चर्म

Wiktionaryबाट

चर्म

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. मानिस वा जनावरका शरीरको बाहिरी अंश; छाला; चमडा; चाम । २. ढाल । — कला— ना॰ काँचो छालालाई प्रशोधन गरी त्यसबाट जुत्ता, सेला, कम्मरपेटी आदि विभिन्न सामानहरू बनाउने सीप । — कार— ना॰ छालाको काम गर्ने मानिस; चमार; सार्की; मोची । — कील— ना॰ अलकाई; बवासीर; हर्सा; अर्श । — कूप— ना॰ घिउ, तेल आदि हाल्ने छालाको भाँडोविशेष; सिजिया । ~ चक्षु— ना॰ १. भौतिक जगत्का विषयवस्तु देख्ने इन्द्रिय; बाहिरी वा बाह्य आँखा । २. सतही दृष्टि; स्थूल दृष्टि । ~ तरङ्ग— ना॰ उमेर वा रोगका कारणले शरीर वा अनुहारमा पर्ने चाउरी । ~ दूषिका— ना॰ दाग उब्जिई बेसरी चिलाउने एक चर्मरोग; दाद । ~ पट्टिका— ना॰ पासा खेल्दा गोटी राखिने चार कुना परेको छालाको टुक्रा । ~ पत्र— ना॰ अभिलेखका रूपमा छालामा लेखिएको वस्तुविशेष । — पुट— ना॰ पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो; मसक । — यष्टि— ना॰ छालाको कोर्रा वा चाबुक (हन्टर॰ । चर्म रोग— ना॰ [सं॰] रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना–साना फोका निस्कने आदि रोग । > चर्मरोगी— ना॰ छालाको रोग लागेको व्यक्ति । — विशेषज्ञ— ना॰ छालाका रोगहरूमा विशेषता प्राप्त गरेको डाक्टर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: