चार

Wiktionaryबाट
यहाँ चार बिन्दुहरू छन्

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ चतुर्] १. गणनाक्रममा तीनपछिको सङ्ख्या; ४–को अङ्क । वि॰ २. तीनपछिका सङ्ख्याको । ~ आँठे— वि॰ आँठैआँठा भएको; आँठा पारी बाटिएको (कपाल आदि॰ । ~ कडे— वि॰ चार कडा भएको (झ्याँगा आदि) । ~ कलम— ना॰ पूर्वी नेपालको लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमा– बाबुलाई दिइने पैसा, जाँड–रक्सी आदिको कोसेली । ~ काने— वि॰ चार कान भएको; घाँटीमा कानझैँ दुईवटा लुर्कन भएको (खसी, बाख्रा आदि) । ~ किल्ला— ना॰ सिमाना (खेत–बारीको॰; साँध; सीमा; परिधि; चौहद्दी । ~ कुने— वि॰ १. चार कुना परेको; चारपाटे आकारको; चारखाने । ना॰ २. चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र । — खाना— ना॰ चारपाटे आकारको बुट्टा भएको कपडा; चारखाने कपडा । — खाने— वि॰ चारकुने आकारको; चारखाना भएको । — खाल— ना॰ १. चारैतिर भवन भई बीचमा चोक वा चौर भएको ठाउँ । २. पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालय, भूमिसुधार कार्यालय तथा विशेषतः जिल्ला अदालत आदि रहेको, काठमाडौँको डिल्लीबजारस्थित चारैतिर भवन भई बीचमा चोक रहेको एक प्रसिद्ध स्थान । — खाले — वि॰ १. चारखाल भएको; चारखालसित सम्बन्ध भएको । २. चारखालमा गएर बस्ने वा रुँग्ने । ३. कौडा, तास आदिको जुवामा दाउ लिएर बस्ने । ~ खुट्टे— वि॰ १. चार खुट्टा भएको । ना॰ २. पशु; चौपाया; जनावर; जन्तु । ~ गणेश— ना॰ काठमाडौँ उपत्यकाभित्रका चार दिशामा रहेका प्रसिद्ध चार गणेश (चन्द्रविनायक, अशोकविनायक, जलविनायक, सूर्यविनायक॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

१. एक, दुई, तीन, चार, पाँच।

२. परशुराम ढकाल र राजकुमार रुम्बा अन्तिम चारमा प्रवेश गरे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: four
"https://ne.wiktionary.org/w/index.php?title=चार&oldid=75290" बाट अनुप्रेषित