बद्ध

Wiktionaryबाट

बद्ध

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. बाँधिएको; कसिएको । २. सांसारिक बन्धनमा परेको । ३. नियमित; निर्धारित । — कोष्ठ— वि॰ कब्जियत भएको; कोष्ठबद्धताको रोग लागेको । — परिकर— वि॰ कुनै काम गर्न तम्सिएको वा जुरमुराएको; कम्मर कसेको । — प्रतिज्ञ— वि॰ प्रतिज्ञा गरेको; वचनबद्ध भएको । — मुष्टि— वि॰ साथ्हो मुठी भएको; दिन नसक्ने; लोभी । — मूल— वि॰ दृढ रहेको; अटल; स्थिर । — राग— वि॰ अनुरक्त; आसक्त । ~ रूपिम— ना॰ स्वतन्त्र रूपले प्रयोग हुन नसक्ने र मूल रूपमा गाँसिएर मात्र प्रयोग हुने पूर्वसर्ग, परसर्ग आदि रूपखण्ड । — वैर— ना॰ मनमा रहेको इबी; पुरानो रिस । > बद्धाञ्जलि— वि॰ कसैलाई सम्मान गर्न हात जोडेको; जम्लाहात गरेको । बद्धानुराग— वि॰ प्रेममा फसेको; अनुरक्त; आसक्त ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: