नेपाली शब्दसमूह २३ जि

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मुखपृष्ठ

जिउँ— वि॰ [सं॰ ८यतिम् (यति॰] १. जस्तो । २. जतिको । ३. जत्रो; जइँू । — का तिउँ— वि॰ १. जस्तो थियो उस्तै; जस्ताको तस्तो । २. अर्को जत्तिको छ उत्तिकै; बराबरको । ३. पहिले जति थियो उत्तिकै; जत्तिका तत्ति; यथावत् । क्रि॰ वि॰ ४. यथावत् रहने गरी; यथावत् स्थितिमा । — तिउँ— क्रि॰ वि॰ जिनतिन; जसोतसो गरेर; जेनतेन; जसरीतसरी ।

जिउँदो— वि॰ [सं॰ जीवन्ते नमरेको; जीवित; प्राणवान् । —

पन/पना— ना॰ व्यक्तिको फुर्ती, तेज वा आँट; प्राणमयता ।

जिउ–नु— अ॰ क्रि॰ [सं॰ जीवने १. बाँच्नु; जीवित रहनु । २. गुजारा गर्नु; जीवननिर्वाह गर्नु । (उदा॰— कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्॰ ।

जिउ१— ना॰ [सं॰ जीवे १. शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव; हर; देह; शरीर । २. आदरणीय व्यक्ति । ३. ढोग; ठूलीठूली (बालबोलीमा) । ४. आदर; सम्मान । वि॰ बो॰ ५. प्रायः समस्तरीय व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द; हजुर; ज्यू । ~ छाडा— वि॰ १. सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने; आ६नो दुःख बढाईचढाई भन्ने; आफूलाई भएको दुःखभन्दा बढी दुःख देखाउने; हत्तेहाला । २. जीउको माया नभएको । ना॰ ३. त्यस्ता स्वभावको व्यक्ति । ~ जमानी— ना॰ कसैको जमानतका रूपमा राखिएको मानिस; जिम्माजमानी । ~ जीउ— ना॰ १. चाहिँदोभन्दा ठूलो सम्मान । वि॰ बो॰ २. जीउभन्दा पनि ठूलो सम्मानसूचक वचन; हजुरहजुर । ~ जुको— ना॰ प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको । (यो मथ्यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ) । ~ डाल— ना॰ शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जीउको डौल ।

जिउ२— वि॰ बो॰ [सं॰ जीवे १. शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द; ज्यू; हजुर । २. ढोग (बालबोलीमा॰ ।

जिउता— ना॰ [सं॰ जीवन्ती] जिन्दगी; जनम; जिउतो (जस्तो— जिउताभर॰ ।

जिउती— ना॰ [सं॰ जीवन्ती] विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र । ~ कोठा/कोठो— ना॰ १. विवाहमा दुलाहादुलहीले प्रथम रात चुलेवास बस्ने कोठो । २. प्रथम मधुरात्रिको लागि तयार पारिएको वा रोजिएको कोठो ।

जिउतो— ना॰हे॰ जिउता ।

जिउधन— ना॰ [सं॰ जीव+धन] आ६नो जीवन र भएभरको श्रीसम्पत्ति; जीवनधन; सर्वस्व ।

जिउनार— ना॰ [सं॰ जेमनकारे १. खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम । २. खाने क्रिया वा कामका लागि अभिजातवर्गमा प्रयोग गरिने शब्द; ज्युनार ।

जिउनी— ना॰ [सं॰ जीवन+ई] १. सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आ६ना लागि छुट्ट्याएको भाग; जीउनी । २. अंशको सट्टा जीवननिर्वाहका लागि अंशभन्दा केही घटी वा बढी गरी दिइएको सम्पत्ति ।

जिउपाला— वि॰ [जीउ+पालो १. जहानबच्चाको वास्ता नगरी आ६नो मात्र पेट पालेर हिँड्ने; परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आ६नो मात्र पेट भर्ने । ना॰ २. त्यस्तो व्यक्ति ।

जिउपालो— ना॰ [जीउ+पालो] जीउ पाल्ने काम; खाइजीविका; पेटपालो; जीविका ।

जिउमारा— वि॰ [जीउ+मारो १. खानपान तथा स्वास्थ्यको वास्ता नगरी आ६नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जीउलाई साह्रै दुःख दिने; आत्मघाती । २. अर्काको हत्या गर्ने; हत्यारा; ज्यानमारा । ना॰ ३. त्यस्तो स्वभावको व्यक्ति ।

जिउलो— ना॰ धानको खेती हुने ठाउँ; धानको खेती हुने फाँट; धानखेत; धनहर जग्गा ।

जिउसाँचा— वि॰ [जीउ+साँचो शरीरलाई परिश्रम पर्ला वा शरीर कमजोर होला भनेर सक्तो काम पनि नगर्ने; कामचोर ।

जिकिर/जिक्री— ना॰ [अ॰ जिक्रे १. कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ । २. कुनै कुराको प्रसङ्ग; चर्चा ।

जिगमिषा— ना॰ [सं॰] जाने इच्छा; कुनै ठाउँमा पुग्ने चाहना ।

जिगीषा— ना॰ [सं॰] जित्ने इच्छा; विजयको अभिलाषा । > जिगीषु— वि॰ जित्न चाहने; विजयको अभिलाषा गर्ने ।

जिङ्ग्रि–नु— अ॰ क्रि॰ [अ॰ मू॰ जिङ्ग्र+इ+नु] कोरीबाटी नगर्नाले जावत कपाल नराम्रो देखिने गरी खजमजिनु । २. मलजल नपाएको बिरुवा छिप्पिएर रूखो वा जर्रो हुनु । ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु; जिङ्ग्रिङ्ब पर्नु ।

जिङ्ग्रिङ्ग/जिङ्ब्रिङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ जिङ्ग्रिङ्+ग/ब] १. कोरीबाटी नगर्नाले खजमजिएको कपाल नराम्रो देखिएझैँ । २. मलजल नपाएको बिरुवा छिप्पिएर रूखो, जर्रो भएजस्तै गरी । ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहेझैँ भईकन ।

जिजा— ना॰ [जिजु] १. बाबु; पिता । २. पूर्वज ।

जिजीविषा— ना॰ [सं॰] बाँच्ने इच्छा; बाँचिरहने चाहना ।

जिजु— ना॰ [जिउ+जिउ] हे॰ जिज्यू । ~ आमा— ना॰ जिज्यूआमा । ~ बजै— ना॰ जिज्यूबज्यै । ~ बराजु— ना॰ जिज्यूबराज्यू । ~ बाजे— ना॰ जिज्यूबाजे । ~ बुबा— ना॰ जिज्यूबुबा । ~ मुमा— ना॰ जिज्यूमुमा ।

जिजे/जिजै— ना॰ [जीउ+जीउ+ई] दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी ।

जिज्ञासा— ना॰ [सं॰] कुनै कुरा जान्ने इच्छा; थाहा पाउने अभिलाषा । श्र जिज्ञासित— वि॰ जान्न खोजिएको; जिज्ञासा राखिएको

जिज्ञासु— वि॰ जान्न चाहने; जिज्ञासा राख्ने; ज्ञानको भोको ।

जिज्यू— ना॰ [जिउ+जिउ] १. बाजेका बाबु; कुप्री हजुरबा । २. पुर्खा । ३. जीउ अर्थात् राजाका पनि जीउ; बडामहाराज । ४. एक सम्मान (ज्यू॰ ले नपुगेर दोहोरो सम्मान (ज्यूज्यू॰ गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्माननीय व्यक्ति । ५. स्वीकृतिसूचक टाउको हल्लाइ । ~ आमा— ना॰ बाजेकी आमा । ~ बज्यै— ना॰ १. जिज्यूकी पत्नी । २. पूर्वज नारी । ~ बराज्यू— ना॰ १. जिज्यूहरू; बराज्यूहरूग् बाजेबराज्यू । २. पूर्वज । —

बाजे— ना॰ १. जिज्यू । २. पूर्वज । ~ बुबा— ना॰ १. जिज्यू । २. जिज्यूका पनि बुबा । ३. पूर्वज । ~ मुमा— ना॰ १. जिज्यूकी पत्नी । २. जिज्यूकी पनि माता । ३. पूर्वज नारी ।

जित्— प्रत्य॰ [सं॰] नामबोधक शब्दका पछाडि जोडिई जित्ने अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (इन्द्रजित्, मारजित् इ॰) ।

जित्–नु— स॰ क्रि॰ [सं॰ जित+नु] वशमा पार्नु; अधीनमा पार्नु; विजय हासिल गर्नु ।

जित— वि॰ [सं॰ जिते १. वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित (उदा॰— जितप्रदेश) । २. वशमा पारेको (उदा॰— जितलोभ, जितमोह॰ । ना॰ ३. जित्ने काम; विजय; जीत; जितबाजी (उदा॰— यो जित जनताको जित हो) । — क्रोध— वि॰ क्रोधलाई जितेको; क्रोधलाई वशमा पारेको; रिस खप्न सक्ने; रिस नभएको । — गढी— ना॰ पाल्पा जिल्लामा पर्ने एक प्रसिद्ध ठाउँ । — बाजी— ना॰ जित; विजय ।

जिताइ— ना॰ [रू जित् (+आइ॰] जित्ने क्रिया वा प्रक्रिया । [ > ]

जिताइनु— क॰ क्रि॰ जित्ने पारिनु; विजय गराइनु । जिताइलो— वि॰ जितिएलाजस्तो । जिताउनु— प्रे॰ क्रि॰ जित्न लाउनु; जित्ने बनाउनु; विजय हासिल गराउनु । जिताउरी— ना॰ १. जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेबारा बाँडिने रुपियाँपैसा । २. मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर ।

जितात्मा— वि॰ [सं॰] मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आ६ना वशमा लिएको; जितेन्द्रिय ।

जितापत्र— ना॰ [जित+पत्र] मुद्दा जित्नेलाई जितेको प्रमाणस्वरूप अदालतका तर्फबाट दिइने फैसलाको नकल ।

जितार— वि॰ [सं॰ जित+आर] जुन कुरा पनि जित्न खोज्ने; अरूलाई नटेर्ने; जिताहा ।

जितारि— वि॰ [सं॰ जित+अरि] १. शत्रुलाई जितेको । २. काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता छवटा शत्रुलाई वशमा राखेको । ~ मल्ल— ना॰ मध्यकालीन नेपालको सिञ्जासाम्राज्यका अत्यन्त प्रभावशाली राजा; अशोकमल्लका पुत्र ।

जितिनु— क॰ क्रि॰ [जित्+इ+नु] अधीनमा पारिनु; जितिएको हुनु ।

जितिया— ना॰ [था॰] दसैँको आसपासमा थारूजातिका नवयुवती र अधबैँसे स्त्रीहरूले माइतमा गएर घिरौँलाको पातमा घिरौँलाकै फूल राखेर गर्ने 'जित महान्'को पूजा । ~ पावनी/पौनी— ना॰ जितिया चाड ।

जितुवा— वि॰ [जित्+उवो जित्ने; विजयी ।

जितेन्द्रिय— वि॰ [सं॰] इन्द्रियलाई जितेको; इन्द्रियलाई आ६ना वशमा राखेको ।

जितौरी— ना॰ [जित्+औरी] हे॰ जिताउरी ।

जिद— ना॰ [अ॰ जिद्दी] हे॰ जिद्दी । (उदा— राम्लाई वनवास् भरत्कन रजैँ देऊ भनी जिद् गरी । — भानुभक्तको रामायण॰ ।

जिद्दी— ना॰ [अ॰] १. आफूले भने चाहेजस्तो गराउन गरिने दुराग्रह; हठ; ढिपी । वि॰ २. हठी; ढिपीवाल । — वाल— वि॰ आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने; दुराग्रही; हठी; ढिपीवाल; जिद्दी ।

जिन१— ना॰ [सं॰] १. बुद्ध । २. जैन धर्मका तीर्थङ्कर । ३. परमात्मा; विष्णु ।

जिन२— ना॰ [अ॰ जीन्हे इस्लाम विश्वासअनुसार साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवकझैँ भई उपकार गर्ने अपार्थिव आत्मा ।

जिन३— वि॰ [फा॰] १. मोटो र बलियो एक प्रकारको सूती कपडा । २. सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन । — काठी— ना॰ घोडाको पिठिउँमा ओछ्याइने जीन र त्यसमाथि राखिने काठी । — पोस— ना॰ घोडाको काठीमनि बिछ्याइने बाक्लो ऊनी कपडा ।

जिनतिन— क्रि॰ वि॰ [सं॰ येनतेने १. जेनतेन; जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने । वि॰ २. साधारण; मामुली; जस्तोतस्तो । (उदा॰— जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन॰ ।

जिनिस— ना॰ [अ॰ जिन्से मालताल; मालसामान; नगददेखि बाहेक अरू सरसामान; जिन्सी ।

जिन्डाजिन्डी— ना॰ [जिन्डा+जिन्डी] १. नबढेका ससाना केटाकेटी; नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी । २. लालाबाला; भन्ट्याबभुन्टुब; केटाकेटी; चिन्डाचिन्डी ।

जिन्डो— वि॰ १. नबढेको; नसप्रेको; ग्याँचे । ना॰ २. बालककालको केटो; सानो बालक ।

जिन्दगानी— ना॰ [फा॰] जिन्दगी; जीवन ।

जिन्दगी— ना॰ [फा॰] १. जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी । २. जन्मेर नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली; बचाइ; प्राणयापन । ३. प्राणीको प्राण रहेसम्मको शरीर; चोला ।

जिन्दाबाद— वि॰ बो॰ [फा॰ जिन्द+अ॰ आबादे १. बाँचिरहोस् वा बाँचिरहून्, अमर रहोस् वा अमर रहून्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारून् भन्ने आशयको नारा । २. कुनै व्यक्ति, संस्था वा प्रथा आदि धेरै कालसम्म बाँचोस् वा टिकोस् भनी नारा लगाउँदा प्रयोग गरिने शब्द; जय; जयजय ।

जिन्सी— ना॰ [अ॰ जिन्से १. नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस । वि॰ २. जिनिससँग सम्बन्धित; जिनिसका रूपमा भएको (धनमाल आदि) । ~ किताब— ना॰ जिन्सी मालसामानको नाम र आम्दानीखर्च लेखिने खाता वा बही । ~ खाता— ना॰ जिन्सी किताब । ~ खाना— ना॰ नगदबाहेक अरू जिन्सी राख्ने घर; जिन्सी मालसामान राख्ने घर वा गोदाम । ~ बही— ना॰ जिन्सी खाता; जिन्सी किताब । ~ लगानी— ना॰ साँवाब्याजका रूपमा जिन्सी वस्तु नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन ।

जिप— ना॰ [अङ्॰] बसभन्दा सानो, सामान्य कारट्याक्सीभन्दा ठूलो, खुला वा मोटो कपडाको छानु लगाइएको, खराब बाटोमा पनि जान सक्ने, विशेष शक्ति भएको, मान्छे र मालसामान ल्याउनसमेत प्रयोग गरिने, हलुका र बलियो किसिमको मोटर ।

जिप्टनु— अ॰ क्रि॰ [जिप्टो+नु] कसैबाट ठगिनु; जिप्टो हुनु; जिप्टिनु । श्र जिप्टाइ— ना॰ जिप्टने क्रिया वा प्रक्रिया । जिप्टाइनु— क॰ क्रि॰ जिप्टाइमा पारिनु । जिप्टाउनु— प्रे॰ क्रि॰ जिप्टन लाउनु; जिप्टने पार्नु । जिप्टिनु— अ॰ क्रि॰ जिप्टनु; जिप्टने होइनु ।

जिप्टो— वि॰ १. ठगिएको; छकिएको; झुक्किएको; शोषित । २. असफल भएको; विफल भएको । ३. किचिएको; मिचिएको; थिचिएको ।

जिप्ट्याइ— ना॰ [रू जिप्टि (+याइ॰] जिप्टिने क्रिया वा किसिम । [ > ] जिप्ट्याइनु— क॰ क्रि॰ जिप्टिने पारिनु । जिप्ट्याइलो— वि॰ जिप्टिने खालको । जिप्ट्याउनु— प्रे॰ क्रि॰ जिप्टिने पार्नु; ठगिनु । जिप्ट्याहट— ना॰ जिप्ट्याइ ।

जिबा१— ना॰ [जिह्वो तेल हाल्ने तामाको भाँडो ।

जिबा२— ना॰ [जीबो पिता वा माताका पिता; हजुरबा; जीबा ।

जिबा३— ना॰ [सं॰ जीवो तानपूरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ वा हस्तीहाड वा घोडीको आब; जुहारी ।

जिबुल्लि–नु— अ॰ क्रि॰ [जिबुल्लो+इ+नु] जिबुल्लो वा स्वादे हुनु; मीठोमीठो खाने इच्छा जाग्नु ।

जिबुल्ले— वि॰ [जिबुल्लो+ए] मीठोमीठो खान खोज्ने; जिबुल्के; पिरो, अमिलो आदि तिक्खर स्वाद भएका खानेकुरा रुचाउने; स्वादे जिब्रो भएको; स्वादका निम्ति मरिमेटुवा; स्वादे ।

जिबुल्लो— वि॰ [सं॰ जिह्वले १. मीठो कुरो मन पराउने; स्वादको निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको । २. लोभी; लालची । > जिबुल्ल्याइँ— ना॰ मीठोमीठो खान खोज्ने प्रवृत्ति; जिबुल्लेपन ।

जिभ्री— ना॰ [जिभ्रो+ई] १. जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन । २. कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने भाग; जिब्री । ३. जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठ्ने स्प्रिबको प्रकार ।

जिभ्रे— वि॰ [जिभ्रो+ए] १. जिभ्रोवाल; मुखाले । २. स्वादे; मिट्ठू । ३. जिभ्रोसम्बन्धी; जिब्रे । ४. धेरै बोल्ने; आहारिसे, लोभी । ~

आदमारो— ना॰ जिभ्रे माझगिँड भन्दा पछिल्तिरको तर निकटस्थ भाग । ~ फुल— ना॰ फुलेपछि बीचमा जिभ्रोजस्तो निस्कने एक प्रकारको फूल । ~ फेदी— ना॰ जिभ्रोको जरो वा फेद । ~ बेसी— ना॰ जिभ्रेआदमारादेखि लिएर जिभ्रे फेदीसम्मको अवयव । ~

माझगिँड— ना॰ जिभ्राको माझको भाग । ~ लिब्री— ना॰ जिभ्राको टुप्पो । ~ शिखर— ना॰ लेग्रो; जिभ्रे माझगिँडभन्दा अगाडिको भाग ।

जिभ्रो— ना॰ [सं॰ जिह्वटे १. हाब्रो वा मुखेओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्य पदार्थको स्वाद लिने र स्वेच्छापूर्वक दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा; जिब्रो । २. मुखभित्र रहेको फालीका आकारको पातो ।

जिमा— ना॰ [जी+आमो जीआमा; ज्यामै; हजुरआमा; जीमा ।

जिमाहा— वि॰ [सं॰ जम्बा (ल॰+हो सधैँ चिसो रहिरहने; चिसमिरो; सेपिलो (जमिन॰ ।

जिमी— ना॰ [फा॰ जमीने हे॰ जमिन । — दार— ना॰ १. जमिनदार; भूपति; जिम्दार । २. भूमिप्रशासन लागू हुनुभन्दा पहिले तराई भेकको भूमिकर उठाउने ठेकदार; तराईको जिम्मावाल ।

जिमीदारी— ना॰ [जिमीदार+ई] जिमीदारको पद, खान्गी वा मौजा । ~ सिर— ना॰ जिमीदारको काम गरेबापत जिमीदारले पाउने मौजा; जिरायत ।

जिम्दार— ना॰ [जिमी+दार] हे॰ जिमीदार । > जिम्दारी— ना॰ जिमीदारी ।

जिम्दो— वि॰ [सं॰ जीवन्ते जिउँदो ।

जिम्बु— ना॰ [भो॰ ब॰] लामालामा, मसिना पात र गन्धे झारका झैँ थुँगा परेका प्याजी रबका फूल हुने, गुन्द्रुकजस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु ।

जिम्मर— ना॰ [सं॰ जम्बाले हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ ।

जिम्मा— ना॰ [अ॰ जिम्मे १. बिग्रेनासिएमा आफू जवाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व; अभिभारा; जवाफदेही । २. जिम्माको अभिभारा वहन गर्नेले बेहोर्नुपर्ने रीतअनुसारको रकम आदि; तिरो । ~ जमानी— ना॰ कुनै व्यक्ति भागीनासी गएमा त्यसको जवाफदेही आफू हुने गरी जमानी बस्ने काम; जीउजमानी । — वार— वि॰ अभिभारा लिने; जिम्मा लिने; जिम्मेवार । — वारी— ना॰ हे॰ जिम्मेवारी । — वाल— वि॰ १. जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; जिम्मेवार । ना॰ २. भूमिप्रशासन लागू हुनुभन्दा पूर्व पहाडी भेगका जमिनको मालपोत असुल गरी सरकारमा बुझाउने प्रमुख ठेकेदार; जिम्वाल । — वाली— ना॰ १. जिम्मावालले गर्ने काम; जिम्मावालको काम वा अभिभारा । २. जिम्मावालले पाउने कमिसन ।

जिम्मेदार— वि॰ [अ॰ जिम्म+फा॰ दारे हे॰ जिम्मेवार । >

जिम्मेदारी— ना॰ जिम्मेवारी ।

जिम्मेवार— वि॰ [अ॰] जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; उत्तरदायी । > जिम्मेवारी— ना॰ जिम्मेवारको काम; अभिभारा; उत्तरदायित्व; जवाफदेही; जिम्मावारी; जिम्मेदारी ।

जिम्रि–नु/जिम्लि–नु— अ॰ क्रि॰ [सं॰ अत्यूष्मल > प्रा॰ अच्चुम्हल+नु] १. पानी चाहिनेजति नताती तात्दै–सेलाउँदै गर्नु । २. पानी आदि उम्लिँदै–सेलाउँदै गरेर । कचल्टिनु ।

जिम्वाल— ना॰ [जिम्मा+वाल] जिम्मावाल ।

जिय— ना॰ [सं॰ जीवे शरीरका सम्पूर्ण अवयव; जीउ; शरीर; देह; गाथ ।

जियाइ— ना॰ [जिउ+याइ] १. जिउने क्रिया वा प्रक्रिया; बाँच्ने काम । [जियाउ+आइ] २. जियाउने क्रिया वा प्रक्रिया; बचाउने काम । [ > ] जियाइनु— क॰ क्रि॰ जीवित गराइनु; बचाइनु ।

जियाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाबारा बचाउनु; बौराउनु; बिउँताउनु । २. जिउने पार्नु; बचाउनु ।

जियालो— वि॰ [जिय+आलो] १. जिउँदो; सजग । २. कुनै कामकुरामा धेरै टिक्ने; जर्रो । ३. धेरै बाँच्ने ।

जिरह— ना॰ [फा॰ जिरहे १. कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोथ्याईतेहथ्याई सोध्ने काम; कारकेर । २. कुनै मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन; जिक्री; जिकिर ।

जिरहरा— ना॰ [जी+था॰ रहर (लहर॰ +ओ थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म झुन्डिने गरी लगाउने एक प्रकारको गहना ।

जिरहसबाल— ना॰ १. फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न । २. कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न ।

जिरा/जिरो— ना॰ [सं॰ जीरके स्वादिष्ट बनाउनाका निम्ति तिहुन– तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झैँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला; जिरो । ~ मरिच— ना॰ १. जीरा र मरीच । २. मसला; नुन–जिरो । — सरी— ना॰ जीराका जस्तै मसिना गेडा हुने एक जातको धान ।

जिराफ— ना॰ [अ॰ जुर्राफे पछिल्तिरका खुट्टा छोटा हुने, अगिल्तिर खुट्टा र गर्दन उँटको जस्तो हुने र पुच्छर गाईको जस्तो हुने, शरीरमा टाटापाङ्ग्रा भएको एक जातको अफ्रिकाली जङ्गली चौपाया ।

जिरायत— ना॰ [अ॰ जिराअते १. जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन । २. कृषि; खेती ।

जिराहा— वि॰ [फा॰ जिरह+ओ १. जति भने पनि नलाग्ने; भनेको पटक्कै नमान्ने; जर्रो; जर्कटो; अटेर । २. कचकचे; गनगने; झगडे ।

जिरिङ्ग/जिरिङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ जिरिङ्+ग/ब] १. कुनै भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा भएझैँ । २. उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा–ठाडा भएर । वि॰ ३. भयभीत । ४. भुत्ला वा जगल्टा ठाडो भएको; जिङ्ग्रिङ्ग । > जिरिङ्गिनु/जिरिङ्बिनु— अ॰ क्रि॰ जिरिङ्ग पर्नु; जिरिङ्ब हुनु ।

जिरी१— ना॰ [सं॰ जीर+ई] १. नकसिएका, खुला पहेँला रबका पात हुने, प्रायः सेपिलो जमिनमा उम्रने, खाँदा तोरीको सागजस्तै हुने एक किसिमको साग । वि॰ २. दुब्ली; पातली ।

जिरी२— ना॰ [भो॰ ब॰] जनकपुर अञ्चलको एक पहाडी भेग । — खिम्टे— वि॰ पुड्को वा नबढेको; ग्याँचे र दुब्लो । ~ खिम्ती— ना॰ १. जिरी र नजिकैको खिम्ती नामक ठाउँ । वि॰ २. जिरीखिम्टे । ३. तेह्रथुम जिल्लाको एक प्रसिद्ध ठाउँ । ~ खिम्ते— वि॰ १. जिरी र खिम्तीको । ना॰ २. जिरेल । ३. जिरे मान्छे ।

जिरे— वि॰ [सं॰ जीरा+ए] नबढेको; ग्याँचे; पुड्के (नर वा नारी॰ । ~ खुर्सानी/खोर्सानी— ना॰ १. सानो खालको तिक्खर पिरो खोर्सानी । २. सानो भए पनि तीखो टड्कालो व्यक्ति । वि॰ ३. टाठोबाठो; छोटोछरितो । ~ झार— ना॰ जिराका झैँ दाना फल्ने एक प्रकारको झार; ज्वाने ।

जिरेल— ना॰ [भो॰ ब॰ जिरी+एल] १. नेपाल अधिराज्यको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा । वि॰ २. जिरीको; जिरीसम्बन्धी ।

जिरो— ना॰ [अङ्॰] शून्य ।

जिल— क्रि॰ वि॰ [अ॰ मू॰ जिल्+अ] छक्क; आश्चर्यचकित भएर; जिल्ल ।

जिलाइ— ना॰ [रू जिलाउ (+आइ॰] जिलाउने किसिम वा कार्य । —

केलाइ— ना॰ १. मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम; केलाइकुलाइ । २. चोर आदिबारा भएभरको श्रीसम्पत्ति सिरीखुरी पार्ने काम । ३. खनिएको वा जोतिएको जग्गाका झारपात साफ गर्ने काम । [ > ] जिलाइनु— क॰ क्रि॰ जिलाउने काम गरिनु । जिलाइलो— वि॰ जिलाउन योग्य ।

जिलाउ–नु१— स॰ क्रि॰ [जिलो+आउ+नु] १. मकै, धान आदि छर्नु, रोप्नुभन्दा पहिले झार उखल्ने र डल्ला फोर्ने काम गर्नु; खेतीका लागि बारी तयार पार्नु । २. मकै, कोदो, गहुँ आदिका ठोसा केलाउनु; कसिङ्गर छुट्ट्याउनु । ३. केही जिलो पनि बाँकी नराखी सबै रित्त्याएर लैजानु; हलसारो पार्नु । ४. जिप्ट्याउनु ।

जिलाउ–नु२— स॰ क्रि॰ [जीउ+लाउ+नु] हे॰ जियाउनु ।

जिली— ना॰ [रू जिलो] १. तरुल, गिट्ठा आदि कन्दको मूल बीज । २. कुनै वस्तुभित्रको सारतत्त्व । ३. मूलधन; पुँजी । ४. साँवा धन; साउँ । ५. बीउ; जिलो । — गाँठी— ना॰ १. बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु । २. आदिदेखि अन्त्यसम्मका सबै कुरा; नालीबेली; बेलीविस्तार । ३. भएभरको सबै कुरा; सर्वस्व; सिरीखुरी । —

गाँठे/गान्टे— वि॰ जिलीझैँ जत्राको तत्रै रहेको; पुड्के; गान्टे; ग्याँचे; जिरीखिम्टे ।

जिलेबी— ना॰ जेरी; रोटीको सानो प्रकार ।

जिलो— ना॰ [प्रा॰ झिण्णो < सं॰ जीर्णे १. मूल पुँजी । २. खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पुँजी । ३. पिँडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज; जिली । ४. जीवननिर्वाह गर्ने विषयवस्तु । — भरो— ना॰ गुमेको वा नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति । — मिलो— ना॰ चलअचल सम्पत्ति; श्रीसम्पत्ति; सिरीखुरी; धनसम्पत्ति; जायजेथा; सर्वस्व । — हरो— ना॰ १. कुनै व्यापार, व्यवसाय आदिमा लगाइएको मूल पुँजी नै गायब हुने किसिमको टुट्टा । २. निठुर किसिमको जिप्ट्याइ; सर्वस्वहरण ।

जिलौटो— ना॰ [जिलो+औटो । १. कोदो, मकै आदिका बोटको जरो; ठोसो । २. जिलाउनुपर्ने वा जिलाउँदा आएका झार, बुटेन आदि । > जिलौट्याइ— ना॰ जिलौट्याउने कार्य वा किसिम । जिलौट्याइनु— क॰ क्रि॰ जिलौटो छुट्ट्याइनु ।

जिलौट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ कोदो, मकै आदिका जरा छुट्ट्याउनु; जिलौटो केलाउनु ।

जिल्द— ना॰ [अ॰] पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र; जिल्ला; गाता; द६ती । — दार— वि॰ बाहिरपट्टि जिल्द हालिएको; गाता भएको; सजिल्द । ~ बन्दी— ना॰ पुस्तकमा गाता हाल्ने काम; पुस्तकको जिल्द बाँध्ने काम । ~ साज— वि॰ १. पुस्तकमा गाता हाल्ने; जिल्द बाँध्ने; जिल्द बाँध्ने पेसा भएको । ना॰ २. त्यस्तो पेसामा लागेको व्यक्ति ।

जिल्फी— ना॰ [रू जिलेबी] जिलेबी; जुल्फी रोटी ।

जिल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ जि+ल] १. कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी; किंकर्तव्यविमूढ भएर; अलमल्ल परेर; पक्क; वाल्ल । २. कुनै असामान्य कुरा देख्दा आश्चर्यचकित भएर; छक्क ।

जिल्ला— ना॰ [अ॰ जिलो १. प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँभन्दा ठूलो अञ्चलभन्दा सानो भौगोलिक क्षेत्र । (नेपालमा ७५ जिल्ला छन्) । २. इलाका । ~ अदालत— ना॰ जिल्लातहमा मुद्दामामिलाको इन्साफ गर्ने अड्डा; जिल्लास्तरको न्यायालय; सुरु अदालत । ~ कार्यालय— ना॰ प्रमुख जिल्ला अधिकारीको कार्यालय । > जिल्लाधीश— ना॰ अचेलको प्रमुख जिल्ला अधिकारीसरहको हाकिम; बडाहाकिम । ~ न्यायाधीश— ना॰ जिल्ला अदालतमा परेका मुद्दामामिलाको इन्साफ गर्ने अधिकृत; जिल्ला अदालतका हाकिम । ~ पञ्चायत— ना॰ पञ्चायतकालीन गाउँ वा नगर पञ्चायतभन्दा माथिल्लो तहको पञ्चायत । ~ प्रशासन— ना॰ जिल्लाको शासन सुचारु रूपले चलोस् भन्नाका निम्ति गरिएको व्यवस्था; जिल्लाको शासनव्यवस्था । ~ विकास समिति— ना॰ १. गाउँ वा नगर विकास समितिभन्दा माथिल्लो तह । २. जिल्लामा निर्वाचित प्रतिनिधिहरूको सभा ।

जिल्लाराम— वि॰ [जिल्ल+राम] १. कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने । २. जिल्ल परेको; किंकर्तव्यविमूढ भएको; आश्चर्यचकित; दङ्गदास । क्रि॰ वि॰ ३. त्यसरी बिलखबन्द, जिल्ल वा चकित हुने गरी ।

जिल्लावासी— वि॰ [जिल्ला+वासी] जिल्लाको भौगोलिक क्षेत्रभित्र बस्ने; जिल्लानिवासी । जिल्ला सभा— जिल्लाको योजना तर्जुमा तथा विकास निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरूको सभा । जिल्ला सरकार— ना॰ [जिल्ला+सरकार] जिल्लाको शासनव्यवस्था सुचारु रूपले सञ्चालन गर्न देशको ऐन, नियमकानुनबमोजिम गठित शासकमण्डल; जिल्लाकार्यपालिका । जिल्ला स्तरीय— वि॰ [जिल्ला+स्तरीय] जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने; जिल्लाका आधारमा गरिने; जिल्लाको प्रशासनिक अधिकारभित्रको । जिल्ला हुलाक— ना॰ [जिल्ला+हुलाक] जिल्ला स्तरको हुलाक वा डाँकखाना ।

जिल्लि–नु— अ॰ क्रि॰ [जिल्ल+इ+नु] १. कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु; कुनै कामकुरा कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु; छक्क पर्नु । २. यस्तो होला भनेर थाहा नै नपाईकन छकिनु । > जिल्ल्याइ— ना॰ जिल्लिने वा जिल्ल्याउने क्रिया वा प्रक्रिया । जिल्ल्याइनु— क॰ क्रि॰ जिल्ल तुल्याइनु । जिल्ल्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ जिल्ल पार्नु; छक्क पार्नु; छकाउनु ।

जिष्णु— वि॰ [सं॰] १. सधैँ जित्ने; सबैतिर विजय हासिल गर्ने । ना॰ २. अर्जुन । ३. विष्णु ।

जिस्क–नु— अ॰ क्रि॰ [इस्+कर्नु > जिस्+कनु] १. मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु; हँस्सीदिल्लगी गर्नु । २. प्रेम वा रतिरागको भावनाले गिजिनु; केही उत्ताउलो बोलीव्यवहार गर्नु; छिल्लिनु; इतरिनु । > जिस्काइ— ना॰ जिस्कने क्रिया वा प्रक्रिया । जिस्किनु— अ॰ क्रि॰ जिस्कनु; जिस्कने होइनु । जिस्क्याइ— ना॰ जिस्किने क्रिया वा प्रक्रिया । जिस्क्याइनु— क॰ क्रि॰ गिज्याइनु वा जङ्ग्याइनु । जिस्क्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. गिज्याउनु वा गिजिने पार्नु । २. चलाउनु वा जङ्ग्याउनु । जिस्क्याहट— ना॰ जिस्क्याइ; गिज्याहट ।

जिस्ता— ना॰ [फा॰ दस्ते नलेखिएको चौबीस ताउ कागतको समूह; सादा कागतको चौबीस ताउ ।

जिह्वा— ना॰ [सं॰] जिब्रो । > जिह्वाग्र— ना॰ जिब्राको बीचदेखि टुप्पाको लिब्रीसम्मको भाग; अग्रजिह्वा; लेग्रो; जिब्रे शिखर । —

पश्च— ना॰ जिब्राको माझदेखिको जरासम्मको भाग; पश्चजिह्वा; जिब्रे माझगिँड र जिब्रे आदमारोदेखि जिब्रे फेदीसम्मको भाग । — मध्य— ना॰ जिब्राको बीचको भाग; जिब्रे माझगिँड । — मूल— ना॰ जिह्वामूलीय ध्वनिहरूको उच्चारणमा सहायता पुथ्याउने जिब्राको जरो वा फेदी; जिब्रे फेदी । — मूलीय— वि॰ जिब्राको मूल वा जराबाट उच्चरित हुने (ध्वनि॰; अयोगवाह (ध्वनि, जस्तै— विसर्ग आदि) । — लोलुप— वि॰ लोभी जिब्रो भएको; मीठो खानेकुरा देख्दा मन थाम्न नसक्ने; तिहुनचखुवा; स्वादे; जिब्रे ।

जी— ना॰ [जिय=जीउ] १. सही थाप्ता वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द; ज्यू । प्रत्य॰ २. नामका पछाडि लाग्ने सम्मानसूचक शब्द; हे॰ ज्यू (रामजी, शिवजी इ॰) । — आमा— ना॰ बाबुकी वा आमाकी आमा; ज्यामा; बज्यै; पितामही वा मातामही; हजुरआमा ।

जीउ— ना॰ हे जिउ ।

जीउधन— ना॰ हे॰ जिउधन ।

जीउपाला— वि॰ हे॰ जिउपाला ।

जीउपालो— ना॰ हे॰ जिउपालो ।

जीउमारा— वि॰ हे॰ जिउमारा ।

जीउसाँचा— वि॰ हे॰ जिउसाँचा ।

जीत— ना॰/वि॰हे॰ जित ।

जीबा/जीबाबु— ना॰ हे॰ जिबा ।

जीर्ण— वि॰ [सं॰] १. धेरै दिनको भएर थोत्रिसकेको; मक्किएको; गलिसकेको; पुरानो; थोत्रो । २. पचेको । ३. राम्ररी पाकेको । —

दार— ना॰ एक जातको सानो बाटुल्पाते (वनस्पति॰ । >

जीर्णोद्धार— ना॰ पुरानो, थोत्रो वा भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम; नवीकरण; मरम्मत; स्थित्युद्धार ।

जीव— ना॰ [सं॰] १. प्राणधारी स्थावर (रूख, बिरुवा आदि॰ र जङ्गम (मान्छे, कीरा, पशु आदि) । २. प्राणीको आत्मामा रहेको तत्त्व; प्राणतत्त्व; प्राणपखेरु । ३. प्राणीको चेतनतत्त्व; आत्मा; जीवात्मा । — क— ना॰ सानासाना पात हुने, लसुनको पोटीजस्तो कन्द हुने, हिमालयमा पाइने एक जातको बुटी । — कल्प— ना॰ पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय; आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको समय; पुराजीवक, मध्यजीवक र नवजीवकजस्ता तीन कालावधिमा बाँडिएको युग । — कोष— ना॰ प्रत्येक जीवमा रहने सूक्ष्म तर आफैँमा पूर्ण जीवाणु; सेल । ~ जगत्— ना॰ पृथ्वीमा भएका प्राणीहरूको समुदाय; जीवहरूको संसार; जन्तुजगत्; प्राणीजगत् । ~ जन्तु— ना॰ १. पृथ्वीमा भएका साना ठूला सबै प्राणी; पशु– पन्छी, कीराफट्याङ्ग्रा आदि; जीवात । २. कुनै देश वा समयका प्राणी वा प्राणीको समूह । ३. साना जीव र ठूला जन्तु । ४. जीवसमुदाय ।

जीवत्— वि॰ [सं॰] सजीव; जिएको । ~ पतिका— वि॰ लोग्ने जिउँदै भएकी (स्त्री॰; ऐभाँती; सधवा । ~ पत्नी— वि॰ स्वास्नी जिउँदै भएको (पुरुष) । ~ पितृक— वि॰ बाबु जिउँदै भएको (पुरुष) । — पुत्रक— वि॰ सन्तान जिउँदै भएको (पुरुष॰ । ~ पुत्रिका— वि॰ सन्तान जिउँदै भएकी (स्त्री॰ ।

जीवत्व— ना॰ [सं॰] जीवमा रहने धर्म; प्राणीमा रहने चेतनतत्त्व; प्राणतत्त्व ।

जीवद्रव्य— ना॰ [सं॰] जीवमा रहने वा जीवका लागि आवश्यक द्रवणशील पदार्थ ।

जीवधन— ना॰ [सं॰] गाईभैँसी, बाख्रापाठा पालेर कमाइने धन; पशुपालनबारा आर्जित धन; पशुधन; गोधन ।

जीवधारी— ना॰ [सं॰] सृष्टिका सानाठूला सबै प्राणी; जीवजन्तु; जीवात ।

जीवन— ना॰ [सं॰] १. प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी । २. शरीरमा प्राण रहेसम्मको अवस्था; प्राणीको जीवित अवस्था; प्राणवान् अवस्था । ३. बाँच्ने ढङ्ग वा बँचाउने शक्ति (प्राणतत्त्व) । ४. जिउँदोपन । ~ कला— ना॰ जीवनलाई सुन्दर र सारवान् बनाउने सीप; राम्ररी बाँच्ने कला । ~ क्रम— ना॰ जीवनको विकासको क्रम; जन्मदेखि बाँचुन्जेलका विभिन्न तहको क्रम । ~ चङ्गा— ना॰ कवि, दार्शनिक आदिबारा चङ्गाका रूपमा कल्पना गरिएको जीवन । ~ चरित/चरित्र— ना॰ १. जीवनभर गरेका प्रमुख कार्यहरूको विवरण; जीवन–वृत्तान्त । २. जीवनवृत्तान्त लेखिएको पुस्तक । ~ चर्या— ना॰ जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम; जीवनमा दिनदिनै गरिने कार्यक्रम; दिनचर्या; दैनिक नियम । ~ चिन्तन— ना॰ जीवन र यसका समस्या तथा रहस्यबारे गरिने सामाजिक वा दार्शनिक

 किसिमको चिन्तन । ~ जगत्— ना॰ १. जीवजगत् । २. जीवन र जगत् । ~

जल— ना॰ झाडाबान्ता लागेका बेलामा दिसाबाट गएको शरीरको पानीको कमीलाई पूरा गर्न पानीमा घोलेर बनाइने औषधीयुक्त पेय जल । — द— वि॰ जीवन दिने; मर्न नदिने । ~ दर्शन— ना॰ जीवनको उत्पत्ति, अन्त्य आदिबारे विचार गर्ने दृष्टिकोण । ~ दीप— ना॰ १. जीवनको दियो । २. ज्यादै प्रिय व्यक्ति; कसैको आधार बनेको व्यक्ति । ३. आँखा; चर्मचक्षु । ~ दृष्टि— ना॰ जीवनलाई हेर्ने दृष्टि; जीवनदर्शन । ~ धन— ना॰ १. जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व । २. जीवनमा आर्जन गरेको मुख्य धन । ३. लोग्ने; पति । ~ निर्वाह— ना॰ बाँच्नलाई चाहिने साधन जुटाएर जीवन धान्ने कार्य । ~

पद्धति— ना॰ बाँच्ने शैली वा शिल्प; जीवनकला । ~ मुक्ति— ना॰ योगादि अभ्यास र अबैत विद्याको अभ्यासबाट जीवित अवस्थामै मायाजालबाट प्राप्त गरिने मुक्ति । — मृत— वि॰ मुर्दासमान भई बाँचेको; मरेजस्तै वा मरेबराबर भएर बाँचेको । ~ मृत्यु— ना॰ जिउँदैमा कुनै अपराध वा कुकर्मले गर्दा मरेतुल्य हुनु परेको स्थिति । ~ यापन— ना॰ जीविका; जीवननिर्वाह । ~ रस— ना॰ जीवित रहनका लागि आवश्यक रस; जीवजन्तुका कोषमा रहने रस; प्राणतत्त्व; खाद्योज; भिटामिन । ~ विवरण— ना॰ जीवनवृत्तान्त । ~ वृक्ष— ना॰ कवि, दार्शनिकहरूले रूखसित तुलना गरेर कल्पना गरेको जीवन । ~ वृत्तान्त— ना॰ जीवनचरित । ~ वृत्ति— ना॰ बाँच्नका लागि अँगालिएको पेसा; जीवननिर्वाहका लागि गरिएको प्रबन्ध; जीविका । ~

सङ्ग्राम/सङ्घर्ष— ना॰ अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूका विरुद्ध जुध्नेभिड्ने र विकट परिस्थितिसित सामना गरिने काम; जीवनको त्यस्तो सङ्ग्राम वा सङ्घर्ष । ~ स्तर— ना॰ बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित हुने जीवनको स्थान, तह वा श्रेणी । >

जीवनाधिकार— ना॰ १. बाँच्नका लागि आवश्यक अधिकार । २. जीवनको बाँच्ने अधिकार ।

जीवनी— ना॰ [सं॰] १. जीवनभर गरेका कामकुराको क्रमबद्ध लेख वा कथन; जीवनचरित्र; जीवनचरित । २. कसैको जीवनसम्बन्धी इतिवृत्त । ~ लेखक— ना॰ जीवनी लेख्ने व्यक्ति; जीवनचरितका रचनाकार ।

जीवनोदय— ना॰ [सं॰] १. जीवनको आगमन; जीवनको उदय; जन्म । २. हुर्काइ । ३. उन्नति; चर्तिकला ।

जीवन्त— वि॰ [सं॰] जिउँदो; जीवित । — ता— ना॰ जीवन्त हुनाको भाव वा स्थिति; जिउँदोपना; जीवितता ।

जीवन्तिका— ना॰ [सं॰] १. रूखको एक प्रकारको रोग; ऐँजेरु । २. औषधीका रूपमा प्रयोगमा आउने एक लहरो; गुर्जो ।

जीवन्ती— ना॰ [सं॰] १. दूध निस्कने, गुच्छाकार फल फल्ने, पात औषधीका रूपमा प्रयोग हुने एक लता; जीवन्तिका । २. पहेँलो हर्रो । ३. रूख आदिमा पलाउने ऐँजेरु ।

जीवन्मुक्त— वि॰ [सं॰] १. आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको । २. सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त । ३. मरेको; मृत । श्र जीवन्मुक्ति— ना॰ जीवनमुक्त भएको अवस्था ।

जीवन्मृत— वि॰ [सं॰] १. कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको; जिउँदै मरेको; बाँचेको भए पनि मरेको भने हुने । २. पङ्गु; बिकामे; अर्थ न बर्थसँग बाँचेको ।

जीवन्यास— ना॰ [सं॰] देवमूर्तिहरूमा मन्त्रबारा प्राणप्रतिष्ठा गरिने विधि; मूर्तिको प्राणप्रतिष्ठा । जीव भक्षी— वि॰ [सं॰] जीवजन्तुलाई खाने; मांसभक्षी; हिंस्रक । जीव मन्दिर— ना॰ [सं॰] जीव रहने घर; शरीर; देह (शरीरको मानवतावादी स्तरीकरण॰ । जीव रस— ना॰ [सं॰] जीवनरस । जीव लोक— ना॰ [सं॰] १. मान्छेदेखि लिएर पशुपक्षी, कीराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल । २. प्राणीहरूको समुदाय वा संसार । जीव विज्ञान— ना॰ [सं॰] जीवजन्तुको उत्पत्ति, स्वरूप, विकास, बानीबेहोरा आदिको अध्ययन गरिने वा जीवका सम्बन्धमा वस्तुगत अध्ययन गरिने विज्ञान; प्राणीशास्त्र र वनस्पतिशास्त्रको संयुक्त स्वरूप । > जीव विज्ञानी— वि॰ जीवविज्ञान जान्ने; जीवविज्ञानको ज्ञाता; जीवशास्त्री । जीव वृत्ति— ना॰ [सं॰] जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम; जीवजन्तुको पालनबारा गरिने जीवन–निर्वाह; पशुपालन ।

जीवशेष— वि॰ [सं॰] १. सास मात्र बाँकी भएको; मर्नै लागेको; मरणासन्न । ना॰ २. जीवाश्म; जीवावशेष । जीव सङ्क्रमण— ना॰ [सं॰] पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम; परकायप्रवेश । जीव साधन— ना॰ [सं॰] १. जीवजन्तुबाट प्राप्त हुने सामग्री । २. जीवनका लागि आवश्यक अन्न आदि साधन । जीव हत्या/जीव हिंसा— ना॰ [सं॰] जीवजन्तुलाई मार्ने काम; प्राणीको हत्या ।

जीवा— ना॰ [सं॰] १. धनुको डोरी; ताँदो । २. चापका दुई टुप्पालाई जोड्ने सरल रेखा । ३. जीवन्ती लता ।

जीवाणु— ना॰ [सं॰] १. सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव; पछि बढेर स्थूल जीवनको रूप धारण गर्ने अति सूक्ष्म सजीव अणु । २. अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवनशक्तियुक्त कीटाणु (ब्याक्टेरिया, भाइरस इ॰) । ~ नाशक— वि॰ रोग जन्माउने जीवाणु वा कीटाणुहरूलाई नाश गर्ने (औषधी॰ ।

जीवात— ना॰ [सं॰] जलचर, थलचर, नभचर सम्पूर्ण जीवसमूह; प्राणी; जीव ।

जीवात्मा— ना॰ [सं॰] प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा ।

जीवान्तक— वि॰ [सं॰] १. जीवको अन्त्य गर्ने; प्राणलाई हरण गर्ने; जीवको संहारक । ना॰ २. यमराज; काल; महाङ्काल ।

जीवावशेष/जीवाश्म— ना॰ [सं॰] प्राचीन कालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीन कालका जीव, वनस्पति आदिको अश्मीभूत वा ढुङ्गामा परिणत रूप (फोसिल॰ ।

जीविका— ना॰ [सं॰] १. जीवनवृत्ति; जीउपालो । २. पेसा; व्यवसाय । श्र जीविकोपार्जन— ना॰ जीवननिर्वाहका लागि गरिने आर्जन; जीवनयापनको साधन जुटाउन गरिने काम ।

जीवित— वि॰ [सं॰] जीवन भएको; बाँचेको; जिउँदो । — ता— ना॰ जीवित हुनाको भाव वा अवस्था; जीवन्तता ।

जीवी— प्रत्य॰ [सं॰] प्राणधारण गर्ने; बाँच्ने (शब्दान्तमा मात्र प्रयुक्त,

जस्तै— दीर्घजीवी, बुद्धिजीवी, चिरञ्जीवी इ॰) । जी हजुर— वि॰ बो॰ हे॰ हजुर ।

जुँगा— ना॰ [सं॰ जुङ्गे १. लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बीचको भागमा उम्रने रौँको गुजुल्टे लहर; जुँघा; जुबा । २. धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु । ३. केही भाले अथवा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ॰) का थुतुनामाथि उम्रने तीखा काँडे रौँ । ~ मुठे— वि॰ १. राम्रैसित जुँगा उम्रिसकेको; वयस्क भइसकेको; उमेरदार । २. आ६नो भलोकुभलो सोच्न सक्ने; समर्थ; जमामर्द ।

जुँगे— वि॰ [जुँगा+ए] १. लामा र धेरै जुँगा भएको (पुरुष) । २. जुँगादार । ३. जुँघे; जुबे । ~ धान— ना॰ एक प्रकारको धान; मार्सी; बूढी मार्सी । ~ मार्सी— ना॰ जुँगे धान ।

जुँघा— ना॰हे॰ जुँगा । ~ मुठे— वि॰ जुँगामुठे ।

जुँघे— वि॰हे॰ जुँगे ।

जुँबा— ना॰हे॰ जुँगा । ~ मुठे— वि॰ जुँगामुठे ।

जुँबे— वि॰हे॰ जुँगे ।

जुइनि–नु— अ॰ क्रि॰ [जुइनु+इ+नु] एक पयोको मात्र लुँडी बाटिने काम हुनु; जुइनुमा परिणत हुनु ।

जुइनु— ना॰ [प्रा॰ जोअणो < सं॰ योजने भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी ।

जुइन्याइ— ना॰ [रू जुइनि (+याइ॰] जुइनिने वा जुइनु बटार्ने क्रियाप्रक्रिया । [ > ] जुइन्याइनु— क॰ क्रि॰ जुइनु बाटिनु ।

जुइन्याइलो— वि॰ बाटेर वा बाटिएर जुइनो होलाजस्तो; जुइनुजस्तो । जुइन्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ जुइनु बाट्नु; जुइनु पार्नु; जुइनुका रूपमा बटार्नु ।

जुका/जुको— ना॰ [सं॰ यूक = जलौका < जल+यूको १. सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो कीरो; जुको । २. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन कीरो । > जुके— वि॰ जुकासम्बन्धी; जुका भएको; जुकाजस्तो ।

जुक्त–नु— अ॰ क्रि॰ [सं॰ युक्त+नु] रुपियाँपैसा, मालसामान आदि चाहिने वस्तु जम्मा हुनु; रुपियाँपैसा, मालसामान आदिको व्यवस्था हुनु; जोगाड हुनु; जुट्नु । > जुक्ताइ— ना॰ जुक्तने भाव, क्रिया वा प्रक्रिया । जुक्ताइनु— क॰ क्रि॰ जुक्ताइ पूर्ण गरिनु; जुटाइनु ।

जुक्ताउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ आवश्यक सरसामानको जोरजाम गर्नु; जम्मा पार्नु; जुटाउनु ।

जुक्ति— ना॰ [सं॰ युक्ति] १. कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति । २. किल्ली; रहस्य; कडी ।

जुक्ति–नु— अ॰ क्रि॰ [जुक्त+इ+नु] कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नु; चाहिने सबै कुरा उपलब्ध हुनु; जुक्तनु ।

जुक्त्याइ— ना॰ जुक्तिने वा जुक्ताउने क्रियाप्रक्रिया । जुक्त्याइनु— क॰ क्रि॰ जुक्ताइनु; जुटाइनु । जुक्त्याउनु— प्रे॰ क्रि॰ जम्मा पार्नु; जुक्ताउनु; जुटाउनु ।

जुग— ना॰ [सं॰ युगे १. पुराणमा वर्णित सत्य, त्रेता, बापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक । २. विशेष परिस्थितिका साथ गुज्रेको समय; जमाना; काल । ३. धेरै वर्षको समय; लामो समय । ४. दुई वस्तुको समुदाय । ५. पासाका खेलमा दुई पासामा उही सङ्ख्या पर्न आएमा हुने विशेष दाउ । ६. सोही खेलमा एउटै घरमा बसेका दुई गोटी । ७. जोडी (दिव्य॰) । ~ जुग— ना॰ १. ज्यादै लामो समय; दीर्घ काल; एक युगपछिको अर्को युग । क्रि॰ वि॰ २. धेरै लामो समयसम्म; युगौँसम्म । ~ बुडाइ— ना॰ धेरै समयको बिताइ; लामो समयको गुज्राइ ।

जुगादी— ना॰ [सं॰ युगादि] १. युगको आदि । वि॰ २. युग प्रारम्भ भएका बेलाको । ३. अनेकौँ जुगसम्म टिक्ने; लामो समयसम्म टिक्ने; जुगाती । क्रि॰ वि॰ ४. धेरै समयसम्म; लामो अवधिसम्म । ~ नवमी— ना॰ युगको आदिको नवमी; कार्तिक शुक्ल नवमी; कुष्माण्ड नवमी ।

जुगानजुग— क्रि॰ वि॰ [युगौँयुगे १. युगौँसम्म; धेरै लामो अवधिसम्म । २. अनेकौँ पुस्तासम्म । ना॰ ३. युगयुगान्तर ।

जुगुप्सा— ना॰ [सं॰] १. कुनै नराम्रो कुराप्रति घृणा । २. निन्दा । ३. बीभत्स रसको स्थायीभाव । > जुगुप्सित— वि॰ हेय मानिएको; निन्दा गरिएको; घृणा गरिएको; गर्ह्य; निन्दित; घृणित ।

जुजबन्दी— ना॰ [अ॰ जुज+फा॰ बन्दी] पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका; जुजबाइन्डिब ।

जुजुधौ— ना॰ [नेवा॰] बेसरी तताएका दूधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही ।

जुझ्–नु— अ॰ क्रि॰ [सं॰ युध्+नु] जुध्नु; लड्नु; भिड्नु; सङ्घर्ष गर्नु; लडाइँ गर्नु । > जुझाइ— ना॰ जुझ्ने कार्य; युद्ध । जुझाइनु— क॰ क्रि॰ जुधाइनु; लडाइनु । जुझाउनु— प्रे॰ क्रि॰ जुझ्ने पार्नु; जुझ्न लगाउनु । जुझाहट— ना॰ जुझाइ । जुझो— ना॰ युद्ध गर्ने काम; जुध्ने काम; युद्ध; जुधाइ ।

जुट्–नु— अ॰ क्रि॰ १. आवश्यक मालसामान जुर्नु; जम्मा हुनु । २. सभा आदिमा वा कुनै कामका लागि मानिसहरू भेला हुनु; एकत्रित हुनु । > जुट— ना॰ १. दुई वा दुईभन्दा बढीको समूह; दल; जमात; सङ्गठन । (उदा॰— यस काममा सबै एकजुट भएर लागौँ) । २. तासका फराँस आदि खेलमा दुईवटा उही पत्ती एकसाथ आउँदा पर्ने दाउ ।

जुट— ना॰ [अङ्॰] सनपाट; पटुवा; सन । ~ उद्योग— ना॰ सनपाटमा आधारित उद्योग । ~ कारखाना— ना॰ सनपाटबाट विभिन्न माल तयार पार्ने कारखाना । ~ खेती— ना॰ सनपाटको खेती । ~

प्रेस— ना॰ सनपाटलाई थिचेर छरितो र कम ठाउँ ओगट्ने पार्ने यन्त्र वा कारखाना । ~ मिल— ना॰ जुटकारखाना ।

जुटाइ— ना॰ [रू जुट् (+आइ॰] जुट्ने क्रिया वा प्रक्रिया; जोरजाम । [ > ] जुटाइनु— अ॰ क्रि॰ जुटाइ पूरा हुनु । जुटाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ भेला गर्नु; जुक्ताउनु; जुट्ने पार्नु; जुट्न लगाउनु ।

जुटिका— ना॰ [सं॰] वैदिक विधिअनुसार शिरका बीचमा नकाटी वा नखौरी राखिने रौँ; शिखा; टुपी । ~ बन्धन— ना॰ व्रतबन्धको अघिल्लो दिनको सायम्कालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको प्रतीक स्वरूप गोबर, अक्षता, दूबो, कुश आदि रहेको पोटलिका (पोको॰ बाँध्ने क्रिया ।

जुट्केलो— ना॰ [सं॰ जातक+एलो] मिर्ग वा थारलको पाठो ।

जुठपिण्ड— ना॰ [जुठो+पिण्ड] जुठो बार्ने र पिण्ड दिने कार्य; आशौच तथा श्राद्ध । > जुठपिण्डी— वि॰ १. जुठो लाग्ने । ना॰ २. नजिकका दाजुभाइ वा वंशज ।

जुठि–नु— अ॰ क्रि॰ [जुठो+इ+नु] जुठो हुनु; अपवित्र हुनु ।

जुठे— वि॰ [जुठो+ए] जुठोको; जुठोसम्बन्धी ।

जुठेन/जुठेल्नु— ना॰ [जुठो+एन/एल्नु] जुठो फाल्ने गरिएको ठाउँ; जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ; रछान ।

जुठो— ना॰ [प्रा॰ जुट्ठो < सं॰ जुष्टे १. आ६ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच । २. कसैले खाएर बाँकी रहेको खानेकुरो; पुरा । वि॰ ३. खाएर बाँकी रहेको; उच्छिष्ट; जूठो । ~ चुलो— ना॰ भान्सा उठेपछि जुठो सोहोर्ने र लिप पोत गर्ने काम । ~ भाँडो— ना॰ भान्सा र भाँडा सफा गर्ने काम; जुठो चुलो । ~ सूतक— ना॰ आशौचादि ।

जुठ्याइ— ना॰ [रू जुठि (+याइ॰] जुठो पार्ने कार्य । [ > ] जुठ्याइनु— क॰ क्रि॰ जुठो पारिनु । जुठ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. जुठो पार्नु वा पार्न लगाउनु । २. मुख बिटोल्नु वा बिटोल्याउनु ।

जुठ्यान— ना॰ [जुठो+यान] जुठेन; जुठेल्नु ।

जुडी— ना॰ [सं॰ जूट+ई] टुपी; टुप्पी ।

जुडो— वि॰ [सं॰ जडे १. काम गर्दा ज्यादै ढिलो गर्ने; कामकाजमा ज्यादै जुम्सो; लोसो । २. काम गरेको देख्ता झिँझ्याहटलाग्दो; दिक्कलाग्दो । ना॰ ३. विशेषतः जापान देशमा प्रचलित आत्मरक्षा वा शत्रुदमनका निम्ति प्रयोग गरिने एक कला; एक प्रकारको खेल । > जुड्याइँ— ना॰ जुम्सोपन; लोसोपना; ढिलासुस्ती ।

जुतो— ना॰ [सं॰ च्युते १. बाख्रा, भेडा आदिको गोलाकार विष्टा; बड्कुँलो; बड्कौँलो; बकौँलो । २. बड्कौँलाहरूको मल ।

जुत्ता— ना॰ [प्रा॰ जुत्ते खुट्टामा लगाउनको लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो । ~ खानु— टु॰ जुत्ताले पिटिमाग्नु ।

(उदा॰— त्यसले फेरि नचाहिँदो गथ्यो भने जुत्ता खाला॰ । >

जुत्तिनु— क॰ क्रि॰ अरूबारा जुत्ताले पिटिनु; जुत्ताको मार खानु ।

जुत्ती— ना॰ सानो खालको जुत्ता ।

जुत्तो— ना॰ [जुत्तो १. जुत्ता (तुच्छार्थमा) । २. फाटेर थोत्रिएको जुत्ता; नाम मात्रको जुत्ता ।

जुत्त्याइ— ना॰ [रू जुत्ति/जुत्त्याउ (+आइ॰] जुत्तिने वा जुत्त्याउने क्रिया–प्रक्रिया । [ > ] जुत्त्याइनु— क॰ क्रि॰ जुत्ताले पिटिनु ।

जुत्त्याउनु— स॰ क्रि॰ कसैलाई जुत्ताले हान्नु; जुत्ताको प्रहार गर्नु ।

जुत्याइ— ना॰ [रू जुत्याउ (+आइ॰] जुतो वा बड्कौँलो फाल्ने किसिम वा कार्य । [ > ] जुत्याइनु— क॰ क्रि॰ जुतो फालिनु; जुतो झारिनु ।

जुत्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ [जुतो+याउ+नु] भेडाबाख्राले बिस्ट्याउनु; जुतो झार्ने पार्नु ।

जुद्ध/जुद्धे— ना॰ [सं॰ युद्धे युद्ध; लडाइँ ।

जुध्–नु— अ॰ क्रि॰ [सं॰ युध्+नु] १. रिसइबी साध्न वा कुनै कुरा प्राप्त गर्न दुई वा दुई समूहका व्यक्तिका बीच परस्पर लडाइँ हुनु; युद्ध हुनु; परस्पर बन्ब मच्चिनु । २. सजातीय वा भिन्न जातीय जीवजन्तु एक अर्कासँग लड्नु; परस्परमा सिब, चुच्चो आदिले घोच्ने, ठुङ्ने, ठेल्ने आदि गरी भिड्नु । ३. मोटर आदि परस्परमा ठक्कर खानु । > जुधाइ— ना॰ जुध्ने वा जुधाउने क्रियाप्रक्रिया; लडाइँ । जुधाइनु— क॰ क्रि॰ जुध्ने तुल्याइनु ।

जुधाइलो— वि॰ जुध्लाजस्तो; जुध्ने पार्लाजस्तो । जुधाउनु— प्रे॰ क्रि॰ जुध्ने पार्नु; जुध्न लगाउनु । जुधान— ना॰ लड्ने वा भिड्ने काम; जुध्ने काम; लडन्त; भिडन्त । जुधारु— वि॰ लड्नभिड्न मन पराउने; जुध्न रुचाउने; युद्धदेखि पछि नहट्ने; युयुत्सु; जोधा; जोधाहा । जुधिनु— अ॰ क्रि॰ १. भिडिनु; लडिनु । २. ठक्कर खाइनु ।

जुन१— सर्व॰ [सं॰ यत्] जो; जे (तिर्यक्॰ । > जुनसुकै— वि॰/सर्व॰ जेसुकै; जस्तोसुकै; जुनकुनै ।

जुन२— ना॰ [अङ्॰] ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौँ महिना; मे र जुलाईका बीचमा पर्ने तीस दिने महिना ।

जुन३— ना॰ [सं॰ ज्योत्स्नो १. चन्द्रमाको किरण; चन्द्ररश्मि । २. चन्द्रमा । — किरी— ना॰ शरीरको सबभन्दा पछिल्लो भाग केही चहकदार हुने र त्यसबाट झिलिक्कझिलिक्क देखिने मलिनो तर जूनको जस्तो प्रकाश दिँदै प्रायः वर्षाऋतुको रातमा उड्ने एक जातको कीरो; खद्योत; जुन्किरी । — को टक— ना॰ जूनको उज्यालो । — टिकी— ना॰ चन्द्रबिन्दु ।

जुनाफ— ना॰ यो॰ [अ॰ जनाबे उच्च अधिकारीका समक्ष वा सन्निकट ।

जुनार— ना॰ सुन्तलाजस्तो, अलि कडा बोक्रा र केही अमिलोपन हुने एक जातको गुलियो फल । ~ दाना— ना॰ जुनारको फल ।

जुनिलो— वि॰ [जून+इलो] जून भएको; जून लागेको; जुनेली ।

जुनी— ना॰ [सं॰ योनि] १. जीवन; चोला । २. शरीर; देह । ३. पुनर्जन्मवादका अनुसार प्राणीले मृत्युपछि पुनःपुनः प्राप्त गर्ने जन्म । ~ फेर्नु— टु॰ १. मर्न लागिसकेको मानिस बाँचेर राम्रो स्वास्थ्यको हुनु । २. चोला बदल्नु ।

जुनेली— वि॰ [जून+एली] १. टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात॰ । ना॰ २. जूनको प्रकाश; चन्द्रमाको उज्यालो ।

जुनेलो— ना॰ मुरलीमकैका जस्ता बोटमा झुप्पा परेर दाना लाग्ने एक थरी अन्न ।

जुन्किरी— ना॰ [जून+कीरी] हे॰ जुनकिरी ।

जुम्रा/जुम्रो— ना॰ [जम्रो < प्रा॰ चम्मइडो < सं॰ चर्म्मकीटे १. पसिना आदिले वा शरीरमा लगाउने लुगा आदिमा मयल जम्न गएमा जन्मने, शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो कीरो; जम्रो; सेतो जम्रो । २. कपालमा लाग्ने त्यस्तै तर भिन्न रबको कीरो; कालो जम्रो । ३. मान्छेको छालामा टाँसिएर बसेको हत्तपत्त नदेखिने एकदम सानो आकारको किर्नु; चमजुम्रो ।

जुम्ला— ना॰ १. नेपालको उत्तरपश्चिम पहाडी भेगको कर्णाली अञ्चलमा पर्ने एक जिल्ला । २. हाल सम्पूर्ण कर्णाली अञ्चल समावेश भएको र सुगौली सन्धिपूर्व बद्रीकेदारलाईसम्म छुन पुगेको, बाइसी राज्यमध्येको एक राज्य । ३. प्राचीन कालको जावेश्वर भूमि; जावेश्वर देश । > जुम्ली— वि॰ १. जुम्लामा बस्ने; जुम्लाको निवासी । २. जुम्लासम्बन्धी; जुम्लाको । ना॰ जुम्लातिर बोलिने भाषिका ।

जुम्लुङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ जुम्लुङ्+ब] भुत्लाका साथमा; लामा भुत्ला हल्लाउँदै; झ्याम्ल्याङ्ब ।

जुम्ल्याहा— वि॰ [सं॰ यमले १. एकै पटक एउटै गर्भबाट जन्मेका; जम्ल्याहा । २. दुई वा दुईभन्दा बढी टाँसिएर फलेका । ना॰ ३. त्यसरी जन्मेका बच्चा वा फलेका फल ।

जुम्सो— वि॰ [प्रा॰ जुम्मसोओ < सं॰ जृम्मशोके १. शोकले गर्दा हाई काड्ने (व्युत्पन्न अर्थ॰ । २. दुब्लो; मरन्च्याँसे वा लोसो (प्रचलित अर्थ॰ । स्त्री॰ जुम्सी । > जुम्स्याइँ— ना॰ जुम्सो हुनाको भाव; सुस्ती; ढिलोपना । जुम्स्याहा— वि॰ जुम्सो । जुम्स्याही— वि॰ जुम्सी ।

जुर्–नु— अ॰ क्रि॰ [सं॰ जुट्+नु] १. चाहिएको वा काम लाग्ने कुनै कुरा कतैबाट अकस्मात् आइलाग्नु; प्राप्त हुनु; भेटिनु; जोरजाम हुनु; विनाप्रयास आइपर्नु । २. विवाहका लागि ज्योतिषशास्त्रअनुसार वरवधूको ग्रहनक्षत्र मिल्नु । ३. कतै प्रस्थान गर्नका लागि वा कुनै शुभ कार्यका लागि साइत निस्कनु ।

जुरजुर— ना॰ [अ॰ मू॰ जुर्+अ (बि॰)] १. धमाधमको उठाइ वा उचालाइ; जथ्याकजुरुक । क्रि॰ वि॰ २. त्यसरी उठ्ने वा उचालिने गरी । > जुरजुराइ— ना॰ धमाधम उठ्ने वा उचाल्ने क्रियाप्रक्रिया । जुरजुराइनु— क॰ क्रि॰ १. धमाधम उचालिनु । अ॰ क्रि॰ २. धमाधम उठिनु । जुरजुराउनु— अ॰ क्रि॰ १. जुरजुर उठनु । स॰ क्रि॰ २. जुरजुर उठाउनु । जुरजुराहट— ना॰ जुरजुराइ । जुरजुरी— क्रि॰ वि॰ जुरजुर उठ्ने वा उचालिने गरी ।

जुरमुर— ना॰ [अ॰ मू॰ जुर्+मुर्] १. फुर्तीफार्ती; जरकमरक; ताउरमाउर । २. रिसाउने चाल । क्रि॰ वि॰ ३. फुर्तिलो वा तम्सिलो भएर; जरकमरक गर्दै । > जुरमुराइ— ना॰ जुरमुर गर्ने क्रिया वा प्रक्रिया । जुरमुराइनु— अ॰ क्रि॰ जुरमुर गर्ने हुनु ।

जुरमुराउनु— अ॰ क्रि॰ १. जुरमुर गर्दै उठ्नु । २. तत्पर हुनु; तम्सिनु । जुरमुरिनु— अ॰ क्रि॰ जुरमुराउनु । जुरमुथ्याइ— ना॰ जुरमुरिने भाव, क्रिया वा प्रक्रिया । जुरमुथ्याइनु— क॰ क्रि॰ जुरमुर गर्ने पारिनु । जुरमुथ्याउनु— प्रे॰ क्रि॰ जुरमुरिने पार्नु ।

जुरमुथ्याहट— ना॰ जुरमुथ्याइ ।

जुराइ— ना॰ [रू जुर् (+आइ॰] १. जुर्ने भाव, क्रिया वा प्रक्रिया । [ जुराउ+आइ] २. जुराउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

जुराइनु— क॰ क्रि॰ जुर्ने तुल्याइनु; जुटाइनु । जुराउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. जुर्ने पार्नु; साइत आदि मिलाउनु । २. चाहिने सरसामान सबै जोर्नु; जुक्ताउनु; जुटाउनु ।

जुराफ१— ना॰ [अ॰ जुरूफे बट्टाई पाल्ने पिँजडाको खोल ।

जुराफ/जुराब२— ना॰ [तु॰ जुर्राबे मोजा ।

जुरी— ना॰ [अङ्॰] अभिनिर्णायक मण्डली (अदालतको॰ । जुरुक जुरुक— ना॰ [अ॰ मू॰ जुरुक्+अ (बि॰)] मनमा लगातार आइरहने उत्तेजना वा उबेग । २. लगातारको उठाइ वा उचालाइ । क्रि॰ वि॰ ३. त्यस प्रकारको उत्तेजना, उबेग वा उठाइका साथ ।

जुरुकमुरुक— ना॰/क्रि॰ वि॰ [अ॰ मू॰ जुरुक्+अ (बि॰)+मुरुक] जुरुकजुरुक; जरकमरक; जुरजुरी ।

जुरुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ जुरुक्+क] एकै प्रयासमा उचाल्ने वा उठ्ने हिसाबले । जुरुब जुरुब— ना॰ [अ॰ मू॰ जुरुङ्+अ(बि॰)] १. जुरुकजुरुक । २. सिरिबसिरिब । क्रि॰ वि॰ ३. रोमाञ्चकारी ढङ्गले ।

जुरुङ्ब— क्रि॰ वि॰ [अ॰ मू॰ जुरुङ्+ब] जरो, भय, जोस, जाडो आदिबाट शरीरमा कम्प हुने, काँडा उम्रिने वा रोमाञ्च हुने किसिमले; सिरिङ्ब; जिरिङ्ब ।

जुरे— वि॰ [जुरो+ए] जुरो भएको; जुरो बाँधेको । ~ काफल— ना॰ लाम्चा पात भई दूध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल । ~ चिल— ना॰ जुरो हुने, एक जातको चील; सिउरवाला चील । ~ तब— ना॰ कौल अड्याउने काठीको जुरो । ~ मयल— ना॰ बोट सानो र पात ठूलो हुने एक जातको मयल; एक जातको सानो जङ्गली नास्पाती ।

जुरेली— ना॰ [जुरो+एली] १. जुरो हुने; पुच्छरको मन्तिर रातो अथवा पहेँलो र आबको रब कालो हुने भँगेरोभन्दा केही ठूलो आकारको चरो । २. लोकगीत आदिमा प्रेमीबारा प्रेमिकालाई सम्बोधन गरिने शब्द । वि॰ ३. राम्रो स्वर भएकी; कोकिलकण्ठी । ~ कण्ठ— ना॰ जुरेलीको झैँ मीठो स्वर भएको कण्ठ । — को

गुँड— ना॰ सानो तर राम्रो घर; सबै सुविधा भएको र सानो चिटिक्क परेको घर । ~ थुम्को— ना॰ दुईतिर भिरालो भई माझमा सलक्क परेको डाँडो ।

जुरेलो— ना॰ [जुरो+एलो] १. झुन्ड्याउनका लागि घुमका पीठमा लगाइएको उझिन्डो । २. जुरेली चरो । जुरे सुगा— ना॰ [जुरे+सुगो जुरो हुने एक जातको सुगा ।

जुरो— ना॰ [सं॰ जूटे १. समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल । २. साँढेका काँधमाथि भुक्क उठेको रौँदार मासपिण्ड । ३. धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर । ४. जुरेली, डाँफे, लामपुच्छ्रे आदि पक्षीका शिरमा उठेको ठाडो रौँ ।

जुर्रा— ना॰ [फा॰ जुर्रे एक जातको भाले बाजलाई बुझाउने शब्द; भाले बाज ।

जुलाई— ना॰ [अङ्॰] ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौँ महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतीसदिने महिना ।

जुलाफ/जुलाब— ना॰ [अ॰ जुल्लाबे १. दिसा खलास गराएर पेटको कसर ६याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन । २. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी ।

जुलाहा— ना॰ [फा॰ जौलाहे कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय ।

जुलुङ्गो— ना॰ बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बीचमा गाडिने, तर्साउने आकृति; पराल वा खर आदिबारा बनाएर उभ्याइएको मूर्ति; तर्साउने; बुख्याचा ।

जुलुम— ना॰ [अ॰ जुल्मे १. आ६नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती । क्रि॰ वि॰ २. अति; अत्यन्त । वि॰ ३. ज्यादै बियाँलो; अति विलम्ब । ४. अद्भुत; उदेकलाग्दो; अभूतपूर्व । > जुलुमी— वि॰ १. अत्याचार गर्ने; जुलुम गर्ने । २. अतिआकर्षक; बेस; उत्तम ।

जुलुस— ना॰ [अ॰] १. कुनै कुराको विरोध वा समर्थनमा अधिकारीहरूमाथि प्रभाव पारेर कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरूको पङ्क्तिवद्ध भीड । २. धेरै मानिसहरूको एकसाथको यात्रा; कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरूको यात्रा । ३. समर्थन, विरोध, सम्मान आदिको सामूहिक प्रदर्शनी ।

जुल्फी— ना॰ [फा॰ जुल्फे काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल; बाबरी; बुलबुले; बङ्गाली । ~ पाल्नु— टु॰ काटछाँट गरी तह लाएर केही लामो पारी कपाल पाल्नु । ~ रोटी— ना॰ जिलेबी । > जुल्फे— वि॰ जुल्फी भएको; जुल्फी पाल्ने ।

जुवा१— ना॰ [प्रा॰ जुग < सं॰ युगे १. गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिने दुई वा चारवटा सोइला भएको काठ । २. तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत ।

जुवा२— ना॰ [सं॰ द्यूते १. पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बीच हारजित हुने गरी खेलिने खास–खास खेल; (तास, पासा, कौडा इ॰); जूवा ।

जुवाइँ— ना॰ [प्रा॰ जामाउये १. छोरी, बहिनी वा भतिजीका पति; जामाता । २. नातिनी, पनातिनी आदिका पति ।

जुवाडी— वि॰ [जूवा+आडी] जुवा खेल्ने; जुवाडे । > जुवाडे— वि॰ जुवामा लत बसेको; ज्यादा जुवा खेल्ने; जुवाडी; बाह्रमासे ।

जुवारी— ना॰ [सं॰ युगलिका > प्रा॰ जुअलिआ > ८जुवाली] रसिक स्त्री–पुरुष विशेष गरेर युवक–युवतीले सवाल–जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव–प्रधान गीत; युगल–प्रेमगीत । ~ खेल्नु— टु॰ स्त्री–पुरुष दुई जनाले सवाल–जवाफ गरी गीत गाउनु ।

जुस— ना॰ [अङ्॰] १. फलफूल निचोरी निकालिएको रस; झोल । २. दाल, मासु आदि खाद्य पदार्थमा पानी मिसाई सार रसमा उत्रने गरी बेसरी पकाएर तयार पारिएको रस; झोल ।

जुहार— ना॰ [हि॰] १. प्रार्थना; अनुरोध । २. देवतासँग मागिने वरदान ।

जुहारत/जुहारात— ना॰ [अ॰ जौहरे रत्न; मणि; जवाहिरात; जुहार । श्र जुहारी— ना॰ रत्नको व्यापारी वा पारखी; जौहरी ।

जुहारी१— ना॰ तारबाजाको घोडीको आब; जिबा; जुआरी ।

जुहारी२— ना॰ [रू जुवारी] जुवारी; युगलप्रेमगीत ।

जुही— ना॰ [सं॰ यूथी] ससाना पात हुने, लाम्चा र मसिना खालका सेता, पहेँला र राता फूल फुल्ने एक जातको लहरो; त्यसैको फूल; जूही ।

जूट— ना॰ [सं॰] १. कोरीबाटी नगरेको कपालको गुजुल्टो; जुरो । २. कपालको चोटी । ३. सनपाट; जुट ।

जूठो— ना॰ हे॰ जुठो ।

जून१— ना॰ [अङ्॰] हे॰ जुन२ ।

जून२— ना॰ हे॰ जुन३ ।

जूवा— ना॰ हे॰ जुवा२ ।

जूही— ना॰ हे॰ जुही ।

जे— सर्व॰ [सं॰ ये १. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम; जुन । (उदा॰— जे गर्न मन छ, गर । जे पायो त्यही नखाऊ॰ । वि॰ २. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सार्वनामिक विशेषणको एक भेद; सम्बन्धी विशेषण; जुन । (उदा॰— जे काम गर्न मन पर्छ, गर॰ ।

जेउडो— ना॰ [सं॰ जीवरोमे १. भारी बाँध्ने ऊनको डोरी । २. कुनै पनि किसिमको डोरो वा डोरी; बन्धन ।

जेट— ना॰ [अङ्॰] ठूलो र विशेष प्रकारको इन्जिनयुक्त तीव्रगामी वायुयान । ~ विमान— ना॰ जेट ।

जेठ— ना॰ [सं॰ ज्येष्ठे १. ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना; सालको दोस्रो महिना; ज्येष्ठ । वि॰ २. जेठो (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तो— जेठकान्छी, जेठरैती आदि) । — कान्छी— ना॰ मानिस वा प्राणीहरूका बीचको उमेरको घटीबढी; मानिस वा प्राणीहरूका बीचको जन्मकालको अन्तर; जन्मका आधारमा जेठो र कान्छो हुने स्थिति । — बूढो— ना॰ गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने बारे; मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागू हुनुअघिको व्यवस्था) । — रैती— ना॰ गाउँघरमा मुखियासरह मानिएको व्यक्ति; बडघर ।

जेठाक— ना॰ [सं॰ जेष्ठाङ्गे अंशबन्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएका नाताले पाउने अंशको विशेष भाग; जेठ्याक ।

जेठाजु/जेठाज्यू— ना॰ [जेठो+जु/ज्यू] लोग्नेको दाजु ।

जेठान— ना॰ [सं॰ ज्येष्ठ+आन] स्वास्नीको दाजु । — दिदी— ना॰ जेठानकी स्वास्नी । > जेठानी— वि॰ १. जेठानसम्बन्धी (तुल॰ जेठानी दिदी = जेठानदिदी) । २. जेठाजुकी पत्नी; पोइका दाजुकी पत्नी ।

जेठाबा/जेठाबाबु— ना॰ [जेठो+बा/बाबु] जेठो बाबु; बडाबा । जेठा बोहरा— ना॰ [जेठो+बोहरो बूढा र बुद्धिमान् व्यक्ति; बूढा र बुद्धिमान् व्यक्तिलाई शाहकालमा प्रदान गरिएको पद ।

जेठासी— ना॰ [जेठ+आसी] जेठ महिनामा झिकिने वा झिकिएको चरेस ।

जेठी— वि॰ [जेठो+ई] १. बढी उमेरकी; पहिले जन्मेकी । ना॰ २. जेठाकी स्त्री । ~ आमा— ना॰ १. जेठा बाबुकी स्वास्नी; बाबुकी जेठी भाउज्यू । २. आ६नी आमालाई भन्दा पहिले बाबुले विवाह गरेकी स्त्री; जेठी सौतिनी आमा । ~ कान्छी— ना॰ १. केही पहिले र केही पछि जन्मेका दिदीबहिनी । २. केही पहिले र केही पछि भियभयाइएका सौतासौती । ३. केही पहिले र केही पछि भियभयाइएका बुहारीहरू । ~ खुँडा— ना॰ जेठी तरबार । ~

तरबार— ना॰ सेनापतिले लिने लामो तरबार (दिव्य॰); जेठी खुँडा । जेठी मधु— ना॰ [सं॰ यष्टिमधु] १. ठूला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो; यष्टिमधु । २. त्यसैको फूल वा जरो ।

जेठेक— ना॰ [सं॰ ज्येष्ठाङ्गे सबै भाइलाई समान भाग लागिसकेपछि जेठालाई जेठोपनका निम्ति दिइने केही अतिरिक्त सम्पत्ति; जेठ्याक; जेठाक ।

जेठो— वि॰ [सं॰ ज्येष्ठे १. अरूभन्दा बढी उमेरको; दाजुभाइहरूमध्ये पहिले जन्मेको; ज्येष्ठ । ना॰ २. जेठो उमेरको व्यक्ति । ~ बाठो— वि॰ १. उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बूढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता । ना॰ २. त्यस्तो व्यक्ति । ~ बाबु— ना॰ जेठाबा; बडाबा । ~ बूढो— वि॰ १. गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको । ना॰ २. त्यस्तो व्यक्ति । ~ भाग— ना॰ १. अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग; जेठाक । २. कुनै वस्तुको विभिन्न भागमध्ये सबैभन्दा ठूलो भाग ।

जेता— वि॰ [सं॰] १. लडाइँमा वा कुनै किसिमको प्रतिबन्बितामा जित्ने; विजयी । ना॰ २. विजयी व्यक्ति ।

जेतेमेते— ना॰ १. विशेष महत्त्व नभएका सानातिना मालसामान; खयभयाकखुत्रुक । २. जे पायो सोही वस्तु । (उदा॰— पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन॰ । क्रि॰ वि॰ ३. कुनै तरिकाले; जिनतिन; खस्याबखुसुब । (उदा॰— परीक्षामा विनातयारी जेतेमेते लेखेर राम्रो अङ्क प्राप्त गर्न सकिँदैन॰ ।

जेथा— ना॰ [सं॰ यथो चलअचल सबै सम्पत्ति; भएभरको श्रीसम्पत्ति । ~ जमानी— ना॰ १. कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आ६नो निर्दिष्ट जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी । २. त्यसरी सहीछाप गरिएको लिखत । ३. त्यस्तो लिखत गर्ने प्रणाली । ~ जमिन— ना॰ जेथा; घरजग्गा; जग्गाजमिन । ~ जिरायत— ना॰ भूमिसुधार ऐन लागू हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको सिरजग्गा र अरू सम्पत्ति; मौजाको चलअचल सम्पत्ति ।

जेथोमेथो— ना॰ भएभरको श्रीसम्पत्ति; सिरीखुरी ।

जेनकेन— क्रि॰ वि॰ [सं॰ येनकेने कुनै प्रकारले; कुनै किसिमले; येनकेन प्रकारेण; जसरीतसरी ।

जेनतेन— क्रि॰ वि॰ [सं॰ येनतेने १. जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले । २. जिनतिन; जसरीतसरी; जेनेतेने । वि॰ ३. साधारण; सामान्य (वस्तु वा चीजबीच॰ ।

जेनरेटर— ना॰ [अङ्॰] बिजुली, ताप आदि उत्पादन गर्ने यन्त्र; ऊर्जाप्रजनक ।

जेप/जेब— ना॰ [अ॰ जेबे खल्ती; गोजी; बगली; पाकेट । ~ खर्च— ना॰ नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च । —

घडी— ना॰ खल्तीमा राखेर व्यवहार गरिने घडी ।

जेबर— ना॰ [फा॰ जेवरे सुनचाँदी र जुहारतबाट बनेको आभूषण; गहना ।

जेबी— वि॰ [फा॰ जेब+ई] जेबमा राख्न हुने; जेबमा अटाउने; जेबमा राख्न बनाइएको । ~ घडी— ना॰ जेबघडी (पकेटवाच॰ । ~ पात्रो— ना॰ खल्तीमा अटाउने पात्रो; सानो आकारको पञ्चाङ्ग । ~ पुस्तक— ना॰ छरितो आकारको पुस्तक । ~ रुमाल— ना॰ हात, मुख, नाक पुछ्न वा शोभाका निम्ति जेबमा राखिने रुमाल ।

जेमन्त— ना॰ आफूलाई मन लागेअनुसार गर्नु; आफूखुसी गर्नु । क्रि॰ वि॰ आफूलाई मन लागेअनुसार; आफूखुसी ।

जेय— वि॰ [सं॰] जित्न सकिने; जित्नुपर्ने; जित्न लायक ।

जेरबन्द— ना॰ [फा॰] घोडाको पेटमा बाँध्ने काठीको साज; जेडबन्दा ।

जेरी— ना॰ दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पीठोबाट सेलजस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठूला घेरामा जेलिएको मिठाई; तहतह परी घुम्रिएको ठूलो खालको जिलेबी वा जुल्फी ।

जेल्–नु— स॰ क्रि॰ [जाल+नु] १. धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु; फन्का मार्नु; बेर्नु । २. अलमल्याउनु; बिथोल्नु ।

जेल— ना॰ [अङ्॰] अपराधी थुन्ने घर; जेलखाना; झ्यालखाना । —

अफिस/कार्यालय— ना॰ झ्यालखानासम्बन्धी काम गर्ने–गराउने कार्यालय । — खाना— ना॰ कुनै व्यक्तिले अपराध गरेको छ भनी उजुर पर्न आए वा केही तथ्यहरूका आधारमा सरकारलाई त्यस्तो लागी मुद्दा चलाउनुपर्ने भएमा र अदालतमा चलेको त्यस प्रकारको मुद्दाको किनारा नलागुन्जेल कानुनअनुसार थुनामा राखी कारबाई गर्नुपर्ने भएमा वा अदालतको फैसलाअनुसार अपराध प्रमाणित भई कैदको सजाय तोकिएमा तोकिएको अवधिभरका लागि थुन्ने ठाउँ वा घर; जेल; झ्यालखान; कारागार; बन्दीगृह; खोर ।

जेलजाल— ना॰ [जेल+जाल] १. मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम; खुकुलो पारी बाँध्ने काम; बाँधबुँध; बारबेर । २. कसेर नभई कामचलाउ ढङ्गले बुन्ने काम; खुकुलो किसिमको बुनाइ । ३. जालझेल । ४. जेलो; जाल; बिथोलो । जेल प्रशासन— ना॰ [जेल+प्रशासन] झ्यालखानासम्बन्धी व्यवस्था मिलाउन र त्यसलाई सुव्यवस्थित रूपमा राख्न गरिने प्रबन्ध ।

जेलर— ना॰ [अङ्॰] झ्यालखानाको रेखदेख गर्ने र कैदीहरूमाथि निगरानी राख्ने जेलको प्रमुख हाकिम; कारागाराधिकृत (जेल– सुपरिन्टेन्डेन्ट॰ ।

जेलवासी— ना॰ [जेल+वासी] १. झ्यालखानामा थुनिएको अपराधीग् थुनुवा । २. कैदी ।

जेलाइ— ना॰ [रू जेल् (+आइ॰] जेल्ने क्रिया वा किसिम । [ > ]

जेलाइनु— क॰ क्रि॰ जेल्न लाइनु; जेलिने तुल्याइनु । जेलाइलो— वि॰ जेलो परेको; जेलिएलाजस्तो । जेलाउनु— प्रे॰ क्रि॰ जेल्न लाउनु; जेलाइमा पार्नु । जेलिनु— अ॰ क्रि॰ जेलाइमा पारिनु; चारैतिरबाट बाँधिनु; बेरिनु ।

जेलाहा— वि॰ [जेल्+आहो जेलजाल खडा गर्ने; झन्जटिया ।

जेलो— ना॰ [जेल्+ओ] १. जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो । २. जेलिएको वा जेलिने स्थिति; अलमल; बिथोलो ।

जेवर— ना॰ [फा॰] गहनागुरिया; जेबर ।

जेसुकै— सर्व॰ [जे+सो+कोई] जुनसुकै; जे पनि ।

जेहन— ना॰ [अ॰] १. सोचविचार गर्ने; बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति; समझ । २. मगज; दिमाग; बुद्धि । — दार— वि॰ सम्झने; बुझ्ने र निश्चय गर्ने शक्ति भएको; समझदार; दिमागदार; बुद्धिमान् ।

जै१— ना॰ [जई] जौको जस्तो बोट हुने एक प्रकारको अन्न; एक जातको जौ; जई ।

जै२— पू॰ स॰ व्याकरणका अनुसार पूर्वगामी आंशिक समध्वन्यात्मक बित्व हुँदा 'ज'बाट आरम्भ भई केही शब्दमा गाँसिने एकखाले पूर्वसर्ग (जैजेथा, जैजगेरा इ॰) ।

जैतुन— ना॰ [अ॰] गोलकाँक्रीका आकारका नीला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूबारा पवित्र मानिने एक जातको वृक्ष ।

जैन— ना॰ [सं॰] १. चौबीसौँ वा अन्तिम तीर्थङ्कर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म । २. त्यस धर्मका अनुयायी; जैनी । > जैनी— ना॰ जैन धर्मका अनुयायी; जैन मतावलम्बी ।

जैरे— ना॰ [सं॰ जटिल+ए] १. काखीमनि उम्रने रौँ; काखीको रौँ । वि॰ २. तुच्छ; नीच; क्षुद्र; मुलाङ्खरे ।

जैले— क्रि॰ वि॰ [जहिले] जुन बेलामा; जुन समयमा; जहिले । >

जैलेसुकै— क्रि॰ वि॰ जुनसुकै बेलामा पनि; जहिलेसुकै ।

जैव— वि॰ [सं॰] जीवसम्बन्धी; जीवको ।

जैविक— वि॰ [सं॰] जीवसम्बन्धी । ~ पदार्थ— ना॰ जीवबाट पैदा हुने पदार्थ; जीवसम्बन्धी पदार्थ । ~ विष— ना॰ जीवमा पाइने विष; प्राणीमा हुने विष ।

जैसिनी— ना॰ [जैसी+इनी] जैसी आइमाई । ~ मार्सी— ना॰ गाढा कलेजी रबको एक जातको मार्सी धान ।

जैसी— ना॰ [सं॰ ज्योतिषी > जोइसी] १. ब्राह्मणका दुई वर्गमध्ये एक वर्ग -जस्तै— जैसी ब्राह्मण, उपाध्याय ब्राह्मण) । २. ज्योतिषी; जोइसी । ३. बाहुनको एक थर; जोशी । ~ कोठा— ना॰ परराष्ट्र मन्त्रालयअन्तर्गत भोटचीनसम्बन्धी पुराना अभिलेखहरूको सङ्ग्रह रहेको पुरानो एक अड्डा ।

जैसो— क्रि॰ वि॰ [सं॰ जयसि] १. आशीर्वादात्मक शब्द; भाग्गेमानी भएस् । ना॰ २. आशीर्वाद ।

जो— सर्व॰ [प्रा॰ जो < सं॰ यःे १. वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सम्बन्धी सर्वनाम; जुन । (उदा॰— जो आएको भए पनि तिमीलाई के खाँचो ;) । वि॰ २. वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सार्वनामिक विशेषण; जुन । (उदा॰— जो लाउँछ चुक्ली उही जान्छ फुक्ली, जो होचो उसको मुखमा घोचो — उखान॰ ।

जोइटिङ्ग्रे/जोइटिङ्रे— ना॰ [जोइ+टिङ्गरो+ए] १. पत्नीको इसारामा चल्ने वा पत्नीले भनेपछि जे पनि मान्ने पति । २. जोईको दास ।

जोइल— ना॰ [सं॰ जायालये आ६नो घरबार गरी बसेकी वा कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसका कमाइमा निर्भर रहने काम । विप॰ पोइल । ~ जवाइ— अ॰ क्रि॰ १. आ६नो घरबार गरी बसेकी वा आ६नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम । २. ललाईफकाई वा डराईधम्काई परस्त्रीलाई स्वास्नी बनाउने काम । श्र जोइले— वि॰ १. जोइटिङ्ग्रे । २. धेरै स्वास्नी बिहे गर्ने; स्वास्नीचखुवा ।

जोइसी— ना॰ [सं॰ ज्योतिषी] १. ज्योतिषशास्त्रको ज्ञाता । २. ब्राह्मणको एक थर; जोशी । ३. ब्राह्मणको एक श्रेणी; जैसी ।

जोई— ना॰ [सं॰ जायो स्वास्नी; पत्नी । ~ पोइ— ना॰ लोग्नेस्वास्नी; पतिपत्नी; दम्पती ।

जोकर— ना॰ [अङ्॰] १. उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्यौलो व्यक्ति । २. तासमा बाउन्न चक्कीदेखि बाहेक अनौठो चित्र भएको चक्की । ३. बाउन्न चक्कीभित्रैबाट निर्धारित तासको पत्ती । जो कोही— सर्व॰ [जो+कोही] १. जोसुकै; कोही; कुनै; जुनसुकै ।

(उदा॰— यो काम जोकोहीले गर्न सक्तैनन्॰ । ना॰ २. सर्वसाधारण ।

जोख्–नु— स॰ क्रि॰ [सं॰ जुष+नु] तुलो, तराजु आदिमा राखेर कुनै वस्तुको वजन लिनु; कुनै वस्तुको तौल गरेर परिमाण थाहा पाउनु; तौलनु ।

जोख— ना॰ [जोख्+अ] जोख्ने काम । — जाख— ना॰ १. जोखेर वा समान कार्य गरेर परिमाणको ठहर लगाउने कार्य । २. मूल्याङ्कन । ~ तौल— ना॰ कुनै वस्तुलाई जोख्ने र तौलने काम; कुनै वस्तुको वजन लिने काम ।

जोखना— ना॰ १. ग्रह, नक्षत्र आदिबाट हुने शुभाशुभको विचार; भूतप्रेत आदिको दोषविचार । २. कुनै तात्कालिक घटनाको परिणाम जान्नका लागि कुण्डलीमा चामल खसालेर वा त्यसै अरू कुनै तरिकाले शुभाशुभ विचार गर्ने काम । ३. गहिरिएर विचार गर्ने काम; मननचिन्तन ।

जोखा१— ना॰ [जोख्+ओ १. परस्पर दाँज्ने काम; समता; तुल्यता; बराबरी । २. तौलेर, गमेर या हेरेर गरिने परीक्षा वा मूल्याङ्कन; जोखो (लेखो शब्दका साथमा प्रयुक्त॰ ।

जोखा२— वि॰ [जोताहा+खारेजे कुनै जग्गामा मोही लागेको छैन भनी लालपुर्जा आदिमा अङ्कित हुने शब्द ।

जोखाइ— ना॰ [रू जोख् (+आइ॰] जोख्ने क्रिया वा तरिका; तौल; जोखो । [ > ] जोखाइनु— क॰ क्रि॰ जोख्न लगाइनु । जोखाउनु— प्रे॰ क्रि॰ जोख्न लगाउनु वा जोखिने पार्नु; तौलाउनु । जोखिनु— क॰ क्रि॰ जोख्ने काम गरिनु; जोखाइमा पारिनु; तौलिनु ।

जोखिम— ना॰ [फा॰ जख्मे १. शारीरिक चोटपटक लाग्ने वा मानसिक आघात पुग्ने सम्भावना भएको काम; शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम; खतरा । २. हानिनोक्सानी हुने सम्भावना; अनिष्ट वा विपत्तिको आशङ्का । > जोखिमी— वि॰ हानिनोक्सानी हुने सम्भावना भएको; खतरापूर्ण; सन्दिग्ध ।

जोखो— ना॰ [जोखा+ओ] १. लेखो; जोखा; मूल्याङ्कन; गुण वा परिमाणको निर्धारण । २. जोखाइ । ३. नापो ।

जोग— ना॰ [सं॰ योगे १. योग; संयोग; औसर । २. जोगीको अभ्यास वा ज्ञान । > जोगडा— ना॰ नाम मात्रको जोगी (उदा॰— गाउँको जोगी जोगडा अरू ठाउँको सिद्ध — उखान॰; जोगेडो ।

जोगाइ— ना॰ [रू जोगाउ (+आइ॰] जोगाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] जोगाइनु— क॰ क्रि॰ जोगिने पारिनु; बचाइनु ।

जोगाउ— ना॰ [सं॰ युज+आउ] १. पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम । २. त्यसरी जोगाएर राखिएको वस्तु; जगेर्ना । > जोगाउनु— स॰ क्रि॰ १. जोगाउ गर्नु; बचत गर्नु; उभार्नु । २. सड्नुबिग्रनुबाट रक्षा गर्नु; बचाउनु ।

जोगामेसो— ना॰ [प्रा॰ जोग+मेसो] अनुकूल समय; संयोग; सन्जोग; मौका ।

जोगिनी— ना॰ [सं॰ योगिनी] १. सन्न्यास लिएकी स्त्री; सन्न्यासिनी । २. सिद्धि प्राप्त गरेकी स्त्री । ३. जोगीकी स्त्री । ४. योगिनी देवी । ५. ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी ।

जोगिनु— अ॰ क्रि॰ [जोग्+इ+नु] १. सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु; विनाश वा विपत्तिबाट बच्नु । २. खर्च भएर वा नोक्सान भएर बच्नु; बाँकी रहनु; उब्रनु । ३. कुहिनु, सड्नु र बिग्रनुबाट बच्नु; नबिग्रनु ।

जोगी— ना॰ [सं॰ योगी] सन्न्यासी; सन्नेसीग् सिद्धजोगी । — को

तुम्बा— ना॰ १. भएभरको पुँजी; सिरीखुरी । २. केही नभएको वा रित्तो भाँडो । ~ चरो— ना॰ केही पहेँलो रबको साथमा पोथी नदेखिने एक किसिमको चरो; एक्लो चरो; ठिङ्गे चरो । ~ जङ्गम— ना॰ १. स्थायी रूपले एउटै आश्रममा नबसी, हिँडडुल गरिरहने जोगी; यायावर । २. जोगी, सन्नेसी, जङ्गम आदिको समुदाय । ~ लट्टे— ना॰ जोगीका लट्टाजस्तै लामालामा र राता लुर्कनदार झुप्पामा कोदाका जस्ता मसिना राता गेडा फुल्ने बोट वा त्यसैको फल । ~ तिहुन— अनेकथरी वस्तु मिसाएर तयार गरिएको तिहुन । ~ तरकारी— ना॰ जातजातका सागपात मिसाएर पकाइएको तरकारी । जोगे काठ— ना॰ [प्रा॰ जोग < सं॰ योग+काठ] कापे परेको काठ; खाँबो, खामो; चोके ।

जोगेडो— ना॰ [जोगी+एडो] हे॰ जोगडा । जोगे लहरो— ना॰ [जोग+लहरो] कोक्याउने र अमिलो स्वाद हुने एक प्रकारको जङ्गली लहरो । जो छ सो— ना॰ [जो+छ+सो] १. व्याकरणअनुसार प्रथमा विभक्तिलाई बुझाउने प्राविधिक पदावली । वि॰ बो॰ २. कुरा गर्दा आउने थेगोको एक प्रकार ।

जोड्–नु— स॰ क्रि॰ [प्रा॰ जुट्+नु] १. भाँचिएको, छिनेको, फुटेको आदि वस्तुलाई रसाएर वा बाँधछाँद आदि गरेर मर्मत गर्नु । २. दुई अलग वस्तुलाई एउटैमा मिलाउनु; दुई वस्तुका बीचमा परस्पर सम्बन्ध कायम गराउनु । ३. गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु; एकभन्दा बढी अलग–अलग सङ्ख्यालाई एउटैमा मिलाउनु ।

जोड१— ना॰ [सं॰ योगे १. गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम । २. एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर; योगफल । ३. दुई वस्तु मिलेको वा जोरिएको ठाउँ; जोर्नी; सन्धिस्थल ।

जोड२— ना॰ [फा॰ जोरे जोर; बल; शक्ति । — का तोड— ना॰ १. शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बीचमा पाइने समता; बलाबल । वि॰ २. समान बल वा योग्यता भएको । — को— वि॰ बराबरीको; भनेजस्तो ।

जोडजाड— ना॰ [जोड+जाड] १. छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ । २. जसरीतसरी गरिएको वा गरिने आर्जन; झारझुर । जोड तोड— ना॰ [जोड+तोड] भएभरको बलको प्रयोग; सक्तो कोसिस ।

जोडदार— वि॰ [फा॰ जोर+दार] जोरदार; शक्तिशाली; बलियो ।

जोडन— ना॰ [जोड्+अन] १. दही जमाउनका निम्ति दूधमा हालिने दहीको अंश; दहीको बीउ । २. संयोग; मेल ।

जोडा— ना॰ १. समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु । २. साथी; मित्र; दौँतर । ३. भालेपोथी । ४. जोईपोइ । ५. हल । ~ साङ्ला— ना॰ १. सग्राँतीको दिन, सग्राँती । २. सङ्क्रमणकाल ।

जोडाइ— ना॰ [रू जोड् (+आइ॰] जोड्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] जोडाइनु— क॰ क्रि॰ जोड्न लाइनु । जोडाउनु— प्रे॰ क्रि॰ जोड्न लाउनु; जोडिने पार्नु । जोडिनु— क॰ क्रि॰ १. जोड्ने काम गरिनु । अ॰ क्रि॰ २. जुट्नु; मिल्नु; संयुक्त हुनु ।

जोडी— ना॰ [जोडा+ई] १. एकै ठाउँमा रहेका प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती । २. भाले–पोथी; जोडा । ३. जोर वस्तु; बिजोर नभएको वस्तु । ४. समानता; समता; बराबरी । वि॰ ५. होडबाजी गर्ने; प्रतिबन्बी; प्रतिस्पर्धी ।

जोत्–नु— स॰ क्रि॰ [जोत+नु] १. हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु । २. गोरुका काँधमा जुवा राखेर जोताराले बाँध्नु; नार्नु । ३. बग्गीमा घोडालाई कस्नु । ४. कसैलाई काममा बेसरी लगाउनु; लदाउनु । ५. कसैलाई घचेट्नु; ठेल्नु ।

जोत— ना॰ [प्रा॰ जोत्ते १. हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम । २. धनुसित परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोती । ~ खन— ना॰ खेतबारी जोत्ने वा खन्ने काम । — जात— ना॰ कामचलाउ किसिमको जोताइ । ~ जिरायत— ना॰ जिमीदारका खान्कीमा ठेकिएको जमिन; जिमीदारले आफैँ खनजोत गराएको जमिन; जिरायतजग्गा । ~ पोत— ना॰ जोत्ने र पोत तिर्ने कार्य ।

जोताइ— ना॰ [रू जोत् (+आइ॰] जोत्ने क्रिया वा प्रक्रिया । [ > ]

जोताइनु— क॰ क्रि॰ जोत्न लाइनु; जोताइ गराइनु । जोताइलो— वि॰ जोत्न मिल्ने; जोत्न अनुकूल पर्ने । जोताउनु— प्रे॰ क्रि॰ जोत्न लाउनु । जोतार— ना॰ १. जोत्ने हली वा लाठे । २. जोत्ने काम । वि॰ ३. जोधाहा । जोतारो— ना॰ जुवाका सोइलामा बाँधेर गोरुका गलामा बाँध्ने डोरी; जोती ।

जोताहा— ना॰ [जोत्+आहो १. हलो जोत्ने व्यक्ति; हली; खास किसान; मोही । वि॰ २. हलो जोत्ने; जोत्ने । ~ पुर्जा— ना॰ मोहियानी हकको प्रमाणपत्र । > जोताहार— ना॰ खूब जोत्न सक्ने वा जोत्ने खालको गोरु । ~ हक— ना॰ मोहियानी हक ।

जोतिनु— क॰ क्रि॰ [जोत्+इ+नु] १. जोत्ने काम गरिनु । अ॰ क्रि॰ २. ठोकिनु; धसिनु (उदा॰— लड्दा केटाको मुख भुइँमा जोतियो॰ ।

जोतिस— ना॰ [सं॰ ज्योतिषे १. ज्योतिषशास्त्र । २. ज्योतिषशास्त्री । श्र जोतिसी— ना॰ ज्योतिषशास्त्री; ज्योतिषी ।

जोती— ना॰ [जोता+ई] १. हलाको जोतारो । २. गोरुको नत्थीलाई रास वा लगामसँग जोड्ने साधन । ३. धनुमा परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोत ।

जोत्ने— वि॰ [जोत्+ने] १. हलाले खेतबारी खोस्रने । ना॰ २. हलो चलाउने व्यक्ति; हली । ~ किरो— ना॰ १. आलु, पिँडालु आदिमा सल्की भित्रभित्रै गुदी खाने एक जातको कीरो । २. हत्केलामा खोपिल्टो पार्दै जाने एक जातको मसिनु कीरो ।

जोधा— ना॰ [सं॰ योद्धो १. बलियो, सूरो व्यक्ति; खूब लड्न सक्ने व्यक्ति; खूब जुध्न सक्ने व्यक्ति । वि॰ २. जुध्न सक्ने; युद्ध गर्ने; बलियो; हृष्टपुष्ट । > जोधाहा— वि॰ १. निर्धक्कसँग लड्ने, खूब जुध्ने वा भिड्ने; लडाका; जोधा । २. निहुँखोजा वा जोरीखोजा । ३. बलवान् ।

जोबन— ना॰ [सं॰ यौवने पट्ठो उमेर; यौवन; बैँस । — दार— वि॰ जोबन भएको; जवानी चढेको; जवान; तन्नेरी वा तरुनी ।

जोबान— ना॰ [सं॰ यौवने जोबन । > जोबाने— ना॰ हुर्किसकेको बहर; जोत्ने बेला भएको बहर ।

जोर्–नु— स॰ क्रि॰ [जोड+नु] १. मिलन गराउनु (उदा॰— नयाँ बनेको सडकले मुगलिबलाई गोर्खासँग जोरेको छ) । २. एउटा वस्तुमा अर्को वस्तु गाँस्नु; एउटा वस्तुसँग अर्को वस्तु जोल्ट्याउनु । २. जड्नु; जडान गर्नु । ३. जम्मा गर्नु; जुटाउनु । ४. जोड्नु; मिलाउनु ।

जोर१— ना॰ [फा॰] १. प्राणीभित्र अन्तर्निहित शक्ति; बल; ताकत । २. वेग; शीघ्र गति । ३. जबरजस्ती; बल–प्रयोग । ४. मेहनत; श्रम ।

जोर२— ना॰ [सं॰ योगटे १. एकसाथ उपयोगमा ल्याइने दुई वस्तु; जोडा; जोडी । २. गणितको एक हिसाब; जोड । — जाम— ना॰ आवश्यक सरसामान खोजमेल गरी जुटाउने काम; जोर्ने वा जम्मा गर्ने काम । जोर जुलुम— ना॰ [फा॰ जोर+अ॰ जुल्मे १. अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ; बलजफत; जबरजस्ती । २. अन्याय; अत्याचार । जोर तम्बल— ना॰ [जोर+तम्बल] भजनमा बजाइने पुरानो किसिमको तबला ।

जोरदार— वि॰ [फा॰] १. जोर लगाएर गरिएको । २. प्रबल; शक्तिशाली; बलियो ।

जोरन— ना॰ [जोर+अन] दहीको बीउ; जोडन । जोर नगरा— ना॰ [जोर+नगरो कुस्लेजातिले बजाउने तालबाजा ।

जोरफोर— ना॰ [जोर+फोर] आफूलाई चित्त नबुझेको वा शङ्का लागेको कुरामा भन्नेसुन्ने सबैलाई जम्मा पारी खुलस्त कुरा गरी साँचोझूटो पत्ता लगाउने काम । जोर बिजोर— ना॰ [जोर+बिजोर] १. हातभित्र एक वा एकभन्दा बढी सानातिना कुनै वस्तु लुकाएर 'जोर कि बिजोर <' भनी सोधेर खेलिने एक खेल । २. जोर र बिजोर । ३. मिलनबिछोड; संयोगवियोग । जोर मुरली— ना॰ [जोर+मुरली] दुइटा मुरली एउटैमा जोडी बनाइएको मुरलीजस्तै फुकेर बजाइने बाजा; नागबाँसुरी ।

जोरसोर— ना॰ [फा॰ जोरशोरे १. हल्लाखल्ला; ठूलो जोर । २. जोस; उत्साह ।

जोरही— ना॰ [जुर्रा+ही] हात्तीको पोथी बच्चो ।

जोराइ— ना॰ [रू जोर् (+आइ॰] जोर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] जोराइनु— क॰ क्रि॰ जोरिने तुल्याउनु । जोराउनु— प्रे॰ क्रि॰ जोर्न वा गाँस्न लगाउनु । जोरिनु— क॰ क्रि॰ १. जोर्ने काम गरिनु; जोडिनु । अ॰ क्रि॰ २. जोरजाम हुनु; जुट्नु ।

जोरी— ना॰ [जोड+ई] १. अनावश्यक निहुँ खोज्ने काम; झगडा गर्न खोज्ने प्रवृत्ति; सेखी; घमन्ड (उदा॰— बल छ भन्दैमा कसैले अकारण जोरी खोज्नु हुँदैन॰ । वि॰ २. जोडी; प्रतिबन्बी । ३. शत्रु । ~ खोजा/खोजाहा— वि॰ नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा । ~ पारी— ना॰ १. आ६नो उन्नतिप्रगतिमा डाह गर्ने र हानिनोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्ति । २. छरछिमेकका आफूसमानका व्यक्तिहरूको समुदाय ।

जोर्ती— ना॰ [जोड्+ती] दुई वस्तु जोडिएको ठाउँ; जोर्नी; सङ्गम । ~ गीत— ना॰ स्त्रीजाति र पुरुषजातिबारा सँगसँगै गाइने गीत; स्त्रीजाति र पुरुषजातिको सहगान; समूहगान ।

जोर्नी— ना॰ [जोर्+नी] १. शरीरका अवयवहरूमध्ये दुई अवयव जोडिने ठाउँ; सन्धिस्थल । २. दुई वस्तु गाँसिएको वा जोडिएको ठाउँ; गाँस; सङ्गम ।

जोला— ना॰ [जोडो १. प्रेमी र प्रेमिकाको जोडी; जोली । २. युग्म; युगल । वि॰ २. दुई जना; दुइटा । ~ वर्ष— ना॰ बिहे गरेको दोस्रो, चौथो र छेटौँ (विशेष गरेर दोस्रो॰ वर्ष ।

जोलाहा— ना॰ [सं॰ युगले सार्की र कमिनीबाट जन्मेको सन्तान ।

जोलिया— ना॰ [जोर+इयो कसैको पिछलग्गू; भरौटे; सेवक ।

जोली— ना॰ १. प्रेमीप्रेमिकाको जोडा; युगल प्रेमी । २. जोडा ।

जोल्ट–नु— अ॰ क्रि॰ १. दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु । २. खप्टनु । ३. मिल्नु; जोडिनु । > जोल्टाइ— ना॰ जोल्टने भाव, क्रिया वा प्रक्रिया । जोल्टाइनु— क॰ क्रि॰ जोल्टन लाइनु । जोल्टाउनु— प्रे॰ क्रि॰ जोल्टन लाउनु; जोल्टने पार्नु । जोल्टिनु— अ॰ क्रि॰ जोल्टनु; लठारिनु; खप्टिनु ।

जोल्टिब— ना॰ [अङ्॰] १. खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का । २. जोल्ट्याब ।

जोल्टेरो— वि॰ [जोल्ट+एरो] जोडीमा पर्ने ।

जोल्टो— वि॰ [जोल्ट+ओ] लठारिएको; जोल्टिएको; जोल्ठो ।

जोल्ट्याइ— ना॰ [रू जोल्टि (+याइ॰] १. जोल्टिने क्रिया वा प्रक्रिया । [ जोल्ट्याउ+आइ] २. जोल्ट्याउने क्रिया वा प्रक्रिया । [ > ]

जोल्ट्याइनु— क॰ क्रि॰ लठारिने तुल्याइनु । जोल्ट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु । २. मिलाउनु; जोर्नु । ३. जोल्टिने पार्नु वा पार्न लगाउनु । जोल्ट्याब— ना॰ लठारो आदि झट्कारिँदा पर्ने बल र पैदा हुने कम्पन; जोल्टिब । जोल्ट्याहट— ना॰ जोल्ट्याइ । जोल्ट्याहा— वि॰ जोल्टिने वा जोल्ट्याउने स्वभावको ।

जोशी— ना॰ [सं॰ ज्योतिषी] १. ज्योतिषविद्या जान्ने ज्योतिषी । २. बाहुनहरूको एक थर । ३. नेवारहरूको एक थर ।

जोस— ना॰ [फा॰ जोशे १. अवस्थाविशेषमा हुने मनको तीव्र गति; मनको आवेग; मनोबेग । २. स्फूर्ति । — दार— वि॰ जोस भएको (भाषण, नारा, खेल इ॰) । > जोसिलो— वि॰ जोस भएको; फुर्तिलो; तेजिलो ।

जोसमनी— ना॰ [सं॰ ज्योतिर्मणि] भारतको जुनागढ गिरनार निवासी भुरे बाबाबाट दीक्षित नेपाली सन्त शशीधरले स्थापना गरेको निर्गुण भक्तिवादी मत ।

जोसुकै— सर्व॰ [जो+सो+कोही] १. जोकुनै; जोकोही; जुनकुनै; जो । ना॰ २. सर्वसाधारण ।

जोह/जोहो— ना॰ [प्रा॰ जोहो १. कुनै कामको निमित्त गरिने बन्दोबस्त; इन्तिजाम । २. काम र समयअनुसारको मालसामान जोर्ने काम; जोरजाम; जोरबटुल । ३. खोजतलास; खोजी ।

जौ१— ना॰ [सं॰ यवे कार्तिक, मङ्सिरमा रोपेर वैशाखजेठमा काटिने, गहुँका जस्ता बोट भई लामो टुँडो हुने, गहुँका जातिकै एक प्रसिद्ध अन्न; यव ।

जौ२— पू॰ स॰ जध्वनिबाट आरम्भ हुने शब्दमा लाग्ने इत्यादिवाचक एक बित्वध्वनि; जर । ~ जहान— ना॰ सम्पूर्ण परिवार; घरभरिका सबै जहान; जरजहान ।

जौहरी— ना॰ [अ॰] १. जुहारतको व्यापारी; जुहारतको पारखी; जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति । २. सुनचाँदीको काम गर्ने व्यक्ति ।

ज्ञ१— ना॰ १. देवनागरी लिपिमा स्वतन्त्र रूपको मानिएको तर ज तथा `को संयोगले संयुक्त बनेको व्यञ्जनवर्ण; गाँठोपारी ज्ञ; ज्ञानी ज्ञ । २. नेपाली भाषाको उच्चारणअनुसार 'गइँ'–का रूपमा उच्चरित हुने सोही वर्ण ।

ज्ञ२— वि॰ [सं॰] नामशब्दका पछिल्तिर लाग्दा तत्सम्बन्धी कुरा जान्ने भन्ने र विशेषण तथा उपसर्गका पछिल्तिर लाग्दा तिनीहरूको अर्थसमेत गाभेर जान्ने भन्ने अर्थ बुझाउने (शब्द॰; ज्ञाता (जस्तै— नाम शब्दका पछिल्तिर — गुणज्ञ, दोषज्ञ; विशेषणका पछिल्तिर — अल्पज्ञ, बहुज्ञ; उपसर्गका पछिल्तिर — अभिज्ञ, विज्ञ आदि॰ ।

ज्ञपित/ज्ञप्त— वि॰ [सं॰] जनाइएको; ज्ञापित ।

ज्ञप्ति— ना॰ [सं॰] १. जनाइने वा बोध गराइने क्रिया वा विषय । जोर २. ज्ञान; विचार ।

ज्ञात— वि॰ [सं॰] जानिएको; थाहा पाइएको; बुझिएको । ~ यौवना— ना॰ १. आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका; आ६नो यौवनलाई बुझ्न सक्ने नायिका । २. संस्कृत साहित्यशास्त्रमा वर्णित नायिकाका भेदमध्ये मुग्धा नायिकाको एक भेद । > ज्ञातव्य— वि॰ जान्नुपर्ने; थाहा पाउनुपर्ने; जान्न योग्य; थाहा पाउन लायक; ज्ञेय ।

ज्ञाता— वि॰ [सं॰] जान्ने; थाहा पाउने; जानिफकार ।

ज्ञाति— ना॰ [सं॰] एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब ।

ज्ञान— ना॰ [सं॰] १. मन वा आत्मालाई हुने कुनै विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी । २. शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध; तत्त्वज्ञान; आत्मसाक्षात्कार । ३. ज्ञानेन्द्रियबारा प्राप्त अनुभव; बोध । — कृत— वि॰ जानीजानीकन गरेको; जानीबुझीकन गरेको । ~ गम्य— वि॰ ज्ञानबारा बुझ्न वा जान्न सकिने; बुद्धिले ठम्याउन सकिने; ज्ञानगोचर; बोधगम्य । ~ गोचर— वि॰ ज्ञानेन्द्रियबारा साक्षात्कार गर्न सकिने; ज्ञानबारा थाहा पाउन सकिने; ज्ञानगम्य । ~ चक्षु— ना॰ १. ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि; अन्तर्दृष्टि । वि॰ २. ज्ञानका आँखा भएको; विवेकशील; विबान् । — तः— क्रि॰ वि॰ जानीबुझीकन; थाहा पाईकन; ज्ञानपूर्वक । —

द/दाता— वि॰ १. ज्ञान दिने; लौकिक वा पारमार्थिक कुरा बुझाइदिने । ना॰ २. गुरु । ~ निष्ठा— ना॰ ज्ञानप्रतिको विश्वास वा आस्था । ~ पत्र— ना॰ कुनै सङ्घसंस्था, अड्डा आदिमा भएका कामकुराको यथार्थ जानकारी दिलाउन पठाइने पत्र । ~ पिपासा— ना॰ ज्ञान प्राप्त गर्ने प्रबल इच्छा; कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति; तीव्र जिज्ञासा । ~ पिपासु— वि॰ ज्ञान प्राप्त गर्ने इच्छा भएको; कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने; ज्ञानार्थीग् जिज्ञासु । — मय— वि॰ १. ज्ञानले परिपूर्ण; ज्ञानस्वरूप; चैतन्यस्वरूप; चिन्मय । ना॰ २. परब्रह्म । ~ मुद्रा— ना॰ तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औँला र बूढी औँलाको टुप्पो जोडी देखाइने मुद्रा । ~ योग— ना॰ ज्ञानप्राप्तिबारा जीवनमुक्तिका लागि गरिने साधना; शुद्ध ज्ञानको प्राप्ति । —

वती— ना॰ १. बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि; वज्रयानको अन्तिम भूमि । वि॰ २. ज्ञान भएकी । — वान्— वि॰ ज्ञान भएको; जान्नेबुझ्ने; ज्ञानी । ~ वृद्ध— वि॰ उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय; शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बूढो । ~ साधन/साधना— ना॰ ज्ञानप्राप्तिका लागि गरिने साधना; ज्ञान हासिल गर्नका लागि गरिने निरन्तरको प्रयास । २. ज्ञान प्राप्त गर्ने साधन; ज्ञानेन्द्रिय ।

ज्ञानावरण— ना॰ [सं॰] १. ज्ञानले ढाकिने कर्म । २. ज्ञानप्राप्तिका निम्ति बाधक पापकर्म । > ज्ञानावरणीय— वि॰ ज्ञानबारा ढाक्न सकिने; ज्ञानावरण हुने ।

ज्ञानावस्था— ना॰ [सं॰] अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था; चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था ।

ज्ञानी— वि॰ [सं॰] १. आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान् । २. भनेको मान्ने; कुरा बुझ्ने (बच्चा॰ । (उदा॰— मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ॰ । ना॰ ३. दैवज्ञ; ऋषि । ज्ञानेन्द्रवीरविक्रम शाह— ना॰ [सं॰] २०)७ सालमा तत्कालीन राणा प्रधान मन्त्रीबारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा भएका वीरेन्द्रका माहिला भाइ; नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपूर्वका नेपालका राजा ।

ज्ञानेन्द्रिय— ना॰ [सं॰] भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिभ्रो र छाला गरी जम्मा पाँच इन्द्रिय; पञ्चज्ञानेन्द्रिय ।

ज्ञापक— वि॰ [सं॰] कुनै कुरा जनाउने; बुझाउने; थाहा दिने; ज्ञापयिता; सूचक ।

ज्ञापन— ना॰ [सं॰] कुनै विषयको जानकारी; सूचना; जनाउ । ~ पत्र— ना॰ १. कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र । २. कुनै सरकारी वा गैरसरकारी सङ्घसंस्था आदिबाट आ६नो माथिल्लो निकाय वा सरकारलाई आ६ना माग आदि अवगत गराउने तथा पूरा गर्नेतर्फ ध्यानाकृष्ट गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र; विरोधपत्र; सामूहिक रूपमा दिइने चेतावनीपत्र ।

ज्ञापयिता— वि॰ [सं॰] सूचना दिने; ज्ञापक ।

ज्ञापित— वि॰ [सं॰] १. ज्ञापन वा सूचना गरिएको; थाहा दिइएको; जनाइएको । २. जानकारी गराइएको । ३. प्रकट गरिएको; प्रकाशित ।

ज्ञाप्य— वि॰ [सं॰] थाहा दिनुपर्ने; जनाउनुपर्ने; जानकारी दिनुपर्ने; सूचना गर्नुपर्ने; भन्नुपर्ने; जानकारी गर्न लायक ।

ज्ञेय— वि॰ [सं॰] जान्नुपर्ने; जान्न सकिने; जान्न लायक; सिक्न लायक ।

ज्या१— ना॰ [सं॰] १. धनुमा लगाइएको डोरी; ताँदो । २. रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा । ३. पृथ्वी; माता ।

ज्या२— वि॰ बो॰ १. विस्मृति, भूल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द । ना॰ २. बिगार; नाश (बालबोलीमा॰ ।

ज्यादती— ना॰ [अ॰ जियादती] १. कसैमाथि गरिने अनुचित व्यवहार; अचाक्ली; अत्याचार । २. अन्याय ।

ज्यादा— वि॰ [अ॰ जियादे आवश्यकता वा सुहाउँदोभन्दा धेरै; सामान्यतया हुनुपर्ने वा गर्नुपर्ने भन्दा अधिक । क्रि॰ वि॰ २. अचाक्ली; अति । वि॰ ३. अनुचित (बोली, वचन वा व्यवहार) । — भन्दा ज्यादा/से ज्यादा— क्रि॰ वि॰ हुन सकेसम्म माथिल्लो हदमा; धेरैभन्दा धेरै; हदमा पनि ।

ज्यादिबिधि— क्रि॰ वि॰ [ज्यादा+विधि] १. धेरै; अघोरै; अत्यन्तै ज्यास्ती । ना॰ २. अन्याय; अचाक्ली ।

ज्याद्रो— वि॰ [ज्यादा+रो] १. कठोर; साह्रो । २. परिश्रमी । ३. आज्ञाकारी नभएको; अटेरी ।

ज्यान१— ना॰ [सं॰ जीवने प्रेमी वा प्रेमिकाबारा परस्परमा एकअर्कालाई बोलाइने शब्द; प्रेमी वा प्रेमिका । (उदा॰— मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ < — एक गीत॰ ।

ज्यान२— ना॰ [सं॰ जीवने १. जीवन; प्राण; प्राणतत्त्व । २. प्राणधारी शरीर; प्राणी । ~ खून— ना॰ ज्यान मार्ने काम; ज्यान मार्न गरेको काम; नरहत्या । — मारा— वि॰ १. अर्काको ज्यान मार्ने; अर्काको प्राण लिने; हत्यारा; घातक । २. खाँदा ज्यानै लेलाजस्तो ज्यादै पिरो (खोर्सानी॰; राँगे; अबरे । ~ मुद्दा— ना॰ ज्यान मारे वा मार्न उद्योग गरेबापत लागेको मुद्दा; ज्यानसम्बन्धी मुद्दा । ~ सजाय— ना॰ कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने मृत्युदण्ड; ज्यान लिने सजाय; प्राणदण्ड ।

ज्यानी— ना॰ [ज्यान+ई] १. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; ज्यान । वि॰ २. ज्यान लिने खालको । ~ दुस्मन— ना॰ ज्यानमा दागा धर्ने अवस्थामा पुगेको शत्रु; ठूलो शत्रु ।

ज्यापु१— ना॰ कपासको गेडाभित्र हुने बियाँ; कपासको बियाँ; कपासको बीज ।

ज्यापु२— ना॰ [नेवा॰] खेती मुख्य पेसा भएको एक नेवारजाति ।

ज्याबल/ज्याभल— ना॰ [नेवा॰ ज्याभले कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल ।

ज्यामन्तै— क्रि॰ वि॰ [जे+मन+त्यही] १. हुन गइरहेमुताबिक; हुन चाहेमाफिक । २. जे हुन्छ त्यही; इच्छाअनुसार । (उदा॰— ज्यामन्तै होस्, अब उसको वास्ता गरिँदैन॰ ।

ज्यामा— ना॰ [जीआमो जीआमा; हजुरआमा ।

ज्यामिति— ना॰ [सं॰] सतह आदिको क्षेत्रफल नाप्ने गणितको एक विभाग; रेखागणित; क्षेत्रगणित । > ज्यामितिक— वि॰ ज्यामितिसम्बन्धी; रेखागणितसम्बन्धी ।

ज्यामिर— ना॰ [सं॰ जम्बीरे मोसमका जस्ता पात हुने, सेता फूल फुल्ने, मोसमकै आकारका अमिला फल फल्ने एक जातको बोट; त्यसै बोटको फल ।

ज्यामी— ना॰ [नेवा॰] ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति; ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यालादार; खेतालो । ~ माहुरी— ना॰ चाकाको हेरविचार गर्ने र खानेकुरा जम्मा गर्ने सबैभन्दा साना माहुरी ।

ज्याम्तो— वि॰ [प्रा॰ जमडो < सं॰ यमटे हेर्दा सधैँ रोगीजस्तो देखिने; दुब्लोपातलो; मरन्च्याँसे; झ्याउरो ।

ज्याला— ना॰ [नेवा॰] काम गरेबापत दिइने पैसा, अन्न आदि मजुरी; मजदुरी; पारिश्रमिक; बनी । — दार— वि॰ ज्यालामा अर्काको काम गर्ने । ना॰ २. ज्यामी; मजदुर; ज्यालामी । —

दारी— ना॰ १. ज्यालादारले गर्ने काम; मजदुरी । वि॰ २. ज्यालादार । > ज्यालामी— ना॰ ज्यामी ।

ज्यासल— ना॰ [नेवा॰] बाँडा, कौ, कामी आदि कालिगडको काम गर्ने ठाउँ; कार्यशाला ।

ज्यास्ता— वि॰ [ज्यादो १. ज्यादा; अधिक । क्रि॰ वि॰ २. अति; अचाक्ली । > ज्यास्ती— वि॰/क्रि॰ वि॰ ज्यादा; ज्यास्ता ।

ज्युँ— वि॰ [सं॰ येने १. जति । क्रि॰ वि॰ २. जति । ३. जसरी । — का त्युँ— वि॰ १. शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बीचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो उस्तै; जस्ताको तस्तो । २. समान बल भएको; जोडका तोड । — त्युँ— क्रि॰ वि॰ जुन तरिकाले हुन्छ त्यसरी नै; जुनसुकै किसिमले; जसरीतसरी; जेनतेन; जिनतिन । २. बल्लबल्ल; मुस्किलसँग ।

ज्युँदो— वि॰ [सं॰ जीवन्ते हे॰ जिउँदो ।

ज्यु— ना॰ [सं॰ जीवे जीउ; शरीर । — छाडा— वि॰ हे॰ जीउछाडा । — जान— ना॰ १. भएभरको शक्ति; पूरै ताकत । २. मरिमेटाइ । — ज्यु— ना॰ १. अरूले गरेका कुरामा सही थाप्ने, सहमति प्रकट गर्ने वा जेजे भन्यो त्यहीत्यही मान्ने काम । २. मानितो; आदर । वि॰ बो॰ ३. ज्यू; हजुर ।

ज्यु–नु— अ॰ क्रि॰ हे॰ जिउनु ।

ज्युनार— ना॰ [रू जिउनारे भोजन गर्ने क्रिया; खाना खाने काम जिउनार ।

ज्युला— ना॰ [सं॰ ज्याकुल/ज्याकुल्ये खेत ।

ज्यूँदो— वि॰ हे॰ जिउँदो ।

ज्यू१— प्रत्य॰ [सं॰ जीवे १. कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द; जी (रामज्यू, श्यामज्यू इ॰) । ना॰ २. ढोग्ने काम; ढोग; जीउ । ३. कसैका कुरामा सही थाप्दा र सहमति जनाउँदा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द ।

ज्यू–नु— अ॰ क्रि॰ हे॰ जिउनु ।

ज्यू२— ना॰ हे॰ जिउ ।

ज्यूनार— ना॰ हे॰ जिउनार ।

ज्यूनी— ना॰ हे॰ जिउनी ।

ज्यूला— ना॰ हे॰ ज्युला ।

ज्येष्ठ— वि॰ [सं॰] १. दाजुभाइमध्ये बढी उमेरको; पहिले जन्मेको; छोराहरूमध्ये जेठो । २. समयका हिसाबले प्राचीन । ३. आफूभन्दा बढी उमेरको । ना॰ ४. जेठ महिना । — ता— ना॰ ज्येष्ठ हुनाको भाव; जेठोपना । ~ वर्ण— ना॰ सनातनी परम्पराअनुसार जेठो मानिने ब्राह्मण–जाति । > ज्येष्ठा— वि॰ १. दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी । ना॰ २. सत्ताइस नक्षत्रमध्ये अठारौँ । ज्येष्ठाश्रम— ना॰ चार आश्रममध्ये अन्य आश्रमका व्यक्तिलाई सहायता दिई संरक्षण प्रदान गर्ने नाताले उत्तम मानिएको गृहस्थाश्रम । ज्येष्ठाश्रमी— वि॰ ज्येष्ठाश्रममा रहने; गृहस्थ ।

ज्योति— ना॰ [सं॰] १. बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक । २. त्यस्तो प्रकाश वा तेज दिने वस्तु (अग्नि, सूर्य, चन्द्र, तारा आदि) । ३. आगाको लप्को; अग्निशिखा । ~ पुञ्ज— ना॰ १. ज्योतिको थुप्रो; प्रकाशराशि; प्रकाशमण्डल । २. अत्यधिक ज्योति वा प्रकाश । ~ भवन— ना॰ राति यात्रा गर्नुपर्दा जहाजलाई बन्दरगाहको स्थिति देखाउन राखिएको चहकिलो बत्तीसहितको धरहरा (बिकन) । — मान्— वि॰ प्रकाशपूर्ण ।

ज्योतिर्गण/ज्योतिर्मण्डल— ना॰ [सं॰] आकाशमा भएका ग्रह, नक्षत्रहरूको समूह; नक्षत्रमण्डल; तारामण्डल ।

ज्योतिर्मय— वि॰ [सं॰] १. ज्योतिबाट बनेको; ज्योतिले भरिएको; ज्योतिनिर्मित; ज्योतिस्वरूप; प्रकाशमय । २. चमकदार; उज्यालो ।

ज्योतिर्लिङ्ग— ना॰ [सं॰] सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकाल, ॐकारेश्वर, केदारेश्वर, भीमशङ्कर, विश्वेश्वर, यभयम्बक, वैद्यनाथ, नागेश्वर, रामेश्वर र घृष्णेश्वर॰ ।

ज्योतिर्विद्— वि॰ [सं॰] ज्योतिष वा ज्योतिषशास्त्रको ज्ञाता; ज्योतिषी ।

ज्योतिर्विद्या— ना॰ [सं॰] हे॰ ज्योतिषशास्त्र ।

ज्योतिश्चक्र— ना॰ [सं॰] अश्विनी, भरणी आदि सत्ताइस नक्षत्रहरूका समूहबाट बनेको राशिचक्र ।

ज्योतिष— ना॰ [सं॰] १. ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र । २. ग्रहनक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गर्ने शास्त्र । — शास्त्र— ना॰ ज्योतिषविद्या; ज्योतिषसम्बन्धी कुराहरू बुझाउने शास्त्र । >

ज्योतिषी— वि॰ ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ । ना॰ २. ज्योतिषशास्त्रमा पोख्त व्यक्ति ।

ज्योतिष्कोष— ना॰ [सं॰] १. ज्योतिको भण्डार; ज्योतिको स्रोत । २. आँखा ।

ज्योतिष्टोम— ना॰ [सं॰] अग्निष्टोम यज्ञ गर्दा सो यज्ञको पूर्तिका निम्ति गरिने एक वैदिक यज्ञ ।

ज्योतिष्पथ— ना॰ [सं॰] ज्योतिको बाटो; प्रकाशमार्ग; आकाश; अन्तरिक्ष ।

ज्योतिष्मती— वि॰ [सं॰] १. ज्योति भएकी; ज्योतिले गर्दा धपक्क बलेकी जस्ती; ज्योतिर्मयी । ना॰ २. उजेली रात; जुनेली रात ।

ज्योतिष्मान— वि॰ [सं॰] १. ज्योति भएको; तेजिलो; प्रकाशमान । ना॰ २. चन्द्र, सूर्य वा अग्नि ।

ज्योत्स्ना— ना॰ [सं॰] चन्द्रमाको किरण; चन्द्ररश्मि; जून; जुनेली ।

ज्यौँ— वि॰/क्रि॰ वि॰ हे॰ ज्यूँ । — का त्यौँ— वि॰ ज्यूँका त्यूँ ।

ज्यौतिष— वि॰ [सं॰] १. ज्योतिषशास्त्रसम्बन्धी; ज्योतिषको । २. ज्योतिषी । > ज्यौतिषिक— ना॰ ज्योतिषी ।

ज्यौत्स्ना— वि॰ [सं॰] ज्योत्स्नायुक्त; चन्द्रको किरण भएको; जुनेली । श्र ज्यौत्स्नी— ना॰ जुनेली रात ।

ज्वर— ना॰ [सं॰] विभिन्न कारणबारा जम्मै जीउ तातेर भारी हुने, आबअठिङ्गर दुख्ने र खान त्यति रुचि नहुने एक रोग; जरो । >

ज्वरातिसार— ना॰ ज्वरका साथै नपचेको पातलो दिसा बारबार हुने रोग; जरोसँगै लाग्ने पखाला । ज्वरांश— ना॰ १. शरीरको तापमान केही बढ्ने र शरीर अलि अस्वस्थ हुने स्थिति; जरोको आभास । २. आंशिक जरो ।

ज्वरो— ना॰ [सं॰ ज्वरे हे॰ ज्वर; जरो । > ज्वरोत्पत्ति— ना॰ जरो आउने क्रिया; जरोको उद्भव; जरोको आरम्भ वा उत्पत्ति । >

ज्वरोत्पादक— वि॰ जरो निकाल्ने; जरो जन्माउने; जरो फुटाउने ।

ज्वलन— ना॰ [सं॰] १. आगो, पिरो, अमिलो आदिले शरीरमा हुने पीडा; टट्टाइ । २. अर्काको उन्नति र सफलता आदिलाई सहन गर्न नसकी मनमा हुने चिन्ता; डाह; ईर्ष्या; आरिस्याइँ । ३. आगाको झिल्को; आगो । — शील— वि॰ आगो टिप्ने वा बल्ने तत्त्व भएको; बल्ने गुण भएको (पेट्रोल, स्पिरिट, ग्याँस इ॰) ।

ज्वलन्त— वि॰ [सं॰] १. जल्दोबल्दो; प्रकाशमान; देदीप्यमान । २. सबैले देख्नबुझ्न सक्ने; अत्यन्त स्पष्ट ।

ज्वलित— वि॰ [सं॰] १. ज्वाला भएको; बलेको । २. प्रकाशयुक्त ।

ज्वाइँ— ना॰ [जुवाइँ] हे॰ जुवाइँ । ~ नारान/नारायण/साहेब— ना॰ जुवाइँलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द ।

ज्वान— वि॰ [फा॰ जवाने हे॰ जवान ।

ज्वानु— ना॰ [सं॰ यवानी] सुपका पातसँग मिल्दाजुल्दा पात हुने, सेतो फूल फुल्ने, मसिना सुगन्धी गेडा फल्ने मसलाका रूपमा र औषधीका रूपमा समेत प्रयोग गरिने एक जातको सानो बोट; त्यसको दानु ।

ज्वाने— वि॰ १. ज्वानोजस्तो । २. सानो; जिरे । ~ झार— ना॰ प्रायः धानखेतमा पाइने, ज्वानाका जस्ता पात हुने एक जातको भुइँझार ।

ज्वार१— ना॰ जुनेलो ।

ज्वार२— ना॰ चन्द्रमाका किरणको जोरले समुद्रका पानीमा छाल उठ्ने क्रिया; चन्द्रमाका आकर्षणले समुद्रमा उठ्ने छाल । ~ भाटा— ना॰ चन्द्रमाका किरणका प्रभावले समुद्रमा छालहरू उर्लने र सेलाउने प्रक्रिया; सामुद्रिक तरङ्गको उठ्ने र घट्ने क्रिया; समुद्री लहरको घटबढ । ज्वार भाटो— ना॰ [जुआर+भाटो] बलोलाई दुईतिरबाट कस्ने चोया र त्यसमा बाँधिने मुख्य भाटो; चोया र भाटो । ज्वारी कोट— ना॰ [जवाहरी+कोट] कमरसम्म आउने, घाँटी टम्म हुने, बाउला नभएको एक किसिमको कोट; जवाहरी कोट ।

ज्वाला— ना॰ [सं॰] १. बलेको आगाबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो । २. जल्ने वा पोल्ने क्रिया; ताप; जलन; डाह । ३. जीउभित्रको पीडा; सोला ।

ज्वालामुखी— ना॰ [सं॰] भूगर्भसम्बन्धी प्रक्रियाबारा कहिलेकाहीँ भित्रको अग्नि क्रियाशील भई राँकोसहित धूवाँ, तातो खरानी पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था । ~ पर्वत/पहाड— ना॰ ज्वालामुखीले निर्माण गरेको पहाड; ज्वालामुखी पर्वत ।