काली२

Wiktionaryबाट

काली२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [कालो+ई] १. कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री॰ । ना॰ २. 'कालो' शब्दको स्त्रीलिङ्गी रूप; मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द । ना॰ ३. जुत्तामा लाउने कालो पालिस वा रोगन । ~ आँप— ना॰ मीठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो–कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने महजस्तै स्वादिलो एक आँप; लङ्गडा आँप । ~ ऐँसेलु— ना॰ लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु । ~ काठ— ना॰ चिल्ला बाक्ला पात, सेता टीका–टीका परेको कालो बोक्रा र तीतो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रूखको पोथ्रो वा त्यसकै काठ । — कुच्ची— ना॰ ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द । — कुत्तिम— वि॰ १. ज्यादा कालो; गाढा कालो । २. ज्यादै मैलो; थोत्रोपुरानो । — कोट— ना॰ नेपाल अधिराज्यको कर्णाली अञ्चलमा रहेको एक जिल्ला । — कोप्ची— ना॰ कालो वर्ण, गहिरा आँखा र घोप्टे हेराइ भएकी आइमाईलाई गाली गर्दा प्रयोग गरिने श्ाब्द । — खोले— ना॰ १. काली खोलावरपरका बासिन्दा । २. खोलाको छेउछाउ बसेर मीठा स्वरले गाउने एक प्रकारको चरो । ~ ज्यामिर— ना॰ गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल । ~ ढकायो— ना॰ डाँठको टुप्पामा प्रायः तीनवटा पात हुने, घोगाका रूपमा पहेँलो फूल फुल्ने र बाँकोको जस्तो कन्द हुने एक बुटी वा त्यसैको कन्द । — तोप— ना॰ प्राचीन कालको एक प्रसिद्ध तोपको नाम । — दह— ना॰ १. ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह; काली रह । वि॰ २. असाध्यै मौलाएको; सप्रिएको । (उदा॰— यो साल बारीमा कालीदह मकै भएको छ । ॰

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: