चन्द्र

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. जून; शशी; इन्दु; चन्द्रमा; सोम । २. नवग्रहमध्ये दोस्रो गह्र; २९ज्ञ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह । — कर— ना॰ चन्द्र–किरण; ज्योत्स्ना; चाँदनी इ) । — कला— ना॰ १. चन्द्रकिरणग्चन्द्रलेखा । २. चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता) । ३. शिरमा लगाउने चन्द्राकार गहनाविशेष । — कान्त— ना॰ चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि; शशिकान्त; शीतमणि; चन्द्रोपल । — गन्ज— ना॰ राणा प्रधानमन्त्री चन्द्रशमशेरका नामबाट रहेको एक प्रसिद्ध स्थान; नेपालको पूर्वी तराईखण्डको सिराहा जिल्लामा पर्ने एक ठाउँ । — गिरि— ना॰ हे॰ चन्द्रागिरि । — गुप्त— ना॰ १. विक्रमभन्दा २६३ वर्ष पूर्व पाटलिपुत्र राजधानी भएको मगधको राजसिंहासनमा बस्ने प्रथम मौर्य–सम्राट् । २. ४३७ वि॰ सं॰ मा मगधको राजसिंहासनमा बस्ने विक्रमादित्य उपाधिधारी सुप्रसिद्ध गुप्तसम्राट् । ~ ग्रहण— ना॰ १. चन्द्रमामा लाग्ने ग्रहण; राहुग्रस्त हुँदा चन्द्रमामा पर्ने आंशिक वा पूर्ण कालो टाटो । २. सूर्यको प्रकाश छेकिने गरी पृथ्वीको छाया चन्द्रमाका बिम्बमा परी आंशिक रूपमा वा पूरै चन्द्रमा नदेखिने हुने स्थिति; त्यस स्थितिमा चन्द्रमामा देखिने कालो भाग वा टाटो । ३. हठयोगअन्तर्गत प्राण इडा नाडीबारा कुण्डलिनीमा पुगेको अवस्था । ~ घण्टा— ना॰ नवरात्रिका तेस्रो दिनमा पूजा गरिने एक भगवती; नवदुर्गामध्ये एक । — चूड— ना॰ चन्द्रशेखर; शिव; महादेव । ~ धनु— ना॰ चन्द्रमाको प्रकाशमा वा जुनेली रातमा देखिने इन्द्रधनु । — धर— ना॰ चन्द्रशेखर; शिव । — प्रभा— ना॰ चन्द्रमाको प्रकाश; जून । ~ प्रासाद— ना॰ जुनेली रातको आनन्द लिन सकिने भवनको छतभन्दा माथिको कोठा वा बुर्जा । — बिन्दु— ना॰ अक्षरहरूको थाप्लोमा लाग्ने अर्धचन्द्रबिन्दु; जूनटिकी; नाके स्वरबाट उच्चारण हुने त्यस्तो चिह्न ( ँ ) । ~ बिम्ब— ना॰ चन्द्रमाको प्रकाशमय वर्तुलाकार रूप; चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रमण्डल; चन्द्रसभा । — भाल— ना॰ शिवजीको चन्द्रभूषणयुक्त रूप; शिवजी । — मणि— ना॰ चन्द्रमाका किरणका स्पर्शले जगमगाउने भनिएको हरियो मणिविशेष; चन्द्रकान्तमणि । ~ मण्डल— ना॰ १. चन्द्रमाको वरिपरि कहिलेकाहीँ देखा पर्ने गोलाकार परिधि । २. चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रबिम्ब; चन्द्रमाको मण्डल । ३. हठयोगअन्तर्गत दुवै आँखीभौँ जोडिने ठाउँभन्दा माथि र निधारभन्दा तल रहेको काल्पनिक चन्द्रमा । ~ मल्लिका— ना॰ जुनेली रातमा ढकमक्क फुली चारैतिर मगमग बास्ना फैलाउने एक थरी चमेली फूल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Moon