अँठ्याउनु
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
क्रिया
अर्थ[सम्पादन]
बल लगाएर थिच्नु
उदाहरण[सम्पादन]
१. लोग्नेले स्वास्नीको गर्धन अँठ्याउँछ। २. मेरो कपाल अँठ्याइदिनोस् न!
अर्थ[सम्पादन]
मानसिक रूपमा दबाब दिनु
उदाहरण[सम्पादन]
१. उत्सुकता र अज्ञात भयले उनलाई पनि बेस्सरी अँठ्यायो २. डर, त्रास, अत्यासका करकरले अँठ्याएको थियो
अर्थ[सम्पादन]
रोग, नशा आदिले कमजोर वा अशक्त बनाउनु
उदाहरण[सम्पादन]
१. उनलाई औलोजरोले अँठ्याएको थियो। २. उसको शरीरलाई पनि रक्सीको नशाले अँठ्याएको छ।
अर्थ[सम्पादन]
विकास हुन वा बढ्न नदिनु
उदाहरण[सम्पादन]
१. सङ्कुचित व्यक्तिवादिताले हाम्रो साहित्यलाई अँठ्याइराखेको हो!
अर्थ[सम्पादन]
दुःख दिनु
उदाहरण[सम्पादन]
१. मरेँ नै भने पनि प्रेत भएर तिमीहरूलाई अँठ्याउनेछु।
अर्थ[सम्पादन]
प्रभावित पार्नु
उदाहरण[सम्पादन]
१. आधुनिकताको काँडेतारले अब नेपालबासीहरूलाई पनि अँठ्याइसकेको छ।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: