काट्नु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- सम्पर्क विच्छेद गर्नु
- हतियारको प्रयोग गरेर कुनै चिजलाई त्यसको प्राकृतिक स्थानबाट छुट्याएर अलग पार्नु
- खेती-पाती गर्नु, कुटो-कोदालो चलाउनु, घाँस-पात काट्नु, भेडा-बाख्रा पाल्नु यहाँका मानिसहरूको मुख्य काम र पेशा थियो।
- सुख, दुःख आदि भोग्नु
- दुरी पार गर्नु
- बस, रेल, चलचित्र आदिको टिकट किन्नु
- कुनै सूचना दिन, काम लगाउन आदिको लागि चिठी, पत्र, पुर्जी आदि जारी गर्नु
- बनाइएको नियम, अनुशासन आदिको उल्लङ्घन गर्नु
- दाँतको धारको सहयोगले कुनै कुरालाई च्यात्नु, टुक्र्याउनु
- हतियारको प्रयोग गरी चोट पुर्याउनु
- भाग वा परिमाण घटाउनु
- समय बिताउनु
- हतियारको प्रयोग गरी मासुको प्रयोजनको लागि प्राणिलाई मार्नु
उदाहरण
[सम्पादन गर्नुहोस्]- फोनको लाइन काट्नु अघि उहाँले गम्भीर परिस्थितिप्रति सचेत रहन आफ्ना कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो।
- खेती-पाती गर्नु, कुटो-कोदालो चलाउनु, घाँस-पात काट्नु, भेडा-बाख्रा पाल्नु यहाँका मानिसहरूको मुख्य काम र पेशा थियो।
- वैदिक कालमा नारीले जीवनभर विधवा रहेर कष्ट काट्नु पर्ने दयनीय स्थिति नरहेको देखिन्छ।
- काठमाडौंबाट सय किलोमिटरको राजमार्ग काट्नु पर्छ खाडीचौर पुग्न।
- यातायात सेवा समितिको काउन्टरबाट टिकट काटेर बस कुरिरहेका जिरी पुग्ने खड्काका बृद्ध दम्पतीले टिकट काटेको गाडी चढ्न पाएनन्।
- अनियमितता गरेको भन्दै खनालका विषयमा अख्तियारले पत्र काटेको थियो।
- सन्धिलाई भारतले जति काटे पनि हुन्छ, नेपालले अलिकति पनि काट्न हुँदैन!
- मुसाले लुगा कागज आदि काटेमा शुभलक्षण हो।
- गुरुङलाई अज्ञात समूहले खुकुरी प्रहार गर्दा उनको दाहिने तिघ्रा, फिला र हात काटेको छ।
- किन काट्नु भाग?
- पत्रकारहरूले आगो तापेर निथ्रुक्क भएका कपडाहरूलाई सेकाएर रात काट्नु परेको थियो।
- अब ऊयसले खसी काट्छ।