सामग्रीमा जानुहोस्

काँच

Wiktionaryबाट
यो गिलास सिसाले बनेको हो

असङ्खेय नाम

चुन, वालुवा, सोडा आदि मिसाएर तयार पारिएको; ऐना, चुरा, गिलास, बोतल आदि बनाउन प्रयोग गरिने पारदर्शक, कडा, चम्किलो वस्तु; सिसा

१. काँचको गिलास भूईंमा खस्यो कि चकनाचूर हुन्छ ।

२. ऊ काँच र ढुङ्गालाई थिच्छु भन्ने आँटले कहिले त्यो कहिले यो खाल्डोमा ओर्लिरहेको थियो।

  1. अंग्रेजी: Glass