ग्राम
स्वरूप
ग्राम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १५.४३२ ग्रेन अथवा ॰.॰( तोलाको मान । — ना॰ [सं॰] १. सानो–सानो बस्ती; गाउँ । २. जमात; समूह; समुदाय । ३. सङ्गीतमा वा वाद्यवादन र गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरहरूको समूह; सप्तस्वर; सप्तक । (यसका तीन खण्ड छन्— षडज, मध्यम र गान्धार । यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमूत र सुभद्र पनि भनिन्छन्) । ४. लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल । ~ देवता— ना॰ गाउँका देवता; गाउँको रक्षाका निम्ति स्थापना गरिएका वा गाउँमा पूजा गरिने देवता । — वासी— वि॰ गाउँमा बसोबास गर्ने; गाउँको बासिन्दा; गाउँले । ~ समिति— ना॰ गाउँको सभा वा समिति; गाउँसमिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: