सामग्रीमा जानुहोस्

अति

Wiktionaryबाट

क्रियायोगी

परिमाण, गुण, उमेर आदिमा बढी

१. चाम्रे च्याउ अति राम्रो हुन्छ।

२. केटा त अति धनी रहेछ।

सहन सक्ने सीमाभन्दा बढी

१. अति नै भयो भनेर स्थानीय प्रशासनले २३ पुसमा नेपालगन्जमा एउटा सार्वजनिक कार्यक्रम गर्यो।

२. अब त अति भयो, रोक्न लगाउनुहोस्।

आधुनिक, प्राचीन जस्ता कालवाचक विशेषणमा नयाँपन वा पुरानोपनमा बढी

१. अति आधुनिक महङ्गा ती हतियार चीनका लागि बेकम्मा छन्।

कुनै विचार, सिद्धान्तमा अरूलाई नसहने गरी बढी

१. अति राष्ट्रवादको मुकुण्डो भिरेका

२. अति जातिवाद, लालफित्ताशाही, शैन्यवाद, स्वच्छन्दतावाद, खुट्टा तान्ने लगायतका गलत चिन्तन र प्रवृति बिकास भएको

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अति&oldid=39972" बाट अनुप्रेषित