भोग
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- सुखदुःखको अनुभव
- कुनै वस्तुको उपयोग गर्ने काम
- देवीदेवतालाई चढाइने प्रसाद वा बलि
- यौन समागम; मैथुन
- अघिल्लो जन्मको कर्मको फल
- भाग्यमा लेखिएको कुरा
- परिणाम वा फल
- प्राचीन नेपालमा पशुपालनमा लाग्ने कर
उदाहरण
[सम्पादन गर्नुहोस्]- मानिसहरू भोग र भोकको दलदलमा फसेका हुन्छन् ।
- नरकको भोग गर्न तयार रहन विष्णुले बलिलाई सतर्क गराउनुभयो ।
- सुकुम्वासीले भोग गरेको जग्गा ।
- यत्रो सम्पत्तिको भोग कसले गर्ला?
- शेरबहादुर देउवा मन्त्रपाठ र पूजाआजाका साथ कालो बोको भोग दिँदै बालुवाटार सर्नुभयो ।
- शिव पूजापछि हनुमानको पनि नित्य पूजा भोग लगाइन्छ ।
- विवाह नगरी अरू स्त्रीसँग भोग गर्नहुँदैन ।
- सैयौं दिन भोग गरेपछि ऊ मेरो जीवनबाट आफै टाढियो ।
- तिमी यो उपस्थित कर्मको भोग भोगेर मात्र तपस्याको फल प्राप्त गर ।
- पूर्वजन्मको भोग नभोगी सुख छैन मान्छेले ।
- मेरो भोग भएको भए हस्तिनापुरको गद्दी मबाट कसैले खोस्न सक्ने थिएन ।
- जेलजीवन काटिरहेकामध्ये निकै सङ्ख्या नखाएको विषको भोग भोगिरहेका हुन्थे ।
- व्यापारमा लागेको करलाई 'कर' र पशुपालनमा लागेको करलाई 'भोग' भनिन्थ्यो ।