नेपाली शब्दसमूह ०५ आ

Wiktionaryबाट
Jump to navigation Jump to search

मुखपृष्ठ

आ१— देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दोस्रो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, पश्च, खुला, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

आ२— उप॰ [सं॰] अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग (आरक्त, आमरण, आयोग इ॰) ।

आँ— अव्य॰ [अ॰ मू॰] १. मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले । ना॰ २. बालक रोएको शब्द । आँ गर्दा अन्सार बुझिन्छ (उखान॰ ।

आँक्–नु— स॰ क्रि॰ [सं॰ अङ्कने १. गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु । २. चित्र बनाउनु ।

आँक१— ना॰ [सं॰ अङ्के १. आँट; ह्याउ; हिम्मत । २. उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो ।

आँक२— ना॰ [सं॰ अर्के वरका छाँटको, भुवादार, दूध आउने र सेतो वा प्याजी रबको फूल फुल्ने एक बोट; अर्क ।

आँकडा— ना॰ [आँक+डो कुनै पक्ष वा स्थिति सूचित गर्ने स्थिर अङ्क; तथ्याङ्क ।

आँकिनु— क॰ क्रि॰ [आँक्+इ+नु] आँक्ने काम गरिनु; आँटिनु ।

आँकुरी— ना॰ [आँकुरो+ई] मसिना पात, ससाना प्याजी रबका फूल र चनाका जस्ता कोसा फल्ने एक जातको घाँस ।

आँकुरो— ना॰ [सं॰ अङ्कुरे १. रूखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर । २. गँहुबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट । ३. आँकुरी ।

आँखा— ना॰ [आँखोको ब॰ व॰ वा ति॰ ।)] हे॰ आँखो । — को

नानी— ना॰ १. आँखाको पुतली । वि॰ २. साह्रै मनपर्दो; औधी प्यारो । ~ चिकुवा— ना॰ आँखामा पर्दा पिरो हुने एक प्रकारको कालो रङ्गको सानो कीरो । ~ छली— ना॰ आँखा छलेर खेल्ने केटाकेटीको एक खेल । ~ तरुवा— ना॰ १. बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने, तेल आउने फल फल्ने सानो रूख; आँखातरे । वि॰ २. आँखा तरेर हेर्ने काम गर्ने । — तरे— ना॰ आँखातरुवा । — दार— वि॰ आँखा जवानीले लट्ठ परेको; नसादार । (उदा॰— जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि । लक्ष्मीप्रसाद देवकोटा, 'सुलोचना'॰ । ~ फोडुवा/फोर— ना॰ लामा खुट्टा हुने, झारपातमा बस्ने हरियो रबको लामो कीरो । — लाग्दो— वि॰ मनपर्दो; इच्छालाग्दो ।

आँखी— ना॰ [आँखो + ई] हेर्ने इन्द्रिय; दृष्टि; आँखो । २. ईर्ष्यायुक्त हेराइ; कुदृष्टि । ३. अर्घेलो । ~ गेडी— ना॰ १. आँखाको गेडो; अक्षिगोलक । २. रातीगेडी; लालगेडी । ~ झ्याल— ना॰ गाईका आँखाका बान्कीको वा साना–साना प्वाल भएको झ्याल; गवाक्ष । — तरे— ना॰ हे॰ आँखातरुवा । ~ भु्यँ— ना॰ आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौँको रेखा । — भौँ— ना॰ आँखीभु्यँ ।

आँखे— वि॰ [आँखो + ऐ आँखा भएको; आँखा हुने (एकआँखे, दुईआँखे आदि) । ~ टिमुर— ना॰ टिमुरको एक भेद; बोकेटिमुर । ~ सल्लो— ना॰ एक जातको सल्लो ।

आँखो— ना॰ [सं॰ अक्षि] १. अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेद–विभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय; हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र । २. उखु, बाँस आदिका जोर्नीको गाँठो; रूख आदिको गाँठिएको गिर्खो; आँख्लो । ३. कुदृष्टि; चोखी । ४. पिलोभित्र रगत र पीप जमेको डल्लो वा गिर्खो । वि॰ ५. सबैभन्दा राम्रो; रोजा; उत्तम ।

आँख्ले— वि॰ [आँख्लो + ऐ १. आँख्लैआँख्ला भएको; धेरै आँखा भएको । २. ठूलठूला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे । ~ झार— ना॰ आँख्लैआँख्ला हुने एक प्रकारको झार ।

आँख्लो— ना॰ [आँखो + लो] बाँस, निगालो, उखु, मकैको डाँक्लो, बन्सो आदिमा हुने जोर्नीबीचको गाँठो; हाँगा र बोटका जोर्नीको गाँठो; आँखो ।

आँग— ना॰हे॰ आब ।

आँगन— ना॰ [सं॰ प्राङ्गणे घरअघिल्तिर ताछी, खुर्की सफा पारी बनाइएको चौकुना मिलेको खुला जग्गा; आँबन । > आँगनी— ना॰ आँगनको सानो रूप; आँगन (लोकगीत, कविता आदिमा॰ ।

आँगा— ना॰ कमसल खालको कालो एक जातको धान; आबा ।

आँच— ना॰ [सं॰ अर्चिःे १. चुलामा बसाइएका भाँडाका पीँधमा लाग्ने ताप वा राप । २. कुनै काम–कुराप्रति पुथ्याइने सहयोग । ३. कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति ।

आँचल— ना॰ [सं॰ अञ्चले १. सारी, दोपट्टा आदिको छेउको भाग; सप्को । २. पछ्यौरा । ३. विवाहमा लगनगाँठो पार्ने कपडा । ~ गाँठो— ना॰ लगनगाँठो ।

आँचिला— ना॰ [आली + चिलो] हलुका चालले खेतको आली ताछ्ने काम; छरी ।

आँचिलो— वि॰ [आँच + इलो] आँच लाग्ने; आँच आउने; आँच भएको ।

आँचोखाँचो— ना॰ [(बि॰) खाँचो] खनखाँचो; हर्जा; गर्ज ।

आँट्–नु— स॰ क्रि॰ [आँट + नु] १. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; काम–कुराको चेष्टा गर्नु । २. साहस गर्नु; हिम्मत गर्नु । ३. कामको आरम्भ गर्नु; थाल्नु ।

आँट१— ना॰ बाहिर काँडादार बाक्लो बोक्रा हुने, भित्र कालो बियाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा ।

आँट२— ना॰ [आँत ?] कुनै काम–कुरो गर्ने मनको उत्साह; साहस; हिम्मत । — काँट— ना॰ आँट र उत्साह; आँट ।

आँटा— ना॰ [सं॰ अट्टे गहुँ आदिको पीठो ।

आँटि–नु— क॰ क्रि॰ [आँट + इ + नु] आँट्ने काम गरिनु; आँकिनु ।

आँटिलो— वि॰ [आँट + इलो] आँट भएको; हिम्मतदार; साहसी; आँटी ।

आँटी१— वि॰ [आँट + ई] आँट भएको; आँटिलो; साहसी । आँटी छोरालाई बाघले खाँदैन (उखान॰ ।

आँटी२— ना॰ १. हे॰ आँट१ । २. बु्यँगल वा चोटाको तलो ।

आँटी३— ना॰ रूखकटहरको कोयाभित्रको बियाँ ।

आँटो— ना॰ [सं॰ अट्टे १. मकै पिँधेर पीठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात । २. आँटा ।

आँठ— ना॰ [सं॰ अन्त्रे शरीरका करबको जोर्नी; करब र मेरुदण्डका बीचको सन्धिस्थल । ~ अठिबर/अठिङ्गर— ना॰ १. शरीरका अङ्ग–उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी । २. कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल । — काँठ— ना॰ १. शरीरका अङ्ग–उपाङ्गको जोर्नी वा सन्धिस्थल । २. कुनै वस्तुहरू जोडिएको भाग । ३. काँठवरपरको भाग ।

आँठा— ना॰ [आँठोको ति॰ ।)] हे॰ आँठो । — आँठी— ना॰ सानाठूला धेरै आँठाको समूह । ~ सरह— क्रि॰ वि॰ साँध– सिमानाका जग्गाको अनुसार वा सो जग्गामा चले–भएझैँ (मोलतोल, तिरो, उब्जनी इ॰) ।

आँठी— ना॰ [आँठो+ई] पराल, घाँस आदिको सानो मुठो ।

आँठे१— वि॰ [आँठो+ए] आँठैआँठा भएको; मुठैमुठा पारेको; चुल्ठैचुल्ठा बनेको ।

आँठे२— ना॰ [आठ+ए] १. प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो । २. अन्तिम व्यथा । वि॰ ३. लठुवा ।

आँठो— ना॰ [सं॰ अन्त्रे १. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बीचमा लगाइएको आली । २. सानो फोगटो । ३. कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गा–जमिनको साँध–सिमाना । ४. खर–परालको कल्ली वा मुठो । ५. पराल आदिका डोरीको पोयो । ६. सुर्तीको जगटा । ७. पातको मुठो । ८. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धूलाको थुप्रो । (. एउटै पारी बाटिने कपालको चुल्ठो । ~ चुल्ठो— ना॰ केश, धागो आदिको बटारिएको डोरो ।

आँड— ना॰ [प्रा॰ आँड्डो < सं॰ अण्डे स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको बिफलक वा दोहोरो छालाको थैली; अण्डकोश; आँडा; आँडो । ~ मोल्नु— टु॰ कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवा–शुश्रूषा गर्नु । (उदा॰— फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो॰ । > आँडा— ना॰ आँड; अण्डकोष ।

आँडु— वि॰ १. अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाबारा प्रजननशक्ति नछिनालिएको (घोडा, साँढे आदि॰, नसुमरिएको; खसी नपारिएको । २. नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो । (उदा॰— कोही पनि रामेलाई मन पराउँदैनन् ; किनभने ऊ आँडू छ ।) । आँडे— वि॰ १. आँड वा अण्डकोष भएको । २. एउटाका तुलनामा अर्कोचाहिँ आँड ठूलो भएको । ३. एउटै मात्र आँड भएको । ४. अडमिल्दो वा नमिल्दो । (उदा॰— ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ ;) । आँडो— ना॰ अण्डकोष; आँड ।

आँत— ना॰ [सं॰ अन्त्रे १. अन्तःकरण; आशय; मनको भाव । २. आन्द्रो । ३. शरीरको भित्री भाग । ४. कुनै वस्तुको भित्री तह वा भाग ।

आँतर— ना॰ [सं॰ अन्तरे १. खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बीचमा छुटेको बाँझो जग्गा । २. खेतबारी खन्ने काममा एकले अर्कालाई उछिन्ने काम ।

आँधी— ना॰ [सं॰ अन्ध + ई] १. धूलो र पातपतिङ्गर उडाउँदै, रूखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको बतास; हुरी; आँधीबेहरी । २. ठूलो समस्या । ३. नभएको कुरा । — बेहरी— ना॰ आँधी ।

आँधो— ना॰ [सं॰ अन्धे १. सर्पको जस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो । वि॰ २. भनेको कुरा नबुझ्ने वा नसम्झने; अधबेस्रो । ३. अन्धो ।

आँप— ना॰ [सं॰ आम्रे १. वसन्त ऋतुमा मञ्जरी लाग्ने, फुल्ने र चिचिला फल फल्ने एक जातको बोट वा त्यसैको गुलियो ठूलठूलो फल (काली आँप, मिस्री आँप, बिजुवा आँप, सुपारी आँप इ॰); आम्र । — झुत्ते/झुप्पे— वि॰ १. आँपका जस्तै झुत्तो वा झुप्पो लाग्ने । ना॰ २. आँपजस्तै झुत्तिएर फल्ने एक जातको धान ।

आँसी— ना॰ [सं॰ आशी] १. करौँतीजस्तो दाँते धार हुने ठूलो हँसिया; कचिया । २. हँसिया ।

आँसु— ना॰ [सं॰ अश्रु] हर्ष, शोक, पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु । ~ पुछाउनी— ना॰ दुःखमा परेका मानिसलाई दुःख बिर्साउन वा सन्तोषका निम्ति दिइने थोरै वस्तु ।

आंशिक— वि॰ [सं॰] १. केही भागसित सम्बन्धित; थोरै भाग मात्र भएको । (उदा॰— आंशिक रूपमा यो कुरा सत्य हो रू) । २. अंश वा भागसम्बन्धी; अंशविषयक । ३. विश्वविद्यालय वा अन्य कुनै तहको परीक्षाका निर्धारित विषय वा पत्रहरूमध्ये केहीसँग मात्र सम्बन्धित (आंशिक परीक्षा, आंशिक प्रयोजनका निम्ति लेखिएको शोधपत्र इ॰) ।

आः— वि॰ बो॰ हर्ष, आश्चर्य, झिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा॰— आः, सानोतिनो कुरामा किन अलमलिने < आः, यसो नभन ।) ।

आ्यँ— ना॰ [सं॰ ह्वाने १. भैँसी वा पाडापाडी कराउँदा आउने शब्द । २. भैँसी वा पाडापाडी (बालबोलीमा) । ३. टोक्ने काम; हात गाड्ने काम; टोकाइ -बालबोलीमा) । — काजी— ना॰ भैँसीको मासु खानेलाई हियाएर भनिने शब्द । — पाडो— ना॰ भैँसीको पाडो । — माता— ना॰ भैँसी (व्यङ्ग्यार्थमा॰ ।

आइ— ना॰ [आउ + इ] आउने भाव, क्रिया वा प्रक्रिया ।

आइकर— ना॰ [अङ्॰] घुमाएर काठ प्वाल पार्ने सुइरो; बर्मा ।

आइजाइ— ना॰ [आइ + जाइ] आउने र जाने क्रियाप्रक्रिया ।

आइटिन/आइडिन— ना॰ [अङ्॰ आयोडिने घाउ भएमा लगाइने एक प्रकारको रासायनिक झोल औषधी ।

आइत— ना॰ [सं॰ आदित्ये १. आदित्य । २. आइतबार । — बार— ना॰ सातवारमध्ये पहिलो वार; शनिवार र सोमवारका बीचको बार । — बारे— वि॰ १. आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित । ना॰ २. गाईवस्तुको रक्षाका निमित्त हरेक आइतबारका दिन गोठमा धूपधुवाँर गरिने देवता ।

आइनु— अ॰ क्रि॰ [आउ + इ + नु] कहीँबाट आउने काम होइनु; आगमन भइनु । ~ न साइनु— ना॰ नाता–सम्बन्ध केही नभएको अवस्था; नाता न गोता । — साइनु— ना॰ नातागोता; इष्टमित्र ।

आइन्दा— क्रि॰ वि॰ [फा॰ आइन्दे १. फेरि–फेरि; अर्कोपल्ट; बारम्बार । २. यसपछि; अबदेखि; अबउप्रान्त; भविष्यमा ।

आइमाई— ना॰ [सं॰ आर्यामातो १. स्वास्नीमान्छे, नारीजाति; महिला ।

आउँ— ना॰ [सं॰ आमे १. कफका छाँटको सेतो चिप्लो र लेस्याइलो दिसा; मासी । २. छिन–छिनमा थोरै–थोरै त्यस्तो दिसा हुने रोग ।

आउँदो— वि॰ [आउँ + दो] पछि आउने; आउन लागेको; आगामी ।

आउजाउ— ना॰ [आउ + जाउ] आउने र जाने काम; आइजाइ ।

आउती— ना॰ विवाहमा दुलही भित्र्याएपछि आरतीस्याउँली गर्ने दिदीबहिनीहरूले दुवै कन्चटमा लाउने पिँधेका चामलको पीठो ।

आउनी— ना॰ [आउ + नी] आउने काम; हाजिरी; आगमन; उपस्थिति ।

आउनु— अ॰ क्रि॰ [आउ + नु] १. कहीँ कतैबाट तोकिएका ठाउँमा आइपुग्नु; आगमन हुनु । २. चल–अचल सम्पत्ति प्राप्त हुनु; आम्दानी हुनु ।

आउरे— वि॰ [आउ + रे] आउने; आगन्तुक । — बाउरे— वि॰ निम्तो गरेर आउने र निम्ताबिना नै आउने; कामले आउने र त्यसै आउने ।

आकण्ठ— क्रि॰ वि॰ [सं॰] कण्ठ वा गलासम्म आउने गरी; पूरै पेट भरिने किसिमले; घाँटीसम्म (आकण्ठ स्नेह, आकण्ठ भोजन इ॰) ।

आकर— ना॰ [सं॰] खानी; उत्पत्तिस्थान । २. भण्डार; ढुकुटी । — ग्रन्थ— ना॰ सन्दर्भग्रन्थ; सहायक ग्रन्थ ।

आकर्षक— ना॰ [सं॰] १. आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने । २. प्रभावित वा मोहित गरेर आफूतिर तान्ने । ना॰ ३. चुम्बक । ४. कसी लगाउने पत्थर ।

आकर्षण— ना॰ [सं॰] १. शक्ति, गुण, माया, विशेषता आदिले कसैलाई आफूतिर तान्ने क्रियाकलाप । २. मानिस वा वस्तुलाई आफूपट्टि तान्ने तान्त्रिक विद्या वा कुशलता; मुहुनी । ~ शक्ति— ना॰ कसैलाई प्रभावित वा मोहित पारी आफूतिर खिच्ने भौतिक शक्ति वा विशेषता ।

आकर्षित— वि॰ [सं॰] आकर्षण गरिएको; घिच्च्याइएको; तानिएको ।

आकलझुकल— क्रि॰ वि॰ कुनैकुनै बेला; कहिलेकाहीँ; मुस्किलले एक–दुईपल्ट; आक्कलझुक्कल ।

आकलन— ना॰ [सं॰] १. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम । २. गणना गर्ने काम; गन्ती । ३. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान । > आकलनीय— वि॰ आकलन गर्न योग्य; आकलन गर्न सुहाउँदो ।

आकलित— वि॰ [सं॰] सञ्चय वा जम्मा गरिएको; आकलन गरिएको ।

आकल्प— क्रि॰ वि॰ [सं॰] कल्प रहुन्जेल; पृथ्वी जलामय नभएसम्म; कल्पभर ।

आकस्मिक— वि॰ [सं॰] अकस्मात् भएको; अचानक भएको वा गरिएको; अपर्झटको (कार्य, दुर्घटना इ॰) । ~ कोष— ना॰ सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष ।

आकस्मिकता— ना॰ [सं॰] अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया; भवितव्यता । — वाद— ना॰ संसारमा जे–जति हुन्छ वा भएको छ अकस्मात् वा घटनावश नै हुन्छ भन्ने एक सिद्धान्त । — वादी— वि॰ आकस्मिकतावादको अनुयायी; आकस्मिकतावादको सिद्धान्त मान्ने ।

आका— ना॰ [बा॰ बो॰] गुहु; आची ।

आकाङ्क्षा— ना॰ [सं॰] १. कुनै कुराको इच्छा; अभिलाषा । २. वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने क्रिया । > आकाङ्क्षित— वि॰ इच्छा गरिएको; चाहिएको; अभिलषित । आकाङ्क्षी— वि॰ इच्छा गर्ने; चाहने; अभिलाषी ।

आकार— ना॰ [सं॰] १. कुनै वस्तुको स्वरूप; आकृति (साइज) । २. कद । ३. बान्की; बनावट । ४. 'आ' अक्षर वा 'आ'–को चिह्न । ४. इसारा; सङ्केत । —वान्— वि॰ १. स्वरूप वा आकृति भएको; साकार । २. रूपवान्; सुन्दर । ३. सगुण । >

आकारान्त— वि॰ अन्तमा 'आ' हुने (अक्षर) । ~ आकारित— वि॰ कुनै रूप वा आकार दिइएको; आकारमा ढालिएको ।

आकाश— ना॰ [सं॰] १. पृथ्वी तथा ग्रह–नक्षत्रका बीचको मास्तिर हेर्दा खुला र नीलो देखिने शून्य अपार स्थान; अकास; सगर; आसमान; अन्तरिक्ष । २. गणितमा शून्यको पर्याय । ~ कुसुम— ना॰ आकाशको फूल; हुनै नसक्ने कुरो । ~ खेती— ना॰ १. आकाशबाट परेका पानीको भरमा हुने खेती । २. आकाशवृत्ति । ३. बेकार भएर गएको खेती; बालीनालीशून्य खेती । — गङ्गा— ना॰ आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना–साना नक्षत्रहरूको समूह; निहारिका । — चारी— ना॰ आकाशमा हिँड्ने वा उड्ने नक्षत्र, ग्रह, पन्छी, देवता आदि । ~ दीप— ना॰ कात्तिक महिनामा अग्लो लिङ्गामा झुन्ड्याएर बालिने बत्ती; आकाशबत्ती । ~ फल— ना॰ आकाशमा रहेको फल; पाउन नसकिने कुरो । ~ बत्ती— ना॰ आकाशदीप । ~ बेली— ना॰ चमेलीका आकारको एक प्रकारको फूल फुल्ने लहरो । — भाषित— वि॰ नाटकमा नटले आकाशतिर फर्केर एक्लै गरेको वा बोलेको (कुरो॰; नाटकमा एक्लै अदृश्य व्यक्तिसित गरिएको वा बोलिएको (कुरो) । ~ मण्डल— ना॰ आकाशको घेरो । ~ मार्ग— ना॰ आकाशको बाटो; वायुयानको मार्ग । ~ यान— ना॰ हवाईजहाज; वायुयान; विमान । — वल्ली— ना॰ सिमाली आदिको बोट वा झाबमा स्वतः फैलिने पात, फल आदि केही नहुने हरियो वा पहेँलो लहरो; अमरवल्ली । — वाणी— ना॰ १. आकाशबाट बोलिने बोली; देववाणी । २. तारको सम्बन्धविना नै यन्त्रबारा आउने शब्द; रेडियोबाट सुनिने शब्द । — वृत्ति— ना॰ खानका निम्ति कुनै पेसा वा आधार नभएको तथा परिश्रम नगरिने अवस्था वा व्यवहार; अनिश्चित वृत्ति । — सेवा

पट्ट— ना॰ हवाई सेवामा काम गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक । > आकाशोक्ति— रङ्गमञ्चका कुनै पात्रले आकाशतिर हेरेर टेलिफोनमा जस्तै यसो भनेको हो र यसो भनेको होइन भन्दै एक्लै गर्ने कुरो वा मनोवाद ।

आक्कलझुक्कल— क्रि॰वि॰हे॰ आकलझुकल ।

आकीर्ण— वि॰ [सं॰] चारैतिर छरिएको; फिँजिएको; व्याप्त भएको ।

आकुञ्चन— ना॰ [सं॰] छरिएको वस्तुलाई एकत्रित तुल्याउने काम; समेट्ने काम; खुम्च्याउने काम ।

आकुञ्चित— वि॰ [सं॰] १. समेटिएको; बटुलिएको । २. खुम्चिएको; दोब्रिएको ।

आकुल— वि॰ [सं॰] १. हडबडाएको; आत्तिएको । २. दिग्दार; विह्वल । ३. क्षुब्ध; उबिग्न । — ता— ना॰ आकुल हुनाको भाव वा अवस्था; व्याकुलता; बेचैनी; उबिग्नता । ~ व्याकुल— वि॰ अत्यासमा परेको; हडबडाएको; आत्तिएको; उबिग्न । > आकुलित— वि॰ घबडाएको; आत्तिएको; आतसमा परेको ।

आकृति— ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार । २. बान्की; बनावट । ३. मुख; चेहरा । ~ चित्र— ना॰ १. आकृति, अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र । २. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप । — मूलक वर्गीकरण— ना॰ आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; त्यस्तो भाषावर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम ।

आकृष्ट— वि॰ [सं॰] १. प्रभावित भएको; आकर्षित । २. घिच्च्याइएको; तानिएको ।

आक्रन्दन— ना॰ [सं॰] १. रोदन; रुवाइ; विलाप । २. कराइ; चिच्च्याहट ।

आक्रन्दित— वि॰ [सं॰] १. रोएको; विलाप गरिएको; बिलौना गरिएको । २. चिच्च्याइएको; कराइएको ।

आक्रमण— ना॰ [सं॰] बलपूर्वक सीमा उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने चढाइ; धावा; हमला । — कारी— वि॰ आक्रमण गर्ने; हमला गर्ने ।

आक्रमित— वि॰ [सं॰] आक्रमण गरिएको; हमला गरिएको; धावा बोलिएको ।

आक्रान्त— वि॰ [सं॰] १. हमला गरिएको; चढाइ गरिएको । २. घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको । ३. हराइएको; पराजित ।

आक्रामक— वि॰ [सं॰] हमला गर्ने; चढाइ गर्ने; आक्रमण गर्ने ।

आक्रोश— ना॰ [सं॰] १. क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना । २. गाली वा निन्दा गर्दै गरिने सराप । ३. चिच्च्याहट । ४. रिस; जब ।

आक्षेप— ना॰ [सं॰] १. कसैको कार्य, कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बात । २. निन्दा; तिरस्कार । ३. ६याँक्ने वा हुत्त्याउने काम । ४. भन्ने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार । > आक्षेपक— वि॰ १. आक्षेप लगाउने; दोषारोपण गर्ने । २. ६याँक्ने; हुत्त्याउने । ३. सिकारी । ४. एक प्रकारको बाथको रोग । आक्षेपण— ना॰ १. दोष वा कलङ्क लगाउने काम । २. ६याँक्ने वा हुत्त्याउने क्रिया ।

आखत— ना॰ [सं॰ अक्षते १. अछेता । २. इष्टलग्नको कुण्डलीमा अछेता राखेर वा खसालेर हेरिने शुभाशुभ फल; जोखना ।

आखर— ना॰ [सं॰ अक्षरे हे॰ अक्षर ।

आखिर— वि॰ [फा॰] १. सबैभन्दा पछिको; अन्तिम । क्रि॰ वि॰ २. अन्त्यमा; निचोरमा । ना॰ ३. खाँचो; हर्जा; गर्ज । — कार— क्रि॰ वि॰ आखिरमा; अन्तमा; अन्ततोगत्वा । > आखिरी— वि॰ १. पछिल्लो; पछाडिको; अन्तिमको; आखिरको । २. आखिर वा अन्त्यमा भएको (कुरो, निर्णय, तोक इ॰) । ना॰ ३. अन्त्य ।

आखेट— ना॰ [सं॰] सिकार खेलिने जीवजन्तु; सिकार; अहिरो । >

आखेटक— वि॰ १. सिकार खेल्ने; अहिरो गर्ने । ना॰ २. सिकार खेल्ने व्यक्ति; सिकारी । आखेटिक— वि॰ सिकार खेल्न सिपालु; सिकारी (पशु वा व्यक्ति॰ ।

आख्ता— ना॰ [फा॰ आखते खसी पारिएको घोडा; सुमरेको घोडा । श्र आख्ते— वि॰ खसी पारिएको (पशु वा घोडा॰ ।

आख्यात— वि॰ [सं॰] १. भनिएको; कथिएको; कहिएको । २. सबैले थाहा पाएको; प्रसिद्ध; ख्यातिप्राप्त । ना॰ ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिङ्प्रत्यय । ~ प्रत्यय— ना॰ समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गथ्यो, भन् + ला = भन्ला इ॰) ।

आख्यान— ना॰ [सं॰] १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त । २. कहानी; कथा–उपन्यास । ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रबारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद । > आख्यानक— ना॰ छोटो किस्सा; लघुकथा; छोटो कथा । आख्यानात्मक— वि॰ कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त ।

आख्यायक— वि॰ [सं॰] १. केही कुरा भन्ने वा बताउने । २. समाचार दिने; सूचनावाहक ।

आख्यायिका— ना॰ [सं॰] १. सिलसिला मिलेको सानो कहानी वा कथा । २. पात्रहरूबारा आ६नो चरित्र केही मात्रामा आफैँले वर्णन गरिने आख्यान ।

आगत— वि॰ [सं॰] १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको । २. पाएको; प्राप्त भएको । — पतिका— ना॰ परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका । ~ स्वागत— ना॰ पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार ।

आगन्तुक— वि॰ [सं॰] १. कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति) । २. एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि॰ । ना॰ ३. अतिथि; पाहुना । ~ दर्ता— ना॰ आगन्तुकहरू के–कति कहाँ–कहाँबाट आएका हुन् भनी लिपिबद्ध गर्ने काम । ~ पुस्तिका— ना॰ आगन्तुकहरूबारा हस्ताक्षर गरिने पुस्तिका ।

आगम— ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वा ठाउँमा पुग्ने काम (अर्थागम, समागम इ॰) । २. कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम -स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि रू) । ३. भेट; प्राप्ति सङ्गम । ४. आम्दानी; आय । ५. जन्म; उत्पत्ति । ६. मूल; निर्गमस्थान । ७. आउने समय; भविष्य । ८. तन्त्रशास्त्र ।

आगमन— ना॰ [सं॰] १. आउने वा आइपुग्ने क्रिया वा प्रक्रिया । २. बाहिरबाट विभिन्न तत्त्व आएर भाषालाई प्रभावित पार्ने प्रक्रिया । ~ विधि— ना॰ खास विषयमा प्रशस्त तथ्य वा उदाहरण उपलब्ध गराई तिनको सामान्यीकरणबारा खास सिद्धान्त, नियम वा तथ्यमा पुग्ने प्रक्रिया वा विधि; अध्ययन, खोज तथा तर्क गर्ने क्रममा विशिष्टताबाट सामान्यतातिर बढ्दै जाने त्यस्तो पद्धति । >

आगमनात्मक— वि॰ १. तथ्यहरूबाट सामान्यीकरण गरी निष्कर्ष निकालिने आगमन वा अनुगमन भनिने तर्कपद्धतिसँग सम्बन्ध राख्ने । २. प्रयोग एवं व्यवहारबारा जानिने । ३. भाषामा आगम– ध्वनि वा शब्दहरू प्रशस्त रूपमा पाइने ।

आगरी— ना॰हे॰ आग्री ।

आगलागी— ना॰ [आगो + लागी] घर, बस्ती आदिमा अचानकसित आगो लाग्ने वा आगो सल्केर घर–सम्पत्ति सखाप पार्ने काम; अग्निकाण्ड । आगलागी झुपडी, डेढ घडी भद्रा (उखान॰ ।

आगामी— वि॰ [सं॰] पछि आउने; पछि हुने; भविष्यसँग सम्बन्धित; आउँदो ।

आगार— ना॰ [सं॰] १. बस्ने घर; वासस्थान । २. वस्तुहरू राखिने भण्डार; भँडार; ढुकुटी ।

आगे— क्रि॰ वि॰ [सं॰ अग्रे] १. पहिले; अगि; अगाडि (भरपाई आदि लिखतमा प्रयुक्त॰ । २. यसपछि; उप्रान्त ।

आगो— ना॰ [सं॰ अग्नि] १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि । २. रिस; क्रोध । ~ पानी— ना॰ १. आगो र पानी । २. वैरभाव; शत्रुता ।

आग्निक— वि॰ [सं॰] आगाको; आगोसम्बन्धी ।

आग्नेय— वि॰ [सं॰] १. आगाको; आगोसम्बन्धी । ना॰ २. पूर्व र दक्षिण दिशाको कोण; अग्निकोण । ~ परिवार— ना॰ हे॰ अग्नेली परिवार । > आग्नेयास्त्र— ना॰ प्रहार गर्दा आगाको वर्षा हुने एक अस्त्र; अग्निबाण; दिव्यास्त्र ।

आग्रह— ना॰ [सं॰] १. कुनै कुराका निम्ति कसैलाई विनय तथा जोडसाथ गरिने अनुरोध; बारम्बारको प्रार्थना । २. हठ; जिद्दी । ३. तत्परता । ४. लिने वा ग्रहण गर्ने क्रिया ।

आग्रहायण— ना॰ [सं॰] मङ्सिर महिना; मार्गशीर्ष महिना; अघन; अगहन ।

आग्रही— वि॰ [सं॰] १. आग्रह गर्ने; प्रार्थना गर्ने । २. हठी; जिद्दीवाल ।

आग्री— ना॰ [सं॰ आकारिके १. ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्गा झिक्ने कामदार; आगरी । २. फलामखानीमा काम गर्ने मजदुर । वि॰ ३. सन्तोष नहुने; असन्तोषी ।

आग्लिनु— अ॰क्रि॰ [आग्लो + इ + नु] १. आग्लो लाग्नु । २. बन्द हुनु ।

आग्ले— वि॰ [आग्लो+ए] १. आग्लो भएको; आग्लोसम्बन्धी । ~ घर— ना॰ दैलाको भित्री भागमा आग्लो छिराउन बनाइएको प्वाल वा कापो; दैलाको गाँड ।

आग्लो— ना॰ [सं॰ अर्गले १. झ्याल–ढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी । २. अर्काको काम–कुरामा हालिने भाँजी; काममा आइपर्ने बाधा वा अड्काउ ।

आघात— ना॰ [सं॰] १. एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार । २. चोटपटक । ३. मानसिक कष्ट वा व्यथा । ४. हत्या; वध । ५. वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात ।

आघुँ— क्रि॰ वि॰ [आघौँ] अर्को साल; आउँदो वर्ष; आघौँ ।

आघोष— ना॰ [सं॰] १. ठूलो स्वरले बोलाउने काम; आह्वान । २. हपार्ने वा झपार्ने काम ।

आघौँ— क्रि॰ वि॰ [सं॰ अग्रे आउने साल; आउँदो वर्ष; आगामी वर्ष; आघुँ ।

आघ्राण— ना॰ [सं॰] १. सुँघ्ने वा बास्ना लिने काम । २. अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया ।

आघ्रात— वि॰ [सं॰] १. सुँघिएको; बास्ना लिइएको । २. सन्तुष्ट; तृप्त ।

आब— ना॰ [सं॰ अङ्गे १. शरीर; देह । २. पछाडि पट्टिको ढाड; पिठिउँ; आँग । ~ अठिबर/अठिङ्गर— ना॰ शरीरका अवयव र तिनीहरूको जोर्नी । ~ खोलाइ— ना॰ तलासी लिने काम; साथमा राख्न नहुने कुरा शरीरभित्र लुकाएर राखिएको छ कि भनी छाम्ने वा हेर्ने प्रक्रिया ।

आबन— ना॰हे॰ आँगन । आब फर्काइ— ना॰ [आब + फर्काइ] १. कोल्टे फेर्ने काम । २. अरूका कुरा मन नपरी पछाडि फर्कने चाल वा स्थिति । ३. बालक पैदा हुँदा पाठेघरसमेत साथसाथै बाहिर निस्कने अवस्था; भँडाल्नुफर्काइ । आब लाग्नु— टु॰ खाएका कुराको रस शरीरमा भिज्नु र पोस लाग्नु ।

आबा— ना॰हे॰ आँगा ।

आङ्गारिक— वि॰ [सं॰] १. अँगारसम्बन्धी; अँगारको काम गर्ने । ना॰ २. गोल वा कोइलाको काम गर्ने व्यक्ति; अँगार पोल्ने वा बेच्ने व्यक्ति ।

आङ्गिक— वि॰ [सं॰] १. अङ्गसम्बन्धी; शरीरको । २. अङ्गहरूबारा नक्कल गरिने (अभिनय, मुद्रा आदि॰ । ना॰ ३. मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति ।

आङ्ग्ल— वि॰ [सं॰] १. अङ्ग्रेजसम्बन्धी; अङ्ग्रेजको । २. अङ्ग्रेजीसम्बन्धी । ~ भाषा— ना॰ अङ्ग्रेजी भाषा ।

आचमन— ना॰ [सं॰] पूजा वा धार्मिक कार्यमा शुद्ध हुनका लागि मन्त्रपूर्वक पानी अचाउने काम । > आचमनी— ना॰ आचमन गर्ने एक किसिमको चम्चा; पञ्चपात्रको पानी झिक्ने सानो डाडुजस्तो वस्तु ।

आचरण— ना॰ [सं॰] १. व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो–नराम्रो सबै काम–कुरा; चालचलन; चरित्र । २. बानीबेहोर । ३. व्यवहार । ~ पञ्जिका/पुस्तिका— ना॰ कर्मचारीहरूको कर्तव्यपालन, अनुशासन आदि चरित्रसम्बन्धी विवरण लेखिएको पुस्तिका । > आचरणीय— वि॰ आचरण गर्न योग्य; अनुसरणीय ।

आचरित— वि॰ [सं॰] आचरण गरिएको; नियमपालन गरिएको ।

आचार— ना॰ [सं॰] १. कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार, रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र । २. रीतिस्थिति । ३. सदाचार; आचरण । ४. पारस्परिक व्यवहार वा आदान–प्रदान । — भ्रष्ट— वि॰ आचारका दृष्टिले भ्रष्ट वा पतित; आचारको पालना नगर्ने; दुराचारी । — वान्— वि॰ शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी । — विचार— ना॰ १. आचरण; चालचलन; बानीबेहोरा । २. रहनसहन; धार्मिक दृष्टिले शुद्ध दैनिक आचरण । — शास्त्र— ना॰ मानिसको चरित्र, आचरण आदिको विवेचना गरिएको शास्त्र । ~ संहिता— ना॰ आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्या । >

आचारिक— वि॰ आचारसम्बन्धी; आचारको । आचारी— वि॰ आचारमा रहेको; आचारवान्; सदाचारी ।

आचार्य— ना॰ [सं॰] १. व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु । २. आचारको ज्ञाता तथा वेद आदि पढाउने गुरु; अध्यापक । ३. विशिष्ट विबान् । ४. कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहित । ५. भाष्यकार; टीकाकार । ६. संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि । ७. ब्राह्मण–जातिको एक थर । > आचार्या— ना॰ १. आचार्यको काम गर्ने स्त्री; अध्यापिका; उपाध्याया । २. पूजनीया तथा विदुषी स्त्री । ३. स्त्री । आचार्याणी— ना॰ आचार्यकी पत्नी; गुरुपत्नी ।

आचिन्त्य— वि॰ [सं॰] चिन्तन गर्न लायक; विचारणीय; विचार गर्न योग्य ।

आची— ना॰ [बा॰ बो॰] गुहु वा फोहोर वस्तु; आका ।

आचे/आच्चे— वि॰ बो॰ [सं॰ आश्चर्ये अचम्म, विस्मय, थकथकी आदि प्रकट गर्दा निस्कने अव्यय शब्द; आम्मै (उदा॰— आच्चे ; तिमीले के कुरा गरेको त्यस्तो ;) ।

आच्छन्न— वि॰ [सं॰] ढाकिएको; छोपिएको; आच्छादित ।

आच्छाद— ना॰ [सं॰] १. लगाउने लुगा वा वस्त्र । २. ढाक्ने वस्तु; छोप्ने वस्तु; बिर्को; ढकनी; झापन । > आच्छादक— वि॰ ढाक्ने वा छोप्ने । आच्छादन— ना॰ १. ढाक्ने वा छोप्ने काम । २. वस्त्र; लुगा । ३. ढकनी; बिर्को; झापन । आच्छादित— वि॰ ढाकिएको; छोपिएको; आच्छन्न ।

आच्छु— वि॰ बो॰ [सं. आर्ते १. चिसो पानी, शीत आदि लाग्दा वा धेरै जाडो हुँदा भनिने शब्द । — आच्छु— क्रि॰ वि॰ १. आपद् पर्दा यसो गरूँ कि उसो गरूँ भएर; धौधौ । ना॰ २. मुस्किल; कठिनाइ । ३. हायलकायल ।

आच्छ्युँ— ना॰ [हाच्छ्युँ] छिउँ; हाच्छ्युँ ।

आच्छ्यूँ— ना॰ हे॰ छिउँ ।

आछा— ना॰ [सं॰ आशो आशा; आश्रय । — पिछा— क्रि॰ वि॰ १. दृष्टिगोचरमा । २. छेउछाउमा रहँदै । ना॰ ३. आश्रय; आधार ।

आज— अव्य॰ [सं॰ अद्ये १. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य । २. वर्तमान समय; हाल । — कल/काल— क्रि॰ वि॰ अचेलभरि; हिजोआज; वर्तमान समयमा ।

आजन्म— अव्य॰ [सं॰] १. जन्मिएदेखि आजसम्म । २. जीवनभरि; बाँचुन्जेल; आजीवन; भरजन्म ।

आजाद— वि॰ [फा॰] स्वतन्त्र; मुक्त । > आजादी— ना॰ स्वतन्त्रता; मुक्ति । आजानु बाहु— वि॰ [सं॰] घुँडासम्म पुग्ने लामा हात भएको; लामा– लामा हात भएको; दीर्घबाहु ।

आजित— वि॰ [अ॰ आजिजे हैरान; दिक्क भएको ।

आजीवन— क्रि॰ वि॰ [सं॰] जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण । ~ बिमा— ना॰ आ६नो ज्यान तलमाथि भएपछि निर्धारित रकम प्राप्त हुने किसिमले गरिएको जीवनबिमा ।

आजीविका— ना॰ [सं॰] जीवन–निर्वाह गर्नका लागि गरिने काम; रोजगार; पेसा । ~ कर— ना॰ जीवन–निर्वाहका लागि प्राप्त हुने धन वा व्यवसायमा लगाइने कर ।

आजु— ना॰ [नेवा॰] केटाकेटीका तेलकासा, लुकामारी आदि खेलमा डुम हुनेले लघार्दा बच्नका निम्ति छोइने निश्चित स्थान वा वस्तु ।

आज्ञप्त— वि॰ [सं॰] आज्ञा दिइएको; अह्राइएको । > आज्ञप्ति— ना॰ १. नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय । २. सर्वोच्च अदालत वा न्यायाधीशको लिखित निर्णय । ३. आज्ञा; आदेश ।

आज्ञा— ना॰ [सं॰] १. आ६ना अधीनमा रहेका वा आफूभन्दा साना कुनै व्यक्ति, कर्मचारी आदिलाई मौखिक वा लिखित रूपमा दिइने निर्देश; अह्रोट; आदेश । २. कुनै कामकुरो गर्नाका लागि पाइने अनुमति । — कारी— वि॰ भनेको मान्ने; आज्ञापालन गर्ने; आज्ञापालक । — चक्र— ना॰ योगशास्त्रका अनुसार शरीरमा रहेका षट्चक्रमध्ये भु्रमध्यमा हुने बिदलीय एक चक्र । > आज्ञापक— वि॰ आज्ञा दिने; अह्राउने । ~ पत्र— ना॰ कसैलाई केही काम गर्नका निम्ति अह्राइएको पत्र; कुनै आज्ञा लेखेर दिइएको पत्र; आदेशपत्र । आज्ञापन— ना॰ १. सूचना वा जनाउ दिने काम । २. अह्राउने वा आज्ञा दिने काम । — पालक— वि॰ भनेको मान्ने; आज्ञापालन गर्ने; आज्ञाकारी । ~ पालन— ना॰ भनेको वा अह्राएको मान्ने काम; आदेशपालन । आज्ञापित— वि॰ १. सूचित गरिएको; जनाउ दिइएको । २. आज्ञा वा अनुमति दिइएको; अह्राइएको । ~ भङ्ग— ना॰ मान्य जनको आज्ञा नमान्ने वा नटेर्ने काम; आज्ञाविरुद्ध आचरण । — ले— क्रि॰ वि॰ आज्ञानुसार; अह्राएबमोजिम (चिठीपत्र आदिको अन्तमा॰ ।

आज्य— ना॰ [सं॰] १. घिउ । २. यज्ञमा आहुति दिइने वा होम गरिने घिउ आदि पदार्थ ।

आञ्जलिक— वि॰ [सं॰] अँजुलीको; अँजुलीसम्बन्धी ।

आट— ना॰ [सं॰ अट्टे प्रायः घरभित्र कुनै सामान राख्न वा पर्दाका निम्ति उठाइएको केही अग्लो गारो; होचो डिल वा पेटी; आँटी ।

आटा— ना॰ [आँटो गोरखनाथलाई भोग लगाउन बनाइने खास किसिमको ठूलो रोटी; रोटो ।

आटिलोपाटिलो— ना॰ [आँटिलो (बि॰)] आँखा चिम्लने व्यक्तिलाई थाप्लामा हिर्काई भाग्दै गरी खेलिने, केटाकेटीको एक खेल ।

आठ— ना॰ [प्रा॰ अट्ठ < सं॰ अष्टमे १. सातपछिको सङ्ख्या; नौभन्दा पहिले आउने अङ्क । वि॰ २. छ र दुईका योगसङ्ख्याको; गन्तीका क्रममा सातपछि आउने । ~ पहरिया— ना॰ राजा– महाराजाका साथमा आठै प्रहर वा दिनरात सँगै रहने अङ्गरक्षक । > आठा/आठाब— वि॰ आठ दोबर (दुनोट पढ्दाको शब्द॰; आठ गुना । आठै पहर— ना॰ रातोदिन; चौबीसै घण्टा ।

आड— ना॰ [सं॰ अट्ट/अड्डे १. अडेस लाग्ने कुरो वा वस्तु; अडिने ठाउँ; आडा; अडेसा; अडेसो । २. आधार; सहारा । ३. छेक्ने वस्तु; छेको; छेकाबार । > अडेसो— ना॰ सघाउपघाउ; भरथेग । ~ भरोस/भरोसा— ना॰ १. सहायता; मद्दत । २. भरोसा; आश्रय । ३. ढाडस; आश्वासन ।

आडम्बर— ना॰ [सं॰] १. देखावटी ठाँटबाँट; बोक्रे धाक; बाहिरी ढाँचा; स्वाब । २. सेखी; घमन्ड ।

आडर— ना॰ [अङ्॰ अर्डरे आज्ञा; आदेश ।

आडा— ना॰ [आड + ओ १. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा । २. पिँजराभित्र चरा बस्ने टाँड । ३. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन । ४. आड; आधार । ५. टेवा; टेको ।

आडिलो— वि॰ [आड + इलो] १. आड दिने; दर्बिलो; तागतिलो । २. थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो । ३. अड्डीवाल ।

आढ्य— वि॰ [सं॰] धनी; धनवान्; सम्पत्तिशाली ।

आणविक— वि॰ [सं॰] अणुका रूपमा हुने वा अणुसित सम्बन्धित; अणुबाट तयार हुने (हतियार आदि॰ ।

आतङ्क— ना॰ [सं॰] १. कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय । २. पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी । ३. आशङ्का; सन्देह । — कारी— वि॰ आतङ्क मच्चाउने; त्रासको वातावरण सिर्जना गर्ने । — पूर्ण— वि॰ आतङ्कले भरिएको; डर र त्रासले युक्त । ~ युद्ध— ना॰ प्रचार आदिबारा आतङ्क वा त्रास फिँजाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति । —

वाद— ना॰ मानिसलाई डर देखाएर, धम्काएर वा त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्वस्थापन वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त । — वादी— वि॰ आतङ्कवादमा लागेको; आतङ्कवादको अनुयायी । > आतङ्कित— वि॰ भय एवम् त्रासले विकल भएको; आतङ्कबारा प्रभावित ।

आततायी— वि॰ [सं॰] अर्काको सम्पत्ति लुट्ने, घरमा आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने; साह्रै ठूलो उपद्रवी वा दुष्ट; दुष्कर्मी; दुराचारी ।

आतप— ना॰ [सं॰] १. सूर्यको प्रकाश; धूप; घाम । २. तातो; राप; गर्मी । वि॰ ३. दुःख दिने; कष्ट दिने । — त्र— ना॰ घामबाट जोगिन प्रयोग गरिने पात वा रेसमबाट बनाइएको ओढो; छाता; छत्र । ~ स्नान— ना॰ स्वास्थ्य ठीक राख्न प्राकृतिक चिकित्साअनुसार सूर्यका किरणले शरीर सेक्ने प्रक्रिया; धूपस्नान; सूर्यस्नान । > आतपी— वि॰ १. धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी । २. दुःख–कष्ट दिने । ३. मनमनै जल्ने; ईर्ष्यालु । ना॰ ४. सूर्य ।

आतस१— ना॰ [सं॰ अतित्रासे अत्यास; अत्याहट; कहाली ।

आतस२— ना॰ [फा॰ आतिशे आगो; अग्नि । — खान— ना॰ कोठा न्यानो पार्न वा आगो ताप्नका निम्ति बनाइएको आगो बाल्ने ठाउँ; अगेनु । — बाजी— ना॰ सल्काउँदा रङ्गीबिरङ्गी झिल्का निस्कने बारुद, सोडा, गन्धक आदि मिलाएर बनाइएको खेलौना ।

आतिनु— ना॰ क्रि॰ हे॰ आत्तिनु ।

आतिथेय— ना॰ [सं॰] १. अतिथिको राम्रो स्वागतसत्कार गर्ने व्यक्ति । २. कसैलाई अतिथिका रूपमा आफूकहाँ राख्ने मानिस । वि॰ ३. अतिथिप्रति राम्रो व्यवहार गर्ने; अतिथिसम्बन्धी ।

आतिथ्य— ना॰ [सं॰] १. अतिथि हुनाको अवस्था वा भाव । २. अतिथिको सत्कार; पाहुनाको मानभाउ । वि॰ ३. अतिथिको अनुकूल; मान्नुपर्ने पाहुनासुहाउँदो ।

आती— वि॰ [आउ + ती] आउँदा लाग्ने; आउँदाखेरिको । —

जाती— वि॰ आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदाखेरिको; आतेजाते ।

आतुर— वि॰ [सं॰] १. घाउ–चोट लागेको; अस्वस्थ; बिरामी; रोगी । २. कुनै कार्य वा फलको विकलतापूर्वक प्रतीक्षा गर्ने; अधीर; हडबडाएको । ३. विकल; बेचैन । ४. दुःखी । क्रि॰ वि॰ ५. चाँडो; छिटो । — काल— ना॰ मर्ने बेला; अन्त्यकाल । — ता— ना॰ आतुर हुनाको भाव वा अवस्था; व्याकुलता । ~ सन्न्यास— ना॰ मर्ने बेलामा लिइने सन्न्यास; आखिरी समयमा ग्रहण गरिने चतुर्थाश्रम । > आतुरी— ना॰ १. हडबड; हतपत । २. अबेर; बियाँलो; विलम्ब । ३. आच्छुआच्छु ।

आतुस— ना॰ [प्रा॰ अत्तास < सं॰ अतित्रासे हे॰ आतस; अत्यास ।

आते— वि॰ [आउ + ते] आउँदा लाग्ने; आउँदाखेरिको । — जाते— वि॰ आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदासँग सम्बन्धित (खर्च, भाडा आदि) । — पाते— ना॰ विधि नपुगेको हडबडको पूजा; मन नलगाई–नलगाई करबलले गरिएको पूजा ।

आत्ति–नु— अ॰ क्रि॰ [आतस + इ + नु] १. आतसमा पर्नु; अत्यासमा पर्नु; आतिनु; अतासिनु; आतिनु । २. कहालिनु; डराउनु । ३. तर्सनु; दच्कनु ।

आत्तुरी— ना॰ [आतुरी < सं॰ आतुर + ई] हे॰ आतुरी ।

आत्था— वि॰ बो॰ [सं॰ आर्ते प्रायः आगाले पोल्दा र काँडा आदिले घोच्दा आत्तिएर बोलिने पीडासूचक शब्द । > आत्थु— वि॰ बो॰ आत्था ।

आत्म— वि॰ [सं॰ आत्मने आ६नो आत्मा वा मनसित सम्बन्धित; आ६नो । > आत्मक— वि॰ १. आत्मासित सम्बन्ध राख्ने; आत्मासम्बन्धी । २. (यौगिक शब्दका अन्तमा॰ भरिएको; युक्त; मय; (हिंसात्मक, दुःखात्मक, व्यङ्ग्यात्मक इ॰) । — कथा— ना॰ आ६ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा; आफैँले बनाएको आ६नै वृत्तान्त; आ६नै जीवनचरित्र; आत्मचरित्र । — गत— वि॰ १. आफूमा भएको वा आत्मासँग सम्बन्धित । २. मनको; दिलको; स्वगत । विप॰ परगत । — गौरव— ना॰ आ६नो बढा्यँ; आत्मप्रतिष्ठा; आत्मसम्मान । — घात— ना॰ आफूले आफैँलाई मार्ने काम; आत्महत्या । — घातक/घाती— वि॰ आफूले आफैँलाई मार्ने; आत्महत्या गर्ने । — चरित/चरित्र— ना॰ आफैँले लेखेको वा भनेको आ६नो जीवनी; जीवनकथा; आत्मकथा । — ज— वि॰ १. आफूबाट पैदा भएको वा जन्मेको । ना॰ २. छोरो । ३. कामदेव । — ज्ञान— ना॰ आत्मा र परमात्मासम्बन्धी ज्ञान; ब्रह्मज्ञान; तत्त्वज्ञान । — त्याग— ना॰ १. अर्काका भलाइका निम्ति आ६नो स्वार्थ त्याग्ने काम । २. परोपकारका निम्ति आ६नो प्राण त्याग गर्ने काम । — त्यागी— वि॰ आत्मत्याग गर्ने; आ६नो मतलब साध्नपट्टि नलाग्ने; स्वार्थ त्याग्ने । — निर्भर— वि॰ आ६नै खुट्टामा टेक्ने; बाँच्नका लागि अरूको भर पर्नु नपर्ने; स्वावलम्बी । — निर्भरता— ना॰ आफूमै निर्भर हुने वा आ६नै भरोसामा रहने काम; आ६नै भर वा खुट्टाको दथ्हो टेकाइ । — निवेदन— ना॰ १. आफूसमेत आ६नो सर्वस्व इष्टदेवतालाई चढाउने काम; आत्मसमर्पण । २. आत्मादेखिकै अनुरोध; आत्म– पुकार । — निष्ठ— वि॰ आत्मामा निष्ठा राख्ने; आत्मविद्याको खोजीमा लागेको । — निष्ठता— ना॰ आत्मनिष्ठ हुनाको भाव वा अवस्था; व्यक्तिको वैयक्तिक दृष्टिकोण वा आग्रहलाई विशेष महत्त्व दिने गुण । > आत्मनेपद— ना॰ १. संस्कृत व्याकरणका केही धातुमा लाग्ने दुई प्रकारका आख्यात–प्रत्ययमध्ये एक । २. सो प्रत्यय लाग्दा बन्ने क्रियाको रूप । — परक— वि॰ १. आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको । २. लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ । — पीडन— ना॰ आफैँले आफूलाई दुःख दिएर वा अरू कसैबारा पीडित गराएर सन्तुष्टि लिने प्रवृत्ति वा रुचि । — प्रशंसा— ना॰ आ६नै मुखले गरिने आ६नो प्रशंसा; आत्मश्लाघा । — बल— ना॰ १. आत्मामा निहित बल; मानसिक शक्ति । २. हाँसी–हाँसी दुःख– सुख सहने निजी क्षमता । — बोध— ना॰ आफैँआफ आत्माका सम्बन्धमा हुने बोध वा ज्ञान; आत्मज्ञान; तत्त्वज्ञान । — भू— वि॰ १. आफैँ उत्पन्न भएको; स्वयम् पैदा भएको । ना॰ २. आफैँआफ उत्पन्न भएका मानिने ब्रह्मा, विष्णु र शिव । ३. कामदेव । ४. छोरो । — रक्षा— ना॰ आफैँले गरिने आ६नो बचाउ; आ६नो रक्षा । — रति— ना॰ १. आफू आफैँमा रत वा लीन रहने भाव वा अवस्था; आफूबाट आफैँ तृप्त हुने वा आफूलाई आफैँले प्रेम गर्ने मानसिक स्थिति । २. अन्त कतैतिर ध्यान जान नदिने आत्मज्ञान । — वञ्चक— वि॰ आफूले आफैँलाई ठग्ने वा धोका दिने । — वञ्चना— ना॰ आफूले आफैलाई ठग्ने काम; आफूले आफैँलाई धोका दिने क्रिया । — वाद— ना॰ अध्यात्मवाद । — वादी— वि॰ आत्मवादसम्बन्धी; आत्मवादको अनुयायी । — विक्रय— ना॰ आफूले आफैँलाई बेच्ने क्रिया; आ६नो स्वतन्त्रतालाई बेच्ने काम । — विक्रयी— वि॰ आफूलाई आफैँले बेच्ने । — विचार— ना॰ आत्मतत्त्वसम्बन्धी मनन वा चिन्तन; आध्यात्मिक विवेचना वा विश्लेषण । — विद्या— ना॰ आत्मासम्बन्धी ज्ञान गराउने शास्त्र वा उपदेश; अध्यात्मविद्या; ब्रह्मविद्या; वेदान्तशास्त्र । —

विश्वास— ना॰ आ६ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको सत्यता र उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आ६नै विश्वास वा भरोसामा रहने काम । — विश्वासी— वि॰ आ६नो सोचाइ वा कामगराइप्रति आफैँ विश्वास गर्ने; आत्मविश्वास भएको । — विस्मृति— ना॰ आफूले आफैँलाई एकदमै बिर्सने वा भुल्ने काम । — वृत्तान्त— ना॰ आत्मकथा । — शुद्धि— ना॰ १. आत्माको शुद्धि; आत्मालाई पवित्र राख्ने काम; आत्मसंस्कार । २. मनको पवित्रता; चित्तशुद्धि । ३. आफूलाई सधैँ सफा–सुग्घर वा शुद्ध राख्ने काम; देहशुद्धि । — श्लाघा— ना॰ आफैँले गरिने आ६नो प्रशंसा; आत्मप्रशंसा । — श्लाघी— वि॰ आ६नो प्रशंसा आफैँ गर्ने; आत्मप्रशंसक । — संयम— ना॰ आ६ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम । — संयमी— वि॰ आ६नो मन तथा इन्द्रियलाई वशमा राख्ने; आत्मसंयम गर्ने । — सन्तोष— ना॰ आफूदेखि आफैँ सन्तुष्ट हुने काम; स्वयम् हुने सन्तोष । — समर्पण— ना॰ २. पूरै अर्काको अधीन वा वशमा रहने काम । २. युद्धका अवसरमा विजेतापक्षको अधीनता स्विकार्ने काम । ३. आफूलाई आ६ना सारा शक्तिसहित कुनै काममा लगाउने काम । — सात्— वि॰ १. पूरै आ६नो अन्तर्गत ल्याइएको । २. आफूमा गाभिएको; आफूमा मिलाइएको । — सिद्ध— वि॰ आफैँआफ हुने; विनाप्रयास हुने; स्वयंसिद्ध । — सिद्धि— वि॰ १. आत्मा वा परमात्माको सम्यक् ज्ञान । २. मोक्ष; मुक्ति । — स्तुति— ना॰ आत्मप्रशंसा; आत्मश्लाघा । — हत्या— ना॰ आफूले आफैँलाई मार्ने काम; जानी–जानी आफैँले आ६नो हत्या गर्ने काम; आत्मघात ।

आत्मा— ना॰ [सं॰] १. शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति । २. मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा । ३. सत्–चित्–आनन्दसम्बन्धी पदार्थ; चैतन्य तत्त्व । ४. मन; चित्त; हृदय । ५. कुनै वस्तुको गूढ वा सार तत्त्व । (शब्दको आत्मा, काव्यको आत्मा इ॰) । > आत्मानन्द— ना॰ आत्माको ज्ञान वा आत्मामा लीन भएर प्राप्त हुने आनन्द । आत्मानुभव— ना॰ १. स्वयम् प्राप्त अनुभव । २. आत्माको अस्तित्वको अनुभव ।

आत्मानुभूति— ना॰ १. आत्माको स्वरूप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध । २. आफैँआफ हुने अनुभूति । आत्माभिमान— ना॰ आ६नो सम्मान र प्रतिष्ठाको विचार; आ६नो मान–अपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव । आत्माभिमानी— वि॰ आ६नो इज्जत र प्रतिष्ठा राख्ने; स्वाभिमानी । आत्माभिमुख— वि॰ आत्मातर्फ उन्मुख; अन्तर्मुख । आत्माराम— ना॰ आ६नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानबारा आनन्दमग्न भएको व्यक्ति । आत्मालोचना— ना॰ १. आफैँले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन । २. साम्यवादी दलका कार्यकर्ताहरूलाई अनुशासित तुल्याउनका निम्ति आ६नो भूल आफैँले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुणदोषको विवेचना । आत्मावलम्बी— ना॰ अरू कसैको आश्रयमा नरहेर आ६नै भरोसामा काम गर्ने व्यक्ति ।

आत्मिक— वि॰ [सं॰] १. आत्मासम्बन्धी; आत्माको । २. आ६नो; आफूसँग सम्बन्धित; निजी । ३. मनसम्बन्धी; मानसिक । ४. ज्यादै नजिकको । — ता— ना॰ १. आत्मिक हुने अवस्था वा भाव ।

आत्मीय— वि॰ [सं॰] १. आत्मासम्बन्धी; आत्मासँग मिल्ने । २. निजी; आ६नो । ३. आ६नो पक्षको । ना॰ ४. आ६नो मानिस । ५. नातेदार; इष्टमित्र; कुटुम्ब । ६. मन मिलेको व्यक्ति — ता— ना॰ १. आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आ६नोपन । २. हार्दिकता; मैत्रीभाव ।

आत्मोत्सर्ग— ना॰ [सं॰] अर्काको भलाइका निम्ति आ६ना सुख– दुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आ६नो जीवन सुम्पने क्रिया; आत्मत्याग; आत्मबलिदान ।

आत्मोद्धार— ना॰ [सं॰] १. आ६नो आत्मालाई सांसारिक बन्धनबाट मुक्त गर्ने क्रिया । २. ब्रह्ममा मिल्ने क्रिया; मोक्ष ।

आत्मोन्नति— ना॰ [सं॰] १. आत्माको उन्नति । २. आफैँआफ गरिने आ६नो तरक्की । ३. मनोबललाई बढाउने काम । — बिदा— ना॰ विश्वविद्यालयजस्ता शैक्षिक निकायका शिक्षकहरूले खास सेवाअवधि पूरा गरेपछि आत्मोन्नतिका लागि गरिने अध्ययन–अनुसन्धान–कार्यका निम्ति पाउन सक्ने नियमानुसारको एकबर्से वा तोकिएको अवधिको बिदा ।

आत्मोपजीवी— वि॰ [सं॰] आ६नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी ।

आत्रामात्रा— ना॰ [(बि॰) मात्रो जे–जति भएको खिच्रीमिच्री; सानोतिनो चीजबीज; खत्र्याकखुत्रुक; जेतेमेते ।

आत्रेय— वि॰ [सं॰] १. अत्रि–गोत्र भएको; अत्रि–गोत्रमा जन्मिएको । ना॰ २. अत्रिका छोरा दत्तात्रेय । गोत्र— ना॰ दुवाडी, दुलाल, पौडेल, पानी–पोखरेल आदिको वंशपरिचयात्मक नाम । > आत्रेयी— ना॰ १. अत्रि–गोत्रमा जन्मिएकी स्त्री । २. वेदान्तविद्यामा निपुण एक प्रसिद्ध विदुषी । ३. ऋतुमती वा रजस्वला स्त्री ।

आदत— ना॰ [अ॰] १. अभ्यास । २. स्वभाव; प्रकृति । ३. बानी; बेहोरा; आचरण; लत; व्यवसाय ।

आदम— ना॰ [अ॰] १. इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानव–जाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका आदिमनुष्य वा व्यक्ति । २. आदमका सन्तान वा मनुष्य ।

आदमारा— ना॰ लेक र बेसीका बीचको बस्ती बस्ने भाग; कछाडको बस्ती ।

आदमी— ना॰ [अ॰] आदमका वंशज वा सन्तान; मनुष्य; मानव ।

आदर— ना॰ [सं॰] १. कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव । २. मानभाउ; कदर । ३. कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार । ४. प्रतिष्ठा; इज्जत । >

आदरणीय— वि॰ आदर गर्न योग्य; सम्माननीय । ~ पत्र— ना॰ इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र । — भाउ— ना॰ सत्कार; मानभाउ; इज्जत; प्रतिष्ठा । ~ भाव— ना॰ आदरभाउ ।

आदरार्थी— वि॰ [सं॰] १. आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन,

उदा॰— तिमी जाऊ, तपाईँ जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्ती सवारी भयो इ॰) । २. आदर खोज्ने; आदरको अभिलाषा राख्ने ।

आदर्श— ना॰ [सं॰] १. रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त । २. कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर । ३. ऐना । ४. टीका; व्याख्या । वि॰ ५. सत् र न्यायी स्वभाव भएको (व्यक्ति॰ । ~ जनसङ्ख्या— ना॰ रूप, गुण, शील, स्वभाव आदि मानवमुखी भएका जनताहरूको सङ्ख्या; रोग, शोक र भोकले नसताइएका जनताहरूको समूह । — वाद— ना॰ मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ भन्ने सिद्धान्त; त्यस्तो गुणसम्पन्न रूपमा विभूषित साहित्यिक रचना गर्ने प्रवृत्ति । — वादिता— ना॰ आदर्शवादमा हुने गुण वा त्यसको स्वरुप; आदर्शवादको नीतिनियम । — वादी— वि॰ आदर्शवादलाई मान्ने; आदर्शवादको अनुयायी । ~ विज्ञान— ना॰ कल्पना आदिबाट विवेचना गरिने विज्ञानको एक शाखा । > आदर्शीकरण— ना॰ कुनै वस्तु वा कार्यलाई आदर्शका रूपमा प्रस्तुत गर्ने क्रिया वा प्रक्रिया ।

आदाता— वि॰ [सं॰] लिने वा ग्रहण गर्ने; प्राप्त गर्ने; प्रापक ।

आदान— ना॰ [सं॰] लिने वा प्राप्त गर्ने काम; स्वीकार । ~ प्रदान— ना॰ लिनेदिने काम; लेनदेन ।

आदि— ना॰ [सं॰] १. थालनी; सुरु; प्रारम्भ; आरम्भ । २. यस्तै किसिमले अरू वा बाँकी पनि सबै; इत्यादि । वि॰ ३. पहिलो; प्रथम । ४. सुरुको; प्रारम्भिक । ५. मुख्य; प्रधान । — कवि— ना॰ प्रथम महत्त्वपूर्ण वा प्रभावशाली कवि; परम्परा खडा गर्ने प्रारम्भका कवि (संस्कृतका वाल्मीकि, नेपालीका भानुभक्त, अङ्ग्रेजीका चौसर इ॰) । — कारण— ना॰ १. सृष्टिको मूलकारण वा हेतु । २. ईश्वर वा प्रकृति ।

आदित्य— ना॰ [सं॰] १. सूर्य; रवि । २. कश्यपका अदितिपट्टिका सन्तान; देवता । — वार— ना॰ आइतबार; रविवार ।

आदिनाथ— ना॰ [सं॰] १. शिव; महादेव । २. काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध । (यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्॰ । आदिनूतनाश्म युग— ना॰ [सं॰] चार करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको युग ।

आदिपुरुष— ना॰ [सं॰] १. सृष्टिका पहिला पुरुष; मनु । २. कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष । ३. पुर्खा । ४. विष्णु । ५. परमेश्वर रू

आदिभूत— वि॰ [सं॰] सुरुमा पैदा भएको; प्रारम्भमा उत्पन्न भएको ।

आदिभूमि— ना॰ [सं॰] १. कुनै जाति, व्यक्ति वा वस्तु जन्मेको मुख्य ठाउँ; उद्भव भूमि । २. सुरुको ठाउँ ।

आदिम— वि॰ [सं॰] १. पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन । २. प्राचीन; पुरानो । ~ जाति— ना॰ कुनै देशमा सबैभन्दा पहिले बसोबास गर्ने मानव–जाति ।

आदिमता— ना॰ [सं॰] आदिम हुनाको भाव, अवस्था वा स्थिति । —

परक— वि॰ पुराकथा, दन्त्यकथा र साहित्यलाई निकटतम ठान्ने र साहित्यको अध्ययनमा आदिम संस्कृतिमा अन्तर्निहित आद्यस्वरूपको महत्त्व देखाउने (समालोचना आदि॰ ।

आदिवासी— ना॰ [सं॰] कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गरिआएको जाति; आदिम निवासी; आदिम जाति ।

आदिशक्ति— ना॰ [सं॰] १. महामाया; दुर्गादेवी । २. शक्तिसिद्धान्तका अनुसार सृष्टिको आदितत्त्व मानिएकी देवी ।

आदिष्ट— वि॰ [सं॰] आदेश दिइएको; आज्ञा प्राप्त गरेको; अह्राइएको ।

आदिस्वरलोप— ना॰ [सं॰] शब्दका अगिल्तिरको स्वर लोप हुने क्रिया (जस्तै— अभ्यन्तर > भित्र, अघैया > घैया (धान॰ इ॰) ।

आदिस्वरागम— ना॰ [सं॰] कुनै शब्दका अगाडि स्वर थपिने क्रिया (स्कुल > इस्कुल, स्नान > इस्नान इ॰) ।

आदी— वि॰ [अ॰] कुनै काम वा कुरा गर्ने आदत बसेको; बानी परेको; अभ्यस्त ।

आदेना— ना॰ जौको जस्तो बोट हुने एक प्रकारको अन्न; जई ।

आदेय— वि॰ [सं॰] लिन हुने; ग्रहण गर्न योग्य; ग्राह्य ।

आदेश— ना॰ [सं॰] १. कुनै काम–कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा । २. आज्ञा; अह्रोट । ३. सन्देश; खबर । ४. उपदेश; अर्ती । ५. गोरख–मतानुयायी साधुहरूले नमस्कार गर्दा उच्चारण गर्ने शब्द । ६. संस्कृत व्याकरणका अनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया; अक्षर–परिवर्तन । ~ उपदेश— ना॰ आदेश र उपदेश; अह्रोट र अर्ती । > आदेशक— वि॰ आदेश दिने; आज्ञा दिने; अह्राउने । आदेशानुसार— क्रि॰ वि॰ आदेशअनुसार; आज्ञा भएबमोजिम; अह्राएमुताबिक ।

आद्य— वि॰ [सं॰] १. पहिले भएको; पहिलेको; पहिलो; प्रारम्भिक । २. मुख्य; प्रमुख; प्रधान ।

आद्यन्त— क्रि॰ वि॰ [सं॰] आदिदेखि अन्तसम्म; आरम्भदेखि समाप्तिसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म ।

आद्या— ना॰ [सं॰] १. आदिशक्ति । २. दशमहाविद्याहरूमा पहिलो महाविद्या । ३. प्रतिपदा तिथि ।

आद्यक्षर— ना॰ [सं॰] १. पहिलो अक्षर । २. कुनै शब्द वा नामको सङ्क्षेप जनाउनलाई लेखिने शब्द वा नामको पहिलो अक्षर

(जस्तै— नेपाल प्रज्ञा–प्रतिष्ठान= ने॰ प्र॰ प्र॰, कृपया उता पल्टाउनुहोस् = कृ॰ उ॰ प॰, इत्यादि = इ॰) ।

आद्याशक्ति— ना॰ [सं॰] हे॰ आदिशक्ति ।

आद्योपान्त— क्रि॰ वि॰ [सं॰] १. आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म । वि॰ २. सबै; भएभरको; सम्पूर्ण ।

आधा— वि॰ [प्रा॰ अद्ध < सं॰ अर्धे कुनै वस्तुको बराबर दुई भागमध्ये एक; अर्ध । — आधी— वि॰ अन्दाजी वा ठीक आधा; झन्डै–झन्डै वा पूरापूर आधा ।

आधान— ना॰ [सं॰] १. राख्ने काम; स्थापना । २. लिने काम; प्राप्त हुने अवस्था । ३. फिर्ता गर्ने काम ।

आधाबोटी— ना॰ [आधा + बोटी] धार्नी प्रणालीका तौलमा धार्नीको सोह्रौँ भाग ।

आधामाने— वि॰ [आधा + मानो] आधा मानु अट्ने; पाँचमुठे (भाँडो॰ ।

आधार— ना॰ [सं॰] १. कुनै वस्तु अड्ने वा रहने ठाउँ; आश्रय; अडान; टेको । २. सहारा; आलम्बन । ~ तत्त्व— ना॰ शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता भएको रूपिम; पूर्वसर्ग वा परसर्ग गाँसिने मूलशब्द । ~ पद— ना॰ मूल शब्दका पछाडि लाग्ने प्रत्यय वा पद । — भूत— वि॰ १. आधार भएको; आश्रयस्वरूप । २. जग बनेको; पृष्ठभूमि तयार भएको । ~ शिक्षा— ना॰ गान्धीवादी दृष्टिकोण अनुरूपको शिक्षा; समाजको सदस्यका रूपमा व्यक्तिलाई आ६ना सामान्य आवश्यकतापूर्तिका निम्ति आधारभूत खालका सीपहरू सिकाउने शिक्षा । — शिला— ना॰ १. गाह्रो अड्याउन राखिएको सबभन्दा तलको ढुङ्गो । २. कुनै पनि कार्यको मुख्य आधार; पहिलो पृष्ठभूमि । > आधारित— वि॰ आधारमा रहेको; कुनै कुरालाई आधार बनाई तयार पारिएको ।

आधार्य— वि॰ [सं॰] कुनै वस्तु आदिको आधार बनेको; कुनै वस्तु आदि आधारित हुने ।

आधि— ना॰ [सं॰] १. मानसिक पीडा; मनको भुटो; चिन्ता । २. बन्धक; धरोट ।

आधिकरणिक— ना॰ [सं॰] १. हाकिम वा प्रमुख अधिकारी । २. न्यायाधीश । वि॰ ३. अधिकरण वा न्यायालयसँग सम्बन्धित ।

आधिकारिक— वि॰ [सं॰] १. कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; साधिकार । ना॰ २. अधिकारप्राप्त व्यक्ति; अधिकारी । > आधिकारिकी— ना॰ १. कुनै विशेष अधिकार पाएका र त्यस्तो अधिकारको प्रयोग गर्ने व्यक्तिहरूको समूह; अधिकारीहरूको समुदाय । २. न्यायाधीशहरूको समूह । ~

कथावस्तु— ना॰ मुख्य फल पाउने नायकसँग सम्बन्ध राख्ने, आदिदेखि अन्तसम्म पुगेको मूल कथानक ।

आधिक्य— ना॰ [सं॰] १. अधिक हुनाको भाव वा अवस्था; अधिकता । २. सबैभन्दा असल हुनाको भाव; सर्वोत्कृष्टता ।

आधिदैविक— वि॰ [सं॰] १. दैव, प्रकृति आदिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित । २. भूतप्रेत आदिबाट हुने । ३. भाग्यले हुने ।

आधिपत्य— ना॰ [सं॰] अधिपति हुनाको भाव वा अवस्था; प्रभुत्व; स्वामित्व ।

आधिभौतिक— वि॰ [सं॰] १. भौतिक पदार्थ तथा बाघ, भालु, सर्प आदि जीवजन्तुका कारणले वा तिनबारा उत्पन्न हुने (भय, पीडा, रोग इ॰) ।

आधिव्याधि— ना॰ [सं॰] मानसिक र शारीरिक पीडा; व्यर्थको भुटो र कष्ट; मन र शरीरमा हुने कष्ट ।

आधुनिक— वि॰ [सं॰] भर्खर–भर्खरै निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ । —

ता— ना॰ आधुनिक हुनाको अवस्था वा भाव; नवीनता; अर्वाचीनता । ~ आर्यभाषा— ना॰ संस्कृत भाषाबाट प्राकृत र प्राकृतबाट अपभ्रंश हुँदै रूपान्तरण भएका आर्यभाषाका विविध रूप । ~ मानव— ना॰ इसापूर्व दस हजार वर्षपहिलेको मानव; आधुनिक युगको मान्छे । ~ मानव युग— ना॰ इसापूर्व दस हजार वर्षपहिले प्रारम्भ भएको मानवयुग । ~ युग— ना॰ इसाभन्दा दस हजार वर्षपहिले सुरु भएको र आजसम्म चल्दै आएको युग । श्र आधुनिकीकरण— ना॰ पुरानो परम्परा, रीतिरिवाज एवम् सभ्यतालाई नयाँ वा आधुनिक बनाउने काम वा प्रक्रिया ।

आधेय— ना॰ [सं॰] १. कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु । २. व्याकरणअनुसार सप्तमी विभक्तिको चिह्न । वि॰ ३. स्थापित गरिएको; राखिएको । ~ तत्त्व— ना॰ शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्दमा गाँसिने पूर्वसर्ग, परसर्ग आदि ।

आध्यात्मिक— वि॰ [सं॰] १. अध्यात्मसित सम्बन्ध राख्ने; अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी । २. ब्रह्म वा जीवसम्बन्धी । आनका तान— वि॰ [हि॰ आन (दोस्रो॰ + का + ताने कताको कता; ज्यादै; धेरै; अत्यन्त ठूलो (फरक॰ ।

आनत— वि॰ [सं॰] १. निहुरेको; झुकेको; नुहेको । २. नम्र; विनयी; विनीत । > आनति— ना॰ १. झुकाइ; निहुराइ । २. नमस्कार गर्ने काम; प्रणाम । ३. सत्कार; सम्मान ।

आनन— ना॰ [सं॰] १. मुख; मुहार; चेहरा । (प्रायः समस्त शब्दका पछिल्तिर, जस्तै— चतुरानन, पञ्चानन, षडानन, गजानन आदि) । २. अध्याय; परिच्छेद ।

आनन्द— ना॰ [सं॰] १. कुनै अभीष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मङ्गलकार्य सम्पन्न हुँदा मनमा हुने प्रिय अनुभूति; हर्ष; प्रसन्नता; खुसी । २. कुनै आपत्ति वा दुःख–कष्ट, बिस्मात आदि नभएको मानसिक अवस्था । ३. सन्चो; सजिलोपना । — मय— वि॰ १. आनन्दले भरिएको; सुखपूर्ण; हर्षयुक्त । ना॰ २. परब्रह्म; परमानन्द । — मय कोश— ना॰ वेदान्तशास्त्रका अनुसार आत्माका पाँच कोश वा आवरणमध्ये एक; अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशपछि परिगणित अन्तिम कोश । — दायी— वि॰ आनन्द दिने; सुख दिने; हर्षप्रद । — मत्ता/सम्मोहिता— ना॰ सम्भोगको आनन्दमा अत्यन्त निमग्न र मुग्ध भएकी प्रौढा नायिका । > आनन्दातिरेक— ना॰ आनन्दको पराकाष्ठा; अति आनन्द; हर्षातिरेक । आनन्दाश्रु— ना॰ ज्यादै खुसी वा आनन्दका बेलामा आउने आँसु; हर्षाश्रु । आनन्दित— वि॰ आनन्दमा निमग्न भएको; हर्षित; प्रसन्न; प्रफुल्ल । आनन्दी— वि॰ १. अति सुख चाहने; सोखी; मनमोजी; अलमस्त । २. सधैँ प्रसन्न वा खुसी रहने ।

आनम्य— वि॰ [सं॰] १. निहुरने; लचिलो । २. फेर्न सकिने । ~ संविधान— ना॰ देश, काल, परिस्थितिअनुसार परिवर्तन गर्न सकिने संविधान ।

आना— ना॰ [सं॰ आणके १. चार पैसाको समुदाय; रुपियाँको पच्चीसौँ भाग । २. सोह्र भागको एक भाग (जमिन, सम्पत्ति आदि॰ ।

आनाकानी— ना॰ [सं॰ अनाकर्णने आलटाल; आनेकाने; लस्याब– लुसुब ।

आनामानी— वि॰ यता न उताको; अलपत्र परेको; बीचको (उदा॰— जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी । — उखान॰ ।

आनामासे— ना॰ [आना + मासे] महिना दिनभरिमा एक रुपियाँको एक आना ब्याज पाक्ने दर ।

आनासुका— ना॰ [आना + सुको १. मोहोरभन्दा घटीका चानचुन पैसा; खुजुरा पैसा । २. आना र सुका; आनादेखि सुकासम्मका पैसा । > आनासुकी— ना॰ आनासुका ।

आनीत— वि॰ [सं॰] बाहिरबाट ल्याइएको; खोजेर तयार पारिएको; उपस्थित गराइएको ।

आनीबानी— ना॰ [आनी + बानी] चालचलन; शीलस्वभाव; बानीबेहोरा; चरित्र ।

आनु— ना॰ [सं॰ अन्धे आनो; अन्धो ।

आनुकूलिक— वि॰ [सं॰] जस्तो हुनुपर्ने हो त्यस्तो भएको वा बनाइएको; अनुकूल पारिएको; उपयुक्त वा सामयिक तुल्याइएको ।

आनुकूल्य— ना॰ [सं॰] १. अनुकूल हुनाको भाव वा अवस्था; अनुकूलता; उपयुक्तता । २. अनुग्रह; कृपा; दया ।

आनुक्रमिक— वि॰ [सं॰] शृङ्खलाबद्ध रूपमा रहेको; क्रम मिलेको; क्रमानुसारको ।

आनुपातिक— वि॰ [सं॰] अनुपातसम्बन्धी; अनुपातका दृष्टिबाट ठीक ठहरिएको; दामासाही मिलाइएको; अनुपात मिलेको । ~

प्रतिनिधि— ना॰ सबै दल वा सङ्गठनलाई तिनीहरूले पाएका सबै मतको अनुपातबाट प्रतिनिधित्व दिने व्यवस्थाअनुसार चुनिएको व्यक्ति ।

आनुपूर्विक/आनुपूर्वी— वि॰ [सं॰] एकपछि अर्को क्रम मिलेको; सिलसिला मिलेको; क्रमानुसारको ।

आनुबन्धिक— वि॰ [सं॰] अनुबन्धसित सम्बन्धित; अनुबन्ध भएको । ~ सिकाइ— ना॰ एक अनुक्रियाले अर्को अनुक्रियाका लागि उत्तेजकको काम गर्ने किसिमको सिकाइ ।

आनुमानिक— वि॰ [सं॰] अनुमानमा आधारित; अनुमान गरिएको; अनुमानसँग सम्बन्धित; अडकल वा अन्दाज गरिएको; लख काटिएको ।

आनुमानु— ना॰ [आनु + मानु] १. जस्ताको तस्तो हुने काम; साविकबमोजिम हुने प्रक्रिया । २. सामान्य व्यवहारमा लेनदेन गरिने थोरै नगद वा जिन्सी वस्तु ।

आनुवंशिक— वि॰ [सं॰] वंशपरम्पराबाट पाइएको वा आएको; पुर्ख्यौली; वंशानुगत । — ता— ना॰ आनुवंशिक हुनाको भाव, अवस्था वा परम्पराग्पुर्ख्यौलीपन; वंशानुगत स्थिति ।

आनुवृत्तिक— वि॰ [सं॰] अनुवृत्तिसम्बन्धी; अनुवृत्ति पाएको (पेन्सनियर॰ ।

आनुश्राविक— वि॰ [सं॰] परम्परादेखि सुनेर आएको; अनुश्रुतिअनुसारको; कर्णपरम्पराबाट सुनिएको ।

आनुषङ्गिक— वि॰ [सं॰] १. ज्यादै घनिष्ठ वा निकटको सम्बन्ध राख्ने । २. मुख्यका साथसाथै लागेर आउने; गौण; प्रासङ्गिक ।

आने— वि॰ [आना + ऐ १. चार पैसाको; चार पैसा पर्ने । ना॰ २. चार पैसाको बीचमा प्वाल भएको मुद्रा; आने ढ्याक ।

आनेकाने— ना॰ हे॰ आनाकानी । आने ब्याज— ना॰ [आने + ब्याजे एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने वा लिने चलनअनुसारको ब्याज ।

आन्तरिक— वि॰ [सं॰] १. भित्रको; भित्री । २. मनको; मानसिक । ~ मूल्याबकन— ना॰ सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति–कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा ।

आन्दोलक— वि॰ [सं॰] १. आन्दोलन गर्ने; हलचल मचाउने । २. हल्लाउने; झुल्ने ।

आन्दोलन— ना॰ [सं॰] १. जनमानसलाई उत्तेजित गर्न वा कुनै आवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य; हलचल; उथलपुथल; होहल्ला । २. यताउति हल्लने वा झुल्ने काम । — कारी— वि॰ आन्दोलन गर्ने वा हलचल मचाउने ।

आन्दोलित— वि॰ [सं॰] १. आन्दोलन भएको वा गरिएको । २. हल्लाइएको; झुलाइएको ।

आन्द्रो/आन्रो— ना॰ [सं॰ अन्त्रे पेटभित्रको मल निकाल्ने, गुदबारसम्म पुगेको नली; आँत ।

आन्वीक्षिकी— ना॰ [सं॰] तर्कशास्त्र ।

आपण— ना॰ [सं॰] १. पसल; दोकान । २. हाट; हटिया; बजार; मेला । ~ कर— ना॰ कुनै व्यक्तिले मेला आदिमा पसल राखेबापत लाग्ने दस्तुर । > आपणिक— वि॰ पसले; दोकानदार; बेपारी ।

आपत्— ना॰ [सं॰] १. सङ्कट; फसाद; मुस्किल । २. सकसिलो स्थिति; अप्ठेरो वातावरण । — काल— ना॰ आपत् परेको बेला; दुखःको समय; दुर्दिन । — कालिक— वि॰ आपत्कालमा हुने; सङ्कटकालीन । — कालीन— आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालको ।

आपत्ति— ना॰ [सं॰] १. आपत्; विपत्ति; सङ्कट । २. बिचल्ली । ३. बाधा । — जनक— वि॰ आपत्ति पार्ने खालको; असजिलो पर्ने; सङ्कट पैदा गर्ने । ~ पत्र— ना॰ १. कुनै काम वा विषयमा परिआउने असुविधा, विघ्नबाधा आदिको विवरणपत्र । २. पीर– बाधा देखाइएको पत्र ।

आपद्— ना॰ [सं॰] आपत्; आपत्ति । — ग्रस्त— वि॰ आपद्विपद्मा फसेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको । ~ धर्म— ना॰ आचारका दृष्टिले गर्न उचित नभए तापनि आपत्तिका बेलामा बाध्य भई अँगालिएको काम वा कुरो ।

आपन्न— वि॰ [सं॰] आपद्मा फसेको; सङ्कटमा जेलिएको; आपद्ग्रस्त ।

आपरिवर्तन— ना॰ [सं॰] १. एउटा ध्वनि उच्चारण गर्दा अर्को ध्वनिको उच्चारण थपिने भाषावैज्ञानिक प्रक्रिया । २. व्यापक परिवर्तन । ३. आमूल परिवर्तन ।

आपस— ना॰ [हि॰] १. आत्मीयहरूको समुदाय; आफुस । २. नजिककाहरूको समुदाय । ३. नजिक; छेउ; पार्श्व । वि॰ ४. आफन्त; आत्मीय । > आपस्त— वि॰ आफन्त ।

आपात— ना॰ [सं॰] १. अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रिया– प्रक्रिया । २. अकस्मात् आइपर्ने वा आइपरेको घटना वा स्थिति । श्र आपाततः— अव्य॰ १. तुरुन्त; उत्निखेरै । २. अचानक; अकस्मात् । ३. आखिरमा; अन्त्यमा; निचोरमा । ४. सामान्य दृष्टिले विचार गर्दा; सरसरी हेर्दा । ~ दृष्टि— ना॰ कुनै वस्तु वा घटनालाई तत्काल सरसरती हेर्ने क्रिया; सद्य दृष्टि; सामान्य दृष्टि । > आपातिक— वि॰ अकस्मात् घटेको; अचानक देखा पर्ने; अपर्झट आइपरेको ।

आपी— ना॰ [भो॰ ब॰] पश्चिमी नेपालमा रहेको एक हिमालचुलीको नाउँ ।

आपूरण— ना॰ [सं॰] भर्ने काम; पूरा गर्ने क्रिया वा प्रक्रिया ।

आपूरित— वि॰ [सं॰] राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको ।

आपूर्ति— ना॰ [सं॰] १. दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम । २. आवश्यक उपभोग्य वस्तु खाँचो भएमा सामान्य जनतालाई उपलब्ध गराउने काम ।

आपेक्षिक— वि॰ [सं॰] १. कसैको अपेक्षा राख्ने; सापेक्षक । २. अरूको आश्रयमा रहने; आश्रित ।

आप्त— वि॰ [सं॰] १. पाएको; प्राप्त । २. विश्वासप्राप्त; विश्वासयोग्य । ना॰ ३. विश्वास भएको व्यक्ति; आत्मीय जन । ४. योगशास्त्रअनुसार मानिने शब्द–प्रमाण । — काम— वि॰ १. इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको । २. सांसारिक विषयवासना त्याग गरेको । — कारी— वि॰ १. लुकेर काम गर्ने । ना॰ २. भरपर्दो सेवक । ~ जन/वर्ग— ना॰ आ६ना र आफन्तहरूको वर्ग वा समूह; मित्रमण्डली । ~ वाक्य— ना॰ आफन्तहरूको कुरो; शिष्ट वा मान्य जनहरूको वाक्य । >

आप्ति— ना॰ १. पाउने काम; लाभ; प्राप्ति; उपलब्धि । २. निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन । ३. पूर्णता ।

आप्पै— वि॰ बो॰ पीडा, हर्ष, उन्माद आदिमा अचानक मुखबाट निकालिने शब्द । -उदा॰— आप्पै ; कस्तो चिसो पानी रहेछ ;) ।

आप्रवास— ना॰ [सं॰] एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसा्यँसराइ । > आप्रवासी— वि॰ अर्कै देशबाट आएर बस्ने वा बसेको (व्यक्ति॰ ।

आप्रोन— ना॰ [अङ्॰] जीउमा फोहरमैलो नलागोस् भनी भान्सामा भात पकाउँदा भान्सेले अथवा ज्यासल, कारखानाहरूमा काम गर्दा प्राविधिकहरूले लगाउने जामाका आकारको आवरण ।

आप्लावन— ना॰ [सं॰] १. नदी, तलाउ आदिमा नुहाउने काम; पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया । २. गोता मार्ने काम; डुबुल्की ।

आप्लावित— वि॰ [सं॰] आप्लावन भएको वा गरिएको; डुबुल्की लगाएको । २. भिजाइएको ।

आफन्त— ना॰ [आफू + अन्ते १. आपस; आपस्त । २. नातेदार; आत्मीय व्यक्ति । ३. नाताकुटुम्ब; बन्धुवर्ग । ४. हितेच्छु; शुभेच्छु । श्र आफन्ती— वि॰ आफन्तको; आफन्तसम्बन्धी; आत्मीय ।

आफल्–नु— स॰ क्रि॰ [रू आफाल्नु] १. कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; ६याँक्नु; फाल्नु; मिल्काउनु । २. छाड्नु; त्याग्नु; त्याग गर्नु । ३. हुर्थ्याउनु; हुत्त्याउनु । ४. पर सार्नु; टाढा पुथ्याउनु; हटाउनु ।

आफल— ना॰ [सं॰ आस्फालने १. मिल्काउने काम; मिल्काइ । २. मिल्काइएको वस्तु वा कुरो । — ताफल— ना॰ १. छेलोखेलो । ३. छिरलो । ~ तोरी— ना॰ साग मात्र खाइने एक प्रकारको ठूलो तोरी; पानीतोरी; सर्स्यूं । — सिब— वि॰ बेवास्तासँग फालिएको; मिल्किएको; फाल्तू । > आफलाआफल— ना॰ परस्परमा मिल्काउने काम; धेरैले एकैसाथ फालाफाल गर्ने काम ।

आफलाइ— ना॰ [रू आफल् (+आइ॰] आफल्ने वा आफल्न लाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] आफलिनु— अ॰ क्रि॰ फालिनु; ६याँकिनु; मिल्काइनु; हुत्त्याइनु ।

आफस— ना॰ [आफू + असे आपस; आफुस । आफसे आफ— क्रि॰ वि॰ [हि॰ आप से आपे आफैँ आफ; स्वयमेव; आफैँ नै; आफआफैँ ।

आफस्त— ना॰ [आपसे आपस्त; आफन्त ।

आफाल्–नु— स॰ क्रि॰ [सं॰ आस्फालन + नु] हे॰ आफल्नु; अफाल्नु । > आफालिनु— क॰ क्रि॰ आफल्ने काम गरिनु; आफलिनु; अफालिनु ।

आफिस— ना॰ [अङ्॰] अड्डा; कार्यालय ।

आफुस— ना॰ [आफू + से आपस; आफस ।

आफू— सर्व॰ [सं॰ आत्मो १. आफैँ; स्वयम्; खास आफू नै । २. तपाईँ । ३. पति; स्वामी । ४. स्वयम् । ~ खुसी— क्रि॰ वि॰ १. आ६नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले । वि॰ २. इच्छाअनुसारको; मनमाफिकको । ~ मिल्दो— वि॰ आफूअनुसारको; आ६नो स्वभावसुहाउँदो । ~ सक्के— क्रि॰ वि॰ आफूले सकेजति; आ६नो शक्तिले भ्याएसम्म ।

आफैँ/आफै— क्रि॰ वि॰ [आफू + नै] १. आफू नै; म नै; स्वयम् नै । २. यहाँ नै; तपाईँ नै । — आफ— क्रि॰ वि॰ प्रयत्न नगरीकनै; आफआफैँ; आफैँ नै; स्वयमेव; स्वतः ।

आ६नू/आ६नो— वि॰ [सं॰ आत्मन्] आ६नो; आ६नो अधिकारको; निजी; स्वकीय । ~ मान्छे— ना॰ १. आत्मीय व्यक्ति । २. लोग्ने । ३. स्वास्नी ।

आबद्ध— वि॰ [सं॰] हरतरहबाट बाँधिएको; बन्धनमा परेको; सम्बन्ध भएको ।

आबन्ध— ना॰ [सं॰] १. बन्धन । २. बाँध्ने डोरी; दाम्लो; जुइन् । >

आबन्धक— वि॰ बाँध्ने काममा प्रयोग हुने; बन्धनमा पार्ने ।

आबन्धन— ना॰ १. डोरी; बन्धन । २. फेरो । ३. छाँद ।

आबरु— ना॰ [फा॰ आबरु] १. मानमर्यादा; इज्जत; सम्मान । २. लाज, सरम ।

आबर्जे— ना॰ [फा॰ आबारे गोस्वारा स्रेस्तामा भएको लगत वा आम्दानी–खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकम–कलम छुट्ट्याई लेखिएको कागत ।

आबहवा— ना॰ [फा॰] कुनै देशको सर्दी–गर्मी वा स्वास्थ्यको दृष्टिबाट हुने प्राकृतिक स्थिति; जलवायु ।

आबाद— वि॰ [फा॰] १. मानिस बसेर गुल्जार भएको; बस्ती बसेको । २. खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको । श्र आबादी— ना॰ १. बस्ती; बसोबास भएको ठाउँ । २. कुनै देशको जनसङ्ख्या; जनसमूह । ३. खनजोत गरेको जमिन । आबा न काबा— वि॰ [हावा + न + काबो होस हराएको; बेहोसी; सुद्धीबुद्धि नभएको; ग्वाँजे । आबा न चाबा— वि॰ [भो॰ब॰ आबा+न+चाबो तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको ।

आबाल— क्रि॰ वि॰ [सं॰] बालकलगायत; बालकदेखि लिएर । ~ वनिता— क्रि॰वि॰ स्वास्नीमान्छे र केटाकेटी लगायत; स्त्री र बालकसमेत । ~ वृद्ध— क्रि॰ वि॰ बालकदेखि लिएर बूढासम्म; बूढो र बालकसमेत ।

आभरण— ना॰ [सं॰] १. शरीरमा लगाउने गहना; आभूषण । २. पालनपोषण; भरणपोषण ।

आभा— ना॰ [सं॰] १. कुनै वस्तु आदिमा देखा पर्ने चमक; कान्ति; दीप्ति । २. झलक; प्रतिबिम्ब; छाया ।

आभार— ना॰ [सं॰] १. गुणग्राहिता; कृतज्ञता; गुन । २. कुनै वस्तु वा कार्यको बोझ; भारी । ३. गृहस्थीको भार; परिवारलाई पालनपोषण र रेखदेख गर्ने अभिभारा । > आभारी— वि॰ १. अर्काले गरेको उपकार मान्ने; गुनिलो । २. कृतज्ञ ।

आभास— ना॰ [सं॰] १. नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को । २. झल्को; अस्पष्ट सम्झना; छनक । >

आभासित— वि॰ १. नहुने कुरा पनि भएजस्तो देखिने । २. झझल्को लाग्ने वा लागेको ।

आभिजात्य— ना॰ [सं॰] उत्तम कुल वा वर्गमा जन्मनाको भाव वा अवस्था; कुलीनता; श्रेष्ठता । — वाद— ना॰ कुलीनता तथा शास्त्रीयतालाई बढी महत्त्व दिने एक सिद्धान्त ।

आभीर— ना॰ [सं॰] १. गाई पालेर जीविका चलाउने जाति; ग्वाला । २. पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द । ३. भैरव रागको छोरो ।

आभूषण— ना॰ [सं॰] १. शरीरमा शोभा बढाउनाका निम्ति लगाइने रत्न आदि जडिएको गहना; अलङ्कार; गहनागुरिया; आभरण । २. शृङ्गार; सजावट ।

आभूषित— वि॰ [सं॰] गहना लगाएको; सिँगारिएको; रत्नादिका शृङ्गारले सजिसजाउ भएको; गहना, वस्त्र आदिले झरिझुट्ट भएको ।

आभ्यन्तर— वि॰ [सं॰] भित्रपट्टिको; भित्रको; भित्री; भित्री भागमा रहेको । ~ कोप— ना॰ भित्री जलन; मानसिक ईर्ष्या; डाहा । ~

प्रयत्न— ना॰ किलकिलेदेखि ओठसम्मको भागमा वर्णोच्चारणमा हुने विभिन्न प्राकृतिक प्रयत्न । > आभ्यन्तरिक— वि॰ आभ्यन्तर ।

आभ्यासिक— वि॰ [सं॰] अभ्याससम्बन्धी; अभ्यासबाट भएको; अभ्याससित सम्बन्धित ।

आभ्युदयिक— वि॰ [सं॰] १. कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित । ना॰ २. कुनै ठूला मङ्गल–कार्य (व्रतबन्ध, विवाह, सप्ताह आदि॰–मा पितृहरूका उद्देश्यले गरिने श्राद्ध; वृद्धिश्राद्ध; नान्दीमुख ।

आम१— ना॰ [सं॰] १. आउँ । २. रोग; व्याधि । वि॰ ३. काँचो; कचिलो ।

आम२— वि॰ [फा॰] १. मामुली; साधारण; सामान्य । २. सर्वसाधारणका लागिको; जनताका लागिको । ~ जनता— ना॰ साधारण जनता; सम्पूर्ण जनता । ~ माफी— ना॰ सर्वमाफी । (राणाशासन समाप्त भएपछि स्व॰ श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो । यस्तो माफी दिने अधिकार राष्ट्राध्यक्षमा मात्र हुन्छ॰ ।

आमद— ना॰ [फा॰] आम्दानी; आय । — र६त— ना॰ १. आम्दानी– खर्च । २. आवतजावत (दिव्य॰) ।

आमदानी— ना॰हे॰ आम्दानी ।

आमनिर्वाचन— ना॰ [फा॰ आम + सं॰ निर्वाचने सम्पूर्ण जनताले आ६नो प्रतिनिधि छान्ने काम; देशको प्रतिनिधिसभाका लागि गरिने अधिराज्यव्यापी चुनाव ।

आमनेसामने— क्रि॰ वि॰ [(बि॰) सामुन्ने] एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने ।

आमन्त्रण/आमन्त्रणा— ना॰ [सं॰] १. निम्तो; निमन्त्रण । २. कसैलाई स्नेह–श्रद्धाले पुकार्ने वा बोलाउने काम । ३. सल्लाह; परामर्श । श्र आमन्त्रणीय— वि॰ निम्तो गर्न सुहाउने; निमन्त्रण गर्न लायक; बोलाउनुपर्ने ।

आमन्त्रयिता— वि॰ [सं॰] निम्तो गर्ने; निमन्त्रण दिने; डाकबोलाउ गर्ने; आमन्त्रणकर्ता ।

आमन्त्रित— वि॰ [सं॰] निम्तो गरिएको; बोलाइएको; निमन्त्रित; निम्तारो; निम्तालु ।

आमरण— अव्य॰ [सं॰] बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म । > आमरणान्त— वि॰ बाँचेसम्म टिक्ने; नमरेसम्म रहने वा अड्ने; नमरुन्जेल रहने ।

आमलक— ना॰ [सं॰] अमला । > आमलकी— ना॰ १. अमला । २. फाल्गुन शुक्ल एकादशी ।

आमवात— ना॰ [सं॰] आउँको विकारबाट शरीरका विभिन्न भाग दुख्ने र जोर्नी सुनिने एक प्रकारको रोग ।

आमशिक्षा— ना॰ [फा॰ आम + सं॰ शिक्षो देशका तमाम बालबालिका तथा प्रौढहरूलाई व्यापक स्तरमा उपलब्ध गराइने शिक्षा ।

आमसभा— ना॰ [फा॰ आम + सं॰ सभो ठूलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा; सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा ।

आमा— ना॰ [सं॰ अम्बो आफूलाई जन्म दिने स्त्री; जननी; माता; महतारी । — को काख— ना॰ न्यानो वा सुख–सन्चको अवस्था । आमाको काख, अरूको लाख (उखान॰ ।

आमाङ्लाम— ना॰ [भो॰ ब॰] नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ६,८५६ मिटर अग्लो हिमाली चुचुरो ।

आमाचकारी— ना॰ [आमा + चकारी] जथाभावीसित लाजभाँडका शब्द प्रयोग गर्दै गरिने गाली; मनपरी बोलाइ ।

आमाजू/आमाज्यू— ना॰ [आमा + ज्यू] पतिकी दिदी; लोग्नेकी दिदी ।

आमातिसार— ना॰ [सं॰] बारम्बार रगत नमिसिएको आउँ दिसा हुने रोगविशेष ।

आमान्न— ना॰ [सं॰] १. काँचो अन्न; नपकाएको अन्न । २. पितृका उद्देश्यले दान गरिने सिधा ।

आमावास्य— वि॰ [सं॰] १. औँसीको; औँसीसित सम्बन्धित; औँस्याहा । २. औँसीमा जन्मेको ।

आमाशय— ना॰ [सं॰] पेटभित्र खाएको पदार्थ रहने थैली; पाकस्थली ।

आमिष— ना॰ [सं॰] १. मासु । २. देवकार्य र पितृकार्यमा निषिद्ध गरिएको खाद्य वस्तु; अपवित्र मानिएको खाद्य पदार्थ । >

आमिषाशी— वि॰ माछामासु खाने; मांसाहारी ।

आमुख— ना॰ [सं॰] १. सुरु; थालनी । २. नाटकको प्रस्तावना वा भूमिका । ३. भूमिका; प्रस्तावना । ना॰ यो॰ ४. सम्मुख; अगाडि ।

आमुन्नेसामुन्ने— क्रि॰ वि॰ [(बि॰) सामुन्ने] परस्परमा एक अर्काको अगाडि; सामुन्ने–सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी ।

आमूल— अव्य॰ [सं॰] जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म

(जस्तै— आमूल परिवर्तन॰ ।

आमै— ना॰ [आमा + नै] १. आमा; जननी । २. बज्यै; हजुरआमा । ३. आमाजस्तै मान्य स्त्री । वि॰ बो॰ ४. तर्सँदा, झस्कँदा वा आश्चर्य हुँदा बोलिने शब्द; आम्मै (उदा॰— आमै ; कत्रो सर्प आयो ;) । ~ बाबै— ना॰ आमै र बाबै ।

आमोद— ना॰ [सं॰] १. आनन्द; खुसी; खुसीयाली; हर्ष । २. रमिता । ३. सुगन्ध; सुवास; बास्ना । ~ प्रमोद— ना॰ भोगविलास; मनमोज; सुख–चैन; मोजगिरी । > आमोदित— वि॰ १. प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित । २. सुगन्धित; सुवासित; सुवास भएको वा आएको । आमोदी— वि॰ १. प्रसन्न रहने; हर्षित । २. सुवासित; सुगन्धित ।

आमोली— ना॰ केटाकेटीहरूको खेलमा केटाकेटीले आफूलाई डुम बनाएपछि केही समय खेलबाट अलग राख्न गरिको सङ्केत; फुक्की; फुट्टी ।

आम्खोरा— ना॰ [फा॰ आबखोरे पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा । > आम्खोरी— ना॰ सानो अम्खोरा ।

आम्दानी— ना॰ [फा॰ आमदनी] १. कुनै काम, रोजगार व्यापार आदिबाट कमाइएको धनसम्पत्ति; आय; आयस्ता । २. लाभ; प्राप्ति; उपलब्धि । ~ खर्च— ना॰ आम्दानी र खर्च; आय र व्यय ।

आम्नाय— ना॰ [सं॰] १. श्रुति; वेद । २. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति । ३. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा । ४. सल्लाह; मन्त्रणा; परामर्श ।

आम्मे— प्रत्य॰ [सं॰ मय (ट्॰] कुनै शब्दका पछिल्तिर गाँसिएर अधिकता वा व्याप्तिको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जल + आम्मे = जलाम्मे, रातो + आम्मे = राताम्मे इ॰) ।

आम्मै— वि॰ बो॰ [आमै] डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै । (उदा॰— आम्मै, तिमीले त्यसो गथ्यौ भने म त मरिहालेँ नि ;) । ~ नि— वि॰ बो॰ आम्मै । श्र आम्मैले— वि॰ बो॰ आम्मै ।

आम्र— ना॰ [सं॰] १. आँप । २. आँपको रूख । — गन्धा— ना॰ साधारण भालाजस्तो पात हुने, गुलाफी रबको फूल फुल्ने र आँपको जस्तो बास्ना आउने एक जातको हलेदो । — हरिद्रा—

 ना॰ आँपको गन्ध आउने र उसिनेर साँधी अचार खाइने एक प्रकारको

कन्दमूल; हर्दीआँप ।

आम्रात/आम्रातक— ना॰ [सं॰] अमाराको रूख; अमारो ।

आम्ल— ना॰ [सं॰] १. अमिलीको रूख; अमिली । २. अमिलो स्वाद; अमिलोपन । ३. पित्त अमिलो हुने रोगविशेष । > आम्लिका— ना॰ अमिली ।

आय— ना॰ [सं॰] १. आम्दानी । २. फाइदा; लाभ । ~ कर— ना॰ सबै किसिमका आम्दानीमा नियमबमोजिम लगाइएको कर । — कर अदालत— ना॰ आयकरसम्बन्धी मुद्दामामिलको कारबाई गर्ने अड्डा ।

आयत— वि॰ [सं॰] १. फैलिएको; फराकिलो; विस्तृत; विशाल । २. लामो; दीर्घ । > आयतन— ना॰ १. आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण । २. वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल । ३. लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र । ४ गृह; घर । ५. ठाउँ; स्थान । ६. मन्दिर; देवालय । ७. अग्निकुण्ड; यज्ञवेदी । आय विवरण— ना॰ [सं॰] कुन रकम कहाँबाट कसरी आयो भन्ने कुराको विवरण; आम्दानीको लेखाजोखा; आर्जनको लेखा वा टिपोट ।

