सामग्रीमा जानुहोस्

नेपाली शब्दसमूह ०७ उऊ

Wiktionaryबाट

मुखपृष्ठ

— देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठ्यस्थानबाट उच्चारण हुने ह्रस्व स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च, बन्द, गोलित स्वरवर्ण । लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

उँ— निपा॰ [सं॰ हुम्] १. तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द । (उदा॰— उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने ;) । २. रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय । (उदा॰— उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने <॰ ।

उँग्–नु— अ॰ क्रि॰ [उँग+नु] बस्दाबस्दै निद्राले लट्ठिएर झुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा पुग्नु; उँघ्नु ।

उँग— ना॰ [प्रा॰ उङ्घे बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति; निद्रा लाग्ने–लाग्ने बेलाको पूर्वरूप; झकाइ; तन्द्रा; उँघ; उब ।

उँगाइ— ना॰ [रू उँग् (+आइ॰] उँग्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उँगाइनु— क॰ क्रि॰ उँग्न लाइनु । उँगाउनु— प्रे॰ क्रि॰ उँग्न लाउनु ।

उँघ्–नु— अ॰ क्रि॰ [उँघ्+नु] हे॰ उँग्नु ।

उँघ— ना॰ [प्रा॰ उङ्घे हे॰ उँग ।

उँघाइ— ना॰ [उँघ् -+आइ॰] उँगाइ । [ > ] उँघाइनु— क॰ क्रि॰ उँघ्न लाइनु । उँघाउनु— प्रे॰ क्रि॰ उँघ्न लाउनु ।

उँचाइ— ना॰ [उँचो+आइ] हे॰ उचाइ ।

उँचो— वि॰ [सं॰ उच्चे १. पृथ्वीको विपरीत दिशातिर लम्बिएको । २. उचो; अग्लो; टबरो ।

उँट— ना॰ [प्रा॰ उट्ट < सं॰ उष्ट्रे लामो तानिएको घाँटी र लामा–लामा खुट्टा हुने, खैरो रबको, स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया ।

उँडोपुँडो— ना॰ [पुँडो (बि॰)] लगभगको स्थिति; झन्डैझन्डैको अवस्था; पुगनपुगको अवस्था ।

उँधमुन्टे— वि॰ [उँधो+मुन्टे] १. उँधो मुन्टो लगाउने; मुन्टो निहुरेको; घोसे । ना॰ २. पुरुषको लिङ्ग । उँधै उँभै— ना॰ [उँधो+उँभो] उखालपखाल; झाडा–बान्ता ।

उँधो— ना॰ यो॰ [सं॰ अधे तल; तलतिर; मन्तिर; मुनि । ~ मुन्टो— ना॰ निहुरेको वा निहुराएको मुन्टो; तलतिर फर्केको टाउको ।

उँधौली— वि॰ [उँधो+औली] १. तलतिरको; मन्तिरको; उँधोको । २. मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहनपूर्णिमा (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ । त्यसैले यस दिनलाई उँधौली भनिएको हो रू) । ~ उँभौली— ना॰ १. वैशाख र मङ्सिर पूर्णिमाका ताक गरिने गोठधूप र कुलदेवता आदिको पूजाआजा । २. उँधो झर्ने र उँभो लाग्नेहरूको ताँती; परदेश लाग्ने र घर फर्कनेहरूको लहर ।

उँभो— ना॰ यो॰ [सं॰ ऊर्ध्वे माथितिर; मास्तिर; अग्लो ठाउँमा; उचाइमा । > उँभौली— वि॰ १. मास्तिरको; अग्लो ठाउँको । ना॰ २. वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा; वैशाखी पूर्णिमा । (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मी सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ । त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो ।) ।

उः— अव्य॰ [सं॰] १. कुनै वस्तुलाई औँल्याएर देखाउँदा बोलिने शब्द । (उदा॰— उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको रू) । २. आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द । (उदा॰— उः, जिन्दगीमा कहिल्यै सुख पाइएन ।) ।

उइँट–नु— स॰ क्रि॰ [उइँटो+नु] यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु; कपास केलाउनु । > उइँटाइ— ना॰ उइँटने काम वा प्रक्रिया । उइँटाइनु— क॰ क्रि॰ उइँटाउने काम गरिनु रू उइँटाउनु— प्रे॰ क्रि॰ उइँटन लाउनु । उइँटिनु— क॰ क्रि॰ उइँटने काम गरिनु ।

उइँटो— ना॰ कपासका बियाँ वा गेडा अलग्याउने यन्त्र वा साधन ।

उइँट्याइ— ना॰ [रू उइँटि (+याइ॰] १. उइँटिने क्रिया वा प्रक्रिया । [ उइँट्याउ+आइ] २. उइँट्याउने क्रिया वा प्रक्रिया । [ > ]

उइँट्याइनु— क॰ क्रि॰ उइँटने काम गरिनु । उइँट्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ उइँटिने काम गर्नु; कपास केलाउनु ।

उऋण— वि॰ [सं॰] ऋणबाट मुक्त भएको; रिन चुक्ता गरेको; रिन तिरिसकेको; ऋणमुक्त ।

उकल्चि–नु— अ॰ क्रि॰ एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच पल्टनु । > उकल्च्याइ— ना॰ उकल्चिने काम वा प्रक्रिया । उकल्च्याइनु— क॰ क्रि॰ उकल्च्याउने काम गरिनु । उकल्च्याउनु— प्रे॰ क्रि॰ उकल्चिने पार्नु; उकल्चिन लाउनु ।

उकार— ना॰ [सं॰] 'उ' अक्षर; व्यञ्जनवर्णका मुनि लाग्ने चिह्न; तर्कुले ( ु ॰ ।

उकाल्–नु— स॰ क्रि॰ [उकालो+नु] कुनै वस्तुलाई अग्लो ठाउँमा पुथ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु । > उकालाइ— ना॰ उकाल्ने क्रिया वा भाव । उकालिनु— क॰ क्रि॰ उकाल्ने काम गरिनु ।

उकाली— ना॰ [उकालो+ई] उकालोको लघु रूप; छोटोसानो उकालो । ~ ओराली— ना॰ सानाठूला उकालाओराला; उकाली र ओरालीको समूह ।

उकालो— ना॰ [सं॰ उच्चाले १. होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो; ठाडो बाटो; उकाली । २. चढाउ; ठाडो ।

उकास्–नु— स॰ क्रि॰ [उकास+नु] १. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुथ्याउनु । २. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु । ३. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुथ्याउनु; उठाउनु । ४. आपद्विपद्बाट छुटकारा दिलाउनु ।

उकास— ना॰ [प्रा॰ उक्कासे १. चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल । २. कुनै ठाउँको उठेको भाग; उघाउनी । ३. पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको सिर जग्गा । वि॰ ४. कसैको हकभोग बाँकी नभई सरकारको हक भएको (जग्गा॰ ।

उकासाइ— ना॰ [उकास् (+आइ॰] उकास्ने काम वा प्रक्रिया । [ > ] उकासिनु— क॰ क्रि॰ उकास्ने काम गरिनु ।

उकुच— ना॰ [सं॰ उत्कोठे एक पल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा । ~ पल्टनु— टु॰ कुनै घाउखटिरा निको नभई धेरै दिनसम्म पाक्नु ।

उकुस— वि॰ [प्रा॰ उक्कसे खाएर टम्म; टिलटिलती । —

पुकुस/मुकुस— ना॰ १. उखुम गर्मीले अथवा हावा रोकिएर असजिलो वा कष्ट अनुभव हुने किसिम; उसिसनिसिस । २. मनमा ज्यादा कुरा खेलेर अतालिने अवस्था । क्रि॰ वि॰ ३. धेरै खाना खानाले बस्नहिँड्न पनि अप्ठ्यारो हुने गरी ।

उकेर्–नु— स॰ क्रि॰ [उकेरा+नु] १. वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्य्राउनु; उकेरा लाउनु; गोडमेल गर्नु । २. गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु । ३. कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु ।

उकेरा— ना॰ [प्रा॰ उक्करे गोडमेल गरी चारैतिरको माटो जरामा थुप्य्राएर बोटबिरुवालाई दिइने आड; गोडमेल गर्ने काम ।

उकेराइ— ना॰ [रू उकेर् (+आइ॰] उकेर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उकेराइनु— क॰ क्रि॰ उकेरा दिन लाइनु । उकेराउनु— प्रे॰ क्रि॰ उकेरा दिलाउनु; उकेर्न लाउनु । उकेरिनु— क॰ क्रि॰ उकेर्ने काम गरिनु; उकेर्न लाइनु ।

उकेल्–नु— स॰ क्रि॰ [सं॰ उद्गिरण+नु] खाएको कुरा पेटमा नपुग्दै मुखैबाट जोड गरेर निकाल्नु; ओकल्नु । > उकेलाइ— ना॰ उकेल्ने काम वा प्रक्रिया । उकेलाइनु— क॰ क्रि॰ उकेल्न लाइनु । उकेलाउनु— प्रे॰क्रि॰/स॰क्रि॰ उकेल्न लाउनु ।

उकेलिनु— क॰ क्रि॰ उकेल्ने काम गरिनु ।

उक्क–नु— अ॰ क्रि॰ [उप्क+नु] टाँसिएको कुरो वा वस्तु छुट्टिएर आउनु; गाँसिएको वा जोडिएको वस्तु फुस्कनु; उप्कनु । >

उक्काइ— ना॰ उक्कने काम वा प्रक्रिया । उक्काइनु— क॰ क्रि॰ उक्काउन लाइनु । उक्काउनु— स॰ क्रि॰ उक्कन लाउनु ।

उक्किनु— अ॰ क्रि॰ उक्कनु ।

उक्त— वि॰ [सं॰] १. भनिएको; बताइएको; वर्णन गरिएको । २. माथिको; भर्खरैको ।

उक्ता— ना॰ [सं॰] एक पाउमा एक मात्र अक्षर हुने वर्णवृत्त ।

उक्ताइ— ना॰ [रू उक्ताउ+आइ] उक्ताउने भाव, क्रिया वा प्रक्रिया । [ > ] उक्ताइनु— अ॰ क्रि॰ उक्ताउने होइनु; उच्चाट लाग्ने होइनु ।

उक्ताउनु— अ॰ क्रि॰ [उक्त+आउ+नु] कुनै कामकुराबाट दिक्क हुनु वा वाक्क हुनु; उच्चाट लाग्नु; अमन हुनु ।

उक्ति— ना॰ [सं॰] १. भनाइ; कथन । २. खास महत्त्वको वाक्य; सारगर्भित भनाइ । ~ प्रत्युक्ति— ना॰ सवालजवाफ; कुराकानी; संवाद; कथोपकथन ।

उक्रिम— ना॰ रिन चुक्ता भएको स्थिति; ऋणबाट छुटकारा; ऋणमुक्ति; उऋण ।

उक्ल–नु— अ॰ क्रि॰ [उकालो+अ+नु] माथितिर लाग्नु वा जानु; मास्तिर पर्नु; उकालो लाग्नु । > उक्लाइ— ना॰ उक्लने काम वा प्रक्रिया । उक्लाइनु— क॰ क्रि॰ १. उक्लन लाइनु । २. उकेरा लाउने काम गरिनु । उक्लाउनु— प्रे॰क्रि॰/स॰क्रि॰ उक्लन लाउनु ।

उक्लाउनु— स॰ क्रि॰ [उकेरा+लाउ+नु] पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु ।

उक्लिनु— अ॰ क्रि॰ [उक्ल+इ+नु] हे॰ १. उक्लनु । २. उकालो लागिनु ।

उक्स–नु— अ॰ क्रि॰ [प्रा॰ उक्सरण+नु] १. रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु; भुक्लुक्क हुनु । २. घाउखटिरा सुनिनु । ३. कामबाट फुर्सत पाउनु; उत्रनु । >

उक्साइ— ना॰ उक्सने भाव वा क्रियाप्रक्रिया । उक्साइनु— क॰ क्रि॰ उक्सने पारिनु; उक्सन लाइनु । उक्साउनु— प्रे॰ क्रि॰ उक्सने पार्नु; उक्सन लाउनु । उक्सिनु— अ॰ क्रि॰ १. उक्सनु । २. उक्सने काम होइनु ।

उखडा— ना॰ [उखाड् < सं॰ उत्खात ?] रैतीका नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आ६नो इच्छाअनुसार नगदी वा जिन्सी उठाउन पाउने गरी कमाउन दिने जमिन; रैतीले कमाउने त्यस्तो व्यवस्था भएको जग्गा । (१९८१ सालमा 'क' नं॰ को फारम खडा गरी जमिनदारले 'उखडा'–का नाउँमा दर्ता गरेको यस्तो जग्गा भूमिसुधार ऐन, २०२० लागू भएपछि केही मुआबजा दिएर रैतीका नाउँमा दर्ता गरिएको छ र उखडा उन्मूलन भइसकेको छ ।) ।

उखन्ड१— वि॰ [सं॰ अखण्डे ज्यादा; अति; बिछट्ट; धेरै; असाध्यै ।

उखन्ड२— वि॰ [उकास+खण्ड] रैतीका नाउँमा दर्ता नभई सरकारको अधीनमा रहेको (जमिन॰ ।

उखरमाउलो— ना॰ १. टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप । २. ज्यादै कडा गर्मी; भावर । ३. छुकछुके बानी; अति चञ्चलता । ४. उच्छृङ्खलता । ५. प्रेमीप्रेमिका आदिका बीच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख । ६. सहिनसक्नु झगडा । वि॰ ७. ज्यादै चञ्चल; अस्थिर ।

उखाड्–नु— स॰ क्रि॰ [प्रा॰ उक्खाड+नु] १. बोटबिरुवा आदिलाई जरैसहित उखेल्नु । २. रहेबसेको ठाउँबाट हटाउनु; झिक्नु । श्र उखाडाइ— ना॰ उखाड्ने क्रिया वा प्रक्रिया । उखाडिनु— क॰ क्रि॰ उखाड्ने काम गरिनु ।

उखान— ना॰ [सं॰ उपाख्याने लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला उक्ति; लोकोक्ति; आहान; कहावत । ~ तुक्का/टुक्का— ना॰ लोकोक्ति र मुहाबरा ।

उखार्ता— ना॰ उखुको टुप्पो; उखुको बीउ ।

उखाल— ना॰ [सं॰ उत्क्षाले वमन; वान्ता; छाद; उल्टी; वाक । —

पखाल— क्रि॰ वि॰ १. सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम॰; उपर्तली । २. थामिनसक्ने गरी (काम पर्ने चाल॰; छेलोखेलो ।

उखाल्–नु— स॰ क्रि॰ [प्रा॰ उक्खाल+नु] १. कसैलाई उठीबास लाउनुग् ढुटीमाटी पार्नु । २. बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु । ३. व्यापारव्यवसाय बिगारेर टाट उल्टाउनु । > उखालाइ— ना॰ उखाल्ने क्रिया वा प्रक्रिया । उखालिनु— क॰ क्रि॰ उखाल्ने काम गरिनु; उठीवास लाइनु ।

उखु— ना॰ [प्रा॰ इक्खु] सुलुत्त परेको तथा आँख्लादार डाँठ हुने, चपाउँदा वा पेल्दा गुलियो रस निस्कने र चिनी–सखर आदि बनाइने गेमरा, ढोडे, कोसेर, सिटे आदि नामले प्रसिद्ध बोट; इक्षु ।

उखुम— ना॰ [सं॰ उष्मे १. कडा घाम; चर्को गर्मी; असह्य ताप । वि॰ २. ज्यादै; असाद्धे; असह्य (गर्मी॰ ।

उखेतो— ना॰ [उखु+एतो] उखु काटिसकेपछि छोडिएको भागबाट पलाउने उखु; उखु काटिसकेपछि खँगारेको पात, टुप्पो आदि वस्तु । (खर नपाइने ठाउँमा उखेतोबाट पनि घर छाउने गरिन्छ ।) ।

उखेल्–नु— स॰ क्रि॰ [सं॰ उत्खात+नु] १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, कीला आदिलाई बाहिर झिक्नु; उखाल्नु । २. रहेको ठाउँबाट हटाउनु; उखाड्नु ।

उखेल— ना॰ [उखेल्+अ] उखेल्ने काम । — पाखेल— ना॰ उखेल्ने र जथाभाबी ६याँक्ने काम ।

उखेलाइ— ना॰ [रू उखेल्+(आइ॰] उखेल्ने क्रिया वा प्रक्रिया [ श्रे

उखेलाइनु— क॰ क्रि॰ उखेल्न वा उखाड्न लाउनु । उखेलाउनु— प्रे॰ क्रि॰ उखेल्न लाउनु; उखाड्न लाउनु । उखेलिनु— क॰ क्रि॰ उखेल्ने काम गरिनु; उखाडिनु ।

उखोधर्म— ना॰ १. कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार । २. नहुने वा नपाइने काम–कुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा झिँजोल्ने चाल । क्रि॰ वि॰ ३. असाद्धे; ज्यादै; अति ।

उखौतो— ना॰ [उखु+औतो] हे॰ उखेतो ।

उगल्चि–नु— अ॰ क्रि॰ [रू उकल्चिनु] उकुच पल्टनु; उकल्चिनु । श्र उगल्च्याइ— ना॰ उगल्चिने काम वा प्रक्रिया । उगल्च्याइनु— क॰ क्रि॰ उगल्च्याउने काम गरिनु । उगल्च्याउनु— प्रे॰ क्रि॰ उगल्चिन लाउनु ।

उगाउनी— ना॰/वि॰ [उगाउ+नी] हे॰ उघाउनी ।

उगाल्–नु— स॰ क्रि॰ [सं॰ उद्गाल+नु] १. बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रूखो गराउनु; उखाड्नु । २. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु हाली उगाल निकाल्नु; उग्लने गराउनु । ३. सत्यानाश पार्नु; निर्मूल गराउनु ।

उगाल— ना॰ [सं॰ उद्गाल ?] १. तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ । २. भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद । ३. मात; पात्तिएको स्थिति । ४. अमिल्दो मिश्रणले वा जलवायुको विकारले रबमा आउने विकृति । श्र उगालाइ— ना॰ उगाल्ने अवस्था वा क्रियाप्रक्रिया । उगालिनु— क॰ क्रि॰ उगाल्ने काम गरिनु ।

उगेरा— ना॰ [रू उग्राउनु] गाईभैँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ ।

उगेल्–नु— स॰ क्रि॰ [रू उकेल्नु] हे॰ उकेल्नु । > उगेलाइ— ना॰ उगेल्ने काम वा प्रक्रिया । उगेलाइनु— क॰ क्रि॰ उगेल्न लाइनु ।

उगेलाउनु— प्रे॰ क्रि॰ उगेल्न लाउनु । उगेलिनु— क॰ क्रि॰ उगेल्ने काम गरिनु ।

उग्याँ— ना॰ पछिल्तिर लामालामा डोरीका फुर्का र अगिल्तिर पाँच चोसा तथा ती चोसामा पञ्चमहाबुद्धका चित्र अङ्कित हुने, गुरुबजातिका पुरोहित ध्याप्रीले शिरमा लगाउने धातुनिर्मित मुकुट वा शिरपोस ।

उग्र— वि॰ [सं॰] १. हम्मेसि नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो । २. तीव्र । ३. उत्कट वा विकट रूपमा सक्रिय रहने; सहजै शान्त नहुने; कडा; चर्को । ४. अति; असाद्धे; ज्यादा । ना॰ ५. शिव; महादेव । — कर्मा— वि॰ साहसिलो र डरलाग्दो कर्म गर्ने; अनैतिक, भ्रष्टकर्ममा लाग्ने । — गन्ध— ना॰ १. कडा गन्ध; परपराउँदो वा तमतमाउँदो गन्ध । वि॰ २. त्यस्तो गन्ध भएको -लसुन, हिब आदि_ । — ता— १. उग्र हुनाको भाव वा स्थिति; डरलाग्दोपन; कडापन; कठोरता; प्रचण्डता । २. वीर रसमा पाइने व्यभिचारी भावको एक भेद । — तारा— ना॰ दस–महाविद्यामध्ये एक विद्या; एक प्रसिद्ध तारा । — पन्थी— वि॰ सामान्यभन्दा विपरीत बाटामा हिँड्ने; चलेको व्यवस्था वा सिद्धान्तको चर्को प्रतिरोध गर्ने; विपरीत सिद्धान्तको चरमपन्थी । —वाद— ना॰ हत्या, लुटजस्ता अशान्ति मच्चाएर पनि आर्थिक समानता ल्याउन चाहने वाद वा सिद्धान्त । —

वादी— वि॰ त्यस्तो सिद्धान्तमा लाग्ने; प्रतिगामी ।

उग्राइ— ना॰ [रू उग्राउ (+आइ॰] उग्राउने काम वा प्रक्रिया । [ > ] उग्राइनु— क॰ क्रि॰ उग्राउने काम गरिनु; पागुर मारिनु ।

उग्राउनु— स॰ क्रि॰ [प्रा॰ उग्गिर < सं॰ उद्गिरण+नु] १. गाई– भैँसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु; पागुर मार्नु । २. ज्यादा खानु; धेरै खानु ।

उग्ल–नु— अ॰ क्रि॰ [सं॰ उद्गल+नु] १. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु । २. सर्वनाश हुनु; निर्मूल हुनु । ३. नमिल्दो मिश्रण वा यस्तै विकृतिले रबमा विकार देखिनु । > उग्लाइ— ना॰ उग्लने काम वा प्रक्रिया । उग्लाइनु— क॰ क्रि॰ उग्लने पारिनु; उग्लन लाइनु; उगालिनु । उग्लाउनु— प्रे॰ क्रि॰ उग्लन लाउनु; उग्लने पार्नु । उग्लिँदो— वि॰ उग्लिएको; तमतमिएको; बेस्वादको ।

उग्लिनु— अ॰ क्रि॰ १. उग्लनु । २. उग्लने होइनु ।

उघल— ना॰ [उघाउ+अल] ठूलो गोलो काठको डुँडमा मोटो र डोलो काठकै बियोबारा फुलो च्यापी त्रिकाठीबारा घुमाएर वा बटारेर तेल पेल्ने साधन; ओख्ले कोल; घुमुवा कोल ।

उघाइ— ना॰ [उघाउ (+आइ॰] उघाउने क्रिया वा प्रक्रिया । [ > ] उघाइनु— क॰ क्रि॰ उघाउने काम गरिनु; उभाइनु ।

उघाउ–नु— स॰ क्रि॰ [रू उभाउनु] १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु । २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु । ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।

उघाउनी— ना॰ [उघाउ+नी] १. पानी आदि उघाउने भाँडो । २. एक पल्ट उभाएर भाँडामा झिकेको वस्तु । ३. चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह । ४. साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी । ५. योग; योगदान । वि॰ ६. बचेको; बाँकी रहेको । ~ पुघाउनी— ना॰ गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई मालकार्यालयमा बुझाउने काम ।

उघार्–नु— स॰ क्रि॰ [सं॰ उद्घाट+नु] १. आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु । २. ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुथ्याउनु; ह्वाङ्ब पार्नु । > उघाराइ— ना॰ उघार्ने क्रिया वा प्रक्रिया । उघारिनु— क॰ क्रि॰ उघार्ने काम गरिनु । उघारो— वि॰ १. कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ) । २. सबैतिर निकास भएको (जग्गा) । ३. झरी, बादल, तुवाँलो आदि नभएको (दिन॰; खुलेर घाम लागेको ।

उघ्रँदो— वि॰ [उघ्र+दो] उघ्रन लागेको; उघ्रिएको; खुल्दो; छ्याङ्ब ।

उघ्र–नु— अ॰ क्रि॰ [प्रा॰ उग्घाड < सं॰ उद्घाटे १. ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु । २. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु । ३. राम्रो देखिनु; सुहाउनु । ४. सफा हुनु; कञ्चन देखिनु । >

उघ्राइ— ना॰ उघ्रने भाव, क्रिया वा प्रक्रिया । उघ्राइनु— क॰ क्रि॰ उघार्ने काम गरिनु; उघ्रन लाइनु । उघ्राउनु— प्रे॰ क्रि॰ उघारो पार्नु; उघ्रन लाउनु; उघार्नु । उघ्रिनु— अ॰ क्रि॰ उघ्रनु ।

उङ्–नु— अ॰ क्रि॰ [उङ् +नु] बस्दाबस्दै निद्राले झुल्नु; उँग लाग्नु ।

उब— ना॰ [प्रा॰ उङ्गे निद्राले लट्ठ्याएको स्थिति; निद्राको तन्द्राग् उँग ।

उबाइ— ना॰ [रू उङ् (+आइ॰] उङ्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उबाइनु— क॰ क्रि॰ उङ्न लाइनु; उङ्ने पारिनु ।

उबाउनु— प्रे॰ क्रि॰ उङ्न लाउनु; उङ्ने पार्नु । उबिनु— अ॰ क्रि॰ उङ्ने काम होइनु ।

उचनिच— ना॰ [सं॰ उच्च+नीच] १. अज्ञान वा भूलले भएको त्रुटि; प्रमाद; तलमाथि परेको कुरा; भूलचूक ।

उचनीच— ना॰ हे॰ उचनिच ।

उचाइ— ना॰ [उच्च+आइ] उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ ।

उचाल्–नु— स॰ क्रि॰ [प्रा॰ उच्चाडण+नु] १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु । २. पिठ्यूँमा हाल्नु; बोक्नु । ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु । ४. अग्ल्याउनु; उँचो पार्नु । > उचालाइ— ना॰ उचाल्ने क्रिया वा प्रक्रिया । उचालिनु— क॰ क्रि॰ उचाल्ने काम गरिनु; उठाइनु ।

उचित— वि॰ [सं॰] कुनै अवसर, परिस्थिति आदिका निम्ति उपयुक्त वा अनुकूल; जस्तो हुनुपर्ने हो त्यस्तै; सुहाउँदो; ठिक्क; योग्य; मिल्दो; मुनासिब ।

उचेर्–नु— स॰ क्रि॰ [सं॰ उच्चलने छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु । > उचेराइ— ना॰ उचेर्ने काम वा प्रक्रिया । उचेराइनु— क॰ क्रि॰ उचेर्न लाइनु ।

उचेराउनु— प्रे॰ क्रि॰ उचेर्न वा उघार्न लाउनु । उचेरिनु— क॰ क्रि॰ उचेर्ने काम गरिनु; उघारिनु ।

उचेरो— ना॰ [सं॰ उच्चाले नबको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो ।

उच्च— वि॰ [सं॰] १. अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो । २. असल; श्रेष्ठ; उत्तम; विशिष्ट । ३. सबभन्दा माथि रहेको; माथिल्लो । ४. उपल्लो तहको; स्तरीय । ~ अदालत— ना॰ जिल्ला अदालतभन्दा माथिल्लो र सर्वोच्च अदालतभन्दा तल्लो तहको न्यायालय; क्षेत्रीय अदालत । — तम— वि॰ सबैभन्दा अग्लो; हद उँचो; सर्वश्रेष्ठ; सर्वा]त्तम ।

