विक्सनरी:प्रबन्धकहरू

Wiktionaryबाट

प्रबन्धक (अङ्ग्रेजीमा Administrators) जसलाई एडमिन्स अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ । विक्सनरीको त्यो सम्पादक सदस्य हो जसलाई विक्सनरी सिस्टमको केही जरूरी तथा प्रतिबन्धित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ । जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि ।

प्रबन्धक पदको लागी आवश्यकताहरू[सम्पादन गर्नुहोस्]

विक्सनरीमा प्रबन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विक्सनरी बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विक्सनरीमा खाता खोलेर कम्तिमा पनि १०००+ लेख (स्वागत र वार्ता बाहेक)मा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विक्सनरीमा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • योग्यता पुगेका सक्रिय प्रयोगकर्ताको कार्य दक्षता हेरी कुनै वर्तमान प्रबन्धकले समेत उसको नाम प्रबन्धक अधिकारको लागि प्रस्तावित गर्न सक्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रबन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • आवेदकले प्रस्ताव गरेको कम्तीमा २१ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले अथुवा स्टेवर्डले आवेदकलाई प्रबन्धक बनाउने छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]