नेपाली शब्दसमूह ६४ सी

Wiktionaryबाट

मुखपृष्ठ

सीँ— ना॰ १. वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द । २. काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द । क्रि॰ वि॰ ३. नाकको सास तानेर सिँगान फाल्दाखेरि शब्द आउने गरी ।

सीँग— ना॰हे॰ सिब ।

सीँसी”— ना॰ [सीँ (बि॰)] १. बारम्बार सीँसीँ भई निस्कने शब्द । क्रि॰ वि॰ २. त्यसरी नै लगातार सीँसीँ भएर ।

सीकर— ना॰ [सं॰] १. पानीको थोपो; जलकण । २. पानीको छिटा; बाछिटा ।

सीब— ना॰हे॰ सिब ।

सीता— ना॰ [सं॰] १. जोत्दा जमिनमा परेका हलाको डोब । २. मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी । ३. पतिव्रताधर्म पालन गर्ने नारी । ४. जोतिएको जमिन । ५. खेती । ६. लक्ष्मी । ७. पार्वती । ८. आकाशगङ्गाका चार धारामध्ये एक । (. मदिरा । ~ गुफा— ना॰ गण्डकी अञ्चलको गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध गुफा । ~ चन्दन— ना॰ झट्ट हेर्दा जलुकाको पातजस्तो तर पातमै रातासेता छिर्का हुने पाते फूल । ~ फल— ना॰ ठूलो रूखमा फल्ने, माथि रातो हुने, पहेँला बोक्रा भएका फल हुने एक जातको सलिफा ।

सीत्कार/सीत्कृति— ना॰ [सं॰] सास मास्तिर खिच्ने शब्द; श्वास फ्याँक्ने प्रक्रिया । २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि ।

सीधा— वि॰ हे॰ सिधा२ ।

सीप— ना॰ हे॰ सिप ।

सीमन्त— ना॰ [सं॰] सिउँदो । ~ कर्म/संस्कार— ना॰ सीमन्तोन्नयन । श्र सीमन्तोन्नयन— ना॰ गर्भाधानको छैटौँ महिनामा गर्नुपर्ने बिजजातिका षोडश संस्कारमध्ये एक संस्कार; गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार; सीमन्तकर्म ।

सीमा— ना॰ [सं॰] १. कुनै ठाउँ, देश, जिल्ला वा देशका चारैतिरका विस्तारको अन्तिम रेखा; साँध; सिमाना । २. नियम वा आचारको हद; मर्यादा । ३. किनारा; छेउ । ~ कर— ना॰ प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबीच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क । > सीमाङ्कन— ना॰ १. जग्गाजमिनको साँध–सिमाना कायम गर्न चिनो आदि लगाउने काम । २. प्रायः दुई देशका बीचको सीमाको निर्धारण । ~ चिह्न— ना॰ सीमाङ्कन । ~ जाँच— ना॰ सुगौली सन्धिपछि तराईमा अमिनीबाट बर्सेनि हुने गरेको सिमानाको जाँचबुझ । श्र सीमातीत— वि॰ सीमा नाघेको; सीमाबाहिरको ।

सीमान्त— ना॰ [सं॰] सीमाको आखिरमा रहेको ठाउँ; सीमाको अन्त । ~ अवस्थिति— ना॰ सीमाको छेउमा रहेको स्थिति । ~

उपयोग— ना॰ कुनै वस्तुको अधिकतम उपयोग ।

सीमावर्ती— वि॰ [सं॰] सिमानामा रहेको; सीमाको । सीमा शुल्क— ना॰ [सं॰] सीमाकर ।

सीमित— वि॰ [सं॰] १. सीमामा बाँधिएको; तोकिएको । २. थोरै; परिमित । ~ राजतन्त्र— ना॰ संविधानबारा राजाको अधिकार सीमित तुल्याइएको राजतन्त्र ।

सीमोल्लङ्घन— ना॰ [सं॰] सीमा वा हदभन्दा बाहिर पुग्ने काम; मर्यादाको उल्लङ्घन ।

सीर— ना॰ [सं॰] १. हलो । २. हलामा जोतिने गोरु । ३. सूर्य; रवि । — जमिन— ना॰ जमिनदारको खान्कीमा तोकिएको जमिन; सीरले वा आफ्नै जोतले चर्चेको जमिन । — ध्वज— ना॰ १. मिथिला प्रदेशका राजा जनक । २. बलराम ।

सीस— ना॰ हे॰ सिस ।

सु१— ना॰ [रू सुसु] पिसाब; सुसु (बालबोलीमा॰ ।

सु२— उप॰ [सं॰] शब्दको अघिल्तिर लागेर सुन्दर, बढिया, उत्तम, श्रेष्ठ, राम्ररी, अनायास आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तो— सुअवसर, सुदर्शन, सुकर्म आदि॰ ।

सँुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सँुक्+क] १. रुवाइको अन्तमा भक्कानु छुटेर बीचबीचमा सास तान्ने गरी । २. नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले । ~ सँुक्क— क्रि॰ वि॰ लगातार सुँक्क गरेर ।

सुँगुर— ना॰ [सं॰ शूकरे बनेलको जातको, बिष्ठा खाने घरपाला जन्तु; च्वाँचे । > सुँगुरे— ना॰ रूखो माटामा उब्जने एक किसिमको काँडे झार ।

सुँघ्–नु— स॰ क्रि॰ [सं॰ शिङ्घ+नु] नाकबारा मीठोनमीठो गन्धको अनुभव गर्नु; वासना लिनु । > सुँघनी— ना॰ नाकबाट छिँक्का निकाल्न नाकमा हालिने सुर्ती आदिको धूलो; नस । सुँघाइ— ना॰ सुँघ्ने भाव, क्रिया वा प्रक्रिया । सुँघाइनु— क॰ क्रि॰ सुँघ्न लाइनु ।

सुँघाउनु— प्रे॰ क्रि॰ सुँघ्न लाउनु । सुँघिनु— क॰ क्रि॰ सुँघ्ने काम गरिनु; बास लिइनु ।

सुँघो— ना॰ [सं॰ सुगन्धे १. भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना । २. सुकेको माटो, काँचो इँट, गाग्रो आदिमा पानी पर्दा आउने गन्ध ।

सुँड— ना॰ [सं॰ शुण्डे १. स्तम्भजस्तो, लामो नाक; हात्तीको नाकको टुप्पो; सूँड । २. रगत आदि चुस्ने मच्छर आदिको चुच्चो ।

सुँडिनी— ना॰ सुत्केरी हुने अवस्थामा प्रसवसम्बन्धी उपचार गर्ने नारीवैद्य; बच्चा पाउने व्यथा लागेपछि थालेर जातकको नाल काटुन्जेलसम्म सुत्केरीको सुसार गर्ने आइमाई; सुँडेनी ।

सुँडी— ना॰ [प्रा॰ सुण्डिअ < सं॰ शौण्डिके १. जाँडरक्सीको उत्पादन र बिक्री–वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति । २. मद उत्पादन गर्ने भट्टी । ~ रकम— ना॰ जाँडरक्सी बनाउने भट्टी चलाएबापत सरकारलाई तिर्नुपर्ने रकम वा कर । ३. रक्सी हाल्ने भाँडो ।

सुँडेनी— ना॰हे॰ सुँडिनी ।

सुइँ— ना॰ [सं॰ सु`्] १. पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द । २. मसिनु बतास लाग्दाको शब्द वा चाल । ३. उड्ने पन्छी, हानेको वाण वा ढुङ्गो आदि जाँदाको चाल वा शब्द । ४. पिब मच्चाउँदाको चाल वा शब्द ।

सुइँक–नु— अ॰ क्रि॰ [सुइँत्त+नु] १. अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु । २. दौडनु; दगुर्नु । ३. प्राण जानु; मर्नु । ४. बिग्रनु; नाश हुनु । ५. कुनै कामकुरो गर्न हिम्मत गर्नु; आँट गर्नु । > सुइँकिनु— अ॰ क्रि॰ १. सुइँकुच्चा ठोकिनु । २. सुइँकनु ।

सुइँकुच्चा— ना॰ [रू सुइँके १. अरू कसैले चाल नपाउने गरी भाग्ने काम; छिटो सुइँकने काम । २. दगुर्ने काम; दौडाइ ।

सुइँको— ना॰ [प्रा॰ सुअओ < सं॰ सूचक खस प्रा॰ सूयको > सुइको] १. गुप्त खबर; सुराक; सूत्र । २. भित्री हल्ला; घुइरो ।

सुइँक्क— क्रि॰ वि॰ [सुइँको+क] १. चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर । २. थाहै नदिईकन ।

सुइँक्याइ— ना॰ [रू सुइँकि (+याइ॰] सुइँकिने भाव, क्रिया वा प्रक्रिया । [रू ] सुइँक्याइनु— क॰ क्रि॰ उत्साहका साथ काम गरिनु । सुइँक्याउनु— स॰ क्रि॰ १. उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु । २. भगाउनु; दौडाउनु । ३. परस्त्रीगमन गर्नु; अनैतिक रूपले स्त्रीसम्भोग गर्नु । ४. हरण गर्नु; चोर्नु । ५. सिद्ध्याउनु; मार्नु ।

सुइँखुट्टे— वि॰ [सुइँ+खुट्टो+ए] झीना र लामा खुट्टा हुने; सिलीखुट्टे ।

सुइँठाइ— ना॰ [रू सुइँठाउ (+आइ॰] सुइँठाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुइँठाइनु— अ॰ क्रि॰ खूब मोटाइनु ।

सुइँठाउनु— अ॰ क्रि॰ [सुइँठि+आउ+नु] १. खूब मोटाउनु; हृष्टपुष्ट हुनु; सुइँठिनु । २. खूब धनी हुनु; सम्पन्न बन्नु ।

सुइँठि–नु— अ॰ क्रि॰ हे॰ सुइँठाउनु । > सुइँठ्याइ— ना॰ सुइँठिने वा सुइँठ्याउने क्रियाप्रक्रिया । सुइँठ्याइनु— क॰ क्रि॰ खूब मोटो पारिनु । सुइँठ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. हट्टाकट्टा तुल्याउनु; मोटो पार्नु । २. स्त्रीसम्भोग गर्नु ।

सुइँत्त— क्रि॰वि॰हे॰ सुइत्त ।

सुइँययँ— क्रि॰ वि॰ [अ॰ मू॰ सुइँ+यँ] १. सुइँको चालका साथमा एकै खेपमा । २. सिटी बजाउँदाझैँ शब्द निस्केर । ३. वेगले कुनै कुरो जाने गरी । ४. बाण आदि फ्याँक्दा आवाज निस्केझैँ भएर ।

सुइत्त— क्रि॰ वि॰ [अ॰ मू॰ सुइत्+त] छिटोसित जाने गरी; वेगले उछिट्टिने चालले; सुइँत्त ।

सुइया— ना॰ सेतो र सानो जातको माछोविशेष ।

सुइयय— क्रि॰ वि॰ [अ॰ मू॰ सुइ+य] थाकेर विश्राम लिँदा लामो सास फेर्ने वा सास फेर्दा शब्द आउने गरी ।

सुइरे— वि॰ [सुइरो+ए] १. सुइरोजस्तै तीखो र धारिलो टुप्पो भएको; सुइराका आकारको । २. टुसा वा सुइरा परेर उम्रने (पिँडालु, गहुँ आदि) । ~ झार— ना॰ धानको बीउजस्तो भएर खेतमा आउने एक किसिमको बर्खे झार ।

सुइरो— ना॰ [सुई+रो] १. प्रायः फलामको लामो, झीनो र तीखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तीखो काठ वा धातुको साधन । २. टुसो; मुना; गाभो ।

सुइवाचा— ना॰ एउटै भेट्नुमा तीनदेखि पाँचसम्म चन्द्रमा आकारका डल्ला र टुप्पो मठारिएका हरिया पात हुने, पहँ]ला अथवा गुलाफी फूल फुल्ने, आयुर्वेदका अनुसार ज्वरनाशक र वातपित्तनाशक गुण भएको एक वनस्पति ।

सुई— ना॰ [सं॰ सूचि > सुई] १. लुगाकपडा सिउने सियो । २. घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव । ३. सुइरो । ४. इन्जेक्सन ।

सुक्–नु— अ॰ क्रि॰ [सं॰ शुष्क+नु] १. आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु । २. छिप्पिएर वा चाउरिएर रसहीन हुनु । ३. बोटबिरुवामा हरियो भाव सकिनु; आलोकाँचो नरहनु । ४. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु । ५. खोलानालाको पानी घट्नु । ६. गाईभैँसी आदिले दूध दिन छाड्दै जानु; दूध कम दिनु ।

सुकबार— ना॰ [सं॰ शुक्रवारे साताको छैटौँ वार; बिहीबार र सन्सरबारका बीचमा पर्ने वार ।

सुकर— वि॰ [सं॰] सजिलैसँग गर्न सकिने; सुगम; सहज; सजिलो । — ता— ना॰ सुकर हुनाको भाव, गुण वा स्थिति ।

सुकर्म— ना॰ [सं॰] १. असल वा गतिलो काम; राम्रो काम; सत्कर्म । २. धर्मकर्म; परोपकार; उद्धारकार्य । ३. फलित ज्योतिषका सत्ताइस योगमध्ये एक । > सुकर्मा— वि॰ १. सुकर्म गर्ने; सुकर्ममा लागेको । ना॰ २. विश्वकर्मा । सुकर्मी— वि॰ १. सत्कर्म गर्ने; पुण्यात्मा । २. सदाचारी ।

सुकला१— ना॰ [सं॰] उत्तम कला; राम्रो सीप ।

सुकला२— ना॰ [सुकाले सुताइ वा निदाइ; शयन (विशिष्ट आदरमा॰ ।

सुकवि— ना॰ [सं॰] प्रतिभाशाली काव्यकार; उत्तम काव्य रचना गर्ने कवि ।

सुकसुक— क्रि॰ वि॰ [सं॰ शुक्ल > सुक (बि॰) ] १. सफासुग्घर हुने गरी; चम्किलो पारेर; सुगसुग । २. नरम चालले; कोमलतासाथ । > सुकसुकाइ— ना॰ सुकसुक हुने वा सकसकाउने क्रियाप्रक्रिया । सुकसुकाइनु— अ॰ क्रि॰ सुकसुकाउँदो होइनु ।

सुकसुकाउँदो— वि॰ १. माझमुझ गरी सफा गरिएको । २. बढारकुँढार गरेर सिनित्त पारिएको; निकै सुग्घर । ३. सुकुमार; कोमल । सुकसुकाउनु— अ॰ क्रि॰ सफा सुग्घर वा सिनित्त हुनु; सुकसुकाउँदो बन्नु ।

सुका— ना॰ [अ॰ सूके पच्चीस पैसा; मोहरको आधा वा रुपियाँको चौथाइ भाग ।

सुकाइ— ना॰ [रू सुक् (+आइ॰] १. सुक्ने भाव, क्रिया वा प्रक्रिया । [ सुकाउ+आइ] २. सुकाउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

सुकाइनु— क॰ क्रि॰ सुकाउने काम गरिनु; सुक्ने पारिनु । सुकाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु; सुक्ने स्थितिमा पुथ्याउनु । २. सुक्खा गराउनु; सुक्ने पार्नु ।

सुकाउरो— वि॰ [सुक्+आउरो] पानी नपुग्ने; सुक्ने खालको ।

सुकाल— ना॰ [सं॰] १. खानपिउन प्रशस्त अन्नपात भएको समय; सहकाल । २. शुभ मुहूर्त; असल समय ।

सुकिनु— अ॰ क्रि॰ [सुक्+इ+नु] १. सुक्ने होइनु; ओसिलोपन हराइनु । २. दुब्लाइनु ।

सुकिलो— अ॰ क्रि॰ [सं॰ शुक्ले १. फोहोर वा मैलो नभएको; सफा । २. सेतो; सफेद ।

सुकी— ना॰ [सुका+ई] पच्चीस पैसा मूल्यबराबरको सिक्का; चौथाइ रुपियाँको मुद्रा; एक सुकाको मुद्रा ।

सुकुटी— ना॰ [सुक्+उटी] पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु ।

सुकुटे— वि॰ [सुक्+उटे] दुब्लोपातलो; सिकुटे ।

सुकुन्डो— ना॰ [नेवा॰ सुकुन्दो तेल हाल्ने, लोटाका छाँटको, एकातिर समाउने बिँड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो, काँसको बुट्टेदार भाँडो ।

सुकुमबास— ना॰ [प्रा॰ सुक्ख+वास] १. घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति वा जायजेथा नभएको अवस्था । २. कुनै जीविका नभएको अवस्था । > सुकुमबासी— वि॰ १. सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति॰ । ना॰ २. घरजग्गा नभएको रैती; घरवाससम्म भएको तर खेती नभएको रैती ।

सुकुमार— वि॰ [सं॰] १. ज्यादै कोमल; कमलो । २. कोमल शरीर भएको । ३. संवेदनशील हृदय भएको; उदार । ना॰ ४. पिलपिलाउँदो बालक । ५. कोमल शब्द र अक्षर भएको काव्य । — ता— ना॰ सुकुमार हुनाको भाव, गुण वा स्थिति । > सुकुमारी— वि॰ १. कोमल अङ्ग भएकी; कोमलाङ्गी (स्त्री) । २. ना॰ असल र राम्री कन्या । ३. कोमलाङ्गी बालिका ।

सुकुमेल— ना॰ [सं॰ सूक्ष्मैलो सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैँचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल; सानो अलैँची ।

सुकुल१— ना॰ [सं॰] १. उत्तम कुल; उच्च वंश । वि॰ २. उत्तम कुलको; कुलीन ।

सुकुल२— ना॰ [नेवा॰ सुक¨े परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठूलो आसन; परालको ठूलो गुन्द्री । — गुन्डो— ना॰ घरमा धनसम्पत्ति केही नभएर पनि बाहिर धनीझैँ ठाँटबाँट गरेर हिँड्ने व्यक्ति ।

सुकुवा— ना॰ [सुक्+उवो क्रमशः शरीर दुब्लाउँदै जाने एक रोग; सुकेनास ।

सुकृत— ना॰ [सं॰] १. असल काम; सत्कर्म । २. धर्म; पुण्य । वि॰ ३. असल तरिकाले गरिएको ।

सुकृती— ना॰ [सं॰] १. असल काम गर्ने; सत्कर्मी । २. पुण्यात्मा; धार्मिक । ३. बुद्धिमान्; ज्ञानी । ४. परोपकारी । ५. भाग्यवान् ।

सुकृत्य— ना॰ [सं॰] १. राम्रो काम; पुण्यकर्म । २. परोपकार; सेवाकार्य । ३. पुराणअनुसार पूर्वजन्मको मानिने राम्रो काम; असल भाग्य ।

सुके— वि॰ [सुक्+ए] सुक्ने; सुकाउने । — नास— ना॰ शरीर दुब्लाएर क्षीण हुँदै जाने एक रोग; क्षयरोग; सुकुवा । ~ लुतो— ना॰ काछहुँदो मसिना फोका उठी पाँजिने र असाध्यै चिलाउने लुतो ।

सुकै— प्रत्य॰ [सं॰ शक्] विशेषण वा क्रियाविशेषणपछि जोरिएर त्यसको सीमा वा विस्तार बुझाउने प्रत्ययशब्द (जस्तो— जोसुकै, जतिसुकै, जुनसुकै, जहाँसुकै आदि॰ ।

सुक्ख— ना॰ [प्रा॰] सुख; चैन; आराम ।

सुक्खड— वि॰ [सुक्खा+अड] १. सुकेको; शुष्क । ना॰ २. सुकेको वा सुकेर ढलेको रूख ।

सुक्खा— वि॰ [प्रा॰ सुक्ख < सं॰ शुष्के १. पानी वा ओसिलोपन नभएको; सुकेको । २. घिउतेल आदि चिल्लो पदार्थ नपरेको; रूखा । ३. पानी नभएको वा नलाग्ने (जमिन) । ४. रगत सुकेको (शरीर॰ । ना॰ ५. बर्खायाममा पनि पानी नपरेको अवस्था; खडेरी । ६. अनिकाल; अकाल; दुर्भिक्ष । — जर्ता— ना॰ १. खेतमा पानी कम भएर अन्नपात ज्यादै कम भएको अवस्था । २. बालीनालीको सुक्खा पर्दा दिइने सहुलियत । सुक्री बिक्री— ना॰ [सं॰ सुक्रय+विक्रय] किन्ने र बेच्ने काम; किनबेच; खरिदबिक्री; बेचबिखन ।

सुख— ना॰ [सं॰] १. शारीरिक र मानसिक आनन्दको अनुभव; सबै चाँजोपाँजो मिलेर हुने प्रिय वा अनुक¨ल अनुभूति; आनन्द; हर्ष । २. परोपकार वा धार्मिक कामबाट हुने आनन्द । ३. मनोकामना पूरा हुँदा मनमा हुने खुसियाली; प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव । ४. सुविधा; सुबिस्ता । ५. समृद्धि; उन्नति । ६. कल्याण; मङ्गल । ७. निरोगी अवस्था; आरोग्य । — कर— वि॰ सुख वा आनन्द दिने । — कारक/कारी— वि॰ सुखकर; आनन्ददायक । — द— वि॰ सुख दिने वा हुने; आनन्ददायक । — दाता— वि॰ सुख दिने; सुखदायक । — दायक/दायी— वि॰ सुखद; सुखदाता । — प्रद— वि॰ सुखद । ~ साध्य— वि॰ सजिलै हुने; सहज । ~ स्वप्न— ना॰ पछि सुख हुन्छ भन्ने कल्पना । >

सुखानुभूति— ना॰ सुखको अनुभव; आनन्दको अनुभूति; सन्तोष ।

सुखान्त— वि॰ १. अन्तमा सुखमय परिणाम निस्कने; परिणाममा सुख भएको । २. समाप्तिमा संयोग वा मिलन आदिको सुख भएको देखाइने (नाटक, काव्य आदि॰ । सुखासन— ना॰ १. आफूलाई सजिलो हुने बसाइ । २. सुखरूपी आसन; सुखको आसन । ३. उलिन्काठ; पालकी ।

सुखी— वि॰ [सं॰] धन, परिवार र इष्टमित्र चारैतिरबाट सन्तोष पाएको; आनन्दी ।

सुख्यात— वि॰ [सं॰] असल कामकुरामा नाम चलेको; राम्रो नाम चलेको; प्रसिद्ध । > सुख्याति— ना॰ सुख्यात हुनाको भाव वा स्थिति; सुयश; सुनाम; प्रसिद्धि ।

सुगठित— वि॰ [सं॰] राम्रोसँग गठन गरिएको (संस्था, सङ्गठन आदि॰ ।

सुगत— ना॰ [सं॰] १. बुद्धदेव । वि॰ २. बौद्ध । ३. सद्गतिप्राप्त । ४. असल चालचलनको ।

सुगति— ना॰ [सं॰] मरेपछि हुने असल गति; सद्गति; मोक्ष ।

सुगन्ध— ना॰ [सं॰] १. मीठो बास्ना; मनै रमाउने गन्ध; सुवास; महक । २. सुगन्धी वस्तु; मीठो बास्ना आउने पदार्थ । — राज— ना॰ लसुनका जस्ता केही लामा पात हुने, राती धेरै बास्ना चल्ने, जोडा सेता फूल फुल्ने बोट वा त्यसकै फूल; रजनीगन्धा । — बाल— ना॰ झुस नभएको सोझो डाँठमा काँक्राका जस्ता चारपाँच कुना परेका पात हुने, लामालामा डाँठमा गुलाफी फूल फुल्ने, लाम्चा गेडा फल्ने एक जातको सुगन्धी बोट । >

सुगन्धा— ना॰ गन्ध चल्ने फूलको बोट । सुगन्धित— वि॰ बास्ना आउने बनाइएको; सुगन्ध चल्ने । सुगन्धी— वि॰ सुगन्धित; सुगन्धयुक्त ।

सुगम— वि॰ [सं॰] १. जान सकिने; सजिलैसँग पुग्न सकिने । २. सजिलैसित बुझ्न सकिने; सुबोध; सहज । — ता— ना॰ १. सजिलै जान सकिने स्थिति । २. सजिलै बुझ्न सकिने अवस्था ।

सुगसुग— क्रि॰वि॰हे॰ सुकसुक ।

सुगा— ना॰ [सं॰ शुके रातो, मोटो चुच्चो र बाँकी सबै जीउमा हरिया प्वाँख हुने, मानिसको बोली टिप्ने प्रसिद्ध चरो । ~ ठुँडे— वि॰ चुच्चो वा भद्दा मुख भएको (व्यक्ति) । ~ नाके— वि॰ सुगाको जस्तो लामो नाक भएको (व्यक्ति) । ~ पढाइ— ना॰ अर्थ नबुझी पढ्ने वा रट्ने काम; एकोहोरो रटाइ । ~ रटाइ— ना॰ सुगाले जस्तै अर्थै नबुझी पाठ रट्ने वा घोक्ने काम; व्यर्थको पढाइ । सुगी धान— ना॰ गाढा पहेँला गेडा हुने एक जातको धान ।

सुग्घर— वि॰ [सं॰ सुघते कथ्य॰ सुघर । १. फोहरमैला नभएको; सफा । २. राम्रो; चोखो । ~ सफाइ— ना॰ सफासुग्घर भएको स्थिति; सरसफाइ । > सुग्घरी— वि॰ कथ्य॰ सुघरी । सफासुग्घर भएर बस्ने ।

सुग्रीव— ना॰ [सं॰] १. रामायणप्रसिद्ध वानरराज; पुराणप्रसिद्ध बालिका भाइ । २. शङ्ख । ३. इन्द्र । वि॰ ४. राम्रो घाँटी भएको ।

सुचरित/सुचरित्र— वि॰ [सं॰] असल चालचलन भएको; राम्रो स्वभाव भएको; सच्चरित्र । स्त्री॰ सुचरित्रा ।

सुचारु— वि॰ [सं॰] खूब राम्रो; ज्यादै सुन्दर ।

सुचालक— वि॰ [सं॰] विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि॰; सुसंवाहक ।

सुची— ना॰ पिसाब; मूत्र ।

सुज/सुजन१— ना॰ [फा॰ सोजिशे वात, पित्त आदि रोगले अथवा चोटपटकले शरीरको कुनै पनि अङ्ग फुल्ने वा सुनिने काम ।

सुजन२— वि॰ [सं॰] भलादमी; सज्जन । — ता— ना॰ भलादमीपन; सौजन्य ।

सुजनी— ना॰ [फा॰ सोजनी] भुईँमा बस्न बिछ्याउने सानो आसन; चकटी; सानो लम्पट ।

सुजाक— ना॰ [फा॰ सूजाके अलि जलन हुने मूत्रेन्द्रियको रोग; भिरङ्गी । > सुजाकाणु— ना॰ धातुमेहबारा उत्पन्न हुने रोग; गोनेरिया ।

सुजात— वि॰ [सं॰] १. उच्च वंशमा जन्मेको; कुलीन । २. राम्रोसँग जन्मेको; सकुशल जन्म भएको ।

सुजिकार— ना॰ [सं॰ सूचिकारे लुगाफाटा सिउने कामको पेसेवार जाति; सूचिकार ।

सुजी— ना॰ खस्रो खालको र दाना छुट्टिने किसिमको गहुँको पीठो ।

सुजीकार— ना॰ हे॰ सुजिकार ।

सुजेरो— ना॰ [सुजी+एरो] १. तोपचरो । २. सुजीकारको कैँची सियो आदि राख्ने झोला वा थैलो; नोक्चो ।

सुझ्–नु— अ॰ क्रि॰ [सुझ+नु] १. मनमा नयाँनयाँ विचारको स्फुरण हुनु; नयाँ कुरा उब्जनु । २. स्मरण हुनु; सम्झनु । ३. आभास हुनु ।

सुझ— ना॰ [रू सुद्धि] १. विचारको स्फुरण; उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन; सूझ । २. सुझ्ने काम । — दार— वि॰ राम्रो सुझ भएको; अकिलदार । — बुझ— ना॰ १. समस्यालाई राम्ररी बुझ्ने र त्यसको समाधान गर्ने बुद्धि; विवेक । २. स्मरण ।

सुझाइ— ना॰ [रू सुझ (+आइ॰] १. सुझ्ने भाव, क्रिया वा प्रक्रिया । [ सुझाउ+आइ] २. सुझाउने भाव वा क्रियाप्रक्रिया । [ > ]

सुझाइनु— क॰ क्रि॰ सुझ्न लाइनु ।

सुझाउ/सुझाव— ना॰ [रू सुझ+आउ] १. नयाँ कामकुराको प्रस्ताव; रायसल्लाह; अनुरोध । २. सम्झाउने वा स्मरण गराउने काम । श्र सुझाउनु— प्रे॰ क्रि॰ सुझ्न लगाउनु; विचारको स्फुरण गराउनु ।

सुझिनु— अ॰ क्रि॰ [सुझ्+इ+नु] सुझ्ने काम होइनु; विचार फुरिनु ।

सुट— ना॰ [अङ्॰] जीउ र खुट्टामा लगाइने एकैनासे कोट र पाइन्ट भएको पश्चिमी ढाँचाको किम्मती लुगा । — केस— ना॰ सानो अटैची वा बाकस ।

सुटिब— ना॰ [अङ्॰] चलचित्र खिच्ने काम । ~ स्टुडियो— ना॰ चलचित्र खिच्ने ठाउँ वा घर ।

सुटुक— ना॰ डुम्रीको बोट वा फल ।

सुटुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुटुक्+क] कुनै कामकुरो गर्दा अरूले चाल नपाउने गरी; पत्तै नपाईकन; सुट्ट । > सुटुक्किनु— अ॰ क्रि॰ १. सुटुक्क जानु; चालै नपाई जानु । २. गुल्टिनु; मर्नु ।

सुट्ट— क्रि॰ वि॰ [अ॰ मू॰ सुट्+ट] १. सुटुक्क निस्कने वा भाग्ने गरी । २. छिटै भित्र पस्ने किसिमले ।

सुठनी/सुठुनी— ना॰ १. पानका आकारका पात, सेतो फूल र सेतै गोल कन्द हुने एक जातको लहरो । २. त्यसैको कन्दमूल; एक प्रकारको सखरखण्ड ।

सुठो— ना॰ [सं॰ प्रा॰ सुण्ठी < सं॰ शुण्ठी] १. खार, चून आदि खनिज मिसाई तयार गरी सुकाएको अदुवा । २. सुकेको अदुवा । श्र सुठौरो/सुठाउरो— ना॰ १. सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो । २. सुठोको झोल वा रस ।

सुडौल— वि॰ शरीरको गठन राम्रो भएको; राम्रो जीउडालको ।

सुत्–नु— अ॰ क्रि॰ [सं॰ सुप्त+नु] १. बिछ्यौनामा निदाउनका लागि पस्रनु; लेट्नु; पल्टनु । २. निदाउनु । ३. स्त्रीसम्भोग गर्नु ।

सुत१— ना॰ [सं॰] १. छोरो; पुत्र; पुरुषसन्तान । २. सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ; सेप । ३. गाईबस्तुको जननेन्द्रिय; योनि ।

सुत२— ना॰ [प्रा॰ सुत्त > सं॰ सूत्रे १. रुवो, रेसम, ऊन आदिको मसिनु डोरो; धागो । २. घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ ।

सुतरी— ना॰ [सं॰ सूत्रे सूतको डोरी; सुथरी ।

सुतल— ना॰ [सं॰] तलका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्ये तेस्रो लोक ।

सुतली— ना॰ [सं॰ सूत्रे इनामपात ।

सुता— ना॰ [सं॰] १. छोरी; पुत्री; स्त्रीसन्तान । २. प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना ।

सुताइ— ना॰ [रू सुत् (+आइ॰] १. सुत्ने भाव, क्रिया वा प्रक्रिया । [ सुताउ+आइ] २. सुताउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

सुताइनु— क॰ क्रि॰ सुत्न लाइनु । सुताउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. सुत्न लाउनु; निद्रामा पार्नु । २. लडाउनु; लेटाउनु । ३. स्त्रीसम्भोग गर्नु ।

सुतारो— ना॰ [सुत+आरो] जुत्ता सिउने बिँड भएको सियो; आरो ।

सुताहा— वि॰ [सुत्+आहो धेरै समय सुत्ने; धेरै सुत्ने बानी भएको; सुतुवा ।

सुतिनु— अ॰ क्रि॰ [सुत्+इ+नु] सुत्ने काम होइनु; लेटिनु; पल्टिनु ।

सुती— वि॰ [सुत+ई] कपासबाट बनाइएका धागाले बुनिएको; सुतको; सूती । ~ उद्योग— ना॰ सुतीबाट तयार हुने कपडा आदिको उद्योग; सुतीसम्बन्धी कारखाना । ~ खेती— ना॰ सुती धागाको खेती । ~ धागो— ना॰ कपासबाट तयार गरेको धागो; सुतको धागो ।

सुतीक्ष्ण— वि॰ [सं॰] १. ज्यादै तीखो; प्रखर; अति तीक्ष्ण । २. खूब लाग्ने; धारिलो (हतियार॰ । ना॰ ३. अगस्त्य मुनिका भाइ पर्ने एक ऋषि ।

सुतुरमुर्ग— ना॰ [अ॰ शुतुरमुर्गे ऊँटजस्तो लामो तर झीनो गर्दन भएको ,जोडसँग दौडन सक्ने, मरुभूमिमा हुने ठूलो जातको पक्षी ।

सुतुवा— वि॰ [सुत्+उवो १. धेरै सुत्ने बानी भएको; सुताहा । २. ज्यादै अल्छी ।

सुत्केरी— ना॰ [सं॰ सूतिको १. भर्खरै बच्चा जन्माएकी स्त्री; नवप्रसूता नारी । २. लैनो गाईभैँसी आदि । ~ बिदा— ना॰ सुत्केरी भएको बखत नियमानुसार महिला कर्मचारीलाई दिइने वैतनिक बिदा ।

सुत्केरो— ना॰ [सं॰ सुतक+एरो] बालबच्चाको जन्म हुँदा निश्चित अवधिसम्म बन्धुवर्गलाई लाग्ने आशौच; सूतकाशौच; जननाशौच; सूतक ।

सुत्त— क्रि॰ वि॰ [अ॰ मू॰ सुत्+त] १. सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त । २. भाग्दा अरूले चाल नपाउने गरी; फुत्त ।

सुत्लो— [सं॰ सूत्रे १. घाउमा घुसारिने, डोरीझैँ एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो; औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो । २. मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो । ३. खजुरोजस्तो कानमा पसेर सताउने सानो कीरो; कनसुत्लो । ४. बाँसको खबटो । ~ हलाइ— ना॰ मकैले भर्खर घोगा हाल्न थाल्ने काम ।

सुद— ना॰ [फा॰ सूदे ब्याज । — खोर— ना॰ अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति; धेरै ब्याज लिने साहू । — खोरी— ना॰ असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम; सुदखोरको काम ।

सुदर्शन— ना॰ [सं॰] १. विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार; सुदर्शन–चक्र । २. शिव । ३. जामुनाको रूख । वि॰ ४. देख्न राम्रो; सुन्दर ।

सुदाम— वि॰ [सं॰ सुदामो १. केही नखाएको वा नभएको । क्रि॰ वि॰ २. रित्तै; निख्लै ।

सुदामा— ना॰ [सं॰] १. श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण । वि॰ २. गरिब; निर्धन । — को कनिका— टु॰ साह्रै थोरै उपहार वा कोसेली (दीनता जनाउने नम्र बोलीमा) । — को तण्डुल— टु॰ सुदामाको कनिका ।

सुदि— ना॰ [सं॰ सुदिने शुक्लदिवसको छोटकरी रूप; शुक्लपक्षको दिन; उजेली पक्ष; सुदी ।

सुदिन— ना॰ [सं॰] १. बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन । २. भाग्य; सुख । ३. सन्चोसुबिस्ताको समय वा याम; सुखको दिन ।

सुदी— ना॰हे॰ सुदि ।

सुदुर्जया— ना॰ [सं॰] बौद्ध ग्रन्थका अनुसार दशभूमि वा त्रयोदश भूमिमध्ये पाँचौँ भूमि ।

सुदूर— वि॰ [सं॰] १. धेरै टाढा रहेको; निकै टाढाको । क्रि॰ वि॰ २. ज्यादै टाढा; अति दूर । ~ पूर्व— ना॰ १. निकै पूर्व; टाढाको पूर्वी भाग । २. वर्तमान विश्वमा प्रचलन भएअनुसार जापान, चीन, कोरिया, फिलिपिन्स र रुसको पूर्वी भूभाग ।

सुदृढ— वि॰ [सं॰] १. अति दृढ; निकै बलियो; मजबुत । २. सुरक्षित । > सुदृढीकरण— ना॰ सुदृढ वा मजबुत पार्ने काम; नहल्लने गरी बलियोसित जमाउने काम ।

सुदृष्टि— ना॰ [सं॰] १. असल वा शुभ दृष्टि; कल्याणकारी हेराइ; कृपादृष्टि । वि॰ २. राम्रो दृष्टि दिने; दयावान् । ३. दूरदर्शी ।

सुद्ध/सुद्धा— ना॰ यो॰ [प्रा॰ सुद्ध < सं॰ सार्धे समेत; सहित; लगायत ।

सुद्धाइँ— ना॰ [प्रा॰ सुद्ध+आइँ] घरमा कसैको मृत्यु भएमा घरलाई शुद्ध बनाउन मृततिथिदेखि बाह्रौँ वा तेह्रौँ दिनमा गरिने हवन, पाठ, पञ्चगव्यप्राशन आदि; शुद्धशान्ति ।

सुद्धि–नु— अ॰ क्रि॰ [सं॰ शुद्ध+इ+नु] १. शुद्ध हुनु; पवित्र हुनु । २. लेख शुद्ध हुनु । ३. जुठो, सूतक आदिबाट चोखिनु ।

सुद्धी— ना॰ [सं॰ सुधी] १. स्मरणशक्ति । २. चेतना; होस; ज्ञान ।

सुद्ध्याइँ— ना॰ [शुद्ध+याइँ] शुद्ध गराउने काम; शुद्धशान्ति ।

सुद्ध्याइ— ना॰ [रू सुद्धि (+याइ॰] १. सुद्धिने क्रिया वा प्रक्रिया । [ सुद्ध्याउ+आइ] २. सुद्ध्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

सुद्ध्याइनु— क॰ क्रि॰ शुद्ध पारिनु । सुद्ध्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ शुद्ध वा पवित्र पार्नु ।

सुधर्म— ना॰ [सं॰] १. असल वा उत्तम धर्म । २. पुण्य । वि॰ ३. धार्मिक । > सुधर्मा— ना॰ इन्द्रको सभा; देवताहरूको गोष्ठी ।

सुधांशु— ना॰ [सं॰] १. चन्द्रमा । २. कपूर ।

सुधा— ना॰ [सं॰] १. अमृत; पीयूष । २. पानी । ३. दूध । ४. गङ्गा । ५. पृथ्वी । ६. अमला । ७. वधू । ८. पुत्री ।

सुधार्–नु— स॰ क्रि॰ [सुधार+नु] १. भइरहेका गल्ती, कमी आदिको निराकरण गर्नु; सुधार गर्नु; सपार्नु । २. सच्याउनु; शुद्ध पार्नु । ३. मरम्मत गर्नु; जीर्णोद्धार गर्नु । ४. तर लाउनु; सँभाल्नु ।

सुधार— ना॰ [सं॰ शुद्धीकरणे १. जो भएको दोष, गल्ती, त्रुटि आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन । २. पुनर्निर्माण; जीर्णोद्धार; मरम्मत । ३. कुनै व्यक्ति वा वस्तुलाई हुनुपर्ने जस्तो पारी उम्दा वा असल बनाउने काम । — क— वि॰ १. सुधार गर्ने; सपार्ने । २. समाज वा धर्ममा रहेका दोषहरू क्रमशः हटाउँदै जाने । — वाद— ना॰ समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने एक सिद्धान्त । — वादी— वि॰ सुधारवादको अनुयायी । > सुधारालय— ना॰ सजाय पाएका बालक वा अन्य व्यक्तिलाई शिक्षादीक्षा दिई चरित्र सुधार गर्ने स्थान वा बन्दीगृह ।

सुधाराइ— ना॰ [रू सुधार (+आइ॰] सुधार्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुधारिनु— क॰ क्रि॰ सुधार गरिनु ।

सुधी— वि॰ [सं॰] १. छलकपट नगर्ने स्वभावको; सोझो; सीधा । २. बुद्धिमान् । ना॰ ३. उत्तम बुद्धि; सुबुद्धि ।

सुधो— वि॰ [सं॰ सुदी] सीधासाधा बानी भएको; छक्कापन्जा नगर्ने; सोझो; सूधो । — सादो— वि॰ सुधो ।

सुध्याइ— ना॰ [रू सुूध्याउ (+आइ॰] सुध्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुध्याइनु— क॰ क्रि॰ सोधनी गरिनु ।

सुध्याउनु— स॰ क्रि॰ [सं॰ सोध्+याउ+नु] सोधनी गर्नु ।

सुध्र–नु— अ॰ क्रि॰ [सं॰ शुद्ध+नु] १. नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु । २. गल्ती नहुनु; भूलसुधार हुनु; सच्चिनु । ३. सँभालिनु; तर लाग्नु । > सुध्राइ— ना॰ सुध्रने भाव, क्रिया वा प्रक्रिया । सुध्रिनु— अ॰ क्रि॰ १. सुध्रने होइनु; सप्रिनु । २. सुध्रनु । सुध्य्राइ— ना॰ सुध्रिने भाव, क्रिया वा प्रक्रिया

सुन्–नु— स॰ क्रि॰ [प्रा॰ सुण+नु] १. अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु; श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु । २. अरूले भनेको कुरामा ध्यान दिनु ।

सुन— ना॰ [सं॰ सुवर्णे १. खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रबको बहुमूल्य उज्ज्वल धातु; गहनागुरिया बनाइने सोही प्रसिद्ध मूल्यवान् धातु; सुवर्ण । २. प्रायः मगरजातिका नारीहरूले कानको लोतीमा लगाउने थेप्चो गोलाकार गहना । — कल्छे— वि॰ सुनको कलशजस्तो; सुनको कलश भएको (घडा॰ आदि । — किरी— ना॰ सुनको रबको झल्कने कीरो । ~ कुखुरो— ना॰ ढाँडखेतमा हुने, कालो जीउ र छिरबिरे रब भएको कुखुराको जातको चरो । ~ केवँरा— ना॰ पहेँलो खालको केवँरा फूल । ~ कोसी— ना॰ नेपालको पूर्वी प्रदेशमा बहने एक प्रसिद्ध नदी; सप्तकोशीमध्ये एक । — गाभा— ना॰ जङ्गली रूखका कापमा उम्रने, लाम्चा पात हुने, जमाने मान्द्राका आकारको फूल फुल्ने एक जातको घाँस वा त्यसैको फूल । ~ चाँदी— ना॰ सुन र चाँदी; मूल्यवान् धातुहरू । ~ चाँप— ना॰ पहेँलो अतिसुगन्धी फूल फुल्ने, भित्र मुगाजस्तो बियाँ हुने, झुप्पादार फल फल्ने र पहेँलो काठ हुने एक जातको रूख । — टालो— ना॰ पहेँलो रबको एक जातको चरा । ~ टिकी— ना॰ पहेँलो फूल फुल्ने र जराबाट घाउको औषधी हुने एक लहरो । ~ पङ्खी— ना॰ कुखुरो (तागाधारीले कुखुरो खान थालेपछि राखेको नाम॰; घडीचरो । ~ पाती— ना॰ १. मसिना धेरै टीका हुने पात र कलेजी रबका फूल हुने, हिमालयका आसपासमा पाइने एक रूख; त्यसैको पत्र । २. त्यसैको फूल । ~ पानी— ना॰ चोख्याउनका लागि सुन चोपेको पानी । ~ बारुलो— ना॰ पहेँलो रबको एक जातको बारुलो । ~

बुढी— ना॰ धनी आइमाई । — मा सुगन्ध— वि॰ अति उत्तम । ~

लहरो— ना॰ आकाशबेली लहरो, पहेँलो रङ्गको परजीवी लहरो ।

सुनवाइ— ना॰हे॰ सुनुवाइ ।

सुनसरी— ना॰ कोसी अञ्चलको तराईप्रदेशमा पर्ने एक जिल्ला ।

सुनसान— ना॰ [सं॰ शून्य (बि॰)] १. कुनै आवाज वा हल्ला नभएको स्थिति; सन्नाटा; चकमन्न । वि॰ २. कोही नभएको; एकान्त ।

सुनाइ— ना॰ [रू सुन् (+आइ॰] १. सुन्ने भाव, क्रिया वा प्रक्रिया । २. अरूको पीरमर्का सुन्ने र त्यसमा ध्यान दिने काम; सुनुवाइ । [ सुनाउ+आइ] ३. सुनाउने भाव, क्रिया वा प्रक्रिया । [ > ]

सुनाइनु— क॰ क्रि॰ सुन्न लाइनु । सुनाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. कुनै कुरो वा आवाज कानबारा अवगत गराउनु; श्रवण गराउनु । २. अनुरोध वा निवेदन गर्नु ।

सुनाखरी१— ना॰ [सुन+खरी] १. पहेँलो र सानो जातको खरीझार । २. रूखको कापमा उम्रेर अनेक रबका फूल हुने वनस्पति ।

सुनाखरी२— ना॰ [सुन+ अ॰ खरीफे घैयाको रबको एक प्रकारको मसिनो धान ।

सुनाझाक्री— ना॰ [सुनझाँक्री] माथिल्लो तहको झाँक्री; जान्ने झाँक्री ।

सुनाबिर्ता— ना॰ [सुन+बिर्ता] १. मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता । २. खरिद गरिएको बिर्ता जग्गा ।

सुनाम— ना॰ [सं॰] असल नाम; सुकीर्ति; जस ।

सुनामक्खी— ना॰ [सं॰ स्वर्णमक्षिको सुनको जस्तो रब भएको एक उपधातु वा खनिज पदार्थ ।

सुनामी— ना॰ [सं॰] समुद्रमा भुईँचालो जाँदा उठ्ने पानीको विशाल तरङ्ग ।

सुनार— ना॰ [सं॰ स्वर्णकारे सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति ।

सुनि–नु१— अ॰ क्रि॰ [सं॰ शोथे ढाडिनु; फुल्नु ।

सुनिनु२— क॰ क्रि॰ [सुन्+इ+नु] कानबारा शब्दबोध गरिनु; कर्णगोचर गरिनु ।

सुनियोजित— वि॰ [सं॰] १. राम्रोसँग काममा लगाइएको; ठीक किसिमले नियुक्त गरिएको । २. नियमबद्ध; क्रममा मिलेको । — ता— ना॰ सुनियोजित हुनाको भाव वा स्थिति; नियमबद्धता ।

सुनीति— ना॰ [सं॰] १. राम्रो नीति; न्याय । २. पुराणप्रसिद्ध राजकुमार धु्रवकी आमा ।

सुनुवाइ— ना॰ [सुन्+वाइ] मुद्दामामिलाका उजुर, पीरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ ।

सुनुवार— ना॰ सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेको आफूलाई सूर्यवंशी भन्ने क्षत्रियसमान एक जाति ।

सुनौला— वि॰ [सुन+औलो १. सुनको रबको; सुनको जस्तो रब भएको; पहेँलो । ना॰ २. सुनको धूलोजस्तो एक प्रकारको रब ।

सुनौली— ना॰ [सुन+औली] लिम्बूजातिको विवाहको रीतिरिवाजअनुसार छोरी विवाह गरेबापत छोरी जन्माउने बाबुलाई बुझाउनुपर्ने रकम वा दस्तुर ।

सुनौलो— वि॰ [सुन+औलो] सुनौला । ~ न्याउली— ना॰ राम्रो पहेँलो वर्णको, पखेटा र पुच्छर भने कालो रबको हुने, झ्याम्म परेको रूखको टुप्पामा बसेर कराउने, रातोदह्रो चुच्चो भएको न्याउली चरी ।

सुन्खत्रो— ना॰ भोगटे, ज्यामिर आदि फल ।

सुन्तला— ना॰ [फा॰ सङ्गतरे पहेँलो र रातो मिसिएको रबको बोक्रा हुने, भित्र केस्राकेस्रा परेका पहेँलै फल हुने, सेता पातभित्र पहेँलो र हरियो खालको गुभो भएको फूल हुने एक बोट वा त्यसैको फल ।

सुन्दर— वि॰ [सं॰] १. मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक । २. असल; जाती; बेस । ना॰ ३. कामदेव । — ता— ना॰ सुन्दर हुनाको भाव, गुण वा अवस्था; राम्रोपन; सौन्दर्य । > सुन्दरी— वि॰ १. राम्री (स्त्री॰ । ना॰ २. बीसौँ शताब्दीको सातौँ दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका । ३. पोथी बाँदर; बाँदर्नी ।

सुन्ना— ना॰ [सं॰ शून्ये १. कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने । २. अङ्कका पछिल्तिर दहाइ वा दस गुना बुझाउन थपिने गोलाकार चिह्न; शून्य । वि॰ ३. खाली; केही वस्तु नभएको ।

सुन्नि–नु— अ॰ क्रि॰ कुनै अङ्ग वा सबै जीउ फुल्नु; ढाडिनु ।

सुन्ने— वि॰ [सं॰ शून्ये १. सुन्ने काम गर्ने । ना॰ २. सुन्ना । ~ कथा— ना॰ दन्त्यकथा । ~ बित्तिकै— क्रि॰ वि॰ कुरो कानमा पर्नासाथ । ~ साक्षी— ना॰ कुनै भनाभन वा बारदात सुन्ने गबाह । — सान्ने— वि॰ १. सुनसान; कुनै आवाज नभएको; चकमन्न । २. कुनै प्राणी नभएको वा नरहेको ।

सुप— ना॰ [सं॰ शतपुष्पो मसिना पात, चम्सुरका जस्ता फूल र जीराजस्ता दाना फल्ने एक सुगन्धी साग वा त्यसैका दाना ।

सुपथ१— ना॰ [सं॰] १. असल बाटो; सन्मार्ग । २. सच्चरित्र । वि॰ ३. सुहाउँदो; उचित ।

सुपथ२— वि॰ [सं॰ सुपथ्ये १. सजिलैसित पचाउन सकिने; पच्न सक्ने (खाद्य वस्तु) । २. चाहिने मात्र लिइएको; लागतअनुसार कायम गरिएको (मूल्य) । ~ मूल्य— ना॰ धेरै नाफा नलिई लागतअनुसार कायम गरिएको मूल्य; सस्तो वा मुनासिब मोल ।

सुपरभाइजर— ना॰ [अङ्॰] शिक्षा, स्वास्थ्य, निर्माण आदि कुनै क्षेत्रमा रेखदेख गर्ने कर्मचारी; पर्यवेक्षक । सुपर रायल— ना॰ [अङ्॰] १. छाप्ने कागजको २२×२९ इन्च बराबरको आकार वा नाप । २. त्यसैका आकारको कागज ।

सुपरिन्टेन्डेन्ट— ना॰ [अङ्॰] हेरविचार वा रेखदेख गर्ने कर्मचारी; अधीक्षक ।

सुपरिवेक्षक— ना॰ [सं॰] १. सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति । २. कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी ।

सुपरिवेक्षण— ना॰ [सं॰] १. ठीक तरिकाले निर्धारित काम भएनभएको स्थितिका बारेमा सम्बन्धित तहबाट गरिने निरीक्षण वा रेखदेख । २. शिक्षाका क्षेत्रमा शैक्षिक योजना तथा निर्देशनअनुरूप कार्यान्वयन वा कार्यप्रगति भइरहेको छ, छैन भनी निरीक्षण गर्ने र आवश्यक सल्लाहसहयोग जुटाउने काम ।

सुपर्णी— ना॰ [सं॰] पुरनी लहरो ।

सुपसुप— क्रि॰ वि॰ [अ॰ मू॰ सुप्+अ (बि॰)] ससाना गाँस हालेर छिटोछिटो खाएझैँ गरी ।

सुपाच्य— वि॰ [सं॰] खाएको वस्तु चाँडो वा सजिलैसित पच्ने; हल्का (खाद्य वस्तु॰ ।

सुपाठ— ना॰ [सं॰] १. असल वा कल्याणकारी कामकुरो; सन्मार्ग । २. राम्रो आचरण; असल बानीबेहोरा ।

सुपात्र— वि॰ [सं॰] १. शिक्षादीक्षा वा दानदक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति॰; सत्पात्र । ना॰ २. सुयोग्य व्यक्ति । ३. राम्रो, सुहाउँदो पात्र वा भाँडो ।

सुपारी— ना॰ नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेँला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसैको फल । ~ किरो— ना॰ जीउमा पहेँलो धर्सा परेको र छुँदा डल्लो पर्ने लाम्चो कीरो । ~ गाँठो— ना॰ नाम्लो र बरियाको जोर्नीको गाँठो । ~ फूल— ना॰ सुपारीका आकारको एक प्रकारको गोलाकार फूल ।

सुपारे— वि॰ [सुपारी+ए] १. कालो डल्लोडल्लो परेको (गोरु) । २. सानासाना दाना हुने (आँप॰ ।

सुपुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुप् > सुपुक्+क] सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित ।

सुपुत्र— ना॰ [सं॰] १. असल र लायक छोरो; सपूत । २. जीवक पुत्र । > सुपुत्री— ना॰ १. असल र लायक छोरी । वि॰ २. असल छोरी भएको (व्यक्ति॰ ।

सुपुर्द— ना॰ [फा॰ सिपुर्दे कुनै वस्तु वा व्यक्ति अरूलाई जिम्मा लगाउने वा सुम्पने काम; सुपुर्दगी । > सुपुर्दगी— ना॰ १. कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम । २. उक्त कामका निम्ति ऐनले गरेको वा ऐनमा भएको व्यवस्था ।

सुपुसुपु— क्रि॰ वि॰ [अ॰ मू॰ सुप्+उ (बि॰)] दाल, तिहुन आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी; ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले; सुपसुप ।

सुपो— ना॰ [प्रा॰ सुप्पो > सं॰ सूर्पे बाँसको चोयाबाट बनेको चेप्टो गोलाकार निफन्ने भाँडो; एक प्रकारको नाङ्लो ।

सुप्त— वि॰ [सं॰] १. सुतेको; निदाएको । २. पल्टिएको; लेटेको; पस्रिएको । ३. निश्चल; निष्क्रिय; निश्चेष्ट । — ता— ना॰ सुप्त हुनाको भाव वा अवस्था; सुताइ ।

सुप्तली— ना॰ [सुख+तलुवो सफा र नरम बनाउन जुत्ताभित्र पैतालाले टेकिने ठाउँमा लगाइने छाला, कपडा आदिको पत्र ।

सुप्प— क्रि॰ वि॰ [अ॰ मू॰ सुप्+प] थोरैथोरै खाने वा खाँदा शब्द आउने गरी । ~ सुप्प— क्रि॰ वि॰ लगातार सुप्प हुने गरी ।

सुप्लो— ना॰ [सं॰ शल्के १. केराको बोटको पत्र । २. बाँसको बोटको पत्र; बाँसको खबटो ।

सुप्रतिष्ठा— ना॰ [सं॰] १. असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत । २. सुख्याति; सुप्रसिद्धि; सुयश । देवमन्दिर, प्रतिमा आदिको स्थापना । ३. अभिषेक । > सुप्रतिष्ठित— वि॰ १. राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको । २. राम्ररी प्रतिष्ठा भएको वा स्थापना गरिएको । ३. सुप्रसिद्ध; विख्यात ।

सुप्रदीप्त— वि॰ [सं॰] ज्यादै चम्किलो; चमक भएको ।

सुप्रशंसनीय— वि॰ [सं॰] राम्रो रूपमा प्रशंसा गर्न योग्य; विशेष प्रशंसनीय । ~ पट्ट— ना॰ नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक ।

सुप्रसिद्ध— वि॰ [सं॰] खूब प्रसिद्ध भएको; ज्यादै प्रख्यात ।

सुप्रुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुप्रुक्+क] मुछिएको वा रसदार खानेकुरो थोरै परिमाणमा छिटो गाँस हाल्ने गरी ।

सुप्लुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुप्लुक्+क] नरम खानेकुरो नचपाईकनै निल्ने गरी ।

सुफल— ना॰ [सं॰] १. वृक्षको राम्रो वा असल फल । २. असल परिणाम; राम्रो नतिजा । ३. अनार । ४. कागजी बदाम । ५. राजवृक्ष; अमलतास । वि॰ ६. सुन्दर फल भएको । ७. सफल; सिद्ध । > सुफला— वि॰ १. राम्रा र धेरै फल फल्ने । ना॰ २. इन्द्राणी । ३. कुभिन्डो । ४. केरा । ५. दाख ।

सुफी— ना॰ [अ॰ सूफी] पवित्र तथा स्वच्छ रहेर साधना र तपस्याबारा नै ईश्वरलाई पाउन सकिन्छ भनी मान्ने, मुस्लिम धर्मावलम्बीहरूको एक उदारवादी सम्प्रदाय ।

सुबन्त— वि॰ [सं॰] सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद॰ ।

सुबा— ना॰ [फा॰ सूबे कुनै देश; कुनै विशिष्ट भाग वा खण्ड; प्रदेश; प्रान्त; अञ्चल ।

सुबान— ना॰ [सं॰ सुभावे राम्रो बानीबेहोरा; सत्सङ्गबाट मिलेको काइदा, कदर आदिको ज्ञान । — को— वि॰ राम्रो बानीबेहोर भएको; असल स्वभावको ।

सुबिदार— ना॰हे॰ सुबेदार । > सुबिदारी— ना॰हे॰ सुबेदारी ।

सुबिस्ता— ना॰ [सं॰ सुविस्तारे १. अनुक¨ल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता । २. आराम; चैन; आनन्द । ३. शान्ति ।

सुबुद्धि— ना॰ [सं॰] १. असल बुद्धि; राम्रो सोचाइ । वि॰ २. सद्बुद्धि भएको; बुद्धिमान्; समझदार ।

सुबेदार— ना॰ [अ॰ सूब+दार] सेनामा झन्डै सय जना सैनिक आफ्ना अधीनमा रहने एक अधिकृत; सुबिदार । > सुबेदारी— ना॰ सुबेदारको पद वा दर्जा; सुबेदारले गर्ने काम; सुबिदारी ।

सुबोध— वि॰ [सं॰] १. सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम । ना॰ २. राम्रो बोध वा ज्ञान ।

सुबोल— ना॰ [सु+बोली] राम्रो बोलीवचन; असल वा हितकारी कुरो ।

सुब्बा— ना॰ [अ॰ सूबे १. नायब सुब्बाभन्दा माथि र मीर सुब्बाभन्दा तलको एक निजामती दर्जा (हाल सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नायब सुब्बाको पद मात्र प्रचलित) । २. लिम्बू जातिको मानबोधक शब्द । > सुब्बाङ्गी— ना॰ १. सुब्बाको दर्जा वा काम । २. सुब्बाको मानपदवी ।

सुब्बिनी— ना॰ सुब्बाकी पत्नी; सुब्बेनी । सुब्बेनी— ना॰ सुब्बिनी ।

सुभ्–नु— अ॰ क्रि॰ [सं॰ शुभ+नु] १. राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु । २. ओखतीले फाइदा गर्नु ।

सुभग— वि॰ [सं॰] १. सुन्दर; प्यारो । २. भाग्यवान्; असल भाग्य भएको । > सुभगा— वि॰ १. पति भएकी; सुहागिनी; सौभाग्यवती (स्त्री) । २. सुन्दरी ।

सुभट— ना॰ [सं॰] महान् योद्धा वा वीर; ठूलो लडाका ।

सुभद्रा— ना॰ [सं॰] १. कृष्णकी बहिनी; अर्जुनकी पत्नी । २. दुर्गाको मूर्ति वा रूप ।

सुभा— ना॰ [अ॰ सुबहे शङ्का; सन्देह ।

सुभावना— ना॰ [सं॰] राम्रो भावना; असल विचार ।

सुभाशङ्का— ना॰ [अ॰ सुङ्ह+शक] अनिष्ट हुने त्रास; कुनै खराबीको आशङ्का ।

सुभाषिणी— वि॰ [सं॰] राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री॰ ।

सुभाषित— ना॰ [सं॰] १. सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति । वि॰ २. राम्रोसँग सोचिएको वा भनिएको । ३. राम्रो भाषण गर्ने; वाग्मी ।

सुभाषी— वि॰ [सं॰] १. मीठो बोली वचन भएको; मधुरभाषी । २. राम्ररी भाषण गर्ने; वाग्मी ।

सुभिक्ष— ना॰ [सं॰] कथ्य॰ सुभिच्छे । अन्नबाली राम्रो भएको समय; सहकाल ।

सुभिनु— अ॰ क्रि॰ [सुभ्+इ+नु] सुभ्ने होइनु; फापिनु ।

सुभो— वि॰ [प्रा॰ सं॰ शुभे १. भलो; कल्याणकारी; शुभ । २. आफूलाई फाइदा गर्ने; फाप्ने ।

सुमङ्गल— वि॰ [सं॰] १. ज्यादै मङ्गल गर्ने; कल्याणकारी । ना॰ २. शुभ लक्षणको वस्तु । > सुमङ्गली— ना॰ १. विवाहमा गरिने मङ्गलकार्य । २. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा पढिने मन्त्र ।

सुमडी— वि॰ [फा॰ शूमे १. अशुभ, कृपण । २. अल्छी र लोसे । ३. कुनै कुराको वास्ता नगर्ने ।

सुमति— ना॰ [सं॰] १. असल मति; सुबुद्धि । वि॰ २. ज्यादै बाठो; चतुर; बुद्धिमान् ।

सुमन— ना॰ [सं॰] १. फूल; पुष्प । २. राम्रो मन; प्रसन्न मन ।

सुमन्त्र— ना॰ [सं॰] १. राम्रो वा असल मन्त्र । २. राजा दशरथका मन्त्री; बग्गी हाँक्ने सारथि । ३. राम्रो सल्लाह; असल सुझाउ । श्र सुमन्त्रित— वि॰ १. मन्त्रले राम्ररी फुकफाक गरिएको । २. राम्रो सल्लाहबारा तयार गरिएको ।

सुमर्–नु— स॰ क्रि॰ १. भाले पशुहरूलाई खसी पार्नु; अण्डकोष निष्क्रिय बनाउनु । २. कुनै मालमत्ताको उपभोग गर्नु; भोगचलन गर्नु । ३. छोरीबुहारीलाई खूबसँग काममा जोत्नु । > सुमराइ— ना॰ सुमर्ने भाव, क्रिया वा प्रक्रिया । सुमराइनु— क॰ क्रि॰ सुमर्न लाइनु । सुमरिनु— क॰ क्रि॰ सुमर्ने काम गरिनु; खसी पारिनु ।

सुमसुम— क्रि॰ वि॰ १. बिस्तारै छाम्ने वा सुमसुम्याउने गरी । २. कामगराइमा ढिलो चालसँग । > सुमसुम्याइ— ना॰ सुमसुम्याउने भाव, क्रिया वा प्रक्रिया । सुमसुम्याइनु— क॰ क्रि॰ सुमसुम्याउन लाइनु; मुसारिनु । सुमसुम्याउनु— स॰ क्रि॰ १. बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु । २. हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु । > सुमसुम्याहट— ना॰ सुमसुम्याउने भाव, गुण वा क्रिया; सुमसुम्याइ ।

सुमान्य— वि॰ [सं॰] विशेष रूपले मान्नुपर्ने; प्रतिष्ठित ।

सुमार्ग— ना॰ [सं॰] १. राम्रो वा असल बाटो; सुपथ । २. राम्रो बानीबेहोरा; सदाचार ।

सुमित्रा— ना॰ [सं॰] लक्ष्मण र शत्रुघ्नकी आमा; राजा दशरथकी रानी ।

सुमुख— वि॰ [सं॰] १. राम्रो मुख भएको; सुन्दर अनुहारको । २. राम्रो ढोका भएको; दक्षिणतिर मुख फर्केको (बार) । ३. प्रफुल्ल । ना॰ ४. राम्रो मुख । ५. मीठो बोली । ६. शिव । ७. गणेश । श्र सुमुखी— वि॰ १. राम्रो मुख भएकी (स्त्री॰ । ना॰ २. प्रत्येक पाउमा क्रमशः सात जगण, एक लघु र एक गुरु हुने वार्णिक छन्द । ३. सुन्दरी स्त्री ।

सुमेरु— ना॰ [सं॰] १. पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्वत । २. उत्तरी धु्रव । ३. जपमालाको जोर्नीको बीचमा राखिने रुद्राक्ष वा तुलसी काठको ठूलो दाना; सुमेर्नी । ४. हुक्काको चिलिम राख्ने ठाउँ, चिलिम अड्याउने हुक्काको ठाडो सोतो । ५. मन्दिरको गजुर । ~ महासागर— ना॰ उत्तरी धु्रववरिपरिको महासागर । ~ वृत्त— ना॰ उत्तरी ध्रुवदेखि बाहिर ६६ज्ञ अंशको अक्षांशबाट खिचिएको रेखा ।

सुमेर्नी— ना॰ [सं॰ सुमेरु] जपमालाको दुईपट्टिको मुख जोडिएको ठाउँमा राखिने रुद्राक्ष, मुगा आदिको ठूलो दाना ।

सुम्ठ्याइ— ना॰ [रू सुम्ठ्याउ (+आइ॰] १. सुम्ठ्याउने वा गुटमुट्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुम्ठ्याइनु— क॰ क्रि॰ सुम्ठ्याउने काम गरिनु ।

सुम्ठ्याउ–नु— स॰ क्रि॰ [सम्ठ्याउ+नु] १. लट्ठी, कोर्रा आदिले पिट्नु । २. गुटमुट्याउनु ।

सुम्प–नु— स॰ क्रि॰ [समर्पण+नु] १. कुनै मालसामान अरूका जिम्मा लाउनु; बुझाउनु; सुपुर्द गर्नु । २. समर्पण गर्नु; दिनु । श्र सुम्पाइ— ना॰ सुम्पने भाव, क्रिया वा प्रक्रिया । सुम्पाइनु— क॰ क्रि॰ सुम्पन लाइनु । सुम्पाउनु— प्रे॰ क्रि॰ सुम्पन लाउनु ।

सुम्पिनु— स॰ क्रि॰/क॰ क्रि॰ १. सुम्पनु । २. सुम्पने काम गरिनु; मालमत्ताको जिम्मा लाइनु ।

सुम्पुवा— वि॰ [सुम्प+ उवो १. जिम्मा लगाइएको वा सुम्पिएको; बुझाइएको । ना॰ २. अपराध गर्ने व्यक्तिलाई कसूरअनुसारको दण्ड दिलाउन सम्बन्धित अदालतमा सुम्पने काम; सुपुर्दगी । ३. जिम्मा लाउने काम । ~ पुर्जी— ना॰ कुनै अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त व्यक्तिबारा जारी गरिएको लेखोट ।

सुम्बा— ना॰ [फा॰ सुम्बे १. तीखो टुप्पो हुने, मोटो लट्ठीजस्तो तमौटेको ज्याबल । २. रूखको सोझै तल गएको मोटो मूल जरो । ३. ठूलो सर्प ।

सुम्लि–नु— अ॰ क्रि॰ [सुम्लो+इ+नु] १. फुल्नु; सुनिनु । २. मोटाउनु; हृष्टपुष्ट हुनु (निन्दार्थमा) । ३. पेट बोक्नु; गर्भिणी हुनु (व्यङ्ग्यार्थमा॰ ।

सुम्लो— ना॰ [सं॰ शुल्ले १. कुट्दा, बजारिँदा वा पिलिँदा मस्याइला ठाउँमा सुनिएर उठेको मासुको लोलो । २. मुछेको पीठो आदिको लाम्चो लोलो । ३. केही उठेको लम्च्याइलो पानीको तरङ्ग । ४. सुन, चाँदी आदि धातुको सोठो ।

सुम्ल्याइ— ना॰ [रू सुम्लि (+आइ॰] १. सुम्लिने भाव, क्रिया वा प्रक्रिया । [सुम्लाउ+आइ] २. सुम्लाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुम्ल्याइनु— क॰ क्रि॰ सुम्लाउन लाइनु; फुलाइनु ।

सुम्ल्याउनु— स॰ क्रि॰ १. फुलाउनु । २. स्त्रीसम्भोग गर्नु । ३. गर्भाधान गराउनु ।

सुयश— ना॰ [सं॰] राम्रो कीर्ति; उत्तम यश; सुकीर्ति ।

सुयोग— ना॰ [सं॰] १. शुभ योग वा मुहूर्त । २. सुअवसर; राम्रो मौका ।

सुयोग्य— वि॰ [सं॰] अति योग्य; ज्यादै लायक ।

सुयोधन— ना॰ [सं॰] १. कौरव वंशका राजा धृतराष्ट्रका छोरा; दुर्योधन । वि॰ २. राम्रो लडाका; असल योद्धा ।

सुर१— ना॰ [सं॰] १. देवता । २. सूर्य । ३. ऋषि वा मुनि ।

सुर२— ना॰ कुना; कोण ।

सुर३— ना॰ १. अभिप्राय; आशय; आँट । २. होस; चैतन्य । ३. तल्लीनता; धुन ।

सुर४— ना॰ [सं॰ स्वरे गानाबजानाको स्वर; ध्वनि ।

सुरक्षण— ना॰ [सं॰] १. कर्जा लिँदा कानुनबमोजिम धितो राख्न सकिने सम्पत्ति वा तत्सम्बन्धी कागजात । २. औषधीको सिसीको सुरक्षाको लागि गरिने बेरुवा; प्याक ।

सुरक्षा— ना॰ [सं॰] राम्रो बचाउ; समुचित रक्षा । ~ ऐन— ना॰ शान्ति–सुरक्षाको ऐन । ~ कानुन— ना॰ शान्तिसुरक्षाको कानुन । ~ गार्ड— ना॰ सुरक्षाका लागि राखिएको रक्षक । ~ परिषद्— ना॰ राष्ट्रहरूमा परस्पर लडाइँझगडा हुन नपाओस् भनी यथासम्भव प्रयत्न गर्ने, संयुक्त राष्ट्रसङ्घको एक अङ्ग वा कार्यकारिणी निकाय । > सुरक्षात्मक— वि॰ १. सुरक्षाका विचारले गरिने (कामकारबाई) । २. सुरक्षासम्बन्धी; सुरक्षाको ।

सुरगज— ना॰ [सं॰] इन्द्रको हात्ती; ऐरावत ।

सुरगुरु— ना॰ [सं॰] देवताका गुरु; बृहस्पति ।

सुरङ्ग— वि॰ [सं॰] १. राम्रो रङ्ग भएको; सुन्दर वर्णको । ना॰ २. सुन्दर रङ्ग; राम्रो रङ्ग । ३. सुन्तला । ४. सिँदुर ।

सुरत१— ना॰ [सं॰] रतिक्रीडा; कामक्रीडा; स्त्रीसम्भोग ।

सुरत२— ना॰ [अ॰ सूरते तास वा गन्जिफाको एउटा चित्राकृति; सुरथ ।

सुरञ्तरङ्गिणी— ना॰ [सं॰] १. आकाशगङ्गा । २. भागीरथी नदी । ३. सरयू नदी; कर्णाली नदी ।

सुरतरु— ना॰ [सं॰] १. कल्पवृक्ष । २. देवदारु ।

सुरतार— ना॰ [सुर+तार] कामको थालनी; सुरसार ।

सुरधनु— ना॰ [सं॰] इन्द्रेनी; इन्द्रधनु ।

सुरधाम— ना॰ [सं॰] देवलोक; स्वर्ग ।

सुरधुनी— ना॰ [सं॰] गङ्गा ।

सुरधेनु— ना॰ [सं॰] कामधेनु ।

सुरनारी— ना॰ [सं॰] देवाङ्गना; देववधू ।

सुरपुर— ना॰ [सं॰] १. देवताहरूको राजधानी; अमरावती । २. स्वर्ग ।

सुरभि— ना॰ [सं॰] १. कामधेनु । २. गाई । ३. बास्ना; सुगन्ध । ४. पृथ्वी । ५. तुलसी । ६. सुन । ७. मदिरा । ८. वसन्त ऋतु । वि॰ (. बास्ना आउने; सुगन्धी । १०. सुन्दर; मनोरम; राम्रो । > सुरभित— वि॰ सुरभियुक्त; बास्ना आउने बनाइएको; सुगन्धित; सुवासित ।

सुरमई— वि॰ [फा॰] सुर्माको जस्तो हल्का नीलो वा कालो (रब॰ ।

सुरमणि— ना॰ [सं॰] चिन्तामणि (रत्न॰ ।

सुरम्य— वि॰ [सं॰] खूब राम्रो; अति रमणीय; असाध्य सुन्दर ।

सुरमा— ना॰हे॰ सुर्मा ।

सुरराज— ना॰ [सं॰] देवताका राजा; देवराज; इन्द्र ।

सुरलोक— ना॰ [सं॰] देवताको लोक; देवलोक; स्वर्ग ।

सुरस— वि॰ [सं॰] १. राम्रो रस भएको; रसिलो । २. मीठो; स्वादिष्ट । ना॰ ३. जल; पानी । ४. सुखभोग; आनन्द । ५. प्रेम; प्रणय । — ता— ना॰ सुरस हुनाको भाव, गुण वा अवस्था; रसिलोपन ।

सुरसा— ना॰ [सं॰] १. पुराणअनुसार नागहरूकी आमा बताइएकी रामायणप्रसिद्ध एक राक्षसी । २. दुर्गाको एक नाम । ३. सर्पगन्धा ।

सुरसार— ना॰ [अ॰ शुरूआते कुनै कामको थालनी; कामको प्रारम्भिक तरखर ।

सुरसुन्दरी— ना॰ [सं॰] १. देवकन्या; देवाङ्गना । २. अप्सरा; परी ।

सुरसुर— क्रि॰ वि॰ [अ॰ मू॰ सुर्+अ (बि॰)] १. तरल पदार्थ थोरथोरै पिउने गरी । २. ससाना प्राणी घस्रेर हिँड्ने चालसँग । ३. डोरी, धागो, आदि बिस्तारै फुस्कने वा तान्ने क्रममा । श्र सुरसुरती/सुरसुरी— क्रि॰ वि॰ अझै छिटो सुरसुर हुने चालसँग ।

सुरा— ना॰ [सं॰] १. रक्सी; मदिरा; मद्य । २. सोमरस । ३. जल; पानी ।

सुराक/सुराख/सुराग— ना॰ [तु॰ सुरागे गुप्त रूपले अपराध, षड्यन्त्र आदिको सूत्र पत्ता लगाउने काम; थाहा; पत्ता; सुइँको । श्र सुराकी— वि॰ सुराक लाउने; सुराक दिने (व्यक्ति, वस्तु वा कार्य॰ ।

सुराङ्गना— ना॰ [सं॰] देवाङ्गना ।

सुराज्य— ना॰ [सं॰] सर्वसाधारण जनताले पनि सुखसुविधा उपभोग गर्न पाउने राज्य; कल्याणकारी राज्य ।

सुरारि— ना॰ [सं॰] देवताको शत्रु; असुर; दानव; राक्षस ।

सुरालय— ना॰ [सं॰] १. देवलोक; स्वर्ग । २. सराबखाना ।

सुराही— ना॰ [अ॰] सानो मुख, लामो घाँटी र ठूलो फुकेको पेट हुने जलपात्र । — दार— वि॰ सुराहीजस्तो गोल र लाम्चो खालको ।

सुरि–नु— अ॰ क्रि॰ [शूर+इ+नु] १. कुनै अप्ठ्यारो वा गाह्रो काम गर्ने आँट गर्नु; हिम्मत गर्नु । २. मन उरालिनु; उत्तेजित हुनु ।

सुरिलो१— वि॰ [सुइरो+इलो] माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडो र सोझो (रूख, लिङ्गो, बाँस आदि॰ ।

सुरिलो२— वि॰ [सुर+इलो] मीठो र तीखो (स्वर॰; सुमधुर (आवाज॰ ।

सुरी— ना॰ [बा॰ बो॰] १. बिरालो; म्याउँ । २. बिरालालाई डाक्ने शब्द ।

सुरु— ना॰ [अ॰ शुरूअ] कुनै कामको उठान वा थालनी; कामको तहबह; आरम्भ । ~ अड्डा— ना॰ पहिलो तहको अड्डा वा सुरु अदालत । ~ अदालत— ना॰ सुरुमा वादीप्रतिवादी लिई मुद्दामामिला हेर्ने जिल्ला अदालत । > सुरुआत— ना॰ कुनै पनि गर्न आँटेका कामको थालनी; आरम्भ; सुरु; खेवारा; सुरुवात ।

सुरुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुरुक्+क] १. आनेकाने नगरी काम गर्ने वा दिने चालसित; खुरुक्क । २. बिस्तारै ।

सुरुब— ना॰ [सं॰ सुरङ्गे जमिन खनेर भित्रभित्रै बनाइएको प्वाल वा बाटो ।

सुरुचि— ना॰ [सं॰] १. राम्ररी रुच्ने काम । २. सुन्दर वा असल कुरामा भएको रुचि; परिष्कृत रुचि । ३. राजा उत्तानपादकी कान्छी रानी; धु्रवकी सौतेनी आमा ।

सुरुवा— ना॰ [फा॰ शोरबो मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस; झोल ।

सुरुवात— ना॰ आरम्भ; सुरुआत; सुरु ।

सुरुवाल— ना॰ [फा॰ शलवारे कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको , मोहोता सानो हुने, इँजारबारा कमरमा बाँधिने वस्त्र; मोहोता सानो हुने र राग हुने पाइजामा ।

सुरुसुरु— क्रि॰ वि॰ [अ॰मू॰सुर्+उ-बि॰_] नरोकिईकन वा नअलमलिईकन; खुरुखुरु ।

सुरूप— वि॰ [सं॰] १. राम्रो अनुहार भएको; राम्रो रूप भएको । ना॰ २. राम्रो रूप । — ता— ना॰ सुरूप हुनाको भाव वा अवस्था; सुन्दरता । > सुरूपा— वि॰ सुन्दर रूप भएकी (स्त्री॰ ।

सुरेन्द्र— ना॰ [सं॰] देवताका राजा इन्द्र । ~ वीरविक्रम शाह— ना॰ सं॰ १८८६ मा जन्मी वि॰ सं॰ १९३८–मा दिवङ्गत हुने नेपालका शाहवंशीय छैटौँ राजा ।

सुरेल— ना॰ [ने॰] पूर्वी नेपालमा बसोबासो गर्ने एक जाति ।

सुरेली— ना॰ [रू सुरिलो] हाँगाबिँगा नभएको अग्लो रूख, खम्बा, डोरी आदिमा दुई हात र दुई खुट्टाले च्यापी छातीले घस्रिएर चढ्ने वा ओर्लने काम ।

सुरेश— ना॰ [सं॰] देवराज; सुरेन्द्र ।

सुरो१— वि॰ [सं॰ शूरे १. पराक्रमी; वीर; बलवान् । २. साहसी; आँटिलो ।

सुरो२— ना॰ [सं॰ श्रुवे पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन । ~ चरु— ना॰ होम गर्दा घिउ हाल्ने काठको साधन र होम गरिने अन्न ।

सुर्क–नु— स॰ क्रि॰ १. कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु; लामा फड्का हालेर सिउनु । २. एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु; रुहुनु । ३. पाखुरा दह्रो पार्नु । ४. बाहुला माथि सार्नु । > सुर्काइ— ना॰ सुर्कने भाव, क्रिया वा प्रक्रिया । सुर्काइनु— क॰ क्रि॰ सुर्कन लाइनु । सुर्काउनी— ना॰ डोरी वा धागाको एक छेउमा अर्को छेउ घुमाएर तान्दा सजिलैसित कसिने गरी बनाइएको एक किसिमको खुकुलो गाँठो; सुर्केनी । सुर्काउनु— प्रे॰ क्रि॰ सुर्कन लाउनु; सुर्काउनी पार्नु ।

सुर्कासुर्की— ना॰ [सुर्को+सुर्को] सानातिना धेरै सुर्का ।

सुर्किनु— क॰ क्रि॰/स॰ क्रि॰ [सुर्क+इ+नु] १. फड्का मारेर सिइनु । २. सुर्कनु ।

सुर्की— ना॰ [फा॰ सुर्खी] १. इँट कुटेर बनाइएको धूलो । ना॰ २. नब काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धूलो ।

सुर्के— वि॰ [सुर्को+ए] १. ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका) । २. निधारमा कालो वा सेतो ठाडो धर्सा भएको (पशु॰ ।

सुर्केनी— ना॰ [सुर्क+एनी] सुर्काउनी ।

सुर्को— ना॰ [सुर्क+ओ] १. एक सासमा पिइने तातो तरल पदार्थ । २. खेतबारीको लाम्चो गह्रो । ३. सुर्केर सिउने काम वा खेप । ४. पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो । ५. चन्दनको ठाडो टिको ।

सुर्कौनी— ना॰ [सुर्क+औनी] सुर्काउनी; सुर्केनी ।

सुर्क्यौलो— ना॰ [सुर्क+यौलो] सुर्केनी पारेको गाँठो ।

सुर्ख— वि॰ [फा॰] रातो रबको । > सुर्खी— ना॰ १. रातोपन; लालिमा । २. पाको इँटको धूलो; सुर्की । वि॰ ३. रातो ।

सुर्खेत— ना॰ [सं॰ सुरक्षेत्र > सुरखेते भेरी अञ्चलमा पर्ने एक जिल्ला; मध्य पश्चिमाञ्चल विकासक्षेत्रको सदर मुकाम ।

सुर्जे— ना॰ [सं॰ सूर्ये सूर्य ।

सुर्ता— ना॰ [सं॰ स्मृति] मनको ताप; चिन्ता; फिक्री; पीर । श्र सुर्ताइनु— क॰ क्रि॰ सुर्ता गरिनु; फिक्री वा चिन्ता लिइनु ।

सुर्ताउनु— स॰ क्रि॰ १. सुर्ता वा फिक्री गर्नु; चिन्ता लिनु । २. पछुतो मान्नु; पछुताउनु ।

सुर्ती— ना॰ [सूरत (प्रदेश॰+ई] १. ठूलठूला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको पात । २. सो पातबाट बनाइएको चुरोट, बिँडी आदिभित्र कोचिएको धूलो । ३. मुखमा च्यापेर वा तमाखु, कक्कड, चुरोट, बिँडी आदिका रूपमा सल्काएर धूवाँ खाइने सुकाइएको काँचो पात । — सार— ना॰ सुर्तीमा पाइने सार; चुरोट, सुर्ती आदिबाट लाग्ने पहेँलो रबको कस; निकोटिन ।

सुर्मा— ना॰ [फा॰ सुरमे आँखाको फाइदाका निम्ति गाजलजस्तै गरी लगाइने नीलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा ।

सुथ्याइँ— ना॰ [सूरो+याइँ] बहादुरी; पराक्रम; सूरोपन ।

सुथ्याइ१— ना॰ [सं॰ शूर+याइ] १. कुनै काम गर्न तम्सिने भाव वा किसिम; आँट । २. शौर्य; वीरता ।

सुथ्याइ२— ना॰ [रू सुरि (+आइ॰] १. सुरिने भाव, क्रिया वा प्रक्रिया । [सुथ्याउ+आइ] २. सुथ्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुथ्याइनु— क॰ क्रि॰ सुरिने पारिनु; तम्स्याइनु । सुथ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. कुनै कामकुरोमा उत्तेजित गर्नु; तम्साउनु । २. शूरो गराउनु; आँटिलो पार्नु ।

सुर्र— क्रि॰ वि॰ [अ॰ मू॰ सुर्+र] १. वेगसित पानी वा धूवाँ एकै सासले तान्ने गरी । २. अतालिएर दौडने चालले ।

सुल्–नु— अ॰ क्रि॰ [वसुल+नु] असुल हुनु; लेनदेन चुक्ती हुनु; फच्चे हुनु ।

सुल— ना॰ [अ॰ वसूले कसैसँग लिनुपर्ने पैसा वा जिन्सी लिने काम; असुल; फच्चे ।

सुलक्षण— वि॰ [सं॰] १. राम्रो लक्षणको; लच्छिन भएको । २. भाग्यमानी । ना॰ ३. राम्रो लच्छिन; शुभ लक्षण । > सुलक्षणा— वि॰ राम्रो लक्षण भएकी (स्त्री॰ ।

सुलच्छिन— ना॰ [सं॰ सुलक्षणे राम्रो लच्छिन; सुलक्षण ।

सुलतान— ना॰ [अ॰ सुल्ताने बादशाह; सम्राट्; राजा । > सुलताना— ना॰ बेगम; सम्राज्ञी । सुलतानी— वि॰ सुलतानसम्बन्धी; सुलतानको ।

सुलभ/सुलभ्य— वि॰ [सं॰] १. सजिलैसित पाइने; प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य । २. सहज; सुगम; सजिलो । ~ मुद्रा— ना॰ अर्थशास्त्रमा, अर्को देशबाट माल झिकाउनका निम्ति सहजै प्राप्त हुन सक्ने कुनै देशको मुद्रा । ~ मुद्रादेश— ना॰ सुलभ मुद्राप्रसार भएको देशको क्षेत्र ।

सुलसाल— ना॰ [सुल (बि॰)] छिनाफाना; लेनदेनको हिसाब चुक्तिने काम ।

सुलसुल— क्रि॰ वि॰ [अ॰ मू॰ सुल्+अ (बि॰)] १. घाउखटिरा आदिमा मसिना कीरा हिँड्ने गरी; सगसग । २. बिस्तारै पानी बग्ने चालले । ३. पातलो झाडा नथामिईकन भएझैँ । ४. सर्प आदि जन्तु घस्रेर हिँड्ने गरी । > सुलसुलती/सुलसुली— क्रि॰ वि॰ mअझै सुलसुल हुने गरी । सुलसुले— ना॰ १. कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो कीरो; ग्वामे । २. कागत, किताब आदिमा लाग्ने सेतो टल्कने कीरो । ३. ढुसी कीरो । ४. सर्प, गड्यौँलो आदि घस्रेर हिँड्ने कीरो । ५. पातलो झाडा नथामिई भइरहने चाल ।

सुलह— ना॰ [फा॰] दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप; सम्झौता; सन्धि । — नामा— ना॰ सुलह वा सम्झौताका सर्तहरू लेखी सम्बद्ध व्यक्तिहरूबारा हस्ताक्षर गरिएको कागत; सन्धिपत्र ।

सुलि–नु— अ॰ क्रि॰ [सुल्+इ+नु] १. लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु । २. चुक्ती होइनु; तिरिनु ।

सुली— ना॰ परेवा, कुखुरा, हाँस आदि पक्षीको बिष्टा ।

सुली१— ना॰ [सं॰ शुल्क+ई] लिच्छविकालको आर्थिक प्रशासनमा कर उठाएर सङ्कलन गर्ने अड्डा; लिच्छविकालको कर अड्डा ।

सुली२— ना॰ [प्रा॰ सं॰ शूल+ई] भालाका छाँटको तीखो टुप्पो भएको हतियार; शूली; बातो । ~ चढाउनु/हाल्नु— टु॰ सूलीमा उन्नु; त्यसरी अनिष्ट गर्नु वा बिताउनु ।

सुलुक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सुलुक्+क] १. चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निलेझैँ गरी; सलक्क । २. छरितो र लम्स्याइलो छाँट परेको चालमा ।

सुलुत्त— क्रि॰ वि॰ [अ॰ मू॰ सुलुत्+त] १. सानो दुलामा एक्कासि पसेझैँ गरी; सुत्त । २. सानो ठाउँबाट छिर्ने चालले ।

सुलेख— ना॰ [सं॰] १. राम्रो र उम्दा लेखावटको लिपि । २. सुन्दर वा उत्तम लेख ।

सुलोचना— वि॰ [सं॰] १. सुन्दर आँखा भएकी । ना॰ २. वासुकिकी एक कन्या । ३. सुलोचना महाकाव्यकी नायिका ।

सुल्क–नु— अ॰ क्रि॰ [सुलुक्क+नु] सुलुक्क चालसित बगेर जानु । श्र सुल्किनु— अ॰ क्रि॰ सुल्ल बग्नु; चिप्लिनु । सुल्क्याइ— ना॰ सुल्किने भाव, क्रिया वा प्रक्रिया । सुल्क्याइनु— अ॰ क्रि॰ सुल्किने पारिनु; सुल्ल बगाइनु । सुल्क्याउनु— स॰ क्रि॰ सुल्किने पार्नु; सुल्ल बगाउनु ।

सुल्टि–नु— अ॰ क्रि॰ [सुल्टो+इ+नु] १. सुल्टो हुनु; सब्ल्याँटो हुनु । २. प्रतिक¨ल कुरो अनुक¨ल हुनु; सव्य पर्नु ।

सुल्टो— वि॰ [सं॰ सव्ये १. बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो । २. भनेजस्तो; अनुक¨ल; सव्य । ३. क्रि॰ वि॰ नियम वा विधिअनुसार ।

सुल्ट्याइ— ना॰ [रू सुल्टि (+याइ॰] १. सुल्टिने भाव, क्रिया वा प्रक्रिया । [सुल्ट्याउ(+आइ॰] २. सुल्ट्याउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुल्ट्याइनु— क॰ क्रि॰ सुल्टो पारिनु । सुल्ट्याउनु— प्रे॰ क्रि॰ १. अनुक¨ल पार्नु । २. सुल्टो वा सब्ल्याँटो पार्नु ।

सुल्पुबे— वि॰ [रू पुर्सुङ्गे] एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति॰; मुसुमुन्द्रे; कनसुत्ले; नारद ।

सुल्फा— ना॰ [फा॰ सुल्फे १. गाँजाको चोप; चरेस । २. सानो चिलिममा भरिएको तमाखु वा कक्कड ।

सुल्याइ— ना॰ [रू सुल्याउ (+आइ॰] १. सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया । २. सुल्याउने वा मैथुन गराउने क्रियाप्रक्रिया । [ > ] सुल्याइनु— क॰ क्रि॰ १. सुल गरिनु । २. मैथुन गरिनु ।

सुल्याउ–नु— स॰ क्रि॰ [सुम्ल्याउ+नु] १. स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु । [सुल्+याउ+नु] २. लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु ।

सुल्ल— क्रि॰ वि॰ [अ॰ मू॰ सुल्+ल] १. बिस्तारै पानी बग्ने गरी । २. सर्प, खजुरो, कन्सुत्लो आदि हिँड्ने वा बग्ने चालले । ३. पातलो दिसा, पिसाब आदि नरोकिई बग्ने गरी । ४. धागो, डोरी आदि फुस्किएर वा तानिएर । सात॰ सुलुलुलु ।

सुवचन— ना॰ [सं॰] राम्रो वा मीठो बोली; मधुर वचन ।

सुवदना— ना॰ [सं॰] १. सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री । २. मगण, रगण, भगण, नगण, मगण र लघु–गुरु भएको, सातसात अक्षरमा विश्राम हुने एक वार्णिक छन्द ।

सुवर्ण— ना॰ [सं॰] सुन; स्वर्ण । — कार— ना॰ सुनको गहना बनाउने कालिगड; सुनार । ~ केतकी— ना॰ पहेँला केवडा । —

मान— जुनसुकै अवस्थामा पनि तोकिएको दरभाउअनुसार ब्याङ्कको कागजी नोट सुनका रूपमा भुक्तान गर्न सकिने मुद्राप्रणाली; सुनको मान वा दर कायम गरिएको कागजी मुद्रा ।

सुवास— ना॰ [सं॰] १. मीठो बास्ना; सुगन्ध; खुस्बू । २. राम्रो निवासस्थान । ३. असल नाम; सुकीर्ति । > सुवासित— वि॰ सुगन्धयुक्त; मीठो बास्ना आउने गराइएको । सुवासिनी— ना॰ १. युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री । २. सधवा स्त्री । ३. स्वास्नी ।

सुविख्यात— वि॰ [सं॰] ज्यादै प्रसिद्ध; प्रायः धेरैले जाने–बुझेको ।

सुविचार— ना॰ [सं॰] १. असल विचार; सबिचार । २. मिहिन वा सूक्ष्म विचार ।

सुविधा— ना॰ [सं॰] कुनै पनि काम सजिलैसित गर्न सकिने अवस्था; सुबिस्ता; सजिलोपना । — भोगी— वि॰ हरतरहबाट सुविधा पाउने वा पाएको ।

सुविधि— ना॰ [सं॰] राम्रो विधि; असल नियम ।

सुवीर— ना॰ [सं॰] अत्यन्त वीर; महावीर । ~ पट्ट— नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक ।

सुवृत्त— वि॰ [सं॰] १. असल चालचलन भएको; सदाचारी; सच्चरित्र । ना॰ २. उत्तम वृत्त वा आचरण । > सुवृत्ति— ना॰ १. उत्तम वृत्ति वा जीविका । २. राम्रो आचरण; सदाचार ।

सुवेश/सुवेष— ना॰ [सं॰] राम्रो वेशभूषा; असल पहिरन ।

सुव्यवस्था— ना॰ [सं॰] राम्रो बन्दोबस्त; सुन्दर व्यवस्था । श्र सुव्यवस्थित— वि॰ राम्रोसँग बन्दोबस्त गरिएको; सुन्दर व्यवस्थाले युक्त ।

सुशासन— ना॰ [सं॰] उत्तम किसिमको शासन; असल राज्यव्यवस्था; कल्याणकारी शासनव्यवस्था ।

सुशासित— वि॰ [सं॰] राम्रोसँग शासन चलाइएको; राम्ररी शासन गरिएको ।

सुशिक्षा— ना॰ [सं॰] उत्तम खालको शिक्षा; असल शिक्षा । श्र सुशिक्षित— वि॰ राम्रो शिक्षा पाएको; असल शिक्षा दिइएको ।

सुशील— वि॰ [सं॰] १. असल शीलस्वभावको; उत्तम चरित्र भएको; शीलवान् । २. सज्जन तथा सरल । — ता— ना॰ सुशील हुनाको भाव, गुण वा अवस्था; राम्रो बानीबेहोरा; सच्चरित्रता । > सुशीला— वि॰ १. असल आचरण वा स्वभाव भएकी; सच्चरित्रा (नारी॰ । ना॰ २. राधाकी एक सखी ।

सुशोभन— वि॰ [सं॰] उत्तम शोभाले युक्त; अति राम्रो । ~ समारोह— ना॰ श्री ५ बाट विशेष उपाधि, पदक आदि वितरण गरिने समारोह वा उत्सव ।

सुशोभित— वि॰ [सं॰] १. साह्रै सुहाएको; अत्यन्त शोभायमान । २. राम्रोसँग सजाइएको; सजिसजाउ ।

सुश्री— ना॰ [सं॰] १. अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द । २. राम्रो शोभा; कमनीय ऐश्वर्य । वि॰ ३. शोभाले युक्त; अति सुन्दर ।

सुश्रुत— ना॰ [सं॰] १. आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता'–का रचयिता सुविख्यात महर्षि । वि॰ २. राम्ररी सुनिएको; राम्ररी पढिएको । ३. सुविख्यात; प्रसिद्ध । ~ संहिता— ना॰ सुश्रुत महर्षिबारा रचित एक प्रसिद्ध वैद्यक ग्रन्थ ।

सुषमा— ना॰ [सं॰] १. परम शोभा; अत्यन्त सुन्दरता । २. माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य । ३. तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द । > सुषमित— वि॰ सुषमाले युक्त ।

सुषुप्त— वि॰ [सं॰] १. गाढा निद्रामा परेको; मस्तसँग निदाएको । २. निष्क्रिय अवस्थामा कुनै चीजमा अडेको (गुण वा तत्त्व॰ । ~ ज्वालामुखी— ना॰ अहिलेसम्म विस्फोटन नभएको र पछि पनि छिटै विस्फोटन नहुने खालको ज्वालामुखी । > सुषुप्ति— ना॰ १. मस्तसँगको निदाइ; गाढा निद्रा । २. वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था । ३. जीवका तीन अवस्था— जाग्रत्, स्वप्न, सुषुप्तिमध्ये एक ।

सुषुम्ना— ना॰ [सं॰] १. योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बीचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी । २. शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी । ३. आयुर्वेदअनुसार अरू नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी । ~ शीर्ष— ना॰ सुषुम्ना नाडीको मुख्य वा शीर्षभाग ।

सुष्ठु— क्रि॰ वि॰ [सं॰] १. राम्ररी; काइदासाथ । वि॰ २. राम्रो; सुन्दर; काइदाको । — ता— ना॰ सुन्दरता; सौष्ठव ।

सुसंस्कृत— वि॰ [सं॰] १. राम्रो तबरबाट तयार पारिएको; राम्ररी संस्कार गरिएको । २. शिक्षादीक्षा, नैतिक मर्यादा, सत्सङ्ग आदि पाएर सुसभ्य भएको ।

सुसङ्गठित— वि॰ [सं॰] १. अङ्ग–प्रत्यङ्गहरू राम्ररी मिलेको । २. राम्रो प्रकारले एकत्रित वा सुगठित भएको । ३. राम्ररी सङ्गठित तुल्याइएको ।

सुसङ्गत— वि॰ [सं॰] १. पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत । २. राम्रो सङ्गत, सम्पर्क आदि भएको । ना॰ ३. राम्रो सङ्गत; सत्सङ्ग । श्र सुसङ्गति— ना॰ राम्रा र असल मानिसहरूसितको बसउठ; राम्रो सङ्गत; सज्जनहरूसितको घनिष्ठता ।

सुसज्जित— वि॰ [सं॰] १. हरेक दृष्टिबाट सजिसजाउ; राम्रो हिसाबले तयार । २. हरेक दृष्टिबाट तत्पर ।

सुसञ्चालन— ना॰ [सं॰] जुनसुकै कार्यको पनि राम्रो प्रकारले हुने सञ्चालन; राम्रो बन्दोबस्त ।

सुसञ्चालित— वि॰ [सं॰] राम्रो तरिकाबाट सञ्चालन गरिएको; सुचारु ढङ्गले चलाइएको ।

सुसमय— ना॰ [सं॰] राम्रो वेला; सुअवसर ।

सुसमाचार— ना॰ [सं॰] राम्रो समाचार; असल हालखबर; शुभ समाचार ।

सुसम्पन्न— वि॰ [सं॰] १. आवश्यक वस्तुहरूले परिपूर्ण; सबै कुराले पूर्ण । २. राम्रो खानदानको; पुगीसरी आएको । ३. धनी; समृद्ध । — ता— ना॰ सुसम्पन्न हुनाको अवस्था वा स्थिति; धनीपना; पुगीसरी; समृद्धि ।

सुसाइ— ना॰ [रू सुसाउ (+आइ॰] हावा, हुरी, पानी आदि सुसाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुसाइनु— अ॰ क्रि॰ सुसाउने काम होइनु ।

सुसाउनु— अ॰ क्रि॰ [सं॰ श्वस्+आउ+नु] हुरी, बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुइँसुइँ' शब्द उत्पन्न हुनु ।

सुसाङ्ख्य— ना॰ [सं॰] हिसाब गरेर निष्कर्ष निकाल्ने स्वचालित यन्त्र; क्यालकुलेटर ।

सुसाध्य— वि॰ [सं॰] १. विनाप्रयास पनि सिद्ध गर्न सकिने; सजिलै सफल हुने । २. एकदम सरल; सजिलो ।

सुसार— ना॰ [सं॰ शुश्रूषो बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरि]ने सेवा वा टहल; सह्यारसम्भार । > सुसारे— वि॰ १. सुसार गर्ने काममा खटिएको; सुसार गर्ने । २. परिचारिकाको काममा खटिएको । ना॰ ३. सेविका; धाई; नर्स ।

सुसिक— ना॰ [लिम्बू] १. लिम्बूजातिका संस्कारअनुसार गर्भिणी आइमाईको गर्भ तुहाउने भूत । २.अगति परेको आत्मा; दुरात्मा ।

सुसिद्धि— ना॰ [सं॰] कुनै कुरामा राम्रो साधना; प्रवीणता; कुशलता ।

सुसु— वि॰ [अ॰ मू॰ सु+(बि॰)] १. अत्यन्त दुब्लो वा पातलो; कमजोर । ना॰ २. जाडो हुँदा मुखबाट प्रकट हुने शब्द । ३. पिसाब (बालबोली॰ ।

सुसुपाल— वि॰ [सं॰ शिशुपाले दुब्लाएर हाड र छाला मात्र बाँकी रहेको; अत्यन्त दुब्लो ।

सुसुर्को/सुसुल्को— ना॰ [सं॰ शुश्रूषो १. सह्यारसम्भार; सुसार । २. घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा ।

सुसे— वि॰ [प्रा॰ सुस्से] १. अत्यन्त दुब्लो वा पातलो; फुकिढल; सुकुटे; सिकटे; सिकुटे । २. तुच्छ; साधारण । ~ धन्दा— ना॰ घरको ओसारपसार, थान्कोमुन्को, राखनधरन आदि सामान्य काम; सुसुल्को । ~ पाथी— ना॰ १. छाप नलागेको पाथी । २. कच्ची पाथीबराबरको नाप । ~ माना— ना॰ १. छाप नलागेको कच्ची मानु । २. कच्ची मानाबराबरको नाप ।

सुसेल्–नु— स॰ क्रि॰ [सुसेलो+नु] मुखबाट कुनै धुन आउने हिसाबले हावा निकाली सुसु पार्नु; सुसेलो निकाल्नु । > सुसेलपारा— वि॰ १. सुसेल्ने स्वभावको (व्यक्ति॰ । ना॰ २. सुसेलोको धुन वा शैली । सुसेलपारे— वि॰ सुसेलपाराको झैँ शैलीको । सुसेलाइ— ना॰ सुसेल्ने क्रिया वा प्रक्रिया । सुसेलाइनु— क॰ क्रि॰ सुसेल्न लगाइनु । सुसेलाउनु— प्रे॰ क्रि॰ सुसेल्न लगाउनु । सुसेलाहट— ना॰ सुसेलाइ । सुसेलिनु— क॰ क्रि॰ १. सुसेल्ने काम गरिनु । अ॰ क्रि॰ २. सुसेल्ने हुनु ।

सुसेली— ना॰ [सुसेलो+ई] १. ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्तै निकालिने एक किसिमको आवाज । २. सल्ला, हावा, आदि सुसाउँदाको आवाज । ३. सुसेलो (गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ॰ ।