उच्चता— ना॰ [सं॰] उच्च हुनाको भाव वा अवस्था; उँचाइ; श्रेष्ठता । — बोध— ना॰ आफू ठूलो हुँ भन्ने मानसिकता; उच्चताग्रन्थि । —

भास— ना॰ आफूलाई आ६नो स्तर वा क्षमताभन्दा ठूलो ठान्ने मनोवृत्ति; उच्चताबोध; गुरुताभास ।

उच्चरण— ना॰ [सं॰] कण्ठ, तालु, दन्त आदि स्थानबाट शब्द निस्कने काम; उच्चारण ।

उच्चरित— वि॰ [सं॰] मुखबाट शब्द निकालिएको; उच्चारण गरिएको; बोलिएको । उच्च वर्ग— ना॰ [सं॰] समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्ल्ाो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी । उच्च शिक्षा— ना॰ [सं॰] प्रवेशिकाभन्दा माथिल्लो तहको शिक्षा; स्नातक तहदेखि माथिको शिक्षा । उच्च सदन— ना॰ [सं॰] बिसदनात्मक व्यवस्थापिका भएको राज्य– व्यवस्थामा निर्वाचित वा मनोनीतसमेतका प्रतिनिधिको माथिल्लो सदन ।

उच्चस्तरीय— वि॰ [सं॰] १. माथिल्लो तहको; दर्जा, मान, प्रतिष्ठा आदिका दृष्टिले नाम चलेको । २. कुलपरम्परा, धनसम्पत्ति र सभ्यताका दृष्टिले प्रख्यात ।

उच्चाकाङ्क्षा— ना॰ [सं॰] महान् वा महत्त्वपूर्ण कामकुराको आकाङ्क्षा; ठूलो इच्छा वा चाहना । > उच्चाकाङ्क्षी— वि॰ महत्त्वाकाङ्क्षी ।

उच्चाट— ना॰ [सं॰] १. लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ । २. तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति । ३. तन्त्रका छ अभिचारकर्ममध्ये एक । ४. लुछ्ने वा उखेल्ने काम ।

उच्चाटन— ना॰ [सं॰] १. तन्त्रमन्त्रको प्रयोगले गरिने त्रास वा संहार; तन्त्रका छ अभिचारकर्ममध्ये एक । २. उराठ; झर्को ।

उच्चाटिलो— वि॰ [उच्चाट+इलो] उराठलाग्दो; उच्चाटलाग्दो ।

उच्चायुक्त— ना॰ [सं॰] कुनै विशेष विभाग वा कामका निम्ति नियुक्त उच्च अधिकारी (चीफ कमिस्नर॰ ।

उच्चार— ना॰ [सं॰] मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली; उच्चारण ।

उच्चारक— वि॰ [सं॰] उच्चार वा उच्चारण गर्ने; बोल्ने । — अङ्ग— ना॰ स्वरयन्त्रदेखि माथिका विभिन्न उच्चारणअवयव ।

उच्चारण— ना॰ [सं॰] १. अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली । २. मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ । ~ अवयव— ना॰ मुखभित्रबाट निस्केको वायु ठक्कर खाएर वर्णको रूप प्रदान गर्ने मुखभित्रका अवयव (कण्ठ, तालु, ओष्ठ, दन्त, मूर्द्धा आदि) । ~ स्थान— आंशिक वा पूर्ण स्पर्शबारा ध्वनि उत्पन्न हुने ओठदेखि गलासम्मका विभिन्न शारीरिक स्थल । > उच्चारणीय— वि॰ बोल्न लायक; उच्चरण गर्न योग्य; उच्चारण हुन सक्ने ।

उच्चारित— वि॰ [सं॰] बोलिएको; उच्चारण गरिएको; उच्चरित ।

उच्चार्य— वि॰ [सं॰] उच्चारण गर्न वा बोल्न लायक; उच्चारणीय ।

उच्चैःश्रवा— ना॰ [सं॰] १. देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडरूा । वि॰ २. बहिरो; कान नसुन्ने ।

उच्चो— वि॰ [सं॰ उच्चे अग्लो; उँचो; उच्च ।

उच्छट्ट— वि॰ [सं॰ उच्चटे बिछट्ट; उत्पात; चर्को; उज्जन्ड ।

उच्छन्न— वि॰ [सं॰] १. खतम पारिएको; विनष्ट । २. हराएको वा लुप्त ।

उच्छल— वि॰ [सं॰] १. छाल उठेको; उर्लिएको । २. सहज निस्सृत । श्र उच्छलन— ना॰ उर्लने काम; तरङ्गित अवस्था ।

उच्छाइलो— वि॰ उघ्रिएको; सुहाउँदो; चारैतिर खुलेको ।

उच्छिन्न— वि॰ [सं॰] काटेर, फाँडेर र तोडफोड गरेर नष्ट पारिएको । ~ विच्छिन्न— वि॰ तहसनहस पारिएको; फाँडफुँड गरी बिगारिएको ।

उच्छिष्ट— वि॰ [सं॰] १. खाएर बाँकी रहेको; पुरा; जुठो । ना॰ २. त्यस्तो खानेकुरो ।

उच्छृङ्खल— वि॰ [सं॰] १. नियमअनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी । २. सोमत नभएको; उत्ताउलो; उद्दण्ड । ३. क्रम नमिलेको; सिलसिला नभएको । — ता— ना॰ जथाभाबी गर्ने प्रवृत्ति; उत्ताउलोपन ।

उच्छेत्ता— वि॰ [सं॰] १. उच्छेद वा नष्ट गर्ने; नाश पार्ने । २. लछारपछार पार्ने; लुछ्ने; उखेल्ने ।

उच्छेद/उच्छेदन— ना॰ [सं॰] १. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो । २. सत्यानाश; विनाश; संहार । ३. खण्डन ।

उच्छेली— ना॰ [सं॰ उच्छाले १. प्रेमीप्रेमिकाका बीच आपसमा गरिने बिगार; बिठ्याइँ । २. कसुर; अपराध । ३. भाँडभैलो ।

उच्छ्वसित— वि॰ [सं॰] १. हर्षले फुलेको; ज्यादै प्रसन्न; हर्षित । २. मूर्च्छाबाट ब्यूँझिएको; सास फेरेको ।

उच्छ्वास— ना॰ [सं॰] १. वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास । २. गहिरो र लामो सास; सुस्केरा । ३. आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग । > उच्छ्वासी— वि॰ १. लामो सास फेर्ने; सुस्केरा हाल्ने । २. वैलाएको । ३. मर्न लागेको; मरणासन्न ।

उछार— ना॰ फुर्सद; अवकाश । ~ पछार— ना॰ १. अवसर; मौका; फुर्सद; अवकाश । २. लुगा आदि वस्तु धुँदा थिचथाच पार्ने काम । —पाटो— ना॰ केटाकेटीले अलमल्याएर केही काम गर्न नदिने स्थिति; मेलोमेसो नपाइने अवस्था; उछारपछार ।

उछाल— ना॰ [सं॰ उच्छालने वमन; बान्ता; उल्टी ।

उछिट्टि–नु— अ॰ क्रि॰ [सं॰ उच्छलन+इ+नु] १.कुनै वस्तु ठीक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु । २. उम्कनु; भाग्नु; फुत्कनु । ३. टाप कस्नु । > उछिट्ट्याइ— ना॰ उछिट्टिने अवस्था वा काम । उछिट्ट्याइनु— क॰ क्रि॰ उछिट्टिने पारिनु । उछिट्ट्याउनु— प्रे॰ क्रि॰ उछिट्टिने गराउनु; उछिट्टिन लाउनु; उम्काउनु ।

उछितो/उछित्तो— ना॰ [प्रा॰ उच्छित्त < सं॰ उच्छेतो १. सर्वनाश; सत्यनाश; उठीबास । २. मृत्यु; मरण ।

उछिन्–नु— स॰ क्रि॰ [सं॰ उच्छिन्न+नु] १. कुनै काम–कुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु; अघि हुनु; जित्नु । २. अर्काको पालो मिच्नु ।

उछिनपाछिन— ना॰ [उछिन (बि॰)] तँछाडमछाड गरेर अगाडि लाग्ने प्रतिस्पर्धा; परस्परको उछिनाइ ।

उछिनाइ— ना॰ [ । उछिन् (+आइ॰] उछिन्ने क्रिया वा प्रक्रिया । [ > ] उछिनाइनु— क॰ क्रि॰ उछिन्न लाइनु; अघि लगाइनु ।

उछिनाउछिन— ना॰ [उछिन+आ+उछिन] उछिनपाछिन ।

उछिनाउनु— प्रे॰ क्रि॰ [उछिन्+आउ+नु] उछिन्न लाउनु; उछिन्ने पार्नु ।

उछिनिनु— क॰ क्रि॰ [उछिन्+इ+नु] उछिन्ने काम गरिनु; अगि लागिनु ।

उछिल्लि–नु— अ॰ क्रि॰ [सं॰ उत्+शील+इ+नु] १. चाहिँदोनचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु । २. मात निकाल्नु; पात्तिनु । > उछिल्ल्याइँ— ना॰ उछिल्लिने क्रिया वा भाव; छिहिल्याइ; उटुङ्ग्याइँ । उछिल्ल्याइ— ना॰ उछिल्लिने काम वा प्रक्रिया । उछिल्ल्याइनु— क॰ क्रि॰ उछिल्लिन लाइनु ।

उछिल्ल्याउनु— प्रे॰ क्रि॰ उछिल्लिने पार्नु । उछिल्ल्याहा— वि॰ उछिल्ल्याइँ गर्ने; उछिल्लिएको; उच्छृङ्खल ।

उछ्र–नु— अ॰ क्रि॰ [सं॰ उच्छ्रयण+नु] गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु । > उछ्राइ— ना॰ उछ्रने भाव वा क्रियाप्रक्रिया । उछ्राइनु— क॰ क्रि॰ उछ्रिने पारिनु । उछ्राउनु— प्रे॰ क्रि॰ उछ्रन लाउनु । उछ्रिनु— अ॰ क्रि॰ हे॰ उछ्रनु ।

उजन्ड— वि॰ हे॰ उज्जन्ड ।

उजराती— ना॰ [अ॰ वजा+रजीअ ?] कुनै कारणले सदर स्याहामा आम्दानी वा खर्च बाँध्न नमिल्ने भई बाँकी रहेको रकमकलम; फर्छिन बाँकी रहेको आम्दानीखर्च; उज्राँती ।

उजाइ— ना॰ [रू उजाउ (+आइ॰] उजाउने क्रिया वा प्रक्रिया । [ > ] उजाइनु— क॰ क्रि॰ हतियारले ताकिनु; उजाउने काम गरिनु ।

उजाउ–नु— स॰ क्रि॰ [सं॰ उद्यतन+नु] हिर्काइहाल्ने हो कि जस्तो गरेर हतियार उठाउनु; हतियारले ताक्नु; खसी आदिको मार हान्न ठिक्क पर्नु; दाग्नु; मच्चाउनु ।

उजाड्–नु— स॰ क्रि॰ [उजाड+नु] उजार्नु; फाँड्नु ।

उजाड— ना॰ [सं॰ उज्जाडे १. जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उखेल्ने वा उजाड्ने काम । २. बोटबिरुवा नभएको वा प्राणीहरू कोही नबस्ने ठाउँ; सुनसान बस्ती । ३. सत्यानाश; विनाश । ४. बालीनाली केही नलाग्ने । वि॰ ५. उराठलाग्दो; चिच्च्याहटलाग्दो ।

उजाडिनु— क॰ क्रि॰ [उजाड+इ+नु] उजाड्ने काम गरिनु; उजारिनु ।

उजार्–नु— स॰ क्रि॰ [उजाड+नु] १. जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु । २. खाली पार्नु; शून्य गराउनु ।

उजार— ना॰ [रू उजाडे शून्य स्थिति; विनाश; उजाड ।

उजारिनु— क॰ क्रि॰ उजार्ने काम गरिनु ।

उजिलि–नु— अ॰ क्रि॰ [उज्यालो+इ+नु] १. चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु । २. आगोमा गालेपछि वा पाकेपछि सुनचाँदी आदि दागरहित हुनु; सफा हुनु । > उजिल्याइ— ना॰ उजिलिने वा उजिल्याउने क्रियाप्रक्रिया । उजिल्याइनु— क॰ क्रि॰ उजिल्याउने काम गरिनु । उजिल्याउनु— प्रे॰ क्रि॰ उज्यालो पार्नु; चम्काउनु ।

उजुर— ना॰ [अ॰ उज्रे आफूमाथि परेको अन्याय वा पीरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पीरमर्का परेको कुरा लेखी कानुनी कारबाईका निम्ति सम्बन्धित व्यक्ति वा कार्यालय आदिमा पेस गर्ने निवेदन; उजुरी । ~ बाजुर— ना॰ नालिस, उजुर आदि । —वाला— वि॰ कुनै मुद्दा– मामिला गर्न सकिने कुरामा अड्डाअदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति॰ ।

उजुरी— ना॰ [उजुर+ई] १. अधिकारीका समक्ष पीरमर्का पोख्ने काम; उजुर गर्ने काम । २. उजुर । ~ पत्र— ना॰ उजुरीको कागत ।

उजेल्–नु— स॰ क्रि॰ [उजेली+नु] भाँडाकुँडा, गरगहना आदिलाई आगोमा पोलेर वा अमिलो पदार्थ आदिले धोएर चम्किलो पार्नु; चमकदार बनाउनु । > उजेलिनु— क॰ क्रि॰ उजेलो पार्ने काम गरिनु ।

उजेली— वि॰ [उज्यालो+ई] १. झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात) । २. अँध्यारोमा चमक आउने (ढुङ्गा, रूख आदि) । ~ काठ— ना॰ राति उज्यालो देखिने काठ । ~ पच्छे— ना॰ शुक्लपक्ष । ~ रात— ना॰ जुनेली रात ।

उज्जन्ड— वि॰ [उद्दण्डे १. नियमअनुशासनको पालन नगर्ने; रूखो स्वभावको; उच्छृङ्खल; उद्धत । २. कसैलाई नगन्ने; अटेरी । ३. खरो स्वभावको; उद्दण्ड ।

उज्जर— वि॰ [उज्ज्वले १. चहकिलो; खुल्दो; चम्किलो । २. सफा; सुकिलो । ३. उज्यालो ।

उज्जीवन— ना॰ [सं॰] बाँच्ने आस हराएको व्यक्तिले उपचार आदिबारा स्वास्थ्यलाभ गर्ने काम; नयाँ जीवनको प्राप्ति ।

उज्जीवित— वि॰ [सं॰] पुनर्जीवन पाएको; फेरि जीवन प्राप्त गरेको ।

उज्जैन— ना॰ [सं॰ उज्जयिनी] भारतमा स्थित सात मोक्षपुरीमध्ये एक; महाकवि कालिदासको 'मेघदूत' खण्डकाव्यमा उल्लिखित ऐतिहासिक स्थान ।

उज्ज्वल— वि॰ [सं॰] १. उज्यालो; चहकदार । २. सफा; सुकिलो; निर्मल । ३. निष्कलङ्क; बेदाग; कञ्चन । —ता— ना॰ उज्ज्वल हुनाको भाव, गुण वा स्थिति; उज्यालोपन; चहक; चमक ।

उज्ज्वलन— ना॰सं॰ १. चमक; कान्ति । २. बल्ने काम । ३. आगो । > उज्ज्वलित— वि॰ चम्किलो; उज्ज्वल पारिएको ।

उज्यालिनु— अ॰ क्रि॰ [उज्यालो+इ+नु] उज्यालो देखिनु; चमकदार देखिनु ।

उज्यालो— वि॰ [सं॰ उज्ज्वले १. अँध्यारो नभएको; प्रकाशयुक्त । २. उज्जर; चम्किलो । ३. सुहाउँदो; खुल्दो । ना॰ ४. प्रकाश; ज्योति ।

उज्राँती— ना॰ [उजराती] हे॰ उजराती ।

उझाइ— ना॰ [रू उझाउ (+आइ॰] उझाउने काम वा प्रक्रिया; उजाइ । [ > ] उझाइनु— क॰ क्रि॰ उझाउने काम गरिनु; उजाइनु ।

उझाउ–नु— स॰ क्रि॰ हे॰ उजाउनु ।

उझिन्डि–नु— अ॰ क्रि॰ [उझिन्डो+इ+नु] १. कुनै वस्तु अग्लो ठाउँमा डोरी आदिले बाँधिएर लट्किनु; झुन्डिनु; टाँगिनु । २. घाँटीमा डोरी आदिको पासो लाएर आत्महत्या गर्नु ।

उझिन्डो— ना॰ [सं॰ उत्+धृ`] १. कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, भुँड्को वा यस्तै भाँडाको घाँटीमा बाँधिने डोरी । २. घाँडो; अल्झो ।

उझिन्ड्याइ— ना॰ [रू उझिन्ड्याउ (+आइ॰] उझिन्डिने अवस्था वा काम । [ > ] उझिन्ड्याइनु— क॰ क्रि॰ उझिन्ड्याउने काम गरिनु ।

उझिन्ड्याउनु— स॰ क्रि॰ [उझिन्डो+याउ+नु] १. झुन्ड्याउनु; टाँग्नु; लट्काउनु । प्रे॰ क्रि॰ [उझिन्डि+याउ+नु] २. उझिन्डो पार्नु; उझिन्डिन लाउनु । ३. घाँडो वा अल्झो लाउनु ।

उञ्छ— ना॰ [सं॰] खेतबारीबाट बालीनाली काटेर भियभयाइसकेपछि भुईँमा बाँकी रहेका वा मिल्किएका अन्न; सिला । —वृत्ति— ना॰ खेतबारीमा बाली भियभयाएपछि रहेपहेको अन्न वा बाला जम्मा गरेर जीविका चलाउने काम; त्यस्तो किसिमले गरिने जीवन– निर्वाह । —शील— वि॰ सिला खोजेर जीवन धान्ने (व्यक्ति॰ ।

उटक— ना॰ [सं॰ उच्चके १. पाहारिलो जमिन; अग्लो भूमि; थुम्की; टारी जमिन । २. पानी नलाग्ने जग्गा ।

उटज— ना॰ [सं॰] घाँसपराल वा स्याउला आदिले बनेको सानो घर; छाप्रो; झुप्रो; कुटी; झुपडी ।

उटपटाब/उटपट्याब— वि॰ १. नचाहिँदो उपद्रो मात्र गरिरहने; उरन्ठेउलो । २. चकचके; चञ्चल स्वभावको । ३. ठट्टामस्करी गर्नुपर्ने; ठट््यौलो; उटुङ्ग्याहा ।

उटुङ्गी— वि॰ [उटुङ्गो+ई] १. उटपट्याब कामकुरा गरेर हँसीठट्टा गर्ने; ठट््यौलो; मजाकी ।

उटुङ्गो— वि॰ १. हे॰ उटुङ्गी । ना॰ २. हँस्सी; ठट्टा; दिल्लगी । >

उटुङ्ग्याइँ— ना॰ हँसीदिल्लगी; ठट्टामस्करी; ख्यालठट्टा ।

उटुङ्ग्याहा— वि॰ उटुङ्गी ।

उट्टङ्कित— वि॰ [सं॰] १. मुद्रित; छापिएको । २. उल्लेख गरिएको; उल्लिखित ।

उट्ठा— ना॰ [प्रा॰ उट्ठो १. बसोबास गरेको ठाउँ छाड्ने वा छोडाउने काम; उठीबास । २. बसेको ठाउँबाट रिन आदिको निहुँमा साहूले आसामीलाई हटाउने काम; बास आदि उठाउने काम । —बास— ना॰ १. बसेको ठाउँ वा घरबाट साहू आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम । २. गरिरहेको व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति ।

उट्ठीबास— ना॰ हे॰ उट्ठाबास ।

उठ्–नु— अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु ।

उठ— ना॰ [सं॰ उत्थिते बसेको वा सुतेको स्थितिबाट उभिने काम; खडा हुने क्रिया । (उदा॰— घरमा तिनलाई उठ र बस गर्ने स्थिति परेको छ ।) ।

उठती— ना॰ [उठ्+ती] आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बालीनाली आदि; असुल; तहसिल; आयस्ता । — पुठती— ना॰ आयस्ता; उठती; असुल–तहसिल ।

उठबस— ना॰ [उठ्+बस्] १. उठ्ने र बस्ने काम । २. बसाउठी; मेलमिलाप । ३. सजाय वा व्यायामका निम्ति उठ्तैबस्तै गर्ने प्रक्रिया ।

उठाइ— ना॰ [रू उठ् (+आइ॰] उठ्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उठाइनु— क॰ क्रि॰ उठाउन लाइनु; बिउँझाइनु ।

उठाउ–नु— प्रे॰ क्रि॰ [उठ्+आउ+नु] १. निद्राबाट जगाउनु; बिउँझाउनु । २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु । ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु । ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु । स॰ क्रि॰ ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु । ६. कामको जिम्मा लिनु; अभिभारा बोक्नु । ७. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु । ८. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु । (. उचाल्नु; धाप दिनु; माथि पुथ्याउनु । > उठाउनी— ना॰ उठाउने काम वा उठाएको भाग ।

उठान— ना॰ [सं॰ उत्थाने थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान । ~ पठान— ना॰ उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शयया आदि दान दिने काम । ~ बैठान— ना॰ आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो ।

उठिनु— अ॰ क्रि॰ [उठ्+इ+नु] उठ्ने काम होइनु; उभिनु ।

उठीचिल्ली— ना॰ [उठी+बिचल्ली] १. उट्ठीबास । २. बसोबास गरेको ठाउँ बलात् छाड्नुपर्दा आइपर्ने दुखेसो; बिचल्ली; चिल्लीबिल्ली ।

उठीबास— ना॰ [उठ्+बास] हे॰ उट्ठाबास; उट्ठीबास ।

उड्–नु— अ॰ क्रि॰ [सं॰ उड्डयन+नु] १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु । २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गबारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु । ३. सिद्धिनु; खतम हुनु; नासिनु । ४. हटाउनु; मेटिनु । ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।

उडका— ना॰ लामो चुच्चो हुने बट्टाईका रङ्गको सारौँजत्रो, सिमसारमा पाइने एक चरो; चाहा; लामचुच्चे ।

उडन— ना॰ [उड्+अन] उड्ने काम । ~ तस्तरी— ना॰ परी– कथाहरूमा पाइने आकाशमा उड्ने डुङ्गा; काल्पनिक हवाई– जहाज । —धर्मीर्— वि॰ उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि॰ ।

उडन्ता— वि॰ [उड्+अन्तो १. कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा) । २. नचाहिँदो किसिमले खर्च गर्ने; फजुलखर्ची; खर्चालु । ३. जहाँतहीँ पुग्ने; घुमन्ता ।

उडन्ताम्— वि॰ [उड्+अन्ताम्] हे॰ उडन्ता ।

उडन्ती— वि॰ [उड्+अन्ती] हे॰ उडन्ता ।

उडन्ते— वि॰ [उड्+अन्ते] उड्ने जातको; उडुवा ।

उडाइ— ना॰ [रू उड् (+आइ॰] उड्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उडाइनु— क॰ क्रि॰ उड्ने पारिनु; उड्न लाइनु । उडाउनु— प्रे॰ क्रि॰ १. उड्न लाउनु; उड्ने पार्नु । स॰ क्रि॰ २. खिसिटिउरी गर्नु; गिज्याउनु । ३. भए–नभएको कुरा गाँसेर उराल्नु, फुर्क्याउनु । ४. नचाहिँदो किसिमले धन–पैसा मास्नु; बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु । ५. बतासले धूलोमाटो आदि सगरमा लानु । ६. नाङ्लो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु । ७. कुनै वस्तु थाहा नपाई लानु; चोर्नु । ८. कुनै काम–कुरो मिलिक्कै सक्नु । (. खानेकुरो फुर्तीसाथ छिटै खानु ।

उडान— ना॰ [उड्+आन] १.पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजबारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान । २. उड्ने क्रिया वा भाव; उडाइ । ~ कर— ना॰ हवाईजहाजबाट प्रस्थान गर्दा विमान– स्थलमा उठाइने अतिरिक्त शुल्क । ~ सेवा— ना॰ हवाईसेवा ।

उडालु— वि॰ [उड्+आलु] १. धेरै समयसम्म उड्ने स्वभावको । २. अनियन्त्रित रूपमा खर्च गर्ने; खर्चालु ।

उडिल्याइँ— ना॰ [उडिल्याउ+आइँ] उडिल्याउने चाल; बहकावट ।

उडिल्याउनु— स॰ क्रि॰ कसैलाई नभएका कामकुरामा सर्काउनु वा जिस्क्याउनु; उडाउनु ।

उडु— ना॰ [सं॰] १. नक्षत्र; तारा । २. चरा; पक्षी । ३. डुङ्गा; नाउ । — गण— ना॰ ताराको समूह; नक्षत्रपुञ्ज । —पति— ना॰ चन्द्रमा ।

उडुल्को— ना॰ सम्म ठाउँमा केही उठेको भाग ।

उडुवा— वि॰ [उड्+उवो १. उड्ने स्वभावको । २. बेप्रमाणको; आधारहीन; उडन्ता । ३. चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची । ~ भ्यागुतो— ना॰ सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औँलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा–गाँठा परेको, रूखमा बस्ने र एक रूखबाट अर्को रूखमा हात–खुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूहमा पर्ने यो भ्यागुतो, नेपाल, भारत आदि देशमा पाइन्छ ।) । ~ माछो— ना॰ अगाडि पखेटा फैलिएर चराको जस्तै भएको, फुत्त–फुत्त पानीमा उड्न सक्ने, अन्दाजी १० इन्च लामो हुने एक माछो (माछासमूहमा पर्ने यो माछो हिन्द र आन्ध्र महासागरमा पाइन्छ रू) । ~ लोखर्के— ना॰ लामो, भुवादार, ध्वाँसे परेको शरीर र ठूला कान भएको, रूखमा बस्ने, राति हिँडडुल गर्ने र १३५ मिटरसम्म उड्न सक्ने लोखर्के । (स्तनधारी समूहमा पर्ने यस लोखर्केको छाला फैलिएर पखेटाजस्तो बनेको हुन्छ॰ ।

उडुस— ना॰ [सं॰ उद्दंशे पलब, बिछ्यौना, झूल आदिमा हुने, गहतजस्तो कलेजी रबको, मानिसको रगत चुस्ने च्याप्टो कीरा । श्र उडुसे— वि॰ उडुसजस्तो; उडुसको छाँटको ।