आयव्यय— ना॰ [सं॰] आम्दानी र खर्च; नाफा र नोक्सान; लाभ– हानि । > आय–व्ययक— ना॰ १. आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानी–खर्चको लेखाजोखा; बजेट; एक वर्ष वा अरू कुनै समयावधिका लागि अनुमान गरिएअनुसार भविष्यको कार्य–सञ्चालनमा प्रस्तुत गरिएको आर्थिक योजना । २. कुनै सरकारी, अर्धसरकारी संस्था आदिको सालभरमा हुने आम्दानी–खर्चको अनुमानित लेखाजोखा । ~ गणना— ना॰ कुनै राष्ट्र वा सङ्घ–संस्था आदिको सालभर वा कुनै खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा; आयव्ययको तथ्याङ्क । ~ चक्र— ना॰ आम्दानी र खर्चको नियमित क्रम; आम्दानीअनुसारको खर्च र खर्चअनुसारको आम्दानी गर्ने प्रक्रिया । ~ विवरण— ना॰ आम्दानी र खर्चको विवरण वा लेखा । आयव्ययिक— ना॰ आय–व्ययक; बजेट ।

आयस्ता— ना॰ [रू आये १. जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत । २. प्राप्ति; लाभ; फाइदा ।

आयात— ना॰ [सं॰] १. विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी । वि॰ २. विदेशबाट खरिद गरिएको; झिकाइएको । ३. आएको; आगत । > आयातक— ना॰ विदेशबाट मालसामान मगाउने स्वीकृति पाएको; व्यवसायी । ~ कर— ना॰ विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क । ~ निर्यात— ना॰ मालसामानहरू विदेशबाट स्वदेशमा मगाउने र स्वदेशबाट विदेशमा पठाउने काम; निकासी–पैठारी । — मुण्ड— वि॰ लाम्चो टाउको भएको; मानवशास्त्रअनुसार लाम्चो आकारको टाउको हुने ।

आयाम— ना॰ [सं॰] १. वस्तुको लमाइ, चौडाइ र मोटाइमध्ये कुनै एक थोक । २. फैलावट; विस्तार । > आयामिक— वि॰ १. लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मिलेको । २. आयामसँग सम्बन्धित; आयामको । आयामेली— वि॰ आयामको; आयामसँग सम्बन्धित ।

आयास— ना॰ [सं॰] १. मिहिनेत; प्रयास; परिश्रम । २. थकाइ । —

कर— वि॰ कुनै मिहिनेत, प्रयत्न आदिबाट कमाइएको निश्चित रकम छाडेर बढीमा लाग्ने सरकारी कर वा दस्तुर ।

आयु— ना॰ [सं॰] १. नमरुन्जेलसम्मको समय; आयुष्य; आयुर्दा । २. उमेर; वय । ३. जीवन ।

आयुक्त— वि॰ [सं॰] १. टाँसिएको; जोडिएको; गाँसिएको । २. कुनै पदमा भर्ना भएको; नियुक्त । ना॰ ३. कुनै आयोगको अध्यक्ष वा सदस्य (निर्वाचन–आयुक्त॰ आदि ।

आयुध— ना॰ [सं॰] १. हतियार; शस्त्र; अस्त्र । २. अङ्गुल र मात्राको दस गुनाबराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भावबराबरको नाप । — जीवी— वि॰ हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी । > आयुधिक— वि॰ १. हतियारसम्बन्धी; शस्त्रसम्बन्धी । ना॰ २. सिपाही; सैनिक; योद्धा । आयुधी— वि॰ १. हतियार भिर्ने; शस्त्रधारण गर्ने । ना॰ २. सैनिक; सिपाही; योद्धा । आयुधीय— वि॰ १. हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको । ना॰ २. लडाकू; योद्धा ।

आयुर्दा— ना॰ [सं॰ आयु] बाँचेको वा जीवित समय; आयु ।

आयुर्वेद— ना॰ [सं॰] पौर्वात्य दृष्टिकोणबाट पाँचौ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका उपायबारा पनि चिकित्सा गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्र; चरक, सुश्रुत, वाग्भट आदिबारा प्रणीत पौर्वात्य चिकित्सा–पद्धति । > आयुर्वेदिक— वि॰ आयुर्वेदसम्बन्धी; आयुर्वेदीय । आयुर्वेदीय— वि॰ आयुर्वेदिक; वैदाङ्गी ।

आयुशेष— ना॰ [सं॰] बाँकी रहेको आयु वा उमेर; बाँकी जीवन; शेष जीवन ।

आयुष्मान्— वि॰ [सं॰] १. लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी । २. बाँचेको; जिउँदो ।

आयुष्य— ना॰ [सं॰] १. बाँचेको उमेर वा वय; आयु; जीवनकाल । वि॰ २. आयु बढाउने; धेरै बाँच्ने गराउने; आयु लामो गराउने ।

आयोग— ना॰ [सं॰] १. कुनै निश्चित कार्यका निम्ति सरकारबाट गठित संस्था वा निकाय (निर्वाचन–आयोग, लोकसेवा–आयोग इ॰) । २. सरकारी र अर्धसरकारी विशेष कामका लागि स्थायी वा अस्थायी रूपमा खडा गरिएको एक वा अनेक व्यक्तिको समिति (शाही आयोग, सेवा–आयोग इ॰) ।

आयोजक— वि॰ [सं॰] कुनै काम–कुराको प्रबन्ध गर्ने; कुनै योजनाको सञ्चालन गर्ने; बन्दोबस्त मिलाउने; प्रबन्धक; व्यवस्थापक । ~ समिति— ना॰ कुनै कार्यको व्यवस्था एवं प्रबन्ध गर्नाका निम्ति गठन गरिएको सम्बन्धित आयोजकहरूको समिति ।

आयोजन/आयोजना— ना॰ [सं॰] १. कुनै काम पूरा गर्नाका निम्ति पहिलेदेखि गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त । २. कसैलाई कुनै काममा लगाउने काम; नियुक्ति । ३. मिलाउने वा जोड्ने प्रक्रिया । ४. उद्योग; उन्नति । ५. सामग्री; सामान ।

आयोजित— वि॰ [सं॰] आयोजन वा आयोजना गरिएको; प्रबन्ध मिलाइएको; बन्दोवस्त भएको वा गरिएको ।

आरक्त— वि॰ [सं॰] रछायाँ रबको; हल्का रातो; अलि–अलि रातो; रातो–रातो ।

आरक्ष— ना॰ [सं॰] वन्यजन्तुको सुरक्षा र रूख–बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम; आरक्षण । श्र आरक्षक— ना॰ १. सबै किसिमका कठिनाइबाट बचाउ गर्ने व्यक्ति । २. प्रहरी; पुलिस । आरक्षण— ना॰ १. चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया । २. वन्यजन्तु र बोट–बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम । ~ दल— ना॰ आरक्षकको दल वा समूह; प्रहरीटोली ।

आरक्षित— वि॰ [सं॰] चारैतिरबाट रक्षा गरिएको; जोगाइएको; बचाइएको । ~ कोष— ना॰ विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष । ~ विषय— ना॰ विशेष दृष्टिबाट वा विशेष व्यक्तिहरूका निम्ति सुरक्षित राखिएको विषय ।

आरक्षी— वि॰ [सं॰] १. चारैतिरबाट बचाउ गर्ने । २. रक्षक ।

आरण्य— वि॰ [सं॰] १. जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको । ना॰ २. जङ्गल; वन; कानन । ३. खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न । ४. जङ्गली जनावर । ५. अर्ना । > आरण्यक— वि॰ १. जङ्गली; बनुवा । ना॰ २. वन–जङ्गलको बाटोघाटो आदि । ३. वन–जङ्गलमा रहने मानिस; वनवासी । ४. वानप्रस्थ–आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग । ~ कुक्कुट— ना॰ जङ्गली कुखुरो; लु्यँचे ।

आरती१— ना॰ [सं॰ आरात्रिके १. देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन । २. धेरै मुख भएको बत्ती बाल्ने भाँडो । ३. बेलुका गरिने देवताको पूजा वा आराधन । ~

स्याउँली— ना॰ विवाहमा दुलही भित्र्याउँदा दुलाहाका दिदी– बहिनीले थालमा विभिन्न आकारका बुट्टामा बत्ती बाली गरिने आरती; निराजन ।

आरती२— ना॰ खुरा भएका झ्याल–ढोकामा खापाको खुरा अड्याउने प्वाल भएको तलमाथि रहने तेर्सो काठ ।

आरन— ना॰ [सं॰ आयस् + अरणे कामी, कौ आदिको फलाम पोल्ने अगेनु; फलाम पोल्ने आगाको भट्टी ।

आरब्ध— वि॰ [सं॰] १. थालनी गरेको; सुरु भएको; आरम्भिक । ना॰ २. सुरु; आरम्भ ।

आरभटी— ना॰ [सं॰] १. क्रोध, भयानकता, रौद्रता आदि उग्रभावको चेष्टा । २. एक साहित्यिक वृत्ति; रौद्र, वीर, भयानक आदि रसको वर्णन वा प्रयोग भएको अंश ।

आरम्भ— ना॰ [सं॰] १. थालनी; सुरु; उठान; प्रारम्भ । २. कार्यावस्था; कथावस्तुका पाँच अवस्थामध्ये पहिलो अवस्था; फलप्राप्तिका निमित्त उत्सुकता देखाइने अवस्था । — तः— अव्य॰ थालेदेखि; सुरुदेखि; प्रारम्भदेखि । ~ निष्पत्ति— ना॰ १. चाहिँदो माल तयार पार्ने वा अभावपूर्ति गर्ने काम । २. वस्तुको उत्पादन गर्दा लाग्ने खर्च । ३. उपलब्धि; प्राप्ति । > आरम्भिक— वि॰ १. सुरुको; थालनी गर्ने अवस्थाको; पहिलेको; प्रारम्भिक । २. खास प्रविधि, साधन तथा प्रक्रियाको पूर्वपरीक्षणका लागि गरिने (अध्ययन, अभ्यास इ॰) ।

आरसी— ना॰ [सं॰ आदर्शिको १. प्राचीन कालको धातुको ऐना; आर्सी । २. देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली ।

आरा— ना॰ [सं॰] एउटाले तान्ने र अर्काले घुचेट्ने गरी ठूलठूला काठ चिर्ने ठूलो खालको करौँती ।

आराधक— वि॰ [सं॰] आराधना गर्ने; उपासक; पूजक ।

आराधन/आराधना— ना॰ [सं॰] १. ईश्वरलाई प्रसन्न पार्न गरिने उपासना; पूजा; ध्यान । २. सम्मान; सेवा; टहल । > आराधनीय— वि॰ आराधना गर्न योग्य; पूज्य ।

आराधित— वि॰ [सं॰] आराधना गरिएको; पुजिएको; पूजा गरिएको; पूजित; सेवित ।

आराध्य— वि॰ [सं॰] १. आराधना गर्न योग्य; पूजनीय; आराधनीय । २. आफूले आराधना, उपासना, पूजा आदि गरिएको (देवता, इष्टदेवता॰ ।

आराम— ना॰ [सं॰] १. थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति । २. सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द । ३. सुख; चैन । ४. उपवन; बगैँचा । ~ कुर्सी— ना॰ लामो आकारको पल्टेर बस्न हुने मेच वा कुर्सी । ~ गृह— ना॰ आराम गर्ने घर वा कोठा; विश्राम गर्ने घर; विश्रामालय । ~ बिराम— ना॰ सन्चोबिसन्चोग् सुखदुःख ।

आरामी— वि॰ [आराम + ई] १. आरामको; आरामसम्बन्धी । २. आराम चाहने; विलासप्रिय । ३. अल्सी; अल्छी; सुस्त । ~ पत्र— ना॰ सन्चोसुबिस्ता लेखिएको चिठी; कुशल समाचारको चिठीपत्र ।

आरारुट/आरारोट— ना॰ [अङ्॰ आरारुटे १. लाम्चो भेट्नामा लामा र ठूला पात हुने, खैरा धर्साहरू भएको सेतो गानु हुने एक प्रकारको बोट । २. हल्का हुनाले बिरामीलाई पथ्यको निम्ति पेय बनाई खुवाइने त्यसैको कन्द वा पीठो ।

आरिस— ना॰ [रू आहारिसे ईर्ष्या; डाहा; आहारिस । > आरिसे— वि॰ अर्काको सुखसम्पत्ति वा उन्नति देख्न, सहन नसक्ने स्वभावको; डाहा गर्ने बानी भएको; इखालु; डाहिलो; डाढे । श्र आरिस्या्यँ— ना॰ आरिसे हुनाको भाव, अवस्था वा प्रवृत्ति ।

आरी१— ना॰ [सं॰] ससाना पात हुने, गुलाफी रबका बाटुला फूल फुल्ने काँडादार रूख वा कलेजी रबका लामा कोसा फल्ने त्यसैको फल ।

आरी२— ना॰ [सं॰ आढके अचार बनाउने वा अचार हाल्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट; बिट नफर्किएको काठ वा माटाको फराकिलो भाँडो; आह्री । — स्याँगी— ना॰ १. सङ्कटकालीन अवस्था; चरीघाँटी । २. आरी र स्याँगी ।

आरु— ना॰ [सं॰] लाम्चा पात हुने, कलेजी रबका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने फुस्रो रबको फल । — पाते— ना॰ आरुको जस्तो पात हुने एक प्रकारको घाँस ।

आरूढ— वि॰ [सं॰] १. चढेको; कुनै वस्तुमाथि बसेको । २. तत्पर; सन्नद्ध । ~ यौवना— ना॰ १. बैँसले मत्त भएकी तरुनी; उमेर पुगेकी युवती । २. मध्या नायिकाका चार भेदमध्ये एक ।

आरेख— ना॰ [सं॰] खास विचारलाई रेखाको माध्यमबारा प्रस्तुत गरिने ग्राफिक प्रविधि ।

आरो/करौँती— ना॰ [सं॰ आरे १. करौँती । २. जुत्ता सिउने, चुच्चो थोरै दोब्रिएको सियो । ३. फलामको तीखो घोच्ने हतियार; सुइरो ।

आरोग्य— ना॰ [सं॰] १. रोग नभएको वा नलागेको अवस्था; स्वस्थता; तन्दुरुस्ती । २. रोग नलाग्ने क्रिया वा भाव । ~ आश्रम/शाला— ना॰ १. बिरामीहरूलाई उपचार गर्न राखिने वा उपचार गरिने घर; स्वस्थ वातावरण भएको घर । २. चिकित्सालय; अस्पताल ।

आरोप— ना॰ [सं॰] १. कसैलाई कुनै खराब काम गरेबापतमा लगाइएको दोष; बात वा फरेब; अभियोग । २. कसैलाई खराब काम गरेकोमा वात वा दोष लगाउने क्रिया वा व्यवहार । ३. एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने काम । ४. रोप्ने वा घुसार्ने काम । > आरोपक— वि॰ १. आरोप लाउने; फत्तुर लाउने; दोष वा बात लगाउने । २. बोटबिरुवा आदि रोप्ने । आरोपण— ना॰ १. उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम । २. एक व्यक्तिले अर्का व्यक्तिको भाव देखाउने वा एक वस्तुमा अर्को वस्तु जड्ने काम । ३. एउटा बिरुवामा अर्को बिरुवाको टुसो वा सानो हाँगो घुसार्ने वा टाँसेर एकरूप पार्ने काम । ४. चढाउने वा उकाल्ने काम । ५. दोषबात लगाउने काम । ६. झूटो कल्पना; भ्रम । ~ पत्र— ना॰ अड्डाअदालतबाट कुनै व्यक्तिका उपर आरोप लगाइएको बेहोरा वा बयान लेखिएको कागत । आरोपित— वि॰ १. दोष लगाइएको; बात लगाइएको । २. सारिएको; रोपिएको (बिरुवा॰ । आरोप्य— वि॰ १. आरोप लगाउन हुने; बात लगाउन लायक । २. सार्न वा रोप्न हुने (बोटबिरुवा॰ ।

आरोह— ना॰ [सं॰] १. घोडा आदि चढ्ने मानिस; सवार । २. चढ्ने वा उक्लने काम । ३. अग्लो जमिन; उच्च स्थान । ४. सङ्गीतमा निम्न स्वरबाट क्रमशः स्वर चढाउँदै लैजाने काम । ५. चढाइ; धावा । ६. पहाड आदि चढ्ने वा उक्लने काम । ७. बोल्दा वा वाचन गर्दा स्वर उरालिँदै जाने प्रवृत्ति । > आरोहक— वि॰ १. घोडा आदि चढ्ने; पर्खाल आदि उक्लने । ना॰ २. रथ हाँक्ने व्यक्ति; सारथि; घोडा आदि चढ्ने व्यक्ति; घोडचढी ।

आरोहण— ना॰ १. चढ्ने वा उक्लने काम वा प्रक्रिया । २. मास्तिर चढ्ने साधन; सिँढी; भथ्याब । ३. बीउ, पालुवा आदि टुसाउने वा पलाउने काम । ४. नाचगानका निम्ति बनाइएको अग्लो ठाउँ; मञ्च । आरोहावरोह— ना॰ १. चढ्ने र उत्रने काम; उक्लने र ओर्लने काम । २. सङ्गीतमा स्वर चढाउने र उतार्ने क्रिया वा अवस्था । आरोही— वि॰ १. पहाड, रूख आदिमा चढ्ने वा उक्लने । २. घोडचढी; सवारीमा चढ्ने (मानिस, सवार इ॰) । ना॰ ३. गाउँदा वा बजाउँदा 'स'–देखि 'नि'–सम्म क्रमशः बढाउँदै लैजाने स्वरसाधनको प्रक्रिया ।

आर्घो— ना॰ [भो॰ ब॰] गुरुब जातिको आ६नो चलनअनुसार गरिने शुद्धशान्ति; आर्घुँ; घेवा ।

आर्ज–नु— स॰ क्रि॰ [सं॰ आर्जन + नु] आर्जन गर्नु; कमाउनु; आम्दानी गर्नु ।

आर्जन— ना॰ [सं॰ अर्जने खेतीपाती, उद्योग, श्रम आदिबाट हुने आर्थिक वा अन्य आय; कमाइ; आम्दानी । आर्जन भए भोर्जन मिल्छ (उखान॰ ।

आर्जिनु— क॰ क्रि॰ [आर्ज + इ + नु] आर्जन गरिनु; कमाइनु ।

आर्जे— ना॰ कुनै हराएपराएको अथवा भागेको वस्तु वा मान्छे कतातिर छ भनी पत्ता लगाउने उद्देश्यले ज्योतिष वा धामीले अक्षता आदि प्रयोग गरी हेर्ने जोखना ।

आर्त— वि॰ [सं॰] १. सङ्कट वा विपत्मा परको । २. दुःखी । ३. बिरामी; रोगी; अस्वस्थ । ४. पीडा भएको; पीडित । — नाद— ना॰ दुःख वा पीडाले कराएको आवाज; करुण क्रन्दन ।

आर्तव— वि॰ [सं॰] १. ऋतु वा मौसमसित सम्बन्धित; कुनै खास ऋतुमा हुने; मौसमी । ना॰ २. नछुने आइमाईको महिनामहिनामा निस्कने रज वा रगत ।

आर्थिक— वि॰ [सं॰] १. धनसम्पत्तिसम्बन्धी; वित्तीय । २. राजनीति तथा समाजशास्त्रका अनुसार धनसम्पत्ति तथा यसको आर्जन, उत्पादन, विभाजन, वितरण आदिसित सम्बन्ध राख्ने । ३. शब्द, वाक्य आदिको तात्पर्यसँग सम्बन्धित; अर्थसँग सम्बन्ध राख्ने । ~ ऐन— ना॰ सरकारले देशको आयव्ययसम्बन्धी व्यवस्थाका निम्ति तर्जुमा गरी निकालेको ऐन । ~ प्रणाली— ना॰ राष्ट्रिय सम्पत्तिको आयव्यय गरिने नीति तथा प्रक्रिया । ~ भूगोल— ना॰ आर्थिक दृष्टिले देशका विभिन्न भाग तथा तिनका उत्पादन आदिको अध्ययन गरिने विद्या । ~ योजना— ना॰ अर्थसम्बन्धी योजना; राष्ट्रिय योजनाअनुसार अर्थका सम्बन्धमा तय गरिएको योजना । ~ वर्ष— ना॰ नयाँ आर्थिक योजना प्रारम्भ गरिने वर्ष (नेपालमा साउन महिनादेखि अर्को असार मसान्तसम्म आर्थिक वर्ष हुन्छ रू) । ~ सल्लाहकार— ना॰ सरकारलाई अर्थसम्बन्धी कामकुराको सल्लाह दिने व्यक्ति वा समिति । आर्थी व्यञ्जना— ना॰ [सं॰] शब्दका आधारमा नभएर अर्थका आधारमा व्यङ्ग्यार्थ बुझाउने व्यञ्जना रू

आर्द्र— वि॰ [सं॰] १. पानीले भिजेको; चिसो । २. गिलो; नरम । ३. रसयुक्त; रसिलो । ४. पग्लेको । ~ खेती— ना॰ पानी पुग्ने खेतमा लगाइने बालीनाली । > आर्द्रक— वि॰ १. भित्र वा बाहिर पानीको अंश भएको; भिजेको । २. गिलो; नरम । ना॰ ३. अदुवा । —

ता— ना॰ आर्द्र हुनाको भाव; पानीले भिज्ने भाव वा अवस्था; चिसोपन ।

आर्द्रा— ना॰ [सं॰] सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; छैटौँ नक्षत्र ।

आर्मेनियाली— ना॰ [आर्मेनिया (स्थान॰ + आली] भारोपेली भाषा परिवारको शतम्वर्गको एक उपशाखा ।

आर्य— वि॰ [सं॰] १. उत्तम; श्रेष्ठ । २. आदरणीय; मान्य । ३. प्रगतिशील; उत्तम संस्कारयुक्त । ना॰ ४. उत्तम वा उदात्त चरित्र भएको मानिस । ५. सानाले ठूलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द । ६. सभ्य मानिएको एक प्राचीन जाति । ~

जाति— ना॰ आर्यहरूको जाति; आर्य । ~ धर्म— ना॰ आर्यहरूले अँगालेको धर्म; सनातन–धर्म । ~ पुत्र— ना॰ १. प्राचीन कालमा पत्नीले पतिलाई सम्बोधन गर्दा भनिने शब्द । २. आर्यकुलमा जन्मेको पुरुष रू ~ सभ्यता— ना॰ आर्यहरूले स्थापित गरेको सभ्यता; आर्य–संस्कृति । ~ समाज— ना॰ १. सनातन–धर्ममा उदारता ल्याउन भारतका स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय २. आर्य–जातिको समाज । ~ समाजी— वि॰ आर्यसमाजको सिद्धान्त मान्ने; आर्य–समाजको (सदस्य, सिद्धान्त इ॰) ।

आर्या— ना॰ [सं॰] १. मान्य स्त्री । २. पार्वती; दुर्गा । ३. पहिलो र तेस्रो पाउमा बाह्र–बाह्र मात्रा, दोस्रो पाउमा अठार मात्रा अनि चौथो पाउमा पन्ध्र मात्रा हुने मात्रिक छन्दको एक भेद । —

गीति— ना॰ आर्याको पूर्वार्धमा एक गुरु र उत्तरार्धमा पनि एक गुरु थपिएर बनेको र दुवै पदको अन्तिम गण मगण भएको मात्रिक छन्द ।

आर्यावर्त— ना॰ [सं॰] १. आर्यहरूको निवासस्थल; पौराणिक मान्यताअनुसार हिमालदेखि विन्ध्याचलसम्म र पूर्वी समुद्रदेखि पश्चिमी समुद्रसम्म फैलिएको विस्तृत भूभाग । २. भारतवर्ष । आर्याष्टाङ्ग मार्ग— ना॰ [सं॰] बुद्धबारा प्रतिपादित दुःख–निवृत्तिका आठ मार्ग ।

आर्येरानी— ना॰ [सं॰] भारोपेली भाषा–परिवारका दस शाखामध्ये एक; भारत–इरानेली । ~ भाषा— ना॰ आर्येरानी शाखामा पर्ने कुनै पनि भाषा । ~ मूल— ना॰ संस्कृत र फारसीको साझे मूल मानिने प्रागैतिहासिक भारोपेली भाषा ।

आर्येली— ना॰ [आर्य+एली] भारोपेली परिवारको एउटा शाखा; भारत–इरानेली; आर्येरानी ।

आर्योत्तरयुग— ना॰ [सं॰] इतिहासका अनुसार धातुयुगपछि आउने समय; प्रायबीपमा आर्यहरूको प्रवेशपछिको युग ।

आर्ष— वि॰ [सं॰] १. ऋषिसँग सम्बन्धित; ऋषिहरूबारा प्रयुक्त; ऋषिको । २. प्राचीन । ३. वैदिक । ~ प्रयोग— ना॰ पाणिनि आदिका व्याकरणअनुसार अशुद्ध ठहरिए पनि वेद तथा पुराणमा प्रचलित भएको आधारमा शुद्ध मानिने भाषिक प्रयोग । ~ विवाह— ना॰ कन्याका पिताले वरसित दुइटा गोरु लिएर गरिदिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक ।

आर्सी— ना॰हे॰ आरसी ।

आह्रिस— ना॰ [आहारिसे डाढ; ईर्ष्या; आरिस । > अह्रिसे— वि॰ डाढे; ईर्ष्यालु; आरिसे । आह्रिस्या्यँ— ना॰ आह्रिसेको स्वभाव, व्यवहार वा आचरण; आरिस्या्यँ ।

आलङ्कारिक— वि॰ [सं॰] १. साहित्यशास्त्रका अनुसार अलङ्कारले युक्त (कुनै रचना) । २. अलङ्कार परेको (कथन, उक्ति आदि) । ३. ज्यादै चखिलो वा घुमाउरो (भनाइ वा बोली॰ । ४. गहनासम्बन्धी; गहनाले युक्त । ना॰ ५ अलङ्कारशास्त्र जान्ने व्यक्ति; अलङ्कारशास्त्रको ज्ञाता ।

आलटाल— ना॰ [(बि॰) + टाले १. मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याबमल्याब; आलेटाले; आनाकानी । २. काममा भरसक हच्कने प्रक्रिया; टारटुर ।

आलपिन— ना॰ [पोर्त॰ अल्फिनेटे अलग्गिएका वा छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाबकाँटीको झैँ छातो हुने सियो ।

आलमारी— ना॰ [पोर्त॰ अलमारियो] भित्र तह–तह मिलाएर फलेकहरू जडी खण्ड–खण्ड गराइएको, ढोका लगाउन हुने र मालमत्ता राख्न हुने धातु वा काठको ठाडो सन्दुस; बोकेर ठाउँ सार्न मिल्ने दराज ।

आलमाल— ना॰ [(बि॰) माले मालमत्ता; झिटीमिटी; झिटीझाम्टा; मालताल ।

आलम्ब— ना॰ [सं॰] १. आश्रय; आधार; सहारा । २. उत्तोलकलाई अड्याउने आड । > आलम्बन— ना॰ १. आश्रय; सहारा; अवलम्ब । २. साहित्यशास्त्रमा रस–निष्पत्तिको कारण; आलम्बन विभाव ।

आलम्बी— वि॰ सहारा लिने वा दिने; आश्रित वा आश्रयी ।

आलय— ना॰ [सं॰] १. घर; गृह; वासस्थान । २. आश्रय; आधार । ३. ठाउँ; स्थान ।

आलवाल— ना॰ [सं॰] बोटबिरुवा हुर्काउनका लागि फेदमा पानी अड्याउन वरिपरि बनाइएको डिल; आली ।

आलस१— ना॰ [सं॰ अतसी] गहतजस्तो थेप्चो, कैलो रबको, चिल्लो र लाम्चो तैलान्न; तिसी ।

आलस२— ना॰ [सं॰ अलसे १. आलस्य; अल्छीपन । वि॰ २. आलसी; अल्सी; जाँगर नभएको । — तालस— ना॰ १. कामको बोझ; व्यस्तता । २. गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था । वि॰ ३. लखतरान; हैरान । ४. अस्तव्यस्त ।

आलस्य— ना॰ [सं॰] काममा मन नलाग्ने भाव; जाँगर नभएको स्थिति; अल्सीपन; सुस्ती; अल्छी ।

आलान— ना॰ [सं॰] १. हात्ती बाँध्ने बलियो काठको मोटो खम्बा; खमारी । २. हात्ती बाँध्ने बलियो डोरी वा फलामे सिक्री । ३. अल्झो; बन्धन ।

आलाप— ना॰ [सं॰] १. कुराकानी; बोलचाल; बातचित; गफ । २. सङ्गीतको तानविशेष; स्वर–साधन । ~ विलाप— ना॰ मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने–कराउने काम; अलापविलाप; बिलौना ।

आलिखित— वि॰ [सं॰] स्पष्टसँग लेखिएको; चित्रित; अङ्कित ।

आलि— ना॰ [सं॰] १. नारीकी महिला मित्र; आली । २. पङ्क्ति; रेखा । ३. भ्रमर; भँवरो ।

आलिङ्गन— ना॰ [सं॰] व्यक्ति वा वस्तुलाई बाहुपाशले बेर्ने काम; अँगालो; अङ्कमाल ।

आलिङ्ग्य— वि [सं॰] १. अँगालो हाल्न हुने; अङ्कमाल गर्न योग्य । ना॰ २. मृदङ्ग; मादल ।

आली१— ना॰ [सं॰] नारीकी स्त्री–साथी वा सँगिनी ।

आली२— ना [सं॰] खेतको सिमाना अलग्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल; खेतको एक फगटालाई अर्कोसँग छुट्ट्याउने साँध । ~ धुर— ना॰ सानो आली र ठूलो धुर ।

आलु— ना [सं॰ आलुके १. जरामा रातो वा सेतो डल्ला फल्ने, गोलभेँडाको जस्तो पात र हाँगा हुने बोट । २. त्यसको फल । —

गिट्ठो— ना॰ जमिनमुनि कन्द वा फल नलाग्ने तरुलको लहरामा फल्ने आलुजस्तो डल्लो आकारको फल ।

आलुचा— ना॰ [फा॰ आलूचे एक प्रकारको पहेँलो र सानो खालको फल फल्ने आलुबखडाको बोट वा सोही बोटको फल ।

आलुदम— ना॰ [आलु + दमे उसिनेको आलु छोडाएर सिङ्गै वा ६याक पारेर तयार गरिएको झोलदार तरकारी ।

आलुबखडा— ना॰ [फा॰ आलूबुखारो लाम्चा हरिया पात र झीनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो–अमिलो स्वादको गोल–गोल फल लाग्ने बोट; त्यसैको फल ।

आलेख— ना॰ [सं॰] लेखोट; लेख; लिखत; अभिलेख । > आलेखन— ना॰ १. चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम । २. लेख्ने काम; लेखन । आलेख्य— वि॰ लेख्न हुने; लेख्न योग्य ।

आलेटाले— ना॰ [(बि॰) टाल् + ऐ टारटुर; आलटाल ।

आलेप— ना॰ [सं॰] १. लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो; बाक्लो द्रवपदार्थ; लेप । २. शरीरमा घसिने भुटेको तोरी र हलेदो; बुकुवा । > आलेपन— ना॰ १. आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम । २. शरीरमा सुगन्धी द्रव्य लगाउने काम ।

आलो— वि॰ [सं॰ आर्द्रे १. भर्खर ल्याइएको; साजी; ताजा । २. नओइलाएको; रसिलो । ३. कम उमेरको; अनुभवहीन ।

आलोक— ना॰ [सं॰] १. उज्यालो; सेतो चहक; प्रकाश । २. हेराइ; दृष्टि । ३. सापेक्षता; आधारशिला । > आलोकन— ना॰ १. हेर्ने वा देख्ने काम । २. सोचविचार; गहिरो दृष्टि । आलोकनीय— वि॰ हेर्न वा विचार गर्न योग्य; चिन्तनीय । ~ स्तम्भ— ना॰ १. प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाशस्तम्भ । २. सबैलाई राम्रो बाटो देखाउने मान्छे ।

आलोकाँचो— वि॰ [आलो + काँचो] १. अधकल्चो । २. अपरिपक्व; बुद्धि नपुगेको ।

आलोकित— वि॰ [सं॰] १. उज्यालो पारिएको; चमक दिइएको । २. देखिएको; हेरिएको । ३. चम्किलो; चम्केको ।

आलोचक— वि॰ [सं॰] १. आलोचना गर्ने । २. ना॰ साहित्यको गुण–अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक । ३. विवेचना गर्ने व्यक्ति; विवेचक ।

आलोचन/आलोचना— ना॰ [सं॰] १. जान्ने काम; ज्ञान । २. गुण– दोषको विवेचन; पारख; निष्पक्ष दृष्टि । ३. आलोचना; समीक्षा; टीकाटिप्पणी । ४. देख्ने काम । > आलोचनात्मक— वि॰ आलोचना भएको; आलोचनायुक्त । आलोचनीय— वि॰ आलोचना गर्न लायक ।

आलोचित— वि॰ [सं॰] आलोचना गरिएको; विवेचित ।

आलोच्य— वि॰ [सं॰] आलोचना गर्न योग्य; विवेच्य; आलोचनीय ।

आलोडन— ना॰ [सं॰] १. दही आदि मथ्ने काम; हुँडल्ने काम । २. छानबिन; विवेचन । ३. मन–मथिङ्गलले भ्याएसम्म सोच्ने काम ।

आलोडित— वि॰ [सं॰] आलोडन भएको; हुँडलिएको; मथिएको ।

आलोपालो— ना॰ [(बि॰)+पालो] १. कुनै सुविधा, काम वा कष्ट आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर । क्रि॰ वि॰ २. पालैसँग; क्रमैसँग ।

आलोबालो— ना॰ [(बि॰) + बालो] १. भर्खरै जन्मेको शिशु; दूधमुखे बालक । २. जहान–परिवार; जहान–केटाकेटी ।

आल्तुफाल्तु— वि॰ [(बि॰) + फाल्तु] १. काम नलाग्ने; बेकम्मा; नचाहिँदो । २. वास्ता नगरिने; कुनै सरोकार नभएको । आवत जावत— ना॰ [आउ + वत + जा + वते १. परस्पर आउने–जाने काम; ओहोरदोहोर । २. भेटघाट; बसाउठी; बसउठ । ३. घनिष्ठता; निकट सम्पर्क; मेलमिलाप ।

आवधिक— वि॰ [सं॰] १. निर्धारित समयभित्रको; तोकिएका अवधिको । २. तोकिएको समय–समयमा निस्कने वा पूरा हुने (पत्रिका, योजना इ॰) ।

आवरण— ना॰ [सं॰] १. माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया । २. ढक्कन; बिर्को । ३. कुनै पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द । ~ पृष्ठ— ना॰ कुनै पुस्तक वा लिखित सामग्रीको ढकनाका रूपमा रहने पाना । ~ बाली— ना॰ पहिरो जाने सम्भावना भएको ठाउँमा पहिरो जानबाट रोक्नका लागि लगाइने बालीनाली; भूक्षय रोक्नाका निम्ति लगाइएको जङ्गल ।

आवर्त— ना॰ [सं॰] १. बीच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; भुँवरी । २. मानिस वा पशुको शरीरमा पाइने रौँको भुँवरी वा चक्र । ३. पानी नपार्ने बादल । ४. घुमाइ; परिक्रमा । > आवर्तक— वि॰ १. चारैतिर घुमाउने; रिगाँउने । २. लगातार घुमिरहने; रिङ्ने । ३. फेरि–फेरि दोहोरिने; पुनः पुनः भइरहने । ना॰ ४. भुँवरी । आवर्तन— ना॰ १. बारम्बार घुम्ने प्रक्रिया; रिङ्ने काम । २. मदानीले दही मथ्ने काम; आलोडन । ३. दोहोथ्याउने काम । ४. पग्लने प्रक्रिया । ५. बाङ्गिने वा टेढिने काम । ~ विन्दु— ना॰ १ हावा र पानीको भुमरीमा देखिने केन्द्रीय विन्दु वा स्थल । २. गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज ।

आवलि/आवली— ना॰ [सं॰] १. क्रमैले मिलाएर राखिएको वस्तुसमूह । २. लहर; ताँती; श्रेणी; पङ्क्ति । (समासमा प्रायः उत्तरवर्ती भएर यो शब्द आउँछ । जस्तै— नामावली, विरुदावली इ॰) ।

आवश्यक— वि॰ [सं॰] खाँचो परेको; चाहिएको; नभई नहुने; जरुरी । — ता— ना॰ आवश्यक भएको स्थिति; खाँचो; जरुरत । >

आवश्यकी— वि॰ आवश्यकता भएको ।

आवह— ना॰ [सं॰] १. सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु । वि॰ २. पैदा गर्ने; उत्पादक । (यो शब्द प्रायः शब्दको अन्तमा आउँछ । जस्तै— भयावह, सुखावह इ॰) ।

आवागमन— ना॰ [सं॰] आउने–जाने काम; आवतजावत; आतेजाते; ओहोरदोहोर ।

आवाज— ना॰ [फा॰] १. वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद । २. बोली; वाणी । ३. हल्ला; खलबल ।

आवारा— वि॰ [फा॰] १. विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला । २ घर–परिवार र समाजको कुनै पर्बाह नगर्ने; अलमस्त । ३. घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्रीको; नागो ।

आवास— ना॰ [सं॰] १. जीउ ओत्ने ठाउँ; घर; गृह । २. बस्ने ठाउँ; निवासस्थान । ~ गृह— ना॰ बसोबास गर्ने घर । ~ स्थल— ना॰ आवासगृह । > आवासिक— वि॰ आवासको; आवाससम्बन्धी ।

आवासीय— वि॰ नियत स्थानमै बसेर काम गर्ने; खटाएको ठाउँमा निश्चित अवधिसम्म रहने ।

आवाहक— वि॰ [सं॰] प्रतिमा, मूर्ति आदिमा मन्त्रबारा देव–देवीको प्राण–प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने । > आवाहन— ना॰ १. पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल–अक्षता चढाएर देव–देवीलाई बोलाउने काम । २. आह्वान; निमन्त्रण; बोलाहट ।

आविद्ध— वि॰ [सं॰] खोपिएको; रोपिएको; प्वाल पारिएको; छेडिएको ।

आविर्भाव/आविर्भावन— ना॰ [सं॰] १. उत्पत्ति; पैदा; प्रकट । २. नयाँ वस्तुको उत्पादन; आविष्कार । ३. सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम । > आविभूर्त— वि॰ १. पैदा भएको; उत्पन्न । २. बाहिर दृश्य रूपमा आएको; निस्केको । ३. अभिव्यक्त; प्रकट भएको ।

आविष्करण— ना॰ [सं॰] नयाँनयाँ सिद्धान्तहरू पत्ता लगाउने काम; नयाँनयाँ वस्तुहरूको उत्पादन; आविष्कार ।

आविष्कर्ता— वि॰ [सं॰] नयाँ–नयाँ सिद्धान्त र वस्तुहरू पैदा गर्ने; आविष्कार गर्ने; पत्ता लगाउने ।

आविष्कार— वि॰ [सं॰] नयाँ सिद्धान्तको प्रतिपादन; नयाँ–नयाँ वस्तुको उत्पादन; आविष्करण । > आविष्कारक— वि॰ आविष्कार गर्ने; आविष्कर्ता । आविष्कृत— वि॰ आविष्कार गरिएको; नयाँ–नयाँ सिद्धान्त वा वस्तुहरूको पत्ता लगाइएको ।

आविष्ट— वि॰ [सं॰] १. आवेशमा आएको; जोस चढेको; उत्तेजित । २. भूत–प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको ।

आवृत— वि॰ [सं॰] १. छोपिएको; ढाकिएको । २. बेह्रिएको; घेरिएको । ३. छेकिएको; बारिएको ।

आवृत्त— वि॰ [सं॰] १. दोहोथ्याइएको; डब्ल्याइएको । २. रिँगाइएको; घुमाइएको । ३. फर्काइएको । > आवृत्ति— ना॰ १. कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रिया–प्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन । २. कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोथ्याउने काम । ३. पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण । ~ दीपक— ना॰ दीपक अलङ्कारमा धर्मलाई पटक–पटक दोहोथ्याउँदा हुने एक अलङ्कार ।

आवृष्टि— ना॰ [सं॰] पानी पर्ने काम; झरी; वर्षा ।

आवेग— ना॰ [सं॰] १. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार । २. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम । ३. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व । ४. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद । ~ जाल— ना॰ मनमा उब्जने आवेगहरूको समूह; मनोविकार ।

आवेदक— वि॰ [सं॰] १. कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने । २. आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी । ३. माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने ।

आवेदन— ना॰ [सं॰] १. कुनै काम गराइपाउन लेखिएको अनुरोधपत्र; दर्खास्त; निवेदन । २. प्रार्थना; अनुरोध; बिन्तीपत्र । ~ पत्र— ना॰ निवेदनपत्र; प्रार्थनापत्र ।

आवेश— ना॰ [सं॰] १. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस । २. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव । ३. प्रवेश; पस्ने काम । ४. भूत–प्रेत आदिको असर; तन्त्र–मोहनी आदिको प्रभाव ।

आवेष्टन— ना॰ [सं॰] १. कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम; ढाक्ने वा छोप्ने कार्य । २. बेर्ने वा लपेट्ने वस्तु; बासा; खोल; बेठन; ढक्कन ।

आवेष्टित— वि॰ [सं॰] आवेष्टन गरिएको ।

आव्रजन— ना॰ [सं॰] १. एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसा्यँ । २. सन्न्यास; गार्हस्थ्य–जीवन छाडेर शिखासूत्र त्याग गरी चौथो आश्रमको नियम पालन गर्ने काम ।

आशंसा— ना॰ [सं॰] १. उमेद; आशा । २. शङ्का; सन्देह; दुबिधा । ३. इच्छाग् कामना । ४. प्रशंसा; तारिफ । ५. सम्मान; आदर । श्र आशंसित— वि॰ आशंसा गरिएको ।

आशक— ना॰हे॰ आसक ।

आशक्त— वि॰ [सं॰] शक्तिशाली; समर्थ; जे पनि गर्न सक्ने । >

आशक्ति— ना॰ सामर्थ्य; बल; बुता; शक्ति ।

आशङ्का— ना॰ [सं॰] १. दुविधा; शङ्का; सन्देह । २. कुनै अनिष्ट काम–कुराको सम्भावनाले पैदा हुने डर; कुनै अनिष्ट परिणामको सम्भाव्यता । > आशङ्कित— वि॰ आशङ्का गरिएको; सन्देहयुक्त ।

आशङ्की— वि॰ शङ्का गर्ने; शङ्कालु ।

आशय— ना॰ [सं॰] १. भाव; मतलब; तात्पर्य । २. इच्छा; कामना । ३. उद्देश्य; नियत । ४. गूढ अभिप्राय ।

आशा— ना॰ [सं॰] १. चाहेको वस्तु पाउने इच्छा; अभिलाषा; चाहना । २. लोभ; लालच । — कारी— वि॰ आसे बानी भएको । ~ खेती— ना॰ आशा नै खेती; अकासे वृत्ति । — जनक— ना॰ आसलाग्दो । > आशातीत— वि॰ आशा गरिएको भन्दा बढ्ता; सोच्दै नसोचेको । आशान्वित— वि॰ आशाले युक्त भएको; आशावान् । — मुखी— वि॰ आस गर्ने; अर्काको भरमा मात्र जीवन धान्ने । — वाद— ना॰ भविष्यको आशा वा सुखप्राप्तिमा विश्वास गर्ने विचार वा सिद्धान्त । — वादी— वि॰ आशावादको अनुयायी; आसे बानी भएको ।

आशिष्— ना॰ [सं॰] प्रायः मान्यजनबाट दिइने शुभकामना; आशीर्वाद; आसिक ।

आशीर्वचन/आशीर्वाद— ना॰ [सं॰] १. प्रायः मान्यजनले आफूमन्तिरकाको सफलता वा कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा । २. ब्राह्मणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष् ।

आशु— वि॰ [सं॰] चाँडो; तुरुन्त; छिटो । — कवि— वि॰ १. छिटोछिटो कविता रच्न सक्ने -कवि) । ना॰ २. कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्ने कवि । — तोष— वि॰ १. चाँडै नै सन्तुष्ट हुने । ना॰ २. महादेव । — पत्र— ना॰ छिटो गरी पठाइने पत्र; जरुरी चिठी । — लिपिक— वि॰ छिटोछिटो लेख्न सक्ने ।

आशौच— ना॰ [सं॰] १. जन्मदा वा मर्दा सगोत्री दाजुभाइ र नजिकका नातेदारलाई निश्चित अवधिसम्म लाग्ने अशुद्धि; सूतक; सुत्केरो; जुठो । २. बाबुआमाको मृत्युपछि छोरालाई वर्ष दिनसम्म लाग्ने अशुद्धि; बरखी । > आशौची— वि॰ जुठो वा सूतक परेको; आशौच लागेको वा बारेको ।

आश्चर्य— ना॰ [सं॰] १. नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक । वि॰ २. अनौठो; ताजुबलाग्दो । ~ चकित— वि॰ अनौठो वस्तु वा दृश्य देखेर दङ्ग परेको; उदेकमा परेको । — भूत— वि॰ आश्चर्यमा परेको । श्र आश्चर्यित— वि॰ चकित ।

आश्रम— ना॰ [सं॰] १. प्राचीन ऋषिमुनिहरूले बस्नका निम्ति प्रायः जङ्गलमा बनाएको आवास; कुटी; गुफा । २. समाधि वा तपस्या गर्ने ठाउँ; तपोवन । ३. ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक वर्णाश्रममध्ये कुनै एकको आश्रयस्थल । ४. हिन्दू संस्कृतिअनुसार चार वर्णाश्रमधर्ममध्ये आयुको विभाजनबाट ग्रहण गरिने जीवनप्रक्रियाविशेष; एक प्रकारको जीवनचर्या । ~ धर्म— ना॰ ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक चारै वर्णाश्रमका व्यक्तिहरूले पालन गर्नुपर्ने धर्म । ~ भ्रष्ट— वि॰ आ६नो वर्णाश्रममा रहँदा नियमानुसार धर्मको पालन नगर्ने; आश्रमधर्मबाट पतित । — वासी— वि॰ आश्रमको धर्मपालना गरेर बस्ने । > आश्रमी— वि॰ आ६नो आश्रम–धर्मको अनुकूल आचरण गर्ने; आश्रमवासी ।

आश्रय— ना॰ [सं॰] १. कुनै वस्तु वा संरक्षकत्व प्रदान गरेर दिइने मद्दत; सहारा; आधार; टेको । २. विश्राम गर्ने ठाउँ; बिसौनी; ओत । ३. शरणार्थीहरूको बस्ने ठाउँ; क्षणिक आवास । ४. घर । ५. भर; आड; भरोसा । — दाता— ना॰ आश्रय दिने व्यक्ति । >

आश्रयी— वि॰ सहारा चाहने; आश्रय लिने; आश्रयमा रहेको ।

आश्रित— वि॰ [सं॰] मद्दत पाएको; आश्रयमा रहेको; सहारामा रहेको; शरणमा बाँचेको । ~ उपवाक्य— ना॰ व्याकरणअनुसार मिश्र वाक्यको मुख्य उपवाक्यबाहेक अर्को अङ्ग उपवाक्य; जो, जुन आदि संयोजकमार्फत मुख्य उपवाक्यसँग सम्बन्धित रहने वाक्यांश ।

आश्लिष्ट— वि॰ [सं॰] १. अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको । २. आलिङ्गन गरेको; अँगालो हालेको; जोल्टिएको ।

आश्लेष/आश्लेषण— ना॰ [सं॰] १. एक–अर्कासँग गाँसिने काम; टाँस्ने काम; जोड । २. अङ्कमाल; आलिङ्गन; अँगालो ।

आश्वस्त— वि॰ [सं॰] १. चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त । २. डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त ।

आश्वास/आश्वासन— ना॰ [सं॰] १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया । २. भरोसा; पत्यार; विश्वास; भर । ३. ठूलाबडाबाट दिइने आडभरोसा; अभयदान । > आश्वासी— वि॰ १. आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने । २. आश्वासनको भरमा बाँच्न चाहने; आ६नो बुद्धिबर्गत केही नभएको ।

आश्विन— ना॰ [सं॰] विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने छैटौँ महिना; अश्विनी नक्षत्रले युक्त भएको पूर्णिमा हुने महिना; असौज ।

आषाढ— ना॰ [सं॰] विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको महिना; असार । > आषाढा— ना॰ अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बीसौँ र एक्काइसौँ नक्षत्र; पूर्वाषाढा र उत्तराषाढा नक्षत्रको संयुक्त नाम । आषाढी— ना॰ आषाढा नक्षत्रले युक्त भएको आषाढ शुक्ल पूर्णिमा ।

आस— ना॰ [सं॰] आशा; अभिलाषा ।

आसक— ना॰ [अ॰ आशिके १. प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक । २. प्रेम; प्रणय; अनुराग ।

आसक्त— वि॰ [सं॰] १. कुनै कामका लागि मरिमेट्ने; कुनै विषयमा एकचित्त भएर लागेको; तल्लीन; लग्गू । २. लोभ–लालचमा नराम्रोसँग फस्ने; लालची; अबुझ । > आसक्ति— ना॰ १. कुनै कामविशेषमा एकरस भएर लाग्ने भाव; आसक्त बन्ने प्रकृति; प्रलोभन । २. अनुराग; प्रेम ।

आसत्ति— ना॰ [सं॰] १. नजिकको भाव; निकटता; सामीप्य । २. लाभ; प्राप्ति । ३. वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति॰ मध्ये एक ।

आसन१— ना॰ [सं॰ अशनो १. एक प्रकारको सालको रूख; पीत साल; पहेँलो वर्णको कडा काठ; असना । २. साज ।

आसन२— ना॰ [सं॰] १. रहने वा बस्ने ठाउँ; वासस्थान । २. बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि) । ३. बस्ने तरिका वा ढाँचा; बसाइ । ४. आसनका पßासन, सिद्धासन आदि चौरासी प्रकार । श्र आसनी— ना॰ १. सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म । २. बस्नौटो ।

आसन्दिका— ना॰ [सं॰] १. सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ । २. त्रिपाई; सानो खालको कुर्सी ।

आसन्दी— ना॰ [सं॰] १. लचकदार मेच; आराम कुर्सी; गद्दा भएको कुर्सी; कौच; सोफा । २. आसन; आसनी ।

आसन्न— वि॰ [सं॰] १. आइपरेको; नजिकमा रहेको; निकटवर्ती । २. वस्तुतथ्यको नजिक पुगेको; याथार्थिक । ~ काल— वि॰ १. समय आइपुगेको; नजिकका समयको । ना॰ २. मर्ने अवस्था; अन्त्य स्थिति । ~ कोण— ना॰ ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा बढी कोण । ~ प्रसवा— वि॰ साँझ–बिहान भएकी दोजिया । ~ भविष्यत्— ना॰ व्याकरणअनुसार वर्तमानको सन्निकटमा रहेको भविष्यत्; तत्कालको भविष्यत्; समीपस्थ भविष्यत् । ~ भूत— वि॰ व्याकरणअनुसार अतीतका क्रियाको पूर्णता र वर्तमानको सामीप्य देखाउने भूतकालिक क्रिया । ~ मृत्यु— ना॰ १. नजिकै आइपुगेको मृत्यु । वि॰ २. छिटै मर्न लागेको; मरणासन्न ।

आसपास— क्रि॰ वि॰ [प्रा॰ अस्स + पस्से १. नजिकमा; वरपर; अगलबगल; नजिकपुँडो; उँडोपुँडो । ना॰ २. नजिकको थलो; वरपरको ठाउँ ।

आसमान— ना॰ [फा॰ आसमाने १. अकास; आकाश । २. स्वर्ग; देवलोक । > आसमानी— वि॰ १. आसमानी रङ्गको; अकासे रबको । ना॰ २. अकासे रब ।

आसमुद्र— क्रि॰ वि॰ [सं॰] समुद्रसम्म; समुद्रपर्यन्त ।

आसरा— ना॰ [सं॰ आश्रये १. आड–भरोसा; आश्रय; आस्रा; आधार; सहारा । २. आशा ।

आसर्जे— ना॰ [सं॰ आश्चर्ये आश्चर्य; छक्क ।

आसव— ना॰ [सं॰] १. फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी । २. रक्सी; मदिरा; अर्क ।

आसा— ना॰ [सं॰ आश्रय > आस्रो १. ढाल, कवच आदिको बीचमा जडिएको टाँकजस्तो फूली वा कीलो । २. आसागुर्जा । — खण्ड— ना॰ मटान । — गुर्जा— ना॰ राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि–अघि लिएर हिँड्ने सुन–चाँदीको दण्ड आदि; राजचिह्न ।

आसाम— वि॰ [सं॰ असम्] नेपालीहरूको निकै सङ्ख्यामा बसोबासो भएको, भारतको पूर्वोत्तरमा स्थित एक राज्य । > आसामी— १. आसाम प्रदेशको; आसाममा बस्ने । ना॰ २. आसाम प्रदेशको स्थानीय भाषा (असमिया॰ वा जाति ।

आसामी— ना॰ [अ॰ असामी] ऋण लिने व्यक्ति; कर्जादार; असामी ।

आसिक— ना॰ [सं॰ आशिष्] आशीर्वाद; आशिष् ।

आसिक्त— वि॰ [सं॰] सेचन गरिएको; अभिषिक्त ।

आसिर— ना॰ [अङ्॰ अ‘स्ट्रिचे ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठूलो चरो; सुतुरमुर्ग ।

आसीन— वि॰ [सं॰] बसोबास गरेको; पलेँटी मारेको; बसेको ।

आसुर— वि॰ [सं॰] असुरसम्बन्धी; असुरको ।

आसुरी— वि॰ [सं॰] १. दानवी; दैत्यसम्बन्धी; आसुर । ना॰ २. दानवी; असुरपत्नी । ~ चिकित्सा— ना॰ चिरफारबारा गरिने चिकित्सा; शल्यचिकित्सा । ~ विवाह— ना॰ केटाको तर्फबाट केटीलाई पाल्ने कबोलअनुसार बाबु–आमा वा संरक्षकलाई पैसा दिई गरिने विवाह; पोल्टे विवाह; बेचिएकी कन्यासँग गरिने विवाह । ~

सम्पत्— ना॰ १. कुकर्मबाट कमाएको धन–सम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन । २. व्यक्तिमा रहने दम्भ, दर्प, अभिमान, क्रोध, पारुष्य र अज्ञानजस्ता नराम्रा भावहरूमध्ये कुनै एक ।

आसे— वि॰ [आस + ऐ १. आ६नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने; आशामुखी । ना॰ २. विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे राँड । ~ गाँसे— वि॰ १. आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने । ना॰ २. त्यस्तो व्यक्ति । आसे गाँसे सबै एकैनासे (उखान॰ ।

आसेपासे१— ना॰ [नेवा॰] काम–कुरो पन्छाउन गरिने आलटाल; अल्याबमल्याब ।

आसेपासे२— वि॰ [आसपास + ऐ १. केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी । ना॰ २. अगलबगलमा रहेका निमुखा गरिबहरू । ३. मूल देवी–देवताका अनुचर–सेवकहरू । ४. भूत–प्रेत वा बोक्सी–डङ्किनीहरू । आसे राँड/आसे राँडी— ना॰ [आसे + राँडी] बेपत्ता भएको पति फर्केर आउने आसमा रहेकी स्त्री -हेय) ।

आसेवन— ना॰ [सं॰] १. लगातार गरिने सेवा–टहल; सेवा–शुश्रूषा । २. मन लगाएर उत्साहका साथ कुनै काम बार–बार दोहोथ्याएर गर्ने प्रक्रिया ।

आसेवी— वि॰ [सं॰] आ६नो हुँदो सम्झेर सेवा–टहल गर्ने; मन लगाएर सेवा–शुश्रूषा गर्ने ।

आस्तरण— ना॰ [सं॰] १. फैलाउने काम; फिँजाउने प्रक्रिया । २. कुनै कपडा आदि ओछ्याउने काम । ३. तन्ना; बिछ्यौना । ४. यज्ञ–वेदीमा चारैतिर ओछ्याइने कुश ।

आस्तिक— वि॰ [सं॰] १. परलोकको अस्तित्व मान्ने; परलोकमा श्रद्धा वा आस्था राख्ने । २. वेद, ईश्वर, पूर्वजन्म, परलोक र परजन्म आदिमा विश्वास राख्ने; ईश्वरवादी । — ता— ना॰ १. आस्तिक बन्ने भाव वा स्थिति; ईश्वरमा आस्था राख्ने प्रकृति । श्र आस्तिक्य— ना॰ आस्तिक गुण वा धर्म ।

आस्ते— क्रि॰ वि॰ [फा॰ आहिस्ते केही हतार नगरीकन; बिस्तारै । ~ आस्ते— क्रि॰ वि॰ बिस्तार–बिस्तारै ।

आस्थगन— ना॰ [सं॰] सर्वोच्च शक्तिबाट संविधानको कुनै धारा वा कानुनको कुनै दफा आदि केही समयका लागि निष्क्रिय बनाउने काम; कुनै कानुनी नियम–विनियम आदिको चलनचल्तीलाई रोक्ने काम ।

आस्था— ना॰ [सं॰] १. दिलैदेखि जागेको सम्मान; श्रद्धा; अखण्ड विश्वास । २. विश्वास; पत्यार । ३. सहारा; आलम्बन; भरोसा । — रहित— वि॰ १. श्रद्धा नभएको; विश्वासहीन । २. देखावटी; अन्धभावनाले युक्त । — वान्— वि॰ १. विश्वास वा आस्था भएको; सम्मान गर्ने । २. सद्भावनाले युक्त; सज्जन । — हीन— वि॰ आस्था नभएको; आस्थाशून्य ।

आस्थित— वि॰ [सं॰] १. रहेको; बसेको; अवस्थित । २. सहारा पाएको; आधार भएको; आड लिएको ।

आस्पद— ना॰ [सं॰] १. ठाउँ; स्थान; आसन । २. पद; दर्जा । ३. थर; उपाधि । वि॰ ४. भएको वा हुने (लज्जास्पद, घृणास्पद, हास्यास्पद इ॰) ।

आस्रा— ना॰ [सं॰] आश्रय; आधार; भर । > आस्रिनु— अ॰ क्रि॰ १. आश्रय वा आस्रामा रहनु । २. पेटमा बच्चा रहनु; साहा जानु; गर्भ रहनु । > आस्य्राइ— ना॰ आस्रिने क्रिया वा प्रक्रिया ।

आस्वाद— ना॰ [सं॰] १. षड्रसमध्ये कुनै रसको चर्वण । २. रसपानबाट प्राप्त हुने आनन्दानुभूति; रसास्वादन । ३. चाख्ने काम; चखाइ । ४. शृङ्गार आदि साहित्यिक रसहरूको उपभोग; आत्मिक तृप्ति । > आस्वादक— वि॰ आस्वाद लिने; चाख्ने; रसको चर्वण गर्ने । आस्वादन— ना॰ आस्वाद । आस्वादनीय— वि॰ स्वाद लिन लायक; आस्वादयोग्य । आस्वादित— वि॰ स्वाद लिइएको; चाखिएको । आस्वाद्य— वि॰ १. आस्वाद लिन सकिने । २. आस्वाद योग्य; चाख्न लायक; आस्वादनीय । ३. चखिलो; स्वादिलो ।

आह— वि॰ बो॰ [सं॰ अहहे १. कुनै दुःखकष्ट र बाधा आइपर्दा अनायास मुखबाट प्रकट हुने शब्द; अफसोस बुझाउने ध्वनि; सुस्केरा; निश्वास । ना॰ २. व्यथा; बह; पीडा ।

आहत— वि॰ [सं॰] १. घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको । २. कुनै दुर्घटना आदिमा परेर चोटपटक लागेको वा अङ्गभङ्ग भएको; घाइते; घायल । ना॰ ३. ठोकेर बजाइने बाजाविशेष (ढोल, मादल इ॰) । ~ मुद्रा— ना॰ छाप वा कुनै चिह्न लागेको मुद्रा ।

आहा— वि॰ बो॰ [सं॰ अहहे आश्चर्य, हर्ष, विस्मय आदिका आकस्मिक स्थितिमा निस्कने शब्द; अहह ।

आहान— ना॰ [सं॰ आख्याने उखान, टुक्का; लोकोक्ति आदिको पुष्टिका लागि सुनाइने अत्यन्त छोटा लोककथा; दृष्टान्तमूलक साना कथा ।

आहार— ना॰ [सं॰] १. खाइने वस्तु; खानेकुरो; खाद्य पदार्थ । २. ल्याउने काम; आदान । ~ जाहार— ना॰ १. सरसामान; मालमत्ता; झिटीमिटी । २. आलबाल; सिसोबासो । ~ विज्ञान— ना॰ खाद्य वस्तुको गुण–दोषको निरूपण गर्ने शास्त्र । ~ विहार— ना॰ खानपान; पथपरहेज; रहनसहन । ~ शास्त्र— ना॰ आहारविज्ञान ।

आहारा— ना॰ [सं॰ आहारे १. आहार; खानेकुरो । २. चराचुरुङ्गीको दाना; चारो । ३. पशुको खाद्य पदार्थ; दाना । ४. दैनिक खाद्यवस्तुको मात्रा (उदा॰— आजकाल बिरामीको आहारा घट्दै गएको छ॰ ।

आहारिस— ना॰ ईर्ष्या; डाहा; डाढ । > आहारिसे— वि॰ डाहा गर्ने; ईर्ष्यालु; अरू फलेफुलेको वा समृद्ध भएको देख्न नसक्ने ।

आहारिस्या्यँ— ना॰ आहारिसे हुनाको भाव वा अवस्था ।

आहारी— वि॰ [सं॰] १. आहारा गर्ने; भोजन गर्ने; खाने । २. जबरजस्ती लिने; अधिग्रहण गर्ने ।

आहार्य— वि॰ [सं॰] १. लिन सुहाउने; ग्रहण गर्न योग्य । २. खान हुने; खाद्य । ३. नाट्यशास्त्रका अनुसार वेशभूषा, आभूषण आदिबारा सम्पन्न गरिने (अभिनय॰ ।

आहाल— ना॰ [सं॰ आखाते १. भैँसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने पानीपोखरी । २. भैँसी आदिले दलदले पोखरी वा नदीमा डुब्ने वा बस्ने काम ।

आहृत— वि॰ [सं॰] १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको । ना॰ २. अतिथि–अभ्यागतलाई दिइने भोजन । ३. पाँच महायज्ञमध्ये एक । आहुति— ना॰ १. अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्य्राइएको चरु, पायस, घिउ आदि; हवि । २. अग्निमा हवन गर्ने काम; हवन; बलि ।

आहूत— वि॰ [सं॰] १. श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको । २. निम्त्याइएको; निम्तो गरिएको; निमन्त्रित । ३. हाँक गरिएको ।

आब्त— वि॰ [सं॰] १. हरण गरेर ल्याइएको । २. हरण गरेर लगिएको । ३. लुटिएको; खोसिएको ।

आह्निक— वि॰ [सं॰] १. दिन–दिनको; प्रतिदिनको; दैनिक । ना॰ २. एक दिनमा गरिने काम; नित्य कर्म । ३. अध्ययन; पढाइ ।

आह्री— ना॰हे॰ आरी२ ।

आह्रो— ना॰हे॰ आरो ।

आह्लाद— ना॰ [सं॰] अभीष्ट वस्तुको प्राप्तिबाट मनमा उठ्ने खुसियाली; आनन्द; हर्ष; सन्तोषपूर्ण तृप्ति । > आह्लादक— वि॰ आनन्द दिने; हर्ष गराउने; मन प्रसन्न पार्ने । आह्लादन— ना॰ खुसी पार्ने काम, आनन्द दिने काम । आह्लादित— वि॰ आह्लादयुक्त; हर्षित; प्रसन्न । आह्लादी— वि॰ खुसी हुने; आनन्दी ।

आह्वान— ना॰ [सं॰] १. बोलाउने काम; आमन्त्रण । २. प्रार्थना; अपिल । ३. सरकारबाट कार्यालयमा बोलाउने काम । ~ पत्र— ना॰ १. अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा । २. युद्धमा गरिएको बोलाहट । — गीत— ना॰ १. कसैलाई सम्बोधन गरेर लेखिएको गीत । २. कसैको आह्वान गरेर लेखिएको गीत । ३. गीतिकविताको एक प्रकार ।