नेपाली शब्दसमूह २९ ति
तिँदु— ना॰ [सं॰ तिन्दु] कालो बोक्रो र लाम्चा, तीखा पात हुने, सेता मसिना फूल फुल्ने हरिया, गुलिया फल फल्ने एक जातको रूख; त्यसैको फल ।
तिउरी/तिउरे— ना॰ [तिउरे+ई] हात, गोडा, नब रातो पार्न अरू मसला मिलाई कुटेर लगाइने, खोर्सानीका जस्ता पात हुने, विभिन्न रबका फूल फुल्ने भाबका जस्ता गेडा फल्ने एक जातको बोट; त्यूरी; त्यूरे ।
तिकडम— ना॰ १.चाल चल्ने जुक्ति वा सीप; चालबाजी; तिगडम । २. चतुथ्याइँ; कौशल । ३. कुटिल जालझेल; छल–छाम । — बाज— वि॰ छली; कपटी; कुटिल चाल चल्ने । — बाजी— ना॰ कुटिल व्यवहार ।
तिगडम— ना॰हे॰ तिकडम ।
तिक्खर— वि॰ [तीक्ष्णे १. नुन, भुटुन सबै चीज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो स्वाद भएको । २. केही चर्को भए तापनि स्वादिलो । > तिक्खरो— वि॰ तिक्खर ।
तिक्त— वि॰ [सं॰] १. करेलो, चिराइतो, नीम आदिका स्वादको; तीतो । ना॰ २. जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तीतो स्वाद । — ता— ना॰ तिक्त हुनाको भाव वा अवस्था; तीतोपन ।
तिखाउरो— वि॰ [तिखार्+आउरो] तीखो भएको; तिखारिएको । स्त्री॰ तिखाउरी ।
तिखार्–नु— स॰ क्रि॰ [तीखो+नु] १. लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तीखो पार्नु; धार लाउनु । २. कुनै कामका निम्ति तयार पार्नु । ३. उत्तेजित तुल्याउनु । > तिखाराइ— ना॰ तिखार्ने काम वा किसिम । श्र तिखारिनु— क॰ क्रि॰ तिखार्ने काम गरिनु ।
तिखि–नु— अ॰ क्रि॰ [तीखो+इ+नु] तीखो हुनु; धारिलो हुनु । श्र तिख्याइ— ना॰ तिखिने तथा तिख्याउने भाव, क्रिया वा प्रक्रिया ।
तिख्याइनु— क॰ क्रि॰ तीखो पारिनु । तिख्याउनु— स॰ क्रि॰ तीखो पार्नु; तिखार्नु; चम्काउनु ।
तिखुनो— ना॰ [तीखो+उनो] बन्चरो ।
तिखुल्ले— वि॰ [तिखो+उल्ले] दुब्लाएर वा पातलिएर पीँध चाउरिएको; कटौरे ।
तिखो— वि॰ [सं॰ तीक्ष्णे १. घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो, सुइरोजस्तो चुच्चो परेको । २. छिटै बुझ्ने शक्ति भएको; तीक्ष्ण । ३. चित्त दुखाउने (वचन) । ४. निकै सुरिलो (स्वर, बोली आदि॰ ।
तिगुना— वि॰ [तीन+गुनो तीन गुना; तेबर ।
तिघ्रे— वि॰ [तिघ्रो+ए] ठूला र मोटा तिघ्रा भएको (मानिस॰; भुसतिघ्रे ।
तिघ्रो— ना॰ घुँडादेखि माथिको गोडाको डोलो भाग; उरु ।
तिच्छर— वि॰ १. अलिअलि तीतो वा नमीठो स्वाद भएको; तीतोतीतो स्वादको । २. तिक्खर । > तिच्छरो— वि॰ तिच्छर ।
तिज— ना॰ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन; हरितालिका ।
तिजरो— ना॰ [तीज+जरो] तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो ।
तिजु— ना॰ कछाडतिर पाइने दरिलो खालको तैलज वनस्पतिविशेष ।
तिजे— ना॰ [तीज+ए] तीजमा स्वास्नीमानिसहरूले गाउने पर्वगीत । तितर बितर— क्रि॰ वि॰ [हि॰ तीतर+बटेरे यताउति छरिने वा ६याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर; छरपुस्ट । तितरी पङ्खी— वि॰ [तित्रो+पङ्खी] नीलो भुईँमा सेता र छिर्कैछिर्का परेको (बादल॰; तित्रापङ्खी । ना॰ एक जातको सानो चरो ।
तितीक्षा— ना॰ [सं॰] १.जस्तोसुकै सुखदुःख, घामपानी आदि भोग्नुपरे तापनि सहने शक्ति; सहिष्णुता । २. शान्ति; क्षमा । > तितीक्षु— वि॰ सहन सक्ने; सहनशील ।
तिते— ना॰ [तीतो+ए] १. काँक्राको भेट्नुपट्टिको तीतो हुने भाग । २. भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो झार । ~ करेला/करेलो— ना॰ घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएका, भित्र राता बियाँ हुने र तीतो स्वाद हुने, करेलाको एक जात । ~ गोल काँक्री— ना॰ तीतो स्वाद हुने एक जातको गोलकाँक्री । ~ घाँस— ना॰ सानोसानो बुटो हुने, तीतो स्वादको एक जातको घाँस । ~ चिराइतो— ना॰ ठूल्ठूला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त । ~ झार— ना॰ सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रबको हुने, तीतो स्वादको, विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने बुटीझारविशेष । ~ तुम्बा— ना॰ तीतो स्वाद हुने एक जातको तुम्बा । ~ पाती— ना॰गोदावरीका जस्ता पात हुने, मञ्जरीका रूपमा फूल फुल्ने, चर्को गन्ध आउने, तीतो स्वादको झारविशेष । ~ फापर— ना॰ फापरजस्तै तर खाँदा अलि तीतो हुने एक प्रकारको फापर । ~ माछो— ना॰ भेलमा बगेर आउने, तीतो स्वाद हुने, एक किसिमको माछो ।
तितेनी— ना॰ [तीते+एनी] तीतेपातीको घारी ।
तितो— वि॰ [सं॰ तिक्ते १. करेलो, नीम, चिराइतो आदिका स्वादको; तिक्त । ना॰ २ छ रसमध्ये एक रस; तीतो स्वाद ।
तितौरा— ना॰ [सं॰ तिक्त+औरो १. भिजाएको चना, मास, मुगी, आलु आदि पिँधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष । २. आँप, अमला, लप्सी आदिको लेदोमा नुन, मसला वा चिनी हालेर मट्याङ्ग्राजस्तो पारी सुकाई बनाइएको खानेकुरा । > तितौरी— ना॰ सानो वा स्नेह जनाउँदा तितौरालाई भन्ने शब्द ।
तितौली— ना॰ [तीतो+औली] काँक्राको अलिअलि तीतो हुने भेट्नुपट्टिको अंश ।
तित्तिरि— ना॰ [सं॰] १. नृत्यमा पाउ राख्ने एक प्रकारको चाल । २. यजुर्वेदको एक शाखा । ३. त्यस शाखाका प्रवर्तक ऋृषि । ४. तित्रो । तित्रा पङ्खी— वि/ना॰हे॰ तितरीपङ्खी ।
तित्री— ना॰ [सं॰ तिन्तिडी] खँदिलो साह्रो काठ हुने अमलाका जस्ता पात हुने, कोसाभित्र काँचो छँदा अमिलो र पाकेपछि अमिलो र गुलियो गुदी हुने फल फल्ने बोट; त्यसै बोटको फल; अमिली ।
तित्रे— वि॰ [तित्रो+ए] तित्रोजस्तो; तित्राका ढाँचाको । ~ बादल— ना॰ तित्राका पखेटाको बुट्टाजस्तो परेको बादल; तित्रापङ्खी वा तितरीपङ्खी बादल ।
तित्रो— ना॰ [सं॰ तित्तिरे छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको, निकै जोडले कुद्ने, उड्दा भ्याटाटा आवाज आउने र बास्दा तीनताराचित्रिक् गरेको सुनिने, च्याखुरोजत्रो चरो ।
तिथि— ना॰ [सं॰] १. चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन । २. श्राद्ध गर्ने दिन; मिति । श्र तिथित— वि॰ कुनै तिथि वा महिनाको गते, वार आदि तोकिएको; दिनाङ्कित (पत्रादि) । — पत्र— ना॰ पञ्चाङ्ग; पात्रो । ~ मिति— ना॰ चान्द्र दिन तथा सौर दिन, महिना, गते, वार आदि ।
तिन१— सर्व॰ [ती] 'ती' शब्दको विभक्ति प्रत्यय लाग्दा हुने तिर्यक् रूप, उन ।
तिन२— ना॰ [सं॰ त्रीणि] १. दुईपछिको सङ्ख्या; दुई र एकको जोड । वि॰ २. दुई र एकका योगसङ्ख्याको । ~ अन्नी
-तीनन्नी_— ना॰ नेपालमा पहिले चलेको तीन आना मूल्यको पैसा । ~ आँख्ले— ना॰ तीनतारे । ~ काना — ना॰ तीन पोट पर्ने पासाको एक दाउ । ~ खुट — ना॰ थारूहरूमा प्रचलित कन्या साटासाट गर्न नपाएमा तेस्रो घरकी कन्या मिलाइदिने चलन । (यसो गर्दा तेस्रो पक्षले पहिलो पक्षलाई कन्या दिने मात्रै हुँदा झाबा पाउँछ । हे॰ झाबा पनि । ॰ — गिर— ना॰ सानो चौडाइ भएको, दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रूखविशेष । ~ चम्के— ना॰ १. चम्काजस्तै तीनतिर रहेका डाँडा, थुम्का वा ढिस्काको समूह । वि॰ २. तीन चक्का भएको । ~ छक— ना॰ १. उदेक लाग्ने स्थिति; आश्चर्य । क्रि॰ वि॰ २. जिल्लाराम । ~ तारा तित्रिक— ना॰ १. तित्राको आवाज वा बोली । २. (त्यसै आधारमा॰ तित्रो । ~ तारे— ना॰ १ आकाशमा लहरै परेका देखिने, मृगशिरा नक्षत्र मानिएका तीनवटा ताराको समूह; तीनआँख्ले । वि॰ २. तीनवटा तारा भएको (बाजा, झन्डा आदि) । ~ तियाली— ना॰ तेस्रोपल्ट (दुईपल्ट भएपछि तेस्रोपल्ट पनि हुन्छ नै भन्ने रूढिबूढीअनुसार॰;
तीनताली । ~ तोले— ना॰ बिहेमा दुलहीको सिउँदोमा हालिने तीन तोला
सिँदुर । ~ त्रिभुवन/त्रिलोक— ना॰ स्वर्ग, मर्त्य र पाताल तीनै लोक; सारा संसार । ~ धर्के— वि॰ तीनवटा धर्का भएको ('राा' अक्षर) । ~ धाम— ना॰ बारका, रामेश्वर र जगन्नाथ पुरी – यी तीन धाम । ~ न तेह्र— वि॰ न तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने॰; जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको । ~ पत्रे— ना॰ ज्यामिरका जस्ता तीनतीन पात हुने र ज्यामिरकै जस्तो अमिला फल फल्ने एक जातको रूख वा त्यसैको फल । ~ पाते— ना॰ १. तीनवटा पात मात्र गाँसेर बनाइने टपरी । २. तिनौटा मात्रै पात हुने एक जातको झार; चरीअमिलो । वि॰ ३. साह्रै चनाखो; बित्पाते । ~ पाने— वि॰ १ तीनवटा खोल्सा वा सोताको पानी मिलेको । ना॰ २. पानी तीनपल्ट मात्र फेरिनाले कडा बनेको र असल किसिमको रक्सी । ~ पुस्ते— वि॰ वंशानुक्रमले गनिने तीन पुस्ताभित्रको नाम भएको वा लेखिएको (कागत, विवरण आदि) । ~ फटाका— ना॰ वैष्णवहरूले लाउने ठाडो तीनधर्के टिको । ~ मुहानी— ना॰ तीनवटा नदीको मुहान भएको ठाउँ; तीन ठाउँबाट पानी निस्कने ठाउँ । ~ सहर— ना॰ नेपालका चार भञ्ज्याबभित्र (काठमाडौँ उपत्यकामा॰ रहेका प्रख्यात तीनवटा सहर (कान्तिपुर, ललितपुर र भक्तपुर) । ~ सरकार— ना॰ नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि, २०)७ सालअघिका राणाकालीन प्रधानमन्त्रीहरूको उपाधि । ~ सल्ली— ना॰ तीन सल्लाबराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भड्किएको समय । ~
साँझ— ना॰ बिहान, दिउँसो र बेलुका (उदा॰— तीन साँझ खाएर पनि ऊ खानै नपाएझैँ गर्छ ।) ।
तिनाधान— ना॰ [सं॰ तृणान्न+धान्य] पानी भएको जमिनमा उम्रने, लामालामा जुँगा हुने एक जातको जङ्गली धान ।
तिनिमुनी— ना॰ [नेवा॰] धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने, फलामको सानो डन्डीले पिटेर बजाइने फलामकै तीनकुने बाजा ।
तिन्छु— ना॰ [नेवा॰] झ्याली परिवारको सबैभन्दा सानो एक बाजा ।
तिप— ना॰ माछा मार्न प्रयोग गरिने चोयाले बुनेको साधन; खोँगा ।
तिब्बत— ना॰ नेपालको उत्तरी सिमानामा रहेको जनगणतन्त्र चीनको एक स्वशासित प्रदेश ।
तिब्बती— वि॰ [तिब्बत+इ] तिब्बतमा बस्ने वा हुने; तिब्बतसम्बन्धी; तिब्बतको । ~ शाखा— ना॰ युरेसिया खण्डका विभिन्न भाषिक परिवारमध्ये एक शाखा ।
तिब्री— ना॰ [सं॰ तीव्रे पहाडको चुचुरो; टाकुरो; टिउरी रू—कोट— ना॰ कर्णाली अञ्चलअन्तर्गतको एक जिल्ला ।
तिमि— ना॰ [सं॰] १. ज्यादै ठूलो आकारको एक जातको समुद्री माछो । २. समुद्र ।
तिमिर— ना॰ [सं॰] १. अँध्यारो वा धमिलो । २. फलाममा लागेको खिया । ३. रतौँधी । — मय— वि॰ १. अँध्याराले ढाकेको; चारैतिरको अँधेरो । ना॰ २. ग्रहण । ३. राहु ।
तिमिलो— ना॰हे॰ टिमिलो ।
तिमी— सर्व॰ [सं॰ त्वम्] बितीय पुरुष एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईँभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द ।
तियाँ— वि॰ [तीने तीन गुना; तेबर (हिसाबको दुनोट पढ्दा॰ ।
तिया— ना॰ [तीने सोह्र कौडामा तीन, सात, एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ ।
तियारी— ना॰ [तिया+आरी] माछा मार्ने जालीदार एक प्रकारको पासो ।
तियाली— क्रि॰ वि॰ [तीन+याली] तीनपटक; तीनचोटि । (उदा॰— उसले खेलमा लगालग जितेर तियाली पाथ्यो ।)
तियो— ना॰ [ तीने डन्डीबियोको खेलमा तीनको गणना; तीन डन्डीको नापो पर्दा बियो हान्ने ढाँचा ।
तिर्–नु— स॰ क्रि॰ [सं॰ तृ] १. सापटी वा पैँचो लिएको वस्तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु । २. दण्ड, जिताउरी आदि बुझाउनु । ३. भर्ना वा हर्जाना दिनु । ४. तिरोभरो गर्नु । ५. अरूले आफूलाई गरेको असल वा खराब कामको बदला लिनु वा दिनुृ; साटो फेर्नु ।
तिर१— ना॰ यो॰ [सं॰ तिरस्] कुनै ठाउँ, वस्तु आदि भएपट्टि; तर्फ; पक्ष ।
तिर२— ना॰ [तिर्+अ] तिर्ने काम; तिराइ । — तार— ना॰ लिए– खाएको नगद वा वस्तु तिर्ने काम; तिरोतारो । — ताल— ना॰ १. जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक; हारताल । वि॰ २. साह्रै चलाख; बाठो (उदा॰— उनी देख्न पो सुधा, मानिस त तिरताल छन् ।) ।
तिरतिर— क्रि॰ वि॰ [अ॰ मू॰ तिर्+अ॰ (बि॰)] १. बिस्तारै पानी पर्ने वा पानीको सानो धारो झर्दा वा खस्ता आवाज आउने गरी । २. पातलो दिसा लाग्ने गरेर । > तिरतिरी— क्रि॰ वि॰ अझै तिरतिर हुने गरी । तिरतिरे— वि॰ तिरतिर हुने; तिरतिर आवाज भएको (धारो, पानी आदि॰ ।
तिरन— ना॰ [तिर्+अन] तिर्ने काम; तिराइ; तिरो । — तारन— ना॰ अरू कसैसँग सापटी लिएको धनमाल तिर्ने काम; तिरोतारो; तिरोभरो ।
तिरमिर— ना॰ [अ॰ मू॰ तिर+अ॰ (बि॰)] १. रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति । २. धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी । ३. मिरमिर । > तिरमिराइ— ना॰ तिरमिराउने क्रिया वा प्रक्रिया । तिरमिराइनु— अ॰ क्रि॰ आँखा तिरमिर होइनु ।
तिरमिराउनु— अ॰ क्रि॰१. रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु । २. बालुवामा घाम टल्केजस्तो भई ठम्याउन नसक्नु । तिरमिरिनु— अ॰ क्रि॰ तिरमिराउनु ।
तिरमिरे— वि॰ तिरमिर गरी टल्कने; तिरमिर गर्ने । तिरमिथ्याइ— ना॰ तिरमिरिने भाव, क्रिया वा प्रक्रिया । तिरमिथ्याहट— ना॰ तिरमिरिने भाव, अवस्था वा क्रिया–प्रक्रिया; तिरमिथ्याइ ।
तिरस्करण— ना॰ [सं॰] तिरस्कार गर्ने क्रिया, भाव वा अवस्था; तिरस्कार । > तिरस्करणी— ना॰ नाटकको पर्दा । २. अदृश्य हुने विद्या ।
तिरस्कार— ना॰ [सं॰] कसैलाई मन नपराई गरिने हेला वा बेवास्ता; अनादर; अपमान; उपेक्षा ।
तिरस्कृत— वि॰ [सं॰] तिरस्कार गरिएको; अपमानित; हेला गरिएको; उपेक्षित ।
तिराइ— ना॰ [रू तिर् (+आइ॰] तिर्ने काम वा किसिम । [श्रे
तिराइनु— क॰ क्रि॰ तिर्न लाइनु । तिराउनु— प्रे॰ क्रि॰ तिर्न लाउनु; तिर्ने पार्नु । तिरान— ना॰ १. तिरो, बाली आदि तिर्ने काम; तिरोभरो । २. तिरो; कुत ।
तिरिक्क— क्रि॰ वि॰ [अ॰ मू॰ तिरिक्+क] थोरै पानी पर्ने, धारो खस्ने, पातलो दिसा हुने आदि किसिमले ।
तिरिखिरी— ना॰ [अ॰ मू॰ तिर्+ई (बि॰)] झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छुआच्छु; आत्तुरी ।
तिरिन— ना॰ [सं॰ तृणे झारपात आदि तृण; घाँस, पराल, खर आदिको थोरै अंश ।
तिरिनु— क॰ क्रि॰ [तिर्+इ+नु] सापटी वा पैँचो फिर्ता दिइनु; तिर्ने काम गरिनु ।
तिरिमिरी— ना॰ [तिरमिर+ई] चर्कोसँग तिरमिर हुने चाल; तिरमिर । ~ झ्याइँ— ना॰ १. कमजोरी वा अन्य कारणले आँखा स्पष्ट नदेखिने किसिम; तिरमिराउने अवस्था । २. ज्यादा चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन नसकिने स्थिति । ३. जिल्ल पर्ने चाल । क्रि॰ वि॰ ४. तिरमिर हुने गरी ।
तिरिस— ना॰लामो, मोटो र टाउको सानो हुने एक जातको सर्प ।
तिरुवा— वि॰ [तिर्+उवो १. तिरो तिर्नुपर्ने; तिरो लागेको । २. तिर्ने । ~ बिर्ता— ना॰ केही पोता लागेको बिर्ता जग्गा । ~ माफी
बिर्ता— ना॰ तिरो तिर्न नपर्ने बिर्ता जग्गा । (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन् ।)
तिरो— ना॰ [तिर्+ओ] जग्गाको पोत, कुत वा बाली; मालपोत; भूमिकर । — तारो— ना॰ मोहीले तल्सिबलाई बाली तिर्ने काम; तिरोभरो ।
तिरोधान— ना॰ [सं॰] लोप हुने काम; हराउने वा बिलाउने स्थिति; तिरोभाव ।
तिरोभरो— ना॰ [तिरो+भर्] मोहीले तल्सिबलाई बाली तिर्ने काम; तिरोतारो ।
तिरोभाव— ना॰ [सं॰] अन्तर्धान; तिरोधान ।
तिरोहित— वि॰ [सं॰] १.गायब भएको; लुप्त । २.छोपिएको; ढाकिएको ।
तिर्की— ना॰ [सं॰ त्रि] १. तासको तीन फुट्टी भएको चक्की । २. पच्चीसका खेलको एक दाउ; तिया ।
तिर्खा— ना॰ [सं॰ तृषो १. पानी आदि खाने इच्छा; प्यास; पिपासा । २. आफूलाई मन परेको वस्तु पाउने तीव्र इच्छा; तृष्णा; तिर्सना । श्र तिर्खाइ— ना॰ तिर्खाउने क्रिया वा प्रक्रिया; तिर्खा लागेको अवस्था । तिर्खाइनु— अ॰ क्रि॰ तिर्खा लागिनु । तिर्खाउनु— अ॰ क्रि॰ पानी खान मन लाग्नु; तिर्खा लाग्नु । तिर्खालु— वि॰ तिर्खाएको वा तिर्खाइरहने; तृषित; प्यासी ।
तिर्जा— ना॰ [तिरो+जो १. पुरानो चलनअनुसार सैनिक अफिसर जवानहरूले जागिरको सट्टा बाली मात्र उठाई खान पाउने गरी पाएको जग्गाको रसिद; जागिरबापत तोकिएको बाली उठाई खान पाउने रसिद । २. जग्गाजमिनको नम्बरी प्रथा वा त्यस्तो जग्गालाई दिइने निस्सा ।
तिर्थे— वि॰ [तीर्थ+ए] तीर्थस्नानको; तीर्थसम्बन्धी; तीर्थको । ~ भाइ— ना॰ तीर्थ जाँदा सँगै जाने साथी; तीर्थ जाने साथी । ~ भोज— ना॰ तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब, इष्टमित्रलाई खुवाउने भोज ।
तिर्यक्— वि॰ [ सं॰] १. छड्के; टेढो; बाङ्गो । ना॰ २. पशुपक्षी आदि प्राणी । ~ कारक— ना॰ मूल रूप विकृत भएको वा विभक्ति चिह्नसहितको रूप (जस्तै –'छोरो' को छोरा ।) >
तिर्यग्जाति— ना॰ तेर्सो बढ्ने जाति; पशुपक्षी ।
तिर्र— क्रि॰ वि॰ [अ॰ मू॰ तिर्+र] बिस्तार थोरै बेर पानी पर्ने वा धारो आदि खस्ने गरी ।
तिर्सना— ना॰ [सं॰ तृष्णो १. खानेपिउने इच्छा । २. कुनै कुरा पाउने मनको धोको; अभिलाषा । ३. कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता ।
तिल— ना॰ [सं॰] १. लाम्चा मसिना पात हुने, सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट । २. त्यसैको कोसाभित्र हुने, पेल्दा राम्रो तेल आउने, अचार खाइने र देवपितृकार्यमा चाहिने विशेषतः कालो, खैरो र सेतोसमेत तीन रबका हुने, मसिना, थेप्चा गेडा । ३. शरीरमा हुने सानो दाग वा चिह्न; कोठी ।
तिलक— ना॰ [सं॰] १. होम गर्दा डढेको चरुहरूको कालो टिको । २. निधार, छाती र पाखुरामा लगाइने चन्दन, केसर आदिको चिह्न । ३. वैवाहिक सम्बन्ध स्थिर गर्दा दुलहीपक्षबाट दुलहालाई दिइने रीतभाँतअनुसारको द्रव्य । ४. राज्याभिषेकको कर्म । ५. चन्दन; टिको । ~ पाती— ना॰ कुनै मङ्गलकार्य सकिएपछि पुरोहितबाट लगाइने तिलक र फूलपाती । ~ मुद्रा— ना॰ भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख, चक्र आदिको चिह्न वा छाप ।
तिलकाने— वि॰ [तिल+काने] १. कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो॰ । स्त्री॰ तिलकानी । ना॰ २. एक जातको झारविशेष ।
तिलके— वि॰हे॰ तिल्के ।
तिलखा— ना॰ [सं॰ तिलके सानो खालको टिको; तिलक ।
तिलङ्गा— ना॰ [सं॰ तैलङ्गे कम्पु; सैनिक; तिलिङ्गो ।
तिलचामल— ना॰ [तिल+चामल] १. तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग । २. तिल र चामल मिलाएर खाइने कुरो । > तिलचामले— वि॰ १. आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौँ) । २. काला तिल र सेता चामल मिसाउँदा स्पष्ट देखिएझैँ छुट्टिने (वर्ण, रब आदि॰ । तिल फुल— ना॰ [तिल+फूल] तिलजस्तो सेतो दाना हुने वा फुकेको झुप्पादार एक थरी फूल ।
तिलमिल— क्रि॰ वि॰ [अ॰ मू॰] कष्ट, चोट आदिले आँखा नदेख्ने वा चक्कराउने गरी । > तिलमिलाइ— ना॰ तिलमिलाउने क्रिया वा प्रक्रिया । तिलमिलाइनु— अ॰ क्रि॰ तिलमिल होइनु ।
तिलमिलाउनु— अ॰ क्रि॰ तिलमिल हुनु; तिरमिराउनु; छटपटाउनु ।
तिलमिलिनु— अ॰ क्रि॰ तिलमिलाउनु ।
तिलवासिनी— ना॰ [सं॰] बास्ना आउने चामल हुने एक जातको धान; राजभोग धान ।
तिलस्मी— वि॰ [अ॰ तिलस्म+ई] असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो ।
तिलहरी— ना॰ [तिल+लहरी] पोतेका बीच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरने, स्वास्नीमानिसको सौभाग्यको प्रतीक गहना ।
तिलाञ्जलि— ना॰ [सं॰] १. पितृहरूलाई अँजुलीले चढाइने तिलसहितको जल । २. सधैँका लागि गरिने कुनै कुराको त्याग ।
तिलानी— ना॰ [तिल+पानी] १. देव वा पितृकार्यमा सङ्कल्प गर्दा हातमा लिइने तिल मिसाएको पानी । २. कर्मपात्र ।
तिलिङ्गो— ना॰ [सं॰ तैलङ्गे पल्टनियाँ सिपाही; कम्पु; सैनिक ।
(उदा॰— तिलिङ्गो भन्नु मात्तै पो रेछ— केटीले पालेको । – लोकगीत ।) ।
तिलोत्तमा— ना॰ [सं॰] पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा ।
तिलौरा— ना॰ [तिल+औरो १. कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रब हुने घोडा । २. चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्डु । — कोट— ना॰ नेपालको कपिलवस्तु जिल्लामा पर्ने, तौलिहवा बजारदेखि पाँच किलोमिटर उत्तरमा बाणगङ्गा नदीको किनारमा स्थित, प्रसिद्ध ऐतिहासिक स्थल ।
तिलौरी— ना॰ [तिल+औरी] १. सखर वा चिनीको पाकमा तिल टाँसिएको सानो डाँठजस्तो टुक्रे खानेकुरो । २. सानो तिलौरा ।
तिल्के— वि॰ [सं॰ तिलक+ए] १.निधारमा सेतो सानो टाटो भएको (गोरु॰; तिलके । २. तिलक वा चन्दनको टिको लगाउने (मानिस॰; तिलके । स्त्री॰ तिल्की । ना॰ ३. रातो फूल फुल्ने एक प्रकारको झार वा बोट ।
तिल्को— ना॰ [तिलक+ओ] चैतवैशाखमा छाताजस्तो भएर फुल्ने एक जातको रूख ।
तिष्य— ना॰ [सं॰] १. सत्ताइस नक्षत्रमध्ये एक; पुष्प नक्षत्र । २. कलियुग । ३. पौष मास; पुस महिना ।
तिस— ना॰ [सं॰ त्रिशति] १.बीस र दसको जोड; ३० को अङ्क । वि॰ २. बीस र दस जोड्दा हुने सङ्ख्याको; पन्ध्रको दोबर । >
तिसौँ— वि॰ गणनाका क्रमले तीस सङ्ख्यामा परेको; तीसमा पर्ने ।
तिसी— ना॰ [सं॰ अतसी] दाँती परेका खस्रा मालाकार पात हुने, आँपका जस्तै हरिया फूल फुल्ने, तिलभन्दा सेख ठूला चिल्ला गेडा फल्ने, सानो चौडाइ हुने, एक बोट वा त्यसैको तेलालु दाना; आलस ।
तिस्कल/तिस्किलो— ना॰ [तीखो+कीलो] खोस्रने काममा उपयोग गरिने काठ, बाँस आदिको कीलो ।
तिहाइ— ना॰ [रू तीने तेस्रो भाग वा हिस्सा; तीन खण्डको एक खण्ड; तृतीयांश ।
तिहार— ना॰ कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल बितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार॰; यमपञ्चक; दिपावली । श्र तिहारे— वि॰ तिहार पर्वसम्बन्धीग् तिहारको; तिहारमा गाइने (देउसी, भैलो आदि लोकगीत॰ ।