उड्क–नु— स॰ क्रि॰ १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु । २. आफूबाट भए–गरेका कामकुरा बारम्बार दोहोथ्याउनु । ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने–नचाहिने कुरा गरेर बाझ्नु । ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भूस वा खरानी दलेर सफा गर्नु । > उड्काइ— ना॰ उड्कने भाव वा क्रियाप्रक्रिया । उड्काइनु— क॰ क्रि॰ उड्कन लाइनु ।

उड्काउनु— प्रे॰ क्रि॰ उड्कन लाउनु; अर्काको दोष कोट्ट्याउनु ।

उड्कुसी–मुड्कुसी— ना॰ [उड्कुसी (बि॰)] केटाकेटीले भुईँमा हात फिँजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल ।

उड्केला— ना॰ [सं॰ उत्कृतेरू] चाक र दुई पैतालाले मात्र टेकेर बस्ने काम; टुक्रुक्कको बसाइ ।

उड्डयन— ना॰ [सं॰] जमिन छाडेर आकाशमार्गबाट हिँड्ने काम; उडान (जस्तो— हवाईउड्डयन॰ ।

उड्दो— वि॰ [उड्+दो] उडिरहेको; छिटो–छरितो । स्त्री॰ उड्दी । ~ चरो खसाल्नु— टु॰ असम्भव काम गर्नु ।

उत्— उप॰ [सं॰] उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ–द्योतन गर्ने उपसर्ग (उद्योग, उत्पात, उत्पादन इ॰) ।

उतर्सि–नु— अ॰ क्रि॰ [सं॰ उत्+तृष्+नु] १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु । २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु । > उतर्स्याइ— ना॰ उतर्सिने क्रिया वा प्रक्रिया । उतर्स्याइनु— क॰ क्रि॰ उतर्सिने गराइनु; उतर्सिन लाइनु । उतर्स्याउनु— प्रे॰ क्रि॰ उतर्सिन लाउनुग् झर्कने पार्नु ।

उता— ना॰ यो॰ [उ+तो उसतर्फ; त्यता; उहाँ । —उति— क्रि॰ वि॰ उता कतै; उतातिर; यताउति; उताहँुदो ।

उतार्–नु— स॰ क्रि॰ [उतार+नु] १. गडेको वा डुबेको धन–माल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु । २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु । ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु ।

उतार— ना॰ [सं॰ उत्तारे १. सकलबाट सारेको पत्र; नकल । २. टिपोट; टिप्पणी । ३. उद्धृत अंश; उद्धरण । ४. सङ्गीतमा चढेको स्वर ओर्लने काम; अवरोह । — पतार— ना॰ अर्कालाई होच्याउने र खेदो गर्ने काम; ऐरोखेदो ।

उतारिनु— क॰ क्रि॰ [उतार्+इ+नु] उतार्ने काम गरिनु; उकासिनु ।

उतार्नी— ना॰ [उतार+नी] कसैको पछाडि उसको दोषको बखान गर्ने काम; अर्काको कुरा काट्ने काम; बदख्वाइँ ।

उति— वि॰ [उ+ति] १. पहिलेको नाप वा भनाइसरह; ऊजति; उत्ति; त्यत्ति; जति । २. धेरै; प्रशस्त । — को— वि॰ त्यति धेरै; भनेजस्तै बढी; धेरै; ज्यादा; उत्तिको । > उतिन्जेल— क्रि॰ वि॰ तोकिएको बेलासम्म; त्यतिबेरसम्म; त्यतिन्जेल; उतिन्ज्याल ।

उतिन्ज्याल— क्रि॰ वि॰ उतिन्जेल । — माथि— क्रि॰ वि॰ यति भनेर पनि; भन्दाभन्दै; एक पटक फेरि राम्ररी बुझाएर पनि ।

उतिस— ना॰ [उत्तिसे हे॰ उत्तिस ।

उत्कट— वि॰ [सं॰] ज्यादै तीव्र; कडा । — ता— ना॰ उत्कट हुनाको भाव वा अवस्था; तीव्रता; कडापन; उग्रता ।

उत्कण्ठा— ना॰ [सं॰] कुनै विषयबारे सुन्न, देख्न वा कुनै वस्तु पाउनका निम्ति हुने छटपटी; प्रबल इच्छा; चौचौ; उत्सुकता ।

उत्कण्ठित— ना॰ [सं॰] उत्सुक । — ता— ना॰ उत्कण्ठित हुने भाव वा अवस्था । > उत्कण्ठिता— ना॰ साहित्यमा सङ्केतस्थानमा आ६नो इष्ट नायकसँग भेट नहुँदा नाना तर्क गर्ने नायिका ।

उत्कर्ष— ना॰ [सं॰] १. मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम । २. बढोत्तरी; उन्नति; समृद्धि । ३. भाउ, मूल्य आदिमा हुने वृद्धि । > उत्कर्षक— वि॰ १. मास्तिर तान्ने । २. उत्कर्ष वा उन्नति गर्ने; उन्नायक । उत्कर्षण— ना॰ खनजोत गर्ने काम; तान्ने वा घिच्च्याउने काम । उत्कर्षी— वि॰ उत्कर्ष गराउने ।

उत्कालिका— ना॰ [सं॰] १. उत्कण्ठा; उत्सुकता । २. फूलको कोपिला । ३. तरङ्ग; लहर । ४. लामो–लामो समास हुने गद्य ।

उत्कीर्ण— वि॰ [सं॰] १. धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको । २. लेखिएको; लिखित; अङ्कित । ३. छरिएको; छिरलिएको । ४. जडिएको; खचित ।

उत्कृष्ट— वि॰ [सं॰] १. सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम । २. माथि उठेको; चढेको । ३. राम्रोसँग खनजोत गरिएको; जोतिएको । — ता— ना॰ उत्कृष्ट हुनाको भाव वा अवस्था ।

उत्कोच— ना॰ [सं॰] अधिकारवालालाई आ६नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस ।

उत्क्रम— ना॰ [सं॰] १. माथि चढ्ने वा उक्लने काम; उत्थान । २. हिँड्ने काम; प्रस्थान । > उत्क्रमण— ना॰ उत्क्रम ।

उत्क्रान्ति— ना॰ [सं॰] १. बहिर्गमन; प्रस्थान; हिँड्ने काम । २. उफ्रने काम; फड्को । ३. प्राणत्याग; मृत्यु । ~ धेनु— ना॰ धर्मशास्त्रअनुसार प्राण जाने बेलामा गरिने गाईदान ।

उत्क्रोश— ना॰ [सं॰] १. ठूलो स्वर; ठूलो खलबली; कोलाहल; चिच्च्याहट । २. घोषणा; गर्जन ।

उत्क्षिप्त— ना॰ [सं॰] १. जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि । वि॰ २. उफारिएको; मास्तिर ६याँकिएको ।

उत्क्षेप/उत्क्षेपण— ना॰ [सं॰] १. मास्तिर ६याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम ।

उत्खनक— वि॰ [सं॰] माटामुनि गडेदबेका धन, माल आदि खनेर निकाल्ने; जमिन खनेर पुरातात्त्विक अवशेषको खोजी गर्ने (व्यक्ति॰ ।

उत्खनन— ना॰ [सं॰] १. जमिनमुनि खनेर पुरातात्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम । २. गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम ।

उत्तप्त— वि॰ [सं॰] १. ज्यादै तातो पारिएको; धकधकाउँदो । २. अतासिएको; सन्तप्त । ३. रिसाएको; क्रुद्ध ।

उत्तम— वि॰ [सं॰] १. सबैभन्दा असल; जाती; बेस; उम्दा । — ता— ना॰ उत्तम बन्नाको भाव वा अवस्था; श्रेष्ठता । ~ पुरुष— ना॰ १. सबै कुराबाट माथिल्लो तहको मानिस । २. संस्कृत तथा नेपाली व्याकरणका अनुसार बोल्ने व्यक्तिलाई बुझाउने सर्वनाम (म, हामी॰ ।

उत्तमा— ना॰ [सं॰] १. श्रेष्ठ स्त्री । २. एक प्रकारको जडीबुटी । ~ दूती— ना॰ साहित्यमा मीठा–मीठा र राम्रा कुराले नायक– नायिकालाई सम्झाई–बुझाई गर्ने दूती । ~ नायिका— ना॰ क्रुद्ध पतिलाई समेत सँभालेर अनुकूल बनाउने पतिव्रता नायिका; स्वकीया नायिका ।

उत्तमाङ्गुल— ना॰ [सं॰] १. आठ जौबराबरको नापो; पौने इन्ची । २. ठूलो औँला; मानक अङ्गुल ।

उत्तमोत्तम— वि॰ [सं॰] सबभन्दा असल; सर्वोत्तम; सर्वश्रेष्ठ ।

उत्तर— ना॰ [सं॰] १. कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जवाफ । २. परीक्षामा सोधिएका प्रश्नका सम्बन्धमा लिखित वा मौखिक रूपमा दिइने बयान वा कुरा । ३. सूर्योदय भएतिर मुख फर्काउँदा देब्रेतिर पर्ने दिशा; दक्षिण दिशाको विपरीत दिशा । ४.पछि आउने समय । ५. महाभारतकालीन विराट् राजाको छोराको नाम । वि॰ ६. पछिको; पछिल्लो । ~ काण्ड— ना॰ उत्तरार्धका कथा वा घटनाको वर्णन भएको अंश (रामायणको उत्तरकाण्ड) । ~ काल— ना॰ आउँदो समय; भविष्यत्काल । ~ क्रिया— ना॰ मानिसको प्राण गएपछि मृतकका उद्धारका लागि गरिने काजक्रिया; दाहसंस्कार; अन्त्येष्टि । — तर्फका कम्यान्डिब जनरल— राणाशासनकालमा दक्षिणतर्फका कम्यान्डिब जनरलपछिको रोलवाला । — दाता— वि॰ १. उत्तर दिने; जवाफ दिने । २. उत्तरदायी; जिम्मेवार । — दायित्व— ना॰ जवाफदेही; जिम्मेवारी । — दायी— वि॰ जिम्मेवार; जवाफदेही हुने । ~ पक्ष— ना॰ प्रश्नको मण्डन वा खण्डन; जवाफ; पछिल्लो भाग । ~ पत्र— ना॰ परीक्षा आदिमा प्रश्नको जवाफ लेख्ने कापी; उत्तरपुस्तिका । — पद— ना॰ समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद । — पुस्तिका— ना॰ प्रश्नको उत्तर दिने पुस्तिका वा कागत । ~ मध्यमा— ना॰ संस्कृततर्फ पूर्वमध्यमा र शास्त्रीका बीचको इन्टर वा प्रमाणपत्रसमकक्षको परीक्षा वा तह । ~ प्रत्युत्तर— ना॰ जवाफ–सवाल; प्रश्नोत्तर; भनाभन । ~ फाल्गुनी— ना॰ सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; बाह्रौँ नक्षत्र । ~ भाद्रपद— ना॰ सत्ताइस नक्षत्रमध्ये एक; छब्बीसौँ नक्षत्र । ~ मीमांसा— ना॰ पूर्वमीमांसा र उत्तरमीमांसामध्ये एक; वेदान्त– दर्शन ।

उत्तरा— ना॰ [उत्तरे १. उत्तर; जवाफ । २. महाभारतप्रसिद्ध अभिमन्युकी पत्नी ।

उत्तराकाङ्क्षी— वि॰ [सं॰] जवाफ चाहने; उत्तरको आशा गर्ने (व्यक्ति॰ ।

उत्तराखण्ड— ना॰ [सं॰] देवदेवताको निवासस्थल तथा पुण्यभूमि मानिएको भारतवर्षको उत्तरपट्टिको भाग; हिमालका आसपासको खण्ड ।

उत्तराधिकार— ना॰ [सं॰] कुनै व्यक्ति मरेपछि वा उसको हक छुटेपछि निजको सम्पत्ति, अधिकार वा पद आदि पाउने हक । श्र उत्तराधिकारी— वि॰ उत्तराधिकार पाउने; हकवाला ।

उत्तरापेक्षी— वि॰ [सं॰] जवाफको आशा गर्ने; उत्तर चाहने ।

उत्तराभिमुख— वि॰ [सं॰] १.उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको । २. उत्तर दिन तम्सेको ।

उत्तरायण— ना॰ [सं॰] १. पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय । २. सूर्य मकररेखाबाट उत्तरतर्फ लाग्ने काम ।

उत्तरार्द्ध/उत्तरार्ध— ना॰ [सं॰] कुनै वस्तुको पछिल्लो आधा भाग; पछिल्लो आधा; दुई भागमध्ये अन्तिम भाग (ग्रन्थ आदिको॰; अर्धी ।

उत्तराषाढा— ना॰ [सं॰] सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; एक्काइसौँ नक्षत्र ।

उत्तरित— वि॰ [सं॰] जवाफ दिइसकिएको; उत्तर दिइएको ।

उत्तरीय— ना॰ [सं॰] १. पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने । वि॰ २. उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित । ३. माथिको; मास्तिरको; माथिल्लो । ~ वस्त्र— ना॰ १. घाँटीमुनि र कम्मरमाथि लगाइने, कुनै–कुनै अवस्थामा फेर कम्मर वा घुँडामुन्तिरसम्म पुग्ने लुगा (चोलो, भोटो, दौरा, मयलपोस, क्वाँच, कोट, इस्टकोट, लबेदा, चोँगा इ॰); आबको लुगा । २. पछ्यौरा; बर्को; खास्टो ।

उत्तरोत्तर— क्रि॰ वि॰ [सं॰] १. पछिपछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम । २. दिनदिनै; प्रतिदिन । ३. एकपछि अर्को; क्रमशः; लगातार ।

उत्ताउलो— वि॰ [सं॰ उत्ताले १. उचितभन्दा बढ्ता । २. अस्वाभाविक ढाँचा देखाउने; उचितभन्दा बढ्ता ठाँट पार्ने । ३. निर्लज्ज; लाज नभएको । > उत्ताउल्याइँ— ना॰ उत्ताउलो हुनाको भाव; उत्ताउलोपन ।

उत्तान— वि॰ [सं॰] जमिनतर्फ पिठ्यूँ अड्याएर सुतेको; चित परेको; उत्तानो । उत्ताना टाब— ना॰ [उत्तानो+टाब] १. गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति । २. जिल्लाराम; हरेस । ३. पूर्ण असफलता; पराजय; हार ।

उत्तानु/उत्तानू— वि॰ [उत्तानो+ऊ] हे॰ उत्तानो ।

उत्ताने— वि॰ [उत्तानो+ए] उत्तानो परेको; उत्तानो परेर गरिने वा खेलिने (पौडी आदि॰ ।

उत्तानो— वि॰ [सं॰ उत्ताने १. जमिनतर्फ पिठ्यूँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको । २. गहिरो नभएको; बीचको भाग बिटसँग नजिक भएको -तावा, ताप्के आदि) ।

उत्ताप— ना॰ [सं॰] १. गर्मी; तातो; उष्णता । २. आँच; ताप । ३. मनको पीडा; वेदना; दर्द; दुखाइ । ४. चिन्ता; व्यग्रता; आकुल स्थिति । > उत्तापित— वि॰ १. गर्माइएको; तताइएको । २. उत्तेजित गरिएको । ३. दुःखी; पीडित ।

उत्तारण— ना॰ [सं॰] १. पार लगाउने काम; उतार्ने काम । २. समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार ।

उत्ताल— वि॰ [सं॰] १. धेरै अग्लो; ज्यादै उँचो । २. भयङ्कर; कडा; प्रचण्ड ।

उत्ति— वि॰ [उति] उति; त्यत्ति । — को— वि॰ ऊजत्तिको; उतिको । — खेर— क्रि॰ वि॰ भनेकै समयमा; तत्काल; त्यसै बेला; उसै समयमा ।

उत्तिष्ठवानर— ना॰ [सं॰] ढाड कुप्रो भए पनि आजको मान्छेझैँ पूरै दुई खुट्टाले टेकेर हिँड्ने आजभन्दा पाँच लाख वर्षपहिले सृष्टि भई लगभग सवा लाख वर्षसम्म पृथ्वीमा कायम रहेको आदिमानव; आग्नेय वानरभन्दा पछिको र नियन्डर मानवभन्दा पूर्वको आदिमानव; जाबा, केन्या, पेकिब, हाइडेलवर्ग आदि ठाउँमा पाइएका जीवाश्मले प्रतिनिधित्व गरेको आदिम मानव ।

उत्तिस— ना॰ [सं॰ अतीसे किम्बुको जस्तो फल हुने, लहरे फूल फुल्ने र तीन–चार इन्च लामो केही चौडा पात हुने एक जातको रूख ।

उत्तीर्ण— वि॰ [सं॰] १. कुनै परीक्षा दिएर पास भएको; सफल । २. झैझमेलाबाट पार भएको; समस्याबाट उम्केको । ३. उत्रेको; निस्केको । ४. नदी तरेको; पार भएको । > उत्तीर्णाङ्क— ना॰ विद्यार्थीले खास पाठ्यांश वा पत्रमा सफलता हासिल गर्नका

 लागि पाउनुपर्ने आवश्यक न्यूनतम अङ्क ।

उत्तुब— ना॰ [सं॰ उत्तुङ्गे एउटा खुट्टाले काम नदिने वा खुट्टो नभएका अपाङ्गहरूले हिँड्न र आडका लागि लिइने काठे लट्ठी ।

उत्तुङ्ग— वि॰ [सं॰] ज्यादै अग्लो; अति उच्च । (जस्तो— हिमालयको उत्तुङ्ग शिखर॰ ।

उत्तेजक— वि॰ [सं॰] १. हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक । २. कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने । ३. उत्तेजना उत्पन्न गर्ने; जोस भरिदिने । ४. चर्को प्रकाश ६याँक्ने ।

उत्तेजन— ना॰ [सं॰] १. कसैलाई सुथ्याउने वा जोस्याउने काम । २. भड्काउने वा उचाल्ने काम । ३. उत्तेजना । > उत्तेजना— ना॰ १. हौसला दिने काम; प्रेरणा; प्रोत्साहन । २. क्रोध; आवेश; रिस । ३. भड्काउने प्रवृत्ति; खलबल्याउने चाल । ४. मन चञ्चल पारी शीघ्रतापूर्वक कुनै काम गर्न प्रवृत्त गर्ने काम वा कुरा ।

उत्तेजित— वि॰ [सं॰] १. मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको । २. हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित । ३. भड्काइएको; उचालिएको । ४. जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट ।

उत्तोलक— ना॰ [सं॰] १. मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल । २. गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन । ३. बिजुलीको भरेब; लि६ट । ४. कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी । ५. किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु । वि॰ ६. उभ्याउने; उठाउने; उचाल्ने ।

उत्तोलन— ना॰ [सं॰] १. उभ्याउने वा उठाउने काम । २. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक–चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुथ्याएर फहराउने काम (जस्तै— ध्वजोत्तोलन, झन्डोत्तोलन॰ ।

उत्थान— ना॰ [सं॰] १. कुनै निम्न स्थितिबाट उन्नत वा उच्च स्तरमा पुग्ने अवस्था वा भाव; समृद्ध स्थिति; उन्नति; अभिवृद्धि । २. कामको प्रारम्भ वा थाल्नी; उठान । ३. उठ्ने वा उभिने काम ।

उत्थापक— वि॰ [सं॰] १. उत्थान गराउने; उभ्याउने; उठाउने । २. स्थापना गर्ने; थाल्ने; सुरु गर्ने । ३. बिउँझाउने; जगाउने ।

उत्थापन— ना॰ [सं॰] १. माथि उठाउने काम; उत्थान । २. जगाउने काम; बिउँझाउने काम । ३. स्थापना; प्रारम्भ ।

उत्थापित— वि॰ [सं॰] १. उत्थापन गरिएको २. स्थापित ।

उत्थित— वि॰ [सं॰] १. उत्थान भएको; उन्नत; समृद्ध । २. उठेको; उभिएको । ~ नरवानर— ना॰ वानरसदृशानुगण र मानवानुगण दुवैमा पर्ने, गोडाको भरमा उठेर हिँड्ने मानवजस्तो वानर । ~

मानव— ना॰ उठेर हिँड्न सक्ने मानवानुगणभित्र पर्ने प्राचीन समयको मानव ।

उत्निखेर— क्रि॰ वि॰ [उति+नै+खेरे कुनै काम वा घटना भएकै बेलामा; त्यसै समयमा; तत्काल; तुरुन्तै; उतिखेर । > उत्निखेरै— क्रि॰ वि॰ तुरुन्त नै; समयको प्रतीक्षा नगरीकनै; तत्कालै । उत्पत तेल— ना॰ [उत्पत्ति+तेले रूखका विभिन्न अङ्गबाट उडेर जाने सुवासयुक्त तेल ।

उत्पत्ति— ना॰ [सं॰] १. जन्म; आविर्भाव; पैदा; उद्भव । २. निस्कने काम; आउने काम । ३. देखा पर्ने काम; प्रकट । — वाद— ना॰ १. मानवसमुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद । २. भरतको रससूत्रका व्याख्याता भट्टलोल्लटबारा प्रतिपादित रसको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त । ३. शब्दार्थका सम्बन्धमा अर्थबाट शब्द उत्पत्ति हुन्छ भनेर मान्ने सिद्धान्त ।

उत्पन्न— वि॰ [सं॰] १. पैदा भएको; जन्मेको; आविर्भूत । २. देखावटमा आएको; निस्केको; प्रकट । ३. निर्माण गरिएको; बनाइएको । ४. उब्जाइएको वा उब्जेको ।

उत्पल— ना॰ [सं॰] कमल, खास गरी नीलकमल ।

उत्पात— ना॰ [सं॰] १. आकस्मिक रूपमा हुने कष्टदायक कुनै घटना; उपद्रव (आगलागी, उल्कापात, भूकम्प, बाढी, महामारी इ॰) । २. अशान्ति; कोलाहल; हलचल । ३. ठूलो झैझगडा; दङ्गा । > उत्पाती— वि॰ उत्पात गर्ने; उपद्रवी; उत्पातसम्बन्धी ।

उत्पादक— वि॰ [सं॰] १. जन्माउने; पैदा गर्ने । २. नयाँ वस्तु निकाल्ने; यन्त्र, कारखाना आदिबाट औद्योगिक सामग्रीको उत्पादन गर्ने (समुदाय वा व्यक्ति) । — ता/त्व— ना॰ उत्पादन गर्ने अवस्था वा भाव ।

उत्पादन— ना॰ [सं॰] १. उब्जा; पैदावार; उब्जनी । २. उत्पन्न गर्ने वा जन्माउने काम । ३. औद्योगिक यन्त्रबाट नयाँ–नयाँ मालसामान तयार गर्ने वा बनाउने काम । ४. उत्पन्न गरेर वा उब्जाएर तयार पारिएको वस्तु । ~ कर— ना॰ उत्पादन गरेबापत सरकारका तर्फबाट लाग्ने शुल्क । ~ कार्य— ना॰ उपभोग्य सामग्रीहरूको उत्पादन गर्ने काम; आवश्यक वस्तुहरू तयार गर्दै जाने काम । ~ रेखा— ना॰ औद्योगिक संस्था आदिबाट भएका वा हुने कुनै वस्तुका पैदावारीको खास बिन्दु वा सीमाको मापन । ~ व्यय— ना॰ उत्पादनमा लाग्ने खर्च । ~ शक्ति— ना॰ उत्पादन गर्ने क्षमता । — शील— वि॰ उत्पादन गर्ने । ~ शुल्क— ना॰ देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादनकर ।

उत्पादित— वि॰ [सं॰] १. पैदा गरिएको; उब्जाइएको । २. उत्पादन गरिएको; तयार पारिएको । ३. जन्माइएको ।

उत्पादी— वि॰ [सं॰] उत्पादक; उत्पादन गर्ने; पैदा गर्ने ।

उत्पीडक— वि॰ [सं॰] अर्कालाई सताउने; कष्ट वा दुःख दिने ।

उत्पीडन— ना॰ [सं॰] पीडा; कष्ट; सताउने काम ।

उत्पीडित— वि॰ [सं॰] दुःख दिइएको; सताइएको; पीडित ।

उत्पुलक— वि॰ [सं॰] १. अति हर्षले रोमाञ्चित; खुसीले आब जुरुङ्ब भएको । २. अति प्रसन्न; प्रहर्षित ।

उत्प्रसव— ना॰ [सं॰] आमाको गर्भबाट समय नपुग्दै बच्चा झरेर मर्ने काम; गर्भ तुहिने काम; गर्भपात ।

उत्प्रेक्षक— वि॰ [सं॰] उत्प्रेक्षा गर्ने; सोच्ने ।

उत्पे्रक्षण— ना॰ [सं॰] १. सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम । २. एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना ।

उत्प्रेक्षा— ना॰ [सं॰] १. अन्दाज; अनुमान । २. असावधानी; लापर्बाही । ३. हे॰ उत्प्रेक्षण । ४. प्रस्तुत वस्तुमा अप्रस्तुत वस्तुको आरोप गरिँदा पर्ने अर्थालङ्कार । (जस्तै— जून पनि आयो कि त उनकै रूप हेरी॰ ।

उत्पे्ररक— ना॰ [सं॰] १. रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु । २. उत्प्रेरणा सिर्जना गर्ने तत्त्व; उद्दीपक । वि॰ ३. मनमा प्रेरणा जगाइदिने; हौसला बढाइदिने (व्यक्ति वा वस्तु॰ ।

उत्पे्ररणा— ना॰ [सं॰] १. मनमा उठेको प्रेरणा; भित्री प्रेरणा । २. शैक्षिक कार्यकलापमा विद्यार्थीको उत्सुकता सृजना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया; अभिप्रेरणा ।

उत्प्रेषण— ना॰ [सं॰] १. पुनरावलोकन वा अन्वेषणका निम्ति प्रचलित रिट; तल्लो तहको अदालतले गरेका कारबाईको पुनरावलोकन गर्ने समादेश । २. त्यसअनुसार सर्वोच्च अदालतले उजुरी परेका कुनै मुद्दामामिलासँग सम्बद्ध मिसिलहरू मातहतका अड्डाअदालतहरूबाट विचारार्थ झिकाउने काम । ~ लेख— ना॰ उत्प्रेषणको आदेश । > उत्प्रेषणादेश— ना॰ उत्पे्रषणको आदेश; उत्प्रेषणलेख ।

उत्फुल्ल— वि॰ [सं॰] १. राम्रोसँग फुलेको; ढकमक्क भएर फुलेको । २. प्रसन्न; हर्षित । — ता— १. उत्फुल्ल हुनुको भाव वा अवस्था; ढकमक्क फुलाइ । २. खुसी हुनाको भाव वा स्थिति; प्रसन्नता ।

उत्र–नु— अ॰ क्रि॰ [प्रा॰ उत्तरण+नु] १. धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु । २. खोला, नदी आदिबाट पार हुनु । ३. दुःख, पीडा, सङ्कट आदिबाट छुटकारा पाउनु । ४. झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु । ५. ऋणबाट मुक्त हुनु; उऋण हुनु; उक्सनु । > उत्राइ— ना॰ उत्रने क्रिया वा प्रक्रिया । उत्राइनु— क॰ क्रि॰ उत्रने पारिनु; उत्रन लाइनु । उत्राउनु— प्रे॰ क्रि॰ उत्रने पार्नु; उतार्नु । उत्रिनु— अ॰ क्रि॰ १. उत्रनु । २. उत्रने काम गरिनु ।

उत्रुब— ना॰ [उत्र+उब] लामो लट्ठीको छेउमा वा बीचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन ।

उत्रो— वि॰ [ऊ+जत्रो] १. ऊजस्तो; त्यत्रो; उति ठूलो; ऊजति ठूलो । २. धेरै ठूलो; ज्यादै ठूलो ।

उत्स— ना॰ [सं॰] १. बगिरहेको पानीको स्रोत वा धारा । २. झरना; छाँगो । ३. भित्री भाग; चुरो; सारतत्त्व । ४. कोख ।

उत्सर्ग— ना॰ [सं॰] १. कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग । २. छुट्ट्याउने वा अलग पार्ने काम । ३. कसैलाई दान आदि दिने काम; दान । ४. पितृका उद्देश्यले गरिने कार्य (वृषोत्सर्ग॰ । > उत्सर्गी— वि॰ उत्सर्ग गर्ने; त्यागी ।

उत्सर्जन— ना॰ [सं॰] १. छाड्ने वा त्याग्ने काम । २. दिने वा दान गर्ने काम । ३. त्याग; उत्सर्ग । ४. कसैलाई कुनै पदबाट हटाउने क्रिया ।

उत्सर्जित— वि॰ [सं॰] त्यागिएको; उत्सर्जन गरिएको ।

उत्सव— ना॰ [सं॰] १. कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धूमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गल–कार्य । २. सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवन र पुरुषार्थसँग सम्बन्धित त्यस्तो पर्व मनाइने विशेष दिन; चाडपर्व ।

उत्साह— ना॰ [सं॰] १. तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस । २. हौसला; उमेद । ३. जोस; उमङ्ग; फुर्ती । ४. प्रेरणा । ५. वीररसको स्थायी भाव । > उत्साहक— वि॰ उत्साह दिने; उत्साहित गर्ने; उत्साही; आँटी; साहसी । — प्रद— वि॰ उत्साह दिने; रउस लाग्ने; हौसला बढाउने ।

उत्साहित— वि॰ उत्साह पाएको; प्रेरणा पाएको; हौसिएको ।

उत्साही— वि॰ उत्साह भएको; हौसला बढेको ।

उत्सुक— वि॰ [सं॰] १. कुनै कामकुरो गर्नाका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित । २. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर । — ता— ना॰ उत्सुक हुनाको भाव वा अवस्था; उत्कण्ठा; सकसकी ।

उत्सृष्ट— वि॰ [सं॰] १. उत्सर्ग भएको वा गरिएको । २. छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति) । ३. उपयोगमा ल्याइएको; प्रयुक्त । ~ वृत्ति— ना॰ अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति । > उत्सृष्टाङ्क— ना॰ कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने–कराउने, वाग्युद्ध भई जय–पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दस भेदमध्ये एक ।

उत्सेचन— ना॰ [सं॰] १. पानी आदि तरल पदार्थ छर्कने वा छम्कने काम; सिञ्चन । २. उमालाइ; उबाल ।

उत्स्वेदन— ना॰ [सं॰] पानी बाफ बन्ने प्रक्रिया; जलवाष्पीकरण ।

उथलपुथल— ना॰ [प्रा॰ उत्थल (बि॰)] १. माथिको तल र तलको माथि हुने काम; उलटपुलट । २. ठूलो परिवर्तन; हेरफेर; अदलबदल । ३. ठूलो हलचल; चर्को आन्दोलन ।

उद्— उप॰ [सं॰] शब्दको अगाडि लागेर माथि, अघि, पारि, प्रबलता आदि अर्थ बुझाउने उपसर्ग (उद्बोधन, उद्गम, उत्तीर्ण इ॰) ।

उद— ना॰ [सं॰ उद्रे न्याउरी मुसोजस्तो, पानीमा पसी माछा मार्ने एक प्रकारको जन्तु; ओत; ओद; पानीबिरालो ।

उदक— ना॰ [सं॰] पानी; जल । ~ क्रिया— ना॰ पितृहरूलाई तृप्त पार्नका लागि दिइने तर्पण; तिलाञ्जलि ।

उदजन— ना॰ [सं॰ उद्+जन] एक किसिमको दृश्य, गन्ध र वर्णहीन बाष्प; हाइड्रोजन । ~ बम— ना॰ उदजन बाष्पको बम; हाइड्रोजन बम ।

उदधि— ना॰ [सं॰] १. समुद्र; सागर । २. मेघ; बादल । ३. कलश; घडा ।

उदय— ना॰ [सं॰] १. मास्तिर उठ्ने वा बढ्ने काम । २. उदाउने वा झुल्कने क्रिया । ३. ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा आउने तथा देखिने अवस्था । ४. प्रकट वा प्रत्यक्ष हुने काम । ५. पद आदिमा हुने उन्नति; बनिबनाउ; दबदबा । ६. उत्पत्तिस्थान; उद्गम । ७. अधिकारप्राप्ति । ~ गिरि— ना॰ हे॰ उदयाचल ।

उदयन— ना॰ [सं॰] १. 'स्वप्नवासवदत्ता' नाटकका नायक वत्सराज । २. कुसुमाञ्जलिकार उदयनाचार्य ।

उदयपुर— ना॰ [सं॰] नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलअन्तर्गत धेरै पहाडी भाग र केही भित्री मधेस पनि भएको एक जिल्ला । ~ गढी— ना॰ उदयपुरमा रहेको एक प्रमुख क्षेत्र वा गढी ।

उदयाचल— ना॰ [सं॰] सूर्य उदाउने पूर्वतर्फको पहाड; उदयगिरि ।

उदयास्त— ना॰ [सं॰] १. सप्रने वा भत्कने क्रिया वा अवस्था; उत्थानपतन । २. उदय र अस्त ।

उदयी— वि॰ [सं॰] १. उदाउने; उदय हुने; झुल्कने । २. उन्नतिशील ।

उदयोन्मुख— वि॰ [सं॰] १. उदाउने बेलाको । २. उन्नति गर्नपट्टि लागेको; विकासोन्मुख ।

उदर— ना॰ [सं॰] १. पेट । २. शरीरको बीचको भाग; भुँडी । —

गुहा— ना॰ पेटका विभिन्न अङ्ग रहनका निम्ति बनेको खोक्रो स्थान । — पीडा— ना॰ पेट दुख्ने क्रिया; पेटदुखाइ । > उदरम्भर— वि॰ १. पेट भर्न पाए पुग्ने । २. स्वार्थी; मतलबी । उदरम्भरी— वि॰ १. आ६नो मात्र पेट भर्न खोज्ने; मतलबी । २. धेरै खाने; घिच्चू । ३. पेटपाला । उदरावरण— ना॰ आन्द्राभुँडी र पेटका अरू सबै भाग छोप्ने जालो । उदरी— वि॰ १. ठूलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको । ना॰ २. पेट बोकेकी स्त्री; गर्भवती नारी ।

उदाइ— ना॰ [रू उदाउ (+आइ॰ ] उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय । [ > ] उदाइनु— अ॰ क्रि॰ उदाउने होइनु; प्रकट होइनु ।

उदाउनु— अ॰ क्रि॰ [सं॰ उदय+आउ+नु] १. उदय हुनु; झुल्कनु; प्रकट हुनु । २. देखा पर्नु; साक्षात्कार हुनु । ३. उन्नति हुनु; वृद्धि हुनु; बढ्नु; अभ्युदय हुनु ।

उदाङ्ग/उदाङ्गो— वि॰ [सं॰ उदङ्गे १. नछोपिएको; नढाकिएको; खुला । २. उघ्रिएको; ड्वाबड्वाबती भएको; ह्वाङ्ब भएको ।

उदाङ्ब/उदाङ्बो— वि॰ [सं॰ उदङ्गे हे॰ उदाङ्ग/ उदाङ्गो ।

उदात्त— वि॰ [सं॰] १. ठूलो स्वरले उच्चारण गरिने वा गरिएको । २. उच्चारण गर्दा मुखमा मास्तिरपट्टि केही बेसी आघात पर्ने (अ, आ आदि स्वरवर्ण) । ३. फुक्का मनको; दयालु; दाता; उदार । ४. श्रेष्ठ; महान् । ५. वैदिक ऋचाका उच्चारणको एक भेद । ६. ज्यादै बढाई–चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार ।

उदान— ना॰ [सं॰] प्राणीका शरीरमा डकार, हिक्का आदिका रूपमा माथि आउने वायु; शरीरका पाँच वायु प्राण, अपान, समान, व्यान र उदानमध्ये एक ।

उदार्–नु— स॰ क्रि॰ [सं॰ उद्धरणे हे॰ उधार्नु ।

उदार— वि॰ [सं॰] १. दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार । २. उत्तम; श्रेष्ठ; विशिष्ट । ३. सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने । — चरित— वि॰ १. असल चरित्र भएको; सच्चरित्र । २. सबैलाई समान रूपले व्यवहार गर्ने । — चेता— वि॰ उदार चित्त भएको; उदारचरित । — ता— ना॰ १. उदार हुनाको अवस्था वा गुण । २. उच्च तथा उत्तम विचार; हितकारी भावना । ३. ग्रामीणता नहुने र पद नाचेजस्तो हुने, काव्यका दस गुणमध्ये एक । —

वाद— ना॰ १. आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित, सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त । २. उदार नीति भएको विचार वा मत । — वादिता— ना॰ उदारवादको भाव वा अवस्था । —

वादी— वि॰ १. उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने । २. उदारतासम्बन्धी; उदार विचार भएको ।

उदाराइ— ना॰ [उदार्+आइ] उदार्ने काम वा प्रक्रिया; उधाराइ ।

उदाराशय— वि॰ [सं॰] १. उच्च विचार भएको; ठूलो उद्देश्य लिने । २. उदार आशय भएको ।

उदारिनु— क॰ क्रि॰ [उदार्+इ+नु] उदार्ने काम गरिनु ।

उदारीकरण— ना॰ राजनीतिक–आर्थिक क्षेत्रमा अँगालिने उदार नीति ।

उदास— वि॰ [सं॰] १. कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त । २. कसैका पक्षमा नलागेको; तटस्थ । ३. दुःखी । ४. नचाहिँदो खर्च गर्ने; उडन्ता । ना॰ ५. बुद्ध धर्मावलम्बी नेवारजातिको एक भेद । > उदासिलो— वि॰ उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो; नरमाइलो । उदासी— वि॰ १. उदास; दिकदार । ना॰ २. सन्न्यासीको एक भेद ।

उदासीन— वि॰ [सं॰] १. विरक्त; उदास । २. कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ; निरपेक्ष । ३. विषयप्रपञ्चबाट अलग रहेको । ४. सन्न्यासीको एक भेद । ~ अंसियार— ना॰ कुनै व्यापार, उद्योग आदिमा लगानी गरे तापनि त्यसप्रति कुनै वास्ता नगर्ने भागीदार वा साझेदार व्यक्ति । — ता— ना॰ १. उदासीन हुनाको भाव वा अवस्था; विरक्ति । २. तटस्थता; मध्यस्थता; निर्लिप्तता । ३. दिग्दारी; खिन्नता ।

उदासे— ना॰ १. मसिनो फूल फुल्ने र हरिया डाँख्ला हुने एक प्रकारको झार । २. नचाहिँदो खर्च गर्ने; उडन्ता ।

उदाहरण— ना॰ [सं॰] १. कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य; नमुना; दृष्टान्त; उपमा । २. अनुसरण वा अनुकरण गर्न प्रोत्साहित गरिने कुनै आचरण वा क्रियाकलाप । > उदाहरणार्थ— क्रि॰ वि॰ उदाहरणका लागि; उदाहरणका निम्ति । उदाहरणीय— वि॰ उदाहरण दिन लायक; उदाहरण दिन योग्य ।

उदाब्त— वि॰ [सं॰] १. भनिएको; कथित । २. वर्णन गरिएको; वर्णित । ३. उपमा वा दृष्टान्त दिइएको; उदाहरणका रूपमा प्रस्तुत ।

उदित— १. उदय भएको; उदाएको २. प्रकट भएको; निस्केको । ३. उज्ज्वल; स्वच्छ । ४. प्रचलित । ~ यौवना— ना॰ भर्खर बैँस चढेकी स्त्री; भर्खरै जवानीमा प्रवेश गरेकी नायिका; मुग्धानायिका ।

उदीची— ना॰ [सं॰] उत्तर दिशा ।

उदीच्य— वि॰ [सं॰] उत्तर दिशाको; उत्तर दिशासम्बन्धी । ~ संस्कृत— ना॰ शौरसेनीजस्ता प्राकृतलाई जन्माउने, संस्कृत भाषाको उत्तरी भाषिका ।

उदीयमान— वि॰ [सं॰] १. उदय भइरहेको; उदाइरहेको । २. पहिलेदेखि नै असल वा महान् हुने लक्षण देखिएको; होनहार; फलोन्मुख ।

उदेक— ना॰ [सं॰ उद्वेगे अचम्म; गजब; आश्चर्य; ताजुब । श्र उदेकाइ— ना॰ उदेकाउने क्रिया वा प्रक्रिया । उदेकाइनु— अ॰ क्रि॰ उदेक मान्ने होइनु; छक्क परिनु । उदेकाउनु— अ॰ क्रि॰ छक्क पर्नु; अचम्म मान्नु; उदेक मान्नु । उदेकिलो— वि॰ उदेकलाग्दो; छक्क पार्ने खालको; अचम्मको ।

उद्गम— ना॰ [सं॰] १. उदय; आविर्भाव; प्रादुर्भाव । २. मुहान; मूल । ३. उत्पत्तिस्थान; पैदा हुने ठाउँ । > उद्गमन— ना॰ सबैका सामु देखिने वा प्रकट हुने काम; उदय ।

उद्गाता— वि॰ [सं॰] १. यज्ञहरूमा वैदिक पाठको गायन गर्ने; सारस्वरसहित सामवेदका मन्त्र गाउने; सामवेदी । ना॰ २. वैदिक मन्त्र पाठ गर्ने व्यक्ति ।

उद्गार— ना॰ [सं॰] १. हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति । २. मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रिया । ~ चिह्न— ना॰ हर्ष, आनन्द, शोक आदि बुझाउने शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न ( ; ॰ । > उद्गारित— वि॰ १. उद्गारका रूपमा व्यक्त । २. मुखबाट बाहिर निकालिएको; ओकलिएको । उद्गारी— वि॰ १. मनको भाव प्रकट गर्ने । २. उद्गार निकाल्ने ।

उद्गीथ— ना॰ [सं॰] १. वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश । २. सामवेद । ३. मङ्गलमय सामूहिक गान वा नारा ।

उद्ग्रहण— ना॰ [सं॰] ऋण, शुल्क, कर आदि असुलउपर गर्ने काम ।

उद्घाटक— वि॰ [सं॰] १. उद्घाटन गर्ने; खोल्ने । ना॰ २. साँचो । ३. ताल ।

उद्घाटन— ना॰ [सं॰] १. आवरण वा पर्दा हटाउने काम । २. खोल्ने वा प्रकट गर्ने–गराउने काम । ३. कुनै नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउनका निम्ति कुनै विशिष्ट व्यक्तिबारा औपचारिक उत्सव वा कृत्यका रूपमा कार्यारम्भ गरिने आधुनिक पारिपाटी ।

उद्घाटित— वि॰ [सं॰] उद्घाटन गरिएको; खोलिएको; उघारिएको ।

उद्घोष— ना॰ [सं॰] १. ठूलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा । २. सार्वजनिक सूचना; जनाउ । ३. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना ।

उद्घोषक— वि॰ [सं॰] उद्घोषणा गर्ने; सार्वजनिक सूचना दिने ।

उद्घोषण/उद्घोषणा— ना॰ [सं॰] १. बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम । २. सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्ण कुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा ।

उद्घोषित— वि॰ [सं॰] घोषणा गरिएको; सूचना गरिएको ।

उद्दण्ड— वि॰ [सं॰] १. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक । २. दण्डको भय नभएको; सजायको डर नभएको । ३. निडर; निर्भय । ४. कडा स्वभावको; प्रचण्ड; जन्ड ।

उद्दाम— वि॰ [सं॰] १. कुनै बन्धनमा नपरेको; बन्धनरहित । २. कडा; प्रचण्ड; उग्र । ३. भयङ्कर; डरलाग्दो ।

उद्दिष्ट— वि॰ [सं॰] १. औँल्याइएको; तोकेर देखाइएको । २. उद्देश्य लिइएको; लक्षित । ३. बयान गरिएको; बताइएको । ४. व्याख्या गरिएको ।

उद्दीप— ना॰ [सं॰] १. बल्ने वा प्रज्वलित हुने काम । २. उत्तेजित गर्ने वा हुने काम ।

उद्दीपक— वि॰ [सं॰] १. उद्दीपन गर्ने; उत्तेजक । २. हृदयको भावलाई जाग्रत् वा दीप्त गर्ने । ना॰ ३. इन्द्रिय तथा संवेगी अङ्गलाई सचेत र उत्तेजित गराउन सक्ने कुनै पनि तत्त्व ।

उद्दीपन— ना॰ [सं॰] १. उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था । २. मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति । ३. रसनिष्पत्तिको कारणभूत विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक ।

उद्दीपित— वि॰ [सं॰] १. उद्दीपन गराइएको; जगाइएको । २. बलेको; प्रज्वलित; उद्दीप्त ।

उद्दीप्त— वि॰ [सं॰] १. बिउँझाइएको; जागृत । २. उद्दीपन भएको; उत्तेजित । ३. देदीप्यमान; चम्केको; प्रज्वलित । > उद्दीप्ति— ना॰ उद्दीप्त हुनाको भाव वा अवस्था ।

उद्देश— ना॰ [सं॰] १. कुनै काम–कुराका बारेमा निर्देश वा सङ्केत गर्ने काम । २. चाहना; इच्छा; अभिलाषा । ३. कुनै नयाँ कुराको खोजी; अन्वेषण । ४. कारण; हेतु । ५. न्यायशास्त्रमा प्रतिज्ञा नामक तत्त्व । ६. लक्ष्य; ध्येय; उद्देश्य । ७. लिच्छविकालमा देशमा विभिन्न भागलाई इलाका वा क्षेत्रमा विभाजित गरिएको खण्ड ।

उद्देश्य— ना॰ [सं॰] १. कुनै खास काम–कुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना । २. चाहना गरिएको काम, पदार्थ वा विषय; लक्ष्य; ध्येय । ३. केही काम–कुरा भनिने वाक्यको पहिलो अंश वा खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र कर्मपदमध्ये पहिलो भाग । — मूलक— वि॰ कुनै विशेषता प्राप्त गर्ने दृष्टिले गरिने; उद्देश्यप्रधान भएको । ~ विधेय— ना॰ वाक्यका कर्ता र क्रियासँग सम्बद्ध दुई भाग वा खण्ड; उद्देश्य र विधेय । ~ सावधिक— वि॰ खास अवधिभित्र पूरा गर्ने दृष्टिले बनाइएको र सो अवधिमा पूरा गर्न सकिने ।

उद्द्योत— ना॰ [सं॰] १. चमक; प्रकाश । २. ग्रन्थको विभाग; अध्याय । वि॰ ३. चम्किलो; उज्ज्वल । > उद्द्योतित— वि॰ प्रकाशयुक्त; प्रज्वलित ।

उद्धत— वि॰ [सं॰] १. खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र । २. चपर्चन्ड; उच्छृङ्खल । ३. धक नभएको; ढिटो ।

उद्धरण— ना॰ [सं॰] १. उठाउने वा उकास्ने काम । २. कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार । ३. खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम । ४. एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोथ्याउने काम । ५. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश । > उद्धरणी— ना॰ पढिसकेको पाठ अभ्यासको लागि दोहोथ्याउने क्रियाप्रक्रिया; उद्धरण ।

उद्धरणीय— वि॰ १. उद्धार गर्न योग्य । २. उद्धरण दिन लायक ।

उद्धर्षण— ना॰ [सं॰] १. आनन्द वा प्रहर्षित गराउने काम । २. उत्तेजना । ३. रोमाञ्च ।

उद्धव— ना॰ [सं॰] १. नातामा मामा पर्ने कृष्णका एक मित्र; देवश्रवा । २. यज्ञको अग्नि । ३. उत्सव; पर्व ।

उद्धार— ना॰ [सं॰] १. कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुथ्याउने वा पार लगाउने काम; त्यसरी नै कष्ट, विपत्ति वा सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ । २. तलबाट उठाएर मास्तिर राख्ने काम; झिक्ने क्रिया । ३. सुधार; मर्मत; जीर्णोद्धार । > उद्धारक— वि॰ १. उद्धार गर्ने; उपकार गर्ने; सच्याउने ।

उद्धृत— वि॰ [सं॰] १. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश) । २. माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको । ३. उखेलिएको; उक्काइएको; उक्साइएको । ४. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको । ५. खोलिएको; उधारिएको ।

उद्बन्ध— ना॰ [सं॰] १. पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन । २. मास्तिरबाट कसिएको बन्धन । वि॰ ३. बन्धनबाट छुटेको; नबाँधिएको ।

उद्बन्धन— ना॰ हे॰ उद्बन्ध ।

उद्बुद्ध— वि॰ [सं॰] १. ज्ञान पाएको; प्रबुद्ध । २. बिउँझिएको; जागेको; जागृत ।

उद्बोध— ना॰ [सं॰] १. बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण । २. फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण । श्र उद्बोधक— वि॰ १. बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने । २. सम्झना दिलाउने । ३. उद्दीप्त गराउने; जगाउने । उद्बोधन— ना॰ १. बोध वा ज्ञान गराउने क्रिया वा भाव । २. बिउँझाउने वा जाग्रत् गराउने काम । उद्बोधित— वि॰ बोध गराइएको; ज्ञान गराइएको । उद्बोधनीय— वि॰ उद्बोधन गर्न लायक; ज्ञान गराउन योग्य; बिउँझाउन उचित ।

उद्भट— वि॰ [सं॰] १. उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल । २. प्रचण्ड; प्रकाण्ड; प्रबल । ३. ज्यादै ठूलो; अजबको ।

उद्भाव— ना॰ [सं॰] १. प्रत्यक्ष हुने वा अस्तित्वमा आउने काम; जन्म; उत्पत्ति; प्रादुर्भाव । २. उद्गम; मूल । ३. वृद्धि; उन्नति ।

उद्भाव/उद्भावना— ना॰ [सं॰] १. उत्पन्न हुने वा अस्तित्वमा आउने क्रिया । २. मनमा उब्जने अनौठो भाव वा विचार । ३. कल्पनाबाट प्राप्त हुने भाव वा विचार । ४. कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ वा कुरा । > उद्भावित— वि॰ १. मनमा कल्पना गरिएको; अजमाइएको । २. उब्जाइएको; जन्माइएको ।

उद्भास— ना॰ [सं॰] १. दीप्ति; चमक; कान्ति । २. उदय; उन्नति । ३. मनमा हुने वैचारिक स्फुरण । ४. विवेक; ज्ञान । > उद्भासित— वि॰ १. सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित । २. फुरेको; उदित । उद्भासी— वि॰ १. चहकिलो; चम्किलो; जाज्वल्यमान । २. प्रकटमा ल्याउने; प्रकाशित गराउने ।

उद्भिद्/उद्भिद— ना॰ [सं॰ उद्भिद्] १. जमिनबाट उम्रने रूख, लहरा, झार आदि वनस्पति; बोटबिरुवा । २. समुद्री नुन, धूलो नुन । वि॰ ३. जमिनबाट उम्रने वा निस्कने । ४. आँकुरा हालेको; टुसाएको । ~ विद्या— ना॰ वनस्पतिशास्त्र ।

उद्भूत— वि॰ [सं॰] १. पैदा भएको; उत्पन्न । २. प्रकट भएको; देखिएको । > उद्भूति— ना॰ १. जन्म उत्पत्ति; उद्भव । २. अभिवृद्धि; उन्नति ।

उद्भेद/उद्भेदन— ना॰ [सं॰] १. बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया । २. प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव ।

उद्भ्रम— ना॰ [सं॰] १. चारैतिर घुम्ने क्रिया; चक्कर । २. मिथ्या बोध; भ्रान्ति । ३. दिमाग चक्कराउने काम; रिँगटा । ४. मनको उद्वेग; तरङ्ग ।

उद्भ्रान्त— वि॰ [सं॰] १. चक्कर खाएको वा घुमेको । २. भ्रममा परेको; झुक्किएको । ३. छक्क परेको; चकित । ४. सिल्ली; पागल; बौलाहा; छँटाहा । ५. विह्वल; उद्विग्न । ६. बाटो बिराएको ।

उद्यत— वि॰ [सं॰] १. मास्तिर ल्याइएको; उठाइएको । २. तयार भएको; तत्पर । ३. काममा लागेको ।

उद्यम— ना॰ [सं॰] १. जीविकाका लागि गरिने उपार्जन वा कुनै उद्देश्यको सिद्धिका निम्ति गरिने शारीरिक कार्य वा व्यापार; उद्योग । २. मेहनत; परिश्रम । ३. पेसा; रोजगार; इलम । >

उद्यमी— वि॰ १. उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी । २. मिहिनेती; परिश्रमी ।

उद्याइ— ना॰ [ । उद्याउ (+आइ॰] उद्याउने क्रिया वा प्रक्रिया । [ > ] उद्याइनु— क॰ क्रि॰ उद्याउने पारिनु; उद्याउन लाइनु ।

उद्याउनु— स॰ क्रि॰ [प्रा॰ उद्धर+याउ+नु] काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु; सान लगाउनु; उध्याउनु ।

उद्यान— ना॰ [सं॰] १. फलफूलको बारी; फूलबारी; बगैँचा । २. प्रायः प्राकृतिक रूखहरू भएको ठूलो बगैँचा ।

उद्यापन— ना॰ [सं॰] १. कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे । २. विधिपूर्वक कुनै कार्य पूरा गर्ने क्रिया; उपसंहार ।

उद्योग— ना॰ [सं॰] १. कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम; उद्यम । २. प्रयत्न; कोसिस; प्रयास । ३. परिश्रम; मिहिनेत । ~ धन्दा— ना॰ कच्चा मालबाट व्यवहारमा चाहिने मालसामान बनाउने व्यवस्था वा कारखाना; इलम– उद्योग । — पति— ना॰ उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति । ~ वाणिज्य तथा आपूर्ति मन्त्रालय— ना॰ उद्योग, वाणिज्य र आपूर्तिसम्बन्धी विभागको कार्य–सञ्चालन गर्ने मन्त्रालय । ~ विभाग— ना॰ उद्योग तथा वाणिज्यसम्बन्धी काम गर्ने विभाग । > उद्योगी— वि॰ उद्योग गर्ने वा प्रयत्न गर्ने; कुनै उद्योग खोल्ने; मिहिनेती; उद्यमी ।

उद्र–नु— अ॰ क्रि॰ [प्रा॰ उद्धर+नु] हे॰ उध्रनु > उद्रिनु— अ॰ क्रि॰ उध्रिनु ।

उद्रेक— ना॰ [सं॰] १. भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार–प्रवाहको आधिक्य । २. अधिकता; प्रचुरता ।

उद्विग्न— वि॰ [सं॰] १. उद्वेगले भरिएको; आकुल; व्याकुल । २. भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित । — ता— ना॰ उद्विग्न हुनाको भाव; आकुलता; चिन्ता; व्याकुलता ।

उद्वीक्षण— ना॰ [सं॰] मास्तिर हेर्ने काम; टाढासम्म हेर्ने क्रिया वा अवस्था; दूरवीक्षण ।

उद्वेग— ना॰ [सं॰] १. तीव्र वेग वा गति; छिटो हिँडाइ । २. मनको हडबडी; अस्थिर स्थिति । ३. रिसको आवेग; झोक ।

उद्वेलन— ना॰ [सं॰] १. मडारिएर वा अटाई–नअटाई बग्ने काम । २. छचल्किने भाव वा अवस्था ।

उद्वेलित— वि॰ १. बाढी आएको; प्रवाहित । २. छचल्केको ।

उधमुन्टे— वि॰ [उँधो+मुन्टे] १. मुख तलतिर फर्केको; निहुरमुन्टे; घोसे । ना॰ २. पुरुषको जननेन्द्रिय; लिङ्ग ।

उधार्–नु— स॰ क्रि॰ [प्रा॰ उद्धर+नु] १. सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु । २. घरका छानाको खर, पराल आदि झिक्नु; उचेर्नु । > उधाराइ— ना॰ उधार्ने क्रिया वा प्रक्रिया । उधारिनु— क॰ क्रि॰ उधार्ने काम गरिनु; बन्धन खुस्काइनु ।

उधारो— ना॰ [प्रा॰ उद्धारो < सं॰ उद्धारे १. पछि मोल चुक्त्याउने गरी किनबेच गर्ने काम वा प्रक्रिया । २. पछि मोल तिर्ने गरी लिएको जिन्सी ऋण ।

उधि–नु— अ॰ क्रि॰ [सं॰ उद्धर+इ+नु] हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु; धारिलो हुनु ।

उधिन्–नु— स॰ क्रि॰ [प्रा॰ उद्धिअ+नु] १. गाडिएको वस्तु खनीखोस्री झिक्नु; खोतल्नु । २. व्यवस्थित रहेका मालमत्तालाई अस्तव्यस्त हुने गरी कुनै निहुँ वा कारणले खोतल्नु । > उधिनपाधिन— उधिन्ने काम वा प्रक्रिया; खोतल्ने चाल; खोतलखातल; खोस्रीखास्री ।

उधिनाइ— ना॰ उधिन्ने क्रिया वा प्रक्रिया । उधिनाहा— वि॰ उधिन्ने स्वभावको; खोतल्ने बानी भएको । उधिनिनु— क॰ क्रि॰ उधिन्ने काम गरिनु; खोतलिनु ।

उधुम— वि॰ [प्रा॰ उद्धुमे १. चौपट्ट; ज्यादा; अति; औधी । ना॰ २. राडो; रडाको, बिघ्न । > उधुमी/उधुमे— वि॰ उधुम मच्चाउने; रडाको निकाल्ने; उपद्र्याहा; भस्मासुरे । उधुम्याहा— वि॰ उधुमी; उधुमे ।

उध्याइ— ना॰ [रू उधि (+याइ॰] १. उधिने क्रिया वा प्रक्रिया । [ उध्याउ+आइ] २. उध्याउने क्रिया वा प्रक्रिया । [ > ] उध्याइनु— क॰ क्रि॰ उधिन लाइनु; सान लगाइनु । उध्याउनु— स॰ क्रि॰ १. काट्ने हतियारलाई ढुङ्गामा वा सानमा घोटेर धार निकाल्नु; सान लाउनु; धारिलो पार्नु । प्रे॰ क्रि॰ २. उधिन लाउने पार्नु; धारिलो बनाउन लगाउनु ।

उध्र–नु— अ॰ क्रि॰ [प्रा॰ उद्धर+नु] १. सिउनी खुस्कनु; बन्धन फुस्कनु । स॰ क्रि॰ २. कुनै पाठ वा उक्तिलाई बारबार पढिरहनु; दोहोथ्याउनु; आवृत्ति गर्नु । > उध्राइ— ना॰ उध्रने क्रिया वा प्रक्रिया । उध्रिनु— अ॰ क्रि॰ उध्रने काम होइनु; सिउनी वा बन्धन खुस्कनु ।

उन्–नु— स॰ क्रि॰ [प्रा॰ उन्न+नु] १. सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु । २. पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु; गुँथ्नु ।

उन१— सर्व॰ [रू उनी] विभक्ति प्रत्यय लाग्दा तिर्यक्रूपमा परिवर्तित हुने 'ऊ'–को रूप (उनलाई; उनको इ॰) ।

उन२— ना॰ [सं॰ ऊर्णा] च्याङ्ग्रा, भेडा आदि पशुहरूको नरम रौँ । — मैन— ना॰ वनस्पतिबाट प्राप्त हुने एक खालको मैन; रूखका चोपबाट बनाइएको मैन; खोटो । > उनी— वि॰ उनबाट बनेको; ऊनको ।

उनन्चालिस— ना॰ [सं॰ ऊनचत्वारिंशत्] १. तीस र नौको योग हुँदाको सङ्ख्या; ३९–को अङ्क । वि॰ २. तीस र नौका योगसङ्ख्याको; एक कम चालीस । > उनन्चालिसौँ— वि॰ तीस र नौको योगसङ्ख्यामा आउने; गणनाका क्रमले उनन्चा–लीस सङ्ख्यामा पर्ने ।

उनन्चालीस— ना॰ हे॰ उनन्चालिस । > उनन्चालीसौँ— वि॰ हे॰ उनन्चालिसौँ ।

उनन्चास— ना॰ [सं॰ ऊनपञ्चाशत्] १. चालीस र नौको योग हुँदाको सङ्ख्या; ४९–को अङ्क । वि॰ २. चालीस र नौका योगसङ्ख्याको । > उनन्चासौँ— वि॰ गणनाका क्रमले उनन्चास सङ्ख्यामा आउने; उनन्चास सङ्ख्यामा पर्ने ।

उनन्तिस— ना॰ [सं॰ ऊनत्रिंशत्] १. बीस र नौको योगसङ्ख्या; २९–को अङ्क । वि॰ २. बीस र नौका योगसङ्ख्याको । >

उनन्तिसौँ— वि॰ गणनाका क्रमले उनन्तीसमा परेको; उन्तीस सङ्ख्यामा आउने वा आएको ।

उनन्तीस— ना॰ हे॰ उनन्तिस । > उनन्तीसौँ— वि॰ हे॰ उनन्तिसौँ ।

उनन्सत्तरी— ना॰ [सं॰ ऊनसप्तति] १. साठी र नौको योगसङ्ख्या; ६९–को अङ्क । वि॰ २. साठी र नौको योगसङ्ख्याको । >

उनन्सत्तरिऔँ/उनन्सत्तरियौँ— वि॰ गणनाका क्रमले उनन्सत्तरी सङ्ख्यामा पर्ने; उनन्सत्तरी सङ्ख्यामा आउने ।

उनसट्ठी/उनसाठी— ना॰ [सं॰ ऊनषष्टि] १. पचास र नौको योग; ५९–को अङ्क । वि॰ २. पचास र नौको योगसङ्ख्याको; एक कम साठी । > उनन्साठिऔँ/उनसाठियौँ— वि॰ गणनाक्रमले उनन्साठीमा पर्ने; उनन्साठी सङ्ख्यामा आउने ।

उनहत्तर— ना॰ [सं॰ ऊनसप्तति] १. साठी र नौको योगबाट बन्ने सङ्ख्या; ६९–को अङ्क । वि॰ २. साठी र नौको योग हुने सङ्ख्याको । > उनहत्तरौँ— वि॰ गन्तीका क्रमले उनहत्तर सङ्ख्यामा परेको; उनहत्तर सङ्ख्यामा आउने ।

उनाइ— ना॰ [रू उन् (+आइ॰] उन्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उनाइनु— क॰ क्रि॰ उन्न लाइनु; उन्ने पारिनु; गुथाइनु ।

उनाउनु— प्रे॰ क्रि॰ उन्न लाउनु; उन्ने पार्नु; गुथाउनु ।

उनाउलो— ना॰ [सं॰ पर्णवलक = पर्णावली] निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था (उदा॰— उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन् ।) ।

उनाऊ— वि॰ [सं॰ अन्यके १. कुनै खास वर्गदेखि बाहिरको । २. तोकिएको भन्दा बढ्ता । ३. नचाहिँदो; काम नलाग्ने; फाल्तू । ४. सम्बन्ध नभएको ।

उनान्नब्बे— ना॰ [सं॰ ऊननवति] १. असी र नौको योगसङ्ख्या; ८९–को अङ्क । वि॰ २. असी र नौका योगसङ्ख्याको; एक कम नब्बे । > उनान्नब्बेऔँ/उनान्ब्बेयौँ— वि॰ गणनाका क्रममा उनान्नब्बे सङ्ख्यामा पर्ने; उनान्नब्बे सङ्ख्यामा आउने ।

उनान्सय— ना॰ [सं॰ ऊनशते १. नब्बे र नौको योगसङ्ख्या; ((– को अङ्क । वि॰ २. नब्बे र नौको योगसङ्ख्याको; एक कम सय । > उनान्सयौँ— वि॰ गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने ।

उनासी— ना॰ [सं॰ ऊनाशीति] १. सत्तरी र नौको योगसङ्ख्या; ७९–को अङ्क । वि॰ २. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी । > उनासिऔँ/उनासियौँ— वि॰ गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको ।

उनिउँ— ना॰ फल र फूल नहुने, मसिनो पात र कलेजी रबको वा हरियो–सेतो मिलेको डाँठ हुने, डाँठको कलम पनि बनाइने एक झार; उन्यू ।

उनिनु— क॰ क्रि॰ [उन्+इ+नु] उन्ने काम गरिनु; गुथिनु ।

उनियाँ— ना॰ मधेसतिर सुर्की कुट्ने काम वा पेसा भएको मानिस वा एक जाति ।

उनी— सर्व॰ [ऊ] 'ऊ' सर्वनामको मध्यम आदरार्थी शब्द; तिनी ।

उन्जेल— प्रत्य॰ क्रियाका पछाडि लागेर उद्देश्यको अवधि सूचित गरी 'तक' वा 'सम्म'–को अर्थ बुझाउने एक प्रत्यय । (गरुन्जेल, खाउन्जेल, भनुन्जेल इ॰) ।

उन्नत— वि॰ [सं॰] १. मास्तिर उठेको; अग्लो; उँचो । २. उत्तम; श्रेष्ठ । ३. उन्नति भएको; समृद्ध । ~ बीज— ना॰ राम्रोसँग बालीनाली सप्रने असल बीउ ।

उन्नति— ना॰ [सं॰] १. उन्नत हुनाको अवस्था, क्रिया वा भाव; बढिबढाउ; चर्तिकला; तरक्की; अभिवृद्धि । २. कुनै कार्य वा क्षेत्रमा भएको उद्योग; उद्यम; व्यवसाय । — शील— वि॰ १. उन्नतितिर लम्केको; उन्नति गर्न चाहने । २. उन्नति गर्ने योग्यता भएको ।

उन्नतोदर— ना॰ [सं॰] १. वृत्तको बीच भाग उठेको खण्ड वा अंश । वि॰ २. पेट बढेको वा फुलेको ।

उन्नयन— ना॰ [सं॰] १. उन्नति गर्ने काम; माथितिर उठाउने वा लैजाने काम । २. माथिल्लो कक्षा, प्रमुख स्थान, उच्च पद आदिमा पुथ्याउने काम ३. नेपालीमा प्रकाशित एक पत्रिका ।

उन्नाइस— ना॰ [सं॰ ऊनविंशति] १. दस र नौको योगसङ्ख्या; १९–को अङ्क । वि॰ २. दस र नौका योगसङ्ख्याको; एक कम बीस । > उन्नाइसौँ— वि॰ गन्तीका क्रमले उन्नाइस सङ्ख्यामा पर्ने; उन्नाइस सङ्ख्याको ।

उन्नायक— वि॰ [सं॰] १. उन्नयन गर्ने, माथि लैजाने वा उठाउने । २. अग्ल्याउने; उन्नत पार्ने । ३. बढाउने; वृद्धि गर्ने । ४. सपार्ने ।

उन्निद्र— वि॰ [सं॰] १. निद्रा नलाग्ने; निद्रा नपर्ने । २. फुलेको; विकसित । ना॰ ३ निद्रा नलाग्ने वा साह्रै कम निद्रा लाग्ने एक रोग ।

उन्नैस— ना॰ [उन्नाइसे हे॰ उन्नाइस । > उन्नैसौँ— वि॰ उन्नाइसौँ ।

उन्मत्त— वि॰ [सं॰] १. मात्तिएको; उद्धत । २. नसा लागेको; मदमत्त; मदान्ध । ३. सिल्ली; बहुलाहा । — ता– ना॰ उन्मत्त हुनाको भाव वा अवस्था; उद्धतपना; पागलपन । ~ भैरव— ना॰ पशुपतिनाथका मन्दिरदेखि दक्षिणपट्टि रहेका एक प्रसिद्ध भैरव । ~ लिङ्गी— वि॰ बहुलाएको वा छँटाएको बहाना गर्ने; सन्कीको स्वाब पार्ने ।

उन्मनी— ना॰ [सं॰] एकनाससित नाकका टुप्पामा दृष्टि लगाउने हठयोगको एक क्रिया वा स्थिति ।

उन्माद— ना॰ [सं॰] १. मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी । २. शोक, वियोग आदिले चित्तविभ्रम हुने सञ्चारी भावको एक भेद । > उन्मादक— वि॰ उन्माद चढाउने; मात लाउने; नशाले लट्ठ पार्ने । — ग्रस्त— वि॰ १.उन्मादको रोग लागेको; बहुलाएको । ना॰ २. बहुलाहा । > उन्मादी— वि॰ १. मात चढेको; नशा लागेको; उन्मत्त । ना॰ २. बहुलाए; पागल ।

उन्मीलन— ना॰ [सं॰] १. आँखा खुल्ने वा उघ्रने काम । २. फुल्ने क्रिया वा अवस्था (फूल॰ । ३. विकसित हुने काम । ४. प्रकट हुने वा सामुन्ने आउने काम ।

उन्मीलित— वि॰ [सं॰] १. खुलेको; उघ्रेको । २. फुलेको; विकसित । ३. मीलित भई दबिएको कुरा थाहा भएमा हुने एक अलङ्कार । उन्मुक्त– वि॰ [सं॰] १. मुक्त गरिएको; छाडिएको । २. बन्धनरहित; स्वतन्त्र । ~ पोताश्रय— ना॰ कुनै किसिमको कर नलाग्ने तथा प्रतिबन्ध नभएको पानीजहाज आउँदाजाँदा अड्ने बन्दरगाह; जहाजघाट ।

उन्मुक्ति— ना॰ [सं॰] १. उन्मुक्त हुनाको भाव वा अवस्था । २. कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छोड्ने काम; छुटकारा ।

उन्मुख— वि॰ [सं॰] १. माथितिर मुख फर्काएको; ऊर्ध्वमुख । २. उत्सुक; उत्कण्ठित । ३. कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको । ४. उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको ।

उन्मूलक— वि॰ [सं॰] उन्मूलन गर्ने; निर्मूल पार्ने ।

उन्मूलन— ना॰ [सं॰] फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन ।

उन्मेष— ना॰ [सं॰] १. आँखा खुल्ने वा उघ्रने क्रिया । २. फुल्ने वा विकसित हुने क्रिया । ३. सम्झने वा स्मरण गर्ने स्थिति । ४. प्रकाश; चमक; टलक । > उन्मेषित— वि॰ १. खुलेको वा उघे्रको (आँखा) । २. विकसित; फुलेको ।

उन्यू— ना॰ हे॰ उनिउँ ।

उप— उप॰ [सं॰] १. शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग, उपवास, उपप्रधानमन्त्री, उपहार॰ । वि॰ २. आफँै अरूभन्दा जान्ने–बुझ्ने हुन खोज्ने; बढ्ता; उद्धत । (उदा॰— तिमी यस कुरामा उपबुज्रुक नहोऊ) । — आयोग— ना॰ कुनै खास कामको तर्जुमा वा कार्यान्वयनका निम्ति मुख्य आयोगभित्र गठित अर्को सानो आयोग; मुख्य आयोगलाई सहयोग गर्ने आयोग । — एकाइ— ना॰ १. कुनै वस्तु वा विषयका निम्नतम एकाइको पनि सूक्ष्मतम एकाइ । २. एकाइसमानकै अर्को एकाइ । —

कथन— ना॰ १. पहिले भनिसकिएका कुरामा पछि थपिएको भाग; माथिबाट थपिएको कुरो । २.बढी कुरो; फुर्क्याइएको कुरो । — कथा— ना॰ ठूला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा; ठूलो कथाभित्रको सानो कथा । — कर— ना॰ करमाथि वा करका अनुपातमा लगाइने थप कर ।

उपकरण— ना॰ [सं॰] १. कामकाज गर्ने सरसामान; औजार; सामग्री । २. छत्र, चामर आदि राजचिह्न ।

उपकर्ता— वि॰ [सं॰] १. उपकार गर्ने; उपकारी । २. कर्ताको सहायक ।

उपकार— ना॰ [सं॰] १. अरूको कष्टनिवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य । २. सेवा र सहायता । ३. कुनै असल र लाभदायक कार्य वा फल । >

उपकारक/उपकारी— वि॰ अर्काको हित वा भलाई गर्ने; उपकार गर्ने ।

उपकार्य— वि॰ [सं॰] १. उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने । ना॰ २. मुख्य कामका बीचमा आइपरेको कार्य; गौण कार्य ।

उपकुलपति— ना॰ [सं॰] विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान आदिको उपप्रधान अध्यक्ष (भाइस–चान्सलर॰ ।

उपकृत— वि॰ [सं॰] १. उपकार वा हित गरिएको; सहायता गरिएको । २. कृतज्ञ ।

उपक्रम— ना॰ [सं॰] १. कुनै कामविशेषको आयोजना; तयारी । २. थालनी; सुरु; आरम्भ । ३. भूमिका; प्रस्तावना ।

उपक्रमणिका— ना॰ [सं॰] १. पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका । २. वेदका मन्त्र र सूक्तहरूका ऋषि तथा छन्दको उल्लेख भएको वैदिक ग्रन्थ ।

उपक्षेत्र— ना॰ [सं॰] मुख्य क्षेत्रभित्र पर्ने सानो क्षेत्र; सानो इलाका ।

उपक्षेत्रीय— वि॰ [सं॰] उपक्षेत्रसम्बन्धी; उपक्षेत्रको । ~ प्रसारकेन्द्र— ना॰ क्षेत्रीय आधारमा स्थापना गरिएका प्रसारकेन्द्रदेखि अतिरिक्त ठाउँमा स्थापना गरिएको सानो प्रसारकेन्द्र ।

उपक्षेप— ना॰ [सं॰] १. अभिनयको प्रारम्भमा नाटकको कथावस्तु वा वृत्तान्तको सङ्क्षिप्त कथन । २. ६याँक्ने वा मिल्काउने काम । ३. तिरस्कार ।

उपखण्ड— ना॰ [सं॰] कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड ।

उपगीति— ना॰ [सं॰] आर्या छन्दअन्तर्गतको, सम चरणमा पन्ध्र– पन्ध्र र विषम चरणमा बाह्र–बाह मात्रा हुने एक छन्द ।

उपग्रह— ना॰ [सं॰] १. कुनै ठूलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह । २. अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नाका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण । ३. पक्राउ; गिर६तारी । ४. कैदी; थुनुवा ।

उपग्रहण— ना॰ [सं॰] १. पक्रने वा गिर६तार गर्ने काम । २. नजरबन्दी । ३. संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया ।

उपघात— ना॰ [सं॰] १. सकेसम्मको जोड लगाउने काम; हत्तेहलाइ । २. काटमार गर्ने काम; प्रहार; वध; चोट; नाश; संहार । ३. इन्द्रिय शिथिल हुने क्रिया । > उपघातक/उपघाती— वि॰ उपघात गर्ने; प्रहार गर्ने; आघात पुथ्याउने ।

उपचर्चा— ना॰ [सं॰] १. सेवा; टहल; शुश्रूषा । २. उपचार; चिकित्सा ।

उपचार— ना॰ [सं॰] १. बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमूलो; इलाज । २. बिरामीको सेवा–शुश्रूषा वा टहल–चाकरी । ३. देखावटी सत्कार; बनावटी मानभाउ । ४. पूजाको अङ्ग वा विधान । ५. खुसामद । ६. घुस । > उपचारक— वि॰ १. उपचार गर्ने । २. सेवा वा टहल गर्ने । ना॰ ३. चिकित्सक । ~ कक्ष— ना॰ १. डाक्टर, वैद्य, कम्पाउन्डर आदिले व्यक्तिगत रूपमा सेवा गर्न तथा व्यवसाय चलाउन खोलेको उपचार गर्ने कक्ष । २. कुनै संस्था वा निकायले परोपकारका निम्ति निःशुल्क जाँच गर्ने र यथाशक्ति औषधी पनि वितरण गर्ने कक्ष । ~ खर्च— ना॰ कुनै कर्मचारीलाई सरकारी कामका सिलसिलामा बिरामी परेमा वा चोटपटक लागी घाइते भएमा उपचार वा तन्दुरुस्तीका लागि सम्बन्धित कार्यालय वा संस्थाबाट एकमुस्ट वा पटक–पटक गरी दिइने खर्च ।

उपचारात्मक— वि॰ [सं॰] १. उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको । २. कुनै रोग लागेपछि रोग निको पार्न वा रोग हटाउन गरिने (प्रक्रिया, शिक्षण इ॰) । — ता— ना॰ उपचारात्मक हुनाको भाव, स्थिति वा प्रक्रिया ।

उपचारी— वि॰ [सं॰] उपचार गर्ने; उपचारक ।

उपचुनाव— ना॰ [उप+चुनाव] उपनिर्वाचन ।

उपज— ना॰ [सं॰] १. खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु । २. कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु । ३. मनमा उठ्ने कुनै भावना; सुझबुझ । ४. सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो ।

उपजाति— ना॰ [सं॰] १. जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद । २. अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द ।

उपजीविका— ना॰ [सं॰] प्रधान जीविकादेखि अतिरिक्त अर्को आम्दानी; फुटकर वा अतिरिक्त आय ।

उपजीवी— वि॰ [सं॰] अरूको आश्रय वा आधारमा जीवननिर्वाह गर्ने; परतन्त्र ।

उपजीव्य— वि॰ [सं॰] १. अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको । ना॰ २. कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि ।

उपट्ट— वि॰ १. चौपट्ट; बिछट्ट; औधी । क्रि॰ वि॰ २. अति नै; ज्यादै ।

उपताल— ना॰ [उप+ताल] समुद्रको पानी थुनिएर बनेको ताल; समुद्रको छेउछाउमा भँगालो फाटेर बनेको ताल ।

उपती— ना॰ [प्रा॰ उप्पति] १. कुनै काम वा खेतीपाती, रोजगार आदिबाट भएको आम्दानी; कमाइ; आय । २. आयस्ता ।

उपत्यका— ना॰ [सं॰] पहाडका फेदीको समथर जमिन; बेसी ।

उपदंश— ना॰ [सं॰] लिङ्गको छाला वा टोप्रामा ससाना बिमिरा निस्कने एक प्रकारको सरुवा रोग; भिरङ्गी । > उपदंशी— वि॰ उपदंश रोगले पीडित; भिरङ्गे ।

उपदफा— ना॰ [सं॰ उप+ फा॰ दफो ठूलो दफाभित्रको सानो दफा; लघु अनुच्छेद; उपबन्ध ।

उपदान— ना॰ [सं॰] १. निवृत्तिभरण नपाईकनै सेवाबाट छुटेका कर्मचारीले पाउने वा सम्बन्धित निकायबारा नियमानुसार निजलाई दिइने एकमुस्ट रकम । २. कोसेली; भेट । ३. घुस ।

उपदिशा— ना॰ [सं॰] दुई दिशाका बीचमा रहेको दिशा; विदिशा; कोण (आग्नेय, नैऋत्य, वायव्य र ईशान॰ ।

उपदिष्ट— वि॰ [सं॰] १. उपदेश गरिएको; अर्ती दिइएको । २. शास्त्रअनुसारको मनोहर वाक्य भन्ने अर्थ बुझाउने नाटकको एक लक्षण ।

उपदेश— ना॰ [सं॰] १. कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल–असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती । २. आज्ञा; निर्देश । ३. गुरुमन्त्र; दीक्षा । ४. धर्मसम्बन्धी प्रवचन; धार्मिक व्याख्यान । > उपदेशक— वि॰ १. उपदेश दिने; अर्ती दिने । ना॰ २. गुरु; शिक्षक; अध्यापक ।

उपदेशन— ना॰ साहित्यमा शिक्षा दिने तात्पर्य भएको नाट्यालङ्कारको एक भेद ।

उपद्रव— ना॰ [सं॰] १. बिजाइँ; उत्पात । २. आकस्मिक आपत्ति; सङ्कट । ३. हे॰ उपद्रो । > उपद्रवी— वि॰ उपद्रव मचाउने; बिजाइँ गर्ने; उपद्र्याहा ।

उपद्रो— ना॰ [सं॰ उपद्रवे १. कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव । २. भाँडभैलो; उधुम; उत्पात । > उपद्र्याइँ— ना॰ उपद्रवीको काम; उपद्रव; बिजाइँ । उपद्र्याहा— वि॰ १. उपद्रो गर्ने; उपद्रवी । २. फटाहा; हुल्याहा ।

उपबार— ना॰ [सं॰] मूल ढोकाभन्दा बाहेकको अर्को सानो ढोका; जस्केलो ।

उपबीप— ना॰ [सं॰] सानो बीप; टापु ।

उपधर्म— ना॰ [सं॰] कुनै प्रमुख धर्मभित्र रहेको वा गाँसिएको अर्को गौण वा सानो धर्म । > उपधर्मी— वि॰ उपधर्म मान्ने ।

उपधातु— ना॰ [सं॰] १. प्रधान वा मिश्रित धातुदेखि भिन्न धातु; अप्रधान धातु (सुनामक्खी, रूपामक्खी, नीलोतुथो, मुर्दासङ्ख, सिन्दूर, धाउ इ॰) । २. शरीरका प्रधान सात धातुबाट उत्पन्न हुने अप्रधान धातु (दूध, रगत, बोसो, पसिना, दाँत, कपाल, ओठ॰ ।

उपधान— ना॰ [सं॰] १. तकिया; बालिस्ट; अडेस । २. विशेषता; व्यक्तित्व । ३. स्नेह; कृपा । ४. नजिकै राख्ने क्रिया वा भाव । >

उपधानी— ना॰ १. तकिया । २. सिंहासनका मनि पाउ राख्नलाई राखिने सानो पिर्काका आकारको चौकी; पादपीठ, पाउदानी ।

उपधारा— ना॰ [सं॰] कुनै नियम, विधान आदिभित्र रहेको सानो विभाग वा खण्ड; उपदफा ।

उपध्वनि— ना॰ [सं॰] कुनै पनि मूल ध्वनिको स्थानानुसारी भेद ।

उपनक्षत्र— ना॰ [सं॰] १. गौण नक्षत्र; सत्ताइस नक्षत्रदेखि बाहेकका नक्षत्र । २. मनुष्यबारा निर्मित ग्रह ।

उपनगर— ना॰ [सं॰] ठूलो शहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो शहर; शाखा–नगर ।

उपनदी— ना॰ [सं॰] कुनै ठूलो नदीमा मिसिने सानो नदी; सहायक नदी ।

उपनयन— ना॰ [सं॰] व्रतबन्ध; यज्ञोपवीत–संस्कार ।

उपनागरिका— ना॰ [सं॰] १. वृत्त्यानुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णहरूलाई छोडेर श्रुतिमधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै समास हुने एक शैली वा वृत्ति ।

उपनाम— ना॰ [सं॰] १. कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को प्रसिद्ध नाम; बोलाउने नाउँ । २. आ६नो वास्तविक नामदेखि अतिरिक्त कवि, लेखकहरूले राखेको अर्को छोटकरी नाम । ३. वंशपरम्परादेखि चलिआएको, नामका आखिरमा रहने नाम; थर ।

उपनायक— ना॰ [सं॰] १. अगुवाको अधिकार पाएको सहयोगी; उपनेता । २. काव्यमा प्रधान नायकको सहायकका रूपमा रहने पात्र; अप्रधान नायक; गौण नायक । स्त्री॰ उपनायिका ।

उपनिक्षेप— ना॰ [सं॰] धरौटी; नासो ।

उपनियम— ना॰ [सं॰] कुनै नियमअन्तर्गत बनेको सानो नियम; सहायक नियम ।

उपनिरीक्षक— ना॰ [सं॰] निरीक्षकभन्दा तल्लो वा निरीक्षकको सहायकका रूपमा काम गर्ने कर्मचारी ।

उपनिर्देशक— वि॰ [सं॰] निर्देशकभन्दा तल्लो वा निर्देशकको सहायकका रूपमा काम गर्ने कर्मचारी (डेपुटी डाइरेक्टर॰ ।

उपनिर्वाचन— ना॰ [सं॰] कुनै निर्वाचित सदस्यको स्थान वा पद कारणवश निर्धारित अवधिभन्दा पहिले रिक्त भएमा त्यसको पूर्तिका निम्ति हुने अर्को चुनाव; उपचुनाव ।

उपनिवेश— ना॰ [सं॰] १. कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खासखास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्त । २. त्यस्तो शक्तिशाली देशले सार्वभौम सत्तासम्पन्न अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति । ३. सामयिक आवासहेतु बनाइएका घरहरूको समूह । ४. अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्ती । — वाद— ना॰ उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त । — वादी— वि॰ उपनिवेशवादको अनुयायी वा समर्थक । > उपनिवेशी— वि॰ १. उपनिवेशमा बस्ने; उपनिवेशवासी । २. उपनिवेशसम्बन्धी; उपनिवेशको ।

उपनिषत्— ना॰ [सं॰] आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरूपण गर्ने, वेदका शाखाहरूमध्ये ब्राह्मणअंशको पछिल्लो भाग ।

उपनेता— ना॰ [सं॰] १. नेताको सहायक पात्र; उपनायक । वि॰ २. उपनयन संस्कार गराउने (गुरु वा आचार्य) । ३. नजिक लैजाने ।

उपनेत्र— ना॰ [सं॰] चस्मा ।

उपन्यास— ना॰ [सं॰] १. धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा; चरित्रप्रधान गद्य–महाकाव्य । २. वाक्यको उपक्रम । — कार— ना॰ उपन्यास लेख्ने व्यक्ति; उपन्यासको लेखक ।

उपपति— ना॰ [सं॰] परस्त्रीसँग प्रेम गर्ने वा लसपस गर्ने व्यक्ति; अवैध पति; नाठो ।

उपपत्ति— ना॰ [सं॰] १. कारणबारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन । २. जन्मस्थान; उत्पत्तिस्थान; प्रजननस्थान । ३. चरितार्थ हुने क्रिया; सङ्गति । ४. युक्ति; प्रमाण ।

उपपत्नी— ना॰ [सं॰] ल्याइएकी स्त्री; रखौटी स्वास्नी ।

उपपद— ना॰ [सं॰] १. सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद । २. उपाधि; पदवी । ~ समास— ना॰ समास नहुँदा स्वतन्त्र रूपले प्रयोगमा नआउने तर कृदन्तका साथ उत्तरपदका रूपमा आउने समास ।

उपपरिच्छेद— ना॰ [सं॰] पुस्तकको मूल परिच्छेदबाहेकको सानो परिच्छेद ।

उपपादक— ना॰ [सं॰] कुनै विषय, तर्क वा तथ्यलाई प्रमाण दिएर सिद्ध गर्ने; उपपत्ति वा उपपादन गर्ने ।

उपपादन— ना॰ [सं॰] १. कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने काम–कुरो । २. काम फत्ते गर्ने प्रक्रिया; कार्य सिद्ध गर्ने विधि ।

उपपाद्य— वि॰ [सं॰] प्रमाण दिएर सिद्ध गर्न लायक; उपपत्ति वा उपपादन गर्न योग्य ।

उपपुराण— ना॰ [सं॰] अठार महापुराणदेखि अतिरिक्त अरू ससाना पुराण (सनत्कुमार, नारसिंह, नारदीय, शिव, दुर्वासा, कपिल, मानव, औशनस, वरुण, कालिक, शाम्ब, नन्दी, सौर, पराशर, आदित्य, माहेश्वर, भार्गव र वशिष्ठ आदि॰ ।

उपप्रधान— वि॰ [सं॰] प्रधानदेखि तल्लो तहको; मुख्यभन्दा एक तह सानो । ~ पञ्च— ना॰ पञ्चायती व्यवस्था छँदा स्थापित भएको गाउँ वा नगरपञ्चायतको प्रधान पञ्चपछिको पञ्चले पाएको पद । ~ मन्त्री— ना॰ प्रधान मन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठूलो तहको तथा प्रधान मन्त्रीको अनुपस्थितिमा उनको सट्टा मन्त्रिमण्डलको नेतृत्व गर्ने मन्त्री ।

उपप्रशासक— ना॰ [सं॰] प्रशासनका तहमा सहायक प्रशासकभन्दा माथिल्लो र सहप्रशासकभन्दा तल्लो, राजपत्राङ्कित बितीय श्रेणी स्तरको कर्मचारी ।

उपप्रशिक्षक— ना॰ [सं॰] प्रशिक्षकको तहभन्दा तल्लो तहको शिक्षक ।

उपप्रश्न— ना॰ [सं॰] प्रश्नभित्र उठेको अर्को प्रश्न; पूरक प्रश्न; गौण प्रश्न ।

उपप्राचार्य— ना॰ [सं॰] क्याम्पस वा महाविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यसञ्चालन गर्ने उपप्रमुख वा अधिकारी ।

उपप्राध्यापक— ना॰ [सं॰] विश्वविद्यालय, महाविद्यालय आदिमा पढाउने प्राध्यापकका चार तहका — प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापकमध्ये तेस्रो तहको प्राध्यापक; बितीय श्रेणीको प्राध्यापक ।

उपबन्ध— ना॰ [सं॰] १. कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको कुनै विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा । २. सानोतिनो संयोग; मेल । ३. रतिक्रियाको एक आसन ।

उपबुज्रुक— ना॰ [उप+बुज्रुक] बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन चाहने व्यक्ति ।

उपभाषा— ना॰ [सं॰] कुनै पनि देशको राष्ट्रभाषा वा प्रधान भाषादेखि भिन्न भाषा; भाषिका । > उपभाषिका— ना॰ भाषिकाको उपभेद ।

उपभुक्त— वि॰ [सं॰] १. भोग वा उपयोग गरिएको । २. जुठो; उच्छिष्ट ।

उपभोक्ता— वि॰ [सं॰] काममा ल्याउने वा व्यवहार गर्ने; उपभोग गर्ने (व्यक्ति॰ ।

उपभोग— ना॰ [सं॰] १. सुख वा आनन्दको प्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम । २. भोजन गर्ने काम । ३. भोगविलास । ४. स्त्रीसहवास गर्ने काम । ५. कारखाना वा कृषिफर्म आदिबाट उत्पादन भएका वस्तुको भोगचलन गर्ने काम । > उपभोगी— वि॰ उपभोग गर्ने । उपभोग्य— वि॰ उपभोग गर्न लायक; भोग गर्न सुहाउँदो ।

उपभोज्य— वि॰ [सं॰] खान लायक; भोजन गर्न सकिने ।

उपमण्डल— ना॰ [सं॰] कुनै परिषद् वा मण्डलभित्रको सानो विभाग ।

उपमन्त्री— ना॰ [सं॰] मन्त्रीभन्दा तल्लो तहको मन्त्री ।

उपमन्यु— ना॰ [सं॰] एक गोत्रप्रवर्तक वैदिक ऋषिको नाम । —

गोत्र— ना॰ उपमन्यु ऋषिका नाममा चलेको गोत्र वा वंशपरिचायक नाम (ढकाल, ओली आदिको गोत्र॰ ।

उपमहाबीप— ना॰ [सं॰] महाबीपभित्रको वा महाबीपका नजिकै रहेको ठूलो टापु; सानो महाबीप ।

उपमा— ना॰ [सं॰] १. कुनै एक वस्तुलाई अर्को वस्तुका साथ दाँज्ने वा तुलना गर्ने काम । २. दृष्टान्त; उदाहरण । ३. समान रूप वा गुणको सादृश्य देखाउँदा हुने एक अर्थालङ्कार । (उदा॰— चम्पा छन् चन्द्रमाजस्ती हेर्दा अत्यन्त सुन्दरी॰ ।

उपमाता— ना॰ [सं॰] १. आमाबराबरकी स्त्री; धाईआमा । २. सौतेनी आमा । वि॰ ३. उपमा दिने; तुलना गर्ने ।

उपमान— ना॰ [सं॰] १. कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व । २. न्यायका चार प्रकारका प्रमाणमध्ये एक ।

उपमित— वि॰ [सं॰] उपमा दिइएको; दाँजिएको ।

उपमित्र— ना॰ [सं॰] मीत नलगाइएको तर व्यवहारले हितैषी भएको सँगी; साधारण साथी ।

उपमेय— वि॰ [सं॰] १. उपमा दिन योग्य; तुलना गर्न लायक । २. वर्णन गर्न योग्य; वर्णनीय । ना॰ ३. विशेष गुण वा आरोप भएको वस्तु; उपमानबारा प्रतिपाद्य वस्तु । > उपमेयोपमा— ना॰ दुई समान वस्तुका पर्यायक्रमले परस्परमा उपमेय र उपमान हुने उपमा अलङ्कारको एक भेद ।

उपयुक्त— वि॰ [सं॰] १. ठीक; उचित; मनासिब । २. सुहाउँदो; चाहिँदो; अनुकूल । ३. लायक; योग्य । ४. चलनमा ल्याइएको; उपयोग गरिएको । — ता— ना॰ उपयुक्त हुनाको भाव वा अवस्था; औचित्य ।

उपयोग— ना॰ [सं॰] १. कुनै वस्तुलाई उपयोग वा व्यवहारमा ल्याउने काम; प्रयोग; व्यवहार । २. फाइदा; लाभ ।

उपयोगिता— ना॰ [सं॰] १. उपयोगी हुनाको भाव वा स्थिति । २. काम लाग्ने वा चलनमा आउन सक्ने कुनै वस्तुको गुण वा तत्त्व । — वाद— ना॰ कुनै वस्तु वा सम्बन्धको महत्त्व त्यसको भौतिक उपयोगिता वा मानव–समाजको कल्याणका निम्ति निर्भर हुनुपर्छ भन्ने सिद्धान्त । — वादी— वि॰ उपयोगितावादको अनुयायी वा समर्थक ।

उपयोगी— वि॰ [सं॰] १. काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने । २. चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय । ३. ठीक; चाहिँदो; योग्य । ४. फाइदा दिने; लाभकारी ।

उपर— ना॰ [सं॰ उपरि] १. कसैबाट लिनुपर्ने धनमाल, श्रीसम्पत्ति आदि लिने काम; असुल । ना॰ यो॰ २. माथि; मा ।

उपरक्षक— वि॰ [सं॰] १. पहरा बस्ने; चौकीदार । २. मुख्य रक्षकका मातहतमा रहेर काम गर्ने रक्षकभन्दा एक तहमनिको रक्षक ।

उपरखुट्टी— ना॰ [उपर+खुट्टी] सुतेर वा खुट्टा भुईंमा झारी अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन; त्यस्तो बसाइको चाल ।

उपरचट/उपरचोट— वि॰ [उपर+चोट] १. वज्र परेझैँ एक्कासि आइपरेको; माथिबाट खसेको वा झरेको (विपत्ति॰ । ना॰ २. चोटमाथिको चोट ।

उपरचोट्टा— वि॰ [उपर+चोट्टो चोट्टालाई पनि माथ गर्ने गरी आएको धूर्त; ठग; वञ्चक ।

उपरतली— ना॰ [उप+तल+ई] छाद्ने र छेर्ने अवस्था वा रोग; झाडाबान्ता; दिसा र बमन; हैजा ।

उपरत्न— ना॰ [सं॰] खास रत्नभन्दा तल्लो र कम दर्जाको रत्न; कमसल खालको रत्न (स्फटिक, सिपी आदि॰ ।

उपरथुपर— ना॰ [उपर+थुपर] भइरहेका काममाथिको थप काम; थपमाथि थप; थपका थप ।

उपरस— ना॰ [सं॰] १. पारोजस्तै गुणकारी मानिएको रस वा खनिज पदार्थ । २. चित्तमा पैदा भएको निर्विकार सोचाइ; भाव (साहित्यमा॰ ।

उपराज— ना॰ [सं॰] १. राजाको अनुपस्थिति वा असमर्थतामा प्रतिनिधि भएर काम गर्ने व्यक्ति । २. सामन्त राजा ।

उपरान्त— अव्य॰ [सं॰] कसैको अन्तमा; पछिबाट; त्यसपछि; अलिपछि; अनन्तर ।

उपराष्ट्रपति— ना॰ [सं॰] गणतान्त्रिक राष्ट्रमा राष्ट्रपतिको कार्यभार सघाउने वा राष्ट्रपतिको अनुपस्थिति र असमर्थतामा राष्ट्रपतिको कार्य–सम्पादनसमेत गर्ने राष्ट्रपतिभन्दा मुनिको पद ।

उपरि— ना॰ यो॰ [सं॰] माथि; उपर; हे॰ सर्वोपरि ।

उपरिया— ना॰ [उपर+इयो १. मालसामान किनेर बीचैमा नाफा खाई बिक्री गर्ने व्यापारी; मालसामान बोकी घरघर घुमेर बेच्ने व्यक्ति । २. उनाऊ व्यक्ति ।

उपरीक्षक— ना॰ [सं॰] १. हेरविचार गर्ने व्यक्ति; अधीक्षक । २. निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी ।

उपरूपक— ना॰ [सं॰] प्रमुख दसवटा रूपकदेखि भिन्न अठार प्रकारका दृश्यकाव्य (नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्यरासक, प्रस्थान, उल्लाप्य, काव्य, प्रेक्षण, रासक, संलापक, श्रीगदित, शिल्पक, विलासिका, दुर्मल्लिका, प्रकरणिका, हल्लीश र भाणिका॰ ।

उपरोक्त— वि॰हे॰ उपर्युक्त ।

उपर्झट— वि॰ [उपर+झट्ट] १. अकस्मात् आइपरेको । क्रि॰वि॰ २. अपर्झट ।

उपर्ना— ना॰ [उपर+नो १. ओढ्ने पछेउरा; उत्तरीय । २. माथिल्लो अङ्गमा प्रयोग गरिने ऊनी कपडा ।

उपर्युक्त— वि॰ [सं॰] माथि बताइएको; माथि भनिएको; अगाडि उल्लेख गरिएको; उपरोक्त ।

उपलक्षण— ना॰ [सं॰] १. कुनै खास लक्षणभित्रको गौण लक्षण; कुनै स्पष्ट निर्देश भएका तत्त्वको छनक दिने गौण कुरो । २. गौरसँग हेर्ने काम; निरीक्षण । ३. कुनै अस्थायी चिह्न वा सङ्केत ।

उपलक्ष्य— ना॰ [सं॰] १. कुनै कुराको लक्षण, चिह्न वा सङ्केत । २. लक्ष्य; उद्देश्य । ३. भइसकेको वा पछि हुने कुनै राम्रो काम– कुराको अवसर (पूजा, उत्सव, भोज इ॰) ।

उपलब्ध— वि॰ [सं॰] १. पाइएको; प्राप्त । २. थाहा पाइएको; ज्ञात । > उपलब्धि— ना॰ १. उपलब्ध हुने अवस्था, क्रिया वा भाव; प्राप्ति । २. खास खोज वा अध्ययनबाट प्राप्त सफलता वा निष्कर्ष । ३. अनुभूति; ज्ञान । ४. बुद्धि ।

उपलभ्य— वि॰ [सं॰] १. प्राप्त गर्न सकिने; उपलब्ध गर्न योग्य; प्राप्य । २. ज्ञान गर्न लायक; जान्न योग्य । ३. आदर वा प्रशंसा गर्न योग्य ।

उपल्ली— वि॰ [उपल्लो+ई] माथिको; माथि रहेको; माथिल्लो । ~ बिस— ना॰ पहिलो बिस; पूर्वार्धतिरको बिस । ~ वेद— ना॰ शुक्लयजुर्वेदका पहिला अध्यायदेखि बीसौँ अध्यायसम्मको खण्ड; अघिल्लो बीस अध्यायमा हुने वेद ।

उपल्लो— वि॰ [उपर+लो] माथिल्लो; मास्तिरको; उँभोको ।

उपवक्ता— वि॰ [सं॰] मूल वक्ताको सहायक; उपवाचक ।

उपवचन— ना॰ [सं॰] बित्वीभूत शब्दहरूमा आंशिक बित्व भएर बनेका शब्दका अगाडि आउने पद (झैझगडा, तरतमसुक, बरबन्दोबस्त इ॰) ।

उपवन— ना॰ [सं॰] १. ससानो वन वा जङ्गल । २. खुला मैदान वा चौर भएको बगैँचा; फूलबारी; उद्यान । ३. कृत्रिम जङ्गल ।

उपवर्ग— ना॰ [सं॰] कुनै खास वर्गभित्र रहेका ससाना वर्गको समूहग्समूहभित्रको सानो समूह; उपसमूह ।

उपवाक्य— ना॰ [सं॰] ठूलो वाक्यभित्र रहेको कुनै समापिका क्रियासहितको सानो वाक्य ।

उपवाचक— वि॰ [सं॰] पुराण आदिका वाचकको सहायक; पुराण आदि बाच्ता मुख्य वाचकीका बिरामहरूको विचार गरी सच्याउने (व्यक्ति॰ ।

उपवाणिज्यदूत— ना॰ [सं॰] वाणिज्यदूतका अनुपस्थितिमा कार्यभार ग्रहण गरी कार्यसञ्चालन गर्ने दूत ।

उपवास— ना॰ [सं॰] १. दिनभर वा अहोरात्र भोजन नगर्ने काम; केही पनि नखाई व्रत बस्ने काम; निराहार । २. अनशन; लङ्घन । श्र उपवासक/उपवासी— वि॰ उपवास गर्ने; निराहार बस्ने ।

उपविद्या— ना॰ [सं॰] १. व्यावहारिक वा लौकिक विद्या । २. गौण वा साधारण विद्या ।

उपविधा— ना॰ [सं॰] विभिन्न विधाका अङ्ग–उपाङ्ग; विधाका अन्तर्गत आउने ससाना विधा ।

उपविधि— ना॰ [सं॰] १. कुनै विधि वा नियमअन्तर्गत बनेको सानो नियम; विनियम । २. गौण वा अपेक्षाकृत कम महत्त्वको विधि ।

उपविभाग— ना॰ [सं॰] कुनै ठूलो विभागअन्तर्गतको सानो विभाग; शाखा ।

उपविभाजन— ना॰ [सं॰] मूल विभाजनअन्तर्गतको विभाजन; सानोतिनो विभाजन ।

उपविष— ना॰ [सं॰] विशेष घातक नभएको हल्का किसिमको विष (भाब, धतुरो आदि॰ ।

उपविषय— ना॰ [सं॰] मुख्य विषयअन्तर्गत रहेको सानोतिनो खालको विषय ।

उपविष्ट— वि॰ [सं॰] बसेको वा रहेको ।

उपवीत— ना॰ [सं॰] १. जनै; यज्ञसूत्र । २. व्रतबन्ध; उपनयन ।

उपवेद— ना॰ [सं॰] १. मुख्य चार वेददेखि भिन्न वेद -आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद_; लौकिक विद्या ।

उपव्याख्या— ना॰ [सं॰] व्याख्याअन्तर्गत आउने सानोतिनो व्याख्या; व्याख्यापछिको व्याख्या ।

उपशमन— ना॰ [सं॰] १. मनको इच्छा वा वासनालाई शमन गर्ने काम; इन्द्रिय–निग्रह । २. शान्त रहने स्थिति वा काम ।

उपशङ्का— ना॰ [सं॰] शङ्कामाथिको पनि शङ्का; शङ्कामा पनि शङ्का ।

उपशाखा— ना॰ [सं॰] शाखाको पनि शाखा; सानो शाखा; प्रशाखा ।

उपशाला— ना॰ [सं॰] घरमा आएका पाहुनाहरूलाई बसाउने सानो घर; पाहुनाघर ।

उपशिक्षक— ना॰ [सं॰] प्रधान शिक्षकपछिको शिक्षक; सहायक शिक्षक ।

उपशिष्य— ना॰ [सं॰] शिष्यको पनि शिष्य; चेलाको चेलो ।

उपशीर्षक— ना॰ [सं॰] मुख्य शीर्षकअन्तर्गत रहने सानो शीर्षक; सहायक शीर्षक ।

उपसंवाद— ना॰ [सं॰] १. मुख्य संवादका पहिले गरिने सामान्य संवाद । २. परस्परको प्रतिज्ञा वा कबुल; सम्झौता; सन्धि ।

उपसंस्कार— ना॰ [सं॰] मुख्य संस्कारको अङ्ग बनेको संस्कार; पछि गरिएको संस्कार; गौण संस्कार ।

उपसंहार— ना॰ [सं॰] १. कुनै विषयको समाप्ति; अन्त । २. कुनै पुस्तक वा लेखको मुख्य विषयक्रमलाई टुङ्ग्याउन वा निचोडरूप दिन लेखिने अन्तिम अंश । ३. सारांश; निचोर । > उपसंहारी— वि॰ १. उपसंहार गर्ने । २. उपसंहार लेख्ने ।

उपसचिव— ना॰ [सं॰] राजपत्राङ्कित बितीय श्रेणी वा सोसरहका कर्मचारीको पद ।

उपसभापति— ना॰ [सं॰] सभापतिलाई सघाउने वा निजको अनुपस्थितिमा सभापतिको काम सँभाल्ने अधिकारी; उपाध्यक्ष ।

उपसभामुख— ना॰ [सं॰] कुनै देशको प्रतिनिधिसभामा सभामुखको सहायकका रूपमा रहने वा निजको अनुपस्थितिमा सभामुखको कार्यभार सँभाल्ने व्यक्ति वा त्यस्तो पद ।

उपसमिति— ना॰ [सं॰] कुनै कार्य सम्पन्न गर्न गठित, मुख्य समितिअन्तर्गतको सानो समिति ।

उपसम्पादक— वि॰ [सं॰] १. सम्पादकका मातहतमा रहेर वा निजलाई सघाई सम्पादनको काम गर्ने । ना॰ २. सहयोगी सम्पादक ।

उपसर्ग— ना॰ [सं॰] शब्दका अगाडि रहेर मूल शब्दका अर्थमा उकाल, ओराल, भिन्नता आदिको अर्थ दिने अव्यय शब्द (प्र, परा, अप, सम् आदि॰ ।

उपसागर— ना॰ [सं॰] भूभागभित्र घुसेको समुद्रको भाग; सानो समुद्र; खाडी । उपसीमान्त भूमि— ना॰ [सं॰] विशेष किसिमले फाइदा नहुने खेतीपाती भएको जग्गा; अनुर्वरा भूमि ।

उपस्थ— ना॰ [सं॰] १. तल्लो भाग; पुछारको अंश । २. जननेन्द्रियका आसपासको प्रदेश; काछ । ३. काख ।

उपस्थापन— ना॰ [सं॰] कुनै सभा, संस्था आदिमा प्रस्ताव राख्ने वा प्रस्ताव पेस गर्ने काम वा प्रक्रिया ।

उपस्थित— वि॰ [सं॰] १. हाजिर भएको; नजिक रहेको । २. हेक्का भएको; सम्झनामा आएको ।

उपस्थिति— ना॰ [सं॰] उपस्थित हुने काम वा अवस्था; हाजिरी; विद्यमानता । ~ पञ्जिका/पुस्तिका— ना॰ हाजिरी जनाउने कापी; हाजिरी बही ।

उपहसित— वि॰ [सं॰] उपहास गरिएको; हँस्सी उडाइएको; हँसीठट्टा गरिएको ।

उपहार— ना॰ [सं॰] १. कुनै खुसियालीका प्रसङ्गमा मान्य जन वा मित्रलाई दिइने भेट; कोसेली; सौगात; नजराना । २. राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ चिनुस्वरूप दिइने वस्तु । >

उपहारक— वि॰ उपहार दिने; कोसेली चढाउने ।

उपहास— ना॰ [सं॰] १. अर्कालाई लज्जित तुल्याउन वा खिसीटिउरी गर्नका निम्ति गरिने हँस्सीठट्टा; गिल्ला । २. निन्दा; बदनामी । श्र उपहासक— वि॰ उपहास गर्ने; हँस्सी उडाउने; गिल्ला गर्ने ।

उपहास्य— वि॰ उपहास गर्न योग्य; हँस्सी गर्न लायक ।

उपब्त— वि॰ [सं॰] उपहार चढाइएको; सौगात दिइएको ।

उपांशु— ना॰ [सं॰] एकान्तमा अरूले सुनिने गरी गरिएको देवताको प्रार्थना; मन्त्र–जप ।

उपाखण्ड— ना॰ [सं॰] उत्पात; ज्यादा; औधी; उधुम ।

उपाख्यान— ना॰ [सं॰] १. पुरानो कथा; प्राचीन वृत्तान्त । २. ठूलो कथाअन्तर्गत रहने सानो कथा । ३. उखान ।

उपाङ्ग— ना॰ [सं॰] १. कुनै अङ्गको भाग; अवयव । २. कुनै वस्तुको अभावपूर्ति गर्ने अर्को सहायक वा पूरक वस्तु ।

उपादान— ना॰ [सं॰] १. लिने वा ग्रहण गर्ने काम । २. पाउने काम; प्राप्ति; उपलब्धि । ३. कुनै वस्तुको उपयोग गर्ने काम वा प्रक्रिया । ४. बोध; ज्ञान । ५. कुनै वस्तु तयार हुने सामग्री; साधन; कारण; हेतु । ६. कुनै कामका निम्ति दिइएको एकमुस्ट रकम । ~ कारण— ना॰ कुनै वस्तुका उत्पादनमा रहने मुख्य भौतिक वस्तु (जस्तै— कपडाको उपादान कारण धागो॰ ।

उपादेय— वि॰ [सं॰] १. लिन लायक; ग्रहण गर्न योग्य । २. उत्तम; श्रेष्ठ । ३. काम लाग्ने; उपयोगी । — ता— ना॰ १. ग्रहण गर्न योग्य हुनाको भाव वा अवस्था । २. उपयोगिता ।

उपाधि— ना॰ [सं॰] १. योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा । २. एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट । ३. उपद्रव; उत्पात । ४. कर्तव्यको विचार; धार्मिक चिन्तन । — धारी— वि॰ उपाधि पाएको; पदवी पाएको ।

उपाध्यक्ष— ना॰ [सं॰] कुनै संस्था आदिमा अध्यक्षको सहायक भएर काम गर्ने अधिकारी; उपसभापति ।

उपाध्याय— ना॰ [सं॰] १. वेदवेदाङ्ग पढाउने गुरु । २. शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति । ३. उत्तम ब्राह्मण–जाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द । > उपाध्यायी— ना॰ १. शिक्षिका; उपाध्याया । २. अध्यापककी पत्नी; गुरुमा ।

उपान्त— वि॰ [सं॰] १. अन्त्यभन्दा पहिलेको; छेउका नजिकको । ना॰ २. लेख्दा दायाँ–बायाँ छोडिने कागतको भाग; मार्जिन ।

उपाम्मे— वि॰ [रू अपाम्मे] अगाध; ज्यादै; अपाम्मे ।

उपाय— ना॰ [सं॰] १. कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति । २. उद्योग; प्रयत्न; सफलताका नजिक पुथ्याउने मुख्य कुरो । — सिद्ध— वि॰ उपायबाट सिद्ध हुन सक्ने । श्र उपायान्तर— वि॰ खास उपायदेखि बाहेकको; उपायदेखि भिन्न ।

उपार्जन— ना॰ [सं॰] खेतीपाती, इलम–उद्योग आदिबाट गरिने कमाइ; आम्दानी । > उपार्जनीय— वि॰ १. कमाउन योग्य । २. सङ्ग्रह गर्न लायक ।

उपार्जित— वि॰ [सं॰] १. कमाइएको; आम्दानी गरिएको । २. सङ्ग्रह गरिएको; बटुलिएको ।

उपालम्भ— ना॰ [सं॰] १. कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ–बुझाइसहितको हप्की; गुनासो; दुखेसो । २. निन्दा; अपवाद ।

उपास्–नु— अ॰ क्रि॰ [सं॰ उपवास+नु] केही नखाईकन बस्नु; निराहार बस्नु; व्रत बस्नु ।

उपासक— वि॰ [सं॰] १. उपासना वा आराधना गर्ने; भक्त । २. भिक्षुदेखि बाहेकको बुद्धपूजक; बुद्धमार्गी ।

उपासन/उपासना— ना॰ [सं॰] १. देवता वा पूज्य व्यक्तिका छेउमा बसेर प्रसन्न तुल्याउनका निम्ति गरिने चिन्तन, पूजन वा आराधन । २. कुनै विषय वा कुरामा ध्यान दिने वा लागिपर्ने काम ।

उपासाइ— ना॰ [उपास् -+आइ॰] उपास्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उपासिनु— अ॰ क्रि॰ केही नखाईकन बस्ने काम गरिनु; व्रत बसिनु ।

उपासी— वि॰ [सं॰] उपासना गर्ने; उपासक ।

उपास्य— वि॰ [सं॰] १. उपासना गर्न योग्य वा उचित; पूज्य; आराध्य । २. सेवा गरिएको (देवता वा पूज्यजन॰ ।

उपिउँ/उपियाँ— ना॰ जुम्राजत्रो, फडकेर हिँड्ने, कलेजी रबको, प्राणीको रगतचुसुवा कीरो ।

उपेक्षक— वि॰ [सं॰] १. उपेक्षा गर्ने; वास्ता नगर्ने; हेला गर्ने । २. उदासीन ।

उपेक्षणीय— वि॰ [सं॰] उपेक्षा गर्न योग्य वा उचित; घृणा गर्न लायक ।

उपेक्षा— ना॰ [सं॰] १. कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापर्बाही । २. तिरस्कार; निन्दा; अनादर । > उपेक्षित— वि॰ उपेक्षा गरिएको; निन्दित; तिरस्कृत ।

उपेन्द्र— ना॰ [सं॰] १. इन्द्रका कान्छो भाइको नाम । २. वामनरूप विष्णु । — वज्रा— ना॰ जगण, तगण, जगण र दुई गुरु भएको प्रत्येक पाउमा एघार अक्षर हुने वार्णिक छन्द ।

उपोद्घात— ना॰ [सं॰] १. आरम्भ; थालनी; सुरु । २. पुस्तकका प्रारम्भमा रहने वक्तव्य; भूमिका; प्रस्तावना ।

उपोष्ण— वि॰ [सं॰] कम उष्णता भएको; गर्मीले थोरै छोएको । ~

प्रदेश— ना॰ कम उष्णता भएको प्रदेश; उष्ण प्रदेशका छेउछाउको प्रदेश ।

उप्क–नु— अ॰ क्रि॰ [सं॰ उत्पटे टाँसिएको वस्तु छुट्टिएर आउनु; पाप्रा निस्कनु । > उप्काइ— ना॰ उप्कने भाव, क्रिया वा प्रक्रिया ।

उप्काइनु— क॰ क्रि॰ उप्काउन लाइनु । उप्काउनु— प्रे॰ क्रि॰ १. उप्कने पार्नु । स॰ क्रि॰ २. पाप्रा उप्काउने काम गर्नु ।

उप्किनु— अ॰ क्रि॰ उप्कनु ।

उप्रान्त— अव्य॰ [सं॰ उपरान्ते अब; उपरान्त ।

उप्रीथुप्री— क्रि॰ वि॰ [उपरि+थुप्रो] एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर ।

उफान— ना॰ [उफारे १. दूध आदि उम्लेर माथि उठेको फीँजसहितको भाग; उमाल । २. मनोद्वेग; मानसिक झोक्का ।

उफार्–नु— स॰ क्रि॰ [उफ्र+आर+नु] कुनै वस्तुलाई माथितिर हुत्त्याउनु; उँभो फाल्नु; उराल्नु । > उफाराइ— ना॰ उफार्ने क्रिया वा प्रक्रिया । उफारिनु— क॰ क्रि॰ उफार्ने काम गरिनु; उफ्राइको पात्र हुनु ।

उफ्र–नु— अ॰ क्रि॰ [सं॰ उस्स्फारणे १. जमिन छाडेर माथि बुर्लुक्क हुत्तिनु वा उछिट्टिनु । २. नाघ्नु; फड्कनु । ३. मात्तिनु; औताउनु; उर्लनु । ४. अति क्रुद्ध हुनु । > उफ्राइ— ना॰ उफ्रने क्रिया वा प्रक्रिया ।

उफ्राउफ्री— ना॰ [उफ्र+उफ्र] उफ्री–उफ्री हिँड्ने काम; परस्पर उफ्रने क्रिया; सामूहिक उफ्राइ ।

उफ्रि–नु— अ॰ क्रि॰ [उफ्र+इ+नु] १. हे॰ उफ्रनु । २. उफ्रने हुनु ।

उफ्रौला— ना॰ [उफ्र+औलो १. फुरौला (व्यङ्ग्यार्थमा) । २. टुटुल्को (ऐजनमा॰ ।

उबडखाबड— वि॰ [हि॰] १. अग्लो र होचो भएको; खाल्डाखुल्डी परेको; गल्ड्याबगुल्डुब; खल्ड्याबखुल्डुब । ना॰ २. त्यस्तो बाटो वा ठाउँ ।

उबाइ— ना॰ [रू उबाउ (+आइ॰] उबाउने क्रिया वा प्रक्रिया । [ > ] उबाइनु— क॰ क्रि॰ उबाउने काम गरिनु; उघाइनु ।

उबाउनु— स॰ क्रि॰ [सं॰ उद्वाहने पानी, अनाज आदिमा अँजुली वा भाँडा गाडेर झिक्नु; उघाउनु ।

उबार्–नु— स॰ क्रि॰ [सं॰ उपसिकरणे १. कुनै निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गरेर बचाउनु । २. जगेरा राख्नु; जतन गर्नु । > उबार— ना॰ जोगिएर रहेको अंश वा मात्रा; बचत । उबाराइ— ना॰ उबार्ने क्रिया वा प्रक्रिया । उबारिनु— क॰ क्रि॰ उबार्ने काम गरिनु । उबारु— वि॰ १. उबार्ने (मान्छे॰ । २. उब्रेको (वस्तु॰ ।

उब्ज–नु— अ॰ क्रि॰ [सं॰ उत्पादने १. उब्जा हुनु; बालीनाली फल्नु । २. अकस्मात् निस्कनु; प्रकट हुनु । ३. विचार फुर्नु ।

उब्जनी— ना॰ [उब्जा+नी] उब्जा; उत्पादन; उब्जाबाली । ~ शक्ति— ना॰ उब्जा हुने क्षमता; जग्गाजमिनको बालीनाली राम्रोसँग सप्रने शक्ति ।

उब्जा— ना॰ [सं॰ उत्पादे १. जग्गाजमिनबाट हुने अन्नपातको आम्दानी; उब्जनी । २. उत्पादन ।

उब्जाइ— ना॰ [रू उब्ज -+आइ॰] उब्जने भाव, क्रिया वा प्रक्रिया । [ > ] उब्जाइनु— क॰ क्रि॰ उब्जाउने काम गरिनु । उब्जाउ— ना॰ १. उब्जा हुने क्रिया वा प्रक्रिया । २. उब्जा । वि॰ ३. प्रशस्त मात्रामा उब्जा हुने; उर्वर । उब्जाउनु— प्रे॰ क्रि॰ १. उब्जने पार्नु; उब्जा हुने तुल्याउनु । २. उत्पन्न गर्नु; उत्पादन गर्नु । उब्जिनु— अ॰ क्रि॰ १. हे॰ उब्जनु । २. उत्पादन हुनु; उत्पादित हुनु । उब्जिलो— वि॰ १. उब्जाउ; उत्पादनशील । २. उर्वर ।

उब्र–नु— अ॰ क्रि॰ [सं॰ उद्वृ+नु] बचत हुनु; शेष रहनु; बाँकी रहनु ।

उब्रा— ना॰ [उपरे जुम्लामा प्रचलित चलनअनुसार छरछिमेकीहरू बसी गफ गर्ने घरको एक खण्ड; ओथरा; बैठकघर; पञ्चायती घर ।

उब्राइ— ना॰ [उब्र । (+आइ॰] उब्रने भाव, क्रिया वा प्रक्रिया । [ > ] उब्रिनु— अ॰ क्रि॰ १. हे॰ उब्रनु । २. उब्रने होइनु ।

उब्रीपाब्री/उब्रेपाब्रे/उब्रोपाब्रो— ना॰ [उब्री (बि॰)] १. उब्रेको वस्तु; उबारु वस्तु । २. रहलपहल ।

उभड्–नु— अ॰ क्रि॰ [सं॰ उद्भरणे १. उत्तेजित हुनु; भड्कनु; उभारिनु । २. उक्सनु; माथि आउनु; प्रकट हुनु । > उभडाइ— ना॰ उभड्ने भाव, क्रिया वा प्रक्रिया ।

उभय— क्रि॰ वि॰ [सं॰] दुई नै; दुवै । — चर— वि॰ जल र थल दुवै स्थानमा गति भएको वा हिँड्न सक्ने (भ्यागुतो, कछुवा इ॰ रू) । — तः— क्रि॰ वि॰ १. दुवैतिर; दुवैपट्टि । २. दुवैतर्फबाट । — निष्ठ— वि॰ १. दुवैमा बराबर आस्था वा निष्ठा राख्ने । २. दुवैमा रहेको । ~ पक्ष— ना॰ शुक्ल र कृष्ण पक्ष । — पक्षीय— वि॰ १. दुईतिरको; दुईतर्फी वा दुई पक्ष भएको । २. दुवै पक्षसित सम्बन्ध भएको । ~ मध्यस्थ— वि॰ दुई थरीका बीचमा रहेर काम गर्ने (बिहेको लमी, कुराकानीको दोभासे इ॰) । —

मुखी— वि॰ १. दुईतिर मुख हुने; दुई मुख हुने; दुईमुखे । २. दुईतिर हेर्ने । ३. दुईतिर आशा गर्ने । — लिङ्गी— वि॰ १. व्याकरणमा दुवै लिङ्गमा प्रयोग हुने; स्त्रीलिङ्ग र पुलिङ्ग नछुट्टिने । २. स्त्री र पुरुष दुवैको चिह्न भएको । ~ सङ्कट— ना॰ काम गरे पनि, नगरे पनि आइपर्ने सङ्कट; धर्मसङ्कट । >

उभयार्थी— वि॰ दुई अर्थ लाग्ने (शब्द वा वाक्य॰ । उभयालङ्कार— ना॰ शब्द र अर्थ दुवैमा भएको अलङ्कार ।

उभाइ— ना॰ [रू उभाउ (+आइ॰] उभाउने क्रिया वा प्रक्रिया । [ > ] उभाइनु— क॰ क्रि॰ उभाउने काम गरिनु ।

उभाउ–नु— स॰ क्रि॰ [उबाउ+नु] उबाउनु ।

उभाड्–नु— स॰ क्रि॰ [सं॰ उद्भरणे उत्तेजित पार्नु; भड्काउनु; उकास्नु । > उभाडाइ— ना॰ उभाड्ने क्रिया वा प्रक्रिया । उभाडिनु— क॰ क्रि॰ उभाड्ने काम गरिनु ।

उभार्–नु— स॰ क्रि॰ [उबार+नु] हे॰ उबार्नु । > उभार— ना॰ उबार । उभाराइ— ना॰ उभार्ने क्रिया वा प्रक्रिया । उभारिनु— क॰ क्रि॰ उभार्ने काम गरिनु । उभारु— वि॰ उबारु ।

उभिनु— अ॰ क्रि॰ [प्रा॰ उब्भ + नु] १. खडा हुनु; ठडिनु । २. उठ्नु; ठिङ्गिनु ।

उभिन्डिनु— अ॰ क्रि॰ [उभिन्डो+इ+नु] टाउको तल र खुट्टा माथि पर्नु; उभिन्डो हुनु; उँधमुन्टिनु ।

उभिन्डो— वि॰ [सं॰ उद्मुण्डक > प्रा॰ उिभ्भण्ण्ये १. टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको । २. उल्टो । ~ कोटेरो— ना॰ १. सिमलजस्ता अग्ला रूखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी । २. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे । ३. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे ।

उभिन्ड्याइ— ना॰ [रू उभिन्डि (+याइ॰] उभिन्डिने क्रिया वा प्रक्रिया । [ > ] उभिन्ड्याइनु— क॰ क्रि॰ उभिन्डो पारिनु ।

उभिन्ड्याउनु— प्रे॰ क्रि॰ उभिन्डो पार्नु वा पार्न लगाउनु; उभिन्डिने पार्नु ।

उभेटो— ना॰ [उभाउ+एटो] केही कुरो ढल्न नदिन आश्रयका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ॰) ।

उभ्याइ— ना॰ [रू उभि (+याइ॰] उभिने क्रिया वा प्रक्रिया । [ > ] उभ्याइनु— क॰ क्रि॰ उभ्याउने काम गरिनु । उभ्याउनु— प्रे॰ क्रि॰ १. उभिने पार्नु; उभिन लाउनु । २. ठड्याउनु; ठाडो पार्नु ।

उम्–नु— अ॰ क्रि॰ [उम+नु] उँग्नु; उङ्नु ।

उम— ना॰ [प्रा॰ उङ्खे उब; उँघ ।

उमङ्ग— ना॰ [सं॰] कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह; उल्लास; मनको उद्वेग; फुर्ती; तत्परता । — शील— वि॰ उमङ्ग भएको; उत्साही; फुर्तिलो ।

उमठ्–नु— अ॰ क्रि॰ [प्रा॰ उम्मत्थ+नु] भित्रको वस्तु कुनै विकारबारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु । > उमठाइ— ना॰ उमठ्ने क्रिया वा प्रक्रिया । उमठाइनु— क॰ क्रि॰ उमठ्ने पारिनु । उमठाउनु— प्रे॰ क्रि॰ उमठ्ने पार्नु । उमठिनु— अ॰ क्रि॰ उमठ्ने होइनु वा हुनु ।

उमराउ/उमराव— ना॰ [अ॰ उमरावे १. अमिर; धनीमानी । २. भाइभारदार ।

उमर्क–नु— अ॰ क्रि॰ [उमर्को+नु] उमर्कोबारा सास रोक्नु; निसासिलो हुनु । > उमर्काइ— ना॰ उमर्कने क्रिया वा प्रक्रिया । उमर्काइनु— अ॰ क्रि॰ उमर्कने पारिनु । उमर्काउनु— प्रे॰ क्रि॰ उमर्कन लाउनु । उमर्किनु— अ॰ क्रि॰ सास रोकिनु; निसासिनु; उमर्कनु ।

उमर्को— ना॰ [सं॰ उष्म+को] सासको रोकाहट; निसासिने क्रिया ।

उमा— ना॰ [सं॰] महादेवकी पत्नी वा शक्ति; दुर्गा; पार्वती ।

उमाइ— ना॰ [रू उम् (+आइ॰] उम्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] उमाइनु— क॰ क्रि॰ उम्ने पारिनु; उम्न लाइनु; उँगाइनु ।

उमाउनु— प्रे॰ क्रि॰ उम्ने पार्नु; उम्न लाउनु ।

उमापति— ना॰ [सं॰] महादेव ।

उमार्–नु— प्रे॰ क्रि॰ [सं॰ अङ्कुर ?] उम्रने पार्नु; उम्रन लगाउनु । श्र उमार— ना॰ १. उम्रने क्रिया वा प्रक्रिया । २. उम्राइको छिमल (उदा॰— एकै उमारमा बारी हरियै भएछ ।) । उमाराइ— ना॰ उमार्ने क्रिया वा प्रक्रिया । उमारिनु— क॰ क्रि॰ उमार्ने काम गरिनु; उम्रने पारिनु ।

उमाल्–नु— प्रे॰ क्रि॰ [प्रा॰ उण्ह+ल्नु] उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु । > उमाल— ना॰ १. उम्लने क्रिया; उम्लाइ । २. दूध, तेल आदि उम्लँदाखेरि उठेको भुल्को । उमालिनु— क॰ क्रि॰ उमाल्ने काम गरिनु; उम्लने पारिनु ।

उमिनु— अ॰ क्रि॰ [उम्+इ+नु] उम्ने होइनु; उँगिनु; उबिनु ।

उमेठ्–नु— अ॰ क्रि॰ [उमठ्+नु] हे॰ उमठ्नु । > उमेठाइ— ना॰ उमेठ्ने भाव, क्रिया वा प्रक्रिया । उमेठाइनु— अ॰ क्रि॰ उमठिने पारिनु । उमेठिनु— अ॰ क्रि॰ उमठिने होइनु ।

उमेद— ना॰ [फा॰ उम्मेदे हे॰ उम्मेद । — वार— वि॰ उम्मेदवार । — वारी— ना॰ उम्मेदवारी ।

उमेर— ना॰ [अ॰ उम्रे १. आ६नो जन्मदेखि वर्तमान अवस्था– सम्मको समयको योग । २. जीवनको कुनै पनि अवस्था (बाल्य– काल, यौवन, वार्धक्य इ॰) । ३. तरुणावस्था; बैँस । — दार— वि॰ १. पाको उमेरको; हुर्किएको । २.तन्नेरी; बैँसालु । — दारी— ना॰ १. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो । वि॰ २. भर्खरको उमेरको; पट्ठो ।

उम्क–नु— अ॰ क्रि॰ [सं॰ उन्मुक्ते १. बन्धनबाट मुक्त हुनु; छुट्नु । २. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु । ३. खुल्नु; खुस्कनु । ४. भाग्नु; फुत्कनु । ५. कामबाट छुटकारा पाउनु । > उम्काइ— ना॰ उम्कने क्रिया वा प्रक्रिया ।

उम्काइनु— क॰ क्रि॰ उम्कने पारिनु; उम्कन लगाइनु । उम्काउनु— प्रे॰ क्रि॰ उम्कने गराउनु; फुत्काउनु । उम्किनु— अ॰ क्रि॰ १. उम्कनु । २. उम्कने होइनु । उम्क्याइ— ना॰ उम्किने क्रिया वा प्रक्रिया; उम्काइ ।

उम्ट–नु— स॰ क्रि॰ [उइँटो+नु] ज्यापु झार्नका निम्ति उइँटोबारा रुवा पेल्नु । > उम्टाइ— ना॰ उम्टने क्रिया वा प्रक्रिया । उम्टाइनु— क॰ क्रि॰ उम्टने पारिनु; उम्टन लगाइनु । उम्टाउनु— प्रे॰ क्रि॰ उम्टने पार्नु; उम्टन लगाउनु ।

उम्ति–नु— अ॰ क्रि॰ [सं॰ उन्मत्ते उन्मत्त हुनु; मात्तिनु; उम्लिनु । श्र उम्त्याइँ— ना॰ उम्तिने क्रिया वा प्रक्रिया । उम्त्याइनु— क॰ क्रि॰ उम्तिने पारिनु । उम्त्याउनु— प्रे॰ क्रि॰ उम्तिने पार्नु ।

उम्त्याहट— ना॰ उम्तिने क्रिया वा प्रक्रिया । उम्त्याहा— वि॰ उम्तिने स्वभावको; अहमत्याइँ लागेको ।

उम्दा— वि॰ [अ॰ उम्दे उत्तम; बेस ।

उम्मेद— ना॰ [फा॰ उम्मीदे आशा; भरोसा; इच्छा । — वार— वि॰ १. उमेद राख्ने; आशाकारी । ना॰ २. कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति । ३. कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी । — वारी— ना॰ १. उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया । २. आशा; आसरा । ३. पद वा सेवाको लागि औपचारिक रूपमा खडा हुने कार्य । ४. उम्मेदवारको दायित्व ।

उम्र–नु— अ॰ क्रि॰ [सं॰ अङ्कुरणे १. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु । २. बोटबिरुवा आदि पैदा हुनु; उब्जनु । ३. मनमा विचार उत्पन्न हुनु । > उम्राइ— ना॰ उम्रने क्रिया वा प्रक्रिया । उम्राइनु— क॰ क्रि॰ उम्रने पारिनु । उम्राउनु— प्रे॰ क्रि॰ उम्रन वा उमार्न लगाउनु; उम्रने पार्नु । उम्रिनु— अ॰ क्रि॰ १. हे॰ उम्रनु । २. उम्रने होइनु ।

उम्ल–नु— अ॰ क्रि॰ [सं॰ उष्म+ल+नु] धेरै ताताले गर्दा झोलिलो पदार्थ फीँज तथा बाफसहित भएर माथि उठ्नु; छड्कनु । >

उम्लाइ— ना॰ उम्लने क्रिया वा प्रक्रिया । उम्लिनु— अ॰ क्रि॰ उम्लनु । उम्लाउनु— प्रे॰ क्रि॰ १. उम्लन लगाउनु; उम्लने पार्नु । २. उमाल्नु । उम्ल्याइ— ना॰ उम्लिने क्रिया वा प्रक्रिया; उम्लाइ । उम्ल्याहट— ना॰ उम्लिने क्रिया वा प्रक्रिया; उम्ल्याइ; उम्लाइ ।

उरःपीडा— ना॰ [सं॰] छाती दुख्ने क्रिया; छातीको दुखाइ; पेटदुखाइ ।

उर— ना॰ [सं॰ उरस्] छाती; वक्षस्थल । — क्षत— ना॰ १. कुनै कारणबाट फोक्सामा परेको प्वाल । २. श्वास निकाल्न छातीमा बनाइने प्वाल । — ग— ना॰ छातीले घस्रेर हिँड्ने जीव । ~ चिकित्सा— ना॰ छातीका रोगको उपचार । ~ चिकित्सालय— ना॰ छातीका रोगको उपचार गर्ने अस्पताल (चेस्ट क्लिनिक) । — छेदन— ना॰ मुटु, फोक्सो र ग्रासनलीको शल्यक्रिया गर्न छातीको सतहमा प्वाल पार्ने काम वा प्रणाली । उरन्ठेउला उरन्ठेउली— वि॰ [उरन्ठेउलो+उरन्ठेउली] बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी॰ ।

उरन्ठेउली— वि॰ [उरन्ठेउलो+ई] आलीकाँची; अति चकचके; बुद्धि नछिप्पिएकी ।

उरन्ठेउलो/उरन्ठ्याउलो— वि॰ [उल्लु+ठेउलो] बढ्ता चकचके भई नचाहिँदो काम गर्ने स्वभावको; उटपट्याङ्गे; बुद्धि नछिप्पिएको; आलोकाँचो ।

उरमुट्ट— वि॰ [उग्रमुष्ठे १. सफासँग नचिनिने; घुर्मैलो । २. कुनै चीज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको । ३. ज्यादै डोलो र खँदिलो ।

उरस्त्राण— ना॰ [सं॰] युद्धमा छातीको बचाउ गर्न लगाइने वस्तु; कवच ।

उराठ— ना॰ नरमाइलोपन; दिक्दारी; विरक्ति । > उराठिनु— अ॰ क्रि॰ उदास हुनु वा उराठ लाग्नु । उराठिलो— वि॰ उराठ लाग्ने; दिक्दार लाग्ने; नरमाइलो लाग्ने । उराठे— वि॰ १. उदास । २. उराठिलो ।

उराल्–नु— स॰ क्रि॰ [सं॰ उर्रल्लके १. आकाशतिर ६याँक्नु; उफार्नु । २. पुलपुल्याउनु; मत्त्याउनु । ३. बहकाउनु । > उरालाइ— ना॰ उराल्ने क्रिया वा प्रक्रिया । उरालिनु — क॰ क्रि॰ उराल्ने काम गरिनु ।

उराल— ना॰ [सं॰ उर्रल्ले आकाशतिर हुत्त्याउने क्रिया; माथितिर हुर्थ्याउने क्रिया । — धुराल— ना॰ उराल्ने र छर्ने काम; चम्काउने र धुरा पस्ने काम । — पाँजे— वि॰ १. धान रोप्ता एक पाँजो बीउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आ६ना हातको बीउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने । २. छिटो; छरितो ।

उरिलो— ना॰ तिलको जस्तो मसिनो पात भई पहेँलो फूल फुल्ने एक प्रकारको झार ।

उरुब— ना॰ [सं॰ उरु] थुप्रो; रास; थाक; चाब । ~ खात— वि॰ १. धेरै; प्रशस्त । क्रि॰ वि॰ २. धेरै ।

उरोज— ना॰ [सं॰] छातीमा हुने विशेष किसिमका अङ्ग; स्तन; कुच; दूध ।

उर्गल— ना॰ [सं॰ उद्गले चिउरा, धान आदि कुट्ने काठको ओखल ।

उर्दी— ना॰ [अ॰ वर्दी] निश्चित कामका लागि सार्वजनिक रूपमा दिइएको अधिकारीको आज्ञा; आदेश । ~ पोसाक— ना॰ कार्यालय आदिको औपचारिक पोसाक ।

उर्दु— ना॰ [तु॰ उर्दू] अधिक मात्रामा अरबी अनि कम मात्रामा फारसी र तुर्केली भाषाका शब्द मिसिएको, फारसी लिपिमा लेखिने एक भाषा ।

उर्दू— ना॰ हे॰ उर्दु ।

उर्नी— ना॰ [धि॰] एउटा मात्र तारको धागो हुने र रेटेर बजाइने एक खालको बाजा; एकतारे बाजा ।

उर्फ— संयो॰ [अ॰] हे॰ अथवा ।

उर्लंदो— वि॰ [उर्ल+दो] उर्लिरहेको ।

उर्ल–नु— अ॰ क्रि॰ [सं॰ उद्रोहणे १. नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु; बाढी आउनु; खोला बढ्नु । २. मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु । ३. बम्कनु; जङ्गिनु । >

उर्लाइ— ना॰ उर्लने क्रिया वा प्रक्रिया । उर्लाइनु— क॰ क्रि॰ उर्लने पारिनु । उर्लाउनु— प्रे॰ क्रि॰ उर्लने पार्नु । उर्लाहट— ना॰ उर्लने क्रिया वा प्रक्रिया । उर्लिंदो— वि॰ उर्लने खालको; उर्लने; बेगिलो । उर्ल्याइँ— उर्लिने क्रिया वा प्रक्रिया; उर्लाइ । उर्ल्याहट— ना॰ उर्लिने क्रिया वा प्रक्रिया; उर्ल्याइँ ।

उर्वर— ना॰ [सं॰] धेरै उब्जनी हुने; धेरै कुरा वा वस्तु निस्कन सक्ने; उब्जाउ । — क— वि॰ १. उर्वर गराउने; मलिलो तुल्याउने । ना॰ २. माटाको उर्वराशक्ति बढाउनका निम्ति खेतमा प्रयोग गरिने वस्तु; मल । ~ क्षमता— ना॰ भूमिलाई उर्वर तुल्याउने शक्ति; मलिलो पार्ने सामर्थ्य । — ता— ना॰ १. उर्वरपना; मलिलोपना । २. जन्माउन वा उमार्न सक्ने गुण वा क्षमता ।

उर्वरा— ना॰ [सं॰] १. धेरै उब्जाउ हुने भूमि; उब्जाउ जग्गा । वि॰ २. हे॰ उर्वर ।

उर्वशी— ना॰ [सं॰] एक प्रसिद्ध अप्सरा; वसिष्ठ र अगस्त्यकी आमा ।

उर्वी— ना॰ [सं॰] १. पृथ्वी । २. विस्तृत भूमि; मैदान ।

उलटपलट/उलटपुलट— ना॰ [उल्ट+पल्ट] १. ठूलो परिवर्तन; हेरफेर; अदलीबदली । २. अव्यवस्था; गोलमाल । ३. परिवर्तन ।

उलटफेर— ना॰ [उल्ट+फेरे उलटपुलट ।

उलामाला— ना॰ [रू उल्याउनु] अर्काको लैलै; होहोरे ।

उलिनी— ना॰ [सं॰ उर्ण+<] आगो पार्न प्रयोग गरिने धार नभएको कर्द; चकमक ।

उलिन्काठ— ना॰ [अङ्॰ वेइब–कटे छत नभएको, कसैलाई बसाएर दुईतिरबाट दुई वा तीन जनाले बोकी लैजान हुने सवारी साधन; तामदान; ओलिन्काठ ।

उलूक— ना॰ [सं॰] उल्लू चरो; लाटोकोसेरो ।

उलेली— ना॰ [सं॰ उल्लोले विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा ।

उल्कनु— अ॰ क्रि॰ [सं॰ उल्का+नु] १. उल्काझैँ नराम्रो परिणाम देखाउने काम हुनु । २. छिहिलिनु; जिस्कनु; इत्तरिनु । ३. लाजभाँड बोल्नु ।

उल्का— ना॰ [सं॰] १. कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज; धूमकेतु । २. आकस्मिक रूपमा हुने उत्पात; अचानक आइपरेको उपद्रो । ३. अगुल्टो; बल्दो दाउरो ।

उल्काइ— ना॰ [रू उल्क(+आइ॰] उल्कने क्रिया वा प्रक्रिया । [ > ] उल्काइनु— क॰ क्रि॰ उल्कने पारिनु; उल्कन लाइनु ।

उल्काउनु— प्रे॰ क्रि॰ १. उल्कने पार्नु; उल्कन लाउनु । २. उल्लीबिल्ली पार्नु ।

उल्कामुख— ना॰ [सं॰] १. एक प्रकारको राँकेभूतग् राँकेभूत । २. स्याल ।

उल्काहट— ना॰ [उल्काउ+आहट] उल्कने तथा उल्काउने क्रिया वा प्रक्रिया ।

उल्कि–नु— अ॰ क्रि॰ [उल्क+इ+नु] १. हे॰ उल्कनु । २. उल्कने होइनु । > उल्की— ना॰ उल्क्याइँ । उल्क्याइँ— ना॰ उल्किने क्रिया वा प्रक्रिया । उल्क्याइनु— क॰ क्रि॰ उल्किने पारिनु; उल्किन लगाइनु । उल्क्याउनु— प्रे॰ क्रि॰ उल्किने पार्नु; उल्किन लगाउनु । उल्क्याहट— ना॰ उल्किने अथवा उल्काउने क्रिया वा प्रक्रिया । उल्क्याहा— वि॰ उल्किने स्वभावको; उल्कीमा लाग्ने ।

उल्छि–नु— अ॰ क्रि॰ [तुल॰ हि॰ हिलक = बोक्रो कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु । > उल्छ्याइ— ना॰ उल्छिने क्रिया वा प्रक्रिया । उल्छ्याइनु— अ॰ क्रि॰ उल्छिने होइनु । उल्छ्याउनु— प्रे॰ क्रि॰ उल्छिने पार्नु ।

उल्झ–नु— स॰ क्रि॰ [प्रा॰ उल्झलिअ] १. पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु; हुत्त्याउनु । २. बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु । अ॰ क्रि॰ ३. झन्झटमा फस्नु । > उल्झन— ना॰ उल्झने स्थिति वा प्रक्रिया । उल्झाइ— ना॰ उल्झने क्रिया वा प्रक्रिया । उल्झाइनु— क॰ क्रि॰ उल्झने पारिनु; उल्झन लगाइनु । उल्झाउनु— स॰ क्रि॰ कुनै वस्तु हातले वा कुनै साधनले हुत्त्याउने काम गर्नु । उल्झाहट— ना॰ उल्झने क्रिया वा प्रक्रिया । उल्झिनु— क॰ क्रि॰ उल्झने काम गरिनु ।

उल्ट–नु— अ॰ क्रि॰ [सं॰ उल्लोटने १. उल्टो हुनु; पल्टनु । २. एक पटक बाली भइसकेका गाईभैँसीले पुनः बहर वा राँगो खोज्नु । ३. एक अड्डाले गरेका कुनै मुद्दाको फैसलाको विरुद्ध माथिल्लो अड्डाबाट फैसला हुनु; बदर हुनु । स॰ क्रि॰ ४. पानी नहालीकन फुको भुस, खरानी आदिले भाँडा साफ गर्नु; उड्कनु । ५. फिँजिएको वा छरिएको बिस्कुन थुप्य्राउनु । ६. फर्काउनु; उल्टो पार्नु । > उल्टाइ— ना॰ उल्टिने भाव, क्रिया वा प्रक्रिया ।

उल्टाइनु— क॰ क्रि॰ उल्टने पारिनु; उल्टन लगाइनु । उल्टाइ–

पल्टाइ— ना॰ राम्ररी गरिने हेरफेर; उल्टापाल्टी । उल्टाउनु— प्रे॰ क्रि॰ १. उल्टो पार्नु । २. बदर वा खारेज गराउनु अथवा गर्न लगाउनु ।

उल्टापाल्टा/उल्टापाल्टी/उल्टापुल्टा— ना॰ [उल्टो (बि॰)+ पाल्टा/पाल्टी/पुल्टा ] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि॰ ३. विनाक्रमको; जथाभाबी ।

उल्टिनु— अ॰ क्रि॰ [उल्ट+इ+नु] १. उल्टनु । २. उल्टने होइनु ।

उल्टी— ना॰ [उल्ट+ई] १. घिन वा दिगमिगले गर्दा वा कुनै समयमा मुखतिरैबाट फर्किएको खाएको अन्न । २. त्यसरी अन्न फर्कने प्रक्रिया; वमन; बान्ता; छाद । ३. उल्टो । ~ कोट— ना॰ १. बोल–तुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ । २. उल्टो पारेर लगाउन हुने कोट । ~ म्याद— ना॰ अदालतमा परेका मुद्दा छिनिएपछि हरुवाले हारेको सो मुद्दा उल्टाउनलाई माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय ।

उल्टो— वि॰ [उल्ट+ओ] १. सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेँटो । २. उल्टो स्वभावको; अधबेस्रो; वाममार्गी । ~ चक्रवात— ना॰ जुन दिशा भएर बहनुपर्ने हो सो नभई उल्टो दिशातिर बहने खालको वायुको गति; भुमरी; हुन्डरी । — पाल्टो— ना॰ हे॰ उल्टापाल्टा; उल्टापाल्टी । ~ सुल्टो— वि॰ मनपरी; जथानाम । ~ चपत— ना॰ दोचन्डा; नोक्सानी ।

उल्था— ना॰ [उल्टो एक भाषामा लेखिएको वा भनिएको कुरा वा लेख अर्को भाषामा लेख्ने वा भन्ने काम; अनुवाद । > उल्थिनु— अ॰ क्रि॰ उल्था हुनु; अनूदित हुनु । उल्थ्याइ— ना॰ उल्थिने भाव, क्रिया वा प्रक्रिया । उल्थ्याइनु— क॰ क्रि॰ उल्था गरिनु; उल्थिन लाइनु । उल्थ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ उल्था गर्नु; उल्थिने पार्नु ।

उल्फत/उल्फा— वि॰ [सं॰] १. नचाहिँदो; फजुल; अनावश्यक । ना॰ २. नचाहिँदो काम–कारबाई । ३. फोकटको वस्तु ।

उल्लङ्घन— ना॰ [सं॰] १. नाघ्ने वा फड्कने क्रिया । २. मर्यादाको त्याग; नियमको अवहेलना । > उल्लङ्घनीय/उल्लङ्घ्य— वि॰ उल्लङ्घन गर्न लायक ।

उल्लसित— वि॰ [सं॰] उल्लासमय; प्रसन्न ।

उल्लास— ना॰ [सं॰] १. आनन्द; हर्ष । २. प्रकाश; चमक । ३. ग्रन्थको विभाग; अध्याय । ४. एउटाको गुण वा दोष अर्कामा गुण वा दोष हुन जाने एक काव्यालङ्कार । > उल्लासक— वि॰ उल्लास दिने । उल्लासित— वि॰ उल्लास दिलाइएको; उल्लसित पारिएको । उल्लासी— वि॰ उल्लासपूर्ण (व्यक्ति इ॰) ।

उल्लि–नु— अ॰ क्रि॰ [उल्लू+इ+नु] १. जिस्किनु; गिजिनु । २. उल्लू बन्नु; मूर्ख बन्नु ।

उल्लिखित— वि॰ [सं॰] १. उल्लेख गरिएको; पूर्वोक्त । २. लेखिएको; खोपिएको; कपिएको; उत्कीर्ण । ३. चित्र वा तस्बिर लेखिएको; चित्रित; अङ्कित । ४. सान गरिएको; इङ्गित ।

उल्लीबिल्ली— ना॰ [उल्लि (बि॰)] १. मर्म पर्ने वा पुथ्याउने किसिमको ठट्टा; घोचपेचको दिल्लगी; छनक हानेर गरिएको ख्यालठट्टा । २. हाँसोमा उडाएर जिल्ल पार्ने व्यङ्ग्य ।

उल्लु— ना॰ [सं॰ उलूके १. लाटोकोसेरो वा भुल्का । वि॰ २. निर्बुद्धि; मूर्ख, बेकुफ । ३. उरन्ठेउलो; बदमास; सिल्ली ।

उल्लू— ना॰ हे॰ उल्लु ।

उल्लेख— ना॰ [सं॰] १. कुनै कुरा, विचार आदि लेखको रूपमा ल्याउने वा लेख्ने क्रिया । २. लिखत; लेख । ३. विवरण; वर्णन; उद्धरण; चर्चा; प्रसङ्ग । ४. एउटै व्यक्तिलाई धेरैले अनेक प्रकारका नाताले वा धेरैले एउटै नाताले उल्लेख गरेमा पर्ने एक अर्थालङ्कार । > उल्लेखनीय— वि॰ उल्लेख गर्न योग्य ।

उल्लोल— ना॰ [सं॰] १. छाल; लहर; तरङ्ग । वि॰ २. चञ्चल; अस्थिर; लल्याकलुलुक हुने ।

उल्ल्याइँ— ना॰ [उल्लु+याइँ] १. उल्लूमा हुने गुण; उल्लूपना । २. हलुङ्गो ठट्टा; सिल्ल्याइँ ।

उल्ल्याइ— ना॰ [ । उल्ल्याउ (+आइ॰] उल्लिने भाव, क्रिया वा प्रक्रिया । [ > ] उल्ल्याइनु— क॰ क्रि॰ उल्लिने पारिनु; उल्लिन लाउनु ।

उल्ल्याउनु— प्रे॰ क्रि॰ [उल्लि+आउ+नु] १. उल्लिने पार्नु; उल्लिन लगाउनु । २. उल्लीबिल्ली पार्नु; मूर्ख तुल्याउनु । > उल्ल्याहट— ना॰ उल्लिने क्रिया वा प्रक्रिया; उल्लूपना ।

उवा— ना॰ हिमालतिर हुने एक प्रसिद्ध अन्न ।

उशीर— ना॰ [सं॰] जरो सुगन्धित हुने कुशका जातको घाँस; खसखसको बोट । उष -ः_— ना॰ [सं॰] उषा; प्रभात । — काल— ना॰ बिहानीपखको समय; अरुणोदयभन्दा पहिलेको समय । ~ पाषाण— ना॰ प्रागैतिहासिक पुरातत्त्वविद् बेन्जामिन हेरिसनले जम्मा गरेका पाषाण उपकरण ।

उषा— ना॰ [सं॰] १. अरुणोदय हुने बेला; झिसमिसे उज्यालो; प्रभात; उषःकाल । २. अरुणोदयको आकाशको लाली । ३. वाणासुरकी छोरी । ~ काल— ना॰ मिरमिरे बिहानी; उषःकाल । श्र उषाश्मयुग— ना॰ आजभन्दा सात करोड वर्षपहिले प्रारम्भ भएको युग; स्तनपायी प्राणीको सृष्टि प्रारम्भ भएको युग ।

उष्ट्र— ना॰ [सं॰] उँट ।

उष्ण— वि॰ [सं॰] १. धेरै तातो; अति गरम; तप्त । ना॰ २. गर्मी; घाम । ३. राप । ४. ग्रीष्म ऋतु । ~ कटिबन्ध— ना॰ भूगोलका कर्कट र मकररेखाहरूका बीचमा पर्ने ज्यादै गर्मी हुने भाग । ~ प्रदेश— ना॰ गर्मी हुने भाग वा क्षेत्र; गर्मी मुलुक । > उष्णोत्स— ना॰ धरातलका छिद्रबाट जोडसँग निस्कने तातो पानीको फोहोरा ।

उष्म— ना॰ [सं॰] १. गर्मीको समय; ग्रीष्म ऋतु । २. गर्मी; ताप । ३. गरम मिजास । ४. सकारको साथमा उच्चरित हुने (श, ष स इ॰) । > उष्मज— ना॰ गर्मीको समयमा वा गर्मीबाट पैदा हुने कीरो । उष्मीभवन— ना॰ शब्दका अनुष्म ध्वनिहरू उष्म ध्वनिमा परिवर्तन हुने प्रक्रिया (जस्तो — माथितिर > मास्तिर॰ ।

उस्— वि॰ बो॰ १. कुनै काम गर्न झिँजो वा पट्यार लाग्दा मुखबाट निस्कने आवाज । २. अर्काले भनेका कुरालाई मन नपराएको जनाउने शब्द ।

उस— सर्व॰ [प्रा॰ अवैहइ > भा॰ इ॰ अवस्ये विभक्ति लाग्दा हुने 'ऊ'को तिर्यक् रूप (जस्तै — उसले, उसलाई इ॰) ।

उसर— ना॰ [सं॰ ऊषरे १. नुनिलो माटो भएको जमिन । २. बोटबिरुवाहरू केही नउम्रने जमिन; बाँझो जग्गा; ऊषर ।

उसरी— क्रि॰ वि॰ [उसो+गरी] उसो गरी; त्यसरी ।

उसिन्–नु— स॰ क्रि॰ [सं॰ उष्णायने अनाज, फल, मासु आदिलाई पानी हालेर पकाउनु; गुम्स्याउनु; उमाल्नु; बफाउनु । श्र उसिनपसिन— ना॰ हे॰ असिनपसिन । उसिनपासिन— ना॰ १. पकाउने, पस्कने आदि भान्साको काम । २. इच्छा नहुँदा नहुँदै पनि करबलले पकाई पस्की खान दिने क्रिया । उसिना— वि॰ १. उसिनेको; बफाएको । ना॰ २. उसिनेको धान वा त्यस्तो धानको चामल । उसिनाइ— ना॰ उसिन्ने भाव, क्रिया वा प्रक्रिया ।

उसिनाहा/उसिनुवा— वि॰/ना॰ उसिना ।

उसिसनिसिस— क्रि॰ वि॰ [सं॰ उच्छ्वास+निःश्वासे १. हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस । २. ना॰ त्यसरी असजिलो हुने वा निसासिने स्थिति ।

उसै— क्रि॰ वि॰ [उसो+ऐ] १. उसो नै, त्यसै । २. विनाकामले; काम नभईकन । ३. पैसा वा मोल नतिरीकनै ।

उसो— वि॰ [उस+ओ] ऊजस्तो; उस्तो ।

उस्ताद— ना॰ [अ॰] १. सङ्गीत, नृत्य आदिको गुरु । २. गवैया । वि॰ ३. काम गर्न सिपालु; निपुण; पोख्त । ४. धूर्त । > उस्तादी— ना॰ उस्तादमा रहेको गुण वा दायित्व ।

उस्तै— वि॰ [उस्तो+ऐ] उस्तो नै, ऊजस्तै; त्यस्तै ।

उस्तो— वि॰ [उ+जस्तो] १. ऊजस्तो; त्यस्तो । क्रि॰ वि॰ २. त्यत्तिको; प्रायः; त्यति धेर ।

उहाँ— सर्व॰ [ऊ+हाँ] १. 'ऊ'–को सम्मानसूचक शब्द; मान्य जनलाई सङ्केत गर्दा भनिने शब्द । क्रि॰ वि॰ २. त्यहाँ; त्यस ठाउँमा; वहाँ ।

उहिले— क्रि॰ वि॰ [ऊ+हिले] धेरै वर्षपहिले; प्राचीन कालमा; अघि नै । > उहिल्यै— क्रि॰ वि॰ उहिले नै; पहिले नै ।

उहीँ— अव्य॰ [उहाँ+नै] १. उहाँ नै; त्यहाँ नै । सर्व॰ २. उहाँ नै ।

उही— सर्व॰ [ऊ+ई] ऊ नै; त्यही ।

उहुँ— वि॰ बो॰ १. अस्वीकार वा निषेध बुझाउने शब्द; अहँ । २. कुनै पीडा, स्वाब, नक्कल इ॰ बुझाउँदा प्रयोग गरिने शब्द ।

उहु— वि॰ बो॰ असहइ पीडा वा दुःख हुँदा मुखबाट निस्कने शब्द । (उदा॰— उहु, मेरो पेट साह्रै दुख्यो ;) ।

ऊ१— देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च र बन्दसमेत मानिएको दीर्घ स्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

ऊ२— सर्व॰ [सं॰ अदस्] १. प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो । २. टाढाको वस्तुलाई औँल्याएर वा तोकेर देखाउँदा भनिने शब्द ।

ऊँचनीच— ना॰ [सं॰ उच्च+नीच] हे॰ उचनिच ।

ऊँचाइ— ना॰ [ऊँचो+आइ] हे॰ उचाइ ।

ऊँचो— वि॰ [सं॰ उच्चे हे॰ उचो ।

ऊँट— ना॰ [सं॰ उष्ट्रे हे॰ उँट ।

ऊकार— ना॰ [सं॰] १. 'ऊ' अक्षर । २. उकारको दीर्घ रूप ( ू ॰ । ऊ जुनी— ना॰ [उ+सं॰ योनि] १. पूर्वजन्म । २. मरेपछि फेरि हुने जन्म ।

ऊढ— वि॰ [सं॰] १. बिहा भएको; विवाहित । २. स्वास्नी पाल्ने अभिभारा बोकेको । > ऊढा— वि॰ बिहा भएकी; विवाहिता ।

ऊद— ना॰ हे॰ उद ।

ऊन— ना॰ हे॰ उन । > ऊनी— ना॰ हे॰ उनी ।

ऊरु— ना॰ [सं॰] तिघ्रा । > ऊरुज— वि॰ १. जाँघबाट उत्पन्न भएको । ना॰ २. परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्को जाँघबाट जन्मेको भनिने वैश्यजाति । ~ स्तम्भ— ना॰ गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक भेद ।

ऊर्ज— ना॰ [सं॰] १. आत्मबल; आत्मशक्ति; प्राण; हिम्मत । — श्र ऊर्जस्वल/ऊर्जस्वी— वि॰ १. बलवान्; शक्तिशाली । २. प्राणवान् । ३. हिम्मत भएको ।

ऊर्जा— ना॰ [सं॰] १. बल; शक्ति । २. भोजन । ३. सास; श्वास । ४. उत्साह । ५. कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल । — प्रजनक— ना॰ जेनरेटर । ~ सङ्कट— ना॰ ऊर्जाको अभावमा हुने दुःख वा आपत्ति ।

ऊर्ण— ना॰ [सं॰] १. हे॰ ऊन । — नाभ— ना॰ माकुरो ।

ऊर्ध्व— वि॰ [सं॰] माथिल्लो; माथिको; उँभो । — केश— वि॰ ठाडा– ठाडा कपाल हुने; कपाल जिङ्ग्रिङ्ब परेको । — गामी— वि॰ ऊ १.मास्तिर जाने; चढ्ने । २. मुक्त; निर्वाणप्राप्त । — देह— ना॰ मरेपछि प्राप्त हुने शरीर; प्रेतशरीर । — पातन— ना॰ तरल पदार्थलाई बाफ बनाई मास्तिर हुत्त्याउने वा ६याँक्ने क्रिया । —

पुण्ड्र— ना॰ वैष्णव सम्प्रदायका अनुयायीहरूले लगाउने टिको; ठाडो टिको । — बाहु— ना॰ १. एउटा हात देवताका नाउँमा माथि उठाइराख्ने तपस्वी । वि॰ २. माथितिर हात उठाएको । — मुख— वि॰ १. मास्तिर मुख फर्केको । ना॰ २. आगो । —

मूल— वि॰ १. माथितिर जरा हुने (वेदवृक्ष॰ । ना॰ २. संसार; जगत् । ~ रेखा— ना॰ हात वा पैतालाको बीचमा हुने भाग्यसूचक ठाडो रेखा; भाग्यरेखा । — रेता— वि॰ वीर्यस्खलन नभई ऊर्ध्वगामी भएको (पूर्ण ब्रह्मचारी) । — लोक— ना॰ हे॰ स्वर्ग । — वायु— ना॰ डकार । — श्वास— ना॰ मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास ।

ऊर्मि— ना॰ [सं॰] १. नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग । २. दुःख; पीडा । > ऊर्मिल— वि॰ लहर उठेको; छाल उठेको; तरङ्गित ।

ऊषर— ना॰ [सं॰] हे॰ ऊसर ।

ऊषा— ना॰ [सं॰] हे॰ उषा ।

ऊष्म— ना॰ [सं॰] १. तातोपना; गर्मी; उष्णता । वि॰ २. गरम; तातो; उष्ण (वस्तु आदि) । ~ वर्ण— ना॰ उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह — यी चार वर्ण ।

ऊष्मा— ना॰ [सं॰] १. ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम । २. तातोपना; ताप; गर्मी । ३. तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप ।

ऊष्मीभवन— ना॰ [सं॰] कुनै ध्वनि ऊष्मध्वनिमा परिवर्तित हुने प्रक्रिया ।

ऊष्मीभूत— वि॰ [सं॰] पृष्ठध्वनिमा घर्षण उत्पन्न भएर सास छिर्न पाउँदा उच्चरित हुने (व्यञ्जन॰; घृष्ट; सङ्घर्षी (व्यञ्जन॰ ।

ऊसर— ना॰ हे॰ उसर ।

ऊह— ना॰ [सं॰] १. कुनै वस्तु वा विषयका सम्बन्धमा गरिने तर्क; विचार । २. अनुमान; अन्दाज । > ऊहापोह— ना॰ मनमा उठ्ने अनेक प्रकारका तर्कवितर्क वा सोचविचार ।