खेल

Wiktionaryबाट

खेल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड; क्रीडा । २. व्यायामका लागि गरिने कामकुरो (कपर्दीको खेल, भकुन्डोको खेल इ॰) । ३. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा (जादुको खेल) । ४. लीला । ५. चालबाजी; पेच । ६. अति सजिलो वा तुच्छ काम । ७. विचित्र वा अद्भुत काम (भाग्यको खेल, दैवी खेल) । ८. जाल; झेल । — कुद— ना॰ मन बहलाउन वा व्यायामका निम्ति खेल्ने वा कुद्ने काम; खेल; क्रीडा । — खाल— ना॰ १. षड्यन्त्र; जालझेल; छलकपट । २. तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा । ३. चुक्लीचाक्ली; करनी; छेडपेच । — बहाड/बाड— ना॰ १. सामान्य खेल वा क्रीडाका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा । २. दिल बहलाउने काम; मनोविनोद । ३. बेवास्ता; हेलचेक्य्राइँ । >

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खेल&oldid=49658" बाट अनुप्रेषित