तिहुन— ना॰ [सं॰ तिमने भात मुछेर खाइने झोल तरकारी; दाल, तरकारी आदि सितन । ~ चखुवा— वि॰ १. तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने । २. कहिले कता, कहिले कता खाएर हिँड्ने । ३. कहिले एउटा काम, कहिले अर्को काम गर्ने; स्थिर आसन नभएको । स्त्री॰ तिहुनचखुवी । > तिहुने— वि॰ धेरै तिहुन खाने (व्यक्ति॰; तिहुन पकाउने (भाँडो॰ ।
ती— सर्व॰ [त्यो] तृतीय पुरुष बहुवचनमा प्रयोग हुने 'त्यो' शब्दको बहुवचन वा आदरार्थी रूप ।
तीक्ष्ण— वि॰ [सं॰] १. तिखारिएको; तीखो; धारिलो । २. प्रखर; तीव्र; टाठो । ३. गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहिनसकिने । ४. तिक्खर स्वादको । — कन्द— ना॰ भित्र खोक्रा भएका हरिया लामा पात हुने, लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने, माटोमनि आलुजस्तै गोल, थेप्चा दाना फल्ने, तरकारी, मसला र औषधीका काममा आउने, पहेँलो, रातो र सेतो तीन थरी बोक्रा हुने प्रसिद्ध कन्द । — ता— ना॰तीक्ष्ण हुनाको भाव वा स्थिति । ~ दृष्टि— वि॰ साह्रै सूक्ष्म कुरा पनि भित्रैसम्म गहिरिएर बुझ्न सक्ने; सूक्ष्मदृष्टि । ~ बुद्धि— वि॰ तीखो बुद्धि भएको; बुद्धिमान्; कुशाग्र ।
तीखो— वि॰ हे॰ तिखो ।
तीज— ना॰ हे॰ तिज ।
तीजरो— ना॰ हे॰ तिजरो ।
तीजे— ना॰ हे॰ तिजे ।
तीते— ना॰ हे॰ तिते ।
तीतो— वि॰ हे तितो ।
तीन— ना॰ हे॰ तिन२
तीर१— ना॰ [सं॰] १. नदी वा खोलाको दुईतिरको किनार; तट । २. छेउ । तिल
तीर२— ना॰ [फा॰] बाण, काँड ।
तीरन्दाज— ना॰ [फा॰] बाण हान्ने मानिस; निसानाबाज; धनुर्धारी । श्र तीरन्दाजी— ना॰ बाण हान्ने सीप वा अभ्यास । तीर भूमि— ना॰ [तीर+भूमि] नदी वा खोलाका छेउछाउको जग्गा; नदीको बगर ।
तीरवर्ती— वि॰ [ सं॰] नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती ।
तीरहानी— ना॰ [फा॰ तीर+हान्+ई] बाण हानेर खेलिने, केटाकेटीको एक किसिमको खेल ।
तीर्थ— ना॰ [ सं॰] १. भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि । २. नदी, तलाउ आदि जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने–आउने बाटो । ३. बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि । ४. सन्न्यासीहरूको एक शाखा । — काक— ना॰ १. तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति । २. तीर्थको कौवा । ३. लोभी मान्छे । > तीर्थङ्कर— ना॰ १. जैन सम्प्रदायका प्रमुख देवता वा उपास्य धर्माचार्य । २. विष्णु । —
पुरोहित— ना॰ तीर्थ वा घाटमा बसेर दान लिने तथा पुरोहित्याइँ गर्ने ब्राह्मण; पण्डा । ~ यात्रा— ना॰ धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम; तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन । ~ यात्री— ना॰ तीर्थ जाने व्यक्ति; तीर्थारु । — वास— ना॰ तीर्थमा गएर बस्ने काम; तीर्थको बसाइ । — वासी— वि॰ तीर्थमा गएर बसेको; तीर्थ गर्न बसेको; तीर्थ गर्न जाने । ~ स्थान— ना॰ तीर्थ गरिने पवित्र ठाउँ; तीर्थ । ~ स्नान— ना॰ तीर्थमा नुहाउने काम । तीर्थाटन— ना॰ तीर्थको भ्रमण वा घुमाइ; तीर्थयात्रा । तीर्थारु— ना॰ तीर्थ जाने व्यक्ति; तीर्थयात्री ।
तीर्थे— वि॰ हे॰ तिर्थे ।
तीव्र— वि॰ [सं॰] १. साह्रै छिटो; धेरै चाँडो । २. कडा वा चर्को (स्वाद, स्वर आदि॰ । ३. तीखो; तीक्ष्ण । ४. सहिनसकिने । ~ गति— वि॰ धेरै छिटो हिँड्ने; वेगवान् । ना॰ २. छिटो हिँड्ने काम; दु्रत वेग । — ता— ना॰ तीव्र हुने भाव वा अवस्था; तीक्ष्णता; छिटोपन ।
तीस— ना॰ हे॰ तिस । > तीसौँ— वि॰ हे॰ तिसौँ ।
तुँडो— ना॰ [सं॰ तुण्डे १.मुखबाट सप्रयास हावा निकाल्नु पर्दा दुवैतिरका ओठ डोलिएर टुटीजस्तो भएको ठाउँ; आगो फुक्दा हावा निस्कने प्वाल । २. खलाँतीबाट हावा निस्कने टुटी; प्वाल । ३. कलमको टाँका वा टुप्पो । ४. गहुँ, जौ, धान आदिको झुस ।
तुइँक्याइ— ना॰ [रू तुइँक्याउ -+आइ॰] तुइँक्याउने क्रिया वा प्रक्रिया । [ > ] तुइँक्याइनु— क॰ क्रि॰ कुनै पेय पदार्थ तनतन पिइनु ।
तुइँक्याउ–नु— स॰ क्रि॰ [अ॰ मू॰ तुइँक्+याउ+नु] जाँड, रक्सी, सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु । > तुइँक्याहट— ना॰ तुइँक्याउने भाव, क्रिया वा अवस्था; तुइँक्याइ ।
तुइँतुइँ— क्रि॰ वि॰ [अ॰ मू॰ तुइँ (बि॰)] तुइँकिने गरी वा तुइँक्याएर; तनतन; घुटुघुटु । > तुइँतुइँती— क्रि॰ वि॰ अझ छिटो तुइँतुइँ पारेर; तनतनी ।
तुइन— ना॰ विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्ड्याइने र त्यसैमा बसी नदी वा खोलाका वारिपारि तर्ने एक साधन; तुहिन ।
तुक— ना॰ [सं॰] १. शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप । २. तर्क वा बुद्धिसितको सहमति वा सङ्गति । ३. तुक्का । — बन्दी— ना॰ काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुकको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम ।
तुक्का— ना॰ [तुक+को तुकबन्दी मिलेको पद वा पदावली ।
तुखल— ना॰ [नेवा॰] रस निचोरिएको उखुको खोस्टा; टुखल; खोइलो ।
तुङ्ग— वि॰ [सं॰] १.अग्लो; उन्नत; उच्चो; लामो । ना॰ २. पहाड; शिखर; चुचुरो । > तुङ्गा— ना॰ दुई नगण र दुई गुरु भएको एक छन्द । तुङ्गिमा— ना॰ अग्लाइ; उचाइ ।
तुङ्वा— ना॰ [भो॰ ब॰ ] उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्ट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो ।
तुच्छ— वि॰ [सं॰] १. नीच, चुत्थो; छोटो । २. नगण्य; जाबो; सानो । ३.अल्प; क्षुद्र; हीन । ४. मन्द; निःसार; शून्य । ५. निर्धन; दीन । — ता— ना॰ नीचता; अल्पता । > तुच्छिनु— अ॰ क्रि॰ तुच्छ बन्नु । तुच्छ्याइ— ना॰ तुच्छिने वा तुच्छ बन्ने काम वा काइदा । तुच्छ्याइनु— क॰ क्रि॰ तुच्छ पारिनु । तुच्छ्याउनु— प्रे॰ क्रि॰ तुच्छ पार्नु वा तुल्याउनु ।
तुजुक— ना॰ [अ॰] १. अहङ्कार; घमन्ड; सेखी । २. बल; तागत; शक्ति; हुती । ३. मात; मद; लागो ।
तुण्ड— ना॰ [ सं॰] १.मुख; अनुहार; थुतुनो; चुच्चो । २. सुँड । ३. कुनै चीजको टुप्पो । > तुण्डि— ना॰ तुण्ड भएको वस्तु (मुख, चुच्चो, थुतुनु आदि॰ । वि॰ २. टुँडवाला । तुण्डिल— ना॰ १. गफाडी; बतुरो; वाचाल । २. नाइटो बाहिर निस्केको; नाइटे ।
तुण्डी— वि॰ १. तुण्ड भएको; टुँडवाला; थुतुनु । ना॰२ शिवका एक गणको नाम; गणेश ।
तुतुरो— ना॰ [अ॰ मू॰ तुर् (बि॰)+रो] पुरुषको लिङ्ग; तुन्तुरो (बालबोलीमा॰ ।
तुन्–नु— स॰ क्रि॰ [सं॰ तन्+नु] १. फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु । २. सियाले फड्कनु । > तुन— ना॰ तुन्ने कार्य ('तानतुन' वा 'तुनतान' मा सीमित॰ । तुनतान— ना॰ च्यातिएका वा फाटेका लुगा, कपडा आदि सिउनेवर्ने काम; कुनै पनि वस्तु वा चीजलाई जोडजाड गर्ने, मिलाउने आदि काम ।
तुनाइ— ना॰ तुन्ने क्रिया वा प्रक्रिया । तुनाइनु— क॰ क्रि॰ तुन्ने वा तुनिने पारिनु । तुनाउनु— प्रे॰ क्रि॰ तुन्न लगाउनु; तुनिने पार्नु । तुनिनु— क॰ क्रि॰ तुनाइमा पर्नु; तुनाइमा परेको हुनु ।
तुनियाँ— ना॰ [सं॰ तन्त्रिके लँगौटी ।
तुनु— ना॰ [सं॰ तन्तु] १. दौरा, भोटो, चौबन्दी आदिमा टाँकका सट्टामा गाँसिने त्यान्द्रे बन्धन; तुनो । २. सिरक, डसना, सिरानी आदिका खोलमा मुख बन्द गर्न राखिने त्यस्तै वस्तु; फित्ता; तुनाग् तुनु; घुँडी ।
तुने— वि॰ [तुनु+ए] तुनो भएको; तुनावाल; तुनाका आकारको; तुनोजस्तो; तने । ~ च्याउ— ना॰ जमिनमा पलाउने, तुनाजस्तो लाम्चो हुने एक जातको च्याउ । ~ बारुलो— ना॰ तुनाजस्तै लामो गुँडमा गोलो लगाएर बस्ने, सानो आकारको देखिने, विषालु खालको, पतङ्गवर्गमा पर्ने एक कीरो; बारुलाको एक जात । ~ बोडी— ना॰ लहराका आँख्लाआँख्लामा फल्ने, लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने, एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जात ।
तुनो— ना॰हे॰ तुनु ।
तुन्क–नु— स॰ क्रि॰ १ घरको मसिनु काम गर्नु । २. तुन्नु । >
तुन्काइ— ना॰ तुन्कने काम वा प्रकिया । तुन्केसो— ना॰ घरको सानोतिनो काम; घरधन्दा; कोठेधन्दा; तानतानतुनतुन ।
तुन्तुरी/तुन्तुरो— ना॰ [अ॰ मू॰ तुर् -बि॰_+ई/ओ] तुतुरो; ढुकुर -बा॰ बो॰) ।
तुन्द्रा— ना॰ [अङ्] १. धु्रवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन । २.हिमालको त्यस्तै जमिन; खागर ।
तुफान— ना॰ [अ॰ तूफाने जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आँधी; समुद्रतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी । > तुफानी— वि॰ १. तुफानसम्बन्धी; तुफानको । २. ठूलो उपद्रो मच्चाउने; उत्पाती ।
तुमडी— ना॰ [सं॰ तुम्बटी] जोगीको भिक्षा माग्ने भाँडो; भिक्षापात्र ।
तुमुल— वि॰ [सं॰] १. अत्यन्त उत्कट वा तीव्र; प्रचण्ड; घोर (जस्तो—तुमुल ध्वनि, तुमुल युद्ध॰ । ना॰ २. सेनाको कोलाहल; युद्धको हलचल ।
तुम्बा— ना॰ [सं॰] पेट झन्डै गोलाकार भई फुकेको र घाँटीचाहिँ सानो हुने एक प्रकारको लौका; तुम्बिका । > तुम्बी— ना॰ १ सानो आकारको तुम्बा । २.तुम्बाका आकारको भाँडो । ३. पेट वा शरीरका अन्य अङ्गमा भएको वात, विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो ।
तुम्बुरु— ना॰ [सं॰] विष्णुका नजिक रहने एक गन्धर्वको नाम ।
तुम्बो— ना॰ [तुम्बा+ओ] १. छिप्पिएको तुम्बाभित्रको गुदी, कसिङ्गर आदि निकाली बनाइएको भाँडो । २. पेट; भुँडी ।
तुम्लेट— ना॰ [अङ्॰ टम्ब्लरे साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले लान सकिने, पानी राख्ने धातु वा प्लास्टिकको भाँडो ।
तुर्–नु— स॰ क्रि॰ [सं॰ तुरीय > तुर+नु] १. टुङ्ग्याउनु; सिद्ध्याउनु; समाप्त गर्नु; सक्नु । २. काम पूरा गर्नु; तामिल गर्नु; तय गर्नु । ३. भ्याउनु ।
तुरग— ना॰ [सं॰] घोडा; अश्व । ~ ब्रह्मचर्य— ना॰ स्त्री नै नपाउनाले मात्र लिइएको वा अँगालिएको ब्रह्मचर्य ।
तुरङ्ग— ना॰ [सं॰] १. घोडा; तुरग । २. मन; चित्त ।
तुरतुर— ना॰ [अ॰ मू॰ तुर्+अ (बि॰)] तरल पदार्थ आदिको लगातारको झराइ वा त्यसरी झर्दाको ध्वनि । > तुरतुरती— क्रि॰ वि॰ अझै छिटो तुरतुर हुने गरी । तुरतुराइ— ना॰ तुरतुर हुने क्रिया वा प्रक्रिया । तुरतुराइनु— अ॰ क्रि॰ तुरतुर होइनु ।
तुरतुराउँदो— वि॰ तुरतुर झर्ने खालको; तुरतुर झर्लाजस्तो ।
तुरतुराउनु— अ॰ क्रि॰ तुरतुर हुनु वा झर्नु । तुरतुरिनु— अ॰ क्रि॰ तुरतुर हुनु; तुरतुर झर्नु । तुरतुरे— वि॰ १. तुरतुर आउने; तुरतुर झरिरहने । ना॰ २. रोकिईरोकिई थोरै मात्रामा पिसाब हुने एक रोग । तुरतुथ्याइ— ना॰ तुरतुरिने क्रिया वा प्रक्रिया ।
तुरही— ना॰ [सं॰ तूर+ही] सनहीभन्दा केही ठूलो आकारको मुखले फुकेर बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा ।
तुराइ— ना॰ [रू तुर् -+आइ॰] तुर्ने भाव, क्रिया वा प्रक्रिया; समाप्ति । [ > ] तुराइनु— क॰ क्रि॰ तुर्ने पारिनु । तुराउनी— ना॰ तुर्नी ।
तुराउनु— प्रे॰ क्रि॰ तुर्न लगाउनु; समाप्त पार्नु । तुरिनु— क॰ क्रि॰ १. तुर्ने पारिनु; सकिनु । अ॰ क्रि॰ २. समाप्त हुनु ।
तुरिफुरी— ना॰ [सं॰ त्वरि+स्फूर्ति] घमन्ड; सेखी; अभिमान; चुरिफुरी ।
तुरी१— ना॰ [बा॰ बो॰] लिङ्ग वा मूत ।
तुरी२— ना॰ [सं॰] लुगा बुन्ने एक उपकरण; थुरी ।
तुरीय— वि॰ [सं॰] १. चौथो; चतुर्थ । ना॰ २. ब्रह्म वा परमात्माका साथ तदाकार हुन पुग्ने प्राणीका आत्माका चारौँ अवस्था; भेदज्ञानको समाप्ति भई आत्मा ब्रह्मचैतन्य हुने योगको अवस्था; मोक्ष । ३. मुखबाट उच्चारण हुँदाको वाणीको अवस्था; वाणीका परा, पश्यन्ती, मध्यमा र वैखरी चार भेदमध्ये एक (वैखरी) । ४. विशेष गरी वास्तु र मूर्तिकलामा प्रयोग हुने चार अमलबराबरको नापो; चार इन्चीको नापो । ५. वर्णाश्रमव्यवस्थाअनुसार वानप्रस्थ आश्रमभन्दा पछि ग्रहण गरिने सन्न्यासाश्रम; चतुर्थाश्रम । ~ यन्त्र— ना॰ सिद्धान्त ज्योतिषमा ग्रहहरूको अंश नाप्ने काममा प्रयोग गरिने यन्त्र ।
तुरुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ तुरुक्+क] १. कुनै पनि तरल पदार्थ (पानी, आँसु, तेल आदि॰ सानोभन्दा सानो परिमाणमा चुहुने गरी; तप्प; तरक्क । वि॰ २. थोरै; अपर्याप्त ।
तुरुब— ना॰ [सं॰ तुरुस्के कानुन वा सामाजिक नियमका दृष्टिले अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने, दुइटा ठूलठूला काठमा प्वाल खोपिएको उपकरण; ठिँगुरो ।
तुरुतुरु— क्रि॰ वि॰ [अ॰ मू॰तु्र्+उ (बि॰)] १. कुनै पनि तरल पदार्थ (आँसु पानी, पिसाब, तेल आदि॰ खटाईखटाई लगातार झर्दै वा तुर्किँदै ।
तुरुन्त/तुरुन्तै— क्रि॰ वि॰ [सं॰ त्वरत/तुरते चाँडै; झट्ट; लगत्तै झट्टै; उत्निखेरै; उत्तिखेरै; भन्नासाथ; भन्नेबित्तिकै; तत्क्षण; तत्काल; तुरन्त । > तुरुन्तातुरुन्ती/तुरन्तातुरन्ती— क्रि॰ वि॰ १. एकदम तुरुन्त । ना॰ २. हतारो ।
तुरुप— ना॰ [अङ्॰ ट्रम्पे कुनै एक रबलाई प्रधान मानेर खेलिने तासको खेलविशेष ।
तुर्क— ना॰ [सं॰ तुरुष्के १. तुर्कदेश; तुर्किस्तान । २. तुर्किस्तानका निवासी । ३. सैनिक ।
तुर्क–नु— अ॰ क्रि॰ [तुर्को+नु] तुर्को झर्नु; तरल पदार्थ चुहुनु । >
तुर्काइ— ना॰ तुर्कने क्र्रिया वा प्रक्रिया; तुर्को झर्ने काम । तुर्किनु— अ॰ क्रि॰ तरल पदार्थ चुहिनु; तुर्कनु । तुर्किस्थान— ना॰ तुर्क्याउने ठाउँ; पिसाब फेर्ने ठाउँ; मूत्रालय ।
तुर्की— वि॰ [तु॰ तुर्क+ई] १. तुर्किस्तानसम्बन्धी; तुर्क देशमा बस्ने । ना॰ २. तुर्केली भाषा । ३. तुर्केलहरूको देश ।
तुर्के— ना॰ [तुर्को+ए] जाँड ।
तुर्केल— ना॰ [तुर्क+एल] तुर्किस्तानको जाति ।
तुर्केली— वि॰ [तुर्क+एली] १. तुर्कहरूको देशसम्बन्धी । ना॰ २ तुर्केल ।
तुर्को— ना॰ [अ॰ मू॰तुर्+को] १. दूध, तेल पानी आदि कुनै पनि तरल पदार्थको निम्नतम परिमाण । २. त्यस्तो परिमाणको झराइ ।
तुर्क्याइ— ना॰ [रू तुर्कि (+याइ॰] तुर्क्याउने क्रिया वा प्रक्रिया । [श्रे
तुर्क्याइनु— क॰ क्रि॰ १. कुनै पनि तरल पदार्थ चुहाइनु । २. पिसाब गरिनुृ । तुर्क्याइलो— वि॰ १. तुर्किने खालको; तरल (पदार्थ) । २. तुर्को मात्र झार्न पुग्ने; साह्रै थोर । तुर्क्याउनु— स॰ क्रि॰ १ कुनै पनि तरल पदार्थ चुहाउनु; तुर्को झार्नु, धारो लाउनु । २. पिसाब गर्नु; तुरुतुरु मुत्नु ।
तुर्नी— ना॰ [रू तुर्+नी] १. कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति । २. कुनै काम समाप्त हुँदा मनाइने उत्सव, खाइने भोज वा दिइने इनाम; तुराउनी ।
तुर्य— वि॰ [सं॰] तुरीय; चौथौ । > तुर्याश्रम— ना॰ चतुर्थाश्रम; सन्न्यासाश्रम ।
तुर्र— क्रि॰ वि॰ [अ॰ मू॰ तुर्+र] पानी, दूध, तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरेझैँ । सात॰ तुरुरुरु, तुरुरुर्र ।
तुर्लुङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ तुर्लुङ्+ब] १. कुनै वस्तु झुन्डिने वा झुन्डिएर हल्लिने किसिमले । २. पन्यालो वा पानीको मात्रा बेसी हुने गरी ।
तुलकलायत— ना॰ कुनै पनि काम सञ्चालन गर्ने सीप वा कला; यन्त्रसञ्चालनको कौशल (उदा॰— इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र -दिव्य) ।
तुलजा— ना॰ [सं॰] तलेज्यू भवानी ।
तुलना— ना॰ [सं॰] १. गुण, मान, आकार आदिका दृष्टिले एकभन्दा बढी वस्तुमा पाइने समानता वा असमानताको परीक्षण गर्ने काम; दाँज्ने काम; दाँजो; तुल्यता । २. तौलने वा जोख्ने काम; निर्धारण गर्ने काम ।
तुलनात्मक— वि॰ [सं॰] तुलना गरिएको; तुलना भएको (उदा॰— तुलनात्मक भाषाविज्ञान, तुलनात्मक साहित्य, तुलनात्मक धर्म, तुलनात्मक शरीरविज्ञान इ॰ रू) । — ता— ना॰ तुलनात्मक हुनाको भाव वा अवस्था ।
तुलनीय— वि॰ [सं॰] परस्पर दाँज्न लायक; तुलना गर्न योग्य ।
तुलफुल— ना॰ [सं॰ तुल्य+फूल] कोठेबारी वा बारीमा फलेका सुन्तला, कागती, अम्बा आदि फलफूल; फलफूल ।
तुलबुल— ना॰ १. मनको चञ्चलता वा अस्थिरता; सकसकी; हडबड; खसखस । २.चिन्ता; फिक्री; पीर । > तुलबुलाइ— ना॰ तुलबुल गर्ने स्वभाव, कार्य वा गुण । तुलबुलाइनु— अ॰ क्रि॰ तुलबुल गर्ने होइनु । तुलबुलाउनु— अ॰ क्रि॰ तलबलाउनु; हडबडाउनु ।
तुलबुलाहट— ना॰ तुलबुलाइ । तुलबुली— ना॰ तुलबुल । तुलबुले— वि॰ तुलबल गर्ने; चञ्चल । तुलबुल्याइ/तुलवुल्याहट— ना॰ तुलबुलिने भाव, क्रिया वा अवस्था ।
तुलरङ्ग— ना॰ [सं॰ तूलरागे १. रातो रबको एक प्रकार । २. तूल ।
तुलसी— ना॰ [सं॰] १. मञ्जरीमा सेता वा कलेजी रबका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू, वैष्णवहरूबारा पवित्र मानिएको एक बोट; वृन्दा; कृष्णा । २. पुराणप्रसिद्ध एक देवी । — को मठ— ना॰जमिनबाट अलिकति ढिस्को उठाई सुरक्षित किसिमले धार्मिक भावनाबारा प्रेरित भएर तुलसीका बोट रोपिएको स्थानविशेष; तुलसीमठ । — को लिङ्गो— ना॰ आकाशबत्ती झुन्ड्याएर तुलसीको मठनेर वा कौसीहुँदो पनि गाडिने बाँस । — दल/पत्र— ना॰ तुलसीको मञ्जरीभित्र रहेका साना दाना; बीज; तुलसीको पात ।
तुला— ना॰ [सं॰] १. तराजु, काँटा; तुलो । २.बाह्र राशिमध्ये सातौँ राशि । ~ दान— ना॰ दानी व्यक्तिले आ६नो शरीरका तौलबराबरको सुन, चाँदी, अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान । — धर— ना॰ १. व्यापारी; व्यवसायी; बनियाँ । २. नेवारजातिको एक वर्ग । ~ परीक्षा— ना॰ तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहथ्याइने एक प्राचीन न्यायपद्धति ।
तुलिगाँडो— ना॰ [सं॰ तूलगण्डे बाक्लो जङ्गलमा बस्न रुचाउने र मानिसको प्रवेश हुँदा हल्ला गरेर बनै कोलाहलमय पार्ने एक पक्षी ।
तुलित— वि॰ [सं॰] १. जोखिएको; अडकल गरिएको । २. दाँजिएको; तुलना गरिएको ।
तुली— ना॰ [तुलो+ई] १. दुब्ली । ना॰ २. शिशु–अवस्थामा रोग निको होला र मोटी होली भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे गरी तौलिएकी नारी ।
तुले— ना॰ [तुलो+ए] शिशु–अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको व्यक्ति; जोखे । तुले गाँडो— ना॰ [सं॰ तुल–गण्डे १. घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो । वि॰ २. नमिल्दो वा नसुहाउँदो गरी लुगा, गहना आदि लगाउने । ३. बेमेलको; अमिल्दो; डेब्रो ।
तुलो— ना॰ [सं॰ तुलो जोख्ने साधन ; तुला; तराजु ।
तुल्य— वि॰ [सं॰] १. समान प्रकार वा श्रेणीको; बराबर; समान । २. योग्य । ३. समरूप । ४. समदर्शी । — कक्ष— वि॰ समान वा बराबर कक्षको । — ता— ना॰ बराबरी; समानता । — योगिता— ना॰ अलङ्कारको एक भेद । ~ प्राधान्य— वि॰ व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूत व्यङ्ग्यको एक भेद॰ ।
तुल्याइ— ना॰ [रू तुल्याउ (+आइ॰] तुल्याउने काम । [ > ] तुल्याइनु— क॰ क्रि॰ तयार पारिनु; निर्माण गराइनु ।
तुल्याउ–नु— स॰ क्रि॰ [सं॰ तुल्य+आउ+नु] १. बनाउनु; तयार पार्नु; निर्मित गर्नु; ठीक पार्नु । २. गराउनु; पार्नु । ३. समान पार्नु । ४. मही पार्नु । ५. गर्भाधान गर्नु; वीर्यदान गर्नु ।
तुवाँलो— ना॰ [सं॰ तमाले गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो ।
तुष— ना॰ [सं॰] १. अन्नादिको भुस । २. फुलको खबटो । ३. बर्रो । > तुषानल— ना॰ १. भुसको आगो । २. प्राचीन समयमा भुस वा घाँसपरालको आगामा डढेर लिइने एक थरी प्रायश्चित्त ।
तुषार— ना॰ [ सं॰] १. तुसारो; ठाँटो; बरफ । २. हिउँ । ३. एक प्रकारको कपूर; चिनियाँकपूर । — पात— ना॰ हिउँदमा हिउँ वा तुसारोको वर्षा । —रोधी— वि॰ १. तुसारोले नछुने । २. तुसारोलाई छेल्ने ।
तुष्ट— वि॰ [सं॰] १. सन्तुष्ट; प्रसन्न; परितृप्त; मक्ख । २. तृप्त; अघाएको; पूर्ण; टन्न । — ता— ना॰ सन्तोष; तृप्ति । > तुष्टि— ना॰ सन्तुष्टि; तृप्ति, प्रसन्नता ।
तुस— ना॰ [सं॰ तुषे १. कुनै वस्तुको शेष, बाँकी; अवशेष; कसर; कस । २. वैरभाव; इबी; दागाधराइ; बेष ।
तुसारो— ना॰ [सं॰ तुषारे १.जाडाका मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपातमा पर्ने सेतो वस्तु; जमेको शीत । २. जमेको पानी; ठाँटो; बरफ । ३. जमेको झरी वा सो झरी भुईँमा जमेर थुप्रिएको अवस्था; हिउँ; हिमकण ।
तुहाइ— ना॰ [रू तुहु (ं+आइ॰] तुहुने क्रिया वा प्रक्रिया । [श्रे
तुहाइनु— क॰ क्रि॰ तुहिने पारिनु । तुहाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ समय नपुग्दै गर्भ गिराउनु; अधिग्रो झार्नु; गर्भपात गराउनु वा गर्न लगाउनु । तुहावट— ना॰ तुहाइ ।
तुहिन१— ना॰ [अङ्॰ टुइने हे॰ तुइन ।
तुहिन२— ना॰ [सं॰] १. हिउँ; हिम । २. बरफ । ३. चाँदनी । ४. कुइरो । > तुहिनांशु— ना॰ चन्द्रमा; जून । तुहिनाचल— ना॰ हिमालय पहाड; हिमाल ।
तुहु–नु— अ॰ क्रि॰ [सं॰ तुह+नु] १. गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु । २. तुच्छ हुनु; कम हुनु । ३. साबिकभन्दा कम स्तरको हुनु । ४. बिकामे हुनु; खेर जानु । > तुहेको/तुहेत्रो— ना॰ १. तुहेको बच्चा; अधिक्रो । २. बच्चो तुहेको गाईबस्तु ।
तूण— ना॰ [सं॰] बाण राख्ने भाँडो; ठोक्रो । > तूणी— ना॰ १. वास्तु तथा मूर्तिकलामा प्रयोग हुने, आठ अमलबराबरको नापोलाई बुझाउने शब्द; आठ अङ्गुलको नापो । २. बाण राख्ने भाँडो; ठोक्रो । तूणीर— ना॰ ठोक्रो; तूण ।
तूल— ना॰ [सं॰] १. कपासको बोट वा कपास; रुवा । २. एक जातको रातो कपडा । ३. आइमाईहरूले कपाल बाट्दा लाउने एक प्रकारको धागो । > तूलिका— ना १. चित्रकारले चित्र लेख्ता रब पोत्ने कूची; बुरुस । २. कपास कातेर बनाइएको बत्ती । ३. कपास खाँदेर बनाइएको तकिया वा गद्दा । ४. काठ प्वाल पार्ने एक प्रकारको औजार; बर्मा ।
तृण— ना॰ [सं॰] १. छेस्काका रूपमा उम्रने कुनै पनि उद्भिज (दूबो, खर, पराल, कुश आदि॰; घाँस; घाँसपात । २. झिक्राझिक्री । ~ कुमकुम— ना॰ एक प्रकारको सुगन्धी द्रव्य; कुमकुमपाती । ~ कुटीर— ना॰ खर, पराल आदिको झुप्रो; घाँस पातको झुप्रो; छाप्रो; कुटी । ~ जलौका— ना॰ उड्ने पुतलीको लार्भा । ~ भूमि— ना॰ घाँस प्रशस्त उम्रिएको ठाउँ वा क्षेत्र । — मय— वि॰ घाँसैघाँस भएको; घाँसैघाँसले बनेको । — वत्— वि॰ १. घाँसबराबर । २. अत्यन्त तुच्छ; जाबो; नगण्य ।
तृतीय— वि॰ [सं॰] तेस्रो । ~ अन्तर हिमयुग/अन्तर हिमानी— ना॰पुरातत्त्वशास्त्रअनुसार तृतीय र चतुर्थ हिमयुगका बीचको हिमयुग । > तृतीयक— वि॰ १. प्रत्येक तीनतीन दिनमा हुने । ना॰ २. तीनतीन दिन बिराएर आउने एक प्रकारको ज्वरो; तैया; तिजरो । ~ खण्ड— ना॰ १ कुनै वस्तु वा सङ्ख्याको समष्टिको तीन भागको एक भाग; एक तृतीयांश । २. भूगर्भशास्त्रअनुसार जीवनकल्प नामक युग; चतुर्थखण्डपूर्वको युग; स्तनपायी युग । ~ प्रकृति— ना॰ नपुंसक । ~ श्रेणी— ना॰ तेस्रो तह । तृतीयांश— ना॰ १. तीन खण्डको एक खण्ड वा भाग । वि॰ २. एक तिहाइ । ~ हिमयुग/हिमानी— ना॰ आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको , पुरातत्त्वशास्त्रअनुसारको एक युग; बितीय र तृतीय अन्तर हिमयुगका बीचको एक युग ।
तृतीया— ना॰ [सं॰] १. कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि । २. व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न । ~ तत्पुरुष— ना॰ तृतीया विभक्तिविना करण कारकको अर्थ दिने तत्पुरुष समास ।
तृतीयाश्रम— ना॰ [सं॰] चार आश्रममध्ये तेस्रो आश्रम; वानप्रस्थाश्रम ।
तृप्त— वि॰ [सं॰] १. सन्तृप्त; सन्तुष्ट; परितुष्ट, अघाएको । २. प्रसन्न; खुसी । > तृप्ति— ना॰ १. सन्तोष, परितोष । २. प्रसन्नता ।
तृषा— ना॰ [सं॰] १. प्यास; तिर्खा । २. ठूलो इच्छा । ३. लालसा; उत्सुकता; लोभ । > तृषालु— वि॰ तिर्खाएको; तिर्खालु । तृषित— वि॰ १.प्यासो; प्यासी; तिर्खाएको; तिर्खालुृ । २. लालची; उत्सुक ।
तृष्णा— ना॰ [सं॰] १. प्यास; तिर्खा । २. इच्छा; लालसा; लोभ; लिप्सा; चाहना; अभिलाषा ।
तेइस— ना॰ [प्रा॰ तेवीसे १. बीस र तीनको योगसङ्ख्या; २३ को अङ्क । वि॰ २. बीस र तीनको योगसङ्ख्याको; बीसभन्दा तीन सङ्ख्या बढी भएको । > तेइसौँ— वि॰ गणनाका क्रमले तेइस सङ्ख्यामा परेको; तेइसमा पर्ने ।
तेज१— वि॰ [फा॰] १. फुर्तिलो; छरितो । २. तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु । ३. छिटो हिँड्न सक्ने; शीघ्रगामी ।
तेज२— ना॰ [सं॰] १. प्रकाश; ज्योति; कान्ति; दीप्ति; उज्यालो; चमक । २. पराक्रम; बहादुरी । ३. वीर्य । ४. सार । ५. ताप; गर्मी । — पात— ना॰ दालचिनीको रूखको जस्तो सिन्कौली अर्थात् सुगन्धी पात; तेजपत्ता; तेजपत्र । — फल— ना॰ सिलटिमुर । — मूल— ना॰ लामा काण्डका टुप्पामा मात्र हाँगाबिँगा लागी लामालामा पात हुने एक वृक्षविशेष; तेजवती; तेजोवती । — वती— ना॰ तेजमूल (वृक्ष॰ ।
तेजस्विता— ना॰ [सं॰] तेजस्वी हुने काम; तेजस्वी हुनाको भाव; तेजिलोपन ।
तेजस्विनी— ना॰ [सं॰] १. तेज भएकी वा शक्तिशाली स्त्री; बलवान् स्त्री । वि॰ २. तेजिली (स्त्री॰ ।
तेजस्वी— वि॰ [सं॰] १. तेज भएको; चमकदार; उज्ज्वल । २. शक्तिशाली; बलवान् । ३. गौरवशाली । ४. नाम चलेको; प्रसिद्ध । ५. प्रतापी । ६. प्रभावशाली ।
तेजहरन— ना॰ [सं॰ तेजोहरणे १. काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि । २. मानसिक रूपमा आउने हैरानी; दिक्दारी । ३. तेजोवध; अपमान ।
तेजाब— ना॰ [फा॰] धातुहरू गलाउने शक्ति भएको तरल, क्षार पदार्थ; अर्क; अरख ।
तेजाबी— वि॰ [फा॰] १. तेजाबवाला; तेजाबसँग सम्बन्धित । ना॰ २. तेजाबको व्यापारी । ३. तेजाबका सहायताले शुद्ध पारिएको सुन वा चाँदी । ~ सुन— ना॰ तेजाबले खारेर शुद्ध पारिएको सुन ।
तेजारत— ना॰ [अ॰ तिजारते १. रुपियाँपैसा, सुनचाँदी आदिको नगद व्यापार; रोजगार । २. ब्याज, घिउखाने आदि लिने गरी रुपियाँपैसा लेनदेन गर्ने काम । ~ अड्डा— ना॰ १. राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा । २. रुपियाँ– पैसासम्बन्धी काम गर्ने एक सरकारी अड्डा ।
तेजिलो१— वि॰ [फा॰ तेज+इलो] १. छिटो; फुर्तिलो; छरितो । २. बलियो । ३. तीक्ष्ण बुद्धि भएको ।
तेजिलो२— वि॰ [सं॰ तेज+इलो] तेजयुक्त; चहकिलो; उज्यालो प्रकाश भएको ।
तेजी— वि॰ [फा॰ तेज+ई] १. कडा; बलियो; तीव्र । २. छिटो; दु्रतगामी ।
तेजो— [सं॰] तेजस्को समासगत रूप । — भङ्ग— ना॰ १. कसैको शक्ति खतम पार्ने क्र्रिया; तेजको विनाश; गर्वभङ्ग । २. बेइज्जती; अपमान । — मय— वि॰ १. उज्ज्वल; प्रकाशमान् । २. यशस्वी । — मूर्ति— ना॰ १. सूर्य; भानु । वि॰ २. तेजस्वी । — वती— ना॰ हे॰ तेजवती । — वध— ना॰ १. तेजलाई नाश गर्ने काम । २. शक्ति कम गराउने काम; तेजोहरण ।
तेते— ना॰ [बा॰ बो॰] तेल ।
तेत्तिस— ना॰ [सं॰ त्रयस्त्रिंशत्] १. तीस र तीनको योगसङ्ख्या; ३३ को अङ्क । वि॰२. तीस र तीनको योगङ्ख्याबराबरको । >
तेत्तिसौँ— वि॰ गणनाका क्रमअनुसार तेत्तीसमा पर्ने; तेत्तीसको ।
तेत्तीस— ना॰ हे तेत्तिस । > तेत्तीसौँ— वि॰ हे॰ तेत्तिसौँ ।
तेत्ला— ना॰बयलगाडीको मादलमाथि र धुरामनि राखिने काठ ।
तेधार— ना॰ [सं॰ त्रिधारो तीन समानान्तर विचारधारा, सोचाइ वा तर्कको बन्ब; तेहरो बन्ब ।
तेन्दु— ना॰ [सं॰ तिन्दु] एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल ।
तेबर— वि॰ [तीन+बर] तीन दोबर; तीन गुना; तेहरो; तिगुना; त्रिगुण; तेब्बर ।
तेब्रि–नु— अ॰ क्रि॰ [तेबर+इ+नु] तेबर हुनु । > तेब्य्राइ— ना॰ तेबर हुने वा तेब्रिने क्रिया वा प्रक्रिया । तेब्य्राइनु— क॰ क्रि॰ तेब्बर तुल्याइनु । तेब्य्राउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ तेबर पार्नु; तेहथ्याउनु; तिगुना पार्नु ।
तेर— ना॰/वि॰हे॰ तेह्र । — थुम— ना॰ तेह्रथुम । > तेरौँ— वि॰ तेह्रौँ ।
तेरिज— ना॰ [अ॰ तहीरे १. कुनै लेखोट, कुरा आदिको सारांश; मजबुन; सार; गाँठी कुरो; निचोड; निष्कर्ष । २. जम्माजम्मी । तेरी मेरी— ना॰ [तेरो+ई+मेरो+ई] १. आआ६नो स्वामित्वको प्रश्न । २. आ६नोआ६नो स्वामित्वको वस्तुको बन्डाफन्डा । ३. छिनाफाना; तेरोमेरो ।
तेरो— वि॰ [तँ+एरो > सं॰ तवकृते तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो, तपाईँकोको अनादरवाची रूप) । ~ मेरो— ना॰ १. आ६नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ । २. वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि ।
तेर्छो— वि॰हे॰ तेर्सो ।
तेर्पाइँ/तेर्पायँ/तेर्पे— वि॰ [सं॰ तिर्यक्पथे अलिअलि मात्र भिरालो वा ओरालो परेको; अलिअलि कोल्टो परेको; थोरै ढलुवा; दम्स्याइलो । श्र तेर्प्याइँ— ना॰ तेर्पाइँ, तेर्पायँ वा तेर्पे तुल्याउने क्रिया, प्रक्रिया; तेर्पेपन ।
तेर्सि–नु— अ॰ कि॰ [तेर्सो+इ+नु] १. तेर्सो हुनु । २. तेर्छिनु । ३. सुत्नु । ४. टेढिनु । ५. पछारिनु । ६. तेर्सो परिनु ।
तेर्सो— वि॰ [प्रा॰ तिरिच्छे उकालोओरालो नभई सम्म परेको (बाटो॰; लम्ब रूपको नभई छड्के; तेर्छो ।
तेर्स्याइ— ना॰ [रू तर्सि -+याइ॰] तेर्साउने क्रिया वा प्रक्रिया ।
तेर्स्याइनु— क॰ क्रि॰ तेर्सो पारिनु । तेर्स्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. तेर्सो पारेर राख्नु; तेर्सो पार्नु; पसार्नु । २. मन नपर्ने गरी आउनु वा जानु ।
तेल— ना॰ [सं॰ तैले तिल, तोरी इ॰ वा खनिज स्रोतबाट निकालिएको चिप्लो र दहनशील तरल पदार्थ; तैल । ~ कर— ना॰ तेलको उत्पादनमा लगाइएको करविशेष । ~ क्षेत्र— ना॰ पेट्रोल आदि खनिज स्रोतका तेलको खानी भएको घोषित क्षेत्र । — चाप्रे— ना॰ काभ्रे माछाजस्तो सानो एक खालको माछा; माछाको एक जात । ~ जिभ्रे— वि॰ बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु । — धारी— ना॰ तेल पेल्दा फुलो भरेर पेचामा चेपी झरेको तेललाई तल थापेको भाँडासम्म पुथ्याउने सोली रू — पाटा— ना॰ गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पउर छिराउनुपूर्व मादलभित्रको फलामे डुँड नखिइयोस् र मादलको प्वाल ठूलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट । > तेलहन— ना॰ तेलयुक्त वनस्पति -जस्तै—तिल, तोरी, बदाम, चिउली इ॰_; तैलधान्य; तैलान्न ।
तेलारी/तेलाहारी— ना॰ १. तेल घस्ने वा लाउने काम; मालिस । वि॰ २. तेलसम्बन्धी; तेलविषयक ।
तेलिया— वि॰ [तेल+इयो तेलझैँ टल्किने; चिल्लो । ~ इँट— ना॰ विशेष प्रक्रियाबाट तयार पारिने चिल्लो, बलियो र असल खालको इँटविशेष । ~ जात— ना॰ तेली । ~ झार— ना॰ फल तथा फूल केही नलागी केवल चिल्ला पात मात्र हुने र पानी हुने खेतमा उम्रने एक प्रकारको झार । ~ मास— ना॰ चिल्लो र टल्कने एक प्रकारको मास । ~ रब— ना॰ तेलको जस्तो रब । ~ साँप— ना॰ गँड्यौलाको आकारको, तर कालो भई एकदम टल्कने विषालु साँप । ~ हिरा— ना॰ रङ्गीबिरङ्गी आभायुक्त पातलो काँटको हीरा ।
तेली— ना॰ [सं॰ तैली > तेल+ई] तेल पेल्ने पेसा लिएको वा व्यवसाय गर्ने व्यक्ति; तेल व्यापारी; साल्मी । ~ बाबियो— ना॰ १. फिका र पहेँल्चो रब भएको र घाममा टलक्क टल्कने, चिल्लो खालको औषधीमा पनि प्रयोग हुने बाबियो । २. नामकरणमा षण्डामर्क हवनका समयमा भलायोसँग मिलाएर पोलिने बाबियो ।
तेस्रो— वि॰ [सं॰ तिस्रे गणनाका क्रमले तीनमा परेको; तीनौँ; तृतीय । ~ विश्व — ना॰ खासगरीकन ल्याटिन अमेरिका, अफ्रिका र एसिया महादेशका नेपाललगायत विकासोन्मुख देशहरू ।
तेहरि–नु— अ॰ क्रि॰ [तेहरो+इ+नु] तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना हुनु; तीन डबल हुनु; तेहेरिनु । > तेहराइ— ना॰ तेहथ्याइ ।
तेहरो— वि॰ [सं॰ त्रिपले १. तेब्बर; तेबर; तिगुना; तेहेरो । क्रि॰ वि॰ २. तीनफेर; तीनपल्ट ।
तेहथ्याइ— ना॰ [तेहरि+याइ॰] तेहरिने वा तेहरो पार्ने काम वा काइदा । तेहथ्याइनु— क॰ क्रि॰ तेहरो पारिनु । तेहथ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ तेहरो पार्नु वा पार्न लगाउनु ।
तेहेरिनु— अ॰क्रि॰हे॰ तेहरिनु ।
तेहेरो— वि॰हे॰ तेहरो ।
तेह्र— ना॰ [प्रा॰ तेरहे १. दस र तीनको योगसङ्ख्या; १३ को अङ्क; तेर । वि॰ २. उक्त सङ्ख्या वा अङ्कबराबरको । — थुम— ना॰ नेपाल अधिराज्यको कोसी अञ्चलभित्र पर्ने एक जिल्ला । ~ दिने— वि॰ मर्दा तेह्र दिन जुठो लाग्ने एउटै खलकका भैयाद । > तेह्रौँ— वि॰ गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; तेरौँ ।
