सुविधा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- दैनिक जीवनमा आवश्यक सेवा र भौतिक वस्तु सजिलै पाइने स्थिति
- कुनै जिम्मेवारी, काम, पद आदिको आधारमा नियमअनुसार व्यक्तिले पाउने रकम वा अन्य भौतिक साधन
- पैसा तिरेर त्यसको सट्टामा प्राप्त गर्न सकिने सेवा
- नियम अनुसार कसैले तिर्नु पर्ने रकममा दिइएको छुट
- भौतिक साधनमा उपलब्ध सेवा
उदाहरण
[सम्पादन गर्नुहोस्]- कर्णालीमा भौतिक सुविधाहरू छँदैछैनन् ।
- आफूले खाईपाई आएको सुविधाको मोह कसलाई हुँदैन र?
- न्यूनत्तम शुल्कमा सुविधा उपलब्ध गराउने लक्ष राखिएको थियो ।
- विशिष्ट श्रेणीका कर्मचारी र न्यायाधीशहरूलाई दिइएको भन्सार छूटको सुविधा ।
- यो समूहका गाडीहरूमा एयरकन्डिसन्, रेडियो–क्यासेट, पावर स्टेरिङ, अटो–लक आदि सुविधा लिन सकिन्छ ।