खाद्य

Wiktionaryबाट

खाद्य

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. खाइने वा खान लायक । ना॰ २. खाइने पदार्थ (अन्न, फलफूल आदि॰ । ~ कृषि बजार सेवा विभाग— ना॰ कृषिमन्त्रालयअन्तर्गत खाद्य, कृषि, हाटबजार आदिको विकास र निर्देशनसँग सम्बन्धित एक विभाग । ~ नली— ना॰ श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुथ्याउने नली; गोजेरो । ~ नियन्त्रण— ना॰ खाद्य सामग्रीलाई कुनै स्थानमा बढी र कुनै स्थानमा घटी हुन नदिई सबै ठाउँमा समान रूपले उपलब्ध गराइने चाँजोपाँजो; खाद्य सामग्रीमाथिको नियन्त्रण । ~ पदार्थ— ना॰ खाइने चीजबीज; अन्नपात । ~ सङ्कट— ना॰ भोजन–सामग्रीको चर्को अभाव; भोज्य वस्तुको ठूलो कमी । ~ सञ्चय— ना॰ अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्य वस्तुको सञ्चय । ~ स्थिति— ना॰ खाद्यपदार्थ पुग्ने वा नपुग्ने अवस्था; खाइने वस्तुको कमबेसी आदि हेरिने व्यवस्था वा स्थिति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: