अलङ्कार

Wiktionaryबाट

अलङ्कार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. गहना; आभूषण; शृङ्गारका सामग्री । २. शृङ्गार; सजावट । ३. अर्थगत वा शाब्दिक चमत्कारबारा साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग; काव्यको चमत्कारपूर्ण वर्णनशैली । ~ प्राधान्यवाद— ना॰ अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्त । — वादी— वि॰ अलङ्कारलाई नै प्रमुखता दिने वा अलङ्कार– प्राधान्यवादको अनुयायी । ~ विधान— ना॰ काव्यमा अलङ्कारहरूको स्थापना वा संयोजन गर्ने क्रिया । — शास्त्र— ना॰ काव्यलाई रोचक र चमत्कारपूर्ण गराउने शैलीको विवेचना गरिएको शास्त्र । अलङ्कारका स्वरूपको वर्णन गरिएको शास्त्र । ~ सम्प्रदाय— ना॰ अलङ्कारलाई नै काव्यको आत्मा मान्ने आचार्यहरूको सम्प्रदाय । > अलङ्कार्य— वि॰ सिँगार्न वा सजाउन लायक; अलङ्करणीय ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: