको वा तयार पारिएको । ~ तेल— ना॰ सड्ने–बिग्रने नहोस् भनी तोरीलाई भुटेर पाको पारी निकालिएको स्वस्थ तेल ।

भुटो— ना॰ [रू भाउँटो] १. सँभालिनसक्नु आपत्; भाउँटो । २. झन्झट; झमेला; टन्टा । ३. मानसिक चिन्ता; फिक्री ।

भुट्को— ना॰ [भुट्+को] उमालेका पानीमा भुटेको पीठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी ।

भुट्टा— ना॰ [भुट्+टो १. भुट्ने काम । २. भुटेको वस्तु वा खानेकुरो । ३. मकै ।

भुतभुत— ना॰ [अ॰ मू॰ भुत्+अ (बि॰)] १. रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफत । क्रि॰ वि॰ २. त्यस्तो रिस देखाउँदै गुनगुनाएर; अस्पष्ट रूपमा

 फतफताउँदै । ३. झोकले भित्रभित्रै भुङ्ग्रो सल्कने किसिमसँग । श्र

भुतभुताइ— ना॰ भुतभुताउने भाव, क्रिया वा प्रक्रिया ।

भुतभुताइनु— क॰ क्रि॰ झोकले बडबडाइनु; गनगनाइनु ।

भुतभुताउनु— अ॰ क्रि॰ रिसको सुरमा एक्लै वा एकोहोरो फतफताउनु; बडबडाउनु । भुतभुते— ना॰ १. आगोका फिलिङ्गा र खरानी मिसिएको भुङ्ग्रो; भुङ्ग्रो । वि॰ २. भुतभुत गरिरहने; फतफते ।

भुताहा— वि॰ [भूत+आहो भूतसम्बन्धी; भूतबारा निर्मित; भूत लाग्ने । ~ बाँध— ना॰ इतिहासको अज्ञात कालमा निर्मित भएका हुनाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतबारा निर्मित ठानिएको कुनै बाँध (पोखराको पार्दी बाँध, सुनसरी भुटाहाको बाँध इ॰) ।

भुतुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुतुक्+क] १. रिसले वा असन्तोषले चूर हुने गरी; साह्रै झोक्किएर । २. थकाइले लुथ्रुक्क पर्ने गरी । ३. एक्कासि मर्ने किसिमले; खुत्रुक्क । ४. ठूलो आसक्ति ।

भुतुङ्गे— वि॰ [भुतुङ्गो+ए] भुतुङ्गो; नाङ्गे ।

भुतुङ्गो— वि॰ [भूत+नाङ्गो] निर्वाङ्ग; नाङ्गो; नग्न ।

भुतुल्लो— वि॰ [अ॰ मू॰ भुत्+उल्लो] १. थोत्रोपुरानो; चिथ्रो (सिरक, डस्ना आदि) । २. भुक्क फुलेको; भुकुल्लो ।

भुतेग्रो— ना॰ [भूत+एग्रो] भूतले दुःख दिएकोझैँ गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि॰ ।

भुतुक्किनु— अ॰ क्रि॰ [भुतुक्क+इ+नु] भुतुक्क हुनु; मर्नु । श्र भुतुक्क्याइ— ना॰ भुतुक्किने वा भुतुक्क्याउने क्रिया–प्रक्रिया ।

भुतुक्क्याइनु— क॰क्रि॰ मर्ने पारिनु । भुतुक्क्याउनु— स॰ क्रि॰ भुतुक्क पार्नु; ठहरै तुल्याउनु; मार्नु ।

भुत्तिनु— अ॰ क्रि॰ [भुत्तो+इ+नु] कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु; धार बोधो हुनु; भुत्ते हुनु ।

भुत्ते— वि॰ [भुत्तो+ए] १. धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार) । २. बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस॰ ।

भुत्तो— वि॰ [सं॰ भुक्ते १. धार मरेको; नलाग्ने । २. बोधो; भुत्ते ।

भुत्त्याइ— ना॰ [रू भुत्ति (+याइ॰] १. भुत्तिने क्रिया वा प्रक्रिया । [ भुत्त्याउ+आइ] २. भुत्त्याउने क्रिया वा प्रक्रिया । [ > ] भुत्त्याइनु— क॰ क्रि॰ भुत्ते पारिनु ।

भुत्याहा— वि॰ [भूत+याहो १. भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि॰ । ना॰ २. भूतप्रेतसम्बन्धी काम गर्ने झारफुके व्यक्ति; धामी वा झाँक्री ।

भुत्त्याउनु— स॰ क्रि॰ भुत्ते पार्नु ।

भुत्रुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुत्रुक्+क] १. एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी । २. थकाइले पूरै गलेर । ३. ठहरै मर्ने गरी; भुतुक्क ।

भुत्रैसित/भुत्रैसिति— वि॰ बो॰ [भुत्रो+ऐ+सित] बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसित । (उदा॰— भनेको नमानी रूख चढेपछि लडे के त, भुत्रैसित ; त्यति जाबो कुरामा पनि रिसाउँछन् भने भुत्रैसिति ;)

भुत्रो— वि॰ [रू भुत्लो] १. बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा॰ । ना॰ २. गुप्ताङ्गका रौँ ।

भुत्ला— ना॰ [भुत्लोको ति॰ ।)] १. भुवा; रौँ । २. थोरै वस्तु; सानो टुक्रो । ३. चिथ्रो; भुत्रो । — वाल— वि॰ भुत्ला हुने; लामा– लामा भुत्ला भएको; भुत्ले; झ्यापुल्लो । ~ भुत्ली— १. एकले अर्काको केश उखेल्ने काम । २. झगडा ।

भुत्लि–नु— अ॰ क्रि॰ [भुत्लो+इ+नु] रौँ भुत्ला आदि खुइलिनु; बाहिरी रौँ लुछिनु । २. नाङ्गो हुनु; नाङ्गिनु । ३. थोत्रो–पुरानो हुनु; थोत्रिनु । ४. अधिकार, मान, जागिर आदि खोसिनु ।

भुत्ले— वि॰ [भुत्लो+ए] भुत्लैभुत्ला भएको; जगल्टे; भुत्लावाल । ~

साग— ना॰ कुखुराको मासु ।

भुत्लो— ना॰ [रू भूवो १. बाख्रा आदिका रौँ; मसिनो भुत्लो; भुवा । २. चिथ्रो; झुत्रो; पुरानो । ३. थोरै वस्तु; सानो टुक्रो; दम्सो ।

भुत्ल्याइ— ना॰ [रू भुत्लि (+याइ॰] १. भुत्लिने भाव, क्रिया वा प्रक्रिया । [भुत्ल्याउ+आइ] २. भुत्ल्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] भुत्ल्याइनु— क॰ क्रि॰ भुत्ला उखेलिनु । भुत्ल्याउनु— स॰ क्रि॰ १. रौँ वा भुवा लुछ्नु; भुत्ला उखेल्नु । २. नाङ्गो तुल्याउनु; नङ्ग्याउनु । ३. जथाभाबी जगल्टा लुछ्नु; जगल्ट्याउनु । ४. अधिकार, मान, प्रतिष्ठा, जागिर आदि खोस्नु । प्रे॰ क्रि॰ ५. झुत्रो पार्नु; झुयभयाउनु; फटाउनु । ६. रौँ, भुवा, भुत्ला आदि खजमज्याउनु; भुत्लिने पार्नु ।

भुद्रुब— ना॰ ध्वाँसे रबको चीलजत्रै मांसाहारी एक जातको चरो ।

भुनभुन— ना॰ [अ॰ मू॰ भुन्+अ (बि॰)] क्रि॰ वि॰ १. झिँगा, माहुरी, भँवरो आदि उड्दा शब्द आउने गरी; भनभन । २. मनमा चिन्ता परेर वा रिसले एक्लै फतफताउने चालले; भुतभुताउने गरी । > भुनभुनाइ— ना॰ भुनभुनाउने भाव, क्रिया वा प्रक्रिया । भुनभुनाइनु— क॰ क्रि॰ भँवरो, झिँगा, माहुरी आदिबारा भुनभुन गरिनु । भुनभुनाउनु— अ॰ क्रि॰ १. झिँगा, भँवरो, माहुरी आदिले भुनभुन आवाज निकालेर उड्नु; भुनभुन गर्नु । २. मनमा चिन्ता परेर एक्लै बडबडाउनु; भुतभुताउनु ।

भुनभुनाहट— ना॰ भुनभुनाउने स्थिति, भाव वा क्रियाप्रक्रिया ।

भुनी— ना॰ सुँगुर वा बँदेलको पोथी ।

भुने— ना॰ बाँस, मालिङ्गो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्ने भाँडो । भुन्टा भुन्टी— ना॰ [भुन्टो+भुन्टी] मसिना वा सानातिना केटाकेटी; भन्ट्याबभुन्टुब; भुराभुरी ।

भुन्टी— ना॰ [भुन्टो+ई] १. भुन्टोको पोथी रूप; सानी बच्ची; पुड्की केटी । वि॰ २. सानो कदकी; होची; पुड्की (स्त्री॰ ।

भुन्टे— ना॰ [भुन्टो+ए] १. सानो बच्चो । २. पुड्को केटो । वि॰ ३. सानो; पुड्को; पुड्के ।

भुन्टो— वि॰ [रू पुन्टो] सानो कदको; होचो; पुड्को ।

भुन्न— क्रि॰ वि॰ [अ॰ मू॰ भुन्+न] भँवरा, झिँगा, माहुरी, लाम्खुट्टे आदि उड्दा वा कराउँदा सगोल आवाज आउने गरी । भुमर ताल— ना॰ बाजा बजाउने तालका विभिन्न भेदमध्ये एक ।

भुमरी— ना॰ [प्रा॰ भुमइ] १. हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; भुँवरी । २. रौँ आदि घुमुर्किएको वा चक्का परेको स्थिति । ३. क्रोध वा रिसले निधारमा पारेको त्यस्तो गाँठो ।

भुरनहत्ते/भुरमहत्ते— ना॰हे॰ भुर्नहत्ते/भुर्महत्ते ।

भुरा— ना॰ [सं॰ भू्रणे १. 'भुरो'को ति॰ ।); कलिला केटा; साना बच्चा । २. ससाना माछा । — भुरी— ना॰ १. सानातिना केटाकेटी; मसिना बालबच्चा । २. जम्राका मसिना बच्चा ।

भुरुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुरुक्+क] बसेको ठाउँबाट एक्कासि उठ्ने गरी; जुरुक्क । २. एकाएक उड्ने चालले; भुर्र ।

भुरुब— ना॰ [नेवा॰] १. धागाले बेरी झट्कारेर भुईँमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु । २. हातले घुमाएर खेलिने चिलाउने आदिका गेडा । वि॰ ३. डल्लो; पुड्को ।

भुरे— ना॰ [भुरो+ए] १. सानो केटाकेटी; भुरो । २. 'भारे'को पूरक । वि॰ ३. सानो गाँठीको; होचो कदको । ~ भारे— वि॰ १. भारेभुरे; ठिनेमिने; सानोतिनो । २. मसिना केटाकेटी र ठूला मानिस । ~ माछो— ना॰ सानो एक जातको माछोविशेष । —

टाकुरे— ना॰ ससाना थुम्के राज्य ।

भुरेल— ना॰ [भुरा+एल] मसिना माछा छोप्ने जाल वा जाली ।

भुरो— ना॰ [सं॰ भ्रूणे १. सानो खालको माछो; माछाको बच्चो । २. सानोतिनो केटो; बच्चो ।

भुर्कुट— ना॰ [सं॰ भ्रंस्+कुट्ट] १. कुल्चेर, भाँचेर, खाएर भएको सखाप स्थिति; बेमाख; सर्वनाश; बरबादी; विध्वंस । वि॰ २. सबै; सखाप ।

भुर्कुल— ना॰ सलाई बनाउने काममा प्रयोग हुने एक रूखविशेष ।

भुर्नहत्ते/भुर्महत्ते— ना॰ [सं॰ भ्रूणहत्यो १. मर्नु न बाँच्नुको स्थिति; भुरनहत्ते । २. निल्नु न उकेल्नुको वस्तु वा त्यस्तै नचाहिँदो कामकुरो; बिनसित्तिको झ्याउलो वा झन्झट ।

भुर्र— क्रि॰ वि॰ [अ॰ मू॰ भुर्+र] चराचुरुङ्गीका उडाइको आवाज आउने गरी ।

भुर्रा१— ना॰ १. मानमर्यादा; प्रतिष्ठा; इज्ज्त; आबरु । २. गन्जिफाको खेलमा एकएक चक्की ६याँकेर खाने एक दाउ ।

भुर्रा२— ना॰ [अ॰ बर्राके एक जातको परेवा ।

भुल्–नु— स॰ क्रि॰ [प्रा॰ भुल्ल+नु] १. पहिले भए–गरेको कुरा नसम्झनु; बिर्सनु । २. कुनै गल्ती वा भूल गर्नु; बिराउनु । अ॰ क्रि॰ ३. भूलमा पर्नु; चुक्नु । ४. अलमलिनु; झुक्किनु; छक्किनु । ५. आसक्त हुनु; लहसिनु; लग्गू हुनु ।

भुल— ना॰ [प्रा॰ भुल्ले १. ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चूक; गफलत । २. विराम; कसूर; विगार । ३. लेखनमा हुने गल्ती; अशुद्धि । ४. बिर्सने काम; विस्मृति । — चुक— ना॰ १. भूल र चूक; बिराम र दोष । २. भूलबाट हुन आएको त्रुटि; अज्ञानता वा व्यस्तताले हुने गल्ती ।

भुलभुल— क्रि॰ वि॰ [सं॰ बुद्बुदे पानी, रगत आदि निस्किरहने गरी । > भुलभुलाइ— ना॰ भुलभुलाउने भाव, क्रिया वा प्रक्रिया ।

भुलभुलाउनु— अ॰ क्रि॰ १. मूल फुटेर वा भुलभुल हुने गरी जमिनबाट पानी उम्रनु । २. त्यसरी नै आँसु आदि बग्नु ।

भुलभुलिनु— अ॰ क्रि॰ भुलभुल गरी जमिनबाट पानी उम्रिनु; भुलभुलाउनु । भुलभुले— वि॰ भुलभुल गरी उम्लेको वा उम्रेको (पानी आदि तरल पदार्थ॰ ।

भुलभुलैया— ना॰ [भुल्+भुल्+ऐयो १. पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी । २. अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना ।

भुलभुल्याहट— ना॰ भुलभुलिने स्थिति, भाव वा क्रियाप्रक्रिया ।

भुलाइ— ना॰ [रू भुल् (+आइ॰] भुल्ने भाव, क्रिया वा प्रक्रिया । [ भुलाउ+आइ] ना॰ भुलाउने भाव, क्रिया वा प्रक्रिया । > भुलाइनु— क॰ क्रि॰ भुल्ने पारिनु; अल्मल्याइनु । भुलाउनु— प्रे॰ क्रि॰ १. बिर्साउनु; अलमल्याउनु । २. झुक्याउनु; छकाउनु । ३. प्रेममा फसाउनु; आसक्त बनाउनु ।

भुलायो— ना॰ [रू भवो १. रेसमको धागोबाट बुनेको एक प्रकारको नरम कपडा; अन्डी । २. भुवैभुवा हुने गरी बुनेको नरम कपडा ।

भुलिनु— अ॰ क्रि॰ [भुल्+इ+नु] भूलमा परिनु ।

भुलु— ना॰ दुई–तीन मिटर अग्लो, भेट्नु भएका चिल्ला, पातला र टल्कने पात हुने, गुलाफी हल्का पहेँलो रबका फूल फुल्ने एक प्रकारको रूख; सोही रूखको रातो जामुनुका आकारको फल ।

भुलुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुलुक्+क] १. दूध, पानी आदि पहिलोपल्ट भुल्को फुटेर उम्लिने गरी । २. पानी आदि तरल पदार्थ भुल्कोबाट एक्कासि निस्केर ।

भुल्क–नु— अ॰ क्रि॰ [भुलुक्क+नु] १. पानी, दूध, आदि तरल पदार्थ तताउँदा उम्लनु; भुलुक्क हुनु वा भुल्को निस्कनु । २. पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु । श्र भुल्काइ— ना॰ भुल्कने वा भुल्काउने क्रिया वा प्रक्रिया ।

भुल्काइनु— क॰ क्रि॰ भुलुक्क उमालिनु । भुल्काउनु— स॰ क्रि॰ भुलुक्क उमाल्नु । भुल्किनु— अ॰ क्रि॰ भुलुक्क उम्लिनु ।

भुल्को१— ना॰ [रू भले १. दूध, पानी आदि तरल पदार्थ तताउँदाको उम्लाइ; उमाल । २. पानी, आँसु आदि एक पटकमा निस्केको अंश वा वेग; मुल्को । ३. धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज ।

भुल्को२— ना॰ [सं॰ उलूके लाटोकोसेरो; उल्लू ।

भुल्क्याइ— ना॰ [भुल्कि+याइ] भुल्किने भाव, क्रिया वा प्रक्रिया ।

भुल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ भुल्+ल] १. जमिनबाट पानी आदि निस्कने गरी । २. उम्लेर । ३. कुनै तरल पदार्थ एक्कासि निस्कने गरी ।

भुव— ना॰ [सं॰] पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये दोस्रो लोक; पृथ्वी र सूर्यका बीचमा रहेको आकाश; अन्तरिक्ष ।

भुवन— ना॰ [सं॰] १. जगत्; संसार । २. जल; पानी । ३. प्रकृतिको सिर्जना; सृष्टि । ४. जनता; दुनियाँ । ५. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक । ६. उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द । —

कोश— ना॰ १. चौध भुवनको समष्टि । २. समस्त ब्रह्माण्ड; भूमण्डल । — त्रय— ना॰ धर्तीलगायत माथिको एक र मुनिको समेत तीन लोक— स्वर्ग, मर्त्य र पाताल । > भुवनेश्वर— ना॰ १. भुवनका ईश्वर । २. शिवको मूर्ति वा रूप । ३. राजा ।

भुवनेश्वरी— ना॰ १. तन्त्रशास्त्रका दश महाविद्यामध्ये एक । २. दुर्गा; देवी ।

भुवर्लोक— ना॰ [सं॰] चौध भुवनमध्ये एक; पृथ्वीमाथिका सप्तलोकमध्ये दोस्रो लोक ।

भुवल/भुवस्तान— ना॰ [रू भुवने कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठूलो दुःख; हन्डर; सङ्कट; हैरानी ।

भुवा— ना॰ [सं॰ भ्रू] १. सिमल, कपास आदिको नरम रुवा । २. मुलायम अनुभव हुने, मसिना, कमला रौँ; भूवा । ३. निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टि रहेको खान पनि हुने वस्तु । ४. निको हुन थालेको घाउ–खटिराको साह्रै मसिना पाप्राको समूह । ५. धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौँजस्तै नरम वस्तु । — जिन— ना॰ भुवा उठेको, असल खालको जिन कपडा । — दार— वि॰ १. भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा॰ । ना॰ २. भुवादारी । — दारी— ना॰ भुवैभुवा उठेको रुमाल, विशेषखालको कपडा ।

भुस— ना॰ [प्रा॰] १. धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा । २. सारहीन वस्तु । ३. केही पनि हातलागी नहुने काम; प्राप्तिको अभाव; निष्फलता; फुस्सा । — को थैली— वि॰ मगज नभएको; हलम्बू । — तिघ्रे— वि॰ १. ठूला तिघ्रा वा डाल भएअनुसार काम नदिने । २. मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे । > भुसाउरो— ना॰ १. भित्र चामल नभएको पटुवाको थुप्रो । २. भुस्सा काट्ने हतियार; खडाँस । भुसाहा— वि॰ भित्र गुदी नभई दाम्रो भएको; धेरै भुस निस्कने; भुस्याहा । भुसिनु— अ॰ क्रि॰ भुसजस्तो हुनु; निष्फल हुनु; खेर जानु ।

भुसुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भुसुक्+क] १. एक्कासि बिर्सने गरी । २. आगाले सबै डढ्ने किसिमले । ३. जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर । ४. सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर ।

भुसुनु/भुसुनो— ना॰ [रू भुसे फोहर–मैला वा रछानतिर हुने पिउसोजस्तो सानो कीरो; भुसुनो । > भुसुने— वि॰ १. ज्यादै सानो । २. कम महत्त्वको; क्षुद्र ।

भुसुल्टि–नु— अ॰ क्रि॰ [भुसुक्क+इ+नु] आशा गरेको वस्तु नपाइनु; गठिनु; हिस्सिनु । > भुसुल्ट्याइ— ना॰ भुसुल्टिने वा भुसुल्ट्याइने भाव, क्रिया वा प्रक्रिया । भुसुल्ट्याइनु— क॰ क्रि॰ भुसुल्टिने स्थितिमा पारिनु; जिल्ल्याइनु; हिस्स्याइनु । भुसुल्ट्याउनु— स॰ क्रि॰ कसैलाई आशा देखाएर सो वस्तु नदिनु; जिल्ल्याउनु; हिस्स्याउनु ।

भुसुसुसु— क्रि॰ वि॰ [अ॰ मू॰ भुस्+उ (बि॰)] १. बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले । २. उड्ने वा निदाउने गरी । ३. चालै नपाई सकिँदै जाने किसिमले ।

भुसे— वि॰ [भुस+ए] भुसबाट बनेको; भुससम्बन्धी; भुसको । ~

चुली— ना॰ बीचमा ढुङ्ग्रो हाली भुस खाँदेर ढुङ्ग्रो झिकेपछि तलतिर प्रायः एउटै दाउरो बालेर त्यसैले भुस सल्काई खानेकुरा पकाउने चुलोग् भुसको अँगेठी ।

भुस्कुट— ना॰ [भुस+कुट्ट] १. सर्वनाश; सखाप; बरबादी । वि॰ २. सबै; स्वार्लाक्कै ।

भुस्याइ— ना॰ [रू भुसि (+याइ॰] भुसिने वा भुस्याउने भाव, क्रिया वा प्रक्रिया । भुस्याइनु— क॰ क्रि॰ भुसिने पारिनु । भुस्याउनु— स॰ क्रि॰ भुसिने पार्नु ।

भुस्याहा— वि॰ [भुस+याहो १. मानमर्यादा, इज्जत आदि नभएको । २. खुबी वा सीप नभएको । ३. भुसजस्तै सारतत्त्व नभएको; निस्सार; बुद्धिहीन । ~ कुकुर— ना॰ गल्लीगल्ली चहार्ने, बेवारिसे र निम्न स्तरको कुकर ।

भुस्सा— ना॰ [सं॰ बुसे १. सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाएर तयार पारिएको सस्तो कोटिको सुर्ती । २. कक्कडका रूपमा वा सुल्फामा हालेर तानिने सुर्ती । ३. गाईबस्तुलाई खुवाइने पराल आदि काटिएका मसिना टुक्रा ।

भू— ना॰ [सं॰] १. धरती; जमिन; भूमि । २. ठाउँ; स्थान । —

आकृति— ना॰ धरातलको स्वरूप; भूस्वरूप; भूबनोट ।

भूउपग्रह— ना॰ [सं॰] १. पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीकै आकर्षण विकर्षणमा धानिने सानातिना ग्रह । २. पृथ्वीको कक्षमा परिक्रमा गर्ने, वैज्ञानिकहरूबारा निर्मित सानो ग्रह । ~ प्रक्षेपण— ना॰ कुनै ग्रहका कक्षमा परिक्रमा गर्न अन्तरिक्षमा भूउपग्रह छोड्ने काम । ~ सञ्चार सेवा— ना॰ पृथ्वीका कक्षमा परिक्रमा गर्ने ग्रहहरूको गतिविधि जान्न चित्र, ध्वनि आदि लिई सञ्चारको सुविधा मिलाउने व्यवस्था ।

भूउपयोगिता— ना॰ [सं॰] पृथ्वीको काम लाग्ने गुण वा जमिनको प्रयोजनीयता; माटोबाट हुने लाभदायी गुण ।

भूकम्प— ना॰ [सं॰] भुईँचालो; भैँचालो ।

भूकर्मी— ना॰ [सं॰] भूमिमा नै काम गर्ने हवाईविभागका कामदार कर्मचारी ।

भूक्षय— ना॰ [सं॰] १. बाढी, पहिरो आदिबाट जमिन भास्सिने र बग्ने काम; त्यसरी जमिन खिइँदै जाने प्रक्रिया । २. उर्वरा शक्तिको ह्रास; भूक्षरण । > भूक्षयिता— ना॰ जमिन नाश हुँदै जाने काम; भूक्षय हुनाको भाव वा स्थिति ।

भूक्षरण— ना॰ [सं॰] १. अव्यवस्थित हिसाबले गरिने वनजङ्गलको फँडानी, अतिवृष्टि आदिका कारणले जमिनको सतहको माटो खस्कँदै जाने प्रक्रिया । २. जमिनको उर्वरा शक्तिको ह्रास ।

भूक्षितिज— ना॰ [सं॰] पृथ्वी र अन्तरिक्ष जोडिएको आभास हुने ठाउँ; क्षितिज ।

भूक्षेत्र— ना॰ [सं॰] १. जमिनको भाग; धरतीको आयतन । २. जलक्षेत्रबाहेकको भूभाग । > भूक्षेत्रीय— वि॰ भूक्षेत्रसम्बन्धी; भूक्षेत्रको ।

भूखण्ड— ना॰ [सं॰] १. जग्गाजमिनको टुक्रो । २. ज्यादै झन्झटको काम; अप्ठ्यारो काम । ३. ठूलो विघ्नबाधा; ठूलो अड्काउ ।

भूगर्भ— ना॰ [सं॰] पृथ्वीको भित्री वा तल्लो तह । — विद्— वि॰ भूगर्भविद्या वा भूगर्भशास्त्रको ज्ञाता । ~ विद्या— ना॰ भूगर्भशास्त्र । ~ शास्त्र— ना॰ भूगर्भमा रहेको पदार्थ पत्ता लगाउने र त्यससम्बन्धी अध्ययन गर्ने विद्या; भूगर्भशास्त्र ।

भूगर्भवेत्ता— ना॰ भूगर्भसम्बन्धी ज्ञाता; भूगर्भविद् ।

भूगृह— ना॰ [सं॰] भवनको जमिनमनि बनाइएको तला; ताइखाना; तहखाना ।

भूगोल— ना॰ [सं॰] १. पृथ्वी । २. पृथ्वीको (बाह्य सतह जङ्गल, नदी, पहाड आदि प्राकृतिक विभाग, देश, नगर, गाउँ आदि राजनीतिक विभाग, उष्णकटिबन्ध, शीतकटिबन्ध आदि वातावरणिक विभाग र उद्योगधन्दा, ऋतुहरू तथा बासिन्दाहरू सबैको॰ वर्णन वा विचार भएको शास्त्र ।

भूचक्र— ना॰ [सं॰] पृथ्वीको परिधि; क्रान्तिवृत्त; विषुवत्रेखा । भूचिकित्सा शास्त्र— ना॰ [सं॰] भौगोलिक तत्त्व र गुणहरूमा भर पर्ने स्वास्थ्यशास्त्र ।

भूदान— ना॰ जग्गा वा भूमिदान ।

भूत— वि॰ [सं॰] १. भइसकेको; भएको । २. बितेको; विगत । ३. मिलेको । ४. उस्तै; समान; तुल्य । ५. पैदा भएको; उत्पन्न । ना॰ ६. चराचर प्राणी; जीव । ७. पृथ्वी, जल, तेज, वायु र आकाश; पञ्च महाभूत । ८. बितेको समय; विगत काल । (. सृष्टिका चेतन र अचेतन सबै पदार्थ । १०. व्याकरणका अनुसार कार्यव्यापार समाप्त भएको अर्थ बुझाउने क्रिया (गएँ, गयौँ, गए इ॰) । ११. मृत शरीर वा त्यसको आत्मा; मृतात्मा । १२. पिशाच; प्रेत । १३. शिवको एक गण । ~ काल— ना॰ १. बितिसकेको समय; विगत काल । २. व्याकरणका वर्तमान, भूत र भविष्यत् कालमध्ये एक । ~ कालिका— वि॰ १. विगत समयमा भएको; पहिले घटिसकेको । २. भूतकालसँग सम्बन्धित । — नाथ— ना॰ चराचर प्राणीका मालिक; शिवजी ।

भूतत्त्व— ना॰ [सं॰] पानी, वायु, आकाश आदि पृथ्वीका तत्त्व । ~

विज्ञान— ना॰ भूमिको गहन तत्त्वको अध्ययन गरिने विद्या; भूतत्त्वसम्बन्धी शास्त्र; भूतत्त्वविद्या । — विद्— ना॰ भूतत्त्वको ज्ञान भएको व्यक्ति; भूतत्त्वको ज्ञाता । ~ विद्या— ना॰ भूगर्भशास्त्र । — वेत्ता— ना॰ भूतत्त्वविद् । भूत नगर— ना॰ [सं॰] भूतहरूको बिगबिगी भएको वा भूत–प्रेतले वास गरेको कल्पित सहर ।

भूतपूर्व— वि॰ [सं॰] १. पहिले भइसकेको; बितेको समयको; पूर्वकालको; पूर्ववर्ती । २. पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति) । ~ सैनिक सङ्गठन— ना॰ अवकाशप्राप्त सैनिक जवानहरूका परिवारको सुखसुविधा, शिक्षा, बसोबास आदिको प्रबन्ध गर्न र राष्ट्रिय हितमा संलग्न गराउन बनाइएको एक सङ्गठन । भूत प्रेत— ना॰ [सं॰] अगति परेका मानिसहरूको तथाकथित तर्साउने आत्मा; भूतप्रेत–पिशाचहरूको समुदाय । भूत बङ्गला— ना॰ [भूत+बङ्गलो भूत–प्रेत बस्ने भनी विश्वास गरिएको डरलाग्दो र तर्साउने घर; भूतमहल; भूताहाघर । भूत यज्ञ— ना॰ [सं॰] गृहस्थीहरूले प्रतिदिन नित्य क्रियाका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि प्राणीलाई अन्नदान गरिने यज्ञ ।

भूतल— ना॰ [सं॰] पृथ्वीको बाहिरी खँदिलो तह; परत । भूत विद्या— ना॰ [सं॰] १. भूतप्रेत, पिशाच आदिबाट पैदा हुने रोगव्याधिको उपचार गर्ने विद्या । २. भूतप्रेतसम्बन्धी विद्या । भूत शुद्धि— ना॰ [सं॰] अनुष्ठान, पुरश्चरण आदिमा यज्ञको आरम्भ हुँदा मन्त्र आदिबारा शरीर शुद्ध गरिने विधि ।

भूतात्मा— ना॰ [सं॰] १. मृत शरीरमा पहिले रहेको आत्मा । २. पार्थिव शरीर । ३. जीवात्मा । ४. परमात्मा । ५. पिशाच; प्रेत ।

भूति— ना॰ [सं॰] १. धन; सम्पत्ति; ऐश्वर्य । २. खरानी; भस्म । ३. उत्पन्न हुने प्रक्रिया; जन्म । — भूषण— ना॰ खरानी नै आभूषण भएका देवता; महादेव ।

भूते— वि॰ [भूत+ए] भूत भएको वा भूत बस्ने; भूतसम्बन्धी । ~

ओडार— ना॰ भूत बस्ने ओडार; डरलाग्दो ओडार ।

भूदेव— ना॰ [सं॰] १. ब्राह्मण । २. भूस्वामी । ३. भुँयार ।

भूधर— ना॰ [सं॰] १. पहाड; पर्वत । २. शेषनाग । ३. कृष्ण ।

भूप/भूपति— ना॰ [सं॰] १. महाराज; राजा; भूपति । २. बादशाह; सम्राट् ।

भूपरिवेष्टित— वि॰ [सं॰] चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको (देश॰ ।

भूपाल— ना॰ [सं॰] राजा; भूप ।

भूपेन्द्र— ना॰ [सं॰] राजाहरूमा शक्तिशाली र सर्वश्रेष्ठ राजा; सम्राट् ।

भूप्रकृति— ना॰ [सं॰] पृथ्वीको धरातलको प्राकृतिक बनोट ।

भूभाग— ना॰ [सं॰] १. कुनै महाबीप वा उपबीपको खण्ड; प्रदेश । २. जमिनको खण्ड; भूक्षेत्र; भूखण्ड ।

भूभार— ना॰ [सं॰] १. पृथ्वीको भार । २. ठूलो जिम्मेदारी; गहन उत्तरदायित्व । ३. बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो ।

भूभारत— ना॰ [सं॰] ठूलो जिम्मेवारी; टन्टा; झमेला; झ्याउलो ।

भूभौतिक— वि॰ [सं॰] पृथ्वीको बाह्य भौगोलिक वस्तु (पानी, नदी, हावा आदि॰को अध्ययन गर्ने; विज्ञानसम्बन्धी । ~ विज्ञान— ना॰ भूभौतिकसम्बन्धी विज्ञान । > भूभौतिकी— ना॰ भूभौतिक विज्ञान ।

भूमण्डल— ना॰ [सं॰] पृथ्वीको सतह; भूतल; पृथ्वी; धर्ती ।

भूमध्य— वि॰ [सं॰] चारैतिर जमिनले घेरिएको । ~ रेखा— ना॰ अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बीच भागमा पटुकाझैँ बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा; विषुवत्– रेखा । ~ सागर— ना॰ पूर्वमा टर्कीनेरि एसिया र युरोपलाई र पश्चिममा स्पेननेरि युरोप र अफ्रिकालाई छुट्ट्याउने एक सागर ।

भूमापन— ना॰ [सं॰] कुनै देश, प्रदेश, जग्गाजमिन आदिको नापनक्सा गर्ने काम; सर्भे ।

भूमि— ना॰ [सं॰] १. पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईँ; धरती । २. ठाउँ; स्थान (जन्मभूमि, मातृभूमि आदि) । ३. कुनै देश वा भूभाग (आर्यभूमि, भारतभूमि आदि) । ४. लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनीजतिको परिमाण । ५. बौद्धधर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था । ६. कुनै वस्तुको आधार वा आश्रयस्थल (पृष्ठभूमि, कर्मभूमि आदि) । ७. घरको अलगअलग खण्ड; तला; भुईँतला । ८. खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा । ~

एकीकरण— ना॰ ससाना टुक्रामा छरिएको जमिनलाई बिराएर खेतीयोग्य बनाउने काम । ~ कदम्ब— ना॰ एक प्रकारको सानो जातको कदम्ब । — कम्प— ना॰ भूकम्प; भैँचालो । ~ कर— ना॰ तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर; जग्गाकर; तिरो; पोत ।

भूमिका— ना॰ [सं॰] १. कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य; प्रस्तावना; प्राक्कथन, आमुख; उपोद्घात; मुखबन्ध । २. कुनै कुरा प्रस्तुत गर्नुभन्दा पहिले उठाइने प्रसङ्ग; आधारभूमि; पूर्वप्रसङ्ग । ३. कुनै व्यक्ति वा वस्तुको योगदान । ४. नाटक आदिमा पात्रको अभिनय वा कार्य । ५. रचना । ६. वेदान्तशास्त्रका अनुसार चित्तका पाँच अवस्था (क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध॰ । ~ प्रदर्शन— ना॰ वास्तविक जीवनसँग समता राख्ने कुनै व्यवहारलाई खास प्रसङ्गमा आरोपित वा अभिनय गर्ने काइदा; खास प्रसङ्ग, अवस्था वा घटनासँग सम्बद्ध चरित्रको अभिनयात्मक प्रस्तुति ।

भूमिगत— वि॰ [सं॰] जमिनमुनि रहेको; भूगर्भमा स्थित । ~ जल— ना॰ जमिनभित्र रहेको पानी । भूमि गृह— ना॰ [सं॰] तहखाना; भूगृह ।

भूमिच्छिद्र— ना॰ [सं॰] प्राचीनकालमा ब्राह्मणलाई अध्ययन– अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन ।

भूमिति— ना॰ [सं॰] भूमि वा क्षेत्रको धरातलमा नाप गर्ने र नक्सा आदि तयार गर्ने विज्ञान; भूमापन गर्ने विद्या । भूमि देवता— ना॰ [सं॰] जग्गाजमिनका अधिष्ठाता वा संरक्षक देवता । भूमि प्राप्ति— ना॰ [सं॰] जग्गाजमिन पाउने काम । ~ अधिनियम— ना॰ कुनै कामको आवश्यकतापूर्तिका निम्ति जमिन किन्ने वा ग्रहण गर्ने नियमकानुन; भूमिप्राप्त गर्ने अधिकारसम्बन्धी कानुन । भूमि बन्धक— ना॰ [सं॰] ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम । भूमि विखण्डन— ना॰ [सं॰] जमिनलाई खेतबारीका रूपमा ससाना खण्डमा छुट्टयाउने वा टुक््रयाउने काम । भूमि सम्बन्धी— वि॰ [सं॰] जग्गाजमिनसँग सम्बन्धित; जग्गा– जमिनको । ~ ऐन— ना॰ मोही र जग्गाधनीका अधिकार र सर्तहरूको उल्लेख गरी दुवैतर्फको सम्बन्ध मिलाउने जग्गाजमिनसम्बन्धी अधिकारको कानुन । भूमि सुधार— ना॰ [सं॰] जग्गाजमिनको न्यायपूर्ण वितरण, व्यवस्था, संरक्षण आदिसम्बन्धी सुधारकार्य । ~ ऐन— ना॰ भूमिपतिहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने र मोहीहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने तथा मोहीहरूले कतिसम्म जमिनको अधिकार पाउने भन्ने व्यवस्था गरिएको कानुन । ~ व्यवस्था— ना॰ जमिनको उपभोगमा उचित हद तोकी सुधार ल्याउने हिसाबले तयार गरिने तथा जग्गाधनी र मोहीका बीचमा रहेका असमानतालाई हटाउने प्रयत्न गरिने भूमिसम्बन्धी सरकारी व्यवस्था ।

भूमिहीन— वि॰ [सं॰] आ६नो नाउँमा अधिराज्यभर जग्गाजमिन नभएको; सुकुम्बासी; सर्वहारा ।

भूमे— ना॰ [सं॰ भूमि] किसानहरूले दाइँ गरिसकेपछि पूजा गर्ने देवता; भूमिदेवता । ~ खाजा— ना॰ भूमेपूजामा खाजा खाँदा भूमेका निम्ति छुट्ट्याएर राखिने खाजा । ~ पाठी— ना॰ भूमेपूजा गर्दा काटिने पाठी । ~ पाठो— ना॰ भूमेपूजा गर्दा काटिने पाठो । ~ पाथी— ना॰ धान झारिसकेपछि खलैबाट चेलीबेटीलाई भनी छुट्ट्याइने पाथीभाग । ~ भाग— ना॰ अन्न भियभयाउनुभन्दा पहिले भूमिदेवताका नाममा अर्पण गरिने भाग ।

भूयः— क्रि॰ वि॰ [सं॰] १. फेरि; पुनः; अर्को पल्ट । २. अझ बढी; चाहिनेभन्दा बढ्ता ।

भूयशः— क्रि॰ वि॰ [सं॰] धेरैजसो; अधिकांशतः, प्रायशः ।

भूयसी— क्रि॰ वि॰ [सं॰] प्रशस्त; धेरैभन्दा धेरै; पर्याप्त । ~ दक्षिणा— ना॰ धार्मिक अनुष्ठान, मङ्गलकार्य, यज्ञ आदि गरिसकेपछि ब्राह्मणहरूलाई मूल दक्षिणापछि दिइने सहायक दक्षिणा; कुनै यज्ञको प्रतिष्ठास्वरूप दिइने विशेष दक्षिणा ।

भूरसी— ना॰ [सं॰ भूयसी] १. सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च । २. भूयसी दक्षिणा ।

भूराजनयिक— वि॰ [सं॰] भूराजनीतिसम्बन्धी विषयमा पोख्त भएको ।

भूराजनीति— ना॰ [सं॰] १. परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति । २. देशको भौगोलिक अवस्था र बनावटअनुरूप अँगालिने राजनीति । > भूराजनीतिक— वि॰ भूराजनीतिसँग सम्बन्धित; भूराजनीतिको ।

भूराजस्व— ना॰ [सं॰] जग्गाजमिनबाट मालपोतका रूपमा असुल भएको सरकारी रकम ।

भूरि— वि॰ [सं॰] धेरै; ज्यादा; अधिक ।

भूर्ज— ना॰ [सं॰] भोजपत्रको रूख । — पत्र– ना॰ भोजपत्र; भोजपात ।

भूर्लोक— ना॰ [सं॰] मर्त्यलोक; संसार ।

भूल— ना॰ हे॰ भुल । — चूक— ना॰ हे॰ भुलचुक । — भुलैया— ना॰ हे॰ भुल भुलैया ।

भूलोक— ना॰ [सं॰] भूर्लोक; मर्त्यलोक ।

भूवा— ना॰ हे॰ भुवा ।

भूषण— ना॰ [सं॰] १. सौन्दर्य वा शोभा बढाउने वस्तु । २. सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण । > भूषणीय— वि॰ सजाउन योग्य; सिँगार्न लायक ।

भूषा— ना॰ [सं॰] १. भूषण । २. साजसज्जा; सिँगारपटार (जस्तो— वेशभूषा॰ । > भूषित— वि॰ गहनागुरियाले सजाइएको; सिँगारिएको; अलङ्कृत ।

भूसंरक्षण— ना॰ [सं॰] १. रूखबिरुवा रोपेर वा पर्खाल, आड आदि लगाएर जग्गाजमिनको सुरक्षा गर्ने काम ।

भूस— ना॰ १. समयमा निब्ट्याउनुपर्ने कामकुरामा ढिलासुस्ती हुँदा सम्बन्धित कामकुराबाट हुने आमदानी, फाइदा आदि नहुने वा बिग्रने स्थिति; ल्याप्स । २. भुस ।

भूसतह— ना॰ [सं॰] जमिनको बाहिरी सतह; पृथ्वीको माथिल्लो भाग ।

भूस्खलन— ना॰ [सं॰] बाढीपहिरो आदिबाट जग्गाजमिन खिइँदै जाने र उत्पादनशील माटो बग्दै जाने स्थिति वा प्रक्रिया; भूक्षरण ।

भूस्वरूप— ना॰ [सं॰] धरातलको बनावट; जमिनको स्वरूप; भूआकृति ।

भूस्वामित्व— ना॰ [सं॰] भूस्वामी हुनाको भाव वा अवस्था; जग्गाजमिनको मालिक हुने हक वा अधिकार ।

भूस्वामी— ना॰ [सं॰] जग्गाजमिनको मालिक; जमिनको स्वामित्व भएको मानिस ।

भृकुटी— ना॰ [सं॰] १. लिच्छविकालीन प्रसिद्ध राजा अंशुवर्माकी छोरी तथा तिब्बतका राजा स्रङ्चनगम्पोसँग बिहा भएकी, त्यहाँ बौद्धधर्मको प्रचार गराउने नेपालकी राजकुमारी; हरिततारा २. हठयोगमा प्रयुक्त ईडा, पिङ्गला र सुषुम्णा नाडीहरूको सङ्गमस्थल । ३. आँखीभौँ; भ्रू ।

भृगु— ना॰ [सं॰] १. ब्रह्माजीका मानसपुत्र मानिएका र भृगु– गोत्रका प्रवर्तक एक ऋषि । २. दैत्यकुलका गुरु; शुक्राचार्य ।

भृङ्ग— ना॰ [सं॰] भँवरो; भ्रमर । — राज— ना॰ सेतो, नीलो र पहेँलो तीन रबको हुने, पीरो र तीतो स्वादको, आँखा र टाउको दुखेको औषधीमा प्रयोग हुने एक जातको भुईंझार ।

भृङ्गी— ना॰ [सं॰] १. शिवजीका प्रमुख गणमध्ये एक । २. भमराको पोथी । ३. मूलाको पातको भाव परेको गुलाफी फूल फुल्ने, रब बनाएर ऊन र रेसम रँगाउने काममा प्रयोग हुने एक प्रकारको भुईँझार । — राज— ना॰ पहेँला र राता फूल फुल्ने, मसिना पात हुने एक जातको भुईँझार; भृङ्गराज ।

भृतक— ना॰ [सं॰] १. तलब लिएर काम गर्ने व्यक्ति; नोकर । २. ज्यालादार ।

भृति— ना॰ [सं॰] १. भरणपोषण गर्ने काम; पालनपोषण । २. सेवा; नोकरी । ३. ज्याला; मजदुरी । ४. वेतन; तलब । ५. मूल्य; दाम । ६. अलग्गै बसेकी पत्नीलाई लोग्नेले भरणपोषणका निम्ति भरिदिएको मानाचामल । ७. निर्वाहभत्ता; वृत्ति ।

भृत्य— ना॰ [सं॰] १. तलब लिई काम गर्ने सेवक; नोकर । वि॰ २. भरणपोषण गर्न योग्य; पाल्नुपर्ने ।

भेउ— ना॰ [प्रा॰ भेअ] १. गुप्त रहेको रहस्य; भेद । २. कुनै कुराको बोध; थाहापत्तो; सुइँको । ३. सम्झने काम; होस; हेक्का; मेसो ।

भेक१— ना॰ [रू भेउ] १. नजिकको ठाउँ; छरछिमेक २. हाता; इलाका ।

भेक२— ना॰ [सं॰] १. भ्यागुतो । २. डरछेरुवा व्यक्ति ।

भेक्षण— ना॰ [सं॰] चरु तयार गरिएका मूल पात्रबाट हवन गर्नका लागि झिकिने पात्र; चरुस्थाली ।

भेख— ना॰ [सं॰ वेषे भेष; वेश ।

भेग— ना॰ हे॰ भेक (ठाउँ॰स इलाका ।

भेजा— वि॰ [हि॰] १. चिठी आदि पठाउने; प्रेषक । ना॰ २. गुठी वा यस्तै धार्मिक कृत्यमा सामूहिक रूपले घरघरबाट उठाइने सिधा, दक्षिणा आदि ।

भेट्–नु— स॰ क्रि॰ [भेट+नु] १. खोजेको वा चिताएको व्यक्तिलाई फेला पार्नु । २. मुलाकात गर्नु; भेट गर्नु । ३. प्राप्त गर्नु; भेट्टाउनु; पाउनु । ४. हराएको वस्तु हात लाग्नु । ५. बराबरीमा आउनु । अ॰ क्रि॰ ६. कुराकानी हुनु; भेट हुनु । ७. पर्याप्त हुनु; पुग्नु ।

भेट— ना॰ [प्रा॰ भिट्टे १. भेट्ने काम; भेटाइ; मुलाकात; मिलन; समागम । २. भेटी; दक्षिणा । ३. कोसेली; उपहार; नजराना । ~

घर— विशिष्ट तहका पाहुनासँग भेटघाट तथा सरसल्लाह गर्न बनाइएको घर; सत्कारगृह । — घाट— ना॰ दुई थरी वा दुई समूहका बीचको मिलन; भेट्ने काम; मुलाकात; समागम । —

वार्ता— ना॰ १. राष्ट्रिय–अन्तर्राष्ट्रिय तहका परिचित वा नयाँ व्यक्तिसित हुने सम्पर्क र कुराकानी । २. भेटका अवसरमा भएको औपचारिक तथा अनौपचारिक कुरोकन्थो । ३. त्यस्तो साहित्यिक तथा सामाजिक रचना ।

भेटाइ— ना॰ [रू भेट् (+आइ॰] भेट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] भेटाइनु— क॰ क्रि॰ १. भेट गराइनु । २. भेट्टाइनु; पाइनु ।

भेटाउनु— प्रे॰ क्रि॰ १. भेट गराउनु; भेट्न लाउनु । २. भेट्टाउनु ।

भेटिनु— अ॰ क्रि॰ १. भेट हुनु; भेट्नु; मिल्नु । २. प्राप्त हुनु; पाउनु; फेला पार्नु । क॰ क्रि॰ ३. भेट गरिनु ।

भेटी— ना॰ [भेट+ई] देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद तथा सुनचाँदी द्रव्य । — घाटी— ना॰ देवता वा पूज्य व्यक्तिलाई श्रद्धापूर्वक चढाइने रुपियाँपैसा, द्रव्य आदि ।

भेटेरिनरी— वि॰ [अङ्॰] पशुरोगको चिकित्सा वा उपचारसम्बन्धी । ~ हस्पिटल— ना॰ पशुचिकित्सालय ।

भेट्टाइ— ना॰ [रू भेट्टाउ (+आइ॰] भेटाउने क्रिया वा प्रक्रिया । [ > ] भेट्टाइनु— क॰ क्रि॰ प्राप्त गरिनु; फेला पारिनु ।

भेट्टाउ–नु— स॰ क्रि॰ [भेट्+आउ+नु] १. अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु । २. हातलागी गर्नु; प्राप्त गर्नु; पाउनु । ३. हराएको कुरो वा वस्तु फेला पार्नु । ४. अरूको बराबरीमा आउनु; समकक्षमा पुग्नु ।

भेट्नु/भेट्नो— ना॰ [सं॰ वृन्ते फल, फूल, बिरुवा, पात आदिका फेदमा रहने डाँठ; वृन्त ।

भेडा— वि॰ [भेडोको ति॰ ।)] हे॰ भेडो । ~ बाख्रा— ना॰ १. भेडा वा बाख्राको समूह । २. यौनछाडा भएका केटाकेटीलाई तिरस्कार गर्दा भनिने शब्द ।

भेडिया— वि॰ [भेडो+इयो १. भेडोका चालको; एकोहोरो । ना॰ २. भेडो । ~ धसान— ना॰ कुनै काममा एकोहोरो पाराले लगातार लाग्ने प्रक्रिया; एकोहोरोलगाइ वा खटाइ; फल नसोची अर्काको लहैलहैमा लाग्ने काम ।

भेडी— ना॰ [भेडो+ई] १. भेडाको पोथी रूप; पोथी भेडो । २. आइमाईलाई तिरस्कार गर्दा भनि बोली । ~ गाँठो— ना॰ केटाकेटीहरू घेरा लागेर झुरुप्प बसी एउटाले उठेर घुम्दै गाँठो पारेको रुमाल कसैले नदेख्ने हिसाबले एक जनाको पछिल्तिर राखेर आ६नै ठाउँमा गएर बस्न सके रुमाल खसाइएको मान्छे मर्ने र रुमाल खसाल्नेलाई खसालिएकाले थाहा पाई बीचैमा फेला पार्न सके रुमाल खसाल्ने नै मर्ने गरी खेलिने केटाकेटीको एक खेल । ~ गोठ— ना॰ व्यवसायका रूपमा पालिएका भेडाको बथान र भेडापालनका निम्ति लेकतिर रहेको गोठ । ~ गोठालो— ना॰ भेडाको रखवारी गर्ने वा चराउने व्यक्ति । स्त्री॰ भेडीगोठाल्नी । ~ फुल— ना॰ तीसदेखि साठी सेन्टिमिटरसम्म अग्लो, साधारण डल्ला आकारका पात हुने, पहेँलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाब हुने एक जातको झार वा त्यसैको फूल ।

भेडे— वि॰ [भेडो+ए] एकोहोरो चालले लाग्ने; भेडाको जस्तो बुद्धि भएको । ~ कुरो— ना॰ फुस्रा लाम्चा पात र झुस भएका झुप्पे फूल फुल्ने र छुनासाथ लुगामा टाँसिने कुरोजातको एक झार; त्यसैको फूल । ~ गाँठो— ना॰ १. भेडीगाँठो । २. सोचविचारै नगरीकन अर्काको लहैलहैमा लाग्ने काम ।

भेडो— ना॰ [सं॰ भेडे जीउमा मसिना, बाक्लै रौँ हुने, सिब हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दूध, मासु आदिका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष । — पन— ना॰ १. भेडोजस्तो एकोहोरो पाराले लाग्ने बानी; अन्धोपन । २. ठीक र बेठीक छुट्ट्याउन नसक्ने बुद्धि; कुबुद्धि ।

भेड्कि–नु— अ॰ क्रि॰ [भेट्+इ+नु] १. कुनै काम गर्न तोकिएको समय वा दिन साह्रै थोरै बाँकी हुनु । २. कुनै काम गर्ने बेला बित्न लाग्नु; अबेर हुनु; घर्किनु । > भेड्क्याइ— ना॰ १. भेड्किने भाव, क्रिया वा प्रक्रिया । २. भेड्क्याउने भाव वा क्रिया–प्रक्रिया ।

भेड्क्याइनु— क॰क्रि॰ भेड्किने पारिनु । भेड्क्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ समय गुजार्नु; ढिलो गर्नु; भेट्किने पार्नु ।

भेद्–नु— स॰ क्रि॰ [सं॰ भेद+नु] १. कसैमाथि तन्त्रमन्त्र प्रयोग गरी मोहनी लाउनु; टुनामुना गर्नु । २. कुनै वस्तुमा प्वाल पार्नु; छेड्नु । ३. लक्ष्यभेद गर्नु । ४. मिलेका साथीहरूलाई परस्परमा फाटो पार्नु; फुट गराउनु । ५. चिर्नु; टुक््रयाउनु; काट्नु; फार्नु ।

भेद— ना॰ [सं॰] १. एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता । २. कुनै विषय वा वस्तुको किसिम; प्रकार । ३. रहस्यमय कुरा खुलस्त गर्ने काम; गोप्यताभङ्ग । ४. एक–अर्कामा हुने विरोध वा फाटो; फुट । ५. आन्तरिक कुरो; रहस्य; मर्म; तात्पर्य । ६. कुनै विषयवस्तुको अंश वा खण्ड; टुक्रो । ७. मन्त्रको जादुगरी; टुनामुना; मोहनी । ८. चमत्कार ।

भेदक— वि॰ [सं॰] १. गोप्यताभङ्ग गर्ने; रहस्य खोल्ने । २. छेड्ने; प्वाल पार्ने । ३. चिर्ने, फार्ने वा काट्ने । ४. भेदन गर्ने; छुट्टयाउने । ५. निर्धारण गर्ने; निर्धारक । ६. रेचक । स्त्री॰ भेदिका । > भेदकातिशयोक्ति— ना॰ साहित्यमा अतिशयोक्ति अलङ्कारको उपमेय र वर्णनमा भेद देखिँदा पर्ने एक प्रकार ।

भेदकारक/भेदकारी— वि॰ [सं॰] हे॰ भेदक ।

भेदज्ञान— ना॰ [सं॰] भिन्नता वा बैतभावको ज्ञान । > भेदज्ञानी— वि॰ भेदज्ञान भएको ।

भेददर्शी— वि॰ [सं॰] १. भेद देख्ने; भिन्नता देखाउने । २. विश्वलाई परब्रह्मभन्दा भिन्न मान्ने; बैतवादी ।

भेददृष्टि— वि॰ [सं॰] १. भेददर्शी । ना॰ २. भेदबुद्धि ।

भेदन— ना॰ [सं॰] १. काट्ने काम; चिरफार; छेदन । २. छेड्ने काम । ३. परस्परमा फटाउने काम; फाटो पार्ने काम । ४. रेचन ।

भेदभाव— ना॰ [सं॰] १. प्रायः समान मानिएका व्यक्ति वा वस्तुहरूका बीच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव । २. कसैसँग असल र कसैसँग खराब व्यवहार गर्ने काम; पनपक्ष; पक्षपात ।

भेदाइ— ना॰ [रू भेद् (+आइ॰] भेद्ने वा फाटो पार्ने क्रियाप्रक्रिया । [ > ] भेदाइनु— क॰ क्रि॰ भेद गराइनु; प्वाल पार्न लाइनु ।

भेदाउनु— प्रे॰ क्रि॰ भेद गराउनु; प्वाल पार्न लाउनु ।

भेदाभेद— ना॰ [भेद्+आ+भेद्] परस्परमा रिसराग राखेर दोषारोपण गर्ने वा झगडा लाउने काम; पोलापोल ।

भेदाहा— वि॰ [भेद्+आहो भेद्ने; टुनामोहनी गर्ने; टुन्याहा; भेदुवा ।

भेदित— वि॰ [सं॰] १. भेदन गरिएको; काटिएको । २. प्वाल पारिएको; छेडिएको ।

भेदिनु— क॰क्रि॰ [भेद्+इ+नु] १. भेद्ने काम गरिनु । २. प्वाल पारिनु; छेडिनु ।

भेदिया— ना॰ [भेद+इयो १. गुप्त रूपमा भित्री कुराहरू पत्ता लगाउने व्यक्ति; गुप्तचर । २. मन चोर्ने बानी भएको व्यक्ति; कुरा धुत्ने व्यक्ति ।

भेदी— वि॰ [सं॰] १. जासुसी काम गर्ने; गुप्तचर । २. प्वाल पार्ने; भेदन गर्ने; छेड्ने । ३. टुनामुनाको काम गर्ने; तन्त्रमन्त्रबारा अर्कामाथि भेद गर्ने; भेदाहा ।

भेदुवा— वि॰ [भेद्+उवो भेदाहा; टुन्याहा ।

भेद्य— वि॰ [सं॰] १. प्वाल पार्न वा छेड्न उचित । २. काट्न लायक; भेदन गर्न योग्य । ~ चट्टान— ना॰ पानी छिर्न सक्ने ढुङ्गा ।

भेरी— ना॰ [सं॰] १. नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रमा पर्ने एक प्रसिद्ध नदी । २. नेपाल अधिराज्यको मध्य पश्चिमाञ्चल विकासक्षेत्रको एक अञ्चल । २. प्राचीन कालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ठूलो ढोल बाजा ।

भेल— ना॰ [प्रा॰ भेलम्] खोला, खोल्सा आदिमा वर्षाका कारणले उर्लेर बढेको पानीको प्रवाह; बाढी ।

भेला— ना॰ [फ्रे॰ भेले थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा । [प्रा॰ भेले धेरै जना एकै ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो । ~ गीत— ना॰ समूहगीत; समूहगान ।

भेल्ड— ना॰ [अङ्॰] दक्षिण अफ्रिकाको उच्च समस्थलीको समशीतोष्ण तृणभूमि ।

भेश/भेष— ना॰ [सं॰ वेशे पहिरन वा लवाइ; परिधान; आकृति; रूप ।

भेषज— ना॰ [सं॰] १. औषधी; ओखती । २. उपचार । ३. पानी; जल ।

भेषधारी— वि॰ [सं॰ वेशधारी] वेशभूषा धारण गर्ने; वेशधारी ।

भेषी— वि॰ [सं॰] १. भेष भएको; भेषधारी । २. भेष बनाउने

(जस्तो— छßभेषी॰ ।

भेस— ना॰ [सं॰ वेशे १. लुगाफाटो; वस्त्र । २. पहिरन; लवाइ; बाना । ३. अरूले आफूलाई चिन्न नसक¨न् भन्नाका निम्ति लगाएको वस्त्र; बनावटी वेश । ४. नाचमा कसैको अनुकरण गर्न बनाइएको कृत्रिम रूप । ५. साधुसन्न्यासीको पोसाक । श्र भेसी— वि॰ भेस लिएको; भेस धारण गर्ने ।

भैँ— ना॰ [भुईँ < सं॰ भूमि] भुईँ; भूमि । — ऐँसेलु— ना॰ भुईँऐँसेलु । — कटहर— भुईँकटर । — काफल— ना॰ भुईँकाफल । — कुभिन्डो— भुईँकुभिन्डो । — खुट्टे— वि॰ भुईँखुट्टे । — चम्पा— ना॰ भुईँचम्पा । — चरी— ना॰ भुईँचरी । — चालो— ना॰ ज्वालामुखी–विस्फोटन आदिका कारणले पृथ्वीको गतिमा असन्तुलन आई सतह हल्लिने काम; भूकम्प; भुईँचालो । — जुरेली— ना॰ भुईँजुरेली । — झार— ना॰ भुईँझार । — फुट्टा— ना॰ भुईँफुट्टा ।

भैँमाल— ना॰ [सं॰ भू–माले उच्च ठाउँमा रहेको समथर जमिन; दुईतिर नदी भई बीचमा रहेको अग्लो र समथथ्याइलो जग्गा; टार । > भैँमाले— वि॰ भैँमाल परेको ठाउँको; भैँमालको बासिन्दा ।

भैँलाठे— ना॰ [भैँ+लाठे] जमिनको काममा शारीरिक परिश्रम मात्र गर्ने, अन्यत्रका कुनै कुरा थाहा नपाउने व्यक्ति; लट्ठक; पटमूर्ख ।

भैँसालो— ना॰ [भैँसी+आलो] भैँसी पाल्ने गोठालो; भैँसीपाला ।

भैँसी— ना॰ [सं॰ महिषी] दूध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तू जनावर; राँगाको पोथी ।

भैँसे— वि॰ [भैँसी+ए] भैँसीजस्तो; भैँसीसँग सम्बन्धित; भैँसीको । ~

चरी— ना॰ भैँसीलाई बोलाउँदा प्रयोग हुने 'हेइ–हेइ' शब्दझैँ गरी कराउने एक जातको चरो । ~ च्याउ— ना॰ रूखमा उम्रने र तरकारी खान हुने, बाक्लो खालको च्याउविशेष । ~ तरुल— ना॰ जङ्गलमा हुने तरुलको एक जात; एक प्रकारको वनतरुल । ~

तिल— ना॰ अररो बोट र ठूलठूला खस्रो गेडा हुने एक जातको तिल । ~ दाद— ना॰ भैँसी बस्ने आहालको हिलो पानीका सम्पर्कबाट शरीरमा उछ्रिने एक प्रकारको दाद । ~ पाहा— ना॰ फोहोर पानी जम्ने पोखरी वा भैँसी बस्ने आहालमा हुने एक जातको ठूलो खालको भ्यागुतो । ~ लहरो— ना॰ प्रसिद्ध सोमलता बुटीको एक भेद । ~ लुतो— ना॰ शरीरभरि ठूलठूला फोका उठेर फुट्तै, पाक्तै गर्ने रक्तविकार वा चर्मसम्बन्धी रोग ।

भैया— ना॰ [भाइ+ऐयो १. भाइ । २. भैयाद ।

भैयात/भैयाद— ना॰ [सं॰ भ्रातृ+दायद] भाइ, भतिजा आदि बन्धुवर्ग; दाजुभाइ; कुलकुटुम्ब ।

भैरव— वि॰ [सं॰] १. भयानक; डरलाग्दो; भयङ्कर । ना॰ २. शिवजीको प्रथमादि गणमध्ये एक । ३. गीतसूत्रका सप्तस्वरमध्ये ऋषभ र धैवत कोमल हुने, बाँकी स्वर सामान्य हुने, विशेष गरी शरद् ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका छ रागमध्ये एक । ४. भय; त्रास । ~ पाती— ना॰ हे॰ भैरुम्पाती ।

भैरवी— ना॰ [सं॰] १. दुर्गा; भवानी; देवी । २. दस महाविद्यामध्ये एक । ३. सङ्गीतका रागिनीहरूमध्ये एक । ~ चक्र— ना॰ पञ्च मकारका विधिअनुसार भैरवी देवीको पूजा गर्न चक्राकार रूपमा बसेका वाममार्गी तान्त्रिकहरूको मण्डली

भैरवीय— वि॰ [सं॰] भैरवसम्बन्धी; भैरवको ।

भैरुम्पाती— ना॰ [रू भैरवपाती] हिमाली भेगमा पाइने, धूपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती ।

भैलक्के— वि॰ सुझबुझै नराखी बोल्ने; प्वाक्क बोल्ने ।

भैलिनी— ना॰ [भैलो+इनी] कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीको गाथा र मङ्गल गाउँदै हिँड्ने नारीसमुदाय । वि॰ २. भैलो गाउने वा भैलो खेल्ने ।

भैलो— ना॰ [सं॰ भद्र । भलो] १. कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत । २. त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ–पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम ।

भैषज— ना॰ [सं॰] औषधी; ओखती । > भैषज्य— ना॰ १. औषधोपचार; चिकित्सा । २. स्वास्थ्य र आरोग्य प्रदान गर्ने शक्ति ।

भोँचा— ना॰ [नेवा॰] सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; क्रुसिबल ।

भो१— वि॰ बो॰ [सं॰] मान्य जनलाई गरिने एक प्रकारको सम्बोधन ।

भो२— वि॰ बो॰ १. कुनै कुराबाट आफू अघाइसकेको अवस्था व्यक्त गर्दा वा झिज्याहट, घृणा, निषेध आदि देखाउँदा प्रयोग हुने अव्यय शब्द; भयो (उदा॰— भो, मलाई छकाउनुपर्दैन । उनले बोलेको पूरा हुन त भो त्यत्तिकै । भो, पुग्यो) । २. मनग्गे भयो; पुग्यो ।

भोक— ना॰ [सं॰ बुभुक्षो १. भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे । २. कुनै कुरा पाउनका निम्ति उत्कट अभिलाषा; इच्छा । — मरी— ना॰ विशेषतः अन्नको अभावमा भोकभोकै मर्ने अवस्था । ~ हडताल— ना॰ कुनै राजनीतिक वा सामाजिक माग पूरा नभएसम्म नखाने प्रतिज्ञा गरी अधिकारीहरूका समक्ष विरोध दर्साउने प्रक्रिया; त्यसरी भोकै बसी गरिने हडताल; अनशन ।

भोकाइ— ना॰ [रू भोक (+आइ॰] भोकाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] भोकाइनु— अ॰ क्रि॰ भोक लागिनु ।

भोकाउनु— अ॰ क्रि॰ [भोक+आउ+नु] १. भोक लाग्नु; के खाऊँ के खाऊँ हुनु; खान मन लाग्नु । २. कुनै योग्य वस्तुप्रति उत्कट अभिलाषा जाग्नु; चाहना हुनु ।

भोको— वि॰ [भोक+ओ] १. खानेकुरा नखाएको; नखाईकन भोकै रहेको । २. भोगको इच्छापूर्ति नभएको; भोगको लालसा जागेको ।

भोक्कर— ना॰ तामाको, मुरलीजस्तो पारी बनाइएको, फुकेर बजाइने लाम्चो एक बाजा; बानो ।

भोक्तव्य— वि॰ [सं॰] भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने ।

भोक्ता— वि॰ [सं॰] १. कुनै वस्तु वा सुख–दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने । २. भोजन गर्ने; खाने । ३. शासन गर्ने; शासक । ना॰ ४. भोग गर्ने व्यक्ति । ५. राजा; शासक । ६. स्त्रीको पति वा प्रेमी ।

भोग्–नु— स॰ क्रि॰ [सं॰ भोग+नु] १. जीवन र जगत्को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्रानराम्रा सबै कुरा खेप्नु । २. कुनै वस्तु वा स्थितिको उपभोग गर्नु । ३. बेहोर्नु; सुमर्नु । ४. स्त्रीसम्भोग गर्नु; सहवास गर्नु ।

भोग— ना॰ [सं॰] १. सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ । २. पाप वा पुण्यको फल; प्रारब्ध । ३. सुखदुःखको अनुभव गर्ने देह । ४. कुनै वस्तु आ६नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन । ५. कुनै ग्रह एकै राशिमा रहने समय वा काल । ६. खानेकुरो खाने काम; भक्षण; खवाइ । ७. देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि । ८. शासन; राज्य । (. समागम; मैथुन । १०. लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर । ११. आ६नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति । ~ कर— ना॰ सरकारलाई तिर्नुपर्ने खेतीको उब्जनी वा पशुपालनसम्बन्धी कर । ~ काल— ना॰ १. कुनै घटना वा कुरो थालनीदेखि टुङ्ग्याउनीसम्म घटित हुने समय (राशिका ग्रह आदिको) । २. सुखदुःख आदि भोगिने पूरा समय । ~ चलन— ना॰ कुनै वस्तुमाथि पूरै रूपमा आ६नो अधिकारको प्रयोग वा उपयोग; भोग र चलन गर्ने काम ।

भोगटे— ना॰ १. ज्यामिर जातको डल्लो र ठूलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से । २. हल्का हरियो रबका बाटुला र फराकिला पात हुने, पाक्ता सेतो र पहेँलो रबका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसैको फल । ३. सेता आकारका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल । भोग पत्र— ना॰ ऋण नफछ्यार्एबापत साहूले ऋणीको सम्पत्ति ग्रहण गर्न पाउने हक सुम्पने कानुनी कागज । भोग बन्धक— ना॰ [सं॰] सापटी दिएका रुपियाँको भोगचलन गर्ने गरी लिनेदिने काम । > भोग बन्धकी— वि॰ १. भोगबन्धकमा परेको ऋण चुक्ता नहुन्जेल ब्याजबापत बन्धकी भोग गर्न दिइएको । ना॰ २. सोअनुसार भोगबन्धक भएको तमसुक ।

भोगभाग— ना॰ [सं॰] भाग्यवादीका अनुसार जीवनले भोग्नुपर्ने सुखदुःख, पापपुण्य आदिको फल; भाग्यको भोग ।

भोगवादी— वि॰ [सं॰] भौतिक संसारकै सुख–दुःखमाथि विश्वास गर्ने; परलोकको बारेमा विश्वास नगर्ने ।

भोगविलास— ना॰ [सं॰] शारीरिक वा इन्द्रियजन्य रूपमा हुने सुखसुविधाको अधिक भोग; ऐसआराम; मोजमज्जा ।

भोगाइ— ना॰ [रू भोग् (+आइ॰] भोग्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] भोगाइनु— क॰ क्रि॰ भोग्न लाइनु; भोग्ने पारिनु । भोगाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. दुःखकष्ट दिएर चेताउनु; काबू पार्नु । २. भोग्न लाउनु ।

भोगिनी— ना॰ [सं॰] १. खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी । २. राजाकी उपपत्नी । ३. सर्पिणी ।

भोगिनु— क॰ क्रि॰ [भोग्+इ+नु] सुखदुःखको अनुभव गरिनु ।

भोगी— वि॰ [सं॰] १. व्यवहारको दुःख–सुख वा राम्रो–नराम्रो भोगिसकेको; भुक्तभोगी । २. इन्द्रियहरूको सुख भोग गर्न चाहने; भोगविलासमा लीन भएको; विलासी । ३. स्त्रीहरूमा रत; स्त्रीलम्पट । ४. भोग गर्ने; खाने । ५. कुनै कुरा अघोर मन पराउने । ना॰ ६. सुखचैन, आमोदप्रमोदमा लीन भएको मानिस; भोग गर्ने व्यक्ति ।

भोग्य— वि॰ [सं॰] १. भोग गर्न उचित; भोग्न लायक । ना॰ २. भोग गरिने वा भोग्न सकिने वस्तु ।

भोज१— ना॰ [सं॰ भोजने कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर; सहभोजन ।

भोज२— ना॰ [सं॰] भारतको मालवाक्षेत्रमा राज्य गर्ने, कालिदासका समयका एक प्रसिद्ध दानी, विबान् र कवि राजा ।

भोजन— ना॰ [सं॰] १. भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ । २. खाने काम; भक्षण । ३. विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर । ~ भट्ट— वि॰ साह्रै धेरै खाने; खन्चुवा । > भोजनालय— ना॰ १. खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर । २. सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल । भोजनीय— वि॰ भोजन गर्न उचित; खान लायक; भोज्य ।

भोजपत्र/भोजपात— ना॰ [सं॰ भूर्जपत्रे १. पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रूख; भोजपात । २. प्राचीन कालमा लेख्नका निमित्त कागतका सट्टामा प्रयोग गरिने सोही रूखको बोक्रो वा पत्र ।

भोजपुर— ना॰ [सं॰] नेपालको पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत कोसी अञ्चलको पहाडी भेकमा पर्ने एक जिल्ला र त्यसको सदरमुकाम । भोज भतेर— ना॰ [भोज+भतेरे विशेष उत्सव वा पर्वमा धेरै जना मिलेर खान तयार गरिएको भातभान्सा; त्यस्तो सामूहिक भोजन ।

भोजिन्सो— ना॰ बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रबको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट ।

भोजी— वि॰ [सं॰] भोजन गर्ने वा खाने (जस्तै— मिष्टान्नभोजी, मांसभोजी इ॰) ।

भोजे— वि॰ [भोज+ए] १. भोज मन पराउने; भोज खोज्दै हिँड्ने । २. धेरै खाने ।

भोज्य— वि॰ [सं॰] १. खान योग्य; खान लायक । ना॰ २. खानका निम्ति उपयुक्त वस्तु; भोजन; खाद्य पदार्थ । ~ काल— ना॰ भोजन गर्ने समय; खाने बेला ।

भोट१— ना॰ [अङ्॰] कुनै व्यक्ति वा कुरालाई छान्न निर्णयका निम्ति दिइने स्वैच्छिक राय; मत ।

भोट२— ना॰ [सं॰ भोटे नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको एक देश तथा हाल जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र; तिब्बत । ~ चिनियाँ— वि॰ तिब्बती, चिनियाँ, थाई, बर्मेली, बोदो र करेनी भाषाखलकसम्बन्धी; चिनियाँतिब्बती । ~ बर्मेली— वि॰ भोटचिनियाँ भाषिक खलकको (एक शाखा॰ । > भोटिया— वि॰ १. भोट मूल भएको (भाषा, जाति आदि॰ । ना॰ २. भोट वा भुटान देशको मान्छे; भोटे ।

भोटाब— ना॰ हे॰ भुटान ।

भोटी— ना॰ एक जातको कालो रबको हिले माछो ।

भोटे— ना॰ [भोट+ए] १. भोट वा तिब्बतमूलको प्रसिद्ध जाति । २. त्यस जातिको मान्छे । वि॰ ३. भोटको; भोटसम्बन्धी । ४. भोटमा बसोबास गर्ने; तिब्बती । स्त्री॰ भोटिनी, भोटेनी । ~

कुकुर— ना॰ ठूलो टाउको र झ्याप्ल्याङ्ब परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर । ~ खयर— ना॰ कपडा, ऊन आदि रँगाउने काममा प्रयोग हुने, रातो रब हुने एक जातको खयर । ~ घोडा— ना॰ लेकमा विशेष गरी भोटतिरबाट आउने लामा– लामा बाक्ला रौँ हुने एक जातको घोडा । ~ ताल्चा— ना॰ ढोकाका खैमलमा साङ्लोमा छिराएर लाइने ठूलो खालको ताल्चा । ~ नुन— ना॰ भोटबाट आउने एक किसिमको नुन । ~ भेडो— ना॰ भोटबाट आउने ठूलठूला सिब र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याबलुब । ~ मार्सी— ना॰ मार्सी धानका विभिन्न भेदमध्ये मोटो खालको मार्सी । ~ साङ्लो— ना॰ कुकुर बाँध्ने काममा प्रयोग हुने मोटो खालको साङ्लो । ~ सेलो— ना॰ भोटे वा तामाबहरूले गाउने लोकगीतको एक विशेष लय; सेलो ।

भोटो— ना॰ दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडिपछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक । ~ जात्रा— ना॰ बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा ।

भोर्–नु— स॰ क्रि॰ [भोर+नु] १. भोर गर्नु; बोर्नु; लसपस गर्नु । २. भद्रगोल पार्नु ।

भोर१— ना॰ [सं॰ विभावरी] १. प्रातःकाल; बिहान । क्रि॰ वि॰ २. बिहानीपख; सखारै ।

भोर२— ना॰ [सं॰ व्यवहारे १. झुक्याउने वा झुक्किने काम; झुकान; भ्रम । २. कुनै कामकुरोमा पर्न आउने अव्यवस्था; गडबडी; गोलमाल । ३. छुवाछूत; बोर । ~ जुवा— ना॰ बन्द हुन लागेको समयको अव्यवस्थित जुवा ।

भोरस— ना॰ [भरोसो सहारा, भरोसा, आधार (उखान— गाई भए गोरस, भाइ भए भोरस॰

भोराइ— ना॰ [रू भोर् (+आइ॰] भोर पार्ने क्रियाप्रक्रिया । श्र भोराउनु— क॰ क्रि॰ भोर्न लाइनु । भोराउनु— प्रे॰ क्रि॰ भोर्न लाउनु; बोराउनु । भोरिनु— क॰ क्रि॰ भोरमा परिनु; भोर गरिनु ।

भोर्जन— ना॰ [सं॰ भोजने भोजन; खानेकुरो । (उदा॰— भोक मीठो कि भोर्जन मीठो महाराज ;)

भोर्तलक— ना॰ एक जातको माछोविशेष ।

भोर्लो— ना॰ कोइरालाका आकारका र ठूलठूला पात हुने, सेता फूल फुल्ने च्याप्टा र लाम्चा टाटा फल्ने, पात दुनाटपरी गाँस्न र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट ।

भोला— वि॰ १. सरल स्वभावको; सीधासाधा आनीबानी भएको; सोझो; भलादमी; साधु । ना॰ २. शिव; महादेव । > भोलाउलो— वि॰ भोलाभाला स्वभावको; भलादमी पाराको । — नाथ— ना॰ १. शिव; शङ्कर । वि॰ २. छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति । — पन— ना॰ भोला हुनाको भाव, गुण वा अवस्था । — भाला— वि॰ छलकपट नभएको; सीधासाधा; निष्कपट ।

भोलि— क्रि॰ वि॰ [सं॰ विभावरी > भोरि] आजभन्दा पछि आउने पहिलो दिन; आउँदो दोस्रो दिन; आउने दिन; अर्को दिन । — पल्ट— क्रि॰ वि॰ भोलिको दिनमा; आउने दिनमा । — पल्टै— क्रि॰ वि॰ अर्को दिनभित्रै; आउने दिनमै । — पर्सि— क्रि॰ वि॰ एकदुई दिनपछि; भविष्यमा । — बेर— ना॰ अर्को दिन; भोलिपल्ट ।

भोले१— ना॰ फलाँटका जस्ता पात र बोट हुने, पाउलाको अचार खाइने एक जातको बोट ।

भोले२— ना॰ भोलाकै अर्को रूप; शिवजी, वमभोले, भोलेबाबा ।

भोलेन्टियर— ना॰ [अङ्॰] स्वयंसेवक ।

भोल्ट— ना॰ [अङ्॰] वैद्युतिक चालकशक्तिको एकांश परिमाण ।

भोल्टेज— ना॰ [अङ्॰] यन्त्र आदिमा व्यवहृत चालक शक्तिको मोठ परिमाण ।

भोल्टो— ना॰ धनुकाँड चलाउनेहरूले हातका औँला र नारीमा लाउने छालाको साधन । — धारी— ना॰ भोल्टो धारण गर्ने व्यक्ति; भोल्टो लाउने र धनुकाँडा चलाउने सेना ।

भौँ— ना॰ [सं॰ भ्रू॰] आँखीभुईँ; आँखीभौँ ।

भौँतारिनु— अ॰ क्रि॰ [सं॰ भ्रमित+नु] १. अनावश्यक रूपमा तथा विनाउद्देश्यले जताततै घुम्नु; लरखराउनु । २. हैरानी भोग्ने गरी दौडधूपमा लाग्नु; धेरै हिँडडुलमा पर्नु । भौँताथ्याइ— ना॰ भौँतारिने चाल, क्रिया वा प्रक्रिया ।

भौँप्वाल— ना॰ [नेवा॰] बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धूवाँ पास होस् भन्ने हेतुले छानामा आधी गोलो पारेर राखिने झ्यालजस्तो प्वाल ।

भौँरा— ना॰ [सं॰ भ्रमरे १. मुहालीका छाँटको एक प्रकारको बाजा । २. भमरा ।

भौगर्भिक— वि॰ [सं॰] भूगर्भसम्बन्धी; भूगर्भको; धरातलभित्रको बनोटसम्बन्धी ।

भौगोलिक— वि॰ [सं॰] भूगोलसँग सम्बन्धित; भूगोलको ।

भौज्या— ना॰ [भाउजू+यो १. देवर र भाउजूको अनुचित सम्बन्धबाट जन्मेको सन्तान; भाउजेलो । वि॰ २. भाउजूसँग अनुचित सम्बन्ध राख्ने ।

भौतिक— वि॰ [सं॰] १. पृथ्वी, अप, तेज, वायु, आकाशजस्ता पञ्चमहाभूत तत्त्वबाट बनेको; पञ्चमहाभूतसम्बन्धी । २. पृथ्वीका सबै गुणयुक्त; पार्थिव । ३. हाडमासुयुक्त शरीरसम्बन्धी; प्राणीसम्बन्धी; भूतसम्बन्धी । — ता— ना॰ २. भौतिक पक्ष पर्याप्त हुनाको भाव वा अवस्था । ~ परिवर्तन— ना॰ विज्ञानका प्रक्रियाअनुसार कुनै वस्तुको तौल, अस्तित्व आदिमा फरक नभई हुने परिवर्तन; पानी बाफमा, नुन झोलमा बदलिनुजस्ता भौतिक रूपमा नै हुन आउने परिवर्तन । ~ भूगोल— ना॰ कुनै देश वा क्षेत्रको राजनीति, जनघनत्व, व्यापार आदि पक्षलाई नछोई प्राकृतिक बनोट वा रूप र उत्पादन आदि विषयलाई प्रस्तुत गर्ने भूगोल । ~ वातावरण— ना॰ वस्तुपक्ष वा वस्तुगत रहनसहनको यथार्थ स्थिति; बाह्य तथा दृश्य वातावरण । — वाद— ना॰ अदृश्य र पारलौकिक सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त; भौतिक गुण तथा निर्माणतत्त्वलाई शाश्वत मान्दै भौतिक जगत्लाई परिवर्तनशील तथा विकासशील रूपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भनी मान्ने वैज्ञानिक वा दार्शनिक सिद्धान्त वा मत । — वादी— वि॰ भौतिकवादको अनुयायी वा समर्थक; भौतिकवादमा विश्वास राख्ने । ~ विज्ञान— ना॰ भौतिक तत्त्व वा वस्तुहरूको विवेचन र विश्लेषणका साथ तिनको गुण छानबिन गरिने शास्त्र; वस्तुजगत्को सूत्रात्मक अध्ययन गर्ने विज्ञान; पदार्थविज्ञान । ~ विद्या— ना॰ १. भौतिक शास्त्र; भौतिक विज्ञान । २. जादु–टुना गर्ने विद्या; इन्द्रजाल । ३. मरेका मान्छेहरूको हंस जगाई बातचित गरिने विद्या; भूतसाधना गर्ने विधि । ४. भूत–प्रेत आदिको बाधा हटाउने विद्या; झारफुके तन्त्रमन्त्र । ~ शास्त्र— ना॰ भौतिक विज्ञान । ~

सम्पत्ति— ना॰ सरकारी वा व्यक्तिगत कार्यालय वा घरका टेबुल, दराज, गाडी आदि विभिन्न अचल वस्तु; जग्गाजमिन, भवन आदि अचल सम्पत्ति । ~ साधन— ना॰ शिक्षण–संस्था आदिका लागि आवश्यक भवन, खेलमैदान, फर्निचर, कोठोजस्ता भौतिक सुविधाका सामानहरूको समूह ।

भौम— ना॰ [सं॰] १. ज्योतिषका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल । वि॰ १. भूमिबाट आउने । २. भूमिसम्बन्धी; जग्गा– जमिनको । — वार— ना॰ सात वारमध्ये तेस्रो वार; मङ्गलवार । श्र भौमिक— वि॰ भूमिसम्बन्धी; जमिनसँग सम्बन्धित ।

भ्या— क्रि॰ वि॰ [अ॰ मू॰] भेडो कराएको आवाज आउने गरी ।

भ्याइ— ना॰ [रू भ्याउ (+आइ॰] कुनै काम गर्न भ्याउने क्रिया वा प्रक्रिया । [ > ] भ्याइनु— क॰ क्रि॰ निश्चित समयमा काम सिद्ध्याउनु; फुर्सद पाइनु ।

भ्याउ–नु— स॰ क्रि॰ १. कुनै काम गर्नाका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु । २. गर्नुपर्ने काम गर्न योग्यता, सामर्थ्य आदि प्राप्त गर्नु । ३. थालेको काम समयमै टुङ्ग्याउनु वा सक्नु ।

भ्याउसुलो— ना॰ हाप्सिलो ।

भ्याकभ्याक— क्रि॰ वि॰ [अ॰ मू॰ भ्याक्+अ (बि॰)] बन्चरो, खुकुरी आदिले धमाधम गरी । — भ्याकभ्याकती/भ्याकभ्याकी— क्रि॰ वि॰ छिटोपिटो भ्याकभ्याक पारेर ।

भ्याकुर— ना॰ तरुलको जस्तो लहरो र लाम्चा चोसैचोसा परेका पात हुने, ठूलो र बाटुलो गाँठो परेको कन्द फल्ने वनस्पतिविशेष; त्यसैको सेतो, पहेँलो, नीलो आदि रब हुने कन्द ।

भ्याकुरो— ना॰ १. बट्टाईभन्दा केही ठूलो र लाटोकोसेरोजस्तै झ्याप्स्याक्क परेको, फुस्रा रबको भुत्ला हुने एक जातको चरो । वि॰ ३. मोटोघाटो भईकन जुम्सो; ज्याम्तो । ३. गोज्याङ्ग्रो; अधबेस्रो ।

भ्याक्क— क्रि॰वि॰ [अ॰ मू॰ भक् > भ्याक्+क] भुत्ते चालले प्रहार हुने वा अलपत्र भई लड्ने पछारिने चालमा ।

भ्याक्से— ना॰ १. गाँड निस्कन आँटेको जस्तो भएर बढेको गलो । वि॰ २. बेछाँटले बढेको वा मोटाएको; भद्दा ।

भ्यागुती— ना॰ [भ्यागुतो+ई] घोडाका टापका माझमा हुने मासुको डल्लो; पुतली ।

भ्यागुते— ना॰ [भ्यागुतो+ए] १. दुईदेखि चार फिटसम्मको उचाइ हुने, भ्यागुताका मुखका आकारका राता, सेता, नीला र पहेँला फूल फुल्ने एक बोट; त्यसैको फूल । २. गाईभैँसीको घाँटीमा खटिरा आउने एक रोग । वि॰ ३. भ्यागुतोजस्तो पुथ्रुक्क परेको; बुधुने । ~ फुल— ना॰ फोहर पानीमा चिप्लो थ्याल६याल परेको देखिने, बाबरीका जस्ता मसिना दाना हुने, भ्यागुताका फुल ।

भ्यागुतो— ना॰ [सं॰ भेके बर्साद लागेपछि, आहाल वा सिमसार ठाउँमा निस्कने डल्लो जीउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्रीउफ्री टरटर गरी कराउने एक थरी जलजन्तु; पाहा; ब्याब ।

भ्याबलुब— ना॰ एक जातको लेकाली भेडो; भोटेभेडो ।

भ्याङ्ग/भ्याङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ भ्याङ्+ग/ब] ठूलो वा गह्रुङ्गो वस्तु लड्दा एकै पल्ट आवाज निस्कने गरी ।

भ्याङ्ले— वि॰ [भ्याङ्लो+ए] १. जीउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लङ्गे । २. फुर्तिलो वा छिटोछरितो नभएको; लुगाफाटा राम्ररी नलाउने ।

भ्याङ्लो— वि॰ भ्याङ्ले; भ्यात्लो । > भ्याङ्ल्याबे— वि॰ भ्याङ्ले; भ्याङ्लो ।

भ्याङ्ल्याङ्ग/भ्याङ्ल्याङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ भ्याङ्ल्याङ्– ग/बे १. लुगाफाटो पूरै उध्रिनाले वा खोलिनाले उदाङ्गो हुने गरी । २. ठूलो र गह्रौँ वस्तु थचारिने वा पछारिने चालसँग ।

भ्याट— ना॰ [अङ्॰] १. वस्तुको खुद मूल्य र बिक्री मूल्यका बीचको भिन्नता; मूल्य अभिवृद्धिकर । २. वस्तु वा सेवा बिक्री हुँदा प्रत्येक क्रेताले विक्रेतालाई तिर्दै जाने कर; उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर । ३. भ्याल्यु एडेड ट्याक्सको संक्षिप्त रूप ।

भ्याटभ्याट— क्रि॰ वि॰ [अ॰ मू॰ भ्याट्+अ (बि॰)] १. चराचुरुङ्गीले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी । २. मोटरसाइकल आदि चल्दा शब्द निस्केर । ~ भ्याटभ्याटे— ना॰ १. बढीमा दुई जना चढ्न मिल्ने पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे वाहन; मोटरसाइकिल । वि॰ २. भ्याटभ्याट आवाज गर्ने ।

भ्यातभ्यात— क्रि॰ वि॰ [अ॰ मू॰ भ्यात्+अ (बि॰)] १. दबदबे पदार्थ छड्कँदा वा पाक्ता शब्द आउने गरी । २. लेदो पदार्थ खस्ता शब्द आउने किसिमले । भ्यातभ्यातती/भ्यातभ्याती— क्रि॰ वि॰ छिटछिटो भ्यातभ्यात गरेर ।

भ्यातल— ना॰ [नेवा॰ भ्यात्तले कर्कलाका साँप्रा, सागपात आदि मिसाई मकै वा कोदाको पीठो रयाली दबदबाउँदो बनाएर खाइने खानेकुरो; एक प्रकारको खोले ।

भ्यात्त— क्रि॰ वि॰ [अ॰ मू॰ भ्यात्+त] १. मोटो र भद्दा परेको वस्तु खस्दा आवाज आउने गरी । २. जीउडाल, आकारप्रकार आदि नमिल्ने भएर । ३. कान्लो, डिल आदि लच्केर खस्ने गरी; भ्याक्क ।

भ्यात्तल— ना॰ [नेवा॰] हे॰ भ्यातल ।

भ्यात्ले— वि॰ [भ्यातल+ए] १. भ्यातल खाएर जीविका चलाउने; भ्यातलभन्दा अरू थोक खान नपाउने । २. मोटो र भद्दा; भ्याङ्ले (व्यक्ति) । ३. छिटोछरितो वा फुर्तिलो नभएको ।

भ्यात्लो— वि॰ [भ्यातल+ओ] भ्यात्ले; भ्याङ्लो ।

भ्यान्टा— ना॰ [रू भन्टो भिँडा; भन्टा ।

भ्यान्टे— वि॰ डल्लो, डल्ले (खुर्सानी॰ ।

भ्यार्र— क्रि॰ वि॰ [अ॰ मू॰ भ्यार्+र] १. अधोवायु निस्कँदा वा पखाला लाग्दा आवाज आउने गरी । २. चराचुरुङ्गीले एकै पल्ट पखेटा चलाउँदा वा उड्न लाग्दा निस्कने शब्द ।

भ्याल्सा— ना॰ खोलो तर्न लट्ठा टाँगी झुन्ड्याइएको कोक्रोको दुवैतिर समात्न मिल्ने हिसाबले डोरीमा अड्याइएको काठ ।

भ्याल्सी— ना॰ [नेवा॰] पाख्री छानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ ।

भ्यासभ्यास— क्रि॰ वि॰ [अ॰ मू॰ भ्यास्+अ (बि॰)] १. फस्को खालको माटो वा वस्तु फुट्तै खस्ने गरी । २. दलदलो वा खुकुलो जमिन क्रमैसित गाडिँदै जाने चालले । >

भ्यासभ्यास/भ्यासभ्यासी— क्रि॰ वि॰ अझै छिटो भ्यासभ्यास भएर ।

भ्यासलिन— ना॰ [अङ्॰] छाला नरम राख्न दलिने एक प्रकारको मलहम; बैसलिन ।

भ्यास्स— क्रि॰ वि॰ [अ॰ मू॰ भ्यास्+स] १. हल्का र खुकुलो वस्तु एकाएक गाडिने गरी । २. फस्को माटो वा वस्तु एक्कासि खस्ने वा फुट्ने किसिमले ।

भइँूट— ना॰ हे॰ भिउँट ।

भ्रंश— ना॰ [सं॰] १. कुनै वस्तु वा स्थिति बिस्तारै खस्ने काम; पतन; ह्रास । २. पथभ्रष्ट हुने काम; मार्गबाट विचलित हुने स्थिति । ३. नाश; ध्वंस । > भ्रंशित— वि॰ भ्रंश भएको; तलतिर खसेको; खस्केको । २. भ्रष्ट । भ्रंशी— वि॰ १. भ्रंश वा पतन हुने; खस्ने । २. नाश हुने वा गर्ने; भ्रष्ट हुने ।

भ्रम— ना॰ [सं॰] १. कुनै विषयवस्तुलाई अर्कै सम्झने स्थिति वा प्रक्रिया; मिथ्या ज्ञान; गलत आभास । २. शङ्का; सन्देह । ३. भूल; बिराम । ~ जाल— ना॰ वेदान्तवादीहरूले जीवन र जगत्लाई भ्रम ठान्ने काम; मायाजाल; मोहपाश । ~ निवारण— ना॰ धुकचुक नरहेको अवस्था; भ्रम हटाउने काम ।

भ्रमण— ना॰ [सं॰] १. घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ । २. देशदेशावरको विचरण; देशाटन । ३. यात्रा; सफर । ~ आदेश— ना॰ कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस–यस साधनबारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत । ~ केन्द्र— ना॰ पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूल केन्द्र मानेको ठाउँ । ~ पेस्की— ना॰ कार्यालयबारा कसैलाई भ्रमणमा पठाउँदा अग्रिम रूपमा दिइने रकम; भ्रमणमा जानुअगावै पाइने रकम । ~ भत्ता— ना॰ काज खटिई जाने व्यक्तिले नियमबमोजिम पाउने भ्रमणका अवधिको थप सुविधा; काजभात्त । ~ साधन— ना॰ भ्रमण गर्दा प्रयोग गरिने रेल, मोटर, हवाईजहाज, पैदाल आदि साधन । भ्रम मूलक— वि॰ [सं॰] मूल रूपमा भ्रम पार्ने; भ्रमका कारणले उब्जिएको ।

भ्रमर— ना॰ [सं॰] भमरो; भँवरो ।

भ्रमात्मक— वि॰ [सं॰] १. भ्रम उत्पन्न भएको; भ्रममूलक; भ्रम पैदा गर्ने । — ता— ना॰ भ्रमात्मक हुनाको भाव वा स्थिति ।

भ्रमित— वि॰ [सं॰] १. फनफनी घुमेको; चक्कराएको । २. भ्रममा परेको; भूल परेको ।

भ्रमी— वि॰ [सं॰] १. चक्कर लाउने; फनफनती घुम्ने । २. भ्रममा परेको; चक्कराएको ।

भ्रष्ट— वि॰ [सं॰] १. कहीँबाट ६यात्त खसेको; च्युत भएको; गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको; दुश्चरित्र । ३. अपवित्र; दूषित । ४. बिग्रेको; विनाश भएको । > भ्रष्टा— ना॰ चरित्र वा आचरण भ्रष्ट भएकी नारी; दुश्चरित्र स्त्री; कुलटा । भ्रष्टाचरण— ना॰ नीतिनियमले मनाही गरेको व्यवहार; कानुनले निषेध गरेको आचरण; दुराचरण ।

भ्रष्टाचार— ना॰ [सं॰] १. पतित आचरण; दूषित मर्यादा । २. नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम । ~ निवारण— ना॰ भौतिक वा नैतिक रूपमा हुने भ्रष्टाचारलाई रोक्ने काम; घूसखोरी र अवैध व्यवहार हुने वातावरणलाई हटाउने काम । ~ निवारण आयोग— ना॰ प्रशासनिक क्षेत्रबाट हुने भ्रष्टाचार, ढिलासुस्ती, घूसखोरी आदि निवारण गर्ने उद्देश्यले पहिले गठित विशेष समिति । > भ्रष्टाचारी— वि॰ भ्रष्टाचार गर्ने आचरण भएको; नैतिक र भौतिक दुवै रूपमा आचरणको पतन भएको ।

भ्राता— ना॰ [सं॰] १. एकै गर्भबाट वा एउटै बाबुका छोरा भएर जन्मेका दाजु वा भाइ; सहोदर दाजु वा भाइ । २. बन्धुवर्ग । ३. समान स्तरका पुरुषलाई सम्बोधन गरिने शब्द ।

भ्रातृ— ना॰ [सं॰] हे॰ भ्राता । — क— वि॰ दाजु वा भाइ भएको

(जस्तै— सभ्रातृक) । — ज— ना॰ १. भतिजो । २. भदो । —

जाया— ना॰ १. दाजु वा भाइकी पत्नी । २. भाउजू वा बुहारी । — त्व— ना॰ दाजुभाइमा रहने आत्मीयता; भ्रातृभावको सम्बन्ध । ~ बितीया— ना॰ कार्तिक शुक्लपक्षको बितीया; भाइटीका; भाइतिहार । ~ भाव— ना॰ दाजुभाइमा रहने आत्मीय स्नेह; भ्रातृत्व ।

भ्रान्त— वि॰ [सं॰] १. भुलेको; भ्रममा परेको । २. देशदेशावर घुमफिर गरेको; चक्कर खाएको; घुमेको । > भ्रान्तापह्नुति— ना॰ भ्रम पर्दा भ्रम हटाउका लागि सत्य कुरा बताउँदा हुने एक काव्यालङ्कार; अपह्नुति अलङ्कारको एक भेद ।

भ्रान्ति— ना॰ [सं॰] १. कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास । २. चक्कर; भ्रमण; घुमफिर । ३. मानसिक असन्तुलनबाट आउने भ्रम । ४. भूलचूक; सामान्य गल्ती । ४. उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार । > भ्रान्तिमान्— वि॰ १. भ्रान्ति भएको; भ्रमयुक्त । २. घुमेको; चक्कराउँदै गरेको । ना॰ ३. भ्रान्ति नामको अर्थालङ्कार ।

भ्रामक— वि॰ [सं॰] १. भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने । २. शङ्का उत्पन्न गर्ने; सन्देहकारक । ३. घुमाउने; चक्कर लगाउने; रिँगाउने ।

भ्रामरी— ना॰ [सं॰] १. अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी । २. दुर्गाको एक नाम । — को दशा— ना॰ यता र उता भौँतारिरहनु पर्ने अवस्था ।

भ्रुकुंश— ना॰ [सं॰] आइमाईका पोसाक लगाएर नाच्ने लोग्नेमान्छे; नट; मारुनी ।

भ्रुकुटी— ना॰ [सं॰] १. दुवै आँखाभन्दा माथि पर्ने रौँ पलाएको ठाउँ; आँखीभौँ । २. ईडा, पिङ्गला र सुषुम्णा नाडीको सङ्गमस्थल; चन्द्रमण्डल ।

भ्रू— ना॰ [सं॰] दुवै आँखाका माथिल्लापट्टि छोटाछोटा रेखी पलाउने ठाउँ; आँखीभुईँ । — कुटी— ना॰ आँखीभुईँ; भृकुटी । — क्षेप— ना॰ रिस वा आवेगले हुने आँखीभौँको खुम्च्याइ; भ्रूभङ्ग ।

भ्रूण— ना॰ [सं॰] पाठेघरमा रहेको सालनालसहितको बच्चो; जरायुज जन्तुको पेटमा रहेको विकासशील अवस्थाको गर्भ; पेटको नानी । ~ हत्या— ना॰ १. औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपात । २. धर्मसङ्कटमा परेको अवस्था; साह्रै असजिलो काम ।

भ्रूभङ्ग— ना॰ [सं॰] आँखीभुईँको भङ्गिमा ।

भ्रूमध्य— ना॰ [सं॰] दुई आँखाका बीचको नाकको डाँडी निधारमा जोडिने ठाउँ; आँखीभुईँको जोर्नी ।

भ्वाँक— क्रि॰ वि॰ [अ॰ मू॰ भ्वाँक्+अ] भ्वाँक्को आवाजका साथमा; भ्वाँक्क । > भ्वाँक्क— क्रि॰ वि॰ १. अधोवायु छोड्दा आवाज आउने गरी । २. मोटर आदिको हर्न बज्ने किसिमले ।

भ्वाँरपैठना— ना॰ [था॰] १. थारू समाजमा घरज्वाइँ बस्ने चलन । २. घरज्वाइँ ।

भ्वाँला— ना॰ [सं॰ ज्वालो बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला ।

भ्वाक्क— क्रि॰ वि॰ [अ॰ मू॰ भक > भ्वाक्+क] तीखो चालले भ्वाक्क भएर ।

भ्वाब— ना॰ [सं॰ भङ्गे १. कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठूलो प्वाल; ठूलो प्वाल वा दुलो । २. भडखारो; खाडल । — पाल— ना॰ ठूलो र डरलाग्दो दुलो; टाल्न नसकिने खाडल ।

भ्वाबसी— ना॰ खेतबारी वा अन्य जग्गा–जमिनमा परेको ठूलो प्राकृतिक खाडल; होक्सी ।

भ्वाङ्ग/भ्वाङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ भ्वाङ्+ग/ब] १. ठूलो वा गह्रौँ वस्तु बजारिँदा शब्द आउने गरी । २. ठूलो र खाली भएको प्वालमा कुनै वस्तु बज्दा आवाज आउने किसिमले । ३. ठूलो कुकुर एकै पल्ट भुक्दाको आवाज निस्केर ।

भ्वाबलाखे— ना॰ [नेवा॰] १. लाखे नाचमा नाच्ने व्यक्तिलाई जिस्क्याउने पुड्को व्यक्ति; लाखे नाचको ढँटुवारे । वि॰ २. ढँटुवारेजस्तो ।

भ्वात्त— क्रि॰ वि॰ [अ॰ मू॰ भ्वात्+त] तीखो चालले भ्यात्त हुने गरी ।

भ्वार्र— क्रि॰ वि॰ [अ॰ मू॰ भ्वार्+र] तीखो रूपमा भ्यार्र हुने गरी ।

भ्वास्स— क्रि॰ वि॰ [अ॰ मू॰ भ्वास्+स] १. ६यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी । २. खुकुलो पोकोपन्तुरो एकै पल्ट फुक्दा तीखो शब्द निस्केर । ३. धूलो, धूवाँ आदि उड्ने चालले ।