अमर

Wiktionaryबाट

अमर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. कहिल्यै नमर्ने; सधैँ बाँचिरहने । ना॰ २. देवता । ३. पारो । ४. सुवर्ण; सुन । — कोश— ना॰ अमरसिंह नाउँका व्यक्तिले पद्यमा बनाएको संस्कृतको पर्यायवाची शब्दकोश । — ता— ना॰ १. अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति; अविनाशिता । २. चिरजीवन । ३. देवत्व; अमरत्व । ~ पद— ना॰ देवताको पद; देवपद; देवपद प्राप्त गर्ने स्थिति; मोक्ष; मुक्ति । ~ पदवी— ना॰ अमरको पद वा पदवी; देवत्व । — वल्ली— ना॰ आकाशवल्ली । ~ सिंह— ना॰ १. अमरकोशका निर्माता । २. विक्रमी उन्नाइसौँ शताब्दीमा थापाकुलमा भएका नेपालका एक प्रसिद्ध व्यक्ति । > अमराङ्गना— ना॰ १. अप्सरा; स्वर्गकी वेश्या । २. देवताकी स्त्री; देवाङ्गना । अमराधिप— ना॰ १. अमरहरूका राजा; इन्द्र । २. ईश्वर । अमरावती — ना॰ देवताका राजा इन्द्रको राजधानी; इन्द्रपुरी; स्वर्ग; अमरपुरी । अमरी — ना॰ १. देवस्त्री; देवी; देवाङ्गना । २. इन्द्रको राजधानी; अमरावती ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अमर&oldid=44928" बाट अनुप्रेषित