सुसेलो— ना॰ [सुसु+एलो] १. ओठ गोलो बनाएर पौन खिँच्दै वा सास फेर्दै निकालिने झन्डै बाँसुरी आदिको जस्तो मधुर ध्वनि । २. सुस्केरा । ३. हावा वेगले चल्दाको सुइँसुइँ ध्वनि । ४. सल्ला आदिका पात हावामा बज्दाको सरसर ध्वनि । ५. खोलो, नदी आदि बग्दाको स्वाँस्वाँ ध्वनि । ६. गीत वा सङ्गीत (व्यङ्ग्यार्थमा॰ ।

सुस्केरा— ना॰ [सुसु+कार+ओ १. कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्वास; सुस्केरो । २. ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिग्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइयय ध्वनिको सुसेलो । ३. हावा, पानी आदि सुसाएको आवाज । ४. सर्प आदिको स्याँकस्याँक ध्वनि । > सुस्केरी— ना॰ सुस्केरा (गीत, लोकगीत र काव्यमा प्रचलित॰ । सुस्केरो— ना॰ सुस्केरा ।

सुस्त— वि॰ [फा॰] १. शारीरिक वा मानसिक रूपमा कमजोर; दुर्बल । २. ढिलो; जुम्सो । ३. उत्साह नभएको; अल्सी । क्रि॰ वि॰ ४. सुस्तरी; बिस्तारै; मन्द गतिले । > सुस्तरी— क्रि॰ वि॰ बिस्तारै; सुस्त हिसाबसँग; सुस्त । — सँग— क्रि॰ वि॰ बिस्तारै । ~ सुस्त— क्रि॰ वि॰ लगातार सुस्तरी ।

सुस्ताइ— ना॰ [रू सुस्ताउ (+आइ॰] १. सुस्ताउने वा विश्राम लिने क्रिया वा प्रक्रिया । २. ढिलोपन; जुम्सो चाल । [ > ] सुस्ताइनु— अ॰ क्रि॰ १. थकाइ मारिनु । २. सुस्त होइनु ।

सुस्ताउनु— अ॰ क्रि॰ [सुस्थिर+आउ+नु] १. थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु । [सुस्त+आउ+नु] २. ढिलो हुनु । ३. अल्छी हुनु । > सुस्ताहट— ना॰ सुस्ताइ ।

सुस्ती— ना॰ [फा॰] १. बल, गति आदिमा हुने दुर्बलता; कमजोरी । २. ढिलोपन; ढिलासुस्ती; आलेटाले; अलमल । > सुस्त्याइँ— ना॰ सुस्त हुनाको भाव; सुस्तपन; सुस्ती ।

सुस्थ— वि॰ [सं॰] स्वस्थ; सारसौँदो । — ता— ना॰ स्वस्थता; सारसौँदोपन । > सुस्थित— वि॰ १. सारसौँदो; स्वस्थ । २. राम्ररी बसेको; राम्रोसँग रहेको ।

सुस्थिर— वि॰ [सं॰] राम्ररी स्थायित्व प्राप्त गरेको; स्थिर भएको; सुदृढ; दिगो ।

सुस्वर— ना॰ [सं॰] १. राम्रो किसिमको स्वर; सुमधुर आवाज । वि॰ २. सुमधुर स्वर भएको; मीठो आवाज भएको । — ता— ना॰ १. स्वरको मधुरता; मधुर आवाजको उपस्थिति । २. ध्वनिमाधुर्य ।

सुस्वाद— ना॰ [सं॰] मीठो स्वाद; राम्रो स्वाद । > सुस्वादु— वि॰ खाँदा वा सुन्दा अत्यन्त मीठो लाग्ने; अत्यन्त स्वादिलो ।

सुस्वास्थ्य— ना॰ [सं॰] स्वास्थ्य (विनय तथा शिष्ट अर्थमा॰ । ~ केन्द्र— ना॰ स्वास्थ्यनिवास ।

सुहाइ— ना॰ [रू सुहाउ (+आइ॰] सुहाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] सुहाइनु— अ॰ क्रि॰ सुशोभित होइनु । सुहाउँदो— वि॰ शोभनीय; शोभावर्धक ।

सुहाउनु— अ॰ क्रि॰ [सं॰ शोभा+आउ+नु] १. कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु । २. एक अर्कासँग बस्दा वा मिल्दा राम्रो देखिनु । ३. गरेको काम, बोलेको वचन, चलेको चाल, खाएको भोजन, लाएको लुगा आदि गर्ने, बोल्ने, चल्ने, खाने, लाउने क्रिया सुहाउँदोमिल्दो हुनु । ४. शोभा बढाउने खालको हुनु ।

सुहाग— ना॰ [सं॰ सौभाग्ये १. दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य सिन्दूर; ऐँभात; स्वाग । २. सुहागा; स्वाग । ~ रात— ना॰ सौभाग्यरात्रि; मधुरात्रि पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्यसुख प्राप्त गरेको रात; प्रेमीप्रेमिकाको प्रेमको उद्देश्य पूरा भएको प्रथम रात ।

सुहागा— ना॰ सुन आदि धातु गलाउन प्रयोग गरिने एकथरी खनिज क्षार; स्वाग ।

सुहारी— ना॰ [सं॰ सुआहार+ई] घिउतेलमा पकाइएको, मैदाको अत्यन्त पातलो पुरी; हे॰ स्वारी ।

सुब्त— ना॰ [सं॰] आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन । ~ सम्मति— ना॰ मित्रको सल्लाह । ~ सम्मित— वि॰ मित्रको वचन वा सल्लाहजस्तो हितकर (वचन॰ ।

सुब्दय— ना॰ [सं॰] १. पवित्र हृदय; चोखो मन; निश्छल चित्त । वि॰ २. पवित्र हृदय भएको; चोखो मनको; निश्छल चित्तको ।

सू— ना॰ [बा॰ बो॰] पिसाप; सुसु ।

सूँड— ना॰ [सं॰ शुण्डे हे॰ सुँड ।

सूकर— ना॰ [सं॰] सुँगुर ।

सूक्त— वि॰ [सं॰] १. ज्ञान र उपदेशयुक्त । २. मीठो किसिमले भनिएको । ना॰ ३. वेदको मन्त्र वा तिनको समूह; कुनै विषयको आन्तरिक ज्ञानगरिमाले युक्त कथन; वैदिक स्तुति वा प्रार्थना । — कार— ना॰ वैदिक सूक्तको रचयिता ऋषि ।

सूक्ति— ना॰ [सं॰] १. मधुर वचन; मीठो बोली । २. महान् वाणी; आप्तवचन । ३. उल्लेखनीय वा उद्धरणीय पङ्क्ति । ~ माधुरी— ना॰ सूक्तिको मधुरता; भनाइमा रहने मिठास । ~ सङ्ग्रह— ना॰ उपदेश वा नीतिसम्बन्धी सूक्तिहरूको सँगालो; सूक्तिसङ्कलन । ~ सिन्धु— ना॰ १. मध्यकालीन नेपाली साहित्यको शृङ्गाररसप्रधान कविताहरूको एक प्रसिद्ध सङ्ग्रह । ~ सिन्धु काण्ड/सिन्धु पर्व— ना॰ उक्त 'सूक्तिसिन्धु' ग्रन्थको परिणामस्वरूप नेपाली साहित्यसंसारमा उत्पन्न काण्ड । ~ सुधा— ना॰ १. सूक्तिरूपी अमृत; अमृततुल्य सूक्ति । २. मृदुवचन; सूक्ति ।

सूक्ष्म— वि॰ [सं॰] १. अत्यन्त सानो; आँखाले ठम्याउन गाह्रो पर्ने । २. अति गडेर विचार गरेर मात्र निर्णय गर्न सकिने; गूढ । ना॰ ३. आध्यात्मिक दृष्टिले विचार गरिने तत्त्व । ४. अलङ्कारशास्त्रअनुसार अर्थालङ्कारको एक भेद । ~ जलवायु ना॰ जल र वायुसम्बन्धी सूक्ष्मतम तत्त्व; सूक्ष्म अध्ययनको विषयका रूपमा लिइएको निकै सानो परिधिको जलवायु । —

ता— ना॰ मसिनो वा सूक्ष्म हुने विशेषता वा गुण; मसिनोपना । — दर्शक यन्त्र— ना॰ आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठूलो आकारको देखा पर्ने एक पारदर्शक साधन; आइग्लासको अत्यन्त शक्तिशाली प्रकार; माइक्रोस्कोप; अणुवीक्षण–यन्त्र । ~ दृष्टि— ना॰ १. अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति । २. अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि; बलियो अन्तर्दृष्टि । ~ परीक्षण— ना॰ १. कुनै विषयवस्तुको मसिनो जाँच गर्ने काम; छानबिन । २. सूक्ष्मदर्शक यन्त्रबारा गरिने रोगाणु आदिको परीक्षण । — वीक्षण यन्त्र— ना॰ सूक्ष्मदर्शक यन्त्र । — शरीर— ना॰ १. पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत एवं मन र

 बुद्धिसमेत सत्र तत्त्वको समूह । २. मृत्युपछि उक्त सत्र तत्त्वहरूमा

मिलेको अदृश्य शरीर ।

सूखा— वि॰ [सं॰ शुष्के हे॰ सुखा ।

सूचक— वि॰ [सं॰] १. सूचना वा जनाउ दिने; खबर गर्ने । २. गोप्य कुरा भन्ने वा भेद खोल्ने । ना॰ ३. गुप्तचर विभागको प्रहरी; गुप्ती पुलिस । ४. नाटकको सूत्रधार । ५. सूचीकार । — पत्ती— ना॰ शैक्षणिक प्रयोजनका लागि अक्षर वा वर्ण, शब्द तथा शब्दावली लेखिएका उपयुक्त आकारका बाक्ला कागजका टुक्रा । ~ पत्र— ना॰ सूचना दिने उद्देश्यले लेखिएको वा प्रकाशित गरिएको कुनै पनि लिखत (सूचना, परिपत्र, इस्तिहार, विज्ञापन आदि॰ । > सूचकाक्षर— ना॰ सङ्क्षेपीकृत शब्द (जस्तो— पं॰ पण्डित, प्रा॰ प्राध्यापक इ॰) । सूचकाङ्क— ना॰ कुनै वस्तुको घटीबढी मूल्य बताउने लेखा वा तथ्याङ्क ।

सूचना— ना॰ [सं॰] १. सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम । २. थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखत । ~ अधिकारी— ना॰ १. विभिन्न तथ्यहरूको जानकारी दिने अधिकृत; सूचना विभागको अधिकृत । २. समीक्षालयको अधिकृत । ~ पत्र— ना॰ सम्बन्धित व्यक्ति वा समुदायले थाहा पाऊन् भनी मुद्रित वा लिखित रूपमा दिइने जनाउ; सूचना । ~ पाटी— ना॰ कार्यालय, शिक्षालय आदिले आवश्यक सूचनाहरू टाँस्ने गरेको पाटी । ~ मन्त्रालय— ना॰ सूचना, तथ्याङ्क आदिसँग सम्बन्धित मन्त्रालय । ~ मन्त्री— ना॰ जनताका समस्या सरकारसमक्ष र सरकारका आँकडा जनतासमक्ष आदानप्रदान गर्ने मन्त्री; सूचनामन्त्रालयको मन्त्री । श्र सूचनालय— ना॰ राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका जुनसुकै आवश्यक तथ्याङ्क, समाचार वा विज्ञप्तिहरू प्रसारित गर्ने र ती विषयसँग सम्बन्धित लेख, पुस्तक, पत्रपत्रिका आदिको प्रदर्शन, प्रकाशन एवं वितरण गर्ने सरकारी कार्यालय । सूचनीय— वि॰ सूचित गर्न लायक; सूचना दिन योग्य ।

सूचि— ना॰ [सं॰] १. सियो । २. सुइरो । ३. खापसियो; हापसियो । श्र सूचिका— ना॰ १. सानो खालको सियो । २. सानो र छोटो सूची; सङ्क्षिप्त फेहरिस्त । ३. सूचना दिने काम गर्ने आइमाई; सूचक स्त्री । — कार— ना॰ हे॰ सूचीकार ।

सूचित— वि॰ [सं॰] सूचना भएको; थाहा दिइएको; विज्ञापित । ~ आदेश— ना॰ सूचनाका माध्यमले दिइने वा दिइएको आदेश; लिखित आज्ञा । सूचि नियम— ना॰ [सं॰] कुनै विषयलाई तालिकाबद्ध गर्ने नियम; फेहरिस्त तयार पार्ने शिल्प ।

सूची— ना॰ [सं॰] १. लुगाफाटो सिउने काममा प्रयोग हुने सियो; सूचि; सुई । २. कुनै वस्तुको तीखो टुप्पो; चुच्चो । ३. कुनै विषयवस्तुको विवरणतालिका; ग्रन्थ, सामान आदिको व्यवस्थित क्रमविन्यास भएको फेहरिस्त; सूचीपत्र । — करण— ना॰ क्रम मिलाएर राख्ने वा प्रस्तुत गर्ने काम; फेहरिस्त; क्रमविन्यास । — कार— ना॰ १. लुगाफाटा सिउने व्यक्ति; लुगा सिएर पेट पाल्ने व्यक्ति; सुजिकार । २. सियोको काम गर्ने व्यक्ति; सियो बनाउने मान्छे । ~ पत्र— ना॰ १. कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची । २. कुनै विषयवस्तुको सूची भएको पत्र ।

सूच्य— वि॰ [सं॰] १. सूचना दिनुपर्ने खालको; सूचित गर्न योग्य । ना॰ २. नाटकमा अभिनयबारा मञ्चन गर्न नसकिने वा अभिनय गर्न अयोग्य मानिने प्रसङ्ग वा घटनालाई संवादबारा प्रकट गरिने विषय । > सूच्यार्थ— ना॰ १. सूचना दिइने विषय; सूच्य प्रसङ्ग । २. व्यञ्जना शक्तिबारा बोध हुने अर्थ; व्यङ्ग्यबारा प्रकट हुने तात्पर्य । क्रि॰ वि॰ ३. सूचित गर्ने उद्देश्यले ।

सूझ— ना॰ हे॰ सुझ ।

सूत१— ना॰ [सं॰] १. राजा आदिलाई जागा गराउनका निम्ति बिहान स्तुतिपाठ गर्ने जाति; भाट । २. सारथि; रथको नियन्ता । ३. क्षत्रिय पुरुष र ब्राह्मण जातिकी स्त्रीबाट जन्मिएको सन्तान । वि॰ ४. जन्मेको; पैदा भएको ।

सूत२— ना॰ हे॰ सूत२ ।

सूतक— ना॰ [सं॰] १. बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच । २. जन्मेको बच्चो; पैदा भएको शिशु । > सूतकाशौच— ना॰ आफ्ना कुलमा बच्चा जन्मनाले पर्ने सूतक; जन्मसूतक; सुत्केरो ।

सूतिका— ना॰ [सं॰] १. भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी । २. बालकको तिथि, मिति, घडी, पला आदि टिपिएको कागत; टिप्पन । > सूतिकागार— ना॰ सूतिकागृह । ~ गृह— ना॰ सुत्केरी आइमाई बस्ने ठाउँ (घर वा कोठी॰; सूतिकागार । ~ वात/वायु— ना॰ १. गर्भिणी नारीको प्रसवावस्थामा गर्भ पैदा हुन प्रेरणा गर्ने वायु; प्रसववायु । २. सुत्केरी आइमाईको पेट गडबडाउने वायुरोग ।

सूती— ना॰हे॰ सुती ।

सूत्र— ना॰ [सं॰] १. कुनै वस्तुबाट तयार भएको तन्तु; धागो । २. जनै; यज्ञोपवीत; ब्रह्मसूत्र । ३. व्याकरण, दर्शन, गणित, विज्ञान आदिका नियमलाई छोटकरीमा बोध गराउने बीजगणितात्मक पद्धति; उक्त पद्धतिको लागि प्रयोग गरिने शब्दसङ्केत वा वाक्यसङ्केत; बीज; फर्मुला । ४. कुनै विश्वस्त र गुप्त खबर । ५. सुराक, ठूलो घटना, षड्यन्त्र आदि कुराहरू पत्ता लगाउने सहायक साधन; सुइँको । ६. कुनै उपाय; जुक्ती; किल्ली; कडी । ७. कुनै विषयको दफा वा आधारभूत बुँदा । ८. वास्तु तथा मूर्तिकलाअनुसार अङ्गुलको नौ गुनाबराबरको नापो; नौ इन्चको नापो । — कार— ना॰ १. सङ्क्षिप्त तर सारगर्भित वाक्यहरूको सूत्र तयार गर्ने आचार्य; सूत्रका प्रणेता । २. सूत वा धागो तयार गर्ने व्यक्ति । > सूत्रण— ना॰ सूत्र तयार गर्ने काम; सूत्र बाँध्ने काम । — धार— ना॰ १. शास्त्रीय नाटकहरूमा रङ्गमञ्चको आन्तरिक व्यवस्था मिलाउने प्रधान नट । २. प्राचीन नेपालको न्याय–प्रशासनअन्तर्गत न्यायविभागको हालीमुहाली आफ्नै हातमा राख्ने मुख्य व्यक्ति; न्यायिक अधिकृत । — पात— ना॰ १. कार्यको वा घटनाको प्रारम्भिक थालनी । २. घर, बङ्गला आदि बनाउँदा जग्गाको नापनक्सा तयार गर्नका निम्ति नाप्ने टेप, फित्ता वा डोरी जमिनमा फैलाउने काम । ३. प्रारम्भ; मूल । उठान । ४. प्रादुर्भाव । — पिटक— ना॰ बुद्ध धर्मका दीर्घ, मध्यम, संयुक्त, एकोत्तर र क्षुद्रकसमेत पाँच निकायका सूत्रहरूको सङ्कलन; सूत्रहरूको पेटारो । ~ सञ्चालक— ना॰ गुप्त रूपले घटना, कार्य आदिका सूत्र र युक्तिहरूको सञ्चालन गर्ने राजनीतिक व्यक्ति; दुरभिसन्धिक । > सूत्री— वि॰ सङ्ख्या, नाम, विशेषण आदि शब्दका सूत्रसम्बन्धी अर्थ जनाउने शब्द (जस्तै— दीर्घसूत्री, पञ्चसूत्री इ॰) । सूत्रीय— वि॰ १. सङ्ख्यावाचक शब्दका उत्तरपदस्वरूप प्रयोग भई विशेषण जनाउने शब्द; सूत्रसम्बन्धी

(जस्तै— दस सूत्रीय, चौध सूत्रीय आदि) । २. कुनै विबान्ले प्रणयन गरेका सूत्रसँग सम्बन्धित ।

सूधो— वि॰हे॰ सुधो ।

सूनसान— ना॰हे॰ सुनसान ।

सूप— ना॰ [सं॰] १. पकाएर खान तयार पारिएको दाल । २. दाल, तरकारी, मास, गेडागुडी आदि खानेकुराको झोल; रस । — कार— ना॰ भान्छे; पाचक । — कारिता— ना॰ १. पाकशिल्प; पकाउने गुण; भान्सेको विशेषता । २. सूप बनाउने शिल्प । ~ शास्त्र— ना॰ पाकशास्त्र ।

सूपो— ना॰ हे॰ सुपो ।

सूरो— वि॰ हे॰ सुरो ।

सूर्य— ना॰ [सं॰] १. दिनमा आकाशमा देखिएर प्रकाश र ताप दिने; ज्योतिषशास्त्रले ग्रह तर ज्योतिषविज्ञानले तारा मानेको, बाह्य अन्तरिक्षको एक बल्दो लोक; घाम; बेला; सुर्जे । २. ज्योतिषशास्त्रअनुसार नौवटा ग्रहमध्येको पहिलो ग्रह । ३. पृथ्वी, मङ्गल, बुध आदि ग्रहहरूबारा परिक्रमा गरिने एक विशाल तेजपुञ्ज । ~ कपाली— ना॰ दिनमा घाम छउन्जेल दाहिनेपट्टिको आधा कपाल दुख्ने रोग; अधकपाली; अधाहा । — कान्त— १. किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत हुन जाने हुनाले सो किरण कुनै वस्तुमा पर्दा आगोसमेत पैदा हुन सक्ने, काँचको साधन । २. स्फटिक । ~ ग्रह— ना॰ १. ज्योतिषशास्त्रका अनुसार सूर्य । २. सूर्य अनिष्टकारी हुँदा लाग्ने ग्रहदशा । ~ ग्रहण— ना॰ १. औँसीका दिनमा सूर्यमा चन्द्रमाले ढाक्दा देखिने अँध्यारो टाटो; सूर्यकै रेखामनि चन्द्रमा र चन्द्रमाका मनि राहु (छाया वा टाटो॰ पर्न गई सूर्यमा सो छाया परेको समयग् सूर्यखग्रास । २. उक्त समयमा गरिने धार्मिक विधि । ~ नारायण— ना॰ घाम; घामदेउता; सूर्यदेव । — पथ— ना॰ पृथ्वीको घुमाइले गर्दा सूर्य हिँडेझैँ देखिने मकररेखाबीचको मार्ग । — पाक— वि॰ घाममा सुकाएर तयार पारिएको (औषधी इ॰) । ~ पुराण— ना॰ सूर्यको महात्म्यको वर्णन गर्ने पुस्तक । ~ फुल— ना॰ घाम लाग्दा फुल्ने र घाम अस्ताउँदा लुत्रुक्क परेर खुम्चने, रातो डाँठ र अमलाका जत्रा मसिना पात हुने रातो, प्याजी, पहेँलो आदि रबको फूल । — मणि— ना॰ ज्यादै टल्कने, एक पुराकथात्मक मणि । ~ मण्डल— ना॰ १. सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो । २. सूर्य, तारा र ग्रहहरूको परिवार । — मुखी— ना॰ १. सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिँदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी । २. घामको किरणमा आगो पार्ने एक प्रकारको काँच । ३. सूर्यकान्त मणि । ~ वंश— ना॰ पुराण आदिका अनुसार विवस्वान् नामका सूर्य र तिनकी पत्नी संज्ञाबारा उत्पन्न वैवस्वत मनुले पत्नी श्रद्धातिरबाट जन्माएका सन्तानको वंश; इक्ष्वाकु, निमि आदि राजकुल । ~ वंशी/वंशीय— वि॰ सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको । ~ विनायक— ना॰ काठमाडौँ उपत्यकामा भक्तपुर नगरका दक्षिणतर्फ स्थित एक प्रसिद्ध गणेश; नेपाल खाल्टाका चार विनायकमध्ये एक । ~ शक्ति— ना॰ सूर्यको तापबाट उत्पन्न हुने शक्ति; सौर इन्धनबाट प्राप्त हुने शक्ति; सौर मण्डलबाट उत्पन्न हुने बल; सौर शक्ति । — सुता— ना॰ यमुना नदी । — स्नान— ना॰ सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान । श्र सूर्यास्त— ना॰ दिन समाप्त भएर सूर्य अस्ताउने काम; घाम डुब्ने काम; बेलबुडाइ; घामडुबाइ । सूर्योदय— ना॰ बिहान सूर्य उदाउने काम; घामझुल्को; घामझुल्काइ । सूर्योन्मुख— वि॰ १. सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने (सामग्री, उपचार) । २. सूर्यलाई सामु पारी बसेर सूर्यका माध्यमबाट गरिने (उपचार, स्वास्थ्योपचार॰ । सूर्योपासक— ना॰ सूर्यको उपासना गर्ने भक्तजन; सूर्यपूजक व्यक्ति । सूर्योपासना— ना॰ १. सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति । २. सूर्यको पूजा गर्ने सम्प्रदाय । ३. उक्त पूजाको विधि ।

सूल— ना॰ [सं॰ शूले १. शूल; पीडा; व्यथा । २. पेट दुख्ने रोग ।

सूली१— ना॰ हे॰ सुली२ ।

सूली२— ना॰ हे॰ सुली२ ।

सृजना— ना॰ [सं॰ सृजने कुनै वस्तु वा कृतिको आविष्कार; सिर्जना; सृष्टि; रचना ।

सृजनात्मक— वि॰ [सं॰] रचनासम्बन्धी; रचना गर्ने; रचनाको; रचनात्मक । — ता— ना॰ रचनासम्बन्धी गुण; उत्पादनक्षमता; उत्पादनशीलता । ~ शक्ति— ना॰ कुनै कृति वा वस्तु सिर्जना गर्न सक्ने प्रतिभा; सिर्जना गर्ने क्षमता ।

सृष्टि— ना॰ [सं॰] १. बनाउने वा पैदा गर्ने काम; सिर्जना । २. उत्पत्ति; जन्म; पैदा । ३. संसारको रचना; विश्वको उत्पत्ति । ४. सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड । — कर्ता— ना॰ १. कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति । २. संसारको सिर्जना गर्ने तत्त्व । ३. ब्रह्मा; प्रजापिता । ~ विज्ञान— ना॰ भौतिक जगत्का सम्पूर्ण वस्तुहरूको सृष्टि, विकास आदिको विवेचना र विश्लेषण गरिएको शास्त्र; सृष्टिसँग सम्बन्धित विद्या । ~ विद्या— ना॰ सृष्टिविज्ञान ।

सेँध— ना॰ [सं॰ सुरन्ध्रे चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल ।

सेउ— ना॰ [स्याखु] पातले छोपिएको घुम; ओतो; छल्लो ।

सेउली— ना॰ १. बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयुँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा । २. धामीले जोखना हेर्दा र मन्त्र पढेर झारफुक गर्दा हातमा लिने स्याउलो ।

सेउलो— ना॰ छाप्रो हाल्न, सोत्तर ओछ्याउन वा अरू कुनै प्रयोजनले काटिएको, रूखको हरियो डालो; स्याउलो ।

सेक्–नु— स॰ क्रि॰ [सं॰ सेचने १. कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु । २. पोल्नु; सेकाउनु; तताउनु । ३. एक वस्तुबारा अर्को वस्तुमा तापसङ्क्रमण गराउनु । ४. सह्यारसुसार गर्नु; हेरचाह गर्नु । ५. बदमासी गर्नेलाई पिट्नु वा ठटाउनु । ६. घाम आदिले पोलेर कष्ट दिनु । ७. टुट्टा वा नोक्सान पार्नु; खती गर्नु । ८. पानी छर्कनु; अभिषेक गर्नु ।

सेक— ना॰ [सेक्+अ] १. सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम । २. आगो, हावा, घाम आदिमा कुनै वस्तु तताउने वा पकाउने काम; सेक्ने काम । ३. कुनै तातो वस्तुबारा कुनै अङ्गलाई सेकताप गर्ने काम; सेकाइ । ~ ताप— ना॰ १. सेकेर तातो पार्ने काम; तताउने काम । २. सेक्ने र तताउने काम; घाम, आगो आदिका तापबाट सेकाउने काम । ३. सह्यारसम्भार; सेवाटहल । — साक— ना॰ सेक्नेवर्ने काम ।

सेकरिन— ना॰ [अङ्॰] चिनीजस्तै गुलियो तर मधुमेहका रोगीले खाँदा केही बिगार नगर्ने एक पदार्थ ।

सेकाइ— ना॰ [रू सेक (+आइ॰] सेक्ने किसिम, क्रिया वा भाव । [ > े सेकाइनु— क॰ क्रि॰ १. सेक्ने काम गरिनु; तताइनु । २. बदमासी गर्ने फटाहालाई सजाय दिइनु; यातना दिइनु । सेकाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु; त्यसरी तताउनु वा पोल्न लाउनु । २. सास्ती दिनु वा दिलाउनु । सेकिनु— क॰ क्रि॰ सेकाइ पूरा गरिनु; सेकाइनु ।

सेकी— ना॰ [सं॰ शेष+ई] १. शेष । २. जुठोपुरो; बाँकीसेकी ।

सेकुवा— वि॰ [सं॰ सेक्+उवो १. आगो, बिजुली आदिमा सेकाएर तयार पारिएको, नुन, मरमसला आदिमा मली रापमा सेकाइएको (माछा, मासु आदि॰ । ना॰ २. सेकेर खान तयार पारिएको माछा वा मासु ।

सेकेन्ड— ना॰ [अङ्॰] १. मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठीऔँ अंश । वि॰ २. दोस्रो दर्जाको; मध्यम खालको ।

सेक्रेटरी— ना॰ [अङ्॰] १. सचिव । २. मन्त्री । > सेक्रेटेरियट— ना॰ सचिवालय ।

सेक्सन— ना॰ [अङ्॰] कुनै वस्तु वा कार्यक्षेत्रको विभाग; फाँट; शाखा । ~ अफिसर— ना॰ फाँटवाला हाकिम; शाखा–अधिकृत ।

सेख— ना॰ [सं॰ शेषे १. कुनै विषय वा वस्तुको अवशेष; उबार; बाँकी । २. मृत्यु; मरण (उदा॰— बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ रू) । ३. पैतृक सम्पत्ति; अंश । — पछि— क्रि॰ वि॰ मृत्युउप्रान्त; शेषपछि ।

सेखासेख— ना॰ [सं॰ सेख+सेखे १. परस्परको प्रतिबन्बिता; होडबाजी । २. एकअर्कामा तँ वीर कि म वीर भनेर चम्किने काम; तुजुक ।

सेखी— ना॰ [फा॰ शेखी] १. आफैँ मात्र ठूलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव । २. त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक । ३. व्यर्थको रबाफ वा ढाँचा । — बाज— वि॰ सेखी गर्ने; घमन्डी । — वाल— वि॰ सेखी भएको; सेखी गर्ने; तुजुकवाला ।

सेचक— वि॰ [सं॰] पानी छर्कने; सिञ्चन गर्ने; अभिषेक गर्ने ।

सेचन— ना॰ [सं॰] १. तरल वस्तुको छर्काइ; छिटाछिटा छर्कने काम । २. मन्त्र–उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक । ३. पानीबारा गरिने सिँचाइ । ४. पुरुष र स्त्रीका सम्भोगक्रियामा प्रजननशील जीवाणुकोषको संयोग हुने प्रक्रिया ।

सेज— ना॰ [सं॰ शयया > प्रा॰ सज्जो बिछ्यौना; शयया; ओछ्यान ।

सेट्–नु— स॰ क्रि॰ [सिटो+नु] कुनै वस्तुलाई मिल्दोजुल्दो बनाउन ठोक्नु; कुनै व्यक्तिलाई अनुशासित हुन बाध्य तुल्याउनु; सिट्नु ।

सेट— ना॰ [अङ्॰] समानधर्मी काममा आउने वस्तुहरूको समुदाय; एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौँ वस्तुको समुदाय; बाना । सेटलमेन्ट अफिसर— ना॰ [अङ्॰] तत्कालीन श्री ५ को सरकार सर्भे विभागअन्तर्गत जग्गा नापजाँच गराउने नापीगोस्वाराको मुख्य हाकिम ।

सेटाइ— ना॰ [रू सेट (+आइ॰] सेट्ने क्रियाप्रक्रिया । [ > ] सेटाइनु— प्रे॰ क्रि॰/स॰ क्रि॰ सेटेर अनुशासित तुल्याइनु । सेटाउनु— प्रे॰ क्रि॰ सेटेर अनुशासित तुल्याउनु । सेटिनु— क॰ क्रि॰ सेटाइबारा अनुशासित पारिनु ।

सेठ— ना॰ [सं॰ श्रेष्ठे १. धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; महाजन । २. ठालु; प्रतिष्ठा कमाएको व्यक्ति । — साहुकार— ना॰ माथिल्ला तहका व्यापारी महाजन । > सेठानी— ना॰ १. सेठकी पत्नी; सेठकी स्त्री । २. धनाढ्य आइमाई ।

सेठिनी— ना॰ सेठानी ।

सेड— ना॰ [अङ्॰] ना॰ १. बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी । २. घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड ।

सेडा— ना॰ [अङ्॰] केन्द्रीय आर्थिक विकास तथा प्रशिक्षण केन्द्रको सङ्क्षिप्त रूप (सेन्ट्रल इकोनोमिक डेभलपभेन्ट एसोसिएसन॰ ।

सेताम्मे— वि॰ [सं॰ श्वेत+अम्मय > अम्मे १. फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि॰ । ना॰ २. त्यसरी व्याप्त भएको सेतो दृश्यावली । क्रि॰ वि॰ ३. सेतोपनले ढाक्ने वा छोप्ने गरी ।

(उदा॰— रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो॰ ।

सेती— ना॰ [सेतो+ई] १. नेपालको कर्णालीप्रदेशमा पर्ने एक प्रसिद्ध नदी । २. गण्डकी अञ्चलमा माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्न पुग्ने एक नदी । वि॰ ३. सेतो वर्णकी (स्त्री॰; गोरी । ~ अञ्चल— ना॰ नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा तेह्रौँमा पर्ने एक अञ्चल । ~ गेडी— ना॰ लालगेडीजस्तै तर सेतो रबको गेडा फल्ने एक लहरो; त्यसै लहराको फल । ~ बेनी— ना॰ नेपाल अधिराज्यको पर्वत जिल्लामा पर्ने कालीगण्डकी र सेती नदीको सङ्गमस्थल; सेती दोभान । ~ मकै— ना॰ सेतो रबका गेडा फल्ने मकै । — माटी— ना॰ १. घर पोत्ने काममा प्रयोग हुने माटो; कमेरो । २. कमेरे माटो भएको ठाउँ ।

सेतु— ना॰ [सं॰] १. खोलानाला आदि पार गर्न वल्ला तीरदेखि पल्ला तीरसम्म, सिमेन्ट, फलाम, काठ आदिका साधनबाट बनाइएको साँगु; साँघु; पुल । २. पुलेसो । — बन्ध— ना॰ १. पुल बनाउने काम; सेतु बाँध्ने काम । २. भारतको रामेश्वरम् भन्ने ठाउँमा लङ्का जानका निम्ति समुद्रमा रामचन्द्रले निर्माण गरेको भनी पुराणमा वर्णित एक पुल । ३. रामायणका अनुसार उक्त पुल बनाउँदाको अभियान । ४. उक्त पुलको निर्माणसँग सम्बन्धित रामायणको अंश ।

सेतो— ना॰ [सं॰ श्वेते १. दूध, कमेरो, चून आदिको जस्तो रब; श्वेत । वि॰ २. उक्त रबको । ~ आतङ्क— ना॰ १. अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क । २. प्रगतिवादी विचारकहरूका दृष्टिमा वर्तमान युगमा धु्रवीकरणको विकासमा पश्चिमी राष्ट्रहरूले खेलेको गलत भूमिका । ~ कुश— ना॰ कुशका भेदमध्ये सेतो जातको कुश; श्वेतकुश । ~ खयर— ना॰ रातो र सेतो रङ्ग निस्कने दुई खालका खयरमध्ये पानमा हालिने चाहिँ खयर; श्वेतखदिर । । ~ गायो— ना॰ सेतो पित्त आउने रोग; अमल पित्तको रोग । ~ गिद्ध— ना॰ गिद्धको सेतो प्रकार । ~ चना— ना॰ ठूलो जातको चना; काबुली चना । ~ चुल्सी— ना॰ झन्डै एक सेन्टिमिटरसम्म उँचाइको, गाँठेगुँठे काण्ड हुने, सेतो फूल फुल्ने, आयुर्वेदका अनुसार बच्चाबच्चीका मुखमा घाउखटिरा आउँदा धूलो बनाएर प्रयोग गरिने वनस्पतिविशेष । ~ जाई— ना॰ चैतवैशाखमा सेता रङ्गका, जाईका आकारको फूल फुल्ने, सुगन्धित बास्ना आउने एक जातको लहरो; त्यसैको फूल । — ठाडे— ना॰ १. सेतो भावको एक जातको धान । २. त्यसै धानको चामल । ~ ढुकुर— ना॰ चुच्चो र खुट्टामा रातो रब भई बाँकी जीउ सेतो हुने एक थरी ढुकुर । ~ तित्रो— ना॰ सेतो रबको तित्रो चरो । ~ दुबो— ना॰ बन्सोका आकारका सेता पात हुने, फूल नफुल्ने एक थरी बगैँचे झार । ~ दुभी— ना॰ सेतोसेतो दाग देखिने एक प्रकारको चर्मरोग; पाण्डुरोगको एक भेद । ~ भन्टा— ना॰ प्याजी रङ्गको फूल फुल्ने र सेतो रबको फल फल्ने भन्टा । ~ भालु— ना॰ उत्तरको धु्रवीय प्रदेशका हिउँमा हुने, सेतो रबको भालु; धु्रवीय प्रदेशमा पाइने विशेष किसिमको प्रसिद्ध भालु । ~ भिँडा— ना॰ सेतो भन्टा । ~ मरिच— ना॰ मरीचको कालो र सेतो भेदमध्ये कालोभन्दा बढी गुणकारी मानिने र नचाउरिने, उज्जर रबको दाना हुने मरीच । ~ रुदिलो— ना॰ सेतो फूल फुल्ने रुदिलो वृक्ष । ~ सतीबयर— ना॰ उज्जर रबका दाना फल्ने सतीबयर । ~ सिमाली— ना॰ सेता दाना फल्ने एक जातको सिमी ।

सेना— ना॰ [सं॰] युद्ध, शान्तिसुरक्षा आदिका निम्ति तालिम दिई तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय; फौज; पल्टन । श्र सेनाध्यक्ष— ना॰ जल, स्थल, वायु आदि सेनाको प्रमुख; प्रधान सेनापति । ~ नायक— ना॰ १. सेनाका कुनै एक गुल्मको नायक; गणनायक । २. सेनाध्यक्ष । सेनानिवेश— ना॰ आवासीय प्रबन्धसहित सेना रहने ठाउँ; ब्यारेक; सैनिक छाउनी । सेनानी— ना॰ सेनाको उच्च अधिकृत पद वा दर्जा; गणनायक (मेजर) । — पति— ना॰ सेनाका कुनै गुल्मको प्रमुख; सेनानायक । सेनापत्य— ना॰ सेनापतिको पद वा दायित्व । — बेना/मेना— ना॰ १. कुनै वीर पुरुष वा देवताका प्रमुख सैनिक, सामान्य सिपाही, वाहन आदिको समूह । २. आश्रित व्यक्तिहरूको समुदाय; स्यानब्यान । — वास— ना॰ सैनिक निवास; छाउनी । ~ रहित— वि॰ सैनिक व्यवस्था विनाको; विनासेनाको (व्यवस्था वा राजनीति॰ । ~ सौभाग्य भास्कर— ना॰ कुनै रणक्षेत्रमा शत्रुसँग देशको शान्तिसुरक्षाका निम्ति बहादुरीसाथ लड्ने नेपाली सेनाका अधिकृत जवानलाई प्रदान गर्ने गरिएको पदक ।

सेन्ट१— ना॰ [अङ्॰] १. सुगन्धित बास्ना आउने तरल पदार्थ । २. पानीरूपमा हुने अत्तर । ३. राम्रो बास्ना ।

सेन्ट२— ना॰ [अङ्॰] बेलाइतको कम मूल्यको मुद्रा ।

सेन्टर— ना॰ [अङ्॰] १. मध्य स्थान; केन्द्रीय भाग; केन्द्र । २. कुनै परीक्षा वा काम हुनका निम्ति तोकिएको ठाउँ; अखाडा; गौँडा; घाट । > सेन्टरी— ना॰ १. पालोमा तैनाथ गरिएको प्रहरी । २. पाले ।

सेन्ट्रल— वि॰ [अङ्॰] केन्द्रको; केन्द्रतहमा रहने; केन्द्रीय (जस्तो— सेन्ट्रल जेल = केन्द्रीय कारागार॰ ।

सेन्सर— ना॰ [अङ्॰] १. पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य । २. अभिव्यक्ति, प्रकाशन, प्रचार आदिमा सरकारबारा लगाइने प्रतिबन्ध । ~ बोर्ड— ना॰ सेन्सर गर्ने जिम्मेदारी भएको समिति ।

सेप्–नु— क्रि॰ वि॰ [सं॰ सिक्ते १. धागो, दाम्लो आदिलाई पानी लगाई खूब घोट्दै बाट्दै गरी नफुक्ने बनाउनु । २. ठीक हिसाबले काम नगर्नेलाई ऐँचमा राख्नु; सेट्नु । ३. ढेस्सिनु । ४. दबाएर राख्नु; उठ्न नदिनु । ५. छेडपेच गर्नु; व्यङ्ग्य प्रहार गर्नु ।

सेप१— ना॰ १. रूख, कान्ला आदिको छाया पर्ने ठाउँ; सेपिलो ठाउँ । २. ओसिलो जमिन; चिस्यान ठाउँ ।

सेप२— ना॰ गाईवस्तुको सा आउँदा सुतमा देखिने तथा भाले खोज्न चटारिएको सङ्केत मिल्ने, रालजस्तै सेतो तरल पदार्थ; सेफ; पशुको रज ।

सेपाइ— ना॰ [रू सेप् (+आइ॰] सेप्ने भाव, क्रिया वा प्रक्रिया । [श्रे

सेपाइनु— क॰ क्रि॰ सेप्न लाइनु । सेपाउनु— प्रे॰ क्रि॰ सेप्न लाउनु । सेपिनु— क॰ क्रि॰ सेप्ने काम गरिनु; सेपाइमा पारिनु ।

सेपिलो— वि॰ [सेप+इलो] कान्ला, रूख आदिका सेपले पहार लाग्न नपाउने; ओसिलो; सर्दी लाग्ने; चिसो ।

सेपे— ना॰ [सेप+ए] काठको सानो सन्दुस; बाकस ।

सेप्टी१— ना॰ [अ॰ मू॰ स्याप्+टी] १. दुब्ला गाला । २. गाला (उपेक्षार्थमा) । ३. दुब्लाउँदा गालाका दुवैतर्फ देखिने खाल्टो ।

सेप्टी२— ना॰ [अङ्॰] १. दौरा, सुरुवाल, बर्को आदिका किनारमा जोडी सिइने कपडाको सानो पेटी; सन्जाप; पाटी । ३. घरका झ्यालढोका, खट्प्वाल आदिमा लगाइने सानो काठ । ३. गारोको तलो छाप्ने ठाउँमा भित्र र बाहिर वारपार हुने किसिमले राखिने लामो काठ; सेप्री; लिन्टल । ~ पिन— ना॰ कपडा, कपाल आदि वस्तुलाई सुरक्षित ढङ्गले राख्न र मिलाउन काम लाग्ने खास प्रकारको सियो । ~ रेजर— ना॰ दाह्री आदि काट्ने ब्लेडलाई सुरक्षित किसिमले जड्न मिल्ने खास प्रकारको छुरा ।

सेप्रि–नु— अ॰ क्रि॰ [सेप्रो+इ+नु] सेप्रो वा डाम्रो हुनु; स्याप्प पर्नु ।

सेप्री— ना॰ [अङ्॰ सेफ्टी] गाराको सुरक्षाका लागि जडिने काठ; सेप्टी ।

सेप्रो— वि॰ [अ॰ मू॰ स्याप्+रो] भित्रपट्टि दह्रो र गुदीदार नहुनाले सुकेर स्याप्य्राक्क परेको; चाउरी परेको; स्याप्प परेको ।

सेप्य्राइ— ना॰ [रू सेप्रि (+याइ॰] १. सेप्रिने क्रिया वा प्रक्रिया । [ सेप्य्राउ+आइ] २. सेप्य्राउने क्रियाप्रक्रिया । [ > ] सेप्य्राइनु— क॰ क्रि॰ सेप्रो पारिनु । सेप्य्राउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ सेप्रो पार्नु; सेप्रो पार्न लाउनु । सेप्य्राहट— ना॰ सेप्य्राइ ।

सेफ१— ना॰ [अङ्॰] घर, दोकान, ब्याङ्क आदिका दामी भण्डारमा सुन–चाँदी, धनमाल आदि दामी वस्तु सुरक्षित राख्ने काममा व्यवहार गरिने मोटो फलामको दराज वा बाकस (तिजोरी॰ ।

सेफ२— ना॰ [सं॰] १. पुरुषजातिको जननेन्द्रिय; लिङ्ग । २. सेप ।

सेफा— ना॰ [नेफाको अनु॰ बि॰] फरियाको गज छोटो भएका खन्डमा नेफा र सारीका बीचमा गाँसिने लामो कपडा; फरियाकै रङ्ग र बुट्टाका किसिमको धरो ।

सेम— ना॰ [भो॰ ब॰ सिबे आगो बाल्ने कामका लागि तयार गरिएका काठका टुक्रा; दाउरा ।

सेमिनार— [जर्म॰] कुनै विषयका बारेमा सामूहिक रूपले गरिने छलफल; विचार–सङ्गोष्ठी ।

सेयर— ना॰ [अङ्॰ शेयरे कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा; साझेदारी । ~ धनी— ना॰ सेयरको मालिक; साझेदार । ~ होल्डर— ना॰ सेयर लिने व्यक्ति; सेयरधनी; साझेदार ।

सेर्–नु— स॰ क्रि॰ [सं॰ क्षरणे काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै धसेर काट्नु; रेट्नु ।

सेर१— ना॰ [सं॰] पुरानो प्रणालीको तौलमा मनको चालीसौँ भाग; असी तोला तौलको परिमाण ।

सेर२— ना॰ [फा॰ शेरे १. सिंह । २. वीर पुरुष; बहादुर मानिस ।

सेर३— ना॰ [फा॰ शेरे १. दुई पङ्क्तिमा कुनै भावको पूर्णता आउने गरी लेखिने एक प्रकारको फारसी वा उर्दू कविता ।

सेर४— ना॰ [सेले नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी ।

सेरबानी— ना॰ [फा॰ शेरबानी] घाँटी टम्म हुने र फेर घुँडासम्म आउने, ओभरकोटका छाँटको बाहिरी पोसाक ।

सेरा१— ना॰ [फा॰ सेराबे १. सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन । २. राजारजौटाहरूले आफैँ रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती । ३. ठूलो खेत; माणी खेत ।

सेरा२— वि॰ [फा॰ शेरे धनको जगरसेठ; ठूलो धनी ।

सेराइ— ना॰ [सेर् (+आइ॰] सेर्ने क्रिया वा प्रक्रिया । [ > ] सेराइनु— क॰ क्रि॰ सेर्न लाइनु; सेरिने तुल्याइनु । सेराउनु— प्रे॰ क्रि॰ सेर्न लाउनु; रेटाउनु ।

सेरालो— ना॰ [सेरा+लो] सेराको रेखदेख गर्ने प्रमुख कर्मचारी; कम्तिया ।

सेराहट— ना॰ [सेर्+आहट] १. सेराइ । २. शोषण; ठगी ।

सेराहा— वि॰ [सेर्+आहो १. सेर्ने काम गर्ने । २. शोषक; ठग ।

सेरिनु— क॰ क्रि॰ [सेर्+इ+नु] सेर्ने काम गरिनु; रेटिनु ।

सेरेन्जा— ना॰ [धिमा॰] गजाले रेटेर बजाइने, चारवटा तार हुने, सारङ्गीजस्तो तारबाजा ।

सेरोफेरो— ना॰ [सेरो+फेरो] १. कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; कुनै जग्गा, जमिनको वरिपरिको भाग । क्रि॰ वि॰ २. सर्वत्र; चारैतिर ।

सेर्पा— ना॰ [भो॰ ब॰] हिमाली वर्गको एक नेपाली जाति; स्यार्बा । श्र सेर्पाली— ना॰ १. सेर्पा जातिले गाउने गीत; लोकगीतको एक भाका । २. सेर्पा जातिको भाषा । वि॰ ३. सेर्पासम्बन्धी; सेर्पाको ।

सेर्बानी— ना॰ [फा॰ शेरवानी] सेरबानी कोट ।

सेर्मा— ना॰ [तिब्ब॰ सेर् (=सुन॰+मो १. पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो । २. लिम्बू जातिको एक थर ।

सेल्–नु— स॰ क्रि॰ [सं॰ शीलने छेड्नु; छेडेर उन्नु; सेला पार्नु ।

सेल— ना॰ [रू सेल्+अ] धानका चामलको पीठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिब आकारको पारेर बनाइने रोटी; घुमाउने रोटी; जेब्रे ।

सेला— ना॰ [सेल्+ओ सेलेर सुकाएको वा सुकाउन झुन्ड्याएको मासु ।

सेलाइ— ना॰ [रू सेल् (+आइ॰] १. सेल्ने वा उन्ने क्रियाप्रक्रिया । [ सेलाउ+आइ] २. सेलाउने वा चिसो हुने किसिम, क्रिया वा भाव । [ > ] सेलाइनु— अ॰ क्रि॰ १. सेलाउने हुनु; चिसिनु । क॰ क्रि॰ २. सेलिनु; उनिनु ।

सेलाउनु— अ॰ क्रि॰ [शीतल+आउ+नु] १. तातो वस्तु चिसो हुनु; ठन्डा हुनु । २. जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु । स॰ क्रि॰ ३. तातो वस्तु चिसो पार्नु । ४. देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु । ५. मृतकको शव जलाउनु; दाहसंस्कार गर्नु । प्रे॰क्रि॰ [ सेल्+आउ+नु] सेल्न लगाउनु ।

सेलिया— ना॰ [सं॰ शिर+इया/शैल+इयो नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना; सेलियापगरी । ~ पगरी— ना॰ सेलिया ।

सेली— ना॰ [सं॰ शैल+ई] १. पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर; तोडा । २. सेलिया ।

सेलो१— ना॰ [भो॰ ब॰] भोटे, तामाब, सेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय; सेलो गीत ।

सेलो२— ना॰ [सेल्+ओ] १. मासु, कुभिन्डो आदि काटेर बनाएको लामो तुन्द्रो; मासुको टुक्रो । २. पिँडालु, कर्कलो आदिका कन्दबाट निस्केको ससाना टुसामध्ये कुनै एक । ३. काँडो; बाण (जस्तो— बिखको सेलो॰ ।

सेल्टि–नु— अ॰ क्रि॰ [सिल्टो+इ+नु] १. भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु । २. मर्नु; सास जानु । > सेल्ट्याइ— ना॰ सेल्टिने वा सेल्ट्याउने क्रियाप्रक्रिया । सेल्ट्याइनु— क॰ क्रि॰ सेल्टिने तुल्याइनु । सेल्ट्याउनु— प्रे॰ क्रि॰/स॰ क्रि॰ सेल्टिने तुल्याउनु ।

सेवक— वि॰ [सं॰] १. सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी । २. सेवन गर्ने; उपयोग गर्ने । ना॰ ३. देवदेवीको भक्त; आराधक । ४. नोकरचाकर; परिचारक; भृत्य ।

सेवडा— ना॰ [हि॰] १. संन्यासीहरूको एक प्रकार; एक प्रकारको संन्यासी । [सेव+डो २. नुन, मसला आदि मिलाएको मैदा मुछी बेलेर चारपाटे पर्ने गरी काटेर घिउमा पकाइएको खाद्य; काटेको निम्की ।

सेवती— ना॰ [सं॰ सेमन्ती] सेतो गुलाफ ।

सेवन— ना॰ [सं॰] १. सुस्वास्थ्यका निम्ति औषधी प्रयोग गर्ने काम । २. पुरश्चरण; उपासना । ३. सत्सङ्ग, तीर्थ, देवस्थल आदिमा सधैँ बस्ने वा जाने काम; देवार्चन । ४. सेवा गर्ने काम; सेवाकार्य; परिचर्या । ५. पालन; पालना । ६. नियमपूर्वक गरिने प्रयोग; अभ्यास । ७. उपभोग; उपयोग । > सेवनीय— वि॰ सेवा गर्न योग्य; सेवन गर्न योग्य ।

सेवन्ती— ना॰ [सं॰] लहरो भएर थाँक्रोमा चढ्ने र सेतो फूल फुल्ने गुलाफ वा सोही फूल; वनमल्लिका; सेवती ।

सेवा— ना॰ [सं॰] १. शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना; उपासना; अर्चना । २. मान्य जनको सम्मान । ३. सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम; नोकरी । ४. आफ्नो रुचिअनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम; उपकार । ५. मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार । ६. तीर्थ, व्रत, सत्सङ्ग आदि] हुने ठाउँमा नियमपूर्वकको बसाइ । ७. टहल; चाकरी । ~ अवधि— ना॰ १. अटुट रूपले सेवामा रहेको समय । २. सैनिक, प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि; सेवाका लागि तोकिएको उमेरको हद । ३. सेवामा प्रवेश गर्न पाउने उमेरको हद । ~ आयोग— ना॰ सेवामा संलग्न हुनेहरूको भर्ना, बहाली, खोसुवा आदिका निम्ति गठित आयोग । ~ कालीन— वि॰ सेवा गर्दै गरेका अवस्थाको; सेवाकालको । ~ कालीन प्रशिक्षण— ना॰ कुनै पनि सेवामा प्रवेश भइसकेका शिक्षक तथा अन्य कर्मचारीको व्यावसायिक तथा बौद्धिक प्रवीणता वा क्षमतावृद्धिका लागि दिइने प्रशिक्षण । ~ पट्ट— ना॰ नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सो भन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक । ~ बिर्ता— ना॰ सेवक वा नोकरचाकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिलेपहिले दिइने गरेको बिर्ता । ~ मुक्त— वि॰ सेवाबाट मुक्त; उमेरको हद नाघी सेवाबाट हटेको । — मुखी— वि॰ सेवामा भर पर्ने; सेवा रुचाउने । — युक्त— वि॰ सेवा गरिएको; सेवासँग सम्बन्धित । ~ योजक— ना॰ कुनै सरकारी वा गैरसरकारी तहमा कामदारहरूलाई नियुक्त गर्ने व्यक्ति वा अङ्ग; सेवानियोजक । ~ वृत्ति— ना॰ १. सेवा वा नोकरी गरेर जीवननिर्वाह गर्ने काम । २. देवदेवालय, मठमन्दिर आदिको सेवा गरी चलाइने जीविका । ~ समर्पण— ना॰ सेवाका लागि पूर्ण रूपले आफूलाई गरिने समर्पण ।

सेवालय— ना॰ [सं॰] असहायहरूको सेवा, सहायता गर्ने स्थल ।

सेविका— ना॰ [सं॰] नोकर्नी; चाकर्नी; परिचारिका; दासी । ~ गण— ना॰ सेविकाहरूको समूह वा मण्डली ।

सेवित— वि॰ [सं॰] १. सेवा गरिएको; शुश्रूषा गरिएको; सुसार गरिएको । २. पूजा गरिएको; आराधना गरिएको ।

सेवितव्य— वि॰ [सं॰] सेवा र सम्मान गर्न योग्य; सेवा गर्नुपर्ने; सेव्य ।

सेवी— वि॰ [सं॰] १. सेवा वा टहल गर्ने; सेवक । २. उपभोग गर्ने; सेवन गर्ने । ३. आराधक; उपासक । ४. कुनै शब्दका पछिल्तिर लागि त्यस वस्तुको सेवा गर्ने वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै—मदसेवी, ईश्वरसेवी आदि॰ ।

सेवोपहार— ना॰ [सं॰] १. सेवा गरेबापत दिइने उपहार; सेवकले पाउने उपहार । २. उपादान ।

सेव्य— वि॰ [सं॰] सेवितव्य; सेवनीय ।

सैँतिस— ना॰ [प्रा॰ सत्ततीसइ < सं॰ सप्तत्रिंशत्] १. तीसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तीस र अठतीसका बीचको सङ्ख्या; ३७–को अङ्क । वि॰ २. उक्त सङ्ख्या वा अङ्कबराबरको । श्र सै”तिसौ”— वि॰ सैँतीस सङ्ख्याको क्रममा पर्ने; छत्तीसपछिको पहिलो ।

सैँतीस— ना॰ हे॰ सैँतिस । > सै”तीसौ”— वि॰ हे॰ सैँतिसौँ ।

सैतान— ना॰ [अ॰ शैताने १. इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि । २. भूतप्रेत वा पिचास । वि॰ ३. बदमास; दुष्ट । > सैतानी— वि॰ १. सैतानसम्बन्धी; सैतानको । ना॰ २. सैतानको काम; बदमासी; दुष्टता ।

सैद्धान्तिक— वि॰ [सं॰] १. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी । २. सिद्धान्तको; सिद्धान्तसम्बन्धी । ४. सिद्धान्त जान्ने; सिद्धान्तविद् । ~ समालोचना— ना॰ साहित्यशास्त्रीहरूले निर्माण गरेका सिद्धान्तको आधारमा काव्यकृतिको समालोचना गरिने पद्धति । ~ स्वर— ना॰ १. उच्चारणअवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावनाबिन्दु; शास्त्रीय स्वरवर्ण; शास्त्रीय मूल स्वर । २. अन्तर्राष्ट्रिय ध्वनिशास्त्रीय वर्णमालाले स्वीकार गरेको स्वरवर्ण ।

सैन१— ना॰ १. पहाडको शिखरभन्दा केही तलको, सम्म परेको, बस्ती, खर्क र गौचरको निम्ति अनुक¨ल ठाउँ । २. खर्क; खर्के पाखो ।

सैन२— ना॰ [अङ्॰ साइनसे सइन । ~ खटिरो— ना॰ भयानक रूपको एक खटिरो ।

सैनिक— ना॰ [सं॰] १. सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही; योद्धा । वि॰ २. सेनासम्बन्धी; फौजसम्बन्धी । ~ अदालत— ना॰ सैनिकहरूका विरुद्धको मुद्दामामिला हेर्ने अदालत । ~ कानुन— ना॰ सैनिक अदालत तथा प्रशासनसित सम्बन्धित कानुन । ~ जेल— ना॰ सैनिक (सेना र प्रहरी॰ कानुनअनुसार कसूरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ; कालकोठरी; कोतगारत । — ता— ना॰ १. सैनिकको स्वभाव वा गुण । २. सैनिकजीवन; युद्ध । ~ तालिम— ना॰ सैनिक जवानलाई दिइने युद्ध गर्ने, हतियार चलाउने, व्यायाम गर्ने आदि तालिम । ~ तालिम केन्द्र— ना॰ सैनिक जवानलाई तालिम दिइने ठाउँ वा स्कुल । ~ दीर्घ सेवापट्ट— ना॰ सैनिक सेवामा अविच्छिन्न पच्चीस वर्ष सेवा गर्ने सैनिकलाई प्रदान गरिने पदक । ~ द्रव्यकोश— ना॰ सैनिक सेवामा काम गर्ने कर्मचारीहरूको तलबबाट महिनैपिच्छे कट्टा गरी जम्मा हुने र सेवामुक्त भएपछि पाउने सञ्चित धन; सैनिकको सञ्चयकोष । ~ न्यायालय— ना॰ युद्ध र सेनासम्बन्धी मुद्दामामिला हेर्ने इजलास; सैनिक अदालत । ~ परिचारिका— ना॰ सैनिकस्वास्थ्य केन्द्रमा नर्सको काम गर्ने आइमाई; सैनिक सेविका । ~ विद्रोह— ना॰ कुनै देशका सर्वोच्च शासकका विरुद्ध त्यस देशका सेनाबारा गरिने विद्रोह; सैनिक क्रान्ति । ~ विनय निर्देशक— ना॰ सेनामा सैनिक तालिम दिने अधिकारी (डाइरेक्टर अफ मिलिटरी ट्रेनिब॰ । ~ शिक्षा केन्द्र— ना॰ सेनालाई तालिम दिने स्कुल । ~ शिक्षाधिकृत— ना॰ सैनिक शिक्षाकेन्द्रका हाकिम । ~ सङ्गठन— ना॰ सैनिक वर्गको सामाजिक, बौद्धिक आदि विकास र सैनिक सेवाको सुदृढीकरणका लागि भएको व्यवस्थित सङ्गठन; सेनाको सुदृढीकरण । ~ सचिव— ना॰ सैनिक विभागको प्रशासकीय उच्च अधिकारी (मिलिटरी वा सैनिक सेक्रेटरी) । ~ सहचारी— ना॰ जुनसुकै देशका राजदूतावासमा रही सेनासम्बन्धी मामिला हेर्ने, दक्षताप्राप्त क¨टनीतिक अधिकारी । ~ सेवा— ना॰ निजामती सेवा र प्रहरी सेवाभन्दा छुट्टै सैनिकहरूतर्फको सेवा । ~ सेवा पदक— ना॰ नेपाली सेनामा दस वर्षसम्म अविच्छिन्न रूपमा प्रशंसनीय सेवा गर्ने कर्मचारीलाई प्रदान गरिने पदक । ~ स्वास्थ्य केन्द्र— ना॰ सेनाको उपचारका निम्ति बनेको अस्पताल । ~ स्वास्थ्य सेवा

निर्देशक— ना॰ सेनामा स्वास्थ्यसम्बन्धी कार्यक्रमको निर्देशन र सञ्चालन गर्ने उच्च पदाधिकारी । ~ हिरासत— ना॰ १. सैनिकहरूबारा नियन्त्रित थुनाघर । २. उक्त थुनाघरमा थुन्ने वा थुना पर्ने कार्य । > सैनिकीकरण— ना॰ उमेर पुगेका बालिग नागरिकलाई अनिवार्य सैनिक शिक्षा दिई सेनामा प्रवेश गराउने नीति वा कार्यक्रम ।

सैन्धव— वि॰ [सं॰] १. सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी । २. सिन्धु वा समुद्रसम्बन्धी । ३. समुद्रमा हुने वा पाइने । ना॰ ४. सिन्धुदेशमा हुने घोडाको एक जात । ५. सिँधेनुन । > सैन्धवी— ना॰ ग्रीष्म ऋतुमा गाउँदा शोभनीय हुन्छ भनी बताइएको एक रागिनी ।

सैन्य— वि॰ [सं॰] १. सेनासँग सम्बन्धित; सेनाको । ना॰ २. सिपाही; सैनिक । ३. पल्टन; सेना; फौज । — वास— ना॰ सेनाको आवास; शिविर; छाउनी । ~ विनियोजन— ना॰ देशका सङ्कटकालमा युद्धमा भर्ना गरिएका सेनालाई आवश्यकता पूरा भएपछि सेवाबाट छुट्टी दिने काम; सेनाको विघटन वा बर्खासी । ~ शक्ति— ना॰ १. सेनाको भरमा चल्ने शक्ति । २. फौजको शक्ति । ~ सज्जा— ना॰ सेनालाई हतियारले सुसज्जित तुल्याई युद्धका वा सुरक्षाका निम्ति सधैँ तयार राख्ने काम ।

सैर— ना॰ [अ॰] १. मन बहलाउनका निमित्त गरिने पर्यटन; वरपरतिर घुमेर गरिने मनबहलाउ । २. पदयात्रा । ३. यात्रा ।

सैरन्ध्री/सैरिन्ध्री— ना॰ [सं॰] १. अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला; रूपसज्जाको काममा खटिएकी सेविका । २. द्रौपदी ।

सैल— ना॰ [अ॰ सैरे सयल; सैर ।

सैलुब— ना॰ [भो॰ ब॰] जनकपुर अञ्चलअन्तर्गत पूर्व दुई नम्बर क्षेत्रमा पर्ने एक अग्लो र प्रसिद्ध लेक ।

सैवाल— ना॰ [सं॰ शैवाले पानी जमेका ठाउँमा पलाउने हरियो रबको झ्याउ; सिमाली; जलसिमाली । ~ समुद्र— ना॰ झारहरूले सैँतिस—सैवाल ~ घेरिएको समुद्र ।

सैसैला— ना॰ [अ॰ मू॰] रूखका लामा हाँगाबिँगामा वा लचिला वस्तुमा झुन्डिएर वा बसेर हल्लिँदै खेलिने खेल; बालक्रीडाको एक प्रकार; चच है ।

सो— सर्व॰ [सं॰ सःे १. पहिले उल्लेख भइसकेका वस्तुका नामको सट्टामा प्रयोग हुने सर्वनाम; त्यो । वि॰ २. उक्त; त्यही; निज ।

(उदा॰— सो कुरो मैले बुझिनँ॰ ।

सोँठो— ना॰ [सं॰ सोट्टे १. मोटो लट्ठी; ठूलो घोचो; लाठो । २. लाठाको प्रहार; लट्ठीको हनाइ ।

सोँस— ना॰ [सं॰ शिशुमारे कालो वा खैरो रबको पिठिउँ, सेतो रबको छाती र लामो थुतुनु हुने एक जातको स्तनपायी जलचर; गुँज (डल्फिन माछो॰ ।

सोइपरी— क्रि॰ वि॰ [सो+पर्+ई] त्यसमा पनि; अझ; झन् अझ ।

(उदा॰— ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ ॰ ।

सोइला/सोइलो— ना॰ [सं॰ शलाको १. गाडी वा हलामा लगाइने, गोरु वा राँगाका जुवामा ठोकिने काठको छोटाछोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको सोही साधन । २. काठको तीखो, लामो कुनै पनि ठेडी वा सुइरो ।

सोकाउनु— अ॰ क्रि॰ [सोक+आउ+नु] शोकमा पर्नु; शोकग्रस्त हुनु; सोगाउनु ।

सोकेस— ना॰ [अङ्॰] कुनै वस्तुहरू प्रदर्शन गर्दा वा बेच्दा सुरक्षित राख्न सिसा ठोकेर बनाइएको दराज; प्रदर्शनी वा बिक्रीका नमुना सुरक्षित रूपमा राख्न बनाइएको पारदर्शक वस्तु जडिएको दराज वा कुनै पनि वास्तुशिल्प ।

सोक्पा— ना॰ [भो॰ ब॰] हिमालयका गुफातिर बस्ने र जङ्गली मान्छे भनी प्रसिद्ध एक पुराकथात्मक वा दन्त्यकथात्मक प्राणी; हिममानव; यती; याँठे ।

सोक्याहा— वि॰ [शोक+याहो जतिखेर पनि शोकै मात्र गरिरहने; शोक गर्ने स्वभावको; चिन्तालु; सुर्तालु ।

सोख— ना॰ [अ॰ शौके १. आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा । २. सुख; ऐसआराम; आनन्द; अयस । > सोखिन— वि॰ सोखी (कलाकार, खेलाडी, शिल्पी आदि॰; सौखिन । सोखिलो— वि॰ सोख गर्ने स्वभाव भएको; सोखी; आमोदप्रेमी । सोखी— वि॰ १. कुनै विषयमा चिन्ता नगर्ने । २. कुनै व्यवसाय, शिल्प, कला वा क्रीडामा पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन ।

सोख्ता— ना॰ [फा॰ सोख्ते मसी आदि सोस्ने काममा प्रयोग हुने खस्रो किसिमको बाक्लो कागत; सोस्ता (ब्लटिब पेपर॰ ।

सोगाउ–नु— अ॰क्रि॰हे॰ सोकाउनु ।

सोघा— ना॰ [लिम्बू॰] लिम्बू संस्कृतिमा मान्छेलाई अकाल मृत्युको सिकार बनाउँछ भनी विश्वास गरिने एक प्रेत ।

सोच्–नु— स॰ क्रि॰ [सं॰ शोचने १. विचारमा डुबेर चिन्तन गर्नु; मनन गर्नु । २. शोकसुर्ता गर्नु; अपशोच गर्नु । > सोच— ना॰ १. कुनै विषयमा विचारमग्न हुने काम; मनन; सोच्ने काम । २. सङ्ग्रह; जोरजाम; सञ्चय; साँच । ३. मनमा पर्ने चिन्ता; मनको पीर । सोचना— ना॰ १. चिन्तन गर्ने काम; विचारगराइ । २. चिन्तन; सोचविचार गरेर मात्रै गरिने कुनै निर्णय । ३. विवेकदृष्टि; बुद्धिको सदुपयोग । ४. सोचाइ वा विचारगराइ । सोचाइ— ना॰ सोच्ने भाव, क्रिया वा प्रक्रिया । सोचाइनु— क॰ क्रि॰ सोच्न लाइनु । सोचाउनु— प्रे॰ क्रि॰ सोच्ने गराउनु; विचार गराउनु ।

सोचिनु— क॰ क्रि॰ सोच्ने काम गरिनु; विचार गरिनु ।

सोज— ना॰ [सं॰ शोच/सुझे १. सोचविचार गर्ने काम; सोझ । २. कुनै वस्तु जोरजाम गरेर जोगार गर्ने काम; जोहो; जगेडा । ३. सुझ ।

सोजा— ना॰ [मोजाको अनुकरण सादृश्ये गोडामा मोजाभन्दा बाहिरपट्टि लगाइने जुत्ताका आकारको कपडा आदिको वस्तु ।

सोझ— ना॰हे॰ सोज ।

सोझासोझी— ना॰ [सोझो+सोझो] १. आमुन्नेसामुन्ने; आम्नेसाम्ने । क्रि॰ वि॰ २. विना छलकपट; इमानदारीसाथ; हाक्काहाक्की ।

सोझिनु— अ॰ क्रि॰ [सोझो+ई+नु] १. सीधा हुनु; बाङ्गोको विपरीत हुनु । २. भनेको मान्ने हुनु; नबटारिनु । ३. उद्देश्यतिर उन्मुख भई अघि बढ्नु । क॰ क्रि॰ ४. सोझो पारिनु ।

सोझी— क्रि॰ वि॰ [सोझो+ई] १. सामुन्ने; एकदमै सीधै; सामु पारेर; सोझै । २. कतै वा कहीँ पनि नरोकिईकन; सरासर; कतै नअलमलिई ।

सोझेटो— ना॰ [सोझो+टो] सोझो बाटो; चोर बाटो; पियालो ।

सोझेरी— क्रि॰ वि॰ [सोझो+एरी] १. सीधासाधा हिसाबले; बाङ्गोटिङ्गो नगरी; सोझै । २. छलकपटविना । ना॰ २. सोझो मति; सोझो कार्य; सोझो वचन ।

सोझै— क्रि॰वि॰ सीधै; सरासर; सोझी ।

सोझो— वि॰ [प्रा॰ सोझ्झे १. बाङ्गोको विपरीत; सीधा । २. छलकपट नगर्ने; इमानदार; सरल स्वभावको । ~ कुरा— ना॰ भएको साँचो कुरा; खसोखास । ~ मन— ना॰ शुद्ध चित्त; असल नियत । ~ मुख— ना॰ झर्कोफर्को नगरेको वा नरिसाएको मुख । ~ हात— ना॰ आफूले ताकेको ठाउँमा लाग्ने हात ।

सोझ्याइ— ना॰ [रू सोझि (+याइ॰] सोझिने क्रिया वा प्रक्रिया । [ > ] सोझ्याइनु— क॰ क्रि॰ सोझो पारिनु; सीधा बनाइनु ।

सोझ्याउनु— प्रे॰ क्रि॰/स॰ क्रि॰ सोझो पार्नु; सीधा गर्नु; सोझो वा सीधा पार्न लगाउनु ।

सोट्ठा— ना॰ [अ॰ मू॰ स्वाँठ+ओ १. कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; सोँट्ठा । २. सिर्कनु; छडी । ३. सन्ठी । श्र सोट्ठिनु— अ॰ क्रि॰ डन्डाबारा लाग्नु; पिटाइ हुनु; कुटिनु ।

सोट्ठ्याइ— ना॰ सोट्ठ्याउने भाव, क्रिया वा प्रक्रिया । सोट्ठ्याइनु— क॰ क्रि॰ सोट्ठैसोट्ठाले पिटिनु; गोदाइनु । सोट्ठ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ लट्ठीले मार गोद्नु वा गोदाउनु; चुट्नु वा चुटाउनु ।

सोठा— ना॰ [सोँठो १. कपडा सिउने मेसिनको धागो बेर्ने कागतको टोक्रो ।

सोठो— ना॰ [सोँठो] १. मोटो लट्ठी; लामो घोचो; सोँठो । २. सोठाको प्रहार ।

सोडा— ना॰ [फा॰ शोरे १. लुगाफाटा, भाँडाकुँडा आदि धुने काममा प्रयोग गरिने पाउडरजस्तो धूलो क्षार पदार्थ । २. पानीमा मिलाएर वा रोटी आदि उकास्ने काममा प्रयोग गरेर खाइने वस्तु; खाने सोडा ।

सोडातोडा— ना॰ [(बि॰) सोडा+तोडा = तोडासोडो चर्सासँग लगाइने रकमको नाम । सोडा पानी— ना॰ [सोडा+पानी] सोडा र एस्कर्बिक एसिडसमेत मिलाई बोतलमा बन्द गरिएको पानी; सोडादार पानी ।

सोतर— ना॰ [सं॰ शोषास्तर > प्रा॰ सोसअत्त > सोहत्त+र] १. पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्याइने सुक्खा पातपत्कर आदि । २. बिछ्याइने काममा प्रयोग हुने एक जातको उन्यूँ; सोत्रे उन्यूँ । वि॰ ३. बिरामी भई पसारो परेको; लम्पसार परेको । ४. जथाभावी छरिएको ।

सोताङ्गी— ना॰ [सोताङ्ग+ई] १. सोताङ्गवर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम । वि॰ २. सोताबहरूको; सोताबसम्बन्धी ।

सोताला— ना॰ [भो॰ ब॰] आदरका रूपमा लोग्नेमानिसलाई प्रयोग गरिने शब्द ।

सोती— ना॰ [सोतो+ई] १. तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ । २. पहाडको काखमा रहेको मसिना गरा भएको सानो खेत । ३. नेपालका बाहुनछेत्रीको एक थर । ४. घरभित्रको एक कोठाबाट अर्को कोठामा जाने वा भित्रबाहिर गर्ने छेडो (कोराइडर॰ ।

सोते— ना॰ [सोतो+ए] १. बाँस काटेर बनाइएको (चिलिम जड्न हुने॰ हुक्का । २. बाँसको हुक्का । वि॰ ३. सोतो परेको ।

सोतो— ना॰ [सं॰ स्रोते १. सोझो, साँघुरो र लाम्चो परेको बाटो वा ठाउँ । २. सुलुत्त परेको वस्तु । ३. बादल, धूवाँ, ज्योति आदिको मुस्लो । ४. पानीको भुल्को; जलप्रवाह; स्रोत । ५. ससानो कुलो ।

सोत्रि–नु— अ॰ क्रि॰ [सोतर+इ+नु] १. सोतरझैँ जथाभाबी छरिनु; बग्रेलो हुनु । २. धराशयी भएर सामूहिक रूपमा ढल्नु ।

सोत्रे— ना॰ १. रुघामर्कीको रोग । २. मौरीका भन्दा केही साना बोट र अलि फुस्रा पात हुने एक वृक्ष । ~ उन्यु— ना॰ सोतर बनाउने काममा प्रयोग हुने एक जातको उन्यू; उन्यूँको एक भेद । > सोयभयान— ना॰ १. सोतरझैँ जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम । २. सोतर बनेका वस्तुहरूको समूह । सोयभयाम्म— क्रि॰ वि॰ १. जथाभावी सुत्ने वा गन्द्र्याङ्ग लड्ने गरी । वि॰ २. सोत्तर परेको; सोत्रिएको ।

सोदर— वि॰ [सं॰] एउटै गर्भबाट जन्मेको; आफ्नै आमाका गर्भबाट जन्मेको; सहोदर । > सोदरा— वि॰ एकै गर्भबाट जन्मिएकी; सहोदरा । सोदरीय— वि॰ एकै गर्भको; सहोदर ।

सोदाहरण— वि॰ [सं॰] उदाहरणसहितको; प्रस्ट पार्नका निम्ति उदाहरणसमेत दिइएको । क्रि॰ वि॰ २. उदाहरणका साथमा ।

सोद्देश्य— वि॰ [सं॰] १. उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको । क्रि॰ वि॰ २. उद्देश्यका साथमा ।

सोध्–नु— स॰ क्रि॰ [सं॰ शोधन+नु] १. कसैलाई कुनै कुराको प्रश्न गर्नु । २. जवाफ माग्नु; निधो माग्नु । ३. शुद्ध गर्नु; संशोधन गर्नु । ४. खारखेर गर्नु; बयान लिनु । ५. औषधीहरू परिशोधन गर्नु; दबाई बनाउनु ।

सोध— ना॰ [सं॰ शोधे लिएको रकम फिर्ता गर्ने काम; सट्टाभर्ना ।

सोधनी— ना॰ [सोध्+अनी] सोध्ने काम; सोधाइ; प्रश्न; सबाल ।

सोधपुछ— ना॰ [सोध्+ हि॰ पुछे प्रश्नगराइ; केरकार । सोध भर्ना— ना॰ [सोध्+भर्ना] पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम; लिएको बढी रकम, तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने काम; सट्टाभर्ना ।

सोधाइ— ना॰ [रू सोध् (+आइ॰] सोध्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सोधाइनु— क॰ क्रि॰ सोध्ने काम गराइनु; सोध्न लाइनु ।

सोधाउनु— प्रे॰ क्रि॰ सोध्ने काम गराउनु; सोध्न लगाउनु ।

सोधिनु— क॰ क्रि॰ सोध्ने काम गरिनु ।

सोपाधि— वि॰ [सं॰] उपाधि वा दर्जासहितको उपाधि । > सोपाधिक— वि॰ उपाधिले सहित वा युक्त भएको; उपाधिसहितको ।

सोपान— ना॰ [सं॰] भथ्याब; लिस्नो ।

सोप्य्राक्क— क्रि॰ वि॰ [अ॰ मू॰ सोप्य्राक्+क] हे॰ सुप्रुक्क ।

सोफा— ना॰ [अङ्॰] कपास, फोम आदिका साथै स्प्रिबसमेत जडी बाहिरबाट कपडा आदिको आवरण हाली तयार पारिएको अडेसदार लामो बेन्च । ~ सेट— ना॰ सोफा र आवश्यक अन्य वस्तुको बाना (कुर्सी, टेबुल इ॰) ।

सोभान— ना॰ [सं॰ सुवाणी] राम्रो आनीबानी; सुबान । ~ साही— ना॰ एकीकरणपूर्वको जुम्ला राज्यका अन्तिम कल्यालवंशी राजा ।

सोभिता— ना॰ [सं॰] रछाया रबको, एक प्रकारको निकेलजस्तो धातु ।

सोम१— वि॰ १. धेरै समयसम्म सुतिरहने; सुताहा । २. अल्सी; लोसो । ३. बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको । ४. कृपण; किरन्टोकी ।

सोम२— ना॰ [सं॰] १. जून; चन्द्रमा । २. आइतबारका भोलिपल्टको बार; सौँबार । ३. देवताहरूले पान गर्ने अमृत; सोमरस । ४. सोमलता ।

सोमत— ना॰ [अ॰ सोहबते १. राम्रो किसिमको आनीबानी । २. सभ्य आचरण; सभ्यपन; सदरियापन । ३. शिष्टता; भद्रता । श्र सोमतिलो— वि॰ राम्रो स्वभाव र आचरण भएको; सोमती ।

सोमती— वि॰ राम्रो सोमत भएको ।

सोमतीर्थ— ना॰ [सं॰] भारतको काठियाबाड प्रदेशमा रहेको एक प्राचीन तीर्थस्थल; प्रभासतीर्थ ।

सोमनाथ— ना॰ [सं॰] सोमतीर्थमा रहेका मन्दिरमा रहेको शिवको मूर्ति; बाह्रवटा ज्योतिर्लिङ्गमध्ये प्रसिद्ध एक लिङ्ग ।

सोमपान— ना॰ [सं॰] १. सोमलताको रसपान गर्ने काम; सोमरसको पान । २. मदिरापान गर्ने काम ।

सोमपायी— वि॰ [सं॰] सोमरस पान गर्ने (व्यक्ति॰ ।

सोमबार— ना॰ [सं॰ सोमवासरे सातोटा वारमध्ये दोस्रो वार; आइतवार र मङ्गलवारबीचको दिन; साँैबार । > सोमबारे— वि॰ सौँबारका दिनको; सौँबारसम्बन्धी; सोमबारे ।

सोमयज्ञ/सोमयाग— ना॰ [सं॰] विधिपूर्वक संस्कार गरिएको सोमरस पान गरेर सम्पन्न गरिने प्रसिद्ध एक वैदिक याग ।

सोमरथ— ना॰ [सं॰] सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने रथ ।

सोमरस— ना॰ [सं॰] १. सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस । २. सोमरसले झैँ मत्याउने पेय पदार्थ; भाब ।

सोमलता— ना॰ [सं॰] चन्द्रमाका कला वृद्धि र ह्रास भएझैँ शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औँसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो ।

सोमवंश— ना॰ [सं॰] अत्रि ऋषिका आँखाबाट जन्मिएका चन्द्रमाका सन्तान मानिने एक पौराणिक क्षत्रियवंश । > सोमवंशी— वि॰ सोमवंशको । सोमवंशीय— वि॰ सोमवंशी; चन्द्रवंशी ।

सोमवती— वि॰ [सं॰] १. सोमवार र औँसी तिथि मिलेको (दिन॰ । ना॰ २. सौँबारे औँसी ।

सोमवल्लरी/सोमवल्ली— ना॰ [सं॰] सोमलता ।

सोमवार— ना॰ हे॰ सोमबार ।

सोयुज— ना॰ [रुसी] सोभियत रुसले तयार गरेको चन्द्रलोक जाने रकेट वा विमान ।

सोर१— ना॰ [सं॰ स्वरे १. आवाज; ध्वनि; स्वर । [फा॰ शोरे २. चर्को हल्ला; कोलाहल; खलबल । — गुल— ना॰ धेरै मानिसको हल्ला; कोलाहल ।

सोर२— ना॰हे॰ सोह्र ।

सोरठी— ना॰ [प्रा॰ सोरट्ठे गुरुब, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद । ~ मादल— ना॰ सोरठी नाचमा नाच्ने गर्राहरूले भिरेर बजाउने मादल ।

सोरत्र— क्रि॰ वि॰ [सं॰ सर्वत्रे १. जताततै; सबैतिर । २. पूरै बनिबनाउ हुने गरी । वि॰ ३. सर्वाङ्ग अनुक¨ल परेको ।

सोरही— ना॰ [सोह्र+ई] सोह्र मुठाको समुदाय (उदा॰— यसपालिको सनको खेती सप्रिएन, एक सोरहीमा एक मन पनि भएन॰ ।

सोरा— ना॰ [फा॰ शोरे चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया ।

सोरानी— ना॰हे॰ सोह्रानी ।

सोराहा— ना॰ [सोह्र+आहो सोह्र सोरहीको समुदाय ।

सोरौँ— ना॰ [सोर+औँ] हे॰ सोह्रौँ ।

सोल१— ना॰ [सेलो १. पिँडालुको सेला काटेर सुकाइएका चाना; पिँडालुका सुकेका टुक्रा । २. नाम्लाका पातमा लगाइने डोरी; बरियो ।

सोल२— ना॰ [अङ्॰] बुट वा जुत्ताका पैतालाको बाक्लो पातो; जुत्ताको तलुवा ।

सोला१— ना॰ [अ॰ शुअले १. मान्छे पोल्न तयार पारिएको चिता । २. आगाको लप्को । — की सती— वि॰ मसक्क आँट्ने; हुरुक्क हुने (स्त्री॰ ।

सोला२— ना॰ [सं॰ शूले १. चोरबाटो हिँड्ने अपराधी वा सिकारका जन्तुलाई धरापमा पारेर फसाउन नदेखिने गरी राखेको शूली; बातो; दर्जन; धराप; पासो । २. सुइरो; भाला । ३. कुनै ठाउँको रक्षाका निम्ति नदेखिने वा देखिने गरी बिछ्याएर राखिएका काँडा बिझ्ने वा घोच्ने वस्तु । ४. अङ्गप्रत्यङ्ग चसचसी घोच्ने एक प्रकारको पीडादायी तरङ्ग वा व्यथा ।

सोलि–नु— अ॰ क्रि॰ [सोली+इ+नु] सोलीका आकारको हुनु; झुसिनु; चुलिनु ।

सोली— ना॰ १. पीँधतिर सानो र मुखतिर फुक्दै गई ठूलो भएको चोयाको टोकरी । २. मुख ठूलो र पीँध सानो भएको, एक भाँडाबाट अर्का भाँडामा तेल आदि पदार्थ खन्याउने काममा आवश्यक पर्ने साधन; छुची ।

सोलु— ना॰ [भो॰ ब॰] १. सोलुखुम्बु जिल्लाको एक स्थल । २. सगरमाथा अञ्चलको एक जिल्ला; सोलुखुम्बु । — खुम्बु— ना॰ नेपाल अधिराज्यको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला; विश्वप्रसिद्ध हिमाल सगरमाथा रहेको जिल्ला ।

सोलुत्रे— ना॰ [फ्रा॰] प्राग्पुरातत्त्वअनुसार सोलुत्रेमानवले प्रयोग गरेका पत्थरका हतियार । ~ मानव— ना॰ फ्रान्सको सालुत्रे भन्ने ठाउँमा इसापूर्व चौध हजार वर्षतिर थियो भन्ने पत्ता लागेको मानव ।

सोलोडोलो— क्रि॰ वि॰ [(बि॰) डोलो] १. सारा डोल वा इलाका नै आफ्नो अधिकारमा पर्ने गरी । ना॰ २. सर्वाधिकार । ३. पारिवारिक एकाधिपत्य । ४. लामोछोटो, ठूलोसानो मिलाउँदा हुने बराबरी; सालाखाला ।

सोल्टा— ना॰ [सालो+टो महिलाले आफ्ना दाजु वा भाइका साला, जेठानलाई भन्ने नाताबोधक शब्द । > सोल्टिना/सोल्टिनी— ना॰ बहिने ज्वाइँ वा भिनाजुका दिदी वा बहिनी । सोल्टी— ना॰ सोल्टा । सोल्टेरो— ना॰ एक सोल्टीले अर्को सोल्टीलाई दिने उपहार; खिल्लत; कोसेली; सोल्ट्यौलो । सोल्टो— ना॰ सोल्टा (हेयार्थमा॰ । सोल्ट्यौलो— ना॰ सोल्टेरो ।

सोल्मा— ना॰ [भो॰ ब॰] १. भोटेजातिले मृतकको काजक्रिया गर्दा भातबारा बनाइने देवताको रूप; तोर्मा । २. काटेर सुकाइएका पिँडालुका चाना ।

सोल्याइ— ना॰ [रू सोलि (+याइ॰] सोलिने वा चुलिने क्रियाप्रक्रिया । [ > ] सोल्याइनु— क॰ क्रि॰ सोलिनु; चुल्याइनु । सोल्याउनु— प्रे॰ क्रि॰/स॰ क्रि॰ चुल्याउनु ।

सोल्ल— ना॰ किरातकाल तथा लिच्छविकालमा पञ्चखतसम्बन्धी मुद्दामामिला हेर्ने अड्डा ।

सोल्लर— ना॰ [अ॰ मू॰ सल्ल+र] मान्छेले खाने अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो ।

सोल्लास— वि॰ [सं॰] १. भित्री हृदयदेखि नै प्रसन्न भएको; भित्रदेखि प्रस्फुटित भई आएको; हर्षले युक्त । क्रि॰ वि॰ २. उल्लासका साथमा ।

सोस्–नु— स॰ क्रि॰ [सं॰ शोषणे १. कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु । २. सुक्खा पार्नु; सुकाउनु । ३. निष्ठुर धनीले गरिब र पीडितहरूलाई शोषण गर्नु ।

सोसाइ— ना॰ [सोस्+आइ] १. सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ । २. घाम आदिबारा हुने चिसोपनको विलय ।

सोसाइटी— ना॰ [अङ्॰] १. सामाजिक हितका निमित्त स्थापना भएको कुनै समिति; सभा । २. सङ्घ; संस्था । ३. समाज; समुदाय ।

सोसाइनु— क॰ क्रि॰ [रू सोस् (+आइ+नु॰] सोस्न लगाइनु । [ > ]

सोसाउनु— प्रे॰ क्रि॰ सोस्ने काम गराउनु । सोसाहा— वि॰/ना॰ शोषक; चुसुवा; सोस्ने । सोसिनु— क॰ क्रि॰ १. सोसाइमा पारिनु । अ॰ क्रि॰ २. सोसाइमा पर्नु ।

सोस्ता— ना॰ [रू सोख्तो मसी आदि सोस्ने, खस्रो र बाक्लो कागत; सोख्ता ।

सोस्तो— ना॰ तरकारी खाइने बोडी; बोडा ।

सोहमत— ना॰ [अ॰ सोहबते सोमत । > सोहमती— वि॰ सोमती ।

सोहरसाहर— ना॰ [सोहोर+अ (बि॰)] सोहरेर गरिने सरसफाइ; सोहोरसाहर ।

सोहरा— ना॰ [रू सोहोरे भित्रभित्रको हल्ला; घुइरो; सोहोरा ।

सोहाग— ना॰ सुन गाल्ने, औषधी बनाउने आदि काममा आवश्यक पर्ने एक खनिज वस्तु; स्वागा ।

सोही१— वि॰ [सो+ई] १. त्यहीचाहिँ; उक्तचाहिँ नै । सर्व॰ २. ऊ नै ।

सोही२— ना॰ [मोही < (बि॰) सोही] मोहीको पनि मोही; मोहियानी हक पाउनेबाट अधियाँमा जग्गा कमाउने व्यक्ति ।

सोहोर्–नु— स॰ क्रि॰ [प्रा॰ सोहर+नु] १. जतासुकै छरिएको वस्तुलाई एकै ठाउँमा भेला पार्नु । २. भएभरको धनमाल लिनु ।

सोहोरसाहर— ना॰ हे॰ सोहरसाहर ।

सोहोरा— ना॰ हे॰ सोहरा ।

सोहोराइ— ना॰ [रू सोहोर् (+आइ॰] सोहोर्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] सोहोराइनु— क॰ क्रि॰ सोहोर्न लगाइनु । सोहोराउनु— प्रे॰ क्रि॰ सोहोर्ने काम गराउनु । सोहोरिनु— क॰ क्रि॰ सोहोर्ने काम गरिनु; बटुलिनु; समेटिनु ।

सोह्र— ना॰ [सं॰ षोडशे १. दस र छको योग गर्दा हुने सङ्ख्या; १६ सङ्ख्या; सोर । वि॰ २. उक्त सङ्ख्याबराबरको । ~ कौडी— ना॰ जुवा खेल्ने काममा प्रयोग हुने सोह्रवटा कौडा । ~ गन्डी— वि॰ सोह्र आना गोरखपुरी पैसाबराबरको (तौल॰स सोह्र गन्डाबराबर तौल भएको । ~ दिने— ना॰ बिहा भएको सोह्र दिनभित्रै मैतालु पठाउने काम । ~ भाइ— ना॰ व्यङ्ग्य अर्थमा सोह्रवटा कौडाको खेल; कौडाको जुवा । ~ श्राद्ध— ना॰ आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्धसमेत । ~ सराद— ना॰ सोह्रश्राद्ध ।

सोह्रानी— ना॰ [सोह्र+आना+ई] १. राणाकालका थरीमुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेदारीसहितको बिर्ता । २. चौँसट्ठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागू हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ; सोरानी । ३. दोब्बर रकम ब्याज लिने प्रथा । वि॰ ४. सोह्र आनाबराबरको (उब्जा, बाली आदि॰ ।

सोह्रौँ— वि॰ [सोह्र+औँ] सोह्र सङ्ख्यामा आफ्नो क्रम परेको; सोह्र नम्बरमा पर्ने (वस्तु॰ं; पन्ध्रपछिको पहिलो; सोह्रौँ ।

सौँठ–नु— स॰ क्रि॰ [सोँठो+नु] सोँठाले हिर्काउनु; सोट्ठ्याउनु । श्र सौ”ठाइ— ना॰ सौँठाउने भाव, क्रिया वा प्रक्रिया । सौ”ठाइनु— क॰ क्रि॰ लट्ठीले हिर्काइनु । सौ”ठाउनु— प्रे॰ क्रि॰ सौँठने काम गराउनु; सोँठाउन लाउनु । सौ”ठिनु— क॰ क्रि॰ सोँठाले हानिनु ।

सौँबार— ना॰ [सं॰ सोमवारे प्रतिहप्ता आइतबारदेखि थालिएर सन्सरबार टुङ्गिने सात वारमध्ये दोस्रो; सोमवार ।

सौँराइ— ना॰ [सं॰ । स्मरण (+आइ॰] सम्झना; सम्झनागराइ । [ > ] सौ”राइनु— क॰ क्रि॰ सम्झना गराइनु । सौ”राउनु— प्रे॰ क्रि॰ सम्झना गराउनु । सौ”राहट— ना॰ सौँराइ; सम्झना ।

सौखिन— वि॰ [अ॰ शौकिने १. सोखी; सोखिन । २. लहडी; रसिक ।

सौख्य— ना॰ [सं॰] १. सुख; आनन्द । २. कल्याण; कुशलमङ्गल ।

सौगत— वि॰ [सं॰] १. सुगतसम्बन्धी; बुद्धसम्बन्धी । २. बौद्ध धर्मावलम्बी; बुद्धधर्मको अनुयायी । > सौगतिक— वि॰ १. बौद्ध धर्मको अनुयायी; बुद्धधर्मावलम्बी । २. नास्तिक; अनीश्वरवादी । ना॰ ३. अनीश्वरवाद । ४. नास्तिकता ।

सौगन्ध— वि॰ [सं॰] बास्नादार; मगमग बास्ना आउने । श्र सौगन्धिक— वि॰ १. बास्ना आउने; सुगन्धयुक्त । ना॰ २. सुगन्धपूर्ण द्रव्य बनाएर बेच्ने व्यक्ति; सुगन्धद्रव्य बनाउने मान्छे; गन्ध–बेपारी ।

सौगात— ना॰ [तुर्की] आफूभन्दा ठूला व्यक्तिहरूलाई टक्य्राइने कोसेली; उपहार; नजराना ।

सौजन्य— ना॰ [सं॰] सुजन हुनाको भाव, गुण वा अवस्था; सुजनतापूर्वक गरिने काम; सज्जनता; भलादमीपन ।

सौता— ना॰ [सं॰ सपत्नी] आफ्नै लोग्नेकी अर्की स्वास्नी; एकै लोग्नेका दुई वा दुईभन्दा बढी स्वास्नी भएमा एउटीको अर्कीसँगको नाता । > सौताने— वि॰ सौताको नाताको; सौतातिरबाट नाता पर्ने; सौतेलो ।

सौतिनी— वि॰ [सौता+इनी] १. सौतापट्टिको; सौतातिरको । ना॰ २. सौता । ~ आमा— ना॰ आफ्नै आमाकी सौता । ~ ग्रह— ना॰ किंवदन्तीअनुसार लोग्नेको सौता ल्याउने ग्रह वा योग । ~ डाहा— ना॰ सौतामाथि गर्ने वा सौताबारा हुने ईर्ष्या । ~ नाता— ना॰ सौतिनी आमातिरको नाता । ~ पेच— ना॰ सौतासौताका बीच हुने पेच वा छलकपट । ~ बाबु— ना॰ आमाको अर्कापट्टिको पति; दोस्रो वा अन्य बाबु । ~ भाइ— ना॰ सौतिनी आमापट्टिको भाइ । ~ माम्लो— ना॰ सौता र सौताका छोराछोरी, नातागोता भएको अवस्था वा त्यसबाट हुने लेठो । ~ व्यवहार— ना॰ १. सौताले गर्ने नराम्रो व्यवहार । २. दुस्मनीपूर्ण व्यवहार । ३. भेदभाव; पक्षपात । ~ हाड— ना॰ सौतेनी आमातर्फबाट पर्न गएको हाडनाता ।

सौतिने— वि॰ [सौता+इने] सौतिनी ।

सौती— ना॰ [सौता+ई] सौता ।

सौतेनी— वि॰ [सौता+एनी] सौतापट्टिको; सौतातिरको । ~ आमा— ना॰ आफ्नै आमाकी सौता । ~ ग्रह— ना॰ सौतिनी ग्रह । ~ डाहा— ना॰ सौतिनी डाहा । ~ नाता— ना॰ सौतिनी नाता । ~ पेच— ना॰ सौतिनी पेच । ~ बाबु— ना॰ सौतिनी बाबु । ~ भाइ— ना॰ सौतिनी भाइ । ~ माम्लो— ना॰ सौतिनी माम्लो । ~ व्यवहार— ना॰ सौतिनी व्यवहार । ~ हाड— ना॰ सौतिनी हाड ।

सौतेलो— वि॰ [सौता+एलो] सौतापट्टिको; सौतातिरको; सौताने; सौतिने ।

सौत्रान्तिक— वि॰ [सं॰] बौद्ध धर्मको हीनयानपक्षका दुई शाखामध्ये एक ।

सौदा— ना॰ [तुर्की] १. किनबेच गरिने वस्तु; क्रयविक्रय गरिने सामान; व्यापारिक वस्तु । २. स्वीकार्य दरमा कुनै वस्तुको किनबेच भयो भनी पैसाको आदानप्रदान हुनुअगावै दुई पक्षबीच भएको समझौता । — गर— ना॰ पैसा लिएर वा दिएर वस्तुको व्यापार गर्ने व्यक्ति; व्यापारी; वणिक् । — गरी— ना॰ १. किन्ने र बेच्ने काम; किनबेच; व्यापार । २. किनबेचको निर्णय वा सम्झौता । — पात— ना॰ १. किनबेच गरिने वस्तु । २. सौदाको किनबेच । — बाजी— ना॰ द्रव्यका आधारमा वस्तुहरूको किनबेच; सौदागरी ।

सौदामिनी— ना॰ [सं॰] बिजुली; विद्युत्; आकाशमा चम्कने बिजुली ।

सौदे— वि॰ बो॰ [सं॰ सुभद्रे] दूध दुहुँदा गाईभैँसीलाई खुट्टो सार्न बोलिने शब्द ।

सौन्दर्य— ना॰ [सं॰] १. राम्रो बनाउने तत्त्व । २. सुन्दर हुनाको भाव; सुन्दरता । ~ चेतना— ना॰ सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना; साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना; सुन्दरताबोध । ~ बोध— ना॰ सुन्दर र असुन्दरका बीचमा रहेको अन्तर्बोध; लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ । ~ सिद्धि— ना॰ विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्मा रहेको सौन्दर्ययुक्त तत्त्वको साधना र उपलब्धि । ~ सिन्धु— ना॰ सुन्दरताको खानी; सौन्दर्यसागर ।

सौभाग्य— ना॰ [सं॰] १. सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य; उत्तम प्रारब्ध । २. मङ्गलमय अवस्था; कल्याण । ३. नारीहरूमा हुने सधवापनको चिनु; सौभाग्यवतीको लक्षण । ४. सधवा नारीले प्रयोग गर्ने प्रसाधन; सधवाका सिँगारपटारका सामग्री । ~ ज्योति— ना॰ सधवा नारीमा हुने कान्ति; ऐभाँतको दीप्ति । — वती— वि॰ सधवा अवस्थामा लामो जीवन भोग्ने; ऐभाँती; सौभाग्यशालिनी । — वान्— सौभाग्यशाली; सुखसमृद्धिपूर्वक जीवन यापन गर्ने (पुरुष) । ~ सूत्र— ना॰ १. सौभाग्यसूचक धागो; सधवापन जनाउने सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि॰ ।

सौमनस— वि॰ [सं॰] सुमन वा फूलसम्बन्धी । > सौमनस्य— ना॰ फूल फक्रिएझैँ मन प्रफुल्लित हुने काम; मानसिक प्रसन्नता ।

सौम्य— वि॰ [सं॰] १. सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको । २. शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको । ३. हेर्दा एकदमै राम्रो लाग्ने; मनोहर; सुन्दर । ना॰ ४. सोमयज्ञ । ५. चन्द्रमाका पुत्र; बुध । ६. ब्राह्मण । — ता— ना॰ १. सौम्य हुनाको भाव, गुण वा अवस्था । २. सुशीलता; सुन्दरता । ३. शीतलता । ~ दर्शन— वि॰ देख्नेलाई राम्रो लाग्ने; आँखालाई एकदम राम्रो लाग्ने; प्रियदर्शन ।

सौर— वि॰ [सं॰] १. सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको । २. सूर्यबाट उत्पन्न; सूर्यसम्बन्धी । ३. सूर्यको उपासना गर्ने; सूर्यको उपासक । ना॰ ४. सूर्यको छोरो; शनैश्चर । ~ जगत्— ना॰ सौरमण्डल । ~ दिवस— ना॰ अघिल्लो सूर्योदयदेखि लिएर पछिल्लो सूर्योदयसम्मको अवधि ।

सौरभ— ना॰ [सं॰] सुगन्धयुक्त बास्ना; राम्रो बास्ना; सुवास । श्र सौरभित— वि॰ बास्नादार; बास्ना आएको; बास्नायुक्त । सौर मण्डल— ना॰ [सं॰] सूर्यका वरिपरि प्रदक्षिणा गर्ने ग्रहनक्षत्र आदिको समुदाय; सौरपरिवार । २. सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो । ३. सौरजगत् । सौर मास— ना॰ [सं॰] सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्गप्रणालीको महिना; अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो सङ्क्रान्तिसम्मको समयलाई मानिने महिना; सौरमहिना; सौरमान । सौर वर्ष— ना॰ [सं॰] १. सौरमासका आधारमा मानिने वर्ष; सूर्यगतिअनुसार मानिने वर्ष । २. वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तसम्ममा पूरा हुने एक साल ।

सौरा— ना॰ [सं॰ शफर+ओ १. माछाको एक जात; सहर माछो ।

सौरि— ना॰ [सं॰] सूर्यपुत्र; शनैश्चर ।

सौरी— ना॰ [सं॰] १. सूर्यकी पत्नी; संज्ञा; उषा । २. सूर्यपत्नी छाया ।

सौर्य— ना॰ [सं॰] १. सूर्यका छोरा; सूर्यपुत्र; शनैश्चर; शनि । २. सूर्यको शक्ति, तेज, पद वा अधिकार । वि॰ ३. सूर्यको; सौर । ~ शक्ति— ना॰ सूर्यको तापबाट तयार हुने इन्धनशक्ति; सूर्यसम्बन्धी शक्ति; सौरशक्ति ।

सौवर्ण— वि॰ [सं॰] १. सुनबाट बनेको; सुनको; सुवर्णसम्बन्धी । २. सुनजस्तो पहेँलो । ना॰ ३. सुवर्ण; सुन ।

सौवीर— ना॰ [सं॰] १. ठूलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर । २. सिन्धु नदीका किनारमा रहेको, सिन्धुसभ्यताका प्रसङ्गसँग सम्बन्धित एक प्राचीन देश ।

सौष्ठव— ना॰ [सं॰] १. सुन्दरता; राम्रोपन । २. दक्षता; सीप; जुनसुकै कामका लागि आवश्यक पर्ने ज्ञान ।

सौहार्द— ना॰ [सं॰] १. सद्भावना तथा सरलताले भरिएको व्यवहार; सहृदयता; मनको कोमलपन । २. स्नेह; मैत्री; मितेरी । — पूर्ण— वि॰ १. सद्भावले भरिएको; सज्जनतायुक्त । २. आत्मीय भाव भएको ।

सौहार्द्य/सौहृद— वि॰ [सं॰] १. सुहृद् वा मित्रसम्बन्धी । ना॰ २. मित्रता; स्नेह; सौहार्द ।