सामग्रीमा जानुहोस्

अवलम्ब

Wiktionaryबाट

अवलम्ब

नाम

ना॰ [सं॰] १. टिक्ने वा अड्ने ठाउँ; आश्रय; आधार; आलम्बन । वि॰ २. कुनै वस्तु वा कुरामा अडेको; झुन्डिएको; तुर्लुङ्गिएको । > अवलम्बन— ना॰ १. कुनै आधारमा टिक्ने– अड्ने भाव वा स्थिति; आश्रय; टेवा । २. ग्रहण वा धारण गर्ने काम; अङ्गीकार । ३. अनुकरण; अनुसरण । अवलम्बनीय— वि॰ आधार लिन योग्य; अवलम्बन गर्न लायक । अवलम्बित— वि॰ १. सहारा लिएको; आधारित; आश्रित । २. झुन्डिएको; उझिन्डिएको । अवलम्बी— वि॰ १. आधार लिने; अडिने; आश्रयी । २. झुन्डिने; उझिन्डिने ।

  1. अङ्ग्रेजी: