अङ्क
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]एकदेखि नौसम्मका गन्ती बुझाउने सङ्ख्या
उदाहरण
[सम्पादन गर्नुहोस्]महल मोटर नदेख्नेले फारमका अङ्क देखला?
अर्थ
[सम्पादन गर्नुहोस्]पत्रपत्रिकाको एकपटकको प्रकाशन
उदाहरण
[सम्पादन गर्नुहोस्]हिमालको अहिलेसम्म चारवटा अङ्कमा मात्र साहित्यिक सामग्री समेटिएको छ।
अर्थ
[सम्पादन गर्नुहोस्]नाटकको खण्ड वा अध्याय
उदाहरण
[सम्पादन गर्नुहोस्]आठौँ अङ्क सातौँ दृश्यका ऐडविललाई देखेपछि पनि ऐडविलको पतनको चरम सीमा पुगेन भन्नु अन्याय हो जस्तो लाग्छ।
अर्थ
[सम्पादन गर्नुहोस्]मूल्याङ्कन गरेर गुण वा योग्यताको तह बुझाउन प्रयोग गरिने सङ्ख्या
उदाहरण
[सम्पादन गर्नुहोस्]एसएलसी त राम्रो अङ्क ल्याएर पास गर्नै पर्यो।
अर्थ
[सम्पादन गर्नुहोस्]सङ्ख्यामा व्यक्त गरिएको परिमाण
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नेपाल भित्रिने रेमिटेन्सको अङ्क
२. मुद्रास्फीति अहिलेकै अङ्कमा स्थिर रहन्छ भन्ने छैन।
अर्थ
[सम्पादन गर्नुहोस्]गन्ती बुझाउने सङ्ख्या लेख्न प्रयोग गरिने चिह्न
उदाहरण
[सम्पादन गर्नुहोस्]शून्यले आफूभित्र ओगटेको ठाउँ त अरू अङ्कको भन्दा ठूलै हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: