सामग्रीमा जानुहोस्

चोरी

Wiktionaryबाट

चोरी

नाम

ना॰ [सं॰ चोर+ई] मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम; अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आ६नो हकदाबीभित्रको बनाउने क्रिया; चोर्ने काम । ~ चकारी— ना॰ चोरचकारको काम; सानोतिनो वा ठिनेमिने चोरी । ~जुवा— ना॰ हे॰ चोरजुवा । ~ निकासी— ना॰ एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; सरकारको भन्सार, चौकी आदि छली बाहिरफेर मालसामान निकासी गर्ने काम । ~ पैठारी— ना॰ १. स्वदेशमा ल्याउन मनाही गरिएका सामानहरू लुकीछिपी वा सिमानाका भन्सारलाई छलेर अबाटाबाट ल्याउने काम । २. नियमअनुसार भन्सारमहसुल नतिरी मालसामान भित्र्याउने वा ल्याउने काम ।

  1. अङ्ग्रेजी: