कूट

Wiktionaryबाट

कूट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना । २. पहेली; प्रहेलिका । ३. अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न । ४. पर्वतको शिखर; टाकुरो । ५. मन्दिर, दरबार आदिका शिखरको गजुर । ६. थुप्रो; रास । ७. लिही । ८ माया; छल; कपट । वि॰ ( दुर्गम वा दुर्बोध । १० निश्चल; अडिलो । ११. झूटो बोल्ने; मिथ्यावादी । ~ कविता— ना॰ व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो बनाइएको कविता; अड्को थाप्ने कविता; प्रहेलिका । — नीति— ना॰ १ राष्ट्रराष्ट्रका बीचको राजनीतिक सम्बन्ध वा त्यस्तो सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति । २. व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रका बीच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति । ३. रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याउने तथा आफू सधैँ ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चाल । ४. जसरी पनि आ६नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली । — नीतिक— वि॰ कूटनीतिसम्बन्धी; कूटनीति जान्ने; कूटनीतिज्ञ । — नीतिज्ञ— वि॰ कूटनीति जान्ने; कूटनीतिक । — पाश— ना॰ पशुपक्षीहरूलाई अल्झाउने पासो; जाल । ~ प्रमाणपत्र— ना॰ बनावटी प्रमाणपत्र; नक्कली प्रमाणपत्र । ~ प्रश्न— ना॰ पहेली; प्रहेलिका । — मान— ना॰ घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि; खोटो मानु, पाथी वा ढक । ~ मुद्रा— ना॰ प्रचलितबाहेक बाहिरबाट अवैध रूपमा निकालिएको मुद्रा; खोटो टक; नचल्ने सिक्का । ~ युद्ध— ना॰ १. शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध । २. नकली युद्ध; झूटो लडाइँ । ~ योजना— ना॰ नराम्रो विचारले वा छल–कपटपूर्वक गरिने कुनै कामको योजना; षड्यन्त्र । — साक्षी— ना॰ जसले साक्षी राखेको छ उसैको नहुँदो ढङ्गले बकपत्र गर्ने साक्षी; झूटो साक्षी वा गवाह ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कूट&oldid=48286" बाट अनुप्रेषित