सामग्रीमा जानुहोस्

चिन्तन

Wiktionaryबाट

चिन्तन

नाम

ना॰ [सं॰] विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया; विभिन्न विचार, स्थिति र घटनाका बीचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य; गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने प्रक्रिया; चिन्तना । ~ प्रधान— वि॰ गहिरोसँग सोच– विचार गरिएको; मुख्य रूपमा चिन्तन भएको; चिन्तनको प्राधान्य भएको; चिन्तनलाई नै मुख्य मान्ने । ~ भूमि— ना॰ चिन्तनको खास क्षेत्र । ~ मनन— ना॰ कुनै वस्तु; व्यक्ति वा कुराका सम्बन्धमा बारबार गम्भीरतासाथ सोच्ने–गुन्ने क्रिया; गहन चिन्तन ।
— वि॰ चिन्तन गर्ने; विचारशील; मननशील । > चिन्तना— ना॰ चिन्तन । चिन्तनीय— वि॰ चिन्तन गर्न योग्य; चिन्तन गर्नुपर्ने ।

  1. अङ्ग्रेजी: