नेपाली शब्दसमूह १३ केकैकोकौ

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

के१— सर्व॰ [सं॰ किम्] प्रश्न गर्दा वा निन्दा, वितर्क, सन्देह आदि बुझाउँदा प्रयोग गरिने शब्द; कुन (वस्तु, कुरो, काम आदि॰ ।

के२— विभ॰ पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि । (उदा॰— रु॰ ५०)रू— दिनुपर्ने मध्ये गएको रामके रु॰ १५०रू—, श्यामके रु॰ १०)रू; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित॰ ।

केक— ना॰ [अङ्॰] मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी ।

केका— ना॰ [सं॰] मयूरको शब्द वा बोली ।

केकी— ना॰ [सं॰] मयूर; मुजुर । केके जाति— वि॰ [केके+जाति] अनेक भाँति; नानावली ।

केजाति— अव्य॰ [के+जाति] चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द । (उदा॰— उनले भनेको कुरो केजाति सम्झना पनि भएन॰ ।

केजी— ना॰ [अङ्॰] किलोग्रामको छोटकरी रूप; एक हजार ग्रामको तौल ।

केजो— ना॰ अग्ला पहाडतिर उम्रने, मोटो डाँठ र हाँगादार हुने, हाँगाहरू कलिलो छँदा गुलियो हुने अनि छिप्पिएपछि तीतो हुने र अचार खाइने एक बोट ।

केटाकेटी— ना॰ [केटा+केटी] १. साना नानीहरू; बालक–बालिका; भुराभुरी । २. छोराछोरी; बालबच्चा । ३. बेउला–बेउली; वरवधू । ४. गैँडाका बच्चा । वि॰ ५. बुद्धि नछिप्पिएको; आलोकाँचो ।

केटी— ना॰ [केटो+ई] १. सानी ठिटी; बालिका । २. बिहे गर्ने बेलाकी स्त्री; कन्या । ३. दासी; सुसारे ।

केटो— ना॰ [सं॰ चेटे १. सानो ठिटो; बालक । २. बिहे गर्ने बेलाको पुरुष; कुमार । ३. गैँडाको बच्चो । > केटौली— ना॰ १. केटाकेटी अवस्था; ठिटौली । २. उमेर नछिप्पिएको अवस्था वा अल्लारेपन । केटौलो— वि॰ १. केटौली अवस्थाको; केटाकेटीपनाको । २. अल्लारे ।

केतक/केतकी— ना॰ [सं॰] लामा साँप्लाजस्ता तीखा र चिल्ला पात हुने, डाँठ र पातमा काँढा लाग्ने, डाँठबाट बरका जस्ता जरा निस्कने, घोगो परेको र सेतो सुगन्धी फूल फुल्ने एक जातको झाब वा त्यसैको फूल; केत्तुके; केवडा ।

केतन— ना॰ [सं॰] १. घर; भवन । २. ठाउँ; स्थान । ३. ध्वजा; झन्डा ।

केतु— ना॰ [सं॰] १. नवग्रहमध्ये एक ग्रह; गिँड मात्रमा कल्पना गरिएको ग्रह । २. पुच्छ्रेतारा; धूम्रकेतु । ३. ध्वजा; झन्डा ।

केतुवा— ना॰ रम्बाँस; हातीवार ।

केत्तुके— ना॰ [सं॰ केतकी] १. केतकी; काँढादार लामा पातबाट पाट बनाउनमा प्रसिद्ध एक बोट । २. सयपत्रीको नाभो फूल ।

केदार— ना॰ [सं॰] १. धानखेतको गरो, आली वा बगैँचाको ड्याब; क्यारी । २. गङ्गोत्तरी र बदरीनाथका बीचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग । ३. रातको दोस्रो प्रहरमा गाइने ओडव–षाडव जातिको एक राग । — खण्ड— ना॰ केदारनाथको माहात्म्य वर्णन गरिएको स्कन्द पुराणको एक भाग । — नाथ— ना॰ हिमाली खण्डको केदारपर्वतमा रहेका प्रसिद्ध शिवजी; हिन्दूहरूको एक प्रसिद्ध तीर्थस्थल ।

केन— ना॰ [सं॰] एघार उपनिषद्मध्ये एक । केन्तुम् शाखा— ना॰ [ल्या॰ केन्तुम्+सं॰ शाखो भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप 'शतम्' र ल्याटिन रूप 'केन्तुम्'का आधारमा मुख्य दुई हाँगामा विभाजित शाखामध्ये एक; त्यसरी 'स' ध्वनिलाई 'क'–को प्रयोग वा उच्चारण गर्ने भाषाखलकको वर्ग वा शाखा [केन्तुम् (ल्याटिन॰, केत् (प्राचीन आयरेली॰, कन्द (तोखारेली॰, केन्तो (इटालेली॰, खेन्त (फ्रान्सेली॰, हन्ड (अङ्ग्रेजी॰, हैक्तोन (ग्रिसेली॰ आदि] ।

केन्द्र— ना॰ [सं॰] १. कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु; माझ; बीचको ठाउँ; नाभि । २. विभिन्न कार्यसञ्चालन हुने मुख्य ठाउँ वा सदर मुकाम । ३. सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान । ४. सधैँ बस्ने ठाउँ । ५. तैनाथ गर्ने विभाग । ६. फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौँ र दसौँ स्थान । ~ बिन्दु— ना॰ कुनै घेराको माझमा रहेको स्थिर बिन्दु; मध्यबिन्दु । ~ मण्डल— पृथ्वीभित्रका केन्द्रवरिपरिको खण्ड । > केन्द्राभिमुख— वि॰ बाहिरबाट केन्द्रतिर जाने वा आ६ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने । केन्द्रित— वि॰ केन्द्र बनाइएको; एकै ठाउँमा भेला गरिएको; केन्द्रीभूत ।

केन्द्री— वि॰ [सं॰] केन्द्रमा रहेको वा रहने; केन्द्रस्थित । — करण— ना॰ १. केन्द्रमा नै समेट्ने वा केन्द्रबारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम । २. एकै ठाउँमा जम्मा गर्ने काम । — भूत— वि॰ केन्द्र वा प्रमुख स्थानमा रहेको; चारैतिरबाट एकै ठाउँमा जम्मा भएको; केन्द्रित ।

केन्द्रीय— वि॰ [सं॰] १. केन्द्रसम्बन्धी; केन्द्रको । २. केन्द्र वा मध्य भागको; प्रधान; मुख्य । ३. कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ॰) । ~ बैङ्क/ब्याङ्क— ना॰ १. ब्याङ्कहरूको प्रधान अङ्ग वा ब्याङ्कहरूको पनि ब्याङ्क । २. वित्तीय कारोबारका साथै मातहतका सम्पूर्ण ब्याङ्कहरू सञ्चालन गर्ने ब्याङ्कहरूको प्रधान कार्यालय; राष्ट्र बैङ्क । ~ शासन— ना॰ कुनै राष्ट्रमा केन्द्रीय सरकारमै शासनसत्ताको अधिकार रहने र केन्द्र वा राजधानीबाटै देशको सम्पूर्ण शासन चलाउने व्यवस्था । ~ सङ्गठन— ना॰ गाउँ वा जिल्लास्तरमा भएका

 सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न

केन्द्रको रूपमा स्थापना गरिएको वा केन्द्रमा स्थापना भएको सङ्गठन । ~ सरकार— ना॰ राष्ट्रको केन्द्रमा रहेर वा राष्ट्रिय स्तरमा देशको शासन व्यवस्था मिलाउने र चलाउने मुख्य सरकार; केन्द्रीय मन्त्रिमण्डल वा मन्त्रिपरिषद् ।

केन्द्रोन्मुखी— वि॰ [सं॰] केन्द्रपट्टि झुकेको वा केन्द्रलाई नै मुख्य लक्ष्य बनाएको; केन्द्रको मात्र भर परेको ।

केप— ना॰ [अङ्॰] टोटामा जडिने, टोपीका आकारको आगो पार्ने धातुको साधन ।

केमाच— ना॰ कसुरजस्तो कन्द, सेतो जरा र लामालामा पात हुने, पानीभित्र उम्रने एक जातको झ्याउ वा एक किसिमको घाँस ।

केयूर— ना॰ [सं॰] पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना; बाजु ।

केर्–नु१— स॰ क्रि॰ [रू कोर्] लेखिएका अक्षर, शब्द आदिलाई धर्सो तानेर रद्दी पार्नु; केरमेट गर्नु; मेट्नु ।

केर्–नु२— स॰ क्रि॰ दोषी वा बापतीलाई उसले गरेको अपराधका बारेमा सोधपुछ गर्नु; अपराधको पत्ता लगाउन कारकेर गर्नु; खोहोथ्याउनु ।

केरकार— ना॰ [केर्+कार] दोषी वा बापतीलाई सोधपुछ गर्ने काम; कारकेर । २. केर्ने र मेट्ने काम; केरमेट ।

केरमेट— ना॰ [केर्+मेट्] लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम; केरकार ।

केरा— ना॰ [सं॰ कदली] निकै ठूला लामा पात हुने, कलेजी रबको कमलका आकारको बुङ्गो लाग्ने, पाकेपछि पहेँला, राता, हरिया रबका बोक्रा हुने लाम्चा गुलिया कोसे फल फल्ने जातजातको बोट वा त्यसैको फल; कदली ।

केराइ— ना॰ [रू केर् (+आइ॰] १. केर्ने काम वा किसिम; मेटाइ । २. कारकेर गर्ने काम; खोहोथ्याइ । केराइनु— क॰ क्रि॰ १. केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु । २. खोहोथ्याइनु; कारकेर गरिनु ।

केराउ— ना॰ [सं॰ कलापे डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, नीला, सेता वा कलेजी रबका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो वा त्यसैको फल । — कोसे— ना॰ केराउका जत्रा पोटिला कोसा हुने एक जातको सिमी ।

केराउनु— प्रे॰ क्रि॰ [केर्+आउ+नु] १. केर्न लाउनु; मेटाउनु; केरमेट गराउनु । २. कारकेर गराउनु; खोहोथ्याउनु ।

केरिनु— क॰ क्रि॰ [केर्+इ+नु] १. केर्ने मेट्ने काम गरिनु । २. सोधिनु; खोहोथ्याइनु ।

केरे— अव्य॰ [के+रे] कुराकानीमा आउने एक किसिमको थेगो ।

(उदा॰— तपाईंले भन्नुभएको कुरो केरे—अलमलमा भुसुक्कै बिर्सेछु॰ ।

केरो— ना॰ [रू केरो १. केरा (प्रायः तुच्छार्थमा) । २. पुरुष जनेनन्द्रिय (अश्ली॰) ।

केलाइ— ना॰ [रू केलाउ (+आइ॰] केलाउने काम वा प्रक्रिया । —

कुलाइ— ना॰ सबै केलाउने काम; छान्ने काम; छानबिन [ > ]

केलाइनु— क॰ क्रि॰ केलाउने काम गरिनु; छानबिन गरिनु ।

केलाउ–नु— स॰ क्रि॰ [प्रा॰ केलाये मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्ट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु; एक–एक गरेर त्यही वस्तु मात्र छान्नु; छानबिन गर्नु ।

केलि— ना॰ [सं॰] १. प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद । २. हाँसखेल; हँस्सीठट्टा । ३. स्त्रीप्रसङ्ग; मैथुन । — कला— ना॰ कामक्रीडा; मैथुनसम्बन्धी कला । — गृह— ना॰ सहवास गर्ने ठाउँ; रतिगृह ।

केल्टेली— वि॰ [केल्ट (स्थान॰+एली] युरोपभित्र बोलिने भारोपेली भाषापरिवारको एक शाखा ।

केवँरा— ना॰ [सं॰ केविको लाम्चा ठूलठूला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहेँला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना हुने बोट वा त्यसैको फूल ।

केवट— ना॰ [प्रा॰ केवट्ट < सं॰ कैवर्ते खोलानालामा माछा मार्ने र डुङ्गा तार्ने कामबाट जीवन निर्वाह गर्ने एक जाति वा त्यस जातिको व्यक्ति; माझी; मल्लाह ।

केवल— अव्य॰ [सं॰] १. खालि; त्यही एक मात्र । २. सिवाय । ना॰ ३. भ्रान्तिरहित विशुद्ध ज्ञान । — ज्ञानी— ना॰ विशुद्ध ज्ञान प्राप्त भएको साधु ।

केश— ना॰ [सं॰] टाउकाको रौँ; कपाल । — कर्म— ना॰ कपाल तलास्ने, कोर्ने, काट्ने, खौरने, छाँट्ने आदि काम । — कलाप— ना॰ कपालको समूह । — पतन— ना॰ रौँ झर्ने वा खोइरो लाग्ने रोग । — पाश— ना॰ कपालको चुल्ठो । — प्रसाधनी— ना॰ काइँयो । — मार्जन— ना॰ कपाल नुहाउने, कोर्ने वा तलास्ने काम ।

केशर— ना॰ [सं॰] १. फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा; केसर । २. प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रब भएको फूलमा हुने सुगन्धी पहेँलो केस्रा; केसर । ३. कुङ्कुम; किञ्जल्क । ४. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामालामा रौँ; याल; जगर ।

केशरी— ना॰ [सं॰] १. पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन; केसरी । २. नागकेशर । ३. सिंह । वि॰ ४. केशर हुने वा भएको ।

केशव— ना॰ [सं॰] १. कृष्ण । २. विष्णु । ३. ब्रह्म; परमेश्वर । वि॰ ४. केश भएको ।

केशविन्यास— ना॰ [सं॰] कपाल तलास्ने, चुल्ठो बाट्ने वा केश सजाउने काम ।

केस— ना॰ [अङ्॰] १. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस । २. झगडा; मुद्दा । ३. रोग वा रोगीको स्थिति । ४. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस ।

केसर— ना॰हे॰ केशर ।

केसरनामा— ना॰ [?] प्राचीन कालमा दुई सरकारका उच्च ओहदाका व्यक्तिहरूले सहीछाप गरेको व्यापारसम्बन्धी कामकुरो लेखिएको कागत ।

केसरिया— वि॰ [केसर+इयो केशरका रबको; रातो र पहेँलो मिसिएजस्तो रब भएको ।

केसरी— ना॰हे॰ केशरी ।

केसथ्याक— ना॰ [अङ्॰] टाइपकेसहरू सुरक्षित राख्ने विशेष किसिमको खण्डे दराज ।

केसौर— ना॰ [सं॰ कसेरु] चाम्रो, पातलो, खैरो रबको बोक्रा र गुलियो, सेतो नरम गुदी हुने सखरखण्डका ढाँचाको डल्लो कन्द ।

केस्राकेस्री— ना॰ [केस्रा+केस्रो सानाठूला धेरै केस्रा ।

केस्रि–नु— अ॰ क्रि॰ [केस्रो+इ+नु] केस्राहरू छुट्टिनु; केस्राकेस्रा पर्नु ।

केस्रो— ना॰ [सं॰ केसरे सुन्तला, चाक्सी, ज्यामिर, भोगटे आदि रसदार फलको बोक्राभित्र रहने खाद्य वस्तुको खण्ड वा तह ।

केही— वि॰ [सं॰ किंहि] १. अलिकति; थोरै । २. कुनै; एक न एक ।

कैँची— ना॰ [तु॰ कैची] १. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन; कतर्नु; कर्तरी । २. दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन । ३. साइकल आदिको एक साधन ।

कैँजल— ना॰ हर्राका जस्ता पात हुने अमिलो स्वादको, बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट ।

कैँडा— ना॰ १. धेरै हिँड्दा शरीरको थकाइ र नसाको तन्काइले पिँडौला वा तिघ्रामा पर्ने सुम्लो । २. कैँडो ।

कैँडे— वि॰ [कैँडो+ए] १. कैँडाका आकारको वा कैँडाजस्तो । २. अण्डकोष ठूलो हुने; आँडे ।

कैँडो— ना॰ [सं॰ गञ्जो फर्सी, कुभिन्डो आदिको सानो फल वा गट्टो ।

कैकेयी— ना॰ [सं॰] १. केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी; दशरथकी कान्छी रानी र भरतकी आमा । वि॰ २. डाहिल्ले; दुष्टा । (उदा॰— अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे॰ ।

कैटभ— ना॰ [सं॰] पुराणअनुसार विष्णुबारा मारिएको र मधु नाम गरेको दैत्यका भाइ; एक दैत्य ।

कैटे— ना॰ [सं॰ कटे काछमा हुने वा आउने वातसम्बन्धी खटिरो ।

कैतव— ना॰ [सं॰] १. छल; धोका । २. जुवा । > कैतवापह्नुति— ना॰ वास्तविक कुरालाई छलछामसाथ निषेध गरिने अपह्नुति अलङ्कारको एक भेद ।

कैथ— ना॰ [प्रा॰ कइत्थे बाहिर खैरो अत्तरछाला हुने र गुदीचाहिँ अमिलो हुने बेलजस्तो एक फल ।

कैद— ना॰ [अ॰] झ्यालखानामा राखिने सजाय; बन्धन; कारावास; थुना । ~ कट्टी— ना॰ थुनुवाले बस्नुपर्ने कैद पूरा हुने वा घट्ने काम । — खाना— ना॰ बन्दीगृह; झ्यालखाना; जेल; कारागार; कारागृह ।

कैदी— वि॰ [अ॰] कैद वा थुनामा परेको; झ्यालखानियाँ; बन्दी; थुनुवा । ~ पुर्जी— ना॰ थुनुवा पुर्जी ।

कैपुँचा— ना॰ [नेवा॰] गोलो थालका आकारको केही उठेको बिट भएको ठोकेर बजाइने मात्रिक तालबाजा ।

कैफत१— ना॰ [सं॰ कुपथ्ये १. खानेकुरा आदिबाट हुने बिगार वा खराबी; कुपथ्य । २. कपट; छलछाम । ३. ढाँट व्यवहार; ठग्ने प्रवृत्ति ।

कैफत२— ना॰ [अ॰ कैफियते १. कुनै कामकुरामा जानीजानी हुन गएको बिगार वा खराबी; विघ्न । २. कपट; दोष । ३. कैफियत । श्र कैफती— वि॰ कैफत गर्ने; गालपारा; बिगार गर्ने; कपटी ।

कैफियत— ना॰ [अ॰] कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा; विशेष विवरण । ~ तलब— ना॰ नबुझिएको र स्पष्ट खुलाई जवाफ दिनुपर्ने कुरा सम्बन्धित अड्डाखाना वा अधिकारप्राप्त तहबाट लेखापढी गरी बुझ्ने र स्पष्टीकरण माग्ने काम ।

कैयन्— वि॰हे॰ कैयौँ ।

कैयाँ— ना॰ १. प्रायः व्यापारको काम गर्ने एक वर्ग वा जाति । २. धूर्त वा चुइयाँ खालको व्यापारी ।

कैयौँ— वि॰ धैरै; अनेक; अनगन्ती; प्रशस्त; कैयन् ।

कैरन— ना॰ [रू कहिरने नालीबेली वा वृत्तान्त ।

कैरव— ना॰ [सं॰] चन्द्रमा उदाउँदा फुल्ने सेतो कमल; कुमुद ।

कैरात— ना॰ [सं॰] पहेँलोपहेँलो देखिने एक जातको श्रीखण्ड ।

कैरुवा— ना॰ चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रबका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग; पर्पट ।

कैलाली— ना॰ नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको दक्षिण भागमा रहेको एक जिल्ला ।

कैलाश— ना॰ [सं॰] हिमालयमा मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल; शिवजीको वासस्थान । — कूट भवन— ना॰ अंशुवर्माको पालामा बनेको नेपालको प्रसिद्ध ऐतिहासिक राजदरबार । — पति— ना॰ शिव; महादेव । — वास— ना॰ मृत्यु; मरण ।

कैली— वि॰ [कैलो+ई] कैला रौँ वा कैलो वर्ण भएकी (गाई, स्त्री आदि॰ ।

कैले— क्रि॰ यो॰ [रू कहिले] हे॰ कहिले ।

कैलो— वि॰ [प्रा॰ कइलो] १. खैरो वा सुनौला रबको । ना॰ २. त्यस्तै रब । ~ भटमास— ना॰ कैला गेडा हुने भटमासको एक जाति । ~ सिमी— ना॰ कैला गेडा हुने सिमीको एक जात । ~ सिसौ— ना॰ कैलो चुरो हुने एक जातको सिसौ ।

कैवर्त— ना॰ [सं॰] माझी; मल्लाह ।

कैवल्य— ना॰ [सं॰] १. एकत्व; एकान्तता । २. मुक्ति; मोक्ष । ३. मिश्रित नहुने काम; शुद्धता ।

कैशिक— वि॰ [सं॰] १. रौँ भएको वा केशयुक्त । २. रौँजस्तो मसिनु वा झीनू । कैशिकी वृत्ति— ना॰ [सं॰] सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली; काव्यवृत्तिका तीन वृत्तिमध्ये एक ।

कैशोर— ना॰ [सं॰] एघारदेखि पन्ध्र वर्षसम्मको अवस्था; किशोर अवस्था वा उमेर ।

को१— सर्व॰ [सं॰ कःे १. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ । प्रत्य॰ २. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ॰) ।

को२— विभ॰ [प्रा॰ केरओ] नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय ।

कोँचाखीँ— ना॰ [नेवा॰] १. बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा । (नाट्य]श्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूबारा बजाउने गरिन्छ) । २. पञ्चताल–वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल ।

कोइरालो१— ना॰ [सं॰ कोविदारे एकै भेट्नामा दुई टुप्पा भएका पात हुने, रातो वा सेतो फूल फुल्ने र लामालामा कोसा फल्ने एक बोट वा तरकारी, अचार आदि बनाएर खाइने त्यसैको फूल ।

कोइरालो२— ना॰ १. रातोरातो खैरो रङ्गको, बिरालाका जातको सानो जङ्गली जन्तु । २. बिरालालाई खाने एक जातको ठूलो चरो ।

कोइरी— ना॰ तराईतिर तरकारीको खेती गर्ने र बेच्ने काम गर्ने एक जाति ।

कोइला— ना॰ [प्रा॰ कोइलो] १. खैरो वा कालो रबको बल्ने खनिजपदार्थ; पत्थरकोइला । २. अँगार; गोल । — पानी— ना॰ इन्जिन चलाउनका निम्ति रेल, जहाज आदिमा दिइने कोइला र पानी ।

कोइली— ना॰ [सं॰ कोकिले १. कागजस्तै तर चिल्लो कालो रबको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रूखको हाँगामा बसेर सुरिलो स्वरले 'कुहू–कुहू' वा 'को हो < को हो <' भन्दै कराउने प्रसिद्ध चरो । २. कोइलीको जस्तै स्वर भएकी प्रेमिकालाई प्रेमीले बोलाउँदा भन्ने शब्द; मायालु । ३. विरहिणी (प॰ ने॰) ।

कोइलो— ना॰ [प्रा॰ कोइले मही पार्ने मधानीमा बेर्ने डोरीका टुप्पामा लगाइने काठको हत्ता; नेतीको टुप्पामा लगाइने मसिनु काठको टुक्रो ।

कोइल्याँटो— ना॰ [कोइला+याँटो] १. देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो । २. कोइला सल्काउने भाँडो ।

कोक१— ना॰ [सं॰] १. पानीमा रहने हाँसजस्तो कालो पक्षी; चक्रवाक; चखेवा । २. कोइली । ३. कामशास्त्रका रचयिता एक आचार्य ।

कोक२— ना॰ [अङ्॰] बोतलबन्द पेय, कोकाकोलाको छोटकरी रूप । हे॰ कोकाकोला ।

कोकरी— ना॰ [रू कोक्रो] बालबोलीमा कोक्रो; सानो कोक्रो ।

कोकले— ना॰ सुगाजत्रै र सुगाजस्तै रबको, टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रूखमा टोड्को पारेर बस्ने र 'कुकुल– कुकुल' गरी कराउने चरो ।

कोकशास्त्र— ना॰ [सं॰] कोक नामक आचार्यबारा प्रणीत रतिविज्ञान वा कामकलासम्बन्धी ग्रन्थ; कामशास्त्र; रतिशास्त्र ।

कोका१— ना॰ [?] दक्षिणबाट उत्तरतिर बगेर बराहक्षेत्रमा कोसीसँग मिल्ने सानो खोलो ।

कोका२— ना॰ [नेवा॰ कको तानमा धागाको टुंकी घुसारी दायाँबायाँ दुवैतिर वारपार छिराएर कपडा बुन्ने काठ; तानको बुनौटो ।

कोका३— ना॰ [अङ्॰] पातहरू टिपी सुकाएर चियाजस्तै सेवन गरिने, दक्षिण–अमेरिकामा पाइने एक जातको रूख वा त्यसै रूखको संस्कार गरिएको पात । — कोला— ना॰ फलफूलको रस र सोडासमेत मिसाई रासायनिक प्रक्रियाबारा प्रशोधित गरेर बोतलमा भरिएको पेय पदार्थ । कोकिंचा मुहाली— ना॰ [नेवा॰] साह्रै तीखो स्वर हुने, मुहाली– परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा ।

कोकिल— ना॰ [सं॰] कोइली ।

कोकिला— ना॰ [सं॰] कोइलीको पोथी; पोथी कोइली ।

कोकिस— ना॰ [ ?] लाम्चा र बाङ्गा आकारका पारेर बनाइने केक रोटीको एक प्रकार ।

कोकेन— ना॰ [अङ्॰] कोका नामको वृक्षका पातबाट बनाइने मादक पदार्थ वा एक प्रकारको नसालु वस्तु ।

कोको— ना॰ [अङ्॰] ताडकै जस्तो रूखमा गुराँसका आकारका खस्रा र फुस्रा पात हुने, हाँगा वा काण्डमा पाटेदार खुर्सानी आकारका राता फल फल्ने एक वृक्ष वा त्यसैको फल ।

कोकोहोलो— ना॰ [सं॰ कोलाहले कुनै विशेष स्थितिमा वा आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज; ठूलो हल्ला; होहल्ला; हल्लीखल्ली; कोलाहल; कोहोलो ।

कोक्कि–नु— अ॰ क्रि॰ [सं॰ कषाये १. काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु । २. मनमा ठूलो पीर परे तापनि आवाज नफुट्नु; पीरले भित्रभित्रै कम्प छुटेर रुनु ।

कोक्ती— ना॰ [लि॰] मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारीजस्तै खाइने एक प्रकारको क्वाँटी ।

कोक्याइ— ना॰ [रू कोक्याउ (+याइ॰] कोक्किने वा कोक्याउने क्रिया–प्रक्रिया । [ > ] कोक्याइनु— क॰ क्रि॰ कोक्याउने बनिनु ।

कोक्याउ–नु— स॰ क्रि॰ [कोक्कि+याउ+नु] पिँडालु, कर्कलो आदि खाँदा जिभ्रामा लागेर सगसगाउनु वा खसखस हुनु ।

कोक्रो— ना॰ [सं॰ क्रोडके १. नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को । २. कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुब । ३. चोयाको टोक्रो; चोयाको पिँजडा । ४. माछा समाउन बुनेको सानो ढडिया; माछा थाप्ने टोकरी ।

कोक्ल्याँटो— वि॰ परिस्थिति र व्यवहारको वास्ता नगरी आ६नै सुरले वा एकोहोरो पाराले चल्ने; लट्ठक; नासमझ; अबुझ; कोग्ल्याँटो ।

कोख— ना॰ [प्रा॰ कोक्ख < सं॰ कुक्षि] १. नारीजातिको पाठेघर; गर्भाशय; गर्भस्थली । २. शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो ।

कोखा१— ना॰ देवताको प्रसादस्वरूप लगाइने रातो वा पहेँलो धागाको माला; रक्षासूत्र ।

कोखा२— ना॰ [रू कोखो] कोखोको बहुवचन रूप; दुवै पाटाको कोखो । — को घा— ना॰ कोखाको घाउ । — को घाउ— ना॰ १. आफैँले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान; छोराछोरी । २. सन्तानको शोकसुर्ता ।

कोखी— ना॰ [कोखो+ई] कोखाको सानो भाग; कोखो ।

कोखे— वि॰ [कोखो+ए] १. कोखामा भएको; कोखापट्टिको वा कोखाको । २. एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो— कोखे दाजु, कोखे भाइ, कोखे दिदी, कोखे बहिनी इ॰) । ~ घाउ— ना॰ कोखाको घाउ; सन्तानको शोकसुर्ता । ~ चोइली— ना॰ कसौँडी आदिको कोखाबाट पन्यूँले भात पस्कँदा आउने चपरी; ठूलो चोइली । ~ सारङ्गी— ना॰ चारवटा नहर लागेको सानो खालको सारङ्गी बाजा ।

कोखेलो— ना॰ [कोखो+एलो] कोखाको भाग; काखी । (उदा॰— यो दुःख मेरो भाउजूले सुने कोखेलो बजाउलिन् — लोकगीत ।)

कोखो— ना॰ [प्रा॰ कोक्ख < सं॰ कौक्षे १. अगाडिका आबको दायाँबायाँ पर्ने कमरमाथि र कमरमनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ । २. कसौँडी आदि भाँडाका भित्तापट्टिको ठाउँ । ~ बजाउनु— टु॰ अरूको नाश वा अवनति देखेर खुसी मनाउनु ।

कोग्ल्याँटो— वि॰ आ६नै तरङ्ग वा सुरमा चल्ने; अधबे्रस्रो; कोक्ल्याँटो ।

कोगिटा— ना॰ [सं॰ कुक्कुटी] १. खैरो रबको कपास फल्ने एक प्रकारको कपासको बोट । २. त्यसै बोटको कपासबाट बुनिएको कपडा । ३. पहेँलो र खैरो मिसिएजस्तो रब ।

कोच्–नु— स॰ क्रि॰ [सं॰ कोचने १. मन नपरीकन पगितो हुने गरी खानु । २. अटाईनअटाई हुने गरी खाँद्नु । > कोचकाच— ना॰ एकै ठाउँमा ठेस्ने वा ठेल्ने काम; खाँदखुँद ।

कोचल्–नु— स॰ क्रि॰ [सं॰ कुचालने हे॰ कोचेल्नु । > कोचलाइ— ना॰ कोचेल्ने काम वा प्रक्रिया । कोचलिनु— क॰ क्रि॰ कोचल्ने काम गरिनु ।

कोचवान— ना॰ [अङ्॰ कोचम्याने १. बग्गी हाँक्ने चालक वा सवार । २. टाँगावाला ।

कोचाइ— ना॰ [रू कोच् (+आइ॰] कोच्ने क्रिया वा प्रक्रिया । [ > ]

कोचाइनु— क॰ क्रि॰ कोच्न लगाइनु । कोचाउनु— प्रे॰ क्रि॰ जबर्जस्ती खुवाउनु; बेसरी खाँद्न लगाउनु । कोचाकोच— ना॰ परस्परमा वा जथाभावी र अव्यवस्थित पाराले कोच्ने काम; बेसरी हुल्ने काम; खाँदाखाँद ।

कोचार्–नु— स॰ क्रि॰ [कोचारो+नु < सं॰ कोचने कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँद्नु; कोच्नु । > कोचारिनु— क॰ क्रि॰ कोचार्ने काम गरिनु; खाँदेर हालिनु ।

कोचारो— ना॰ [कोच्+आरो] एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढङ्ग; घचारो; घुइँचो; साँघुरो ।

कोचेलो— ना॰ [सं॰ कुचोद्ये बीचमा अरूको बिगार हुने गरी निहुँ झिक्ने वा बिथोल्न खोज्ने काम; कचिङ्गल; हुँडलो; झैझगडा ।

कोचेल्–नु— स॰ क्रि॰ [कोचेलो+नु] मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु; हात हालेर हल्लाउनु; कोचल्नु; हुँडल्नु; गिजोल्नु । > कोचेलाइ— ना॰ कोचेल्ने काम वा प्रक्रिया ।

कोचेलिनु— क॰ क्रि॰ कोचेल्ने काम गरिनु; हुँडलिनु; गिजोलिनु ।

कोच्छे— ना॰ दौराकै जस्तो फेर हुने र तुना बाँध्नुपर्ने एक पोसाक; लबेदाका छाँटको आबको लुगा ।

कोजागर— ना॰ [सं॰] आश्विन शुक्ल पूर्णिमाको दिन गरिने लक्ष्मीको व्रत–उत्सव ।

कोजाग्रत— ना॰ [सं॰] आश्विन शुक्ल पूर्णिमाको दिन; त्यसै रात गरिने पूजाव्रत ।

कोजानि— अव्य॰ [सं॰ कः जानाति] को जान्दछ वा थाहा छैन भन्ने आशयले अनिश्चय जनाउने शब्द; कुन्नि । (उदा॰— उनको घरमा कोजानि कसले भएनभएको कुरो लाइदिएछ, लोग्नेस्वास्नीमै झगडा परेर छुट्टी छ॰ ।

कोट१— ना॰ [अङ्॰] दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन ।

कोट२— ना॰ [सं॰ कोट्टे १. प्राचीन कालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ; किल्ला; दुर्ग; गढी । २. चुली परेको र गढी तुल्याउन योग्य स्थान । ३. मौलो पुज्ने ठाउँ । — काली— ना॰ १. कोटकी वा कोटमा स्थापना गरिएकी देवी । २. नेपालको गोरखा जिल्लामा पर्ने आरुघाट भन्ने ठाउँमा अवस्थित देवी वा तिनै देवीको मन्दिर ।

कोटतुरुप— ना॰ [कोट+तुरुप] तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आ६नो तुरुपले सबै हात खाने काम वा त्यस्तो जित ।

कोटपाल— ना॰ [सं॰ कोट्टपाले किल्लाको सुरक्षा गर्ने व्यक्ति; कोटको अधिपति; दुर्गरक्षक ।

कोटफ्रक— ना॰ [अङ्॰] दुई–तीन रबका कपडा प्रयोग गर्न सकिने अगाडि पाँच र पछाडि दुई टुक्रा गाँसी बनाइने विशेष प्रकारको फ्रक; कोटका छाँटको घाँगर ।

कोटर— ना॰ [सं॰] रूखको टोड्को वा धोद्रो ।

कोटा— ना॰ [अङ्॰] कसैसित लिन वा कसैलाई दिन निश्चित गरिएको कुनै वस्तुको हिस्सा वा भाग; बिक्रीवितरण हुने वस्तु र योजना पूरा गरिने खर्चमा अनुपातले पाइने सम्पूर्ण भागको एक पटकमा दिइने वा लिइने अंश ।

कोटाल— ना॰ [नेवा॰] १. झ्यालढोकाको पल्ला अड्याइने चौकोसका दायाँबायाँ ठाडा काठमा झन्डै आधा खोली गहिरो बनाएर त्यसमा छिराई झ्यालढोका बन्द गरिने फल्याक । २. झ्यालको तल्लो आधा भागमा जडिने डन्डी, रेलिब आदि । > कोटाली— ना॰ १. झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड । वि॰ २. कोटमा बस्ने; कोटको बासिन्दा ।

कोटि— ना॰ [सं॰] हे॰ कोटी ।

कोटिला— ना॰ [सं॰] दैलेख जिल्लाको छामगाउँ खोलाको पूर्वी किनारमा स्थित महादेवको मन्दिर ।

कोटिलिङ्ग— ना॰ [सं॰] शिवजीका करोड लिङ्गमूर्ति । ~ अदालत— ना॰ मध्यकालीन नेपालको कोटिलिङ्गको स्थापना गरिएको ठाउँमा रहेको सबैभन्दा माथिल्लो देवानी अदालत ।

कोटिशः— क्रि॰ वि॰ [सं॰] १. धेरै किसिमले; अनेकौँ प्रकारले । वि॰ २. करोडौँ; धेरै; असङ्ख्य ।

कोटी— ना॰ [सं॰] १. सय लाखको सबख्या; करोड; कोटि । २. हतियारको चुच्चो वा धार । ३. धनुको टुप्पो । ४. श्रेणी; स्तर; दर्जा । ५. कुनै विवादको पूर्वपक्ष । वि॰ ६. सय लाख; करोड ।

कोटे— वि॰ [कोट+ए] कोटमा बस्ने वा कोटको बासिन्दा (मुसीकोटे, माझकोटे, नुवाकोटे इ॰) ।

कोटेरो— ना॰ भँगेराजस्तै रबको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी ।

कोटेसन— ना॰ [अङ्॰] कुनै पनि कार्यालयको मागअनुसार आवश्यक मालसामान वा खर्चको दरभाउ खुलाई सम्बन्धित विक्रेता वा व्यक्तिले दिने विवरणपत्र ।

कोट्ट— ना॰ [सं॰] दुर्ग; किल्ला; कोट ।

कोट्टि–नु— अ॰ क्रि॰ [सं॰ कोट्टयने १. कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु । २. चिम्टँदा, कोतर्दा, खोस्रँदा, खन्दा कुनै चीज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु । > कोट्ट्याइ— ना॰ १. कोट्टिने क्रिया वा प्रक्रिया । २. कोट्ट्याउने काम वा प्रक्रिया । कोट्ट्याइनु— क॰ क्रि॰ कोट्ट्याउने काम गरिनु; उक्काइनु; कोतरिनु; उफाइनु ।

कोट्ट्याउनु— स॰ क्रि॰ १. कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु । २. थोरैथोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु । ३. इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु ।

कोठरी— ना॰ [सं॰ कोष्ठे सानो वा साँघुरो कोठो; कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो ।

कोठाकोठी— ना॰ [कोठो+कोठी] १. घरका सानाठूला कोठाहरूको समूह । २. बाकस, भाँडा आदिका ससाना धेरै खण्ड ।

कोठामचे/कोठामोचे— ना॰ [नेवा॰ कोठामचो कोठाको कामधन्दा गर्ने मान्छे; कोठे नोकर ।

कोठार— ना॰ [सं॰ कोष्ठ+आकार] १. अन्नपात राख्ने ठूलो ढुकुटी; धनसार । २. सिएका लुगाको आबपट्टि पर्ने भाग । ३. पेटभित्रको भाग; गर्भाशय; पाठेघर । ४. पेट; भुँडी । > कोठारिन— कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई; कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे । कोठारी— ना॰ जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो ।

कोठी१— ना॰ [सं॰ कोष्ठे जीउमा निस्कने कालो वा रातो नमेटिने मसिनु दाग वा थोप्लो; तिल ।

कोठी२— ना॰ [कोठो+ई] १. ठूलठूलो लेनदेन वा व्यापारको कारोबार हुने घर; ठूलो पसल । २. रन्डीहरू बस्ने घर वा कोठा; वेश्यालय । ३. चियाबगान, अलैँचीबगान आदिका व्यवस्थापकहरू रहने घर । ४. धनसार । — वाल— वि॰ १. कोठी भएको; ठूलो व्यापार चलाउने । ना॰ २. महाजन; सेठ । — वाल्नी— ना॰ १. कोठीवालको स्त्रीलिङ्गी रूप; महाजनस्त्री । २. रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई; रन्डीकी नाइकेनी ।

कोठे— वि॰ [कोठो+ए] १. कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि) । २. कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ॰) । ३. कोठाको । ~ गफ— ना॰ कोठामै मात्र गरिने र खास महत्त्व नभएको गफ वा कुरा । ~

तुक्का— ना॰ कुरौटे मान्छेले सहज रूपमा गर्ने कुरा; कोठामा बसेर कुरा गर्दा झिकिने साधारण हँस्यौली वा रमाइलो भएका टुक्का । ~ दङ्गा— ना॰ घरभित्रै हुने खलबली वा बझौटी; कोठाभन्दा बाहिर ननिस्कने सामान्य होहल्ला । ~ पण्डित— ना॰ भित्रभित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस । ~ पद— ना॰ ठाडो तेर्सो कोठैकोठा भएको हारमा नपुग अक्षरहरू दुवैतिरबाट थपी मिलाई कोठा तयार पार्नेले सोचेअनुसारको अर्थ निक्लने गरी भर्ने अभ्यास वा उत्तर । ~ बाबु— ना॰ घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिँढीसाँढे । ~ बारी— ना॰ घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी; करेसाबारी । ~ मालिक— ना॰ १. घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति; कोठे बाबु । २. चुइयाँ; लोभी । ~ राजनीति— ना॰ बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास– पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल । ~ रानी— ना॰ सिँगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी स्त्री वा भित्रिनी स्वास्नी ।

कोठो— ना॰ [सं॰ कोष्ठे १. बीचबीचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठूलो खण्ड । २. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड । ३. कागत, लुगा, भुईँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना । ४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी ।

कोढ— ना॰ [सं॰ कुष्ठे हे॰ कोर ।

कोण— ना॰ [सं॰] १. दुई दिशाका बीचको दिशा; उपदिशा । २. दुई दिशाबाट आएका सरल रेखाहरू जोडिने ठाउँ वा कुनु । —

धारी— वि॰ सबैतिर फिँजिएको वा कोण परेको । — धारी वन— ना॰ त्यस्तै बाक्लो वन ।

कोत— ना॰ [सं॰ कोट्टे सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोट । — पर्व— ना॰ नेपालको इतिहासप्रसिद्ध, वि॰ सं॰ १९॰३–मा हनुमान्ढोका दरबारको कोतमा भएको जङ्गबहादुरबारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठूलो राजनीतिक घटना वा काण्ड ।

कोतर्–नु— स॰ क्रि॰ [सं॰ कोटरणे १. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु । २. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु । ३. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु । > कोतरिनु— क॰ क्रि॰ कोतर्ने काम गरिनु; कोट्टिनु । कोतथ्याइ— ना॰ कोतर्ने काम वा प्रक्रिया । कोतथ्याउनु— प्रे॰ क्रि॰ कोतर्न लाउनु ।

कोतवाल— ना॰ [सं॰ कोट्टपाले कुनै प्रमुख केन्द्र; किल्ला वा सीमामा स्थानीय शान्तिसुरक्षाका लागि राखिएको प्रहरीअधिकृत । श्र कोतवाली— ना॰ प्रहरीसम्बन्धी काम–कारबाई र सानातिना फौजदारी मुद्दाको कारबाई गर्ने कोतवालको अड्डा वा ठाना रू

कोताखान— ना॰ [ < ] कम्मरमा बाँध्न हुने एक प्रकारको लिगलिगे तरबार (दिव्य॰) ।

कोते— ना॰ [कोत+ए] सेनाको खरखजाना राख्ने ठाउँको रेखदेख गर्ने सरकारिया जागिरदार । ~ धन्दा— ना॰ १. कोतेले गर्ने खालको काम वा धन्दा । २. घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा ।

कोत्रा— ना॰ [रू कोत्रो] माछाको एक जात ।

कोत्रि–नु— अ॰ क्रि॰ [कोत्रो+इ+नु] खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु; छ्याकटे हुनु ।

कोत्रे— वि॰ [कोत्रो+ए] मुख वा अन्य अङ्गप्रत्यङ्ग कोत्रिएको; कोयभयाहा; छ्याका परेको; छ्याकटे ।

कोत्रो— ना॰ [सं॰ कोटरे कीट, आल्मोनियमका भाँडा आदिमा आम्ल वस्तु पर्नाले भएका मसिना छिद्र वा खाल्टाखुल्टी ।

कोयभयाइ— ना॰ [रू कोत्रि (+याइ॰] कोत्रिने काम वा प्रक्रिया । [ > ]

कोयभयाइनु— क॰ क्रि॰ कोत्रिन लाइनु; कोत्रिने गराइनु । कोयभयाउनु— प्रे॰ क्रि॰ कोत्रिन लाउनु; कोत्रिने गराउनु । कोयभयाहा— वि॰ मुख आदि अङ्ग कोत्रिएको; छ्याका परेको; छ्याकटे; छ्याके ।

कोत्लेगाँडो— वि॰ [कोते+गाँडो] कतैपट्टि पनि नमिल्ने; काम नलाग्ने खालको ।

कोथा— ना॰ [रू कोथो] १. बस्तुभाउको सिब फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो । २. हे॰ कोथो ।

कोथाउनु— अ॰ क्रि॰ [कोथो+आउ+नु] कोथा आउनु; बाला, फूल आदि निस्कनु वा पसाउनु ।

कोथी— ना॰ [सं॰ कौक्षी] तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा जडिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री । —

मुहुडा— ना॰ खुकुरी आदिको दापमा जडिएको टुप्पाको ढुङ्ग्री र मुखपट्टिको धातुको बेरुवा ।

कोथो— ना॰ [प्रा॰ कोत्थे १. केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा । २. धान, गहुँ आदिको बाला निस्कने गर्भ; बाली पसाउने नली ।

कोदण्ड— ना॰ [सं॰] ताँदोबाहेक धनुको सबै भाग; धनुष; धनु ।

कोदाली— ना॰ [सं॰ कुद्दालिको छोटो बिँड र चाक्लो पाता भएको दुवै हातले समाई खेतबारी खन्ने फलामे हतियार । — पाते— वि॰ कोदालीको पातोजस्तो; कोदालीका पाताका ढाँचाको ('त' अक्षर॰ ।

कोदाले— वि॰ [कोदालो+ए] १. कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने । ना॰ २. एकतन्त्री शासनकालमा लिइने मालपोतका दुई किसिम हले र कोदालेमध्ये एक; गोरु पाल्न नसक्नेलाई लाग्ने सहुलियत दिइएको जग्गाकर ।

कोदालो— ना॰ [सं॰ कुद्दाले लामो काठको बिँड र लाम्चो पातो हुने, खेतबारी खन्ने काममा प्रयोग गरिने फलामे हतियार ।

कोदे— वि॰ [कोदो+ए] १. कोदो खाएर जीविका गर्ने; कोदोबाहेक अरू अन्न खान नपाएको । २. कुनाकाप्चामा बसेर दुखजिलो गरी जीवन बिताउने; कुनै सभ्य संसार नदेखेको ।

कोदो— ना॰ [सं॰ कोद्रवे सिरुका जस्तै पात हुने र टुप्पामा झुप्पे बाला लाग्ने बोट वा त्यसै बोटका बालामा फल्ने तोरीका दानाजस्तै आकार र रब हुने दाना (अन्न॰; कुअन्न ।

कोनि— अव्य॰ [को+नि] कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको बुझाउने शब्द; कुन्नि । (उदा॰— राम हिजो त यहीँ थिए, आज कोनि कता गए॰ ।

कोप१— ना॰ [सं॰ कुड्मे रूखकटहरको गुदीको कोया ।

कोप२— ना॰ [सं॰] कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस । ~ भवन— ना॰ कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो । — भागी— वि॰ कसैको रिसको झोकमा गाली वा झापट खानुपर्ने; रिसको भागी ।

कोपर्–नु— स॰ क्रि॰ [तुल॰ कोतर्नु] कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु; दार्नु; नङ्ग्य्राउनु; कोतर्नु ।

कोपरा— ना॰ [हि॰ कोपर < सं॰ कर्परे प्रायः पिसाब फेरिने र केटाकेटी वा बिरामीलाई दिसापिसाब गराइने पित्तल, तामचिन, आलमोनियम आदिको भाँडो ।

कोपराइ— ना॰ [कोपर्+आइ] कोपर्ने क्रिया वा प्रक्रिया ।

कोपराकोपर— ना॰ [कोपर्+कोपर्] परस्परमा एकले अर्कालाई कोपर्ने काम; चिथोराचिथोर ।

कोपरिनु— क॰ क्रि॰ [कोपर्+इ+नु] कोपर्ने काम गरिनु; चिथोरिनु ।

कोपिला/कोपिलो— ना॰ १. फुल्न तयार परेका कलिला फूल । २. कनपारो र कानका बीचमा पर्ने त्रिकोणाकार अवयव । — कोपिली— ना॰ १. प्रेमीप्रेमिकाका बीच सम्बोधन गर्दा प्रयुक्त हुने शब्द । २. मसिना केटाकेटी; चिचिलाचिचिली ।

कोपी१— वि॰ [सं॰] १. कोप गर्ने वा कोप भएको; क्रोधी । ना॰ २. पानीछेउ वा नदीकिनारमा बस्ने परेवाका जातको पक्षी; जलपरेवा; पानीपरेवा ।

कोपी२— ना॰ [रू कोबी] काउली; फूलकोपी; कोभी । ~ बाँस— ना॰ टुप्पामा कोपिला हाल्ने एक जातको बाँस ।

कोपु— ना॰ [रू कप्पु] घर बनाउँदा झ्यालढोकामाथि हालिने काठ वा डन्डी बाँधी ढलान गरिने आड ।

कोप्चाकोप्ची— ना॰ कुनाकानी परेको वा छेउछाउको ठाउँ; कुनाकाप्चा; अन्तरकुन्तर ।

कोप्चि–नु— अ॰ क्रि॰ [कोप्चो+इ+नु] १. नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु; कोप्चो पर्नु; कोप्रिनु । २. साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ॰) ।

कोप्चे— वि॰ [कोप्चो+ए] कोप्चो परेको; छाँटकाँट नमिलेको ।

कोप्चो— वि॰ आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको; अनुहारको बान्की नमिलेको; सलक्क नपरेको । >

कोप्च्याइ— ना॰ कोप्चो पार्ने वा कोप्च्याउने क्रिया–प्रक्रिया ।

कोप्च्याइनु— क॰ क्रि॰ कोप्चो पारिनु; कोप्चो गराइनु ।

कोप्च्याउनु— प्रे॰ क्रि॰ कोप्चो पार्नु; कोप्चो गराउनु; साङ्ग्रो वा नमिल्ने पार्नु ।

कोप्पा— ना॰ घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ; बूढी खोप्रो; घुच्चुक ।

कोप्रि–नु— अ॰ क्रि॰ [कोप्रो+इ+नु] उमेर वा अन्य कुनै विशेष कारणले शरीर कोप्रो पर्नु; खुम्चिनु ।

कोप्रो— वि॰ [रू कुप्रो] कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको ।

कोप्य्राइ— ना॰ [रू कोप्य्राउ (+आइ॰] कोप्रिने क्रिया वा प्रक्रिया । [ > ] कोप्य्राइनु— क॰ क्रि॰ कोप्य्राउने काम गरिनु; कोप्रो पारिनु ।

कोप्य्राउनु— प्रे॰ क्रि॰ [कोप्रि+याउ+नु] कोप्रो पार्नु; कोप्रो तुल्याउनु ।

कोप्ल्याइ— ना॰ [रू कोप्ल्याउ+(आइ॰] कोप्ल्याक्क पार्ने क्रिया वा प्रक्रिया [ > ] कोप्ल्याइनु— क॰ क्रि॰ कोप्ल्याउने काम गरिनु ।

कोप्ल्याउनु— स॰ क्रि॰ [कोप्ल्याक्क+आउ+नु] ठूलठूला गाँस हालेर वा कोप्ल्याक्क–कोप्ल्याक्क हुने गरी खानु ।

कोप्ल्याक्क— क्रि॰ वि॰ [अ॰ मू॰ कोप्ल्याक्+क] नरम खानेकुरो एकै खेपमा खाने गरी ।

को६ता— ना॰ [फा॰ को६ते कुटेको मासु वा पिँधेको दाल–तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा त्यसैबारा बनाइने रसदार तरकारी ।

कोब्रा— ना॰ [अङ्॰] अत्यन्त विषालु र रिस उठेपछि फणा उठाएर खेद्ने खतरनाक सर्प; गोमन साँप ।

कोमल— वि॰ [सं॰] १. देख्दा, सुन्दा वा छुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार । २. कलिलो; कलकलाउँदो । ३. सुन्दर; मनोहर । ४. मधुर; मन्द (स्वर आदि) । — ता— ना॰ कोमल हुने विशेषता वा भाव । ~ तालु— ना॰ कलनसोभन्दा माथि र कठोर तालुभन्दा तल पर्ने, ध्वनिहरूको उच्चारण हुने एक अवयव । कोमला वृत्ति— ना॰ [सं॰] संस्कृत साहित्यशास्त्रका अनुसार छोटा– छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण (ग, द आदि॰ को बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा कोमल सुकुमार भावको अभिव्यक्ति दिइने एक वृत्ति; साहित्यका तीनवटा वर्णगत वृत्ति (उपनागरिकावृत्ति, पुरुषावृत्ति र कोमलावृत्ति॰ मध्ये एक ।

कोमलास्थि— ना॰ [सं॰] कमलो वा कलिलो हाड; कुरकुरे हाड ।

कोयो— ना॰ [सं॰ कोषे १. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानु । २. रेसमका कीराले आफू बस्न लाएको गुँड ।

कोर्–नु— स॰ क्रि॰ [सं॰ कुट्टने १. कुनै तीखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु । २. नब, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफथ्याउनु; फहराउनु । ३. पाछ्नु; खोस्याउनु । ४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु ।

कोर— ना॰ [सं॰ कुष्ठे १. रक्तविकारबाट पैदा भई हातगोडाका औँलाहरू गल्दै र झर्दै जाने रोग; कुष्ठरोग ।

कोरकार— ना॰ [कोर्+कोर्] १. कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम । २. ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम । ३. तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम ।

कोरम— ना॰ [अङ्॰] कुनै सङ्घसंस्था आदिको बैठक बस्न र प्रस्ताव वा बुँदाहरू पारित गर्न आवश्यक पर्ने, नियमविधानमा तोकिएअनुसारको सदस्यसङ्ख्या; गणपूरक सङ्ख्या ।

कोरल्–नु— स॰ क्रि॰ [कोर्+नु] माउले फुलबाट बच्चा झिक्नु; बच्चा काढ्नु । > कोरलाइ— ना॰ कोरल्ने काम वा प्रक्रिया ।

कोरलिनु— क॰ क्रि॰ फुलबाट चल्ला निकालिनु; कोरल्ने काम गरिनु ।

कोरली— वि॰ [कोरलो+ई] बहर वा साँढेसँग नमिसिएकी; तरुनी (गाई॰ ।

कोरलो— वि॰ भालेसित मिसिने बेला पुगेको; तरुनो अवस्थाको (गाईबस्तु॰; कोरली ।

कोरा१— ना॰ [सं॰ कड्डे १. सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा । वि॰ २. मालसामान तयार पार्न काम लाग्ने र कच्चा (चीजवस्तु) । ३. अनुभव नपाएको वा आवश्यक विषयव्यवहार नबुझेको; काँचो; सिकारु । ४. परिष्कार नभएको; नमाझिएको ।

कोरा२— ना॰ [सं॰ कोष्ठे आमाबाबु, लोग्ने वा आफूले किरिया बस्नुपर्ने मानिस मर्दा किरियापुत्रीले अरूलाई नछुने र सेतो चोखो धोती फेरी एकान्त कोठो बारेर अलग्गै बस्ने काम; किरिया बस्ने काम (कोरा पस्नु, कोरा बस्नु, कोरा बार्नु आदि॰ ।

कोराइ— ना॰ [कोर्+आइ] कोर्ने काम वा प्रक्रिया ।

कोराकोर— ना॰ [कोर्+आ+कोर्] एकभन्दा बढीले परस्परमा एकनाससित कोर्ने वा लुछाचुँडी गर्ने काम; चिथोराचिथोर; कोपराकोपर । कोरा माल— ना॰ [कोरा+माल] प्रशोधित गर्न बाँकी रहेको वा उपभोगका वस्तु तयार गर्नुभन्दा पहिलेका अवस्थाको कच्चा वस्तु वा सामान (बोरा बुन्नुभन्दा पहिलेको सनपाट, जुत्ता सिउनुभन्दा पहिलेको छाला, औषधी बनाउनुभन्दा पहिलेको झारपात इ॰) ।

कोरिनु— क॰ क्रि॰ [कोर्+इ+नु] १. कुनै तीखो वा चुच्चो वस्तुले धर्को पारिनु; दरखरिनु । २. थाँक्रो वा काइँयोले कपाल तलासिनु ।

कोरी१— ना॰ [अङ्॰ स्कोरे १. बीसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बीसवटा वस्तुको समूह; एक बीस । २. बीस ढेप कागतको ठेली वा समूह । (उदा॰— हाम्रो कार्यालयलाई तीन कोरी नेपाली कागत चाहिएको छ॰ ।

कोरी२— ना॰ [सं॰ कुट्टने ठूलो पात भएको र भेट्नामा लामो बिँड लगाइएको माटाको काममा प्रयोग हुने हतियार; बेल्चा ।

कोरी३— ना॰ [सं॰ कुष्ठे कुष्ठरोगी; महारोगी; कोह्री; कोढी; कोर्दी । — खाना— ना॰ कोरीहरूलाई राख्ने र औषधी–उपचारसमेत गर्ने व्यवस्था भएको ठाउँ । कोरी बाटी— ना॰ [कोर्+ई+बाट्+ई] कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम ।

कोरेँसो— ना॰ [कोर्+एँसो] कोथ्याँसो ।

कोरो— ना॰ [सं॰ कोष्ठे किरियापुत्रीहरूले कोरा धागाले बारी बस्न बनाइएको ठाउँ; हे॰ कोरा२ ।

कोर्काली— वि॰ [कोर्को+आली] जङ्गली स्वभावको; सभ्य र शिष्ट नभएको; पाखे ।

कोर्को— ना॰ १. केटाकेटी सुताउन पीँधतिर दह्रा काम्रा राखी बाँस, बेत आदिका चोयाले बुनेको खटियाका आकारको बिट भएको भाँडो; झोलुङ्गो; कोक्रो । २. बालीनाली भएको ठाउँबाट बस्तुभाउ हिँडाउँदा र बालीको छेउछाउमा गोरु जोत्दा बाली खान नदिन मुखमा लगाइदिने फुर्लुब; महला । ३. कुनु परेको वा सानो ठाउँ ।

कोर्ट— ना॰ [अङ्॰] अदालत; न्यायालय । ~ फी— ना॰ देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर; अधिकरणशुल्क । ~ मार्सल— ना॰ सैनिक अधिकारीहरूबारा मुद्दामामिला हेरिने अदालत; सैनिक अदालत ।

कोर्ने— ना॰ जमिन सम्म भएनभएको जाँच्ने एक यन्त्र ।

कोथ्याँसो— ना॰ [कोर्+याँसो] कुभिन्डो, मूला, काँक्रो, पिँडालु आदि कोरेर अचार, तरकारी बनाउन हुने गरी भुजुरी पार्ने धारिलो र ससाना प्वाल भएको धातुको दाँते साधन; कोरेँसो ।

कोथ्याककोथ्याक— क्रि॰ वि॰ [अ॰ मू॰ कोथ्याक्+अ (बि॰)] काँक्रो, मूला, गाँजर आदि काँचैमा चपाउँदा पटक–पटक आवाज निस्कने किसिमले ।

कोथ्याक्क— क्रि॰ वि॰ [अ॰ मू॰ कोथ्याक्+क] काँक्रो, गाँजर, मूला आदि काँचैमा चपाउँदा अलि ठूलो आवाज आउने किसिमले; मथ्याक्क ।

कोथ्याहा— वि॰ [कोर्+याहो १. कुष्ठ रोगले सताएको; कोर भएको । ना॰ २. कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द । स्त्री॰ कोथ्याही ।

कोर्रा— ना॰ [तु॰ कोरे काठ वा बेतको समाउने मूठ भएको र छालाका लोतीहरूको चुल्ठी वा डोरी बाटिएको, घोडालाई तह लाउन वा अपराधीलाई कायल पार्न पिट्ने साधन ।

कोल१— ना॰ १. गोरु वा मानिसले घुमाई उखु, तोरी, तेल आदि पेलेर तेल वा रस निकालिने काठले बनेको यन्त्र; साल । २. नाइटादेखि माथि र घाँटीभन्दा तलको अङ्ग; छाती; कोख (प॰ ने॰) ।

कोल२— ना॰ तरकारी खाइने एक प्रकारको हिउँदे सिमी ।

कोलम्बो— ना॰ श्रीलङ्काको राजधानी । ~ योजना— ना॰ राष्ट्रमण्डलका तर्फबाट दक्षिण र दक्षिणपूर्वी एसियाका मित्र राष्ट्रहरूलाई दिइने सहायता ।

कोलाँ— ना॰ [नेवा॰] कोटालको माथिल्लापट्टि राखिने तेर्सो काठ; डँडाली ।

कोलाकोला— ना॰ [अ॰ मू॰ कोला (बि॰)] १. केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियून् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द । २. कुनै काम–व्यवहारबाट आत्तिनुपर्ने स्थिति; के गरूँ, कसो गरूँ हुने सङ्कटपूर्ण अवस्था ।

कोलाहल— ना॰ [सं॰] कुनै अत्यासिलो अवस्थामा धेरै मानिसले बोलेको टाढासम्म सुनिने अस्पष्ट आवाज; अत्तालिँदो होहल्ला; कोहोलो; कोकोहोलो ।

कोली— ना॰ १. प्रेमी–प्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटा–ठिटीको मायालु काख । २. नेपालीको एउटा थर । — भाट— ना॰ नेपालीकै एउटा थर ।

कोलोनी— ना॰ [अङ्॰] १. साम्राज्यवादी देशहरूले आ६नो व्यापार, शिक्षा, प्रशासन आदि विभिन्न प्रभाव फैलाएको क्षेत्र; उपनिवेश । २. कुनै–कुनै वर्गीय वा पेसागत व्यक्तिका समुदायले बसोबास गरेको क्षेत्र । ३. सहरी क्षेत्रमा व्यवस्थित किसिमले बनाइएको वा बसाइएको बस्ती ।

कोल्टे— वि॰ [कोल्टो+ए] सीधा वा आँखासोझी नभई दायाँ–बायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको ।

कोल्टो— ना॰ [सं॰ कक्षवर्ते १. सीधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु । २. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा । वि॰ ३. आँखासोझी नभएको; पायक नपरेको; अपाही ।

कोल्था— ना॰ अल्लाको पाटबाट तयार पारिने बोरा वा नाम्लाजस्तो घरेलु वस्तु ।

कोविद— ना॰ [सं॰] १. विद्या र बुद्धि भएको; विबान्; पण्डित । २. अनुभवी तथा कुशल; निपुण; पोख्त ।

कोविदार— ना॰ [सं॰] कोइरालोको वृक्ष वा फूल; कोइरालो ।

कोश— ना॰ [सं॰] १. अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष । २. कुनै निश्चित क्रम–नियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ; शब्दकोश । ३. तरबार, खुकुरी आदि हतियारको दाप । ४. कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय) । ५. रूख–बिरुवा वा सागपातको फूल । ६. कोपिला; कोसो; कोयो । ७. अण्ड; अण्डकोश । — कार— ना॰ १. शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता । २. धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति । ३. आ६नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको कीरो । ४. स्वयम् जालो बुन्ने अर्थमा माकुरो । — पाल— ना॰ ढुकुटीको सुरक्षा गर्ने व्यक्ति, भँडारे; खजान्ची । ~ विज्ञान— ना॰ कोश–रचनासम्बन्धी विज्ञान; शब्दकोशका निर्माणकलाको सिद्धान्त विवेचना भएको विद्या । ~ वृद्धि— ना॰ १. भण्डारको अभिवृद्धि हुने वा धन–सम्पत्ति बढ्ने काम । २. अण्डकोश ठूलो हुने रोग । > कोशागार— ना॰ अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर; ढुकुटी; धनसार; भण्डार ।

कोशाध्यक्ष— ना॰ १. संस्था वा कुनै आर्थिक कारोबार गर्नुपर्ने कार्यालयको सम्पत्ति रेखदेख गर्ने काम जिम्मा लिएको व्यक्ति; खजान्ची । २. कुनै सङ्गठनको कार्यकारिणी समितिको एकाइमा आर्थिक कारोबार हेर्ने व्यक्तिको पद; त्यसै पदमा रहने व्यक्ति ।

कोशालय— ना॰ कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र मालसामानको वितरण तथा सञ्चालन गर्ने कार्यालय; धर्मढुकुटीका रूपको अड्डा ।

कोष— ना॰ [सं॰] १. हे॰ कोश । २. पातलो झिल्लीले बेरिएको र जीवनरसको केन्द्रसमेत भएको शरीरमा रहने मांसपिण्ड वा कण । — काव्य— ना॰ पूर्वापर सम्बन्ध नभएको तर उही विषयलाई लिएर लेखिएको पद्यसङ्ग्रह । — केन्द्र— ना॰ जीवकोषको जीवनरस रहने बाक्लो भित्री भाग । — रस— ना॰ जीवकोषमा रहने जीवनरसबाहेकको अन्य तरल पदार्थ । > कोषाध्यक्ष— ना॰ हे॰ कोशाध्यक्ष । कोषावरण— ना॰ जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्याउने र रक्षा गर्ने पातलो झिल्ली; जीवनरस रहने कोषको आवरण ।

कोष्ठ— ना॰ [सं॰] १. कोठो । २. पेटको भित्री तह वा भाग । ३. ढुकुटी; भण्डार ।

कोष्ठक— ना॰ [सं॰] कोठा; खण्ड; खाना । ~ चिह्न— ना॰ व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न; गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै— ( ॰, [ ] इ॰) ।

कोष्ठबद्ध— वि॰ [सं॰] १. कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको । ना॰ २. ठीक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत; गोटा पर्ने रोग । —

ता— ना॰ १. कोष्ठक चिह्नले छेक्ने काम वा ढाँचा । २. दिसा नहुने वा रोकिने स्थिति; कब्जियत ।

कोस— ना॰ [सं॰ क्रोशे १. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैँतीस सय बीस गजको दूरी । २. आँखाका दुवैतिरको कुनु वा चोसो । ३. गाजल लगाउने सिन्को ।

कोसल— ना॰ [सं॰] कर्नाली (सरयू॰ नदीका दुवै किनारमा रहेको प्राचीन एक देश । > कोसलेय— ना॰ १. कोसल देशका अधिपति; रामचन्द्र । वि॰ २. कोसल देशसँग सम्बन्धित ।

कोसाकोसी— ना॰ [कोसो+कोसो] सानाठूला धेरै कोसाको समूह ।

कोसियार— ना॰ उखुका गेवँरा, चिनियाँ, ढोडे, बेरेजस्तै एक भेद; एक जातको उखु; कोसेर–उखु ।

कोसिस— ना॰ [फा॰ कोशिशे कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न; चेष्टा; जमर्को; प्रयास ।

कोसी१— ना॰ [सं॰ कोशे दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो; सानो आरी ।

कोसी२— ना॰ [सं॰ कौशिको पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दूधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी; सप्तकोसी । ~ अञ्चल— ना॰ नेपालका चौध अञ्चलमध्ये तथा पूर्वाञ्चल विकासक्षेत्रका तीन अञ्चलमध्ये मेची र सगरमाथाका बीचमा रहेको उत्तरतिर चीन र दक्षिणतिर भारतसँग सिमाना जोडिएको एक अञ्चल ।

कोसे१— वि॰ [कोसो+ए] कोसा भएको वा कोसा निस्कने; कोसाजस्तो (हे॰ कोसेबाली॰ ।

कोसे२— वि॰ [कोस+ए] कोस भएको; कोसका परिमाणको । (चारकोसे झाडी, चारकोसे बाटो इ॰) । ~ ढुङ्गो— ना॰ १. कोस–कोसका फरकमा राखिने ढुङ्गो । २. सीमानिर्धारण गर्न योग्य घटना; उल्लेखनीय कुरा । कोसे बाली— ना॰ [कोसे+बाली] मास, मस्याब, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली । कोसेर उखु— ना॰ पहेँलो र मोटो डाँठ हुने एक जातको उखु; कोसियार ।

कोसेली— ना॰ कसैलाई सम्झना र चिनुस्वरूप आ६ना राजीले दिइने कुनै चीज वा वस्तु; सौगात; उपहार; नजराना । ~ पेरुङ्गो— ना॰ पेरुङ्गामा हालेर ल्याइने चलनअनुसारको कोसेली; कोसेली र अरू सामग्री ।

कोसो— ना॰ [सं॰ कोषे १. बोडी, केराउ, मास, मस्याब, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल । २. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल ।

कोहिनुर— ना॰ [फा॰ कोहेनूरे १. गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा; कोहेनुर । २. अति तेजिलो प्रकाश; प्रकाशको पहाड ।

कोही— सर्व॰ [सं॰ कः हि] कसैलाई नतोकी वा अपरिचित व्यक्तिका नाममा प्रयोग हुने अनिश्चयबोधक शब्द; कुनै ।

कोहेनुर— ना॰ [फा॰ कोहेनूरे हे॰ कोहिनुर ।

कोहोलो— ना॰ [सं॰ कोलाहले कोलाहल; कोकोहोलो ।

कौ— ना॰ [नेवा॰] फलामको काम गर्ने नेवारजातिको एक वर्ग ।

कौँचा— ना॰ काँचको फूलदान वा गमला ।

कौँटी— ना॰ [रू कोल्टो] उड्दै गएको चङ्गालाई लट्टाईको धागो झड्कारेर कोल्टो फर्काई तलतिर झार्ने काम ।

कौच— ना॰ [अङ्॰ काउचे बीचमा लचकदार पाताहरू राखी नरिवलका जटा, रुवा आदि हालेर बाहिर कपडा, चट्टी आदिले मोहोरी बनाइएको गद्दीदार मेच; सोफा ।

कौटकिक— ना॰ [सं॰] चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति; चराको सिकारी; शाकुनिक ।

कौटिलीय— वि॰ [सं॰] कौटिल्य विबान्ले तयार गरेको; कौटिल्यसम्बन्धी ।

कौटिल्य— ना॰ [सं॰] १. इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य; चाणक्य । २. कुटिल हुनाको काम, भाव वा अवस्था; कुटिलता; टेढोपन । ३. छलकपट; बेइमानी ।

कौटुम्बिक— वि॰ [सं॰] १. कुटुम्ब वा नातागोता भएको; कुटुम्बसम्बन्धी; कुटुम्बी । ना॰ २. घरको मूली वा जेठोबाठो; थकाली; बाबु ।

कौडिन्य— ना॰ [सं॰ कौण्डिन्ये पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि । ~ गोत्र— ना॰ कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम; पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र ।

कौडी— ना॰ [कौडो+ई] १. सानो खालको कौडो । २. तल्लो तहको दाम; थोरै मूल्यको पैसो । (उदा॰— साथमा एक कौडी छैन, कसरी महिना चलाउने <॰ ।

कौडे— वि॰ [कौडो+ए] १. कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल । २. आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको । ना॰ ३. दास; कमारो; नोकर । ~ कमारो— ना॰ उहिलेको चलनअनुसार कानमा कौडी झुन्ड्याई पालिने कमारो; खास कमारो ।

कौडो१— ना॰ [सं॰ कपर्दे १. घुँगीजस्तै एक थरी पानीकीराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी । २. अघिको किनबेचको साधन वा माध्यम । ३. सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल ।

कौडो२— ना॰ खुकुरीको काँजोनिर धारमा बनाइएको अर्धचन्द्राकार घेरो ।

कौतुक— ना॰ [सं॰] १. कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा; कुतूहल । २. आश्चर्यजनक वस्तु; तमासा । ३. विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो; लगनगाँठो ।

कौतुकागार/कौतुकालय— ना॰ [सं॰] १. ऐतिहासिक वा सांस्कृतिक महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायबघर । २. बिहाका दिनमा दुलहीलाई सिँगारपटार गर्ने र कपडा पहिराउने कोठो । ३. कन्यादान गर्ने ठाउँ । ४. मनोरञ्जन गर्ने ठाउँ वा घर ।

कौतुकी— वि॰ [सं॰] १. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको । २. वैवाहिक सम्बन्ध मिलाउने; लमीको काम गर्ने । ३. खेल– तमासा देखाउने; चटके; जादुगर ।

कौतूहल— ना॰ [सं॰] हे॰ कुतूहल ।

कौपीन— ना॰ [सं॰] १. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने) । २. योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा । — धारी— वि॰ कौपीन धारण गर्ने वा लगाउने (व्यक्ति॰ ।

कौबेरी— ना॰ [सं॰] १. उत्तर दिशा । २. कुबेरको शक्ति ।

कौमार— ना॰ [सं॰] १. कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य । २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर । ~ व्रत— ना॰ आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा ।

कौमार्य— ना॰ [सं॰] १. बालकपन वा युवावस्था; कौमार । २. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व ।

कौमुदी— ना॰ [सं॰] १. चन्द्रमाको किरण; ज्योत्स्ना । २. कार्तिक शुक्लपक्षको पूर्णिमा । ३. पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ ।

कौमोदकी— ना॰ [सं॰] विष्णुका चार हातमा रहने शङ्ख, चक्र, गदा, पßमध्ये गदा, विष्णुको गदा ।

कौरव— ना॰ [सं॰] १. कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति । २. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि॰ ।

कौरा— ना॰ एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैँजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य; कडुवा; करुवा ।

कौरो— ना॰ [रू कोरो] किरियापुत्रीहरू बस्ने ठाउँ; हे॰ कोरो । —

ढिकुरो— ना॰ १. मरेको दस दिनसम्म मृतकलाई पिण्डपानी दिन जलाशयनजिकै बनाइएको वेदी; ढिकुरो । २. कौरो र ढिकुरो गर्ने काम ।

कौल१— ना॰ [रू कउले हे॰ कउल ।

कौल२— ना॰ [फा॰ कबले घोडाका काठीको अघिल्लो भागमा दायाँबायाँ दुवैतिर पर्ने गरी अड्याइने ब्यागजस्तो वस्तु ।

कौल३— ना॰ [सं॰] वाममार्गी समुदायको शाक्त मतमा विश्वास गर्ने व्यक्ति वा त्यस्तो सम्प्रदाय । कौल करार— ना॰ [कबुल+करार] कुनै विषयमा कबुल गरिने वा पुथ्याइने करार; सर्तनामा ।

कौलटेय— ना॰ [सं॰] व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो; वेश्यापुत्र; कुलटाको सन्तान ।

कौलतड— ना॰ [फा॰ कबल तङ्गे घोडाको काठीमा कौल कस्ने छालाको पेटी ।

कौलास्–नु— स॰ क्रि॰ [कौलासो+नु] १. कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु; हकार्नु; गुहार्नु । अ॰ क्रि॰ २. आत्तिएर कराउनु; चिच्च्याउनु । > कौलासाइ— ना॰ कौलास्ने काम वा प्रक्रिया । कौलासिनु— क॰ क्रि॰ कौलास्ने काम गरिनु ।

कौलासो— ना॰ [ ?] आपद्को समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठूलो स्वरले कराउने काम; ठूलो स्वरको हकाराइ, बोलाइ वा चिच्च्याहट ।

कौली— ना॰ उज्यालो राम्रो नहुँदैको समय; सबेर; बिहान; सखारै ।

कौलो— ना॰ खेतको सानो गरो; गोरु नलाग्ने फगटो ।

कौवा— ना॰ [सं॰ काके १. समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग । — ठोरी— ना॰ कागका चुच्चाजस्तो सेता र नीला रबका फूल फुल्ने एक जातको बनैयाँ लहरो । ~ फल— ना॰ भुइँझारमा हुने र काफलका जस्ता दाना लाग्ने फल; भुइँकाफल ।

कौवाली— ना॰ [अ॰ कवाल = एक किसिमको बाँसुरी] १. मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत । २. त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत । ३. उपर्युक्त प्रकारका गीत गाउनेको पेसा ।

कौवे— ना॰ खोलामा पाइने एक जातको माछो ।

कौशल— ना॰ [सं॰] कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता; कुशल वा सिपालु हुनाको भाव वा स्थिति; सीप; चातुर्य; प्रवीणता; कुशलता ।

कौशिक— ना॰ [सं॰] १. कुशिक ऋषिको वंशपरम्परा वा गोत्र । २. विश्वामित्र । ३. इन्द्र; देवराज । ४. लाटोकोसेरो । ~ गोत्र— ना॰ कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बूढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र ।

कौशिकी— ना॰ [सं॰] कोशी नदी; सप्तकोसी ।

कौशेय— वि॰ [सं॰] १. रेसमको धागोबाट बनेको; रेसमी । ना॰ २. रेसम नामको कीराबाट बनेको एक प्रकारको तन्तु; रेसम ।

कौस१— वि॰ [सं॰ कोशे रेसमको धागोबाट बनेको; रेसमी ।

कौस२— वि॰ [सं॰ कुशे कुशबाट निर्मित; कुशसम्बन्धी; कुशको ।

कौसल— ना॰ [अङ्॰ काउन्सिले १. नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुथ्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुथ्याउने त्यस्तो अड्डा । २. कानुनविद्हरूको सभा; कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा ।

कौसल्या— ना॰ [सं॰] दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी; रामचन्द्रकी आमा ।

कौसी१— ना॰ [नेवा॰ कः सि] घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ; अटाली वा बुर्जाविशेष ।

कौसी२— ना॰ [सं॰ कोश ?] सरकारी आम्दानी–खर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी । ~ तोसाखाना— ना॰ एकतन्त्री जहानियाँ शासनकालसम्म कायम रहेको र विभिन्न प्रकारका व्यावसायिक ब्याङ्कहरू चल्तीमा आउनुभन्दा पहिले नै नेपालको चल धनसम्पत्ति राख्ने जिल्ला– जिल्लाको र सदरको ढुकुटी अड्डा ।

कौस्तुभ— ना॰ [सं॰] समुद्रमन्थनमा निस्केको, विष्णुको वक्षस्थलमा लाइने एक प्रसिद्ध मणि वा रत्न ।

क्या— निपा॰ उदेक, खुसी; झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय; के; कस्तो; कत्तिको; खुप । (उदा॰— बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा ; आज फुटबल हेर्दा क्या मजा भयो ; मैले अस्ति नै भनेको कुरो क्या, बिर्स्यौ कि कसो <॰ ।

क्याँक्–नु— स॰ क्रि॰ [क्याँक्+नु] अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु; घोक्रो समाउनु; उँधो मुन्टो पारी पिठ्यूँबाट ब्याक्नु ।

क्याँकक्याँक— ना॰ [अ॰ मू॰ क्याँक्+अ (बि॰)] हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली ।

क्याँकिनु— क॰ क्रि॰ [क्याँक्+इ+नु] क्याँक्ने काम गरिनु ।

क्याँकी— ना॰ [क्याँक+ई] १. मानिस वा पशुको गलो; घोक्रो; घाँटी । २. एक जातको चरो । वि॰ ३. निम्नस्तरीय; सामान्य सुझबुझ पनि नभएको ।

क्याँट— ना॰ [रू काँटे १. कागजी मुद्रा वा नोटको बिटो; गड्डागड्डा पारिएको कागजी मुद्रा । २. मोटो रकम; पुँजी; जेथा । — वाल— वि॰ धनी; पैसावाल ।

क्याउँक्याउँ— ना॰ [अ॰ मू॰ क्याँउँ+(बि॰)] १. नचाहिँदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम; कचकच । २. सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल; ख्याउँख्याउँ ।

क्याकक्याक— क्रि॰ वि॰ [क्याक्+अ (बि॰)] घाँटी अँठ्याउँदा सास रोकिएर एकनासले शब्द निस्कने किसिमले । >

क्याकक्याकती/क्याकक्याकी— क्रि॰ वि॰ त्यसरी नै सास रोकिएर छिटोछिटो शब्द निस्कने किसिमसँग ।

क्याक्क— क्रि॰ वि॰ [अ॰ मू॰ क्याक्+क] घाँटी अँठ्याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले; किक्क; किक्लिक्क ।

क्याचक्याच— क्रि॰ वि॰ [अ॰ मू॰ क्याच्+अ (बि॰)] लगातार थिचिरहने किसिमले । > क्याचक्याचती/क्याचक्याची— क्रि॰ वि॰ त्यसरी नै अझ छिटो थिच्ने किसिमसित ।

क्याचुक— ना॰ १. ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जात । २. शारीरिक अवयव ठीक–ठीक नभएको व्यक्ति ।

क्याच्च— क्रि॰ वि॰ [क्याच्+च] कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले ।

क्याजुयल— वि॰ [अङ्॰] पहिले थाहा नपाएको तर अपर्झट परिआउने; आकस्मिक; खण्डे । ~ कनेक्सन— ना॰ आकस्मिक वा अस्थायी रूपमा जडिने टेलिफोनको जडान । ~ बिदा— ना॰ आकस्मिक बिदा; भइपरिआउने बिदा । सङ्क्षे॰— क्या॰ बि॰ ।

क्यान— क्रि॰ वि॰ [सं॰ किम्] के कारणका लागि; किन (उदा॰— क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गथ्या । — भानुभक्तको रामायण॰ ।

क्यानरी— ना॰ [अङ्॰] प्रायः पहेँलो रबको, मीठो बोली बोल्ने, भँगेराजत्रो सानो एक जातको चरो ।

क्यान्सर— ना॰ [अङ्॰] हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूलजस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग ।

क्याप्टेन— ना॰ [अङ्॰] हे॰ कप्तान ।

क्याप्प— क्रि॰ वि॰ [अ॰ मू॰ क्याप्+प] हात, सनासो आदिले समाउने वा दाँतले एकै पल्ट टोक्ने किसिमले; ट्याप्प ।

क्याबात— वि॰ बो॰ [क्या+बात] कुनै राम्रो काम वा बहादुरीको निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द; स्याबास । (उदा॰— क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन् ;) ।

क्याबिन— ना॰ [अङ्॰] १. अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो । २. व्यक्तिगत कोठो । ३. जहाजमा बस्नसुत्न हुने सानो कोठो ।

क्याबिनेट— ना॰ [अङ्॰] १. प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा । २. मन्त्रिमण्डल; मन्त्रिपरिषद् ।

क्यामकल— ना॰ [अङ्॰] औँठी, फूली, ढुङ्ग्री आदिमा जडिने टल्कने पत्थरविशेष ।

क्यामरा— ना॰ [अङ्॰] कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र; छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण ।

क्यामुनु— ना॰ तीन अङ्गुलजति फराक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नसको काममा लिइने एक प्रकारको रूख ।

क्याम्प— ना॰ [अङ्॰] १. कम्पाउन्ड; हाता; गिर्दा; क्याम्पा । २. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ; शिविर । — खाट— ना॰ क्याम्पमा रोगीलाई अस्पताल पुथ्याउने खाट । — फायर— ना॰ सिपाहीहरूले विशेष उत्सवमा वा तालिम लिँदा बन्दुक आदि पड्काउने काम ।

क्याम्पस— ना॰ [अङ्॰] प्रमाणपत्र वा आई॰ ए॰ तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय । ~ प्रमुख— ना॰ क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक कार्यसञ्चालन गर्ने प्रमुख व्यक्ति ।

क्याम्पा— ना॰ [रू क्याम्पे चारैतिर पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय; गिर्दा; हाता; क्याम्प ।

क्यार— निपा॰ वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे । (उदा॰— भाइहरू घर आएका छैनन् क्यार ;) क्यारम बोर्ड— ना॰ [अङ्॰] दुई रबका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड ।

क्यारी— ना॰ [सं॰ केदारे १. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याब वा खाल्डो पारी बनाइएको खलो । २. बगैँचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ ।

क्यारे— निपा॰ शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय । (उदा॰— तपाईंले भन्नुभएको कुरो होइन क्यारे ;)

क्यालकुलेटर— ना॰ [अङ्॰] जोड–घटाउ, भाग–गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण; गणक ।

क्यालेन्डर— ना॰ [अङ्॰] वर्षभरिका महिना, गते, वार, छुट्टीका दिन तथा चाडपर्व आदि अङ्कित गरिएको, भित्तामा झुन्ड्याइने छोटकरी पात्रो; भित्तेपात्रो ।

क्युरिओ/क्युरियो— ना॰ [अङ्॰ क्युरिओ] १. कुनै देशको निजत्व झल्काउने मूर्ति, मुद्रा, कपडा वा यस्तै सांस्कृतिक महत्त्वका वस्तु बिक्री गरिने पसल । २. त्यस्ता सांस्कृतिक महत्त्वका वस्तु राखिने ठाउँ ।

क्रकुच्छन्द— ना॰ [सं॰] भद्र नामक कल्पका पाँच बुद्धमध्ये श्लेष्मान्तक वनमा तपस्या गर्ने भनी प्रसिद्ध एक प्राचीन मानव– बुद्ध ।

क्रतु— ना॰ [सं॰] कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ ।

क्रन्दन— ना॰ [सं॰] १. दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ । २. युद्धका निम्ति गरिएको आह्वान; हाँक ।

क्रम— ना॰ [सं॰] १. बीचमा नरोकिई चल्दै आउने प्रक्रिया; सिलसिला; मेलो । २. रुल; नियम । ३. पाइलो चलाइ; कदम; फड्को । —

बद्ध— वि॰ सिलसिला मिलाइएको । — बद्धता— ना॰ क्रम मिलेको अवस्था वा पन । — विहीन— वि॰ क्रम नभएको । — शः— अव्य॰ १. पालैपालो गरेर; क्रमैसित; रोलैसँग । २. बिस्तार– बिस्तारै; अलि–अलि गरेर । ~ सङ्ख्या— ना॰ नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या; सिलसिलेवार नम्बर । > क्रमागत— वि॰ १. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको । २. पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत । क्रमाङ्क— ना॰ १. क्रमसङ्ख्या; सिलसिलेवार नम्बर । २. परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर । क्रमाङ्कन— ना॰ १. कुनै विषयलाई क्रम वा सिलसिलाअनुसार सङ्ख्यामा बाँध्ने काम । २. कार्यालय आदिको रजिस्टरमा अकारादि क्रम मिलाई वा नमिलाई कुनै विषय वा कुरो सङ्ख्या दिएर लेख्ने काम ।

क्रमानुसार— अव्य॰ क्रममुताबिक; रोलबमोजिम; क्रमशः ।

क्रमिक— वि॰ १. क्रमैसँग वा पालैसित आएको; क्रमागत । २. सिलसिला मिलेको; क्रम भएको । ३. बिस्तार–बिस्तार; अलि– अलि ।

क्रय— ना॰ [सं॰] नगद व्यवहार गरी कुनै मालसामान लिएर आ६नो अधिकारमा पार्ने काम; किन्ने काम; खरिद । ~ विक्रय— ना॰ १. खरिदबिक्री; किनबेच । २. हानिनोक्सानी; मर्का । —

शक्ति— ना॰ १. अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य । २. अर्थशास्त्रमा जनताको आर्थिक स्तरको मापन गर्दा प्रयोग हुने शब्द ।

क्राइस्ट— ना॰ [अङ्॰] इसाई धर्मका प्रवर्तक एक प्रसिद्ध महात्मा; इसा ।

क्राउन— ना॰ [अङ्॰] बीस इन्च लामो र पन्ध्र इन्च चौडा भएको कागतको नापो ।

क्रान्त— वि॰ [सं॰] १. आ६नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको । २. आक्रमण गरिएको; थिचिएको । — दर्शी— वि॰ १. विलक्षण बुद्धि भएको; सर्वज्ञ । २. युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल ।

क्रान्ति— ना॰ [सं॰] १. कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप; विद्रोह । २. त्यसरी भएको ठूलो परिवर्तन वा उल्टापाल्टी; हेरफेर; अदलाबदली । ३. अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल । — कारिता— ना॰ क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता । — कारी— वि॰ प्रचलित शासनव्यवस्था, परम्परा, सामाजिक स्थिति आदिमा परिवर्तन ल्याउन चाहने; त्यस प्रकार फेरबदल गर्ने; विद्रोही । ~ मण्डल— ना॰ पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्त । — वाद— ना॰ भइरहेको स्थितिमा क्रान्ति वा आमूल परिवर्तन गर्ने राजनीतिक सिद्धान्त । — वादी— वि॰ क्रान्ति वा आमूल परिवर्तनको सिद्धान्तलाई मान्ने वा त्यसको अनुयायी । ~ वृत्त— ना॰ क्रान्तिमण्डल ।

क्रिकेट— ना॰ [अङ्॰] दाबिलाका छाँटको लट्ठीले सानो बललाई हानेर रन बनाउन प्रतिस्पर्धा गरिने एक खेल ।

क्रिम— ना॰ [अङ्॰] १. अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान । २. दूध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु; मखन; नौनी ।

क्रिया— ना॰ [सं॰] १. कुनै पनि काम भइरहनाको अवस्था वा भाव । २. तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ॰) । ३. कुनै पनि काम गर्ने चेष्टा, ढङ्ग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ॰); प्रयत्न । ४. कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम (व्यावहारिक क्रिया, शल्यक्रिया इ॰) । ५. व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु–गरिनुको वाचक शब्द । ६. मृतकको अन्त्येष्टि कर्म; किरिया । ~ कर्म— ना॰ मृतकको अन्त्येष्टि कर्म; काज–किरिया । — कलाप— ना॰ कुनै क्षेत्र वा समयमा हुने कामको गतिविधि । ~ खर्च— ना॰ काज–किरियामा लागेको खर्च; काज–किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च । —

चतुर— ना॰ १. शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक । वि॰ २. काममा सिपालु; कार्यदक्ष ।

क्रियात्मक— वि॰ [सं॰] १. कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक । २. क्रिया वा कार्यका रूपमा आएको वा गरिएको । — ता— ना॰ क्रियात्मक हुनाको भाव वा स्थिति ।

क्रियान्वयन— ना॰ [सं॰] कुनै सिद्धान्त वा नियमलाई व्यवहारमा ल्याउने वा प्रयोग गर्ने काम ।

क्रियान्वयी— वि॰ [सं॰] १. क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध (उता, छिटो, गरेर, पढी, खेल्न इ॰) । ना॰ २. क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी॰ मानिएका मध्ये एक ।

क्रियापद— ना॰ [सं॰] क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द; खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया (जान्छु, जान्छौँ, बस्छ, बस्छन्, हेथ्यो, हेरे, लेख्ला, लेखेछ इ॰) ।

क्रियापुत्री— ना॰ [सं॰] मृतकका नाउँमा तेह्रौँ दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि और्ध्वदेहिक कार्य गर्ने व्यक्ति; किरिया बस्ने छोरो, छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति ।

क्रियाबिदा— ना॰ [क्रिया+बिदो मृतकको काज–किरिया आफैँ गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा ।

क्रियायोगी— ना॰ [सं॰] समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी॰ ।

क्रियारत— ना॰ [सं॰] कुनै पनि काममा लागेको; कार्यसंलग्न; उद्यमी ।

क्रियाविशेषण— ना॰ [सं॰] क्रियाको विशेषता र गुण बुझाउने र त्यसका प्रकार, रूप, स्थान आदिको बोध गराउने अव्यय शब्द (मिरमिर, रनक्क, सलसल, राम्ररी इ॰) ।

क्रिस्तान— वि॰ [अङ्॰ ख्रिश्चियने इसा वा इसाई धर्मको अनुयायी; इसाई ।

क्रीडन— ना॰ [सं॰] क्रीडा गर्ने वा खेल्ने काम; खेलबाड । >

क्रीडनक— ना॰ १. खेलबाडका सामान; खेलौना । २. खेल– तमासा ।

क्रीडा— ना॰ [सं॰] १. मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक कामकुरा; खेल; खेलबाड; आमोदप्रमोद; मनबहलाउ । २. सम्भोग; स्त्रीपुरुषका बीच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन । ~ कानन— ना॰ मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैँचा; प्रमोदवन; आनन्दवन । ~ गृह— ना॰ प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन; रतिक्रीडा गर्ने घर वा कोठो; खेलबाड गर्ने घर । ~ स्थान— ना॰ घरबाहिर वा घरभित्र खेलिने खेलका निम्ति बनाइएको ठाउँ; रङ्गशाला; रङ्गभूमि ।

क्रीत— वि॰ [सं॰] नगद दिएर कुनै वस्तु आ६नो अधिकारमा ल्याइएको; किनिएको; खरिद गरिएको । > क्रीतक— ना॰ १. किनिएको नोकर; कमारो । २. किनेको छोरो; क्रीतपुत्र ।

क्रुद्ध— वि॰ [सं॰] कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको वा क्रोध गर्ने; झोकिएको; रिसाएको ।

क्रूर— वि॰ [सं॰] १. अरूलाई सताउने, पीर–मर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर; निर्दयी; दुष्ट । २. झोक्किने प्रवृत्ति भएको; रिसाहा । — कर्मा— वि॰ क्रूर स्वभाव भएको; जघन्य काम गर्ने; निष्ठुर । — ग्रह— वि॰ ज्योतिषशास्त्रअनुसार पापग्रह (सूर्य, मङ्गल, शनि, राहु, केतु यी पाँच ग्रह र पापग्रहका साथै एउटै राशिमा बसेको बुध पनि) । — ता— ना॰ क्रूर प्रकृति तथा नीच वृत्ति हुनाको भाव वा अवस्था; दुष्टता । — दृक्— वि॰ १. खराब दृष्टि भएको । ना॰ २. शनि वा मङ्गलग्रह ।

क्रेटर— ना॰ [अङ्॰] पग्लेको चट्टान, आगो, खरानी, ग्याँस आदि निस्कने ज्वालामुखीको मुख ।

क्रेता— वि॰ [सं॰] किनमेल गर्ने; खरिद गर्ने, किन्ने; गाहकी ।

क्रेन— ना॰ [अङ्॰] गह्रौँ र ठूलठूला फलामे दलिन, लट्ठा, पाइप आदिलाई एक ठाउँबाट उठाएर वा च्यापेर जडिने ठाउँमा राख्ने भीमकाय यान्त्रिक साधन ।

क्रोड— ना॰ [सं॰] १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर । २. वक्षस्थल; छाती, कोख । ~ पत्र— ना॰ पत्र– पत्रिकाका बीचमा घुसाइने समसामयिक महत्त्वका विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री ।

क्रोध— ना॰ [सं॰] १. कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम–कुरो भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष । २. ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठीयौँ एक संवत्सर । ३. साहित्यमा रौद्र रसको स्थायी भाव । >

क्रोधागार— ना॰ रिसाएका बेलामा गुत्थ परेर बस्ने घर; कोपभवन । क्रोधी— वि॰ १. क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा । २. सानातिना कुराहरूमा पनि छिटै रिसाउने; झोकी; झडङ्ग्याहा ।

क्रोनर— ना॰ [ < ] स्विडेन, नर्वे, डेनमार्क आदि देशका मुद्राको नाम ।

क्रोनोमिटर— ना॰ [अङ्॰] बेलायतको ग्रीनवीच भन्ने ठाउँमा समय सूचित गर्ने घडीजस्तो प्रसिद्ध यन्त्र ।

क्रोमोओँ— ना॰ [अङ्॰] प्रागैतिहासिक क्रोमेओँ मानवले प्रयोग गरेको उपकरण । ~ मानव— ना॰ फ्रान्सको क्रोमेओँ नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति ।

क्रोश— ना॰ [सं॰] १. कराउने काम; चीत्कार; रोदन । २. सय धनु वा पैँतीस सय बीस गजको दूरी; कोस । ३. सहस्रदण्डबराबर वा धनुषको हजार गुनाबराबरको नापो ।

क्रौञ्च— ना॰ [सं॰] १. कथ्याबकुरुब चरा । २. हिमालयको टाकुरो । — रन्ध्र— ना॰ हिमाली गुफा ।

क्य्राब— ना॰ [अङ्॰] साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का ।

क्लब— ना॰ [अङ्॰] १. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका निम्ति खोलिएको सार्वजनिक संस्था । २. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात । ३. एक किसिमको रोदीघर ।

क्लर्क— ना॰ [अङ्॰] कार्यालय वा संस्थाहरूमा काम गर्ने निम्नवैतनिक कर्मचारी; हे॰ कारिन्दा ।

क्लान्त— वि॰ [सं॰] १. थाकेको; थकित; श्रान्त । २. ओइलाएको; मुखमुद्रा क्षीण भएको । > क्लान्ति— ना॰ क्लान्त हुनाको अवस्था वा भाव; थकावट; थकाइ ।

क्लास— ना॰ [अङ्॰] १. कक्षा । २. श्रेणी; दर्जा; वर्ग । > क्लासिकल— वि॰ १. साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय । २. उच्च कोटिका साहित्यको ।

क्लिनर— ना॰ [अङ्॰] १. सरसफाइ गर्ने व्यक्ति । २. बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार; हे॰ खलासी ।

क्लिनिक— ना॰ [अङ्॰] उपचारकक्ष ।

क्लिप— ना॰ [अङ्॰] हे॰ किलिप ।

क्लिष्ट— वि॰ [सं॰] १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह; कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ॰) । २. पार लाउन गाह्रो पर्ने; मुस्किल; अप्ठ्यारो । ३. कष्ट पुथ्याउने खालको; कष्ट हुने; क्लेशयुक्त । — ता— ना॰ क्लिष्ट हुनाको भाव वा अवस्था; दुरूहता । — त्व— ना॰ क्लिष्टता; लहरे साङ्ली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष ।

क्लीब— वि॰ [सं॰] १. सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति॰; नपुंसक; हिजडा । २. आँट नभएको; हुतीहारा; नामर्द । — ता/त्व— ना॰ प्रजननशक्ति नहुने भाव; पुंसत्वहीनता; नपुंसकपन ।

क्लेद— ना॰ [सं॰] १. पानी वा यस्तै तरल पदार्थले भिजाउने काम; चिसोपना; आर्द्रता । २. पसिना ।

क्लेश— ना॰ [सं॰] १. कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति; आन्तरिक दुःख, पीडा वा वेदना । २. घरव्यवहारमा आफुसमा हुने कलह वा मनोमालिन्य ।

क्लोम— ना॰ [सं॰] कलेजो; फोक्सो । ~ चित्र— ना॰ विद्युतीय विकिरणबारा लिइएको फोक्सोको चित्र । ~ ध्वनि— ना॰ छातीबाट सुन्न सकिने फोक्सोको आवाज; सास फेर्दा आउने शब्द ।

क्वण— ना॰ [सं॰] वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द; झन्कार ।

क्वथन— ना॰ [सं॰] तरल वस्तु उमाल्ने वा भकभकी पार्ने काम । श्र क्वथानाङ्क— ना॰ तापमानमा पानी उमाल्न सक्ने १०) डिग्रीको माप; क्वथनको निश्चित बिन्दु ।

क्वाँक— वि॰ [अ॰ मू॰ क्वाँक्+अ] भनेको कुरा राम्ररी नबुझ्ने; लट्ठक; बुद्धू । (उदा॰— जति भने पनि हरि सम्झँदै सम्झँदैन, कस्तो क्वाँक रहेछ॰ ।

क्वाँक्वाँ— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाँ (बि॰)] १. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम । ना॰ २. डाँको छाडेर रोएको आवाज ।

क्वाँटी— ना॰ [नेवा॰ क्वो केराउ, चना, मुगी, मास, सिमी, भटमास आदि दालजातका गेडागुडी छासमिस पारी पानीमा भिजाएर टुसा निक्लिएपछि पकाएको रस र तिनै गेडागुडी वा बिरौँला ।

क्वाइँक्वाइँ— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाइँ (बि॰)] १. कुटाइ वा किचाइमा परेर कुकुर रुने–कराउने किसिम । २. दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल ।

क्वाटर— ना॰ [अङ्॰ क्वार्टरे १. चतुर्थांश; चौथाइ । २. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा; क्वाड ।

क्वाड— ना॰ [अङ्॰] हे॰ क्वाटर ।

क्वाथ— ना॰ [सं॰] १. काष्ठादि औषधी पानीमा धेरै बेर पकाएर झिकिएको बाक्लो रस; काँडा । २. सुरुवा ।

क्वापक्वाप— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाप्+अ (बि॰)] डल्लो खानेकुरो धमाधम मुखमा हाल्ने किसिमले । > क्वापक्वापती/क्वापक्वापी— क्रि॰ वि॰ डल्लो खानेकुरो छिटोछिटो मुखमा हाल्ने किसिमसँग ।

क्वाप्प— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाप्+प] डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले ।

क्वारक्वार— क्रि॰ वि॰ [अ॰ मू॰ क्वार्+अ (बि॰)] एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साह्रो खानेकुरा चपाउँदा आवाज आउने गरी । श्र क्वारक्वारती/क्वारक्वारी— क्रि॰ वि॰ तिनै काम अझ छिटो गर्ने किसिमले ।

क्वार्र— क्रि॰ वि॰ [अ॰ मू॰ क्वार्+र] १. धर्को तानेर कोर्ने वा कुनै तीखो वस्तुबारा आफैँ कोरिने किसिमले । २. कीरा–फट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग ।

क्वालक्वाल— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाल्+अ (बि॰)] लगातार पेट कराउने वा पानी बग्ने किसिमले । > क्वालक्वालती/

क्वालक्वाली— क्रि॰ वि॰ एकनासले पेट कराउने वा पानी बग्ने गरी ।

क्वाल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ क्वाल्+ल] एकै बाजि ठूलो स्वरले पेट कराउने वा पानी बग्ने किसिमसँग ।

क्विज— ना॰ [अङ्॰] सामान्यज्ञानको जाँच, बुद्धि जाँच्नका निम्ति प्रश्नहरू सोधिने प्रतियोगिता; हाजिरजवाफ ।

क्विन्टल— ना॰ [अङ्॰] सय किलोग्रामको तौल (पुरानो हिसाबअनुसार दुई मन साढे सत्ताइस सेर॰ ।

क्ष— देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको, कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त व्यञ्जनवर्ण (संयुक्ताक्षर॰; लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

क्ष–किरण— ना॰ [सं॰] शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिका प्रमुख विकिरण वा विद्युत्धाराको अदृश्य किरण; एक्सरे ।

क्षण— ना॰ [सं॰] १. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन । २. एक मुहूर्तको बाह्र भागको एक भाग (चारपाँच सेकेन्ड वा तीस पला) । ३. आँखा झिम्काउन्जेलको समय; निमेष । ४. खाली समय; अवसर; मौका । — भङ्गुर— वि॰ १. छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर । २. क्षणसम्बन्धी; क्षणको; अस्थायी ।

क्षणिक— वि॰ [सं॰] १. एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर । २. क्षणसम्बन्धी; क्षणको । — ता— ना॰ क्षणिक हुनाको भाव वा अवस्था । > क्षणिका— ना॰ बादलमा चम्किने बिजुली; विद्युत् ।

क्षणी— वि॰ [सं॰] क्षणभर मात्र रहने वा हुने; केही छिनको; क्षणिक ।

क्षत— वि॰ [सं॰] १. क्षति वा हानि भएको; चोट लागेको; घाइते । २. कुनै भाग टुटेको; खण्डित (वस्तु॰ । ना॰ ३. घाउ; चोट; जखम । — ज— वि॰ १. घाउबाट निस्कने (क्षतज ज्वर॰ । ना॰ २. रगत वा पीप । — योनि— वि॰ पुरुषसित मिसिइसकेकी; योनिक्षत भएकी; कौमार्य नष्ट भएकी । ~ विक्षत— वि॰ कहीँ अलिकति र कहीँ बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल; रक्ताम्मे ।

क्षता— वि॰ [सं॰] योनि क्षत भएकी; कौमार्य खण्डित भएकी (कन्या॰ ।

क्षति— ना॰ [सं॰] १. कुनै काम, वस्तु, समय आदिमा हुन गएको हानि वा नोक्सानी; खति; घाटा; नाश । २. आघात वा चोट लाग्नाले भएको घाउ; चोटपटक । — ग्रस्त— वि॰ बिग्रेको, भत्केको, नासिएको वा खति भएको । (उदा॰— प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गदै र् हुनुहुन्छ ।) ~ पूर्ति— ना॰ १. कसैको केही हानि–नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम । २. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल ।

क्षत्र— ना॰ [सं॰] १. राज्य; राष्ट्र । २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति । ३. शरीर । — कर्म— ना॰ क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम । — धर्म— ना॰ १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म । २. शौर्य; बहादुरी । — पति— ना॰ कुनै क्षत्र वा राज्यका स्वामी; राजा ।

क्षत्रिय— ना॰ [सं॰] हिन्दूहरूका चार जातमध्ये एक जात वा चार वर्णमध्ये दोस्रो वर्ण । ~ देवता— ना॰ इन्द्र, यम र वरुण ।

क्षत्री— ना॰ [सं॰] १. क्षत्रिय; छेत्री ।

क्षन्तव्य— वि॰ [सं॰] क्षमा गर्न योग्य; क्षम्य ।

क्षपणक— ना॰ [सं॰] १. प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु । २. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक । वि॰ ३. लाज नमान्ने; निर्लज्ज ।

क्षम— वि॰ [सं॰] १. काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य । २. चुप रहने; सहनशील; सहिष्णु । ना॰ ३. शक्ति; बल । — ता— ना॰ कुनै काम गर्ने वा केही धारण गर्न सक्ने शक्ति वा विशेषता; सामर्थ्य; तागत ।

क्षमा— ना॰ [सं॰] १. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आ६नो भूल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति । २. सहिष्णुता; सहनशीलता । ३. पृथ्वी; धर्ती । —

प्रार्थना/याचना— ना॰ आफूले बिराएका कुरामा क्षमा वा माफी माग्ने काम । — वान्— वि॰ माफी दिने; क्षमाशील । — शील— वि॰ क्षमा गर्ने; शान्त वा सीधासादा प्रकृतिको ।

क्षम्य— वि॰ [सं॰] क्षमा गर्न योग्य; माफ दिन लायक ।

क्षय— ना॰ [सं॰] १. प्रकृतिले नै बिस्तारबिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश । २. कल्पको अन्त; प्रलय । ३. राजयक्ष्मा; टी॰ बी॰ रोग । — कर— वि॰ क्षय गर्ने; नाश गर्ने । — काल— ना॰ प्रलयको समय । — तिथि— ना॰ टुटेको वा लोप भएको तिथि । — पक्ष— ना॰ चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष । — मास— ना॰ घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औँसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ) । — रोग— ना॰ फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा; टी॰ बी॰; सुकेनास; राजरोग ।

क्षयी— वि॰ [सं॰] १. क्षय हुने; नाश हुने । २. क्षयरोग लागेको । ना॰ ३. चन्द्रमा — करण— ना॰ नासिँदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया ।

क्षर— ना॰ [सं॰] १. तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ । २. पानी; बादल । ३. शरीर; देह । ४. सबै जड पदार्थ । वि॰ ५. नाश हुने; नाशवान्; नश्वर ।

क्षरण— ना॰ [सं॰] थोपा–थोपा हुँदै चुहुने, तप्किने, झर्ने, रसाउने आदि काम ।

क्षात्र— वि॰ [सं॰] क्षत्रियको; क्षत्रियसम्बन्धी ।

क्षान्ति— ना॰ [सं॰] सहन सक्ने क्षमता; सहनशीलता; धैर्य ।

क्षार— ना॰ [सं॰] १. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन । २. सोडा । ३. सुहाग । ४. नुनिलो पदार्थ । ५. भस्म; खरानी । वि॰ ६. चर्को; नुनिलो । ७. नुन भएको (समुद्र) । — क— वि॰ क्षार गर्ने वा जलाउने; दाहक; कास्टिक । ~ भूमि— ना॰ क्षार मिसिएको माटो भएको जमिन; उर्वर भूमि । ~ समुद्र— ना॰ नुनिलो पानी भएको समुद्र; क्षारोद ।

क्षारोद— ना॰ [सं॰] १. नुनिलो पानीको समुद्र; क्षारसमुद्र । २. क्षारको अंश भएको कुनै पदार्थ ।

क्षालन— ना॰ [सं॰] धुने वा सफा गर्ने काम (लुगा; भाँडा आदि॰ ।

क्षिति— ना॰ [सं॰] १. वासस्थान; निवासस्थान; घर । २. पृथ्वी । —

— ना॰ १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि । २. मङ्गलग्रह । ३. वृक्ष; रूख । — तल— ना॰ [सं॰] धरातल; पृथ्वी । — पति— ना॰ राजा । ~ मण्डल— ना॰ भूमण्डल; पृथ्वी ।

क्षिप्र— क्रि॰ वि॰ [सं॰] तुरुन्त, तत्काल; शीघ्र; चाँडै । — कारी— वि॰ चाँडचाँडै काम गर्ने; छिटो काम पूरा गर्ने ।

क्षीण— वि॰ [सं॰] १. खिएको, घट्तै गएको वा अवस्था बिग्रेको । २. दुब्लो; पातलो; निर्धो । — काय— वि॰ दुब्लो वा पातलो शरीरको । — ता— ना॰ क्षीण हुनाको अवस्था वा भाव; दुर्बलता; निर्धोपन ।

क्षीर— ना॰ [सं॰] १. दूध । २. खीर । ३. जल; पानी । ४. रूखको दूधजस्तो सेतो चोब । — धि— ना॰ दूधजस्तो फीँज उठ्ने पानी भएको समुद्र । ~ सागर— ना॰ दूधको समुद्र वा दुग्ध–समुद्र पनि भनिने, सात समुद्रमध्ये एक ।

क्षुण्ण— वि॰ [सं॰] १. टुक्रा पारिएको वा टुक््रयाइएको । २. टुटफुट भएको वा बिग्रेको; खण्डित । ३. खुँदिएको । ४. राम्ररी विचार गरिएको ।

क्षुद्र— वि॰ [सं॰] १. नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो । २. अल्प; सानो । ३. दरिद्र; निर्धन । ४. कृपण; कन्जुस । — घण्टिका— ना॰ आभूषणका रूपमा पहिरिने ससाना घण्टी; चाँप; घुँगरु । — ता— ना॰ क्षुद्र हुनाको भाव वा अवस्था; नीच व्यक्तिमा रहने अवगुण; नीचता; तुच्छता । ~ धान्य— ना॰ कोदो; कुअन्न ।

क्षुधा— ना॰ [सं॰] १. खाने इच्छा; भोक; छुद्दे । २. कुनै कुरा पाउने चाहना; तृष्णा । > क्षुधातुर— वि॰ साह्रै भोकाएको; भोकले आत्तिएको वा छटपटाएको । क्षुधित— वि॰ साह्रै भोकाएको; भोको ।

क्षुब्ध— वि॰ [सं॰] १. कुनै कारण वा कुराले रिसाएको; क्षोभ भएको; क्रुद्ध । २. अधीर; चञ्चल । ३. विह्वल; व्याकुल; दिग्दार ।

क्षुर— ना॰ [सं॰] १. कपाल काट्ने हतियार; छुरा । २. पशुको खुर ।

क्षेत्र— ना॰ [सं॰] १. बाली रोपिने जग्गाजमिन; खेत; भूमि; फाँट– मैदान । २. उत्पत्तिस्थान । ३. पुण्यतीर्थ; धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ॰); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर । ४. वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख । ५. राजनीतिक, सामाजिक, साहित्यिक, भौगोलिक आदि विचारले वा त्यस्तो कुनै कामविशेषका निम्ति निर्धारित स्थल । ६. पुरातात्त्विक वस्तु प्राप्त गर्ने उद्देश्यले उत्खनन वा अन्वेषण गरिने ठाउँ । ७. नेपालका पाँच खण्डमा विभाजित विकासक्षेत्र (पूर्वाञ्चल विकासक्षेत्र, मध्यमाञ्चल विकासक्षेत्र, पश्चिमाञ्चल विकासक्षेत्र, मध्य पश्चिमाञ्चल विकासक्षेत्र र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र) । — ज्ञ— ना॰ १. क्षेत्र वा शरीरको अधिष्ठाता; जीवात्मा; परमात्मा । २. किसान; खेतीवाल । ३. शरीरशास्त्रका विज्ञाता । — पति— ना॰ जमिनको मालिक; जग्गाधनी । — पाल— ना॰ १. खेतमा लगाएको बाली कुर्ने व्यक्ति । २. स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव बारपाल॰; भूमे । — फल— ना॰ कुनै जमिनको लमाइ र चौडाइको गुणाबाट निक्लने वर्गात्मक अङ्क वा परिमाण । — मिति— ना॰ रेखाहरूको लमाइ, धरातलको क्षेत्रफल र ठोस वस्तुको घनफल निकाल्ने नियमविवरण भएको गणितको एक शाखा । — सन्न्यास— ना॰ कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प । श्र क्षेत्राधिकार— ना॰ १. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार । २. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार ।

क्षेत्रीय— वि॰ [सं॰ क्षेत्रिये १. खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको । २. खेत भएको; खेतीवाल । ३. क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षानिर्देशनालय आदि) । ~ कार्य— ना॰ कुनै कार्य वा अनुसन्धान गरिने विषयमा क्षेत्रमा गएर गरिने काम । ~ पुस्तिका— ना॰ कुनै तोकिएको क्षेत्र वा त्यस क्षेत्रभित्र भएका जग्गाजमिन आदिको तथ्याङ्क, विवरण आदि लेखेर राख्ने पुस्तिका (फिल्डबुक) । ~ प्रभुत्ववाद— ना॰ ठूलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आ६नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त । ~ विकास— ना॰ क्षेत्रविशेषमा हुने वा गरिने विकास । ~ वितरण— ना॰ कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा कोटाअनुसार हुने वितरण (रकम, अन्न, सहुलियत आदि॰ ।

क्षेत्रोपवास— ना॰ [सं॰] किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास; छेत्रवास ।

क्षेपक— वि॰ [सं॰] १. ६याँक्ने वा मिल्काउने । २. हुत्त्याउने; उल्झने । ३. नाउ खियाउने; कर्णधार । ना॰ ४. पुस्तक आदिमा ग्रन्थकारले लेखेबाहेक पछि अरूले थपेको वा मिलाएको अंश; थपुवा भाग; थपनी ।

क्षेपण— ना॰ [सं॰] १. कुनै वस्तु ६याँक्ने वा मिल्काउने काम; हुत्त्याइ; उल्झाइ (अस्तुक्षेपण॰ २. समय गुजार्ने काम; बेलाकटनी (कालक्षेपण आदि॰ ।

क्षेपणी— ना॰ [सं॰] १. ६याँकेर चलाइने अस्त्र । २. डुङ्गा खियाइने दाबिलोजस्तो लामो काठ वा डाँडा; बहना । ३. माछा मार्ने जाल ।

क्षेप्य— वि॰ [सं॰] ६याँक्न योग्य; मिल्काउन लायक । > क्षेप्यास्त्र— ना॰ टाढैबाट हुत्त्याएर हिर्काइने वा प्रयोग गरिने विशेष अस्त्र वा हतियार; रकेट ।

क्षेम— ना॰ [सं॰] १. सन्चसुबिस्ता; कुशलमङ्गल । २. आनन्द; सुख । ३. रक्षा; सुरक्षा । ४. मुक्ति । — कुशल— ना॰ आनन्द र मङ्गल; निकानन्द; भलाकुसारी ।

क्षोभ— ना॰ [सं॰] १. कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध । २. मनको हलचल; खलबली; असन्तोष । ३. डर; भय; कँपकँपाइ ।

क्षोभक— वि॰ [सं॰] क्षोभ पैदा गराउने; क्षुब्ध पार्ने ।

क्षोभमण्डल— ना॰ [सं॰] पृथ्वीको धरातलदेखि ठीक माथिल्लो वायुमण्डलको तह ।

क्षोभी— वि॰ [सं॰] १. रिस र असन्तोष भएको; क्षुब्ध । २. व्याकुल; विह्वल ।

क्षौर— ना॰ [सं॰] छुराले केश काट्ने वा कपाल खौरने काम; मुण्डन । — कर्म— ना॰ छुरा लाएर केश काट्ने विधि वा काम; मुण्डन गरिने कार्य ।