तेह्रौँते— वि॰ [सं॰ तीरभुक्ति+ए] १. तिरहुत भन्ने प्रदेशको निवासी, वस्तु वा चलन । २. मैथिल ब्राह्मणको एक श्रेणी ।
तै— निपा॰ [त+ऐ] वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपात । (उदा॰— तै उसले ठूलो बिगार गरेन । तै तिमी आएको भए काम झन् सप्रने थियो । तै रिन तै रिन, बूढी बाख्री किन् ।)
तैकात— ना॰ [फा॰ तहकीकाते १. निधो; पक्कापक्की; निर्णय; तहकीकात । २. खोज; अन्वेषण ।
तैजस— वि॰ [सं॰] १. तेज भएको वा तेजयुक्त । २. उज्ज्वल चम्किलो; प्रकाशमान् । ३. फुर्तिलो; जोसिलो; साहसी; ओजस्वी; शक्तिशाली । ना॰ ४. चम्किलो पदार्थ । ५. घिउ । ६. पराक्रम ।
तैतिल— ना॰ [सं॰] १. ज्योतिषशास्त्रअनुसार एघार करणमध्ये एक । २. गैँडा । ३. देवता ।
तैतै— संयो॰ [तै (बि॰)] जे भयो ठिकै भयो; तापनि । (उदा॰— तैतै तिमी पनि साथै गएको भए कति राम्रो हुने थियो ; ॰ ।
तैत्तिरीय— ना॰ [सं॰] १. कृष्ण यजुर्वेदको एक शाखा । वि॰ २. तित्रोसम्बन्धी ।
तैनात/तैनाथ— ना॰ [अ॰ तअययुनाते १. नियुक्ति; खटन । २. अधिकार; हैकम; अख्तियार । — वाला— वि॰ तैनाथ गरिएको (व्यक्ति॰; अधिकारवाला ।
तैपनि— संयो॰ [सं॰ तथापुनि > तापुनि] तापनि; भए पनि; तथापि; र पनि ।
तैबिसेक— वि॰ [सं॰ तद्विशेषे १. केही सन्चो; अलिक उत्तम । क्रि॰ वि॰ २. राम्रो त के हुन्छ भने । (उदा॰— तैबिसेक तिमी नै मकहाँ आऊ ।) ।
तैमिर— ना॰ [सं॰] १. रातमा हुने आँखासम्बन्धी एक रोग; रतौँधो; रतन्धो । वि॰ २ तिमिरसम्बन्धी । > तैमिरिक— वि॰ राति आँखा नदेख्ने ।
तैयार— वि॰हे॰ तयार ।
तैरण— ना॰ [सं॰ उत्तरणे कुनै वस्तु पानीभित्र नडुबी बाहिरी सतहमा तहरिने काम ।
तैर्थिक— वि॰ [सं॰] १. पवित्र । २. तीर्थसम्बन्धी । ना॰ ३. तीर्थयात्रा गर्ने व्यक्ति । ४. तीर्थमा दान लिने व्यक्ति । ५. कुनै नयाँ धार्मिक वा दार्शनिक सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति; शास्त्रकार । ६. एक थरी सन्न्यासी ।
तैल— ना॰ [सं॰] तेल । — कार— ना॰ तेल पेल्ने र बेच्ने व्यक्ति । तेली । ~ चित्र— ना॰ १. तेल मिसाइएको रबका सहायताले तयार पारिने चित्र । २. तेलरबगबाट चित्र बनाउने कला । — द्रोणी— ना॰ प्राचीन कालमा मानिसको लासलाई सुरक्षित तुल्याइराख्न तेल राखिने ठूलो भाँडो । — धान्य— ना॰ तेलहन; तैलान्न । ~ यन्त्र— ना॰ तेल पेल्ने यन्त्र वा साधन; कोल; साल । ~ यान— ना॰ तेलबाट चल्ने गाडी -मोटर, मोटरसाइकल, हवाइजहाज इ॰) । — शाला— ना॰ तेल पेल्ने यन्त्र रहेको ठाउँ; साल । > तैलान्न— ना॰ खाने तेल आउने अन्न; तैलधान्य ।
तैलाभ्यङ्ग— ना॰ जीउमा तेल घस्ने काम; मालिस; तेलारी ।
तैलिक— ना॰ १. तेली; तेल पेल्ने मानिस; साल्मी । वि॰ २. तेलसम्बन्धी । तैलिनी— ना॰ तेलबाट बल्ने बत्ती वा दियो ।
तोक्–नु— स॰ क्रि॰ १. यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु । २. निर्णय गर्नु, पर्गेल्नु । ३. चिन्नुृ; पहिल्याउनु । ४. ठोकेर भन्नु; किटान गर्नु ।
तोक— ना॰ [अ॰ तौकीअ] १. चिठी, निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बद्ध मन्तव्य, निर्देशन वा निर्णय दिन लेख्ने छोटो बेहोरा; आदेश । २. निकासा । ~ आदेश— ना॰ पत्रमा उल्लेख भएअनुसार गर्नगराउन मुख्य हाकिमले तोक लेखेर दिने आदेश ।
तोकाइ— ना॰ [रू तोक् (+आइ॰] तोक्ने काम वा काइदा । [श्रे
तोकाइनु— क॰ क्रि॰ तोक्न लाइनु । तोकाउनु— प्रे॰ क्रि॰ तोक्न लाउनु । तोकाहा— वि॰ तोक्नेवाला; पोलाहा । तोकिनु— क॰ क्रि॰—तोक्ने काम गरिनुृ । तोकुवा— वि॰ १. किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको; ठोकेर भनिएको । २. तोक्ने; किटान गर्ने । ३. किटानी निर्णय वा सो निर्णयसम्बन्धी (लिखत॰ ।
तोक्मा— ना॰ [भो॰ ब॰] खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पीँधमा अवलम्ब स्वरूप अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा ।
तोटक— ना॰ [सं॰] १. प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द । २. गर्भ नाटकको तेस्रो सन्धिमा हुने तेह्र अङ्गमध्ये एक ।
तोड्–नु— सं॰ क्रि॰ [तोड्+नु] १. भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु । २. रद्दी गर्नु; छोड्नु; टुटाउनु । ३. कागत आदिमा तोड बनाउनु । ४. चिढ्याउनु । ५. मन दुखाउनु ।
तोड— ना॰ [तोड्+अ] १. कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब । २. मानसिक चोट; आघात । ३. कुराको वेग वा प्रभाव । ४. परस्परको स्पर्धा; प्रतिस्पर्धा; जोड । ५. फोर्ने वा बिगार्ने काम । — ताड— ना॰ बिगार्ने, फुटाउने र भत्काउने काम; भताभुङ्ग; बिगार । ~ फोड— ना॰ १. बिगार्ने र भत्काउने– जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य । २. कुनै पनि मामला वा समस्याको निर्क्यौल; छिनाफाना । ~ मरोड— ना॰ १. कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम । २. कागज, कपडा आदि कच्याककुचुक पार्ने काम; तोडमोड; तोडताड । ~ मोड— ना॰ तोडमरोड ।
तोडा— ना॰ १. राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री । २. रुपियाँपैसा राख्ने थैली । ३. मोफसलका अड्डाहरूले मुलुकीखाना चलान गरी पठाउने रुपियाँ ।
तोडाइ— ना॰ [रू तोड् (+आइ॰] तोड्ने काम वा काइदा । [ श्रे
तोडाइनु— क॰ क्रि॰ तोड्न लाइनु । तोडाउनु— प्रे॰ क्रि॰ तोड्न लाउनु । तोडिनु— अ॰ क्रि॰ भाँचिनु; छोडिनु ।
तोडिम— ना॰ [सं॰ तोडने कथ्य॰ तोडेम, तोड्याम । प्रेम, मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो; मनोमालिन्य; वैरभाव; तोयोमोयो; विबेष; द्रोह; शत्रुता ।
तोते— वि॰ [सं॰ त्रुटे १. उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको । २. उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने । ~ बोली— ना॰ अस्पष्ट वा त्रुटियुक्त वर्णोच्चारण (खास गरी बालकको॰ ।
तोप्–नु— स॰ क्रि॰ [सं॰ स्तूप+नु] १. धेरै हाल्नु वा खानु । २. पुरिने गरी हाल्नु; पुर्नु ।
तोप— ना॰ [तु॰] गुडाएर लान हुने, दुईपाङ्ग्रे गाडीमा जडिने र बीचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र । — खाना— ना॰ तोपलगायत अन्य सामरिक सामग्रीहरू रहने ठाउँ । ~ चरो— ना॰ रूखमा त्यान्द्रा बटुलेर बुनेजस्तै पारी नरिवलको रूखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने, हूल भएर बस्ने र घुम्ने, भँगेराजस्तै पहेँलो फुस्रो रबको चरो; बगेडी; दमाईचरो; सुजेरो । ~ तिघ्रे— वि॰ भुसतिघ्रे ।
तोपाइ— ना॰ [तोप् (+आइ] तोप्ने काम वा काइदा । [ > ] तोपाइनु— क॰ क्रि॰ तोप्न लगाइनु । तोपाउनु— प्रे॰ क्रि॰ तोप्न लाउनु ।
तोफु— ना॰ भटमासको दूधबाट विशेष विधिका साथ तयार पारिने स्वादिष्ट पनिर ।
तोबा— ना॰ [फा॰ तोवे अब यस्तो नगर्ने भनी कायल हुँदा भनिने शब्द; कायल; हैरानी । ~ तोबा— ना॰ १. हायलकायल । वि॰ बो॰ २. चेतबाबा काशी ।
तोमर— ना॰ [सं॰] १. भालाजस्तो एक प्राचीन अस्त्र । २. बाह्र मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द । ३. पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा ।
तोय— ना॰ [सं॰] १. पानी । २. पूर्वषाढा नक्षत्र । — निधि— ना॰ समुद्र; सागर ।
तोयोमोयो— ना॰ [सं॰ त्वया+मयो १. तेरोमेरोको विवाद; तोडिम । २. बन्डाफन्डा; बाँडफाँड । ३. छिनाफाना ।
तोरण/तोरन— ना॰ [सं॰] १. विवाह, उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल, रङ्गिन कपडा आदिबाट बनाइने शोभाबार; सिंहबार; प्रवेशबार; बहिर्बार । २. माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला । ३. स्नानागारका नजिकको चौतारो । ~ बार— ना॰ प्रवेशबार; मूल ढोका ।
तोरियाँ— ना॰ [सं॰ तुवरिको १. काँक्रो, फर्सी आदिझैँ वर्षायाममा लहरामा फल्ने, लामो आकारको हरियो तरकारी; घिरौँला । २. पाँच कुना परेका, खस्रा, हरिया पात हुने, डाँठयुक्त पहेँला रहरलाग्दा फूल फुल्ने र फूलका गर्भबाट लाम्चा, पोरैपोरा भएका चुच्चे फल फल्ने एक प्रसिद्ध तरकारी; रामतोरियाँ; भिन्डी ।
तोरी— ना॰ [सं॰ तुवरी] छोटाछोटा हरिया पात हुने, पहेँला फूल फुल्ने, लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलधान्यमा गनिने दाना । ~ गन्धे— ना॰ १. तोरीको जस्तै पहेँलो फूल फुल्ने झारसमूहमा पर्ने वनस्पति । वि॰ २. तोरीको जस्तो गन्ध आउने । ~ गाँड— ना॰ ठूलो गाँडमाथि देखा परेको सानो पिड्को गाँड । ~ गाँडे/गाँडो— ना॰ १. टाउकाको जुरोजति टलक्क टल्कने सेतो र अरू भाग खैरो हुने एक जातको चरो; तुलिगाँडो; तुलेगाँडो । वि॰ २. तोरीगाँड भएको; गँड्याहा । ~ चरो— ना॰ असौजे चरो । ~ झार— ना॰ पहेँलो र सेतो रबको फूल फुल्ने, तोरीजस्तै मसिना गेडा फल्ने एक जातको झार । ~ तेल— ना॰ खान र जीउमा लगाउन स्वास्थ्यप्रद विशुद्ध तोरीको तेल; कडुवा तेल । ~ लाहुरे— ना॰ १. केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति । २. जीउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे । ३. रद्दी; बिकामे; ल¶क; लम्फू ।
तोर्मा— ना॰ भात वा भुटेको गहुँको पीठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चीज । > तोर्मे— वि॰१. तोर्मा खाने । २. अनिकाले; दरिद्री । ३. पाखे; असभ्य ।
तोर्लाबे— वि॰ [अ॰ मू॰ तोर्लाङ्+ए] १. बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू । २. पातलो झोल भएको; निकै पन्यालो । ना॰ ३. हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे ।
तोला— ना॰ [सं॰ तौले सय वा छयान्नब्बे लालको परिमाण वा तौल (सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयान्नब्बे लालको गणना हुन्छ) । — को बोली— ना॰ कदर गर्नुपर्ने, महत्त्वको बोली वा वचन ।
तोष— ना॰ [ सं॰] १. सन्तोष, परितोष; तृप्ति । २. खुसी; प्रसन्नता । श्र तोषक— वि॰ सन्तुष्ट वा प्रसन्न तुल्याउने । तोषण— ना॰ तोष । तोषित— वि॰ सन्तुष्ट वा प्रसन्न पारिएको; तुष्ट ।
तोस१— ना॰ खेतबारीमा आउने पानी बढ्ता भएमा वा आउनै दिनु नपरेमा तर्काउनका लागि बनाइएको खाँद; भलेटो; कुलेसो ।
तोस२— ना॰ [तु॰ तोशे १. ओढ्ने–ओछ्याउने । २. ऊनी लुगा । श्र तोसक— ना॰ डसना; लम्पट; गद्दा । — दान— ना॰ १. बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो । २. सैनिकहरूले कारतुस हालेर बाँध्ने एक प्रकारको छालाको पेटी ।
तोसा— ना॰ सनपाटका विभिन्न जातमध्ये उन्नत जातको, पाँच महिनासम्म रहँदा दस फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट ।
तोसाखाना— ना॰ [ तु॰ तोशा+फा॰ खाने १. सरकारी जङ्गी पोसाक राख्ने भँडार, ठाउँ वा घर । २. राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा ।
तोस्रो— ना॰ १. दाम्लो, डोरी आदिको पयो बाट्ने बाँस, काठ आदिको दुईतिर चोके परेको एक उपकरण । २. लहरो, रूख वा बोट आदिबाट फल आदि टिप्न बनाइएको काठको लामो टाँगो ।
तौर— ना॰ [अ॰] किसिम; तवर; भाँती; ढङ्ग; तरिका; ढाँचा । ~ तरिका— ना॰ तौर; तवर ।
तौर्यत्रिक— ना॰ [सं॰] नाच, गान र बाजा— यी तीनको समूह; बागिना ।
तौल— ना॰ [सं॰] १. कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन । २. तराजु; तुलो । > तौलनु— स॰ क्रि॰ १. हत्केला, तराजु आदिले जोख्नु; तौल गर्नु । २. दाँज्नु; तुलना गर्नु; बराबरी गर्नु । ३. पहिचान्नु; थाहा पाउनु; चिन्नु । तौलाइ— ना॰ तौलने क्रिया वा प्रक्रिया । तौलाइनु— क॰ क्रि॰ तौलन लाइनु । तौलाइनु— प्रे॰ क्रि॰ तौल गराउनु । तौलिनु— स॰ क्रि॰ १. तौलनु । क॰ क्रि॰ २. तौल गरिनु ।
तौलिया— ना॰ [ अङ्॰ टवले मुख, आब आदि पुछ्न वा ओबानो पार्न प्रयोग गरिने, पानी सोस्ने एक प्रकारको भुवादार कपडा ।
तौली— ना॰ असार, साउनमा पाक्ने धानको एक प्रकार ।
त्यक्त— वि॰ [सं॰] त्यागिएको; छोडिएको; परित्यक्त; उत्सृष्ट । स्त्री॰ त्यक्ता । — प्राण— वि॰ ज्यान दिन तयार; कुनै पनि खतरा मोल्न तयार । > त्यक्तव्य— वि॰ त्याग्न लायक; छोड्न योग्य ।
त्यक्ताग्नि— ना॰ १. अग्निहोत्र गर्न छाडिदिने ब्राह्मण । वि॰ २. आगोमा पकाएको नखाने ।
त्यजन— ना॰ [सं॰] त्याग्ने काम; त्याग ।
त्यता— क्रि॰ वि॰ [सं॰तत्रे त्यहाँ; उता; त्यसतिर; त्यसपछि ।
त्यति— वि॰ [त्यो+जति] १. त्योजति; उति; त्यत्ति । २. निश्चित परिमाणको । क्रि॰ वि॰ ३. त्यति साह्रो; त्यतिका । — को— वि॰ १. त्योजति; उत्तिको । २. त्यति धेरै; ठूलो परिमाणको; त्यत्तिको । क्रि॰ वि॰ ३. त्यति धेर । > त्यतिन्जेल/त्यतिन्जेलि— क्रि॰ वि॰ त्यस बेलासम्म; त्यतिखेरसम्म ।
त्यत्ति— वि॰ [त्यो+जति] १. त्यति (जोड दिँदा रू) । — को— वि॰ त्यतिको ।
त्यत्रो— वि॰ [त्यो+जत्रो] १.कुनै निश्चित आकार वा परिमाणकोग्त्योजत्रो; उत्रो । २. त्यति धेर । क्रि॰ वि॰ ३. त्यति साह्रो; त्यतिको ।
त्यस— सर्व॰/वि॰ [प्रा॰ तस्म > सं॰ तस्ये 'त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा॰— त्यस केटालाई भन ।) ।
त्यसरी— क्रि॰ वि॰ [त्यसो+अरी] त्यसो गरेर; त्यस किसिम वा तरिकाले ।
त्यसै— क्रि॰ वि॰ [त्यसो+नै] १. त्यसो नै; उसै; त्यही तरिका वा किसिमअनुसार नै । २. विनाकारणले; विनाकाम वा उद्देश्यले । ३. मुफतमा; सित्तैँ; व्यर्थमा । ४. अव्यवस्थित; अलपत्र । (उदा॰— सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको ।) ।
त्यसो— वि॰ [त्यो+जस्तो] १. त्योजस्तो; उसो; त्यस किसिमको । क्रि॰ वि॰ २. त्यता; त्यतातिर ।
त्यस्तरी— क्रि॰ वि॰ [त्यो+जस्तरी] त्यसरी; त्यस तरिकाले; त्यति धेरै वा जोडले; त्यसो गरी ।
त्यस्तो— वि॰ [त्यो+जस्तो] त्योजस्तो; उस्तो; त्यस किसिमको; त्यति धेरै ।
त्यहाँ— क्रि॰ वि॰ [सं॰ तत्रे त्यता; त्यस स्थलमा ।
त्यहीँ— क्रि॰ वि॰ [त्यहाँ+नै] त्यहाँ वा त्यता नै; त्यसै ठाउँ वा स्थितिमा नै ।
त्यही— सर्व॰ [त्यो+नै] त्यो नै; उही नै; ऊ नै; सोही; निजै; त्यै ।
त्याग्–नु— स॰ क्रि॰ [सं॰ त्याग+नु] १. त्याग गर्नु; छोड्नु; नलिनु । २. मया मार्नु; छुट्टी दिनु । ३. हटाउनु; बार्नु; वर्जित गर्नु । ४. अर्पनु; चढाउनु ।
त्याग— ना॰ [सं॰] कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आ६नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम; वैराग्य; मोचन । ~ पत्र— ना॰ राजीनामा; इस्तिफा । — शील— वि॰ त्याग्न सक्ने; मुक्तहस्त; उदार; दानशील । श्र त्यागिनु— क॰ क्रि॰ त्याग्ने काम गरिनु; हटाइनु । त्यागी— वि॰१. सन्न्यासी; वैरागी; जोगी; भिक्षु । २. दाता; दानी; उदार; दानशील । ३. निस्पृह । त्याज्य— वि॰ त्याग्न योग्य; छोड्न लायक ।
त्यान्द्रातुन्द्री— ना॰ [त्यान्द्रो+त्यान्द्रो] १. मसिना र थोरै मात्र त्यान्द्राहरू; त्यान्द्राको एकत्रित अवस्था । २. त्यान्द्राहरूको सिलोबालो वा बटुलबाटुल ।
त्यान्द्रो— ना॰ [सं॰ तन्तुके कथ्य॰ त्यान्रो । कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो ।
त्यार्र— ना॰ [अ॰ मू॰ त्यार्+र] १. कागज, कपडा आदि च्यात्दा आउने आवाज । क्रि॰ वि॰ २. त्यसरी च्यातिने गरी; त्यार्र ।
त्यूरी/त्यूरे— ना॰हे॰ तिउरी/तिउरे ।
त्यै— सर्व॰ हे॰ त्यही ।
त्यो— सर्व॰ [सं॰त्यत्] १. पूर्वकथित व्यक्ति; जनावर वा वस्तु; ऊ; सो; निज । वि॰ २. अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई निर्दिष्ट गर्दा प्रयोग हुने शब्द । (उदा॰— त्यो मानिस हास्ँदै छ । त्यो बिरालो कहाँ गयो < त्यो काठ मेरो हो ।)
त्र— 'त' तथा 'र' को संयुक्त रूप ।
त्रय— वि॰ [सं॰] तीन -जस्तो — मुनित्रय, मित्रत्रय, रत्नत्रय, लोकत्रय इ॰ रू) । > त्रयी— ना॰ १. ऋक्, यजु र साम यी तीन वेदको समष्टि । २. तीनको समूह । ३. ब्रह्मा, विष्णु, महेश्वर । ४. पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी । ५. बुद्धि ।
त्रयोदश— ना॰ [सं॰] तेह्र । > त्रयोदशी— ना॰ कृष्ण वा शुक्लपक्षको तेह्रौँ तिथि । ~ भूमि— ना॰ १. बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता, विमला, प्रभाकरी आदि तेह्र प्रकारका ध्यानका अवस्था । २.चैत्य निर्माण गर्दा गर्भभन्दा माथि र शिरोभागभन्दा तल निर्मित गरिने काल्पनिक लोकको तह वा तेह्र तला ।
त्रसरेणु— ना॰ [सं॰] दैलो, झ्याल, पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धूलोको कण वा अणु ।
त्रस्त— वि॰ [सं॰] १. डराएको; भयभीत; आतङ्कित । २. कातर । ३. चञ्चल; फुर्तिलो ।
त्राटक— ना॰ [सं॰] योगका छ गुणमध्ये एक; दृष्टिशक्ति तीव्र पार्न कुनै निश्चित विन्दुमा दृष्टि केन्द्रित गर्ने यौगिक साधन ।
त्राण— ना॰ [सं॰] १. रक्षा; बचाउ; प्रतिरक्षा । २. शरण; सहारा; आश्रय । ३. छुटकारा; मुक्ति ।
त्राता— वि॰ [सं॰] त्राण गर्ने; बचाउने; रक्षा गर्ने; आश्रय दिने ।
त्रास— ना॰ [सं॰] १. डर; भय; अत्यास; झसक; तरास । २. धक; सङ्कोच । ३. झस्कँदा अस्थायी रूपले पैदा हुने भाव; व्यभिचारी भावको एक प्रकार ।
त्रासद/त्रासदी— ना॰ [सं॰] रूढ अर्थमा खास गरी कथानक ज्यादै गम्भीर हुँदै भाग्य, नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य हुने नाटकको भेद; दुःखान्त (ट्रेजेडी॰ । >
त्रासदीय— वि॰ त्रास दिने किसिमको; दुःखान्त वा त्रासदीसम्बन्धी ।
त्रासन— वि॰ [सं॰] १. डरलाग्दो; भयङ्कर । ना॰ २. तर्साउने काम; डर देखाउने काम ।
त्राहि— वि॰ बो. [सं॰] १. धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार । वि॰ २. ज्यादै डराएको; थरहरी; त्रस्त । ~ त्राहि— ना॰ ज्यादै ठूलो आपत्मा परी डराउँदाको भाव वा व्यञ्जना । — माम्— बि॰ बो॰ त्राहि ।
त्रिंश— वि॰ [सं॰] तीसौँ ।
त्रिंशत्— ना॰ [सं॰] तीस ।
त्रि— वि॰ [सं॰] तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने । जस्तै — त्रिकाल, त्रिपाद इ॰ ) । — क— ना॰ १. तीन संख्या वा वस्तुको समष्टि । २. मेरुदण्डको तल्लो भाग । वि॰ ३ तेहरो । ४. तीन प्रतिशत । — कटु— ना॰ सुठो, मरीच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि । — काठी— ना॰ मृतकका दस दिनसम्मको प्रेतक्रिया गर्दा, ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका सिटालाई धागाले बाँधी बनाइएको वस्तु; त्रिखुट्टी । — काल— ना॰ १. कालका तीन खण्ड (भूत, भविष्य र वर्तमान अथवा प्रातः, मध्याह्न र सायम्) । २. व्याकरणमा क्रियाका भूत, भविष्य र वर्तमान यी तीन काल । — कालज्ञ— वि॰ तीनै कालका कुरा जान्ने; सर्वज्ञ । —
कालदर्शी— वि॰ त्रिकालज्ञ । — कुटी— ना॰ हठयोगमा उल्लेख भएअनुसार इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल । — कूटी— ना॰ पूजाआजामा शङ्ख, अर्घौतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो; ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा; त्रिखुटी । — कोण— ना॰ १. ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र । २. जन्मकुण्डलीमा लग्नस्थानदेखि पाँचौँ र नवौ]ँ स्थान । वि॰ ३. तीनकुने; तीनचुच्चे । — कोणमिति— ना॰ त्रिकोणका भुजा, कोण वा युगल भुजाको मान निकाल्ने गणितको एक शाखा । — क्षार— ना॰ जवाखार, सज्जीखार र स्वाग तीन रासायनिक तत्त्वको समष्टि । — खण्ड पूर्वयुग— ना॰ त्रिखण्डारम्भ युगभन्दा पहिलेको, अजीवकल्पको समय; भूगर्भशास्त्रका अनुसार आजभन्दा साढे चार अरब वर्षपहिले प्रारम्भ भएको युग । — खण्डारम्भ युग— ना॰ भूगर्भशास्त्रअनुसार आजभन्दा सन्ताउन्न करोड वर्षपहिलेको, जीवकल्पको प्रारम्भ भएको युग; एककोशीय जीव सृष्टि तथा प्रथम, बितीय र तृतीय खण्ड प्रारम्भ भएको युग; पुराजीवक प्रारम्भ भएको युग । — खण्डी— ना॰ १. पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिबले पाउने व्यवस्था । २. सो व्यवस्थाअनुसार मोहीले पाएको भाग । — खुटी— ना॰ त्रिकुटी । — गण— ना॰ चार पुरुषार्थमध्ये धर्म, अर्थ र काम यी तीनको समुदाय । — गुण— वि॰ १. सत्त्व, रज तथा तम तीन गुणले युक्त । २. तेहरो; तिगुना; तेवर । ना॰ ३. सत्त्व, रज तथा तम— यी तीन गुणको समष्टि । — गुणातीत— वि॰ सत्त्व, रज तथा तम तीनै गुणले रहित भएको; निर्गुण । —
गुणित— वि॰ तीनको सङ्ख्याले गुणन गरिएको; तिगुना पारिएको ।
त्रिगूढ— ना॰ [सं॰] नाटकको सौन्दर्य बढाउनाका निम्ति स्त्रीको वेष गरेका पुरुषहरूले गरिने मधुर नृत्य (लास्याङ्गको एक भेद॰ ।
त्रिचापलस— ना॰ [सं॰ त्रिचत्वारिंशत्] १. चालीस र तीनको योगसङ्ख्या; ४३ को अङ्क । वि॰ २.चालीस र तीनका योगसङ्ख्याको । > त्रिचालिसौँ— वि॰ त्रिचालीस सङ्ख्यामा पर्ने ।
त्रिचालीस— ना॰ हे॰ त्रिचालिस । > त्रिचालीसौँ— वि॰ हे॰ त्रिचालिसौँ ।
त्रिजगत्— ना॰ [सं॰] वास्तु तथा मूर्तिकलामा प्रचलित, चालीस अमलबराबरको नापो; आयुध वा दिशाको चार गुणाबराबरको नापो ।
त्रिज्या— ना॰ [सं॰] रेखागणितमा वृत्तको परिधिबाट केन्द्रसम्म खिचेको सरल रेखा; व्यासार्ध ।
त्रिताल— ना॰ [सं॰] गायनको एक ताल । > त्रिताले— वि॰ १. एकदम बाठो; चुपिचन्डाल । २. धूर्त । ३. अनेक ताल जान्ने (आइमाई॰; बिछट्टकी ।
त्रिदण्ड— ना॰ [सं॰] १. सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड । २. मन, वचन र कर्मको संयम । >
त्रिदण्डी— ना॰ १. मन, वचन र कर्मलाई वशमा राख्ने व्यक्ति; त्रिदण्ड लिएको सन्न्यासी । २. जनै ।
त्रिदश— ना॰ [सं॰] देवता । > त्रिदशालय— ना॰ १. सुमेरु पर्वत । २. स्वर्ग ।
त्रिदेव— ना॰ [सं॰] ब्रह्मा, विष्णु र महेश्वर यी तीन देवता ।
त्रिदोष— ना॰ [सं॰] शरीरमा हुने बात, पित्त र कफ यी तीन दोष; पित्त र कफको प्रकोपबाट हुने रोग; सन्निपात ।
त्रिधा— क्रि॰ वि॰ [सं॰] तीन प्रकारले; तीन किसिमसँग ।
त्रिधार— ना॰ [सं॰] तीनपाटे डाँठ भई त्यसका टुप्पामा सेता फूल फुल्ने एक प्रकारको सिउँडी ।
त्रिनगर— ना॰ [सं॰] १. नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार । २. तीन शहर ।
त्रिनीलमानव— ना॰ [सं॰] १. नृतत्त्व विज्ञानअनुसार बितीय हिमयुगका बीच समयमा जाभाको त्रिनील नामक ठाउँमा थियो भन्ने प्रमाणित गरिएको मानव; पुरातत्त्वविद् तथा नृतत्त्वविद्हरूले अस्थिका अवशेषका रूपमा प्राप्त गरेको नरवानरको अस्तित्व ।
त्रिनेत्र— ना॰ [ सं॰] शिव; त्रिलोचन ।
त्रिपट— ना॰ [सं॰] १. हावा, घाम, पानी आदिका कारणले काठ– पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया । २. साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट ।
त्रिपथ— ना॰ [सं॰] १. ज्ञान, कर्म र उपासना— यी तीन मार्ग । २. आकाश, पृथ्वी र पाताल— यी तीन स्थान । ३. तीन दोबाटो । —
गा— ना॰ गङ्गा; भागीरथी ।
त्रिपद— ना॰ [सं॰] १. त्रिपाई । २. तीन पदको समष्टि । ३. विष्णुको वामन अवतार । वि॰ ४. तीन खुट्टा भएको; तीनखुट्टे । श्र त्रिपदा— ना॰ गायत्री ।
त्रिपन्न— ना॰ [सं॰ त्रिपञ्चाशत्] १. पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क । वि॰ २. पचास र तीनको योगसङ्ख्याको । >
त्रिपन्नौँ— वि॰ गणना गर्दा त्रिपन्नको क्रममा परेको ।
त्रिपाई— ना॰ [सं॰ त्रिपादे तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल ।
त्रिपासा— ना॰ [सं॰ त्रि+पासो चारपाटे हस्तिहाडका गोटी लडाएर खेलिने एक खेल ।
त्रिपिटक— ना॰ [सं॰] विनय, अभिधम्म र सुत्त तीन पिटकमा विभाजित बौद्ध धर्मग्रन्थको नाम ।
त्रिपुण्ड्र— ना॰ [सं॰] शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक ।
त्रिपुर— ना॰ [सं॰] १. तीन नगरको समूह । २. पौराणिक कथाअनुसार पृथ्वी र पातालमा मय भन्ने राक्षसले बनाएको सुन, चाँदी र फलामका तीन नगर । ~ सुन्दरी— ना॰ दुर्गा देवी । > त्रिपुरारि— ना॰ महादेव ।
त्रिपुरुष— ना॰ [सं॰] तीन पुस्ताका व्यक्ति अर्थात् बाबु, बाजे र बूढा बाजे ।
त्रिफला— ना॰ [सं॰] आयुर्वेदका अनुसार हर्रो, बर्रो र अमला— यी तीन फलहरूको समष्टि ।
त्रिबली— ना॰ [सं॰] स्त्रीजातिको नाभिभन्दा केही माथि पेटमा पर्ने सौन्दर्यसूचक तीन रेखा ।
त्रिभङ्गी— ना॰ [सं॰] बत्तीस मात्रा भएको, दस, आठ, आठ र छ मात्रामा यति हुने, जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द । (उदा॰— काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको ।)
त्रिभुज— ना॰ [सं॰] तीन सरल रेखा आपसमा मिली बनेको कोण; त्रिकोण ।
त्रिभुवन— ना॰ [सं॰] १. स्वर्ग, मर्त्य र पाताल— यी तीन लोकको समुदाय; त्रिलोक । २. नेपालको शाह वंशका आठौँ राजा; त्रिभुवनवीरविक्रम शाहदेव (वि॰सं॰ १९६३—२०११० । ~ जयन्ती— ना॰ फागुन ७ गतेका दिन मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस । ~ पुरस्कार— ना॰ साहित्य, कला आदिका क्षेत्रमा विशेष योगदान दिने लेखक, कलाकार आदिलाई प्रदान गर्ने उद्देश्यले २०१६ सालमा स्थापित एक पुरस्कार । — प्रजातन्त्र– श्रीपद— ना॰ राजपरिवार तथा राष्ट्रिय महत्त्वका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०१३ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पुरस्कार । — प्रज्ञा–पुरस्कार— ना॰ भाषा, साहित्य, संस्कृति, कला र ज्ञानविज्ञानका क्षेत्रमा प्रदान गर्ने उद्देश्यले २०३१ सालमा स्थापित एक पुरस्कार । — राजपथ— ना॰ थानकोटदेखि भैँसेसम्मको १९॰ कि॰ मि॰ लामो राजमार्ग; बाइरोड । ~ विश्वविद्यालय— ना॰ काठमाडाँैमा वि॰सं॰ २०१२ मा सङ्गठित तथा वि॰सं॰ २०१६ मा स्थापित नेपालको पहिलो र ठूलो विश्वविद्यालय ।
त्रिमधु— ना॰ [सं॰] घिउ, चिनी र महको समष्टि ।
त्रिमात्रिक— वि॰ [सं॰] तीन मात्रा भएको (पद आदि॰; प्लुत (ध्वनि॰ ।
त्रिमूर्ति— ना॰ [ सं॰] १. हिन्दूहरूका तीन देव ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त रूप । २. सूर्य ।
त्रियान— ना॰ [सं॰] बौद्धधर्मका तीन यान— महायान, हीनयान र बज्रयानको सामूहिक नाम ।
त्रियानब्बे— ना॰ [सं॰ त्रिनवति] १. नब्बे र तीनको योगसङ्ख्या; (३ को अङ्क । वि॰ २. नब्बे र तीनका योगसङ्ख्याको । >
त्रियानब्बेऔँ/त्रियानब्बेयौँ— वि॰ गणनाका क्रमले त्रियानब्बेको सङ्ख्यामा परेको ।
त्रियासिऔँ/त्रियासियौँ— वि॰ [त्रियासी + औँ/यौँ] त्रियासी सङ्ख्यामा परेको; त्रियासी सङ्ख्याको ।
त्रियासी— ना॰ [सं॰ यभयशीति] १. असी र तीनको योगसङ्ख्या; ८३ को अङ्क । वि॰ २. असी र तीनका योगफलको । — त्रियासीऔँ/
त्रियासीयौँ— वि॰ हे॰ त्रियासिऔँ ।
त्रियुग— ना॰ [सं॰] १. तीन युग (सत्य, त्रेता र बापर) । २. वसन्त, वर्षा र शरद्— यी तीन ऋतुको समष्टि । ३. तीन पुस्ताको समष्टि । > त्रियुगा— ना॰ सगरमाथा अञ्चलको उदयपुर जिल्लामा पर्ने एक प्रसिद्ध नदी; तिर्जुगा ।
त्रिरत्न— ना॰ [सं॰] १. बुद्ध, धर्म र सङ्घ— यी तीनको सामूहिक नाम । २. ब्रह्मा, विष्णु र महेश्वर । ३. सुन, चाँदी र तामा; त्रिलोह ।
त्रिलघु— ना॰ [सं॰] छन्दशास्त्रका अनुसार वर्णयोजनामा तीन लघु भएको एक गण; नगण ।
त्रिलवण— ना॰ [सं॰] सिँधे, साबरी र बिरे नुनको समष्टि ।
त्रिलोक— ना॰ [सं॰] तीन लोक वा भुवन (स्वर्ग, मर्त्य र पाताल) । — नाथ— ना॰ तीनै लोकका स्वामी (इन्द्र र शिव॰ । > त्रिलोकेश— ना॰ सूर्य ।
त्रिलोचन— ना॰ [सं॰] १. शिव । वि॰ २. तीनआँखे ।
त्रिलोह— ना॰ [सं॰] सुन, चाँदी र तामा— तीन थरी धातुको समष्टि; त्रिरत्न ।
त्रिवर्ग— ना॰ [सं॰] १. धर्म, अर्थ र काम — यी तीन पुरुषार्थ । २. हानि, स्थिरता र वृद्धि — यी तीन स्थिति ।
त्रिवर्षीय— वि॰ [सं॰] तीनवर्षे; तीन वर्षको; तीनतीन वर्षमा हुने; त्रिवार्षिक ।
त्रिवार्षिक— वि॰ [सं॰] त्रिवर्षीय ।
त्रिविध— वि॰ [सं॰] १. तीन प्रकारका । क्रि॰ वि॰ २. तीन प्रकारले; तिगुना; तेहरो ।
त्रिविभोक्ष— ना॰ [सं॰] फोटोग्राफका त्रिआयामिक प्रभाव देखाउने एक उपकरण ।
त्रिवेणी— ना॰ [सं॰] १. तीन नदीको सङ्गमस्थल । २. प्रयागको गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थल । ३. उदयपुर गढी, नवलपरासी, सुनसरी आदि जिल्लाका ठाउँविशेषको नाम जहाँ तीन नदीका सङ्गमस्थल छन् । ४. हठयोगमा प्रयोग हुने, इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; त्रिकुटी; चन्द्रमण्डल ।
त्रिशक्ति— ना॰ [सं॰] १. इच्छा, ज्ञान र क्रिया — यी तीन ईश्वरीय शक्ति । २. तन्त्रका अनुसार काली, तारा र त्रिपुरा — यी तीन देवीको समष्टि । ३. गायत्री । — पट्ट— ना॰ राजपरिवारलाई, नेपालप्रति सद्भाव राख्ने विदेशी नागरिकलाई तथा राष्ट्रिय महत्त्वका नेपालीहरू प्रदान गर्ने उद्देश्यले १९(४ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पदक ।
त्रिशूल— ना॰ [सं॰] शिवजीको प्रधान शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्सुल । > त्रिशूली— ना॰ १ शिव । २. साँढे । ३. गोसाइँकुण्डबाट उद्गमित भई नेपालको मध्य भागमा बग्ने एक नदीको नाम ।
त्रिष्टुप्— ना॰ [सं॰] छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्त ।
त्रिसट्ठिऔँ/त्रिसट्ठियौँ— वि॰ [सं॰ त्रिसट्ठी +औँ/यौँ] गणनाका क्रमले त्रिसट्ठी सङ्ख्यामा परेको; त्रिसट्ठी सङ्ख्याको ।
त्रिस¶ी— ना॰ [सं॰ त्रिषष्टि] १. साठी र तीन जोड्दा हुने योगफल; ६३ को अङ्क । वि॰ २. साठी र तीनका योगसङ्ख्याको । श्र त्रिसट्ठीऔँ/त्रिसट्ठीयौँ— वि॰ हे॰ त्रिसट्ठिऔँ ।
त्रिसन्धि— ना॰ [सं॰] जवाकुसुमका छाँटको एक थरी फूलविशेष ।
त्रिसन्ध्या— ना॰ [सं॰] प्रातः, मध्याह्न र सायम् गरी दिनका तीन काल ।
त्रिसाला— ना॰ [सं॰ त्रि+फा॰ साले तीन वर्षको म्याद राखेर गरिएको कारोबार ।
त्रिस्थली— ना॰ [सं॰] काशी, प्रयाग र गया — यी तीन प्रसिद्ध तीर्थस्थान ।
त्रिस्वर— ना॰ [सं॰] ध्वनिविज्ञानका अनुसार उकालोलाई ओरालाले पछ्याएको स्वरश्रुति; त्रिस्वरीभूत बिस्वर ।
त्रिहत्तर— ना॰ [सं॰ त्रिसप्तति] १. सत्तरी र तीनका सङ्ख्याको योगफल; ७३ को अङ्क । वि॰ २. सत्तरी र तीनका योगसङ्ख्याको । श्र त्रिहत्तरौँ— वि॰ गणना गर्दा त्रिहत्तरको क्रममा परेको ।
त्रिहत्ती— वि॰ [सं॰ त्रि+हस्त+ई] १. तीन हातको गज वा चौडाइ भएको । २. त्यस नापको कपडा ।
त्रुटि— ना॰ [सं॰] १. गल्ती; भूलचूक । २. कमी । > त्रुटित— वि॰ १. काटिएको; भाँचिएको; फुटेको; चुँडिएको । २. भूल भएको; गल्ती भएको ।
त्रेता— ना॰ [सं॰] पुराणादिअनुसार चार युगमध्येको दोस्रो युग । ~ युग— ना॰ सत्य, त्रेता, बापर र कलि चार युगमध्ये दोस्रो युग । > त्रेताग्नि— ना॰ धर्मशास्त्रका अनुसार दक्षिण, गार्हपत्य र त्रिशूल—त्वार्र । । आहवनीय — यी तीन अग्निको समष्टि ।
त्रैकालिक— वि॰ [सं॰] भूत, भविष्य र वर्तमान— यी तीन कालसँग सम्बद्ध ।
त्रैमासिक— वि॰ [सं॰] तीनमहिने; तीन महिनाको; प्रत्येक तीनतीन महिनामा आउने वा हुने (पत्रिका, बजेट॰ आदि ।
त्रैराशिक— वि॰ [सं॰] गणितमा तीन ज्ञात राशिका सहायताले चौथौ राशिको पत्तो लगाउने एक प्रक्रिया ।
त्रैलोक्य— ना॰ [सं॰] तीन लोक अर्थात् स्वर्ग, मर्त्य र पातालको समष्टि; त्रिलोक ।
त्रोटक— ना॰ [सं॰] १. देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने, प्रधान रस शृङ्गार र अङ्कहरू पाँच, सात, आठ वा नौमध्ये कुनै पनि हुन सक्ने एक रूपक (उदा॰— विक्रमोर्वशी) । २. गर्भनामक नाटकसन्धिको एक अङ्ग ।
यभयभयभयभयभयम्बक— ना॰ [सं॰] तीन नेत्र भएका देवता; शिव ।
त्व— प्रत्य॰ [सं॰] शब्दका पछाडि जोडिएर भाव, गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय -जस्तो– पुरुषत्व, स्वामित्व, पशुत्व इ॰ रू) ।
त्वचा— ना॰ [सं॰] चर्म; छाला ।
त्वम्— सर्व॰ [सं॰] तिमी ।
त्वरा— ना॰ [सं॰] शीघ्रता; क्षिप्रता; वेग ।
त्वरित्— वि॰ [सं॰] शीघ्रगामी; छिटो हिँड्ने; वेगवान्; फुर्तिलो । ~ भूक्षय— ना॰ प्राकृतिक वा अन्य कृत्रिम कारणबाट छिटोछिटो हुने भूक्षय ।
त्वष्टा— ना॰ [सं॰] १. देवताका कर्मी; विश्वकर्मा । २. अष्टप्रजापतिमध्ये एक ।
त्वारत्वार— क्रि॰ वि॰ [अ॰ मू॰ त्वार्+अ (बि॰)] पानीको मसिनो धारो बग्दाको आवाज आउने गरी । > त्वारत्वारती/त्वारत्वारी— क्रि॰ वि॰ अझ बढी त्वारत्वार भएर ।
त्वार्र— ना॰ [अ॰ मू॰ त्वार्+र] १. पानी, पिसाब, रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द । क्रि॰ वि॰ २. त्यसरी धारो खस्ने गरी वा खसालेर ।