भौतिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- प्रत्यक्ष देखिने र अनुभूत गर्न सकिने रूप, आकार प्रकार र ढाँचासँग सम्बन्धित
- आँखा, नाक, कान, जिब्रो र छाला जस्ता ज्ञानेन्द्रीयले बोध गर्न सक्ने संसारी कुरासँग सम्बन्धित
- शारीरिक; शरीरसँग सम्बन्धित
- बुझ्न र जान्न सकिने निश्चित नियमहरूद्वारा शासित
- धन, सम्पति र सुख ऐश्वर्यसँग सम्बन्धित
उदाहरण
[सम्पादन गर्नुहोस्]- कार्यालयको भौतिक ढाँचा तथा कार्यगत वातावरण पनि उपयुक्त हुनुपर्छ ।
- माओवादीले भौतिक संरचना माथि आक्रमण नगर्ने ।
- सुखसुविधा, भोगविलास सबै भौतिक कुरा नाशवान् छन् ।
- सङ्गीत मानवको भौतिक र आध्यात्मिक सुखको साधन हो ।
- जनअदालतको निर्णयअनुसार दीनानाथ बाजे भौतिक कारबाहीमा पर्ने भएछन् ।
- कोही बाहिर निस्कीएमा भौतिक सफाय गरिनेछ ।
- आदिगुरु विश्व–प्रह्माण्डलाई भौतिक, विज्ञानमय नै देख्नुहुन्छ ।
- हाम्रा ऋषिमुनि भौतिक दृष्टिले सम्पन्न थिएनन् ।