चरित्र

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. जीवनी; चरित । २. चालचलन; बानीबेहोरा; व्यवहार । ~ चित्रण— ना॰ नाटक, उपन्यास, कथा आदिमा काल्पनिक पात्रको बिम्ब सिर्जना गर्ने प्रक्रिया तथा कार्य; साहित्यिक कथात्मक कृतिमा पात्रको स्वरूप र प्रकृतिलाई रूपायित गर्ने काम । ~ दोष— ना॰ नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी; नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भूल; चरित्रमा हुने दोष । ~ नायक— ना॰ हे॰ चरितनायक । ~ प्रधान— वि॰ घटना वा कथावस्तुको भन्दा चरित्रको प्राधान्य वा बढी महत्त्व भएको (कथा, उपन्यास आदि) । — वान्— वि॰ राम्रो स्वभाव, प्रकृति, चालचलन आदि भएको (व्यक्ति॰; सच्चरित्र भएको । ~ हत्या— ना॰ अनावश्यक वा निराधार लाञ्छना लगाएर कसैको प्रतिष्ठामा धक्का पुथ्याउने वा कसैलाई अपमानित गर्ने काम; कसैको सम्मान वा प्रतिष्ठालाई खसाल्ने काम; अनावश्यक लाञ्छना । — हीन— वि॰ खराब गुण, शीलस्वभाव, आचरण, अनुष्ठान आदि भएको; दुष्चरित्रले युक्त ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: