माया

Wiktionaryबाट

मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ ।पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रिया संग मायाको सम्बन्ध हुन्छ; त्यही रसायन ले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ । मिठाइ खाँदा पनि यो रसायन दिमागभित्र प्रतिक्रिया गर्छ।