सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Sumit dayal98

Wiktionaryबाट

सजायकाे अर्थ

समान्यतया कुनै पनि राष्ट्रकाे संविधानले गर्न हुने र गर्नु नहुने भनी छुट्टयाएको कार्यहरु मध्ये गर्नु नहुने कार्य गरेमा त्यस्ताे व्यक्तिलाई दिईने भाैतिक, अभाैतिक, मानसिक यातना तथा पीडा एवं जरिवाना आदिलाई सजाय भनिन्छ ।

कार्य सम्पादन मूल्यांकनकाे अर्थ

कार्य सम्पादन मूल्यांकन भनेकाे संगठानात्मक उद्देश्य प्राप्तिका लागि लागिपरेका जनशक्तिलाई ताेकिएकाे वा सुम्पिएकाे कार्य प्रभावकारी ढंगबाट समयमा नै सम्पन्न गरे नगरेकाे विषयमा छानबिन, अध्ययन, अनुसन्धान गरि आवश्यक सुझाव प्रदान गर्ने सम्मका सम्पूर्ण कार्यहरुलाई नै कार्य सम्पादन मूल्यांकन भनिन्छ ।