उद्घोष दैनिक

Wiktionaryबाट

उदघोष दैनिक विराटनगरमा प्रकाशित हुँदै आएको रंगिन दैनिक पत्रिका हो । यसका छापा र अनलाइन संस्करण छ । यो पत्रिका पूर्वको इलामदेखि पश्चिम बर्दीवास, जनकपुरसम्म वितरण हुने र पाठकहरु पनि सोही स्थानमा बढी छन् । तर अनलाइन पाठक संसारभरी छन् । खासगरी विराटनगरवासी पुगेका स्थानका बढी अनलाइन पाठक छन् । २०६२ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको कोशी प्रदेशको प्रमुख पत्रिकामा रहेको उदघोष दैनिकका सम्पादक मोहन भण्डारी हुन् ।