नेपाली शब्दसमूह ३६ प

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

— देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये एक्काइसौँ व्यञ्जन; ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पकार; पाटी प ।

पँजाइ— ना॰ [पाँज्+आइ] पाँज्ने क्रिया वा प्रक्रिया ।

पँज्याइ— ना॰ [रू पँज्याउ (+आइ॰] पँज्याउने क्रिया–प्रक्रिया । [ > ]

पँज्याइनु— क॰ क्रि॰ पँज्याउने पारिनु; पँज्याउन लाइनु; पँजाइनु ।

पँज्याइलो— वि॰ पाँजिएको वा पँज्याइएको; पाँजिलो ।

पँज्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [पाँजो+याउ+नु] १. धान, कोदो आदिको बीउ उखेलेर वा नल काटेर साना–साना थुप्रा पार्नु; पाँजा बनाउनु । २. पाँजा बनाउन लगाउनु वा पाँजिने पार्नु ।

पँदाइ— ना॰ [रू पाँद् (+आइ॰] पँजाइ । [ > ] पँदाइनु— क॰ क्रि॰ पँजाइनु । पँदाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पँज्याउनु ।

पँधालो— ना॰ [सं॰ प्रणाले १. पानी थाप्नाका निम्ति खोलेको बाँस तेर्स्याएर त्यसमाथि पानीढलो पारी चित्रो राखेर बनाइएको एक प्रकारको छाप्रो । २. कुलो वा धाराको पानी ल्याउनाका निम्ति बनाइएको भूमिगत काठ आदिको डुँड ।

पँधेरी— ना॰ [पँधेरो+ई] पँधेरो वा पनेरो (लोकगीत, गीत वा कवितामा पाइने प्रयोग॰ ।

पँधेरो— ना॰ [पनेरो] १. खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय; पनेरो । २. धान, सागसब्जी आदिमा लागी तिनलाई बिगार्ने एक प्रकारको दुर्गन्धित कीरो । > पँधेर्नी— ना॰ पानी भर्न पँधेरामा जाने स्त्री ।

पउन— ना॰ [सं॰ पवने १. सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास । २. सास; श्वास; प्राणवायु ।

पउल— वि॰ [सं॰ प्रचुरे १. चाहिएभन्दा धेरै; प्रशस्त; पर्याप्त; मनग्गे; पौल । ना॰ २. प्रशस्तता; पर्याप्तता; छेलोखेलो; पौलो ।

पकड— ना॰ [पकड् (+अ॰] १. पक्डने क्रिया वा प्रक्रिया; पक्राउ; समाताइ । २. हठ; जिद्दी । ३. सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय; स्वरलहरी । [ > ] पकडा— ना॰ पक्रा; पक्राइ । पकडाइ— ना॰ पक्डने काम वा ढाँचा; पकड ।

पकडाइनु— क॰ क्रि॰ पक्राइनु । पकडाउ— ना॰ १. कुनै वस्तु हातले अँठ्याउने काम; पक्डने काम; समात्ने क्रिया । २. कुनै अपराधीलाई पुलिस वा सुरक्षकले गिर६तार गर्ने काम; पक्राउ; गिर६तारी । पकडाउनु— प्रे॰ क्रि॰ पक्राउनु ।

पकपक— क्रि॰ वि॰ [अ॰ मू॰ पक्+अ(बि॰)] १. भोक, प्यास, कष्ट आदि हुँदा मुख बाउने किसिमले; प्याकप्याक । २. कुनै काम धमाधमसँग गर्ने गरी; खुरुखुरु । ३. लगातार उखेलिने, मर्ने वा ढल्ने गरी । ४. पाप्रो, बोक्रो आदि खुरुखुरु उप्कने गरी । ना॰ ५. पकपक हुने स्थिति, क्रिया–प्रक्रिया । > पकपकती/

पकपकी— क्रि॰ वि॰ अझै पकपक हुने गरी ।

पकला— ना॰ गोबर सुकेर बनेको साह्रो डल्लो; बनगुइँठो ।

पकवान— ना॰ [सं॰ पक्वान्ने गतिलो मीठो भोजन; मिष्टान्न ।

पकाइ— ना॰ [रू पाक् (+आइ॰] १. पाक्ने क्रिया वा प्रक्रिया । [ पकाउ+आइ] २. पकाउने क्रिया–प्रक्रिया । [ > ] पकाइनु— क॰ क्रि॰ पाक्ने पारिनु; परिपक्व पारिनु । पकाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु । २. आलु, तरुल आदिलाई आगाका कोइला वा भुतभुतेमा घुसारेर गलाउनु । ३. फलफूल आदिलाई खान योग्य तुल्याउनु; पाक्ने पार्नु । ४. खटिरा, फोका आदिलाई उपचारबारा पीप भरिने पार्नु । ५. नोकरी वा कुनै किसिमको कामबारा पारिश्रमिक वा ज्याला आर्जन गर्नु । ६. आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिबारा प्रबुद्ध वा पाको गराउनु ।

पकापक— क्रि॰ वि॰ [पक्+पक्] १. एकपछि अर्को पक्कु वा गाँस हालेर; कपाकप; खपाखप । २. केही कुरो गर्दा एकछिन पनि नरोकिईकन; धमाधम । ३. लगातार एकपछि अर्को ढल्ने वा मर्ने गरी । ४. लगातार पाप्रो, बोक्रो आदि उप्कने किसिमले । >

पकापकी— क्रि॰ वि॰ पकापक ।

पकार— ना॰ [सं॰] 'प' अक्षर; पवर्गको पहिलो वर्ण; पाटी प ।

पकुवा— वि॰ [पाक्+उवो १. पाकेको; पकाएको (मासु आदि खाद्य पदार्थ) । २. पाक्ने किसिमको (लुतो, मासु आदि॰) । ना॰ ३. विशेष प्रकारले पकाएको मासु आदिको प्रकार; पक्कु; कवाफ ।

पकुवान— ना॰ [सं॰ पक्वान्ने पक्वान्न; पकवान ।

पकौडी— ना॰ [पाक्+औडी] बेसन (चना, मास, फापर आदिको पीठो॰ पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु; फुरौलाको एक प्रकार ।

पक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पक्+क] १. हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल । २. पाप्रो, बोक्रो, भुईँमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क । ३. मुख बाउने गरी । ४. बोल्दा सोचविचारै नगरीकन । ५. एकाएक मर्ने वा ढल्ने गरी । ६. डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क । ७. खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प; ख्वाप्प ।

पक्कण— ना॰ [सं॰] जङ्गली वा चाण्डाल जातिको घर वा गाउँ; पख्यान ।

पक्का— ना॰ [सं॰ पक्वे १. कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प; निधो; अठोट; निश्चय । वि॰ २. पाकेको; पाको । ३. होसियार; सिपालु । ४. बलियो; मजबुत (घर इत्यादि॰ । प

'— पक्की— ना॰ कुनै काम वा विषयबारे गरिएको वा भएको खसोखास निधो; पूरै आधारयुक्त निर्णय ।

पक्की— वि॰ [पक्का+ई] १.पाको; अनुभवी । २. स्थायित्व प्राप्त गरेको; स्थायी; नियत । ३. रब नखुइलिने; रब नजाने । ४. बलियो; मजबुत । ~ घर— ना॰ खरको सट्टा ढुङ्गा, टिन आदिले छाइएको घर; सिमेन्टले जोडेको गारो भएको र छड एवं सिमेन्टले ढलान गरिएको छत भएको घर । ~ टाँका— ना॰ लुगा आदि सिउँदा बराबरको फरक पारी बलियो किसिमले मिलाएर दिइने टाँका । ~ नापो— ना॰ वैज्ञानिक साधनबारा लिइएको नापो । ~

पुल— ना॰ सिमेन्ट, छड आदिले ढलान गरेर बनाइएको टिकाउ साँघु । ~ बाटो— ना॰ रोडा आदि बिछ्याएर अलकत्राले बलियो टिकाउ पारिएको बाटो । ~ बात— ना॰ हिन्दीभाषी इलाकाका भारतीयहरूका अनुसार स्तरीय हिन्दी भाषामा गरिने बातचित । ~ भाषा— ना॰ हिन्दी । ~ रब— ना॰ धुँदा नजाने वा नखुइलिने रब । ~ सडक— ना॰ कालोपत्र -अलकत्रा_ बिछ्याएर बलियो र टिकाउ पारिएको बाटो ।

पक्कु— ना॰ [सं॰ पक्व+उ] पकुवा; कबाफ ।

पक्कै— क्रि॰ वि॰ [पक्का+ऐ] अवश्य नै; निश्चय नै; निस्से; निधै ।

पक्को— वि॰ [पक्का+ओ] १. फिक्का नभएको; खेर नजाने । २. समर्थ; दह्रो । ३. पक्का; पाको ।

पक्क्याइ— ना॰ [रू पक्क्याउ (+आइ॰] पक्क्याउने क्रिया वा प्रक्रिया । [ > ] पक्क्याइनु— क॰ क्रि॰ धमाधम खाइनु; पक्क्याउने काम गरिनु । पक्क्याइलो— वि॰ पक्क्याउन लायक; पक्क्याउन योग्य ।

पक्क्याउनु— स॰ क्रि॰ [पक्कु+याउ+नु] धमाधम खानु; पकापक खानु; गफल्क्याउनु । > पक्क्याहट— ना॰ पक्क्याउने क्रिया वा प्रक्रिया ।

पक्ड–नु— स॰ क्रि॰ समाउनु; अँठ्याउनु; पक्रनु; पक्रिनु; पक्डिनु । श्र पक्डा— ना॰ पक्रा; पक्राइ; पकडा । पक्डाइ— ना॰ पक्डने क्रिया वा प्रक्रिया । पक्डाइनु— क॰ क्रि॰ पक्राइनु । पक्डाउनु— प्रे॰ क्रि॰ पक्राउनु । पक्डाहट— ना॰ पक्राइ; पक्राहट । पक्डिनु— स॰ क्रि॰/क॰ क्रि॰ पक्रिनु ।

पक्दो— वि॰ [सं॰ । पच्+दो] १. पुरानो तथा छिप्पिएको । २. दिन धेरै खाएको; पाको ।

पक्र–नु— स॰ क्रि॰ १. बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पक्डनु; पकड्नु । २. लिनु; ग्रहण गर्नु । ३. बुझ्नु; बुद्धिबारा ग्रहण गर्नु । ४. अपराध आदिको सिलसिलामा अभियुक्तलाई खोजेर नियन्त्रणमा राख्नु । ५. उम्कन नदिनु । ६. साथ दिनु वा साथ नछोड्नु । > पक्रा— ना॰ १. प्रहरी आदिबारा गरिएको पक्राइ; पक्राउ । २. पक्राउपुर्जी । पक्राइ— ना॰ पक्रने क्रिया वा प्रक्रिया; पक्राउ । पक्राइनु— क॰ क्रि॰ पक्रने पारिनु; पक्रन लाइनु ।

पक्राउ— ना॰ [पक्र+आउ] पक्रा । ~ पुर्जी— ना॰ अभियुक्तलाई पक्रिने बेलामा दिइने पुर्जी; वारेन्ट; पक्रा । > पक्राउनु— प्रे॰ क्रि॰ पक्रने पार्नु; पक्रन लाउनु । पक्राहट— ना॰ पक्राइ ।

पक्रि–नु— स॰ क्रि॰ [पक्र+इ+नु] १. पक्रनु । क॰ क्रि॰ २. पक्रामा पर्नु; पक्रा पर्नु ।

पक्लक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पक्लक्+क] १. पाप्रो, बोक्रो, माटामा गाडिएको ढुङ्गो आदि उप्कने किसिमले । २. रूख, बिरुवा आदि जरैदेखि उखेलिने किसिमले । ३. एकाएक मर्ने गरी; भुतुक्क ।

पक्व— वि॰ [सं॰] १. पाकेको; परिपक्व । २. पकाइएको; पाक गरिएको । ३. कुनै विषयको विशेष अनुभवी; भुक्तभोगी । ४. पक्का; दृढ; निश्चित । ५. पूर्ण रूपले विकसित; पुष्ट । ६. फुलेको वा रौँ कालोबाट सेतो भएको, ना॰ ७. पकाइएको खानेकुरो; पक्वान्न । — ता— ना॰ पक्क हुनाको भाव वा अवस्था; पाको अवस्था; पाकोपन । > पक्वान्न— ना॰ १. पकाइएको अन्न; पकाइएको खानेकुरो । २. आगामा पकाइएको खानेकुरो (भात, रोटी आदि॰ । पक्वाशय— ना॰ खाएको कुरो पेटमा गएर पाक्ने थैलो; पाकस्थली; पाकाशय; आँत ।

पक्ष— ना॰ [सं॰] १. उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा । २. ढोकाका फग्लेँटा वा खापा; बार । ३. कुनै वस्तुका दायाँ–बायाँ रहने अवयव; पार्श्व । ४. कुनै वस्तुको आधा भाग । ५. प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका पन्ध्र दिन; चान्द्र मासको आधा महिना । ६. कुनै विषयका अनेक तत्त्व वा दल । ७. झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा दल । ८. सहायक वा समान वर्गको जमात । (. बाणका फेदमा लागेको प्वाँख । १०. नदीको किनारा; तट । ११. जमिनको भिरालो भाग; पाखो । १२. छानाका दुई भिराला पाटा । ना॰ यो॰ १३. तिर; तर्फ; पट्टि । ~ ग्रहण— ना॰ १. कुनै विषयका अनेक पक्षमध्ये एक पक्षतिर लाग्ने काम; पक्षपात । २. एकै महिनाका शुक्ल र कृष्ण दुवै पक्षमा लागेको ग्रहण । — बार— ना॰ मूलढोकादेखि बाहेकको अर्को ढोका; जस्केलो; पार्श्वबार । — धर— ना॰ विभिन्न पक्षमध्ये एक पक्षतिर लाग्ने व्यक्ति; पक्षपाती । — पात— ना॰ औचित्य वा न्यायको विवेक नगरी कुनै एक पक्षमा मात्र लाग्ने प्रवृत्ति; एक पक्षको समर्थन; तरफदारी; पनपच्छे । ~ पालिता— ना॰ पक्षपातको प्रवृत्ति वा अवस्था; तरफदारी; पक्षग्रहण । — पाती— वि॰ पनपच्छेमा लाग्ने; पक्षपात गर्ने; तरफदारी । ~ पोषण— वि॰ १. कुनै पक्षको समर्थन; तरफदारी । ना॰२. विवादमा आ६ना पक्षका कुराको पुष्टि गर्ने काम । — वात— ना॰ शरीरको दायाँ वा बायाँ आधा अङ्ग नचल्ने वा निश्चेष्ट हुने एक रोग; लकुवा; पक्षाघात । >

पक्षाघात— ना॰ शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग; वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने क्रिया; पक्षवात ।

पक्षान्तर— ना॰ १. अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष । २. पक्षमा आएको वा आउने परिवर्तन । पक्षाभास— ना॰ हेत्वाभासयुक्त तर्क; सिद्धान्तको आभास हुने क्रिया ।

पक्षिणी— ना॰ [सं॰] १. दुई दिनका बीचको रात । २. पूर्णिमा । ३. पोथी चरो; चरी ।

पक्षी— ना॰ [सं॰] १. आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी । २. पक्ष लिने व्यक्ति; तरफदार । वि॰ ३. पक्षसम्बन्धी; पक्षको । ४. पखेटा हुने । — राज— ना॰ विष्णुको वाहन मानिएको एक पक्षी; गरुड । ~ विज्ञान— ना॰ पक्षीका हरेक पक्ष वा विषयको विवेचना वा विश्लेषण गरिएको शास्त्र; पक्षीशास्त्र । — शाला— ना॰ चिडियाखाना । ~ शास्त्र— ना॰ पक्षीविज्ञान । —

सिंह— ना॰ चीलको टाउको र सिंहको शरीर भएको कल्पित पशु ।

पक्षीय— वि॰ [सं॰] १. पक्षसम्बन्धी; पक्षको । ना॰ २. कुनै शब्दका पछाडि रहेर कुनै पक्षतर्फ लागेको भन्ने बुझाउने शब्द (उग्रपक्षीय, मध्यमपक्षीय इ॰) ।

पक्ष्म— ना॰ [सं॰] १. आँखाका परेला । २. फूलको केसर । ३. पखेटा । ४. प्वाँख । ५. भुत्ला । — यूका— ना॰ चमजम्रो । >

पक्ष्मल— वि॰ लामा र राम्रा परेला भएको; झिमझिमपरेले ।

पक्ष्य— वि॰ [सं॰] १. कुनै एक पक्षमा लागेको; तरफदार; पक्षी । २. कुनै एक पक्षको ।

पख्— वि॰ बो॰ [पर्खे कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द; पखेस् । (उदा॰— पख्, तँलाई नचुटी कहाँ छाड्छु ;)

पख्–नु— अ॰ क्रि॰ [पर्ख+नु] पर्खनु; कुर्नु ।

पख— क्रि॰ वि॰ [सं॰ पक्षे १. पक्षमा; याममा; ताक । ना॰ २. दिनभित्रको कुनै समय बुझाउने र शब्दका पछाडि गाँसिएर त्यसका आसपासमा भन्ने बुझाउने शब्द (बिहानीपख, साँझपख आदि) । ३. समय; बेला । ४. पक्ष ।

पखबाज/पखाबाज— ना॰ [सं॰ पक्षवाद्ये सानो मृदङ्गजस्तो बाजा; पखाबाज । > पखबाजी— ना॰ पखबाज बजाउने कलाकार ।

पखाल्–नु— स॰ क्रि॰ [प्रा॰ पक्खाल < सं॰ प्रक्षालन+नु] १. फोहोर मैला आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु । २. कसैका कुरा काट्नु; बदनाम गर्नु । ३. अवशेष मेटाउनु; बीउसमेत नरहने गरी सखाप पार्नु । > पखालपुखुल— ना॰ १. पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम । २. दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु; पखाले; दहीमहीको अवशेष ।

पखाला— ना॰ [पखाल्+ओ १. ज्यादै पातलो दिसा । २. त्यस्तो दिसा लाग्ने रोग; डायरिया ।

पखालाइ— ना॰ [रू पखाल् (+आइ॰] पखाल्ने क्रिया वा प्रक्रिया; प्रक्षालन । [ > ] पखालिनु— क॰ क्रि॰ पखाल्ने काम गरिनु; खकालिनु ।

पखाले— ना॰ [रू पखाल्+ए] दहीमा पानी हालेर पातलो पारिएको पेय; विनामसलाको राइता ।

पखिनी— ना॰ [पाखे+इनी] वि॰ १. असभ्य (स्त्री॰; पखेनी । २. पाखापर्वतमा रहने स्त्री; पाखेकी स्वास्नी ।

पखुवा— वि॰ [पाखो+उवो १. पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको । ना॰ २. भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको नजिकमा रहेको एक तीर्थस्थल ।

पखेटा— ना॰ [सं॰ पक्षटे १. चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँजिने र साधारण अवस्थामा जीउमै लेप्सिने, विशेष प्रकारको अङ्ग; पक्षीको उड्ने काममा सहायक अङ्ग । २. पार्श्व । ३. दुईपाखे छानु भएको घरका छानाको कुनै एक पाखो । ४. पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो । ~ लाग्नु— टु॰ १. हराउनु । २. उड्न सक्ने हुनु; सक्षम हुनु ।

पखेटो— ना॰ [सं॰ पक्षटे १. चराका दुई पखेटामध्येको एक । २. भिरालो परेको जमिन; पखेरो ।

पखेनी— वि॰हे॰ पाखिनी ।

पखेरा— ना॰ [पखेरोको ति॰ ।)] पखेरो । ~ पखेरी— ना॰ सानाठूला पाखाहरूको समूह ।

पखेरी— ना॰ [पखेरो+ई] १. भिरालो परेको सानो खालको पखेरो । २. पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त॰ ।

पखेरु— ना॰ [सं॰ पक्ष+एरु] १. चरो; पक्षी । २. आत्मा । ३. प्राण; हंस ।

पखेरो— ना॰ [पाखो+एरो] भिरालो परेको पहाडी जमिन; पाखो ।

पखेस्— वि॰ बो॰ [पर्ख+एस्] कसैलाई दागा धरेर भनिने शब्द; लाखेस् । (उदा॰— पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ॰ ।

पख्यान— ना॰ [सं॰ पक्कणे १. पाखेहरूको बस्ती; पाखे गाउँ । २. पाखो; पखेरो ।

पख्रनु— अ॰ क्रि॰ थकाइ, सुस्ती आदि हटेर शरीर चङ्गा हुँदै जानु; फुर्ती वा जाँगर पलाउनु । > पख्राइ— ना॰ पख्रने भाव, क्रिया वा प्रक्रिया । पख्राहट— ना॰ पख्रने क्रिया वा अवस्था; पख्राइ । ~ पख्रिनु— अ॰ क्रि॰ पख्रिने हुनु; पख्रनु ।

पगडी— ना॰ [सं॰ पक्षटी] १. पस्मिना वा छालाको भुत्ले टोपी (हाल मृत अर्थ) । २. पगरी ।

पगरी१— ना॰ [सं॰ पक्षटी] १. टोपीका सट्टामा शिरमा फनफनी बेरेर लगाइने कपडा; फेटा । २. विवाहमा दुलाहाले तथा पुराण भन्दा पण्डितले शिरमा बाँध्ने फेटा । ३. सरकारी कर्मचारीहरूले लगाउने चाँदतोडासहितको एक प्रकारको टोपी । ४. सरकारी मान । ५. कसैले पुरुषार्थ देखाएबापत आक्षेप गरेर भनिने शब्द (उदा॰— खूबै ठूलो काम गरिस्, पगरी गुताइमागिनस् त ;) ।

पगरी२— ना॰ [सं॰ प्रगाढिको भ्याल्सीलाई अड्याउन वा ठीकसँग मिलाउन तलतिर ठोकिने पाड्को ।

पगला— वि॰ [पागल+ओ बौलाहा वा बहुला । > पगली— वि॰ पग्लाही वा बौलाही ।

पगार्–नु— स॰क्रि॰हे॰ पघार्नु ।

पगार१— ना॰ [सं॰ प्रकारे चुलामाथिको विशेष किसिमले बनाइएको भित्तो ।

पगार२— ना॰ [सं॰ प्रघाते १. उखु पेल्दा निस्केको छोक्रा । २. उखुको सुकेको पात ।

पगार३— ना॰ [रू पगार् (+अ॰] हे॰ पघार । [ > ] पगाराइ— ना॰ पग्रिने वा पगार्ने क्रियाप्रक्रिया । पगाराइनु— क॰ क्रि॰ पग्रिने पार्न लगाइनु; पगारिने तुल्याइनु । पगाराउनु— प्रे॰ क्रि॰ पग्रिने पार्न लाउनु । पगारिनु— क॰ क्रि॰ पग्रिने पारिनु । पगारो— ना॰ पघारो ।

पगाल्–नु— स॰ क्रि॰ [सं॰ प्रगालने १. डल्लो वा घनत्वयुक्त वस्तुलाई आगोको सहायताबाट तरल रूपको बनाउनु; पानीजस्तो पार्नु; गाल्नु । २. अर्काको मनमा दया उत्पन्न गराउनु । ३. मनलाई आफूतिर खिच्ने पार्नु; पगार्नु । > पगालाइ— ना॰ पगाल्ने भाव, क्रिया वा प्रक्रिया । पगालिनु— क॰ क्रि॰ पग्लने पारिनु ।

पगाहा— ना॰ [सं॰ प्रग्रहे निश्चित ठाउँमा वरिपरि घुमेर चर्न हुने गरी गाईबस्तुलाई बाँध्ने लामो डोरी; पगहा; पघा ।

पगितो— वि॰/क्रि॰ वि॰ [सं॰ प्रकृत = प्रकीर्णे चाहिएभन्दा बढी; प्रशस्त; ज्यास्ती; पबितो; पबित्तो; पघितो ।

पग्र–नु— अ॰ क्रि॰ [सं॰ प्रगलने १. फाँचाबाट थुनमा दूध आउने हुनु; थुनबाट दूध रसाउनु; थुनबाट प्रशस्त मात्रामा दूध निस्कनु । २. कोही निठुरी व्यक्ति दयावान् बन्नु वा लोभी व्यक्ति दानी हुनु । > पग्राइ— ना॰ पग्रने क्रिया वा प्रक्रिया । पग्राइनु— क॰ क्रि॰ पग्रने पारिनु । पग्राउनु— सं॰ क्रि॰/प्रे॰ क्रि॰ पग्रने पार्नु । पग्रिनु— अ॰ क्रि॰ १. पग्रने होइनु । २. पग्रनु । ३. पग्लिनु । पग्थ्याइ— ना॰ पग्रिने भाव, क्रिया वा प्रक्रिया पग्थ्याहट— ना॰ पगथ्याइ ।

पग्लँदो— वि॰ [पग्ल+दो] पग्लन लागेको; पग्लिँदो ।

पग्ल–नु— अ॰ क्रि॰ [सं॰ प्रगलने १. बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; द्रवित हुनु; गल्नु । २. केही दयावान् वा दानी बन्नु । > पग्लाइँदो— वि॰ स्वाद नभएको; बेस्वादिलो ।

पग्लाइ— ना॰ पग्लने क्रिया वा प्रक्रिया । पग्लाइनु— क॰ क्रि॰ पगालिनु ।

पग्लाउनु— अ॰ क्रि॰ [पागल+आउ+नु] १. बहुला बन्नु; पागल बन्नु । स॰ क्रि॰/प्रे॰क्रि॰ [पग्ल+आउ+नु] २. पग्लिने पार्नु वा पार्न लगाउनु ।

पग्लाहा— वि॰ [पागल+आहा/सं॰ प्रगल्भे पागल भएको; हावा खुस्केको; छटाएको । > पग्लाही— वि॰ पागल भएकी; बौलाएकी; हावा खुस्केकी; छटाएकी ।

पग्लिँदो— वि॰ [पग्लि+दो] १. पग्लिन लागेको; पग्लँदो । २. पीतल, तामा आदिका भाँडामा राखिएको दही, मही आदि ज्यादै अमिलो भएर बिगँ्रदो; तमतमिँदो ।

पग्लिनु— अ॰ क्रि॰ [पग्ल+इ+नु] पग्लनु ।

पग्ल्याइँ— ना॰ [पागल+याइँ] बहुलट्टीपना; पागलपन ।

पग्ल्याइ— ना॰ [रू पग्लि (+याइ॰] पग्लिने क्रिया वा प्रक्रिया । [ > ]

पग्ल्याहट— ना॰ पग्ल्याइ ।

पघार्–नु— स॰ क्रि॰ [पघ्र+आर्+नु < सं॰ प्रगालने १. गाई– भैँसीका थुनबाट सजिलोसँग दूध आउने पार्नु; थुनबाट कमलोसँग दूध झर्ने पार्नु; पगार्नु । २. कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिबारा दयालु बनाउनु । ३. लोभीलाई दानी तुल्याउनु । श्र पघार— ना॰ १. गाई–भैँसीका थुनबाट खुलस्त रूपमा दूध झर्ने क्रिया । २. गोरस । ३. दुहुनो गाई वा भैँसी । पघारा— ना॰ थुनबाट सजिलैसित दूध झर्ने पार्नका निम्ति पाडो वा बाछालाई चुस्न लगाउने काम । पघाराइ— ना॰ पघार्ने भाव, क्रिया वा प्रक्रिया; पगाराइ । पघारिनु— क॰ क्रि॰ पघार्ने काम गरिनु; पगारिनु । पघारो— ना॰ दूध पगार्नका निम्ति गाई–भैँसीका थुनमा दलिने नौनी, घिउ आदि चिप्लो पदार्थ; पगारो ।

पघितो— वि॰हे॰ पगितो ।

पघ्र–नु— अ॰क्रि॰हे॰ पग्रनु । > पघ्राइ— ना॰ पघ्रने क्रिया वा प्रक्रिया । पघ्राइनु— क॰क्रि॰ पघ्रने पारिनु । पघ्राउनु— प्रे॰क्रि॰ पघ्रने पार्नु । पाघ्रिनु— अ॰क्रि॰ पग्रिनु । पीय्राइ— ना॰ पग्राइ ।

पीय्राहट— ना॰ पग्थ्याहट ।

पङ्क— ना॰ [सं॰] १. पानीले गलेको माटाको लेदो; हिलो । २. धाप; दलदल; भास । ३. दबदबे पदार्थ; लेप । ४. पाप; कलङ्क ।

पङ्कज— ना॰ [सं॰] १. कमल वा त्यसको फूल । वि॰ २. हिलामा उत्पन्न हुने वा हिलामा उत्पन्न भएको । > पङ्कजासन— ना॰ १. ब्रह्मा । २. योगका चौरासी आसनमध्ये एक; कमलासन ।

पङ्कनरवानर— ना॰ [सं॰] अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको, मानवजस्तो देखिने एक प्रकारको वानर; केन्यामानव ।

पङ्किल— वि॰ [सं॰] १. हिलो भएको; हिले; पङ्कयुक्त । २. मैलो; फोहोर ।

पङ्की— ना॰ [भो॰ ब॰] हिमाली प्रदेशमा प्रचलित भोटे समाजका नारीले लगाउने ऊनीबारा तयार गरिएको लुगाविशेष ।

पङ्क्ति— [सं॰] १. कुनै जन्तु वा वस्तुको लाम; हार; लहर; ताँती; पाँती । २. अक्षरको लहर; हरफ । ३. दस सङ्ख्यालाई बुझाउने शब्द । — बद्ध— वि॰ लाम लागेको; ताँती लागेको; लस्कर लागेको । ~ बीजारोपण— ना॰ हार मिल्ने हिसाबले बीउ रोप्ने काम । ~ रोपण— ना॰ हार मिलाएर बोटबिरुवा रोप्ने काम; पङ्क्तिबद्ध बीजारोपण ।

पङ्ख— ना॰ [सं॰ पक्षे १. पखेटा । २. प्वाँख ।

पङ्खा— ना॰ [पङ्ख+ओ प्वाँख, पत्र, कागज, कपडा, धातु आदिबारा निर्मित, हावाको वेग पैदा गर्ने वा बढाउने उपकरण; हम्कने साधन । ~ फुल— ना॰ एक मिटर अग्लो ठूलठूला भालाआकारको लामो भेटनापट्टि फुकेको हरिया पात हुने, पहेँलो फुल्ने, घोगाझैँ फल्ने र आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पले टोकेको आदिमा हित गर्ने बताइएको बुटीविशेष ।

पङ्खी— ना॰ [पङ्ख+ई] पक्षी; चरो; पखेरु ।

पङ्गु— वि॰ [सं॰] १. गोडाले हिँड्न नसक्ने; लङ्गडो । २. परिस्थितिवश नराम्रो चाल चल्न बाध्य भएको । ३. विनाकामको (व्यक्ति) । — ता/त्व— ना॰ पङ्गु गराउने वा हुने भाव वा अवस्था ।

पच्–नु— अ॰ क्रि॰ [सं॰ पचने १. खाएको कुराले शरीरमा बिगार नगरी तागत आदि दिएर अनावश्यक भाग मलमूत्रका रूपमा परिणत भई मलबार वा मूत्राशय आदिबाट जान लायक हुनु; हजम हुनु । २. लिएको वस्तु फर्काउन नपर्ने हुनु; पच हुनु । ३. कुनै वस्तु अर्का वस्तुमा गाभिएर समाप्त हुनु; लीन हुनु ।

पच१— ना॰ [सं॰] १. पच्ने काम; पाचन । २. अर्कासँग लिएको धनमाल फिर्ता नगरी आपैmँले उपभोग गर्ने नियतले गरिने अधिकरण; लिएको लियै पार्ने काम ।

पच२— वि॰ [सं॰ पञ्चे पाँच (पचभैया, पचहत्तर, पचासी आदि शब्दको आरम्भमा प्रयुक्त॰ ।

पच३— वि॰ बो॰ [सं॰ पश्चे नारिएका गोरुलाई पछाडि सार्न वा फर्काउनका निम्ति हलीले भन्ने शब्द (जस्तै– होरी पच॰ ।

पचका— ना॰ [अ॰ मू॰ पच+को १. पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढुङ्ग्राका आकारको बाँस, फलाम, पीतल आदिको साधन; पिचकारी । २. स्प्रे गर्ने मेसिनको तरल पदार्थ फाल्ने टुँडोदार अवयव; पच्का । ३. पम्प सेटको डेलिभरी पाइपको टुप्पाको निपल; सो निपलसहितको डेलिभरी पाइप ।

पचक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पचक्+क] १. कमसल धातु आदिको भाँडालाई दाब्दा आउनेझैँ शब्द निस्कने गरी । २. रसिलो पदार्थ किचिँदा वा दाबिँदा झैँ शब्द आउने किसिमले ।

पचन— ना॰ [सं॰] १. पकाउने काम । २. पकाउने साधन । ३. पकाउने व्यक्ति । ४. अग्नि; आगो । > पचनागार— ना॰ भान्साघर । पचनी— ना॰ पचाउने काम; पच; हजम; दमपच ।

पचनीय— वि॰ १. पचाउन लायक; पकाउन सकिने खालको । २. पचाउन योग्य ।

पचपच— क्रि॰ वि॰ [अ॰ मू॰ पच्+उ (बि॰)] १. रुघा, खोकी आदिका कारणले गर्दा मुख नमीठो भई थुक वा थुकथुकी निकालिरहेर । २. जे पायो त्यही शब्द मुखबाट निकालेर । >

पचपचती— क्रि॰ वि॰ १. अझै पचपच हुने गरी । ना॰ २. त्यसरी थुक्ताको आवाज । ३. त्यस्तो बोलाइ वा किरिया ।

पचपचाइ— ना॰ पचपच गर्ने क्रिया वा प्रक्रिया; पचपचाहट ।

पचपचाइनु— अ॰ क्रि॰ पचपचाउँदो होइनु । पचपचाउँदो— वि॰ १. पचपचाएको; नमीठो स्वादको । २. पानी, पीप (घाउ, खटिरा आदिबाट॰ बगिरहने खालको । ३. फतफते । पचपचाउनु— अ॰ क्रि॰ १. मुखमा खल्लोपनको अनुभव हुनु; मुखको स्वाद बिग्रनु । २. पानी, पीप आदि बगिरहने हुनु । ३. जे पायो त्यही बोल्नु । पचपचाहट— ना॰ पचपचाउने भाव, स्थिति वा क्रिया– प्रक्रिया । पचपचाहा— वि॰ पचपचाउने खालको; पानी, पीप आदि (घाउ, खटिराबाट॰ बगिरहने । पचपची— क्रि॰ वि॰ पचपचती ।

पचपन्न— ना॰ [सं॰ पञ्चपञ्चाशत्] १. पचास र पाँचको योगबाट बन्ने सङ्ख्या; चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या; ५५ को सङ्ख्या । वि॰ २. गणनाका क्रमले चवन्नभन्दा पछि आउने सङ्ख्यामा पर्ने; सो सङ्ख्याका क्रममा आउने । > पचपन्नौँ— वि॰ गणनाका क्रमले पचपन्न सङ्ख्यामा परेको; पचपन्न सङ्ख्याका क्रमको ।

पचभैया— — ना॰ [पच+भैयो १. एकसाथ हिँड्छन् भनी लोकले विश्वास गरेको पाँचवटा भूतहरूको समुदाय । २. सुदूरपश्चिमी नेपालतिर पूजा गरिने पाँच आत्माहरूको संयुक्त स्वरूप ।

पचमेल— ना॰ [पाँच+मेले पाँच थोक मिसाएर बनाइएको मिठाई वा मसला ।

पचरङ्गी— वि॰ [पञ्च+रङ्गी] १. पाँच प्रकारका रब वा बुट्टा मिलेको (वस्तु॰; पञ्चरङ्ग; पञ्चरङ्गी । २. रबबिरबको; बहुरङ्गी ।

पचहत्तर— ना॰ [सं॰ पञ्चसप्तति] १. सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या; ७५ को अङ्क । वि॰ २. गणना गर्दा सत्तरीभन्दा पाँच बेसी हुने; चौहत्तरपछिका सङ्ख्याको । > पचहत्तरौँ— वि॰ गणनाका क्रमले पचहत्तर सङ्ख्यामा पर्ने; पचहत्तर सङ्ख्याका क्रमको ।

पचाइ— ना॰ [रू पच् (+आइ॰] पच्ने भाव, क्रिया वा प्रक्रिया । [ > ]

पचाइनु— क॰ क्रि॰ पचाउने काम गरिनु; हजम पारिनु ।

पचाउ–नु— स॰ क्रि॰ [पच्+आउ+नु] १. खाएको वस्तुलाई पाकयुक्त गराउनु; परिपक्व तुल्याउनु; पौष्टिक तत्त्वलाई आत्मसात् गर्नु । २. कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले गायब तुल्याउनु वा लिनु । > पचाउनी— ना॰ १. पचाउने काम वा वस्तु । २. खान काटेका पशुको भित्री अङ्ग (भियभयाँस, भुँडी, आन्द्रो आदि॰ ।

पचाउरे— वि॰ चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द । (उदा॰— चाउरेपचाउरे खुर्पाको बिँड, के खान्छस् चाउरे सुँगुरको लिँड । — लोककविता॰ ।

पचापच— क्रि॰ वि॰ [पच्+अ+पच्] १. कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर । २. लगातार पचका चलाएर । ३. थुक्दा स्पष्टसँग ध्वनि उत्पन्न गरेर ।

पचास— ना॰ [सं॰ पञ्चाशत्] १. चालीस र दसको योगबाट बन्ने सङ्ख्या; ५० को सङ्ख्या; उनन्चासपछि आउने सङ्ख्या । वि॰ २. गणनाका क्रमले उनन्चासपछिको सङ्ख्यामा पर्ने; सङ्ख्याका दृष्टिले चालीस र दसका योगको ।

पचासिऔँ/पचासियौँ— वि॰ गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने; पचासी सङ्ख्याका क्रमको ।

पचासी— ना॰ [सं॰ पञ्चाशीति] १. असी र पाँचका योगबाट बन्ने सङ्ख्या; ८५ को सङ्ख्या; चौरासीपछि आउने सङ्ख्या । वि॰ २. गणनाका क्रमले उनासीपछि आउने सङ्ख्याबराबरको । >

पचासीऔँ/पचासीयौँ— वि॰ हे पचासिऔँ ।

पचासौँ— वि॰ [पचास+औँ] गणनाका क्रमले पचास सङ्ख्यामा आउने; पचाससङ्ख्याका क्रमको; उनन्चासपछिको प्रथम ।

पचाहा— वि॰ [पचाउ+आहो १. अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको । २. जानेका कुरालाई पनि नजानेझैँ गर्ने; बुझपचाहा; बुझपेलाहा; हेपाहा ।

पचिनु— अ॰ क्रि॰ [पच्+इ+नु] १. हजम होइनु; पच्ने होइनु । २. पच्नु ।

पची— ना॰ [बा॰ बो॰] आची; गुहु ।

पचेटा/पचेडा— ना॰ [सं॰ पश्च+एटो १. केही कुराको पछि लाग्दा हुने धपेडी; धामा । २. झन्झट; झमेला ।

पच्का— ना॰हे॰ पचका ।

पच्कार्–नु— स॰ क्रि॰ [अ॰ मू॰ पच्+कार+नु] १. समाजमा धक नमानीकन अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु; भन्न नहुने कुरो पनि प्याच्च भन्नु । २. तोकेर भन्नु; औँल्याएर भन्नु । ३. अश्लील कुरो वा शब्द बोल्नु । > पच्कार/पच्काराइ— ना॰ पच्कार्ने क्रिया वा प्रक्रिया । पच्कारिनृु— क॰ क्रि॰ १. पच्कार्ने पारिनु । अ॰ क्रि॰ २. पच्कार्ने होइनु ।

पच्चर— ना॰ [रू पस्+चिर्] ठूलो काठ, आरा आदिले चिर्दै गरेको बेला सजिलाका लागि चिरिएका ठाउँतिर ठोकिने फेसो ।

पच्चिस— ना॰ [सं॰ पञ्चविंशति] १. बीस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबीसपछि लगत्तै आउने सङ्ख्या । २. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रबका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल । वि॰ ३. बीस र पाँचका योगको; चौबीसपछिको सङ्ख्यामा पर्ने । ~ गन्डा— ना॰ सय पैसा; थुप्रो; धेरै । ~ गन्डी— वि॰ पच्चीस गन्डाको । >

पच्चिसा— वि॰ १. सयमा पच्चीस; पच्चीसको । २. राम शाहले बसालेको सोअनुसार अन्नको ब्याज लिने थिति । पच्चिसौँ— वि॰ गणनाका क्रमले पच्चीस सङ्ख्यामा पर्ने; पच्चीस सङ्ख्याको; पच्चीस सङ्ख्याका क्रमको ।

पच्चीस— ना॰ हे॰ पच्चिस । > पच्चीसा— वि॰ हे॰ पच्चिसौँ ।

पच्चु— वि॰ [सं॰ पच्+उ] १. पचेको; पाक भएको । २. प्रौढ भएको; पोख्त भएको ।

पच्छि–नु— अ॰ क्रि॰ [सं॰ पश्च+नु] पछि पर्ने होइनु; पछौटे हुनु ।

पच्छिउँ— ना॰ [सं॰ पश्चिमे हे॰ पश्चिम ।

पच्छिम— ना॰ [सं॰ पश्चिमे पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि अस्ताउने दिशा । ~ एक नम्बर— ना॰ काठमाडौँदेखि पच्छिमतिरका नुवाकोट, लामीडाँडा, धादिब, सल्यान आदि क्षेत्र पर्ने एक इलाका । ~ चार नम्बर— ना॰ पच्छिम तीन नम्बर इलाकादेखि पच्छिमपट्टिका भिर्कोट; गह्रौँ, सतौँ, स्याङ्जा आदि क्षेत्र भएको इलाका । ~ तिन नम्बर— ना॰ पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बीचमा पर्ने लम्जुब, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका । ~ दुई

नम्बर— ना॰ पच्छिम एक नम्बर इलाका र तीन नम्बर इलाकाका बीचमा पर्ने (मुख्य बस्ती गोर्खा भएको॰ एक इलाका । > पच्छिमा— वि॰ १. पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य । २. पच्छिम दिशातिर रहने; पश्चिमी प्रदेशको । ३. काठमाडौँदेखि पश्चिमतिरको । ना॰ ४. नेपाली बाहुनहरूको गढकुमाउँबाट आएको वा आदिथलो डोटी भएको एक शाखा । पच्छिमे— वि॰ पच्छिमको (उपेक्षार्थमा॰ । पच्छिमेली— वि॰ पच्छिमको; पाश्चात्य ।

पच्छे— ना॰ [सं॰ पक्षे १. कृष्णपक्ष वा शुक्लपक्ष । २. पक्षपात; तरफदारी; पनपच्छे; पनपक्ष । — पात— ना॰ पक्षपात । — पाती— वि॰ पक्षपाती ।

पच्याब— ना॰ होचा–अग्ला ढुङ्गाहरू भएको असजिलो बाटो; राम्ररी नबनेको उबडखाबड परेको बाटो ।

पछबार— ना॰ [पछि+बार] १. नाउलाई यताउता घुमाउन नाउका पछिल्तिर लगाइने साधन; पतवार । २. पछुवा ।

पछाइ— ना॰ [रू पछाउ (+आइ॰] १. पछाउने क्रिया वा प्रक्रिया । [ रू पाछ् (+आइ॰] २. पाछ्ने क्रिया वा प्रक्रिया । [ > ] पछाइनु— अ॰ क्रि॰ १. पछि होइनु; पछाडि परिनु । २. पाछ्न लाइनु ।

पछाउ–नु— अ॰ क्रि॰ [सं॰ पश्च+आउ+नु] १. पछि हुनु; पछाडि पर्नु । २. ढिलो हुनु; विलम्ब हुनु । ३. पछि लाग्नु; पछेटा लाग्नु । ४. बालीनाली पाक्न पछि हुनु । प्रे॰ क्रि॰ [सं॰ प्रवेश+आउ+नु] ५. पाछ्न लगाउनु; खोपाउनु; माईको टीका दिन लाउनु ।

पछाड— ना॰ [पछि+आड] १.शरीरको पछिल्लो अवयव । २. हात्ती, घोडा, गाई आदिका पछाडिका खुट्टा बाँध्ने डोरी रू

पछाडि— ना॰ यो॰ १. पछिल्तिर; पछि; पश्चात् (उदा॰— राम– पछाडि श्याम छ॰ । क्रि॰ वि॰ २. पछि (उदा॰— म अगाडि थिएँ ऊ पछाडि थियो॰ । ना॰ ३. पछाड । ४. जुत्ताको खुरातिर पर्ने कुर्कुच्चानेरको भाग । > पछाडिनु— अ॰ क्रि॰ १. पछाडि पर्नु; पछि हुनु । २. लड्नु; पछाड खानु ।

पछार्–नु— स॰ क्रि॰ [प्रा॰ पच्छाडि] १. भुईँमा लडाउनु; गिराउनु; लोटाउनु; ढाल्नु । २. साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मयल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु । ३. जित्नु; पराजित गर्नु । > पछार— ना॰ १. पछार्ने काम; लडाउने काम । २. सफा गर्नका निम्ति लुगाफाटो ढुङ्गामा बजार्ने काम ।

पछारपुछुर— ना॰ राम्ररी पछार्ने काम (लुगा॰ । पछाराइ— ना॰ १. पछार्ने क्रिया वा प्रक्रिया । २. पछारिने क्रिया वा प्रक्रिया ।

पछारिनु— अ॰ क्रि॰ १. भुईँमा लड्नु; लोट्नु । क॰ क्रि॰ २. भुईँमा लडाइनु । ३. भिजेका लुगा ढुङ्गा आदिमा बजार्ने काम गरिनु ।

पछि— ना॰ यो॰ [सं॰ पश्च+ई] १. पछिल्तिर; पछाडि । क्रि॰ वि॰ २. समय बिताएर; पछिबाट; ढिलो; पछाडि । — उँडै/उँडो— क्रि॰ वि॰ पछिबाट समय बिताएर; पश्चात् ।

पछितो— ना॰ [रू पछुतो] पश्चात्ताप; पछुताउ; पछुतो ।

पछिया— ना॰ [पश्चिमे पच्छिमतर्फबाट आउने बतास वा हावा ।

पछिल्तिर— क्रि॰ वि॰ [पछि+तिर] १. पछाडिपट्टि; पिठिउँतिर । ना॰ यो॰ २. पछि; पछाडि ।

पछिल्लो— वि॰ [पछि+लो] पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको ।

पछुताइ— ना॰ [रू पछुताउ (+आइ॰] पछुताउने भाव, क्रिया वा प्रक्रिया । [ > ] पछुताइनु— क॰ क्रि॰ पछुताउने काम गरिनु; पछुताउने पारिनु ।

पछुताउ— ना॰ [पछुतो+आउ > सं॰ पश्चात्तापे पश्चात्ताप; पछितो; पछुतो । > पछुताउनु— स॰ क्रि॰ भूलचूकमा भए–गरेका काम– कुरामा दुःख मान्नु; पछुताउ गर्नु; पछुतो मान्नु; चुकचुकाउनु; थकथकाउनु । पछुताहट— ना॰ पछुताइ; पछुतो ।

पछुतो— ना॰ [सं॰ पश्चात्तापे पहिले आफूले गरेका भूलमा मानेको अफसोस; थकथकी; पश्चात्ताप; पछितो ।

पछुवा१— वि॰ [पछि+उवो १. पछाडि रहेको; पछाडि परेको; पछि भएको । ना॰ २. हात्तीका सवारीमा पछाडिपट्टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको॰ व्यक्ति । ३. पोइल जाँदा आ६ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान । ४. गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति ।

पछुवा२— ना॰ [सं॰ पश्चवाते पश्चिमतिरबाट पूर्वतिर बगेको हावा; लु ।

पछेउरा— ना॰हे॰ पछ्यौरो । > पछेउरो— ना॰ पछ्यौरी । पछेउरो— ना॰ पछ्यौरो ।

पछेटा/पछेटो— ना॰ [सं॰ पश्च+एटा/एटो] पछि लाग्ने काम; पछ्याउने काम; पिछा; अनुसरण ।

पछेनी— ना॰ [सं॰ पक्ष्म > फा॰ पशम+एनी] १. पस्मिनाको फेटा । २. फेटा ।

पछोड— ना॰ [सं॰ पश्च+ओड] कडी लगाएर हात्तीका पछिल्तिर कसिने डोरी ।

पछौटे— वि॰ [सं॰ पश्च+औटे] १. पछि परेको; पछाडिको । २. अविकसित । ३. पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि॰; पछ्तिया । ४. पछि लाग्ने; पछ्याउने (व्यक्ति॰ । ५. पछि बियाउने (गाई आदि॰ ।

पछौटो— ना॰ [पछि+औटो] १. सबभन्दा पछि जन्मिएको सन्तान । २. कुनै काममा सबभन्दा पछि परेको व्यक्ति । ३. सबैभन्दा पछिको उब्जा ।

पछ्तिया— वि॰ [सं॰ पश्चात्+इयो पछि पाक्ने वा तयार हुने (बाली, फल आदि॰ ।

पछ्याइ— ना॰ [रू पछ्याउ (+आइ॰] पछ्याउने क्रिया वा प्रक्रिया । [ > ] पछ्याइनु— क॰ क्रि॰ पछ्याउने काम गरिनु; पछि लागिनु ।

पछ्याउ–नु— स॰ क्रि॰ [पछि+आउ+नु] १. पछि लाग्नु; पिछा गर्नु । २. केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु । ३. कसैका सँगसँगै काम गर्नु; पछिपछि गर्दै जानु ।

पछ्यौरा— ना॰ [सं॰ पक्ष्म+यौरो पछ्यौरो; पछेउरा । > पछ्यौरी— ना॰ पछ्यौरो । पछ्यौरो— ना॰ फेर मार्न वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र; दुपट्टा; उत्तरीय वस्त्र (खास्टो, बर्को आदि॰ ।

पजनी— ना॰ [फा॰ पा+जनी] सरकारी तहका कर्मचारीहरूको कामगराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, थमौती, बढुवा आदि गर्ने काम । ~ कागज/कागत— ना॰ सरकारी कर्मचारीको कामअनुसार थमौती, खारेजी, सरुवा, बढुवा आदिका निम्ति तिनले गरेका काम आदिको विवरणसमेत तयार पारिएको कागज ।

पजलो— ना॰ [पन्जा+लो] १. सम्म परेको जमिन; समतल भूमि । वि॰ २. समथर; पँजलो ।

पञ्च— ना॰ [सं॰] १. पाँचको सङ्ख्या । २. पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी । ३. पञ्चभलादमीमध्ये एक । ४. पञ्चायतको सदस्य । — क— ना॰ १. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय । २. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र । ३. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल बितीयासम्मका पाँच दिन; यमपञ्चक । ४. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक । वि॰ ५. पाँच अङ्कको । ~ कचहरी— ना॰ पञ्चभलादमीहरू बसेर गरिएको कुनै विषयको छलफल । ~ कन्या— ना॰ अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी गरी जम्मा पाँचवटी कन्याहरूको समुदाय । ~ कर्म— ना॰ जप, होम, तर्पण, रुद्राभिषेक र ब्राह्मणभोजन यी पाँच पुण्य कर्म । ~ किर्ती/किर्ते— वि॰ पञ्चभलादमीले ठहराएको; पञ्चले निर्णय गरेको (मोल॰ । ~ किर्ते मोल— ना॰ पञ्चभलादमीले ठहराएको वा निर्णय गरेको मोल । ~ कृति— वि॰ पञ्चकिर्ते । ~ क्लेश— ना॰ योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, बेष र अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू । ~ खत— ना॰ साबित भएमा ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जात पतित हुने— यी पाँच किसिमका दण्ड हुने खत वा अपराध । ~ गव्य— ना॰ गाईको दूध, दही, घिउ, गउँत र गोबर मिलाई पूजादि कार्यका निम्ति बनाइएको पवित्र वस्तु । ~ गुण— ना॰ १. शब्द, स्पर्श, रूप, रस र गन्ध— यी पाँच प्रकाका गुण । वि॰ २. पाँच गुना; पाँच दोब्बर । ~ गौड— ना॰ विन्ध्याचलका उत्तरी भागमा बस्ने सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र औत्कल गरी ब्राह्मणका पाँच वर्ग । — चामर— ना॰ प्रत्येक चरणमा लघुगुरु मात्रा हुने सोह्र–सोह्र अक्षरका चार चरण हुने वार्णिक छन्द । ~ तत्त्व— ना॰ १. पृथ्वी, जल, तेज, वायु र आकाश गरी जम्मा पाँच प्राकृतिक तत्त्व । २. पञ्चमकार । — तन्त्र— ना॰ नीतिसम्बन्धी उपदेशप्रद कथाहरूलाई पाँचोटा मूल कथामा उनेर लेखिएको प्रसिद्ध ग्रन्थ । — तारा— ना॰ १. ध्यानी बुद्धका पाँच शक्ति । २. पञ्चबोधिसत्त्वकी माता । ३. वज्रधात्वीश्वरी, लोचना, मामकी, पाण्डुरा र तारा गरी जम्मा पाँच बौद्ध शक्ति । — ताल— ना॰ मादलसँग मिल्दो एक नेपाली बाजा । — दश— ना॰ दस र पाँचको योगबाट बनेको सङ्ख्या; पन्ध्रको सङ्ख्या । — दशी— ना॰ १. पूर्णिमा तिथि । २. वेदान्तको एक प्रसिद्ध ग्रन्थ । — द्रविड— ना॰ १. विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मणवर्गको समुदाय । २. विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तामिल, कन्नड, तेलगु, मलयालम र सिंहलीझैँ पाँच प्रधान भाषा । ~ ध्यानी

बुद्ध— ना॰ वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि गरी जम्मा पाँच बुद्ध । — नख— वि॰ १. पाँच नब हुने (जीव) । २. हात्ती । ३. कछुवा । ४. बाघ । — नद— ना॰ १. पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज— यी पाँच नदीहरूको समूह । २. पन्जाब प्रदेश । ३. किरण, धूतपापा, सरस्वती, गङ्गा र यमुना— यी पाँच नदीहरूको समुदाय । ~ निर्णय— ना॰ पञ्चबारा गरिएको निर्णय । ~ न्यायाधिकरण— ना॰ पञ्चभलादमीहरूबारा गठन गरिएको तल्लो तहको अदालत; पञ्चायती अदालत । ~ पखान— ना॰ छताछुल्ल भएर छरिएको वा पोखिएको वस्तु । ~ पखाल— ना॰ १. ज्यादै पातलो दिसा; पखाला । २. छताछुल्ल भएर छरिएको वा पोखिएको पन्यालो वस्तु; पञ्चपखान । ~ पर्व— ना॰ अष्टमी, चतुर्दशी, पूर्णिमा, अमावास्या र रविसङ्क्रान्ति गरी पाँचवटा पर्व । ~ पाण्डव— ना॰ पाण्डुका पाँच छोराहरू; युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतप्रसिद्ध पाँच पुरुष । ~ पात्र— ना॰ देवादिको कार्यमा प्रयोगमा ल्याइने दुई जलपात्र, दुई आचमनी र एक थाली गरी जम्मा पाँच पात्र । ~ पाला— ना॰ १. प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजाको सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली । २. धेरै खण्ड भएको काठ, माटो आदिबाट बनेको मरमसला राखिने भाँडो; सन्जोगे । ~ पिता— ना॰ जन्म दिने (बाबु॰, मन्त्र दिने (गुरु॰, कन्या दिने (ससुरो॰, अन्न दिने (किसान॰ र भय हर्ने (राजा॰ गरी जम्मा पाँच प्रकारका पिता । ~ प्राण— ना॰ प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु; शरीरमा रहने पञ्चवायु । ~ बुद्ध— ना॰ १. वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति भएका जम्मा पाँच बुद्ध । २. पुराणप्रसिद्ध पाँच बुद्धहरूको समूह (विपस्वी, शिखी, क्रकुच्छन्द, कनकमुनि र काश्यप) । ~ बोधिसत्त्व— ना॰ १. समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पßपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व । २. पञ्चध्यानी बुद्धका छोरा । ३. पञ्चताराका छोरा । ~ भलादमी— ना॰ गाउँका पाँच वा त्यसभन्दा बढी गण्यमान्य व्यक्तिहरूको समुदाय । ~ भेला— ना॰ पञ्चायतका सबै तहका सदस्यहरूको एकत्रित समूह, जमघट वा महासम्मेलन । — म— वि॰ १. पाँचौँ । ना॰ २. सङ्गीतका सात स्वरमध्ये एक । (यसलाई सङ्क्षेपमा 'प' भनिन्छ र यसमा ३६० नादलहरी रहेका हुन्छन्॰ । ~ मकार— ना॰ वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन— यी पाँच शब्दका सुरुसुरुका पाँचोटा म; यी पाँच मकारबाट बन्ने वस्तु । ~ महापातक— ना॰ ब्रह्महत्या, सुरापान, चोरी, गुरुस्त्रीगमन र ती चार महापातकीको सहवास गरी पाँच किसिमका पातक वा पाप । ~ महाभूत— ना॰ पृथ्वी, जल, तेज, वायु र आकाश— यी पाँच तत्त्व; पञ्चतत्त्व । ~ महायज्ञ— ना॰ स्वाध्याय (ब्रह्मयज्ञ॰, होम (देवयज्ञ॰, वलिवैश्वदेव (भूतयज्ञ॰, पिण्डक्रिया (पितृयज्ञ॰ र अतिथिपूजा (नृयज्ञ॰ गरी जम्मा पाँच किसिमका यज्ञ; गृहस्थीका घरमा नित्य रूपले गरिने उपर्युक्त पाँच महायज्ञ । ~ महाव्याधि— ना॰ अर्श, यक्ष्मा, कुष्ठ, प्रमेह र उन्माद गरी जम्मा पाँच किसिमका भयानक रोग । ~ महाव्रत— ना॰ अहिंसा, सुनृता (मीठो वा साँचो बोली॰, अस्तेय (चोरी नगर्नु॰, ब्रह्मचर्य र अपरिग्रह (दान नलिनु वा सङ्ग्रह नगर्नु॰ जस्ता मनुष्यलाई माथिल्ला तहमा पुथ्याउने मानिएका योगशास्त्रमा उल्लिखित जम्मा पाँचोटा महाव्रत ।

पञ्चमाङ्ग— ना॰ [सं॰] १. आधुनिक राजनीतिमा शत्रुका राज्यमा उपद्रव मच्चाउन र त्यहाँको गोप्य रहस्य थाहा पाउनका निम्ति तयार पारिएको वा नियुक्त गरिएको विशेष प्रकारको दल । २. स्वदेशका विरुद्ध विदेशको दलाली गर्ने दल वा व्यक्ति । >

पञ्चमाङ्गी— वि॰. १. पञ्चमाङ्गको; पञ्चमाङ्गसम्बन्धी । ना॰ २. पञ्चमाङ्ग ।

पञ्चमी— ना॰ [सं॰] चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौँ तिथि; चौथीपछिको तिथि; शुक्ल वा कृष्ण पञ्चमी । ~ विभक्ति— ना॰ व्याकरणमा देखि, देखिन्, बाट आदि विभक्ति । पञ्च रङ्ग— ना॰ [सं॰] १. पाँच प्रकारका रब वा वस्तु । वि॰ २. पाँच रब वा वस्तुले युक्त । ३. धेरै प्रकारका रबले युक्त; रङ्दार । पञ्च रत्न— ना॰ [सं॰] १. नीर, हीरा, पßरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न । २. सुन, चाँदी, तामा, पित्तल र फलाम गरी जम्मा पाँच धातुहरूको संयोग ।

पञ्चराशिक— ना॰ [सं॰] जानिएका चार राशिहरूबारा नजानिएको पाँचौँ राशि पत्ता लगाउन सकिने एक खालको हिसाब । पञ्च लौह— ना॰ [सं॰] १. सुन, चाँदी, तामा, फलाम र पीतल— यी पाँच धातु । २. ती पाँच धातुका योगबाट बनेको धातु । पञ्च वर्षीय— वि॰ [सं॰] पाँच वर्षमा हुने वा गरिने; पाँच वर्षको अवधिमा पूरा हुने । ~ योजना— ना॰ खास–खास योजना वा लक्ष्यको पूर्ति र समस्याहरूको समाधानका निम्ति पाँच वर्षको अवधिभित्र सम्पन्न गरिने कार्यक्रम । पञ्च बलि— ना॰ [सं॰] कुनै किसिमको भाकल पूरा गर्नका निम्ति

 देव–देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि । पञ्च शस्य—

ना॰ [सं॰] धान, मुगी, तिल, मास र जौ— यी पाँच अन्न ।

पञ्चशील— ना॰ [सं॰] १. हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम । २. इन्डोनेसिया देशको बाङ्डुब नामक सहरमा अप्रिल, १९५५ इ॰ मा भएको एसिया र अफ्रिकाका अनेक राष्ट्रको सम्मेलनमा राष्ट्रका पारस्परिक हितका लागि स्वीकार गरिएका, क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्त्वजस्ता महत्त्वपूर्ण पाँच सिद्धान्त । पञ्च सन्धि— ना॰ [सं॰] १. व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव— यी पाँच किसिमका सन्धि । २. नाटकका मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण गरी जम्मा पाँच किसिमका सन्धि । पञ्च सुगन्ध धूप— ना॰ [सं॰] श्रीखण्ड, कस्तूरी, अगरु, कुमकुम, केसरीसमेत पाँचवटा वस्तु मिसाई बनाइएको सुगन्धित धूप । पञ्च स्कन्ध— ना॰ [सं॰] बौद्ध धर्मअनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी जम्मा पाँच गुणहरूको समुदाय । पञ्च स्नान— ना॰ [सं॰] १. दुई हात, दुई गोडा र मुखमण्डल गरी जम्मा पाँच अङ्गहरूको स्नान । २. स्नानको साटो मुख, हात मात्रै धुने कार्य ।

पञ्चाक्षर— वि॰ [सं॰] १. पाँच अक्षर भएको । ना॰ २. 'नमः

शिवाय'— यी पाँच अक्षरको मन्त्र । पञ्चाक्षरी— वि॰ १. पाँच अक्षर भएको । ना॰ २. पाँच अक्षर मात्र हुने मन्त्र ।

पञ्चाग्नि— ना॰ [सं॰] १. अग्निहोत्रीहरूबारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति॰, गार्हपत्य (दैवीवाक्का निम्ति॰, आहवनीय (हवनका निम्ति॰, आवसथ्य (गृहकार्यका निम्ति॰ र पचन (मरणोपरान्त आत्मदाहका निम्ति॰ गरी पाँच प्रकारका अग्नि । २. तपस्या गर्दा प्रयोग गरिने आ६ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय ।

पञ्चाङ्ग— ना॰ [सं॰] १. पाँच अङ्ग भएको वस्तु । २. आयुर्वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह । ३. ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण— यी पाँच अङ्ग भएको पुस्तिका; पात्रो; क्यालेन्डर ।

पञ्चामृत— ना॰ [सं॰] १. गाईको दूध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु । २. पाँच प्रकारका अमृतहरूको समुदाय ।

पञ्चायत— ना॰ [सं॰] १. नेपालको सं॰ २०१९ को पञ्चायतकालीन संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रको सञ्चालनका निमित्त चुनिएका वा निर्वाचित भएका पञ्चहरूको सङ्गठन; त्यसको पद्धति वा व्यवस्था; पञ्चहरूको सभा । २. कुनै विवाद वा मुद्दामामिलामा समुचित निर्णय दिनका निम्ति जम्मा भएका वा चुनिएका व्यक्तिहरूको व्यवस्था एवं कार्य । ~ उपसमिति— ना॰ पञ्चायतबारा कुनै कार्य सम्पन्न गर्न गठित समितिभित्रको अर्को समिति । ~ समिति— ना॰ तत्कालीन राष्ट्रिय पञ्चायतमा नियमानुसार गठित हुने विभिन्न समितिमध्ये गृह पञ्चायत तथा स्थानीय विकास, कानुन तथा न्याय, रक्षा, सामान्य प्रशासन र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनविषयक कार्यसँग सम्बन्ध राखी कार्यसम्पन्न गर्ने समिति ।

पञ्चायती— वि॰ [सं॰] १. पञ्चायतको वा पञ्चायतसम्बन्धी । २. धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको । ~ अदालत— ना॰ गाउँ पञ्चायतका पञ्चभलादमीहरू मिली सानातिना स्थानीय झगडाहरू टुङ्गो लाउनका निम्ति गठन गरिएको अदालत । ~ प्रजातन्त्र— ना॰ नेपालको सं॰ २०१९ को संविधानअनुसार पञ्चायतका नीतिनियमहरूको आधारमा चलेको शासनव्यवस्था । ~ व्यवस्था— ना॰ नेपालको सं॰ २०१९ को संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रिय पञ्चायत आदिका क्रमले गठित एक विशेष प्रकारको राजनीतिक व्यवस्था । ~ सभा— ना॰ कुनै कार्य सम्पन्न गर्नका लागि र सोका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बस्ने पञ्चहरूको सभा ।

पञ्चेन्द्रिय— ना॰ [सं॰] १. बाह्य जगत्को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय । २. बोली, हात, खुट्टा, गुदबार तथा मूत्रबार गरी जम्मा पाँच कर्मेन्द्रियको समुदाय ।

पञ्चोपचार— ना॰ [सं॰] चन्दन, फूल, धूप, बत्ती र नैवेद— यी पाँच थोकबाट तयार गरिएको पूजाको सामग्री ।

पञ्जर— ना॰ [सं॰] १. चराचुरुङ्गी पाल्ने खोर; पिँजरा । २. शरीरका हाडहरूको आकृति; कङ्काल । ३. शरीर; देह ।

पञ्जिका— ना॰ [सं॰] १. कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र स्रेस्तामा चढाएर दर्ता गरी राख्ने र पठाइने कागजको दर्ताकापी; पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण । २. प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका; विशद टीका । ३. पञ्चाङ्ग; पात्रो । ४. विषयसूची । > पञ्जिकाधिकारी— ना॰ जन्म, विवाह, मृत्यु आदि दर्ता गरी दुरुस्त राख्ने काममा खटिएको कर्मचारी ।

पञ्जिकाध्यक्ष— ना॰ रजिस्ट्रार ।

पञ्जी— ना॰ [सं॰] हिसाब वा विवरण लेखिने पुस्तिका; बही । —

बद्ध— वि॰ अभिलिखित; खातामा चढाइएको; तालिकाबद्ध ।

पञ्जीयन— ना॰ [सं॰] १. घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनुपर्दा सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना आदि खातामा चढाएर अभिलेखका रूपमा राख्ने काम । २. निवेदकको नाम, निवेदन, दर्खास्त पञ्च आदि र निवेदन गरिएको विषय आदि दर्ता गराउने काम । ~

पत्र— ना॰ पञ्जीयन कार्यका लागि भर्नुपर्ने पूर्वनिर्धारित तालिकायुक्त कागज ।

पट्–नु१— अ॰ क्रि॰ [सं॰ प्रवृत्त+नु] १. कुनै काम बन्नु वा तामेल हुनु; सिद्ध हुनु; निब्टनु । २. भेटघाट हुनु; मेल हुनु; मिलाप हुनु ।

पट्–नु२— अ॰ क्रि॰ खेतबारीमा पानी पुग्नु; सिञ्चित हुनु ।

पट१— ना॰ [सं॰] १. कपडा; लुगा; वस्त्र । २. चित्र लेख्ने कपडा, कागज, फलेक आदि वस्तु । ३. पर्दा । ४. तस्बिर; चित्र ।

पट२— वि॰ [सं॰] १. केही नजान्ने; मूर्ख; अज्ञानी कोरा । २. समतल (मैदान॰ । क्रि॰ वि॰ ३. एकदम; धेरै (पटमूर्ख, पटबाँझो इ॰) ।

पट३— ना॰ [सं॰] घाउ, खटिरा चिरेपछि पीप तथा रगत सफा गर्ने काममा प्रयोग गरिने वस्तु ।

पटक— क्रि॰वि॰ [सं॰ प्रत्येके चोटि; पल्ट; बाजि; फेर ।

पटकथा— ना॰ [सं॰] दृश्यावली र छायाÍनका लागि निर्देशसहितको संवादात्मक आलेख (स्क्रिप्ट॰ ।

पटका— ना॰ [अ॰ मू॰ पट्+को १. बारुद र गन्धकबाट तयार गरिएको; पट्याक–पट्याक गरी पड्काइने वस्तु; पटाका । २. भुईँमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदिझैँ पड्कने एक किसिमको आतसबाजी ।

पटके— वि॰ [पटक+ए] १. एक पटक मात्र हुने; एक चोटि मात्र हुने । २. एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको । ३. पटकपटक गरी गरिने । ना॰ ४. एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम । ~ चोर— ना॰ एकपल्ट चोरीमा समातिइसकेको ।

पटक्क— क्रि॰ वि॰ [अ॰ मू॰ पटक्+क] १. काठ आदि भाँचिँदा झैँ शब्द आउने गरी । २. भुतुक्कसँग मर्ने किसिमले । ३. केही पनि हुँदै नहुने किसिमले । ४. ठ्याम्मै; बिलकुल; कत्ति पनि । (उदा॰—ऊ मैले भनेको पटक्क मान्दैन॰ ।

पटटट— क्रि॰ वि॰ [अ॰ मू॰ पट् (सात॰)] १. पटका आदि एकपछि अर्को पड्कँदाको झैँ शब्द आउने गरी । २. पड्कारो किसिमले; सुनिने गरी उच्चारण गरेर ।

पटना— ना॰ [सं॰ पट्टने १. भारतको विहारप्रान्तको राजधानी; पटना सहर । २. अङ्ग्रेज सरकारले इस्ट इन्डिया कम्पनीमार्फत चलाएको मुद्रा; कम्पनी । ३. अङ्ग्रेजले चलाएको भारतीय मुद्रा । ~ माला— ना॰ पटना जडेर गहनाका रूपमा बनाएको माला; टक्काहार; कम्पनीमाला ।

पटनी— ना॰ [पाट्+अनी] खेत आदिमा पानी पटाउने काम; सिँचाइ ।

पटपट— ना॰ [अ॰ मू॰ पट+अ (बि॰)] १. केराका पातको डाँख्लो बीचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द । २. त्यस्तो शब्द निकालेर खेलिने खेल । ३. हाँडीमा भुटिएका मकै आदि पड्कँदा आउने शब्द । ४. लट्ठी आदि बारबार भाँचिरहँदा आउने शब्द । ५. कुनै वस्तु लगातार फुट्दा आउने शब्द । ६. केही पड्कँदा आउने शब्द । क्रि॰ वि॰ ७. त्यस्तो शब्द निस्कने गरी । > पटपटती— क्रि॰ वि॰ १. अझै पटपट हुने गरी । २. भकाभक एकपछि अर्को ढल्ने वा मर्ने गरी । > पटपटाइ— ना॰ पटपट गर्ने क्रिया वा प्रक्रिया ।

पटपटाइनु— अ॰ क्रि॰ १. पटपट शब्द निस्किनु । क॰ क्रि॰ २. पटपट शब्द उत्पन्न गराइनु । पटपटाउनु— अ॰ क्रि॰ १. पटपट शब्द उत्पन्न हुनु; पट्कनु । २. भटभटाउनु; फलाक्नु । ३. अस्पष्ट शब्द बोल्नु । पटपटाहट— ना॰ पटपटाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; पटपटाइ । पटपटाहा— वि॰ पटापट शब्द निकाल्ने; पटपटे; फटफटे । पटपटिनु— अ॰ क्रि॰ पटपटाउनु । पटपटी— क्रि॰ वि॰ पटपटती; पटपट । पटपटे— ना॰ १. मोटो जातको दूबो; घोडेदूबो । २. खुकुरीको बिँड आदि बनाउने काममा आउने एक जातको रूख; भालुकाठ । ३. बलियो तथा नझर्ने, दाँती परेका किनारा भएको साधारण पात हुने, पहेँला वा सेता ससाना आकारका फूल फुल्ने बोटविशेष । ४. केराका पातका डाँख्लाबाट बनाइने र पटपट बजाउँदै खेलिने केटाकेटीको एक खेलौना । वि॰ ५. पटपट शब्द गर्ने; पटपट शब्द निकाल्ने । ६. भटभटाउने; फटफटे । पटपट्याइ— ना॰ पटपटिने वा पटपटाउने क्रिया वा प्रक्रिया । पटपट्याइनु— क॰ क्रि॰ पटपट पारिनु; पटपट शब्द निकालिनु । पटपट्याउनु— प्रे॰ क्रि॰ पटपट पार्नु; पटपट शब्द निकाल्नु वा निकाल्न लाउनु । पटपट्याहट— ना॰ पटपटिने भाव, स्थिति, क्रिया वा प्रक्रिया; पटपट्याइ ।

पटबन्धा— ना॰ [सं॰] कुनै पनि अधिराज्यका अधिराजकी प्रमुख विवाहिता महारानी; पटरानी ।

पटबाँझो— ना॰ [सं॰ पट्टबन्ध्ये १. कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन । वि॰ २. एकदम बाँझो; पट्टबन्ध्य ।

पटमिरो/पटमेरो— ना॰ बडहरका जस्ता तर केही चिल्ला पात हुने, सेता फूल र काला फल फल्ने र पात गाईबस्तुले खाने एक प्रकारको रूख; कुटमिरो ।

पटमैदान— ना॰ [पट+मैदान] १. सम्म परेको फराकिलो मैदान; खुला रूखहरू केही पनि नभएको उघारो मैदान । ३. खुला, फराकिलो र समथर बाँझो जग्गा; पर्ती ।

पटरानी— ना॰ [सं॰ पट्ट+राज्ञी] राजाका साथमा शुभराज्याभिषेक भएकी रानी; महारानी; पट्टमहिषी ।

पटरी१— ना॰ [सं॰ पट्ट+अरी] १. रेलका लिकमुन्तिर बिछ्याइएको काठ वा फलाम; रेल आदिको लिक । २. फल्याक । ३. इन्च आदिका नापको चिह्न भएको काठ आदिको नाप्ने साधन । ४. राजमार्गका दुवैतिर पैदल हिँड्न बनाइएको बाटो । ५. नदी आदिका पुलका दुवैतिर हिँड्न बनाइएको पेटी ।

पटरी२— ना॰ [प्रवृत्तटी > सं॰ प्रवृत्ति॰ मेल; मिलाप; बानीमा समानता

(उदा॰— हरिको त उससँग पटरी नै खाँदैन॰ ।

पटल— ना॰ [सं॰] १. घर आदिको छानो; छत; छादन । २. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण । ३. तह; पत्र । ४. आँखाको फलक वा ढकनी । ५. ग्रन्थको अध्याय; परिच्छेद । ६. समूह; जमात; हूल ।

पटवन्ध्या— ना॰ [सं॰ पट्टवन्ध्यो निःसन्तान आइमाई (टकाराँड, बूढी कन्ने वा बैला॰ ।

पटवारी— ना॰ [सं॰ पट्ट+वाला+ई] तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी; जिम्दारको सहायक; पटुवारी; पटवारी ।

पटाइ— ना॰ [रू पट् (ंआइ॰] १. पानी पट्ने क्रिया वा प्रक्रिया । [ पटाउ+आइ] २. पटाउने क्रिया वा प्रक्रिया । [ > ] पटाइनु— क॰ क्रि॰ १. पट्ने पारिनु; काम तामेल पारिनु । २. खेत आदिमा पानी लगाइनु । पटाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. खेत आदिमा पानी लगाउनु; बिरुवा आदिमा पानी सिञ्चन गर्नु । २. खाल्टो पुर्नु; सम्म तुल्याउनु । ३.काम सिद्ध गर्नु; कार्य पूरा गर्नु । ४. पट्ने पार्नु वा पार्न लगाउनु ।

पटाउनी— ना॰ [रू पट्ट्याउ+आउनी] कपडाको मुख सिलाउने काम; बिट मार्ने काम ।

पटाउनु— स॰ क्रि॰ कुनै कुरा आ६नो पक्षमा पार्न सफल हुनु ।

पटाका— ना॰हे॰ पटका ।

पटाक्षेप— ना॰ [सं॰] नाटकमा एक दृश्य देखाइसकेपछि अर्को दृश्य देखाउनुभन्दा पहिले पर्दा खसाल्ने काम; जवनिका खसाउने काम ।

पटाङ्गिनी— ना॰ [पाटो+प्रा॰ अङ्गण+ई] १. घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन । २. सम्म परेको फराकिलो चउर ।

पटाङ्गी— ना॰ [पाटो+सं॰ अङ्ग+ई] पटाङ्गिनी ।

पटापट— क्रि॰ वि॰ [अ॰ मू॰ पटे १. फुर्तीसाथ; धमाधम; चटाचट; छटाछट; फटाफट । २. लगातार भाँचिने वा पड्कने गरी; पटपट । ३. धमाधम पिट्ने किसिमले । ४. एकपछि अर्को गर्दै मर्दै जाने गरी; भटाभट ।

पटार्–नु— स॰ क्रि॰ [पटार+नु] सिँगार गर्नु; सजाउनु; शृङ्गार पार्नु ।

पटार— ना॰ [सं॰ पट्ट+आर] १. पेटीजस्तो पारेर बुनिएको फित्ता । २. घोडाको काठी कस्ने पेटी । ३. लुगाफाटो आदिले सिँगारिने वा सुसज्जित हुने काम (जस्तो— सिँगारपटार॰ ।

पटाराइ— ना॰ [रू पटार् (+आइ॰] पटार्ने क्रिया वा प्रक्रिया । [ > ] पटारिनु— क॰ क्रि॰ पटार्ने काम गरिनु; सिँगारिनु ।

पटासी— ना॰ [नेवा॰ पतासि] रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया ।

पटाहा— ना॰ [प्रा॰ पट्टे १. घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ । २. काठको फलैँचा । ३. जोतिएका खेतबारीमा उठेका डल्लाडुल्ली फुटाउने र सम्म्याउने काममा प्रयोग हुने एक किसिमको काठ; चौकी ।

पटि–नु— अ॰ क्रि॰ [पट्+इ+नु] काम सिद्ध होइनु; पट्नु ।

पटु— वि॰ [सं॰] १. कुशल; निपुण; दक्ष; सिपालु; प्रवीण । २. चलाक; चतुर । ३. स्पष्ट (वक्ता॰ ।

पटुका१— ना॰ [सं॰ पटके रक्सी बनाउँदा खप्टिएका भाँडाका बीचबाट हावा जान बन्द गर्नका लागि गोबरले टालेको घेरो ।

पटुका२— ना॰ [सं॰ पटके कम्मरमा बाँध्ने लामो खालको कपडा; कमरबन्दी । > पटुकी— ना॰ १. सानो खालको पटुका; कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा । २. पटुका (गीत, कविता वा लोकगीतमा॰ ।

पटुता/पटुत्व— ना॰ [सं॰] १. विषयवस्तुप्रतिको दक्षता; कौशल; सीप । २. बाठोपना; चतुथ्याइँ ।

पटुवा१— ना॰ [पाट+उवो १. दस फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा कानी छोड्ने र तिनुवा (वा सादा॰ तोसा (वा लक्खी॰–जस्ता दुई भेदमा वर्गीकृत एक वनस्पति; सन । २. त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट; सनपाट ।

पटुवा२— ना॰ [सं॰ पट+उवो धागो, पोते, जरी आदिको काम गर्ने एक वर्ग वा जाति ।

पटुवारी— ना॰हे॰ पटवारी ।

पटेर१— ना॰ [सं॰ पत्रे १. घुइँचो; भीड । २. छिर्न नसकिने जङ्गल वा झाडी; काठी । (जस्तै– कालीपटेर॰ । वि॰ ३. प्रशस्त; ज्यादा; धेरै । क्रि॰ वि॰ ४. धेरै; प्रशस्त; पट्टेर ।

पटेर२— ना॰ [सं॰ पत्र+एर] बोझाको झैँ तर गन्धविहीन जरो हुने तथा जलाशयका निकटमा पैदा हुने, गुन्द्री आदि बुन्ने काममा समेत प्रयोगमा आउने, एक थरी उखुपाते वनस्पति ।

पटेला/पटेलो— ना॰ [सं॰ पटल=डुङ्गो १. एक जातको माछो । २. मुडा, मुड्का वा केराका थाम आदिलाई एक–अर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा ।

पटोल— ना॰ [सं॰] १. एक प्रकारको कपडा । २. परबर (तर्कारी॰ ।

पट्क–नु— अ॰ क्रि॰ [अ॰ मू॰ पटके १. बन्दुक, तोप आदि चलाउँदा शब्द निस्कनु । २. मकै आदि भुट्ताखेरि पटपट शब्द निस्कनु । स॰ क्रि॰ ३. भन्न नहुने कुरो प्याच्च भन्नु । ४. जमिनमा पछार्नु; लडाउनु । > पट्काइ— ना॰ पट्कने क्रिया वा प्रक्रिया । पट्काइनु— क॰ क्रि॰ पट्काउने काम गरिनु ।

पटकाउनु— स॰ क्रि॰ १. तोप, बन्दुक, पटका आदिबाट आवाज निकाल्नु; पड्काउनु । २. गालामा लबटाले हिर्काउनु; चड्काउनु । ३. भाँच्नु । ४. रबाफका साथ कुनै काम गर्नु । ५. अर्काको धनमाल अनुचित तरिकाबाट हडप गर्नु ।

पट्कार–नु— स॰ क्रि॰ [सं॰ स्पष्टकर+नु] १. स्पष्ट आवाज उच्चारण गर्नु । २. गाली गर्नु; फट्कार्नु । [अ॰ मू॰ पटे ३. पछार्नु; पट्कनु ।

पट्कारो— वि॰ [सं॰ स्पष्टकरे स्पष्ट (आवाज॰ ।

पट्कि–नु— अ॰ क्रि॰/स॰ क्रि॰ [रू पट्कनु] १. पट्कनु । २. पटपट शब्द निस्किनु ।

पट्के— वि॰ [पटक+ए] १. गाईबस्तु ठहरै मर्ने एक प्रकारको रोग; एक किसिमको देसान । २. गोठालाले गाईबस्तुलाई गाली गर्दा भन्ने शब्द; लडे । ३. कसैको डरधाक नमानी बीचैमा निर्धक्क बोल्ने; स्पष्टवक्ता ।

पट्क्याइ— ना॰ [रू पट्कि (+याइ॰] पट्किने क्रिया वा प्रक्रिया । श्र पट्क्याहट— ना॰ पट्किने भाव, क्रिया वा स्थिति; पट्क्याइ ।

पट्ट१— क्रि॰ वि॰ [अ॰ मू॰ पट्+ट॰] १. भाँडा फुट्दा वा काठ आदि भाँचिँदा झैँ आवाज निस्केर । २. एकाएक मर्ने किसिमले; भुतुक्क । ३. एकाएक कुनै काम हुने वा गर्ने चालमा; चट्ट; छट्ट । ४. एकदम; बिलकुल; पटक्क; कुनै पनि हालतमा (उदा॰—ऊ मैले भनेको पट्ट मान्दैन ।) ।

पट्ट२— ना॰ [सं॰] १.अँगारले कालो लगाइएको खरीले लेख्ने काठको फल्याक; पाटी । २. धूलो हालेर सिन्काले लेखिने काठको फल्याक । ३. पिरा; पिर्का । ४. राजाज्ञा, दानपत्र आदि लेखिएको धातु, शिला, छाला, कागत आदिको पातो वा पत्र । ५. युद्धमा छातीमा लगाइने ढाल । ६. पगरी । ७. राजपाट । ८ कपडा; पट । (. राजसिंहासन । १०. रेसम । ११. पदक; तक्मा । वि॰ १२. प्रधान; मुख्य ।

पट्टन— ना॰ [सं॰] सहर; नगर; पत्तन । > पट्टनी— ना॰ नगरी; पत्तनी; पुरी ।

पट्टबन्धा— ना॰ [सं॰] पट्टरानी; पटरानी; पटबन्धा । पट्ट महारानी— ना॰ [सं॰ पट्ट+महारानी] पटबन्धा । पट्ट महिषी/पट्टराज्ञी— ना॰ [सं॰] पटरानी ।

पट्टरानी— ना॰ [सं॰ पट्टराज्ञी] पटरानी ।

पट्टल— ना॰ [सं॰] १. पर्दा; आवरण; पटल । २. आँखामा धूलो, मैलो आदिबारा बच्नका निम्ति बाँधिने रुमाल । पट्ट वस्त्र/पट्टांशुक— ना॰ [सं॰] सनपाटको कपडा; पाट आदिका धागाबाट तयार पारिएको कपडा ।

पट्टा१— ना॰ [सं॰ पटे १. मसिना विभिन्न आकारका धर्सा भएको, प्रायः सुत्ने बेलाको पहिरन र हनुमान् कट्टुका निम्ति प्रयोग गरिने कपडा । २. साधा रबको तल्लो किनारमा बाहिरपट्टि बुट्टादार देखिने टलक्क परेको सारी ।

पट्टा२— ना॰ [सं॰ पट्टे १. सरकारले ठेकेदारलाई ठेक्कापट्टाबमोजिम काम गर्न दिने अधिकारपत्र; ठेक्काको बहालीपुर्जी । २. साहू– महाजनको एक प्रकारको व्यापार । ३. तरबार राख्ने खोल; म्यान । ४. तरबार चलाएर दुई प्रतिबन्बीका बीच हुने खेल वा युद्धको अभ्यास गरिने एक प्रकारको लट्ठी । ५. छालाको पेटी । ६. छाला, धातु, कपडा आदिको फित्ताजस्तो वस्तु । ७. विशेष पहिरनका अवस्थामा दायाँ र बायाँ कुमदेखि कम्मरसम्म पुग्ने गरी प्रालम्बिका लुर्काउन पहिरिने विशेष प्रकारको पट्टी ।

पट्टाइ— ना॰ [रू पट्टाउ (+आइ॰] १. पट्टाउने क्रिया वा प्रक्रिया; उराठलाग्दोपन; उच्चाट । [ > ] पट्टाइनु— अ॰ क्रि॰ उराठ लाग्ने होइनु । पट्टाइलो— वि॰ पट्टाइलाग्दो; उराठिलो ।

पट्टाउनु— अ॰ क्रि॰ [सं॰ पट्ट+आउ+नु] १. एकै ठाउँ धेरै बेर बसिरहँदा, एकनाससित काम गरिरहँदा वा हिँडिरहँदा उच्चाट लाग्नु; उराठ लाग्नु । २. आलस्य लाग्नु; अल्छी लाग्नु । पट्टा कबुलियत— ना॰ [पट्टा+बकुलियत] ठेकदारले ठेक्कापट्टाको काम तोकिएको समयभित्र गर्नेछु भनी गरिदिएको लिखत ।

पट्टाभिषेक— ना॰ [सं॰] राज्याभिषेक ।

पट्टि— ना॰ यो॰ [सं॰ प्रति] १. तिर; तर्फ । (जस्तो— त्यतापट्टि, यतापट्टि, बाटापट्टि इ॰)रू २. पक्षमा । (जस्तो— न्यायपट्टि लाग, शत्रुपट्टि नलाग इ॰) ।

पट्टिका— ना॰ [सं॰] १. लेख्ने सानो पट वा सिलोट; पाटी । २. कपडाको टुक्रो वा धरो । ३. प्रमाणपत्र । ४. विभूषण आदि लुर्काउन प्रयोग गरिने विशेष किसिमको फित्ता ।

पट्टी१— ना॰ [सं॰ पट्टिको १. लेख्ने काठ वा ढुङ्गाको पाटी । २. छाला, कपडा आदिको टुक्रो । ३. घाउखटिरामा औषधी लगाई बाँधिने वा टाँसिने कपडा; ब्यान्डेज । — लेपन— ना॰ घाउखटिरा, चोटपटक, भाँचिएको ठाउँ आदिमा पट्टी बाँध्ने क्रिया ।

पट्टी२— ना॰ [सं॰ पत्ति] सैनिकको सुबेदारका मातहतको स्यानो टोली ।

पट्टु१— ना॰ [सं॰ पट्टे एक प्रकारको ऊनी कपडा ।

पट्टु२— ना॰ [सं॰ पटु] १. एक जातको मीठो बोल्ने सुगा । २. सुगा ।

पट्टेर— वि॰/क्रि॰ वि॰ [सं॰ पत्र+एर] प्रशस्त; धेरै; पटेर; बाक्लो घम्सी ।

पट्टो— ना॰ [सं॰ पटे बालख सुताउने सानो बिछ्याउना; एक किसिमको चकटी; डफलो ।

पट्ट्याइ— ना॰ [रू पट्ट्याउ -+आइ॰] पट्ट्याउने क्रिया वा प्रक्रिया । [ > ] पट्ट्याइनु— क॰ क्रि॰ कागज, कपडा आदि तहैतह पारेर दोब्य्राइनु ।

पट्ट्याउनु— स॰ क्रि॰ [सं॰ पत्र+याउ+नु] लुगा, कागत आदिलाई तहैतह पारेर देब्य्राउनु; तहतह पार्नु ।

पट्ट्यार— ना॰हे॰ पट््यार ।

पट्ट्याहट— ना॰ [पट्ट्याउ+आहट] पट्ट्याउने भाव, क्रिया वा प्रक्रिया ।

पट्ठा१— ना॰ [प्रा॰ पुट्ठे सुनौला वा रूपौला रबका तारले बनेको फित्ता ।

पट्ठा२— वि॰ [पट्ठोको ति॰ ।)] हे॰ पट्ठो । — पट्ठी— वि॰ पट्ठो र पट्ठी; युवा–युवती ।

पट्ठी— वि॰ [प¶ो+इ॰] तरुनी; युवती ।

पट्ठो— वि॰ [सं॰ प्रथ = पृथु] १. युवा; तरुनो; जवान । ना॰ २ जवान हात्ती ।

पट्ना— ना॰ [सं॰ पत्तने १. मालाको रूपमा लगाइने कम्पनी रुपियाँहरूको ठिँगुराझैं उनेको माला; पटनामाला; कम्पनीमाला । २. कम्पनी मुद्रा ।

पट्याँस१— ना॰ [अ॰ मू॰ पट्याँस्+अ] चामल आदि निफन्दा आँैँलाले हान्दा नाङ्लाबाट निस्कने शब्द ।

पट्याँस२— ना॰ [सं॰ पटांशे बाँसका हरेक आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्ने काममा र पङ्खा आदि बनाउने काममा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा ।

पट्याइ— ना॰ [रू पट्याउ -+आइ॰] पट्याउने भाव, क्रिया वा प्रक्रिया; पट्ट्याइ । [ श्रे पट्याइनु— क॰ क्रि॰ कागज, कपडा आदि तहैतह पारी दोब्य्राइनु; पट्याइनु; पट्याउने काम गरिनु ।

पट्याउ–नु— स॰ क्रि॰ [स॰ पत्र+याउ+नु] कागज, कपडा आदि तहैतह पारेर दोब्य्राउनु; दोबर–तेबर आदि पार्दै तह लगाउनु; पट्ट्याउनु ।

पट्याक— ना॰ [अ॰ मू॰ पट्याक्+अ] पड्कने वा भाँचिने चाल । —पुटुक— ना॰ १. कडा र साना काठ भाँच्दा आउने शब्द । क्रि॰ वि॰ २. त्यस्ता काठहरू भाँच्दा शब्द गर्ने किसिमले । ३. हाँडीमा भुटिँदै गरेका मकै आदि फूल उठ्दै गर्ने गरी । ४. आगामा सेकाइएका दूधे मकै आदि शब्द निस्कने गरी पड्किँदै गरेर । —पुटुक्क— क्रि॰ वि॰ पट्याकपुटुक हुँदै । > पट्याक्क— क्रि॰ वि॰ १. कडा र सानो काठ भाँच्ता एकाएक शब्द आउने किसिमले । २. पड्का आदि पड्कँदा एक्कासि शब्द निस्कने गरी । ३. औँला पड्काउँदा एक्कासि शब्द गर्ने किसिमसँग ।

पट्याब— ना॰ [अ॰ मू॰ पट्याङ्+अ] हे॰ पट्याक । — पुटुब— ना॰/क्रि॰ वि॰ पट्याकपुटुक । > पट्याङ्ग/पट्याङ्ब— क्रि॰ वि॰ पट्याबको ठूलो आवाज आउने गरी; पट्याक्क ।

पट्यार— ना॰ [सं॰ प्रतिहारे १. कुनै काम गर्दा अनुभव हुने उराठ स्थिति । २. सधैँ एकै ठाउँमा बसिरहँदा अनुभव हुने दिग्दारी । ३. पर्खँदा, कुर्दा वा पालो बस्दा लाग्ने अल्छी वा उँघाइ ।

पठन— ना॰ [सं॰] १. पढ्ने काम; अध्ययन । २. उल्लेख । —पाठन— ना॰ पढ्ने र पढाउने काम; अध्ययन–अध्यापन; लेखपढ । —

शील— वि॰ खूब पढ्ने; अध्ययनशील । > पठनीय— वि॰ पढ्न योग्य; पाठ गर्न लायक; अध्ययनीय; पाठ्य ।

पठाइ— ना॰ [रू पठाउ+आइ] पठाउने क्रिया वा प्रक्रिया । [ > ] —

पठाइनु— क॰ क्रि॰ १. पठाउन लाइनु । २. पठाउने काम होइनु । ३. पुथ्याउन लाइनु ।

पठाउ–नु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [सं॰ प्रस्थापन > प्रा॰ पट्ठावणे १. कुनै ठाउँमा जान प्रेरणा दिनु; कतै पुग्न आज्ञा दिनु । २. कसैलाई कुनै ठाउँमा कुनै वस्तु पुथ्याउन लगाउनु । ३. बिदा गर्नु; अन्माउनु । ४. लुर्काउनु । ५. प्रेषित गर्नु ।

पठार— ना॰ [सं॰ प्रस्थाकरे समतल जमिनमा रहेका साना पर्वतशिखरहरूको बराबर उचाइमा रहेको हिमाल आदिका बीचमा परेको विस्तृत मैदान ।

पठित— वि॰ [सं॰] १. पढे–लेखेको; साक्षर । २. विद्या हासिल गरेको; शिक्षित ।

पठुवा— ना॰ [श्र पडुवो खेतमा रहलपहल हरिया बोट सोहोरेर लगाइएको कुनिउँमा गुम्स्याएर तयार भएको हकुवा धान ।

पठेग्री/पठेग्रो/पठ्याङ्ग्री/पठ्याङ्ग्रो— ना॰ [पाठो+एग्री/एग्रो/ याङ्ग्री/याङ्ग्रो] दूध छाडिसकेको र चर्ने अवस्थामा पुग्न लागेको, भेडा–बाख्राको पाठो ।

पड्–नु— अ॰ क्रि॰ [सं॰ पतने १. उपयोगमा नआई रहिरहनु; मिल्किएजस्तो भइरहनु । २. ढल्कनु; पल्टिनु ।

पडताल— ना॰ [सं॰ परितोलने कुनै काम–कुरामा रहेका खोट वा त्रुटिहरूको निरीक्षण वा जाँचबुझ गर्ने काम ।

पडनी— ना॰ [पडता+नी] १. सुक्खा खेतमा पनि हुने एक प्रकारको चाँडै पाक्ने अग्निया धान । २. एक प्रकारको अघैया धान; घैया ।

पडाइ— ना॰ [रू पड् (+आइ॰] पड्ने क्रिया वा प्रक्रिया । [ > ]

पडाइनु— क॰ क्रि॰ पड्ने तुल्याइनु । पडाउनृु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पड्ने तुल्याउनु । पडिनु— अ॰ क्रि॰ उपयोगमा नआई त्यसै रहिरहनु; मिल्किनु । पडुवा— वि॰ उपयोगमा नआई त्यसै रहिरहेको; मिल्किएबराबर भएको ।

पड्क–नु— अ॰ क्रि॰ [अ॰ मू॰ पडक्+नु] हे॰ पट्कनु । > पड्का— ना॰ पट्का । पड्काइ— ना॰ पड्कने क्रिया वा प्रक्रिया । पड्काइनु— क॰ क्रि॰ पट्काइनु । पड्काउनु— स॰ क्रि॰ पट्काउनु ।

पड्कार्–नु— स॰ क्रि॰ हे॰ पट्कार्नु ।

पड्कारो/पड्कालो— वि॰ [सं॰ स्पष्टकरे पट्कारो ।

पड्कि–नु— अ॰ क्रि॰ हे॰ पट्किनु ।

पड्के— वि॰/ना॰ १. हे॰ पट्के । २. सेता भावका खस्रा, तीन– चार अमल चौडा पात हुने र सेतो बोक्रो हुने पड्याक्क भाँचिने खालको दुब्लो काठ हुने एक जातको रूख । ३. पशु ।

पड्को— ना॰ [पड्क+ओ] पड्याक्क भाँचिने खालको; कमजोर वा कमलो (रूख, काठ आदि॰ ।

पड्क्याइ— ना॰ [रू पड्कि (+याइ॰] पड्किने भाव, क्रिया वा प्रक्रिया । [ > ] पड्क्याहट— ना॰ पड्किने भाव, अवस्था वा क्रिया–प्रक्रिया ।

पड्याक— ना॰ [पड्याक्+अ] पड्कँदा वा भाँचिँदाको शब्द । — पुडुक— ना॰/क्रि॰ वि॰ हे॰ पट्याकपुटुक । > पड्याक्क— क्रि॰ वि॰ हे॰ पट्याक्क ।

पड्याब— ना॰ [अ॰ मू॰ पट्याङ्+अ] हिर्काइको चाल वा शब्द । — पुडुब— क्रि॰ वि॰ पड्याबको शब्द निकालिरहेर । >

पड्याङ्ग/पड्याङ्ब— १. बन्दुक आदि वस्तु पड्कने किसिमले पट्याङ्ब; पट्याक । २. गालामा लबटाले हान्दा शब्द निस्कने गरी ।

पढ्–नु— स॰ क्रि॰ [सं॰ पठनु] १. पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; विद्याभ्यास गर्नु; अध्ययन गर्नु । २. बाच्नु; पाठ गर्नु । ३. सिक्नु; जान्नु । >

पढन्त/पढन्ते— वि॰ आवश्यकभन्दा बढी पढ्ने; खूब पढ्ने; सधैँ एकनाससित पढिरहने । पढाइ— ना॰ पढ्ने भाव, क्रिया वा प्रक्रिया । पढाइनु— क॰ क्रि॰ पढ्न लाइनु; शिक्षा दिइनु । पढाउनु— प्रे॰ क्रि॰ १. पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; पुस्तकका कुरा बुझाउनु । २. विद्याभ्यास गराउनु; विद्या हासिल गराउनु । ३. ज्ञान गराउनु; सिकाउनु । पढिनु— क॰ क्रि॰ पढ्ने काम गरिनु । पढीपण्डित— ना॰ पढेर भएको पण्डित । पढैया— वि॰ पढिरहने; रटन्ता; अध्ययनशील ।

पण— ना॰ [सं॰] १. बाजी राखेर खेलिने खेल । २. बाजी राखिएको वस्तु । ३. ज्याला; मजदुरी; पारिश्रमिक । ४. इनाम; पुरस्कार; पारितोषिक । ५. रुपियाँ; पैसा । ६. प्रतिज्ञा; कबुल; सर्त । ७. लिच्छविकालीन तामाको मुद्रा । ~ क्रिया— ना॰ बाजी थाप्ने वा बाजी लगाउने काम । — बन्ध— ना॰ १ बाजी । २. प्रतिज्ञा ।

पण्डा— ना॰ [सं॰] १. सत् र असत् कुराको विवेक गर्ने बुद्धि; विवेकशक्ति । २. विद्या; ज्ञान । ३. तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण; तीर्थ–पुरोहित; गङ्गापुत्र ।

पण्डित— ना॰ [सं॰] १. शास्त्रको तात्पर्य राम्ररी बुझेको विबान् व्यक्ति; शास्त्रवेत्ता । २. सत् र असत् छुट्ट्याउने बुद्धि भएको व्यक्ति । ३. संस्कृतको वा अन्य भाषाको विबान् व्यक्ति । ४. ब्राह्मणलाई आदर गर्दा भनिने शब्द । ५. राणाकालमा चलेको शिक्षकहरूको एक दर्जा । ६. घृतकौशिक गोत्रका नेपाली बाहुनहरूको एक थर । वि॰ ७. विबान्; शास्त्रज्ञ । ८. निपुण; कुशल । (. पुराण भन्ने; पौराणिक । — मानी— वि॰ आफूलाई सबैभन्दा ठूलो विबान् ठान्ने । — राज— ना॰ १. ठूला विबान् वा धुरन्धर पण्डित । २. त्यस्ता ठूला विबान् पण्डितलाई दिइने एक उपाधि । > पण्डित्याइँ— ना॰ पण्डितमा रहने गुण; पाण्डित्य; विबत्ता ।

पण्ढ— वि॰ [सं॰] १. खरिदबिक्री गर्न योग्य । ना॰ २. खरिदबिक्री गरिने वस्तु । ३. खरिदबिक्री गरिने ठाउँ; बजार । ४. खरिदबिक्री गर्ने साधन; पण; मुद्रा । ~ क्षेत्र— ना॰ मालसामानहरू खरिदबिक्री गरिने ठाउँ; बजार; हाट; पण्यभूमि । ~ दासी— ना॰ पैसा लिएर अर्काको नोकरी गर्ने स्त्री । ~ भूमि— ना॰ पण्ढक्षेत्र । — वीथि— ना॰ हाट; बजार; पसल । — शाला— ना॰ खरिदबिक्री गर्ने दुकानहरू भएको घर; पसल ।

पतकर— ना॰ [सं॰ पत्रकृते हे॰ पत्कर ।

पतङ्ग— ना॰ [सं॰] १. पक्षी; चरो । २. उड्ने पुतली । ३. फट्याङ्ग्रो । ४. चङ्गा । > पतङ्गिका— ना॰ १. सानो आकारको एक जातको पक्षी । २. मौरी । ३. उड्ने पुतली ।

पतझर— ना॰ [सं॰ पत्र+प्रा॰ झडे शिशिर वा अन्य कुनै ऋतुमा रूखबाट पात झर्ने निखुर्को । ~ वन— ना॰ सदाबहार नभई शिशिर वा अन्य कुनै ऋतुमा पात झरेर नाङ्गिएका रूख भएको जङ्गल ।

पतञ्जलि— ना॰ [सं॰] महाभाष्य नामक व्याकरण वा भाषाशास्त्रको रचना गर्ने पाणिनीय परिपाटीका मुनि; नागेश; फणीन्द्र ।

पतन— ना॰ [सं॰] १. माथिबाट तलतिरको खसाइ; गिराइ । २. उन्नति, वैभव, पद मर्यादा आदिबाट तल झरेको अवस्था; अवनति । ३. जातिच्युत हुने वा भएको अवस्था । ४. नाश; विध्वंस । ५. मृत्यु; मरण । — शील— वि॰ पतन हुँदै गएको; पतनोन्मुख । > पतनीय— पतन हुन सम्भावित वा स्वाभाविक; पतन हुने अवस्थामा पुगेको र खस्न वा झर्न लायक । पतनोन्मुख— वि॰ पतनतिर उन्मुख भएको; पतन हुन लागेको; खस्न आँटेको; पतनशील ।

पतपत— क्रि॰ वि॰ [अ॰ मू॰ पत्+अ (बि॰)रू १. गिलो वा पातजस्तो हलुका वस्तु लगातार खस्ने गरी; त्यसरी खस्ता शब्द निस्कने गरी । २. धूवाँ निस्कने किसिमले; पुतपुत । > पतपती— क्रि॰ वि॰ अझै पतपत हुने गरी ।

पतरी१— ना॰ [पातर+ई] वेश्या; पातर ।

पतरी२— ना॰ [पात+अरी] १. टपरी । २. साह्रै पुरानो भई टालेको कपडा ।

पतला— वि॰ [सं॰ पत्राले पातलो ।

पतलाइ— ना॰ [रू पतलाउ -+आइ॰] पतलाउने क्रिया वा प्रक्रिया । [ > ] पतलाइनु— अ॰ क्रि॰ पातलो होइनु ।

पतलाउ–नु— अ॰ क्रि॰ [पातलो+आउ+नु] पातलो हुनु; दुब्लाउँदै जानु ।

पतलुन— ना॰ [अङ्॰ पैन्टलूने खुकुला र सोझा मोहोता हुने, इँजार नहाली टाँक आदि लगाइने एक प्रकारको युरोपेली सुरुवाल ।

पतल्याइ— ना॰ [रू पतल्याउ -+आइ॰] पतल्याउने क्रिया वा प्रक्रिया । [ > ] पतल्याइनु— क॰ क्रि॰ पातलो पारिनु; पातलो बनाइनु ।

पतल्याउ–नु— स॰ क्रि॰ [पातलो+याउ+नु] १. पातलो पार्नु; पतन बनाउनु । २. पन्यालो तुल्याउनु; तरल बनाउनु । ३. काठ आदिलाई खुर्केर वा ताछेर पातलो पार्नु । > पतल्याहट— ना॰ पतल्याइ ।

पतवार— ना॰ [प्रा॰ पात्तवाड < सं॰ पत्रवाले १. नाउ ल्याउने दाबिलोजस्तो साधन; बहना । २. नाउलाई यताउति घुमाउन नाउका पछिल्तिर लगाइने साधनविशेष; पछवार ।

पतही— ना॰ [सं॰ पत्र + ई] हे॰ पतै ।

पता— ना॰ [सं॰ प्रस्थ = बस्ती] १. व्यक्तिविशेषको बसोबास भएको ठाउँ–ठेगाना; वतन । २. चिठी आदि ठीक ठाउँमा पुथ्याउनका निम्ति खामका बाहिरपट्टि लेखिने नाम, ठाउँ आदि । ३. परिस्थितिको वा कुनै विषयका रहस्यको ज्ञान; पत्तो रू४. रहस्य; भेद; भेउ । ५. ज्ञान ।

पताका— ना॰ [सं॰] १. झन्डा वा ध्वजा । २. चिह्न वा निसान । ३. साहित्यमा नाटकको मूल कथावस्तुदेखि अतिरिक्त सहायक कथा हुने विशिष्ट स्थल; पताकास्थानक । — स्थानक— ना॰ विचार गरिएको विषय वा प्रस्तुत प्रसङ्गसँग मेल खाने अर्को विषय वा प्रसङ्ग उपस्थित हुने नाटकको स्थल । > पताकी— वि॰ १. पताका भएको; झन्डावाल । २. पताका लिने; झन्डा बोक्ने । ना॰ ३. रथ ।

पताल— ना॰ [सं॰ पाताले हे॰ पाताल ।

पतासी— ना॰ हे॰ पटासी ।

पतिँगर— ना॰ [पात+इँगर] हे॰ पतिङ्गर ।

पतिंवरा— ना॰ [सं॰] आ६ना इच्छाअनुसार पति वरण गर्ने कन्या; स्वयंवरा ।

पति— ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिको धनी वा स्वामी । २. कुनै विवाहिता स्त्रीको लोग्ने; पोइ; कान्त । ३. राष्ट्रको सर्वोच्च शासक । ४. पाशुपत दर्शनअनुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त (जगत्को सृष्टि, स्थिति र संहारका कारण॰ महेश्वर । ५. इज्जत; आबरु; पती; मान; प्रतिष्ठा । ६. जरो; मूल । ७. शाही सेनाको एक उच्च पदाधिकारी; कमान्डर (जस्तो— चमूपति) । — कामा— ना॰ पतिको कामना गर्ने स्त्री । ~ घातिनी— ना॰ १. पतिलाई मार्ने स्त्री । २. ज्योतिष वा सामुद्रिक शास्त्रअनुसार विधवा हुने योग वा लक्षण भएकी स्त्री । ~ भज्नु— अ॰ क्रि॰ मन एवं तनले लोग्ने तुल्याउनु ।

पतिबर/पतिङ्गर— ना॰ [पात+इङ्र/इङ्गर, सं॰ पत्राकीर्णटे झरेर भुईँमा झरेका पातहरूको समुदाय; पातपतिङ्गर ।

पतित— वि॰ [सं॰] १. खसेको; झरेको; गिरेको । २. जाति, धर्म आदिबाट च्युत भएको । ३. आचारभ्रष्ट; चरित्रभ्रष्ट । ४ं महापापी; पातकी । ५. नीच; अधम । ~ पावन— वि॰ १. पतितहरूको उद्धार गर्ने; अपवित्रलाई पवित्र पार्ने रू ना॰ २ ईश्वर । ३. ब्रह्मा ।

पतिदेवता— ना॰ [सं॰] १. पतिरूपी देवता । ना॰ २. आ६ना पतिलाई देवतासमान मान्ने स्त्री; पतिव्रता स्त्री ।

पतिधर्म— ना॰ [सं॰] १. पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य । २. स्त्रीप्रति पुरुष वा पतिले गर्नुपर्ने कर्तव्य ।

पतिना— ना॰ [सं॰ पत्रिना = पत्रिनी] बाबरी झार; पुदिना; पदिना ।

पतिया— ना॰ [सं॰ पतिते नयाँ मुलुकी ऐन लागू हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आ६ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने गरेको शुद्धि; प्रायश्चित्त । ~ पुर्जी— ना॰ जातबाट पतित भएका मानिसलाई आ६ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी ।

पतिवती— वि॰ [सं॰] पति जिउँदै भएकी; सधवा; सौभाग्यवती (स्त्री॰ ।

पतिव्रत— ना॰ [सं॰] पतिको निरन्तर सेवा–शुश्रूषा गरिने व्रत; पातिव्रत्य; पतिप्रतिको अनन्य भक्ति र प्रेम । > पतिव्रता— ना॰ पतिव्रत लिएकी स्त्री; सती ।

पती— ना॰ [सं॰ प्रतिष्ठो इज्जत; आबरु; हुर्मत ।

पतुर्–नु— अ॰ क्रि॰ [सं॰ प्रत्यारोहणे १. धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आबमा चढाएर काँप्नु । २. त्यसरी काँप्तै बक्नु । > पतुराइ— ना॰ पतुर्ने भाव, क्रिया वा प्रक्रिया ।

पतुरिनृु— अ॰ क्रि॰ पतुर्ने होइनु ।

पतेरो— ना॰ [पात+एरो] बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रबको कीरो; पधेरो ।

पतेलो— ना॰ [पातो+एलो] १. हाँडी । [पात+एलो] २. बिरुवा (जस्तो— बेला–पतेला॰ ।

पतै— ना॰ [रू पतही] १. पराल काटेर पारिएको धूलो; कुटी । २. धानका नलको फेद काटेको छोटो–छोटो टुक्रे पराल । ३. दाइँ गर्दा धानमा मिसिएको पराल ।

पत्कर— ना॰ [सं॰ पत्रकृते सुकेर भुईँमा झरेका पातपतिङ्गर वा झारपात ।

पत्तन१— वि॰ [सं॰ पतने खेर गएको; बिग्रेको; कामै नलाग्ने ।

पत्तन२— ना॰ [सं॰] १. सहर; नगर; पट्टन । २. मृदङ्ग । ~ आयुक्त— ना॰ नगर–रक्षक । — पाला— ना॰ नगरी ।

पत्ता१— ना॰ [पतो १ गेठाना; पता । २. ज्ञान; थाहा ।

पत्ता२— ना॰ [सं॰ पत्रे १. पात; पत्र । २. तास, गन्जिफा आदिको चक्की; पत्ती ।

पत्ताइ— ना॰ [रू पत्ताउ -+आइ॰] पत्ताउने क्रिया वा प्रक्रिया । >

पत्ताइनु— अ॰ क्रि॰ १. पातका रूपमा परिणत होइनु । क॰ क्रि॰ २. पत्ताउने होइनु; बत्ताइनु ।

पत्ताउ–नु— अ॰ क्रि॰ [पात+आउ+नु] १. मुनाले पातको रूप लिनु । २. पातजस्तो हलुको भई यताउति उड्न लाग्नु; बत्ताउनु ।

पत्तातोड/पत्तातोल— ना॰ [पत्ता+तोड] १. बेगिलो कुदाइ । २. सुइँकृुच्चा । ३. भगाइ; पलायन ।

पत्ताल— ना॰ [सं॰ पाताले हे॰ पाताल ।

पत्ति— ना॰ [सं॰] १. पैदल हिँड्ने यात्री; पदयात्री । २. पैदल हिँड्ने सिपाही; पदाति । ३. योद्धा; वीर । ४. एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग; पट्टी ।

पत्ती— ना॰ [सं॰ पत्र+ई] १. कागज, कपडा आदिको टुक्रा; पत्र । २. सानो पात । ३. फूलको पत्ता वा दल । ४. तास, गन्जिफा आदिको चक्की । ५. दाह्री काट्ने दुवै किनारामा धार भएको पातलो साधन; ब्लेड ।

पत्तु— ना॰ [सं॰ पत्रे रुपियाँ–पैसा; सिक्का (तुच्छार्थमा॰

पत्तेरो— वि॰ [पत्यारो] पत्यारिलो; विश्वासिलो ।

पत्तो— ना॰ [पत्ता+ओ] पत्ता; पता ।

पत्त्याइ— ना॰ [रू पात्ति -+याइ॰] पात्तिने भाव, क्रिया वा प्रक्रिया । [ > ] पत्त्याहट— ना॰ पत्याइ; मत्याइ ।

पत्थर— ना॰ [स॰ प्रस्तरे १. ढुङ्गो; शिला; पाषाण । २. हीरा, यूँ, पन्ना आदि रत्न । ३. पित्ते थैली वा मूत्राशयमा जम्ने ढुङ्गाजस्तै साह्रो वस्तु; पत्थरी । वि॰ ४. कडा हृदयको । ~ कला/काला— ना॰ १. पुराना समयको एक प्रकारको बन्दुक; पर्काल । २. चकमक र पत्थर घोटेर आगो निकाली बारुद सल्काएर पड्काउनुपर्ने सोही बन्दुक । ~ कुङ्कुम— ना॰ नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने, एक प्रकारको बुटी; शैलेय । ~ कोइला— ना॰ प्राङ्गारयुगमा सृष्टि भएको ढुङ्गा वा पत्थरजस्तो प्राङ्गारिक इन्धन; बाल्ने काममा आउने एक प्रकारको खनिज पदार्थ । > पत्थरिलो— वि॰ पत्थरैपत्थर भएको; चारैतिर वा जमिनमुनि समेत ढुङ्गैढुङ्गा भएको; पथ्रेन; ढुङ्गेलो; ढुङ्ग्याने ।

पत्थरी— ना॰ १. ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि । २. खास गरी मृगौला वा पित्तथैलीमा पत्थरजस्तै साह्रो बनी वेदना बढाउने एक खालको रोग । ३. उक्त रोगबारा जमेको पत्थर ।

पत्नी— ना॰ [सं॰] विधिपूर्वक विवाह गरेर ल्याइएकी स्त्री; विवाहिता स्त्री; स्वास्नी; भार्या । — व्रत— ना॰ विवाहिता स्त्रीबाहेक अरू स्त्रीहरूका साथ सहवास नगर्ने व्रत; स्वनारीव्रत ।

पत्याइ— ना॰ [रू पत्याइ -+आइ॰] पत्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] पत्याइनु— क॰ क्रि॰ पत्यार गरिनु; पत्याउने काम गरिनु ।

पत्याउ–नु— स॰ क्रि॰ [सं॰ प्रत्यायने १. कसैको भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; भरोसा गर्नु । २. अरूले भनेको कुरा साँचो सम्झनु; हो भन्ने निश्चय गर्नु ।

पत्यान— ना॰ [पात+यान] धेरै पात वा पाती भएको ठाउँ; पातीघारी ।

पत्यार— ना॰ [सं॰ प्रत्ययकारे कथ्य॰ पतेर पनि । १. कसैका भनाइमा वा कुनै विषयमा हुने सत्यप्रतीति; विश्वास । २. भरोसा; आड । ३. निश्चय; पक्कापक्की । ~ पत्र— ना॰ व्यक्तिको चिनारी गराउने वा विश्वास दिलाउने पत्र; परिचयपत्र । — वाला— वि॰ माथवर; पत्यारिलो । > पत्यारिलो— वि॰ पत्यारलाग्दो; विश्वासिलो ।

पत्र— ना॰ [सं॰] १. बोटबिरुवाका पात; पत्ती; दल । २. चिठी । ३. कागत । ४. कुनै विषयको प्रामाणिक लेख लेखिएको कागत, धातु, शिला आदिको पातो (दानपत्र, ताम्रपत्र, शिलापत्र आदि॰ ५. समाचार आदि छापिएको कागज; अखबार । ६. पुस्तक, कापी आदिको पातो; पाना । ७. बाणका मोठमा लगाइने प्वाँख । ८. एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह; खात । (. फूलका पत्ती वा दल । — कार— ना॰ समाचार, लेख–रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति; पत्र– पत्रिकाको काम गर्ने व्यक्ति । — कार सङ्घ— ना॰ पत्रकारहरूमध्येबाट निश्चित व्यक्तिहरू छानिएर बसेको सङ्गठन वा समिति । — कारिता— ना॰ १. पत्रकारले गर्ने काम; पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप । २. पत्रकारहरूको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या । — पुट— ना॰ पात गाँसेर बनाइएको खोची; दुनु; सोली । ~ पुष्प— ना॰ १. सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री । २. रातो तुलसी । ३. पात र फूलको समूह । ~ पेटिका— ना॰ १. हुलाकमा पठाइने चिठीपत्र, पोस्टकार्ड आदि खसाल्ने बाकस; पत्रमञ्जूषा । २. बाहिरबाट आएका चिठी, पत्रपत्रिका आदि छोड्नका निमित्त कार्यालय वा घरका भित्तामा ठोकिएको वा टाँसिएको सानो पेटी । ~ प्रतिनिधि— ना॰ हप्तामा एक पटक वा सोभन्दा बढी प्रकाशित हुने समाचारपत्रका प्रतिनिधि वा संवादसमितिको प्रतिनिधि । ~ भङ्ग— ना॰ युवतीहरूका गाला, छाती, हातहरूमा चन्दन, कस्तूरी आदिबारा बनाइने पात, लहरा, फूल आदिको रचना । ~ मञ्जूषा— ना॰ हुलाकबारा अन्यत्र पठाउनका निम्ति ठाउँ–ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका । ~ मित्र— ना॰ एक–अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारबारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति । ~ मुद्रा— ना॰ एक, पाँच, दस, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याङ्कका मातहतबाट छापी जारी गरिएको॰ कागज आदिको मुद्रा; कागजी मुद्रा; नोट वा विनासर्त रुपियाँ दिनेबारेको प्रमाणित लेखोट (प्रमिसरी नोट॰ > पत्रम्पुष्पम्— ना॰ १. मान्य जनलाई श्रद्धापूर्वक दिइने वस्तु; साधारण उपहार (विनयार्थमा) । २. कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक । ~ रचना— ना॰ १. हे॰ पत्रभङ्ग । २. चिठी आदि लेख्ने क्रिया । ~ वल्लरी— ना॰ हे॰ पत्रभङ्ग । ~ वाचन— ना॰ १. चिठीपत्र पढ्ने काम । २. समाचारपत्र आदि पढ्ने काम । ~ वाहक— ना॰ १. पत्र वा चिठी पुथ्याउने व्यक्ति; कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति । २. पत्र वा प्वाँख भएको जीव; पक्षी । ३. प्वाँख जडान गरिएको हतियार; बाण । ~ वितरक— ना॰ बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुथ्याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन । ~ वियोजक— ना॰ हुलाकमा जम्मा भएका विभिन्न क्षेत्र वा ठाउँमा पठाइएका चिठीपत्रहरूलाई क्षेत्र, अञ्चल, जिल्ला, गाउँ आदिका आधारमा भिन्नभिन्न वर्गमा छुट्ट्याउने हुलाक वा डाँकखानाको कर्मचारी (सर्टिब क्लर्क) । —

व्यवहार— ना॰ परस्परमा चिठीपत्र आदिको आदान–प्रदान गर्ने काम; चिठी लेखालेख गर्ने क्रिया । ~ शिरा— ना॰ बोटबिरुवाहरूका पातको नसो । ~ सङ्ख्या— ना॰ पत्रको शिरभागमा लेखिने सिलसिलेवार सङ्केत नम्बर; प॰ सं) । ~ सञ्चार— ना॰ एक ठाउँबाट अर्का ठाउँमा चिठीपत्र, खबरकागज आदि ओसारपसार गर्ने काम । पत्राङ्ग— ना॰ रातो चन्दन; रक्तचन्दन । २. भोजपत्र; भुर्जपत्र । ३. उड्ने पुतली वा कीरोविशेष । पत्राचार— ना॰ पत्रव्यवहार । पत्रात्मक— वि॰ १. कथाभित्रका पात्रहरूले एक– अर्कामा गरेका पत्रव्यवहारबारा घटनाबोध गराइएको । २. चिठी लेखिएझैँ शैलीमा लेखिएको । पत्रालय— ना॰ चिठी, पार्सल, धनादेश (मनी अर्डर॰ आदि बाहिर पठाउने, बाहिरबाट आएर जम्मा हुने र प्रापकहरूका जिम्मा दिने सरकारी संस्था; डाँकघर; हुलाक; पोस्ट अफिस । ~ पत्रालाप— ना॰ चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान । पत्रावली— ना॰ १. पत्रहरूको ताँती वा चाब । २. कसैले पठाएका चिठीपत्रहरूको क्रमिक रूपमा गरिएको सङ्ग्रह ।

पत्रिका— ना॰ [सं॰] १. निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन । २. विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका । ३. चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र । ४. चिना; टिपन । ५. आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भियभयाइने फूलपाती ।

पत्रिताश्म— ना॰ [सं॰] पत्रैपत्र भएको ढुङ्गो; पत्रे चट्टान ।

पत्री— वि॰ [सं॰] १. पत्र भएको; पत्तीदार । २. प्वाँख भएको; प्वाँख हुने । ना॰ ३. चिठीपत्र । ४. सानो वा छोटो लेख । ५. हे॰ पत्रिका । ६. चिना; जन्मपत्र; टिपन । ७. तेजपात ।

पत्रु— वि॰ [सं॰ पत्रे १. काम चलाउँदा–चलाउँदा पुरानो भएको; थोत्रो । २. रद्दी; बेकम्मा । ना॰ ३. काममा नआउने भएका धातुका भाँडाकुँडा ।

पत्रे— वि॰ [पत्र+ए] १. पत्र भएको; पत्रदार । २. तहैतह मिलेको; पत्रैपत्र परेको । ~ चट्टान— ना॰ पत्रिताश्म । ~ डाँठ— ना॰ काण्डसँग जोडिएको पातको भाग । ~ सितारा— ना॰ ढुङ्गामा पत्रपत्र परेर टल्किने सिताराजस्तै कण; बोक्सी सितारा ।

पत्रैपत्र— वि॰ [ पत्र+पत्र] धेरै पत्र भएको; खातैखात; खापैखाप ।

पथ१— ना॰ [सं॰ पथ्ये १. रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु । २. हलुको र स्वास्थ्यकर खानेकुरा । ३. पाथेय ।

पथ२— ना॰ [सं॰] १. बाटो; मार्ग । २. कार्यपद्धति; कार्यप्रणाली । — कर— ना॰ कुनै सडक वा पुलबाट जाने–आउने र मालसामान ल्याउने–लैजाने काम गरेबापत लाग्ने दस्तुर । — गामी— वि॰ १. पथ वा बाटामा हिँड्ने; पथिक; बटुवा । २. अनुयायी; अनुगामी । — चारी— वि॰ बाटो हिँड्ने; बटुवा; पथिक । ~ दर्शक— ना॰ बाटो देखाउने मानिस; भेगियार; अगुवा व्यक्ति; पथप्रदर्शक । ~ परहेज— ना॰ रोगीले गर्ने, नगर्ने वा खान नहुने कुरा आदिको अनुशासन; मुख बार्ने काम । ~ प्रदर्शक— ना॰ बाटो देखाउने वा कुनै विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक; मार्गदर्शक । ~ प्रदर्शन— ना॰ बाटो देखाउने काम; कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन ।

पथरा— ना॰ [पथारो १. रोगीको बिछ्यौना; रोगशयया । २. रोगी थला परेको अवस्था; पथारा ।

पथार्–नु— स॰ क्रि॰ [सं॰ प्रस्तरणे १. पत्थर वा चकलामा मुछेको पीठो राखेर बेल्नाले बेल्नु । २. गिलो गोबरको गुइँठा वा डल्ला पार्नु । ३. नौनी घिउ हातमा उफार्दै मोही निथार्नु । ४. धान, कोदो आदिका जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम गर्नु ।

पथार— वि॰ [सं॰ प्रस्तारे १. थेप्चो वा चेप्टो । ना॰ २. नौनी घिउलाई हातमा राखेर उफार्दै मही निथार्ने काम । ३. उखेलिएको धान, कोदो आदिका बीउको जरामा अल्झेको माटो पानीमा चोभेर साह्रो ठाउँमा ठोक्तै माटो निथार्ने काम । — पुथृुर— ना॰ १. नौनी–घीउबाट मही निथार्ने काम । २. धान, कोदो आदिका जरामा टाँसिएको माटो पानीमा पखाल्ने काम । ३. राम्ररी पाँज्ने वा फिँजाउने क्रिया ।

पथारा— ना॰ [सं॰ प्रस्तारे १. रोगी सुत्ने बिछ्यौना; रोगशयया । २. रोगशययामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था; थला परेको अवस्था ।

पथराइ— ना॰ [रू पथार/पथरा -+आइ॰] १. पथार्ने क्रिया वा प्रक्रिया । २. पथरा पर्ने क्रिया वा प्रक्रिया । [ > ] पथारिनु— क॰ क्रि॰ पथार्ने काम गरिनु । अ॰ क्रि॰ २. पथरा परिनु ।

पथिक— ना॰ [सं॰] बाटो हिँड्ने व्यक्ति; बटुवा; मुसाफिर । >

पथिकाश्रम— ना॰ १. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पाटी, पौवा वा सत्तल । २. धर्मशाला; अतिथिगृह ।

पथी— ना॰ [सं॰] पथिक; बटुवा; यात्री ।

पथ्य— ना॰ [सं॰] १. बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ । २. उपयुक्त एवं स्वास्थ्यकर आहार । वि॰ ३. लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार॰ । > पथ्यापथ्य— ना॰ रोगीले खान हुने र नहुने तथा बिरामीलाई हित गर्ने वा नगर्ने चीज; पथ्य र अपथ्य आहार ।

पथ्रेन/पथ्य्रान— ना॰ [पत्थर+एन/यान] ढुङ्गैढुङ्गा भएको जमिन; ढँड्यान; ढाँड ।

पद— ना॰ [सं॰] १. गोडो; खुट्टो, पाउ । २. पाइलो; कदम । ३. श्लोकको चरण वा पाउ । ४. वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि । ५. योग्यता, काम वा महत्त्वका आधारमा निश्चित गरिएको दर्जा; पदवी; उपाधि । ६. ठाउँ; स्थान । ७. दान गरिने छाता, जुत्ता, ल¶ी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र– यी तेह्र थरी वस्तुको समूह ।

पदक— ना॰ [सं॰] १. पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा । २. कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो; तक्मा (मेडल) । ३. वेदको पाठ गर्ने प्रवीण व्यक्ति । पद चाप— ना॰ [सं॰ पद+प्रा॰ चप्पे पाइलो राख्ताको आघात; पाइलाको चिह्न । पद चिह्न— ना॰ [सं॰] पैतालाको डाम; पाइलो ।

पदच्छेद— ना॰ [सं॰] वाक्य वा वाक्यांशका पदहरूलाई अलग– अलग छुट्ट्याउने काम । पद च्युत— वि॰ [सं॰] आ६नो पदबाट हटाइएको; नोकरीबाट हटाइएको । > पदच्युति— ना॰ पदबाट हटाउने काम; नोकरीबाट निकाल्ने काम; खोसुवा ।

पदतल— ना॰ [सं॰] १. पैतालो । २. जुत्ताको तलुवा । पद त्याग— ना॰ [सं॰] आ६नो ओहदा वा पदबाट हट्ने काम; जागिर छाड्ने काम; राजीनामा । पद दलित— वि॰ [सं॰] १. खुट्टाले कुल्चिएको । २. गर्व चूर्ण पारेर खुट्टामा झुकाइएको वा निहुराइएको ।

पददान— ना॰ [सं॰] मृतकका नाउँमा मरेका तेह्रौँ दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औँठी, कमण्डलु, पाकपात्र, पकाएको अन्न, काँचो अन्न, धोती, आसन, द्रव्य आदिको दान ।

पदधारी— वि॰ [सं॰] १. कुनै पदमा रहेको वा बहाली भएको; कुनै दर्जा पाएको । ना॰ २. पदाधिकारी; कर्मचारी । पद न्यास— ना॰ [सं॰] १. खुट्टा राख्ने काम; गोडाले टेक्ने काम । २. पाउको चिह्न; पैतालाको डाम; पाइलो । ३. कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास । पद पूरक— ना॰ [सं॰] १. कुनै पदको रिक्त स्थान पूर्ति गर्ने काम वा अवस्था । वि॰ २. त्यस्तो पद पूरा गर्ने; पदपूर्तिको काम गर्ने (सङ्ख्या, अङ्ग आदि॰ । पद पूर्ति— ना॰ [सं॰] १. खाली रहेका पद वा दर्जामा नयाँ व्यक्ति भर्ना गरेर उक्त पद पूरा गर्ने काम । २. परीक्षा आदिका प्रश्नमा तोकिएको कुनै गद्यांशभित्र खाली रहेका ठाउँमा उपयुक्त पद हालेर वाक्य पूरा गर्ने काम । ~ प्रश्न— ना॰ बीच–बीचका पदहरू खाली छाडेर सो ठाउँमा पदपूर्ति गर्नका निम्ति सोधिने प्रश्न ।

पदबन्ध— ना॰ [सं॰] पद वा शब्दहरूको समूह; हे॰ पदावली ।

पदबिरी— ना॰ [सं॰] पाँचदेखि पन्ध्र सेन्टिमिटरसम्म लामा र डल्लादेखि भालाकारसम्म पात हुने; बैजनी वा गुलाफी भावका फूल फुल्ने र अण्डाकार राता वा काला फल फल्ने एक जातको लहरो । (आयुर्वेदमा यसका पातलाई पौष्टिक बताइएको छ रू) पद भेद— ना॰ [सं॰] नाम, सर्वनाम आदि पदका विभिन्न प्रकार; शब्दभेद; पदकोटि ।

पदम— ना॰ [सं॰ पद्मे १. कमलको फूल; पद्म । २. आरती– स्याउँलीमा टपरीमा पीठो गिलो पारेर बनाइने कमलको बुट्टा । — चाल/चाल्नु— ना॰ १. कर्कलाका आकारका ठूला पात, खैरा फल, हरियोमा खैरा र पहेँला टीका परेका फूल र पहेँलो ठूलो कन्द हुने, लेकाली जङ्गलमा पाइने एक बुटी; पद्मचारिणी । २. आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको त्यसैको अमिलो र ठूलो कन्द । ~ पुष्कर— ना॰ तेह्रदेखि तीस सेन्टिमिटर अग्लो, लामा– लामा दाँती परेका पात हुने, पहेँलो फूल फुल्ने, डल्ला र लामा फल फल्ने, हिमाली प्रदेशमा हुने एक जातको बुटी । (आयुर्वेदमा यसको जरो पित्तनाशक र पिसाबसम्बन्धी रोगमा हितकारी बताइएको छ ।) पद मिलान— ना॰ [सं॰ पद+मिलन] वाक्यमा उल्टोपाल्टो परेर रहेका पदहरूलाई ठीक–ठीक ठाउँमा मिलाउने काम; पदन्यास । ~ प्रश्न— ना॰ कुनै वाक्य वा गद्यांशका पदहरूलाई उल्टोपाल्टो पारेर विद्यार्थीहरूलाई वाक्यमा पदविन्याससम्बन्धी ज्ञान भए– नभएको जाँच्नका निम्ति बनाइने प्रश्न । पद मुक्त— वि॰ [सं॰] आ६नो पद वा स्थान छाडेको वा त्यसबाट हटेको (व्यक्ति॰ । > पद मुक्ति— ना॰ कुनै पद वा दर्जाबाट छुटाउने काम; नोकरी खोसिने क्रिया; बर्खास्तगी; खोसुवा । पद मैत्री— ना॰ [सं॰] १. विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास । २. वाक्य वा छन्दका आदि, मध्य र अन्तमा चमत्कारपूर्ण पदहरूको योजना गर्ने काम; अनुप्रास । पद मोचन— ना॰ [सं॰] कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम; पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा । पद योजना— ना॰ [सं॰] १. कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम । २. गद्य–रचनामा व्याकरणका नियमअनुसार पदहरूको संयोजन गर्ने काम; पदन्यास । पद लोलुप— वि॰ [सं॰] दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने; पदको लोभी; ओहदामुखी । — ता— ना॰ पदलोलुप हुनाको भाव, क्रिया वा स्थिति ।

पदवि— ना॰ [सं॰] हे॰ पदवी; दर्जा । पद विच्छेद— ना॰ [सं॰] समास वा सन्धि भएका पदहरूलाई अलग–अलग छुट्ट्याउने काम । पद विराम— ना॰ [सं॰] गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास–खास ठाउँमा हुने विराम वा यति । ~ चिह्न— ना॰ पद, वाक्यांश वा चरणका अन्तमा विश्राम गरिने कुरा बुझाउन प्रयोग गरिने चिह्न; कमा ( , ॰; अल्पविराम (

॰ ।

पदवी— ना॰ [सं॰] १. कुनै व्यक्तिलाई योग्यताअनुसार सरकार वा अन्य कुनै संस्थाबाट दिइने उच्च पद वा सम्मानित उपाधि । २. प्रतिष्ठासूचक पद; दर्जा; ओहदा । पद व्याख्या— ना॰ [सं॰] कुनै पद वा शब्दको भेद, वचन, लिङ्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने काम । पद शिक्षार्थी— वि॰ [सं॰] नोकरी पाउने आशाले कम तलब वा विनातलबमा काम सिक्ने व्यक्ति; सिकारु उम्मेदवार (अप्रेन्टिस॰ । पद सङ्गति— ना॰ [सं॰] वाक्यमा व्याकरणका नियमअनुसार लिङ्ग, वचन र पुरुषसम्बन्धी पदहरू मिलाएर राख्ने काम । पद सङ्घात— ना॰ [सं॰] १. संहितामा छुट्टिएका पदहरू मिलाउने काम । २. टीका; व्याख्या । पद सूचक— वि॰ [सं॰] पद जनाउने; पदको बोध गराउने । ~

चिह्न— ना॰ राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा, पट्टा, बिल्ला, पगरी, तोडा, ब्याज आदि॰ ।

पदस्थापन— ना॰ [सं॰] १. लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई कुनै निश्चित ठाउँमा काम गर्ने गरी बहाली गर्ने कार्य (पोस्टिब॰ । २. पदको स्थापना; दरबन्दी ।

पदाइ— ना॰ [रू पाद् -+आइ॰] पाद्ने क्रिया वा प्रक्रिया । [ > ]

पदाइनु— क॰ क्रि॰ १. पाद्न लगाइनु; पाद्ने पारिनु । २. हाराबारा खेलाइनु । पदाउनु— प्रे॰ क्रि॰ १. पाद्न लगाउनु; पाद्ने पार्नु । स॰ क्रि॰ २. आच्छु–आच्छु खेलाउनु; मुस्किल पार्नु । ३. सास्ती दिनु, कष्ट दिनु । ४. डन्डीबियोका खेलमा जित्नेले हार्नेलाई 'बजी' भन्दै दौडाउनु; खेद्नु ।

पदाक्रान्त— वि॰ [सं॰] गोडाले कुल्चिएको; खुट्टाले थिचिएको; पाउले खुँदेको; पददलित ।

पदाघात— ना॰ [सं॰] लात्तीले हान्ने काम; पदप्रहार; लात्तीले भकुर्ने काम; लत्याइ ।

पदाति— ना॰ [सं॰] पैदल हिँड्ने सिपाही; पैदल सैनिक; पत्ति ।

पदाधिकार— ना॰ [सं॰] कुनै पदमा रहेका अधिकारीले प्रयोग गर्न पाउने अधिकार; अधिकारीमा निहित अधिकार । > पदाधिकारी— वि॰ कुनै पदमा रहेर वा नियुक्त भएर अधिकारपूर्वक काम गर्ने अधिकारी; ओहदादार ।

पदान्त— ना॰ [सं॰] १. पदको अन्तिम भाग । २. कुनै श्लोक वा पद्यका चरणको अन्तिम भाग ।

पदारूढ— वि॰ [सं॰] पदमा रहेको; पदासीन ।

पदार्थ— ना॰ [सं॰] १. पद वा शब्दको अर्थ । २. ज्ञानेन्द्रियले जान्न सकिने कुनै नाउँ भएको वस्तु । ३. कुनै आकार वा रूप भएको वस्तु, चीज । ४. उत्खनन गर्दा पाइएका ढुङ्ग्रो, माटो, काठ, धातु, हाड आदि पुरातात्त्विक वस्तु । ~ विज्ञान— ना॰ भौतिक पदार्थ र त्यसका व्यापार एवं गुणको ज्ञान गराउने विद्या; भौतिक विज्ञान । ~ विद्या— ना॰ विभिन्न पदार्थहरूको अध्ययन गरिने विद्या; भौतिक विद्या ।

पदार्पण— ना॰ [सं॰] १. कुनै ठाउँमा पाउ राख्ने काम; पाइलो हाल्ने काम । २. कहीँ जाने काम; गमन । ३. कतैबाट आउने काम; आगमन । ४. प्रवेश; पहुँच ।

पदावधि— ना॰ [सं॰] कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल ।

पदावली— ना॰ [सं॰] पदहरूको श्रेणी वा समूह; पदबन्ध ।

पदावास— ना॰ [सं॰] कुनै पदमा रहेका सरकारी अधिकारीको सरकारी निवासस्थान; आवासगृह; क्वार्टर ।

पदासन— ना॰ [सं॰] राजामहाराजाहरूको पाउ अड्याउने र सिंहासनमनि रहने सानो खटियाजस्तो वस्तु; पादपीठ ।

पदासीन— वि॰ [सं॰] कुनै पद वा दर्जामा रहेको; ओहदादार; पदारूढ ।

पदाहत— वि॰ [सं॰] लात्तीले हानिएको; पादप्रहार गरिएको ।

पदुवा— वि॰ [पाद्+उवो धेरै अपानवायु छाड्ने; ज्यादा पादिरहने । स्त्री॰ पदुवी; पदुवै ।

पदेन— वि॰ [सं॰] १. पदमा रहुन्जेलको; बहाल भएसम्मको । २. पदका हैसियतले वा पदका सम्बन्धबाट उपलब्ध वा नियुक्त ।

पदोन्नति— ना॰ [सं॰] कर्मचारीहरूको भइरहेको दर्जाबाट माथिल्लो दर्जामा वृद्धि हुने काम; पदवृद्धि; प्रमोसन; बढुवा ।

पदौरे/पद्दु— वि॰ [पाद+औरे/ऊ] १. धेरै पादिरहने; पदुवा; पधुरो । २. बेकम्मा; रद्दी; काम नलाग्ने; तुच्छ । ३. लाछी ।

पद्धति— ना॰ [सं॰] १. बाटो; मार्ग । २. कुनै काम गर्ने सिलसिलेवार नियम; कार्यप्रणाली । ३. कार्यविधि । ४. तरिका; रीत; रिवाज; परिपाटी । ५. कुनै कर्म वा संस्कारको विधिविधान लेखिएको पुस्तक ।

पद्धु— वि॰ हे॰ पद्दु ।

पद्म— ना॰ [सं॰] १. कमलको फूल । २. कमलको बोट । ३. सामुद्रिक शास्त्रअनुसार हत्केला वा पैतालामा हुने सौभाग्यसूचक चिह्न । ४. कमलका आकारको विष्णुको एक हतियार । ५. कुबेरका नौ खजानामध्ये एक खजानाको नाम । ६. हात्तीको सुँड वा गालामा बनाइने चित्र । ७. अष्ट नागमध्ये एक । ८. अठार पुराणमध्ये एक । (. एक प्रकारको योगासन । १०. गणितमा १,०),॰),॰),॰),॰),॰),॰)॰ को सङ्ख्या । ११. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको दुई गुनाबराबरको नाप; कला एवं कोलकबराबरको नाप; मात्राको दुई गुनाबराबरको नाप; अक्षि एवं अश्विनीबराबरको नाप । — कुन्द— ना॰ कमलको जरा । ~ कर्णिका— ना॰ कमलका फूलका बीचको गट्टो; कमलको बीजकोष । — काष्ठ— ना॰ पैयुँ । ~ केशर— ना॰ कमलका फूलभित्र हुने सुगन्धी धूलो; पद्मकर्णिका । — चारिणी— ना॰ १. पदमचाल्नु । २. शमी । ३. सयपत्रीको फूल । — ज— ना॰ ब्रह्मा । — जा— ना॰ लक्ष्मी (देवी) । ~ तन्तु— ना॰ कमलका नालभित्रको मसिनो धागो; मृणाल । — नाभ— ना॰ १. नाभिबाट कमल उम्रिएका विष्णु । २. शत्रुले प्रहार गरेको अस्त्र रोक्ने मन्त्र । — निधि— ना॰ कुबेरका नौवटा खानीमध्ये एक; पß । —

नेत्र— वि॰ कमलका फूलका पत्तीजस्तै आँखा हुने; कमलपत्राक्ष । — पाणि— वि॰ १. कमल हातमा लिने । ना॰ २. विष्णु । ३. ब्रह्मा । ४. गौतम बुद्धको एक विशेष किसिमको मूर्ति । ५. लोकेश्वर, बोधिसत्त्व आदिको विशेष मुद्रा । ६. अभिताभ बुद्धका छोरा एक बोधिसत्त्व; पञ्च बोधिसत्त्वमध्ये एक । ~ पुराण— ना॰ अठार महापुराणमध्ये एक । — बन्ध— ना॰ कमलका फूलको आकार पारी अक्षरहरू लेखिएको एक चित्रकाव्य । — बन्धु— ना॰ १. कमलका मित्र समान भएका सूर्य । २. कमलसँग ज्यादै हितैषिता राख्ने भमरो । ~ बीज— ना॰ कमलको गट्टा; कमलको बीज । — राग— ना॰ एक किसिमको बहुमूल्य रातो मणि; माणिक । ~ रेखा— ना॰ सामुद्रिक शास्त्रअनुसार हत्केलामा हुने कमलका आकारको सौभाग्यसूचक रेखा । ~ लोचन— ना॰ कमलका दलका आकारजस्ता आँखा हुने; पद्मनेत्र (विष्णु) । —

