सामग्रीमा जानुहोस्

चोक्रा

Wiktionaryबाट

चोक्रा

नाम

ना॰ १. रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु । २. फाटेका दूधको पानीबाट छुट्टिएको अंश; छोक्रा । ३. राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका । ४. गहुँको भुस; चोकर । > चोक्रिनु— अ॰ क्रि॰ १. चोक्रा पर्नु । २. चोकरमा परिणत हुनु । ३. दुब्लाउनु । चोक्रिलो— वि॰ १. धेरै चोक्रा भएको; फाटेर पानी र छोक्रा छुट्टिने खालको । २. धेरै दूध नआउने (गाईभैँसी) । ३. सुकेको । ४. दुब्लो । चोक्रे— वि॰ धेरै दूध नदिने; चोक्रिलो परेको; चोक्र्याइलो । चोक्र्याइलो— वि॰ चोक्रो होलाजस्तो; चोक्रिलो ।

  1. अङ्ग्रेजी: