काल

Wiktionaryबाट

काल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बीचको समय; बेला; बखत; अवधि; टाइम; मौसम । २. कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर । ३. समयको कुनै निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ॰) । ४. मृत्युका देवता; यम । ५. मृत्यु; मरण; नियति । ६. शनिग्रह । ७. खण्ड; अनुभाग । ८. शिव । (. व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप वा रूपावली (भूत, वर्तमान र भविष्यत्) । १०. सङ्गीत तथा छन्दशास्त्रमा कालको नपाइ । वि॰ ११. कालो रबको; कृष्ण वर्णको । — कटनी— ना॰ समय बिताउने काम; दुःखजिलोसाथ गरिने जीवन–निर्वाह । — कण्ठ— ना॰ १. मुजुर । २. नीलकण्ठे चरा । ३. शिवजीको उपाधि; महादेव । — कला— ना॰ १. कालको रहस्यमय स्थिति वा काम; कालगति । २. मृत्यु र रोगव्याध; मृत्यु र लागलगन । — कूट— ना॰ समुद्रमन्थन गर्दा निस्केको र महादेवले निलेको साह्रै कडा विष; हलाहल । — कोठरी— ना॰ झ्यालखाना–भित्र बनाइएको, ठूला अपराधीलाई यातना दिइने साँघुरो र अँध्यारो कोठो । —

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=काल&oldid=47611" बाट अनुप्रेषित