वीज— ना॰ कमलगट्टा । — सम्भव— ना॰ १. अतिसानामक बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल भई तिब्बत गएर बौद्धधर्मको उपदेश गर्ने एक प्रसिद्ध भिक्षु । २. ब्रह्मा ।

पद्मा— ना॰ [सं॰] १. लक्ष्मी । २. मनसादेवीको एक नाम । ३. ल्वाब । ४. सयपत्री ।

पद्माकर— ना॰ [सं॰] १. कमल फुल्ने पोखरी वा तलाउ; कमलपोखरी । २. कमलको समूह ।

पद्माक्ष— ना॰ [सं॰] १. कमलगट्टा; कमलबीज । २. विष्णु । ३. सूर्य । वि॰ ४. कमलका दलको बान्कीका आँखा हुने; कमलनेत्र ।

पद्मासन— ना॰ [सं॰] १. दुवै पैताला तिघ्रामाथि पर्ने गरी पलेँटी मारेको आसन; एक प्रकारको योगासन । २. ब्रह्मा ।

पद्मिनी— ना॰ [सं॰] १. कमलिनी । २. कमल फुलेको पोखरी वा तलाउ । ३. लक्ष्मी । ४. कामशास्त्रअनुसार चार कोटिकी स्त्री; अति कोमलाङ्गी, सुशीला, रूपवती र पतिव्रता स्त्री ।

पद्य— ना॰ [सं॰] १. पद अर्थात् नियत मात्रा, गण आदिका नियमअनुसार प्रस्तुत हुने साहित्यिक रचना; छन्दोमय रचना । २. विभिन्न प्रवाह वा चरणमा विभाजित उपर्युक्त किसिमको गेयात्मक कृति; काव्य । वि॰ ३. पदसम्बन्धी; शब्दसम्बन्धी । — मय— वि॰ १. पद्यमा लेखिएको; छन्दोबद्ध ।

पद्यात्मक— वि॰ [सं॰] पद्यमा लेखिएको; पद्यप्रधान भएको; पद्यमय । — ता— ना॰ पद्यात्मक हुनाको भाव, क्रिया वा स्थिति ।

पधार्–नु— अ॰ क्रि॰ [सं॰ पादधारणे पाउ लाग्नु; आगमन हुनु; पदार्पण गर्नु; पाल्नु । > पधाराइ— ना॰ पाउलगाइ; पदार्पण ।

पधाराइनु— क॰ क्रि॰ पाउ लाग्ने तुल्याइनु । पधाराउनु— प्रे॰ क्रि॰ पाउ लाग्ने तुल्याउनु । पधाथ्याइ— ना॰ पधारिने क्रिया वा प्रक्रिया ।

पधुरो— वि॰ [पद्धू+उरो] पदुवा; पद्दू ।

पधेरो— ना॰ [सं॰ पत्रकीटे १. पातमा लाग्ने, पटपट शब्द निकाल्ने र ठस्स गनाउने एक जातको दुर्गन्धी कीरो; पतेरो । २. कुवा; पँधेरो ।

पधौरे— वि॰ [पदौरे] पदुवा; पदौरे ।

पन१— प्रत्य॰ [सं॰ प्रणे भाववाचक नामशब्द बनाउनका निम्ति गुणवाचक वा जातिवाचक शब्दका पछाडि गाँसिने एक प्रत्यय; पना । (जस्तै— राम्रोपन, बूढोपन, भेडोपन इ॰) ।

पन२— ना॰ [सं॰ प्रणे पक्षपात; पनपच्छे ।

पनडुब्बा— ना॰ [पानी+डुङ्+ओ पानीभित्र लुकेर रहने र कुनै मानिस पानीका छेउछाउमा गएमा तानेर डुबाउँछ भनी लोकले पत्याएको एक प्रकारको पानीभूत । > पनडुब्बी— ना॰ पानीभित्रभित्रै चल्ने एक प्रकारको जहान; सवमेरिन ।

पनपक्ष— ना॰ [पन+पक्ष] विवेक वा न्यायको विचार नगरी कसैको पक्ष लिने काम; ओड; पनपच्छे; पक्षपात । > पनपक्षी— वि॰ पनपक्ष गर्ने; पक्षपाती ।

पनपच्छे— ना॰ [पन+पच्छे] पक्षपात; पनपक्ष ।

पनबिजुली— ना॰ [पानी+बिजुली] जलप्रवाहको वैज्ञानिक ढङ्गले गरिएको प्रयोगबाट उत्पन्न हुने विद्युत्शक्ति वा बिजुली ।

पना— प्रत्य॰ [पन+ओ १. पन (रातोपना; जिउँदोपना इ॰) । ना॰ २. विशेषता; गुण; बाना ।

पनाति— ना॰ [सं॰ प्रनप्तृ] नाति वा नातिनीको छोरो; छोरा वा छोरीको नाति । > पनातिनी— ना॰ नाति वा नातिनीकी छोरी; छोरा वा छोरीकी नातिनी ।

पनातिने— वि॰ [पनातिनी+ए] पनाति वा पनातिनीसित सम्बन्ध भएको । ~ जुवाइँ/ज्वाइँ— ना॰ पनातिनीको लोग्ने वा पति । ~

बुहारी— ना॰ पनातिकी स्वास्नी वा पत्नी ।

पनाली— ना॰ [सं॰ प्रणाली] पानी बग्ने नल; कुलो; ढल ।

पनालो— ना॰ [सं॰ प्रणाले ठूलो आकारको पनाली ।

पनि— क्रि॰ वि॰ [सं॰ पुनः > पण+इ] समेत; सहित; लगायत ।

पनिउँ— ना॰ समात्नेतिर डोलो वा चेप्टो भएको अनि अगाडिपट्टि चेप्टो र फराकिलो रहेको, भात आदि चलाउने वा पस्कने दाबिलोजस्तो साधन; पन्यूँ ।

पनिर— ना॰ [फा॰ पनीरे १. दूध फटाएको छोक्रा; छेना । २. पानी निचोरिएको दही ।

पनेर— ना॰ [सं॰ पर्णतरु] १. लाम्चा र ठूला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट । २. त्यसैको फल ।

पनेरु— ना॰ [सं॰ पर्णतरु] दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको नीलो फल ।

पनेरू— ना॰ ब्राह्मण जातिको एक थर ।

पनेरो१— ना॰ [पतेरो] हे॰ पँधेरो ।

पनेरो२— ना॰ [सं॰ पानीयगृहे पँधेरो; कुवा । > पनेर्नी— ना॰ पनेरामा पानी लिन जाने आइमाई; पँधेर्नी ।

पनेला— ना॰ [अङ्॰ ६लानेले गाढा कालो र टल्कने एक जातको कपडा; फलाटिन ।

पनेलो— वि॰ [पानी+एलो] हे॰ पन्यालो; तरल ।

पनौती— ना॰ बाह्रबर्से मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ ।

पनौतो— वि॰ [पानी+औतो] सधैँ पानी लागिरहने; पानी पुग्ने (जग्गा॰ ।

पनौनी— ना॰ [सं॰ प्राप्त > पाउ+औनी] हराएको वस्तु भेट्टाएबापत दिइने इनाम ।

पन्च— ना॰ [अङ्॰] छाला, कागज आदिमा सानो बाटुलो प्वाल पार्ने साधन वा सामान ।

पन्चट/पन्चर— ना॰ [अङ्॰ पङ्क्चरे १. भकुन्डो, मोटर, साइकल आदिमा हावा भरिएको ठाउँमा प्वाल परी हावा छिर्ने कार्य, रबर आदिको ट्युबबाट प्वाल पर्दा हुने, भरिराखेको हावाको उम्काइ । वि॰ २. त्यसरी हावा बाहिरिन गई बेकम्मा भएको । ३. रद्दी; थोत्रो ।

पन्चान्नब्बे— ना॰ [सं॰ पञ्चनवति] १. पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या । वि॰ २. नब्बे र पाँचका योगको । > पन्चान्नब्बेऔँ/पन्चानब्बेयौँ— गणनाका क्रमले पन्चान्नब्बे सङ्ख्यामा पर्ने; पन्चान्नब्बे सङ्ख्याको ।

पन्चाली— ना॰ [सं॰ पञ्चवलि] हे॰ पञ्चवलि ।

पन्चे— वि॰ [सं॰ पञ्च+ए] दुनोटमा पाँच दोबर; पाँच गुना । ना॰ २. पञ्चलाई गाली गर्ने शब्द । पन्चेन लामा— ना॰ [भो॰ ब॰] तिब्बतको तासीलुम्पो नाउँ भएका पद्माक्ष—पन्चेन लामा� ठघद्द गुम्बाका प्रधान धर्मगुरु; तासीलामा । पन्चे माटो— ना॰ पानी नछिर्ने खालको, पहेँलो किसिमको माटो ।

पन्चै— वि॰ [सं॰ पञ्च+ऐ] हे॰ पन्चे । ~ बाजा— ना॰ दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभ कार्यमा बजाइने उक्त पाँच प्रकारका बाजा ।

पन्चौली— वि॰ [सं॰ पन्च+ने॰ औली] पञ्चायती । ~ सभा— ना॰ पञ्चायती सभा ।

पन्छ–नु— अ॰ क्रि॰ [पन्सनु] रजस्वला हुनु; नछुने हुनु; पर सर्नु; टक्रिनु । > पन्छाइ— ना॰ पन्छने वा पन्छाउने क्रियाप्रक्रिया ।

पन्छाइनु— क॰ क्रि॰ पन्छाउने काम गरिनु; पर सारिनु । पन्छाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ पर सार्नु; हे॰ पन्साउनु ।

पन्छि–नु१— अ॰क्रि॰ [पन्सि+नु] हे॰ मन्सिनु ।

पन्छि–नु२— अ॰क्रि॰ [पन्छनु] १. पर सर्नु; छुट्टिनु । २. अलग रहनु; हट्नु; टाढा पुग्नु । ३. टर्नु । ४. पन्छनु ।

पन्छी— ना॰ [सं॰ पक्षी] पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया ।

पन्छ्याइ— ना॰ [रू पन्छि -+आइ॰] १. पन्छिने क्रिया वा प्रक्रिया । २. मन्सिने क्रिया वा प्रक्रिया । [ > ] पन्छ्याहट— ना॰ पन्छ्याइ ।

पन्जा— ना॰ [फा॰ पन्ज, सं॰ पञ्च+ओ १. हात वा गोडाका पाँच औँलाको समूह । २. पाँच औँलासहितको हत्केलो; लबटो; पौँजा । ३. तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती । ४. पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ । ५. पासाको खेलमा दुई पासामा दुवा–दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ । ६. गलैँचा बुन्दा तानको तनोट र बुनोटको धागो मिल्ााउन ठोकिने साधन । ७. पाँच औँलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सूती, ऊनी, प्लास्टिक, छाला आदिको खोल । ~ छाप— ना॰ पाँच औँलाको सामूहिक छाप । ~ पत्र— ना॰ राजाबाट बाहुलीबारा सिँदुर रबको छाप लगाई बक्स भएको ऐन, सबाल, सनद आदि ।

पन्जाब— ना॰ [फा॰ पञ्जाब < सं॰ पञ्चापे भारतको उत्तर– पश्चिमी भागमा पर्ने भारत र पाकिस्तानमा विभाजित भएको एक प्रदेश ।

पन्जाबी— वि॰ [पन्जाब+ई] १. पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी । २. पन्जाबमा बनेको, भएको वा रहेको । ना॰ ३. पन्जाबको भाषा वा निवासी । ४. बीचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पीठाको एक प्रकारको रोटी । ~ कुर्था— ना॰ आब, कम्मर आदि चिटिक्क मिल्ने गरी तयार गरिएको जनाना कुर्था । ~ सुट— ना॰ लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठूलो हुने, मोहोतामा खीप राखेर बनाइने जोडी पोसाक । ~ सुरुवाल— ना॰ कम्मरमा इँजार बाँधिने, जाँघ खुकुलो हुने, मोहोता साँघुरो पारी कलले बाक्लै तगेर सिइएको सुरुवाल ।

पन्जु— ना॰ [पन्जा+ऊ] दुई दुवा र एउटामा पोट आउँदा पर्ने पासाको खेलको एक दाउ ।

पन्डर— ना॰ [सं॰ पाण्डुरे पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता धर्का भएको हरियो डाँठ हुने, एक जातको लहरो; त्यसैको फूल । (आयुर्वेदमा यसको गुण खटिरा नाश गर्ने र आँखाको हित गर्ने भनी लेखिएको छ ॰ ।

पन्तरो— ना॰ [पत्तरो < सं॰ पत्रे सानोतिनो कुटुरो; पोको; पुन्तुरो ।

पन्थ— ना॰ [सं॰ पन्थो १. बाटो; मार्ग । २. कुनै विचार वा दर्शनको सम्प्रदाय; धर्म । ३. कुनै किसिमको विचार वा दर्शनको मत; सिद्धान्त । > पन्थी— वि॰ १. बाटो हिँड्ने; यात्री; बटुवा । ना॰ २. कुनै सम्प्रदायको अनुयायी । ३. एक नेपाली थर ।

पन्ध्र— ना॰ [सं॰ पञ्चदशे कथ्य॰ पन्द्र पनि । १. दस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौधपछि आउने सङ्ख्या; १५–को अङ्क । वि॰ २. दस र पाँचका योगसङ्ख्याको; गन्तीका क्रममा चौधपछि आउने । ~ पोल— ना॰ पौने एक बिसौली । > पन्ध्रौँ— वि॰ गणनाका क्रमले चौधपछिको सङ्ख्यामा पर्ने; पन्ध्र सङ्ख्याको ।

पन्ना१— वि॰ [सं॰ प्राज्ञ > प्रा॰ पञ्`ो विषयवस्तुमा अत्यन्त निपुण; धेरै जान्ने; सिपालु ।

पन्ना२— ना॰ [प्रा॰ पण्ण < स॰ पर्णे १. पुस्तक, कापी आदिको पाना; पातो । २. हरियो वा नीलो रबको एक जातको बहुमूल्य रत्न; नीलमणि; चन्द्रमणि ।

पन्याइ— ना॰ [रू पन्याउ -+आइ॰] पन्याउने क्रिया वा प्रक्रिया । [ > ] पन्याइनु— क॰ क्रि॰ पन्याउने काम गरिनु; खेतमा पानी लगाइनु । पन्याइलो— वि॰ पानीको कमी नभएको (खेत आदि॰ ।

पन्याउ–नु— स॰ क्रि॰ [पानी+याउ+नु] खेतमा पानी लगाउनु; बालीनालीमा पानी पटाउनु; सिँचाइ गर्नु ।

पन्यालो— वि॰ [पानी+आलो] १. कुनै तरल पदार्थ पानीजस्तो पातलो बनेको; पानीझैँ पातलो; पनेलो; तरल । २. भित्र पानी भएको र पानीकै जस्तो स्वाद हुने (काँक्रो, पानीअमला आदिजस्तो॰ ।

पन्युँ— ना॰ [रू पनिउँ] भात चलाइने वा पस्किने, दाबिलाका छाँटको प्रायः धातुको साधन; पनिउँ ।

पन्साइ— ना॰ [रू पन्साउ -+आइ॰] पन्साउने भाव, क्रिया वा प्रक्रिया; पन्छाइ । [ > ] पन्साइनु— क॰ क्रि॰ पन्साउने काम गरिनु; कुनै वस्तुलाई वरबाट पर सारिनु ।

पन्साउ–नु— स॰ क्रि॰ [सं॰ प्र+नस्+आउ+नु] १. कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु । २. कुनै वस्तुलाई अलग राख्नु; छुट्ट्याउनु । ३. मन नपरेका व्यक्ति वा विषयलाई आफूबाट अलग गर्नु; हटाउनु; पन्छाउनु । ४. देवता, भूतप्रेत आदिका निम्ति केही वस्तु पर सार्नु; छुट्ट्याएर राख्नु । > पन्सिनु— अ॰ क्रि॰ १. अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु । २. हट्नु; टाढा जानु वा पन्चे पुग्नु । ३. टरेर जानु; टर्नु; पन्छिनु । ४. पन्साउने काम हुनु; पन्साइ माग्नु । पन्स्याइ— ना॰ पन्सिने भाव, क्रिया वा प्रक्रिया ।

पन्स्याहट— ना॰ पन्छ्याइ ।

पपरी— ना॰ [तुल॰ फा॰ परी = पखेटावाली] चमेरो (पक्षी॰ ।

पपलिन— ना॰ [अङ्॰] कटन र सिल्कसमेत मिसी तयार गरिएको एक प्रकारको कपडा ।

पपिता— ना॰ [सं॰ पारेवते अँडिरका जस्ता पात हुने, प्रायः हाँगाबिँगा नहुने, पहेँलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै टुप्पातिर केही पातलो हुने लाम्चा भावका ठूला फल टुप्पानेरै झुत्तिने एक जातको बोट; त्यसै बोटको फल पाकेपछि गुदी पहेँलो रबको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल; मेवा; पविता । (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ ।) — फोर्ट— ना॰ मेवाको फलबाट तयार, एक पाचनकारी औषधी ।

पप्पी— ना॰ पातहरूमा काँडैकाँडा हुने एक जातको बिरुवा ।

पप्लु— ना॰ [अङ्॰] १. तीन जोर तास मिलाएर रमी वा साइटिबका ढाँचाले खेलिने एक प्रकारको तास–खेल । २. सो खेलमा जोकर पल्टिएकै रबको माथिल्लो दोस्रो पत्ती ।

पबितो/पबित्तो— वि॰ हे॰ पगितो ।

पब्लिक— ना॰ [अङ्॰] १. सर्वसाधारण मानिस; जनता; प्रजा रू वि॰ २. जनतासम्बन्धी; जनताको । ~ कम्पनी— ना॰ कम्पनी– कानुनअनुसार चलेको, जनतामा नै स्वामित्व रहेको संस्था । ~ कम्पनी लिमिटेड— ना॰ कम्पनी कानुनअनुसार चलेको, जनसमूहमा नै त्यसको स्वामित्व रहेको व्यवसायमूलक संस्था । ~ सर्भिस कमिसन— ना॰ लोकसेवा आयोग ।

पम्प— ना॰ [अङ्॰] १. पानीको नाला; पाइप । २. साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन । ३. पानी वा रब घोलिएको तरल पदार्थ चुसेर ६याँक्ने वा छ्याप्ने साधन; पचका; पिच्कारी । ४. फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता । — सेट— ना॰ होचो ठाउँमा भएको वा भुईँभित्रको पानीलाई अग्लो ठाउँमा तान्नुपर्दा प्रयोग गरिने यन्त्र; सिँचाइका लागि प्रयोगमा ल्याइने दमकल ।

पम्पास— ना॰ [अङ्॰] दक्षिण अमेरिकामा रहेको अर्जेन्टिना राज्यको समशीतोष्ण तृणभूमि; घाँसे मैदान ।

पम्पु— ना॰ [पम्प+उ] हे॰ पम्प (हावा भर्ने साधन॰ ।

पम्फा— ना॰ [सं॰ पम्पो १. मसिनो भुवा र कमलो पत्र हुने एक जातको लेकाली फूल । वि॰ २. सुन्दरताको अभिमान भएकी (स्त्री॰ ३. सानोतिनो कुरामा पनि दुःख मान्ने; पिन्चे ।

पय— ना॰ [सं॰] १. दूध । २. पानी ।

पयठ— ना॰ [प्रा॰ पय¶ < सं॰ पदस्थे १. कुनै गह्रौँ वस्तुका निम्ति दिइने भर; आड; सहारा; पैठ । २. ठेल्ने काम; पेलाइ ।

पयर— ना॰ [ प्रा॰ पयड < सं॰ पदटे पाउ; गोडो; खुट्टो ।

पयस्विनी— ना॰ [सं॰] १. निरन्तर पानी बगिरहने नदी । २. प्रशस्त मात्रामा दूध आउने गाई; दुहुनू गाई ।

पयो— ना॰ डोरीको बटारिएको आँठो; डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक; पोयो ।

पयोधर— ना॰ [सं॰] १. पानी धारण गर्ने वा बोक्ने पदार्थ; मेघ । २. दूध धारण गर्ने वा रहने अङ्ग; स्तन; फाँचो ।

पयोधा/पयोधि/पयोनिधि— ना॰ [सं॰] १. समुद्र । २. बादल ।

पयोव्रत— ना॰ [सं॰] उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दूध मात्र खाएर लिइने एक किसिमको व्रत ।